Websoft University

हरेक स्थानीय तहमा दक्ष जनशक्तिको अभाव छ’


विराटनगर  भाद्र १४गते | रातो तारा डट कम,  विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले दक्ष जनशक्तिको विदेश पलायनले मुलुकका लागि दुर्भाग्य भएको बताएका छन् ।


ईस्ट्रन कलेज अफ इन्जिनियरिङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सरकारी र निजी सबै क्षेत्रमा दक्ष जनशक्ति अभाव रहेको उल्लेख गरे ।

उनले विराटनगर महानगरपालिकामा पनि दक्ष जनशक्तिको अभाव रहेको बताए । क्षमता भएका र सीप भएका युवाहरु विदेश पलायन हुँदा मुलुकको विकासमा समेत बाधा पुगिरहेको उनको भनाइ थियो । “हरेक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ, यहाँ इन्जिनियरले गर्नुपर्ने काम ओभरसेरले गरिरहेको छ, अनि कसरी गुणस्तरीय काम हुन्छ,” उनले भने, “युवा पलायन रोक्न महानगरले कस्तो नीति ल्याउनुपर्छ हामी ल्याउन तयारछौं । यसमा एउटाको मात्रै होइन तीनै तहको सरकारको भूमिका आवश्यक देख्छु म ।” दक्ष जनशक्ति अभावकै कारण विकास निर्माणका काम गुणस्तर नभएको उनको भनाइ थियो ।

इन्जिनियरिङ अध्ययन गर्न कलेजमा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई सम्बोधन गर्दै मेयर कोइरालाले नेपालमा पनि थुप्रै अवसर रहेको उल्लेख गरे । “तपाईंहरुमध्ये धेरैको सोच होला इन्जिनियर भएपछि विदेश जाने अनि उतै सेटल हुने,” मेयर कोइरालाले भने, “म देश बनाउन पढ्दैछु । म यही देशमा जागिर राख्छु भनेर तपाईं आजै प्रण गर्नुहोस् ।” कार्यक्रममा विभिन्न क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई मेयर कोइरालाले सम्मानसमेत गरेका थिए । सो अवसरमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्यसँगै गीतसमेत प्रस्तुत गरेको थिए ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.