Websoft University
December 2022


विराटनगर, १६ पुस गते | नेकपा माओवादी केन्द्र कानेपोखरीको अध्यक्षमा दुर्गाबहादुर कार्की सर्वसम्मत चयन भएका छन् ।

गत वर्ष सम्पन्न गाउँ सम्मेलनबाट निर्वाचित मनोजकुमार राजवंशी स्थानीय निर्वाचन पछि वैदेशिक रोजगारीमा गएपछि उक्त पद खाली थियो । गाउँपालिकाको शनिबार बसेको पूर्ण बैठकले उनलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । अध्यक्षका आकांक्षी कार्यसमितिका बरिष्ठ उपाध्यक्ष हरि मैनालीले नै कार्कीलाई प्रस्ताव गरेपछि उनी सर्वसम्मत भएका हुन् । कार्की रमाइलो क्याम्पसका अध्यक्ष तथा कानेपोखरी साहित्य समाजका अध्यक्ष पनि हुन् । यसअघि उनी रमाइलो क्याम्पसको स्ववियु निर्वाचनमा अध्यक्ष निर्वाचित भएका थिए ।

माओवादी पार्टी तेस्रो अवस्थामा रहेको र आगामी दिनमा एमाले र काँग्रेस जस्ता राजनीतिक दलसँग प्रतिस्पर्धी बनाउने आफ्नो लक्ष्य रहेको कार्कीले प्रतिबद्धता व्यक्त गरेका छन् । पालिकाको उपाध्यक्षमा भने यसअघि नै निर्वाचित मैनालीसहित नविन राई र बद्री पोखरेल रहेका छन् । सचिवमा रोशन खत्री, सहसचिवमा हिमाल थेगिम र जनक ढकाल तथा कोषाध्यक्षमा रत्नीमाया धिमाल रहेका छन् । माओवादीको विधानमा पालिकामा ५५ जनाको गाउँ पालिका कमिटी रहने व्यवस्था छ । २ वर्षसम्मको कार्यकाल रहने पालिका समितिको सम्मेलन अबको एक वर्षपछि हुनेछ । पालिकाको पूर्ण बैठकमा संविधानसभा सदस्य तथा माओवादी मोरङका सहइन्चार्ज लालबहादुर सुस्लिङ मगर (सविन), माओवादी जिल्ला संयोजक विजय विश्वासलगायतको उपस्थिति        थियो ।


काठमाडौँ  पुस १६ गते । होप इन्टरनेशनल एडुकेशन कन्सलटेन्सी ‘मोडल अझ इरा’ चौथो संस्करणको उपाधि निशिका श्रेष्ठ र रोहन थापा मगरले जितेका छन् ।

जितसँगै बिजेताले पुरस्कारको रूपमा नगद २५ हजार रुपैयाँका साथै अभिनय तथा फिल्म अध्ययनमा छात्रवृत्ति, विभिन्न मोडलिङहरूमा सम्झौता र फोटो भिडियो पोर्टफोलियो सुटको अवसर आदी प्राप्त गरेका छन् । काठमाडौँको राष्ट्रिय नाचघर, जमलमा शुक्रबार साँझ सम्पन्न प्रतियोगितामा महिलातर्फ ९ र पुरुषतर्फ ८ गरी कुल १७ प्रतियोगी सहभागी थिए ।

कृजोना मिडिया ग्रुपले आयोजना गरेको प्रतियोगितामा फस्ट रनर अपको उपाधि अस्मिता मगर र सिद्धान्त राज शाह साथै सेकेन्ड रनर अपको उपाधि शिला नेपाली र रोहित शाहले जितेका छन् ।

प्रतियोगितामा मस्ट पपुलरमा रोहन थापा मगर र जश्मिन कलवार, बेष्टवाकमा राजा अन्सारी र अस्मिता बुढाथोकी मगर, बेस्ट फिजिकमा सिद्धान्तराज शाह, बेस्ट फिगरमा स्रिज्मा केसी, बेस्ट पर्सनालिटीमा डेभिल थापा मगर र समृद्धि रेग्मी, मस्ट कन्फिडेन्टमा रवी शाह र निशिका श्रेष्ठ, मस्ट फोटोजेनिकमा रोहन थापा मगर र शीला नेपाली, मस्ट ट्यालेन्टेडमा रोहित शाह र अप्रिस्का सेढाइ, भिउवर च्वाइस अवार्डमा रोहन थापा मगर र छोटी शेर्पा साथै बेस्ट स्माइलमा नमोजी  गुप्ता र अञ्जना बुढाले सह(उपाधिका अवार्डहरू प्राप्त गरेका छन् ।

प्रतियोगिताको निर्णायक मण्डलमा अन्तर्राष्ट्रिय मोडेल तथा नायक दीपक घिमिरे, मोडेल युसा मगर, फेशन डिजाइनर मिनु श्रेष्ठ, विशाल श्रेष्ठ, मोडेल तथा नायक मनिष राउत र मोडेल तथा कलाकार मारिया कार्की रहेका थिए ।  

 


बिराटनगर पुस १६ गते |  मोरङ विराटनगर महानगरपालिका वडा नम्बर १८ खोक्साहा, विराटनगर महानगरपालिका वडा नम्बर १६ दरैया, विराटनगर महानगरपालिका वडा नम्बर १५ हुलास मेटल चौक, धनपालथान गाउँपालिका वडा नम्बर(४ कर्सिया,

धनपालथान गाउँपालिका वडा नम्बर ३ मायागन्ज स्थितमा भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी सुन राख्ने खाली डब्बा, चिनी, मोटरपार्टस, बिजुलीको सामान, लत्ताकपडा र खैनी लगायतका अन्दाजी मुल्य रू। ४, ८५, ३००।(चाल लाख पचासी हजार तिनसय) बराबरको सामान जिल्ला प्रहरी कार्यालय मोरङ, ईलाका प्रहरी कार्यालय रानी, ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विराटनगरमा बुझाईएको छ ।


झापा पुष १५ गते |  इलामर  इलामको चुलाचुली गाउँपालिका (३ स्थित शिवओरक मिलन पोखरी पर्यटन क्षेत्र मा येले तङ्बे ९५०८२० चासोक तङ्नाम नुवागि कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।

किरात याकथुङ चुम्लुङ वडा नंं ३ द्धारा आयोजित कार्यक्रममा गायक सिद्धान्त खड्का, त्रिसना नेम्बाङ र कलाकार मनकुमार योङ्हाङ् ९चापेत्तीको बाउ०, गणेश योङ्हाङको बजोड प्रस्तुती रहेको थियो ।

करिब ४ घण्टा सम्म संचालन भएको कार्यक्रमलाई कलाकार मिना नेम्बाङले संचालन गरेको थियो । 

त्यसैगरि, कार्यक्रममा च्याब्रुङ नाच, धामी नाच लगायतले दर्शकहरुलाई मनोरञ्जन दिएका कार्यक्रमका व्यवस्थापन समितिका संयोजक गंगा फियाक ९बिजु० ले चुलाचुली मिडियालाई बताए ।

कार्यक्रममा चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, चुलाचुली पालिका वर्तमान अध्यक्ष प्रदिपचन्द्र राई, राजनीतिककर्मी हर्क बहादुर लाओती ९कान्छा०, वडा नम्बर ३ का वर्तमान अध्यक्ष नरबाहादुर लाओती विभिन्न वडाका वडा अध्यक्षहरुको समेत उपस्थिति रहेको कार्यक्रम हेर्नलाई करिब १५ सय दर्शकहरुको उपस्थिति रहेको देखिन्थ्यो ।

कार्यक्रम किरात याकथुङ चुम्लुङ वडा नंं ३ को अध्यक्ष पुष्प आङदेम्बेको अध्यक्षत्वमा सम्पन्न भएको थियो ।


संखुवासभा । पर्यटन प्रवर्द्धन तथा खेलकुदको बिकास गर्ने उदेश्यले तमु लोह्सारको उपलक्ष्यमा आयोजित अन्तर वडा स्तरीय फूटबल प्रतियोगितामा वडा नम्बर ८ मावादिनले उपाधी जितेको छ।   नव सृजनशिल प्रगतिशिल युवा क्लब, तमु सेवा समिति र साङ्छोलिङ तमु बौद्ध गुम्बाको संयुक्त आयोजनामा भएको प्रतियोगितामा वडा नम्बर ३ मुलखर्क र वडा नं ८ बीच फाइनल खेल भएको थियो । पहिलो हाफ गोल रहित बराबरी भए पनि दोश्रो हाफमा वडा नं ८ जर्सी नम्बर ७ का आशिष लिम्बुले ब्यक्तिगत २ गोल गर्दै टिमलाई जित दिलाए।

पहिलो हाफमा निकै आक्रमक देखिएको प्रतिद्वन्दी वडा नं ३ ले गोल गर्न नसक्दा वडा नं ८ ले उपाधि चुम्न पुगेको हो।

जित संगै वडा नं ८ ले  नगद ५० हजार, मेडल र ट्रफि हात पारेको छ, त्यस्तै उप बिजेता वडा नं ३ ले नगद ३0 हजार  रुपैयाँ हात पार्यो। बिजेता तथा उप बिजेता दुबै टिमलाई मादी नगरपालिकाका नगरप्रमुख जीवनकुमार लिङ्थेपले पुरस्कर वितरण गर्नुभयो ।

संखुवासभाको मादी नगरपालिका वडा ७ को खेल मैदानमा जारी प्रतियोगिताको फाइनल खेल आज सम्पन्न भएको हो। प्रतियोगिता पुष १२ गतेबाट सुरु भएको थियो।

खेलकुदको विकास संगै पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले तमु लोह्सारको अवसर पारेर हरेक साल कार्यक्रमको आयोजना गरिदै आएको वडा नम्बर ७ का वडा अध्यक्ष रत्नबहादुर गुरुङले बताउनुभयो।

 


मोरङ | रातो तारा डट कम,जिल्ला कृषि सहकारी संघ मोरङको १४औं साधारण सभामा पत्रकार सहित विभिन्न व्यक्तिलाई सम्मान |

संघको कार्यक्षेत्र भित्र संचालित ७६ वटा कृषि सहकारी संस्थाको छाता संगठन रहेको जिल्ला कृषि सहकारी संघले १४औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ। मोरङ्ग जिल्ला कृषि सहकारी संघ बेलबारीको सभाहलमा भएको बार्षिक साधारण सभामा प्रदेश नं १ प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यता र संघका अध्यक्ष रविन्द्र आचार्यको सभापतित्व रहेको थियो।


उक्त कार्यक्रममा संघका उपाध्यक्ष सोभितमान पौडेलले स्वागत मन्तव्य राखेका थिए।बिगत वर्ष झैँ यस बर्ष पनि उत्कृष्ट संस्था, उत्कृष्ट कृषक, उत्कृष्ट कर्मचारी, सञ्चारकर्मी सम्मान तथा पुरस्कार वितरण गरिएको थियो।

त्यसै अन्तर्गत सञ्चार माध्यमको क्षेत्रबाट संस्थालाई पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै रातोतारा डट कम अनलाइनका सञ्चारकर्मी शिव भट्टराई भोजपुरेलाई सम्मान पत्र सहित खादा ओढाएर सम्मान गरिएको थियो।

त्यसैगरी सोही अवसरमा साना किसान कृषि सहकारी सहकारी संस्था लिमिटेड दर्वेसा रंगेली ९ र न्यू देउराली कृषि सहकारी संस्था लिमिटेड कानेपोखरी-४ लाई संस्थागत सम्मान प्रदान गरिएको थियो। असल कृषक तर्फ गोविन्द श्रेष्ठलाई र कर्मचारी तर्फबाट साना किसान कृषि सहकारी संस्था लिमिटेड बेलबारीका प्रबन्धक बाबुराम खड्का, खोक्सी कृषि सहकारी संस्था लि सुन्दरहरैंचा ५ का देव कुमार चौधरीलाई सम्मान गरिएको छ।

जिल्ला कृषि सहकारी संघलाई अगाडि पनि सहयोग गर्दै आएको र अब आउने दिनमा पनि आवश्यक कार्यक्रमको सञ्चालनका लागि प्रदेशको तर्फबाट साथ र सहयोग गर्दै जाने प्रमुख अतिथि सुवेदीले बताएका छन्।

बेलबारीमा शुक्रबार सम्पन्न १४ औं बार्षिक साधारण सभामा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष रविन्द्र आचार्यले आगामी बार्षिक नीति तथा कार्यक्रममा सहयोगी निकायबाट अनुदान, तालिम कार्यक्रम,वित्तीय शुसासन तालिम तथा कोपोपिस तालिम सञ्चालन गर्ने, क्षमता अभिवृद्धि तालिम गर्ने, शित भण्डार भवन निर्माणलाई पूर्णता दिई सञ्चालनमा ल्याउन पहल गर्ने, संघ भित्रका सहकारीलाई सुलभ थोक कर्जाको खोजि गरि कृषि व्यवसायलाई व्यवसायीकरण गर्नमा निरन्तरता दिने बताएका छन्।


विराटनगर पुस १५ गते | रातो तारा डट कम,मदन पुरस्कार विजेता रामलाल जोशीको नविनत कृति बाआमा माथि शुक्रबार विराटनगरमा विमर्श गरिएको छ ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले आयोजना गरेको कार्यक्रममा बाआमा कृतिमाथि विमर्श गरिएको हो । विराटनगर–११ पिचरास्थित ज्येष्ठ नागरिक सामुदायिक भवनमा आयोजित कार्यक्रममा समालोचक भूषण ढुंगेलले समीक्षा गर्नु भएको थियो । कृति नेपाली साहित्यको उत्कृष्ट कृति भएको उहाँले दाबी गर्नुभयो । 

हरेक बाआमा र छोराछोरी पढ्ने पर्ने कृति भएको समेत समालोचक ढुंगेलले चर्चा गर्नुभयो । त्यस्तै साहित्यकार सीमा आभास, लक्ष्मी पोखरेल, पूजा आराधना र रमेश सायनले पाठकीय दृष्टिकोण राख्नु भएको थियो । लेखकीय मन्तव्य व्यक्त गर्दै कृतिकार जोशीले मदन पुरस्कार प्राप्त गर्ने ऐनादेखि बाआमा कृतिसम्म आइपुग्दा पाठकबाट पाएको मायाले आफू उत्साहित भएको बताउनुभयो ।

उहाँले सानैमा पिता गुमाएका कारण आफ्नो बाल्यकाल दुखद र संघर्षमा बितेको स्मरण सुनाउनुभयो । उहाँले यसअघिका ऐना र सखी कृति नपढे पनि बाआमालाई एकपटक पढिदिन आग्रहसमेत गर्नुभयो । सो अवसरमा प्रमुख अतिथिसमेत रहनु भएका वरिष्ठ साहित्यकार दधिराज सुवेदी, वडा नम्बर ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, आयोजक संस्थाका अध्यक्ष प्राज्ञ विवश पोखरेल, सचिव मीनकुमार नवोदित, कवि एवं पत्रकार शिवराज योगी, कवि इन्द्रप्रसाद खतिवडालगायतले कृति र कृतिकारका विषयमा मन्तव्य व्यक्त गर्नु भएको थियो । सो अवसरमा आयोजकका तर्फबाट जोशीलाई दोसल्ला ओढाएर सम्मानसमेत गरिएको थियो ।


विराटनगर पुस १५ गते | रातो तारा डट कम, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हुलाकी सडक निर्माणमा देखिएको समस्या समाधानमा सक्रियता देखाउनु भएको छ ।

मेयर कोइरालाको पहलमा हुलाकी सडक कार्यालय इटहरीका प्रमुख विजय थापा र विराटनगर–५ स्थित हुलाकी सडक पीडित स्थानीयलाई एकै ठाउँ राखेर छलफल गर्नु भएको छ । केही हप्ताअघि मेयर कोइराला आफैं इटहरीस्थित हुलाकी सडक कार्यालय पुगेर सडक निर्माणका लागि दबाब दिनुभएको थियो । उहाँले आफू जनताको प्रतिनिधि भएकाले जनताले दुःख र सास्ती पाएको हेर्न नसक्ने बताउनुभयो । उहाँले हुलाकी सडक निर्माण अलपत्र पारेर ठेकेदार भाग्दा स्थानीय जनताले दुःख पाएको बताउनुभयो ।

हुलाकी सडक कार्यालयका प्रमुख थापाले ठेकेदार सम्पर्कविहीन भएकाले ठेक्का रद्दको प्रक्रियामा गइसकेको जानकारी दिनुभयो । उहाँले एकैपटक ठेक्का तोड्न ऐनले नदिने भएकाले प्रक्रियागत रुपमा कार्यालय गइसकेको जानकारी दिनुभयो । प्रमुख थापाले ठेकेदारलाई सम्पर्कमा आउन र नआए ठेक्का रद्द गर्ने सूचना प्रकाशित गरिसकेको बताउनुभयो । उहाँले अब छिट्टै अर्को टेण्डर आह्वान गरेर हुलाकी सडक निर्माणलाई गति दिने प्रतिबद्धता जनाउनुभयो । स्थानीयले सडकका कारण आफूहरुले धेरै सास्ती पाएको गुनासो पोखेका थिए ।


विराटनगर पुस १५ गते  । रातो तारा डट कम,विराटनगर– १० मा रहेको कान्तीपुर कलेजले तीन दिने स्पोर्टस विक २०७९ सुुरू गरेका छ ।

कलेजमा शुक्रबार एक कार्यक्रम आयोजना गरी स्पार्टस तीन दिने विक सुरू भएको हो ।

आइतबारसम्म संचालन हुने स्पोर्टस विकमा फुटबल, क्रिकेट, भलिवल,बुद्धीचाल,टेवल टेनिस र म्याराथुनलगायतका खेलहरु समावेश गरेको कलेजका प्रिन्सिपल भुवन नेपालले बताए । यस विकमा उत्कृष्ट हुने खेलाडीले माघमा हुने हिसान स्पोर्टस विकमा सहभागि हसन पाउँने प्रिन्सिपल नेपालले बताए ।

कलेजले प्रत्येक वर्ष विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्पोर्टस विक गर्दै आएको छ । कलेजमा कक्षा ११ र १२ कक्षामा अध्ययरत १५० जना विद्यार्थीहरूले स्पोर्टस विकमा भाग लिएको कलेजले जनाएको छ । 


बिराटनगर पुस १५ गते | रातो तारा डट कम, मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं, ९ स्थित को १ ख ३११९ नम्बरको मिनी ट्रक र प्रदेश ०१-०४-००१ त ४९६ नम्बरको ट्रयाक्टरमा



कागज पत्र विनाको सालको नयाँ तथा पुरानो गरी अन्दाजी मुल्य रू ५१,५००।(एकाउन्न हजार पाँचसय) बराबरको ७६ क्यू।फिट काठ ल्याउदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय मधुमल्लामा बुझाईएको छ ।  


बिराटनगर २०७९ पौष १४ गते, बिहीबार, मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यूको नेतृत्वमा काठमाडौं गएको टोलीले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूलाई समेत भेट गरी विद्यमान चर्को बैंक व्याजदर, प्रतिकूल बैंकिङ नीति र समसामयिक समस्याहरुको तत्कालै निराकरणका लागि अनुरोध गरेको छ ।

 भेटवार्ताका क्रममा अध्यक्ष श्री रिजालज्यूले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष बैंकका पछिल्ला प्रतिकूल व्यवस्थाहरुबाट उद्योगी÷व्यवसायी र आम सर्वसाधारणहरुमा उत्पन्न भएको असहज वातावरण बारे उल्लेख गर्दै तिनका समाधानार्थ सम्बन्धित निकायलाई तत्कालै निर्देशन दिन अनुरोध गर्नु भएको हो ।

 सो क्रममा मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यू सहित संघका पूर्व अध्यक्ष श्री पवन कुमार सारडाज्यू, वरिष्ठ उपाध्यक्ष श्री अनुपम राठीज्यू, उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष श्री प्रदिप मुरारकाज्यू, संघका उपाध्यक्ष श्री अनिल कुमार साहज्यू र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल प्रदेश नं. १ का अध्यक्ष एवं संघका सचिव श्री संजय कुमार श्रेष्ठज्यू लगायतको सहभागिता रहेको थियो ।

 अर्थमन्त्री माननीय विष्णु प्रसाद पौडेलज्यूको आग्रहमा नेपाल राष्ट्र बैंक विराटनगर अगाडिको धर्नालाई स्थगन गरी वार्ताका लागि काठमाडौं गएको सो टोलीले यस अघि अर्थमन्त्रीज्यू, नेपाल राष्ट्र बैंकका गभर्नरज्यू, अर्थसचिवज्यूसँग वार्ता गरी विद्यमान समस्याहरु निराकरणार्थ सुझाव पत्र पेश गरेको थियो ।

 

२०७९ पौष १४ गते, बिहीबार ।

 


विराटनगर  पुस १४ गते |  नगर बालक्लब सञ्जाल विराटनगर महानगरपालिकाका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको   छ ।

गत शनिबार भएको भेलाबाट निर्वाचित भएका अध्यक्षसहित पदाधिकारी र सदस्यहरुलाई महानगरको सभाहलमा आज आयोजित कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको हो । कार्यक्रममा सञ्जालका संरक्षणसमेत रहनु भएका महानगरका मेयर नागेश कोइरालाले प्रमाणपत्र वितरण गर्नु भएको थियो । आठौं नगर बाल भेलाले आदित्य झाको नेतृत्वमा नयाँ कमिटी गठन गरेको थियो । 

सञ्जालको उपाध्यक्षमा दीक्षा आचार्य, सचिवमा अशोक खतिवडा, सहसचिवमा वेदिका घिमिरे र कोषाध्यक्ष कौशल न्यौपाने निर्वाचन भएका थिए । कार्यक्रममा अघिल्लो कार्यकालका पदाधिकारी र सदस्यहरुलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो ।

 कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले नगर बाल सञ्जाललाई महानगरका १९ वटै वडामा सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बालकल्याण अधिकारी मञ्जु लोहनीले नगरमा बालबालिकाको अवस्था र महानगरले बालबालिकाको क्षेत्रका गरिरहेको कार्यका विषयमा जानकारी दिनु भएको थियो ।

 

 

 


विराटनगर पुस १४  गते | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अटिजम भएका बालबालिकाको उपचारसहित संरक्षणमा महानगर गम्भीर रहेको बताउनु भएको छ ।

विराटनगरस्थित अनमोल स्पेशल एजुकेशन सेन्टरको चौथो वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दैै मेयर कोइरालाले अटिजम भएका बालबालिकाको अध्ययनका लागि अनमोलसित सहकार्य गर्न महानगर तयार रहेको समेत उल्लेख गर्नुभयो ।


उहाँले अटिजम भएका बालबालिकाहरुको तथ्यांक संकलन गर्नुपर्नेमा जोड दिनुभयो । महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्दै अनमोल एजुकेशनलले अटिजम भएका बालबालिकाको क्षेत्रमा महत्वपूर्ण कार्य गरेको बताउनुभयो । अनमोलले थेरापीलगायतका माध्यमबाट अटिजम भएका बालबालिकाहरुको उपचार गर्दै आएको आयोजक संस्थाकी निर्देशक अर्चना रिमालले बताउनुभयो । जन्मेको १८ महिनादेखि २ वर्षसम्मका बालबालिकालाई अटिजम हुने गरेको छ ।

अहिलेसम्म अटिजम हुनुको कारण पत्ता नलागे पनि मुख्य गरी खानपान र वातावरणका कारण हुनसक्ने संस्थापक प्रिन्सिपल संगीता न्यौपानेले जानकारी दिनुभयो । अनमोलमा हालसम्म १२५ जनाले लाभ लिइसकेका छन् । हाल ५० जनाभन्दा बढीलाई अनमोलले सेवा दिइरहेको छ । न्यौपानेका अनुसार २० जना सामान्य विद्यालयमा अध्ययन गर्न पठाइसकिएको छ । डा. हेमसागर रिमालले अटिजम भएका बालबालिकाको उपचारका लागि तीनै तहको सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले महानगरपालिकासित सहकार्य गरेर उनीहरुको उपचारसहित रेखदेख र संरक्षणका लागि छुट्टै विद्यालय खोल्न सकिने उल्लेख गर्नुभयो ।

 


विराटनगर पुस १४ गते । विराटनगरस्थित ग्रिनल्याण्ड कलेजमा स्पोर्टस सप्ताह २०७९ सुुरू भएको छ ।

कलेजमा विहिबार एक कार्यक्रम आयोजना गरी स्पार्टस सप्ताह सुरू भएको हो ।

हप्ता दिनसम्म संचालन हुने स्पोर्टस मिटमा खेलकुदतर्फ फुटबल, क्रिकेट, भलिवल,बुद्धीचाल,टेवल टेनिस र म्याराथुनलगायतका खेलहरु समावेश गरेको कलेजका प्रिन्सिपल दिपक पोखरेलले बताए । प्रिन्सिपल पोखरेलका अनुसार खेलबाहेक कविता, वादविवाद, नृत्य र गायनको समेत समावेश गरिएको बताए ।

ग्रिनल्याण्ड कलेजले प्रत्येक वर्ष विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्पोर्टस सप्ताह गर्दै आएको छ । एक हप्तासम्म संचालन हुने स्पोर्टस सप्ताहमा १८ वटा विद्याहरु समावेस गरिएको कलेजले जनाएको छ । कक्षा ११ र १२ कक्षामा अध्ययरत विद्यार्थीहरूले स्पोटस सप्ताहमा भाग लिन पाउँनेछन् ।


विराटनगर÷ विराटनगर महानगरपालिकामा दर्ता भएको प्रमाणपत्र लिएर मात्रै व्यवसाय र फर्मलाई ऋण प्रवाह गर्न विराटनगर क्षेत्रमा सञ्चालित वाणिज्य बैंकहरु तयार भएका छन् ।

आन्तरिक आम्दानीलाई बलियो बनाउने अभियानअन्तर्गत महानगरले वाणिज्य बैंकका प्रादेशिक कार्यालयका प्रमुखहरुलाई बोलाएर बुधबार छलफल गरेको छ । छलफलमा महानगरको आग्रहलाई स्वीकार्दै बैंकका प्रादेशिक प्रमुखहरुले अबदेखि ऋण प्रवाह गर्दा महानगरमा व्यवसाय दर्ता र नवीकरण भए÷नभएको हेर्ने प्रतिबद्धता जनाएका थिए । उनीहरुले विराटनगरको विकास र समृद्धिमा सहयोग गर्न आफूहरु तत्पर रहेको बताए । छलफलमा महानगरभित्र सञ्चालित २१ वटा वाणिज्य बैंकका प्रमुखहरुको सहभागिता थियो । महानगरको कर वृद्धि, पार्किङ व्यवस्थापन, सामाजिक उत्तरदायित्व बहन गर्ने उनीहरुले सामूहिक प्रतिबद्धता जनाए । सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकहरुले गर्ने खर्च महानगरपालिकासित समन्वय र सहकार्य गरेर सञ्चालन गर्नसमेत वाणिज्य बैंकका प्रमुखहरु सहमत भएका छन् ।

छलफलमा मेयर नागेश कोइरालाले महानगरको आन्तरिक आय बढाउन कर संकलन अभियान सञ्चालन भइरहेको जानकारी दिए । उनले विराटनगर सबैको भएकाले महानगरको अभियानमा साथ दिन आग्रह गरेका थिए । उनले बैंकहरुले हाल वाणिज्य कार्यालयमा दर्ता भएको प्रमाणपत्रका आधारमा ऋण दिँदै आएका छन् । अबदेखि ऋण दिँदा महानगरमा दर्ता भएको प्रमाणपत्र पनि खोजिदिन मेयर कोइरालाले आग्रह गरेका थिए । उनले बैंकहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत विराटनगरको सौन्दर्यकरणलगायतमा पनि सहयोग गर्न सक्ने उल्लेख    गरे । “विराटनगर तपाईंहरुको पनि हो, तपाईंहरुले यहाँको सौन्दर्यकरणसँगै एम्बुलेन्स, शवबाहन सहयोग गर्न सक्नुहुन्छ,” कोइरालाले भने ।

उपमेयर शिल्पा निराला कार्कीले बैंकहरुले पार्किङ व्यवस्थापन नगर्दा समस्या भएको सुनाइन् । उनले छिटोभन्दा छिटो पार्किङको व्यवस्थापन गर्न आग्रह गरिन् । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले महानगरमा स्रोतको अभाव रहेको सुनाए । उनले आन्तरिक राजस्व कार्यालयसित कुरा गरेर बहाल कर  महानगरले नै लिने व्यवस्था मिलाइएको बताए । राजस्व महाशाखा प्रमुख सरोज गौतमले महानगरको ५ वटा वडामा कर संकलन विशेष अभियान सञ्चालन गरिरहेको जानकारी गराए । सबै करदाताको घरआँगमै पुगेर कर संकलन गरिने उनको भनाइ थियो । गत आर्थिक वर्ष ४९ करोड ७८ लाख आन्तरिक राजस्व संकलन गरेको महानगरले चालु आर्थिक वर्षमा ८७ करोड संकलन गर्ने लक्ष्य राखेको छ ।

 


मनकुमार गदाल - दमक पुस १३ गते | रातो तारा डट कम,बिवाईएससी अमेरिकाले झापाको दमक ३ स्थित बेलडाँगीमा भएको प्रथम आमन्त्रण जय हुमागाई स्मृति गोल्ड कप फुटवल प्रतियोगिताको उपाधि जितेको    छ ।

सलहेश युवा क्लव सिरहालाई १–० गोल पछी पार्दै बिवाईसीले प्रतियोगिताको फाइनल खेलमा उपाधि हात पारेको हो । बिवाईसीले उपाधि हात पार्दै नगद ५ लाख ,शिल कप जितेको छ भने उपविजेता सहलेश युवा क्लवले नगद ३ लाख ,शिल ,कप जितेको छ । फाइनल खेलका प्रमुख अतिथि १ न.प्रदेशका सभासद होम बहादुर थापाले विवाईसीलाई उपाधि प्रदान गर्नु भएको छ । 

 खेल शुरु भएको ३४औं मिनेटमा बिवाईसीका जर्सी नं ४का मेजुयल पेलपोक्सले गरेको गोल नै खेलको निर्णय गोल भयो । 

 खेलको म्यानअफ दी म्याच बिवाईसीका मेजुयल ,उत्कृष्ट गोल किपर पुजन थापा मगर घोषित भए । खेलमा सलहेशका टिम क्याप्टेन जर्सी न.३ का सुशिल यादवलाई रेफी श्याम दनुवारले रातो कार्ड दिएका थिए । 

फाइनल खेल शुरु हुुनु भन्दा अघि कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य तथा नेकपा एमाले प्रदेश सचिवालय सदस्य थापाले खेलकुद बिकासका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । बेलडाँगीमा रहेको खेल मैदानको स्तर उन्नतिको आफूले लागि सक्दो सहयोग गर्ने नेता थापाले बताउनु भयो ।

 जय हुमागाई स्मृति प्रतिष्ठानका अध्यक्ष शिव हुमागाईको अध्यक्षतामा भएको कार्र्यक्रमको विशिष्ट अतिथि सामाजिक अगुवा गगन पुरी ,भुटानी शरणर्थी शिविर वेलडाँगी सचिव टिवी राई लगायतले फुटवल खेलका बिषयमा बोल्नु भएको खेल संयोजक टिकाराम कालिकोटेले जानकारी दिनु भयो । प्रतियोगितामा स्वदेश तथा विदेशका  विभिन्न ८ टिम सहभागी रहेको थियो ।


बिराटनगर | रातो तारा डट कम,२०७९ पौष १३ गते, बुधबार अर्थ मन्त्री माननीय विष्णु प्रसाद पौडेलज्यूको अनुरोधमा नेपाल राष्ट्र बैंक अगाडीको निरन्तर धर्नालाई स्थगन गर्दै मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यूको नेतृत्वमा वार्ता टोली काठमाडौं गई माननीय अर्थ मन्त्रीज्यूलाई समक्ष विद्यमान चर्को बैंक व्याजदर, प्रतिकूल बैंकिङ नीति र समसामयिक समस्याहरुको तत्कालै निराकरण गर्न अनुरोध गरेको छ । 


भेटवार्ताका क्रममा अध्यक्ष श्री रिजालज्यूले माननीय अर्थ मन्त्री समक्ष बैंकका पछिल्ला प्रतिकूल व्यवस्थाहरुबाट उद्योगी÷व्यवसायी र आम सर्वसाधारणहरुमा उत्पन्न भएको असहज वातावरण बारे उल्लेख गर्दै तिनका समाधानार्थ सम्बन्धित निकायलाई तत्कालै निर्देशन दिन अनुरोध गर्नु भई ज्ञापन पत्र हस्तान्तरण गर्नु भएको थियो । विद्यमान बैंकिङ लगायतका समस्याहरु र ज्ञापन पत्र बुझ्नु भई माननीय अर्थमन्त्रीज्यूले आफू निजी क्षेत्रका समस्याहरु प्रति गम्भिर रहेको बताउनु भई त्यसलाई प्राथमिकताका साथ तत्कालै समाधान गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको  छ । आफूले भर्खरै पदभार सम्हालेको बताउनु हुँदै अर्थ मन्त्रीज्यूले नेपाल राष्ट्र बैंकका गर्भनरज्यू, अर्थ मन्त्रालयका सचिवज्यू लगायतलाई समेत सो भेटवार्तामा उपस्थित गराएकोले निजी क्षेत्रले भोगिरहेका विद्यमान समस्याहरुको अध्ययन एवं समाधानका लागि तत्कालै आवश्यक कदम चालिने समेत आश्वासन दिनु भएको थियो ।

 मोरंग व्यापार संघका अध्यक्ष श्री रिजालज्यूको नेतृत्वमा गएको सो टोलीमा उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ, प्रदेश नं. १, नेपालगंज उद्योग वाणिज्य संघ, वीरगंज उद्योग वाणिज्य संघ, सिद्धार्थनगर उद्योग वाणिज्य संघ, काठमाडौं उद्योग वाणिज्य संघ सहित विराट व्यापार संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरङ, नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल प्रदेश नं. १, नेपाल मुद्रण उद्योग महासंघ प्रदेश नं. १, नेपाल वन पैदावार उद्योग व्यवसायी संघ, प्रदेश नं. १, ईट्टा व्यवसायी संघ, प्रदेश नं. १, निर्माण व्यवसायी महासंघ प्रदेश नं. १, नेपाल औषधी व्यवसायी संघ, प्रदेश १, नेपाल मत्स्यपालन किसान संघ, प्रदेश नं. १, नेपाल सुन चाँदी व्यवसायी संघ, मोरङ, एल. पि. ग्यास विक्रेता संघ, मोरङ, कोशी अञ्चल इटा उद्योग व्यवसायी संघ, विराटनगर हार्डवेयर संघ, निर्माण व्यवसायी संघ मोरङ, 

मोरङ इलेक्ट्रिक संघ, नेपाल कपडा व्यवसायी संघ, नेपाल सोनार समाज समिति, जुत्ता चप्पल व्यवसायी संघ, नेपाल युवा उद्यमी मञ्च, नेपाल मुद्रण उद्योग संघ, मोरङ, गृल तथा स्टील व्यवसायी संघ, पेट्रोलियम डिलर्स एसोशिएसन, खुद्रा व्यापार संघ, होटल तथा पेय पदार्थ व्यवसायी संघ, यातायात महासंघ, टिपर व्यवसायी संघ, ट्रान्सपोर्ट एसोसिएशन, विराटनगर ट्रक व्यवसायी संघ, विराटनगर एशोसिएसन अफ ट्राभल्स एजेन्ट, कवाडी संघ मोरङ, रंगेली उद्योग वाणिज्य संघ, 

सुन्दर हरैचा उद्योग वाणिज्य संघ, पथरी उद्योग वाणिज्य संघ, लेटाङ उद्योग वाणिज्य संघ, बेलबारी उद्योग वाणिज्य संघ, उर्लाबारी उद्योग वाणिज्य संघ, मिक्लाजुंग व्यापार प्रबन्ध समिति, इटहरा उद्योग वाणिज्य संघ, केराबारी व्यापार प्रबन्ध समिति र पूर्वका विभिन्न वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधिज्यूहरुको उपस्थिति एवं प्रतिनिधित्व रहेको थियो भने टोलीले नेपाल राष्ट्र बैंकका गर्भनर श्री महाप्रसाद अधिकारीज्यू र अर्थ सचिवज्यूलाई समेत भेट गरी ज्ञापन पत्र बुझाएको थियो । २०७९ पौष १३ गते, बुधबार ।


विराटनगर पुस १२ गते | तीनै तहको समन्वय र सहकार्यबाट मात्रै सुकुम्बासी समस्या समाधान गर्न सकिने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

विराटनगर–१२ स्थित सम्पन्न बस्तीमा मंगलबार आयोजित कार्यक्रममा वक्ताहरुले संघीय, प्रदेश र स्थानीय सरकारको समन्वय र सहकार्यले सुकुम्बासी समस्या समाधान गर्न सकिने धारणा राखे । विराटनगर आवास परियोजनाअन्तर्गत विराटनगर–१२ को मलंवामा सुकुम्बासीका लागि घरहरु निर्माण भइरहेका छन् । 

आवास परियोजनाको साझेदार संस्था ह्याविट्याट फर ह्युमानिटी नेपालको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रदेश–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले महानगरलाई सुकुम्बासीरहित बनाउन सके दक्षिण एसियामै नमुना हुने दाबी गरे । उनले सम्पन्न वस्ती महानगरको महत्वपूर्ण परियोजना भएकाले समयमै सक्नुपर्नेमा जोड दिए । “यो परियोजनामा जसजसले सहयोग गरे पनि यसको सम्पूर्ण श्रेय र जस महानगरलाई नै जान्छ,” कार्कीले भने, “तीनै तहको सरकारबीच सहकार्य भए महानगरलाई मात्रै होइन प्रदेश–१ नै सुकुम्बासीरहित बनाउन सकिन्छ ।”

विराटनगर महानगरका मेयर नागेश कोइरालाले तीनै तहको सरकारबीच समन्वय र सहकार्यबाट विराटनगरलाई सुकुम्बासी रहित महानगर बनाउने उद्घोष गरे । उनले आफूले ५ वर्षमा १४ हजार सुकुम्बासीको व्यवस्थापन गर्ने लक्ष्य राखेको सुनाए । “मैले चुनावताका पनि सुकुम्बासी समस्या समाधान गर्छु भनेको थिएँ,” मेयर कोइरालाले भने, “यो वस्तीमा करिब ३ सयको व्यवस्थापन होला अझै मैले १३ हजार ७ सयका लागि घर निर्माण गर्नुछ ।”

महानगरकी उपमेयर शिल्पा निराला कार्कीले ह्याविट्याटले आफ्नो २५ औं वार्षिकोत्सवका अवसरमा सम्पन्न बस्तीका घरमा एउटै रंग लगाउने अभियान सञ्चालन गरेर उदाहरण कार्य गरेको बताए । “ह्याविट्याटले अत्यन्तै राम्रो काम गरेको छ,” उपमेयर कार्कीले भनिन्, “सम्पन्न बस्तीका सबै घरमा एउटै रंग लगाउनु धेरै राम्रो हो ।”

सन् २०२१ जनवरीदेखि सुरु भएको परियोजनाअन्तर्गत सो ठाउँमा १४५ वटा घर निर्माण हुनेछ । घर निर्माणका लागि महानगरपालिका, प्रदेश सांसद कोष (केदार काकी), ह्याविट्याट र उपभोक्ताको आर्थिक लगानी तथा सहारा नेपालको प्राविधिक सहयोग रहेको छ । प्रतिपरिवार १० धुर जग्गामा घर निर्माण भइरहेको छ । एउटा घर निर्माणमा ५ लाख १० हजार लाग्ने लगत स्टिमेटमा उल्लेख छ । 

हालसम्म ९७ लाखमा उपभोक्ता (क) र  ४४ लाखको लागतमा उपभोक्ता (ग) को निर्माण सम्पन्न भइसकेको छ । त्यस्तै ८७ लाख रुपैयाँको लागतमा उपभोक्ता (ख) को निर्माण जारी रहेको छ । वार्षिकोत्सवका अवसरमा निर्माण सम्पन्न भएका घरहरुमा रंग लगाइएको थियो । कार्यक्रममा विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, वडा नम्बर १२ का अध्यक्ष हिरालाल कामत, गैसस प्रदेश–१ का अध्यक्ष लखनलाल साह, सामाजिक विकास महाशाखा प्रमुख राजेन्द्र प्रधानलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


विराटनगर पुस १२ गते | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बजेट र भौतिक संरचनाले मात्रै शिक्षाको गुणस्तरमा सुधार नआउने धारणा राखेका छन् ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीआई)ले मंगलबार विराटनगरमा आयोजना गरेको शिक्षामा लगानी विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै मेयर कोइरालाले शिक्षाको गुणस्तर वृद्धिका दक्ष र अनुभवी शिक्षक तथा कुशल व्यवस्थापक जरुरी रहेको बताए । उनले शिक्षाको गुणस्तर वृद्धिका लागि दक्ष शिक्षकसँगै विद्यालय व्यवस्थापन समिति, अभिभावक पनि गम्भीर हुनुपर्नेमा जोड दिए ।

शैक्षिक गुणस्तर वृद्धिमा महानगरले कुनै कसर बाँकी नराख्ने उहाँको भनाइ थियो । “बजेटसँगै भौतिक संरचना पर्याप्त हुँदाहुँदै पनि अधिकांश विद्यालयको गुणस्तरमा सुधार आउन सकेको छैन,” उनले भने, “यसको पछाडि विद्यालयमा हुने राजनीतिकरणका साथै आफ्नो जिम्मेवारीप्रति शिक्षकहरु गम्भीर नहुँदा शैक्षिक सुधार हुन नसकेको हो भन्ने लाग्छ ।” महानगरले चालु आर्थिक वर्षका लागि कुल बजेटको ९ प्रतिशत शिक्षा क्षेत्रमा छुट्याएको उनले बताए । जुन भौतिक पूर्वाधारपछि सबैभन्दा बढी हो ।

कार्यक्रममा महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले कार्यपत्र प्रस्तुत गरेका थिए । सो अवसरमा मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरद पोखरेल, प्रदेश–१ को सामाजिक विकास मन्त्रालयका उपसचिव कृष्णप्रसाद पोखरेल, गैसस मोरङकी अध्यक्ष विष्णु शर्मा, बुद्धिजीवी दिनेश श्रेष्ठ, शिक्षासेवी वुदु खतिवडा, खेमराज भट्टराई, त्रिलोक न्यौपाने, आयोजक संस्थाका संयोजक विनोद भण्डारीलगायतले महानगरको शैक्षिक सुधारका लागि आ–आफ्ना सुझाव दिएका थिए ।


तेह्रथुम, २०७९ पौष १२ गते । ईलाका प्रहरी कार्यालय आठराई तेह्रथुमको नव निर्मित कार्यालय भवनको समुद्घाटन भएको छ । कार्यालयको हाता भित्र आज भएको एक बिशेष कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो ।

 भवन उदघाटनको क्रममा कार्यक्रमलाई सम्वोधन गर्नु हुँदै १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले २४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरुलाई भौतिक सुबिधा सम्पन्न यस्ता भवनले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत हौसलाका साथ प्रहरी चुस्त र दुरुस्त भई नागरिकको सुरक्षामा खटिने बताउनु भयो ।

साथै सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै जोश र उर्जाका साथ नागरिकहरुको जिउधनको सुरक्षामा खटिन कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भएको थियो ।  

नवनिर्मित भवन १ नम्बर प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट बिनियोजित रकम २ करोड ६९ लाख ५ सय ४५ रुपैयाँको लागतमा निर्माण सम्पन भएको हो । उक्त कार्यक्रममा स्थानीय जन प्रतिनिधीहरु, नागरीक समाजका प्रमुख तथा प्रतिनिधीहरु, संचारकर्मी लगायत स्थानीयवासीहरु उपस्थिति रहेको थियो ।


दमक ,पुस ११ गते | इलामको चुलाचुली ३को शिव ओरक मिलन पोखरीमा रंगमञ्चको दोस्रो संस्करण नाट्य उत्सव आयोजना गर्ने भएको हो ।चुलाचुली रंगमञ्चले आज चुलाचुली ४मा अवस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलन समाजमा भए गरेका घटनालाई नाटकको माध्यमवाट वाहिर ल्याउने उद्धेश्यले नाट्य उत्सव गर्न लागेको कार्यक्रम संयोजक तथा रंगमञ्चका अध्यक्ष चेतन आङ्गथुपोले बताउनु भयो । 

उत्सवमा चुलाचुली पालिका भित्रका सामुदायिक र संस्थापक विधालयका ६ वटा,आयोजक रंगमञ्चको २ वटा,वाहिरी नाट्य संस्थावाट ३वटा नाटक सहित११ वटा नाटक प्रस्तुत हुने छ । उत्सवमा नाटक मञ्चन ,नाटक कार्यशाला ,फाइन आर्ट कार्यशाला साथै फोटो प्रर्दशनी ,विभिन्न जात जातिका लोकबाजा,झाँकी र रंगमञ्च अन्तरसंवाद कार्यक्रम रहेको प्रचार संयोजक सन्तोष गिरीले बताउनु भयो । नाट्य उत्सवको पूर्व तयारी शुरु भइरहेको गिरीले बताउनु भयो । 


चुलाचुली पाठशाला नाट्य उत्सव२०७९ कार्यक्रमको अनुमानित वजेट ६ लाख २५ हजार रहेको अध्यक्ष आङ्गथुपोले जानकारी दिनु भयो । बाहिरी नाट्य संस्थाहरु कदम थिएटर र सर्वीदय इङ्गलीस बोडिङ्ग स्कुल झापा,हाम्रो थिएटर पाँचथर फिदिम र शब्द थिएटर र रेडस्टार बोडिङ्ग स्कूल पथरीशनिश्चरे सहभागी रहने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा चुलाचुली वडान ३ का निर्वतमान अध्यक्ष नरेन्द्र लावतीले नाट्य उत्सव स्थानिय पोखरीका पर्यटन प्रर्वद्धन ,स्थानिय कलाकारहरु चुलाचुलीका सान र गहना भएको हुदा उनीहरुको विकासका लागि आफनो ठाउँवाट सक्दो सहयोग गर्ने बताउनु भयो । 

पत्रकार सम्मेलन पछि सोही स्थानमा रंगमञ्चले नाटक प्रकृति मञ्चन गरेको छ ।

 किशोरी अवस्थामा हुने किशोरीहरुको रजोसल्ला लगायतका विषयमा समाजले बुझेको गलत संस्कृतिवाट उत्पन्न समस्यालाई नाटक मार्फत कलाकारहरुले चित्रण गरेको छ ।

 रमिता राईले निर्देशन गरेको नाटक प्रकृतिमा कलाकारहरु मिलन कोयु राई,शोभा राई , कुसुम सम्वाहाम्फे,सम्झना राई ,शिखा लिम्वू ,अनुषा लाम्गाद,लक्ष्मी दर्जी र सन्ध्या गदाल लगायतका अभिनाय गरेका छन् ।


विराटनगर पुस ११ गते | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले मानव बेचविखन रोकथाम र नियन्त्रणका लागि तीनै तहको सरकारबीच समन्वय हुनु आवश्यक रहेको बताउनुभएको छ ।

माइती नेपाल मोरङले आज महानगरकै सभाकक्षमा आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै मेयर कोइरालाले तीनै तहको सरकारसँगै सरकारी र गैरसरकारी संघसंस्थाहरुको सामूहिक प्रयासले मानव बेचविखन रोकिने धारणा राख्नुभयो । महिला तथा बालबालिकाहरुका क्षेत्रमा काम गर्न खुलेका संस्थाहरुबीच पनि समन्वय जरुरी रहेको उहाँले बताउनुभयो । कार्यक्रममा मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले खुला सिमानाका कारण मानव बेचविखन नियन्त्रण र रोकथाममा चुनौती देखिएको बताउनुभयो ।

माइती नेपाल मोरङका संयोजक विनोद पोखरेलले सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्मको अवस्थाका विषयमा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उहाँले यस अवधिमा १३६ जनालाई बेचविखन हुनबाट रोकेको जानकारी दिनुभयो । पोखरेलले ४७ जना बेपत्तामध्ये ११ जनामात्रै फेला परेको जानकारी दिनुभयो । उहाँका अनुसार यस अवधिमा १ जनाको उद्धार गरिएको र बेचबिखनमा संलग्न १ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ । १०५ वटा घरेलु हिंसाका घटना भएको पोखरेलले बताउनुभयो । अन्तरक्रियामा महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, जिल्ला समन्वय समिति मोरङकी उपप्रमुख उषा झा, मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला, गैसस मोरङकी अध्यक्ष विष्णु शर्मालगायतले मन्तव्य राख्नु भएको थियो ।


विराटनगर पुस ११ गते | विराटनगर–४ एयरपोर्ट रोडस्थित तृष्णा केभिङ टेल्सले अत्यधिक नाफा खाएर सामान बिक्री गर्ने गरेको फेला परेको छ ।


विराटनगर महानगरपालिकाको अनुगमन टोलीले अनुगमन गर्दा १७ रुपैयाँमा खरिद गरेको पिउने पानी ५० रुपैयाँसम्ममा बिक्री गरेको पाइएको छ । महानगरका आर्थिक प्रशासन महाशाखा प्रमुख दीपक पौडेलको नेतृत्वमा गरिएको अनुगमनका क्रममा ग्राहकपिच्छे मूल्य फरक लिने गरेको समेत भेटिएको छ । मदिरामा पनि ९० प्रतिशत नाफा लिएर बिक्री गर्ने गरेको भेटिएको महाशाखा प्रमुख पौडेलले जानकारी दिए ।

अनुगमनका क्रममा भान्सामा फोहोर भेटिएको, पुरानो तेल प्रयोग गरिएको, कुकहरुले केश नछोपेको लगायत कमजोरी फेला पारिएको उनले बताए । अनुगमन टोलीले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ड) बमोजिम कसुर देखिएका कारण सोही ऐनको दफा ३९ को उपदफा १ को खण्ड (ङ) अनुसार तत्काल २० हजार जरिवाना गरेको छ । उपभोक्ताबाट एयरपोर्ट रोडमा सञ्चालित रेष्टुरेन्ट र होटलहरुले अत्यधिक मूल्य लिने गरेको गुनासो आएपछि अनुगमन गरिएको पौडेलले प्रस्ट्याए ।

 


विराटनगर, ११ पुस गते | प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सभाको प्रथम अधिवेशन यही मिति २०७९ पुस १७ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा(१) बमोजिम प्रदेश सभाको प्रथम अधिवेशन यही मिति २०७९ पुस १७ गते आइतबार अपरान्ह ०१ः०० बजेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको प्रथम अधिवेशन आह्वान गर्न नेपालको संविधानको धारा १६६ को उपधारा (२) बमोजिम माननीय प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको बताउनुभयो ।

 प्रदेश प्रमुखले प्रदेश सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेश सभाको अधिवेशन आह्वान गर्नेछ भन्ने संवैधानिक व्यवस्थाबमोजिम प्रदेश सरकार मन्त्रिपरिषद्ले बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठकमा प्रदेश सभा आह्वानबाहेकका कार्यसूची नभएकाले अन्य कुनै निर्णय नभएको मन्त्री घिमिरेले बताउनुभयो ।


विराटनगर पुस ११ गते | रातो तारा डट कम, शिक्षासेवी एवं समाजसेवी नारायणप्रसाद कोइरालाको ९५ औं जन्मजयन्तीका अवसरमा विराटनगरस्थित सरस्वती माविले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

कोइराला सो विद्यालयको ४० वर्षसम्म अध्यक्ष रहेर सेवा गर्नु भएको  थियो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल ब्याग र स्टेसनरी सामग्री प्रदान गरिएको थियो । कार्यक्रममा मेयर कोइरालाले स्कुल ब्यागलगायतका शैक्षिक सामग्री वितरण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दैैै मेयर कोइरालाले नारायणप्रसाद कोइराला आफ्नो राजनीतिको प्रेरणाको स्रोत भएको चर्चा गर्नु भयो । उहाँले विराटनगरको राजनैतिक, शैक्षिक, धार्मिक र सामाजिक क्षेत्रमा कोइरालाको अतुलनीय योगदान रहेको बताए । “उहाँ मेरो राजनीतिका प्रेरणाका स्रोत हुनुहुन्थ्यो,” मेयर कोइरालाले भने, “उहाँकै कारणले म राजनीतिमा लागेको हुँ, विराटनगरको समाजले उहाँलाई सधैं सम्झि रहनेछ ।”

मेयर कोइरालाले शिक्षाको विकासमा महानगरपालिका गम्भीर रहेको बताए । कार्यक्रममा विराटनगर वडा नम्बर ९ का वडाध्यक्ष विश्वनाथ भगत, विराटनगर महागरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडा, विद्यालयका प्रअ योगेन्द्र कार्की, पूर्वप्रअ डिल्ली पोखरेल, विद्यालय व्यवस्थापन समितिकी सदस्य अनुजा कोइरालालगायतले सरस्वती विद्यालयको स्नरोन्नति र विकासमा नारायणप्रसाद कोइरालाको योगदान अतुलनीय रहेको बताएका थिए । 

 


शिव भट्टराई मोरङ पुस ११ गते | रातो तारा डट कम,केही दिनयता जाडो बढे संगै तराईका स्थानहरुमा बिहानैदेखि बाक्लो हुस्सु लाग्न थालेको छ । तापक्रम घट्दै जाँदा चिसो पनि बढ्न थालेपछि बाक्लो हुस्सु लाग्दा सवारी साधन सञ्चालनमा कठिनाइ हुने गरेको छ । यही कारण दुर्घटनाको जोखिम पनि उत्तिकै हुन्छ ।

त्यसैले संभावित दुर्घटना न्यूनीकरण गर्न मोरङको सुन्दरहरैचा ७ स्थित गोठगाऊमा टल्किने ‘रिफ्लेक्टर’ सवारीसाधनमा टाँस्ने अभियान थालिएको हो। हुस्सू लागेको अवस्थामा दुर्घटना नहोस् भनेर  सवारीसाधनमा ‘रिफ्लेक्टर’ (टल्किने वस्तु) टाँस्न थालेको ट्राफिक प्रहरी पोस्ट गछियाका प्रहरी सहायक निरीक्षक गणेश दाहालले बताएका छन्।


सामाजिक दायित्व पुरा गर्न सुन्दरहरैचाका सामाजिक अभियन्ता, स्थानीय लगायतले समेत रिफ्लेक्टर टाॅस्न सहजीकरण गरेको सामाजिक अभियन्ता पोस्ट कुमार श्रेष्ठले बताए।बाक्लो हुस्सु र कुहिरोले सवारीसाधन चलाउन समस्या हुने भएकोले संभावित दुर्घटना न्यूनीकरण गर्न यस्तो सचेतनामुलक कार्यक्रमले सहयोग पुग्ने त्यसैगरी आउदा दिनमा गोठगाऊ चौकमा चाढै नै चोकमा सरसफाई गरेर, झण्डा राखेर, प्रत्यक घर अगाडी फुल गमला राख्ने, ठाउको सौन्दर्य बढाउन जोड दिने गोठगाऊं विश्वविद्यालय टोल विकास संस्थाका अध्यक्ष केशव भट्टराईले बताएका छन्।

टल्कने बस्तु टाँसिएका सवारी साधनलाई अर्को सवारी साधनका चालक, यात्री र पैदलयात्रीले समेत स्पष्ट देख्ने भएकाले सतर्कता अपाउन मद्दत गर्छ ।ठेला, रिक्सा, सीटी सफारी, साइकल, ट्याक्टर, टिपरलगायतका सवारीसाधनमा ‘रिफ्लेक्टर’ लगाउन थालिएको र हुस्सु लागेका बेला नजिकैको वस्तुसमेत नदेखिने हुँदा दुर्घटनाको जोखिम बढी हुने भएकाले तीव्र गतिमा सवारीसाधन नचलाउन पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.