Websoft University
December 2023


श्याम राई, उदयपुर- गाईघाट, १५ पौष |  प्रहरीले १४ केजी ६० ग्राम गाजा सहित शनिबार दिउँसो एक जनालाई पक्राऊ गरेको छ ।

संखुवासभा खादबारी नगरपालिका–३ घर भै उदयपुरको कटारी नगरपालिका–४ सिम्ले बस्दै आएका ४९ वर्षिय सन्तोष राईलाई पक्राऊ परेको प्रहरीले जनाएको छ । राईले भान्सा कोठामा खाडल खनी बोरामा लुकाएर राखेको अबस्थामा गाजा बरामद गरिएको प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए । पक्राऊ परेका राई गाजा कारोबारी हुन सक्ने प्रहरीले जनाएको छ । गाजा कारोबारीकै लागि उनी उदयपुरमा डेरा लिएर बस्ने गरेको हुन सक्ने भए पनि अनुसन्धान कै क्रम रहेकोले विस्तृत विवरण आउन बाकी रहेको चौधरीले बताए ।

जिल्लाको उत्तर पश्चिम क्षेत्रमा अबैध रुपमा गाजा खेती हुने गरेको छ । प्रहरीले वर्षेनी गाजा खेती नष्ट गर्दै आएको भए पनि गाजाको खेती भने रोकिएको छैन । माओबादी जनयुद्धकालमा जिल्लाको सो क्षेत्रमा गाजा खेती स्थानीय बासिन्दाहरुले सुरुवात गरेका थिए । प्रहरीले शुक्रबार पनि बेलका नगरपालिकाको सेती खोलाबाट ११ केजी ८२० ग्राम गाजा सहित ३ जनालाई पक्राऊ गरेको थियो ।

 

 


 

 


 


बिराटनगर | २०८० पौष १४ गते, शनिबार | मोरंग व्यापार संघद्वारा संचालित ‘मोरंग व्यापार संघ एक्स्पो २०२३’को आज नवौँ दिन शनिबार एक्स्पोमा पाइला टेक्ने ठाउँ थिएन । पुस ६ गतेदेखि १६ गतेसम्म संचालन हुने अन्तर्राष्ट्रिय स्तरको एक्स्पोमा उपभोक्ता एवं अवलोकनकर्ताको भारी भीड निरन्तर बढ्दै गइरहेको छ । 

एक्स्पोमा २२० स्टल छन् । प्रत्येक स्टलमा उपभोक्ताको भीड थियो । उपभोक्ताले स्टलमा प्रदर्शन गरिएका सामान बारे जिज्ञासा राख्ने, आफूलाई मन परेको सामग्री किन्ने गरेका थिए । उपभोक्ताको स्वागतका लागि स्टल संचालकलाई भ्याई न भ्याई थियो । एक्स्पोमा रहेका विभिन्न खानाका स्टलमा समेत अवलोकनकर्ताको बाक्लो भीड थियो । जर्मन प्रविधिद्वारा निर्मित ह्याङ्गरका स्टलमा भीडका कारण हिड्नपनि कठिन थियो । ती स्टलका कुनैपनि टेबल खाली थिएनन् । 


खाद्यान्न, भान्सामा प्रयोग हुने सामग्री, प्लाष्टिकका सामान, हस्तकला, चियापत्ती, फलफुलका जुस एवं स्क्वास, कार्पेट, पाइप, मरमसाला, गाडी, ट्युब टायर र गार्मेन्ट्सका स्टलमा उपभोक्ताको अत्याधिक चासो देखियो । भारत, पाकिस्तान र बङ्गलादेशका स्टलमा राखिएका सामग्री बारे जान्ने र किन्ने उपभोक्ताकोपनि कमी थिएन । विदाको दिन एक्स्पोस्थलको चौरमा बसेर तातो घामको आनन्द लिने अनि सुन्तला, बदाम लगायतका खानेकुरा खाने अवलोकनकर्ताले चौर भरिएको थियो । 


स्टेजमा विभिन्न स्कुलका बालबालिकाको गीत गायन र नृत्य लगायतका सांस्कृतिक कार्यक्रमले एक्स्पोमा रौनकता थपिएको थियो । एक्स्पोमा कन्यामदेखि ल्याइएका २ मुष्तण्ड घोडामा चढेर घुम्न अवलोकनकर्ता ज्यादै हौस्यिएका थिए । अवलोकनकर्ता माझ ५५ फिटको आइफिल टावर आकर्षणको विषय बनेको छ । टावरको छेउमा बसेर फोटो खिच्ने र खिचाउने कार्य दिनभर नै चलिरहेको छ । 

एक्स्पो संचालन भएकै दिनदेखि चर्चित राष्ट्रिय अन्तर्राष्ट्रिय कलाकारको सांगितिक प्रस्तुति बेजोड रहेको छ । हजारौँ दर्शक आफ्ना मन परेका कलाकारले गीत गाएको प्रत्यक्ष हेर्न टाढा–टाढाबाट आउने गरेका छन् । शनिबार अस्मिता अधिकारी, राजनराज सुवेदी र कुटुम्ब बैण्डले आफ्नो प्रस्तुतिबाट स्टेज तताउने निश्चित छ भने आइतबारको वाङ्गदेन शेर्पा, डीजे तामा, समर्पण लामा र आशिष अविरलको प्रस्तुतीकालागि दर्शक प्रतिक्षारत छन् । 


संघका अध्यक्ष नविन रिजालले आर्थिक क्षेत्र चलायमानकालागि एक्स्पोले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले देशमा आर्थिक संकटको अवस्था रहेको र यस्तो विषम परिस्थितिमा एक्स्पो संचालन चानचुने नभएको बताए । अध्यक्ष रिजालले एक्स्पोमा उपभोक्ताको अत्याधिक भीडले विराटनगरमा प्रदशनस्थल आवश्यक रहेको भन्ने प्रमाणित गरिदिएको बताए । 


एक्स्पोका संयोजक अनिल साहले एक्स्पोमा हिमाल, पहाड र तराईको प्रतिनिधित्व रहेको बताए । उनले एक्स्पोमा मनोरञ्जनलाई पनि उत्तिकै ध्यान दिइएको बताए । एक्स्पोमा ब्रेक डान्स, रेल, झुला, रोटेपिङ्ग चढ्न बालबालिका, युवायुवती उत्साहित बन्ने गरेको बताए ।


सह–संयोजक सञ्जय श्रेष्ठले एक्स्पोमा अवलोकनकर्ताले पीरो अमिलो चटपटीदेखि सोल्टी होटलको ५ तारे खानेकुराको स्वाद लिन पाउने बताए । अर्का सह–संयोजक अमित सारडाले एक्स्पोमा सन्तोषजनक कारोबार भएको र सोचेभन्दा बढी सफल भएको बताए ।

 

 

 

 


  


विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ज्येष्ठ नागरिकको अनुभवबाट सयौं पृष्ठको पुस्तकमा नपाउने ज्ञान प्राप्त गर्न सकिने बताउनुभएको छ ।

विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा कार्यसमितिको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै मेयर कोइरालाले ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र सीप उपयोग गर्न सके समाज समृद्ध  हुने बताउनुभयो । “पढेर भन्दा परेर जानिन्छ भनिन्छ । हुन पनि हो ज्येष्ठ नागरिकहरुले अनेक आरोह–अवरोह, सफलता–असफलताका अनगिन्ति अनुभवहरु संगालोका हुन्छन्,” उहाँले भन्नुभयो, “ती अनुभव र ज्ञानलाई ग्रहण गरेर त्यसलाई व्यवहारमा उतार्न सकियो भने समाज विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।”

मेयर कोइरालाले ज्येष्ठ नागरिकबाट अनुभव मात्रै नभएर संस्कार र संस्कृति पनि सिक्न सकिने उल्लेख गर्नुभयो । ज्येष्ठ नागरिकका जीवनका विभिन्न कालखण्डमा ग्रहण गरेका अनुभव र ज्ञानलाई समाज विकासमा लगाउनु जरुरी उहाँको भनाइ थियो । 

ज्येष्ठ नागरिकको सम्मानमा महानगर सधैं तत्पर रहेको उहाँको भनाइ थियो । महानगरले ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवासहित ८० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको मेयर कोइरालाले जानकारी दिनुभयो । मेयर कोइरालाले ज्येष्ठ नागरिकका नैतिक आदर्शलाई नयाँ पुस्तामा हस्तान्तरण हुने व्यवस्थाको सिर्जना गर्दै परिवार, समाज तथा राष्ट्रलाई असल संस्कृतिको निरन्तरता र समाजसापेक्ष विकासको प्रेरणाको रूपमा लिनु जरुरी रहेको औंल्याउनुभयो ।

तेस्रो साधारणसभाका अवसरमा समितिले चारजना व्यक्तिलाई सम्मानसमेत गरेको छ । भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउनुहुने समाजसेवी चिरञ्जीवि दाहाल, भवन निर्माणका लागि आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका खेल्नुहुने महानगरकी तत्कालीन उपमेयर इन्दिरा कार्की, वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने र योग प्रशिक्षक शोभा कोइरालालाई सम्मान गरिएको थियो ।

 कोइरालाले ज्येष्ठ नागरिक भवनमा हरेक बिहान योगाभ्यास गराउँदै आउनुभएको छ । चारजनालाई नै मेयर कोइरालाले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा समाजसेवी यादनरसिंह कार्की, संस्थाका अध्यक्ष ललित श्रेष्ठ, सचिव अर्जुन भट्टराई, कोषाध्यक्ष भरत कार्की, इन्द्र खतिवडालगायतले ज्येष्ठ नागरिकलाई राज्यले सम्मान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

 


विराटनगर ÷ नेपाल प्रेस कोशी प्रदेश समितिले १४ वटै जिल्लामा पत्रकारको क्षमता विकासका लागि प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।

प्रदेश अध्यक्ष मीनकुमार नवोदितको अध्यक्षतामा शनिबार विराटनगरमा बसेको बैठकले पत्रकारहरूको विधागत क्षमता विकासका लागि केन्द्रसँग समन्वय गरी जिल्ला शाखाहरूमार्फत १४ वटै जिल्लामा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको हो । 

पछिल्लो समय पत्रकारिता विधागत रुपमा अगाडि बढिरहेकाले सोहीअनुसार पत्रकारहरूको पनि क्षमता विकास गर्नु जरुरी देखेर प्रदेशका सबै जिल्लामा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरिएको अध्यक्ष नवोदितले जानकारी दिए । त्यस्तै बैठकले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनलाई प्रेस युनियनको पक्षमा पार्नका लागि युनियनमा आबद्ध पत्रकारहरूको सदस्यता प्राप्तिका लागि महासंघ प्रदेश समितिबाट केन्द्रीय समितिमा सिफारिस भएका नामावली माग गरी युनियनमा आबद्ध पत्रकारको पक्षमा न्यायोचित कदम चाल्न जिल्ला समितिसँग समन्वय गरी प्रभावकारी कदम अगाडि बढाउने निर्णय गरेको छ ।

युनियनका सचिव विनय बाह्रकोटीका अनुसार नयाँ वर्ष २०८१ का अवसरमा भित्तेपात्रो (क्यालेण्डर) प्रकाशनका लागि कोषाध्यक्ष कविराज घिमिरेको संयोजकत्वमा आशिष यादव र चुमन बस्नेत सदस्य रहनेगरी प्रकाशन समितिसमेत गठन गरेको छ । सोही बैठकले नेपाल प्रेस युनियनमा आबद्ध जिल्ला तथा प्रदेश शाखाका गतिविधि समेटिएको स्मारिका २०८२ सालभित्र प्रकाशन गर्ने गरी अध्यक्ष नवोदितको संयोजकत्वमा ज्ञानेन्द्र निरौला, संजीव वाग्ले, सरला रेग्मी, सुजन ब्रजाचार्य र नरेन्द्र राई सदस्य रहेको समिति गठन गरेको छ ।

 पछिल्लो समय श्रमजीवि पत्रकारको श्रमशोषण तथा जागिरबाट निकाल्ने गतिविधि भइरहेको प्रति युनियनको बैठकले खेद व्यक्त गरेको सचिव बाह्रकोटीले जानकारी दिए । त्यस्तै तत्कालै जिल्लागत रुपमा पीडित पत्रकारहरूको विवरण संकलन गरी पुनरबहाली तथा श्रमअनुसारको पारिश्रमिक प्राप्तिका लागि युनियनले खबरदारी गर्ने भएको छ । गत मंसिर ८ गते बसेको सचिवालय बैठकले गरेका निर्णय पनि कार्यसमिति बैठकले अनुमोदन गरेको छ । सचिवालय बैठकले सल्लाहकार र परामर्श समिति गठन गरेको थियो ।

बैठकले युनियन कोशी प्रदेश समितिका सल्लाहकार लीलाबल्लभ घिमिरे कोशी प्रदेशका माननीय मुख्यमन्त्री केदार कार्कीको सचिवालयमा जनसम्पर्क सल्लाहकारमा नियुक्त भएको बधाई ज्ञापन गर्नुका साथै परामर्श समितिका सदस्य राजेन्द्र गौतमका पिता डिल्लीराम गौतमको निधनप्रति शोक व्यक्त गर्दै समवेदना प्रकट गरेको छ ।


मोहन कुमार राई÷ भोटखोला गाउँपालिका वडा नं. २ वस्ने अन्दाजी वर्ष ३५ को छिरिङ भोटे र सोही गाउँपालिका  वडा नंं २  च्याम्ताङ वस्ने वाङ्गा भोटेकी छोरी अन्दाजी वर्ष १८ की डेमा थिकेपा नाम वताउने महिलालाई सालकको खपेटा (आखेटोपहार) सहित प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रहरी चौकी चेपुवा संखुवासभाबाट खटिएको प्रहरी टोलिले ग्रामीण गस्ती गर्ने क्रममा जिल्ला संखुवासभा भोटखोला गाउँपालिका वडा नं. ०२ च्याम्ताङस्थित चेपुवाबाट च्याम्ताङ जाने पैदल बाटोमा सामान सहितको बोरा बोकी हिड्दै गरेका मानिसहरुले प्रहरी टोलीलाई देख्‍नासाथ उक्त बोराहरु फाली तत्काल भागी फरार भएको थियो । 

प्रहरी टोलिले उक्त स्थानमा फेला परेको ७(सात) वटा बोरा चेकजाँच गर्ने क्रममा बोरा भित्र सालकको खपेटा (आखेटोपहार) फेला परेको थियो । फेला परेको उक्त बोराहरु फाली फरार हुने व्यक्तिहरुको खोजतलास गर्ने क्रममा सोही दिन वडा नं. ०२ च्याम्ताङ स्थित गोरेटो बाटोमा भोटखोला गाँउपालिका वडा नं. ०२ बस्ने वर्ष अं. ३५ को छिरिङ भोटेलाई फेला पारी प्रारम्भिक रुपमा सोधपुछ् गर्दा निजले आफू समेतले उक्त सालकको खपेटा बोरामा हाली बोकी लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा प्रहरीलाई देखी फालेको भनी बताएको हुँदा निजलाई तत्काल नियन्त्रणमा लिईएको थियो ।

७ वटा बोरामा प्याकिङ्ग गरेको अवस्थामा रहेको उक्त सालकको खपेटा जस्तो देखिने पदार्थको कुल तौल (बोरा बाहेक) २०८.७६ के.जि रहेको जिल्ला प्रहरी कार्यालय, संखुवासभाका मिडिया समन्वय अधिकृत प्रहरी निरीक्षक राम कुमार लामिछानेले जानकारी दिनुभयो ।

 पक्राउ परेका निज छिरिङ भोटेबाट प्रारम्भिक सोधपुछ्को क्रममा हुलिया खुल्न आए बमोजिमको व्यक्तिको खोजतलास गर्ने क्रममा भोटखोला गाँउपालिका वडा नं. ०२ स्थित अरुणोदय उच्च मा.वि. नजिकबाट भोटखोला गाउँपालिका वडा नं. ०२ च्याम्ताङ बस्ने वाङ्गा भोटेकी छोरी वर्ष अं. १८ की डेमा थिकेपा नाम थर, वतन बताउने महिलालाई नियन्त्रणमा लिईएको समेत प्रहरी स्रोतले जनाएको छ ।

यस सम्वन्धमा थप अनुसन्धानको लागि पक्राउ परेका प्रतिवादीहरूलाई बरामद भएको सालकको खपेटा (आखेटोपहार) जस्तो देखिने पदार्थ, घटनास्थल मुचुल्का लगायतका कागजातहरू सहित मकालु बरूण राष्ट्रिय निकुन्ज कार्यालय हेदङ्नामा पौष १३  गते बुझाईएको समेत प्रहरी कार्यालयले जनाएको छ ।


 


श्याम राई, उदयपुर - गाईघाट, १४ पौष | प्रहरीले झण्डै १२ केजी गाजा सहित ३ जनालाई पक्राऊ गरेको छ ।भारत तर्फ निकासी गर्न लागेको अबस्थामा ११ केजी ८२० ग्राम अबैध गाजा सहित उदयपुरको बेलका नगरपालिका–८ सेती खोला छेउबाट शुक्रबार साँझ सोही ठाउँका वर्ष ४० का मुगालाल राई, बर्ष २१ का सुबास राई र सुनसरी बराहक्षेत्र नगरपालिका तित्रीगाक्षि घर भै सेती खोला बस्दै आएका ४१ वर्षिय शंकर माझीलाई पक्राऊ गरिएको प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए । विशेष सूचनाको आधारमा उनीहरुलाई ईलाका प्रहरी कार्यालय रामपुरबाट गएको प्रहरी टोलिले पक्राऊ गरेको उनले बताए । पक्राऊ परेका उनीहरु अबैध गाजाको कारोबारी भएको खुल्न आएको छ । उनीहरुलाई १० दिनको जिल्ला अदालत उदयपुरबाट म्याद लिएर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

 

 

 


 


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले ६ वटा प्रदेशका मुख्यमन्त्रीहरूलाई आज नै सर्वदलीय बैठक बसेर प्रहरी समायोजन प्रक्रिया टुंग्याउने आश्वासन दिएका छन् ।

 अन्तरप्रदेश मुख्यमन्त्रीहरूको हेटौडामा शुक्रबार सम्पन्न बैठकपछि प्रदेशलाई अधिकार सम्पन्न बनाएर संविधानको पूर्ण कार्यान्वयनका लागि प्रधानमन्त्री दाहाललाई उनीहरूलेशनिबारध्यानाकर्षण पत्र बुझाएका हुन् । प्रधानमन्त्री दाहालले गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा मुख्यमन्त्रीहरूलाई तत्काल सर्वदलीय बैठकले प्रहरी समायोजन प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

 निजामती ऐन निर्माण प्रक्रिया अघि बढाउने र प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाएर संविधान पूर्ण कार्यान्वयन गर्ने विषयमा प्रधानमन्त्री दाहालले प्रतिबद्धता जनाएको कोशीका मुख्यमन्त्री केदार कार्कीले बताएका छन् ।

 मुख्यमन्त्रीहरूको बैठकले शुक्रबार ९ बंदे साझा पत्र सार्वजनिक गरेर शनिबार प्रधानमन्त्री दाहाललाई ध्उानाकर्षण पत्र बुझाएका थिए । 


काठमाडौं । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको प्रबन्ध निर्देशकमा प्रा.डा. जैनुद्धिन अन्सारी नियुक्त भएका छन् । कलेजको बोर्ड अफ डाइरेक्टरहरुको सामुहिक निर्णय अनुसार प्रबन्ध निर्देशकमा प्रा.डा. अन्सारीलाई नियुक्त गरिएको हो । बिरगञ्जको नेशनल मेडिकल कलेजका अध्यक्ष समेत रहेका डा.अन्सारी नेपाल मेडिकल कलेजका समेत सञ्चालक सदस्य हुन् ।


नवनियुक्त प्रबन्ध निर्देशक डा. अन्सारीलाई शुक्रबार कलेजका अध्यक्ष डा. भोला रिजाल, बोर्ड अफ डाइरेक्टरहरू डा. आनन्दप्रसाद श्रेष्ठ, डा. साविहा यासमिन, सहजबाज अन्सारी, प्रिन्सिपल प्रा.डा. प्रमोदकुमार क्षेत्री, भाइस–प्रिन्सिपल डा. सृष्टि श्रेष्ठ, अस्पताल निर्देशकद्वय डा.राजेश किशोर श्रेष्ठ, प्रा.डा. मोदनाथ मरहट्ठा, प्रमुख प्रशासकीय अधिकृत ज्योति खड्का लगायतले स्वागत गरे ।


नवनियुक्त प्रबन्ध निर्देशक प्रा.डा. अन्सारीले पदभार ग्रहण गर्दै नेपाल मेडिकल कलेजलाई नयाँ उचाईमा लैजाने बताउँदै त्यसका लागि सबैले आ–आफ्नो पदीय दायित्व अनुसार कर्तव्य पुरा गर्नुपर्ने बताए । कलेजमा रहेका समस्या र चुनौतिहरुलाई सामुहिक एकताबाट हल गर्दै स्वास्थ्य सेवा र मेडिकल शिक्षाको विकास, विस्तारमा आफु २४ सै घण्टा लागिपर्ने बताउँदै कलेजको स्तरवृद्धिमा सबैको सकारात्मक पहल र भूमिका खेल्न आग्रह गरे ।

‘जो जहाँ हुनुहुन्छ उहाँहरुले आ–आफ्नो भूमिका सकारात्मक रुपमा निर्वाह गरौं । मेरो कार्यालयको ढोका सबैको लागि खुल्ला छ । नेपाल मेडिकल कलेजलाई नयाँ उचाईमा पुर्याउन यहाँहरुको महत्वपूर्ण भूमिका रहनेछ । तपाईहरुको सहयोग भयो भने यो कलेज राम्ररी अगाडी बढ्दै जानेछ ।’ डा. अन्सारीले भने । नेपालको मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रको विकास, विस्तारमा नेपाल मेडिकल कलेजको महत्वपूर्ण योगदान रहेको जनाउँदै अन्सारीले शिक्षक, कर्मचारी, विभागीय प्रमुख र विद्यार्थीहरुसँग निरन्तर छलफल, अन्तरक्रिया गरेर सामुहिकतामा आफु अगाडी बढ्ने जनाए ।

ब्यवस्थापन र कर्मचारीहरुको सामुहिक कार्यगत एकताका कारण नै नीजि क्षेत्रका संस्थाहरु सफल भएको बताउँदै उनले कलेजका कर्मचारी र फ्याकल्टीहरुसँग ब्यवस्थापन पक्ष सदैव सहकार्य गर्न तत्पर रहेको बताए ।

कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष डा.भोला रिजालले कुशल शल्यचिकित्सकसमेत रहेका अन्सारीलाई कलेजको प्रबन्ध निर्देशकमा स्वागत गर्दै विरगञ्जमा सफल रुपमा मेडिकल कलेज सञ्चालन गरेको अनुभव भएकोले त्यो अनुभवले नेपाल मेडिकल कलेजको विकासमा योगदान पुग्नेमा विस्वास गरे ।

यस्तै, कलेज सञ्चालक समितिका सञ्चालक डा.आनन्द प्रसाद श्रेष्ठले प्रशासनीक रुपमा लामो अनुभव संगालेका डा. अन्सारीले कलेजलाई नयाँ उचाईमा पुर्याउन सक्ने बताउँदै कलेजको अनुहार उज्यालो बनाउने वित्तिकै कलेजमा कार्यरत सबै कर्मचारी, फ्याकल्टीहरुको अनुहार उज्यालो हुने बताए । कलेजमा कार्यरत कसैलाई काखा कसैलाई पाखा नगरी एकसाथ लिएर अगाडी बढे सबैले साथ दिने बताए । कार्यक्रममा संघीय सांसदद्वय अच्युत प्रसाद मैनाली, प्रभू हजराले समेत शुभकामना दिएका थिए ।


बिराटनगर | मुलुककै जेठो उद्योग वाणिज्य संघ एवं नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्य यस मोरंग व्यापार संघले आफ्नो संस्थागत उद्देश्य अनुरुप यहि २०८० पौष ६ गते देखि १६ गते सम्मका लागि विराटनगरमा वृहत एक्स्पो ‘मोरंग व्यापार संघ एक्स्पो २०२३’ आयोजना गरिरहेको सर्व विदितै छ ।

 मुलुकको विद्यमान शिथिल आर्थिक गतिविधिलाई चलायमान बनाउनुका साथै नेपाल व्यापार रणनीति (ल्त्क्ष्क्) अन्तर्गत पहिचान गरिएका यस प्रदेशका वस्तुहरुको राष्ट्रिय÷अन्तर्राष्ट्रिय बजारिकरण एवं कोशी प्रदेशका असंख्य पर्यटकीय तथा धार्मिक गन्तव्यहरुको प्रचार प्रसार लगायत कैयौँ प्रवद्र्धनात्मक कार्यहरु गराउने उद्देश्यले यस वर्ष आयोजना गरिरहेको ‘मोरंग व्यापार संघ एक्स्पो २०२३’लाई सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूले २०८० पौष ६ गते शुक्रबारका दिन समुद्घाटन गर्न भएको थियो भने यो वृहत एक्स्पो यहि पौष १६ गते सम्म भव्यतापूर्वक संचालन हुने सर्व विदितै छ ।

 यस पटकको मेलामा नेपालमै सबैभन्दा ठूलो जर्मन प्रविधिको ह्याङगर र २२० अक्टानम स्टल मार्फत नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरुका अतिरिक्त यस प्रदेशका महत्व झल्किने कला–संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषिजन्य तथा औद्योगिक उत्पादनहरुको प्रदर्शनीका अलावा छिमेकी राष्ट्र भारत लगायत बंगलादेश, पाकिस्तान आदि देशका उत्पादित वस्तुहरुको उत्पादनकर्ता र उपभोक्ता बीच सुमधुर सम्बन्ध कायम गराउन प्रयासरत छ ।

 साथै, यस एक्स्पोमा विशेष गरी नेपालको अल्लो कपडा, किवी, सख्खर लगायत स्वदेशी दैनिक उपभोग्य उत्पादन र प्लाष्टीकका भाँडा वर्तन आदि विशेष छुटमा विक्री वितरण गरिनाले गृहणीहरुको विशेष आकर्षण देखिएको छ भने भारत, पाकिस्तान तथा बंगलादेशका लत्ता कपडा, लेदरका सामग्री, किचन सामग्री लगायतका स्टलहरुमा पनि भिडभाड देखिएका छन् । यस एक्स्पोलाई हाल सम्म करिब १,६५,००० दर्शकले अवलोकन गरिसकेका छन् भने सबै स्टलहरुबाट करिब १० करोड ५५ लाखको कारोवार भएको हामीले आंकलन गरेका छौँ ।

यस्तै, मुख्यत नेपाली कलाकृतिमा आधारित प्रवेशद्वार र फ्रान्सको ‘आईफिल टावर’को ५५ फिट अग्लो नमूना निर्माण भई त्यसमा जडित लाईट सिस्टम सबै वर्गका दर्शकहरुका लागि लोकप्रीय सेल्फी पोइन्ट बन्न सफल भएको छ भने प्रत्येक दिन हुने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुबाट साँस्कृतिक कार्यक्रममा दैनिक हजारौँ दर्शकहरुलाई मनोरञ्जन प्रदान गरिरहेको छ ।

दर्शकहरुको चाहनालाई ध्यानमा राखी हामीले यस एक्स्पोका अन्तिम चार दिन अर्थात आज पौष १३ गते देखि १६ गते सम्म जोन चाम्लिङ्ग राई, सेन्डी एण्ड फ्युजन बेण्ड, कुटुम्ब, अस्मीता अधिकारी, राजन राज शिवाकोटी, वाङ्गदेन शेर्पा, डि.जे. तामा, उर्गेन दोङ्ग, सुसान्त घिमिरे एण्ड रागा बेण्ड, आशिस अविरल, क्ष्लमष्बुक द्यभकत म्बलअभ घ का विजेता समर्पण लामा लगायतका चर्चित कलाकारहरु सहितको विशेष साँस्कृतिक एंव सांगितिक कार्यक्रम गर्दैछौँ भने र यस अवधिका लागि हाम्रो पूर्वनिर्धारित रु. १५०।– को प्रवेश टिकटको दरलाई दर्शकहरुलाई सहुलियत स्वरुप पुनः रु. १००।– नै कायम गरेको सहर्ष जानकारी गराउन चाहन्छौँ ।

 यस अघि हामीले आयोजना गरेको २०२२को एक्स्पोमा समेत बुर्ज खलिफा, सेन्ट वेसिल, बुर्ज अल अरब जस्ता विश्व ख्यातिप्राप्त सम्पदाहरुको निर्माण गरेका हामीले छोटो अवधिका लागि आयोजना गरिने यस प्रकारका एक्स्पोमा नमूनाको रुपमा निर्माणित त्यस्ता सामग्रीहरु मार्फत सरकार लगायत सम्बन्धित निकायलाई हामीले ठाउँ ठाउँमा त्यस प्रकारका स्थायी संरचनाहरुको निर्माणका लागि घच्घच्याउन चाहेको समेत जानकारी गराउन चाहन्छौँ । साथै, यस एक्स्पो अवधिभर स्वदेश र छिमेकी मुलुकबाट करिब चार लाख दर्शकको आगमन हुने हामीले अपेक्षा लिएका छौँ ।

 


विराटनगर ÷ विराटनगरमा रगतको अभाव हुन थालेपछि ४१ क्लब नम्बर १ विराटनगरले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

विराटनगरस्थित सेन्ट्रल मलमा आयोजना गरेको कार्यक्रममा ७८ पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक दिलीप धाडेवाले जानकारी दिनुभयो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभएको कार्यक्रममा क्लबमा आबद्ध व्यक्तिसहित मलमा आउने ग्राहकहरुले समेत रक्तदान गरेका थिए । 

आयोजक समितिका अध्यक्ष राजकुमार गोल्छाको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले रक्तदान जीवन दान भएको बताउनुभयो । उहाँले अन्य संघसंस्थालाई पनि रक्तदान गर्न आह्वान गर्नुभयो । सो अवसरमा रक्तदाताहरुलाई मेयर कोइरालाले प्रमाणपत्रसमेत प्रदान गर्नुभएको थियो ।


विराटनगर ÷ विराटनगरस्थित अम्बेमुरारी सेवा केन्द्रले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ ।

१४ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार विराटनगरमा आयोजित कार्यक्रममा केन्द्रले पत्रकारितासहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको हो । कार्यक्रममा पत्रकार कुमोद अधिकारी, समाजसेवी डा. मीनाक्षी नेपाल, भिखमचन्द सरल, चिकित्सा क्षेत्रबाट डा. महानन्द मिश्र, डा. दीपक सिग्देल, पूर्व स्वास्थ्यकर्मी शोभा लामा बल, संगीत क्षेत्रबाट कुशेश्वर राई, योग प्रशिक्षक शिल्पा प्याकुरेल र साहित्य क्षेत्रबाट शारदा कार्की सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सबैलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो । त्यस्तै आयोजक संस्थाका तर्फबाट कक्षा–२ मा अध्ययनरत छात्र रामकृष्ण यादवलाई छात्रवृत्ति स्वरुप १० हजार रुपैयाँसमेत प्रदान गरिएको थियो ।

 कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले अम्बेमुरारी सेवा केन्द्रले सामाजिक क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएको बताउनुभयो । उहाँले महानगरपालिकाले गर्नुपर्ने धेरै कामहरु अम्बेमुरारी सेवा केन्द्रजस्ता संस्थाले गरिरहेको भन्दै मेयर कोइरालाले प्रशंसा गर्नुभयो । आयोजक संस्थाकी अध्यक्ष भारती उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा एवीसी नेपालकी अध्यक्ष विष्णु शर्मा, संस्थाका महासचिव गंगाप्रसाद यादव, कोषाध्यक्ष चूडा ठकुरी, लक्ष्मी चौधरीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।


बारा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मधेस लोकतन्त्रको हकदार रहेको बताएका छन् । मधेस प्रदेश यात्रामा रहेका मुख्यमन्त्री कार्कीले सप्तरीदेखि पर्सा जिल्लासम्ममा भेटेका स्थानीयवासी, राजनीतिक नेतृत्व, शुभचिन्तक, समर्थक लगायतका व्यक्तिसँगको भेटघाटमा संघीय लोकतान्त्रिक गणतन्त्र मधेसको पूँजी रहेको उल्लेख गरेका हुन् ।

उनले युवा पुस्ताको विचारलाई स्थापित गराउनु आफूहरू सबैको दायित्व भएको बताएका छन् । ‘हामी नेताको बफादार भयौँ तर हाम्रो पालोमा कोही भएन त्यसैले अब हाम्रो विचारको पुस्तालाई स्थापित गराउनु हामी सबैको दायित्व हो ।’ उनले भने, ‘लाइक र कमेन्टका लागि पार्टी बैठकमा हस्ताक्षर गर्ने तर बैठकबाट बाहिर आएर नोट अफ डिसेन्ट लेखेको भ्रम फैलाउने आफैले आफैलाई युवा नेताको उपाधी धारण गर्नेहरूबाट सचेत रहनु आवश्यक छ ।’

मधेस प्रदेशका अधिकांश जिल्लावासी शिक्षा, स्वास्थ्य उपचार, सुरक्षित बसोबासका लागि कोशी प्रदेशमा समेत रहेकाले उनीहरूलाई जस्तोसुकै अप्ठ्यारोमा साथ र सहयोग गर्ने प्रतिबद्धता मुख्यमन्त्री कार्कीले जनाएका छन् । प्रदेशलाई अधिकार सम्पन्न बनाउन र प्रदेशको अ‍ौचित्य सिद्ध गर्न संविधानको पूर्ण कार्यान्वयनका लागि समन्वय र सङ्घर्ष सुरु गरेको उल्लेख गर्दै कार्यकर्तामाझ पार्टी बैठकको निर्णयमा भित्र हस्ताक्षर गरेर बाहिर नोट अफ डिसेन्ट लेखेको भनेर झुटको खेती गर्नेको पछाडि नलाग्न आग्रह गरे ।

उनले भने, ‘पार्टीलाई कमजोर हुन नदिनका लागि नै कारबाहीको डर नराखी पार्टीमा संविधान अनुसार विद्रोह गरेर मुख्यमन्त्री भएको हो । संविधानको पूर्ण कार्यान्वयनका लागि समन्वय र सङ्घर्ष सुरु गरिएको   छ ।’ जसका लागि सातै प्रदेशका मुख्यमन्त्रीहरुले वाग्मती प्रदेशको राजधानी हेटौँडामा सङ्घीय सरकारसँग संविधान बमोजिम अधिकार प्रत्यायोजनको लागि दबाबमूलक माग गर्दै छन् ।

 शुक्रवारसम्म चल्ने कार्यक्रममा मुख्यमन्त्रीहरुले यसअघिका निर्णय कार्यान्वयनका साथै अहिलेसम्म भएका कामको समीक्षा गर्दै थप तदारुकताका लागि दबाब दिने कार्यसूची तय गरिएको छ ।


 भद्रपुर, १३ पुस । रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुरले वीरेन्द्र मावि चन्द्रगढीका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।


प्रतिष्ठानले आज यहाँका कक्षा–१ देखि ८ सम्मका ५० जना विद्यार्थीलाई स्वीटर, मोजा र जुत्ता वितरण गरेको हो । जाडोको मौसममा न्यानो कपडा पाएपछि विद्यार्थीहरु खुसी भएका छन् । 


कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, विशेष अतिथि उपप्रमुख राधा कार्की, वडा नं. ७ का वडाध्यक्ष अभिषेक ढुंगाना, ओली वंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष उमेशचन्द्र ओली, जिल्ला अध्यक्ष भवानी ओली लगायतका अतिथि विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको थियो । 

विद्यालयका प्रधानाध्यापक खिलराज कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक गिरीधर शर्मा कट्टेलले गर्नुभएको थियो भने सञ्चालन शिक्षक गणेशबहादुर गिरीले गर्नुभएको थियो । प्रअ कोइरालाले विद्यार्थीलाई प्रतिष्ठानले न्यानो कपडा वितरण गरेकोमा खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले सामाजिक कार्य अन्तरगत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको बताउनुभयो । उहाँले हरेक व्यक्तिले समाज रुपान्तरणका लागि आफूले सकेको सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा प्रतिष्ठानकी संस्थापक सदस्य शारदादेवी ओली, ओली वंश प्रतिष्ठानका सचिव राजेन्द्र ओली, कोषाध्यक्ष यादवकुमार ओली, प्रतिष्ठानका कोषाध्यक्ष यज्ञराज ओली, सदस्य अनिरुद्र ओली, जुडो प्रशिक्षक गंगा खड्का लगायतको उपस्थिति रहेको थियो । 
 
यसअघि प्रतिष्ठानले झापा गाउँपालिका, शिवसताक्षी नगरपालिका र कनकाई नगरपालिका तीन वटा विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री एवम् न्यानो कपडा वितरण गरिसकेको प्रतिष्ठानका कोषाध्यक्ष यज्ञराज ओलीले जानकारी दिनुभयो ।

शिक्षा र सामाजिक क्षेत्रमा धेरै योगदान दिनुभएका रुद्र ओलीको पदचापलाई पछ्याउँँदै सामाजिक कार्य गर्ने उद्देश्यले २०६७ सालमा स्थापना गरिएको प्रतिष्ठानमार्फत् एक करोड रुपैयाँको कोष खडा गरेर वार्षिक रुपमा सामाजिक काम गरिँदै आएको प्रतिष्ठानका सचिव नारायण ओलीले बताउनुभयो ।


विराटनगर ÷ विराटनगर महानगरपालिकाले बरामद गरेको ठूलो परिमाणको सुर्तीजन्य पदार्थ नष्ट गरेको छ ।

विराटनगरमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा लगाएको प्रतिबन्धको बेवास्ता गर्दै बिक्री गरेको फेला पारेपछि महानगरले विभिन्न पसलबाट बराबद गरेको थियो । पछिल्लो समय महानगरले सुर्तीजन्य पदार्थ बिक्रीवितरण र सेवनमा कडाइ गरेको छ । महानगरले ऐन नै बनाएर सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा प्रतिबन्ध लगाएको हो । सुर्तीजन्य पदार्थको प्रयोगले मानवीय स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै महानगरको सरसफाईमा समेत समस्या देखिएकाले प्रतिबन्ध लगाउनुपरेको मेयर नागेश कोइरालाले बताउनुभयो । मेयर कोइरालाकै उपस्थितिमा महानगरले बुधबार करिब ५९ किलो सुर्तीजन्य पदार्थ नष्ट गरेको हो । गुट्खा, तुल्सी, खैनीलगायतका सुर्तीजन्य पदार्थ नष्ट गरिएको नगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिनुभयो । यसअघि पनि ५३ किलो सुर्तीजन्य पदार्थ नष्ट गरिएको थियो ।

महानगरले पौडेललाई नै सुर्तीजन्य पदार्थको अनुगमनको जिम्मेवारी तोकेको छ । केही दिनअघि एकजना व्यापारीलाई महानगरले १० हजार रुपैयाँ जरिवानासमेत गरेको थियो । पटक–पटकको चेतावनीलाई बेवास्ता गर्दै केही बिक्री गरेको फेला पारेपछि महानगरले ती व्यापारीलाई जरिवाना गरेको जनाएको छ । सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा प्रतिबन्धपछि विराटनगरमा सरसफाईमा समेत सहयोग पुगेको मेयर कोइरालाको भनाइ थियो । “विराटनगरका सडकहरुमा आज सुर्तीजन्य पदार्थका खोलहरु त्यति देखिँदैन । गुट्खा खाएर थुकेको पनि देखिँदैन,” मेयर कोइरालाले भन्नुभयो, “एकैचोटि निर्मूल नहुन सक्छ तर न्यूनीकरण भएको छ । महानगरको यस अभियानमा सहयोग गर्न सबै महानगरवासीलाई आग्रह गर्दछु ।”

महानगरले गत वैशाख १ गतेदेखि विराटनगरमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा प्रतिबन्ध लगाएको हो । त्यस्तै साउन १ गतेदेखि भने सुर्तीजन्य पदार्थ बिक्रीको अनुमति खारेज र नयाँ दर्तासमेत बन्द गरेको छ । महानगरले सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनलाई नियन्त्रण गर्न ऐनसमेत जारी गरेको छ । १ हजारदेखि ५० हजारसम्म जरिवाना गर्ने ऐनमा उल्लेख छ ।


विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र सीप उपयोग गर्न सकेमात्रै समाज समृद्ध हुने बताउनु भएको छ ।

तेस्रो ज्येष्ठ नागरिक दिवसको अवसर ज्येष्ठ नागरिक महासंघ कोशी प्रदेश, ज्येष्ठ नागरिक जिल्ला संघ मोरङ, ज्येष्ठ नागरिक विराटनगर महानगर र ज्येष्ठ नागरिक विराटनगर वडा नम्बर ५ समितिले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सयौं पृष्ठको पुस्तकमा पाउन नसकिने ज्ञान ज्येष्ठ नागरिकहरुबाट पाउन सकिने विचार व्यक्त गर्नुभयो ।

 “ज्येष्ठ नागरिकहरु ज्ञान, अनुभव र संस्कारका खानी हुन्,” उहाँले भन्नुभयो, “उहाँहरुले जीवनका विभिन्न कालखण्डमा ग्रहण गरेका अनुभव र ज्ञानलाई समाज विकासमा लगाउनु जरुरी छ ।” ज्येष्ठ नागरिकको सम्मानमा महानगर सधैं तत्पर रहेको उहाँको भनाइ थियो । महानगरले ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवासहित ८० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको मेयर कोइरालाले जानकारी दिनुभयो । मेयर कोइरालाले ज्येष्ठ नागरिकका नैतिक आदर्शलाई नयाँ पुस्तामा हस्तान्तरण हुने व्यवस्थाको सिर्जना गर्दै परिवार, समाज तथा राष्ट्रलाई असल संस्कृतिको निरन्तरता र समाज सापेक्ष विकासको प्रेरणाको रूपमा लिनु जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा मेयर कोइरालाले विराटनगर–५ की १०२ वर्षीया रत्नलक्ष्मी श्रेष्ठ, ९८ वर्षीय विष्णुप्रसाद दाहाल र विराटनगर–१ की ९६ वर्षीय अम्बरबहादुर बस्नेतलाई सम्मान गर्नुभएको थियो । ज्येष्ठ नागरिक महासंघ कोशी प्रदेशका अध्यक्ष मणिकुमार अज्र्यालको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगर वडा नम्बर ५ का अध्यक्ष सन्तोष न्यौपाने, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, ज्येष्ठ नागरिक जिल्ला संघ मोरङका अध्यक्ष यज्ञश्वर निरौला ज्येष्ठ नागरिक विराटनगर महानगरका अध्यक्ष सुरेश श्रेष्ठ, सचिव जयकुमार श्रेष्ठ, महानगरको महिला, बालबालिका तथा समाज कल्याण शाखाकी प्रमुख मञ्जु लोहनी, स्वास्थ्य महाशाखाका अधिकृत अमरदीप देवलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कवि एवं पत्रकार मीनकुमार नवोदितले ज्येष्ठ नागरिकप्रति समर्पित ‘रिटायर्ड जिन्दगी’ शीर्षकको कविता वाचन गर्नुभएको थियो । 


विराटनगर ÷ विराटनगर महानगरपालिकाको आयोजनामा तीनदिने किशोरी आत्मरक्षा (सेल्फ डिफेन्स) सम्बन्धी तालिम सुरु भएको छ ।

तालिमको विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर कार्कीले आत्मरक्षा तालिम लिएपछि किशोरीहरुमा आत्मविश्वास बढ्नुका साथै यौनजन्य हिंसाबाट बच्न सकिने बताउनुभयो । आत्मरक्षासम्बन्धी जानकारी भएमा आफूलाई परिआएको बेला त्यसलाई प्रयोगमा ल्याउन सकिने उहाँको भनाइ थियो ।

विराटनगरलाई तीन खण्डमा विभाजन गरेर तालिम दिइनेछ । उत्तरमा पोखरिया, मध्य क्षेत्रको आदर्श र दक्षिणी क्षेत्रको मिल्स माविलाई केन्द्र बनाएर तालिम दिइने महानगरकी शैक्षिक प्रशासन महाशाखाकी अधिकृत तारा शर्माले जानकारी दिनुभयो । तालिममा सामुदायिक, संस्थागत र धार्मिक ६० विद्यालयमा अध्ययनरत किशोरीहरु सहभागी छन् । ६ देखि १२ कक्षासम्म अध्ययनरत का १५५ जना किशोरीहरुको तालिममा सहभागिता रहेको शर्माले जानकारी दिनुभयो । उनीहरुलाई मार्सल आर्टसका प्रशिक्षकसहित विषयविज्ञहरुले आत्मरक्षासम्बन्धी तालिम दिनेछन् । बालअधिकार, यौद्धजन्य हिंसा, हेपाई, तनाव, मार्सल आर्टसका विधिहरु सिकाइनेछ ।


विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले श्रमको सम्मान गर्न सके मात्र देशको विकास हुने उल्लेख गरेका छन् । बुधवार श्रम बजार सूचना प्रणाली श्रम संसारको सुरुवात गर्दै मुख्यमन्त्री कार्कीले श्रममा ठूलो सानो नहुने बताएका हुन् ।

‘हाकिमदेखि स्वीपरसम्म सबैले आफ्नो काम गरिरहेको अवस्था छ । सबै आफ्नो ठाउँमा दक्ष हुन्छ । आफ्नो काम जानेको हुन्छ, श्रममा को ठूलो को सानो हुन्छ र ? त्यस कारण श्रमको सम्मान गर्न जरुरी रहेको छ ।’

मुख्यमन्त्री कार्कीले दक्ष जनशक्ति रोज्नका लागि श्रम संसार महत्त्वपूर्ण साबित हुने उल्लेख गरेका छन् । ‘अब यस क्षेत्रमा कसैले पनि काम गर्ने मान्छे रोजेर पाइने भएको छ । उनले भने, यसले हाम्रो श्रम बजारलाई समेत व्यवस्थित गर्दछ ।’ मुख्यमन्त्री कार्कीले मानिसको आवश्यकता अनुसार श्रममा लाग्न सक्ने उल्लेख गर्दै श्रम बजार जति फैलियो त्यति विकाशले गति लिने बताए ।

‘हरेक विकसित मुलुकको श्रम बजार विश्वमा छ । मानिसले आवस्यक्ता अनुसारको श्रम गर्न पाउने व्यवस्था संविधानमा नै उल्लेख भएको अवस्था छ । अनि एक थरी मानिसहरू मानिस बिदेसिए देश सकियो भनेर भ्रम फैलाइरहेका छन् ।’ उनले थपे । यस परियोजनाले विश्वको श्रम बजारलाई समेत व्यवस्थित बनाउन सक्छ र हामी यसलाई विस्तार गर्ने छौँ ।’

श्रम सञ्चार कोशी प्रदेशको सामाजिक विकाश मन्त्रालयले स्विस कन्ट्याकका साथै आसमान नेपालसँगको सहकार्यमा सञ्चालित ‘स्टेप अप’ परियोजना हो । यस परियोजनाले सुरुवातमा कोशी प्रदेशका विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिकाका साथै दुहवी नगरपालिकाले साझेदारी गरेका छन् । क्रमशः सबै पालिका समेट्ने लक्ष रहेको स्विस कन्ट्याकका प्रोजेक्ट अफिसर सागर चापागाईँले जानकारी दिए । उनले भने, ‘यो काम खोज्नका साथै रोज्नका लागि निःशुल्क माध्यम हो । अर्कोतर्फ यो प्रणाली प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहेको जिआईडिसि सँग लिङ्क भएकाले पनि हाम्रा डाटाहरू सुरक्षित रहेका छन् ।

एप्सबाट बेरोजगार युवाहरूलाई रोजगारीमा समेट्नका साथै स्थानीय स्तरमा हुने तालिमका बारेमा पनि जानकारी प्राप्त गर्न सकिने विश्वास लिइएको छ । सो प्रणालीमा हालसम्म ३४ सय बढी संस्था तथा व्यक्ती दर्ता भएका छन् । जसमा तीन सय बढीले रोजगारीका लागि आवेदन दिँदा ३१ जनाले रोजगारी प्राप्त गरिसकेको उद्घाटन समारोहका बिच चापागाईँले बताए । सामाजिक विकाश मन्त्रालयका सचिव वासुदेव दाहालको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमा कार्यगत एकता तथा सहकार्यका लागि लागि कोशी प्रदेश सरकार स्विस कन्ट्याक्कट र आसमान नेपालका बिच त्रिपक्षीय हस्ताक्षर समेत भएको छ ।


विराटनगर÷ विराटनगर महानगरपालिकाको आयोजनामा शुक्रबारदेखि नौमती पञ्चेबाजासम्बन्धी तालिम सुरु भएको छ ।

तालिमको विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले एक समारोहका बीच उद्घाटन गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै उपमेयर कार्कीले महानगरले भौतिक संरचनाको विकास सँगसँगै अन्य क्षेत्रको विकासलाई पनि प्राथमिकतामा राखेको जानकारी दिनुभयो । उहाँले महानगरले सबै जातजाति, भाषाभाषी, धर्म, संस्कृति, परम्परा र रितिरिवाज सम्मान गर्नुका साथै संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पछिल्लो समय सहर बजारमा समेत नौमती पञ्चेबाजाप्रतिको आकर्षण बढ्दै गएको उहाँको भनाइ थियो । उपमेयर कार्कीले नेपाली भौतिक संस्कृतिसँग जोडिएको नौमतीबाजाको संरक्षण र सम्वद्र्धनमा महानगर गम्भीर रहेको सुनाउनुभयो । तालिममा सिकेको सीपलाई व्यवहारमा उतारेर आत्मनिर्भर हुनसमेत कार्कीले आग्रह गर्नुभयो । तालिममा २७ जना सहभागी छन् ।


काठमाडौं । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल ९केएमसी० ले ४२ दिनको शिशुको हर्नियाको ल्याप्रोसकोपी विधिबाट सफलतापूर्वक शल्यक्रिया गरेको छ । केएमसीले मिनिमल एसेस सर्जरी प्रविधिबाट जन्मजातै हर्निया भएको शिशुको सफलतापूर्वक शल्यक्रिया गरेको हो । 


चाँगुनारायण नगरपालिका वडा नं। १ सरस्वती खेलका बसन्त खड्काको शिशुको हर्नियाको केएमसीका बाल रोेग विशेषज्ञ सर्जन डाक्टर आशिषलाल श्रेष्ठको टीमले सफलतापूर्वक शल्यक्रिया गरेका हुन् । अघिल्लो दिनदेखि लगातार बालक रोएपछि  पुष २ गते केएमसी ल्याइएका शिशुको स्वास्थ्य जाँच गर्ने क्रममा हर्निया भएको पाइएको थियो । त्यसपछि तत्कालै भर्नागरी भोलीपल्टै मिनिमल एसेस सर्जरीमार्फत हर्निया निकालिएको बालरोग सर्जन डाक्टर श्रेष्ठले बताए । 

‘शिशुको जन्मजातै दुवैतर्फ हर्निया थियो । सामान्यतया साना शिशुहरुको शल्यक्रिया गर्नु ठूलै जोखिम हुने भएकाले हामीसँग भएको अत्याधुनिक मिनिमल एसेस सर्जरी प्रविधि अनुसार नाइटोको छेउमा ३ एमएमको २ वटा प्वाल पारेर अप्रेसन गरेका हौं । अहिले बच्चाको अवस्था एकदम ठिक छ ।’ डा। श्रेष्ठले भने ।

उनले केएमसीमा बालबालिकाका जस्तोसुकै रोगको उपचार गर्न सकिने बताए । मुटुको शल्यक्रिया वाहेक केएमसीमा जस्तोसुकै उपचार संभव रहेका जिकीर गर्दै डा। श्रेष्ठले बालबालिकाहरुमा देखिएका कुनैपनि समस्याहरुमा अभिभावकले हेलचेक्राईं गर्न नहुने पनि बताए । ‘लगातार एउटै समस्या देखा परिरहन्छ भने सामान्य औषधी र एन्टिवायोटिक्स खाएर मात्र हुँदैन । विशेषज्ञ चिकित्सकहरुबाट परामर्श लिनु पर्दछ ।’ उनले भने ।  

केएमसीका अनुभवी विशेषज्ञ स्वास्थ्य टोलीले बच्चाको सफलतापूर्वक शल्यक्रिया गरेपछि बाबु बसन्त खड्का एकदम खुसी छन् । ‘४२ दिनको बच्चाको कसरी अप्रेसन होला र भन्ने चिन्ता थियो । अप्रेसनमा लैजानु अगाडी डाक्टरहरुले स्वासप्रस्वासमा समस्या भए चिरेर भएपनि गर्नुपर्छ भन्नुभएकोले बच्चा बाँचेर फर्किने होकि हैन भन्ने चिन्ता थियो । तर, केही भएन, अप्रेसन सफल भयो ।’ बाबु खड्काले भने । केएमसीको अत्याधुनिक ल्याप्रोस्कोपी प्रविधिले नै बच्चा बचाउन सफल भएको भन्दै खड्काले चिकित्सकहरुलाई धन्यवाद दिए । ‘मेरो लागि केएमसीका डाक्टरहरु भगवान सरह नै हुनुभयो । उहाँहरुले उपचार पद्दतिमा गर्नुभएको केयर कहिल्लै विर्सन सक्दिन ।’

केएमसीमा स्वास्थ्य क्षेत्रका नविनतम उपचार प्रविधिहरु भित्र्याइए पछि जस्तोसुकै जटिल केसहरु हल गर्न सकिएको छ । डाक्टर सुनिलकुमार शर्माले केएमसी लिएसँगै त्यहाँको स्वास्थ्य सेवामा उल्लेखनीय सुधार गरिएको केएमसीले जनाएको छ । केएमसीमा न्यूरो इन्टरभेन्सन प्रविधि समेत रहेको छ ।  

हाल केएमसीमा एपेन्डिक्सको ९९ प्रतिशत केसहरु ल्याप्रोस्कोपी प्रविधिबाट अप्रेसन गरिन्छ । भने, फियो निकाल्ने, पित्तथैलीको अप्रेसन, किड्नीको पत्थरीको अप्रेसन समेत ल्याप्रोस्कोपी प्रविधिमै हुने गरेको छ । परम्परागत चिरेर गरिने अप्रेसनभन्दा ल्याप्रोस्कोपी विधिबाट गरिने अप्रेसन बिरामीका लागि सहज हो । 

ल्याप्रोस्कोपीबाट अप्रेससन गर्दा घाउ सानो हुने, चाँडै घाउ निको हुने, अप्रेसन गरेको एकाध दिनमै अस्पतालबाट घर जान सकिने, चाँडै हिँडडुल गर्न सकिन्छ । ‘अब पहिलेको जस्तो ठूल्ठूलो घाउ पारेर अप्रेसन गर्नुपर्ने अवस्था हटिसकेको छ । ल्याप्रोस्कोपी प्रविधिले डाक्टर र बिरामी दुवैलाई उपचारमा सहजता प्रदान गरेको छ । यसको प्रभावकारीतामा कुनै शंका गर्नुपर्दैन ।’ डा। श्रेष्ठले भने ।


विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नेपालभित्र मनाइने चाडपर्वहरूले राष्ट्रिय एकतालाई बलियो बनाएको बताउनुभएको छ ।

किराँत समुदायको महान् पर्व उधौली र नेवार समुदायले मनाउने यःमरी पुन्हिका अवसर शुभकामना सन्देश जारी गर्दै मेयर कोइरालाले नेपालभित्र बसोबास गर्ने हरेक जातजातिको आ–आफ्नै कला, संस्कृति, रीतिरिवाज रहेको उल्लेख गर्नुभएको छ । ७७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको विराटनगरभित्र १२२ जातजातिको बसोबास रहेको स्मरण गराउँदै मेयर कोइरालाले सबैको बेग्लाबेग्लै कला, संस्कृति, परम्परा र रीतिरिवाजले विराटनगर सांस्कृतिक रुपमा धनी सहर रहेको बताउनुभएको छ ।

उधौली पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नाका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गर्ने उनले विश्वास व्यक्त गर्नुभएको छ । “यस्ता चाडपर्वले राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा अहम् भूमिका निर्वाह गर्नेछ । विविधतायुक्त नेपाली समाजमा उधौलीजस्ता पर्वका कारण आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्नेछ भन्ने मैले विश्वास लिएको छु,” मेयर कोइरालाले शुभकामना सन्देशमा भन्नुभएको छ ।

यस्तै मेयर कोइरालाले नेवार समुदायले मनाउने यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हिका अवसरमा पनि शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, “विभिन्न जातजातिको मौलिक कला, संस्कृति र पर्वहरू नेपाली समाजका पुँजी हुन् भन्ने मलाई लाग्दछ । उधौली र यःमरी पुन्हिले सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्दै सामाजिक एकता कायम राखोस् भन्ने शुभकामना दिन चाहन्छु ।”


विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक र संस्थागत विद्यालयलाई सँगसँगै अगाडि नबढाएसम्म समग्र शिक्षाको विकास नहुने धारणा राख्नु भएको छ ।

विराटनगर–१ स्थित राधाकृष्ण भूपालमानसिंह कार्की माध्यमिक विद्यालयको ७३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले पछिल्लो समय सामुदायिक विद्यालयहरुले पनि राम्रो प्रगति गर्न थालेको बताउनुभयो । उहाँले राधाकृष्णसहित विराटनगरका केही सामुदायिक विद्यालयमा पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँले सबै सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । मेयर कोइरालाले प्राविधिक शिक्षाले मात्रै विश्व श्रमबजारमा बिक्री हुने जनशक्ति उत्पादन हुने बताउनुभयो । उहाँले सीपमूलक र नैतिक शिक्षामा जोड दिनुपर्नेसमेत उल्लेख गर्नुभयो । कार्यक्रममा विद्यालयमा अध्ययन गरी सीटीईभीटीको परीक्षामा उत्तीर्ण गर्ने पंकज साह, कल्पनाकुमारी साह, ओमप्रकाश साह, राजु चौधरी, सतिसचन्द्र दास र अनिलकुमार साहलाई विद्यालयका तर्फबाट सम्मान गरिएको थियो । त्यस्तै डिप्लोमा ईन इन्जिनियरिङका विभिन्न सेमेस्टरमा उत्कृष्ट अंक ल्याउने श्याम साह, कुशल भट्टराई, जयनारायण यादव, पंकज साहलगायतलाई विद्यालयका तर्फबाट मेयर कोइरालाले सम्मान गर्नुभयो । कार्यक्रममा शिक्षिकाहरु र विद्यार्थीहरुले विभिन्न जातीय पहिचान झल्कने सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विराटनगर वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, शैक्षिक विकास महाशाखाका संयोजक कृष्ण भट्टराई, विद्यालयका शिक्षक फडिन्द्र वस्तीलगायतले मन्तव्य गर्नुभएको थियो । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राना क्षेत्रीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

 


विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन र संविधान कार्यान्वयनका लागि पत्रकारको भूमिका अपरिहार्य रहेको बताएका छन् ।

 मुख्यमन्त्री निवासमा भेटघाटका लागि पुगेका नेपाल पत्रकार महासंघ कोशी प्रदेश कार्य समितिसँगको छलफलमा सोमबार मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले प्रदेशभरिका पत्रकार महासंघको भौतिक संरचना विकासमा योगदान गरिरहेकोले पत्रकार महासंघलाई पनि प्रदेशको अधिकार प्राप्तीका लागि बहस चलाउन आग्रह गरेका हुन् ।

 प्रदेश सरकारलाई कानून बनाएर अधिकार हस्तान्तरण नगरिरहेको र कानून, नियम बनिसकेको प्रहरी समायोजन नगर्ने सरकार र संघीय सांसदलाई प्रश्न गर्नुका साथै बहस चलाउनु आवश्यक छ । उनले भने, प्रदेशलाई अधिकार सम्पन्न बनाउन कानून नबनाउने तर प्रदेशप्रति सार्वजनिक अभिव्यक्ति दिएर प्रश्न उठाउने सांसद माथि सञ्चारकर्मीले किन प्रश्न उठाइरहेको छैन ?’


विराटनगर । विराटनगर महानगरपालिका– १३ रानी महतो टोलका कुन्दनकुमार महतो १४ वर्ष पुगे । शारीरिक रुपमा अशक्त महतोलाई स्कुल जान मन छ तर अरुको सहाराबिना हिँडडुल गर्न सक्दैनन् । तीन चक्के बैशाखीको सहारामा हरेक दिन बेलुका  ज्योति महतोको घर पुग्छन् र निःशुल्क ट्युसन पढेर फर्कन्छन् । 

निःशुल्क ट्युसन पढ्न थालेपछि कुन्दनलाई स्कुल जाने आट आएको छ ।‘ सरस्वती पूजामा स्कुलमा नाम लेखाउने, अनि स्कुल जान्छु,’उनले भने,‘ यहाँ आएर पढ्न र लेख्न सिकेको छु ।’ 

महतो टोलमा ज्योतिले ट्युसन पढाउन थालेको सात महिना भयो । जीवन विकास लघुवित्त वित्तीय संस्थाले निःशुल्क ट्युसन सेन्टर खोलेर महतोलाई शिक्षक नियुक्त गरेपछि टोलका विपन्न परिवारका बालबालिका भेला गरेर पढाउँन थालेकी हुन् । उनीसँग ४२ जनाले बालबालिका ट्युसन पढ्छन् । 

विराटनगर १४ मा लक्ष्मण ठाकुर र विराटनगर १८ मा अमृताकुमारी साहले जीवन विकास लघुवित्त मार्फत ट्युसन पढाइरहेका छन् । विराटनगरमा मात्र नभई, लघुवित्तले ४४ वटा स्थानीय तहका ६० स्थानमा ट्युसन सेन्टर खोलेको छ, सेन्टरमा २ हजार ३२ हजार विपन्न परिवारका बालबालिका निःशुल्क पढिरहेका छन् । जसमा १ हजार ७४ छात्र र ९८४ छात्रा छन् । 

बालबालिकाको गुणस्तरीय शिक्षाको अभियानमा सहयोग गर्ने उद्देश्यले संस्थाले निःशुल्क ट्युसन सेन्टर सञ्चालन गरेको जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले बताए । 

‘शहरबजारका सम्पन्न परिवारका बालबालिका सुविधा सम्पन्न विद्यालय जान्छन्, विहान बेलुका बाबुआमाले आफ्ना छोराछोरीले गृहकार्य गरे नगरेको हेर्छन् र गराउँछन्,’ उनले भने,‘विपन्न परिवारलाई दैनिक गुजाराको बन्दोबस्त जुटाउँदै ठिक्क हुन्छ, अधिकांशले बच्चाका बारेमा चासो लिएर गृहकार्य गराउने र सिकाई कस्तो छ भनेर मापन गर्न सक्दैनन् पनि ।’ 

जीवन विकास लघुवित्तले करिब तीन वर्षअघि मोरङको डाइनिया निःशुल्क ट्युसन सेन्टर स्थापना गरेको थियो । ट्युसन सेन्टरका बारेमा प्रतिक्रिया राम्रो आएपछि अन्यत्र विस्तार गरेको हो । 

‘डाइनियामा ट्युसन सेन्टर सुरु गरेपछि रेस्पोन्स राम्रो आयो, त्यसपछि विस्तार गर्ने निर्णय गर्याैँ,’उनले भने, ‘ विद्यालयबाट आएपछि बालबालिकाले नियमित पढ्न पाएका छन्, एउटा सेन्टरमा एक जनाका लागि सामान्य रोजगारी पनि सृजना भएको छ ।’

ट्युसन पढाउनका लागि प्रत्येक सेन्टरमा एक जना शिक्षक तोकिएका छन् । एउटा सेन्टरमा न्यूनतम १५ देखि ४५ जनासम्म बालबालिका पढ्छन् । ती विद्यार्थीलाई आवश्यकताका आधारमा जीवन विकासले शैक्षिक सामाग्री पनि उपलब्ध गराइरहेको छ ।

निःशुल्क ट्युसन सेन्टरमा आउने बालबालिकाहरु नियमित स्कुल जाने र आफ्नो सन्तानको पढाई प्रति अभिभावकको चासो पनि तुलनात्मक रुपमा बढेको उनले जानकारी दिए ।


विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले राष्ट्रव्यापी शैक्षिक सर्वेक्षण सुरु गरेको छ । आइतबारदेखि परिषद्ले कोशी प्रदेशसहित देशभर एकैसाथ शैक्षिक सर्वेक्षण सुरु गरेको हो ।
 


परिषद् कोशी प्रदेशले आज पहिलो दिन महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस र पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट विराटनगरका विद्यार्थी तथा प्राध्यापकलाई सर्वेक्षण फारम भराएको परिषद्का राष्ट्रिय सचिव विवश कटुवालले जानकारी दिए ।


शिक्षा क्षेत्रको समग्र सुधार गर्ने उद्देश्यका साथ सुरु गरिएको सर्वेक्षणमा १४ वटा प्रश्न समावेश गरिएको उनले बताए । 

प्रश्नावलीमा उच्च शिक्षामा विद्यार्थी घट्दै जानु, शिक्षाको गुणस्तर, राजनीतिक हस्तक्षेपलगायतका विषय समावेश गरिएको परिषद्ले जनाएको छ । सर्वेक्षण अभियान पौष १५ गतेसम्म संचालन हुने कटुवालले जानकारी दिए । 


विराटनगर ÷ विराटनगर महानगरपालिकाको आयोजनामा बालबालिकासित अन्तरक्रिया सम्पन्न भएको छ ।

बालबालिकाका समस्या बुझ्ने र तत्कालै समाधान गर्ने उद्देश्यका साथ महानगरले विराटनगर महानगरपालिका क्षेत्रभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुसित अन्तरक्रिया गरेको हो । महानगरले आज विराटनगर–१९ को सार्वजनिक मावि र युमी स्कुलका विद्यार्थीसित अन्तरक्रिया गरेको छ । महानगरको महिला बालबालिका तथा समाज कल्याण शाखाले बालक्लबको सहभागिता र क्रियाशीलतामा मेयर र उपमेयरसँग बालबालिका अन्तरक्रिया सञ्चालन गर्दै आएको छ ।

अन्तरक्रियामा विद्यार्थीहरुले बालबालिकाका क्षेत्रमा महानगरले के गरिरहेको छ ? सामाजिक सञ्जाल र लागूऔषधको प्रयोगबाट बालबालिकालाई कसरी जोगाउने, विराटनगर बालमैत्री नगर कहिले हुन्छ लगायत विभिन्न जिज्ञासा राखेका थिए । 

बालबालिकाहरुले राखेका जिज्ञासाको जवाफ दिँदै मेयर नागेश कोइरालाले बालबालिकाका हरेक समस्या समाधान गर्न महानगरपालिका गम्भीर रहेको बताउनुभएको थियो । उहाँले बालबालिका भविष्यका कर्णधार भएको बताउँदै सामाजिक सञ्जालको प्रयोग नगर्न र अध्ययन र अतिरिक्त क्रियाकलापमा ध्यान दिन आग्रह गर्नुभएको थियो । 

नगर बालक्लब सञ्जालका अध्यक्ष आदित्य झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपमेयर उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडाध्यक्षसमेत रहनुभएका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतलगायतले सकारात्मक सोच र उद्देश्य लिएर अगाडि बढ्न सुझाव दिनुभएको थियो । यसअघि महानगरले पूर्वाञ्चल बालआश्रमका बालबालिकासित अन्तरक्रिया गरेको थियो ।


विराटनगर ÷ विराटनगर महानगरपालिकाको आयोजनामा आगामी माघ ३ गतेदेखि १६ औंं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।

आइतबार महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको बैठकले माघ ३ देखि ५ गतेसम्म विराटनगरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको मेयर कोइरालाले बताउनुभयो ।

 प्रतियोगिताले विद्यालय–विद्यालय र विद्यार्थी–विद्यार्थीबीच प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्दै भाइचाराको भावना जागृत गराउन महत्वपूर्ण भूमिका खेल्ने मेयर कोइरालाको भनाइ थियो । प्रतियोगिताको उद्घाटन विराटनगर–११ स्थित जनपथ माविमा हुनेछ भने अन्य विभिन्न विद्यालयका खेलमैदानमा प्रतियोगिता गरिने प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिनुभयो ।

उपमेयर शिल्पा निराला कार्की, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेल, प्याब्सनका उपाध्यक्ष अर्जुन श्रेष्ठ, सचिव अशोक लामा, शिक्षक महासंघका प्रतिनिधिलगायतको उपस्थितिमा भएको बैठकले तयारी समितिसमेत गठन गरेको छ । 

प्रतियोगितामा सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागिता रहनेछ । गत वर्षको प्रतियोगितामा ३० विद्यालयका ९ सयभन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए । अघिल्लो वर्षभन्दा यस वर्ष विद्यालय र विद्यार्थीको सहभागिता बढी हुने अनुमान गरिएको शिक्षा शाखाकी अधिकृत तारा शर्माले जानकारी दिनुभयो ।

 


बिराटनगर, पौष ६ गते । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा आयोजित “एक दिवसिय प्रदेश स्तरिय अपराध अनुसन्धान समिक्षा गोष्ठी(२०८० सम्पन्न भएको छ । नेपाल प्रहरीको बार्षिक कार्ययोजना २०८० को लक्ष्य अनुसार आज भएको समिक्षा गोष्ठीको प्रमुख अतिथि कोशी प्रदेश सरकारका माननीय आन्तरिक मामिला तथा कानून मन्त्री शमशेर राईज्यूले पानसमा दिप प्रज्वलन गरी औपचारिकरुपमा समुद्‌घाटन गर्नु भएको हो ।

 अपराध अनुसन्धानमा बढेको चुनौतिहरु र समाधानका उपायहरु पत्ता लगाउन अपराध अनुसन्धानमा नयाँ नयाँ प्रविधिको प्रयोग गर्ने, अनुसन्धानको विद्यमान अवस्थाको समिक्षा गरी सुधारका क्षेत्रहरूको पहिचान गर्नुका साथै नविन विचारहरूको अवलम्बन गरी अनुसन्धानमा देखिने कानूनी तथा अन्य समस्याको समाधानका उपायहरू अवलम्बन गर्ने, साईवर कसुर अनुसन्धान सम्बन्धी नविन कानूनको अवस्था र अभ्यासका बारेमा जानकारी गराई कार्यान्वयनमा एकरूपता कायम गर्न, अनुसन्धानको प्रभावकारीता अभिवृद्धिका लागी अनुसन्धानकर्ताहरू बिच समन्वयको विकास र अपराध अनुसन्धानमा देखिएका समस्या र चुनौतीहरू सम्बोधन गर्नको लागि साझा धारणा विकास गर्ने, विद्यमान जनशक्ति तथा स्रोत र साधनहरु वीचको अधिकतम परिचालन एवं अन्तर कार्यालयवीच समन्वयको विकास गर्ने उद्देश्यका साथ प्रदेश स्तरिय अपराध अनुसन्धान गोष्ठीको आयोजना गरिएको हो ।


 कार्यक्रममा प्रमुख अतिथि माननीय आन्तरिक मामिला तथा कानून मन्त्री शमशेर राईज्यूले अपराध अनुसन्धान गोष्ठीको पूर्ण सफलताको कामना गर्दै अपराध अनुसन्धानको क्षेत्रमा सवल रहेको नेपाल प्रहरीलाई आगामी दिनमा साधन श्रोत सम्पन्न बनाई अपराध अनुसन्धान कार्यमा थप शसक्त वनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

गोष्ठीमा कोशी प्रदेश अन्तर्गतका १४ वटै जिल्ला प्रहरी कार्यालय प्रमुखहरुले जिल्लाको समग्र बस्तुस्थिति, अनुसन्धानमा गरिएका नविन प्रयोगहरु तथा अनुसन्धानमा देखिएका समस्या र चुनौतीको विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । उक्त गोष्ठीमा जिल्ला प्रहरी कार्यालय तथा मुद्दा चल्ने इलाका प्रहरी कार्यालयहरुका कार्यालय प्रमुख तथा अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।

 नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले अपराध अनुसन्धान गर्ने तल्लो इकाईमा बास्तविक अनुसन्धानमा देखिएका समस्याको बारेमा जानकारी लिने र समस्या समाधानमा यस गोष्ठीले पुलको काम गर्ने बताउँदै अपराधका प्रकृति र प्रवृत्ति परिवर्तित हुँदै गईरहेको हुँदा प्रहरीको अवको अनुसन्धान कसूर अनुसन्धानमा प्रभावकारिता ल्याउने उद्देश्यका साथ प्राप्त श्रोत साधनहरूको अधिकतम उपयोग गरी अनुसन्धानको कार्यलाई कानुनी परिधि भित्र रही वैज्ञानिक, प्रमाणमुखी र पीडित मैत्री बनाउन गोष्ठीमाउपस्थित सम्पूर्ण प्रहरी प्रमुखहरूलाई निर्देशन दिनु भयो ।

गोष्ठीमा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरिक्षक राजन अधिकारी, नेपाल प्रदेश कार्यालय धरानका प्रहरी उपरीक्षक भीम बहादुर दाहाल, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी उपरीक्षक नरेशराज सुवेदी, प्रहरी नायव उपरीक्षक गणेश बहादुर बम, नेपाल प्रहरी प्रधान कार्यालय साईवर ब्युरोका प्रहरी नायव उपरीक्षक ई। दिपेश जोशीले अपराध अनुसन्धानका बिषयमा बुदागत प्रस्तुतिकरण गर्नु भएको थियो भने कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कंडेलले समग्र प्रदेशको अपराधको अवस्था, प्रदेशले औल्याएका त्रुटीहरु र तालुक कार्यालयसंगको अपेक्षा सहितको प्रस्तुतिकरण गर्नु भएको थियो ।

यसै गरी अपराध अनुसन्धानको प्रभावकारीता, कानुन कार्यान्वयनमा देखिएको कठिनाई, कसुरको अनुसन्धान र अभियोजनमा देखिएका चुनौती तथा अनुसन्धानकर्ता र अभियोजनकर्ता बिच समन्वय बिषयमा जिल्ला सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता सुभास कुमार भट्टराई, उच्च सरकारी वकिल कार्यालयका सह(न्यायाधिवक्ता नारायण बहादुर थापाले आ(आफ्नो भनाई राख्नु भएको थियो ।

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटाले उपस्थित प्रमुख अतिथि तथा अन्य अतिथिहरु लगायत गोष्ठीमा सहभागी सम्पुर्ण प्रहरी अधिकृतहरुलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।  

कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मनोज कुमार यादव लगायत प्रहरी अधिकृतहरुका साथै विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, संचारकर्मी तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  


श्याम राई, उदयपुर -गाईघाट, ६ पौष | नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थाापाले २०४६ साल देदि लाभको पदमा बस्ने सबैको सम्पत्ति छानबिनको लागि आयोग बनाउनु पर्ने बताएकाछन् ।

पूर्व तथा बर्तमान प्रहरीको हाकीम सेना, उच्चपदस्थ कर्मचारी, मन्त्री, प्रधानमंत्री सबैको सम्पत्ति छानबिन गरेर भष्ट्राचारगरि आर्जन गरेको पाईएमा उनीहरुको सम्पत्ति जफतगरि कठोर ढण्ड सजाय गरिनु पर्ने थापाले बताए । उदयपुरको कटारी बजारमा शुक्रबार आयोजित प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले मुलुकको अवस्था प्रति जनतामा निराश पैदा हुनमा ब्याप्त भ्रष्टाचार नै प्रमुख कारण देखिएकोले भ्रष्टाचार निर्मुल गर्नको लागि विगत ३४ वर्ष यता लाभको पदमा बसिसकेको र बसिरहेकाहरुको सम्पत्ति छानबिन हुनु पर्ने बताए । मैले यो विषयमा पार्टी सभापतिलाई भनि सकेको छु र संसद्मा संकल्प प्रस्ताब लाने तयारी गरेको छु । उनले भने । उनले मुलुकको समृद्धिको लागि रोजगार सृजना गरेर युवाहरुलाई विदेश पलायन हुनबाट रोक्नु पर्ने बताए ।

अब हाम्रो नेताहरु भाषण कम गरी काम बढी गर्नु बेला आएको उनले बताए । उनले कांग्रेसले एउटा, दुईटा चुनाब हारिदैमा केही फरक नपर्ने हुदा अब कुनै पनि तहका चुनाब जित्न मरिहत्ते नगर्ने बताए । हामीले चुनाब जित्न कुनै मरिहत्ते गर्नु पर्दैन जनताको पक्षमा काम गरेर मन जित्नुस तपाईले केही गर्नु पर्दैन तपाईलाई जनताले तेतिकै जिताई दिन्छन् । उनले भने कोशी प्रदेशका मुख्य मंन्त्री केदार कोईरालाले १० वर्ष मुनिका बालबालिकालाई निःशुल्क उपचारको ब्याबस्था मिलाईएको बताए । उनले अब प्रदेश सरकारले भौतिक विकास भन्दा मानविय विकासमा जोड दिने बताए ।

 

 

 


 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.