Websoft University
December 2017


विराटनगर, पुस १६ गते । रातो तारा डट कम,
विराटनगरमा आज दिउँसो राजधानी माग गर्दै प्रदर्शन गरिएको छ ।

विराटनगर माहानगरपालिकाको अगुवाइमा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, राजनीतिक दलका नेता तथा अन्य संघ–संस्थाको अगुवाईमा राजधानी माग गर्दै ¥याली निकालिएको हो ।

सहिद रंगशालाबाट सुरु भएको ¥याली बजारको विभिन्न भागको परिक्रमा गरि महेन्द्र चोकमा पुगेर कोणसभा गरिएको थियो । सभामा बोल्दै विभिन्न नेता तथा अगुवाले विराटनगर भौतिक पूर्वाधार युक्त सहर भएको कारण विराटनगर नै राजधानी बन्नुपर्ने बताएका छन् ।

कोणसभामा बोल्दै मोरङ क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद तथा विना विभागिय मन्त्रि शिवकुमार मण्डलले पूर्वाधारदेखि प्रशासनिक र सम्पूर्ण हिसाबले विराटनगर उपयुक्त रहेकोले प्रदेश नम्बर १ को राजधानी विराटनगर हुने बताए । ‘सीमा नाका नजिक राजधानी हुँदैन भन्ने एक प्रकारको हल्ला फैलाएको छ,’ सांसद मण्डलले भने, ‘यस्तो हल्लाको पछि नलाग्न आग्रह गर्दछु । विराटनगर ऐतिकाहिस सरहर हो ।’ हरेक हिसबाले प्रदेशको राजधानी बन्नको लागि विराटनगर उपयुक्त रहेको उनले बताए ।

सरकारले विराटनगर बाहेक अन्य ठाउँ प्रदेशको राजधानी तोकियो भने विकास निमार्णले प्रदेश नम्बर १ पाँच वर्ष पछि पर्ने मण्डलको भनाई छ । ‘विराटनगरमा जस्तो अन्य सहरमा मन्त्रालय राख्ने प्रयाप्त भवनहरु छैन,’ मण्डलले भने, ‘कुनै कनचुस्याइ नगरी विराटनगरमा राजधानी तोक्नुपर्दछ ।’

कार्यक्रममा बोल्दै मोरङका प्रदेश सांसद लिलाबल्भव अधिकारी, केदार कार्कीले प्रदेशको राजधानी बन्नको लागि प्रयाप्त मात्रमा विराटनगरमा पूर्वाधारहरु रहेकाले विराटनगर बाहेक अन्य सहर प्रदेशको राजधानी हुनै नसक्ने बताए ।

त्यसैगरी विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले विराटनगरलाई राजधानी बनाउन एक महिना अघिदेखि लागी परेको बताए । ‘प्रदेश नम्बर १ को राजधानी विराटनगरलाई बनाउन आधारसहितको कागजपत्रहरु प्रधानमन्त्री र मन्त्रालयहरुमा बुझाएको छु,’ पुराजुलीले भने, ‘प्रधानमन्त्री र दलका अध्यक्षहरु विराटनरलाई प्रदेशको राजधानी बनाउन सकारत्मक रहरेका छन् ।’ काठमाण्डौ पछिको दोस्रो ठूलो सहर प्रदेश नम्बर १ को राजधानी विराटनगर नै हुने उनले बताए ।

त्यसैगरी उद्योग संगठन मोरङका अध्क्ष मुकेश उपाध्ययले ऐतिहासिक सहर विराटनगरलाई प्रदेशको राजधानी बनाउन दलका नेताहरुले षणयन्त्र गरेको बताए । ‘नेताहरुले जिल्लाको विभिन्न सहरहरुमा पुग्दा ठाउँ नै पिच्छे बोली फेर्ने गरेका छन्,’ उपाध्ययले भने, ‘प्रयाप्त पूर्वाधार रहेको विराटनगरलाई राजधानी बनाउन निर्वाचित सांसददेखि सबै राजनैतिक दल लाग्नु पर्दछ ।

त्यसैगरी कार्यक्रममा नेकपा एमाले मोरङका अध्यक्ष विनोद ढकाल, माओवादी केन्द्रका संयोजक गोपी आछमी, संघिय समाजवादी फोरम नेपाल मोरङका अध्यक्ष राजकुमार यादव, मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडालगायले विराटनगरलाई राजधानी कायम गर्नुे पर्नेमा जोड दिए । तस्वीर( पुष्पराज थपलीया र खबर पूर्वाञ्चल


उर्लावारी,पुस १६ गते । रातो तारा डट कम,
 तमु ल्होसारको अवसरमा गत शुक्रबार र शनिबार उर्लाबारीमा सम्पन्न खुल्ला भलिबल प्रतियोगिताको उपाधि उर्लाबारी भलिवल टिमले जितेको छ ।

गुरूङ समुदायहरूको महान् पर्व तमुल्होसार को अवसरमा उर्लाबारी(६ स्थित तमु बौद्व गुम्बा परिसरमा प्रतियोगिताको आयोजना गरिएको थियो ।

शनिबार सम्पन्न फाईनल खेलमा उर्लाबारीले मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाललाई ३(२ को संघर्षपुर्ण सेटमा पराजित गरेको उर्लावारी नगर खेलकुद विकास समितिका अध्यक्ष तथा विजय टिमका खेलाडी भीष्म बुढाथोकीले जानकारी दिए ।

सोहि अवसरमा भएको छेलो को उपाधि उर्लाबारीका राकेश मगर र म्युजिकल चियर तर्फको उपाधि उर्लाबारीकै युनिशा गुरूङले जितेकी थिईन्।

प्रतियोगिता सम्पन्न गर्न उर्लाबारी नगर खेलकुद विकास समितिको प्राविधिक सहयोग र उर्लाबारी नगरपालिकाको आर्थीक सहयोग रहेको थियो । अनलाइन बाट


कीर्तिपुर, पुस १६ गते । रातो तारा डट कम, कीर्तिपुरमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल)को फाइनलमा भैरहवाले १५० रनको लक्ष्य पाएको छ । राष्ट्रिय टोलीका कप्तानसमेत रहेको पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धा्रित २० ओभरमा सात विकेट गुमाउँदै १४९ रन जोडेको छ ।

शरद भेषवाकरको कप्तानीमा खेलिरहेको भैरहवा ग्लाडीयटर्सले अब फाइनल उपाधि चुम्नका लागि १५० रन जोड्नुपर्नेछ । विराटनगरका लागि अशुंमन रथले ४१, कप्तान खड्काले २७, हरिशंकर शाहले २२ तथा प्रनित थापा मगरले १४ तथा करण केसीले नौ रन बनाएका थिए ।

सुरुवातमा राम्रो प्रदर्शन गरेपनि पछिल्ला क्रमका ब्याट्सम्यानहरू सस्तैमा आउट भएपछि विराटनगरले मध्यम योगफल तयार पारेको हो । भैरहवाका लागि पुनित मिश्र र कृष्ण कार्कीले दुई÷दुई तथा शरद भेषवाकर र आरिफ शेखले एक÷एक विकेट लिए । अहिले जवाफी ब्याटिङमा उत्रेको भैरहवाले १२ ओभरको खेल सकिँदासम्म २ विकेटको क्षतिमा ९३ रन बनाएको छ ।


काठमाडौं, पुस १६ गते । रातो तारा डट कम, सरकारले ऊर्जा क्षेत्रमा मिश्रणको नीति अख्तियार गरेपछि पछिल्लो दिनमा सौर्य ऊर्जामा लगानी गर्न चाहनेको संख्या बढ्दै गएको छ । घरायसी प्रयोजनका लागि जडान गरिएका सौर्य ऊर्जाको समेत विद्युत् खरिद दर तय भएको, प्रविधिमा आएको परिवर्तनका कारण कुल लागत समेत घट्दै गएकाले लगानी गर्नेको संख्यामा वृद्धि भएको हो ।

विद्युत् विकास विभागका अनुसार कुल ३४ परियोजनाले सौर्य ऊर्जा प्रणाली जडान गर्ने प्रयोजनका साथ सर्वेक्षणको अनुमति लिएका छन् । ती आयोजनाबाट १५९ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

विभागबाट सर्वेक्षण अनुमति लिएकामध्ये पाँच वटा परियोजना नेपाल विद्युत् प्राधिकरणको छ । यस्तै निजी क्षेत्रको अपि पावरले मात्रै ३६ मेगावाट क्षमताको सौर्य प्रणाली जडानका लागि सर्वेक्षणको अनुमति लिएको छ ।

केटीएम इनर्जीले विराटनगरमा १०, मोरङमा १५ मेगावाट क्षमताका सौर्य प्रणाली जडानका लागि सर्वेक्षणको अनुमति लिएको छ । यस्तै नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा ब्लक २ परियोजनाबाट आठ दशमलव तीन मेगावाट, ब्लक ३ परियोजनाबाट तीन दशमलव पाँच मेगावाट, ब्लक ४ बाट आठ दशमलव एक मेगावाट र नुवाकोटको चतुरालेमा नै पाँच दशमलव एक मेगावाट क्षमताको सौर्य प्रणाली जडानका लागि सर्वेक्षणको अनुमति लिएको छ ।

प्राधिकरणले विश्व बैंकको सहयोगमा २५ मेगावाटको सौर्य प्रणाली जडानका लागि विगतमा प्रक्रिया अगाडि बढाए पनि संसदीय समितिको छानबिन तथा अन्य संवैधानिक निकायको अध्ययनका कारण रोकिएको परियोजनासमेत अगाडि बढाउन तयारी गरिरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मिश्रणलाई बढ्ता जोड दिने लक्ष्यका साथ प्राधिकरण लागिपरिरहेको प्रतिक्रिया दिनुहुन्छ । “हामीले निजी क्षेत्रलाई पनि सौर्य ऊर्जा उत्पादनमा प्रेरित गरिरहेका छौँ, हामी आफैँ पनि जलविद्युत्का अलावा सौर्य ऊर्जा प्रणालीलाई अगाडि बढाउन प्रयत्नशील छाँै” कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।

प्राधिकरणले घरघरमा उत्पादन हुने सौर्य ऊर्जाको प्रतियुनिट सात रुपैयाँ ७५ पैसामा विद्युत् खरिद गर्ने कार्य्विधि पारित गरेको छ । तर उक्त अवधारणा कार्यान्वयनमा भने आउन सकेको छैन ।
घिसिङको उक्त भनाइ भए पनि व्यावसायिक रुपमा सौर्य ऊर्जा उत्पादनको तयारीमा रहेका व्यवसायीसँग भने विद्युत् खरिद सम्झौता गर्न भने सकेको छैन । निजी क्षेत्रले भने विद्युत् खरिद सम्झौता गर्न प्राधिकरणले आलटाल गरिरहेको आरोप लगाएका छन् ।

प्राधिकरणले ऊर्जा मन्त्रालयले नयाँ कार्य्विधि ल्याएका कारण आफूहरुले सम्झौता गर्न नसक्ने अवस्थामा पुगेको दाबी गरेको छ । तर छोटो समयमा नै ऊर्जा उत्पादन गर्ने गरी तम्तयारी हालतमा बसेका व्यवसायीसँग लामो समयदेखि प्राधिकरणले सम्झौता नगरिदिदा लगानी डुब्ने जोखिम बढेको बताउन थालेका छन् ।

यस्तै रिडी हाइड्रोले प्रवद्र्धन गर्ने गरी बुटवलमा आठ दशमलव पाँच मेगावाटको अनुमतिपत्र लिएको छ । प्राधिकरणले २०७३ जेठ २६ गते प्रतिस्पर्धा आह्वान गर्दा मुलुकका विभिन्न २२ स्थानमा सौर्य ऊर्जा प्रणाली जडानका लागि निजी क्षेत्रले प्रस्ताव पेश गरेका थिए ।

हेटौँडा, ढल्केबर, परवानीपुर, सिमरा, चन्द्रनिगाहपुर, लहान, दुहबी, अनारमनी, बुटवल, वर्दघाट, चनौटा, लमही र कावासोतीमा सौर्य ऊर्जा प्रणाली जडानका लागि निजी क्षेत्र तयारी अवस्थामा रहेको छ । तर प्राधिकरणले विद्युत् खरिद सम्झौताका लागि कुनै पनि प्रक्रिया अगाडि बढाएको छैन ।

रिडी हाइड्रोका प्रमुख कुवेरमणि नेपाल अनुमतिपत्र भए पनि प्राधिकरण सम्झौता गर्न नै तयार नदेखिएको गुनासो गर्नुहुन्छ । उहाँको कम्पनी रिडी हाइड्रोपावरले झापामा पाँच मेगावाट र गुल्मीको रुरुमा एक मेगावाटको सौर्य प्रणाली जडानका लागि अनुमतिपत्र लिएको छ ।

सौर्य प्रणाली जडानको तयारीमा रहेका व्यावसायीले प्राधिकरणले सम्झौता गरेको छ महिनाभित्र विद्युत् दिने प्रतिवद्धता जनाएका छन् । अपि पावरका प्रमुख सञ्जिव न्यौपानेले सौर्य परियोजनालाई प्रभावकारीरुपमा अगाडि बढाउने लक्ष्यका साथ आफूहरुले काम शुरु गरे पनि प्रक्रियामा लामो समय लागेका कारण समस्या उत्पन्न भएको बताउनुहुन्छ ।

उहाँको कम्पनी अपि पावर एक्लैले ३६ मेगावाट विद्युत् उत्पादन गर्न नौ स्थानमा सौर्य ऊर्जा प्रणाली जडानको अनुमति लिएको छ । “लगानी नै डुबे अवस्थामा पुगेको छ, छिटोभन्दा छिटो विद्युत् खरिद सम्झौता हुनुप¥यो भन्ने प्राधिकरणसँग हाम्रो माग छ, प्रमुख न्यौपानेले भन्नुभयो ।

प्राधिकरणले निजी क्षेत्रसँग सौर्य विद्युत् खरिदको प्रक्रिया अगाडि बढाएपछि ऊर्जा मन्त्रालयले ‘ग्रिड कनेक्टेड सौर्य विद्युत् ऊर्जा विकाससम्बन्धी कार्य्विधि, २०७४’ ल्याएपछि पूरानो प्रक्रिया रोकिएको बताइन्छ ।

सरकारले २०७२ साल फागुन ६ गते जारी गरेको ऊर्जा संकटकालीन कार्ययोजनामा समेत ऊर्जा मिश्रणको अवधारणा अगाडि सारेको थियो । सो कार्ययोजनाअनुसार आगामी १० वर्ष्भित्र कम्तीमा पनि एक हजार मेगावाट क्षमता बराबरको ऊर्जा मिश्रण गर्ने र सौर्य प्रणाली जडानमा जोड दिने उल्लेख छ ।


काठमाडौँ, पुस १६ गते । रातो तारा डट कम, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार गठनअघि नै नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकताको सघन प्रयास भइरहेको बताउनुभएको छ ।

नेकपा (एमाले) सिन्धुली–काठमाडौँ सम्पर्क मञ्च र नेकपा (माओवादी केन्द्र) सिन्धुली उपत्यका संघीय जनसम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको नवनिर्वा्चित सांसदहरुको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी एकताको प्रक्रियाबाट कोही कसैले पनि पछाडि हट्ने अवस्था नरहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “पार्टी एकताबाट पछाडि फर्कने ठाउँ नै छैन । पछाडि फर्कने पुल भत्काइसकेका छौँ । हिजो मात्र मेरो र कमरेड केपी ओलीबीच लामो र गम्भीर छलफल भयो । नयाँ सरकार गठन गर्न केही दिन लाग्ने देखिन्छ, त्यसभन्दा अघि नै पार्टी एकता टुङ्ग्याउने प्रयास गरेका छौँ, अब छिट्टै पार्टी एकता हुन्छ ।”

वाम गठबन्धनलाई जनताले अत्यधिक मतले जिताएको भन्दै अध्यक्ष दाहालले यस्तो अवस्था आफूहरुका लागि अवसर मात्र नभई चुनौतीसमेत रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “जनताले हामीबाट धेरै नै आशा राखेका छन्, अब पनि अस्थिरता, भ्रष्टाचार, झगडा भयो भने हाम्रो राजनीति गर्ने ठाउँ रहँदैन ।”

नेपाली जनतालाई शान्ति, सुशासन र समृद्धिका लागि जनताले ठूलो मौका दिएको भन्दै पूर्व प्रधानमन्त्री दाहालले समृद्धिको यात्रालाई अगाडि बढाउन कुनै पनि कन्जुस्याँई गर्न नहुनेमा जोड दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका सचिव योगेश भट्टराईले नेपाली जनताले वाम गठबन्धनलाई विश्वास गरेर मत दिएकाले त्यसलाई कार्यक्रममा ढालेर कार्यान्वयनमा जानुपर्नेमा जोड दिनुभयो ।

नेपाली जनताको लामो समयदेखिको अपेक्षा पूरा भएको उल्लेख गर्दै उहाँले जनपक्षीय योजना, नीति, कार्यक्रम बनाएर जनतालाई राहत दिनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा सिन्धुलीबाट निर्वा्चित हरिबोल गजुरेल, गणेश पहाडीलगायतका नवनिर्वा्चित सांसदहरुलाई सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तित्व एवं नवनिर्वा्चित सांसद गजुरेलले जनताको माग र चाहनालाई सम्बोधन गर्दै सिन्धुलीको विकास र समृद्धिमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै, अर्का निर्वा्चित सांसद पहाडीले जनताले आफूहरुलाई ठूलो जिम्मेवारी दिएकाले त्यसलाई अक्षरशः कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो ।


विराटनगर  पुस १५ गते । रातो तारा डट कम,
एमाले र माओवादीबीच पार्टी एकता हुने नहुने विषयमा शंका उत्पन्न भइरहेका बेला मोरङका बाम बुद्धिजिवीहरुले पार्टी एकता गर्न दबाब दिएका छन् ।

विरानटगरमा प्रेस चौतारी र प्रेस सेन्टर मोरङले ‘ताजा जनादेश र कम्युनिष्ट एकता’ विषयमा शनिबार गरेको कार्यक्रममा बोल्दै एमाले तथा माओवादी निकटका बाम बुद्धिजीवि तथा पार्टी नेताहरुले पार्टी एकताको पक्षमा दबाब सिर्जना आवश्यक रहेको बताएका हुन् ।

जनस्तरबाट पार्टी एकताप्रति उत्साह व्यक्त भइरहेको र निर्वाचन अघि जनतासँग गरेको प्रतिवद्धता अनुरुप दुई पार्टीबीच एकता गर्न उनीहरुले जोड दिएका हुन् ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अधिवक्त चुँडामणी आचार्यले निर्वाचनमा प्राप्त मत परिणामको विश्लेषण गर्दै बाम गठबन्धनले प्राप्त गरेको उपलब्धी रक्षाका लागि एकतामा जोड दिए । गठबन्धन नभएको अवस्थामा अहिले पनि बामपन्थीहरुको हातमा सत्ता आउने अवस्था नरहेको यथार्थ चित्रण गर्दै अबको राजनीतिलाई फोहोरी खेल नभएर सम्भावनाको खेलमा परिणत गर्नु पर्ने बताए । उनले सैद्धान्तीक, वैचारिक र सांगठनीक संरचना मिलाएर पार्टीलाई एक बनाउनु पर्नेमा जोड दिए ।

नेकपा एमाले मोरङका अध्यक्ष विनोद ढकालले कम्युनिष्टहरुले आउँदो ५ वर्ष मात्र नभई लामो समय शासन सञ्चालन गर्नका लागि पनि पार्टी एकता गर्ने र देशलाई समुन्नत बनाउने दिशामा लाग्नु पर्ने बताए । उनले सानासाना कुरामा विवाद झिक्ने भन्दा मिल्ने विषय खोजेर अघि बढ्नु पर्नेमा जोड दिए । एकताका लागि प्रधानमन्त्री र अध्यक्ष फरकफरक व्यक्ति बन्ने, एउटै बन्ने, दुवै अध्यक्ष बन्नेलगायतका मोडलमा छलफल जारी रहेको ढकालले जानकारी दिए ।

यस्तै माओवादी केन्द्रका मोरङ संयोजक गोपी आछामिले सुशासन, आर्थिक उन्नती र समाजवादका लागि कम्युनिष्टहरुकाबीचको एकता अपरिहार्य रहेको बताए । यसका लागि अन्य कुराहरु थाँती राखेर पावर शेयरिङका आधारमा एकता प्रक्रिया अगाडि बढाउनु उपर्युक्त हुने बताए । ‘नेतृत्व तहबाट एकता भाँड्ने कुनै शंका छैन,’ आछामिले भने, ‘लोभी पापीले समस्या पार्न खोज्दैछन्, सचेत भएर लाग्नु पर्छ ।’

बामपन्थी गठबन्धनलाई जनमतसंग्रहबाट एकताको निम्ति जनादेश दिएको बताउँदै माओवादी केन्द्र मोरङका सहसंयोजक गणेश उप्रेती ९सुशील०ले समावादको लक्ष्य प्राप्तीका लागि एकता आवश्यक रहकोमा जोड दिए । ‘अस्थीर सरकारमा मन्त्री बन्न लोभ गर्ने दुवै पार्टीभित्रका बिचौलियाहरुले एकताको विरोध गरिरहेका छन्,’ उप्रेतीले भने, ‘पार्टी एकताको विषय अहिल्यै टुंग्याउनु पर्छ भन्ने छैन, तर सरकार दिगो बनाउनु पर्छ ।’

बाम बुद्धिजीवि प्राध्यापक गणेश क्षेत्रीले जडसुत्रवादी सोचबाट माथि उठेर एकता गर्नु पर्नेमा जोड दिए । ‘कोही जनताको बहुदलीय जनवाद, कोही २१ औं शताब्दीको जनवादमा अडिएर एकता हुँदैन,’ क्षेत्रीले भने, ‘दुवै पार्टीमा आवश्यक लचकता र नयाँ लक्ष्यसहित एकतामा पुग्नु पर्छ ।’ उनले कम्युनिष्टहरुलाई एक हुन नदिन बाह्यशक्तिले विभिन्न रुपमा गतिविधि गरिरहेको भन्दै सजक रहनु पर्नेमा जोड दिए ।

प्राध्यापक डाक्टर मिनराज ढकालले गठबन्धन असफल भए देश असफल हुने खतरा रहेको दाबी गरे । ‘सैद्धान्तिक बहसमा दुवै पार्टी अल्झिनु जरुरी छैन,’ ढकालले भने, ‘अहिलेको गठबन्धन असफल भए देश नै असफल हुने खतरा छ ।’ ढकालले स्थिर सरकार बन्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा बुद्धिजीवि तथा प्राध्यापक डाक्टर मेदनीप्रसाद शर्मा, बाम बुद्धिजीवि यज्ञ शर्मा, नारायण निरौला, मुक्ति बराल, हरि बराल, मणी दाहाल, नारायण दाहाल, भवानी भट्टराईलगायतले बालेका थिए ।


बिराटनगर, पुस १५ गते । रातो तारा डट कम, बिराटनगरको नजिकै कटहरी गाउँपालिकामा नयाँ खोलिएको गोपाल गाडेन करिव ३ बिगाहा क्षेत्र फलमा दुई पोखरीमा ६ बोड(डुङ्गा) राखेर संन्चालनमा ल्याईएकोछ ।

गोपाल गाडेन संन्चालक र नेपाल पत्रकार महासंघ मोरङको तर्फबाट करिव ४० जना पत्रकारहरुलाई समुहमा बिभाजन गराई बोड (डुङ्गा) दौड प्रतियोगिता गराईएको थियो ।

उक्त दौडमा संन्चारकर्मी प्रतिक श्रैष्ठ र निरज कोईराला, प्रथम हुनु भएको थियो । बोड दौड प्रतियोगितामा प्रथम हुने खेलाडि पत्रकारहरुलाई गाडेनका तर्फबाट अरुण राठी र पत्रकारहरुका तर्फबाट महासंघका सभापति बन्धु पोखरेल,समेतले आकर्षण गिफट हेम्पर सयुक्त रुपमा प्रधान गर्नु भएको थियो ।

गोपाल राठीका छोरा नरेस राठी र भतिजा अरुण राठीले दिएको जानकारी अनुसार पुरानो गोपाल गाडेन सानो र सागुरो भईसकेकाले त्यहाँ राखिएको खेल सामाग्रीहरु हरेक स्कुलहरुमा पाईन थालिएको हुँदा नयाँ र फराकिलो, सबैको आकर्षण र मनोरन्जन प्राप्त गर्न सक्ने गरि नयाँ खेल सामाग्रीहरु राखेर संन्चालनमा ल्याउन लागिएको हो भन्ने कुरा रातो तारा लाई जानकारी गराउनु भएको थियो ।

गोपाल गाडेनका डाइरेक्टर सम्भु कामतका अनुसार अहिले यहाँ दुई पोखरी भए पनि गाडेनका नाममा करिव १३ बिगाहा जमिन भएकाले सो सबै जमिनमा गोपाल गाडेन पार्क, खेल र मनोरन्जनका नयाँ सामाग्री,राखेर यो क्षेत्रका आम जनतालाई मनोरन्जको एउटा केन्द्र नै बनाउने उदेश्य रहेको भन्दै भोलिबाट उदघाटन भए पछि बिधिवत रुपबाट सुबिधाहरु थपिने जानकारी गराउनु भएको थियो ।

(नेपालको पुर्वी भागमा सहकारीको माध्यमबाट संकलित
 दूध बाक्लो बनाउने र १० लि लाई २० लि दुध बनाउन
अखाद्य केमिकल प्रयोग गरेर आम दूध उपभोक्ताको स्वास्थ्यमा खेलबाढ हुदै आएकोछ)

बिराटनगर पुस १५ गते । रातो तारा डट कम,
बजारमा उपलव्ध खाद्य तथा पेय पदार्थमध्ये दूध र पानी सबैभन्दा दुषित पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको नमुना परीक्षणमा दूध र पानीको गुणस्तरमा सबैभन्दा धेरै नमुना प्रतिकूल पाइएको हो।
(बिराटनगर र काठमाडौमा पानी बितरण गर्ने जारमाअतिनै
फोहोर जमेको पाइन्छ)

चालु आवको पहिलो चौमासिक अवधिमा विभागले खाद्य तथा पेय पदार्थको ९०३ नमुना संकलन गरेकोमा ११५ नमुनाहरु प्रतिकूल पाइएको छ। प्रतिकूलमध्येमा सबैभन्दा बढी प्रशोधित पिउने पानी र दूधमा देखिएको विभागले जनाएको छ।

(बजारमा पाइने सुर्य मुखि र तोरिको तेलमा पुरै मिसावट पाइएको छ)

प्रशोधित पिउने पानीमा ३८ नमुना र दूधमा २० नमुना प्रतिकुल पाइएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए। उनका अनुसार खाद्यान्न तथा दलहनको १८ नमुना, तेल तथा घिउको ९ नमुना प्रतिकुल पाइएको छ।

सेवन गर्न अयोग्य नमुनाहरु भेटिएपछि विभागले सरकारी संस्थान डिडिसीसहित विभिन्न उत्पादक तथा बिक्रेता कम्पनीविरुद्ध सम्वन्धित जिल्ला प्रशासन कार्यालयमा ५० वटा मुद्दा दायर गरेको छ। नमुना परीक्षणमा दूध र पानी बढी प्रतिकुल देखिए पनि विभागले तेलजन्य पदार्थमा सबैभन्दा बढी १३ मुद्दा दायर गरेको छ।

डिडिसी संस्थान बालाजूसहित, मिल्कमाण्डु डेरी भैंसेपाटी, नेपाल डेरी धापाखेल, संजिवनी डेरी उद्योग भक्तपुर, सुजल डेरी थानकोट, श्रीराम घिउ प्याकेजिङ उद्योगबिरुद्ध विभागले मुद्दा दर्ता गराएको छ।

(कोकाकोला र फुर्टि  जुस अखाद्य बस्तुनै हुन खान हुदैन)

हेर्नुहोस् कुन कुन कम्पनीका उत्पादनविरुद्ध दर्ता भयो मुद्दा :-




काठमाडौँ, पुस १५ गते । रातो तारा डट कम,
नेपालको सिमेन्ट उद्योगमा एक पछि अर्को गर्दै वैदेशिक लगानी भित्रन शुरु गरेको छ ।

होङ्सी शिवम् सिमेन्ट उद्योगले आगामी फागुनबाट उत्पादन शुरु गर्ने तयारी गरिरहेको बेला, चिनियाँ कम्पनी ह्वासिनले पनि वैदेशिक लगानी भित्र्याउन लागेको हो । यस्तै नाइजेरियाको सिमेन्ट डाङ्गोटेले पनि सिमेन्ट उद्योगमा लगानी भित्र्याउन लागेको छ ।

होङ्सी शिवम्ले उद्योगमा रु ३६ अर्ब लगानी गरेको छ । नवलपरासीको सर्दीमा कारखाना स्थापना गरेर सिमेन्ट उत्पादनको अन्तिम तयारीमा रहेको उक्त कम्पनीमा ३० प्रतिशत नेपाली लगानी र ७० प्रतिशत चिनियाँ लगानी रहेको छ । उद्योगले दैनिक १२ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्नेछ ।

होङ्सी शिवम्ले रु ३६ अर्ब र ह्वासिनले रु १५ अर्ब गरी कुल रु ५१ अर्ब सिमेन्ट उद्योगमा लगानी गरिसकेका छन् । उपयुक्त खानीको खोजीमा रहेको डाङ्गोटेले निकट भविश्यमा नै रु ५५ अर्बको वैदेशिक लगानी भित्र्याउन लागेको हो ।

यस्तै भारतको रिलायन्स समूहले पनि नेपालमा सिमेन्ट उद्योग स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ । एक पछि अर्को गर्दै वैदेशिक लगानी भित्रन थालेपछि स्वदेशमा नै रोजगारीको अवसरमा वृद्धि हुनेछ ।

होङ्सी शिवम्ले एक हजार १०० जनालाई रोजगारी दिएको छ । यस्तै ह्वासिनले एक हजार जनालाई तथा डाङ्गोटेले उद्योग स्थापना गरेपछि दुई हजार ५०० जनालाई रोजगारी दिने बताइएको छ । डाङ्गोटेका नेपाल प्रतिनिधि रुप रावलले आफूहरु उपयुक्त खानीको खोजीमा रहेको बताउनुभयो । अफ्रिकाको डाङ्गोटे सिमेन्ट उद्योगले लगानी बोर्डसँगको समन्वयमा कारखाना स्थापना गर्ने जमिन र खानी खोजिरहेको छ ।

रावलले भन्नुभयो “मकवानपुरको खानी उपयुक्त देखिएन । खानी विभागलाई खानी उपलब्ध गराइदिन आग्रह गरेका छाँै । आशा छ हामीले छिट्टै खानी पाउँछाँै ।”

सिमेन्टमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आफूहरुले सिमेन्ट उद्योगमा लगानी गर्न चाहने उद्योगी तथा व्यवसायीलाई सहजीकरण गरिरहेको लगानी बोर्डले जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले होङ्सी शिवमबाट शुरु भएको वैदेशिक लगानी चिनियाँ कम्पनी ह्वासिनसम्म पुगेको बताउनुभयो ।

लगानी बोर्ड ऐन, २०६८ अनुसार बोर्डको १९औँ बैठकले ह्वासिनको लगानी भित्र्याउन सहमति दिएको थियो । उक्त कम्पनीले दैनिक तीन हजार टन सिमेन्ट उत्पादन गर्नेछ । बोर्ड र ह्वासिनबीच यही पुस १२ गते परियोजना लगानी सम्झौता भएको छ ।

शत प्रतिशत चिनियाँ लगानी रहने उक्त उद्योगले धादिङको पानीखर्कमा रहेको चुनढुंगा खानी प्रयोग गर्नेछ । उक्त कम्पनीले परियोजना दर्ता दस्तुरस्वरुप सरकारलाई परियोजनाको कुल लागतको ०।२ प्रतिशत हुन आउने करिब रु तीन करोड रकम बुझाउनेछ ।

खुला प्रतिष्पर्धाबाट उक्त कम्पनीले रु ६० करोड सरकारलाई भुक्तानी गरी खानी प्राप्त गरेको हो । बोर्ड बैठकले सो परियोजना लगानी सम्झौतालाई स्वीकृत गरेपछि कम्पनीले आधिकारिक रुपमा उद्योग स्थापना गर्नेछ ।

प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपालमा वैदेशिक लगानीको लागि अनुकूल वातावरण रहेको सन्देश दिएको उल्लेख गर्नुभयो । उक्त कम्पनीले उत्पादन गर्ने सिमेन्टको आपूर्तिबाट नेपालमा गुणस्तरीय सिमेन्टको माग पूरा गर्न सहयोग मिल्ने उहाँको भनाइ छ ।

अन्य केही विदेशी कम्पनीसँग सिमेन्ट उद्योग स्थापनाका बारेमा छलफल भइरहेको बोर्डले जनाएको छ । नाइजेरियाको डाङ्गोटेको सम्बन्धमा पनि बोर्डले सहजीकरण गरिरहेको छ । बोर्ड र डाङ्गोटेबीच २०७० साल कात्तिक १५ गते उद्योग स्थापना गर्ने स्म्बन्धमा सम्झौता भएको थियो । तर खानी र जग्गा नपाउँदा हालसम्म उक्त कम्पनीले औपचारिक रुपमा उद्योग दर्ता गर्न सकेको छैन । सो उद्योगले वार्षिक २१ लाख टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको छ ।

“हामी प्रयासरत छौँ । नेपालमा नै गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ उद्योग स्थापना गर्न खोजिएको हो । तर खानी लिने विषय सबैभन्दा गाह्रो विषय रहेछ” डाङ्गोटेका नेपाल प्रतिनिधि रावलले भन्नुभयो “खानी विभागले खानीको ठेक्का निकाल्नु¥यो । हामी त्यसमा सहभागी हुन तयार छौँ ।”

कम्पनीले मकवानपुरको भीमफेदीमा रहेको खानी ड्रिलिङ गर्दा गतिलो चुनढुंगा प्राप्त गर्न नसकेको जनाएको छ । धादिङमा लिएको खानीसमेत उपयुक्त नभएपछि कम्पनी अर्को खानीको खोजीमा रहेको छ । विभागले निकट भविश्यमा नै खानीको ठेक्का खोल्ने तयारी गरेको बताइएको छ ।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाको सिमेन्ट उद्योग अर्घाखाँची सिमेन्टले पनि क्षमता वृद्धिका साथ साथै लगानीसमेत बढाएको छ । सो उद्योगले दैनिक तीन हजार ५०० मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको छ ।

नेपालमा हाल सञ्चालनमा ४७ वटा सिमेन्ट उद्योग छन् । त्यसमध्ये हेटौँडा र उदयपुुर सिमेन्ट उद्योग सरकारी स्वामित्वका उद्योग हुन् । हाल सञ्चालनमा रहेका उद्योगमध्ये केहीले मात्रै क्लिन्कर उत्पादन गर्छन् भने केहीले आयात गर्ने गरेका छन् ।

होङ्सी शिवम्, ह्वासिन र डाङ्गोटेले स्वदेशमै क्लिन्कर उत्पादन गर्नेछन् । सिमेन्ट उत्पादक संघले यही मात्रामा स्वदेशी तथा विदेशी लगानी बढ्दै गए एकाध वर्षमा नेपाल आत्मनिर्भर हुने विश्वास लिएको छ ।
–––


काठमाडौँ, १५ गते । रातो तारा डट कम, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रका इलेक्ट्रिकल फोरमेन ईश्वरप्रसाद सुवेदीविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरिएको छ ।

आयोगले केही दिन पहिले उनलाई रु २५ हजार घुससहित कार्यालय परिसरबाटै पक्राउ गरेको छ । आयोगका प्रवक्ता पद्यप्रसाद पाण्डेयका अनुसार सुवेदीलाई मिटर जडान गर्ने कामका लागि विभिन्न बहानामा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा प्राधिकरणको वितरण केन्द्र मालेपाटनबाट नियन्त्रणमा लिइएको थियो ।

अभियुक्त सुवेदीमाथि बिगो असुल गरी कैद सजायको माग गरिएको आयोगले जनाएको छ ।


भक्तपुर, पुस १५ गते । रातो तारा डट कम,
भक्तपुर दरबार क्षेत्रमा रहेको श्रीपद्म माविको ९४ औँ तथा कलेजको आठौँ वार्षिकोत्सवको अवसरमा आजदेखि जिल्लाव्यापी पाँचौं पद्मा कप भलिवल प्रतियोगिता सुरु भएको छ ।

भलिबल खेलको विकास गर्न तथा विद्यार्थीहरूको स्वास्थ्य तन्दुरुस्त बनाउने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा जिल्लाका सात विद्यालयको सहभागिता रहेको विद्यालयका प्राचार्य राम हाडाले जानकारी दिनुभयो ।

सहभागी विद्यालयहरूमध्ये आयोजक श्रीपद्मा, अरनिको मावि, आदर्श ज्योति९एजे०, स्प्रिङ्डेल, सैनिक आवासीय मावि, विद्यार्थी निकेतन मावि र ख्वप मावि रहेकोमा आजको पहिलो खेल आयोजक श्रीपद्य उमावि र अरनिको माविबीच प्रतिष्पर्धा भएको थियो ।

पहिलो दोस्रो र तेस्रो चरण गरी तिन दिनसम्म लगातार हुने खेलमा समूह ९क० मा श्री पद्म मावि, अरनिको मावि, एजे इ स्कुल, स्प्रिङ्गडेल मावि र समूह ९ख० मा सैनिक आमावि, ख्वप मावि, विद्यार्थी निकेतन मावि रहेका छन् ।
––– 


मोरङ,पुस १४ गते । रातो तारा डट कम,
मोरङको सुन्दरहरैचा-११ मा रहेको साना किसान कृषि  सहकारी संस्थाले आज आफनो १९ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

कार्यक्रममा अतिथि सुन्दरहरैचा की उपमेयर धना तमांग , साना किसान कृषि सहकारी संस्था गछियाका अध्यक्ष अजम्बर राई, संस्था का प्रमुख अतिथि खगेन्द्र राज भण्डारीले आ-आफना धारणा ब्यक्त गर्नुभएको थियो।

कार्यक्रममा आर्थिक बर्ष २०७३/२०७४ को वार्षिक सेयर   विवरण तथा आर्थिक बर्ष २०७४/२०७५ को कार्यक्रम तथा प्रस्तावित कार्ययोजना संचालक समितिका तर्फबाट प्रस्तुत
गरिएको  थियो ।

सोही संस्थाका अध्यक्ष बिसनलाल चौधरीले प्रस्तुत गर्नुभएको  प्रगति प्रतिवेदन प्ररस्तुत गर्नु  भएको थियोे
भने,सोही कार्यक्रममा प्रबन्धक अर्थलाल भगत र
 लेखा समितिका तर्फबाट प्रतिबेदन चंद्रमणि भट्टाराईले प्ररस्तुत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदेस नं.१का कृषि सहकारी संघका अध्यक्ष खगेन्द्रराज भण्डारीले पानसमा बत्ती बालेर उद्धघाटन गर्नु भएको थियो।

अहिले सम्म यस संस्थाले जम्मा १३०६ सेयर सदस्य बनाउन सफल भएको जनाइएको छ।

कार्यक्रममा उपाध्यक्ष दिपा ओझाले स्वागत मंतब्य दिनुभएको थियो भने संस्थाका अध्यक्ष बिसनलाल चौधरीले संस्था बाट लिइएको ऋणले केहि फाईदाजनक काम गरेर संस्थालाई अगाडि बढाउने काम भएको कुरा बताउनु भयो।

साधारण सभामा जेष्ठ नागरिक र एस. ई.ई. मा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छोराछोरीलाई सम्मान गरियो भने अतिथिहरूलाई मायाको चिनो प्रधान गरिएको थियो।

साधारण सभा खगेन्द्र बोहोराले संचालन गर्नुभएको थियो ।


पोखरा, पुस १४ गते । रातो तारा डट कम,अंग्रेजी नयाँ वर्ष २०१८ आगमनको पूर्वसन्ध्यामा रेस्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा फेवाताल किनारमा १९औँ पोेखरा सडक महोत्सव शुरु भएको छ ।

‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने नाराका साथ शुरु हुने उक्त महोत्सव पोखराको सहिदचोकदेखि खहरे(डिहिकोपाटन)सम्मको करिब तीन किमी क्षेत्रमा सञ्चालन हुनेछ । महोत्सव पुस १७ गतेसम्म सञ्चालन हुनेछ ।

पर्यटकीय नगरी पोखराको मुटु लेकसाइडमा व्यावसायिक हकहितको संरक्षण तथा संवद्र्धनका साथै पोखरालाई अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थलका रुपमा विकास गर्ने मूल लक्ष्यका साथ यो महोत्सव आयोजना गर्दै आएको महोत्सव संयोजक तथा रेबान पोखराका अध्यक्ष चौबहादुर गुरुङले बताउनुभयो ।

महोत्सव उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीले पोखरा धेरै पर्यटकीय सम्भावनायुक्तस्थल भएको बताउँदै यस किसिमका महोत्सवले यहाँको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने धारणा व्यक्त गर्नुभयो ।

प्रदेशसभा सदस्य राजीव पहारी, दीपक कोइराला, बिन्दुकुमार थापा, क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल, कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, पोखरा पर्यटन परिषद्का अध्यक्ष केदार शर्मा लगायतले महोत्सवको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

सो अवसरमा नेपालका सातै प्रदेशका सांस्कृतिक झलक देखाइको थियो भने पोखराका विभिन्न आमा समूह, भजन समूह लगायतको झाँकी प्रदर्शन गरिएको थियो । महोत्सवको आकर्षणका रुपमा सडकमै राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खानाका परिकार, विभिन्न मनोरञ्जनात्मक खेलकुदका कार्यक्रम, हस्तकला प्रदर्शनी, साहसिक पर्यटन खेलकुद, वृत्तचित्र प्रदर्शनी, बाल उद्यान, कार्यक्रमस्थलमै स्वास्थ्यसम्बन्धी जानकारी तथा निःशुल्क सुगर जाँच, ख्यातिप्राप्त कलाकार सविन राई एण्ड दि फारोअ ब्याण्ड, दि स्याडोज ब्याण्ड, मन्त्र, नवीन के भट्टराई एण्ड अतृप्त ब्याण्डका सांगीतिक प्रस्तुति रहने जनाइएको छ ।


पाँचथर पुस १४ गते । रातो तारा डट कम,ःसुनसरी –११ सदरमुकाम फिदिममा जारी नवौँ रुसलान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

हिजो भएको पहिलो सेमिफाइनलमा अग्नि रुपन्देही–११ लाई ३–१ को गोल अन्तरले पराजित गर्दै सुनसरी ११ ले अन्तिम दुईको यात्रा तय गरेको हो । सुनसरीका तर्फबाट पहिलो हाफको १५ आँै मिनेटमा तीर्थ बस्नेतले एक गोल गरेका
 थिए । यस्तै सुनसरीकै तर्फबाट दोस्रो हाफको २८ औँ र ३७ ओै मिनेटमा हेमन्त थापा मगरले एक एक गोल गरेका थिए ।

उता जवाफमा अग्नि रुपन्देही ११ का तर्फबाट छिरिङ गुरुङले थपिएको इन्जुरी समयमा सान्त्वना गोल फर्काएका थिए । आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने सुनसरी ११ का विष्णु सुनवार ‘म्यान अफ दि म्याच’ घोषित भए ।

प्रतियोगिताअन्तर्गत शुक्रबार दोस्रो सेमिफाइनलमा बिर्तामोड युनाइटेड झापा र मोरङ ११ बीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष विमल श्रेष्ठले बताउनुभयो । 


काठमाडौँ, पुस १४ गते । रातो तारा डट कम, फ्रिडम फोरमले सूचनाको हकसम्बन्धी मोबाइल एप सार्वजनिक गरेको छ ।

फ्रिडम फोरमले आजदेखि उक्त एप एन्ड्रोइड भर्सनमा सार्वजनिक गरेको हो । एप एन्ड्रोएड मोबाइलकर्ताले प्ले स्टोरबाट आरटिआइ नेपाल टाइप गरी डाउनलोड गर्न मिल्ने एपले सूचनाको हकका सैद्धान्तिक र व्यावहारिक पक्षबारे जानकारी गराउँछ ।

एपमा सूचनाको हकसम्बन्धी ऐन, नियमावली, सूचना माग्दा आवश्यक पर्ने निवेदन, नेपालमा सूचनाको हकको विकासक्रम, संविधानमा सूचनाको हकको व्यवस्था, सूचनाको हकको व्यावहारिक पक्ष, समाचार, सफलतालगायत सुविधा उपलब्ध छ ।

सूचनाको हकको व्यावहारिक प्रयोगलाई जनतासामु पु¥याउने उद्देश्यले एप निर्माण गरिएको फोरमले जनाएको छ । पत्रकारले आफ्नो व्यवसायलाई अनुसन्धानात्मक बनाउनका लागि उत्तिकै सहयोगी सो एप सार्वजनिक निकायलाई पारदर्शी र जवाफदेही बनाउन पनि गतिलो औजार हुने फोरमको भनाइ छ ।

परिवर्तित व्यवस्थानुरुप जनताका अधिकार स्थानीय तहमै गएका सन्दर्भमा निर्माण गरिएको सो एप सार्वजनिक निकायमाथि जनताको निगरानी बढाउनका लागि महत्वपूर्ण हुने विश्वास लिइएको छ । सूचनाको हकको प्रयोगसम्बन्धी आफ्ना अनुभव साटासाट गर्न र समस्या समाधानका उपाय खोज्ने सुविधासमेत एपमा उपलब्ध छन् । 

(भारतले नेपालको सीमा मिचेर बनाएको बाटो)

धनगढी पुस १४ गते । रातो तारा डट कम, नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले कैलाली र कञ्चनपुर जिल्लाका सीमास्तम्भको अवस्थाबारे स्थलगत अध्ययन शुरु गरेको छ ।

नेपालका तर्फबाट नापी विभागका प्रमुख नापी अधिकृत सुदर्शनसिं धामी र भारतका तर्फबाट देहरादुन नापी कार्यालयका प्रमुख आरसिं भट्टको नेतृत्वको टोलीले भारतसँग सीमा जोडिएको कैलालीको पूर्वी खक्रौला सीमा नाकादेखि कञ्चनपुरका पुरानो सीमा बजार ब्रह्मदेव नाकासम्मका सीमा स्तम्भको अवस्था अध्ययन गर्न लागेको हो ।

कैलाली जिल्लाको सुरुआतको ७०० नम्बरको सीमा स्तम्भदेखि ब्रह्मदेव नजिकको सीमामा रहेको ८११ नम्बरसम्मका सीमा स्तम्भको अवस्था, भत्केका बिग्रेका फेला पारेको पाइएमा तिनको पुनःनिर्माणको पहल गर्ने अधिकार सर्भे टोलीलाई दिइएको छ ।

“दुवै देशका संयुक्त टोलीले यी काम संयुक्तरुपमा गर्ने गरी काम भइरहेको छ”– धामीले भन्नुभयो, “सीमास्तम्भ बारेको तथ्यांक दुवैतर्फका टोलीले रुजु गरी दुरुस्त भएमा मात्र मर्मत गर्नुपर्ने भए मर्मत गर्ने पुनःनिर्माण गर्नुपर्ने भए पुनःनिर्माण गरिनेछ ।”

विवादित क्षेत्र पाइएमा यस्ता क्षेत्रका सीमास्तम्भका बारेमा दुवै देशका माथिल्लो निकायकाबीच हुने सहमतिबमोजिम काम अघि बढ्ने जनाइएको छ ।

यो टोलीलाई ७ नं प्रदेशका कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला जिल्लामा पर्ने नेपाल–भारत सीमास्तम्भको सर्भेसम्बन्धी काम गर्ने अधिकार दिइएको छ ।

गत भदौमा भारतको देहरादुनमा बसेको दुवै देशका नापी अधिकारीको बैठकले गरेको निर्णयबमोजिम संयुक्त नापी टोलीले सर्भेसम्बन्धी काम थालेको हो ।

कैलाली जिल्लाको तुलनामा कञ्चनपुरका दक्षिणी सीमा क्षेत्रमा सीमासम्बन्धी विवाद बढी छ । कैलालीको नेपाल–भारत सीमा क्षेत्रमा ५३ वटा मुख्य सीमा स्तम्भ (जंगे पिलर) र २८२ सहायक र सामान्य सीमास्तम्भ रहेको धामीले बताउनुभयो ।

यसैबीच दुवै देशका स्थानीय अधिकारीको नेतृत्वमा बुधबार लखिमपुर खिरीको पलिया बजारमा सीमा समन्वय बैठक सम्पन्न भएको छ । बैठकमा सीमा सर्भेको कामलाई दुवै देशका अधिकारीले सहयोग पु¥याउने लगायतका विषयमा समझदारी भएको जनाएको छ ।


उर्लाबारी,पुस १३ गते । रातो तारा डट कम
माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एबं मोरङ क्षेत्र नं. १ (क) का प्रदेश सांसद कुशल साम्बा लिम्बूले एमाले र माओबादी पार्टी एकता गरेर अघि बढनुको विकल्प नरहेको बताएका छन् ।

मोरङको केराबारी–३ मा बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकताको पक्षमा जनताले मतदान गरेको उल्लेख गर्दै, त्यसलाई आँत्मासाथ गर्दै अघि बढ्नु पर्ने बताएका हुन् ।

वाम गठबन्धनको नेतृत्वमा स्थिर सरकार र दिगो विकास जनताले चाहेको उनको भनाई थियो । बामपन्थी गठबन्धनको नेतृत्वमा अब सरकार बन्ने र त्यसले जनताका अधिकार हरुलाई स्थापित गराउने उनको दाबी छ । जनमत विपक्षमा आएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नैतिक र राजनीतिक दुवै रुपले पदबाट राजीनामा दिनुपर्ने उनको भनाई छ ।

जनताले विकास चाहेको र त्यसलाई वाम गठबन्धनको सरकारले मात्र पूरा गर्न सक्ने उनले बताएका छन् । पाँच बर्षभित्र मोरङ क्षेत्र नं. १ लाई नमूना बनाउने उद्देश्य अनुरुपमा जनतालाई केन्द्रमा राखेर काम गर्ने उनले प्रतिबद्धता जनाएका छन् । जनताको मतले आफूले जितेको उल्लेख गर्दै त्यसलाई अपमान हुने गरी काम नगर्ने उनले बताएका छन् ।

त्यसैगरी कार्यक्रममा मोरङ क्षेत्र नं. १ (२) का प्रदेश सांसद उपेन्द्र घिमिरेले पनि पार्टी एकतालाई प्राथमिकतामा राखेर जानु पर्ने बताएका छन् । सरकार र पार्टी एकता सँगसँगै अघि बढाउन जिम्मेवार नेतागढहरु लाग्नु पर्नेमा उनको जोड छ ।

विकास र समृद्धिका लागि वाम गठबन्धनले जितेको भन्दै जनताको भावना अनुसार काम गरेर देखाउने उनको भनाई
छ । मोरङको कर्णाली मानिने मोरङ क्षेत्र नं. १ को पहाडी भू–भागहरुको विकासलाई आफूहरुले प्राथमितामा राखेको बताउँदै उनले भने–‘जनताका आधारभूत आवश्यकताहरु पूरा गर्न हामी लागि पर्नेछौं ।’

सडक, बिजुली र खानेपानीको मुख्य समस्या पहाडी क्षेत्रमा रहेको उनले बताएका छन् । जनताको शिर झुक्ने गरी आफूहरुले कुनै काम नगर्ने प्रतिबद्धता जनाउँदै उनले जनतालाई अनुभूति हुने गरी विकासको काम गर्ने बताएका छन् ।

रसुवा, पुस १३ गते । रातो तारा डट कम,
तास खेलिरहेका बेला भन्सारका सुब्बासहित १५ जना पक्राउ गरेको छ । 

रसुवाको टिमुरेमा सञ्चालित होटलमा तास खेलिरहेका बेला रङ्गेहात प्रहरीले पक्राउ गरेको हो।
तास खेलिरहेको सुराकीको आधारमा होटलबाट ८ जना र मेसबाट ७ जनालाई प्रक्राउ गरेको सीमा प्रहरी चौकी टिमुरेले जनाएको छ ।

पक्राउ पर्नेमा भन्सारका सुब्बा, व्यापारी तथा सवारी चालक रहेका छन् । उनीहरुबाट २१ हजार नगद समेत बरामद भएको छ । पक्राउ परेका व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छैन् । उनीहरुलाई प्रहरी चौकीमा नै राखिएको छ ।
(news24 बाट)


भक्तपुर, पुस १३ गते । रातो तारा डट कम,
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच ओली निवास बालकोटमा डेढ घण्टा लामो भेटवार्ता भएको
छ ।

सरकार गठन र पार्टी एकताबारे बाहिर गलत हल्ला चलेपछि आज दुई अध्यक्षबीच भएको भेटवार्तामा पार्टी एकता, नयाँ सरकार निर्माण र राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे गम्भीर छलफल भएको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

सञ्चारकर्मीलाई भेटका बारेमा जानकारी दिँदै उहाँले पार्टी एकता, सरकार गठनका बारेमा बाहिर आएका हल्ला गलत भएको भन्दै यसमा कुनै समस्या नरहेको र उहाँहरुबीच एकमत रहेकाले यसलाई छिटो टुंगोमा पु¥याउनेबारे छलफल भएको बताउनुभयो । भेटका क्रममा नयाँ सरकार गठनका लागि सरकारले तुरुन्त बाटो खोलिदिनुपर्नेमा दुई अध्यक्षको एक मत रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वर्तमान सरकारले नयाँ सरकार गठनको बाटो तुरुन्त खोलिदिनुपर्छ, पार्टी एकता छिटो गर्नुपर्छ, सरकारले राष्ट्रपति कार्यालयमा पठाएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश फिर्ता लिँदै अध्यादेशको गाँठो सरकारले छिटो फुकाउनुपर्छ र निर्वाचन आयोगले देखिएका व्यवधान फुकाएर लैजानुपर्छ भन्नेबारेमा दुई अध्यक्षबीच छलफल भयो र दुवैको यसमा एकमत रह्यो ।”

पार्टी एकता संयोजन समितिको बैठक थप छलफलपछि भोलि बस्नेबारेसमेत छलफल भएको उहाँले जानकारी दिनुभयो । प्रेस संयोजक अधिकारीले भन्नुभयो, “थप छलफलले ठोस एजेण्डा तय गरेपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने उहाँहरुबीच कुराकानी भएको छ ।”

अब बन्ने एकीकृत पार्टीको अध्यक्ष र सरकारको नेतृत्व आलोपालो गर्ने÷नगर्ने तथा कस्तो वैचारिक संगठनात्मक आधारमा एकता गर्ने भन्नेमा नेताहरुबीच फरक फरक धारणा आउँदा ओली र प्रचण्डमात्रै बसेर भएको भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ ।

गत असोज १७ गते दुई पार्टीबीच घोषणा गरिएको सहमतिपत्रमा ‘समितिले पार्टी एकता र संगठनात्मक एकताको विस्तृत खाका र कार्ययोजना तयार पार्ने’ उल्लेख गरिएको थियो । साझा घोषणापत्र र साझा उम्मेदवारसहित चुनाव लडेका यी दुई दलले चुनावलगत्तै पार्टी एकता गर्ने घोषणा गरे पनि कात्तिक १५ यता नेताहरूबीच औपचारिक बैठक बस्न सकेको थिएन ।

पार्टी एकता र स्थिर सरकार गठनको नारासहित चुनावमा बहुमत प्राप्त गरेका एमाले र माओवादी केन्द्रले लिने नीतिले भावी राजनीतिलाई प्रभाव पार्ने भएकाले चासोका साथ हेरिएको छ ।

काठमाण्डोैं,पुस १३ गते । रातो तारा डट कम, प्रेस काउन्सिल नेपालले आम सञ्चारमाध्यमबाट प्रकाशित समाचरका विषयमा गुनासो भए काउन्सिलसँग समन्वय गर्न आग्रह गरेको छ । काउन्सिलका सहप्रशासकीय अधिकृत दिपक खनालले १२ गते विज्ञप्ति जारी गर्दै कुनै आपत्ति, असन्तुष्टि वा प्रतिक्रिया भए काउन्सिलमा खण्डन पठाउन सकिने बताउनुभयो ।

महानगरीय प्रहरी परिसर काठमाडौँले केही अनलाइन सञ्चारमाध्यमलाई ‘कागजात उपलब्ध गराइदिनू’ भनी पत्र काटेकाप्रति ध्यानाकर्षण भएको जनाउँदै काउन्सिलले सञ्चारमाध्यममा प्रकाशित समाचारसँग सम्बन्धित कुनै विषयको जानकारी भए काउन्सिलसँग समन्वय गर्न पनि आग्रह गरेको छ ।

केही दिनअघि समाचारको विषयलाई लिएर प्रहरी परिसरले काठमाडौँमा सञ्चालित अनलाइनलाई स्रोत खुलाउन माग गदै पत्र काटेको थियो । विज्ञप्तिमा समाचार स्रोतको संरक्षण गर्ने अधिकार पत्रकार र सञ्चारमाध्यमको दायित्व हुने उल्लेख गरिएको छ ।

(फाएल फोटो)
काठमाण्डौं म्याग्दी, पुस १३ गते । रातो तारा डट कम, म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा मंगलबार सम्पन्न निःशुल्क आँखा र बृहत् स्वास्थ्य शिविरबाट एक हजार ५५९ जना लाभान्वित भएका छन् ।

हिमालयन आँखा अस्पताल पोखरा, जिल्ला स्वास्थ्य कार्यालय म्याग्दी र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा दरवाङस्थित लायन्स र लियो क्लबको आयोजनामा संयुक्तरुपमा तीन दिनसम्म शिविर सञ्चालन भएको थियो ।

शिविर सञ्चालनका लागि बेनी नगरपालिका–१ रत्नेचौर घर भई हाल मलेसियामा व्यवसाय गर्नुहुने दीपक बोगटीले दिवंगत बुबा ओमबहादुर र भाइ लोकेश बोगटीको स्मृतिमा आर्थिक सहयोग गर्नुभएको थियो ।

आँखासम्बन्धी ७०२ र अन्य स्वास्थ्य समस्या भएका ८५७ जनाले सेवा लिएका लायन्स क्लब अफ दरवाङ म्याग्दीका अध्यक्ष याममती रोकाले जानकारी दिनुभयो । दुर्गम ग्रामीण क्षेत्रका सर्वसाधारणलाई निःशुल्क र सहजरुपमा गाउँमै शल्यक्रियासहितको स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरेको अध्यक्ष रोकाले बताउनुभयो ।

छयालीस जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया गरिएको छ । एक जनाको सामान्य शल्यक्रिया र एक जनालाई शल्यक्रियाका लागि पोखरा रिफर गरिएको छ । शल्यक्रियापछि आँखा देख्ने भएकोमा मालिका गाउँपालिका–६ दिच्यामका १०४ वर्षीय अमलाल न्युरेले प्रशन्नता व्यक्त गर्नुभयो ।

यसैगरी, बृहत् स्वास्थ्य शिविरमा ३८ जनाले दाँत भरेको, १०० जनाले ल्याब, ४५ जनाले एक्सरे, ९० जनाले मुटुको इसिजी, ५० जनाले पाठेघरको मुखको क्यान्सरको जाँच र ५० जनाले पाठेघरमा रिङ राखेका छन् ।

हिमालयन आँखा अस्पताल पोखराकी चिकित्सक हरिमाया गुरुङ, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर राजेन्द्र पौडेल, तिलक गौतम, कृष्ण कँडेल र विजय अधिकारीसहितको स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको थियो ।

शिविरमा बिरामीको स्वास्थ्य परीक्षण, परामर्शका साथै निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरमा थम्मन गौतममार्फत रु चार लाख र एसआर फर्माका सञ्चालक गुन बुढामार्फत रु तीन लाख ५० हजार बराबरको औषधि उपलब्ध गराइएको थियो ।

शिविरमार्फत दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रले दिने सेवा सुविधाका बारेमा प्रचारप्रसारमा समेत सहयोग पुगेको प्रमुख चिकित्सक पौडेलले बताउनुभयो । मालिका, मंगला र धौलागिरि गाउँपालिकाका सबैजसो वडाका बासिन्दाले शिविरबाट सेवा लिएका लियो क्लब अफ दरवाङका अध्यक्ष विमल शर्माले बताउनुभयो ।


काठमाडौँ, पुस १३ गते । रातो तारा डट कम, नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न लगानी बोर्ड र चिनियाँ कम्पनी हुवासिन सिमेन्ट नारायणी प्रालिबीच आज प्रारम्भिक सम्झौता भएको छ ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीकातर्फबाट समुन्द्रपार विकास निर्देशक ल्यू च्याङ्बोले प्रारम्भिक लगानी सम्झौतामा हस्ताक्षर गर्नुभएको बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिनुभयो ।

लगानी बोर्डले उक्त कम्पनी स्थापना गर्नका लागि रु १५ अर्ब बराबरको वैदेशिक लगानी स्वीकृत गर्ने निर्णय गरेको थियो । उक्त कारखानाबाट पहिलो चरणमा तीन हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

धादिङको पानीखर्कमा चुनढुंगा खानी उत्खनन गर्न अनुमति दिइएको थियो । सम्झौताअनुसार परियोजनाको कूल लागतको ०.२ प्रतिशत हुन आउने तीन करोड बराबरको रकम नेपाल सरकारलाई बुझाउने लगानी बोर्डले उल्लेख गरेको छ ।

उक्त कम्पनीले नेपाल सरकारलाई रु ६० करोड भुक्तानी गरी खानी प्राप्त गरेको हो । सम्झौतापछि प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण भएको सन्देश गएको बताउनुभयो ।


विराटनगर, पुस १२ गते ।  रातो तारा डट कम,
 मोरङ जिल्लामा यस वर्ष ५६ वटा वलात्कार घटना घटेको
छ ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)पूर्वाञ्चलद्धारा आज विराटनगरमा आयोजित नेपाल मानवअधिकार वर्ष पुस्तक पूर्व समीक्षा कार्यक्रममा सन् २०१७ को जनवरीदेखि २०१७ डिसेम्वरसम्मको घटना उल्लेख गरिएको हो । वलात्कारका उक्त घटनामा  चार वर्षीया वालिकादेखि ६७ वर्षीया महिला पीडित भएकी छिन् ।

यस्तै बलात्कारको प्रयासमा २१ घटनामा   आठ वालिका सहित १३ महिला पीडित भएको   इन्सेक मोरङ जिल्ला प्रतिनिधि इन्दिरा भट्टराईले वताउनु भयो ।  सोही अवधिमा भएका अन्य घटनामा हत्याका ४, कुटपिट ३, अमानविय कार्य २, घरेलु हिंसा २१, वहुविवाह १३,  मानवबेचविखन २, हत्या १ र दुव्र्यवहारका १ गरी जम्मा १२४ वटा घटनामा १३० जना पीडित भएको जनाइएको छ ।

मोरङको उत्तरी  तथा दक्षिण क्षेत्रमा जनचेतनाको कमी, अशिक्षाको कमीले उक्त घटना घटना हुन पुगेको कार्यक्रममा सहभागीहरुले वताएका छन् । बलात्कारको घटनामा वालवालिका र वृद्ध पीडितहुनु र यस्ता कतिपय घटनामा घरपरिवारका सदस्यनै सहभागी हुनु चिन्ताको विषय भएको उहाँहरुले वताउनु भयो ।

सो अवसरमा राष्ट्रिय मानवअधिकार आयोग पूर्वान्चलक निर्देशक  मन्जु खतिवडाले जिल्लामा हुने यस्ता घटना नियन्त्रणमा सामाजिक सघसंघस्थाको सहयोग
आवश्यक रहेको छ भन्दै सम्वृद्ध समाजको निर्माण गर्ने कार्यमा आयोग सदैव तत्पर रहेको छ भन्नु भयो ।

इन्सेकका पूर्वान्चल संयोजक सोमराज थापाले राज्यले यस्ता घटना नियन्त्रण गर्न गंभिर रुपले लिनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा मोरङ जिल्लामा कार्यरत विभिन्न मानवअधिकार संघसंघका प्रतिनिधि, महिला तथा वालविकास कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरुले संचारकर्मीहरुले घटना सार्वजनिक गरी वालवाविवाह नियन्त्रण, जेष्ठ नागरिक हिंसा रोकथाम,महिला हिंसा  एवंम सामाजिक सुरक्षा बतात्कारका घटना नियन्त्रणमा ठूलो भूमिका हुने वताउनु
भयो ।


इलाम, पुस १२ गते । रातो तारा डट कम,
गत साल असोज २८ गते माइखोलामा भएको डुङ्गा दुर्घटना उद्दारमा आएको प्रहरीले ट्रयाक्टरसहित ठूलो परिणामा काठ पक्रियो। दुर्घटना भएको मौका छोपी काठ चोरीनिकासी गर्न लागेका तस्कर र प्रहरीबीच जम्काभेट नै भएको थियो।

गत वर्षकै चैत १३ गते चुलाचुली गाउँपालिकाको चपेटीमा दक्षिणी सेक्टर वन अधिकृत रितेषभूषण बस्नेत नेतृत्वको टोलीले १३७ क्युफिट चिरान काठ बरामद गर्‍यो। २८ वटा साइकलमा रतुवाको किनार हुँदै झापातर्फ काठ लग्दै गरेका करिव ८० जनाको समूहले वन रक्षकको समूहलाई आक्रमणसमेत गरे। उक्त घटनामा वन रक्षकहरूले सात राउन्ड हवाई फायर गर्दा पनि केही नलागेपछि झापाको बेलडाँगीबाट सशस्त्र प्रहरी बल बोलाइयो। त्यसपछि तस्करहरू साइकल र काठ छाडेर भागेका थिए।

चुलाचुली क्षेत्रबाट झापाको दमकमा काठ पुर्‍याउन सहज भएका कारण तस्करहरुले चोरी निकासीका लागि यो क्षेत्रलाई रोजेका सेक्टर वन अधिकृत बस्नेतले बताउँछन्। गत वर्ष जिल्ला वन कार्यालयको टोलीले चुलाचुली गाउँपालिका–१ को कमल सामुदायिक वनभित्र अवैध रुपमा काटिएका १२२ वटा सालका ठुटासहित ५४ वटा विभिन्न नाप साइजका एक हजार नौ सय ४१ क्युविक फिट काठ वरामद गरेको थियो। सोही दिन नै हात्तीलेदा सामुदायिक वनबाट ७१ थान सालका ठुटा र ३४ थान गोलिया, एक हजार ६ सय ९७ क्युविक फिट काठ बरामद गरिएको थियो।

भौगोलिक विकटता र झापासँग जोडिएको सीमानाको फाइदा उठाउँदै

इलामको दक्षिणी क्षेत्र चुलाचुली भौगोलिक रुपमा विकट भएका कारण तस्करहरुले सुरक्षित मानेका हुन सक्छन्। विगतमा पनि यस क्षेत्रबाट ठूलो परिमाणमा काठ तथा गोलियाहरु झापा लगायतका क्षेत्रमा तस्करी हुने गरेको थियो। चुलाचुली क्षेत्रमा तस्करी नियन्त्रणका लागि जिल्ला वन कार्यालयसँग भएको स्रोत साधन अधिकतम परिचालन गरी रोक्ने प्रयास गरे पनि संगठित रुपमा हातहतियार सहित तस्करी भइरहेका कारण सफल हुन नसकेको जिल्ला वन अधिकृत भरतबाबु श्रेष्ठ बताउँछन्।


चुरेमा पछिल्लो समय यस्ता घटना सामान्य बन्दै गएका छन्। वन रक्षकलाई आक्रमणको खतरा बर्षेनी बढ्दो छ। त्यसैले यस्तो अवस्थामा अहिलेको जनशक्तिले चुरेको वन रक्षा गर्न कठिन हुने श्रेष्ठको भनाइ छ। हतियारसहितका वन रक्षकको फौज चुरे क्षेत्रमा पर्ने वनमा मात्र खटाउने गरिएको छ।

वन रक्षक ९जोसँग हतियार हुँदैन० पनि इलाममा दरबन्दी अनुसार छैन। इलाममा रहेको ४६ जनाको वन रक्षकको दरबन्दीमा ३९ जनाले मात्र काम गरिरहेको श्रेष्ठको भनाइ छ। चुरेको वन सुरक्षाका लागि निकै ठूलो सुरक्षा फौज आवश्यक पर्ने उनी बताउँछन्। ‘अहिलेको जनशक्तिले चुरेको वन सुरक्षा सम्भव छैन’, उनले भने।

इलामको वन तस्करीका लागि झापाको दमक, बिर्तामोडसहितका सहरमा मात्र नभइ भारतसम्म तस्करहरूको ठूलो सञ्जाल रहेको दक्षिणी सेक्टर वन अधिकृत रितेषभूषण बस्नेत बताउँछन्। ‘वनमा भेटिएका कामदार मात्र हुन्ु, उनी भन्छन्। तस्करहरूले रूख काट्ने एउटा समूह, काटेको ठाउँबाट बोक्ने अर्को समूह र झापा पुर्‍याउने छुट्टै समूह प्रयोग गर्ने गरेको उनको भनाइ छ।


तस्करहरूले झापामा बसेर लगानी गर्ने गरेको बस्नेतको भनाइ छ। जति केरकार गर्दा पनि पक्राउ परेकाहरूले मुख्य तस्करको पहिचान नखुलाउने उनले बताए। अघिल्लो वर्षको चैतसम्म जिल्ला अदालत इलाममा नौवटा वन तस्करीका मुद्दामा ३० जनाविरुद्ध उजुरी छ। अधिकांश मुद्दा चुलाचुली क्षेत्रका छन्, अभियुक्त भने चुलाचुली र झापा क्षेत्रका रहेका जिल्ला वन कार्यालयको भनाइ छ।

१० हजार बिगोमाथिको वन मुद्दा जिल्ला अदालतले हेर्ने गरेको छ। जिल्ला वन कार्यालयमा १० हजारसम्म बिगो भएका १२ वटा मुद्दा परेका छन्। तीमध्ये सातवटा मुद्दा फैसला भएका छैनन्। यी सबै मुद्दामा पनि झापाको खुदुनाबारी, इलामको चुलाचुली, माइ नगरपालिका लगायतका बासिन्दाविरुद्ध छन्।


माइखोलाको बगरमा अहिले हरिया रूखका गोलिया सुकाएर राखेको देखिनु सामान्य बनेको छ। इलामको महमाई र दानाबारीका जंगलका काठ झापाको सतासीधाम हुँदै झापा, मोरङ र भारतसम्म पुर्‍याउने गरिएको छ। वन तस्करले माइ नगरपालिकाको बाटो हुँदै विर्तामोडसम्म काठ पुर्‍याउने गरेका छन्।

गत भदौ २९ गते दक्षिणी सेक्टर वन कार्यालय अगाडिको बाटो हँदै लगिदै गरेको काठ सहितको गाडी वन रक्षकले नियन्त्रणमा लिए। काठ तस्करीमा प्रयोग हुने यातायातका साधन विना कागजपत्र तथा चोरीका हुने गरेको बस्नेत बताउँछन्। महमाई र बाँझोका बीचमा पर्ने तीन दोभानेबाट कुल्लीको सहायतामा झापाको तोपगाछीको बाटोबाट पनि काठ तस्करी हुने गरेको पाइएको छ।


तस्करको बारेमा जानकारी दिँदा ज्यान नै जाने खतरा बढेपछि स्थानीयस्तरमा सुराकीहरु राख्न समेत समस्या छ। चुलाचुलीका तस्करी नियन्त्रणमा १र२ वटा सामुदायिक वनबाहेक अन्य निष्क्रिय रहेको सेक्टर वन अधिकृत बस्नेतले बताए। उनले भने ‘ सामुदायिक वनहरु नै तस्करी रोक्न खासै सक्रिय छैनन्। स्थानीय युवाहरुलाई खटाउने प्रयास गरिए पनि उनीहरुको जीउ धनको खतरा देखियो।’

केही वर्षअघि काठ तस्करीको सूचना दिने एक स्थानीयको घर खाद्यान्न र लताकपडा तस्करहरुले जलाइदिएका थिए। केही समयअघि काठ तस्करी अनुगनमा गएको सेक्टर वनको टोलीलाई लक्षित गरी तस्करहरुले एम्बुस थापेका थिए। एम्बुसमा परेर कार्यालयको गाडीमा क्षति पुगेको थियो।

सेक्टरको टोली र तस्करबीच दैनिकजसो नै भिडन्त हुने गरेको छ। सामुदायिक वनबाट वन कार्ययोजना विपरीत अवैध रूपमा सालका रूख फडानी कार्य तीव्र छ। सामुदायिक वनमा भएको तस्करीमा मुख्य रूपमा सामुदायिक वन उपभोक्ता समितिकै पदाधिकारीको मिलेमतो भएको समेत पाइएको बस्नेतको दावी छ। थाहा खबरबाट

बिराटनगर पुस १२ गते । रातो तारा डट कम,
उद्योग संगठन मोरंङका अध्यक्ष् मुकेश उपाध्यायको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले जोगवनी किमाथांका सडक तथा अरुण जलविद्युत परियोजना निर्माणको स्थलगत अवलोकन गरि फर्केको कुरा  प्रेस बिज्ञप्ति मार्फत रातो तारा लाइ जानकारी गराएको छ।
  
संगठनका अध्यक्ष्ँ मुकेश उपाध्यायको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले स्थलगत अवलोकनको क्रममा अरुण तेश्रो जलविद्युत परियोजना निर्माणको जिम्मा पाएको भारतीय सरकारी कम्पनी सतलजका परियोजना प्रमुखसंग परियोजना निर्माण तथा सम्पन्नका सम्वन्धमा छलफल हुँदा अवको ५ वर्ष भित्र परियोजना निर्माण कार्यलाई सम्पन्न गर्न द्रुत गतिमा काम भईरहेको र त्यसका लागि परियोजनाले हाई डेम निर्माणका लागि ठेक्का लगाई सकेको डेम निर्माण स्थलसम्म पुग्न सडकको ट्रयाक खोल्ने काम भईरहेको जानकारीका गराउनु भयो ।

 त्यसै क्रममा मकालु गाउँपालिकाका अध्यक्ष् खडग वहादुर कटुवालसंग स्थानीय निकायले परियोजनालाई तोकिएको समयमा काम सम्पन्न गर्न पु¥याउनु पर्ने सहयोगका सम्वन्धमा छलफल गरि परियोजनालाई समय मै सम्पन्न गर्न स्थानीय तहबाट सहयोग पु¥याउन संगठनका अध्यक्ष मुकेश उपाध्यायले अनुरोध गर्नु भयो ।

विराटनगर–किमाथांका सडक निर्माणको स्थलगत अवलोकनको क्रममा खाँदवारी देखि किमाथांका सम्मको १६२ कि.मि मा खाँदवारी देखि करिब ८० कि.मि र किमाथांका देखि १४ कि.मि. सम्मको ट्रयाक खोलिसकिएको सडक निर्माण कम्पनीका परियोजना व्यवस्थापकले जानकारी गराउनु भयो । त्यसैगरि वांकी रहेको ६८ कि. मि. को ट्रयाक खोल्ने कामलाई छिटो सम्पन्न गर्न ट्रयाक खोल्न सिमांकन गरिएको भागबाट खण्ड खण्डमा ट्रयाक खोल्ने काम भईरहेको व्यवस्थापकले जानकारी गराउनु भयो ।
स्थलगत अवलोकनमा संगठनका उपाध्यक्ष् राजकुमार गोल्छा, संखुवासभा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष्ँ डेगराज वस्नेत लगायत पदाधिकारीहरु तथा सोमनाथ अधिकारीको सहभागिता रहेको थियो ।



काठमाडौँ, पुस १२ गते । रातो तारा डट कम,
 नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै विशिष्टता र मौलिकतासहित नेपाली क्रान्ति नयाँ चरणमा प्रवेश गरेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय सर्वहारावर्गका नेता एवम् विचारक माओत्सेतुङको १२४औँ जन्मजयन्तीका अवसरमा हिजो एक सन्देश प्रकाशित गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणासँगै नेपाली समाजको युगान्तकारी परिवर्तन भएको उल्लेख गर्नुभएको छ ।

अध्यक्ष दाहालको सन्देशमा भनिएको छ, ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीतासहितका उपलब्धिको जगमा संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख राष्ट्र निर्माणका लागि सामाजिक, आर्थिक रुपान्तरणलाई साकार पार्ने कार्यमा लाग्नु र प्राप्त उपलब्धिको जगमा क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्नु क्रान्तिकारीहरुको साझा दायित्व हो ।’

उहाँले राजनीतिक आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्दै क्रान्तिकारी धु्रवीकरण र एकता प्रक्रियाबाट नेपालमा शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्नु आजको आवश्यकता भएको बताउनुभयो ।

चीनको हुनान प्रान्तको साओसानमा आजकै दिन अर्थात् १८९३ डिसेम्बर २६ मा माओत्सेतुङको जन्म भएको थियो । माओ चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक नेता तथा नयाँ जनवादी चीनका संस्थापक हुनुहुन्थ्यो । उहाँ संसारभरिका राष्ट्रिय मुक्ति आन्दोलनका प्रेरणाका अजश्र स्रोत रहनुभएको सन्देशमा उल्लेख छ ।

उहाँले क्रान्तिकारीलाई वित्तीय पुँजीको भूमण्डलीकरण र साम्राज्यवादको नवउदारवादी आर्थिक नीतिको प्रभाव, सूचना प्रविधिमा भएको अभूतपूर्व क्रान्ति, मौसम परिवर्तन, पर्यावरण विनाशको प्रभाव, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको गम्भीर समीक्षा, माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग र विकासका निमित्त गहन अध्ययन, अनुसन्धान र बहसमा जुट्न आग्रह गर्नुभएको छ ।

भोजपुर, पुस १२ गते । रातो तारा डट कम,
भोजपुर जिल्लामा चियाखेतीका लागि निःशुल्क माटो परीक्षण शिविर सन्चालन भइरहेको छ ।

भोजपुरका धेरै ठाउँमा चियाखेतीको प्रशस्त सम्भावना रहेको भएपनि माटोको परीक्षण नहुँदा किसानले खेती गर्न समस्या परेकाले सहज तरिकाले खेती गर्न माटोको परीक्षण शुरु गरिएको हो ।

सोमबारदेखि माटो परीक्षण गर्न थालिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । यसका लागि भोजपुर जिल्लाका किसानले नमुना माटो ल्याएर भोजपुर सदरमुकामको जिल्ला सहकारी संघमा दर्ता गर्न सक्ने आयोजकले जनाएका छन् ।

किसानलाई विभिन्न सञ्चारमाध्यमबाट पनि यसबारे सूचना गरिएको बताउँदै आयोजकले सबैलाई आफ्नो माटो परीक्षण गराउन आग्रहसमेत गरेको छ । 


काठमाडौ, पुस १२ गते । रातो तारा डट कम, तपाईं सवारीसाधन लिएर पशुपतिनाथको दर्शन गर्न जाँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब वनकाली चौरमा पार्किङ गरेर दर्शनका लागि जानुहोला नत्र कारबाहीमा पर्नुहुन्छ ।

आजदेखि विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्व बोकेको आराध्यदेव पशुपतिनाथको दर्शन गर्न जाने यात्रुलाई सहजरुपमा दर्शन गर्ने वातावरण मिलाउन चार शिवालय (वनकाली)देखि उत्तरतर्फको भागसम्म सवारीसाधन प्रवेश निषेध गरिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाका पदाधिकारीको गत असोज ३० गते बसेको संयुक्त बैठकले पशुपति क्षेत्रभित्र सवारीसाधन निषेध गर्ने निर्णयअनुसार उक्त क्षेत्रमा सवारीसाधन प्रवेशमा निषेध गरिएको हो ।

चार शिवालयदेखि उत्तर, जय वागेश्वरीबाट पूर्व र दक्षिणामूर्तिबाट दक्षिणको भागलाई सवारीसाधन प्रवेश निषेधित क्षेत्रका रुपमा घोषणा गरिएको हो । जसमा दक्षिणामूर्तिबाट मित्रपार्कसम्म जाने सवारीसाधनलाई एकतर्फी गरिएको छ ।

कोषले वनकाली चौरमा पार्किङ गर्ने व्यवस्था मिलाएको छ । शव वाहन, एम्बुलेन्स, दमकल र सुरक्षाकर्मीका अत्यावश्यक सवारीसाधनलाई भने रोक लगाइएको छ्रैन ।

काठमाडौँ महानगरपालिकास्थित वडा नं ८ गौशालामा बस्ने स्थानीय सुनील वैद्य सवारीसाधन निषेधित क्षेत्र घोषणा गरेर स्थानीयलाई समस्या परेको बताउनुभयो । “हामी यहिँ क्षेत्रका बासिन्दा हौँ, हामी जतिखेर पनि साधनमा आऊजाऊ गर्नुपर्ने हुन्छ, हामीलाई समस्या परेको छ”– उहाँले भन्नुभयो ।

मन्दिरमा लामो समयदेखि पूजा गर्दै आउनुभएका बेदप्रसाद दुलालले सवारीसाधनको प्रवेश रोकिएसँगै पूजालगायतका सामग्री भित्र लैजान अप्ठ्यारो पर्ने बताउनुभयो । वनकाली चौरबाट पशुपतिनाथको मन्दिरको दूरी ४०० मिटर टाढा छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा प्रदीप ढकालले तीर्थयात्रीलाई आवागमन गर्न सहज होस् भन्ने उद्देश्यले कोषले महाशाखासँग छलफल गरेर सवारीसाधन प्रवेश निषेध क्षेत्र घोषणा गरेको जानकारी दिनुभयो ।

“वार्षिक ९० लाखदेखि रु एक करोडको हाराहारीमा दर्शन गर्न आउने स्वदेशी तथा विदेशी तीर्थयात्रीले सहजरुपमा दर्शन गरुन् भन्ने उद्देश्य कोषको हो यसका लागि सवारी साधन निषेधित क्षेत्र बनाउन लागेका हौँ”– उहाँले भन्नुभयो ।

कोषका सदस्य–सचिव डा ढकालले पशुपति क्षेत्रभित्र घर भएका व्यक्तिलाई भने सवारी पासको व्यवस्था गरिएको जानकारी दिनुभयो । “अब मृतक र मलामीलाई चार शिवालयबाट नै वाग्मती नदीमा दाहसंस्कारका लागि लैजाने व्यवस्था मिलाउन लागेका छौँ”– उहाँले भन्नुभयो ।

पशुपति क्षेत्रभित्र सवारीसाधन प्रवेशमा रोक लगाउनका लागि महाशाखाले १८ र कोषले १५ सुरक्षाकर्मी खटाएको छ ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले पवित्र उद्देश्यले पशुपतिनाथको दर्शन गर्न आउने स्वदेशी तथा विदेशी तीर्थयात्रु सहजरुपमा दर्शन गरेर फर्किने वातावरण प्रदान गर्नका लागि उक्त अभियान शुरु गरिएको उल्लेख गर्नुभयो ।

“ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्वका रुपमा रहेको हाम्रो सम्पत्तिको संरक्षण गरी धेरैभन्दा धेरै तीर्थयात्रु भित्र्याउने लक्ष्यअनुसार हामीले सवारी साधनलाई व्यवस्थित गर्न लागेका हौँ”– उहाँले भन्नुभयो । ट्राफिक व्यवस्थापन सहज भएपछि तीर्थयात्रीको आवागमनमा समेत सहज हुने महाशाखाले विश्वास लिएको छ । (तस्वीर उपलब्ध छ)

काठमान्डौं,पुस १२ गते । रातो तारा डट कम,
नेपालमा पहिलो पटक अन्तराष्ट्रियस्तरको हाइड्रो एक्स्पो हुने भएको
छ । स्वतन्त्रउर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा हिमालयन हाइड्रो एक्स्पो २०१८ आयोजना पुस २१ गतेदेखि हुने भएको हो ।

एक्स्पोमाहाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामानउत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक÷वित्तकम्पनीहरुलगायत झण्डै सय वटा भन्दा बढी स्टल रहने
छन् । जसमध्ये करिब पचास प्रतिशत स्टल विदेशीकम्पनीहरुको सहभागिता रहने आयोजकका इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले जानकारी दिए ।

तीनदिन सम्म हुने एक्स्पोमा नेपाल, चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिललगायतमुलुककाकम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

विदेशीकम्पनीहरुको सहभागिता रहने भएकाले नेपालको जलविद्युतको बजार बिस्तारका साथै अनुभवआदानप्रदान गर्न एक्स्पोले महत्वपूर्ण योगदान पुरयाउने विश्वास ओयोजकको रहेको छ ।

७ वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने नेपाल सरकारको लक्ष्यलाई यो मेलाले विशेष सहयोग पुरयाउने ओयोजकको दावी छ ।
पहिलो दिन हाइड्रो टनेलिङ, दोस्रो बैंकिंग, इन्स्योरेन्स तथा अन्तिम हाइड्रो पावर सम्बन्धिका सेमिनारहरु सञ्चालन हुने्छ । एक्स्पो अवधिभर दैनिक रुपमा फरक फरक बिषयमा ६ वटा भन्दाबढी सेमिनारको आयोजना गरीने इपानका अध्यक्ष गुरागाईंले बताए ।
हाइड्रो वस्तु तथा सेवा (प्रोडक्ट एण्ड सर्भिस) प्रतिस्प्रर्धा
यसै गरी हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रो पावर सम्बन्धी नयाँअवधारणा बारे विद्यार्थीहरु एवं व्यक्तिगत तवरवाट आविष्कार गरेका वस्तु तथा सेवाबिच प्रतिस्पर्धा समेत गराइने भएको छ ।
यस क्षेत्रसँग सम्बन्धित नयाँ वस्तु तथा अवधारणा विकास गर्नेहरु मध्येबाट उत्कृष्ट छनोट गरी पुरस्कृत समेत गरिने छ ।
उक्त प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ पचपन्न पैसा तथा द्वितीय र तृतीय हुने लाई क्रमश २२ हजार २ सय २२ रुपैयाँ २२ पैसा र ११ हजार १ सय ११ रुपैयाँ ११ पैसा नगद पुरस्कार प्रदान गरिने इपानका अध्यक्ष गुरागाईंले जानकारी दिए ।

प्रदर्शनीमा ५० हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ ।



काठमाडौं, पुस ११ गते । रातो तारा डट कम,
चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापकमध्येका एक माओ सेतुङको १२५ औँ जन्मजयन्ती मंगलबार विभिन्न कार्यक्रम गरेर नेपालमा पनि मनाइँदै छ । नेकपा माओवादी केन्द्र लगायतका माओवादी पार्टीहरुले देशभर विभिन्न कार्यक्रम गरेर माओ जयन्ती मनाउँदैछन् ।

माओवादी केन्द्रले पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा कार्यक्रम गर्दै छ । १८९३ डिसेम्बर २६ मा अर्थात आजैका दिन जन्मेका माओले कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएहो हो । उहाँ चीनको विश्व चर्चित लम्बे अभियान, जापान विरोधी युद्घ र मुक्ति युद्घका नेता एवम् नयाँ जनवादी चीनका संस्थापक हुनुहुन्थ्यो । यस्ता महान व्याक्तिलार्इ सम्जदै रातो ताराको तर्फबाट आज लाल सलाम
भन्न चाहान्छोै ।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले विश्वमै क्रान्तिका लागि साम्राज्यवाद र दक्षिणपन्थी संशोधनवाद मुख्य अवरोध बनेको दाबी गरेको छ ।

माओको १२५ औँ जन्मजयन्तीका अवशरमा विज्ञप्ति निकालेर क्रान्तिकारी माओवादीले नेपालमा नयाँ जनवादी क्रान्ति र विश्वमा सर्वहारा समाजवादी क्रान्तिको तयारी गर्नुपर्नेमा जोड दिएको छ ।

साम्यवादको उद्देश्य प्राप्तिका लागि माक्र्सवाद–लेनिनवाद–माओवादको सैद्धान्तिक पथप्रदर्शनमा नयाँ जनवादी क्रान्ति गर्नुपर्ने वैद्यको विज्ञप्तिमा उल्लेख छ ।


काठमाडौँ, पुस ११ गते । रातो तारा डट कम,
चीनले भक्तपुरमा अत्याधुनिक अस्पताल र सातै प्रदेशमा आधुनिक आयुर्वेद केन्द्र निर्माण गर्ने भएको छ । उक्त सहयोगसम्बन्धी सम्झौताको तयारी अन्तिम चरणमा पुगेको र दुवै सरकारबीच पत्राचारसमेत भइसकेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

नेपालमा गर्ने सहयोग देखिने खालको होस् भन्दै चीन यस्तो केन्द्र निर्माणमा अग्रसर भएको हो ।वीर अस्पतालको विस्तारका रुपमा भक्तपुरमा निजामति कर्मचारी अस्पताल मोडलकै अत्याधुनिक अस्पताल बनाई दिने विषय टुंगो लाग्ने क्रममा रहेको एक अधिकारीले बताए । मीनभवनस्थित निजामति अस्पताल चीनको पछिल्लो देखिने खालको सहयोग हो । कलंकी–कोटेश्वर सडकमा पनि चीनले काम गरिरहेको
छ ।

जलासययुक्त बुढिगण्डकी निर्माणको जिम्मा चिनियाँ कम्पनी गेज्बालाई दिएर पछि रद्द गरेको विषयमा चिनियाँ सरकार केही रुष्ट देखिए पनि वर्तमान सरकारकै समयमा चीनले दर्जनभन्दा बढी साना–ठूला योजना अघि बढाएको छ ।२०७४ साउनको अन्तिम साता पाकिस्तान हुँदै काठमाडौं ओर्लेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले नेपालमा ठूला लगानी गर्ने बताएका थिए ।

 त्यसपछि भएका भ्रमणहरुमार्फत् धेरै प्रक्रिया अघि बढेको परराष्ट्र अधिकारीहरुले बताए । चिनियाँहरूले लगानी गर्न र दुईपक्षीय व्यापारिक गतिविधि बढाउन चाहिरहेको अवस्थामा चीनले पछिल्लो समयमा यस्तो सहयोगको तयारी गरेको हो । यस अलावा चीनले बेल्ट एण्ड रोड इनिसियटिभ्स (बीआरआई) मार्फत् पनि सहयोग गर्न परियोजना छनौट गरिरहेको छ । चीनले प्रशारण लाइन, रेल मार्गको सम्भावना र सडक संजालमा जोड दिने गरि प्रक्रिया अघि बढाउन लागेको हो ।

चीनको स्वशासित क्षेत्र तिब्बतसँग नेपालका सीमा जोडिएको विभिन्न जिल्लामा आर्थिक केन्द्र हुने गरि क्रियाकलाप अघि बढाउने समेत उल्लेख छ । ती हरेक जिल्लाबाट चीनतर्फ कुनै न कुनै खालको सडक मार्ग छ । त्यसमध्ये चीनले पछिल्लो समय रसुवागढी र तातोपानीसँगै किमाथांका, हिल्सा, कोरला र ओलाङचुङगोला नाकालाई थप व्यवस्थित र आधुनिक बनाउने तयारी गरेको छ ।

केरुङबाट रेललाई अघि बढाउने विषयसमेत योजनामा रहेको भए पनि त्यसले भने अझै मूतरुप पाउन सकेको छैन । पहिलो चरणको प्रारम्भिक अध्ययनका लागि गत महिना चिनियाको एक टोली नेपाल आएको थियो । चीनले अहिले विस्तृत अध्ययनको प्रक्रिया अघि बढाएको हो । नेपाल सरकारको रेल विभागले पनि त्यसमा अध्ययन गरिरहेको छ ।

(फाएल फोटो)

काठमाडौँ, पुस ११ गते । रातो तारा डटमेलामाफुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन नेपालले पुस १३ देखि जुत्ता चप्पल तथा छालाजन्य वस्तुको प्रदर्शनी तथा बिक्री गर्ने भएको छ ।

सो बारेमा जानकारी गराउन आइतबार आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष रवीनकुमार श्रेष्ठले नेपालमा जुत्ता चप्पलको खपत निक्कै बढेको बताउँदै विदेशी जुत्ता चप्पलको निर्वाध प्रवेशले नेपाली जुत्ता उद्योगमा प्रभाव परेको उल्लेख गर्नुभयो ।

प्रदर्शनी व्यवस्थापन मूल समितिका संयोजक नानिराज घिमिरेले कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएका २२९, घरेलु तथा साना उद्योग विभाग र समितिअन्तर्गत दर्ता भएका ९३२ तथा अन्य साना उद्योग गरी कूल १५०१ जुत्ता उद्योग नेपालमा सञ्चालित भएको बताउनुभयो ।

उहाँले यी उद्योगमा ५० हजारको हाराहारीमा प्रत्यक्ष रोजगारी सिर्जना भएको, जसमा १६ हजार महिला संलग्न भएको बताउनुभयो । घिमिरेले नेपाली जुत्ता उद्योगको क्षमता ११ करोड १९ लाख ७१ हजार जोर जुत्ता उत्पादन गर्ने भए पनि हाल वार्षिक चार करोड ३९ लाख ५८ हजार जोर जुत्ता उत्पादन हुने गरिएको जानकारी दिनुभयो ।

आव ०७२÷२०७३ मा नेपाली बजारमा सात करोड ६२ लाख ४४ हजार जोर जुत्ता खपत भएको तथा नेपालमै उत्पादित जुत्ता चप्पल भने तीन करोड ६२ लाख जोर खपत भएको तथ्यांक प्रस्तुत गरियो ।

पुस १८ गतेसम्म सञ्चालन हुने मेलामा नेपालमा उत्पादित जुत्ता चप्पलको १३५ वटा कक्ष राखिने बताइएको छ ।


काठमाडौ, पुस ११ गते । रातो तारा डट कम,
सरकारले नागरिकको स्वास्थ्य अधिकारलाई वर्तमान संविधानमा मौलिक हकका रुपमा स्थापित गरे पनि सोअनुसार कपिलवस्तुका नागरिकले सेवा सुविधा पाउन सकेका छैनन् ।

जिल्ला अस्पतालबाट ७० बढी प्रकारका औषधि निःशुल्क वितरण गर्ने सरकारी घोषणा भए पनि जिल्ला अस्पतालमा भने ३० प्रकारका भन्दा बढी औषधि बिरामीले पाउँदैनन् ।

जिल्ला अस्पतालको व्यवस्थापन प्रभावकारी हुन नसक्दा आफूहरुले प्रभावकारी स्वास्थ्य सेवा पाउन नसकेको कपिलवस्तु नगरपालिका वडा नं २ का रामप्रसाद लम्सालले बताउनुभयो । अस्पतालमा आउने बिरामी त स्वास्थ्य सेवा प्रभावकारी भएन भनेर आक्रोशित छँदैछन् ।

तर अस्पतालमा कार्यरत कर्मचारी पनि स्वास्थ्य उपचारका लागि आवश्यक उपकरणको अभावका कारण स्वास्थ्य सेवा प्रभावकारी दिन नसकेको आकष्मिक वार्डका कर्मचारी शैलेन्द्र गुप्ताले बताउनुभयो । इमर्जेन्सी टिकटसमेत नहुँदा ओपिडी टिकटबाट इमर्जेन्सी वार्डमा काम चलाउँदै आएको सो वार्डका एक स्वास्थ्यकर्मीले बताए । यसैगरी एक्सरे वार्डमा सहयोगी कर्मचारी नहुँदा एक्सरे गर्न समस्या भइरहेको डार्क रुम अधिकृत भोजराज रेग्मीले बताउनुभयो ।

क्षेत्र र केन्द्रबाटै औषधि नआएका कारण निःशुल्क औषधि वितरणमा केही समस्या आएको जिल्ला अस्पतालले जनाएको छ । निःशुल्क औषधि वितरणका लागि स्टोरमा औषधि अभाव भएपछि आफूहरुले पटकपटक क्षेत्र र केन्द्रमा यसका लागि पहल गर्दै आएको जिल्ला अस्पतालका स्टोरकिपर विजय चौधरीले बताउनुभयो ।

(फाएल फोटो)

बिराटनगर पुस ११ गते । रातो तारा डट कम,
बिर्तामोड युनाइटेड झापा पाँचथरको फिदिममा जारी नवोैँ
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको क्वार्टरफाइनल खेलमा आयोजक फिदिम स्पोटिङ क्लबलाई ७—१ गोल अन्तरले पराजित गर्दै युनाइटेड झापा सेमिफाइनल प्रवेश गरेको हो । युनाइटेड झापाका तर्फबाट विशाल राईले खेल शुरु भएको पहिलो हाफको ६ओै ३६औँ र दोस्रो हाफको १७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए ।

यसैगरी युनाइटेड झापाकै तर्फबाट कर्ण लिम्बूले पहिलो हाफको १९औँ र दोस्रो हाफको ३०आँै मिनेटमा गरी दुई गोल गरेका थिए भने हिसबु लिम्बूले पहिलो हाफको २८आँै मिनेटमा र नरेन लिम्बूले दोस्रो हाफको २७औँ मिनेटमा एक–एक गोल गरेका थिए ।

खेल अवधिभर दबाबमा रहेको आयोजक फिदिम स्पोर्टिङ क्लबका तर्फबाट भने मनिष थापाले पहिलो हाफको १२आँै मिनेटमा एक गोल गरेका थिए । आज भएको खेलमा उत्कृष्ट प्रदर्शन गरेका झापाका विशाल राई नै ‘म्यान अफ दी म्याच’ घोषित भए ।

प्रतियोगिताअन्तर्गत भोलि युकेएफसी।दार्जिलिङ र अग्नि रुपन्देही–११ बीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष बिमल श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले रु तीन लाख र उपविजेताले रु दुई लाख हात पार्नेछ । आगामी पुस १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एपिएफ क्लब काठमाडौँ, युकेएफसी दार्जिलिङ, अग्नि रुपन्देही–११, विर्तामोड युनाइटेड झापा, मिसन युनाइटेड क्लब ताप्लेजुङ, आयोजक फिदिम स्पोर्टिङ क्लब, त्रिभुवन आर्मी क्लब काठमाडौँ र मोरङ–११ गरी १० टोली सहभागी छन् ।



मोरङ, पुस १० गते । रातो तारा डट कम,विराटनगरमा रहेको स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटल प्रालिले दोस्रो वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी सोमबार मनाएको छ ।

अस्पतालले दोस्रो बार्षिक उत्सवका अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । अस्पतालले शनिवार र आइतवार संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३ सय १८ जनाले स्वास्थ्य लाभ लिएको हस्पिटलले जनाएको छ । यस्तै अस्पताल प्रांगढमा सञ्चालन गरेको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेको अस्पतालले जनाएको छ ।

२ वर्षको अबधिमा ४३ हजार २ सय ५० जनालाई स्वास्थ्य सेवा पु¥याएको छ । अस्पतालले प्यारालाइसि (पक्षघात) मुख बाङ्गिने, पक्षघात, ढाड, कम्मर, गर्धन दुख्ने, डिस्क प्रोल्याप्स, हड्डी खिइएको र नशा च्यापिएको वाथ–आर्थराइटिस, घुडा जोर्नीहरु दुख्ने लगायतका रोगहरुको सफल उपचार गर्दै आएको अस्पतालको अध्यक्ष रुपेश अधिकारीले जानकारी दिए ।

बार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दे विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीेले अस्पतालले पु¥याएको गुणस्तरीय सेवाको महत्वपूर्ण रहेको भन्दै विराटनगर महानगरपालिका अस्पतालको गुणस्तरीय सेवा प्रवाहमा सहयोग गर्न पछाडि नहटने बताए ।
यस्तै कार्यक्रममा बोल्दै लामो समयदेखि नशा च्यापिएर हलचल गर्न नसक्ने अवस्थामा पुगेका विराटनगर ८ का खिला निरौलाले स्पार्कले आफूलाई पुर्नजिवन दिएको बताइन् ।

बार्षिकोत्सवको अवसरमा वरिष्ठ न्युरो सर्जन डाक्टर सुदन ढकाल, युवासंघका सचिव पर्शुराम बस्नेत, अस्पतालका अध्यक्ष रुपेश अधिकारी लगायतले अस्पतालका गतिविधिको जानकारी गराउदै उत्तरोत्तर प्रगतिको सुभकामना दिए । 

यस्तै उत्कृष्ट काम गर्ने अस्पतालकी कर्मचारी अमिताकुमारी साहलाई १० हजार नगदसहित वर्ष कर्मचारीले सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तित्वहरुको सहभागिता थियो ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.