Websoft University
August 2022


गाईघाट १५ भदौ | रातो तारा डट कम,परराष्ट्रमन्त्री डा नारायण खड्काले विकास निर्माणकोकाममा सवै दलहरुको सहभागीतामाजोड दिएकाछन् । विकासको प्रतिफल आम जनता कहा पुग्नु पर्ने गरी सवै राजनैतिक दलहरुको आपसी सहयोग आवश्यक रहेको ले विकास निर्माणको काममा कतै वाट खिचलो हुन नहुने उनले वताए । त्रियुगा नगरपालिका वडा न १२ स्थीत विसनपुरमा वुधवार आयोजित विसनपुर र खैजनपुर जोड्ने गरी अत्याधुनिक डिजाइनको झोलुङगे पुलको शिलन्यास गर्दे मंत्री खड्काले सरकारले सवैले अनुभुती हुने गरी विकासका कामहरु गरिरहेको वताए । मंत्री खड्काले गाईघाट फत्तेपुर सडक खण्डमा पुल पुलेसो निर्माण र सडक स्तरउन्नती गर्न भौतिक योजना मंत्रालय मार्फत भारत सरकार संग लगानी भित्राउन पहल भैरहेको वताए ।

 


 


गाईघाट १५ भदौ | रातो तारा डट कम,त्रियुगा नगरपालिका वडा न २ की वडा सदस्य छत्र कुमारी थापा राउत विगत ६ दिन देखि हराईरहेकी छिन् । विराटनगर देखि उपचार गरेर गाईघाट घर फर्कने क्रममा भदौ ९ गते वेलका नगरपालिकाको सेती खोला नजिकै रहेको पेट्रोल पम्प परिसर वाट वेपत्ता भएको श्रीमान् देवी कुमार राउतले वताए । सुनसरीको कालावन्जर देखी उनी सुमो चढेर घर आउदै गरेकी थिईन् । विहान ६ वजे पेट्रोल पम्प अगाडी उत्रीएको उनी त्यस पछि परिवारको सम्पर्कमा नआएको उनले वताए ।‘ उनी हराए पछि चिनजानका सवै व्यत्ती आफन्त कहा सोधपुछ गरीयो तर अझै फेला पार्न सकिएको छैन ।’ उनले भने । पत्नी हराएको वारे ईलाका प्रहरी कार्यलय रामपुर मा उजुरी दिएको उनले वताए ।गाईघाट आउदै गरेको पत्नी विच वाटैमा उत्रीएको ले घट्ना शंकास्पद भएकोले उनले प्रहरीले गहिरो अनुसन्धान गर्नु पर्ने वताए । नेपाली काग्रेस वाट उम्मेदवार वनेर निर्वाचित उनी पाइल्सको उपचार गर्न भदौ ८ गते विराटनगर गएर कालावन्जरमा आफन्त कहा वसेकीे  थिईन् ।


काठमाडौं भाद्र १५ गते | रातो तारा डट कम, जनता समाजवादी पार्टी, नेपालको बागमती प्रदेश समिति पुनर्गठन भएको छ । बुधबार काठमाण्डौको नेपाः व्याङ्क्वेटमा आयोजित कार्यक्रमबाट जय गोलेको अध्यक्षतामा ८७ सदस्यीय समिति घोषणा गरिएको हो । समितिको उपाध्यक्षमा कृष्णभक्त डंगोल, जिमी लामा, प्रतिमा शाही, विकास तामाङ ब्लोन, राजु महर्जन र राजकुमार गिरी रहेका छन् । समितिको मुख्य सचिवमा इश्वर राउत, सचिवहरुमा अजय निराला, अर्जुन कुँवर, दावाछिरी शेर्पा, प्रेम वाइव र लक्ष्मी थापा रहेका छन् ।


समितिको सदस्यहरुमा विश्व आले, विच्छी थामी, रामबहादुर स्याङताङ, लक्ष्मण गुरुङ, लोकबहादुर श्रेष्ठ, शहरमान राई, सत्यनारायण डंगोल, शिद्धिबहादुर जोशी, हेपबहादुर थामी, अर्जुन श्रेष्ठ, आशारत्न डंगोल, इन्द्रबहादुर तामाङ, कविता प्रधान बैद्य, कृष्णबहादुर महर्जन, केदार गौतम, गीता शाही, जीवन महर्जन, दामोदर श्रेष्ठ, निरज गौतम, पञ्चमान बम्जन, फौथापा तामाङ, बाबुराजा प्रजापति, बिजिरत्न, बीरबहादुर लामा, विवेक कट्टेल, बेनी तामाङ, भिमसेन भुजेल, भीमराज सुस्लिङ, मंगलरत्न ताम्राकार, मानबहादुर श्रेष्ठ, माइकल प्रजा, मिना गुरुङ, युवराज भट्टराई, योगेन्द्र खड्गी, रकम तामाङ, लक्ष्मण शाही, राजकुमार राना, राजेन्द्र प्रजा, रेशम राज आराम, शम्भु मल्लिक, शारदा थापा मगर, सुरेन्द्र प्रधान, सुमन श्रेष्ठ, सुरेन्द्र विक्रम ध्वजु, सुवर्णकुमार श्रेष्ठ, सुवास तामाङ, शेरबहादुर प्रजा, स्त्रीमाया तामाङ, सुरेश मोक्तान, नुवाङ शेर्पा, फुर्गेल शेर्पा, सन्तोष तामाङ, रामलाल श्रेष्ठ, जितमान मोक्तान, श्रीजन योञ्जन, प्रल्हाद भुजेल, महेन्द्रमान तामाङ, संगम शर्मा नेपाल, प्रशान्त महासागर नकर्मी, पारस गिरी, संगम लामा, चन्द्र लम्साल, कुसुम नभो बात्रिया, नवराज मोक्तान, सुवोध घलान, देवराज स्याङतान, तिर्थ राना प्रजा, गोपाल राई चक्रबहादुर महर्जन, भीमबहादुर श्रेष्ठ र टंकनाथ तिमल्सिना रहेका छन् ।


कार्यक्रमको प्रमुख अतिथिमा पार्टीका अध्यक्ष उपेन्द्र यादव रहेका थिए भने पार्टीका कार्यकारिणी सदस्य तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ विशिष्ठ अतिथि रहेका थिए ।


माथिल्लो समितिमा रहेका नेताहरु तल्लो समितिमा रहन नमिल्ने विधानको व्यवस्था कार्यान्वयन गर्न समिति पुनर्गठन गरिएको प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जनाए । यस अघि बाबुराम भट्टराई पक्षका कारण उक्त प्रावधान कार्यान्वयन हुन नसकेको अबस्था थियो ।

 


विराटनगर भाद्र १५  गते | रातो तारा डट कम, विराटनगर महानगरपालिकाले आफूले गरेको निर्णय कार्यान्यवनलाई तीव्रता दिएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित होटलले जतिसक्दो चाँडो अग्नि नियन्त्रण यन्त्र (फायर इस्टिङगुइसर)  राख्नुपर्ने भएको छ । महानगरले विराटनगरका सबै होटलले अग्नि नियन्त्रण यन्त्र राख्नुपर्ने निर्णय गरेको थियो ।

सोही निर्णय कार्यान्वयनका लागि होटल सञ्चालकलाई बोलाएर महानगरले छलफलसमेत गरेको छ । एक महिना अगाडि तीनपैनी छेउमा रहेको नाङ्लो रेष्टुरेन्टमा आगलागी भएको थियो । रेष्टुरेन्टमा अग्नि नियन्त्रण यन्त्र नहुँदा ठूलो क्षति भएको थियो । विराटनगरवासीको हितका लागि महानगरले गरेका हरेक निर्णय  कार्यान्वयन गर्न आफूहरू तयार रहेको छलफलमा सहभागीहरूले प्रतिबद्धता जनाएका छन् ।

होटलको सुरक्षाका लागि आफूहरू अग्नि नियन्त्रण यन्त्र राख्न तयार रहेको होटल एसोसिएसन नेपाल प्रदेश–१ का अध्यक्ष राजन श्रेष्ठले प्रतिबद्धता जनाए । “महानगरले धेरै राम्रो निर्णय गरेको छ । यो हाम्रै सुरक्षाका लागि हो,” अध्यक्ष श्रेष्ठले भने, “हामी होटलको स्तर र क्षमताअनुसार चाँडै नै अग्नि नियन्त्रण यन्त्र राख्छौं ।” विराटनगरका कतिपय ठूला होटलहरूले समेत अग्नि नियन्त्रण यन्त्र नराखेको पाइएको छ । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्कीसहितको उपस्थितिमा भएको छलफलमा महानगरले गरेका राम्रा निर्णय कार्यान्वयनमा आफूहरू तयार रहेको होटल व्यवसायीहरूले प्रतिबद्धता जनाए ।

त्यसैगरी विराटनगर–६ केशलिया पुल छेउको ल्याण्डफिल्ड साइटमा सेफ्टीट्यांकीको मलमूत्र फ्याँक्न निषेध गर्ने महानगरको निर्णय पनि बुधबारदेखि नै कार्यान्वयनमा आएको छ । महानगरले सो निर्णय मंगलबार गरेको थियो । बुधबार सेफ्टीट्यांकी व्यवसायीहरूलाई बोलाएर तत्कालै निर्णय कार्यान्वयन गर्न महानगरले आग्रह गरेको छ । अबदेखि सेफ्टीट्यांकीको मलमूत्र विराटनगर–१४ जतुवास्थित महानगर मातहतको फोहोर पानी प्रशोधन केन्द्रमा विसर्जन गर्नुपर्नेछ । “हामीले नगर प्रहरीलाई निर्देशन दिइसकेका छौं यदि ल्याण्डफिल्ड साइटमा सेफ्टीट्यांकीको मलमूत्र फ्याँकेको पाइए कडा कारबाही गर्छौं,” मेयर कोइरालाले भने ।

खुल्ला ठाउँमा मलमूत्र फ्याँक्नेलाई १० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था छ । यसैगरी बजार अनुगमनलाई प्रभावकारी र परिणाममुखी बनाउन महानगरले सरोकारवालासँग अन्तरक्रिया गरेको छ । उपभोक्तावादी संस्थाका प्रतिनिधि, उद्योगी–व्यवसायी, औषधि व्यवस्था विभाग, वाणिज्य तथा नापतौल कार्यालयलगायत सरोकारवाला कार्यालयका प्रनितिनिधिलाई बोलाएर महानगरले अन्तरक्रिया गरेको हो । अन्तरक्रियामा उपमेयर कार्कीले बजार अनुगमनमा सबैले साथ दिनुपर्नेमा जोड दिइन् । “हामी क्षेत्रगत रुपमा बजार अनुगमन गर्ने तयारी गरिरहेका छौं,” उपमेयर कार्कीले भनिन्, “यसमा तपाईंहरूको साथ र सहयोग चाहियो ।” कानुनले बजार अनुगमनको नेतृत्व उपप्रमुखलाई दिएको छ । अन्तरक्रियामा उपभोक्ता जागरण अभियान नेपालका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले बजार अत्यन्तै संवदनशील भएकाले नियमित अनुगमन गर्नुपर्नेमा जोड दिए । मोरङ व्यापार संघका महासचिव अनिल साह, पब्लिक फोरम नेपालका अध्यक्ष उत्तम ढुंगेल, नागरिक समाजकी अगुवा मीना जोशी, उद्योग संगठन मोरङका कार्यकारी निर्देशक चूडामणि भट्टराई, हाम्रो अस्पतालका डा. शंकर अधिकारीलगायतले महानगरले राम्रो कामको सुरुवात गरेकाले यसमा सबै महानगरवासीले आ–आफ्नो ठाउँबाट साथ दिनुपर्ने बताए ।


विराटनगर, १५ भदौ । रातो तारा डट कम,मानव अधिकार संरक्षण, सम्र्बद्धन र सरोकार विषयक कार्यशाला बुधबार विराटनगरमा सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र  इन्सेक प्रदेश १ कार्यालय विराटनगरको आयोजनामा सरोकारवालहरूले मानवअधिकार रक्षकहरूले राज्यसँग पहिचान खोज्नेवेला आएको बताए ।  

 कार्यक्रममा इन्सेक प्रदेश १ कार्यालयका प्रमुख सोमराज थापाले मानव अधिकार रक्षकको अवस्थाबारे प्रस्तुतीकरण गर्नु भएको थियो । कार्यक्रममा नेपाल सरकार गृह मन्त्रालयले ड्राफ्ट गरेको मानव अधिकारकर्मीको सुरक्षा र संरक्षण सम्वन्धि आदेश २०७७ ले समेटेका विषयमा थापाले जानकारी गराउनुभयो । उहाँले मानवअधिकार रक्षकहरूको अवस्था द्वन्द्वकालमा भन्दा सुधार भएको तर,  अझै पनि ढुक्क हुने अवस्था भने नरहेको बताउनुभयो ।  राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ निर्देशक नितु गड्तौलाले मानव अधिकार संवन्धि राष्ट्रिय कार्ययोजना र मानव अधिकार संवन्धि निर्देशिकाहरु जारी भएपनि मानव अधिकार रक्षक संवन्धि छुट्टै कानुन निर्माण नभएकाले अझै पनि मानव अधिकार रक्षक राज्यको पहिचानमा नपरेको बताउनुभयो ।

 मानवअधिकारकर्मी मणिकुमार  अज्र्यालले मानवअधिकार रक्षकहरूले धेरै काम गरेको भए पनि त्यस्ता कामको अभिलेखिकरण हुन नसकेको बताउनुभयो । नारी विकास संघकी प्रमुख सीता शर्माले मानवअधिकार रक्षकहरूले गाइडलाईन विनै पनि काम गरिरहेको अवस्थामा सरकारले गाइडलाईन बनाउनु सकारात्मक रहेको बताउनुभयो ।  गैरसरकारी संस्था महासंघ प्रदेश १ का अध्यक्ष  लखन साहले सबैको संगठन भए पनि मानवअधिकार रक्षकको बलियो संगठन नभएको बताउनुभयो  । मानवअधिकार रक्षकहरूको सञ्जाल, उप सञ्जाल गठन भएको तर बलियो र आधिकारिक संगठन नरहेको उहाँको भनाई  छ ।

 प्रदेश सरकारले बारम्बार लगानी सम्मेलनको कुरा गरे पनि प्रदेश १ मा लगानी सम्मेलन नहुँदा दातृ निकायहरू तथा अन्तारष्ट्रिय गैर सरकारी संस्थालाई लगानी गर्ने वातावरण बन्न नसकेको उहाँको भनाई छ ।  कार्यशालामा मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षण गर्ने सम्वन्धि आदेश २०७७ का विषयमा छलफलसमेत गरिएको थियो ।

 

 


दमक भदौं १५ गते | रातो तारा डट कम,नेपाल उत्पीडित जातीय मुक्ति समाजको स्यायी कमिटीको आज बसेको बैठकले आसन्न संघीय र प्रदेशको प्रत्यक्ष तर्फको निर्वाचनमा राजनीतिक दलहरुले दलित समुदायका नेता, कार्यकर्तालाई उम्मेदवार बनाउन माग लगायतका आधा दर्जन बढी निर्णय गरेको छ । 


मुक्ति समाजका अध्यक्ष मनोहर विश्वकर्मा पौडेलको अध्यक्षतामा काठमाण्डौंमा बसेको स्यायी कमिटी बैठकले आउदो मंसिर ४ गते हुने संघीय र प्रदेशको प्रत्यक्ष तर्फको निर्वाचनमा नेकपा एमाले लगायतका राजनीतिक दलले दलित समुदायका नेता ,कार्यकर्तालाई उम्मेदवार बनाउन माग गरिएको हो ।

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मुक्ति समाजको माउ पार्टी एमालेको सुर्यध्वजा वाहक उम्मेदवारलाई विजय गराउन संगठनका केन्द्रीय अध्यक्ष मनोहरको संयोजत्वकमा ४सय ७५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गर्ने पनि निर्णय गरेको संगठनका केन्द्रीय सचिव तथा जिल्ला समन्वय समिति झापाका निर्वतमान प्रमुख सोम नाथ पोर्तेलले जानकारी दिनु भयो । निर्वाचन परिचालन कमिटीमा संगठनको केन्द्रीय कमिटी ,लेखा , सल्लाहकार , सातै प्रदेश कमिटीको पदाधिकारीहरु, सबै जिल्ला कमिटीका अध्यक्ष रहने छन् ।  

 एमालेले जारी गर्ने पार्टीको निर्वाचन घोषण पत्रमा सुझाव दिन अध्यक्ष विश्वकर्माको अध्यक्षतामा  उपाध्यक्ष निर्मल देउजा ,मैना अछामी ,सचिव सोम नाथ पोर्तेल ,टेक घतानी,स्यायी कमिटी सदस्यहरु डिल्लीध्वज वराइली ,विष्णु बहादुर मिजार रहेको कार्यदलले भदौं २० गते भित्र सुझाव दिने संगठनले जनाएको छ । स्यायी कमिटीको बैठकले सातै प्रदेश कमिटीले प्रदेश स्तरीय निर्वाचन परिचालन कमिटी असोजको पहिलो साता गठन गरी सक्ने निर्णय पनि गरेको छ । 

सबै जिल्ला कमिटीले असोज २२ गते भित्र निर्वाचन परिचालन कमिटी गठन गरि निर्वाचन परिचालनको योजना बनाउने र परिचालन गर्ने । सबै पालिकाले असोज मसान्त सम्म निर्वाचन परिचालन कमिटी गठन गर्ने गरी एमाले पार्टीको पक्षमा मतदान गर्न  प्रचारको कार्यलाई प्रभावकारी रुपमा परिचालन गर्ने लगायतका निर्णय भएको केन्द्रीय सचिव पोर्तेलले जानकारी दिनु भयो ।


मोरङ, भाद्र १५ गते । रातो तारा डट कम,मोरङको बिराटनगर महानगरपालिका(१२ रोडशेस चोक स्थितबाट प्रहरीले भन्सार छली गरी नेपाल भित्राउदै गरेको अवैध सामग्री बरामद गरेको छ । हिजो राती साढे ८ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा द्यच् ठप् ज्ञठद्दद्ध नम्वरको ट्रयाक्टरमा करिव ३७ लाख मुल्य बरावरको बिभिन्न प्रकारका मोटर पार्टसहरु भारतबाट अबैध रुपमा भन्सार छली नेपाल भित्राउदै गरेको अवस्थामा बरामद गरेको हो । प्रहरीले बरामद गरेको अवैध सामग्री तथा ट्रयाक्टर र चालक भारत अररियाका तलुवा मुर्मु सहितलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको र अन्य अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



विराटनगर, १५भदौ | रातो तारा डट कम,प्रदेश १ सरकारले स्थापना गरेको देशकै पहिलो प्राबिधिक विश्वविद्यालय आफनो रणनीति सफल बनाउन अग्रसर हुन थालेको छ ।


१६ असोज २०७६ मा ऐन निर्माण गरेर मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो मनमोहन प्राबिधिक विश्वविद्यालय (एमटियू) गुणस्तरिय र सस्तो उच्च शिक्षाका लागि आफनो रणनीति सफल बनाउन अग्रसर हुन थालेको हो ।


तीन बर्ष पहिले मात्र स्थापना भएको देशकै पहिलो प्राविधिक विश्वविद्यालय एमटियुले दस बर्ष भित्र स्नातक, स्नातकोत्तर र विद्यावारधी(पिएचडी) गरी २८ वटा विभिन्नविषयहरु सञ्चालन गर्ने रणनीति बनाएको छ ।

जस अन्र्तगत हाल एमटियुमा स्कुलअफ इन्जिनियरिङ्ग,  स्कुलअफ एप्लाईड साइन्स एण्ड टेक्नोलोजी र स्कूलअफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज संंकाय स्थापना भैसकेका छन  । यो विश्वद्यिालयले तीन वटा स्कूलहरु अन्तर्गत दश वर्षमा सबै कार्यक्रमहरु सञ्चालन गराएर  हरेक बर्ष  कूल २८ सय ३१ जना विद्यार्थी दिक्षित बनाउन लक्ष्य राखेको रजिष्ट्रार डा दिलनाथ फुँयालले जानकारी गराए ।  


रजिष्ट्रार डा दिलनाथका अनुसार  मुलुकमा व्यवहारिक विकासका लागि आवश्यक पर्ने उच्चस्तरिय प्राविधिक जनशक्ति उत्पादनगर्न बहुप्राविधिक विश्वविद्यालयको अवधारणा अनुरुप प्रतिस्पर्धात्मक, गुणस्तरयुक्त, उपलब्धिमूलक अनि  अन्तर्राष्ट्रिय विकाक्रमसँग आबद्धहुन सक्ने मानव संशाधन विकास गर्न योजना एमटियुको रहेको छ ।

यसैले विज्ञान, प्रविधि तथा व्यावसायिक क्षेत्रको ज्ञान र सीपका साथै सान्दर्भिक अनुसन्धानलाई व्यापक एवं व्यवहारिक र समय सापेक्ष बनाउने एमटियुको लक्ष्य छ ।

 रणनीति सफल बनाउन शैक्षिक पुर्वाधारमा लगानी बढाउदै एमटियू  

 एमटीयूले गत आ.व. २०७८÷७९ देखी स्कूलअफइन्जिनियरिङ्ग अन्तर्गत स्नातकतहको बी.ई ईन सिभिल इन्जिनियरिङ्ग र बी.ई. ईन इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ्गको पठनपाठन थालिसकेको छ । गुणस्तरलाई ख्याल गर्दै दुबै बिषयमा   २४–२४ जनाको सीट कामय गरेर बिद्यार्थीहरु भर्ना लिएर पठनपाठन सुरु गरेको डिन डा प्रचण्डमान प्रधानले बताए । सस्तो खर्च चार बर्षे ईन्जिनियरिङ कोर्ष पढन कालागि पहिलो बर्ष नै एमटियुमा सयौ बिद्यार्थीहरुको लर्को लागेको थियो । तर सिमिट सिटको कोटाले गर्दा पहिलो व्याचमा आवेदन दिएका पाँच सय विद्यार्थी मध्ये जम्मा ४८ जनालाई मात्र प्रवेश परिक्षा मार्फत भर्ना लिएको डिन प्रधानले बताए ।

देशका लागि आवश्यक दक्ष र व्यवहारिक ईन्जिनियरहरु उत्पादन गर्न एमटियुले कक्षा कोठा आधुनिक र वतावरणमैत्री बनाएको छ । सँगै सैद्धान्तिकसँगै व्यवहारिक ज्ञानका लागि एमटियुले सिभिल र ईलेक्टिोनिक्स दुवैतर्फ करोडौ खर्चे अत्याधुनिक ल्याब पनि स्थापना गराइसकेको कार्यक्रम संयोजक ईन्जिनियर नरेन्द्रकुमार डाँगीले बताए । साथसाथै एमटियुले विद्यार्थीहरुका लागि अत्याधुनिक लाईब्रेरी पनि स्थापना गराइसकेको छ ।

ईन्जिनियरिङ संकायका  ईलेक्ट्रिोनिक्स एण्ड इलेक्ट्रिकल विभाग प्रमुख डा दिपरत्न डंगोलका अनुसार गुणस्तरिय व्यवहारिक पढाईलाई ख्याल गर्दै हाल एमटियुमा ईलेक्ट्रिकतर्फ मेसिन ल्याव , बेसिक इलेक्ट्रिक ल्याव , कन्ट्रोल ल्याब र इलेक्ट्रिोनिक्स ल्याब सञ्चालनमा आइसकेको छ ।

कार्यक्रम संयोजक तथा ईन्जिनियर नरेन्द्र डाँगीका अनुसार सिभिलतर्फ पनि फ्रुट मेकानिक्स , हाईड्रोपावर , हाइवे , मेटेरिय , , स्वायल , लगायत एक दर्जन बढी ल्याव स्थापना भैसकेको छ । सँगसँगै एमटियुले सबै पठनपाठन कमप्युटरबाट गराउनका लागि व्यवस्थित कमप्युटर ल्याब पनि स्थापना गराएको छ ।  जसले गर्दा विद्यार्थीहरुलाई पहिलो बर्षदेखी नै व्यवहारिक पठनपाठनमा सहज भैरहेको छ ।

सैद्धान्तिक पढाई गरेर देखेको र हेरेको भरमा मात्र दक्ष ईन्जिनियरहरु उत्पादन हुन नसक्ने भएकोले एमटियुले प्रथम बर्षदेखी नै आवश्यक सबै ल्यावहरु स्थापना गरेर सञ्चालनमा ल्याएको डिन डा प्रचण्डमानले बताए । भने र्, हामीले दक्ष ईन्जिनियर उत्पादन गराउन ४० प्रतिशत थ्यौरी र ६० प्रतिशत प्राक्टिकल कक्षा पढाउने गर्दछौ यसैले समयमै आधुनिक ल्याव स्थापना गरेका गराएका हौ ।’,

गुणस्तरि ईन्जिनियर उत्पादन गर्नका लागि ल्याब निर्माणमा मात्र दश करोड भन्दा बढी रकम खर्चिसकेको र थप खर्च गर्दै जाने एमटियुका रजिष्ट्रार डा दिलनाथ फुँयालले बताए । रजिष्ट्रार फुँयालका अनुसार दक्ष प्राध्यापक र नयाँ पाठयक्रम भएर मात्र सफल ईन्जिनियर उत्पादन नहुने भएकोले अभ्यासबाटै बिद्यार्थीलाई दक्ष बनाउने लक्ष्य एमटियुको छ । रजिष्टार फुँयालले भने र्,  एमटियुमा चार बर्ष पढिसकेपछि उत्पादन भएका सबै ईन्जिनियरहरुले पुन तालिम लिन नपरोस र तुरुन्तै रोजगार पाउन भन्ने हाम्रो उद्देश्य हो यसैले शैक्षिक लगानीमा कुनै सम्झौता हुदैन ।’,

ग्रामिण क्षेत्रको शान्त वतवरणमा रहेको मनमोहन प्राबिधिक विश्वविद्यालयले पहिलो व्याचदेखी नै विद्यार्थीलाई आउनेजाने यातायाता र छात्राहरुका लागि होस्टलको प्रबन्ध पनि मिलाएको छ । सँगसँगै आफै कमाएर पढन चाहने बिद्यार्थीलार्ई अर्न टु लर्न ’कार्यक्रम पनि सञ्चालनमा ल्याउन लागेको जनाएको छ । जसबाट बिद्यार्थीहरुले एमटियुकै ल्यावमा काम गर्न सक्नेछन । एमटियुको सिभिल ल्याबमा भौतिक निर्माणमा प्रयोग गरिने फलामे छड , सिमेन्ट , ढुंगागिट्टी लगायतका विभिन्न सामग्रीहरु शसुल्क परिक्षण पनि गर्ने गरिएको छ ।

सँगै एमटियुले आफनै अनुसन्धान केन्द्र पनि स्थापना गरिसकेकोले रिसर्च गर्न चाहने बिद्यार्थीहरुका लागि निशुल्क अवसर पनि उपलब्ध हुनेछ ।

एमटियुमा ईन्जिनियरिङतर्फ चाँडै भर्ना खोलिदै  

 देशकै पहिलो प्राविधिक विश्वविद्यालयमा स्कुल अफ ईन्जिनियरिङतर्फ दोस्रो ब्याचको भर्ना चाँडै खोलिन लागेको छ । डिन प्रचण्डमान प्रधानका अनुसार पहिलो बर्षमा ईन्जिनियरितर्फ २४ । २४ जना कोटा कायम गरेर विद्यार्थी भर्ना लिएपनि आगामी बर्ष दोब्बर बढाएर ४८ । ४८ जना विद्यार्थीले भर्ना हुन पाउनेछन । तर त्यसका लागि आवेदन दिन विद्यार्थीहरुले प्रवेश परिक्षा भने उत्तिर्ण गर्नैपर्नेछ । उत्तीर्ण बिद्यार्थी मध्ये उत्कृष्ट अंकको आधारमा विद्यार्थी छनौट हुनेछन । एमटियुले चार बर्षै ईन्जिनियरिङ कोष मात्रै साढे ५ लाख रुपैयामा पढाउन थालेको छ । एमटियुमा भर्ना हुन चाहने विद्यार्थीहरुले प्रविणता प्रमाणपत्र तह, उच्चमाध्यमिक तह, ए लेभल वा इन्जिनियरीङ्ग डिप्लोमा गरेको हुनुपर्ने छ । भर्ना हुन चाहने बिद्यार्थीले  परीक्षामा कूल पूर्णाङ्गको ४५ प्रतिशत अंकप्राप्त गरी फिजिक्स, केमेस्ट्री र गणितमा कम्तीमा ५० प्रतिशत ल्याइ उत्तीर्ण गरेको हुनु पर्नेछ । वाीभततभच न्चबमष्लन भएमाल्भ्द्यको हकमा सबै विषयहरूमाँष्लब िन्चबमभमान्यूनतमऋ न्चबमभप्राप्त गरी फिजिक्स, केमेस्ट्री र गणितविषयमाकम्तिमाऋंल्याएको हुनु पर्नेछ । प्रविणता प्रमाणपत्र तहवाउच्चमाध्यमिकतहमा जिवविज्ञान विषयलिने विद्यार्थीले छुट्टै गणित विषयलिई कम्तीमा ४५प्रतिशतवाऋंल्याइफिजिक्स, केमेस्ट्री र गणितमा विषयमाकम्तीमा ५० प्रतिशत भएको हुनु पर्नेछ ।

 


शिव भट्टराई, मोरङ  भदौ १४ गते, मंगलबार | रातो तारा डट कम,आज देशै भर नेपाली नारीहरुको चाड हरितालिका तिज मनाउने क्रममा मोरङको सुन्दरहरैंचा वार्ड नं ७ मा मौलिक संस्कृतिको जगेर्ना गरौं, कला र प्रतिभाको सम्मानमा जुटौं भन्ने मुल नाराका साथ चन्द्रसुर्यमध्यालिमार्ग टोल विकास संस्थाको आयोजनामा र नागेशोरि भजन कृतन समुह, श्री कृष्ण भजन कृतन समुह र फुल बारी युवा क्लबको सह आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ। 


कार्यक्रममा सुन्दरहरैंचा ७ का वडाध्यक्ष भुवन सिंह आले मगरको प्रमुख आतिथ्यता रहेको थियो भने टोल विकास संस्थाका अध्यक्ष सन्त ब. पन्धाकको अध्यक्ष्यता रहेको थियो।उक्त कार्यक्रममा बोल्दै वार्ड नं ७ का वडाध्यक्ष भुवन सिंह आले मगरले महिलाहरुलाई तिज पर्वको अवसरमा शुभकामना व्यक्त गरेका थिए। सोही अवसरमा यस टोल विकास संस्थाले जेष्ठ माता र जेष्ठ पितालाई सम्मान गरेको थियो।

त्यसैगरी चर्चित लोक दोहोरी गायीका गङ्गा गौतम , गायक रमेश आचार्यको साथमा पुर्बान्चलका वरिष्ठ कलाकारको बेजोड प्रस्तुति सहित नेपाली मौलिक सस्कृति झल्किने सामुहिक नित्य, जनचेतनामुलक नाटक, मनोरन्जनात्मक खेलहरु खेलाईएको थियो।

भखरै स्थापना भएको यस संस्थाले सुन्दरहरैंचामा समाज विकासको लागि सामाजिक कार्य गरेर अगाडि बढ्ने संस्थाका सचिव रबिन बजगाईंले जानकारी दिएका छन्। कार्यक्रममा विशिष्ठ अतिथि प्रेम प्रसाद उप्रेती, जनप्रतिनिधि, सामाजिक संघ संस्थाका पदाधिकारीहरु, टोल विकास संस्थाका पदाधिकारीहरु, राजनीतिक सामाजिक व्यक्तित्व लगायतको उपस्थिति रहेको थियो।


विराटनगर  रातो तारा डट कम, नेपालका लागि बेलायती राजदूत निकोला पोलित्तले बेलायतको उपयुक्त सहरसँग विराटनगरको भगिनी सम्बन्ध स्थापना गर्ने प्रतिबद्धता जनाएकी छन् ।


विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीसँगको छलफलपछि राजदूत पोलित्तले विराटनगर ऐतिहासिक सहर भएकाले बेलायतको पनि उपयुक्त सहर छनौट गरेर भनिगी सम्बन्ध स्थापना गर्ने बताइन् । राजदूत पोलित्त र राजदूतवासका मिसन उपप्रमुख डा. लुक ब्युमन्टलाई स्वागत गर्दै मेयर कोइरालाले नेपाल र बेलायत बीचको दैत्य सम्बन्ध ऐतिहासिक रहेको चर्चा गरे । दुई मुलुकबीच दैत्य सम्बन्ध स्थापना भएको दुई सय वर्षभन्दा बढी भएको बताउँदै मेयर कोइरालाले भने, “विराटनगर औद्योगिक र राजनैतिक इतिहास बोकेको धेरै पुरानो सहर हो, बेलायतमा पनि यस्तै ऐतिहासिक सहर थुप्रै छन्, ती सहर र विराटनगरबीच भगिनी सम्बन्ध स्थापना होस् भन्ने हाम्रो चाहना छ ।” मेयर कोइरालाले राखेको प्रस्तावमा राजदूत पोलित्तले आफू सकारात्मक भएको प्रतिक्रिया दिइन् । कोइरालाले राजदूतावास र महानगरबीचको सम्बन्ध प्रगाढ बनाउन आवश्यक सहकार्य र समन्वय गर्न महानगरले सम्पर्क अधिकृत रत्नाकर झालाई तोकेको जानकारी दिँदै दूतावासबाट पनि कसैलाई सम्पर्क व्यक्ति तोकिदिन आग्रह गरे ।

उपमेयर शिल्पा निराला कार्कीले महानगरले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् । उनले महानगरले पछिल्लो समय गरिरहेका कामका विषयमा राजदूतलाई जानकारीगराएकी थिइन् । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) बारेमा जानकारी गराएका थिए ।


विराटनगर भाद्र १४  गते | रातो तारा डट कम,   विराटनगर महानगरपालिकाले विराटनगर–६ स्थित ल्याण्डफिल्ड साइटमा घरको सेफ्टीट्यांकीबाट निकालेको ढल फ्याँक्न निषेध गर्ने निर्णय गरेको छ ।


खुल्ला रुपमा सेफ्टीट्यांकीको ढल फ्याँक्दा वातावरण दुर्गन्धित भएको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए । स्थानीयको गुनासोपछि महानगरले केशलिया पुल नजिकै रहेको ल्याण्डफिल्ड साइट सेफ्टीट्यांकीको ढल फ्याँक्न निषेध गरेको हो । शौचालयको फोहोर सेफ्टीट्यांकीमा राखेर ल्याण्डफिल्ड साइट लगेर फ्याँक्नेगरिएको थियो । जसले आसपासको क्षेत्रमा दुर्गन्ध फैलिनुका साथै झिंगाले समेत दुःख दिएको भन्दै स्थानीयले महानगरको ध्यानाकर्षण गराउँदै आएका थिए । अझ सेफ्टीट्यांकीले बाटोमा समेत फोहोर झार्दै हिंड्ने गरेको स्थानीयको भनाइ थियो । त्यसैलाई ध्यानमा राखेर महानगरको फोहोर व्यवस्थापनको जिम्मेवारी पाएका उत्तर, मध्य र दक्षिण क्षेत्रका साझेदार संस्थाका प्रतिनिधिलाई बोलाएर छलफलसमेत गरेको छ । उक्त स्थान साझेदार संस्थाले भाडामा लिएर फोहोर व्यवस्थापन गर्दै आएका छन् ।

ल्याण्डफिल्ड साइडमा सेफ्टीट्यांकीको फोहोर फ्याँक्न नदिन साझेदार संस्थाका प्रतिनिधि पनि सहमत भएका छन् । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतसहितको साझेदार संस्थाका प्रतिनिधिसँगको बैठकले महानगरको फोहोर संकलनका क्रममा तोकिएको शुल्कभन्दा बढी लिएको पाइए कडा कारबाही गर्ने निर्णयसमेत भएको छ । “साझेदार संस्थाले फोहोर संकलन गर्दा तोकिएको शुल्कभन्दा बढी लिइएको पाइए कडा कारबाही गर्छौं,” मेयर कोइरालाले भने, “कसैले त्यस्तो गरेको छ भने प्रमाणसहित महानगरमा आउन म महानगरवासीलाई आग्रह पनि गर्छु ।” साझेदार संस्थाहरूलाई सम्झौतामा उल्लेख भएबमोजिम कार्यतालिकाअनुसार फोहोर उठाउन मेयर कोइरालालेनिर्देशनसमेतदिए ।


विराटनगर  भाद्र १४गते | रातो तारा डट कम,  विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले दक्ष जनशक्तिको विदेश पलायनले मुलुकका लागि दुर्भाग्य भएको बताएका छन् ।


ईस्ट्रन कलेज अफ इन्जिनियरिङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सरकारी र निजी सबै क्षेत्रमा दक्ष जनशक्ति अभाव रहेको उल्लेख गरे ।

उनले विराटनगर महानगरपालिकामा पनि दक्ष जनशक्तिको अभाव रहेको बताए । क्षमता भएका र सीप भएका युवाहरु विदेश पलायन हुँदा मुलुकको विकासमा समेत बाधा पुगिरहेको उनको भनाइ थियो । “हरेक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ, यहाँ इन्जिनियरले गर्नुपर्ने काम ओभरसेरले गरिरहेको छ, अनि कसरी गुणस्तरीय काम हुन्छ,” उनले भने, “युवा पलायन रोक्न महानगरले कस्तो नीति ल्याउनुपर्छ हामी ल्याउन तयारछौं । यसमा एउटाको मात्रै होइन तीनै तहको सरकारको भूमिका आवश्यक देख्छु म ।” दक्ष जनशक्ति अभावकै कारण विकास निर्माणका काम गुणस्तर नभएको उनको भनाइ थियो ।

इन्जिनियरिङ अध्ययन गर्न कलेजमा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई सम्बोधन गर्दै मेयर कोइरालाले नेपालमा पनि थुप्रै अवसर रहेको उल्लेख गरे । “तपाईंहरुमध्ये धेरैको सोच होला इन्जिनियर भएपछि विदेश जाने अनि उतै सेटल हुने,” मेयर कोइरालाले भने, “म देश बनाउन पढ्दैछु । म यही देशमा जागिर राख्छु भनेर तपाईं आजै प्रण गर्नुहोस् ।” कार्यक्रममा विभिन्न क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई मेयर कोइरालाले सम्मानसमेत गरेका थिए । सो अवसरमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्यसँगै गीतसमेत प्रस्तुत गरेको थिए ।

 


काठमाडौं भाद्र १४ गते | रातो तारा डट कम,प्रतिनिधिसभाको ५ वर्षे कार्यकाल सकिनै लाग्दासमेत सञ्चारसम्बन्धी विभिन्न कानुनहरू टुंगोमा पुग्न नसकेकोप्रति नेपाल पत्रकार महासंघले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी ध्यानाकर्षण गराएको छ ।

मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी विभिन्न कानुनहरू चालू अधिवेशनमा नै टुंगोमा पु¥याउन पहल गर्न प्रधानमन्त्री देउवालाई महासंघको प्रतिनिधिमण्डले आज आग्रह गरेको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा हाल मस्यौदाका रूपमा विचाराधीन अवस्थामा रहेका सञ्चारसम्बन्धी ती कानुनहरू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री हुनुपर्नेमा पनि महासंघले जोड दिएको छ । 

अहिले सञ्चारसम्बन्धी कानुन नहुँदा विद्युतीय कारोबार ऐनलगायतका विभिन्न कानुनहरू आकर्षित गरी पत्रकारलाई दुःख दिने काम गरिएकोप्रति महासंघले चिन्ता प्रकट गरेको छ । 

भेटघाटका क्रममा प्रधानमन्त्री देउवाले महासंघले उठाएका र राखेका मागहरूलाई सकारात्मक रूपमा लिई तत्काल टुंगोमा पु¥याउनका लागि पहल गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई फोनमार्फत निर्देशन दिनुभएको थियो ।

भेटमा महासंघका तर्फबाट अध्यक्ष विपुल पोख्रेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोसन पुरी सहभागी हुनुहुन्थ्यो ।

महासंघले प्रतिनिधिसभा भंग हुनुअगावै सञ्चारसम्बन्धी कानुनका विषयलाई टुंगोमा पु¥याउन पहल गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटालाई पनि भेटेर ध्यानाकर्षण गराउने कार्यक्रम रहेको छ । 

रोसन पुरी
महासचिव


काठमाडौँ । रातो तारा डट कम, ‘द कलेज एम्बेसडर २०२२’ प्रतियोगीले आफुमा रहेको ट्यालेन्ट देखाएका छन् । हुकुम दरबार कमल पोखरीमा आयोजित ट्यालेन्ट राउन्ड अन्तर्गत प्रतियोगीहरुले नृत्य, गायन, अभिनय, वक्तित्वकला, चित्रकला लगायत बिषयमा आ–आफ्नो ट्यालेन्ट देखाएका हुन् । 


डान्स कोरियोग्राफर श्रेया महर्जन, सौदर्य प्रतियोगीता विजेता पूजा पुरी र प्रोफेसर बिनय रन्जित लगायत प्रतियोगीताको निर्णायकमा रहेका थिए । प्रतियोगीतामा ८ महिला र ८ पुरुष प्रतियोगी रहेका छन् ।

प्रतियोगीताको यो ११ औं संस्करण हो । यसका लागि उपत्यकाका नाइटिंगेल इन्टरनेशनल कलेज हेराल्ड कलेज, काठमाडौं स्कूल आफ सेन्टल स्टेज, किष्ट कलेज, गोल्डेन गेट अन्तर्राष्ट्रिय कलेज, वेष्टन कलेज, ह्वाइटफिल्ट इन्टरनेशनल कलेज, कुसम, द टाइम्स इन्टरनेशनल कलेजका करिब ८० भन्दा प्रतियोगीले अडिसन दिएको आयोजक ग्रिनआर्ट मिडियाका सिइयो प्रविण लाकौरले बताए ।

प्रतियोगी अहिले हुकुम दरबार कमला पोखरीमा आफ्नो प्रतिभा निखार्न प्रशिक्षणमा छन् । समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका बिभिन्न बिषयमा आफुलाई निखार्दै अन्तिम स्पर्धामा उत्रिने उनीहरु उत्रिने ग्रिनआर्ट मिडियाकी निर्देशक अनिला श्रेष्ठले जानकारी दिइन् । मिसेन युनिभर्स नेपाल २०१९ की विजेता समेत रहेकी अनिला प्रतियोगीताको कोरियोग्राफर समेत हुन् ।

प्रतियोगीताको अन्तिम स्पर्धा यदि भदौ १७ गते रसियन कल्चल सेन्टर (रसियन हाउस) कमलपोखरीमा आयोजना हँुदैछ । प्रतियोगीमा शिर्ष सहित बिभिन्न आधा दर्जनबढी बिधामा विजेता छानिनेछ । 


झापा, भाद्र १४ गते । झापाको भद्रपुर नगरपालिका-४ स्थित मेची नदीमा पौडी खेल्ने क्रममा भद्रपुर नगरपालिका-३ का भुपाल भुजेलको १८ बर्षीय छोरा सामुएल भुजेललाई नदीले बगाई मृत्यु भएको छ । हिजो अपरान्ह साढे ४ बजे पौडी खेल्ने क्रममा नदीले बगाएको भन्ने जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भद्रपुर र प्रहरी चौकी महेशपुरबाट प्रहरी टोली खटि स्थानियहरु समेतको सहयोगमा नदीमा खोजतलास गर्ने क्रममा आज बिहान पौने ९ बजे भुजेललाई बगाएको स्थान देखि ७ किलोमिटर दक्षिण नदी किनारमा मृत अवस्थामा फेला पारेको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।


काठमाडौं, १३ भदौ | रातो तारा डट कम,अमेरिकाबाट निर्माण गरिएको नेपाली लघु चलचित्र ‘परिवार’ को प्रिमियर शो गरिएको छ । अमेरिकामा बस्दै आएका निर्देशक सुमन दाहालले यो चलचित्रलाई अमेरिकाको ल्याक्सिनटन शहरमा छायाँकन गरेर तयार पारेका हुन् । चलचित्रको प्रिमियर शो पनि आईतबार बेलुका केन्टकी स्थित ल्याक्सिनटन सिटीमा गरिएको छ ।


सम्राट क्रियसनको आयोजना तथा सम्राट कियसनका अध्यक्ष सम्राट दाहालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बोल्दै चलचित्र निर्देशक सुमन दाहालले भने,‘मैले जानेको कुरा भनेकै चलचित्र कर्म भएकाले अमेरिकामा रहेर पनि विभिन्न चलचित्र निर्माण गर्दै आएको छ । मुलत बिदेशमा बसेका नेपालीहरुको परिवारको एकताका लागि चलचित्र परिवार निर्माण गरेको हुँ ।’ प्रिमियर शोमा सबैबाट राम्रो प्रतिक्रिया पाउँदा आफु उत्साहित भएको उनले बताए । यो चलचित्रलाई अब विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय फिल्म महोत्सबमा प्रदर्शनी गरिने पनि निर्देशक दाहालले जानकारी गराएका छन् । 
एनआरएनले आईसिसी अमोरिका रिजनका डेब्युटी रिजनल कोअर्डिनेटर पुरूषोत्तम बोहोराको विशिष्ट अतिथ्यतामा सम्पन्न लघु चलचित्र परिवारको प्रिमियर शोमा एनआरएनको तर्फबाट शशी अधिकारी, एनआरएनए केन्टकी च्याप्टरका अध्यक्ष केशव लोहोनी, अन्तर्राष्ट्रीय कलाकार समाज अमेरिका केन्टकी च्याप्टर अध्यक्ष अर्जुन थापा, स्थानीय नेपाली सामाजिक संस्था एन्का अध्यक्ष थिरलाल अर्याल स्थानीय सामाजिक संस्थाका पूर्व नेत्रित्वकर्ता राम खनाल, मोहनी डुम्रे, प्रवासी नेपाली मंच अमेरिकाका उपाध्यक्ष गोपाल कंडेल, स्थानीय सामाजिक संस्थाका पूर्व उपाध्यक्ष बाबुराम अधिकरीले यो चलचित्र हेरेपछि फिल्म परिवारले परिवारमा  एकता र सुख शान्तिको सन्देश दिएको बताए ।
प्रिमियर शोमा चलचित्रको परिवारको बारेमा चलचित्रकर्मी प्रकाश शर्मा, संगीतकर्मी चुडामणी अवस्थी, लोक गायिका नर्मदा खरेल, सम्झना अधिकारीले पनि अमेरिकामा बसेर पनि सुमनले निमै राम्रो नेपाली चलचित्र निर्माण गरेको प्रतिक्रिया दिए । 
इश्वर प्रवासीले कथा लेखेको यो चलचित्रको पटकथा, सम्वाद रवी अर्यालले तयार गरेका हुन् । जसमा अँग्रेज सब टाइटल सरोज प्याकुरेलको छ । यसमा अक्की शर्माको छायाँकन, रेनिश फागोको रंग संयोजन, ऐलिस कार्कीको पाश्व संगीत, मुकेश शाहको मिक्सिङ, भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । 
चलचित्रमा वसुन्धरा भुषाल, एकनारायण सुवेदी, मन्दिरा दाहाल, डि डि कौशिक, ईश्वर प्रवासी, सविता चौलागाई, रबी कोईराला, सन्दिप अर्याल, आयुश ढुङ्गेललगायतको मुख्य भूमिका रहेको छ ।
चन्दा दंगालले निर्माण गरेको यो चलचित्रको सह निर्माता डि डि कौशिक हुन् । चलचित्रलाई सुमन दाहालले निर्देशन गरेका हुन् । चलचित्रको निर्माण सहयोगीमा  पुर्ण गौतम(इरिन इन्स्योरेन्स), मेलिस ज्वेलर्स रहेको चलचित्रको प्रिमियर शोमा जानकारी गराईयो ।

 


गाईघाट १३ भदौ | रातो तारा डट कम,सप्तकोसीको वाढीले विस्थापित वनेका परिवारहरु घर फर्कन थालेका छन् । गत साउन १८ गते सप्तकोसीमा आएको वाढी वेलका नगरपालिकाको वडा न १, २, ३ र ८ को गाउ वस्तीमा पसेपछि झण्डै ३ हजार ७६ घरधुरी विस्थापित वनेका थिए । स्थानिय वासिन्दा हरुले कोसीले कटान गरेको वेलका नपा ८ डुम्रिवोटेमा पानिको सतह घटे संगै निर्माण गरेको अस्थायि वाधको कारण विस्थापितहरु गाउ फर्कन थालेका हुन् । वेलका नगरपालिकाका मेयर असोक कार्कीले विस्थापित परिवारहरु शनीवार देखि गाउ फर्कन थालेको वताए । सप्तकोशी ले कटान गरि वाढी गाउ पसेपछि उनीहरु लाई नगरपालिकाले सुरक्षित स्थान मा राखेको उनले वताए । कटान क्षेत्रमा झण्डै १ सय २० मिटर वाध र ५ सय मिटर कच्ची वाटो नगरपालिका र स्थानिय पिडित परिवार को सहयोगमा निर्माण गरीएको मेयर कार्कीले वताए । उनले वाध निर्माणले जोखिम कम भएकोले विस्थापित परिवारहरु घर फर्कन थालेको वताए । २०४५ सालको भुकम्प पछि कोसी धार परिवर्तन गर्दै पुर्व तर्फ लागेपछि त्यस ठाउमा २०५० साल देखि वस्ती वस्न थालेको रामपुरका समाजसेवि शुसील सेढाईले वताए । कोसी फेरी पुरानै धारमा फर्किए पछि मानव वस्ती प्रभावित भएको उनले वताए । उनले भारत र नेपाल विच भएको कोसी संझौता को कारण नेपालले चाहेर पनि कोसीमा वाध वाध्न नसक्ने वताए । कोसी संझौतामा सप्तरी र सुनसरी को सिमा स्थीत कोसी व्यारेज देखि ३४ किलो मिटर उत्तर भारत सरकारले तटवन्ध निर्माण गर्नु पर्ने उल्लेख छ । सोहि संझौताको कारण कोसीले जस्तो सुकै वितण्डा मच्चाउदा समेत नेपाल सरकारले केहि गर्न नसक्ने उनले वताए । सरकारले वर्षेनी वजेट वनाउदा कहिल्य कोशी नदि नियन्त्रण भनेर वजेट विनियोजीत गर्दैन, कोसी कटान नियन्त्रण र तटवन्ध वनाउने सवै जिम्मा भारतकै हो । सेढाईले भने । भारतले कोसीमा वाध निर्माण नगरे सम्म वर्षेनी कोसी प्रभावितहरुले समस्या भोग्दै आईरहनु पर्ने उनले वताए । कोसीले धार परिवर्तन गरी पुर्व तर्फ वगेर गएपनि भारतिय पक्षले भने पहिले कोसी वग्ने गरेकोे ठाउलाई नै कोसी तटवन्धको सिमा मान्दै आएको ले पनि केहि जटिलता देखीएको छ । उस्ले मान्ने गरेको सिमा मा नै तटवन्ध गर्ने वताउदै आएको छ । तर कोसी ले धार परिवर्तन गरेर पुर्व तर्फ लागे पछि उकास भएको ठाउमा ठुलो गाउ वस्ती वसेको छ , त्यसैले भारतले अहिले कोसी वगिरहेको पश्चिम  तर्फ मा तटवन्ध वनाउन अस्वीकार गर्दे आइरहेकोले कोसी समस्या जटिल वन्दै गईरहेको वेलकाका मेयर कार्कीले वताए । कोसी  तथा वक्राहा नदि व्यवस्थापन आयोजना विराटजगरका प्रमुख कैलाश श्रेष्ठले ले सरकारले सामान्य मर्मत संभार वाहेक कोसीमा ठुलो योजना संचालन गर्न नमिल्ने वताए । कोसी संझौतामा नै सवै कुरा भारत द्धारा गरीने उल्लेख छ । उनले भने । त्यसैले नेपाल सरकारले कोसीमा तटवन्ध निर्माण र वजेट व्यवस्थापन गर्न सक्दैन । उनले भने । उनले कोसी समस्याको एक मात्र स्थायि समाधान कोसी प्रभावित क्षेत्र वाट वस्ती अन्यत्र स्थानातन्रण गर्नु रहेको वताए । नेपाल र भारत सरकार विच सन् १९५४मा सिंचाई तथा यातायात विकास गर्न कोसी संझौता भएको थियो ।  


काठमाडौँ  भाद्र  १३ गते । रातो तारा डट कम, ‘शान्ति विना स्थायित्व र स्थायित्व विना समृद्ध र विकसित समाज संभव छैन । त्यसमाथि पनि हिंसा रहित समाजको निर्माण नभईकन आधुनिक र विकसित समाज कल्पना टाढाको कुरा हो’ यही विषयलाई मुख्य थिम बनाएर ‘मिसेस् नेपाल पिस २०२२’ आयोजना हुने भएको छ । प्रतियोगिताको ब्यावस्थापन युहान इन्टरनेसनल इभेन्ट्सले सोमबार एक बिज्ञप्ती जारी गर्दै प्रतियोगीताको आवेदन खुल्ला जानकारी दिएको छ ।

महिला विरुद्ध हुने सबैखाले हिंसाको न्युनिकरणमा योगदान दिने हेतुले आयोजना हुन लागेको ‘मिसेस् नेपाल पिस’ जुनै उमेर समुहका विवाहित, डिभोर्सी लगायत महिलाले सहभागीता जनाउन सक्नेछन् । कुनै तौल, उचाईंको मापदण्ड पनि नभएको आयोजकले जनाएको छ ।

विवाहित नारीहरुको माध्यमबाट महिला विरुद्ध हुने हरेक खालको हिंसाबारे महिलाहरुलाई जागरुक बनाउँदै त्यस विरुद्ध महिलालाई सशक्त रुपमा प्रस्तुत हुन सचेतनाको माध्यमबाट आत्मविश्वास र आत्मबल निर्माण प्रतियोगीताले गर्ने आयोजको बिश्वास रहेको छ । 

एमी इन्टरटेन्मेन्ट र जिभा इन्कोर्परेटेडको ब्यानरमा आयोजना हुने यस प्रतियोगितालाई युहान इन्टरनेसनल इभेन्ट्सले व्यवस्थापन गर्नेछ । प्रतियोगिताको ब्रान्ड एम्बेसेडरका रुपमा अभिनेत्री ऋचा शर्माको आवद्धतता रहेको छ भने कार्यक्रमको कोरियोग्राफरका रुपमा संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्य रहेका छन् । 

विवाहित महिलाहरुमा लक्षित मिसेस् नेपाल पिसको पहिलो संस्करणको अडिसन राउन्ड यही भदौ १८ गते शनिबारका जमलस्थित राष्ट्रिय नाचघरमा तोकिएको छ ।

 


मोरङ, भाद्र १३ गते । मोरङको बेलबारी नगरपालिका-१ स्थितबाट प्रतिवन्धित लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ५ बजे लागुऔषध खरिद बिक्री भईरहेको भन्ने बिशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी-१ का सुरज गुरुङको घर कोठा खान तलासी गर्दा १ ग्राम २२० मिलिग्राम ब्राउन सुगर बरामद गरेको र सोही स्थानमा संकास्पद अबस्थामा रहेका बेलबारी ४ का ३८ वर्षीय ईन्द्र गुरुङ र  ४१ वर्षीय बिनोद राईको साथबाट NITRABET- ४२ चक्की र DIALEX-DC-३ बोतल समेत फेला परेकोले तीनै जनालाई लागुऔषध सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।


बिराटनगर भाद्र १३ गते | रातो तारा डट कम, बिराटनगर महानगरपालिका वडा नं. १४ मुण्डा पोखरीमा डेरा गरी बस्ने जिल्ला सुनसरी रामधुनी नगरपालिका वडा नं. ८ बस्ने बर्ष २७ की स्वरस्वती गुरुङले कोठाबाट लागु औषध विक्रि बितरण गरेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले कोठा खनतलासी गर्ने क्रममा १४ ग्राम ६१ मिली ग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ र डिजिटल काँटा सहित निम्न ६ जना मानिसहरूलाई नियन्त्रणमा लिई सम्मानित मोरङ जिल्ला अदालतबाट लागू औषध कसूरमा दिन ५ ९पाँच० म्याद थप गरी थप अनुसन्धान भई रहेको ।

पक्राउ ब्यक्तिहरू :--

जिल्ला सुनसरी रामधुनी नगरपालिका वडा नं ८ बस्ने बर्ष २७ की सरस्वती गुरुङ ।

जिल्ला सिन्धुपाल्चोक चौतारा सागाचोकगडी नगरपालिका वडा नं १० बस्ने बर्ष २६ को बिकाश थापा ।

जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं १५ बस्ने बर्ष २४ को बरुण साह ।

जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं ३ बस्ने बर्ष ३० को आशिस हमाल ।

जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नं १३ बस्ने बर्ष ३० को सुलभ रिजाल ।

जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नं २० बस्ने बर्ष २३ को रोशन लिम्बु ।


विराटनगर  भाद्र १२ गते | रातो तारा डट कम, विराटनगर महानगरपालिकाले नेपाली महिलाहरुको चाड हरितालिका तीज पर्वका अवसरमा शुभकामना आदानप्रदान आयोजना गरेको छ ।


महानगरको सभाहलमा आइतबार आयोजित कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले शुभकामना व्यक्त गरे । मेयर कोइरालाले सामूहिक रुपमा चाडपर्व मनाउँदा आपसी सम्बन्ध प्रगाढ हुने बताए । उनले तीजलाई मर्यादित र अनुशासित रुपमा मनाउनुपर्नेमा जोड दिए । “अहिले हाम्रा चाडपर्वको मौलिकता हराउँदै गएको छ,” उनले भने, “तीज मनाउने नाममा केही विकृति पनि देखिन थालेको छ, समाजका लागि यो राम्रो होइन ।


उपमेयर कार्कीले साथीभाइ, दिदीबहिनी भेला भएर सामूहिक रुपमा रमाइलो गर्ने पर्व तीजको छुट्टै विशेषता र महत्व रहेको बताइन् । तीजले महिला दिदीबहिनीको सम्बन्धलाई प्रगाढ बनाउने उपमेयर कार्कीको भनाइ थियो । “तीजले दिदीबहिनीहरुको सम्बन्धलाई प्रगाढ बनाउँछ,” उपमेयर कार्कीले भनिन्, “पछिल्लो समय तीज खर्चिलो र भड्किलो हुँदै गएकोमा यसलाई चाहिं रोक्नुपर्छ ।” प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले तीजले समाजलाई जोड्ने बताए । महानगरका सबै महिला कर्मचारीहरुले सामूहिक रुपमा तीज मनाउँदा आपसी चिनजानसँगै संस्थागत एकतामा बल पुगेको विचार व्यक्त गरे ।


समारोहमा महिला कर्मचारीहरुसँगै मेयर कोइराला, उपमेयर कार्की, प्रमुख प्रशासकीय अधिकृतसमेत तीजका गीतमा नाचेका थिए । महानगरले शुभकामना आदानप्रदानसँगै दर खाने कार्यक्रमसमेत राखेको थियो |


बिराटनगर २०७९ भाद्र १२ गते | रातो तारा डट कम,नेपाल राष्ट्र वैंकले २०७९ कार्तिक ०१ गते देखि वैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने चालू पु“जी प्रकृतिका कर्जा सम्वन्धमा लागु हुने गरी जारी गरेको चालू पु“जी कर्जा सम्वन्धी मार्गदर्शन, २०७९ का सम्वन्धमा उद्योग संगठन मोरङको आयोजनामा अन्तरक्रिया सम्पन्न भएको छ ।

 अन्तरक्रियामा संगठनका अध्यक्ष्ँ सुयश प्याकुरेलले नेपाल राष्ट्र बैंकले कर्जा उपयोगिताको बिषयलाई शुक्ष्म निगरानी राखी पु“जि पलायन गर्नेलाई कार्बाहीको दायरा ल्याउनु सान्दर्भिक भएतापनि उत्पादनमुलक क्षेत्रको हकमा कुनैपनि किसिमको चालूपु“जी कर्जाको सिमा तोकिदा उत्पादनमूलक उद्योगको संचालनमा अवरोध नहुने व्यवस्था गर्नुपर्ने धारणा राखे । बर्षमा एकपटक सिजनमा बर्षभरिलाई चाहिने कच्चा पदार्थ खरिद गरि भण्डारण गर्ने प्रकृतिका उद्योगहरुलाई कर्जा सिमा तोकिएमा बन्द गर्नुपर्ने अवस्था सिर्जना हुने वताउदै उनले कच्चा पदार्थ आयात गर्ने उद्योगहरुको हकमा वस्तु उत्पादन, भण्डारण, बिक्रि र बजारबाट पैसा आउन करिब ६ महिना चालूपु“जी होल्ड हुने भएकाले यो मार्गदर्शनको कार्यान्वयनबाट उद्योग व्यवसाय संचालनमा कठिनाई हुने हो की भन्ने आशंका रहेको वताए । अन्तर्राष्ट्रिय बजारमा भएको कच्चा पदार्थ, ईन्धनको मुल्य वृद्धि, ब्याजदरको वृद्धि लगायत उद्योगको लजिष्टिक खर्चमा समेत वृद्धि भईरहेकाले अनुमानित वित्तीय विवरण र चालु पु“जीको वास्तविक आवश्यकता वीच सिमा निर्धारणमा एकता कायम गर्न असहज हुने भएकाले हाल कायम गरेको व्यवस्थाले उद्योग संचालन मै कठिनाई उत्पन्न हुने आशंका व्यक्त गरे ।

 नेपाल राष्ट्र वैंक प्रादेशिक कार्यालय विराटनगरको निर्देशक मीना पाण्डेले कुनैपनि नीति सार्वजनिक गर्दा नीतिको पृष्ठपोषण गर्नुपर्ने आवश्यकता औल्याउदै उनले वर्तमान मार्गदर्शन कुनै प्रकारको अप्ठायारा सिर्जना नहुने स्पष्ट पारिन । उनले नीति परिवर्तन हुदा के हुने हो भन्ने डर सिर्जना हुनु स्वभाविक भएको वताउदै राष्ट्र वैंकले जारी गरेको चालू पु“जी कर्जा सम्वन्धी मार्गदर्शन, २०७९ ले दीर्घकालिन कर्जा प्रवाहलाई सहज र पारदर्शि वनाई सबैक्ष्ँेत्रलाई फाईदा पुग्ने वताईन ।

 नेपाल वैकर्स एशोसिएसन प्रदेश नं. १ का अध्यक्ष्ँ विवेक निरौलाले इजाजत पत्र प्राप्त संस्थाले उद्यम व्यवसायको विश्लेषण गर्दा विशेष प्रकृतिको आवश्यकता देखेमा कर्जा फाइलमा सो कारणहरु उल्लेख गरी अनुमानित वार्षिक कारोबार÷बिक्रीको अधिकतम ४० प्रतिशतले हुन आउने रकमसम्म कुल चालूपुँजी कर्जा सीमा कायम गर्नसक्ने, वार्षिक कारोबार÷बिक्रीको अधिकतम २५ प्रतिशतले हुन आउने रकमभन्दा बढी नहुने गरी कर्जा सीमा स्वीकृत गर्नुपर्ने जस्ता प्रावधानले दीर्घकालिन रुपमा सकारात्मक प्रभाव पार्ने भएकाले उद्योगी÷व्यवसायी आतिनुपर्ने अवस्था नरहेको वताए ।

कार्यक्रममा संगठनका पूर्व अध्यक्ष्ँ शिवशंकर अग्रवाल, एशोसिएसन अफ चार्टर्ड एकाउन्टस अफ नेपाल (एक्यान) का प्रदेश अध्यक्ष मनोज अधिकारी, संगठनका उपाध्यक्ष्ँ राजकुमार गोल्छा, नन्दकिशोर राठी, कार्यसमिति सदस्य संजय अग्रवाल, तारानाथ निरौला, सुदिप घिमिरे, उद्योगी÷व्यवसायी लगायत वैंकर्स एशोसिएसन र एक्यानका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।  



शिव भट्टराई- मोरङ भदौ १२ | आईतबार  गते | रातो तारा डट कम,मधाहा टोल विकास संस्थाले गर्यो शुभकामना आदानप्रदान तथा नृत्य प्रतियोगिता कार्यक्रम मोरङको सुन्दरहरैंचा वार्ड नं ७ स्थित मधाहा एकता टोल विकास संस्थाले नेपाली नारीहरुको चाड हरितालिका तिज २०७९ को अवसरमा शुभकामना आदानप्रदान तथा नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ। सामाजिक एकता , सद्भाव कायम गर्न  र मौलिक संस्कृति जगेर्ना गर्न गरिएको यस कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीको प्रमूख आतिथ्यता रहेको थियो भने संस्थाका अध्यक्ष अनिल घिमिरेको अध्यक्ष्यता रहेको थियो।


उक्त कार्यक्रममा बोल्दै वार्ड नं ७ का वडाध्यक्ष भुवन सिंह आले मगरले अहिलेको समयमा समाजमा तिजको नाममा विकृति, विसंगती, तडक भडक हुने भएकोले सबै महिलाले उछृंखल तडक भडक नगरी सभ्य ढंगले सम्पूर्ण महिलाहरु एक जुट भएर अगाडि बढ्नु पर्ने बताउँदै आगामी आर्थिक वर्ष देखि महिलाहरुलाई तिज र जितिया पर्व विशेष कार्यक्रमको लागि बजेट छुट्याउने प्रतिबद्धता जनाएका छन्।  तिज विशेष कार्यक्रम अन्तर्गत माधाहा एकता टोल विकास संस्थाले पोख्रेल बन्धु प्रतिष्ठान गोठगाउँको प्राङ्गणमा उक्त कार्यक्रम सम्पन्न गरेको थियो। सोही अवसरमा वार्ड नं ७ का विभिन्न टोल विकास संस्थाका महिलाहरुले नृत्य प्रतियोगितामा प्रतिष्पर्धा गरेका थिए त्यसैगरी पहिलो, दोस्रो र तेस्रो हुने टिमलाई पुरस्कार वितरण गरिएको थियो।


भखरै स्थापना भएको यस संस्थाले अगाडिको दिनमा पनि  सुन्दरहरैंचाका विभिन्न क्षेत्रमा सरसफाई साथै सामाजिक कार्यक्रमहरु गर्दै आइरहेको र आउँदा दिनहरूमा पनि महिला लक्षित कार्यक्रम गर्ने, विद्यालयका विद्यार्थीहरुलाई रचनात्मक कार्यक्रम गर्ने समाज र संस्था बिचको सुमधुर सम्बन्ध विकास गर्ने योजना रहेको कार्यक्रम सञ्चालक संस्थाकी सचिव लक्ष्मी मिश्रले जानकारी गराएकी छिन्। कार्यक्रममा जनप्रतिनिधि, सामाजिक संघ संस्थाका पदाधिकारीहरु, टोल विकास संस्थाका पदाधिकारीहरु, राजनीतिक सामाजिक व्यक्तित्व लगायतको उपस्थिति रहेको थियो।


गाईघाट १२ भाद्र| रातो तारा डट कम,मदन भण्डारी लोकमार्ग अन्र्तगत चौढण्डीगढी नगरपालिका – ९ खैराह झोडा सडक खण्डमा भएको मोटरसाईकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । इटहरी देखि कटारी वजार तर्फ आउदै गरेको प्र १–००५–००१ प ६४८५ नम्वरको मोटरसाईकल भिरालो मोडमा शनीवार दिउसो भएको दुर्घटनामा गम्भीर घाईते भएका कटारी नगरपालिका ४ का २४ वर्षिय अभिशेक खड्काको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा राती मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमती संग घुमेर घर फर्कने क्रममा उनी चढेको मोटरसाईकल दुर्घटनामा परेको हो । दुर्घटनामा खड्काकाकी पत्नी २० वर्षिया संगीता सामान्य घाइते भएकोमा उनी उपचार पछि घर फर्किएकी छिन् । नेकपा माओवादी केन्द्र कटारी नगरपालिका का पार्टि अध्यक्ष रामवावु खड्का का एक मात्र छोरा मृतक अभिशेकको ३ महिना अघि मात्र विवाह भएको थियो ।


गाईघाट १३भदौ | रातो तारा डट कम,विभिन्न माग राख्दै सामुदायिक विध्यालयका कर्मचारीहरु आन्दोलनमा उत्रीए पछि उदयपुरका सवै विध्यालयहरुमा आईतवार पठनपाठन ठप्प भएको छ । पुर्ण सेवा सुविधाको ग्यारेन्टी , संघिय शिक्षा ऐन र शिक्षा ऐन २०५८ को शंसोधन गरीनु पर्ने माग राखी एक साता को शैक्षिक क्षेत्र ठप्प को आन्दोलन मा उत्रीएका नेपाल कर्मचारी परिषद आवद्ध कर्मचारी हरुले सवै सामुदायिक विध्यालय मा पठनपाठन रोकेका छन् । भदौ १८ गते सम्म सवै विध्यालयमा पठनपाठन ठप्प गरीने र माग पुरा नभए सम्म आन्दोलन जारी राख्ने परिषदका अध्यक्ष वुद्धिलाल चौधरी द्घारा जारी वीज्ञप्तीमा उल्लेख छ । जारी विज्ञप्तीमा वर्षाे देखि विध्यालयमा कार्यरत लेखापाल , खरीदार र कार्यलय सहयोगीले नेपाल सरकारले  तोकेको सेवा सुविधा पाउन नसकेको उल्लेख छ । पटक पटक सरकार लाई आग्रह गरेको भएपछि उनीहरुको माग पुरा नभए पछि वाध्य भएर आन्दोलनमा उत्रनु परेको चौधरी ले वताए । उनले वर्षाे देखि विध्यालयमा कार्यरत कर्मचारीको सेवा सुविधामा वृद्धि , दरवन्दीमा समायोजन गरी एक पटकको लागी प्रकृया पुरा गरी स्वत स्थायि गरीनु पर्ने , ६० वर्ष पुगेर विदा भएका कर्मचारीलाई तत्काल कार्यविधि वनाई सवै सेवा सुविधा उपलब्ध गराउनु पर्ने वताए । उच्च शिक्षा अध्ययनको लागी अध्ययन विदा को प्रवन्ध गरिनु पर्ने विगतमा भएको संझौता र सर्वाेच्च अदालत ले कर्मचारीको हकमा गरेको फैसला कार्यान्वयन गरीए मात्र आन्दोलन रोकीने  उनले वताए । परिषदमा आवद्ध कर्मचारी हरु भदौ ५ गते देखी आन्दोलनमा उत्रीएकाछन् ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.