Websoft University

नेपाल पत्रकार महासंघले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी ध्यानाकर्षण गरायो


काठमाडौं भाद्र १४ गते | रातो तारा डट कम,प्रतिनिधिसभाको ५ वर्षे कार्यकाल सकिनै लाग्दासमेत सञ्चारसम्बन्धी विभिन्न कानुनहरू टुंगोमा पुग्न नसकेकोप्रति नेपाल पत्रकार महासंघले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी ध्यानाकर्षण गराएको छ ।

मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी विभिन्न कानुनहरू चालू अधिवेशनमा नै टुंगोमा पु¥याउन पहल गर्न प्रधानमन्त्री देउवालाई महासंघको प्रतिनिधिमण्डले आज आग्रह गरेको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा हाल मस्यौदाका रूपमा विचाराधीन अवस्थामा रहेका सञ्चारसम्बन्धी ती कानुनहरू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री हुनुपर्नेमा पनि महासंघले जोड दिएको छ । 

अहिले सञ्चारसम्बन्धी कानुन नहुँदा विद्युतीय कारोबार ऐनलगायतका विभिन्न कानुनहरू आकर्षित गरी पत्रकारलाई दुःख दिने काम गरिएकोप्रति महासंघले चिन्ता प्रकट गरेको छ । 

भेटघाटका क्रममा प्रधानमन्त्री देउवाले महासंघले उठाएका र राखेका मागहरूलाई सकारात्मक रूपमा लिई तत्काल टुंगोमा पु¥याउनका लागि पहल गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई फोनमार्फत निर्देशन दिनुभएको थियो ।

भेटमा महासंघका तर्फबाट अध्यक्ष विपुल पोख्रेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोसन पुरी सहभागी हुनुहुन्थ्यो ।

महासंघले प्रतिनिधिसभा भंग हुनुअगावै सञ्चारसम्बन्धी कानुनका विषयलाई टुंगोमा पु¥याउन पहल गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटालाई पनि भेटेर ध्यानाकर्षण गराउने कार्यक्रम रहेको छ । 

रोसन पुरी
महासचिव

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.