Websoft University

अर्थ मन्त्रीको अनुरोधमा धर्ना स्थगन गरी - मोरंग व्यापार संघको टोली काठमाडौंमा वार्ता गर्दै


बिराटनगर | रातो तारा डट कम,२०७९ पौष १३ गते, बुधबार अर्थ मन्त्री माननीय विष्णु प्रसाद पौडेलज्यूको अनुरोधमा नेपाल राष्ट्र बैंक अगाडीको निरन्तर धर्नालाई स्थगन गर्दै मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यूको नेतृत्वमा वार्ता टोली काठमाडौं गई माननीय अर्थ मन्त्रीज्यूलाई समक्ष विद्यमान चर्को बैंक व्याजदर, प्रतिकूल बैंकिङ नीति र समसामयिक समस्याहरुको तत्कालै निराकरण गर्न अनुरोध गरेको छ । 


भेटवार्ताका क्रममा अध्यक्ष श्री रिजालज्यूले माननीय अर्थ मन्त्री समक्ष बैंकका पछिल्ला प्रतिकूल व्यवस्थाहरुबाट उद्योगी÷व्यवसायी र आम सर्वसाधारणहरुमा उत्पन्न भएको असहज वातावरण बारे उल्लेख गर्दै तिनका समाधानार्थ सम्बन्धित निकायलाई तत्कालै निर्देशन दिन अनुरोध गर्नु भई ज्ञापन पत्र हस्तान्तरण गर्नु भएको थियो । विद्यमान बैंकिङ लगायतका समस्याहरु र ज्ञापन पत्र बुझ्नु भई माननीय अर्थमन्त्रीज्यूले आफू निजी क्षेत्रका समस्याहरु प्रति गम्भिर रहेको बताउनु भई त्यसलाई प्राथमिकताका साथ तत्कालै समाधान गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको  छ । आफूले भर्खरै पदभार सम्हालेको बताउनु हुँदै अर्थ मन्त्रीज्यूले नेपाल राष्ट्र बैंकका गर्भनरज्यू, अर्थ मन्त्रालयका सचिवज्यू लगायतलाई समेत सो भेटवार्तामा उपस्थित गराएकोले निजी क्षेत्रले भोगिरहेका विद्यमान समस्याहरुको अध्ययन एवं समाधानका लागि तत्कालै आवश्यक कदम चालिने समेत आश्वासन दिनु भएको थियो ।

 मोरंग व्यापार संघका अध्यक्ष श्री रिजालज्यूको नेतृत्वमा गएको सो टोलीमा उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ, प्रदेश नं. १, नेपालगंज उद्योग वाणिज्य संघ, वीरगंज उद्योग वाणिज्य संघ, सिद्धार्थनगर उद्योग वाणिज्य संघ, काठमाडौं उद्योग वाणिज्य संघ सहित विराट व्यापार संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरङ, नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल प्रदेश नं. १, नेपाल मुद्रण उद्योग महासंघ प्रदेश नं. १, नेपाल वन पैदावार उद्योग व्यवसायी संघ, प्रदेश नं. १, ईट्टा व्यवसायी संघ, प्रदेश नं. १, निर्माण व्यवसायी महासंघ प्रदेश नं. १, नेपाल औषधी व्यवसायी संघ, प्रदेश १, नेपाल मत्स्यपालन किसान संघ, प्रदेश नं. १, नेपाल सुन चाँदी व्यवसायी संघ, मोरङ, एल. पि. ग्यास विक्रेता संघ, मोरङ, कोशी अञ्चल इटा उद्योग व्यवसायी संघ, विराटनगर हार्डवेयर संघ, निर्माण व्यवसायी संघ मोरङ, 

मोरङ इलेक्ट्रिक संघ, नेपाल कपडा व्यवसायी संघ, नेपाल सोनार समाज समिति, जुत्ता चप्पल व्यवसायी संघ, नेपाल युवा उद्यमी मञ्च, नेपाल मुद्रण उद्योग संघ, मोरङ, गृल तथा स्टील व्यवसायी संघ, पेट्रोलियम डिलर्स एसोशिएसन, खुद्रा व्यापार संघ, होटल तथा पेय पदार्थ व्यवसायी संघ, यातायात महासंघ, टिपर व्यवसायी संघ, ट्रान्सपोर्ट एसोसिएशन, विराटनगर ट्रक व्यवसायी संघ, विराटनगर एशोसिएसन अफ ट्राभल्स एजेन्ट, कवाडी संघ मोरङ, रंगेली उद्योग वाणिज्य संघ, 

सुन्दर हरैचा उद्योग वाणिज्य संघ, पथरी उद्योग वाणिज्य संघ, लेटाङ उद्योग वाणिज्य संघ, बेलबारी उद्योग वाणिज्य संघ, उर्लाबारी उद्योग वाणिज्य संघ, मिक्लाजुंग व्यापार प्रबन्ध समिति, इटहरा उद्योग वाणिज्य संघ, केराबारी व्यापार प्रबन्ध समिति र पूर्वका विभिन्न वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधिज्यूहरुको उपस्थिति एवं प्रतिनिधित्व रहेको थियो भने टोलीले नेपाल राष्ट्र बैंकका गर्भनर श्री महाप्रसाद अधिकारीज्यू र अर्थ सचिवज्यूलाई समेत भेट गरी ज्ञापन पत्र बुझाएको थियो । २०७९ पौष १३ गते, बुधबार ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.