Websoft University

चिन्नजीयर स्वामीलाई विराटनगरमा नागरिक अभिनन्दन-धार्मिक नगरी बनाउने मेयर पराजुलीको उद्घोष


विराटनगर चैत्र १६ गते । रातो तारा डट कम,दक्षिण भारतबर्षकै प्रखर बिद्घान ब्यक्तित्व त्रिदण्डी श्रीमन्नारायण रामानुज चिन्नजीयर स्वामीलाई शनिवार विराटनगरमा नागरिक अभिनन्दन गरिएको छ ।  

विराटनगर स्थित वार्ड नं ४ मा नवनिर्वित  श्रीलक्ष्मीनारायण मन्दिरको भगवत्प्राण –प्रतिष्ठा समारोहमा सहभागी बन्न आएको अबसर पारेर  विराटनगर महानगरपालिका र नरेन्द्रप्रसाद आशालता रिजाल प्रतिष्ठानले सम्युक्तरुपमा उहाँहरुको अभिनन्दन गरेको हो । 

कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले ताम्रपत्र सहितको नागरिक अभिनन्दन गरिएको प्रमाणपत्र त्रिदण्डी श्रीमन्नारायण रामानुज चिन्नजीयर स्वामीलाई प्रदान गरेका थिए । यस्तै नगेन्द्रप्रसाद आशालता रिजाल प्रतिष्ठानले प्रदान गर्दे आएको दुइ पुरस्कार समेत सोही अवसरमा प्रदान गरिएको थियो । 

प्रतिष्ठानकी अध्यक्ष इन्दिरा रिजाल र सामाजिक विकास मन्त्री जीवन घिमिरे तथा मेयर भीम पराजुलीले १ लाखको धर्म संस्कृति पुरस्कार चिन्नजीयर स्वामीलाइ र बाङ्गमय पुरस्कार गायत्री स्वरुपाश्रम झापालाई १ लाख रुपैया प्रदान गरेकाछन् ।   
अभिनन्दन कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले धार्मिक ,सांस्कृतिक तथा बैज्ञानीक प्रविधीलाई समेत मिलाएर काम गर्न आबश्यक रहेको औल्याए । नैतिकता र इमान्दारिताका लागि धर्म जागरण आबश्यक भएको र यसको संरक्षण र सम्बद्घनका लागि प्रदेश सरकार सदैब तयार रहेको बताए । 

यस्तै विराटनगर महानगरका मेयर भीम पराजुलीले दक्षिण भारतबर्षकै प्रखर बिद्घान र सामाजिक ब्यक्तित्वको नागरिक अभिनन्दन गर्न पाउदा खुसी भएको बताए । धर्म ,संस्कृति ,नैतिकता र इमान्दारिता समाजको गहना भएको भन्दै मेयर पराजुलीले धार्मिक गतिविधि र कार्यक्रमलाई आफुले उच्च महत्व दिएको बताए ।

मेयर पराजुलीले विराटनगर महानगरलाई उच्च नैतिकबानहरुको सहर र धार्मिक नगरी बनाउने महाअभियानमा आफु उभिएको बताए । बुधवारवाट शुरु भएको ५ दिवसिय भगवत्प्राण –प्रतिष्ठामा स्वामीजीको स्वागत तथा दर्शनका लागि नेपालभरिबाट १ लाख भन्दा बढी दर्शनार्थी विराटनगर आउने क्रम जारी रहेको आयोजकले बताइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.