Websoft University

अध्यक्षद्वयबीच छलफल : पार्टी एकतालाई शीघ्र निष्कर्षमा पु¥याइने


काठमाडौँ, माघ १५ गते । रातो तारा डट कम, नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले पार्टी एकतालाई शीघ्र निष्कर्षमा पु¥याउने सहमति गरेका छन् । ललितपुरमा आज एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा सो सहमति भएको हो ।

राष्ट्रियसभा निर्वाचनको मिति नजिकिएकाले सबैभन्दा पहिले त्यसलाई सफल बनाउने र प्रदेशका मुख्यमन्त्रीको विषयमा संयुक्त कार्यदलले तयार पार्ने प्रतिवेदनका आधारमा निर्णय गर्न समेत दुई पार्टीका अध्यक्ष तयार हुनुभएको छ । अध्यक्ष ओली र अध्यक्ष दाहालबीच आज पाँच घण्टा एक्लाएक्लै छलफल भएको हो ।

राष्ट्रियसभामा वामपन्थीका उम्मेद्वारलाई जिताउन प्रयास गर्ने र त्यसका लागि सबै तह र तप्कालाई संयुक्त निर्देशन दिने, स्थानीय तह र प्रदेशसभाका सदस्यलाई प्रभावकारी रुपमा निर्वाचनमा सहभागी भएर वामगठबन्धनका उम्मेदवारको पक्षमा मत दिने वातावरण बनाउन दुवै पार्टीका अध्यक्ष सहमत हुनु भएको
 हो ।

बैठकबारे जानकारी दिँदै अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले राष्ट्रियसभा निर्वाचनलाई सफल बनाउने विषयमा छलफल केन्द्रित रहेको उल्लेख गर्नुभयो । नयाँ सरकार गठन, पार्टी एकताबारे छलफल भए पनि आजै निष्कर्षमा नपुगिएको बताइएको छ । छलफल जारी राख्दै शीघ्रातिशीघ्र पार्टी एकतालाई तार्किक निष्कर्षमा पु¥याउन अध्यक्षद्वय सहमत हुनुभएको हो ।

पार्टी एकता, प्रदेशका मुख्यमन्त्रीका विषयमा छलफल भए पनि कार्यदलले टुङ्ग्याएर ल्याउने प्रस्तावलाई अनुमोदन गर्ने सहमति पनि उहाँहरुबीच भएको छ ।

पार्टी एकताका सन्दर्भमा बाँकी रहेको विषयमा छलफल चलाउँदै एकतालाई निष्कर्षमा पुग्न थप गृहकार्य गर्ने विषयमा नै छलफल केन्द्रित रहेको प्रेस संयोजक तिमिल्सिनाको भनाइ छ ।
पार्टी एकताका विषयमा सांगठनिक र वैचारिक विषयमा रहेका केही मतभेदमा सामान धारणा बनाउने क्रम जारी रहेको बताइएको छ । सो विषयमा शुक्रबार र शनिबार समेत अध्यक्षद्वयकाबीच एक्लाएक्लै छलफल भएको थियो ।

वाम गठबन्धनले जितेका छ प्रदेशमध्ये चार प्रदेशमा एमाले र दुई प्रदेशमा माओवादी केन्द्रले मुख्यमन्त्री लिने सहमति करिबकरिब भइसकेको छ । तर नेताहरुले औपचारिक रुपमा भने सो बारेमा केही बताएका छै्रनन् ।

एमालेले मुख्यमन्त्री लिएका स्थानमा माओवादी केन्द्रले सभामुख र माओवादीले मुख्यमन्त्री लिएको स्थानमा एमालेले सभामुख लिने विषयमा समेत लगभग सहमति जुटिसकेको
छ ।

दुई दलीय कार्यदलले सो विषयलाई अन्तिम रुप दिनेछ । कार्यदलले पारित गरेको प्रस्तावलाई पार्टी एकता संयोजन समितिले अनुमोदन गर्नेछ । विभिन्न प्रदेशमा प्रदेशसभाको बैठक बोलाइसकिएकाले पनि तत्कालै मुख्यमन्त्री र सभामुखको विषयमा निर्णय गर्नुपर्ने देखिएको छ । प्रदेश नं २ बाहेक अरु ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने जनमत प्राप्त छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.