Websoft University
January 2024


चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले टोल–टोलबाट खेलाडी उत्पादन गर्न मेयर कप क्रिकेट लिग आयोजना गरिएको बताउनुभएको छ ।

बुधबार सिद्धार्थ माध्यमिक विद्यालय भरतपुर २४ को ४४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै प्रमुख दाहालले ‘ग्रास लेभल’ बाट खेलाडी उत्पादन गर्न यही माघ २६ देखि मेयर कप विद्यालयस्तरीय क्रिकेट हुन लागेको स्पष्ट पार्नुभयो ।

‘३ महिनासम्म प्रतियोगिता हुन्छ,उहाँले भन्नुभयो,‘प्रतियोगिता प्रशिक्षण पनि हुनेछ । खेलकुदका पूर्वाधार भरतपुरमा धेरै बनेका छन् । खेल खेलाउन बाहिराबाट खेलाडी ल्याउन नपरोस् भनी लिग हुन लागेका हो।’

गौतमवुद्ध क्रिकेट रंगशालाको नमूना क्रिकेट मैदानमा हुने खेलमा १० वटा सामुदायिक विद्यालय र १० वटा संस्थागत विद्यालय सहभागि हुनेछन् । 

प्रमुख दाहालले अहिले विद्यालयस्तरीय क्रिकेट लिग हुन लागेको भएपनि आगामी दिनमा फुटबल, भलिबललगायतका खेलको लिग हुने उल्लेख गर्नुभयो ।

महानगरपालिकाले शिक्षासँगै रचनात्मक कार्यलाई सँगै अगाडि बढाउनुपर्छ भन्ने उद्देश्यले व्यवहारिक शिक्षालाई जोड दिएको प्रमुख दाहालको भनाइ छ ।

भरतपुर महानगरपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि धेरै सकारात्मक प्रयास गरिरहेको उहाँले जानकारी दिनुभयो ।

शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि नीति, नियम, कार्याविधि, मापदण्ड निर्माण गरी त्यसको कार्यान्वन गर्दै आएको पनि बताउनुभयो ।

महानगरले एक कक्षा कोठा एक शिक्षक, सामाजिक, गणित तथा आइसिटी ल्याबको व्यवस्था गरी प्रविधिमैत्री शिक्षालाई प्राथामिकतामा राखेको प्रमुख दाहालले बताउनुभयो ।

विगतमा भरतपुरका अधिकांश विद्यालयमा भवन निर्माणको कार्यलाई प्राथामिकता दिएको भएपनि अब भने नयाँ कार्यक्रमहरु ल्याउने उहाँले जानकारी दिनुभयो ।

वार्षिकोत्सवको अवसरमा वडा नम्बर २४ को कार्यालयबाट विपन्न तथा जेहेन्दार छात्राहरुलाई साईकल वितरण गरिएको थियो ।

भरतपुर वडा नम्बर २४ का रामबहादुर गोदारले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षक, विद्यार्थी र अभिभावकको त्रिपक्षीय सहकार्य हुन जरुरी रहेको बताउनुभयो ।

संघीयता आएसँगै धनधान्यञ्चल लगाउने, चन्दा उठाउने परिपाटी अन्त्य भई स्थानीय सरकारले प्रयाप्त भौतिक संरचना हुनु सबैको लागि खुसी विषय रहेको उल्लेख गर्नुभयो ।

वडा नम्बर २४ ले आधारभूत तहका विपन्न, दलित, जेहेन्दार, जनजाति विद्यार्थीलाई निःशुल्क कोचिङ कक्षा, छात्रावृत्ति स्वरुप विद्यालय पोषाक प्रदान गर्दै आईरहेको अध्यक्ष गोदारको भनाइ छ ।


विराटनगर  । मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता बुधबारदेखि विराटनगरमा शुरु भएको छ । विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा एलाइट क्लब र पथरी शनिश्चरे क्रिकेट क्लव विजयी भएको छ ।

पहिलो खेलमा एलाइट क्लव विराटनगरले वन टु हेल्थ सोसाइटी रंगेलीलाई २० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ३१ रन बनाएको थियो । जस्मा रिसी महेश्वरीले ४१ रन बनाउँदा नवनित कर्णले २१ रन बनाए । रंगेलीको अक्बर आलमले २ विकेट लिए ।

१ सय ३२ रनबो विजयी लक्ष पछ्याएको रंगेलीले १८ दशमल ४ बलमा सवै विकेट गुमाई १ सय ११ रन बनायो । जस्मा अमन शेखले ६५ रनबो योगदान दिए । विराटनगरका म्यान अफ द म्याच नवनित कर्णले ३ विकेट तथा श्रवण कामत र रुद्र साहले २–२ विकेट लिए ।

दोस्रो खेलमा पथरी शनिश्चरे क्रिकेट क्बलले डाइनामिक क्रिकेड एकाडेमी विराटनगरलाई ९ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको पथरीले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय रन बनाएको थियो । जस्मा म्यान अफ द म्याच एन्जल राईले सर्वाधिक ४२ रन बनाए । विराटनगरका विवेक झाले ३ विकेट लिँदा शशिशेखर झले पनि ३ विकेट लिए ।

१ सय १ रनको विजयी लक्ष पछ्याएको विराटनगरले निर्धारित ओभरमा ७ विकेट गुमाई ९१ रन बनायो । जस्मा रोशन कामतले सर्वाधिक २३ रनको योगदान दिए । पथरीका सागर कटुवाल, निल्सन डंगोल र रोशन गजरातले २–२ विकेट लिए ।

माघ २४ गतेसम्म हुने प्रतियोगिता मोरङका १६ वटा वि डिभिजन क्लबहरु सहभागि रहेको जिल्ला अध्यक्ष महमद बाबुले जानकारी दिए ।


विराटनगर ÷ विराटनगर महानगरपालिका नगरसभाको तेह्रौं अधिवेशन सम्पन्न भएको छ । बुधबार महानगरको हलमा सम्पन्न नगरसभालाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले सबै नगरसभा सदस्यहरूको साथ र सहयोगबाट विराटनगरलाई सफा, सुन्दर, हराभरा, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान जारी रहेको बताउनुभयो । आगामी दिनमा नगरसभा सदस्यहरूको अझै प्रभावकारी र रचनात्मक साथ र सहयोग रहने मेयर कोइरालाले विश्वास व्यक्त गर्नुभयो । उहाँले सीमित स्रोत र साधनबाट महानगरवासीको असीमित चाहना परिपूर्तिका लागि अहोरात्र खटिरहेको उल्लेख गर्नुभयो ।

“सीमित स्रोत र साधनबाट विराटनगरवासीको असीमित आवश्यकता परिपूर्ति गर्नुपर्ने नगरसभा सदस्य सबैको सामूहिक चुनौती रहेको छ । त्यसका लागि अनवरत रुपमा लागिपरेकै छौं,” उहाँले भन्नुभयो, “आफ्नो कार्यकाल पूरा गरेर विदा हुँदै गर्दा प्रमुख र उपप्रमुखले मात्रै होइन हरेक नगरसभा सदस्यहरूले पनि आफ्नो कार्यकालमा यस्तो कार्य ग¥यौं भनेर गर्वका साथ भन्ने अवस्था सिर्जना गर्न सकौं भन्ने चाहन्छु ।

” मेयर कोइरालाले अघिल्लो आर्थिक वर्ष ७३ प्रतिशत बेरुजु फछ्र्यौट गरेको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा बेरुजुलाई शून्यतातर्फ लाने प्रयन्त गरिरहेका बताउनुभयो । मेयर कोइरालाले टोल विकास संस्था परिचालन गरी विराटनगरको सौन्दर्यकरणसहित विकास अभियानमा टोल विकास संस्थाहरूलाई सहभागी गराउने योजना रहेको सुनाउनुभयो । “यसले महानगरपालिका र विराटनगरवासीबीच सहकार्य गर्न मद्दत पुग्ने मैले विश्वास लिएको छु,” उहाँले भन्नुभयो । मेयर कोइरालाले महानगरवासीले गर्व गर्न लायक विराटनगर बनाउन इमान्दारितापूर्वक कार्य गरिरहेको सुनाउनुभयो ।

त्यस्तै कोइरालाले भौतिक पूर्वाधार निर्माणको कार्यलाई पनि तीव्रता दिइरहेको बताउनुभयो । रानीपोखरी, मण्ठापोखरी, प्रधानमन्त्री पार्क, बाल उद्यान, सन्ध्याकालीन आरती स्थल, महानगरको प्रशासनिक भवन, बहुप्राविधिक विद्यालय, विराटनगर ५ र ६ स्थित विएफएम अगाडिको सडक, विराटनगर–१३ स्थित आँखा अस्पताल अगाडिको सडक, विराटनगर–८ स्थित विश्वकर्मा चोकदेखि रेल्वे हुँदै सिंघियासम्मको सडकलगायत १ अर्ब १५ करोडका विभिन्न योजनाहरू कार्यान्वयनको चरणमा कोइरालाले जानकारी दिनुभयो । 

महानगरको प्रशासनिक भवन धमाधम निर्माण भइरहेको र आगामी आर्थिक वर्षभित्र सम्पन्न गरी नयाँ प्रशासनिक भवनबाट कार्य प्रारम्भ गर्ने लक्ष्य रहेको उहाँको भनाइ थियो । उहाँले करिब २२ करोड लागतको वीरेन्द्र सभागृह निर्माण सम्पन्न भई हस्तान्तरणको चरणमा पुगेको बताउनुभयो । विराटनगरवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने प्रतिबद्धतानुसार जाइकाको आर्थिक सहयोगमा निर्माण हुने खानेपानी आयोजना ठेक्का प्रक्रियामा गइसकेको मेयर कोइरालाले बताउनुभयो । सडक, ढल, नाला तथा फोहोर व्यवस्थापनका लागि संघीय सरकारमार्फत दातृ संस्थाहरूको सहयोग जुटाउनका लागि पहल भइरहेको उहाँको भनाइ थियो ।

सो नगरसभामा उपमेयर शिल्पा निराला कार्कीले चालु आर्थिक वर्ष २०८०÷८१ को अर्धवार्षिक समीक्षा प्रस्तुत गर्नुभएको थियो । चालु आर्थिक वर्षका लागि ३ अर्ब २८ करोड ५० लाख आय अनुमान गरिएकोमा पुस मसान्तसम्म १ अर्ब ८ करोड ६८ लाख ५१ हजार ७ सय अर्थात् ३३ प्रतिशत मात्रै भएको उमेयर कार्कीले प्रस्तुत गर्नुभयो । 

यसैगरी कुल अनुमानित व्यय ३ अर्ब २८ करोड ५० लाख अनुमान गरिएकोमा पुस मसान्तसम्म यथार्थ व्यय १ अर्ब ३ करोड १६ लाख ९३ हजार ८ सय रुपैयाँ अर्थात् ३१ दशमलव १४ प्रतिशत मात्रै भएको कार्कीले बताउनुभयो । सो खर्चमध्ये पुँजीगततर्फ ३८ करोड ६७ लाख १६ हजार ७ सय रुपैयाँ अर्थात् ३० दशमलव ६५ प्रतिशत र प्रशासनिक एवं चालुतर्फ ६२ करोड १५ लाख १९ हजार ३ सय रुपैयाँ अर्थात् ४० दशमलव १४ प्रतिशत भएको उमेयर कार्कीले अर्धवार्षिक समीक्षा प्रस्तुत गर्नुभयो ।

महानगरले चालु आर्थिक वर्षको ६ महिनामा २१ करोड ७ लाख ९६ हजार ९ सय रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको छ । महानगरले चालु आर्थिक वर्ष ८९ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । पुस मसान्तसम्म लक्ष्यको २३ दशमलव ५५ प्रतिशतमात्रै आन्तरिक राजस्व संकलन भएको उपमेयर कार्कीले प्रस्तुत गरेको समीक्षा प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी राजस्व बाँडफाँडबाट प्राप्त राजस्वतर्फ ७० करोड २५ लाख ३ हजार रुपैयाँ अनुमान गरिएकोमा १३ करोड ४२ लाख २२ हजार ९ सय रुपैयाँ अर्थात् १९ दशमलव ११ प्रतिशतमात्रै प्राप्त भएको छ । अन्तरसरकारी वित्तीय हस्तान्तरण संघीय सरकारतर्फ १ अर्ब १९ करोड २४ लाख रुपैयाँ अनुमान गरिएकोमा ६७ करोड ८८ लाख ६४ हजार ५ सय रुपैयाँ अनुदान प्राप्त भएको कार्कीले बताउनुभयो । 

प्रदेश सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ ४ करोड ६६ लाख ६३ हजार रुपैयाँ अनुमान गरिएकोमा पुस मसान्तसम्म १ करोड २९ लाख ७६ हजार ७ सय रुपैयाँ प्राप्त भएको उहाँले जनाउनुभयो । यस्तै जनसहभागितातर्फ ८ करोड ७९ लाख ३४ हजार रुपैयाँ अनुमान गरिएकोमा पुस मसान्तसम्म ९४ लाख ४७ हजार रुपैयाँ मात्रै जनसहभागिता जुटेको उपमेयर कार्कीले जानकारी दिनुभयो ।

३ अर्ब २८ करोड ५ लाख रहेको बजेटलाई नगरसभाले संशोधन गरी ३ अर्ब ३४ करोड ६७ लाख १२ हजार पु¥याएको छ ।

त्यसैगरी न्यायिक समितिका सदस्य तीर्थेन्द्र नेउपाने, अर्थ तथा सार्वजनिक लेखा समितिका संयोजक बलराम कारञ्जित, विधेयक समितिका संयोजक दीपककुमार कर्ण, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, पूर्वाधार विकास समितिका संयोजक कुमार पोखरेल, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिकाा संयोजक वासुबहादुर बस्नेत, सुशासन तथा संस्थागत विकास समितिका संयोजक सूर्यलाल यादवले आ–आफ्नो समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

नगरसभाले चालु आर्थिक वर्षको बजेट संशोधन गुरेको छ । सभामा सदस्यहरू रोम भट्टराई, अञ्जु दाहाल, सुरज न्यौपानेलगायतले महानगरको विकासका सन्दर्भमा विभिन्न सुझावसँगै विचार व्यक्त गर्नुभएको थियो । नगरसभाले नगर प्रहरी विधेयक, बजार व्यवस्थापन तथा अनुगमन विधेयक, कृषि विधेयकसहित विभिन्न विधेयक र ऐनसमेत पारित गरेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिनुभयो ।

 


काठमाडौं  माघ १७ गते |महिला शिक्षा तथा क्षमता बिकास समुह क्यानाडा र नेप्लिज फेसन होम नेपालको संयुक्त आयोजनामा क्यानाडामै पहिलोपटक क्यानडामा बस्दै आएका बिबाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल क्यानडा भव्यरुपमा सम्पन्न भएको हो। क्यानडाको ब्रयमटम इस्प्रेनजा ब्याक्वेट हलमा  सम्पन्न प्रतियोगितामा सृष्टि श्रेष्ठ मिसेस नेपाल क्यानडाको ताज चुम्न सफल भएकी छिन्। 

प्रतियोगिताको अन्तिम प्रस्पिर्धाका उत्कृष्ट ६ लाई सोधिएको संसारमा केको कमी छ भन्ने निर्णायक प्रश्नमा आजको संसारमा अरुको भावना र अनुभवलाई महशुस गर्ने क्षमताको कमी छ। हामी एक अर्काको अन्तरसम्बन्ध नै विभाजित हुँदै गरेको संसारमा बस्छौं। हिजोआज जहाँ समझदारी  र करुणा धेरै  पछाडी छ। समानुभूतिको संस्कृतिलाई बढावा दिएर हामीले एउटा यस्तो ठाउँको सिर्जना गर्नुपर्छ, जहाँ सबैले सुन्न, बुझन  र स्वीकार गर्न, महसुस गर्न सकोस् भन्ने सटिक जवाफ दिँदै सृष्टीले प्रमूख उपाधिको ताज चुमेकी थिइन्। उनले प्रमूख उपाधिका साथमा सिमेस फ्रेन्डसीपको उपउपाधिलाई पनि  आप्mनो बनाएकी छन्।  

क्यानडाका विभिन्न शहरमा बस्दै आएका १० विवाहित सुन्दरीले अन्तिम स्पर्धामा प्रतिस्पर्धा गर्ने अवसर पाएको प्रतियोगितामा अलिशा राजभण्डारी फस्ट रनर्सअपका साथमा फोटोजेनिक र रश्मी थापा मगर सेकेन्ड रनर्सअप भएका छन्। क्यानडावासी खचाखच नेपालीले भरिएको हलमा चमक दमकका साथ सम्पन्न प्रतियोगितामा येमी कर्माचार्य ट्यालेन्टेट र श्याम लिम्बु पब्लिक च्वाईस अवार्ड विजेता भए।

नमुना फेसन कलेजले तयार पारेको सुन्दर डिजाइनर पोसाकमा सजिएर ¥याम्पमा प्रस्तुत भएका सुन्दरीहरुलाई कार्यक्रमका सहभागीहरुले भव्य ताली र हुटिङबाट स्वागत र प्रोत्साहित गरेका थिए। नेपालका लागि क्यानडाकी कार्यबाहाक राजदुत रोजिना तम्राकारको प्रमूख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा प्रोफेसर निरा शर्मा, डा।संगिता धौबडेल, सुभेक्षा भट्ट र निलु केशरी निर्णायक रहेका थिए। 

कार्यक्रममा महिला शिक्षा तथा क्षमता बिकास समुह क्यानाडाकी अध्यक्ष चन्दा श्रेष्ठले क्यानडामा रहेका विबाहित सुन्दरीहरुलाई एकत्रित गर्दै उनीहरुमा महिला सशक्तिकरण, आत्मविश्वास अभिवृद्धी र अन्र्तनिहित प्रतिभा प्रदर्शन गर्नका लागि मिसेस नेपाल क्यानडाको शुरुवात गरिएको बताइन्। त्यस्तै नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले यही प्रतियोगिताबाट आप्mनो संस्थाको अन्तराष्ट्रिय प्रतियोगिताको थालनी भएको बताइन्। उनले यो प्रतियोगिता हरेक वर्ष आयोजना गरिने जानकारी पनि गराइन्। 


श्याम राई, उदयपुर गाईघाट, १७ माघ  | त्रियुगा नगरपालिका–१२ स्थित त्रिवेणी टोलमा बन्न लागेको असहाय संरक्षण भबनको आज बुधबार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ ।

त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले भबनको शिलान्यास गरेकाहुन ।

बृद्ध आश्रम, बाल आश्रम र असाहय संरक्षण भबनको नाम दिइएको उक्त भबनको शिलान्यास गर्दै मेयर बस्नेतले समाजमा उपेक्षित बृद्धबृद्धा, वालवालिका र अपांगता र असहायको लागि भबन निर्माणले फाईदा पुग्ने बताए । उनले भबन निर्माणपछि आश्रममा बस्ने आउनेको लागि नगरपालिकाले सम्पूर्ण ब्यबस्था गरिदिने बताए ।

सघन शहरी तथा भबन निर्माण आयोजना सप्तरीको ६३ लाख १३ हजार ८४९ रुपैयाको लागतमा बन्न लागेको उक्त एक तल्ले भबन आगामी २०८१ जेष्ठ १५ गते भित्र निर्माणगरि सक्नेगरि एन्जल निर्माण सेवा एण्ड सप्लार्यस धनुषाले जिम्मा पाएको आयोजना कार्यालय सप्तरीले जनाएको छ ।

 

 




काठमाडौं
३० जनवरी २०२४ गते | 
गैरआवासीय नेपाली संघ (एनआरएनए सुदुरपश्चिम प्रदेश सरकारबीचलगानी संभावनाका बारेमा छलफल भएको    गैरआवासीय नेपालीसंघको केन्द्रीय कार्यालयमा मंगलवार सुदुरपश्चिम प्रदेशका आर्थिकमामिला मन्त्री नरेशकुमार शाही  संघका अध्यक्ष डाबद्री केसीबीचप्रदेशमा गैरआवासीय नेपालीहरुको लगानीका सम्बन्धमा भेटवार्ता  भएकोहो 

 

मन्त्री शाहीले सुदुरपश्चिम प्रदेश लगानीको लागि उत्कृष्ठ गन्तव्य भएकोबताउदै प्रवासमा बस्ने नेपालीहरुलाई लगानीको लागि आग्रह गर्नुभयो उहाँले यसअघि गैरआवासीय नेपाली संघले सुदरपश्चिममा गरेकोपरोपकारी कामप्रति आभार व्यक्त गर्दै आगामी दिनमा संघसंग सहकार्यगर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो 

 

संघका अध्यक्ष डाबद्री केसीले गैरआवासीय नेपाली संघले आगामीदिनमा प्रदेश सरकारसंग मिलेर काम गर्ने नीति लिएको जानकारीदिनुभयो  उहाँले पहिलो चरणमा कोशी प्रदेशको चियालाई प्रवर्दनगर्नको लागि संघले काम अघि बढाएको बताउनु भयो  छलफलकाक्रममा सुदुरपश्चिममा लगानीका सम्भवना  चुनौतिका विषयमा छलफलभएको थियो  कार्यक्रममा  गैरआवासीय नेपाली संघकी महिलाउपाध्यक्ष रोजिना राई प्रधानसल्लाहकार टिबी कार्की  संघको प्रमुखकार्यकारी अधिकृत राजेन्द्रकुमार राउत र गैरआवासीय नेपाली नागिरकता सम्बन्धि श्रोत व्यक्ति सरोज दाहाल लगायतको उपस्थिति थियो 


बिराटनगर २०८० माघ १६ गते | युवा उद्यमशिलता प्रवद्र्धनको माध्यमबाट आर्थिक एवं औद्योगिक विकासमा योगदान पु¥याउने उद्देश्यले उद्योग संगठन मोरङले संचालनमा ल्याएको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तर्गतका तेश्रो चरणमा सहभागि अठ्ठार स्टार्टअपहरुले आफनो आईडियाको प्रस्तुती गरेका छन ।

 संगठनले सामाजिक उत्तरदायित्व अन्तर्गत संचालनमा ल्याएको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमको माध्यमबाट युवालाई स्वदेश मै उद्यमशिलता विकास तर्फ अभिप्रेरित गर्नुरहेको संगठनका अध्यक्ष्ँ राकेश सुरानाले वताएका छन । नविन व्यवसायिक अवधारणा भएका युवाहरुलाई लक्षित गरी संचालित कार्यक्रमले उद्यमशिलता रुपान्तरणका लागि मेन्टरहरुका माध्यमबाट आवश्यक प्राविधिक एवं व्यवसायिक विकास सेवाहरु उपलब्ध गराई वित्तीय व्यवस्थापनका लागि सहजीकरण गर्ने अध्यक्ष सुरानाले स्पष्ट पारे ।

 उनले वर्तमान समयमा युवा पलायन सबै क्ष्ँेत्रका लागि चिन्ताको विषय भएको वताउदै आर्थिक विकासका सम्वाहकका रुपमा रहेको यस वर्गलाई स्वदेश मै व्यवसायीक विकासको अवसर प्रदान गर्नु सबैको दायित्व भएको धारणा राखे ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाले युवा उद्यमशिलता विकासका सन्दर्भमा महानगरपालिका सदैव हातेमालो गर्न तत्पर रहेको वताए । स्र्टाटअप कार्यक्रम अन्तर्गत तेश्रो चरणमा सहभागि भएका अठ्ठार स्टार्टअप मध्ये उत्कृष्ट तीनलाई महानगरपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले शुन्यबाट शुरु गरेर शिखरसम्म पुग्न सफल विश्वका स्टार्टअपहरुको उदाहरण दिदै युवाहरुलाई आफुमा निहित शिपको व्यवसायीक विकासका लागि सदैव दत्तचित भएर लाग्न सुझाव दिए ।

 संगठनको स्टार्टअप एण्ड ईनोभेशन कार्यक्रमका संयोजक सुरेन्द्र गोल्छाले विश्वका उदयीमान स्टार्टअपहरुमा  युवा वर्गको वर्चश्व रहेको वताउदै देशको आर्थिक समृद्धिमा यो वर्गले अग्रसरता लिनुपर्ने धारणा राखे । 

उनले संगठनले युवा उद्यमशिलता विकासका लागि गरेको यस पहललाई सफल वनाउन सबैलाई आग्रह गरे । तेश्रो चरणमा सहभागि स्टार्टअपहरुलाई व्यवसायीक मोडलका रुपमा विकास गर्न वजार व्यवस्थापन, कर प्रशासन, मानव संशाधन व्यवस्थापन लगायतका विषयमा परामर्श प्रदान गरी वित्तीय श्रोत व्यवस्थापनका लागि एन्जल ईन्भेष्टर मार्फत लगानी व्यवस्थापनमा सहयोग गरिने उनले जानकारी   दिए ।

 कार्यक्रममा सहभागि स्टार्टअप उद्यमीहरुले आफनो अवधारणा तथा व्यवसायका बारेमा लगानीकर्ता एन्जल ईन्भेष्टर, व्यवसायीक सेवा प्रदायक, मेन्टर तथा समितिका सदस्यहरु समक्ष्ँ प्रस्तुती गरेका थिए । संगठनले वितग तीन वर्ष देखि संचालन गर्दै आएको यस कार्यक्रमको पहिलो चरणमा १७ र दोश्रो चरणमा १३ जना स्टार्टअपहरु ग्राजुएट भईसकेका छन ।


विराटनगर  । हिसान स्पोर्टस् मिटको १२ औं संस्करण अन्तरगत भएको बास्केट बलको उपाधि भिकेभिएम स्कुलले हात पार्दा दौडमा मेरिल्याण्ड कलेज र अर्किड कलेजले जितेको छ ।

बास्केट बलको उपाधि विकेभिएम स्कुललाई

डिल्ली पब्लिक स्कुलमा भएको बास्केट बलमा विकेभिएम स्कुल विजयी हुँदै उपाधि हात पारेको छ । विकेभिएमले शिक्षादिप कलेजलाई ७४–२८ को स्कोरले पराजित गरि उपाधि हात पारेको हो ।

फाइनल खेलको म्यान अफ फाइनल विकेभिएमका आकाश चौधरी घोषित भए ।


दौडमा मेरिल्याण्ड कलेज र अर्किड कलेजलाई सफलता

मंगलबार भएको दौडमा अर्किड कलेजले १ सय मिटर छात्र, १ मिटर छात्रा र २ सय मिटर छात्रामा प्रथम स्थान हात पारेको छ भने मेरिल्याण्ड कलेजले २ सय मिटर छात्रमा प्रथम भएको छ ।

१ सय मिटर दौडतर्फ छात्रमा अर्किडका महमद सहमदले प्रथम स्थान हासिल गर्दा मेरिल्याण्डका राजकुमार चन्द्रवंशी दोस्रो र शिक्षादिपका निश्चल श्रेष्ठ तेस्रो भए । सोहि स्पर्धातफ छात्रामा अर्किडकी पियंका थन्दार प्रथम, शिक्षादिपका नेहा मण्डल दोस्रो र कान्तिपुरकी भुमिका चौधरी तेस्रो भइन् ।


त्येसैगरि २ सय मटिर दौडको छात्रतर्फ मेरिल्याण्डका राजकुमार चन्द्रवंशी प्रथा, कान्तिपुरका नितिस राजवंशी दोस्रो र शिक्षादिपका सुमित आर्या तस्रो भए भने छात्रातर्फ अर्किडकी समिक्षा आचार्य, प्रथम, सिद्धाथकी तुलसा खतिवडा दोस्रो र चाहाना पोखरेल तस्रो भइन् ।


विराटनगर | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला कोशी अस्पतालभित्र सञ्चालित औषधि पसलको अनुगमन गर्नुभएको छ ।

अस्पतालभित्र सञ्चालित औषधि पसलमा स्वास्थ्य बिमाको सुविधाबाट औषधि नपाउने गरेको व्यापक गुनासो आएपछि उपमेयर शिल्पा निराला कार्कीलाई समेत साथैमा लिएर मेयर कोइरालाका अनुगमनमा पुग्नुभएको थियो । मेयर कोइरालाले स्वास्थ्य बिमा सुविधामा उल्लेख भएअनुसारका औषधि पसलमा भए नभएको हेर्नुभएको थियो ।

 जनताको सुविधाका लागि नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रम ल्याएको बताउँदै मेयर कोइरालाले जनतालाई दुःख दिने काम नगर्न निर्देशन दिनुभयो । अस्पतालका डाक्टरले स्वास्थ्य बिमामा पाउने औषधिसमेत नलेखी अन्य औषधि लेख्ने गरेको गुनासोसमेत आएको महानगरले जनाएको छ । 


विराटनगर  | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले योग शारीरिक, मानसिक, आध्यात्मिक अभ्यास र अनुशासनका लागि अपरिहार्य रहेको बताउनुभएको छ ।

विराटनगर महानगरपालिका वडा नम्बर ८ र पतञ्जली योग महानगर समितिले संयुक्त रुपमा विद्यार्थीका लागि आयोजना गरेको पाँचदिने योग शिविरको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले शारीरिक, मानसिक र सामाजिक हिसाबले स्वस्थ बनाउने एक मात्रै उपाय योग र ध्यान भएको उल्लेख गर्नुभयो ।

विद्यार्थीको मानसिक तथा शौद्धिक विकासका लागि पनि योग महत्वपूर्ण रहेको मेयर कोइरालाले बताउनुभयो । “शरीरलाई स्वास्थ्य अवस्था कायम राख्न योग आवश्यक छ । योगले तन र मनमा फूर्ति आउँछ । योगका कारण विचार स्वच्छ हुन्छ । यदि विचार स्वच्छ भएमा हाम्रो मानसिक अवस्था पनि सुधार गर्न सकिन्छ,” मेयर कोइरालाले भन्नुभयो, “योगका कारण आज धेरै बिरामीले नयाँ जीवन पाएका छन् ।” 

विद्यार्थीको शारीरिक र मानसिक अवस्था स्वस्थ भए मात्रै देशको भविष्य सुन्दर हुने मेयर कोइरालाको भनाइ थियो । उहाँले सामाजिक सञ्जाल र प्रविधिको बढ्दो प्रयोगले गर्दा शारीरिक अभ्यास नहुँदा मानिसलाई विभिन्न रोगले सताउने गरेको उल्लेख गर्नुभयो । शारीरिक रुपमा स्वस्थ एवं मानसिक रुपमा आनन्द प्राप्त गर्नका लागि योग नै उत्तम विकल्प भएको मेयर कोइरालाको कथन थियो । कोइरालाले हरेक विद्यालयमा योग कक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

नियमित योग गर्दा तनाव, लत, रोगसमेत निवारण गर्न सकिने उहाँले बताउनुभयो । कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष राम पोखरेल, पतञ्जली योग समितिका अध्यक्ष सुरेशकुमार अग्रवाल, महिला समिति अध्यक्ष लक्ष्मी चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निश्चल अर्याल, प्रधानाध्यापक विष्णुकान्त झा, सहायक प्रअ देवीप्रसाद दाहाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

विराटनगर–८ स्थित महेन्द्र माविमा आयोजित शिविरमा पतञ्जली योग समिति, मोरङ र महिला पतञ्जली योग समितिले सहयोग गरेका छन् । पतञ्जली योग समिति विराटनगर महानगर समितिकी अध्यक्ष शिल्पा प्याकुरेलले विद्यार्थीलाई योग अभ्यास सिकाउनुहुनेछ ।


विराटनगर ÷  विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलका विद्यार्थीले ड्रोन निर्माण गरी सफल परीक्षण गरेका छन् । ग्रेडेड स्कुलका १५ जना विद्यार्थीहरुले एक महिना लगाएर बनाएको ड्रोन स्कुल परिसरमा आज सफल परीक्षण गरेको हो ।

 कक्षा दशमा अध्ययरत रौनक साह, इशान्त यादव, मो. अपताब, सुलभ श्रेष्ठ, सिद्धार्थ चौधरी, सक्षम मण्डल, प्रनिल तिमलसिना, मथक अग्रवाल, रोजिता शिवभत्ती, दिलाशा राजवंशी, कृष्टि पौदार, प्रियंका चौधरी बन्दना ढुंगेल, प्रिती राजवंशी र शिवराज राजवंशीले मिलेर ३ देखि ४ केजीसम्मको सामान बोक्ने ड्रोन बनाएका स्कुलका प्रिन्सिपल प्रेमलाल सिंह सुवालले जानकारी दिए ।

 विद्यार्थीले बनाएको ड्रोन एक सय फिट माथिसम्म उडने शिक्षक विकास रायले बताए । एम्बुनियम धातु, बिएलडीसि मोटर, साइट कन्ट्रोलर उपकरण जडान गरिएको ड्रोनमा  ५२ सय एमएचका ब्याट्रि रहेको छ । उक्त ड्रोनले ६ केजीसम्म सामान बोक्न सक्ने उनले बताए ।  ‘ड्रोनको साहयताबाट किटनासक छर्न र दुर्गम क्षेत्रमा ड्रोनको साहयताबाट औषधीहरु लैजान पनि सकिन्छ,’ शिक्षक रायले भने ।

 ड्रोन बनाउन ४८ हजार रुपैयाँ खर्च भएको विद्यालयले जनाएको छ ।

विद्यार्थीले बनाएको ड्रोन विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।

 कार्यक्रममा बोल्दै स्कुलका प्रिन्सिपल सुवालले विद्यार्थीहरुले गहन अनुसन्धानपछि ड्रोन बनाएको बताए । विद्यार्थीहरुले सिकेको सिप व्यर्वहारमा उतारेको उनले बताए । ‘गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा पनि अगाडी बढाएको छौं,’ उनले भने ।

कार्यक्रममा बोल्दै स्कुलका अध्यक्ष केशवलाल सिंह सुवालले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगै अव प्रविधी र रोजगारमुखी शिक्षामा जोड दिनुपर्ने बताए ।  


बिराटनगर २०८० माघ १४ गते |  आईतबार मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यूले कर प्रणाली सुधारका लागि गठित उच्चस्तरीय सुझाव समितिद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा संघको तर्फबाट विभिन्न सुझावहरु सहितको सुझाव पत्र बुझाउनु भएको छ ।

कार्यक्रमका क्रममा अध्यक्ष श्री रिजालज्यूले सीमा नाकाबाट हुने विशेषगरी विभिन्न १७ वटा दैनिक उपभोग्य सामग्रीहरुको मुल्यांकन तथा भन्सार महशुल दर घटाउन आग्रह गर्नु भएको थियो । साथै, अध्यक्षज्यूले देश भरीका जिल्लारनगर उद्योग वाणिज्य संघहरुबाट संकलित निजी क्षेत्रका उद्योग÷व्यवसाय प्रतिष्ठानहरुको हकहित सम्बन्धि सल्लाह सुझावहरु र मोरङ–सुनसरी औद्योगिक कोरिडोरका उद्योगरव्यवसाय प्रतिष्ठानहरुका राजस्व सम्बन्धि विभिन्न सुझावहरु संकलन गरी आयोग समक्ष प्रस्तुत गर्नु भएको थियो । 

संघका अध्यक्ष श्री रिजालज्यू सहित महासचिव श्री अनिल सारडाज्यूको सहभागिता रहेको सो कार्यक्रममा विराटनगर पाल्नु भएका कर प्रणाली सुधारका लागि गठित उच्चस्तरीय सुझाव समितिका पदाधिकारीज्यूहरु समक्ष उक्त सुझाव पत्र हस्तान्तरण गरिएको थियो ।



रूपन्देही | रूपन्देहीको तिलोत्तमा –८, चारनम्बरमा ज्योतिष शिरोमणि गङ्गाधर रिजालको प्रथम वार्षिकीमा विविध कार्यक्रम सम्पन्न भएका   छन् । प्रथम वार्षिकीका अवसरमा २ विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना, पुस्तक विमोचन, छात्रछात्रालाई भोजनदान एवम् पोशाक दान लगायतका कार्यक्रम भएका हुन् ।

शनिबार उहाँकै निवास एवम् गङ्गेश्वर धाममा आयोजित प्रथम वार्षिकीका अवसरमा स्थानीय ज्योति आधारभूत विद्यालयका कक्षा १ देखि ३ सम्मका विपन्न तथा दलित समुदायका विद्यार्थीलाई भोजन गराइएको थियो ।


त्यसैगरी भोजन गराइएका ३६ जना विद्यार्थीलाई विद्यालय पोशाक समेत उपलब्ध गराइएको थियो भने सोही विद्यालयका लागि अक्षयकोष स्वरूप दुईलाख रूपियाँ विद्यालयका अध्यक्ष नवीनराज आचार्य र प्रधानाध्यापक दिलबहादुर थापालाई प्रदान गरिएको ज्योतिष शिरोमणि गङ्गाधरका पुत्र पण्डित ईश्वरीप्रसाद रिजालले बताउनुभयो । 

त्यस्तै शान्ति नमूना मा.वि. मणिग्रामका लागि तीन लाख रूपियाँको छात्रवृत्ति रकम विद्यालयका अध्यक्ष शरद भट्टराई र प्रधानाध्यापक कुलप्रसाद लामिछानेलाई प्रदान गरिएको ज्योतिष शिरोमणि गङ्गाधरकी पत्नी रूक्मिणी रिजालले जानकारी दिनुभयो ।

प्रथम वार्षिकीकै अवसरमा ज्योतिष शिरोमणि गङ्गाधरले तयार गर्नुभएका पाण्डुलिपिबाट साभार गरिएका जीवनी र सन्देशसहितको “ज्योतिष शिरोमणि गङ्गाधर रिजालः जीवनी र आदर्श” नामक पुस्तक समेत पितृतर्पणस्वरूप लोककल्याणको उपयोगमा आउनेगरी विमोचन गरिएको थियो ।

राममणि क्याम्पसका उपप्राध्यापक मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको एक कार्यक्रमबीच ज्योतिष शिरोमणि रिजालका पत्नीद्वय पार्वती र रूक्मिणी रिजालले संयुक्तरूपमा पुस्तक विमोचन गर्नुभएको थियो ।

गङ्गेश्वर धामद्वारा प्रकाशित नब्बे पृष्ठको सो पुस्तकमा ज्योतिष शिरोमणि रिजालले व्यतीत गर्नुभएका जीवनशैली, आम मानिसलाई शान्तिप्रिय जीवनयापनका लागि दिनुभएका उपदेश, उहाँको जीवनका संघर्ष र सफलता, उच्चपदस्थ व्यक्तित्वलाई फलित भएका भविष्यवाणी, भ्रमण–तीर्थाटन, विविध समयका फोटो आदि समाविष्ट छन् ।

ज्योतिष शिरोमणि गङ्गाधर रिजालको प्रथम वार्षिकी कार्यक्रममा पूर्व मन्त्री तथा सांसद, नगरप्रमुख, सरकारी तथा गैर सरकारी निकायका उच्च पदस्थ व्यक्ति, व्यवसायी, विद्यालयका व्यवस्थापन समतिका पदाधिकारी, प्रधानाध्यापक, विभिन्न स्थानका भक्तजन, स्थानीयबासी सहितका आमा समूह लगायतको उपस्थिति रहेको थियो ।


विराटनगर ÷ ७१ औं विश्व कुष्ठरोग दिवसका अवसरमा विराटनगर महानगरपालिकाले सेवाग्राहीहरुलाई प्रत्यक्ष लाभ हुनेगरी कार्यक्रम सञ्चालन गरेको छ ।

महानगर मातहतको स्वास्थ्य संस्थाबाट नियमित रुपमा कुष्ठरोगका औषधि खाने बिरामीलाई प्रत्यक्ष लाभ हुनेगरी विभिन्न कार्यक्रम सञ्चालन गरेको हो । प्रायजसो गरिबीसँगै जोडिएको यो रोगमा अपांगताको दोस्रो श्रेणी भएका बिरामीहरुलाई न्यानो कपडा वितरण गर्दा चिसो मौसममा जीवनयापन गर्नसजिलो हुने भएकाले महानगरलेसिरकवितरण गरेको छ ।

कुष्ठरोगका बिरामीहरु आगो ताप्दा हातखुट्टा पोल्दासमेत थाहा नहुने भएकाले जाडोबाट बच्नका लागि सिरक उत्तम उपाय भएकाले निःशुल्क रुपमा वितरण गरिएको स्वास्थ्य महाशाखा जनस्वास्थ्य निरीक्षक भूपेन्द्रकुमार साहले जानकारी दिए ।

 कुष्ठरोगीलाई प्रत्यक्ष लाभ पुग्ने गरी कार्यक्रम गरेर महानगरले दिवस मनाएको उनको भनाइ छ । मेयर नागेश कोइरालाको निर्देशनमा आइतबार विराटनगर वडा नम्बर १२, १५, १६, १७ र १९ का ७ जना कुष्ठरोगीलाई सिरक वितरण गरिएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले बताए । हाल महानगर मातहतका स्वास्थ्य संस्थाबाट औषधि सेवन गरिरहेका ७ जना कुष्ठरोगी छन् ।


विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकार माेटाउने कर प्रणालीले प्रदेश सरकार आत्मनिर्भर बन्न नसक्ने बताएका छन् । प्रदेश सरकारले गठन गरेकाे उच्चस्तरीय राजश्व अध्ययन कार्यदलकाे बैठकमा आइतबार मुख्यमन्त्री कार्कीले संवैधानिक र कानूनी व्यवस्था जेसुकै भएपनि संघ नै माेटाउने कर प्रणाली भएकाे भन्दै आपत्ति जनाएका हुन् ।

संविधानमा प्रदेश सरकारलाई एउटा मात्रै कृषि कर उठाउने अधिकार दिएकाे तर कृषिकाे व्यवसायिक लाभ कर संघले नै उठाइरहेकाे छ,`उनले भने,´प्रदेशकाे अधिकार क्षेत्रमा रहेकाे सडक सुरक्षा, भूमि अधिकार, क्यासिनाेकाे कर संघले उठाइरहेकाेले तत्काल त्यसमा सुधार गर्नुपर्छ ।` भूमि अधिकार प्रदेशलाई तर जग्गाकाे लाभ कर संघले लिने गरेकाेले कराेडमा काराेबार भए पनि लाखकाे मात्रै कर उठिरहेकाे उनकाे भनाइ छ । सडक सुरक्षाकाे जिम्मा रहेकाे प्रदेशलाई तर कर संघले लगेपछि कसरी हुन्छ, त्यसैले सडकमा उठेकाे कर प्रदेशमा आउनुपर्ने मुख्यमन्त्री कार्कीले बताएका छन् ।

प्राकृतिक स्राेत साधनकाे कर नीतिभन्दा पनि नियत सबैकाे खराब रहेकाे मुख्यमन्त्री कार्कीले बताएका हुन् । ´स्थानीय तहले खाेला ठेक्का लागेन तर ढुंगागिट्टी सबै उठिसक्याे भन्छन् । जरिवानाकाे वहानामा सबै प्राकृतिक स्राेत सकिरहेकाे छ,`उनले भने,´स्थानीय तहबाट नदीजन्य पदार्थकाे ठेक्का लाग्न सम्भव छैन किनकी ठेक्कादार सबै स्थानीय भएकाले निर्वाचनमा पनि हस्तक्षेप गरिहाल्छ । अब नदीजन्य पदार्थकाे ठेक्का बन्दाेबस्त गर्ने अधिकार प्रदेश सरकारमा हुनुपर्छ ।`

अन्त:वित्त व्यवस्थापन ऐनअन्तर्गत राजश्व बाँडफाँडमा कूल १५ प्रतिशतबाट बाँडेर सात वटै प्रदेशलाई दिँदा प्रदेशहरूलाई संघीय सरकारले कनिका छरे जस्तै भएकाले त्यसमा प्रतिशत बढाउनुकाे विकल्प नभएकाे उनकाे भनाइ थियाे । ´संघीय सरकारले दिँदै आएकाे सशर्त र समपुरक अनुदान मन लागेकाे याेजनामा पठाएर बर्सेनि ठूलाे रकम फिर्ता जाने गरेकाे छ,`मुख्यमन्त्री कार्कीले भने, ´त्यसैले सशर्त र समपुरक अनुदान प्रदेशलाई आवश्यक याेजनामा मात्रै दिनुपर्छ ।` 

संविधान, ऐेन, नीति जेसुकै भए पनि व्यक्तिगत विचारसँग देशकाे प्रणाली चल्ने अवस्था रहेकाे उनले बताएका हुन् । ´प्रदेशमा एकीकृत कर संकलनका लागि छुट्टै इकाई बनाउने मुख्यमन्त्री कार्कीले बताएका छन् । ´प्रदेशले दिएकाे सुबिधाबाट आएकाे कर प्रदेशमा किन नआउने ?` उनले भने, ´अदालमा हुने प्रदेशकाे दण्ड जरिवाना प्रदेशमा आउनु पर्छ ।`

खर्च गर्ने तर हाम्राे कार्यक्षेत्र पनि हाेइन र राजश्व पनि उठदैन किनकी त्याे केन्द्रकाे दवाव र प्रभावमा भइरहेकाेले यसकाे निदान स्पष्ट रूपमा गरिहाल्नु पर्छ । ´राज्यकाे लागि हुलाक, वन, भन्सारलगायत सबै कार्यालयमा कर्मचारीलाई काम गराउनु बराबर नै हाे तर यहाँ यातायातमा नै सबै कर्मचारी किन जान चाहन्छ ? यसले सुत्न पनि दिएकाे छैन । `उनले भने,´पहुँच र शक्तिकाे आधारमा सडक, बाटाे, नाला बनेकाले पनि समस्या हुनुका साथै प्रतिष्ठान, पार्टी कार्यालय, टाेल टाेलमा बन्ने सामुदायिक भवन र मठ मन्दिरमा दिने बजेट राेक्न सके जनताकाे दैनिकी सुधार्ने याेजनामा बजेट अपुग हुँदैन ।`

विकासकाे माेडलमा पनि विचार गरेर फरक ढंगले लगानी गरेपछि राजश्व पनि उठाउने हुनुपर्ने मुख्यमन्त्री कार्कीले बताएका हुन् ।


विराटनगर÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले चिल्ला सडक र ठूलाभवन बनेरमात्रै समाजको विकास नहुने बताउनुभयो ।विराटनगर महानगरपालिकाले शनिबार आयोजना गरेको अन्तरविद्यालय लोकनृत्य प्रतियोगितालाई सम्बोधन गर्दै मेयर कोइरालाले भौतिक विकाससँगै भाषा, साहित्य, कला र संस्कृतिको विकासले मात्रै समुन्नत समाज निर्माण हुने धारणा राख्नुभयो । “हामीले भौतिक विकासलाई मात्रै प्राथमिकतामा राख्ने गरेका छौं,” उहाँले भन्नुभयो, “भौतिक विकाससँगै समाजका अन्य क्षेत्रको पनि विकास हुनु जरुरी छ । समाजको सर्वाङ्गिण विकासले मात्रै सभ्य समाज निर्माण हुन्छ ।

” महानगरपालिकाले भौतिक विकाससँगै खेलकुद, भाषा, साहित्य, संस्कृति, कलालगायतको क्षेत्रको विकासमा ध्यान दिएको उहाँको भनाइ थियो । उहाँले पाठ्यपुस्तकसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

यसैबीच, प्रतियोगितामा विराटनगर–३ स्थित मदननगर आधारभूत विद्यालय प्रथम भएको छ । विराटनगर–४ कञ्चनबारीस्थित आधारभूत विद्यालयमा भएको प्रतियोगितामा २२ वटा विद्यालयलाई पछि पार्दै मदननगर आधारभूत विद्यालय प्रथम भएको हो । प्रथम भएसँगै मदननगरले रनिङ शिल्ड, मेडल, प्रमाणपत्रका साथ नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरेको प्रतियोगितामा आदर्श मावि द्वितीय र गोग्राहा माविले तृतीय स्थान प्राप्त गरे । 

द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः मेडल र प्रमाणपत्रका साथ नगद ७ र ५ हजार रुपैयाँ प्रदान गरिएको थियो । त्यस्तै प्रतियोगितामा सहभागी विराट बहिरा माविलाई विशेष पुरस्कार प्रदान गरिएको कार्यक्रम संयोजक राजेन्द्र घिमिरेले जानकारी दिनुभयो । कार्यक्रममा महानगरको शैक्षिक प्रशासन महाशाखाका संयोजक कृष्ण भट्टराई, आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन चुडाललगायतले शुभकामना मन्तव् व्यक्त गर्नुभएको थियो । 

प्रतियोगितामा विराटनगर महानगर क्षेत्रभित्रका २२ वटा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा नृत्यनिर्देशक नवराज भट्टराई, अमित प्रसाईं र एलिना राईले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । महानगरले यसअघि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरिसकेको छ । अब निकट भविष्यमा विज्ञान प्रदर्शनी, चित्रकला र कविता प्रतियोगिता आयोजना गर्ने योजना रहेको महानगरले जनाएको छ ।


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले इञ्जिनियरिङको ईतिहास मात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न नसक्ने बताएका छन् । नेपाल इञ्जिनियर एशोसिएशन कोशी प्रदेशको कार्यालय भवन शनिबार उद्घाटनपछि मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका इञ्जिनियरहरूले प्रयोगात्मक अभ्यास गरेर नयाँ इञ्जिनियरिङ सिद्धान्त संसारलाई दिनु आवश्यक रहेको बताएका हुन् ।

झजनतालाई घर, पुल, कम्प्युटरसेवा कस्तो दिने किनकी अहिले सर्वसाधार्णको दैनिकी नै इञ्जिनियरको हातमा छ तर त्यो दिन सकेका छौं,ञ उनले भने, झइञ्जिनियरिङ ईतिहास मात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न सक्दैन । त्यसैले कसैले गरेको अभ्यासले बनेको इतिहासले राम्रो र फरक इञ्जिनियर बन्न सक्दैन।ञ

नेपालको शिक्षा कमजोर छैन त्यसैले गुगल, फेसबुक, नासालगायतका संसारभरका कम्पनिमा नेपाली प्राविधिकहरूले योगदान गरिरहेको मुख्यमन्त्री कार्कीले बताएका छन् । झकोशीका प्राविधिक जनशक्ति संसारभर उच्च मूल्यमा बिक्रि गर्न अब प्रयोगात्मक अभ्यासमा केन्द्रित भएर अध्ययन गर्नु आवश्यक छ,ञ उनले भने, झप्रदेशमा भइरहेको विकास निर्माण कामको गुणस्तरीय परीक्षण गरेर इञ्जिनियरहरूले प्रयोगात्मक अध्ययन सुरू गरौं ।ञ 

प्रदेश सरकारबाट पैसा माग्न आएका विद्यार्थीलाई भौतिक निर्माण कार्यको गुणस्तरी परीक्षण गरेर रिपोर्ट दिई प्योगात्मक अभ्यास गर्न आग्रह गरेको मुख्यमन्त्री मार्कीको भनाइ थियो । झतुइन मैत्री प्रदेश निर्माणमा इञ्जिनियर पढ्ने विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गरेर इञ्जिनियरिङ विधामा नयाँ नमूना प्रस्तुत गरौं त्यसको लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ,ञ उनले भने, झतर अहिलेका इञ्जिनियरहरू कार्यालय प्रमुख कहाँ गएर ६० प्रतिशत कमिशन दिन्छु, डीपीआरको काम दिनु भन्दै मागेर त्यसबाट भएको फाइदाले बेलुका टुच्च लगाएर भ्रष्टाचारी नेता मरी जा १ भनेर समाजिक सञ्जालमा लेख्छन् ।ञ के यस्तै इञ्जिनियरले समाज परिवर्तन गर्न सक्छ भन्दै मुख्यमन्त्री कार्कीले प्रश्न गरेका थिए ।

झहावा र फ्रोस्रा कुरामा लाइक र कमेन्ट गरेर समय बिताउनु भन्दा प्रदेश कसरी बन्छ, प्रविधिमा कसरी यो प्रदेश अघि बढ्छ भन्ने विषयमा इञ्जिनियरलगायतका प्राविधिकहरूले सोच्ने बेला आएको छ,ञ उनले भने, झप्रदेश बनाउने विषयमा अध्ययन, अनुसन्धानको क्षेत्रमा काम गरेर नयाँ सिद्धान्त प्रतिपादन गर्ने विद्यार्थीका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्छ ।ञ


बिराटनगर २०८० माघ १३, गते | उद्योग र शैक्षिक क्षेत्र वीचको अन्तरसम्वादका माध्यमबाट सम्वन्ध अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपालको दिगो एवं आत्मनिर्भर आर्थिक विकास विषयमा व्याख्यात्मक कार्यक्रम आयोजना गरिएको छ ।

 उद्योग संगठन मोरङ र अमेरिकन कर्नर विराटनगरले संयूक्त रुपमा आयोजना गरेको प्रतियोगितामा विराटनगरका विभिन्न उच्च माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।

 कार्यक्रममा सहभागि विधार्थीहरुले  दिगो र आत्मनिर्भर आर्थिक विकासका लागि सरकार, नीजि क्ष्ँेत्र र आम नागरिकको एकिकृत दृष्टिकोणको आवश्यकता रहेको औल्याएका थिए । उनीहरुले मुलुकको आर्थिक एवं औद्योगिक समृद्धिका लागि सबै पक्ष्ँ वीचको सहकार्यको आवश्यकता हुने वताए ।  

सहभागि विद्यार्थीले आर्थिक विकास र नया रोजगारी सिर्जनामा उद्योग व्यवसायको महत्वपूर्ण भूमिका हुने भएकाले सरकारले लगानीमैत्री नीति निर्माण गरी कार्यान्वयन पक्षलाई सवलीकरण गर्नुपर्ने धारणा राखेका थिए । नेपालको दिगो आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने जलश्रोत, पर्यटन, कृषि, सूचना प्रविधि, उत्पादनमूलक उद्योग, खनिजजन्य उद्योगको विकासका प्रचूर सम्भावना भएकाले नीतिगत सुधार गरी उक्त क्ष्ँेत्रमा लगानी अनुकुल वातावरण निर्माण गरे छिट्टै आर्थिक समृद्धि प्राप्त हुने धारणा व्यत्ति गरे ।

 व्याख्यात्मक कार्यक्रममा संगठनका अध्यक्ष्ँ राकेश सुरानाले उद्योग र शैक्ष्ँिक क्ष्ँेत्र वीचको निरन्तर सम्वादले आर्थिक विकासको नया क्ष्ँेत्र र सम्भावना पहिल्याउन सहज हुने विश्वास व्यक्त गरे ।  उनले सहभागि विद्यार्थीलाई देश मै स्वरोजगार भई रोजगारीका नया अवसरहरु सृजना गर्ने क्षमता विकास गर्न अनुरोध गरे । युवा पुस्ताले नया सोच र अवधारणाका साथ प्रारम्भ गरेको स्र्टाटअपहरुले विश्व आर्थिक मंचमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उनले सोही अनुरुपको नया सोचका साथ स्वदेश मै उद्योग व्यवसायका क्ष्ँेत्रमा युवाहरु आउनुपर्ने विचार व्यक्त गरे ।

 प्रत्येक सहभागिलाई दिगो र आत्मनिर्भर आर्थिक विकासको सम्भावना विषयमा व्याख्या गर्न आठ मिनेट समय दिईएको थियो । कार्यक्रममा वाल कल्याण विद्या मन्दिरकी स्विकृती अधिकारी प्रथम, आदर्श उच्च मा.वि.का सुजन खत्री दोश्रो र सत्यनाराण उच्च मा.वि की सिवानी राउत तेश्रो भएको थिईन ।

 उपप्रँध्यापक डा. चन्द्र तिम्सिना, युवा व्यवसायी अभिनायक मल्ल र संचारकर्मी अनन्त न्यौपाने निर्णयक प्यानलमा रहनु भएको कार्यक्रममा प्रथम, दोश्रो र तेश्रो हुन सफल विद्यार्थीलाई नगद रकम सहित मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।


विराटनगर  । हिसान स्पोर्टस् मिटको १२ औं संस्करण अन्तरगत शुक्रबार भएको खेलमा विकेभिएम, कान्तिपुर, मोडर्न एरा, रेड स्टार,सगरमाथा, नेशलन,ज्ञालेक्सी   कलेज विजयी भएका छन् ।

विराटनगरको वैजनाथपुरको क्रिकेट मैदानमा भएको खेलमा विकेभिएम र  ..... कलेज विजयी भएको छ ।

पहिलो खेलमा विकेभिएम स्कुलले सेन्ट जोसेफ स्कुललाई ४ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सेन्ट जोसेफले निर्धारित १० ओभरमा ४ विकेट गुमाई ५६ रन जोडेको थियो । जस्मा सुमन राजवंशीले २४ रनमा अविजित हुँदा दशरत मण्डलले १३ रन बनाए । विकेभिएमका मनिषराज यादव, देवेन्द्र यादव र सुनिल यादवले समान १–१ विकेट लिए ।

५७ रनको चुनौती पाएको विकेभिएले ८ दशमलव ३ बलमा ६ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । जस्मा मनिषराज यादवलेले सर्वाधिक ११ रनको योगदान दिए । सेन्ट जोसेफका म्यान आफ द म्याच दशरत मण्डलले सर्वाधिक ४ विकेट लिए ।

दोस्रो खेलमा अरनिको कलेजले कोवास कलेजलाई १ सय ६ रनको विशाल अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ५३ रनको विशाल योगफल बनाएको थियो । जस्मा सागर मोचीले ४९ रन बनाउँदा सोनु साहले ४१ रन बनाए  । कोवासका अभय यादवले २ विकेट लिए ।

१ सय ५४ रनको चुनौती पाएको अरनिकोले १२ दशमलव २ बलमा सवै विकेट गुमाई ४७ रनमा सिमित भयो । कोवासका कुनै पनि खेलाडीले दोहोरो अंकलाई छुन सकेनन् । अरनिकोका म्यान आफ द म्याच अमर यादवले सर्वाधिक ५ विकेट लिए ।


त्यस्तै शहिद मैदानमा भएको फुटबल खेलमा रेटसर, सगरमाथा,.....कलेज विजयी भएका छन् ।

पहिलो खेलमा विराटनगरको मेरिल्याण्ड कलेजलाई रेडस्टार कलेजले २–१ को गोल अन्तरले पराजित गरेको छ । रेड स्टारको जितमा म्यान अफ द म्याच सन्जोग राई र सोनम गुरुङले १–१ गोल गरे भने मेरिल्याण्डका रयान कार्कीले १ गोल गरे ।

दोस्रोे खेलमा सगरमाथा स्कुलले विकेभिएम स्कुललाई २–० को गोल अन्तरले पराजित गरेको छ । समगरमाथाका म्यान अफ द म्याच सेसेहाङ लिम्बु र प्रदिस राई १–१ गोल गरे ।

तेस्रो खेलमा नेशनल एकाडेमीले भानु कलेजलाई १–० को गोल अन्तरले पराजित गरेको छ । खेलको एक मात्र निर्णायक गोल गर्ने नेशनलका अनुज प्रधान म्यान अफ द म्याच घोषित भए ।

चौथो खेलमा कान्तीपुर कलेजले जनक स्कुललाई १–० को गोल अन्तरले पराजित गरेको छ । कान्तीपुरको जितमा म्यान आफ द म्याच आयुस मगर १ गोल गरे ।

त्यस्तै आजै भएको छात्र भलिबलमा कान्तिपुर र मोडर्न एरा विजयी भएका छन् ।

पहिलो खेलमा कान्तीपुरले जेभियर्स स्कुललाई २५–१२ र २५–५ को सोझो सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच कान्तीपुरका केवल लिम्बु घोषित भए ।

दोस्रो खेलमा मोडर्न एरा स्कुलले शिक्षासदन स्कुललाई २५–११ र २५–१९ को सोझो सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच मोडर्न एराका किशन कटुवाल घोषित भए ।

त्यस्तै छात्रा भलिबलमा ज्ञालेक्सी  स्कुल र रेड स्टार स्कुल विजयी भएका छन् ।

पहिलो खेलमा ज्ञालेक्सी स्कुलले मोडर्न एरा स्कुललाई २६–२४ र २५–२३ को सोझो सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच मोडर्न एराका सुस्कन राई घोषित भए ।

दोस्रो खेलमा रेड स्टार स्कुलले शिक्षादिप कलेजलाई २५–२ र २५–९ को सोझो सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच रेड स्टारका प्रभा तामाङ घोषित भए ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.