Websoft University

निर्वाचन हुदैछ, विराटनगरमा बाजी कस्ले मार्ला ?


नेत्र पी अधिकारी-विराटनगर– सत्तागठबन्धन दलहरुको बैठकले देशभरका ६ महानगरमा भागबण्डाको सहमति लगत्तै विराटनगर काँग्रेसले गठबन्धनको निर्णय नमान्ने प्रतिक्रिया जनायो । 

केन्द्रीय नेतृत्वको निर्णयलाई महानगर समितिले चुनौति दियो । ०७४ को निर्वाचनलाई आधार बनाएर कांग्रेस एक्लै प्रतिष्पर्धामा जाने महानगर सभापति दिपक चापागाईँले प्रतिक्रिया दिए । उनले भने,‘ ०७४ मा मेयर र उपमेयर नेपाली कांग्रेसले एक्लै जितेकाले दुवै पद छाडिदैन ।’ 

विराटनगर र मोरङ कांग्रेसको नेतृत्वमा डा. शेखर कोइराला निकटका नेता छन् । उनीहरुले विराटनगरको मेयरमा नाम सिफारिस गर्दा पनि आफु पक्षका मोरङ कांग्रेस उपसभापति नागेश कोइरालालाई पहिलो प्राथमिकतामा राखेर गरेका थिए । तर, जिल्ला र महानगर समितिको सिफारिसलाई प्रदेश समितिले उल्टाउँदै अमृत अर्याललाई पहिलो प्राथमिकतामा राख्यो । अर्याल पछिको प्राथमिकतामा डा. डिला संग्रौला र भीम पराजुलीको नाम केन्द्रीय समितिमा सिफारिस गरेपछि विराटनगरको मेयर आफ्नो पक्षका नेताले नपाउन की भन्ने भय कोइराला पक्षमा देखियो । 

प्रदेश समितिको नेतृत्व संस्थापन निकट रहेकाले सत्तागठबन्धनको निर्णयलाई चुनौति दिनेगरि महानगर समिति लागेको सहजै अनुमान लगाउन सकिन्छ । विराटनगरको मेयरको टिकटलाई सभापति शेरबहादुर देउवा, नेता कृष्ण सिटौला र डा.कोइरालाले प्रतिष्ठाका विषय बनाए । वैशाख ११ गते मनोनयन शुरु भईसक्दा पनि मेयरको टिकट फाइनल हुन सकेन । दोश्रो दिनको मनोनयन शुरु भईसक्दा पनि अन्यौल कायम थियो । निकै लामो रस्साकस्सी पछि डा. कोइराला निकटका नेता नागेश कोइरालाले टिकट पाए । 

सोमबार पौने २ वजेतिर टिकट लिएर आएका उनी सोझै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर मनोनयन दर्ता गराए । उनीसँग डा. कोइराला निकटका नेता प्रदेशका मन्त्री केदार कार्की र महानगर सभापति चापागाईँसँगै थिए । नागेशले टिकट पाएसँगै महानगरको नेतृत्वले गठबन्धन विरोधी प्रतिक्रिया दिन चाहेन । टिकटको लडाईमा पराजित भएकाहरु मनोनयन दर्ताका समयमा देखापरेनन् । डा. डिला संग्रौलाले प्रस्तावक बनेर आएको बताईन । मेयरका उम्मेदवार कोइरालाले टिकट नपाउने नेताहरु जिम्मेवार रहेकालेआफुलाई सहयोगगर्नेबताए । उनले भने,‘ केही मनमुटाव होला । चुनावमाहामीसँगैहुने छौं ।’ आफ्नो अनुहार हेरर भन्दापनि पार्टीलाई जिताउन सवै नेता कार्यकर्ता लाग्ने उनको दावी छ । कोइरालाले मेयरमा मनोनयन दर्ता गरेको तेश्रो दिन वितिसक्दापनि संस्थापन पक्षका नेताहरु उनको साथमा देखिएका छैनन । 

गठबन्धनप्रति अनुदार देखिएका डा. कोइरालाले बुधबार विराटनगरमा गठबन्धनका नेताहरुसँगै देखिए । विज्ञप्ति निकाल्दै उनले कांग्रेसलाई अत्यधिक मतले विजयी गराउन आग्रह पनि गरेका छन् । उम्मेदवार छनौटमा देखिएको असन्तुष्टिलाई थाती राखेर निर्वाचनमा होमिन आग्रहगरेकाछन् । 

कांग्रेसको चुनाव जित्ने आधार के छ ? 

कांग्रेसले ०७४ को स्थानीय तह निर्वाचनमा एकल जित्नु नै यसपटकको पनि आधार भएको दावी गरेको छ । विकास निर्माणको काम आफ्नो पालोमा शुरु भएको र अधुरा काम पूरा गर्न कांग्रेसकै नेतृत्व महानगरवासीले खोजेको केन्द्रीय सदस्य डा. डिला संग्रौलाको भनाई छ । औद्योगिक क्षेत्रलाई समेटेर अघि बढ्न सक्ने र यसको संरक्षण गर्न सक्ने क्षमता कांग्रेससँग मात्रै भएको उनको दावी छ । आफुहरुले मात्रै जनताको समस्या निदान गर्न सक्ने डा. संग्रौलाले बताईन । शिक्षा, स्वास्थ्य, खेलकुदको विकासमा कांग्रेसले गतिदिने उनले बताईन । 

महानगरमा हामी जित्ने छौं ः एमाले

नेकपा एमालेले आगामी वैशाख ३० पछि महानगरको नेतृत्वमा आफुहरु पुग्ने दावी गरेको छ । ०७४ सालको स्थानीय निर्वाचनमा ५ हजार ७१० मत अन्तरले पराजित भएको एमालेले यसपटक महानगरमा बाजी मार्ने दावी गरेको हो ।  

एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज विनोद ढकालले विराटनगरमा अबको चुनाव जित्ने पालो एमालेको भएको बताए । सत्तारुढ दलहरु गठबन्धन गरेर एमालेविरुद्ध उभिएपनि जनताको साथ एमालेलाई भएको उनले बताए । सबैको विश्वास जितेर अब विराटनगरमा चुनाव जित्ने पालो एमालेको भएको नेता ढकालले बताए । आर्थिक, शैक्षिक र राजनैतिक हब भनेर चिनिएको विराटनगरको शाख पछिल्लो ५ वर्षमा गिरेर गएको बताए । ५ वर्षअघि चुनिएर आएका जनप्रतिनिधिले विराटनगरका लागि केही गरेनन् । विराटनगरको गुमेको शाख फर्काउने काम एमालेले गर्ने उनले बताए । ढकालले भने,‘ विराटनगरको समृद्धिका लागि नयाँ योजना ल्याइने छ ।’ अवसर पाउँदा मुलुक र जनताका लागि केही गर्न सकिन्छ भन्ने छाप एमालेले छाडेको उनको भनाइ छ । पार्टी विभाजनको असर विराटनगरमा नगन्यरुपमा रहेको उनले बताए । एमाले उम्मेदवार सागर थापा विराटनगरसँग परिचित व्यक्ति भएकोले सहजै निर्वाचन जितिने उनले बताए । उनले भने,‘ हाम्रो उम्मेदवार विराटनगरको धुलोसँग परिचित छ ।’ 

एमाले उम्मेदवार थापाले पार्टी एक ढिक्का भएकाले परिणाम आफ्नो पक्षमा आउने बताए । उनले भने,‘ पार्टीमा समस्या छैन, हामी चुनाव जित्छौं ।’

०७४ लाई फर्केर हेर्दा 

०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका भीम पराजुली फराकिलो मतान्तरले विजयी बनेका थिए । पराजुलीले २३ हजार ३१ मत ल्याउँदा एमालेका विनोद ढकालले १७ हजार ३२१ मत ल्याएका थिए । तत्कालिन संघीय समाजवादी फोरमका उमेश यादवले १४ हजार ९५८ मत ल्याएका थिए । ०७४ को निर्वाचनमा कांग्रेस एक्ले प्रतिष्पर्धामा थियो । एमालेले तत्कालिन विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकसँग गठबन्धन गरेको थियो । उपमेयर लोकतान्त्रिकलाई दिएर एमाले प्रतिष्पर्धामा उत्रिएपनि परिणाम आफ्नो पक्षमा पार्न सकेन । 

एमालेले महानगरका ३ वटा वडामामात्र निर्वाचितभएकोथियो । तीनवटै वडामा थोरै मतअन्तरले एमाले विजयी भएको थियो । ०७४ को स्थानीय तह निर्वाचनमा तेश्रो मत ल्याएका उमेश यादवले अहिले स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिएका छन् । उनको विराटनगरको तल्लो क्षेत्रमा राम्रो प्रभाव छ । उनको उम्मेदवारीले सत्तागठबन्धनको भोट काट्ने देखिएको छ । सत्तागठबन्धन र एमालेले यादवलाई सहयोग गर्न आग्रह गरिरहेको उनी निकट एक नेताले बताए । 

विराटनगरको नेतृत्व क–कस्ले सम्हाले

पञ्चायतकालदेखि हालसम्म ५ जनाले विराटनगरको नेतृत्व गरेका छन् । तत्कालिन मालेले पञ्चायती व्यवस्थाको  भण्डाफोर गर्न ०४३ मा जनपक्षिय उम्मेदवार ध्रुवनारायण श्रेष्ठलाई बनाएको थियो । श्रेष्ठले विराटनगरको पहिलो नेतृत्व गरेका थिए । ०४९ मा नेपाली कांग्रेसका अशोक कोइराला, ०५४ मा एमालेका रमेशचन्द्र पौडेल, शाहीकाल (०६१) मा प्रल्हाद साह र ०७४ मा नेपाली कांग्रेसका भीम पराजुलीले विराटनगरको नेतृत्व गरेका छन् । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.