Websoft University

सालकको आखेटोपहार सहित दुई जना प्रहरीको नियन्त्रणमा


मोहन कुमार राई÷ भोटखोला गाउँपालिका वडा नं. २ वस्ने अन्दाजी वर्ष ३५ को छिरिङ भोटे र सोही गाउँपालिका  वडा नंं २  च्याम्ताङ वस्ने वाङ्गा भोटेकी छोरी अन्दाजी वर्ष १८ की डेमा थिकेपा नाम वताउने महिलालाई सालकको खपेटा (आखेटोपहार) सहित प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रहरी चौकी चेपुवा संखुवासभाबाट खटिएको प्रहरी टोलिले ग्रामीण गस्ती गर्ने क्रममा जिल्ला संखुवासभा भोटखोला गाउँपालिका वडा नं. ०२ च्याम्ताङस्थित चेपुवाबाट च्याम्ताङ जाने पैदल बाटोमा सामान सहितको बोरा बोकी हिड्दै गरेका मानिसहरुले प्रहरी टोलीलाई देख्‍नासाथ उक्त बोराहरु फाली तत्काल भागी फरार भएको थियो । 

प्रहरी टोलिले उक्त स्थानमा फेला परेको ७(सात) वटा बोरा चेकजाँच गर्ने क्रममा बोरा भित्र सालकको खपेटा (आखेटोपहार) फेला परेको थियो । फेला परेको उक्त बोराहरु फाली फरार हुने व्यक्तिहरुको खोजतलास गर्ने क्रममा सोही दिन वडा नं. ०२ च्याम्ताङ स्थित गोरेटो बाटोमा भोटखोला गाँउपालिका वडा नं. ०२ बस्ने वर्ष अं. ३५ को छिरिङ भोटेलाई फेला पारी प्रारम्भिक रुपमा सोधपुछ् गर्दा निजले आफू समेतले उक्त सालकको खपेटा बोरामा हाली बोकी लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा प्रहरीलाई देखी फालेको भनी बताएको हुँदा निजलाई तत्काल नियन्त्रणमा लिईएको थियो ।

७ वटा बोरामा प्याकिङ्ग गरेको अवस्थामा रहेको उक्त सालकको खपेटा जस्तो देखिने पदार्थको कुल तौल (बोरा बाहेक) २०८.७६ के.जि रहेको जिल्ला प्रहरी कार्यालय, संखुवासभाका मिडिया समन्वय अधिकृत प्रहरी निरीक्षक राम कुमार लामिछानेले जानकारी दिनुभयो ।

 पक्राउ परेका निज छिरिङ भोटेबाट प्रारम्भिक सोधपुछ्को क्रममा हुलिया खुल्न आए बमोजिमको व्यक्तिको खोजतलास गर्ने क्रममा भोटखोला गाँउपालिका वडा नं. ०२ स्थित अरुणोदय उच्च मा.वि. नजिकबाट भोटखोला गाउँपालिका वडा नं. ०२ च्याम्ताङ बस्ने वाङ्गा भोटेकी छोरी वर्ष अं. १८ की डेमा थिकेपा नाम थर, वतन बताउने महिलालाई नियन्त्रणमा लिईएको समेत प्रहरी स्रोतले जनाएको छ ।

यस सम्वन्धमा थप अनुसन्धानको लागि पक्राउ परेका प्रतिवादीहरूलाई बरामद भएको सालकको खपेटा (आखेटोपहार) जस्तो देखिने पदार्थ, घटनास्थल मुचुल्का लगायतका कागजातहरू सहित मकालु बरूण राष्ट्रिय निकुन्ज कार्यालय हेदङ्नामा पौष १३  गते बुझाईएको समेत प्रहरी कार्यालयले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.