Websoft University

महानगरद्वारा कुष्ठरोगीलाई फाइबर सिरक वितरण


विराटनगर ÷ ७१ औं विश्व कुष्ठरोग दिवसका अवसरमा विराटनगर महानगरपालिकाले सेवाग्राहीहरुलाई प्रत्यक्ष लाभ हुनेगरी कार्यक्रम सञ्चालन गरेको छ ।

महानगर मातहतको स्वास्थ्य संस्थाबाट नियमित रुपमा कुष्ठरोगका औषधि खाने बिरामीलाई प्रत्यक्ष लाभ हुनेगरी विभिन्न कार्यक्रम सञ्चालन गरेको हो । प्रायजसो गरिबीसँगै जोडिएको यो रोगमा अपांगताको दोस्रो श्रेणी भएका बिरामीहरुलाई न्यानो कपडा वितरण गर्दा चिसो मौसममा जीवनयापन गर्नसजिलो हुने भएकाले महानगरलेसिरकवितरण गरेको छ ।

कुष्ठरोगका बिरामीहरु आगो ताप्दा हातखुट्टा पोल्दासमेत थाहा नहुने भएकाले जाडोबाट बच्नका लागि सिरक उत्तम उपाय भएकाले निःशुल्क रुपमा वितरण गरिएको स्वास्थ्य महाशाखा जनस्वास्थ्य निरीक्षक भूपेन्द्रकुमार साहले जानकारी दिए ।

 कुष्ठरोगीलाई प्रत्यक्ष लाभ पुग्ने गरी कार्यक्रम गरेर महानगरले दिवस मनाएको उनको भनाइ छ । मेयर नागेश कोइरालाको निर्देशनमा आइतबार विराटनगर वडा नम्बर १२, १५, १६, १७ र १९ का ७ जना कुष्ठरोगीलाई सिरक वितरण गरिएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले बताए । हाल महानगर मातहतका स्वास्थ्य संस्थाबाट औषधि सेवन गरिरहेका ७ जना कुष्ठरोगी छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.