Websoft University
April 2022

 


श्याम राई-उदयपुर गाईघाट, १७ बैशाख । रातो तारा डट कम, उदयपुरमा दलित महिला सदस्य पदमा २ जना महिला निर्विरोध निर्वाचित भएकाछन् ।

जिल्लाको लिम्चुङबुङ र रौतामाई गाउँपालिकाको लागि उनीहरु निर्विरोध भएकी हुन् । गठबन्धन दलको तर्फबाट नेकपा माओवादी केन्द्र की उम्मेदबार देव कुमारी कामी लिम्चुङबुङ गाउँपालिका वडा न. १ बाट दलित महिला सदस्यमा निर्विरोध भएको निर्वाचन अधिकृत तुलाराम सुनुवारले बताए । कामीको मात्र मनोनयन दाखिला भएको भन्दै उनलाई निर्विरोध भएको घोषणा शुक्रबार राती गरिएको हो ।

त्यसैगरि रौतामाई गाउँपालिका वडा न. १ बाट फूलमाया विक ( दियाली) दलित महिला सदस्यमा निर्विरोध भएकी छिन् । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकिकृत समाजवादीको तिन दलिय गठबन्धनबाट माओवादी केन्द्रबाट उम्मेदबार बनेकी विकको मात्रै उक्त पदमा उम्मेदबारी परेपछि उनलाई निर्विरोध निवार्चित भएको घोषणा गरिएको हो ।



खोटाङंमा करेन्ट लागेर एक काठ मिस्त्रीको मृत्यु भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ३५ वर्षिय भिम वहादुर विश्वकर्माको शुक्रबार साँझ मृत्यु भएको हो ।

त्रिवेणी चौकस्थीत माउण्ट एभरेष्ट बोर्डिङ्ग स्कृल नजिकको एक घरमा काठको काम गरिरहेको बेला विश्वकर्मालाई करेन्ट लागेको थियो । उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङंका प्रहरी निरीक्षक शंकर चौधरीले बताए ।

करेन्ट कसरी लाग्न गयो भन्ने बारे केही नखुले पनि सो बारे अनुसन्धान भैरहेको उनले बताए ।






 बिराटनगर बैशाख १७ गते । सनिवार  रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं. ६ स्थित रामपुर चौकमा को २ ह ३६१० नम्बरको अटो टेम्पोमा सिटी सफारीमा प्रयोग हुने ५ थान ब्याट्री चोरी गरी लाँदै गरेको अवस्थामा निम्न ब्यक्तिहरूलाई वडा प्रहरी कार्यालय ९क० विराटनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धानको क्रममा वि।न। १ ह ००९३ र को १ ह ७८१८ नम्बरको सिटी सफारी समेत चोरी गरेको खुल्न आएको हुँदा उक्त नम्बरका २ वटा सिटी सफारी समेत बरामद गरी थप अनुसन्धान कार्य भई रहेको छ। 



काठमाण्डौ बैशाख १७ गते । रातो तारा डट कम, पश्चिमी वायु र बंगाल आसपास बनेको न्यूनचापिय क्षेत्रको प्रभावले आज देशका विभिन्न ठाउँमा मेघगर्जनका साथ चट्याङसहित हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 



काठमाण्डौ बैशाख १७ गते । रातो तारा डट कम, आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । हरेक वैशाख कृष्ण औँसीका दिन मातातीर्थ औँसी आमाको मुख हेरेर मनाइन्छ । जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर मातातीर्थ औँसी मनाइँदै आएको पाइन्छ । 

वैशाख कृष्णपक्ष औँसीको दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात मातृऔँसीका रुपमा समेत मनाउने गरेका छन । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नो आमालाई राम्राराम्रा लुगा लगाइदिने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ । 

आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवङ्गत आमा र उहाँले गर्नुभएका काम सम्झने शास्त्रीय मान्यता रहेको छ । आजको दिन दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिकामा रहेको थानकोट नजीकैको मातातीर्थमा मेला लाग्ने गर्छ । 



काठमाण्डौ बैशाख १७ गते । रातो तारा डट कम, वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आज उम्मेदारहरूलाई चुनाव चिह्न दिने आयोगले तयारी छ । निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरूले उनीहरूको आफ्नै चिन्ह पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन आयोगले चिन्ह प्रदान गर्नेछ । हिजो निर्वाचन आयोगले उजरी उपर छानबिन गरेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । नामावलीमा रहेका उम्मेदरवारहरू नै प्रतिस्पर्धामा उत्रिनेछन् । उम्मेदवारहरूले निर्वान चिन्ह पाएसँगै मौन अवधि सुरु हुनअघिसम्म प्रचारप्रचार गर्न पाउनेछन् । मतदान यही वैशाख ३० गते हुनेछ ।



विराटनगर बैशाख १६ गते । रातो तारा डट कम, नेपाली काङ्ग्रेस विराटनगरले आसन्न स्थानीय तह निर्वाचनको सन्दर्भ पारेर तय गरिउका कार्यक्रमहरु समेटिएको संकल्प पत्र सार्वजनिक गरेको छ । 

विराटनगर महानगरभित्र ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने उपभोक्ताको बिजुलीको महशुल तिरिदिनेसहितका विभिन्न कार्यक्रमसमेटिएका चुनावी संकल्प पत्र सार्वजनिक गरेको छ । 

आज काङ्ग्रेसको महानगरसमितिले एक कार्यक्रम गरी स्थानीय तह निर्वाचनका सन्दर्भमा बनाइएको सङ्कल्पपत्र सार्वजनिक गरेको हो । महानगरमा आफ्नो दल विजयी भएमा ३० युनिटसम्म विद्युत् खपत गर्ने महानगरवासीलाई निःशुल्क विद्युत् उपलब्ध गराउने कांग्रेसको घोषणा छ । 

स्थानीय तह निर्वाचनमा काङ्ग्रेसका तर्फबाट प्रमुखका उम्मेदवार नागेश कोइरालाले आफूहरु बीपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादका अनुयायी भएकोले त्यही सपना साकार पार्न निम्न आय भएका नागरिकको समस्या सम्बोधन गर्ने गरीका कार्यक्रम घोषणा गरिएको बताए । ‘त्यसैका आधारमा हामीले फ्री विद्युत्को कार्यक्रम अघि सारेका हौँ,’ उनले भने ।

कोइरालाले आफूले समाजवादको सिद्धान्तमा रहेर चुनावी सङ्कल्पपत्र तयार पारेको दाबी गरेका छन् । ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य वीमाको प्रबन्ध गरिने पनि कोइरालाले जानकारी गराएका छन् । 

कोइरालाले महानगरपालिकाबाट प्रमुखलाई प्राप्त हुने सबै आर्थिक सुविधा सेवा र सामाजिक कार्यमा प्रदान गर्ने प्रतिबद्धता प्रकट गरे । 

उनले आफ्नो पार्टी विजयी भएमा विराटनगर महानगरपालिकामा भूमिगत पार्किङसहितको २५०० क्षमताको सुविधासम्पन्न सभागृहको निर्माण गर्ने अर्को महत्वाकांक्षी घोषणा गरेका छन् ।

‘आज हरेक राजनीतिक पार्टी, तिनका भ्रातृ, भगिनी र शुभेच्छुक सङ्गठन तथा अन्य विभिन्न सङ्घसंस्थाहरू आफ्नो महाधिवेशन गर्ने उपयुक्त स्थान पाइरहेका छैनन्’, उनको भनाइ थियो,‘राजनीतिक चेतनाको उद्भवस्थल विराटनगरलाई महाधिवेशनको केन्द्र बनाउने हो भने यहाँको महत्त्व र आकर्षण अझ बढ्नेछ ।’

सङ्कल्पपत्रमा अनाथ, असहाय तथा विपन्नका पहुँचमा शिक्षाको समान अवसर पु¥याउन नमुना आवासीय विद्यालयको स्थापना गर्ने उल्लेख गरिएको छ ।

साथै सामुदायिक विद्यालयलाई छात्रामैत्री बनाउन भेन्डिङ मेसिनसहितको प्याड ब्याङ्क स्थापना गर्ने बताइएको छ ।

सङ्कल्पपत्रमा जटिल शल्यक्रिया तथा विशेषज्ञ सेवासहित महानगर अस्पताल (मेट्रोसिटी हस्पिटल) स्थापना गर्ने जानकारी गराइएको छ ।

कोइरालाले तारे होटल र कम्तीमा १ सय जनालाई रोजगारी दिने सपिङ कम्प्लेक्स, मल वा डिपार्टमेन्टल स्टोरलाई कम्तीमा ५ वर्ष महानगरपालिकाले लिने राजस्वमा ५० प्रतिशत छुट गर्ने घोषणा गरे ।

उनले आफ्नो दल विजयी भएमा विराटनगरमा एक औद्योगिक र राजनीतिक सङ्ग्रहालयको निर्माण गर्ने स्पष्ट पारे ।

‘बिजुली, टेलिफोन, इन्टरनेट लगायतका तारका सन्जाललाई भूमिगत गर्न सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरी ताररहित विराटनगर निर्माणको पहल गरिनेछ’, सङ्कल्पपत्रमा भनिएको छ, ‘रोजगारी र निर्यात वृद्धि गर्ने उद्योग तथा व्यवसायको वर्गीकरण गर्ने गरी निश्चित अवधिसम्म कर छुटको प्रबन्ध गरिनेछ ।’

कोइरालाले ट्राफिक सम्बन्धी चापलाई घटाउन महानगरभित्र आवश्यक स्थानमा एस्केलेटर (विद्युतीय सिँढी)–सहितको आकासे पुल निर्माण गरिने बताए ।

उनको कथन थियो, ‘विराटनगरमा ट्राफिक जामको समस्या क्रमशः विकराल बन्दै गएको छ । यसका तत्काल वैकल्पिक उपायको आवश्यकता छ । चुनावी विजयपछि हामी यो समस्याको तत्काल सम्बोधन गर्नेछौँ ।’

सङ्कल्पपत्रमा सहरभित्र स्मार्ट पार्किङ स्थल निर्माण गर्ने र त्यसको व्यवस्थापनमा काम गर्ने स्पष्ट पारिएको छ ।

साथै नगरको पूर्वी र पश्चिम सीमामा रहेका केसलिया र सिङ्घिया खोलाका किनारमा वृक्षरोपण गरी ग्रिनबेल्ट करिडोरका रूपमा विकास गर्ने कार्यक्रम पनि राखिएको छ ।

सङ्कल्पपत्रमा विराटनगरका मध्य भागमा अवस्थित नहरलाई पैदल मार्ग र साइक्लिङ जोनका रूपमा विकास गर्ने बताइएको छ । 

कोइरालाले कला, साहित्य र सङ्गीतको निरन्तर कार्यक्रम सञ्चालनका लागि ‘ओपन स्क्वायर’ निर्माण गर्ने घोषणा गरे ।

साथै विराटनगरको एकीकृत भन्सार जाँच बिन्दु (आईसीपी)–सम्म यही वर्ष आइपुग्ने कार्गो रेलको सेवालाई समुचित व्यवस्थापन गर्न रेलको यार्डदेखि आईसीपीसम्म पक्की सडक निर्माण गर्ने कार्यक्रम पनि सङ्कल्पपत्रमा उल्लेखित छ ।

घोषणा सभामा नेका केन्द्रीय सदस्यहरू महेश आचार्य, डा. डिला सङ्ग्रौला र भीम पराजुलीले विराटनगरको विकासमा कांग्रेसले थप जिम्मेवार भएका कार्य गर्ने बेला आएको बताए ।  



 

 


 






विराटनगर, १६ बैशाख । रातो तारा डट कम,प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले केही बाधाअड्काउ फुकाउनेलगायतका निर्णयहरू गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले विद्यालयमा किशोरी सशक्तिकरण कार्यक्रम निर्देशिका, २०७९ स्वीकृत गरेको छ ।

प्रदेश नं. १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार बाधा अड्काउ फुकाउने निर्णयपछि सम्बन्धित मन्त्रालयका मन्त्रीलाई लगानी प्राधिकरणको सदस्य बन्ने बाटो खुल्ने छ । यसैगरी किशोरी सशक्तिकरण कार्यक्रम निर्देशिका, २०७९ जारी पछि विद्यालयलक्षित किशोरी सशक्तिकरण कार्यक्रम अघि बढ्ने प्रदेश नं. १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री घिमिरेले जानकारी दिनुभएको छ ।


 

बिराटनगर  बैशाख १६ गते। रातो तारा डट कम, आज मोरङ व्यापार संघले ट्राफिक प्रहरी कार्यालय विराटनगरलाई ट्राफिक व्यवस्थापनमा सहयोग पु¥याउने तथा स्वदेशी बजार प्रवद्र्धनमा समेत जोड दिने अभिप्रायले जनचेतनामुलक सन्देश सहितको स्टीकर टाँसिएका १०० थान रोड डिभाइडर हस्तान्तरण गरेको छ ।

मोरंग व्यापार संघको महिला उद्यम समितिकी संयोजक श्रीमती वन्दना जैनज्यूको संयोजकत्वमा विराटनगर बजारमा आज आयोजित स्वदेशी बजार संरक्षण एवं ट्राफिक व्यवस्थापन कार्यक्रम अन्तरगत संघका अध्यक्ष श्री नवीन रिजालज्यूले जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक श्री शान्तिराज कोइरालाज्यूलाई सो सामग्रीहरु हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा मोरंग व्यापार व्यापार संघका अध्यक्षज्यू, पदाधिकारीज्यूहरु, कार्य समितिज्यूहरु सहित महिला उद्यम समितिकी संयोजकज्यू र सदस्यज्यूहरु र युवा उद्यम समितिका संयोजकज्यूको सहभागिता रहेको थियो ।


बिराटनगर बैशाख १६ गते। रातो तारा डट कम,बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा विराटनगरको ९७ पदका लागि कुल ७४४ जनाले मनोनयन दर्ता गराउँदा शुक्रबार २३ जनाले उम्मेदवारी फिर्र्ता लिएका हुन । जसमा मेयर ३, उपमेयर २, वडाध्यक्ष ७ र वडा सदस्य पदका ११ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्र्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मेयर तर्फ राष्ट्रिय जनमोर्चाका टङ्क प्रसाद गौतम, नेपाल परिवार दलका महेश निरौला र स्वतन्त्र रुपमा उठेकी केमुना ओडारी मैनालीले उम्मेदवारी फिर्ता लिएकी छन् ।

यस्तै, उपमेयर तर्फ नेपाल परिवार दलकी दीपा पोखरेल र स्वतन्त्र उम्मेदवार उद्वव प्रसाद कोईरालाले आफ्नो फिर्ता लिएको कार्यालय सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । उनले विभिन्न दलका ११ जना वडाध्यक्षले समेत उम्मेदवारी फिर्ता लिएको जानकारी दिए ।

कुल ७४४ मध्ये २३ जनाको उम्मेदवारी फिर्ता हुँदा अब विराटनगरमा ९७ पदका लागि हुने निर्वाचनमा ७२१ जनाको उम्मेदवारी कायम भएको छ । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । उम्मेदवारहरुलाई निर्वाचन चिन्ह भने शनिबार बैशाख १७ गते प्रदान गरिने कार्यालयले जनाएको छ ।


सुनसरी धरान  बैशाख १६ गते । रातो तारा डट कम, स्थानीयतहमा जनप्रतिनिधिहरु निर्वाचित भएको पहिलो कार्यकाल सकिनै लागेको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीयतहको निर्वाचनको मिति घोषणा गरिसकेको छ । २० वर्षपछि स्थानीय तहमा जनताले आफ्ना प्रतिनिधि देख्न पाए सँगै जनातामा विकास आकांक्षाहरु तिब्र रहेको देखियो । 

जनप्रतिनिधिहरु एक कार्यकाल समय बिताएर विदा हुने समय आइसकेको छ । केही ठाउँका जनप्रतिनिधिहरुले जनताको आर्शिवाद, स्याबासी पाएर हर्षका साथ विदा हुँदैछन् त केही ठाउँमा जनप्रतिनिधिहरु निराशा सहित बिदा हुँदैछन् । 

धरान पूर्व नेपालको अन्य स्थानका तुलनामा एक विकसित उदयीमान शहर हो । जनसहभागिताको शहर, विकाश निर्माणले तिब्रता पाएको शहरको रुपमा परिचित छ धरान । राजनितिक रुपमा नेकपा एमालेको बर्चश्व रहेको धरानका १४ वटा वडामा एमालेका जनप्रतिनिधीहरु निर्वाचित भएका थिए । यसै मध्ये धरानको वडा नम्बर १६ पनि हो । वडाअध्यक्षका रुपमा नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए दिल कुमार गिरी । उनले वडा नम्बर १६ लाई एक नमुना वडा बनाउन सफल भएका छन् । 

गिरिको नेतृत्वमा निर्वाचित जनप्रतिनिधिहरुले ५ वर्षको समय अवधि सकिनै लाग्दा १० किलोमिटर सडक निर्माण भइसकेका छन् भने ४ किलोमिटर ड्रेन निर्माण सम्पन्न भएर अरु तयारी अवस्थामा रहेका छन् । 

लामो समयको अवधिपछि जनताको अधिकार प्राप्त जनप्रतिनिधिहरु स्थानीय तहमा आएर गरेको यस कामलाई त्यसै नकार्न सकिन्न् । वडाको आर्थिक बजेटले वडा भित्र सञ्चालीत आयोजना सम्पन्न गर्न सम्भव नरहने वडाध्क्ष गिरी बताउँछन् । संघिय, प्रदेश, नगर सँगको समन्वयमा वडामा भएका विकाशका योजनाहरु सम्पन्न गर्न गिरीको उल्लेख्य योगदान रहेको छ । 

धरान उपमहानगरको गौरबको अयोजनाको रुपमा रहेको तारा सुब्बा स्मृती पार्क, खहरे करिडोर निर्माणमा समेत गिरिको कार्यकालमा भएका विकाशे काम हुन् । एमालेका तर्फबाट मेयरमा निर्वाचित भएका सुब्बाको मृत्यु पछि पार्क निर्माण शुरु भएको थियो । अहिले पार्क निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने करिडोर ४ सय ४० मिटर निर्माण भएको छ । 

स्वास्थ्य क्षेत्रमा गिरी समुहको कार्यकालमा उल्लेख्य काम भएको स्थानीयहरु बताउँछन् । वडाकै पहलमै स्थास्थ्य भवन निर्माण भइरहेको छ । कोभिडको समयमा घर घरमा गएर वडावासिहरुको अवस्था बुझ्ने आवश्यक सहयोगका लागी पहल गरेको स्थानीय तेज कुमारी तिम्सिना बताउँछिन् । 

वडा कार्यालयको पहलमा कोरोना पोजिटिभ देखिएको घरमा सेनिटाइज गरिदिने, अक्सिजन सिलिण्डर, राहत सामाग्रीहरु समेत प्रदान गरिएको थियो । निम्न आय भएका अति विपन्न परिवारका १ सय जनाको वडा कार्यलयबाटै स्वास्थ्य विमा समेत गरिएको छ भने २ सय ४० घर परिवारलाई एक वर्ष भरीका लागी रु १ लाख बराबरको स्वास्थ्य बिमा गरिएको छ । त्यस्तै, वडाकै समन्वयमा महिला सम्बन्धी रोग, हाडजोर्नी तथा नशा रोग सम्बन्धी स्वास्थ्य शिविरहरुसमेत सञ्चालन गरेकोछ । वडाले बालबालिका तथा शिक्षाको क्षेत्रमा समेत चर्चा गर्न लायक कामहरु गरेको छ । वडाले बालमैत्री वडा घोषणा हुन पुरा गर्नु पर्ने ४१ वटा सूचाङ्क मध्ये सत प्रतिशत पुरा गर्दै बालमैत्री वडा घोषणा गर्न सफल भएको छ । वडाले आधारभुत विद्यालयलाई प्रत्येक वर्ष खेल तथा शैक्षिक सामग्री प्रदान गर्दै आएको छ । त्यस्तै, दलित तथा विपिन्न वर्गका बालबालिकाहरुलाई ५० जनालाई न्यानो कपडा (स्वीटर) समेत वितरण गरेको छ । किशोरीहरुलाई आवश्यक पर्ने सेनिटरी प्याड वडाका हरेक विद्यालयहरुमा निःशुल्क वितरण गर्दै आएको छ । सामुदायिक विद्यालयहरुको शैक्षिक तथा भौतिक गुणस्तर सुधारका लागि आवश्यक बजेट समेत प्रदान गरेको छ । वडाले उदाहरणीय कामका रुपमा वडामा रहेका अति विपन्न परिवारको पहिचान गरि ७६ साल देखी प्रत्येक महिना रासन समेत वितरण गरेको छ । 

महिलाहरुको क्षमता वृद्धी विकास तथा उनिहरुको आर्थिक उन्नतीका लागी वडाले विभिन्न समयमा तालीम, गोष्ठीहरु सञ्चालन गरेको छ । महिला, लैङ्गिक हिंसा विरुद्ध सशक्तिकरण, उद्यमशील विकास तालिम, महिलालाई साक्षर बनाउन साक्षरता कार्यक्रमहरुको आयोजनाबाट उनिहरुको क्षमता विकासमा विषेश योगदान समेत पु¥याएको छ । 

वडाले आफ्ना टोलहरुमा रहेका ६ वटा चोकहरुमा फ्रि वाईफाईको समेत व्यवस्था गरेको छ । वडामा रहेका विशेष क्षमताका व्यक्तिहरुलाई आवश्यक सामग्रीहरु प्रदान गर्र्दै आएको छ । व्यक्तिगत घटना दर्ता सम्बन्धी वडाले छुट्टै कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ । 



बिराटनगर, बैशाख १६ गते । मोरङ र सुनसरीको छुट्टा छुट्टै दुई स्थानबाट निषेधित लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो बिराटनगर १५ स्थितमा चेक जाँचको क्रममा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारत जोगवनीबाट नेपाल आउदै गरेका मोरङ बेलबारी नगरपालिका(३ का ३८ बर्षीय सतिष कुमार सुवेदीको साथबाट लुपिजेसिक(७ एम्पुल, एभिल ७ एम्पुल, डाईजेल्याब ७ एम्पुल र फेनरगन ७ एम्पुल सहित बरामद गरेको हो, यसै गरी सुनसरीको बराहक्षेत्र ४ स्थितमा अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा को।३६प ७६०३ नम्वरको मोटरसाईकलमा सवार रहेका भारत बिहारका ४० बर्षीय जमिर मन्सुरी र देवानगंज ४ सुनसरीका ४० बर्षीय भुवनेश्वर मेहताको साथबाट लुपिजेसिक ४० एम्पुल, डाइजेपाम ४० एम्पुल, फेनारगन ४० एम्पुल, एभिल ४० एम्पुल, ट्रामाडोल ११०० क्यापसुल बरामद गरेको हो । निषेधित लागुऔषध सहित पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भईरहेको छ ।


तेह्रथुम, २०७९ बैशाख १६ गते । रातो तारा डट कम,तेह्रथुमको लालिगुरास नगरपालिका(४ बसन्तपुरबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टुटेदेउराली का ३० बर्षीय राम गुरुङ रहेका छन् । हिजो दिउसो बिषेश सुचनाको आधारमा  जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गुरुङले ना।४ ख ९२१० नम्वरको यात्रुबहाक बसको बनोटमा  लुकाईछिपाई राखेको १ ग्राम ४४० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका  गुरुङको जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट थप अनुससन्धान भईरहेको छ  । त्यसैगरी झपाको मेचीनगर नगरपालिका ६ बाट प्रतिबन्धित लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो साढे १२ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङ मिक्लाजुङ(७ मधुमल्लाका ३५ बर्षीय सुरेश लावतीलाई चेकजाँच गर्ने क्रममा लावतीको साथबाट लुपिजेसिक २७ एम्पुल, डाईजापाम २७ एम्पुल, फेनारगन २७ एम्पुल बरामद गरी नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका लावतीको सम्बन्धमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।


काठमाण्डौ बैशाख १६ गते । रातो तारा डट कम, नेपाल मजदुर किसान पार्टीले स्थानीय तहको निर्वाचन घोषणा पत्र २०७९ सार्वजनिक गरेको छ । नगरपालिका र गाउँपालिकाको क्षमता बढाउनुपर्नेमा जोड दिँदै सो पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले निर्वाचन घोषणा पत्र सार्वजनिक गर्नुभयो । घोषणा पत्रमा विदेशी हस्तक्षेपको विरोध गर्दै देशको सम्प्रभुताको रक्षालाई जोड दिएको छ । देश र जनताको इमान्दारीताका साथ सेवा गर्न निर्वाचनको सदुपयोग गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष विजुक्छेले निर्वाचनबाटै राजनैतिक सचेतना अभिवृद्धि गर्न सकिने विचार समेत राख्नु भएको छ ।   



काठमाण्डौ बैशाख १६ गते । रातो तारा डट कम,उम्मेदवारहरुको नामावली निर्वाचन आयोगले आज सार्वजनिक गर्ने । हिजो नामावली सार्वजनिक गरेको आयोगले आज दिनभरी उम्मेदवारी फिर्ता लिन समय दिएको छ । 

उम्मेदवारी फिर्ता लिन चाहनेहरु बेलुकी ५ बजेसम्मको निर्वाचन अधिकृतको कार्यालयमा जानुपर्ने आयोगले जनाएको छ । त्यसपछि भने आयोगले अन्तिम नामावली आजै प्रकाशन गर्नेछ । पार्टीले तय गरेका उम्मेदवारप्रति असन्तुष्ट जनाउँदै ठाउँठाउँमा सत्ता गठबन्धनदेखि विपक्षी दलसहित दलका स्थानीय नेता कार्यकर्ताहरूले गत आइतबार र सोमबार आधिकारिक उम्मेदवारको विरुद्धमा बागी उम्मेदवारी दिएका छन् । 

राजनीतिक दलहरूले बागी उम्मेदवारी दिएकाहरूलाई फिर्ता लिन दबाब दिँदै आएका छन् । जसले गर्दा आधिकारिक उम्मेदवारलाई जिताउन चुनौती हुने दलहरूको ठम्याइ छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले तोकिएको अवधिमा फिर्ता लिनेबाहेकका अन्तिम नामावली आजै प्रकाशित गर्ने बताउनुभयो । त्यसपछि भोलि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने उहाँले जानकारी दिनुभयो । 



काठमाण्डौ बैशाख १६ गते । रातो तारा डट कम, वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ता गराएका १५ जनाको उम्मेदवारी आयोगल खारेज गरेको छ । 

आयोगको सुचना अनुसार विगतका निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेका तर, स्थानीय निर्वाचनका लागि उम्मेदवारी दिएकाहरूको उम्मेदवारी खारेज गरिएको जनाएको छ । 

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकतर्फ उम्मेदवार रहेका व्यक्ति स्थानीय निर्वाचनमा समेत उम्मेदवार हुनआएपछि निर्वाचन अधिकृतको कार्यालयले ती व्यक्तिको उम्मेदवारी खारेज गरेको आयोगका प्रवक्ता शालिकराम शर्माले बताउनुभयो । 

निर्वाचन आयोगले आगामी निर्वाचनका लागि तोकेको समयमा उम्मेदवारी दर्तापछि भोलिपल्ट वैशाख १४ गते अस्वीकृत भएको जानकारी निर्वाचन अधिकृतको कार्यालयबाट उनीहरूलाई दिइएको थियो । कतिपय स्थानमा कुन दलले समानुपातिकको सूचिमा राखेको हो जानकारी नपाएका कारण फिर्ता लिने प्रक्रिया नगर्दा उनीहरुले समानुपातिको सूचीमा नाम हुने उम्मेदवारले हुने मौका गुमाएका आयोगले जनाएको छ । 


वैशाख ११ र १२ गते निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी लिएको थियो तर, पछि सफ्टवेयरमा परीक्षण गर्दा उनीहरूको नाम समानुपातिको सूचीमा भएको पाइएपछि खारेज गरिएको आयोगले जनाएको छ । 



विराटनगर १५ गते । रातो तारा डट कम,नेपाली कांग्रेस विराटनगरका मेयरका उमेदवार नागेश कोइरालाले आफू विजयी भए ५० युनिटसम्म विद्युत महशुल मिनाहा गरिदिने बताएका छन् । 

नेपाली कांग्रेस वडा नम्बर विराटनगर १२ समितिले आज आयोजना गरेको घरदैलौ कार्यक्रममा कोइरालाले विपन्न र ५० युनिटसम्म विद्युत खपत गर्ने महानगरबासीको महशुल मिनाहा हुने बताए । 

उनले भने,“मेयरमा विजयी भएर आएँ भने ५० युनिटसम्म विद्युत खपत गर्नेहरुको शुल्क महानगरले व्यवस्थापन गरिदिने छ । यसको लागि स्पष्ट खाका र कार्यक्रम तय गरिने छ ।” 

उनले प्राईभेट सरह सुविधा दिने अस्पताल संञ्चालन गरेर नगरवासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने दावि गरेका छन । नगर अस्पताल आफ्नो डिम प्रोजेक्ट रहेको बताएका छन । 

उनले आज विराटनगरका वडा नम्बर १, ३, ४, ५ र १२ नम्बर वडाका स्थानीयसँग अन्तरक्रिया र घरदैलो कार्यक्रमगरेकाछन् । 



सुनसरी धरान,वैशाख १५  गते । रातो तारा डट कम, धरानमा नेकपा एमालेले चुनाब प्रचार प्रसार अभियानलाई तिब्र पारेको छ । बुधबारदेखि सुरु भएको चुनाब प्रचार अभियान आज( विहीबार ) वडा नंं १० गरेको पनि गरेको छ । मेयरका प्रत्यासी मञ्जु भण्डारी(सुवेदी) र उपमेयरका प्रत्यासी पदम इस्वो सहित चुनाबी प्रचार अभियानलाई तिब्रता दिएको हो । वडा पार्टी कार्यलयबाट सुरु भएको घरदैलो कार्यक्रम बुढासुब्बा मार्ग, बर्गैचा लाइन हुदै देउराली चोक, धनकुटे रोड हुदै पुःन पार्टी कार्यलयमा पुगेर टुङिगएको थियो । घरदैलोका क्रममा मतदाताहरुले खादा अबिर सहित खानेपानी समस्याका विषयमा जिज्ञासा राखेका थिए । उक्त क्रममा एमालेकी मेयरका प्रत्यासी मञ्जु भण्डारीले खानेपानी र खहर करिडोर नियन्त्रण दिर्घकालिन रुपमा गर्न थप पहल भइरहेको समेत बताइन् । वडाध्यक्षका प्रत्यासी विवेक राईले समेत आफु विजयी भएपछि वडाको खानेपानी समस्या र खहरे करिडोरको समस्या हल गर्ने प्रतिबद्धता जनाए । कोरोना महामारीका बेला वडाध्यक्षका प्रत्यासी राईले गरेको सहयोगको स्मरण गदै मतदाताहरुले वडा अध्यक्षमा कुनै पनि हालतमा जिताएर छाड्ने प्रतिबद्धता जनाएका थिए । साथै, वडाबासीहरुले विगतमा वडाले गरेको कामका विषयमा समेत प्रशंसा गरेर जितका लागि अग्रिम बधाई समेत ज्ञापन गरेका थिए । घरदैलो अभियानको क्रममा मेयरका प्रत्यासी भण्डारी र उपमेयरका प्रत्यासी इस्वोले घर निर्माण गरिरहेका मजदुरहरुसंग समेत भेट गरेर समस्याका विषयमा बुझेका थिए ।




 


सुनसरी धरान,वैशाख १५  गते । रातो तारा डट कम,  धरान । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचमा नेकपा एमालका उम्मेद्धवारलाई वहुमतले विजय गराउन धरान उप महानगर कमिटी वडा नम्बर ६ को निर्वाचन परिचालन कमिटी विहीबार गठन गरिएको छ ।

नेकपा एमालेका जिल्ला सदस्य हेमराज सुवेदीको संयोजकत्वमा ११९०  निर्वाचन परिचालन कमिटी गठन गरिएको नेकपा एमाले ६ नम्बर वडा कमिठी उपाध्यक्ष एसपजंङ रुम्दालीले वताउनु भयो । उहाँका अनुसार पाटीको जनवर्गीय संगठनहरु सहित कमिटी गठन गरिएको हो । कमिटी गठन गरिएपछि अव मतदातासँग घरदैलो अभियान सन्चालन गर्ने भएको छ । एमाले ६ नम्बर वडामा वडाध्यक्ष पदका लागि हरि राई , खुल्ला महिला सदस्य यसोदा सुवेदी (लामिछाने ) ,दलित महिला सदस्यमा देविमाया विश्वकर्मा , खुल्ला सदस्यहरुमा राजेन्द्र न्यौपाने र नारायण निरौला उम्मेद्धवार रहेका छन् । 






काठमाडौ २०७९ वैशाख १५  गते। वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले वैशाख १२ गते सोमबार पछि गरेको मुख्य गतिविधि निम्न प्रकारका छन् ।

१.स्थानीय तह निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका २०७८ को दफा ५ को उपदफा (१) मा उल्लेख भएको जनशक्तिको अतिरिक्त मतपत्र रुजु गरी पठाउनको लागि महानगरपालिकाको हकमा सोही निर्देशिकाको दफा ५ (९) बमोजिमको अवधिभरको लागि शाखा अधिकृत २ जना, सहायक कर्मचारी २ जना, कम्प्युटर अपरेटर १ जना, सवारी चालक १ जना र कार्यालय सहयोगी २ जना थप गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ  । 

२.मिति २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न मिति २०७९ वैशाख २८ गतेदेखि मिति २०७९ वैशाख ३० गतेसम्म ३ दिनका लागि मतदान स्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकोले उक्त मतदान केन्द्र तोकिएका विद्यालयहरूका विद्यार्थीहरूको भौतिक उपस्थिति नगराउन र सो अवधिमा विद्यार्थीहरूलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था मिलाउन मुख्य सचिव मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने । 

३.मिति २०७९ वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि मतदान स्थल तथा केन्द्र तोकिएका सार्वजनिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन एवम् भौतिक संरचना मतदान प्रयोजनका लागि उपयोग गर्न त्यस्ता भवन र भवन परिसर मिति २०७९ वैशाख २८ गतेदेखि २०७९ वैशाख ३० सम्म उपलब्ध गराउन नेपाल सरकार संघीय मामिला तथा सामान्य मन्त्रालयमार्फत् सबै स्थानीय तहमा लेखी पठाउने ।

४. स्थानीय तह निर्वाचनको मतदान हुने मिति २०७९ वैशाख ३० गते शुक्रबारका दिन नेपालभर सार्वजनिक विदा दिन मुख्य सचिवमार्फत नेपाल सरकारलाई अनुरोध गर्ने ।

५. मिति २०७८ चैत ३० गतेदेखि निर्वाचन आयोग नेपाल र सामाजिक सञ्जाल भाइबरले आधिकारिक रूपमा निर्वाचन आयोगको भाइबर ग्रुप औपचारिक रूपमा शुरू गरेको छ । निर्वाचन आयोगले यस प्लेटफर्मको प्रयोग गरी नागरिक तथा निर्वाचन सरोकारवालाहरूलाई समयसापेक्ष, अद्यावधिक र सही सूचना उपलब्ध गराउने छ । यो प्लेटर्फमको प्रयोग गरी नागरिक र निर्वाचन सरोकारवालाहरूले स्थानीय तह निर्वाचन २०७९ सम्बन्धी मतदाता शिक्षा र विभिन्न जानकारी प्राप्त गर्न सक्नुहुनेछ । यस समूहमा सामेल हुन(Election commission Nepal) प्रयोग गर्नुपर्ने छ ।  

६.  मिति २०७९ वैशाख १५ गतेसम्म ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सम्पन्न भएको छ । हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको छ ।                                                     ७.  निर्वाचन आयोगको प्रणालीमा दिउँसो ३ ः ३० बजेसम्म प्रविष्ट भएको तथ्यांक अनुसार १ लाख    ५३ हजार २ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । जसमा प्रमुखमा ३ हजार ५१०, अध्यक्षमा ३ हजार ३८७, उपप्रमुखमा २, हजार १६८, उपाध्यक्षमा २ हजार ४०१, वडाअध्यक्ष ३५ हजार ३५३, महिला सदस्य २६ हजार ५३२, दलित महिला सदस्य २३ हजार ९३१ र सदस्यमा ५५ हजार ७२० जनाको मनोनयन दर्ता भएको छ ।     

२०७९ वैशाख १५  गते।                                         (सूर्यप्रसाद अर्याल) 

 सहायक प्रवक्ता तथा उपसचिव  



सुनसरी, २०७९ बैशाख १५ गते । रातो तारा डट कम, सुनसरीको हरीनगरा गाउँपालिका ४ नुनिया टोल स्थित हुलाकी राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

आज दिउसो ११ बजे पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको को २३ प ६६६७ नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट आउँदै गरेको को १ ख ५३१४ नम्बरको बसले ठक्कर दिई दुर्घटना हुँदा मोटरसाईकल चालक स्थानीय ४९ बर्षीय प्रदिप साह घाईते भएका थिए । घाईते भएका साहलाई उपचारको लागी नोबेल अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालक बिराटनगर(१ का ३३ बर्षीय मोहमद रेम अंसारीलाई ईलाका प्रहरी कार्यालय हरिनगराले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ । 


बिर्तामोड, वैशाख १५ गते। रातो तारा डट कम,नेपाल पत्रकार महासंघ झापा शाखाले आसन्न स्थानीय तह निर्वाचनमा पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताको पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न सबै पत्रकारलाई आग्रह गरेको छ ।  आचारसंहिताको पालनाका लागि महासंघका सदस्य, सञ्चारकर्मी तथा सञ्चारमाध्यमहरु सबैमा अपिल गरेको हो ।

महासंघका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा विहीबार बिर्तामोडमा सम्पन्न १३ औं वैठकले आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा महासंघ तथा समग्र सञ्चार क्षेत्रले गर्नुपर्ने कार्य र जिम्वेवारीका बारेमा विभिन्न निर्णय गरेको छ ।

वैठकपछि सचिव डिकेश लामाले विज्ञप्ति मार्फत निर्णय सार्वजनिक गरेका छन् ।

 झापामा निर्वाचनका समयमा महासंघका सदस्यहरु, सञ्चारकर्मी तथा सञ्चारमाध्यमहरुको भूमिकाको अनुगमन गरी यथार्थ विवरण संकलन गर्न महासंघको आचारसंहिता अनुगमन समिति गठन भएको छ ।

समितिमा उपाध्यक्ष केशव भट्टराई संयोजक, सहसचिव अर्जुन राजवंशी तथा कार्यसमिति सदस्यहरु अच्युत सुवेदी, चिरञ्जिवी घिमिरे, सुनिरा मैनाली, स्वस्तिका आचार्य र विनोद पाण्डे सदस्य रहेका छन् । आचारसंहिता कार्यान्वयनको अवस्थाको नियमित अनुगमन गरी सो को प्रतिवेदन महासंघ झापाको कार्यसमिति र अनुशासन समितिलाई बुझाउन वैठकले अनुगमन समितिलाई निर्देश गरेको छ ।

साथै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठकले महासंघका कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्यहरु स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेमा संस्थाको विधानको मर्म र व्यवस्था अनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतः पदमुक्त हुन जाने भनी गरेको निर्णयको महासंघ झापा शाखाले स्वागत गर्दै उक्त निर्णय कार्यान्वयन गर्न अनुरोध गरेको छ ।

पत्रकार तथा सञ्चारमाध्यमलाई  निर्वाचन आचारसंहिता २०७८ को प्रतिकुल काम नगर्न महासंघले आहृवान गरेको छ ।

निर्वाचन आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक म्यासेन्जर, ट्विटर, युट्युव र इन्स्टाग्राम जस्ता विद्युतीय माध्यमको प्रयोग गरी कुनै पनि सामग्री प्रकाशन, प्रसारण वा संप्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा सेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने उल्लेख छ । यो व्यवस्थाको पालना गर्दै सत्य, तथ्य, निष्पक्ष र तटस्थ सूचना संप्रेषण गर्ने पत्रकारको मूल दायित्वको हेक्का राखिदिन महासंघ सबैमा आग्रह गरेको छ ।

त्यस्तै महासंघ झापा शाखाले  विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा २० बैशाख २०७९ ९३ मे २०२२० मंगलबारदेखि झापाको लखनपुरमा ‘पत्रकारिताको बदलिँदो आायाम ः अनलाइन पत्रकारिता, लेखन र समाचार कक्षको भूमिका’ विषयक दुई दिने प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको छ । प्रशिक्षणमा जिल्लाका क्रियाशील ३५ जना पत्रकार सहभागी हुनेछन् ।


धरान, १५ बैशाख । रातो तारा डट कम,झण्डै २२ बर्ष अघि पेश्की लिएर फरफारक नगरेका नेपाली कांग्रेसबाट मेयरका उम्मेद्वार किशोर राईले उम्मेद्वारी दर्ताका दिन पेस्की वापतको रकम बुझाएका छन् ।  

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार हुने भए पछि उनले पहिलो पेश्की लिएको २२ वर्ष पछि रकम बुझाएका हुन । 

राईको नाममा २०५६ साल असोज १२ गते देखि २०६७ वैशाख २७ गते सम्म विभिन्न समयमा लिएको पेश्की बाँकी रहेको धरान उपमहानगरपालिकाको जनाएको छ । उनीसँग ११ वर्षको अवधिमा पटक पटक लिएको कुल १ लाख ३ हजार ४ सय रुपैया पेश्की लिएका देखिन्छ । उनको लामो समयदेखि पेस्की फछौट नगरेको विषयमा पटक पटक समाचार आउदैं गरे पनि फछौट गर्न वेवास्ता गदैं आएका थिए । निर्वाचनमा उम्मेद्वार बन्न पेस्की भएकोले नपाउने भने पछि उनले रातारात रकम बुझाएका हुन् । २०५४ सालको निर्वाचनमा १२ नं. वडाबाट वडा सदस्य जितेका राईको जनप्रतिनीधि भएदेखि विभिन्न खेलकुदको कार्यक्रममा पेस्की लिएको देखिन्छ ।

उपमहानगरपालिकाले पटक पटक पेश्की फच्र्यौट गर्न ताकेता गरेको थियो । उनले विभिन्न समयमा फच्र्यौट गरे पनि पुरा फच्र्यौट गरेका थिएनन् । 

उनलाई धरान उपमहानगरपालिकाको पेश्की फच्र्यौट गर्न गरेको पत्राचार अनुसार उनले २०५६ असोज १२ गते पहिलो पटक साफ खेल अध्ययन तथा अवलोकन गर्न २ हजार ५ सय रुपैया पेश्की लिएका थिए । त्यस पछि २०५७ साल असार १८ गते काठमाण्डौं जान लिएको भ्रमण पेश्की मध्य फच्र्यौट कट्टा गरि बाँकी रहेको ४ सय, सोही सालको भदौ ८ गते खेलकुद कार्यक्रमको लागि ६ हजार ५ सय, असोज ४ गते वडा नम्बर १२ को ड्रेन सफाई गर्न ३ हजार, असोज २७ गते बुढासुब्बा गोल्डकपको लागि काठमाण्डौं जना भ्रमणमा १० हजार, पुष १७ गते काठमाण्डौं जना भ्रमणमा ३ हजार ५सय लिएकाथिए । त्यसै गरि २०५८ साल भदौ २४ गते पुनः काठमाण्डौं जान भ्रमण ६ हजार, पुनः फागुन १० गते काठमाण्डौं जान ५ हजार, २०५९ असार ३१ गते खेलकुद मन्त्रालय जान भ्रमण ६ हजार ५ सय, २०६५ भदौ ३० गते गोल प्रोजेक्ट उदघाटन कार्यक्रमका लागि पेश्की १० हजार र अन्तिम पेश्की २०६७ वैशाख २७ गते जनजाती कल्याण आश्रम भवन निर्माण गर्न पेश्की ५० हजार रुपैया गरि कुल १ लाख ३ हजार ४ सय रुपैया पेश्की रहेको थियो । 

उपमहानगरले दिएको फच्र्यौट गरेको तथ्यांक अनुसार उनले मनोनयन दर्ता गर्ने पहिलो दिन गत आइतबार भौचर नम्बर १२६३ बाट वडा सदस्य किशोर राईको नाममा रहेको पेश्कि रकम प्राप्त बैंक भौचर नम्बर १०१५६ तथा १०२१५ अनुसार फच्र्यौट गरिएको ७९ हजार ४ सय रुपैया फच्र्यौट गरेका थिए भने वैशाख १२ गते सोमबार विभिन्न चेक मार्फत बाँकी २४ हजार भुक्तानी गरेका थिए । कार्यालयका अनुसार गत सोमबार भौचर नम्बर १२६८ बाट तत्कालीन १२ नम्बर वडाअध्यक्ष किशोर राईको मिति २०५७।०६।०४ को ढल सफाई कार्यको पेश्की संलग्न भरपाई तथा अर्थ तथा सार्वजनिक लेखा समितीको सिफारिसको आधारमा फच्र्यौट भएको ३ हजार, भौचर नम्बर १२६९ बाट किशोर राईको नाममा रहेको पेश्कि रकम फच्र्यौट गरिएको १० हजार र १२७४ भौचर नम्बरबाट किशोर राईको नाममा रहेको पेश्कि प्राप्त आम्दानि भौचर नम्बर १०२६३ को आधारमा फच्र्यौट गरिएको ११ हजार रहेको छ ।



नेत्र पी अधिकारी-विराटनगर– सत्तागठबन्धन दलहरुको बैठकले देशभरका ६ महानगरमा भागबण्डाको सहमति लगत्तै विराटनगर काँग्रेसले गठबन्धनको निर्णय नमान्ने प्रतिक्रिया जनायो । 

केन्द्रीय नेतृत्वको निर्णयलाई महानगर समितिले चुनौति दियो । ०७४ को निर्वाचनलाई आधार बनाएर कांग्रेस एक्लै प्रतिष्पर्धामा जाने महानगर सभापति दिपक चापागाईँले प्रतिक्रिया दिए । उनले भने,‘ ०७४ मा मेयर र उपमेयर नेपाली कांग्रेसले एक्लै जितेकाले दुवै पद छाडिदैन ।’ 

विराटनगर र मोरङ कांग्रेसको नेतृत्वमा डा. शेखर कोइराला निकटका नेता छन् । उनीहरुले विराटनगरको मेयरमा नाम सिफारिस गर्दा पनि आफु पक्षका मोरङ कांग्रेस उपसभापति नागेश कोइरालालाई पहिलो प्राथमिकतामा राखेर गरेका थिए । तर, जिल्ला र महानगर समितिको सिफारिसलाई प्रदेश समितिले उल्टाउँदै अमृत अर्याललाई पहिलो प्राथमिकतामा राख्यो । अर्याल पछिको प्राथमिकतामा डा. डिला संग्रौला र भीम पराजुलीको नाम केन्द्रीय समितिमा सिफारिस गरेपछि विराटनगरको मेयर आफ्नो पक्षका नेताले नपाउन की भन्ने भय कोइराला पक्षमा देखियो । 

प्रदेश समितिको नेतृत्व संस्थापन निकट रहेकाले सत्तागठबन्धनको निर्णयलाई चुनौति दिनेगरि महानगर समिति लागेको सहजै अनुमान लगाउन सकिन्छ । विराटनगरको मेयरको टिकटलाई सभापति शेरबहादुर देउवा, नेता कृष्ण सिटौला र डा.कोइरालाले प्रतिष्ठाका विषय बनाए । वैशाख ११ गते मनोनयन शुरु भईसक्दा पनि मेयरको टिकट फाइनल हुन सकेन । दोश्रो दिनको मनोनयन शुरु भईसक्दा पनि अन्यौल कायम थियो । निकै लामो रस्साकस्सी पछि डा. कोइराला निकटका नेता नागेश कोइरालाले टिकट पाए । 

सोमबार पौने २ वजेतिर टिकट लिएर आएका उनी सोझै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर मनोनयन दर्ता गराए । उनीसँग डा. कोइराला निकटका नेता प्रदेशका मन्त्री केदार कार्की र महानगर सभापति चापागाईँसँगै थिए । नागेशले टिकट पाएसँगै महानगरको नेतृत्वले गठबन्धन विरोधी प्रतिक्रिया दिन चाहेन । टिकटको लडाईमा पराजित भएकाहरु मनोनयन दर्ताका समयमा देखापरेनन् । डा. डिला संग्रौलाले प्रस्तावक बनेर आएको बताईन । मेयरका उम्मेदवार कोइरालाले टिकट नपाउने नेताहरु जिम्मेवार रहेकालेआफुलाई सहयोगगर्नेबताए । उनले भने,‘ केही मनमुटाव होला । चुनावमाहामीसँगैहुने छौं ।’ आफ्नो अनुहार हेरर भन्दापनि पार्टीलाई जिताउन सवै नेता कार्यकर्ता लाग्ने उनको दावी छ । कोइरालाले मेयरमा मनोनयन दर्ता गरेको तेश्रो दिन वितिसक्दापनि संस्थापन पक्षका नेताहरु उनको साथमा देखिएका छैनन । 

गठबन्धनप्रति अनुदार देखिएका डा. कोइरालाले बुधबार विराटनगरमा गठबन्धनका नेताहरुसँगै देखिए । विज्ञप्ति निकाल्दै उनले कांग्रेसलाई अत्यधिक मतले विजयी गराउन आग्रह पनि गरेका छन् । उम्मेदवार छनौटमा देखिएको असन्तुष्टिलाई थाती राखेर निर्वाचनमा होमिन आग्रहगरेकाछन् । 

कांग्रेसको चुनाव जित्ने आधार के छ ? 

कांग्रेसले ०७४ को स्थानीय तह निर्वाचनमा एकल जित्नु नै यसपटकको पनि आधार भएको दावी गरेको छ । विकास निर्माणको काम आफ्नो पालोमा शुरु भएको र अधुरा काम पूरा गर्न कांग्रेसकै नेतृत्व महानगरवासीले खोजेको केन्द्रीय सदस्य डा. डिला संग्रौलाको भनाई छ । औद्योगिक क्षेत्रलाई समेटेर अघि बढ्न सक्ने र यसको संरक्षण गर्न सक्ने क्षमता कांग्रेससँग मात्रै भएको उनको दावी छ । आफुहरुले मात्रै जनताको समस्या निदान गर्न सक्ने डा. संग्रौलाले बताईन । शिक्षा, स्वास्थ्य, खेलकुदको विकासमा कांग्रेसले गतिदिने उनले बताईन । 

महानगरमा हामी जित्ने छौं ः एमाले

नेकपा एमालेले आगामी वैशाख ३० पछि महानगरको नेतृत्वमा आफुहरु पुग्ने दावी गरेको छ । ०७४ सालको स्थानीय निर्वाचनमा ५ हजार ७१० मत अन्तरले पराजित भएको एमालेले यसपटक महानगरमा बाजी मार्ने दावी गरेको हो ।  

एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज विनोद ढकालले विराटनगरमा अबको चुनाव जित्ने पालो एमालेको भएको बताए । सत्तारुढ दलहरु गठबन्धन गरेर एमालेविरुद्ध उभिएपनि जनताको साथ एमालेलाई भएको उनले बताए । सबैको विश्वास जितेर अब विराटनगरमा चुनाव जित्ने पालो एमालेको भएको नेता ढकालले बताए । आर्थिक, शैक्षिक र राजनैतिक हब भनेर चिनिएको विराटनगरको शाख पछिल्लो ५ वर्षमा गिरेर गएको बताए । ५ वर्षअघि चुनिएर आएका जनप्रतिनिधिले विराटनगरका लागि केही गरेनन् । विराटनगरको गुमेको शाख फर्काउने काम एमालेले गर्ने उनले बताए । ढकालले भने,‘ विराटनगरको समृद्धिका लागि नयाँ योजना ल्याइने छ ।’ अवसर पाउँदा मुलुक र जनताका लागि केही गर्न सकिन्छ भन्ने छाप एमालेले छाडेको उनको भनाइ छ । पार्टी विभाजनको असर विराटनगरमा नगन्यरुपमा रहेको उनले बताए । एमाले उम्मेदवार सागर थापा विराटनगरसँग परिचित व्यक्ति भएकोले सहजै निर्वाचन जितिने उनले बताए । उनले भने,‘ हाम्रो उम्मेदवार विराटनगरको धुलोसँग परिचित छ ।’ 

एमाले उम्मेदवार थापाले पार्टी एक ढिक्का भएकाले परिणाम आफ्नो पक्षमा आउने बताए । उनले भने,‘ पार्टीमा समस्या छैन, हामी चुनाव जित्छौं ।’

०७४ लाई फर्केर हेर्दा 

०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका भीम पराजुली फराकिलो मतान्तरले विजयी बनेका थिए । पराजुलीले २३ हजार ३१ मत ल्याउँदा एमालेका विनोद ढकालले १७ हजार ३२१ मत ल्याएका थिए । तत्कालिन संघीय समाजवादी फोरमका उमेश यादवले १४ हजार ९५८ मत ल्याएका थिए । ०७४ को निर्वाचनमा कांग्रेस एक्ले प्रतिष्पर्धामा थियो । एमालेले तत्कालिन विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकसँग गठबन्धन गरेको थियो । उपमेयर लोकतान्त्रिकलाई दिएर एमाले प्रतिष्पर्धामा उत्रिएपनि परिणाम आफ्नो पक्षमा पार्न सकेन । 

एमालेले महानगरका ३ वटा वडामामात्र निर्वाचितभएकोथियो । तीनवटै वडामा थोरै मतअन्तरले एमाले विजयी भएको थियो । ०७४ को स्थानीय तह निर्वाचनमा तेश्रो मत ल्याएका उमेश यादवले अहिले स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिएका छन् । उनको विराटनगरको तल्लो क्षेत्रमा राम्रो प्रभाव छ । उनको उम्मेदवारीले सत्तागठबन्धनको भोट काट्ने देखिएको छ । सत्तागठबन्धन र एमालेले यादवलाई सहयोग गर्न आग्रह गरिरहेको उनी निकट एक नेताले बताए । 

विराटनगरको नेतृत्व क–कस्ले सम्हाले

पञ्चायतकालदेखि हालसम्म ५ जनाले विराटनगरको नेतृत्व गरेका छन् । तत्कालिन मालेले पञ्चायती व्यवस्थाको  भण्डाफोर गर्न ०४३ मा जनपक्षिय उम्मेदवार ध्रुवनारायण श्रेष्ठलाई बनाएको थियो । श्रेष्ठले विराटनगरको पहिलो नेतृत्व गरेका थिए । ०४९ मा नेपाली कांग्रेसका अशोक कोइराला, ०५४ मा एमालेका रमेशचन्द्र पौडेल, शाहीकाल (०६१) मा प्रल्हाद साह र ०७४ मा नेपाली कांग्रेसका भीम पराजुलीले विराटनगरको नेतृत्व गरेका छन् । 




काठमाण्डौ बैशाख १५ गते । रातो तारा डट कम, निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरुको नामावली आज प्रकाशन गर्ने भएको छ । गत 

काठमाण्डौ बैशाख १५ गते । रातो तारा डट कम,आइतबार र सोमबार उम्मेदवारहरुको मनोनयनपत्र दर्ता गरेका उम्मेदवारहरुको नामावली छानबिन गरी आज प्रकाशन तयारी गरेको छ । 

निर्वाचन कार्यतालिका अनुसार आज साँझसम्म आयोगले मनोनयनपत्र जाँच गरी  उजुरीउपर काम सकी नामावली सार्वजनिक गर्ने काम भइरहेको जनाएको छ । उम्मेदवारले नाम फिर्ता लिन चाहे भोलिसम्मको म्याद दिएको छ । 

आयोगले भोलि अन्तिम नामावली प्रकाशन गर्ने र पर्सि उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने तयारी गरेको छ । यी सबै कार्यक्रम सम्बन्धीत निर्वाचन अधिकृतको कार्यालयबाटै जनाएको छ । 

विगतका निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेका करिब १५ जना व्यक्तिको उम्मेदवारी खारेज भएको आयोगले जनाएको छ । ७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि १ लाख ५२ हजार ४६५ जनाले उम्मेदवारी दिएका छन् । 

 


धरान, बैशाख १४ गते । रातो तारा डट कम,पुर्वको सुन्दर पर्यटकीय शहर धरानको विकासको खाका कोर्दै समग्र धरानबासीको पक्षमा युवा जोश जांगर र उत्साहकासाथ स्थानीय तहको चुनावी मैदानमा उत्रिएकी मन्जु भण्डारी सुवेदी धराने जनताकालागि अपरिचित नाम होइन । उनलाई नेकपा एमालेले बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा धरान उपमहानगरकालागि मेयरको प्रत्यासीमा उठाएको छ । नेकपा एमालेले देशका ११ वटा उपमहानगर मध्य ४० बर्ष उमेर नकटेकी एक मात्र महिला उम्मेद्वार पनि भण्डारी नै हुन् ।

धराने जनतामाझ उनको लोकप्रियता झन बढेको छ । राजनितिमा होस वा जनप्रतिनिधिको रुपमा होस निर्णायक क्षमता प्रदर्शन गर्न खप्पिस भण्डारीसँग पाँच बर्ष उपमेयरको कार्यभार सम्भालेको बेजोड अनुभव छ । ०७४ को निर्वाचनमा स्वर्गीय तारा सुव्वासंगै लोकप्रिय मत लिएर विजयी भएकी भण्डारीसंग मेयर सुव्वाको निधनपछि करिव डेढ बर्षसम्म कार्यवाहक मेयर भएर धरानको समग्र विकास निर्माणमा सरिक भएको अनुभव पनि छ । नेकपा एमालेले उनको योग्यता, दक्षता, क्षमतालाई मध्यनजर गर्दै चुनावी मैदानमा उतारेको हो । ०७४ को स्थानीय निर्वाचनमा २१ हजार २५६ मत ल्याएर कांग्रेसकी श्यामा रेग्मीलाई ६ हजार ३३९ को मत अन्तरले हराउँदै विजयी भएकी थिइन् । एमालेले महिलालाई नेतृत्वमा पु¥याउनु पर्छ भन्ने मान्यताले उनलाई मेयरको टिकट दिए पछि धरानका आम जनतासँगै महिलाहरु खुशी भएर जिताउने अभियानमा लागेका छन् ।

स्कूले जीवनमै राजनिति तर्फ आकर्षित भएकी एमालेका मेयर उम्मेदवार भण्डारी ०५३ साल ताका १४ बर्षको किशोरी उमेरमै सुनसरीको इटहरीस्थित जनता मावि कक्षा ८ अध्ययन गर्दागर्दै अनेरास्ववियूको प्रारम्भीक कमिटि सदस्य बनेपछि कम्यूनिष्ट राजनितिमा प्रवेश गरेकी थिइन् । पिता रविन्द्रप्रसाद भण्डारी र माता राधादेवी भण्डारीको सुपुत्रीको रुपमा २०३९ साउन २ गते जन्मेकी नेतृ भण्डारी भन्छिन्, ‘युवापुस्ताले राजनिति बुझ्नु पर्छ । राजनितिबाटै यो मुलुकमा सरकार बन्ने हो । मैले पनि आफ्नो रुचीअनुसार कम्युनिष्ट राजनितिको सिद्धान्त मनपराएर विद्यार्थी जीवनमा सक्रिय भएं । यो सक्रियताकै कारण होला मलाई धराने जनताले ०७४ सालमा नेकपाको तर्फबाट  उपमेयरमा भारीमतले विजय गराउनु भयो ।  उपप्रमुखको पाँचवर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरें । पाचबर्षको अवधिमा मैले आफ्नो पदीय दायित्व, जिम्मेवारीलाई इमान्दारीकासाथ पुरा गरें । यो अवधिमा १ बर्ष पुरा नहुदै नगरप्रमुख तारा सुव्वाको दुखत निधन भयो । नगरपालिका अभिभावकविहिन भएको अवस्थामा मेरो जिम्मेवारी स्वाभाविकरुपमा चुनौतीकासाथ थपियो । मैले नगरपालिकालाई र सिंगो नगरलाई अभिभावक विहिन भएको महसुस हुन नदिइ कार्यवाहक मेयरको रुपमा अभिभावकत्व प्रदान गरें । यो अवधि मेरो जीवनमा चुनौतीमात्र होइन जिम्मेवारी वहनको अनुभव आर्जन र क्षमता विकासका दृष्टीकोणबाट कोशेढुंगा हुन पुग्यो ।’ उनकाअनुसार यही अवधिमा धरानलाई थप बुझ्ने, राज्य संचालन प्रक्रियाका सन्दर्भमा गहिरो अध्ययन गर्ने, जनताको सवैखाले समस्यालाई सम्बोधन गर्ने प्रक्रियामा आफुलाई समर्पित गरेको र धरानको विकासकालागि नया सोंच निर्माण गर्न सकेको बताइन् । 

धरानका जनताले अपेक्षा गरेअनुसार काम गरें । मेरो उपमेयर कार्यकालमा गरेको काम भनेको पार्टीको निति र सिद्धान्तको आधारमा स्व. मेयर तारा सुव्वाले र हामीले तय गरेको रोडम्याप अनुसार चलेका थियौं ।’ 

भण्डारी अनेरास्ववियूूको मावि प्रारम्भीक सदस्य, कोषाध्यक्ष, अध्यक्ष हुदै एसएलसी गरेपनि उच्च शिक्षाआर्जन गर्न जनता क्याम्पस ईटहरीमा भर्ना भइन् । उनले क्याम्पसको अध्ययन सँगसँग कम्यूनिष्ट राजनितिमा पनि सक्रिय भएकाले ०५६ सालमा  सुुनसरी २ नं. क्षेत्रिय कमिटि सचिव, ०५७ मा सुुनसरी जिल्ला कमिटि सदस्य, सोही बर्ष जिल्ला कमिटि कोषाध्यक्ष, जिल्ला कमिटि सचिव, अनेरास्ववियूू कोशीअञ्चल महिलाविभाग सदस्य हुदै अनेरास्ववियूू कोशीअञ्चल कमिटि अध्यक्षको कार्यभार सम्भालिन् । उपमेयर भएकै समयमा नगरपालिका संघ नेपालको सचिवालयसदस्य समेत हुनपुगिन् ।

२०६४ साल वैशाखमा तत्कालिन धरान नगर इन्चार्ज मुरारी सुवेदीसंग सामाजिक रुपान्तरणकालागि जनवादी मञ्च विवाह गरेका भण्डारीले धरान उपमहानगरको उपमेयर भएपछि न्यायिक समितिको न्यायसम्पादन प्रवाहलाई चुस्त बनाएको, न्यायसम्पादनलाई छिटो, छरितो बनाउनेदेखि लिएर न्यायसम्पादन प्रक्रियामा जनताको पहुँच बढाको बताइन् । प्रारम्भीक समयमा इटहरी केन्द्रित राजनिति गरेपनि ०६४ सालदेखि धरान केन्द्रित राजनितिमा क्रियाशील भण्डारी पार्टीको दशौं राष्टिय महाधिवेशनबाट निर्वाचित केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला सह ईन्चार्जको कार्यभार पनि सम्हालीरहेकी छन् । ०५८ सालको संकटकाल विरुद्धको संघर्षको नेतृत्व गर्दा अनेरास्ववियूूको कमिटि निर्माणका क्रममा सैनिकबाट गिरफ्तारी, प्रतिगमन विरुद्धको आन्दोलनमा २०६१ सालमा ईटहरीबाट सैनिकहरुले गिरफ्तार गरी जिल्लाप्रहरी कार्यालयमा थुनामा परेको अनुभव पनि छ । त्यसो त तत्कालिन राजा ज्ञानेन्द्रले गराएको नगर निर्वाचन वहिस्कार गर्दा गिरफ्तारीमा परी १३ दिन शसस्त्र प्रहरी क्याम्प पकलीमा र २०६२÷ ६३ को आन्दोलनकाक्रममा ईटहरी चौकबाट सेनाले गिरफ्तार गरी प्रहरी हिरासतमा परेको तितो अनुभव पनि उनीसंग छ । 

भण्डारी आफैपनि सामाजिक तथा विकास अभियानकर्ता हुन् । मानवअधिकार रेडियो श्रोताक्लवको जिल्ला अभियन्तादेखि मानवअधिकार तथा द्धन्द्ध रुपान्तरणका लागि अभियान, द्धन्द्ध व्यवस्थापनकालागि सञ्चालित वारुदि सुुरुंग प्रतिवन्ध अभियानको जिल्ला संयोजक, लैंगिक मैत्री योजना निर्माण र कार्यान्वयनको संयोजनकर्ता, रणनितिक योजना तथा संस्थागत विकासका काममा उनले प्रत्यक्ष योगदान दिएकी छिन् । यसैगरी महिला हिंसा विरुद्ध सुुनसरी जिल्ला स्तरमा निरन्तर क्रियाशीलता, महिला तथा वालिकाको न्यायमा पहूूँच परियोजना अन्तर्गत जिल्ला संयोजक, सुुनसरी जिल्लामा महिलाहरुद्धारा सञ्चालित ५०औं सहकारी सस्थाहरुको संस्थागत र व्यवसायिक योजनानिर्माण साथै  विकासको संयोजन, धराननगर पालिकाको सामाजिक परिचालन समितिको सदस्य तथा नगरको २ वर्षको सामाजिक विकास कार्यक्रमको मूूल्यांकन समिति संयोजक, धरान उपमहानगर महिला सञ्जालको सदस्य तथा हाल उप सचिवको रुपमा उनले काम गरेको अनुभव छ ।

महिला हिंसा विरुद्ध पैरवीकर्तामात्र नभएर उनलाई नजिकबाट चिन्नेले सुनसरीमा विकासकालागि राजनिति गर्ने नेतृको रुपमामात्र नचिनेर उर्जाशील विकास अभियानकर्मी तथा सिर्जनशील र संघर्षशील राजनितिक नेतृको रुपमा पनि चिन्ने गरेका छन् । उनको कार्यकालमा संघीय सरकारका सरोकारवाला निकायहरु विकास साझेदार संस्थाहरुसंग ऐतिहासिक सम्बन्ध कायम भई धरानलाई राष्ट्रिय बजेट र कार्यक्रममा गौरव गर्न सकिने गरी जोडिएको छ । 

धरानको उपमेयर हुदाको अनुभव साट्ने क्रममा उनी भन्छिन्, ‘संघीयतापछिको पहिलो स्थानीय तहको नेतृत्वमा प्रवेश गरिरहँदा स्थानीय तह संरचना विहीन थियो । त्यसकालागि हामीले संरचना निर्माण सम्पन्न ग¥यौं । धरानका ठूलठूला गौरवका आयोजना शुरु ग¥यौं । धरानमा भएको भानुचोक बसपार्कले धान्न सकिरहेको छैन । भानचोक बसपार्कको विकल्पमा तीनकुनेमा नेपालकै पहिलो स्मार्ट बसपार्क निर्माण गर्नेकामका थालनी गरेका छौं ।  खानेपानी आयोजना टुंगो लागेको छ तर वितरण प्रणालीमा देखिएको केही त्रुटीलाई सुधार्ने पहल भइरहेको छ । प्रविधि र प्राविधिकसहित काम गर्न बाँकी छ । नगर गौरवका महत्वपूर्ण आयोजनाको रुपमा धरान उप महानगरपालिकका फोहोर व्यवस्थापन गर्नमा अब्बल बनाउने प्रयास भइरहेको छ ।’ उनले खानेपानी आयोजना आफु नेतृत्वमा आउनुभन्दा अगाडि नै सन २०१२ बाटै सूरु भएकाले पुर्व सम्झौताअुनसार सन २०१९ मा सकिएको र यसलाई संस्थागत रूपमा विकास गर्न समय लाग्ने बताइन् । धरानमा खानेपानी अभाव नहुने म प्रतिबद्धता गर्दै उनले थप प्रोजेक्टका लागि पनि पहल कदमी गर्ने बताइन् । 

उनले ०७४ सालको चुनावमा मतदातासामु राखेका घोषणापत्र र प्रतिवद्धताहरु पूरा गरेको बताइन् । उनले भनिन्, ‘हामीले भनेका थियौँ, बसपार्क निर्माण गर्छौं भनेर २५ प्रतिशत काम सम्पन्न भइसकेको छ र काम हुँदै छ । यसका लागि मेरै पहलमा केन्द्रीय सरकारसँग समन्वय भएर बजेट केन्द्रबाटपठाइएकोछ । हामीले सुकुमवासी व्यवस्थापनको विषयमा कुरा उठाएका थियौँ । पार्टीको आन्तरिक विवाद र त्यसपछि आएको फुटका कारण लालपुर्जा वितरण गर्न सम्भव भएको छैन । धरानका सुकुम्बासीका लागत तथ्यांक हामीले तयार गरेर राखेका छौँ। उहाँहरू कस्तो अवस्थामा हुनुहुन्छ र कस्तो जमिनमा बस्नुभएको छ भनेर हामीले तथ्यांक तयार गरेर घर नम्बर वितरण गरेका छौँ र घर नम्बरको आधारमा हामी लालपुर्जा वितरण गर्छौं।’ 

उनले धरानको समृद्धि र विकासकालागि नगरको स्रोतमामात्र भर पर्न नसकिने भएकाले केन्द्रसम्म पहुच पु¥याउन र समन्वय गर्न सक्ने हैसियत बनाकाले त्यस्तै जनप्रतिनिधि धरानका मतदाताहरुले खोजिरहेकाकारण आफुले बहुमतले एमालेको पुरानो विरासत फर्काउदै विजय हासिल गर्ने बताइन् । 



विराटनगर । रातो तारा डट कम, आसन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका उमेदवार नागेश कोइरालाले आफ्नो नेतृत्वमा विराटनगरको इतिहास कायम हुने गरी नयाँ विराटनगर निर्माणको खाका तयार भईसकेको बताएका छन् । यो अभियानलाई मूर्त रुप दिन भ्रष्टचार न्यूनीकरण आफ्नो महत्वपूर्ण कमद हुने उनले स्पष्ट गरेका छन् । 

पाँच दलीय गठबन्धनको समर्थनमा मेयर पदमा उठेका कोइरालाले चुनाव जितेर महागनरको नेतृत्वमा पुगेपछि विराटनगरबासीको चाहना र आकांक्षाअनुरुपको विराटनगरको पुर्ननिर्माण आफ्नो कर्तव्य हुने बताए । 

आज विराटनगरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै कोइरालाले भने,“म विराटनगरमा जन्मेर हुर्केको मानिस हँु । मैले विराटनगरको हावापानी बुझेको छु । महानगरबासीको चाहनासँग पनि परिचित छु । त्यसैले नगरबासीको विकासप्रतिको चाहना नै मेरो प्रतिबद्धता हुनेछ ।” महानगरका सबै प्रशासनिक र आर्थिक गतिविधिलाई अत्याधुनिक डिजिटल प्रविधिमा प्रतिबद्धता जनाउँदै उनले प्रविधि प्रयोगबाट सेवा लिन महानगरबासीलाई समेत अभ्यस्त गराउने आफ्नो योजना रहेको सुनाए । समयको वचत र अनावश्यक काम लम्बिने झन्झटबाट सेवाग्राहीलाई मुक्त गर्ने कोइारालाको भनाइ थियो । 

“प्रविधिको प्रयोगबाट भएका भए अनियमितता रोक्नसमेत मद्दत पुग्छ,” उनले भने,“महानगरको विकास जनताको चाहना, राजनीतिक नेतृत्वको सोच र कर्मचारीतन्त्रको कार्यान्वयनबाट मात्र संभव हुने भएकोले सबै पक्ष उत्तिकै जिम्मेवार भएर काम गर्नुपर्छ ।”

महानगरबाट हुने सेवा प्रवाहमा कुनै किसिमको भेदभाव नगरी नगरबासीले देख्ने अनि महसुस हुने गरीको परिवर्तनको योजना आफूसँग भएको कोइरालाले सुनाए । उनले भने,“ठाउँ विशेष हेरेर विकासका योजना संचालन गर्ने होइन बरु आवश्यकता, माग र एकरुपताको आधारमा गर्नेछु ।” विराटनगरबासी आफ्ना परिवारका सदस्य भएकाले यो चुनावमा अत्यधिक मत दिएर आफूलाई जनसेवा गर्ने अवसर प्रदान गर्नसमेत कोइरालाले आग्रह गरे । 

महानगर अस्पताल निर्माण गर्नेदेखि  विपन्नहरुको पहुँचमा स्वस्थ्य सेवालाई पुर्याएर उदाहरण पेश गर्नेसम्मको योजना बनाएको कोइरालाले सुनाए । “औद्योगिक नगरबाट विस्थापित उद्योगलाई पुनः संचालन गर्न उद्योगी र औद्योगिक क्षेत्रलाई आग्रह गर्छु । सकेको केन्द्रीय स्तरमा समेत पहल गर्नेछु ।” 

सिंघिया र केसलिया खोलामा तटबन्धन निर्माण गरी बस्ती संरक्षण गर्ने, ग्रिनबेल्टको अवधारणालाई मूर्त रुप दिने, विपन्न विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा महानगरले सहयोग गर्ने, शुद्ध पिउने पानीको पहुँच बढाउने, विराटनगरलाई स्वच्छ र सफा राख्न सरसफाईका गतिविधिहरु संचालन गर्ने योजना रहेको सुनाए । 

‘ल्यण्ड पुलिङ’मार्फत जग्गा खरिद गरी १० हजार सुकुम्बासीको बसोबास प्रबन्ध गर्ने, बनेका बाटो, नाला र सडक संरक्षणमा काम गर्ने, पूर्व प्रधानमन्त्रीहरुको पहिचान झल्काउने शालिक निर्माण गरी राजनीतिक पर्यटन प्रवद्र्धनको गर्न काम अघि बढाउने कोइरालाले बताए । 



मोरङ, २०७९ बैशाख १४ गते । मोरङको बुढिगंगा गाउँपालिका(३ स्थित कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो दिउँसो साँढे १ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०१(०२७( च २२६६ नम्बरको कारले पुर्वबाट हाईवे तर्फ जाँदै गरेको मे २ प ६९५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँई दुर्घटना हुँदा मोटरसाईकल चालक बुढिगंगा(२ बगवनका ३० बर्षीय शोभा राजवंशी घाईते भएका थिए  । घाईते भएका राजवंशीको उपचारको लागी बिराट मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । कार र चालक धनुषा जनकपुर(७ का २९ बर्षीय शैलेन्द्र प्रसाद यादवलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

 


मोरङ, २०७९ बैशाख १४ गते । मोरङको रतुवामाई नगरपालिका(३ स्थित नेपाल भारत सिमा छेउबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरीशनिस्चरे नगरपालिका (४ का ५३ बर्षीय खड्ग बहादुर सिलवाल रहेका छन् । सोमबार बेलुका ८ बजे प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको  बा ७६ प ४६९७ नम्बरको मोटरसाईकल चेकजाँचको क्रममा सिलवालको साथबाट ६ ग्राम ८८ मिलिग्राम ब्राउनसुगर बरामद गरी निजलाई नियन्त्रणमा लिईएको हो । ब्राउनसुगर सहित पक्राउ परेका सिलवानको सम्बन्धमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।


 


काठमाण्डौ बैशाख १४ गते । रातो तारा डट कम, स्थानीय तह निर्वाचनमा सुरक्षा प्रयोजनका लागि सरकारले म्यादी प्रहरीलाई खटाएको छ । हालै भर्ना गरिएका ९९ हजार ९ सय ९३ जनालाई ४० दिनका लागि खटाइएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले बताउनुभयो । 

उहाँका अनुसार काठमाडौँ उपत्यकासहित सातै प्रदेशमा ९९ हजार ९ सय ९३ जना म्यादी प्रहरीलाई निर्वाचन सुरक्षाका लागि खटाइएको हो । नेपाल प्रहरीले चुनावको सुरक्षाको लागि भन्दै १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेकोमा २ लाख ९३ हजार ३ सय १४ जनाले आवेदन दिएका थिए । 

आवेदन दिएका मध्येबाट ९९ हजार ९ सय ९३ जनालाई छनोट गरेर तालिम दिएको थियो । २०७८ चैत २७ मा नियुक्ति पत्र लिएका म्यादी प्रहरीले स्थानीय तह निर्वाचन पूरा भएको ७ दिन पछिसम्म काम गर्नेछन् । मतदानस्थलको संवेदनशीलताका आधारमा सातै प्रदेश र उपत्यकामा फरक–फरक सङ्ख्यामा म्यादी प्रहरी परिचालन गरिएको छ । 

मधेस प्रदेशमा सबैभन्दा धेरै २१ हजार म्यादी प्रहरी परिचालन गरिएको छ भने काठमाडौँ उपत्यकामा ४ हजार ७ सय ११ म्यादी प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



काठमाण्डौ बैशाख १४ गते । रातो तारा डट कम, यही बैशाख ३० गते हुने निर्वाचनका लागि, निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि दर्ता भएका उम्मेदवारविरुद्ध परेको उजुरीको आजदेखि छानबिन सुरु गर्ने आयोग जनाएको छ । 

आइतवार र सोमवार मनोनयन दर्ता भएकोमा हिजो उम्मेदवारविरुद्ध उजुरी आह्वान गरिएको थियो । समयमै आएका उजुरीमाथि बैशाख १४ र १५ गते जाँचबुझ हुने र छानबिन पछि निर्वाचन आयोगले निर्णय लिने प्रवक्ता शालिकराज शर्मा पौडेलले जानकारी दिनुभयो । 

आयोगले उम्मेदवारको नामावली बैशाख १५ गते प्रकाशन गर्ने तयारी गरेको छ भने १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन तयारी आयोगले गरिरहेको छ । निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने उल्लेख गरेको छ । 



 


श्याम राई÷उदयपुर  गाईघाट, १२ बैशाख । रातो तारा डट कम, हुरी बताससँगै परेको चट्याङले आँगलागी हुँदा उदयपुरको ताप्ली गाउँपलिका–१ पिपल भन्ज्याङ्गमा मंगलबार साँझ एक घर जलेर नष्ट भएको छ ।

साँझ ५ बजे तिर स्थानीय टेक वहादुर हमालको काठे घरमा चट्याङ परी आँगलागी भएको ताप्ली गाउँपालिकाका अगुवा कृषक तोप वहादुर हमालले बताए । चट्याङ परेको बेला हमाल घरमै भएकोले उनी सामान्य घाईते भएकाछन् । घरमा रहेको खाद्धान्न, लत्ताकपडा, धनमाल सबै जलेर नष्ट हुदा झण्डै ५ लाख बराबरको क्षती भएको उनले बताए ।

त्यसैगरि चट्याङ लागि कटारी नगरपाकिला–१० का अर्जुन सुनुवारको ३ वटा गाई र गोरु मरेको हमालले बताए । 

घर पछाडीको बारीमा चट्याङ पर्दा बाधेर राखेको गाई, गोरु मरेको उनले बताए ।






बेलबारी१३ बैशाख । रातो तारा डट कम, नेकपा एमाले बेलबारी नगरपालिका कमिटीले मंगलबार देखि घरदैलो कार्यक्रम सुरु गरेको छ । सोमबार पार्टीले सवै उम्मेदवारहरुको मनोनयन दर्ता गराएपछि आजबाट घर दैलो कार्यक्रम सुरु गरेको हो ।


घरदैलो कार्यक्रमको पहिले दिन बेलवारी नगरपालिका वडा ११ बाट मेयरका उम्मेदवार दिल प्रसाद राई र उपमेयरका उम्मेदवार तिलकुमारी नेउपानेसहित वडा नं ११ का सबै उम्मेदवार सहितको बृहत् रुपमा कोणसभा सहित घरदैलो कार्यक्रम र मतदाता भेटघाट कार्यक्रम सुरु गरेको र पहिलो दिनमै सयौंको संख्यामा उत्साहजनक उपस्थिति रहेको प्रदेश कमिटी सदस्य सुदन चौहानले वताए।

वडा नम्बर ११ मा नेकपा एमालेको तर्फबाट उम्मेदवारहरु वडा अध्यक्ष पदमा यमबहादुर पोख्रेल (राजन)सदस्यहरु तारा सुन्दास,इन्द्र कुमार राई,रोमा कोइराला,नवराज बस्नेत,रहेका छन् ।

कार्यकर्ताहरु तथा जनताहरुको उत्साह संगै भएको घरदैलो कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य सुदन चौहान,राजकुमार बस्नेत,जिल्ला कमिटी सदस्य तारा पराजुली(ढाका),बेलबारी इन्चार्ज घनश्याम गौतम,पार्टी अध्यक्ष इरान राई,पार्टीका नेता कार्यकर्ता,युवासंघ,अनेमसंघ लगायत मतदाताहरुको बाक्लो उपस्थिति रहेको थियो।

नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा बेलबारी नगरपालिकाकी उपमेयर तारा पराजुलीले आफ्नो पार्टीले अगाडि सारेका उम्मेदवारहरु क्षमतावान, भिजनवाला र विकासप्रेमी र जनभावना बुझेका भएको र यस अघिको निर्वाचनमा घोषणा पत्रमा उल्लेख भएका शतप्रतिशत काम आफूहरुले सम्पन्न गरेकोले जनताप्रति एमाले र एमालेले चुनावी मैदानमा अघि सारेका जनप्रतिनिधिहरुप्रतिको थप विश्वास जागृत भएकोले यसपटकको स्थानीय निर्वाचनमा बेलबारीका ११ ओटै वडाहरुमा एमालेले बिजय हासिल गर्नेमा आफूहरु ढुक्क रहेको बताइन्।

हामी थोरै बोल्छौ काम धेरै गर्छौ भन्ने कुरा हामीले गरेको कामको परिणामले देखाइसकेको छ,यसर्थ हामी यसपटक बेलबारीका सबै वडामा चुनाव जित्छौँ-

नेतृ पराजुलीले भनिन्।


बिराटनगर बैशाख १३ गते। रातो तारा डट कम, चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका र कानून बमोजिम नेपाल मेडिकल काउन्सिलबाट ईलाज गर्नको लागि

ईजाजत पत्र प्राप्त समेत नगरेका ब्यक्तिहरू जिल्ला मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं १ फिलिम हल लाईन स्थितमा श्री राम पाईल्स क्लिनिक र जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं ३ स्थित गछिया चौकमा कल्पना

आयुर्वेदिक क्लिनिक सन्चालन गरी डाक्टर हुँ भनि औषधी उपचार गरी ठगी तथा स्वास्थ्यमा समेत खेलवाड गरी रहेको भन्ने सूचनाको आधारमा मिति २०७९।०१।१२ गते जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले निम्न ब्यक्तिहरूलाई पक्राउ गरी उपचारमा प्रयोग गरिएको सामाग्री सहित मेडिकल काउन्सिलसँग आवश्यक समन्वय समेत गरी सम्मानित मोरङ जिल्ला अदालतबाट ईलाज सम्बन्धी कसूरमा दिन ५ म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको छ । 

निम्न :--

 देश भारत पश्चिम बंगाल राज्य दार्जिलिङ जिल्ला रानिगन्ज पानसाली पन्चायत बस्ने बर्ष २७ को पर्सनजित बर्मन 

क्लिनक संचालन स्थान - जिल्ला मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं १ फिलिम हल लाईन स्थित श्री राम पाईल्स क्लिनिक  ।

 देश भारत पश्चिम बंगाल राज्य दार्जिलिङ जिल्ला देवीगन्ज ग्रामपन्चायत बस्ने बर्ष २९ को सनोड मण्डल ।

क्लिनक संचालन स्थानस् जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं ३ स्थित गछिया चौक( कल्पना आयुर्वेदिक क्लिनिक । 



विराटनगर बैशाख १३ गते । रातो तारा डट कम,आज बिराटनगरमा साक्षत्कार कार्यक्रममा बोल्दै,नेकपा एमालेबाट विराटनगर महानगरपालिकाको प्रमुखको उम्मेदवार सागर थापाले आफुले जिते महानगरपालिकालाई पार्टी कार्यकर्ताको भर्ती केन्द्र नबनाउने प्रतिवद्धता गरेकाछन् ।

महानगरपालिको प्रमुख, उपप्रमुख उम्मेदवारी दर्ता गराएपछि प्रेस चौतारी मोरङले विराटनगरमा आज दिउँसो आयोजना गरेको पत्रकार सम्मेलनमा महानगरको प्रमुखकको उम्मेदवार थापाले यस्तो कुरा बताएका हुन् ।

महानगरपालिकामा अहिले अनआवश्यक कर्मचारी नियुक्त गरि कार्यकता भत्र्ती केन्द्र बनाएको छ,’ थापाले भने, ‘आफु जितेर महानगरपालिका गए अनआवश्यक कर्मचारी कटौति गर्नेछु ।’ आन्तरिक आयले थेग्नै नसक्ने गरि कार्यकर्तालाई महानगरको कर्मचारी नबनाउने उनले बताए । भ्रष्ट्रचार शुन्य सहनशीलता नीति अख्तियार गरि आफु अगाडी बढने बताएका छन ।

प्रदेश १ को एक मात्रै महानगर र राजधानी घोषणा गरिएको आर्थिक नगरीको महत्व घट्न दिईने छैन,’ थापाले भने, ‘एमालेको नेतृत्वले सुरु गरेको विराटनगरको चक्रपथ पाँचवर्षमा सम्पन्न गर्ने अठोट गछौं । २०५१ सालमा तत्कालिन एमालेका नेता गुरु बरालले विराटनगर चक्रपथको अवधारणा अगाडी सारेका थिए ।’ त्यसपछि निर्माण सुस्ताएको चक्रपथलाई पूरा गर्ने कुनै योजना २०७४ मा निर्वाचित जनप्रतिनिधिले नबढाएको आरोप थापाको छ । यसैगरी आन्तरिक आय बृद्धिका कार्यक्रम प्रभावकारी ढंगबाट अगाडी सार्ने, विराटनगरको पहिचान हुने गरिको राजनीतिक संग्राहलय बनाउने उनको भनाई छ ।

विराटनगरले जन्माएका बीपी कोइराला, मातृका कोइराला, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीको परिचय खुल्ने गरिको संग्राहालय स्थापना गर्ने प्रतिवद्धता जाहेर गरिएको छ ।

विराटनगरमा पाँचवर्षमा अनुत्पादक खर्च हुने किसिमका कुनैपनि भौतिक संरचनामा लगानी नगरिने उनको दावी छ ।

यसैगरी प्रदेशको स्थायी राजधानीका लागि जग्गा उपलब्ध गराउने, प्रदेश र संघसँगको बारम्बार समन्वयमा योजना, भएका स्वास्थ्य र शिक्षाका संरचना प्रयोगमा विशेष जोड, उद्यमशीलताको विकास र रोजगारी, अतिविपन्न पहिचान जस्ता कार्यक्रम अगाडी सारिने उनले बताए ।

‘विराटनगरको डुबान र फोहोर व्यवस्थापनलाई प्राथमिकताम राखेर पहिलो र दोस्रो वर्षमा योजना कार्यन्वयन गर्ने आफु योजना रहेको छ,’ उनले सुनाए ।

यसैगरी उपमेयर उम्मेदवार शिल्पा निरला कार्कीले महिला सशक्तिकरणका कार्यक्रम, सचेतना, सुविधा र रोजगारीलाई प्राथमिकतामा राखिने बताइन् । विराटनगर महानगर क्षेत्रमा आवश्यक मात्रामा शौचालय, शौचालयमा महिलाले प्रयोग गर्ने प्याड र चेन्जिङ कक्ष, महानगर क्षेत्रका विभिन्न सार्वजनिक स्थानमा पानीका लागि सय धारा, बालबालिकाको शिक्षा, विद्यालयमा छात्रा योजना, बालिका शिक्षाका लागि प्राथमिकता र सुविधा, अति भीड हुने सार्वजनिक सरोकारको कार्यालयमा ज्येष्ठ नागरिक, गर्भवती महिला र मातृशिशु कक्ष स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

विराटनगर महानगरपालिका क्षेत्रमा महिलाले प्रयोग गर्ने किमिसका सार्वजनिक शौचालय छैनन् । शौचालय भएपनि त्यहाँ पस्न नसकिने र महिला महिनामारी भएको बखत प्याड परिवर्तन गर्न सक्ने अवस्था नभएकोले त्यसमा विशेष ध्यान दिनेछु’, उनले भनिन् ।

नेकपा एमालेका मोरङ इन्चार्ज विनोद ढकालले महानगरको निर्वाचन घोषणापत्र पार्टीले चाँडै सार्वजनिक गर्ने बताए । उनले पार्टीले पठाएका उम्मेदवारले विजयी प्राप्त गरेपछि नागरिकको पक्षमा काम गराउन सधैं खबरदारी र सुझाव दिइने बताए । उनले यस पटक नेकपा एमालेले निर्वाचनमा विजयी हाँसिल गर्ने बताउँदै महानगरको विकासका लागि एमाले कै नेतृत्व आउनुपर्नेमा जोड दिए ।



 


गाईघाट –१३ बैशाख । रातो तारा डट कम,उम्मेदवारी चयन प्रति नेतृत्व संग तिव्र असन्तुष्टि जनाउदै उदयपुरको बेलका नगरपालिकामा क्रियासील नेपाली कागे्रसका १५ जना नेता कार्यकर्ताहरुले पार्टिको साधारण सदस्य समेत नरहने गरी पार्टि परित्याग गरेकाछन् । उनीहरुले सोमवार साझ संयूक्त वीज्ञप्ती  जारी गर्दै कागे्रस परित्याग गरेको घोषणा गरेको हुन । पार्टि परित्याग गर्नेहरुमा कागे्रसका प्रभावशाली पुराना नेता वद्री सापकोटा, पूर्व पार्टि सभापति जय प्रसाद सुवेदी, पूर्व पार्टि सचिव बावुराम थापा, प्रदेश सदस्य भरत कार्की , नगर सचिव माया वली लगाएत १५ जना कागे्रस कार्यकर्ताहरु रहेकाछन् । अघिल्लो निर्वाचनमा पराजीत भएका असोक कार्की लाई पुः न बेलका नगरपालिकाको मेयर पदमा पार्टिले उम्मेदवार बनाए पछि असन्तुष्ट कार्यकर्ताहरुले पार्टि छाडेकाहुन् । एक पटक पराजीत भैसकेको ब्यक्ती लाई पुःन टिकट दिएर मेयर पदमा उठाएको र पार्टिको गुटगत तरीकाले टिकट विवरण गरेको आरोप उनीहरुले वीज्ञप्ती मा उल्लेख गरेका छन । पार्टिमा अरु सक्षम कार्यकर्ताहरु हुदा छदै डा। खड्का पक्षिय कार्यकर्ताहरु लाई मात्र पार्टि बाट टिकट दिईएको उनीहरुले आरोप लगाएकाछन् । उदयपुरको क्षेत्र न। १ परराष्ट्र मन्त्री डा। नारायण खड्का को चुनावी क्षेत्र हो । उक्त क्षेत्र मा पर्ने तिन वटा नगरपालिका मध्ये बेलका र चौढण्डीगढी नपामा उनी पक्षिय कागे्रस कार्यकर्ताले प्रमुख पदमा टिकट पाएर उम्मेदवारी दर्ता गराएकाछन् । 



सुनसरी धरान । रातो तारा डट कम,धरान उमपहानगरपालिका मेयरका उम्मेद्धवार मन्जु भण्डारी सुवेदीले धरानमा रगत अभाव भएकाले रतmदान गर्न आग्रह गर्नु भएको छ । मंगलबार धरान १७ स्थित रेल्वे चौकमा नेपाल रेडक्रस सोसाइटी सुनसरीले आयोजना गरेको आकस्मिक खुल्ला रतmदान कार्यक्रममा उहाले रतmदान गर्न आग्रह गर्नु भएको हो ।उहाँले भन्नु भयो,अहिले धरानमा रगत अभाब भएको कुरा आइरहेको छ , स्वास्थ्य जस्तो कुरामा हामी सवै गंभीर वन्नु आवस्यक छ,अस्पतालमा रगत अभावले छटपटाई रहेकाहरुको जीवन वचाउनु् हामी सवैको कर्तव्य भएकाले सवैलाई रतmदान गर्न आम नगरवासीमा अनुरोध गर्दछु । भण्डारीले चुनावी अभियानमा रहेर पनि एमाले पाटीको तर्फबाट आफ्ना नेता कार्यकर्ता सवैले रतmदान कार्यक्रममा रतmदान गर्ने पनि प्रतिवद्धता व्यतm गर्नु भएको छ । प्रतिष्ठान धरानको व्लड वैंकमा रगत भएको व्लड वैकका कर्मचारी सुवास चन्द्रसिहले वताउनु भयो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रगत अभाव भएपछि नेपाल रेडक्रस सोइसाइटी सुनसरीले सोमबारदेखि धरानका विभिन्न चौक चौकमा रतmदान कार्यक्रम गरिरहेको छ । प्रतिष्ठानको व्लड वैंकमा दैनिक ५० पिण्ट भन्दा वढी रगत आवस्यक हुने वैंकका कर्मचारीले वताएका छन् । 




धरान । रातो तारा डट कम, धरान उप-महानगरपालिकाको आसन्न स्थानीय तहको निर्वाचनमा गठवन्धनको नाममा महिला नेतृत्वलाई उपेक्षा गरिएपछि महिलाहरु असन्तुष्ट वनेका छन् ।

  नेपालको संविधानमा नै महिलालाई प्रमुख वा उपप्रमुख पदमा चुनावमा उम्मेद्धवार वनाउनु पर्ने व्यवस्था भए पनि धरानमा भने चुनावी गठवन्धनबाट महिलाहरुले स्थान नपाएपछि असुन्तुष्ट वढेको हो । 

नेपालीकाँग्रेसबाट चुनावका लागि मेयरमा किसोर राई र नेकपामाओवादी केन्द्रबाट आइन्द्र विक्रम वेघालाई उम्मेद्धवार वनाएको छ । महिला वृतमात्यसको सर्वत्र आलोचनाभएकोछ । महिला सन्जाल धरानकाअध्यक्ष चेतनाश्रेङले गठवन्धनको नाममापुरुषहावीभएको वताएकी छन् । उनले भनिन्,“संविधान र कानुनमा नै महिलालाई अनिवार्य भनिएपनिगठवन्धनको नाममादलहरु असहमतिभए, जस्ले गर्दा धरानमा ५७प्रतिशतमहिलाहरु भएपनि गठवन्धनको नाममा पुरुषवादी हावी भयो । ”त्यसैगरि कानुन समेत वाझिएकाले महिलाहरुले राजनीतिमा पछि पर्नु पर्ने अवस्थाभएको वताइन् । नेकपामाओवादीले पहिलो स्थानीयतहको निर्वाचनमा पनि महिला उम्मेद्धवारलाई वाइपास गरेको थियो । चुनावी गठवन्धनको नाममा माओवादीले आइन्द्र विक्रम वेघालाई मेयरमा उठाएको थियो भने उप मेयरमा तत्कालिन संघीय समाजवादी पाटीको तर्फबाट उप मेयरमा पारस काङमाङ राई थिए । 

त्यसवेला पनि माओवादीले महिलालाई उपेक्षा गरेको भनेर पाटी भित्रै असन्तुष्ट वढेको थियो । यसपालीको स्थानीयतहको चुनावमामाओवादी पाटीले अन्तिम समयमाआएर गठवन्धनमा उम्मेवारी दिएको हो । 

माओवादीका एक महिला नेतृले भनिन्,“एकलचुनाव मैदानमाजाने तयारी थियो ,आन्तरिक तयारी महिलालाई उठाउने थियो तर गठवन्धनले स्वाह पारिदियो ।

 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.