Websoft University
July 2025


बिराटनगर असार २९ गते ।  मोरङ कटहरी गाउँपालिक वडा नं।०३ कटहरी चोक स्थितमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उत्तरबाट दक्षिणतर्फ जादै गरेको को १ ख ४५१८ नं। को सेतो रङको ट्रकमा रहेको चालक प्रहरीलाई देख्ना साथ ट्रक सोही स्थानमा छाडीफरार भएकोमा उक्त ट्रकलाई चेकजाँच गर्दा बाहिरबाट बन्दाकोवी लोड गरिएको अवस्थामा लागू औषध गाँजा १०५ बोरा ९३१५० के।जी ० फेला पारी ट्रक सहित लागू औषध गाँजा बरामद गरी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई ट्रक चालकको खोजतलास तथा थप अनुसन्धान कार्य भइरहेको ।

पक्राउ परेको सामानको विवरणस्

अबैध लागू औषध गाँजा( ३१५० के।जी।

को, १ ख ४५१८ नं। को सेतो रङको ट्रक थान( १ ।


विराटनगर असार २९ गते ।  आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीका अवसरमा विराटनगरस्थित भानुकला केन्द्रले रथयात्रासहित बहुभाषिक कविगोष्ठी र सम्मान कार्यक्रम सम्पन्न गरेको  छ ।

आइतबार बिहान सन्सारीमाईस्थानबाट भानुभक्त आचार्यको तस्बिरसहित रथयात्रा निकालिएको थियो । रथयात्राले विराटनगरका विभिन्न स्थानको परिक्रमापश्चात सोही स्थानमा पुगेर समापन भएको थियो । 

रथयात्रापछि आयोजित बहुभाषिक कविगोष्ठीमा कवि मधु पोखरेल, शिवनारायण सिंगल, मीनकुमार नवोदित, सरिता तुलाधर, भवानीप्रसाद पोखरेल, सरला चापागाईंलगायतले आ–आफ्ना सिर्जना प्रस्तुत गरे । सोही अवसरमा कवि सीमा आभास र कलाकार सञ्जय मण्डललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, आयोजक संस्थाकी अध्यक्ष माया पौडेल, सचिव प्रचण्ड पौडेल, अग्रज साहित्यकार खेम नेपाली, डा. देवी पन्थी, वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरी, भारतबाट आएका साहित्यकार पीएस यादव अजनवी, विराटनगर प्रज्ञा प्रतिष्ठानका मातृभाषा विभागका प्रमुख शिवनारायण पण्डित सिंगललगायतले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा, साहित्यमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

 

 

 


विराटनगर  असार २८ गते । आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसर पारेर विराटनगर प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको विद्यालयस्तरीय कविता प्रतियोगितामा आदर्श माविका सिद्धार्थ ढकाल प्रथम भएका छन् । 

शनिबार महानगरको सभाहलमा आयोजित प्रतियोगितामा ‘कोशी प्रदेशको यात्रा’ शीर्षकको कविता वाचन गरेर उनले प्रथम स्थान हासिल गरेका हुन् । त्यस्तै प्रतियोगितामा ‘मेरो कथा मेरो व्यथा’ शीर्षकको कविता वाचन गरेर अरनिको स्कुलकी उजेली उप्रेती र ‘म छोरी हुँ’ शीर्षकको कविता वाचन गरेर गायत्री संस्कृति माविकी सुलेखाकुमारी राय द्वितीय भएका छन् । 

अग्रज साहित्यकार गंगा सुवेदी र कवि एवं पत्रकार मीनकुमार नवोदितको निर्णायक समितिले उप्रेती र रायको बराबरी नम्बर आएका कारण दुवैजनालाई द्वितीय घोषणा गरेको थियो । त्यस्तै ‘भानुलाई श्रद्धाञ्जली’ शीर्षकको कविता वाचन गरेर एजेलिया माविकी प्रज्ञा कट्टेल तृतीय हुँदा ‘हाम्रो विराटनगर’ शीर्षकको कविता वाचन गरेर गायत्री संस्कृत माविका छात्र गौरव तिम्सिनाले प्रोत्साहन पुरस्कार प्राप्त गरे ।

त्यस्तै शनिबारै आयोजित चित्रकला प्रतियोगितामा डीपीएस स्कुलकी प्रेरणा पण्डित प्रथम हुँदा डीपीएसकै सभ्या अग्रवाल र सहाया यादव द्वितीय भए । सेन्ट मेरिज स्कुलकी सर्वाणी यादवले तृतीय पुरस्कार पाउँदा गायत्री संस्कृत माविका पियुष चौधरीले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् । चित्रकला प्रतियोगिताको निर्णायकमा कलाकार नरकुमार श्रेष्ठ र यशोदा सिंह लम्साल रहेका थिए । निर्णायकद्वयले प्रतिस्पर्धीहरुमध्येबाट पुरस्कृतहरुको नाम छनौट गरेको थियो ।

 प्रतियोगिताका विजेताहरुलाई विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, सदस्यसचिव दिङ्लाली कान्छो, ललितकला विभागकी प्रमुख अनुराधा थापा, प्रतिष्ठानका प्राज्ञ भूषण ढुङ्गेल, डा. विमला श्रेष्ठ, हरि कट्टेल, अग्रज साहित्यकार एवं निर्णायक गंगा सुवेदी, कवि एवं पत्रकार मीनकुमार नवोदितलगायतले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा कवि चूडामणि नेपाल ‘अकिञ्चन’, हरि कट्टेल, प्रतिमा निरौला, मधु राई, नारायण तिम्सिनालगायतले अप्रतियोगी सिर्जना प्रस्तुत गरेका थिए ।

यसैबीच, प्रतिष्ठानकै आयोजनामा आदिकविको तस्बिरसहित प्रभातफेरीसमेत निकालिएको थियो । महानगर परिसरबाट सुरु भएको प्रभातफेरीले गोल्छाचोक, अतिथिसदन, जलजलाचोक, कालीमन्दिर, बुधहाटचोक, ट्राफिक चोक हुँदै पुनः महानगर परिसरमा आएर समापन भएको थियो । महानगरका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलको प्रमुख आतिथ्यतामा भएको प्रभातफेरीमा कवि मञ्जु शर्मा र प्रतिमा निरौलाले रामायाणका श्लोकहरु वाचन गरेका थिए । 

समापन समारोहमा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, सदस्यसचिव दिङ्लाली कान्छो, ललितकला विभागकी प्रमुख अनुराधा थापा, प्रतिष्ठानका प्राज्ञ भूषण ढुङ्गेल, डा. विमला श्रेष्ठ, हरि कट्टेल, अग्रज साहित्यकार एवं निर्णायक गंगा सुवेदी, कवि एवं पत्रकार मीनकुमार नवोदितलगायतले नेपाली भाषा, साहित्यमा आदिकवि भानुभक्त आचार्यको योगदानको चर्चा गरेका थिए।

 पृथ्वीनारायण शाहले नेपाललाई भौगोलिक रुपमा एकीकरण गरेजस्तै भानुभक्तले विभिन्न भाषामा विभाजित नेपाललाई नेपाली भाषामार्फत एकीकरण गरेको उल्लेख गरे ।

प्रतिष्ठानको आयोजनामा असार २९ गते आइतबार बेलुका साढे ५ बजे कलाकार इन्द्र परियारद्वारा निर्देशित विभिन्न लघु चलचित्र प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।


विराटनगर असार २८ गते । प्रेस चौतारी मोरङले जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार पत्रकार सुदिप कोइरालाई  प्रदान गर्ने भएको छ ।

विराटनगरमा शनिवार बसेको चौतारी मोरङ जिल्ला समितिको बैठकले यस वर्षको पुरस्कार कोइरालालाई दिने निर्णय गरेको अध्यक्ष चीना थापाले जानकारी दिनुभयो । 

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज सुमन सुस्केराको संयोजकत्वमा गठन भएको तीन सदस्यीय पुरस्कार छनौट समितिले सिफारिस गरेको नामलाई चौतारी जिल्ला कार्यसमिति  बैठकलेअनुमोदन गरेको हो । 

पत्रकार कोइराला  कोशी सन्देश डटकम अनलाइनका कार्यकारी सम्पादक  हुनुहुन्छ भने प्रेस चौतारी मोरङका निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ  ।  उहाँ हाल नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको कोषाध्यक्ष हुनुहुन्छ । उहाँ डेढ दशक अघिदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । 

पुरस्कार साउनको दोस्रो हप्ता एक कार्यक्रमको आयोजना गरि वितरण गरिने प्रेस चौतारी मोरङले जनाएको छ । 

२०६६ सालमा स्थापना गरिएको यो पुरस्कार यसअघि  पत्रकार दीपेन न्यौपाने, महेन्द्र विष्ट, नरेन्द्रप्रसाद दाहाल, बन्धु पोखरेल, केदार चौहान, ललिता भट्टराई, बिक्रम लुइँटेल, धर्मराज ढकाल, भुपेन्द्र तिम्सिना , गणेश लम्साल, रामचन्द्र अधिकारी, इन्दिरा भट्टराई , कमल पौडेल , जगन्नाथ भट्टराई, तेजेन्द्र भण्डारी  र  बाबुराम भण्डारीले प्राप्त गरिसक्नुभएको छ ।


विराटनगर  असार २७ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा सर्वोत्तम नतिजा ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको छ ।

विराटनगर महानगरमा आज शुक्रबार आयोजना गरेको कार्यक्रममा महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयबाट ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई महानगरले सम्मान गरेको हो । ४ जीपीए ल्याउने विद्यार्थीहरुमा विकेभिएमका अभियान राजवंशी, गौरव झा, मौलिक ढकाल, नैतिककुमार पौद्दार, प्रिन्सा साह, श्रेहनराज साह, आदर्श माविका प्रिन्सकुमार गुप्ता, प्रियांश यादव, संयोग भट्टराई र श्रेया शर्मालाई सम्मान गरिएको थियो । 

त्यस्तै एभरेष्टका कृति गोयल, प्रेम खतिवडा, पोखरियाकी रागिनी न्यौपाने, सगरमाथाका सुशोभित न्यौपाने, कान्तिपुरका आयुषा कार्की र जेम्स स्कुलकी श्रीजी पोखरेललाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट नतिजा ल्याउने विकेभिएमका प्राचार्य रविन दाहाल, आदर्श माविका प्रधानाध्यापक सन्तोष पोखरेल, एभरेष्टका प्राचार्य टीकाराम पुरी र सहायक प्राचार्य टीएन भण्डारी, पोखरियाका सहायक प्रधानाध्यापक महेश गौतम, सगरमाथाका प्राचार्य त्रिलोचन गौतम, प्राचार्य कान्तिपुरका भेषराज नेपाल (भुवन) र जेम्सका पंकज खड्कालाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, शिक्षा समितिका सदस्य रमानाथ भट्टराई, सावित्री पराजुलीलगायतले सम्मान गर्नुभएको थियो । ७ वटा विद्यालयका १६ जना विद्यार्थीले ४ जीपीए ल्याएका    थिए । मोरङभरिमा ४ जीपीए ल्याउने विद्यार्थीको संख्या १८ जना रहेको छ ।

महानगरका २५ सार्वजनिक र ७२ वटा संस्थागत गरी ९७ वटा विद्यालयका ४ हजार ५२९ जना विद्यार्थीले एसईई दिएका थिए । जसमा ३ हजार ६९० जना अर्थात् ८१ दशमलव ४७ प्रतिशत विद्यार्थी ग्रेडिङ (उत्तीर्ण) भएका छन् । 

८३९ जना भने ननग्रेडिङ भएका छन् । ९७ वटा विद्यालयले एसईई दिएकोमा शतप्रतिशत नतिजा ल्याउने विद्यालयको संख्या २८ रहेको छ । शून्य प्रतिशत नतिजा ल्याउने विद्यालयको संख्या २ रहेको महानगरका शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिनुभयो । महानगर क्षेत्रभित्रका विद्यालयबाट एसईई दिएका १ हजार २२८ जनाले ३.६ भन्दा बढी जीपीए ल्याउन सफल भए ।

सम्मान तथा एसईईको मूल्याङ्कन कार्यक्रममा मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, शैक्षिक महाशाखाका अधिकृत कृष्ण भट्टराई, सुशील दाहाल, प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठ, आदर्श माविका प्रधानाध्यापक सन्तोष पोखरेल, सम्मानित विद्यार्थीहरुका तर्फबाट रागिनी न्यौपानेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

महानगरले विगत ३ वर्षदेखि एसईईमा ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान गर्दै आएको छ । महानगरभित्र सामुदायिक ५६, संस्थागत १२१ र धार्मिक विद्यालयको संख्या २१ रहेको छ । धार्मिक, सामुदायिक र संस्थागत कुल १९७ विद्यालयमा १ देखि १२ कक्षासम्म करिब ८० हजार विद्यार्थी अध्ययनरत छन् ।

 


बिराटनगर असार २७ गते । सन्चारकर्मी संन्चार अंहकारी संस्था लि बिराटनगरले आफनो १४ अेो स्थापना दिवसको अवसर पारेर ४ जना पत्रकारलाइ पुरस्कृत गरेकोछ |कार्यक्रमका 

प्रमुख अतिथि उच्च अदालत बिराटनगरका माननीय मुख्य न्यायाधीश राजन प्रसाद भट्टराईले पुरस्कार बितरण गर्दै सबैलाइ बधाइ दिनु भयो । त्यसैगरी कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी, कोशी प्रदेश मुख्यमन्त्री कार्यालयका सचिव समेतले बोल्नु हुदै बधाइ दिनु भएको  थियो |

तोरेन्द्र डन्दिरा प्रेस स्वतन्त्रता सम्मान पुरस्कार  २०८२ बाट पुराना सक्रिय पत्रकार सुवास ढकाल ५१ हजार र सम्मान पत्र बाट सम्मानित हुनु भएको छ | 

अेामप्रकास गोयल आर्थिक पत्रकारिता पुरस्कार २०८२,बाट नगद५० हजार,सम्मान प्रमाण सहित सक्रिय सन्चारकर्मी बन्धु पोखरेल सम्मानित हुनुभयो |

मेम्बर चन्द्रलाल, दुर्गादेबी दाहाल सन्चार श्रमजीवी पुरस्कार २०८२,बाट रू २१ हजार र प्रमाणपत्र सहित ले अनिल श्रेष्ठ  सम्मानित भएका छन |

मीनादेबी श्रेष्ठ  पत्रकार महिला प्रोत्सान पुरस्कार २०८२,बाट  रोमा दाहाल( निसा) १० हजार र प्रशंसा पत्रबाट सम्मानित भएकि छिन |

 


विराटनगर | बिराटनगर - ११ मा  रहेको गोल्डेन हस्पिटलले खर्चको अभाबले रोग लुकाएर बसेका बिरामी आमा बुबाहरू, बालबालिकाहरू, समेत सबैलाइ सेवा सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्य लिएर अस्पतालले उपचारमा छुटको व्यवस्था गर्ने भएको पत्रकार भेटघाटमा जानकारी  दिएकोछ |  

निजी क्षेत्रबाट सञ्चालित सो अस्पतालले बिहीबार पत्रकार सम्मेलनमार्फत सस्तो र गुणस्तरीय सेवा प्रदान गरी आम जनतालाइ उपचारमा खुसी पारी घर पठाउने प्रतिबद्धता व्यक्त गरेको हो |

अस्पतालका प्रवन्ध निर्देशकले आमजनताको आयश्रोत घटिरहेको र मुलुकको विद्यमान असहज परिस्थितिलाई दृष्टिगत गरी यथासम्भव छुटको व्यवस्थासहित सेवाग्राहीलाई राहत दिने प्रतिबद्धता व्यक्त  गर्नु भयो | उनले यसअघि लिँदै आएको सेवाशुल्कमा २५ देखि ५० प्रतिशतसम्म छुट दिन लागिएको स्पष्ट पार्नुभयो |

मातृ तथा शिशु मृत्यु दर घटाउने, विशेषज्ञ चिकित्सकद्वारा सुरक्षित र भरपर्दो शल्यक्रिया सुनिश्चित गर्ने, पाँच वर्ष मुनीका बालबालिकालाई सहज उपचार बाहेकका सेवामा २५ प्रतिशत छुट दिने र ५० वर्ष माथिका जेष्ठ नागरिकलाई ५० प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाएको उक्त अस्पताल प्रशासनले जनाकारी गराएको छ |



बिराटनगर २०८२ असार २५ गते | औद्योगिक क्ष्ँेत्रमा कार्यरत प्राविधिकहरुको सीप स्तरोन्नतीका लागि उद्योग संगठन मोरङको आयोजना तथा इन्स्योर परियोजनाको सहयोगमा लेथ सेटर अपरेटर, डिजीटल मार्केटिङ र एच.एम.आई. प्रोग्रामिङ विषयमा तालिम सम्पन्न गरेको छ ।

 उद्योगमा कार्यरत प्रँविधिकहरुलाई सीप तथा दक्ष्ँता अभिवृद्धि गर्ने उद्देश्यले संचालित उक्त तीन प्रकारका तालिममा विभिन्न उद्योग प्रतिष्ठानका ५७ जना प्रशिक्ष्ाँर्थीको सहभागिता थियो ।

तालिमको समापनमा संगठनका अध्यक्ष्ँ नन्दकिशोर राठीले प्रशिक्ष्ाँर्थीहरुलाई प्रमाण पत्र वितरण गर्दै उद्योग प्रतिष्ठानमा कार्यरत जनशक्तिको ज्ञान र सीप अभिवृद्धिले उद्योगको उत्पादकत्व वृद्धिमा सहयोग पुग्ने वताए ।  यस क्ष्ँेत्रका उद्योग प्रतिष्ठानको आवश्यकताका आधारमा संगठनले तालिम संचालन गर्दै आएको वताउदै उनले पछिल्लो दिनमा यस प्रकारको तालिममा प्रति उद्योगहरुको अभिरुची वढदै गएकोमा खुशी व्यक्त गरे ।

 २४ दिन सम्म सञ्चालन भएको लेथ सेटर तालिम अन्तर्गत डिजाइन वा ड्रइङअनुसार मेशिन काट्ने, आकार दिने, एच एम आई तालिम अन्तर्गत मानिस र मेसिनबीचको सम्बन्ध सहज, सुरक्षित र प्रभावकारी बनाउने, डिजिटल मार्केटिङ अन्तर्गत छिटो, सस्तो र प्रभावकारी माध्यम प्रचार प्रसार गर्ने तरिकाका सम्वन्धमा सिकाइएको संंगठनले जनाएको छ ।  

 तालिमलाई थप प्रभावकारी वनाउन पछिल्लो समय सम्वन्धीत उद्योगको कार्यस्थल मै राखेर तालिम संचालन गर्ने, उद्योगले आवश्यकताका आधारमा पाठयक्रम तयार गरी यस प्रकारको तालिम संचालन गर्ने नया अभ्यासको प्रारम्भ संगठनले गरेको छ । संगठनले हालसम्म यस क्ष्ँेत्रको विभिन्न उद्योग प्रतिष्ठानका ५ सय ७६ जनालाई भिन्न भिन्न प्रकारको प्राविधिक तालिम उपलब्ध गराएको जनाएको छ ।


विराटनगर असार २५ गते ।  विराटनगरस्थित इग्नाइट फाउण्डेसनको आयोजनामा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।

विराटनगर–१२ मलङ्गवास्थित जनता बाल कल्याण आधारभूत विद्यालयमा आयोजित आँखा जाँच शिविरको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । मेयर कोइरालाको आँखा जाँच गरी शिविरको शुभारम्भ गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोयरालाले मोबाइल र टेलिभिजनमा बढी केन्द्रित हुँदा बालबालिकाहरुमा सानै उमेरदेखि आँखाको समस्या देखिन थालेको बताउनुभयो ।

 उहाँले विद्यालयस्तरदेखि नै आँखाको जाँच गरी समस्या पहिचान गर्न सके ठूलो समस्याबाट बच्च सकिने धारणा राख्नुभयो । ‘विद्यालयमा अध्ययन गर्दा नै आँखाको जाँच गरेर समस्या पहिचान गर्न सके भविष्यमा आउन सक्ने समस्याबाट बच्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘यसतर्फ विद्यालय र अभिभावकले ध्यान दिनु आवश्यक छ ।’ इग्नाइट फाउण्डेसनले समाजसेवामा गरिरहेको कार्यप्रति मेयर कोइरालाले प्रशंसासमेत व्यक्त गर्नुभयो । 

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, मोरङ प्रहरीका प्रमुख एसपी नारायण चिमरिया, विराट रानी आँखा अस्पताल सञ्चालक समितिका अध्यक्ष कमलेस कर्ण, आयोजक संस्थाका अध्यक्ष आश्रेय कोइराला, कोषाध्यक्ष राहुल साहनी, सदस्य रयान थापालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विराट रानी आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षक–शिक्षिकाहरुको आँखाको जाँच गरिएको थियो ।

 शिविरमा ७५ जनाले जाँच गराएका थिए । जसमा एकजना छात्र र दुईजना छात्रामा आँखाको समस्या देखिएको थियो । समस्या देखिएका छात्रछात्रले चस्मा लगाउनुपर्ने अवस्था देखिएको अस्पतालकी नेत्र विशेषज्ञ ज्योति राजवंशीले जानकारी दिनुभयो । उहाँका अनुसार एकजना शिक्षिकाको आँखामा मासु पलाएको पाइएको छ । राजवंशीसहित मनिषा साह, रुविना बेगम, लिरिल चौधरीको स्वास्थ्यकर्मीको टोलीले आँखाको जाँच गरेको थियो ।

फाउण्डेसनले केही समयअघि ट्राफिक चोकमा बटुवाहरुलाई लक्षित गरी चिसो पानी वितरण सुरु गरेको थियो । हाल पनि दुईवटा माटाको भाँडा राखेर पानी वितरणलाई निरन्तरता दिइएको छ । समाजसेवाप्रति युवालाई आकर्षित गर्न इग्नाइट फाउण्डेसन स्थापना गरी विभिन्न सामाजिक कार्य गरिरहेको अध्यक्ष कोइरालाको भनाइ थियो ।


विराटनगर असार २४ गते । दलन बाली पकेट विकास कार्यक्रमअन्तर्गत विराटनगर महानगरपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण गरेको छ ।

विराटनगर–१९ स्थित बैजनाथपुर कृषि सहकारी संस्थालाई महानगरले २४ लाख रुपैयाँ बराबरको कृषि सामग्री हस्तारण गरेको हो । जसमा १२ लाख रुपैयाँ महानगर र १२ लाख रुपैयाँ कृषि सहकारीले व्यहोरेको छ । मंगलबार महानगर परिसरमा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलको उपस्थितिमा आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, आर्थिक विकास महाशाखाका प्रमुख प्रतीक गड्तौला, कृषि तथा पशुपंक्षी विकास शाखाका संयोजक हिरालाल यादवलगायतले कृषि सामग्री हस्तान्तरण गरेका थिए ।

कृषिलाई आधुनिकीकरण र यान्त्रीकरण गर्ने उद्देश्यले महानगरले १ थान ट्याक्टर, २ थान मिनि टिलर, सिचाइ मोटर २ हर्षको ५ थान, स्प्रेयर मेसिन ६ थान, समरसिथल पम्प १ थान र रोटाबेटर १ थान हस्तारण गरिएको थियो । कृषि सहकारीमा आबद्ध कृषकहरूले उक्त सामग्री उपयोग गर्न पाउनेछन् । 

बैजनाथपुर कृषि सहकारीमार्फत कृषि सामग्री प्रयोग गरी स्थानीय कृषकले आफ्ना उत्पादन वृद्धि गर्ने शाखा प्रमुख यादवको भनाइ छ । महानगर क्षेत्रभित्र १ हजार ३७५ हेक्टर खेतीयोग्य जमिन रहेको छ । विशेष गरी ४, ६, ११, १२, १४, १६, १८ र १९ नम्बर वडामा बढी खेतीयोग्य जमिन रहेको छ । त्यस्तै महानगरभित्र ३६ वटा कृषक समूह रहेका छन् । ती समूहमार्फत महानगरले कृषिसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

 

 


विराटनगर, २०८२ असार २२ गते | सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको १४ औं स्थापना दिवसको अवसरमा चारजना पत्रकारहरुलाई पुरस्कृत गरिने भएको छ ।

सञ्चारकर्मी सञ्चार सहकारीको आइतबार बसेको कार्यसमितिको बैठकले हरेक वर्ष असार २७ गते मनाइने संस्थाको स्थापना दिवसका अवसरमा प्रदान गरिने पुरस्कारबाट पुरस्कृत हुने पत्रकारहरूको नाम टुंगो लगाएको हो ।

पुरस्कार दातासहितको परामर्श एवं पुरस्कार छनोट समितिको सिफारिसको आधारमा पुरस्कृत हुने पत्रकारहरूको नाम टुंगो लगाएको सहकारीका अध्यक्ष दीपक दाहालले जानकारी दिए ।

अध्यक्ष दाहालका अनुसार ५१ हजार रुपैयाँ राशिको तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मान नेपाल पत्रकार महासंघ मोरङका संस्थापक अध्यक्ष एवम् नेपाल खोज अनलाइनका प्रधान सम्पादक सुवास  ढकाललाई प्रदान गर्ने निर्णय भएको जनाइएको छ ।

१० हजार रुपैयाँ राशिको मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कार विराट पोष्टकी पत्रकार रुमा दाहाल ९निशा० लाई प्रदान गर्ने निर्णय भएको जनाइएको छ ।

त्यसैगरी  २१ हजार रुपैयाँ राशिको मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार ब्लाष्ट दैनिक विराटनगरका सम्वाददाता अनिल श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको जनाइएको छ ।

५० हजार रुपैयाँ राशिको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष एवम् उद्घोष दैनिकका पत्रकार बन्धु पोखरेललाई  प्रदान गर्ने निर्णय भएको जनाइएको छ ।

यसभन्दा अगाडि तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मानबाट राजेन्द्र दाहाल, प्रमोद प्रधान र मोहन भण्डारी सम्मानित भई सकेका छन् ।

मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कारबाट सुशीला पाठक, इन्दिरा भट्टराई, बिनु तिम्सिना, ज्योति चौहान, उमा थापा, राजकुमारी तामाङ, एलिना दियाली, उषा सरदार, रञ्जीता पोखरेल र झुना भट्टराई सम्मानित भई सकेका छन् ।

मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार रोहितकुमार लुइटेल, मोहन मानन्धर, उद्धव घिमिरे, अभयकुमार राई, देवनारायण साह, मोहम्मद सदरुल, तारा आचार्य, बाबुराम भण्डारी, सन्तोष सिग्देल, नवीनचन्द्र कर्ण सम्मानित भई सकेका छन् ।

त्यस्तै ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कारबाट भीम चापागाईं (इलाम) गजेन्द्र बुढाथोकी (काठमाडौं)अनन्तराज न्यौपाने, मीनकुमार श्रेष्ठ, मोहन मानन्धर, नवराज कट्टेल र सुशीला पाठक सम्मानित भई सकेका छन् ।


काठमाडौं | कोशी प्रदेशको अग्रणी शैक्षिक संस्था ग्रीनल्याण्ड कलेज (१०+२) लाई ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८२’ प्रदान गरिएको छ। चन्द्रलोक प्रतिष्ठान नेपालद्वारा प्रदान गरिएको उक्त सम्मान काठमाडौँमा आयोजित एक विशेष समारोहमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हस्तान्तरण गरेका हुन्।

कलेजले विशेषगरी मेडिकल, इन्जिनियरिङ र CMAT प्रवेश परीक्षामा उपत्यकाबाहिरकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको आधारमा यो सम्मान प्राप्त गरेको हो।

सम्मान प्राप्तिपछि कलेज प्रशासनले एक विज्ञप्ति जारी गर्दै यो उपलब्धिमा महत्वपूर्ण भूमिका खेलेका शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, शुभचिन्तक तथा समाजप्रति आभार प्रकट गरेको छ। कलेज परिवारका अनुसार यस्तो सम्मानले भविष्यमा अझ लगनशीलताका साथ शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउने प्रेरणा मिलेको छ।

ग्रीनल्याण्ड कलेज विगतदेखि नै विज्ञान तथा व्यवस्थापन सङ्कायमा उत्कृष्ट शैक्षिक परिणामका कारण लोकप्रिय रहँदै आएको छ।


विराटनगर  बिराटनगर असार २० गते । उसु संघ मोरङको आयोजनामा शुक्रबारदेखि कोशी प्रदेशस्तरीय उसु प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले खेलकुदले व्यक्तिको शारीरिक र मानसिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले खेलकुदले मानिसलाई अनुशासित बनाउनुका साथै स्वस्थ बनाउने उल्लेख गर्नुभयो । 

मेयर कोइरालले खेल क्षेत्रमा लागेका व्यक्तिहरुले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नाम र दाम कमाएको बताउनुभयो । ‘खेलकुदमा लागेका व्यक्तिले राष्ट्रय तथा अन्तर्राष्ट्रियस्तरमा नाम, इज्जत र पैसा कमाएका छन्,’ मेयर कोइरालाले थप्नुभयो, ‘त्यसका लागि दत्तचित्त भएर लाग्नु आवश्यक छ ।’

कोइरालाले खेलकुदका माध्यमबाट आणविक र आर्थिक रुपमा जस्तोसुकै शक्तिशाली मुलुकलाई पनि परास्त गर्न सकिने धारणा राख्नुभयो । विराटनगर महानगरपालिकाले पनि खेलकुदलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो । उहाँले विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्ने उद्देश्यले महानगरले हरेक वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितासमेत आयोजना गर्दै आएको स्मरण गराउनुभयो ।

 उसु संघ मोरङका अध्यक्ष दीपक चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा  नेपाली कांग्रेस मोरङका कार्यबाहक अध्यक्ष भक्तिनाथ माझी, नेपाली कांग्रेस मोरङको खेलकुद विभाग प्रमुख प्रकाश दाहाल, नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य वसिम आलम, जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष इन्द्र लामा, नेका मोरङ सदस्य सन्तोष दासलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संघले हरेक वर्ष प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्ने गरेको अध्यक्ष दीपक चापागाईंले बताउनुभयो ।

प्रतियोगितामा कोशी प्रदेशका मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, भोजपुर, संखुवासभा जिल्लाका ११२ जना खेलाडी सहभागी भएको उसु संघ मोरङका सचिव विनोद मारिकले जानकारी दिनुभयो । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ । प्रतियोगिताका विजेताले मेडल, ट्रफी, प्रमाणपत्र प्राप्त गर्नेछन् ।


बिराटनगर  २०८२ असार २० गते | शुक्रबार विभिन्न रोगको विशेषज्ञ डाक्टरहरुबाट सेवा दिने उद्देश्यले फेवा सेकेन्डरी बोर्डिङ स्कुल, केराबारीमा वृहद निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा संचालन गरिएको छ ।

मोरङ उद्योग व्यापार संघ र नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल विराटनगरको संयुक्त आयोजना तथा केराबारी व्यापार प्रवन्ध समितिको समन्वयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

संघका अध्यक्ष श्री अनुपम राठीको अध्यक्षमा आयोजित उक्त शिविरमा जनरल मेडिसिन सेवा, स्त्रीरोग सेवा, हाडजोर्नी नसा रोग सेवा, बालरोग सेवा, नाक, कान, घाँटी सेवा, दन्तरोग सेवा, शल्यक्रियाचिकित्सा सेवा, आँखाजाँच सेवा, रेडियोलोजी सेवा, ईसिजि ९मुटुको जाँच० सेवा, ल्याव परिक्षण ९रगत, पिसाव जाँच० सेवाहरुबाट ७०० भन्दा बढी स्थानीयवासीहरुले सेवा लिई लाभान्वित भएका थिए ।

दुरदराजमा रहेका सर्वसाधारणहरुको स्वास्थ्य उपचारलाई ध्यानमा राखी मोरङ उद्योग व्यापार संघ र नोबेल हस्पिटल निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । सो क्षेत्रका नगरवासीहरुको स्वास्थ्य परिक्षण, विभिन्न रोगका चेक जाँच गर्न अझ बढी सहज होस भन्ने उद्देश्यले सो शिविर राखिएको हो ।

एक दिने उक्त शिविरमा संघका वरिष्ठ उपाध्यक्ष श्री अनिल कुमार साह, प्रवक्ता श्री दिपेश सुवेदी, स्वास्थ्य शिविर संयोजक एवम् संघका आमन्त्रित सदस्य डा।दिपेन्द्र नौलखा, युवा उद्यम समिति संयोजक श्री अमित अग्रवाल, महिला उद्यम समितिकी सह–संयोजक श्री साधना झा, सचिव श्री जीना श्रेष्ठ, संघका प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण रेग्मी त्यसैगरी केरावारी व्यापार प्रवन्ध समितिका अध्यक्ष लगायत कार्यसमितिको उपस्थिति रहेको थियो ।


विराटनगर । विराटनगरको अरनिको कलेजमा कक्षा ११ का भर्ना हुने नयाँ विद्यार्थीलाई प्रवेश परीक्षा दिएका छन् ।

आज (विहिबार)कलेजले विज्ञान विषयमा अध्ययन गर्न १ हजार ५० सिटका लागि २ हजार भन्दा बढी विद्याथीीले परीक्षा दिएका हुन् । कलेजका प्रिन्सिपल राजेश कार्कीले अरनिको कलेज प्रति विश्वास गर्ने अभिभावक र विद्यार्थीलाई धन्यवाद ज्ञापन गर्दै हामी प्रति गरेको विश्वासलाई कलेज प्रसाशनले डगमगाउन दिने छैन । कलेजले प्राप्त गरेको उचाईलाई अझै थप उचाइमा पुयाउन कडा मेहनत, परिश्रम र लगनशिलका साथ निरन्तरता दिन चाहन्छौँ ।

अरनिको कलेजमा प्रवेश परीक्षा दिएका विद्यार्थीहरूलाई एसईईको अङ्क र प्रवेश परीक्षामा पाएको अङ्कको आधारमा १० हजारदेखि १ लाख १५ हजारसम्म छुट दिने प्रिन्सिपल कार्कीले बताए । कलेजमा अध्ययन गरेका हाल अमेरिकामा रहेका पूर्व दुई विद्यार्थी दिवस थापा र नीलहरि भण्डारीे कलेजमा कक्षा ११ को विज्ञान संकाय तर्फ अध्ययन गर्न आएका ३ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्र् िदिएका छन् । 

थापाले २ जना र भण्डारीले १ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा अध्ययन गराउने छन् । थापाको खर्चमा २ जना गरिब जेहेनदार विद्यार्थी र भण्डारीको खर्चमा सरकारी स्कुलबाट अध्ययन गरेर आएका १ जना विद्यार्थीले निःशुल्क रुपमा अरनिको कलेजमा पढ्न पाउने छन् ।

कलेजमा सुनसरी, मोरङ, सप्तरी, सिरहाका ८५ देखि ९०प्रतिशत र बाँकी १० देखि १५ प्रतिशत अन्य जिल्लाका विद्यार्थीले प्रवेश परीक्षा दिएका थिए ।


विराटनगर ।  गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावकहरूको पहिलो रोजाइमा परेको विराटनगरको कान्तिपुर कलेजमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरूको उल्लेखनीय चाप देखिएको छ।
 

कलेजले आज आयोजना गरेको प्रवेश परीक्षामा निर्धारित कोटाभन्दा धेरै विद्यार्थीहरूले सहभागिता जनाएका छन्।
कक्षा ११ को तीन वटा संकायमा कूल १ हजार ५० जनाको कोटा निर्धारण गरिएको भएपनि १ हजार ४ सय ३२ जना विद्यार्थीले प्रवेश परीक्षामा सहभागिता जनाएको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए। यो संख्याले कलेजप्रति विद्यार्थीहरूको बढ्दो आकर्षण र विश्वासलाई देखाएको छ।

संकायगत कोटा वितरणका आधारमा कलेजमा विज्ञान संकायमा ४ सय ५० जना, व्यवस्थापन संकायमा ४ सय ५० जना र होटल व्यवस्थापन संकायमा १ सय ५० जनाको कोटा निर्धारण गरिएको छ। सबै संकायमा कोटाभन्दा बढी विद्यार्थीहरूले आवेदन दिएका छन्।

प्रिन्सिपल नेपालका अनुसार, एसर्इर्इमा ४ जिपिए ल्याउनेदेखि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूले कान्तिपुर कलेजलाई आफ्नो पहिलो रोजाइको रूपमा लिएका छन्। यसले कलेजको शैक्षिक गुणस्तर र प्रतिष्ठालाई झल्काउँछ।

‘हामी गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध छौं र विद्यार्थीहरूको यो उत्साहजनक सहभागिताले हाम्रो मेहनत र लगनशीलताको परिणाम देखाएको छ,’ प्रिन्सिपल नेपालले भने।

कलेजले आफ्ना विद्यार्थीहरूलाई आधुनिक सुविधा सहितको गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। यसैले गर्दा कलेजको प्रतिष्ठा र विश्वसनीयता निरन्तर बृद्धि भइरहेको छ।

प्रवेश परीक्षाको परिणामको आधारमा योग्य विद्यार्थीहरू छनोट गरिने र छनोट भएका विद्यार्थीहरूलाई भर्ना प्रक्रिया अगाडि बढाइने कलेजले जनाएको छ। असार १९,


विराटनगर । एसईई मा ४ जीपीए ल्याउने ७ जनाले विराटनगर–५ स्थित एभरेष्ट कलेजलाई रोज्ने भएका छन् । ति मध्ये चार जनाले बिहिबार भर्ना गरिसकेको एभरेष्ट कलेजले जनाएको छ । कलेजका अनुसार बिहीबार एभरेष्ट बाट एसईई दिएका प्रेम खतिवडा र कृती गोयल यस्तै झापा गौरादह स्थित माउण्ट एभरेष्टका अर्पण राय र मोरङकै पथरी शनिश्चरे स्थित वाल्मीकि स्कुलका निश्चल न्यौपानेले एभरेष्टमा भर्ना गर्नु भएको हो । यस्तै आइतबार ४ जीपीए ल्याउने थप तीन जनाले भर्ना गर्ने एभरेष्ट कलेज प्रशासनले जानकारी दिएको छ । एभरेष्ट कलेजले कक्षा ११ मा विज्ञान र व्यवस्थापन संकायमा २४५ जना मात्र भर्ना लिने जनाएको छ ।

 जसमध्ये विज्ञान संकायमा चार सेक्सनका लागि १४० विद्यार्थी र व्यवस्थापन संकायका तीन सेक्सनका लागि १०५ जना मात्र विद्यार्थी भर्ना लिने भएको हो । एभरेष्टले प्रत्येक कक्षामा ३५ जना मात्र विद्यार्थी अध्यापन गराउँदै आएको छ । यस वर्षदेखि एआई (कृतिम बौद्धिकता) र साइबर सेक्यूरिटी लगायतका विषयको समेत कक्षा सञ्चालन गर्ने भन्दै एभरेष्टले विद्यार्थीको शैक्षिक उन्नयनका लागि अतिरिक्त  ‘माई सेकेण्ड टिचर’ को प्लेटफर्म समेत तयार गरेको छ ।

 जहाँबाट अभिभावकले आफ्नो सन्तानले कति जानेको रहेछ भन्ने सहजै थाहा पाउन सक्छन् भने विद्यार्थीहरुले कलेजमा सिकेका कुराहरुलाई दोहोर्‍याई–दोहोर्‍याइ अध्ययन गर्ने तथा अभ्यास गर्न पाउने छन् । यसैगरि एभरेष्टले मेडिकल तथा इन्जिनियरिङ फिल्ड रोज्ने विद्यार्थीको लागि ‘प्रि मेडिकल’ र ‘प्रि इन्जिनियरिङ’ कक्षा सञ्चालन गर्दै आएको छ । काठमाडौंका ख्यातिप्राप्त संस्थाहरु नेम र पीईए सँगको सहकार्यमा प्रि कक्षाहरु सञ्चालन गर्दै आएको कलेजले जनाएको छ 

यसैबीच अभिभावक र विद्यार्थीको आग्रहमा असार १८ को प्रवेश परीक्षामा सहभागि हुन नपाएका पहाडी तथा आसपासका जिल्लाका विद्यार्थीलाई लक्षित गर्दै शनिवार पुनः प्रवेश परिक्षा लिइने एभरेष्टले जानकारी गराएको छ । एभरेष्टका भाइस प्रिन्सिपल कुन्दन पुरीका अनुसार बाहिरबाट आउने विद्यार्थीको आग्रह अनुसार शनिवार विहान ८ बजेदेखि प्रवेश परिक्षा तोकिएको हो । उक्त दिन कारणवस १८ गते सहभागि हुन नसकेको मोरङकै विद्यार्थीलाई मौका दिइने उहाँले बताउनुभयो ।


विराटनगर असार २०गते । मोरङ उद्योग व्यापार संघ र त्रिभुवन विश्वविद्यालयबीच साझेदारी गर्ने समझदारी भएको छ । विद्यार्थीलाई व्यावहारिक ज्ञान, प्रत्यक्ष अनुभव तथा अनुसन्धानमा सहयोग पुर्याउने विषयमा हिजो समझदारी गरिएको हो ।

काठमाडौंमा मोरङ उद्योग व्यापार संघ र त्रिभुवन विश्वविद्यालयबीच साझेदारी बिहीबार आयोजित कार्यक्रममा दुई पक्षले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । समझदारी पत्रमा संघका तर्फबाट अध्यक्ष अनुपम राठी त्रिभुवन तथा विश्वविद्यालयका तर्फबाट प्रा. डा. केदारप्रसाद रिजालले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा संघका महासचिव सञ्जयकुमार श्रेष्ठ र कार्यसमिति सदस्यद्वय डा. बन्दना जैन र गोपाल अग्रवाल तथा त्रिवि व्यवस्थापन संकायका डीन प्रा. डा. महानन्द चालिसको उपस्थिति थियो ।

यो समझदारी अनुसार विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक सशक्तीकरणको लागि इन्टर्नशिप, अनुभवजन्य शिक्षा, औद्योगिक भ्रमण, संरक्षकता तथा मार्गदर्शन जस्ता व्यावहारिक स्रोतहरू उपलब्ध गराइने भएको छ ।

यी सबै सेवा मोरङ उद्योग वाणिज्य संघको पहुँचमा रहेका निजी क्षेत्रका उद्योग–व्यावसायिक संस्थाहरू मार्फत गरिनेछ । यसले नेपालमा सीपमा आधारित रोजगारी तथा ‘प्लेसमेन्ट’ को लागि स्वस्थ वातावरण निर्माणमा योगदान पुर्याउने दुवै पक्षले विश्वास व्यक्त गरेका छन् ।

समझदारी अनुसार संघको संस्थागत उद्देश्य पूरा गर्नका लागि त्रिभुवन विश्वविद्यालयले विषयगत विद्यार्थी वा स्रोत व्यक्तिहरू प्रदान गर्नेछ । यसले अनुसन्धान, छलफल, अन्तर्क्रिया तथा प्रतिवेदन तयारी जस्ता कामहरूमा सहयोग पुर्याउने जनाइएको छ । यसैगरी, औद्योगिक, आर्थिक, वातावरणीय नीति, आपूर्ति श्रृंखलाको सुधारमा पनि टेवा पुर्याउने विश्वास दुई संस्थाको छ ।

यसैगरी, दुई पक्षबीच उपलब्ध वा बाह्य स्रोतबाट संकलन गरिएका संकाय सदस्य, विशेषज्ञ वा सम्बन्धित क्षेत्रका विज्ञहरूको अनुभव आदान प्रदान गर्न जनशक्ति उपलब्ध गराइने समझदारी पनि भएको छ । यसले विविध विषयहरूमा देखिएका समस्या समाधान तथा सुधार प्रक्रियामा सहयोग पुर्याउने जनाइएको छ ।

उपलब्ध संकाय सदस्य, विशेषज्ञ तथा विज्ञहरूले सामाजिक, शैक्षिक, औद्योगिक, वैज्ञानिक तथा अन्य सान्दर्भिक विषयमा अनुसन्धान तथा ‘केस स्टडी’ गर्ने छन् । तथ्यमा आधारित निष्कर्ष संकलन, मस्यौदा तयार गर्ने र मोरङ उद्योग व्यापारसंघ तथा त्रिविमा प्रकाशित गर्ने छन् ।

यसैगरी, त्रिविले उद्योग, व्यापार, बजार र वातावरणसँग सम्बन्धित समस्याहरूको अनुसन्धान, अध्ययन, पहिचान र प्रसारण गर्नका लागि विषयमा आधारित विद्यार्थीहरू तथा स्रोत व्यक्तिहरू उपलब्ध गराउने छ ।

निजी क्षेत्रको पहिलो व्यावसयिक संस्था मोरङ उद्योग व्यापार संघमा ६ सयभन्दा बढी उद्योगहरू आबद्ध भएकाले यसको आफ्नै व्यावसायिक सञ्जाल विस्तार भएको छ । यसैगरी, समझदारीअनुसार कार्यक्रम सञ्चालन गर्न संघले अन्य उद्योग वाणिज्य संघहरूसँग पनि समन्वय र सहकार्य गर्ने अध्यक्ष राठीले बताए ।

यसले त्रिविका विद्यार्थी तथा संकाय सदस्यहरूलाई आवश्यकता अनुसार औद्योगिक भ्रमणको व्यवस्था, उद्योग विशेषज्ञहरूसँग अन्तर्क्रिया, व्यवस्थापन सम्बन्धी ज्ञान आदानप्रदान गर्नेछ । 

यस्तै, सिकाइ अनुभवमा वृद्धिको अवसर, सीप विकास, रोजगारीको सम्भाव्यता, अनुसन्धान, संवाद, सञ्जाल निर्माण तथा उद्योगसम्बन्धी समस्या पहिचान गरी तिनको समाधान गर्न आपसी सहयोगमा पहल गर्ने समझदारी पनि भएको अध्यक्ष राठीले जानकारी दिए ।

संघका अनुसार समझदारीको मुख्य उद्देश्य अनुसन्धान, अध्ययन, तथ्य, तथ्यांक तथा सरोकारवालासँगको छलफलको आधारमा व्यवसाय, उद्योग, वातावरणसम्बन्धी समस्याहरू सम्बन्धित सरकारी निकायहरूमा प्रस्तुत गर्नु हो । 

यसले उद्योग–शिक्षा सम्बन्धी अनुसन्धान तथा वातावरणीय प्रयोगशाला विश्लेषणसमेत गर्ने संघको भनाइ छ । त्रिविले आफ्नो विद्यार्थी तथा संकाय सदस्यहरूलाई अनुसन्धान गतिविधिमा संलग्न गराउने भएको छ । संकाय सदस्यहरूले विद्यार्थीहरूलाईआवश्यक परामर्श दिनेछन् । 

उल्लेखित उद्देश्य पूरा गर्नका लागि संघले समस्या समाधानमा संलग्न टोलीलाई विशेषज्ञता उपलब्ध गराउने छ । उल्लेखित उद्देश्यका लागि दुवै संस्थाले आफ्ना प्रयोगशाला सुविधाहरू उपलब्ध गराउने पनि सहमति गरिएको छ । संघका अध्यक्ष राठीले उक्त समझदारीपत्रको अवधि पाँच वर्षको हुने जानकारी दिए ।


विराटनगर असार १९ गते । नयाँ व्यवस्थापनमा सञ्चालनमा आएको विराटनगर–९ स्थित लर्ड बुद्ध कलेजमा कक्षा ११ को प्रवेश परीक्षा लिएको छ ।

कलेजले ५ सय ४० कोटामा ७ सय ५६ जना विद्यार्थीले प्रवेश परीक्षा दिएको  कलेजका अध्यक्ष पप्पु अन्सारीले जानकारी ऊए ।

कलेजमा हुने होटल मेनेजमेन्ट, विञान, व्यवस्थापन र कम्प्युटर मेनेजमेन्ट स्ंकायको अध्यापन हुने छ । ४ जिपिए ल्याउने ५ जना विद्यार्थीले प्रवेश परीक्षा दिएका अध्यक्ष अन्सारी बताए ।

कलेजका अध्यक्ष अन्सारीले भने हामी शिक्षा मात्रै होइन, भविष्य बनाउने  अभियानमा छौं । होटल मेनेजमेन्टजस्ता व्यवसायिक कार्यक्रमहरूप्रति विद्यार्थीको चासो दिनदिनै बढ्दो छ, जुन हाम्रो शिक्षण पद्धति र प्रयोगात्मक तालिमको प्रतिफल हो ।” उनले थप स्पष्ट पारे हामीले रोजगारीमुखी शिक्षा दिन चाहेका हौं । त्यसका लागि अनुभवी शिक्षक, व्यवस्थित प्रयोगशाला, आधुनिक कक्षा कोठा र विदेशसमेत अवसर दिने वातावरण निर्माण गरेका छौं ।”

यस वर्षको भर्ना प्रक्रिया अत्यन्तै प्रतिस्पर्धात्मक भएको भन्दै कलेजले छिट्टै अन्तिम नतिजा प्रकाशन गरी कक्षा सञ्चालनको तयारी थाल्ने कलेजले जनाएको छ ।

कलेजको नयाँ व्यवस्थापनमा  पप्पु अन्सरी, दिनेश पण्डित, विनोद भण्डारी, सागर श्रेष्ठ, सविता दाहाल, खुर्शिद अन्सरी, पार्वती रिजाल, ज्याती मिश्रा, मन्टु मण्डल र अजय रौनियार रहेका छन् ।


विराटनगर असार १८ गते । कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई विराटनगर–९ मा रहेको ग्रिनल्याण्ड कलेजले आज प्रवेश परीक्षा लिएको छ ।

कलेजमा भएको परीक्षामा विज्ञान, होटेल मेनेनमेन्ट र व्यवस्थान संकायका गरी १ हजार ५१ जना विद्यार्थीले परीक्षा दिएका कलेजका प्रिन्सिपल दिनेश दाहालले जानकारी दिए । 

प्रिन्सिपल दाहालका अनुसार ७ सय ५० विद्यार्थी भर्ना गर्ने बताए । कलेजमा प्रवेश परीक्षा दिएका विद्यार्थीहरूलाई एसईईको अङ्क र प्रवेश परीक्षामा पाएको अङ्कको आधारमा छुट दिने प्रिन्सिपल दाहालले बताए ।


विराटनगर असार १८ गते । विराटनगर–९ मा रहेको शिक्षादिप कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई आज प्रवेश परीक्षा लिएको छ ।

विज्ञान संकायको भएको परीक्षामा ८ सय  सिटका लागि लिएको परीक्षामा करिव २ हजारभन्दा  बढी विद्यार्थी परीक्षामा सहभागि रहेको विज्ञान संकायका को–अर्डिनेटर नविन रायले जानकारी दिए ।

कोशी प्रदेश, मधेस प्रदेश कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको जुम्लाका विद्यार्थीले प्रवेश परीक्षा दिएको प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी गराए । कोशी प्रदेशको राजधानी विराटनगरको शिक्षादीप कलेजमा कोशी र मधेस प्रदेश बाहेक पहिलो पटक कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको जुम्लाका विद्यार्थी प्रवेश परीक्षामा सहभागिता जनाएका हुन् ।

विहान र दिउँसो गरी २ सिफ्टमा अध्ययनका लागि ८ सय विद्यार्थीलाई मात्र भर्ना लिएको प्रिन्सिपल खड्काले बताए ।


विराटनगर असार १८ गते । विराटनगर–५ स्थित एभरेष्ट कलेजमा कक्षा ११ मा भर्ना हुन लागि ५१७ जनाले आज प्रवेश परिक्षा दिएका छन् । सिमित सिटमा मात्र भर्ना लिने एभरेष्टले विज्ञान र व्यवस्थापन संकायका लागि प्रवेश परिक्षा लिएको हो ।

 एभरेष्ट कलेजले विज्ञान संकायमा चार सेक्सनका लागि १४० जना र व्यवस्थापन संकायको तीन सेक्सनमा १०५ जना मात्र विद्यार्थी भर्ना लिइने बताएको छ । प्रवेश परिक्षा दिने विद्यार्थीहरूमा ४ जीपीए ल्याउने ५ जना प्रेम खतिवडा, कृति गोयल, श्रेय शर्मा, संयोग भट्टराई र अर्पण रोयले प्रवेश परिक्षा दिनुभएको हो । 

एभरेष्टले एउटा कक्षा कोठामा ३५ जना मात्र विद्यार्थी अध्यापन गराउँदै आएको छ  भने कक्षा कोठालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार वातानुकुलित, पूर्ण डिजिटलाइज बनाएको छ । यस्तै प्रविधिको पूर्ण उपयोग गरेको छ । 

सुविधासम्पन्न भौतिक संरचना, अनुभवी प्राध्यापकहरु, अन्तर्राष्ट्रिय स्तरको शैक्षिक वातावरण तथा  पर्याप्त खेलकुद र अतिरिक्त कृयाकलापले विद्यार्थी तथा अभिभावकलाई मोहित बनाउँदै आएको  छ । ‘हामी विद्यार्थीको संख्या धेरै बनाउन नभई हाम्रा विद्यार्थीलाई अब्बल बनाउन चाहन्छौं’ प्रिन्सिपल टिकाराम पुरीले भन्नुभयो,‘हामी हाम्रो कोटा अनुसार मात्र विद्यार्थी भर्ना लिनेछौं ।’ 

यस्तै एभरेष्टले यस वर्षदेखि विद्यार्थीलाई युग सापेक्ष अघि बढ्न एआई (कृतिम बौद्धिकता) , साइबर सेक्यूरिटी लगायतका विषयको समेत कक्षा सञ्चालन गर्ने भएको छ । हरेक विद्यार्थीको शैक्षिक उन्नयन रोकिन नपाओस् भन्नका लागि ‘माई सेकेण्ड टिचर’ एप्लिकेशनको उपयोग गरेको छ । जसबाट विद्यार्थीहरुले मोबाईल तथा ग्याजेटका माध्यमबाट कलेजमा सिकेका कुराहरुलाई दोहो¥याई–दोहो¥याई अध्ययन गर्ने तथा अभ्यास गर्न पाउने कलेजले जनाएको छ ।

 माई सेकेण्ड टिचरले विद्यार्थीहरुलाई नबुझ्दा सम्म सिक्न प्रेरित गर्ने मात्र नभई ग्याजेटको सहि सदुपयोग गर्न समेत अभिप्रेरित गर्दै आएको छ । यसैगरि एभरेष्टले मेडिकल तथा इन्जिनियरिङ फिल्ड रोज्ने विद्यार्थीको लागि ‘प्रि मेडिकल’ र ‘प्रि इन्जिनियरिङ’ कक्षा सञ्चालन गर्दै आएको छ । काठमाडौंका ख्यातिप्राप्त संस्थाहरु नेम र पीईए सँगको सहकार्यमा प्रि कक्षाहरु सञ्चालन गर्दै आएको कलेजले जनाएको छ ।


विराटनगर असार १७ गते । गणेश लम्सालबाट- कोशी प्रदेश सरकारले निर्माण गर्न लागेको आम सञ्चार विधेयकमा नागरिक समाजको तर्फबाट संकलन भएको सुझाव बिषयगत समितिलाई हस्तान्तरण गरिएको छ ।

साझा सवालका लागि साझा मञ्च कोकनले सोमवार कोशी प्रदेश सभाको न्याय प्रशासन तथा विद्यायन समिति सभापति कमला दर्नाल र सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीलाई बिधेयकको सुझाव हस्तान्तरण गरेको हो ।

कोकनले विभिन्न चरणमा कोशी सरकारले प्रदेश सभामा दर्ता गराएको विधेयकको मस्यौदामा नागरिक समाजको तर्फबाट पत्रकार , अधिकारकर्मी , सांसदहरुसँग सुझाव संकलन गरेको अध्यक्ष मन्जिता उपाध्यायले बताइन । उनका अनुसार विधेयकको छलफलमा सञ्चार विज्ञ कमल पौडेल र कानुन विज्ञ कोषराज न्यौपानेले सहभागीता जनाएका थिए ।

कोकनले  संघिय कानुन , प्रत्योजित कानुन , राष्ट्रिय अन्तराष्ट्रिय अभ्यास , शमावेशीता , र सर्वस्विकार्यताको आधारमा सरोकारवालाहरुसँग छलफल गरेर सुझाव संकलन गरेको कानुन विज्ञ अधिवक्त्ता कोषराज न्यौपानेले जानकारी गराए ।

 विज्ञ न्यौपानेका अनुसार छलफलबाट  आम  सञ्चार प्रतिष्ठानलाई परिषद बनाउनुपर्ने , पदाधिकारीहरुको अनुभव बढाउनुपर्ने सिमान्तकृतहरुको योग्यता र अनुभव घटाउनुपर्ने अध्यक्ष  र रजिष्ट्रारको अधिकार प्रस्ट बाँडफाँड गरिनुपर्ने सञ्चार माध्यमको दर्ता नविकरण रजिष्टारले र पत्रपत्रिकाको बर्गीकरण लगायतका बिषय अध्यक्ष मार्फत निर्णय हुनुपर्ने समाचारलाई बौद्धिक सम्पत्तीको रुपमा सरक्षण गर्नुपर्ने , सञ्चार माध्यमको दर्ता नगरिकरण शुल्क पचास प्रतिशत घटाउनुपर्ने लगायत ६५ वटा शुझावहरु विधेयकमा शमावेश गरिएको छ ।

विधेयकको सुझावबारे जानकारी लिँदै आन्तरिक मामिला मन्त्री रेवतीरमण भण्डारीले कुनैपनि विधेयकमा शंसोधन सुझाव आवश्यक भएकोले कोननले सरोकारवालाहरुसँग छलफल  गरेर राखेको सुझावहरुलाई समिति र सरकार दुबैले ग्रहण गर्ने प्रतिबद्धता जनाए ।उनले प्रदेश सभामा छलफलमा रहेको आमसञ्चार विधेयक प्रतिष्ठान भन्दा पनि परिषद नै बनाए अधिकार सम्पन्न हुने बताए ।

कोशीका पत्रकारहरुले माग गर्दै आएको आम सञ्चार विधेयक प्रदेश सभाको पहिलो कार्यकालमा प्रदेश सभामा   दर्ता भएपनि छलफल गरेर विद्यायन समितिले प्रतिवेदन नदिँदा कानुन बन्न सकेको थिएन । दोस्रो कार्यकालमा बल्ल आमसञ्चार प्रतिष्ठान विधेयक प्रदेश सभामा दर्ता भएर दफावार छलफलका लागि विधायन समितिमा पठाइएको हो ।

 आम सञ्चार विधेकमा प्रदेश सभामा एक दर्जन शंसोधन प्रस्ताव दर्ता भएको छ । विधेयकलाई परिपक्व बनाउन संसदीय पत्रकार मञ्च कोशीले पनि विधेयकलाई परिपक्व बनाउन संसदीय पत्रकार मञ्च र पत्रकार महासंघ कोशीले पनि छलफल गरि सुझाव संकलन गरेर प्रदेश सभालाई बुझाइसकेको छ ।    


विराटनगर, १७ गते |  गणेश लम्साल-मोरङको बुढीगंगा गाउँपालिका–४ हात्तीमुडामा केन्द्रिय कार्यालय रहेको मनमोहन प्राविधिक विश्वविद्यालयले हिजो आइतवार आदर्श नेता तथा पूर्वप्रधानमन्त्री स्व. मनमोहन अधिकारीको १०५औं जन्मजयन्ती धुमधामसँगै मनायो । कार्यक्रममा संरक्षण समिति सदस्य, सभासद, पालिका अध्यक्ष लगायतको उपस्थितिमा नेता अधिकारीको शालिकमा माल्यार्पण गर्दै उनलाई सम्झना गरिएको थिया । उक्त्त अवसरमा विश्वविद्यालय परिसरमा रक्तदान, वृक्षारोपण तथा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार पनि वितरण गरिएको थियो ।

पुरस्कार वितरणकै क्रममा विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले आक्रोश पोख्दै विरोधीहरूलाई कडा जवाफ दिएका थिए । उनले देशकै पहिलो प्राविधिक विश्वविद्यालय सीमित बजेटका बीच पनि प्रगतिपथमा अघि बढिरहेको अवस्थामा विभिन्न भ्रमपूर्ण हल्ला फैलाउन थालिएको भन्दै आपत्ति जनाए। “मनमोहन विश्वविद्यालय बन्द हुन्छ भन्ने हल्ला गर्नेहरूले हेरेर राखून्, आगामी दश वर्षमै यो विश्वविद्यालय दक्षिण एसियामा चिनिन्छ,” उपकुलपति पोखरेलले दाबी गरे।

उनले विश्वविद्यालयले उत्पादनमुखी अनुसन्धानमा सफलता हात पारिसकेको र विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याइरहेका कारण प्रगतिको यात्रा कसैले रोक्न नसक्ने बताए। “ जति बाधा हालेपनि हामी सीमित स्रोत र चुनौतीलाई पार गर्दै आगामी दश वर्षभित्र दक्षिण एसियामा चिनिने यात्रामा सफलता हासिल गरेरै छाड्छौं,” भिसी पोखरेलले भने। उनका अनुसार विश्वविद्यालयले सन् २०३० भित्रका महत्वाकांक्षी लक्ष्यसहित रणनीति तयार गरी कार्यान्वयन गरिरहेको छ।

पोखरेलले विश्वविद्यालयमा सीमित बजेट र जनशक्ति हुँदाहुँदै पनि मधुमेह नियन्त्रण तथा अन्य औषधि उत्पादनमा विज्ञ टोलीबाट अनुसन्धान भइरहेको जानकारी दिए। उनका अनुसार फार्मेसी संकायका विद्यार्थीहरूको समूहले विभिन्न प्रकारका भिक्स र सन्चो औषधिहरू उत्पादन गरिसकेका छन् भने मधुमेहका लागि जडीबुटीजन्य औषधि उत्पादनको तयारी भइरहेको छ।

 यस्तै, विश्वविद्यालयमा ‘एमालेकरण’ बढेको र अनियमितता भएको आरोपका सन्दर्भमा उपकुलपति पोखरेलले विश्वविद्यालयले विश्वविद्यालयमा मधेश, तराई र पहाड सबैतिरका विद्यार्थीहरु पढने गरेको र शिक्षकहरुले पढाउँदै आएको बताए । उनले अध्यापन र अनुसन्धान विस्तार गर्ने लक्ष्यसहित अघि बढिरहेको स्पष्ट पारे । धनकुटा जिल्ला अस्पताललाई शिक्षण अस्पतालमा स्तरोन्नति गर्न लागिएको र कोशी प्रदेश सरकारले प्रक्रिया अघि बढाएकोमा धन्यवाद दिंदै यसै शैक्षिक सत्रदेखि बीएससी नर्सिङ, बीएनएमटी, साइकोलोजी काउन्सिलिङ लगायतका विषयमा कक्षा सुरु गरिने भिसी पोखरेलले जानकारी दिए ।

प्रदेश सरकारले २०७६ सालमा स्थापना गरेको यो विश्वविद्यालयले २०७८ सालदेखि उच्च प्राविधिक शिक्षा सञ्चालन गर्दै आएको छ । हाल यहाँ सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ, कानूनमा बीबीए–एलएलबी, अपराधशास्त्रमा एलएलएम, हस्पिटल एन्ड हेल्थकेयर म्यानेजमेन्ट, फार्मेसी लगायतका विषयमा पढाइ हुँदै आएको छ। साथै, आंगिक शिक्षालय पोलिटेक्निकमार्फत आठ विषयमा डिप्लोमा तहको शिक्षासमेत दिइरहेको छ । मनमोहनले भ्यागुतो जस्तै उफ्रेर लक्ष्य हासिल गर्न मिसन २०३० रणनीति पनि तयार गरेको छ ।

विश्वविद्यालय भएर पनि डिप्लोमा तहको शिक्षालाई समेटेर गुणस्तर गिराएको भन्ने आरोपको सन्दर्भमा उपकुलपति पोखरेलले प्राविधिक विश्वविद्यालयको जग नै पोलिटेक्निक भएको उल्लेख गरे। “विश्वका धेरै देशमा केजीदेखि पीएचडीसम्मको अध्यापन गराउने विश्वविद्यालयहरू छन्, त्यसैले पोलिटेक्निक र विश्वविद्यालय अलग हुने कुरा होइन,” उनले भने। “विश्वविद्यालय हल्लाका भरमा बन्द हुने होइन, केवल पात्रहरू फेरिन सक्छन्।”

बुढीगंगा–२ टंकीका स्थानीय तथा कोशी प्रदेश सांसद, पूर्वमुख्यमन्त्री र पूर्वउपकुलपति समेत रहेका केदार कार्कीले विश्वविद्यालयमा ‘एमालेकरण’ भएको भन्दै खारेजीको माग गर्दै प्रदेश सभामा आवाज उठाएका थिए । सांसद कार्कीले  मनमोहनमा वेथिती बढको भन्दै छानविन समिति बनाउन पनि माग गरेका थिए । यता उपकुलपति पोखरेलले चाँही प्रदेश सरकारले पर्याप्त बजेट दिन नसक्दा लक्ष्य अनुसार सफलता हासिल गर्न समस्या भैरहेको र बेथिती भए अख्तियारबाटै छानविन गराएर दोषी पाइए कानुन अनुसार कार्वाही गराउन चेतावनी दिएका छन ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.