विराटनगर | बिराटनगर - ११ मा रहेको गोल्डेन हस्पिटलले खर्चको अभाबले रोग लुकाएर बसेका बिरामी आमा बुबाहरू, बालबालिकाहरू, समेत सबैलाइ सेवा सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्य लिएर अस्पतालले उपचारमा छुटको व्यवस्था गर्ने भएको पत्रकार भेटघाटमा जानकारी दिएकोछ |
निजी क्षेत्रबाट सञ्चालित सो अस्पतालले बिहीबार पत्रकार सम्मेलनमार्फत सस्तो र गुणस्तरीय सेवा प्रदान गरी आम जनतालाइ उपचारमा खुसी पारी घर पठाउने प्रतिबद्धता व्यक्त गरेको हो |
अस्पतालका प्रवन्ध निर्देशकले आमजनताको आयश्रोत घटिरहेको र मुलुकको विद्यमान असहज परिस्थितिलाई दृष्टिगत गरी यथासम्भव छुटको व्यवस्थासहित सेवाग्राहीलाई राहत दिने प्रतिबद्धता व्यक्त गर्नु भयो | उनले यसअघि लिँदै आएको सेवाशुल्कमा २५ देखि ५० प्रतिशतसम्म छुट दिन लागिएको स्पष्ट पार्नुभयो |
मातृ तथा शिशु मृत्यु दर घटाउने, विशेषज्ञ चिकित्सकद्वारा सुरक्षित र भरपर्दो शल्यक्रिया सुनिश्चित गर्ने, पाँच वर्ष मुनीका बालबालिकालाई सहज उपचार बाहेकका सेवामा २५ प्रतिशत छुट दिने र ५० वर्ष माथिका जेष्ठ नागरिकलाई ५० प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाएको उक्त अस्पताल प्रशासनले जनाकारी गराएको छ |
Post a Comment