Websoft University
March 2019



शिव भट्टराई सुनसरी चैत १७ गते । रातो तारा डट कम, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजको वास्तविक हिरो मदन भण्डारी भएको बताउनुभएको छ । आफ्नो जीवन गएको २५ वर्षपछि पनि जननेता भण्डारीले लिएका सोच र विचारअनुसारै देशले नयाँ बाटो प्राप्त गरेको बताउँँदै प्रधानमन्त्री ओलीले उहाँको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्नुभयो ।

मोरङको उर्लाबारी नगरपालिका–३ स्थि?त मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनीयरिङ कलेजको उद्घाटन, प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जननेता भण्डारीको विचारअनुसारै अहिलेको शासन प्रणाली स्थापित भएको उल्लेख गर्नुभयो ।

कोही मानिसले नबुझेर र स्वार्थका कारण विरोध गरे पनि जननेता भण्डारीको विचारअनुसारै अब देशको सुशासन र विकास हुने बताउनुभयो । प्रतिष्ठानको विकासका लागि सङ्घीय, प्रदेश र स्थानीय तह तीन वटै सरकार एक भएर लाग्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले सो संस्थामा अध्ययन गर्ने भाइबहिनी इञ्जिनीयर र प्राविधिक भएर निस्कने भएकाले नै संस्थाको विकास नै समाजको विकास हुने बताउनुभयो ।

अन्तरराष्ट्रिय अध्ययन अनुसन्धान सम्मेलन हुने 
शिक्षाको गुणस्तरमा कुनै सम्झौता गर्न नहुने बताउँदै प्रधानमन्त्री ओलीले शिक्षामा राजनीतिक रङ देखाउन नहुनेमा जोड दिनुभयो । “जे उद्देश्य हो त्यहीअनुसार काम गनुपर्छ”। प्रधानमन्त्री ओलीले भन्नुभयो, “यसलाई देश र जनताप्रति साझा संस्थाका रुपमा विकास गर्नुपर्छ ।” प्रधानमन्त्री ओलीले संस्थाको लेखाप्रणाली स्वच्छ र पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्रीले लगानी सम्मेलनको सफलतापछि अब यही आर्थिक वर्षभित्रै युवाको व्यापक सहभागितामा अन्तरराष्ट्रिय खोज, अध्ययन एवम् अनुसन्धान सम्मेलन आयोजना गरिने जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले जननेता भण्डारीको सम्झनामा यहाँ निर्माण गरिएको मदन भण्डारी सङ्ग्रहालयको पनि अवलोकन गर्नुभएको थियो । भण्डारीको राजनीतिक, सामाजिक एवम् पारिवारिक गतिविधिलाई समेटेर सो सङ्ग्रहालय निर्माण गरिएको हो । करीब आधा घण्टाको समयमा प्रधानमन्त्री ओलीले सङ्ग्रहालय प्रवेशद्वारमा रहेको जननेता भण्डारीको तस्बीर र उहाँ जन्मिएको ताप्लेजुङको ढुङ्गेसाँघु गाउँको चित्रणदेखि अन्त्यमा चितवनको दासढुङ्गामा उहाँ सवार दुर्घटनामा परेको जीपको अवलोकन गर्नुभयो ।

जननेता भण्डारीको जीवनका विषयमा जो कोहीलाई पनि बुझ्न सहज होस् भन्ने उद्देश्यले सङ्ग्रहालय निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बरालले जानकारी दिनुभयो । सो क्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रदेशका मन्त्री, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रदेश नं १ का इञ्चार्ज भीम आचार्यलगायतको पनि सहभागिता थियो ।

प्रधानमन्त्री ओली आज अपराह्न आफ्ना निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ दमक आउनुभएको हो । मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनीयरिङ कलेजको उद्घाटन, रजतजयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटनपछि दमक आइपुग्नुभएको थियो।


ओखलडुङ्गामा, चैत्र १७ गते । रातो तारा डट कम,ओखलढुङगा मानेभञ्ज्याङ गाउँपालिका-६ डडुवाखोला स्थित सिद्दिचरण राजमार्गमा स्कारपियो दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका 
छन ।

आज दिउँसो पौने १२ बजेको समयमा सोलुबाट काठमान्डौं तर्फ जादै गरेको बा १६ च २२०७ नम्बरको स्कारपियो अचानक बाटो बाट अन्दाजि २०० मिटर तल खस्दा स्कारपियोमा सवार ताप्लेजुङको फक्तालुङ गाउँपालिका-७  ओलाङचुङगोला  बस्ने  ५५ बर्षिय मिङ्मा शेर्पा,  सोही स्थान बस्ने  ४५ बर्षिय साङगेल शेर्पा, काठमाण्डौ बौद्ध बस्ने ३५ बर्षिय नुर्बु शेर्पा , बर्ष ३०/३५ को  ङवाङ  शेर्पा, डोमा शेर्पा , बर्ष ३२/३३ की नुमा शेर्पाको घटनास्थलमानै मृत्यू भएको थियो ।

घटनाबारे जानकारी पाउनासाथ घटनास्थल तर्फ खटिएको प्रहरी चौकी हर्कपुरको प्रहरी टोलिले गम्भिर घाईतेहरु सोही स्थान बस्ने बर्ष  २५।३०को  कृष्ण श्रेष्ठ  (चालक),  काठमाण्डौको बौद्ध बस्ने मृतक डोमा शेर्पाकी छोरा बर्ष अन्दाजि ९।१० को  मिङमा शेर्पा र काठमाण्डौ नया बस्ती बस्ने बर्ष ४५।४६ को कुङसिङे शेर्पालाई उपचारको लागि तत्काल आस्था मेडिकल हल घुर्मि उदयपुरमा लगेको थियो।

घाईते तिनैजनालाई थप उपचारको लागि आज दिउँसो साढे ३ बजेको समयमा सिम्रिक एयरको हेलिकप्टर द्वारा ग्रान्डी अस्पताल काठमान्डौ तर्फ लगिएकोमा उपचारको क्रममा साझँ साढे ४ बजेको समयमा कुङसिङे शेर्पाको  मृत्यु भएको छ भने ६ वटै शवको कानुनि प्रक्रिया पुरा गरी पोष्टमार्टमको लागी जिल्ला अस्पताल रुम्जाटार तर्फ पठाएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।


बिराटनगर चैत १७ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई द्वन्द्वमा फसाइराख्ने खेलमा नलाग्न पत्रकारलाई सचेत गराएका छन् । आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले पत्रकारले अदालत र सरकार तथा प्रदेश सरकार र केन्द्र सरकारबीच द्वन्द्व गराउन खोजेको आरोप लगाएका हुन् ।

विप्लव समूहका कार्यकर्तालाई प्रहरीले पक्राउ गर्ने, अदालतबाट धमाधम छुट्ने भइरहेको छ नि भनी पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले भने ‘के तपाईंहरु मुलुकलाई सधै द्वन्द्वमा नै फसाई राख्ने रु तपाईहरुको सधै भूमिका त्यही हो ? अदालत र सरकारबीचमा झगडा लाउने, प्रदेश सरकार र केन्द्र सरकार बीचमा झगडा लाउने ? भन्नुभयो ।

प्रधानमन्त्री ओलीले पत्रकारलाई रचनात्मक भूमिका निर्वाह गर्न सुझावसमेत दिए । उनले अदालतले आफनो ढंगबाट काम गर्ने सरकारले आफनो ढंगबाट काम गर्ने बताए । ‘अदालतले पुरै प्रमाण नपुगे छाड्ने, त्यो कानुनी कुरा हो, सरकारले राजनीति नीति, कानून बमोजिम र संविधानबमोजिम काम गर्ने हो, तर थुन्ने छोड्ने कुरा अदालतको दृष्टिमा केही पुगेन भने छोडी दिन्छ ।’ उनले अदालत र सरकारबीचको अन्तरविरोध नदेखाउन समेत पत्रकारलाई भने ।

उनले अदालत स्वतन्त्र रहने र त्यो शक्ति पृथकीकरणको सिद्धान्त राज्य चलेको भन्दै सञ्चालन अदालत र सरकार एउटै नभएको पनि बताए ।

प्रधानमन्त्री ओलीले राजधानी काडमाडौंमा दुई दिनसम्म चलेकोे लगानी सम्मेलन पूर्ण सफल भएको बताए । सम्मेलनबाट विश्व बैंकसहित विभिन्न विदेशी राष्ट्रहरुबाट लगानीको प्रतिबद्धता आएको पनि उनले बताए । तर मुलुक विकासको गतिमा अघि बढेको हेर्न नचाहनेहरुले भने सम्मेलनबारे अनर्गल प्रचार गरिरहेको आरोप लगाए ।
प्रधानमन्त्री ओलीले लगानी सम्मेलनसम्मको समयलाई आधार बर्षकोरुपमा लिएको बताउदै त्यसपछि विकास वर्ष सुरु हुने बताए ।

कांग्रेसले भाग खोज्यो :-
अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले प्रतिपक्ष नेपाली कांग्रेसले संवैधानिक नियुक्तिहरुमा भागवन्डा खोजेको आरोप लगाए । उनले सरकार भाग नदिएका कारण कांग्रेस सरकारमाथि खनिएको पनि दावी गरे ।

उनले भने ‘औचित्य र गुण दोषको आधारण मान्छेलाई जिम्मेवारी दिनुपर्छ, भागबन्डा गर्नुहुँदैन भन्नेमा म छु’ उनले भने ।
सरकारले निर्वाचन आयोगका प्रमु्ख आयुक्तमा सिफारिस गरिएका दिनेश थपलिया पनि आफनो पार्टीको नभएको
बताए । कांग्रेसका कारण नै सरकारले गर्ने संवैधानिक अंगहरुमा गरिने नियुक्तिमा अहिले पनि सरकारले प्रयाप्त ठाँउहरु छाडेको जानकारी दिए ।


काठमाण्डौं  चैत १७ गते । रातो तारा डट कम,ओखलढुंगाको मानेभञ्ज्याङ ७ मा केहिबेर अघि जिप दुर्घटना हुंदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।

खोटाङको हलेसीबाट काठमाण्डौं आँउदै गरेको बा१६च२२०६ नम्बरको जिप दुर्घटना भएको हो । जिप मानेभञ्ज्याङ २ को बदारे खोलाको सडक देखि २ सय मिटर तल खसेको प्रहरीले बताएको छ ।

दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन


सुनसरी, चैत्र १७ गते । रातो तारा डट कम,सुनसरीको हरिनगरा गाउँपालिका-६ घुस्की बजारमा शनिवार भारतीय नम्बरको मोटरसाईकलको ठक्करबाट १ बालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको BR 11 Y 9313 नम्बरको मोटरसाईकलले साईकलमा सवार सोही गाउँपालिका-७ बस्ने बर्ष १० को  रेहान अन्सारीलाई दिउँसो साढे ३ बजे ठक्कर दिएको थियो । मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते बालककलाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा उपचारको क्रममा अपरान्ह पौने ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालक भारत घुर्ना बस्ने बर्ष-६० को मोहमद मुस्ताक अन्सारीलाई प्रहरीको नियन्त्रणमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।




झापा, चैत्र १७ गते । रातो तारा डट कम,झापाको भद्रपुर नगरपालिका-३ भैसावारी भन्ने स्थानमा शनिवार JCB को बकेटले लागेर सह-चालकको मृत्यु भएको छ । भद्रपुर-केचना सडक खण्डमा राती सवा ८ बजे JCB बाट तेलको ड्रम निकाल्ने क्रममा JCB को बकेटले लागेर सह-चालक तत्काल ठेगाना खुल्न नसकेका २२ बर्षीय बिक्रम राजवंशीको घटनास्थलमा नै मृत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । चालक तत्काल फरार भएकोले खोजी कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।




काकडभिट्टा, चैत्र १७ गते । रातो तारा डट कम,झापाको मेचीनगर नगरपालिका- ६ र ७ बाट  प्रहरीको टोलिले ३ लाख २० हजार बराबरको अबैध सामान बरामद गरेको छ ।

शनिबार दिउँसो १२ बजेको समयमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलिले झापाको मेचीनगर नगरपालिका-७ स्थित जोर सिमलबाट अवैध रुपमा भन्सार छलि चोरी पैठारी निकाशी गरी भारत बाट नेपाल तर्फ ल्याउदै गरेको   अन्दाजी एक लाख पचास हजार रुपैया बराबरको कपडाहरु बरामद गरेको थियो ।

यसैगरी जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीको टोलिले झापाको मेचीनगर नगरपालिका ६ र ७ स्थित बिभिन्न स्थानबाट भन्सार छलि चोरी पैठारी निकाशी गरी भारत बाट नेपाल तर्फ ल्याउदै गरेको बिभिन्न किसीमका कपडा र रुख काटने मेसिन सहित अन्दाजी १ लाख ७० हजार मुल्य बराबरको सामान बरामद गरेको हो ।

बरामद गरिएका उक्त सामानहरु आज मेची भन्सार कार्यालय झापा बुझाईने उक्त कार्यालयले जनाएको छ ।


काठमाण्डौ चैत १७ गते । रातो तारा डट कम,प्रदेश नम्बर–५ मा आगामी वैशाख ५ गतेदेखि हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगितामा ५ हजार २ सय ११ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद राखेपले हिजो  पत्रकार सम्मेलन गर्दै बैशाखमा आयोजना हुने प्रतियोगितामा  ३५ खेलमा महिला र पुरुष गरि ५ हजार बढी खेलाडीले प्रतिस्पर्धा गर्ने जनाएको हो ।  प्रतियोगितामा सहभागी खेलाडी मध्ये २ हजार ८ सय २५ पुरुष खेलाडी र २ हजार ३ सय ८६ महिला खेलाडी रहेका छन् ।

यस्तै ६ सय ४० प्रशिक्षक र ४ सय ६१ टिम ब्यबस्थापक रहनेछन् ।  खेलाडीले ३ सय ७२ स्वर्ण, ३ सय ७२ रजत र ५ सय ६३ काश्यका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा  धेरैजसो खेल बाँकेमा हुने भएको छ । बाँकेमा १७ ओटा खेल हुनेछ । दाङमा सात, रुपन्देहीमा चार, बर्दियामा चार, ललितपुर, कास्की, कपिलवस्तु र काठमाडौंमा एक÷एक खेल आयोजना गरिने छ ।

वैशाख ५ गते औपचारिक उद्घाटन गरिने प्रतियोगिता अन्तर्गत् बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याडबल, कराँते, हक्की, सुटिङ, जिम्न्यास्टिक, साइकिलिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेटका खेल हुनेछन् । 


काठमाण्डौ चैत १७ गते । रातो तारा डट कम,राष्ट्रिय गौरवको सडक आयोजना कालीगण्डकी लोकमार्गको पर्वत खण्ड कालोपत्र हुने भएको छ । सडक खण्ड अन्तर्गत सेतीबेनी देखि रानीपानी सम्मको ९ किलोमिटर सडक कालोपत्र हुने भएको हो । संघिय सरकारको ४१ करोडको लागतमा सडक कालोपत्रे हुने भएको हो ।

 ९ किलोमिटर लामो उक्त सडक जिल्लाको विहादी गाउँपालिका भित्र पर्दछ । मिर्मीबाट शुरु हुने यो सडक पर्वतको अर्मादीसम्म ५५ किलोमिटर पर्वत जिल्लाभित्र पर्छ । मिर्मी देखि मोदीबेनी सम्म सडकको सबै खण्डको ट्रयाक खोलेर सकिएको छ । पर्वत खण्डमा ४ किलोमिटर बाहेक अन्य खण्ड पुरा भैसकेको छ । 

कालीगण्डकी आयोजना कार्यक्रमका प्रमुख हरिराम दिक्षितले पर्वत खण्डमा तीन वटा खोलामा पुल बन्न लागेको बताउनु भयो । 





काठमाण्डौ चैत १७ गते । रातो तारा डट क,अन्तराष्ट्रिय वित्त निगम आईएफसीले नेपालमा एक अर्ब अमेरिकी डलर (एक खर्ब १० अर्ब) बराबरको लगानी गर्ने भएको छ । निगमले सरकार र निजी क्षेत्रलाई विभिन्न आयोजनामा सघाउने गर्ने गरी यस्तो लगानी गर्ने बताएको हो ।

 निगमले ठूला परियोजनामा ऋण सहयोग उपलब्ध गराउँदै आएको छ । लगानी सम्मेलनलाई सम्बोधन गर्दै निगमका उपाध्यक्ष पिटर लेन्क्सले नेपालमा आगामी चार वर्षमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाइएको बताउनुभयो । 

उहाँले नेपालमा लगानीका लागि आईएफसीले कुन्जुस्याइँ नगर्ने भन्दै त्यसका लागि निजी क्षेत्र पनि तयार हुनुपर्ने बताउनु भयो । चार वर्षमा गरिने यो लगानीले नेपालको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने आईएफसीको भनाइ रहेकोछ । 




विराटनगर चैत्र १६ गते । रातो तारा डट कम,दक्षिण भारतबर्षकै प्रखर बिद्घान ब्यक्तित्व त्रिदण्डी श्रीमन्नारायण रामानुज चिन्नजीयर स्वामीलाई शनिवार विराटनगरमा नागरिक अभिनन्दन गरिएको छ ।  

विराटनगर स्थित वार्ड नं ४ मा नवनिर्वित  श्रीलक्ष्मीनारायण मन्दिरको भगवत्प्राण –प्रतिष्ठा समारोहमा सहभागी बन्न आएको अबसर पारेर  विराटनगर महानगरपालिका र नरेन्द्रप्रसाद आशालता रिजाल प्रतिष्ठानले सम्युक्तरुपमा उहाँहरुको अभिनन्दन गरेको हो । 

कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले ताम्रपत्र सहितको नागरिक अभिनन्दन गरिएको प्रमाणपत्र त्रिदण्डी श्रीमन्नारायण रामानुज चिन्नजीयर स्वामीलाई प्रदान गरेका थिए । यस्तै नगेन्द्रप्रसाद आशालता रिजाल प्रतिष्ठानले प्रदान गर्दे आएको दुइ पुरस्कार समेत सोही अवसरमा प्रदान गरिएको थियो । 

प्रतिष्ठानकी अध्यक्ष इन्दिरा रिजाल र सामाजिक विकास मन्त्री जीवन घिमिरे तथा मेयर भीम पराजुलीले १ लाखको धर्म संस्कृति पुरस्कार चिन्नजीयर स्वामीलाइ र बाङ्गमय पुरस्कार गायत्री स्वरुपाश्रम झापालाई १ लाख रुपैया प्रदान गरेकाछन् ।   
अभिनन्दन कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले धार्मिक ,सांस्कृतिक तथा बैज्ञानीक प्रविधीलाई समेत मिलाएर काम गर्न आबश्यक रहेको औल्याए । नैतिकता र इमान्दारिताका लागि धर्म जागरण आबश्यक भएको र यसको संरक्षण र सम्बद्घनका लागि प्रदेश सरकार सदैब तयार रहेको बताए । 

यस्तै विराटनगर महानगरका मेयर भीम पराजुलीले दक्षिण भारतबर्षकै प्रखर बिद्घान र सामाजिक ब्यक्तित्वको नागरिक अभिनन्दन गर्न पाउदा खुसी भएको बताए । धर्म ,संस्कृति ,नैतिकता र इमान्दारिता समाजको गहना भएको भन्दै मेयर पराजुलीले धार्मिक गतिविधि र कार्यक्रमलाई आफुले उच्च महत्व दिएको बताए ।

मेयर पराजुलीले विराटनगर महानगरलाई उच्च नैतिकबानहरुको सहर र धार्मिक नगरी बनाउने महाअभियानमा आफु उभिएको बताए । बुधवारवाट शुरु भएको ५ दिवसिय भगवत्प्राण –प्रतिष्ठामा स्वामीजीको स्वागत तथा दर्शनका लागि नेपालभरिबाट १ लाख भन्दा बढी दर्शनार्थी विराटनगर आउने क्रम जारी रहेको आयोजकले बताइएको छ ।

शिव भट्टराई, सुनसरी चैत १६ गते । रातो तारा डट कम,
मोरंङको सुन्दरहरैचा नगरपालिका वार्ड नं-७ गछियामा ६२ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्तदान कार्यक्रम दुलारी बचत , सुन्दरपुर बचत , न्यू नमूना बचत तथा अग्रणी सामुदायिक कृषि सहकारी संस्था सुन्दरहरैचा मोरंगको संयुक्त आयोजनामा भएको छ।सनिबार भएको रक्तदान कार्यक्रम गछिया बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अर्जुन राज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको छ।

"रक्त दान जीवन दान " भनेझैँ रगत विनाको जिवन कल्पना पनि गर्न सकिदैन । आकास्मीक कारणले अकालमा ज्यान जाने मानिसलाई बचाउने विकल्प नै रक्तदान भएको साथै शरीरमा भएको रगत दान नगरे पनि तिन महिना मा त्यो रगत त्यत्तीकै खेर जान्छ ।खेर जाने रगत दान गर्दा कसैको ज्यान बच्छ भने किन नगर्ने भन्ने बिचारले सो कार्यक्रमको आयोजना गरिएको अग्रणी सामुदायिक कृषि सहकारी संस्था मोरंगका अध्यक्ष सोभित पौडेलले बताउनु भयो।

उक्त रक्तदान कार्यक्रमबाट ४६ प्रिन्ट रगत संकलन भएको छ भने नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धरान घोपाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।


बिराटनगर चैत १६ गते । रातो तारा डट कम,प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले आगामी वजेट अधिवेशनमा प्रदेश सरकारले प्रदेशमा सुचनाको हक सम्बन्धी कानुन ल्याउने बताएकाछन् ।

नेपाल पत्रकार महासंघको ६४ औ स्थापना दिवसको अबसरमा आज नेपाल पत्रकार महासघ मोरङ शाखाले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा मुख्यमन्त्री राईले कानुनसंगै प्रदेशमा प्रदेश सुचना आयोग गठन गर्ने बताएका हुन् । मुख्यमन्त्री राइले सुचनाको हक सम्बन्धी कानुनले जनताको अधिकार स्थापित गर्दै शासन शक्ता सञ्चालनमा सहयोगी हुने भएकोले छिट्टै कानुन ल्याउन लागिएको बताएका हुन् ।

 मुख्यमंत्री राईले चालुु अधिवेशनवाटै प्रदे्श न १ को राजधानी र नामाकंनको विषय टुगो लगाउने समेत वताएका छन् । उनले प्रदेशको राजधानी र नामकंनको विषयले प्रदेसभामा प्रवेश पाई सकेको वताए । मुख्यमंत्री राईले विप्लव माओवादी समुह पनि चाडै राजनिति मुलधारमा आउने वताए । उनले हिंसाको राजनिति कहिलेपनि सफल नहुने भन्दै शान्तीपुर्ण राजनितिमा आउनु वाहेको अरु विकल्प विप्लव माओवादी समुहसँग नभएको वताए ।

कार्यक्रममा राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बास्कोटाले सुचनाको हक सम्बन्धी कानुन बनाउन प्रदेश एक पहिलो हुनु पर्ने भन्दै आफु सहयोग गर्न तयार रहेको बताए । यसैगरी सुतेर अधिकार नपाइने भएकोले जनताले आफ्नो अधिकार स्थापित गर्न जागरुक हुनुपर्ने समेत बताए । बास्कोटाले सुचनाको हक सबै जनताका लागि भएकोले यसको प्रयोग गर्न आग्रह गरे ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जनतालाई बाध्ने कानुन मात्र कडा बनाइनु होइन सेवा प्रदायकलाई बाध्ने कानुन कडा हुनु पर्ने भन्दै सुचनाको हक सम्बन्धी कानुन प्रदेश सरकारले चाडै ल्याउने वताए । उनले मुलुकमा सुशासन र समवृद्धिकालागी पत्रकारहरुले कलम चलाउनु पर्नेमा जोड दिए ।

सो अबसरमा षष्टिका बस्नेत सुचनाको अधिकार पुरस्कार २०७५ बाट नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँले र षष्टिका बस्नेत सुचनाको अधिकार प्रोत्साहन पुरस्कार २०७५ बाट विराटनगरका पत्रकार तथा पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश लम्साललाई प्रदान गरिएको छ । पुरस्कारको राशि क्रमश ५१ हजार र ११ हजार रहेको छ । उनीहरुलाई मुख्यमन्त्री शेरधन राइले पुरस्कार प्रदान गरेका थिए।


काठमाडौ चैत १६ गते । रातो तारा डट कम,नेपाल पत्रकार महासंघको ६४औं स्थापना दिवसको अवसरमा आज महासंघ केन्द्रीय कार्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि एंव राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले न्यायपालिका र पत्रकारिता स्वतन्त्र नरहे लोकतन्त्र नै खतरामा पर्ने बताउनुभएको छ । उहाँले पत्रकारिता क्षेत्रसंग आफ्नो पनि भावनात्मक सम्बन्ध रहेको भन्दै सत्यतथ्य सूचनाको अपेक्षा राखेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघ सदैव श्रमजीवि पत्रकार तथा प्रेस स्वतन्त्रताको पक्षमा रहेको भन्दै त्यसप्रति आफूहरु प्रतिवद्ध रहेको बताउनु भयो । 
महासंघका निवर्तमान अध्यक्ष डा.महेन्द्र विष्टले अध्ययनशील एंव सक्षम व्यक्तिहरुको आगमन भएको भन्दै बर्तमान पत्रकारितामा सम्भावनाका ढोकाहरु खुलेको बताउनुभयो । 
महासंघका पूर्व सभापति हरिहर विरहीले विगतको पत्रकारिता सरकारको जयजयकार गर्ने खालको भएतापनि आज पत्रकारिताले समग्र समाजको हितमा केन्द्रीत हुनुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै महासंघका पूर्व उपाध्यक्ष राधा बुढाथोकिले विगतको पत्रकारिता आस्था र अनुशासनमा निष्ठा रहेको भन्दै आजका पत्रकारहरुले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 
त्यस्तै महासंघका पूर्व महासचिव चन्द्र भण्डारीले निष्ठाको पत्रकारिता  गर्न आवश्यक रहेको भन्दै सबै पत्रकारहरुले एकपल्ट आत्मसमिक्षा गर्दै आजको पत्रकारितालाई जिम्मेजार तथा मर्याधित बनाउन आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघले आफ्नो ६४ औ स्थापना दिवसरका अवसरमा आफ्ना पूर्व पदाधिकारीहरु र महासंघका उत्कृष्ट शाखाहरुलाई सम्मान गरेको छ । सम्मानित हुने पूर्वपदाधिकारीहरुमा राधा बुढाथोकी (उपसभापति), चित्राङ्ग थापा (उपसभापति), चन्द्र भण्डारी (महासचिव), कर्णदेव भट्ट (उपसभापति), इश्वरचन्द्र गौतम (उपसभापति), हेमन्त कर्माचार्य (उपसभापति), तेजबहादुर भण्डारी (उपसभापति), यज्ञ शर्मा (उपसभापति), गोपाल बढाथोकी (उपसभापति), उमिद बागचन्द (उपसभापति), सञ्जय सन्तोषी राई (उपसभापति), कृष्णप्रसाद बस्याल राकेश (उपसभापति), डीआर पन्त (उपसभापति), गंगाधर पराजुली (उपसभापति), पोषण केसी (महासचिव), यशोदा तिम्सिना –उपाध्यक्ष), ओम शर्मा (महासचिव), खिलबहादुर भण्डारी –उपाध्यक्ष), अनिता बिन्दु –उपाध्यक्ष) र उजिर मगर (महासचिव) हुनुहुन्छ । 

तत्कालिन पत्रकार संघलाई महासंघमा रुपान्तरण गर्न आयोजित महाधिवेशन सम्पन्न गर्न भूमिका खेलेकोमा सुनसरी शाखा र महासंघलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा लैजान महत्वपूर्ण भूमिका खेलेको कास्की शाखालाई सम्मान पत्र सहित पुरस्कृत गरियो । 

महासंघले आफ्नो स्थापना दिवसका अवसरमा तीन दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरेकोे छ । चैत १३ र १४ गते मिडिया कप फुटसल प्रतियोगिताको आयोजना गरेको थियो भने १४ गते नै जोखिमपूर्ण अवस्थाको रिपोटिङ अनुभव प्रस्तुतिकरण कार्यक्रमको आयोजना गरेको थियो । 

सो अवसरमा फटसल प्रतियोगितामा प्रथम द्धितिय र तृतिय हुने क्रमश प्रेस संगठन नेपाल , नेपाल प्रेस यूनियन र इमेज च्यानलको टिमलाई ट्रफि, मेडल , नगद र प्रमाणपत्र सहित पुरस्कृत गरियो । 

सो अवसरमा महासंघका सचिवहरु रामप्रसाद दाहाल , प्रकाश थापा , लक्ष्मी पुन , रेम विश्वकर्माले महासंघको स्थापना तथा गतिविधिबारे प्रकाश पार्नु भएको थियो भने पत्रकार अर्जुन भुषालले स्वागत गीत गाउनु भएको थियो ।


बिराटनगर चैत १६ गते । रातो तारा डट कम,महानगरपालिका बिराटनगर ११ शयुक्त टोलबिकास संस्था वडा समन्वय समितिले वडाका २६ सै टोल बिकास सस्थाका प्रतिनिधि बोलाएर आज छलफल ग¥यो ।

कार्यक्रमका प्रमुख अतिथि वडा नम्वर ११ का वडा अध्यक्ष तिथेन्द्र न्यौपानेले कार्यक्रममा बोल्दै वडाले अहिले वडालाई हरियाली बनाउन एक  घर एक बिरुवा अनिवार्य रोप्नु पर्ने धारणा ल्याएकोले यस तर्फ सबैले सहयोग गर्न आग्रह गर्नु भयो ।

भइरहेको टोल बिकास सस्थाहरुलाई सक्रीय वनाउन पुरानो संमरचनालाई पुर्नगठन गरि वडा भित्रका २६ टोल लाई नयाँ ताजकि दिदै अगि बढ्नु पर्ने धारणा राख्नु भएकोछ ।

टोल बिकास सस्थाका नगर संयोजक राजेश मास्केले अहिले जनप्रतिनिधि आएपनि यसको महत्व कम भएको छैन इान बढेर गएकाले सबै मिलेर आफनो टोल बिकासमा लाग्नु पर्ने बताउनु भयो  ।

यो पुर्नर गठनको काम ०७६ बैशाख अन्तिम सम्ममा सक्नु पर्ने बताए ।

बिराटनगर वडा नम्वर ११ का सयुक्त टोल बिकास सस्था का अध्यक्ष भवानी श्रेष्ठको निधन भएकाले पुर्नर गठन गर्नु परेको सस्थाका सचिव ध्रुव कोइरालाले बताउनु भयो ।

कार्यक्रम चन्द्रकला पौडेलको अध्यक्षतामा भएको थियो ।


विराटनगर,चैत १६ गते । रातो तारा डट कम,  विराटनगर – १० मा रहेको अरनिको उच्च माविले कक्षा १२ का विज्ञान संकायका ७ सय ५ जना विद्यार्थीहरुलाई शनिबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ ।

कलेजमा अध्यनरत विज्ञान संकायका १९ औं ब्याचको विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी कलेजले बिदाई गरेको हो ।

कार्यक्रममा कलेजको लिएको आन्तरीक, हिसान र माध्यामि शिक्षा परिषदबाट लिएको परीक्षामा उत्कृट हुने विद्यार्थीहरुलाई नगद सहित पुरस्कृत गरेको छ ।विदाई कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थीहरुले नृत्य तथा गित गाएका थिए ।

कार्यक्रममा कलेजका प्रार्चय राजेश कार्की, सस्थापकहरु डा. भविन्द्र निरौला, भरत दाहाल, उमेन्द्रविलाश लुइटेल रविकाश खनाल तथा प्रध्यापक कृष्ण वस्ती र विमल भट्टराईलगायत  शुभकामना दिएर विदाई  गरेको थिए ।  कक्षा १२ बाट विदाई हुने विद्यार्थी सबुनम सुब्बा कलेजमा वितेको दुई वर्षको अनुभव सुनाएकी थिइन् ।


काठमाण्ठौ चैत १६ गते । रातो तारा डट कम,कानुन व्यवसायीको छाता सङ्गठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वको लागि आज मतदान हुँदैछ । नेपाल बारको निर्वाचन समितिले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । काठमाडौंँ उपत्यकाभित्र र बाहिरको सबै मतदान केन्द्रमा मतपत्र पठाइसकेको  निर्वाचन समितिका संयोजक दामोदर खडकाले बताउनुभयो ।

मतदान बिहान ८ बजेबाट सुरु भई अपरान्ह ४ बजेसम्म जारी रहनेछ । बारमा २५ पदका लागि ६३ जनाको उम्मेदवारी परेको छ । निर्वाचनमा सत्तारूढ नेकपानिकट नेपाल लयर्स एसोसिएसन (एनएलए) बाट अध्यक्ष चण्डेश्वर श्रेष्ठ र कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) बाट अध्यक्ष सुनीलकुमार पोखरेल प्यानलसहित मैदानमा उत्रेका छन् ।

एनएलएलाई मधेसकेन्द्रित दल र डिएलएलाई राप्रपानिकट कानुन व्यवसायीको समर्थन छ । तीन वर्षे कार्यकालको लागि नयाँ नेतृत्व निर्वाचित गर्नका लागि शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान सम्पन्न गर्न बार निर्वाचन समितिले आग्रह गरेको छ । देशभरिमा कुल १० हजार ३ सय १३ मतदाता रहेको बार एसोसिएसनमा काठमाडौँ उपत्यका भित्र छ हजार पाँच सय र बाहिर तीन हजार ८ सय १३ जना सदस्य छन् । 


काठमाण्डौ,चैत १६ गते । रातो तारा डट कम,पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले आज ६४ औं स्थापना दिवस मनाउँदैछ । दिवसको अवसरमा महासंघले देशभरका विभिन्न ठाउँमा रहेका आफना शाखाहरु मार्फत कार्यक्रम गर्दैछ । 

यसै अवसरमा महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस विज्ञप्ती निकाल्दै शुभकामना व्यक्त गर्नुभएको छ । विज्ञप्ती मार्फत देशैभर र विश्वका विभिन्न देशमा छरिएर रहेका महासंघका सदस्यसहित आम नेपाली सञ्चारकर्मीका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूलाई शुभकामना दिईएको छ । 

 स्थापना दिवसको आवरमा आज महासंघ केन्द्रीय समितिले सञ्चारग्रामस्थित केन्द्रीय कार्यालयमा दिउँसो १२ बजे विशेष समारोहको आयोजना गरेको छ । नेपालमा लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारिताको संस्थागत विकास र श्रमजीवी पत्रकारको हकहितका लागि २०११ साल चैत १६ गते महासंघ स्थापना भएको हो । 



सुन्दरहरैचा नगरपालिकामा सुकुना बहुमुखी क्याम्पसमा बुधबार नेपा विधार्थी संघका विधार्थी नेताहरुलाई कुटपिट गरि घाइते बनाए पछि अपराधिलाई कार्वाही गर्न माग गर्दै निकालिएको विरोध र्‍यालीको समाचार संकलन गर्न पुगेका स्थानिय पत्रकारलाई नेवी संघका विधार्थी नेताहरुले कुटपिट गरि शुक्रबार घाइते बनाएका छन ।

बेलाबारी बाट प्रकाशित हुने उज्यालो प्रदेश डट कमका रिपोर्टर निकेश बराललाई घाइते बनाए पछि उक्त घटनाको विरोध गर्दै साथै शैक्षिक क्षेत्रमा राजनिती नगर्न आग्रह गर्दै अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले सयुक्त रुपमा शुक्रबार विरोध र्‍याली आयोजना गरेका छन ।

सुकुना बहुमुखी क्याम्पसमा अध्ययनरत विधार्थी साथै मोरङ जिल्ला भरीका विधार्थी नेताहरुको उपस्थितिमा निस्किएको विरोध र्‍यालीमा हजारौ विधार्थीहरुको उपस्थिती रहेको थियो भने उक्त र्यालीमा ” शिक्षक कुट्न पाइदैन ” ” पत्रकार कुट्न पाइदैन ” नेवी संघ होसियार ” अपराधिलाई कार्वाही गर ” चस्मा लगाएर शैक्षिक ऎन पढ्न आग्रह ” जस्ता प्ले कार्ड बोकेर विराटचौकबाट क्याम्पस ,क्याम्पस देखि विराटचौक आइ कोण सभामा आएर समापन भएको थियो ।

कोण सभामा बोल्दै स्ववियु सुकुनाका उपसभापती मिलन घिमिरेले सुकुनाको गरिमा बचाउन जस्तो सुकै पनि कदम चाल्न तयार स्ववियु तथा विधार्थीहरु तयार रहेको बताएका थिए । उनले क्याम्पसको समस्या क्याम्पसमा नै शान्तिपुर्ण तरिकाले वार्ताबाट अघि बढ्न नेवी संघलाई आग्रह गरेका थिए ।

सुकुना पुर्वको गहना हो । कुनामा बसेर राजनिती गर्नेलाई सुकुना के हो भनेर थाहा नहुन सक्छ ।

त्यस्तै कोण सभामा बोल्दै युवा संघ नेपाल मोरङ जिल्ला अध्यक्ष नवीन पौडेलले नेवी संघले शिक्षक कुट्नु अनौठो हैन तर याद रहोस शिक्षाको ज्योती दिने गुरुलाई कुट्ने ले भोलि काङ्ग्रेस लाई नै कुट्न सक्छ भन्ने कुरा यहाका स्थानिय काङ्ग्रेसका नेताहरुले बुझ्नु जरुरी रहेको बताएका थिए ।

उनले यदि काङ्ग्रेस ले आफ्नो विधार्थी को अराजक रोक्न सक्दैन भने युवा संघ र वाइसियल लाई बोलाउनुहोस हामी नियन्त्रण गर्छौ हाम्रो मोबाइल नम्बर सुरक्षित साथ राख्न काङ्ग्रेसलाई आग्रह गर्नु भएको थियो ।

उनले विर्तामोड र इटहरी बाट आएका तरुण दल देखि डराएर हामी सडकमा आएका हैनौ । साथीहरु हामी एक कल मा हजारौ कार्यक्रता भेला हुन सक्छौ भोलि युवा संघले सिटि फुक्दा तपाईहरु कहाँ भाग्नुहुन्छ ? उनले काङ्ग्रेसलाई प्रश्न तेर्साएका थिए ।

त्यस्तै अनेरास्ववियु क्रान्तिकारी मोरङ जिल्ला अध्यक्ष ताजिम अन्सारीले क्याम्पस , शिक्षक र विधार्थीको रक्षाको निम्ति हामी विधार्थी तयार रहेको बताउदै प्रदेश सांसद जस्तो गरिमा पदमा रहेर जुन भाडामा ल्याएर पत्रकार माथी आक्रमण गर्नु भयो तपाईलाई यहाका जनताले के भनिरहेका छन मनन गर्नुहोस ।

उनले दिन दहाडै शिक्षक र पत्रकार विधार्थी माथी सांघतिक हमला गर्नु भो तपाईहरु हतियार हरु लिएर आउनुहोस हामी सहान्तिपुर्ण रुपले सहभागी हुने छौ । तपाईहरुले चस्मा लाएर शिक्षा ऎन पढन अनुरोध गरेका थिए ।


काठमाण्डौ,चैत १६ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा यसबेला स्थिर सरकार भएकोले लगानीको राम्रो अवसर रहेको बताउनभुएको छ । नेपाल लगानी सम्मेलन २०७५ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपाल र नेपालीको लामो समय देखिको सामाजिक र आर्थिक रुपान्तरणको सपना पुरा हुदै गरेको बताउनुभयो । प्रधानमन्त्री ओलीले विभिन्न देशबाट आएका लगानी कर्ताहरुलाई अपार अवसर भएको क्षेत्रमा लगानी गरी ३ करोड इमान्दार र मेहनती जनताको जीवन स्तर उकास्न सहयोग गर्न आह्वान समेत गर्नुभयो  ।


काठमाण्डौ,चैत १६ गते । रातो तारा डट कम,प्रदेश पाँचमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाखमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले वैशाख ५ देखि ११ गतेसम्म नेपालगञ्जमा गर्ने मिति तय गरेको हो । 

यसअघि चैत महिनामै गर्ने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेर वैशाखमा पुगेको हो । पटक, पटक मिति सरिसकेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता बारे अन्यौलता छाएपछि युवा तथा खेलकुद मन्त्रालयले राखेपको बोर्ड बैठक बोलाएको थियो । 

हिजो बसेको बोर्ड बैठकले अब नसर्ने गरी मिति तोकेको जनाएको छ । बैठकले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाख ५ देखि ११ गतेसम्म गर्ने निर्णय गरेको छ ।



शिव भट्टराई सुनसरी चैत १५गते । रातो तारा डट कम, सुन्दरहरैचा , सुन्दरहरैंचा वडा नंं ३ को आयोजनामा एक महिने तालिमको उद्घाटन भएको छ । आज सुरुभएको महिला सिप विकास कार्यक्रमको उद्घाटन सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले गर्नुभएको थियो ।

तालिमा महिलाहरुलाई ह्याण्ड व्याग, कुसन, सुर्केथैली र गुडिया बनाउने सिप सिकाईने छ । तालिमको महिला सिप विकास उपभोक्ता समितिले समन्वय गरेको छ ।  तालिममा वडा भरिका ६० जना भन्दा धेरैले सहभागिता रहने छन् ।

उक्त तालिममा प्रशिक्षण  गंगा आले मगर र प्रमिला सुवेदीले गर्नुहुने छ । उद्घाटन कार्यक्रममा मन्तव्य दिदै प्रमुख अतिथि तामाङले महिला आफै बाच्न सक्छौ भन्ने आत्मबलका साथ तालिममा सहभागिता जनाउन आग्रह गर्नुभयो । उहालै एउटा घरमा महिला सिक्षित भए परिवार सिक्षित हुने बताउदै सिप सिकाएर नगरवासीलाई आत्मनिर्भर बनाउने नगरको लक्क्ष रहेको बताउनुभयो । थप मन्तव्य दिदै उहाले चुलो चौको गर्दै महिलालाई सिखर चुम्न तालिम आवश्यक रहेको समेत उद्घोष गर्नुभएको थियो ।

यस्तै उद्घाटनमा विशिष्ठ अतिथि वडा नं. ३ का वडा अध्यक्ष जीवन ढुङ्गानाले विगतमा भएका तालिमको उपलब्धी शुन्य भएको हुँदा यस पटक बाट उपलब्धी मुलक बनाउने बताउनु भएको थियो । सहभागिहरुलाई विशेष अनुरोध गर्दै एक महिना हुने तालिममा निर्धारित समयमा कक्षा नछुटाई तालिम लिन समेत आग्रह गर्नुभएको थियो ।

वडा भरिका सम्पुर्ण नागरिकलाई तालिम लिन इच्छा भए वडा कार्यालयमा आई आफुले लिने तालिमको विवरण खुलाई निवेदन दिए निश्चीत कोटा पुगेपछि त्यस अनुरुपको तालिम ल्याइने वडा अध्यक्ष ढुङ्गानाले बताउनुभयो । यस्तै कार्यक्रममा सुन्दर दुलारी उद्योग वाणिज्य संघका अध्यक्ष किशोर कार्कीले महिलालाई उद्यमी बन्न यस प्रकारका तालिम महत्वपुर्ण हुने बताउदै उद्योग वाणिज्य संघवाट थप तालिम सिक्न इच्छुक भए सहजिकरण गर्ने समेत बताउनुभएको थियो ।

उद्घाटन कार्यक्रमको सभापतित्य महिला सिप विकास समन्वय समितिकी अध्यक्ष कल्पना घिमिरेले गर्नुभएको थियो ।


अर्जुन जम्नेली राई-मोरङ  चैत  १५ गते । रातो तारा डट कम,
किरात राई यायोक्खा केन्द्रीय समिति लगायतको २३ वटा सामदायिक संगठनले १ नम्बर प्रदेशको नाम किरात राख्न माग गर्दै आज (सुक्रबार) प्रदेश सरकर र सभामुख लगायतलाई संयुक्त ज्ञापन पत्र बुझाएका छन् ।

किरात कुनै एउटा जाति नभएर इतिहास, भूगोल र सभ्यता भएको भन्दै साझा पहिचानको रुपमा प्रदेशको नाम किरात नराखिए गम्भीर भूलहने चेतावनी दिइएका छन् । प्रदेश १ को अधिकांश जनताको भावना साझा पहिचानको आधारमा किरातहनु पर्ने ज्ञापन पत्रमा दावि गरिएको छ । प्रदेश सभामा नाम र स्थायी राजधानी बारे छलफल चल्न लाग्दा यायोक्खाको संयोजनमा ज्ञापन पत्र बुझाइएको हो ।

भावना विपरित नाम राखेमा उत्पीडित जनताले संयुक्त रुपमा विशिष्ट प्रकारको आन्दोलनमा जान बाध्य हुने उल्लेख छ । देश पुनः आन्दोलनमा गए प्रदेश सभा, सरकार र नेताहरुले लिनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापन पत्र १ नम्बर प्रदेश सरकारका प्रतिनिधि आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो लिम्बू, प्रदेशका सभासद प्रदिपकुमार भण्डारी, नेपाली कांग्रेसका संसदीय दलका नेता राजिव कोइराला, संघीय समाजवादी फोरमका नेता जयराम यादव, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेता विष्णु तुम्बाहाम्फे लगायतलाई बुझाएका थिए ।

ज्ञापन पत्र बुझाउन किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राई, कार्यवाहक महासचिव भीम राई, ताजपुपरिया समाज कल्याण परिषदका अध्यक्ष गंगाराम ताजपुरिया, रोङ सेजुम ठिको अध्यक्ष वीरबहादुर लाप्चा, तोक्पेगोला समाज सेवा समिति अक्यक्ष मिङ्मा कामी शेर्पा, राजवंशी सेवा समाजका कम्लर राजवंशी, गन्गाई सेवा समाजको शुरेससिंह राजवंशी, माझीको गुन्जमान माझी, नेपाल मगर संघको सारदा थापा मगर,  नेवाः देय दवुका वेदेन्द्र श्रेष्ठ लगायतका २३ वटा संस्थाहरुको प्रतिनिधिले संयुक्त ज्ञापन पत्र बुझाएका हुन् ।

समुदायगत संस्थाहरुले आफ्नो छुट्टाछुट्टै ज्ञापन पत्र समेत बुझाएका थिए । नेपालको इतिहासको लामो काल खण्डसम्म अस्तित्वमा रहेको वल्लो किरात, माझ किरात र पल्लो किरात भूगोलहरुको एककृत स्वरुप नै हालको १ नं प्रदेश भएको संयुक्त पत्रमा उल्लेख छ ।

देशको संघीय लोकतान्त्रिक गणतन्त्रको आन्दोलन, आदिवासी जनजाति आन्दोलन र वर्तमान संविधानको भावना (मर्म) अनुसार यस प्रदेशको नाम प्राचीन इतिहास, सभ्यता, संस्कृती र ऐतिहासिक भूगोलीक पहिचानको संरक्षण तथा सम्मानको निम्ति प्रदेश तहमा किरात प्रदेश राखिनु पर्ने उल्लेख छ । किरात सि¨ो नेपाल राष्ट्रको प्राचीन इतिहास, भूगोल, संस्कृति र सभ्यतासँग जोडिएकोले कसैको विमति नरहेको दावी गरिएको छ ।

प्रदेशको नामको सन्दर्भमा प्रधानमन्त्री केपी ओली, शीर्ष नेताहरु प्रचण्ड, शेरबहादुर देउवा, माधव नेपाल, नारायणकाजी श्रेष्ठ, सशांक कोइराला, शुभासचन्द्र नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी लगायतसग पटक पटक कुरा भइरहेको पत्रमा उल्लेख छ ।

देशका बुद्धिजिवी, विश्लेशक प्रा.डा. युवाराज संग्रोला, प्रा.डा. टंक न्यौपाने लगायतले १ नम्बर प्रदेशको नाम किरात हुनुपर्ने तर्क राखिरहेको समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारीले लोकतान्त्रिक पद्धतीबाट किरातको माग आइरहेको बताए । भण्डारीले २५ लाख हस्ताक्षर बुझेको समेत सम्झना गर्दै सकेसम्म सर्वसहमतीको आधारमा नाम राखिने बताए ।
प्रदेश सरकारको तर्फबाट अर्थमामिला मन्त्री ईन्द्र आङ्बोले आफू व्यक्तिगत रुपमा किरातकै पक्षमा रहेको बताए ।

संविधान संशोधन नभएसम्म प्रदेशको नाम किरात नै उपयुक्त हुने आफ्नो बुझाइ रहेको मन्त्री आङ्बोले बताए ।
कार्यक्रममा किरात राई यायोक्खाको केन्द्रीय उपाध्यक्ष ज्ञान राई, तिलकप्रसाद राई, सचिवहरु अर्जुन राई, मात्रिका राई, कृष्ण राई लगायतको केन्द्रीय टोली रहेको थियो ।

संयुक्त ज्ञापन पत्र प्रदेश सभाको ९३ जनै प्रदेश सभा सदस्यहरुलाई समेत बुझाएको यायोक्खा केन्द्रीय कार्यवाहक महासचिव भीम राईले बताए । यायोक्खाले किरात प्रदेश नभए विशिष्ट खालको आन्दोलन गर्ने बताउदै आएको छ ।


शिव भट्टराई सुनसरी चैत १५ गते । रातो तारा डट कम, 
प्रदेश नं १ को राजधानीलाई लक्षित गरी "मिस्टर एण्ड मिस टिन पूर्वाञ्चल २०१९" को अडिसन इटहरीमा हुन गईरहेको छ।सनिबार इटहरीको होटल बगानमा १० बजे हुन गईरहेको अडिसनको युवायुवतीमा रहेको प्रतिभालाई उजागर गरेर समाजमा उनीहरुको योगदान प्रदान गर्नु नै मुख्य उद्धेश्य रहेको छ।

अडिसनमा छान्निएका युवतीहरुलाई स्वत मिस नेपालमा र जेन्सहरुलाई मिस्टर हेन्सम नेपालमा सहभागी गराईने भएको छ।यस मिस्टर एण्ड मिस टिन पूर्वाञ्चल २०१९ को विजेतालाई २० लाख बराबरको लाईफ इन्सुरेन्स गराईने , बिभिन्न फेसन पोज/ऱ्याम्पहरु पूर्वाञ्चल तथा राष्ट्रीय स्तरमा गराईने ,कम्पनीको ब्राण्ड एमबासडरमा राख्ने , म्यूजिक साथै फ़िल्मी क्षेत्रमा सहभागी गराईने त्यसैगरी बिभिन्न अवसर प्रदान गर्ने कुरा कलाकार दिनेश कोइरालाले जानकारी गराउनु भएको छ।


संखुवासभा, चैत्र १५ गते ।संखुवासभाको पाँचखपन नगरपालिका-८ डाडाँखेत बस्ने इन्द्रकुमार बोगटीको घरमा आगलागी हुँदा अन्दाजी १९ लाख मूल्य बराबरको क्षति भएको छ । गए राती साढे २ बजे  ईन्द्र बहादुर बोगटीको ३ तले घरको बिच तलामा बिद्युत सर्ट भई आगलागी हुँदा बोगटीको घरको माथिल्लो २ तला सहित घर भित्र रहेको नगद २ लाख, लत्ता-कपडा, सरसामान र अन्नपात जलेर नष्ट भएको छ । उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान पौने ६ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएक छ ।


काठमाडौ चैत १५ गते । रातो तारा डट कम,नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ २०७५ चैत १६ गते आफ्नो स्थापनाको ६४ औं वर्षमा प्रवेश गर्दैछ । यस अवसरमा देशैभर र विश्वका विभिन्न देशमा छरिएर रहेका महासंघका सदस्यसहित आम नेपाली सञ्चारकर्मीका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा म हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

नेपालमा लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारिताको संस्थागत विकास र श्रमजीवी पत्रकारको हकहितका लागि अग्रजहरूले सुरू गरेको गौरवपूर्ण इतिहासप्रति महासंघ गर्व गर्दछ । आगामी दिनमा जस्तोसुकै प्रतिकूल अवस्थामा पनि अग्रजहरूले देखाएको मार्गबाट रत्तिभर विचलित नभई महासंघको उद्देश्य हासिल गर्न अझ सशक्तरूपमा लागिरहने प्रतिवद्धता पनि यस अवसरमा व्यक्त गर्न चाहन्छु ।

यतिवेला नेपाली सञ्चार क्षेत्र विभिन्न अवसर र चुनौतीका बीचबाट गुज्रिरहेको छ । देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संस्थागत अभ्यास सुरु भएसँगै केन्द्र, प्रदेश र स्थानीय तहमा निर्वाचनमार्फत् जनप्रतिनिधिहरूले सरकार सञ्चालन गरिरहेका छन् । यस अवस्थामा सञ्चार क्षेत्रले राज्यका सबै निकायका काम कारवाहीको निगरानी गर्नुका साथै सत्य–तथ्य सूचना प्रवाह र जनताका आवाजहरूलाई सार्वजनिक गर्न अझ बढी संवेदनशील बन्न जरुरी छ । यसैगरी राष्ट्रिय सम्वृद्धि र विकासका पक्षमा आफ्नो जिम्मेवारी बहन गर्नसमेत म महासंघको तर्फबाट नेपाली मिडिया जगत् र आम सञ्चारकर्मीहरूमा हार्दिक अपिल गर्दछु ।

नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म र भावनाअनुरुप नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना अहिलेको प्रमुख आवश्यकता हो । संघ, प्रदेश र स्थानीय तहमा प्रेसमैत्री संचार नीति, कानून र संरचना निर्माणका लागि महासंघले पहल र खवरदारी गर्दै आएको स्मरण गराउन चाहन्छु । नेपालको संविधान र राष्ट्रिय आमसञ्चार नीति २०७३ लाई कार्यान्वयन गर्नुका साथै सोही नीति अनुरुप सरोकार पक्षसँगको छलफल र सहमतिमा सूचना तथा सञ्चारसम्बन्धी कानुनी र संरचनागत व्यवस्थाका लागि म नेपाल सरकार र सरोकारवाला पक्षसँग आग्रह गर्दछु ।

महासंघले अगाडि सार्दै आएका श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, संचार माध्यमलाई संचार सेवा उद्योगको मान्यता, साना लागानीका स्वरोजगारमूलक र गैरनाफामूलक संचार माध्यमको प्रवद्र्धन, पत्रकारको दक्षता अभिबृद्धिका लागि केन्द्र र प्रदेश स्तरमा आम सञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना, आम सञ्चार प्राधिकरण, विज्ञापन परिषद् जस्ता निकायको स्थापना, प्रेस काउन्सिलको पुर्नसंरचना, समानुपातिक विज्ञापन नीतिको कार्यान्वयन, पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, जेष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था एवं आमसञ्चार विकास कोषको स्थापनालगायतका मागहरू पूरा गर्न सरकारसहित सम्बन्धित निकायहरूमा म पुनः ध्यानाकर्षण गराउँदछु ।

पछिल्ला दिनहरूमा प्रेस स्वतन्त्रता हनन्का घटनामा संख्यात्मकरूपमा केही कमी आए पनि प्रबृत्तिगत अवस्था उस्तै रहेको छ भने दण्डहीनता र सेल्फसेन्सरसीपको अवस्था पनि कायमै छ । श्रमजीवी पत्रकारहरूका समस्या ज्यू का त्यू छन् । यस अवस्थामा नेपाली मिडिया उद्योगको संस्थागत विकास र श्रम अधिकारको स्थापनाका लागि यस क्षेत्रमा आवद्ध सवैको साझा सरोकार हुनुपर्ने तर्फ ध्यानाकर्षण गराउदछु ।

स्थापना दिवसको पूर्वसन्ध्यामा म नेपाल पत्रकार महासंघलाई शुभकामना तथा शुभेच्छा प्रकट गर्नुहुने सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दै स्थापना दिवसको यस दिनले हामीलाई आफ्नो कर्तव्यपथमा निष्ठापूर्वक लाग्न अझ बढी प्रेरणा दिने अपेक्षा गर्दछु । 

साथै, स्थापना दिवसका अवसरमा चैत्र १४ गतेदेखि नै महासंघले विभिन्न कार्यक्रम आयोजना गरेको छ । स्थापना दिवसको दिन चैत्र १६ गते महासंघ केन्द्रीय समितिले सञ्चारग्रामस्थित केन्द्रीय कार्यालयमा दिउसो १२ः०० बजे विशेष समारोहको आयोजना गरेको छ । सोही कार्यक्रममा महासंघका पूर्वउपसभापति, उपाध्यक्ष र महासचिव ज्यूहरूलाई सम्मान गरिने छ । यसैगरी नेपाल पत्रकार महासंघ कास्की र सुनसरी शाखालाई समेत सम्मान गरिने छ । स्थापना दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण फूटसल प्रतियोगिताका विजयीहरुलाई पुरस्कृत गरिने छ ।

यस अवसरमा महासंघका सबै शाखा र एशोसिएट संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरेको जानकारी गराउँदै सहभागिताका लागि सम्पूर्ण पत्रकार, मिडिया व्यवस्थापक, पत्रकारिता सम्वद्ध संघसंस्था र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा क्रियाशील संघसंगठनको नेतृत्व तथा सदस्यहरूलाई हार्दिक आमन्त्रण गर्दछु महासंका अध्यक्ष गोबिन्द आचार्य भन्नुभएको छ ।

  


काठमाडौ चैत १५ गते । रातो तारा डट कम,शुक्रबार हुने सामाजिक विषयको प्रश्नपत्र बिहीबार रातिदेखि नै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा छ्यापछ्याप्ती भएपछि परीक्षा नियन्त्रण कार्यालयले नियमिततर्फको आजको एसइइ परीक्षा स्थगित गरेको थियो ।

जनकपुरमा आक्रोशित विद्यार्थीले ढल्केबर(जनकपुर सडकमा टायर बालेर अवरुद्ध पारेका छन् । उनीहरुले बजार बन्द गराउँदै हिँडेका छन् । कान्तिपुर दैनिक बाट


सुनसरी, चैत्र १५ गते । रातो तारा डट कम,सुनसरीको धरान उप-महानगरपालिका-१५ सेउती खोलाबाट प्रहरीले बिहीवार लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । 

लागूऔषध सहित धरान उप-महानगरपालिका-५ देउराली बस्ने बर्ष १८ को अचित भन्ने मनकुमार राई र धरान ३ बस्ने बर्ष ३८ को साङ्गे तामाङलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएकोछ । 

उनीहरुलाई अपरान्ह सवा ४ बजे अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा चेकजाँच गर्ने क्रममा  राईको साथबाट लागूऔषध लुपिजेसिक-३० एम्पुल, एभिल-३० एम्पुल र डाइजेल्याव-३० एम्पुल त्यसैगरी तामाङलाई तरकारी बोक्ने झोलामा लुकाईराखेको लुपिजेसिक-९७ एम्पुलएभिल-९७  एम्पुल र डाइजेल्याव-९७ एम्पुल बरामद गरेको हो । 

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।


झापा, चैत्र १५ गते । रातो तारा डट कम,झापाको मेचीनगर नगरपालिका-६ र ७ बाट प्रहरीले बिहीवार अन्दाजी १ लाख २० हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।  बिहीवार साँझ पौने ७ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको बिभिन्न किसिमका ५ बोरा लेडिज कपडा र बिभिन्न किसिमका भाडाँकुडा बरामद गरेको थियो ।बरामद गरिएका उक्त सामानहरु आज मेची भन्सार कार्यालय झापा बुझाईने उक्त कार्यालयले जनाएको छ ।


शिव भट्टराई सुनसरी चैत १५ गते । रातो तारा डट कम,
मोरंङको खोर्सानेमा सहकारी समन्वय समिति सुन्दरहरैचा नगरपालिका मोरंगको आयोजनामा साथै सुन्दरहरैचा नगरपालिकाको सहयोगमा आयोजना भएको ६२ औं सहकारी दिवस २०७५ को पूर्वसन्ध्यामा "दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी" विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

बिहीबार भएको अन्तरक्रिया कार्यक्रम सुन्दरहरैचा-१० खोर्साने स्थित हातेमालो साकोसको सभहलमा सम्पन्न भएको छ। कार्यक्रम सुन्दरहरैचा नगरपालिकाका मेयर शिव प्र. ढकालको प्रमुख आतिथ्यतामा साथै सहकारी समन्वय समिति सुन्दरहरैचाका संयोजक नरेन्द्र वस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकाल , विशेष अतिथि सुन्दरहरैचा नगरपालिकाकी उपप्रमुख धना तामांग साथै जिल्ला सहकारी संघ लि मोरंगका अध्यक्ष डिल्ली प्रसाद पोख्रेलले सहकारीले कृषि उत्पादन बढाउन सकोस् र जनचेतनाको बृद्धि गरेर गरीबीलाई न्यूनीकरण गर्न सकोस् भन्ने कुरा बताउनु भएको थियो।

सहकारी समन्वय समितिका सचिव रबीन्द्र आचार्यद्वारा संचालन गरिएको उक्त कार्यक्रममा अतिथिज्युहरु साथै सुन्दरहरैचामा रहेका विभिन्न सहकारी अभियन्ताहरुको उपस्थिति रहेको थियो।


सुनसरी/ रातो तारा डट कम,ट्राफिक ब्यवस्थापन र सडक सुशासन कायम गर्ने कार्यमा प्रहरी एक्लैको प्रयास असफल हुने हुँदा स्थानीय सरकार लगायत समाजका हरेक वर्ग, बिभिन्न संघ संस्थाहरु र आम नागरीकहरुको पनि उत्तिकै साथ र सहयोग हुनु पर्ने १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले बताउनु भएको छ ।

सुनसरीको ईटहरीमा भएको सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी १५ दिने महाअभियानको समापन कार्यक्रममा बोल्नु हुँदै वहाँले उक्त कुरा बताउनु भएको हो ।
१५ दिने महाअभियानको समापन कार्यक्रका प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक रिजालले समुदाय प्रहरी साझेदारी कार्यक्रमको परिकल्पना अनुरुप १५ दिने सवारी दुर्घटना न्यूनीकरण महाअभियान संचालन गर्नु भएकोमा १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख लगायत कार्यरत सम्पूर्ण ट्राफिक प्रहरी कर्मचारीहरुलाई धन्यबाद दिनुका साथै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने स्थानीय जनप्रतिनिधीहरु, १४ वटै जिल्लाका बिभिन्न संघ संस्था, सवारी चालक र सह-चालक तथा  सर्वसाधारण महानुभावहरुप्रति समेत हार्दिक आभार प्रकट गर्नु भएको थियो । वहाँले यस १५ दिने सवारी दुर्घटना न्यूनीकरण महाअभियानको समापनमा उठेका बिषयहरुलाई पनि आगामी दिनहरुमा कार्यक्षेत्रमा लागु गर्न आफु प्रतिबद्ध रहेको बताउदै अभियानमा सहयोग तथा ट्राफिक ब्यबस्थापन लगायत विविध कार्यमा सहकार्य गर्नु हुने महानुभावहरुलाई सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा १ नम्बर प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवि कुमार पौडेलले स्वागत मन्तव्य सहित आफ्ना भनाई राख्नु हुँदै  १५ दिने महाअभियानको कार्ययोजना र कार्यक्रम अनुसार प्रदेश भरी नै बिभिन्न किसिमका सचेतना मुलक कार्यक्रमहरु संचालन गरिएको र सो कार्यक्रमबाट  १ लाख ४९ हजार भन्दा बढी नागरीकहरु प्रत्यक्ष सहभागी भएको जानकारी दिनु भयो ।

कार्यक्रममा उद्योग बाणिज्य संघ इटहरीका कार्यवाहक अध्यक्ष शैलेस बिष्ट, यातायात ब्यबसायी राष्ट्रिय महासंघका उपाध्यक्ष कृष्ण प्रसाद सुवेदी तथा नागरिक समाज इटहरीका अध्यक्ष दिनेश रसाईलीले आ-आफ्नो भनाई राख्नु हुँदै सवारी दुर्घटना न्युनिकरण तथा सडक सुशासन कायम राख्ने कार्यमा आफुहरुको पनि भरपुर साथ र सहयोग रहने बताउनु भएको थियो ।

सवारी दुर्घटना न्यूनिकरण महा-अभियानको फाल्गुन ३० गते  नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बिर्तामोडको मुक्ति चोकमा भएको एक बिशेष कार्यक्रमका विच  बिधिवत रुपमा समुद्घाटन गर्नु भएको
 थियो ।







ट्रकबाट लडेर चतरामा सह-चालकको मृत्यु
सुनसरी, चैत्र १४ गते ।

सुनसरीको बराहक्षेत्र नगरपालिका-१ चतराघाटको कोशी पुलमा बिहीवार ट्रकबाट लडेर सोही ट्रकका सह-चालकको मृत्यु भएको छ । चतरामा हुने कुम्भ मेलाको लागि बाँस लोड गरे ल्याउदै गरेको को. १ ख. २५६९ नम्बरको ट्रक  घुमाउरो बाटोमा मोड्ने क्रममा बिहान साढे १० बजे ट्रकबाट लडेर सह-चालक उदयपुर बेलका नगरपालिका- ८ बस्ने  बर्ष १९ को हेमन्त मगर गम्भीर घाइते भएका थिए । लडेर गम्भीर घाइते भएका मगरलाई उपचारको लागि धरान स्थित वि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएकोमा उचारको क्रममा सोही अस्पतालमा बिहान सवा ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । दुर्घटना पश्चात ट्रकका चालक फरार रहेकोले खोजीकार्य भईरहेको छ भने ट्रकलाई इलाका प्रहरी कार्यालय चतराको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।



काठमाडौं चैत १४ गते । रातो तारा डट कम,नेपाल पत्रकार महासंघको ६४औं स्थापना दिवसको अवसरमा आज आयोजित “मिडिया कप फुटसल प्रतियोगिता २०७५” मा नेपाल प्रेस युनियन र प्रेस संगठन नेपाल फाइनलमा पुगेका छन् । आज तेस्रो स्थानकालागि भएको खेलमा इमेज च्यानलले नेपाल टेलिभिजनलाई हराउदै विजयी भएको छ । दुबै टिमबिच चारचार गोल भएपछि टाइब्रेकरमा इमेज च्यानलले नेपाल टेलिभिजनलाई हराउदै तेस्रो हुन सफल भएको हो ।

नेपाल पत्रकार महासंघको ६४औं स्थापना दिवसका अवसरमा आयोजना गरिएको फुटसल प्रतियोगितालाई नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले संयुक्त रुपमा रेफ्रीलाई बल हस्तान्तरण गर्दै  उद्घाटन गर्नुभएको हो ।

सञ्चार क्षेत्रसंग सम्बन्धी विभिन्न एघार संघसस्थाका टोलीले प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगितामा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति (ए), नेपाल पत्रकार महासंघ केन्द्रीय समिति (बी), सूचना विभाग,  प्रेस काउन्सिल नेपाल , नेपाल पत्रकार महासंघ काठमाडौं शाखा (ए) , नेपाल पत्रकार महासंघ काठमाडौं शाखा (बी) ,  इमेज च्यानल, नेपाल टेलिभिजन, नेपाल प्रेस युनियन र प्रेस संगठन नेपाल, नेपाल पत्रकार मञ्च लगायतले भाग लिएका थिए ।

फुटसल प्रतियोगिताको फाइनल भोली चैत्र १५ गते बिहान ९ः३० बजे वानेश्वर ओम शान्ति चोकस्थित शान्तिनगर फुटसलमा हुने महासंघका सचिव एवम् फुटसल प्रतियोगिताका संयोजक प्रकाश थापाले जानाकारी दिनुभयो ।



श्याम राई-उदयपुर,गाईघाट,चैत १४ गते । रातो तारा डट कम,उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षिया बालिका एल्जिना खड्काको हत्यापछि बलात्कार घटनाका अभियुक्तहरुलाई जिल्ला अदालतल उदयपुरले कसुर ठहरगरि जन्मकैदको फैसला सुनाएका छन् ।

न्यायधिस तेजेन्द्र प्रसाद शर्मा सापकोटाको एकल ईजलासले मंगलबार जन्मकैदको फैसाल गरेपछि जेल चलान भएका
हुन् । अदालतले १६ वर्षिय बालकको हकमा १२ वर्ष ६ महिना र १७ वर्षिय बालकको हकमा १६ वर्ष २ महिना ६ दिनको साथै क्षति पूर्ति बापत जनही १÷१ लाखगरि दुई लाख भराउन आदेश दिईएको छ । 

१७ वर्षिय बालकले घटनाका बेला भरुवा बन्दुक समेत साथमा लिएकाले उनलाई थप ३ वर्ष जेल र ३० हजार जरिवानाको फैसला सुनाएको अदालतका श्रेष्तेदार राजकुमार आचार्यले बताएका छन् । उनको हकमा सरकारी वकिलको कार्यालयले बलात्कार, हत्या, हातहतियार र खरखजनागरि तिन प्रकृतिको मुद्दा दायरगरि चलाएको जिल्ला सह– न्यायधिवक्ता गणेश प्रसाद सापकोटाले बताए ।

पिडित पंक्षको मागदावी बमोजिम अदालतले बालक देखिएको भन्दै ऐन कानून अनुसार उमेर पुगेका मानिसलाई हुने सजायको दुई तिहाई सजाय हुने व्यवस्था अनुसार फैसला सुनाएको आचार्यले बताएका थिए । त्यसैगरि १६ वर्षिय बालकको भने हतियार नबोकेका कारण बलात्कार र हत्या सम्बन्धि दुई प्रकारको मुद्दा चलाईएको सापकोटाले जानकारी दिएका छन् । 

कसुरदार नावालक रहेको देखिएपछि उनको हकमा अदालतले उमेर पुगेका मानिसलाई हुने सजायको आधा हुने गरि फैसला सुनाएको हो ।२०७५ कार्तिक २४ गते घरबाट बाख्रा चराउन गएको बेला ति युवाद्धारा बलात्कार भएका थिईन् ।

                                                                  




काठमाडौंं,चैत १४ गते । रातो तारा डट कम, प्रथम राष्ट्रिय साधना म्युजिक अवार्ड २०७६ काठमाडौमा  आयोजना हुने भएको छ । सामना म्युजिक क्रियसन प्रा.लि. आयोजक रहेको अवार्डको उद्देश्य अग्रज लाई सम्मान नवलाई प्रोत्साहन , कला गला तथा सस्कृती संरक्षणमा हाम्रो अभियान भन्ने मुख्य उद्धेश्यका साथ आयोजना गर्न लागिएको साधना म्युजिक अवार्डका कार्यक्रम संयोजक गौत्तम शेर्पाले बताए ।

 

नेपाली गीत संगीतको क्षेत्रमा हुने विभिन्न अवार्डले संगीतको क्षेत्रमा क्रियाशिल कलाकारको आत्मसम्मान र क्रियाशिल भैरहन प्रेरणा मिल्छ भन्ने आयोजकले बिश्वास लिएको आयोजकले बताएको छ ।

 

नेपाली लोक गीत, आधुनिक, पपर लोक पप, डिजे गीत र राष्ट्रिय गीत लगायत ५० बिधामा अवार्ड आयोजना गर्न लागिएको आयोजक कमिटीकी अध्यक्ष सामना शाहलेबताइन।

 

अवार्ड कार्यक्रममा आफनो सहभागीता जनाउन चाहने सष्ट्रा तथा सर्जक लाई आबेदन फम खुल्ला गरिएको पनि आयोजक ले जनाइएको छ । २०७५ बैशाख १ गते देखि चैत मसान्त भित्र बजारमा आएका गीत संगीतका कलाकारले सो अवार्डमा सहभागिता जनाउन सक्ने छन ।

 

गायक गायिका को हक मा भने भिडियो तयार नभए पनि सहभागी हुन सक्ने छन र फारम भर्ने अन्तिम मिति २०७६ बैशाख १० गते सम्म रहेको आयोजकले जनाएको छ।

 

आबेदन फारम अनमनगर स्थित सामना म्युजिक क्रियसन 
प्रा. लि.को कार्यलयमा फोन न ९८०८८५३१०३ र ९८०८४७८७९९ मा सम्पर्क गर्न सकिने ब्यावस्था गरिएको सामना म्युजिक क्रियसन प्रालीका सदस्य सचिव गोकर्ण लामिछानेले बताए ।


काठमाण्डौ चैत १४ गते । रातो तारा डट कम,विद्यार्थी फेल भए शिक्षकलाई कारबाही गर्न संसदको उपसमितिले सुझाव दिएको छ । संघीय संसदको उपसमितिले परीक्षामा विद्यार्थी फेल भए शिक्षकलाई कारबाही गर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको हो । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठन भएको उपसमितिले पठनपाठनमा सबैभन्दा बढी जिम्मेवार शिक्षक हुनुपर्ने भन्दै यस्तो सुझाव दिएको हो । एसईईमा ५० प्रतिशतभन्दा धेरै विद्यार्थीले डी र ई भन्दा कम ग्रेड ल्याए प्रधानाध्यापकको ग्रेड रोक्कासहित कारबाही हुनुपर्ने उपसमितिको प्रतिवेदनमा उल्लेख छ । तीन वर्षभन्दा बढी एउटै विषयमा विद्यार्थीले डी र ई ग्रेड ल्याए विषय शिक्षकलाई सेवामुक्त गर्नुपर्ने सुझाव समेत उप समितिले दिएको छ । यस्ता विद्यालयका प्रधानाध्यापकलाई पदबाट घटुवा गर्ने व्यवस्था गर्न सुझाइएको छ । उपसमितिका सुझाव शिक्षा ऐन र नीतिमा समेट्न सरकारलाई निर्देशन दिइएको छ । शिक्षा मन्त्रालयको कामकारबाही व्यवस्थित र प्रभावकारी बनाउन अध्ययन र निर्देशन दिने उद्देश्यले उपसमिति गठन गरिएको थियो ।   

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.