Websoft University
July 2021

 


शिव भट्टराई, सुनसरी । रातो तारा डट कम,अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन एमसिसी पुर्ण रुपले राष्ट्रघाती हुने भन्ने कुरा आई रहेको समयमा षड्यन्त्र गरेर पारित गर्नु नहुने पुर्व मन्त्री रामकुमार सुब्बाले वताएका छन ।

पूर्वाञ्चलबासी नेपाली जनताको नाममा एमसिसी सम्झौता राष्ट्रघाती हुने भन्दै खारेजीको माग गर्दै आयोजना गरिएको मोटरसाईकल तथा कार र्यालीका क्रममा पुर्व मन्त्री सुब्बाले हतारमा षडयन्त्र पुर्वक पारित गर्नु नहुने वताएका हुन ।

पुर्व मन्त्री सुब्बाले एमसिसी पारित भए राष्ट्रलाई नै आघात पर्ने विषय उठीरहेको सवै एकमत हुनु पर्नेमा जोड दिदै हतारमा सम्झौता गरी हाल्नु नहुने सुझाव दिए । 

पुर्व घोषित कार्यक्रम अनुसार इटहरीबाट एमसिसीको विरोध गर्दैै मोटरसाईकल तथा कार र्याली इटहरी बजार परिक्रमा गरी विराटनगर पुगेर कोणसभामा परिणत हुने अभियान्ता हिरा आचार्यले जनकारी दिए ।


 श्याम राई÷उदयपुर   गाईघाट, १६ साउन । रातो तारा डट कम, कोरोना संक्रमितको संख्या बढेसँगै त्रियुगा नगरपालिका वडा न.–२ को खैजनपुर क्षेत्रमा शनीबार राती १२ बजेदेखि लागू हुने गरि एक साताको लागि सिल गरिएको छ ।

२२ दिन भित्रमा एकै घर परिवारका ३ जनाको  कोरोनाको कारण मृत्यु भएपछि र पूरै गाउँ टोलमा संक्रमितको संख्या बढेपछि शनीबार बसेको वडा टोल समिति, टोल विकास समिति, बुद्धिजिवी, स्थानीय बासिन्दा र वडा जनप्रतिनिधिको भेलाले त्यस्तो निर्णय गरेको वडा अध्यक्ष धमान सिंह खत्रिले बताए ।

संक्रमित बढी देखिएको बरगाछी टोल, नमूना थारु बस्ती,बविया टोल विकास सिमा क्षेत्रको पूरै भाग सिल गरिएकोउनले बताए । उनले सो क्षेत्रमा घर बाहिर आवत जावत, भिडभाड, भोजभतेर र पार्टी गर्न समेत बन्देज गरिएको बताए ।

अति आवश्यक बाहेक चिया पसल, मदिरा पसल र सैलुन संचालनमा रोक लगाईएको छ । संक्रमितको पून परिक्षणमा रिपोर्ट नेगेटिभ नआए सम्म गाउँ टोलमा लगाईएको सिल नहटाईने समेत वडा अध्यक्ष खत्रीले बताए ।









 शिव भट्टराई,मोरङ। रातो तारा डट कम,एमसिसी लागु नगर्न दवाव दिन विरोध कार्यक्रमहरु गर्ने क्रम वढी रहेको समयमा मोरगंको विराटनगरमा पनि युवा संघ नेपालले एमसिसी लागु नगर्न दवाव मुलक कार्यक्रमम गरेको छ ।

अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन एमसिसी मुलुकको हितविपरित रहेको भन्दै लागु नगर्न दवाव दिन युवा संघ विराटनगर महानगर कमिटीले एमसिसीको विरोधमा प्ले कार्ड सहित प्रर्दशन गरेको हो ।


विराटनगरको रोडशेष चोकमा युवा संघका कार्यकर्ताहरुले आफ्नो देश आफै वनाउऔं एमसिसीको विरोधगरौं, गो ब्याक एमसिसी , जनताको चाहना वाह्य हस्तक्षेप मुक्त देशको परिकल्पना लगायतका नारा लेखिएका प्ले काडसहित प्रर्दशन गरेका थिए । 


विरोध प्रर्दशन कार्यक्रममा युवा संघ नेपाल विराटनगर महानगर कमिटिका अध्यक्ष सुरेन शाक्यले एमसिसीले राष्ट्र्को अहित गर्ने भएको कारण एमसिसी ल्याउनआफुहरुलेनदिने चेतावनी दिए ।

एमसिसी सम्झौता नगर्न युवा संघले खवरदारी कार्यक्रमहरु जारी राख्ने युवा संघ मोरगं जिल्ला सहसचिव राजु पौडेलले जानकारी दिए ।

 


विराटनगर, १६ साउन । रातो तारा डट कम, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८०४ जनामा कोरोना संक्रमणभएको छ । १ हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २९९ र १ हजार ४४५ जनाको एन्टिजेन परीक्षण गर्दा ५०५ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयलेजनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १०५, मोरङमा १०४, झापामा ६९, धनकुटामा ९, उदयपुरमा ३, इलाममा २, पाँचथर, ते¥हथुम र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ ।

सुनसरीको धरानमा ८३, इटहरीमा १३, बराहक्षेत्रमा २, रामधुनी र इनरुवामा १–१ र स्थानीय तह नखुलेका ५, मोरङको विराटनगरमा ४३, लेटाङमा ३६, करोबारीमा १७, बेलबारीमा ४, उर्लाबारीमा २, कानेपोखरी र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा ३३, भद्रपुरमा १७, मेचीनगरमा ६, विर्तामोडमा ४, बुद्धशान्ति, गौरादह र कमल गाउँपालिकामा २–२, बा¥हदशी, शिवसताक्षी र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटामा ५, पाख्रिवासमा ३, स्थानीय तह नखुलेका १, उदयपुरको चौदण्डीगढी, बेलका र स्थानीय तह नखुलेका १–१, इलामको चुलाचुलीमा २, पाँचथरको फिदिम, ते¥हथुमको मेन्छेयायम र संखुवासभाको खाँदबारीमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको  छ ।

प्रदेश १ मा आज ४३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१५ महिला र २१६ पुरुष छन् । पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 



 


 


(फायल फोटो) श्याम राई-उदयपुर, गाईघाट, १६ साउन । रातो तारा डट कम, सोलु करिडोर १३२ केभि प्रशारण लाईनको टावर गाड्ने क्रममा शनीबार प्रहरी र स्थानीयबीच कटारीको मरुवामा झडप भएको छ ।

लामो समयदेखि अवरुद्ध प्रसारण लाईनको काम स्थानीय प्रशासनले सुरक्षाकर्मी परिचालन गरेर सूचारु गरेपछि स्थानीयले पुःन अवरोध पु्याउन खोजेपछि भएको झडपमा केही व्यक्ति घाईते भएकाछन्  भने आधा दर्जन आन्दोलनकारीलाई प्रहरीले पक्राऊ गरेको छ ।

कटारी नगरपालिका–४ मरुवामा प्रहरी सुरक्षामा धमाधम टावर निर्माणको काम भैरहेकोमा स्थानीयले शुक्रबार देखि नै अवरोध गर्दै आएका थिए । स्थानीय बासिन्दाले रोपेको धान फडानी गर्दै आयोजना कार्यालयले धमाधम टावर निर्माण गर्न थालेपछि गाउँलेहरुले त्यसको कडा प्रतिवाद गरेपछि प्रहरीले वल प्रयोग गरेको थियो । प्रहरीले शान्तिपूर्ण आन्दोलनमा बल प्रयोगगरि केहीलाई घाइते बनाएको र आधा दर्जनलाई पक्राऊ गरेको विरोधमा शनीबार कटारी बजार बन्द गराएका थिए । मरुवाबासीले सरकारले उपलब्ध गराउने मुआब्जा रकम निकै न्यून भएकोले टावर अन्यत्रै सार्न माग राख्दै विगत तिन वर्षदेखि सोलु करिडोरको काममा अवरोध पु्याउँदै आएका थिए । उनीहरुको अवरोधका कारण आयोजनाको काम प्रभावित बन्न पुगेको छ  । गत असार अन्तिम साता देखि सरकारको निर्देशनमा स्थानीय प्रशासनले ठूलो संख्यामा प्रहरी परिचालन गरेर कोरिडोरको काम सूचारु गरेका छन । गाउँलेहरुको माग विपरित स्थानीय प्रशासनले जबजस्ती काम अघि बढाएको भन्दै यस अघि उनीहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दि समेत  गरेका थिए ।

सोलु करिडोर विवाद समाधान पहल समितिले सो विषयमा केही दिन अघि गृह र उर्जा मंत्रीलाई भेटी समस्या अवगत गराएका थिए । समितिको मागलाई संवोधन गरिने मंत्रीहरुले आश्वासन दिएको भए पनि स्थानीय प्रशासनले बल प्रयोग गरेर काम अघि बढाएको समितिका संयोजक केपी बरालले बताए ।

विवादित क्षेत्रमा १० वटा टावर निर्माण गर्नु पर्नेमा अहिले सम्म ६ वटा टावर निर्माण भैसकेको छ  भने बाकी ४ वटा टावर निर्माण हुन बाकी छ । स्थानीयको धान खेत खनेर चार वटा टावर निर्माण शुरु गर्न लागेकै बेला गाउँलेहरुले काममा अवरोध पु्याएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले बताए । उनले सरकारको निर्देशनमा काम भैरहेकोले कुनै पनि अवस्थामा नरोकीने बताए ।‘ कानूनले तोकेको भन्दा बढी जग्गाको मूल्याङ्कनगरि मुआब्जा दिने निर्णय भएको छ ।’ उनले भने । एैलानी जग्गाको समेत मुआब्जा तोकीएको छ । पिडित व्यक्तिहरु समेत मुआब्जा लिन तयार देखिन्छन  तर सरोकार नभएको व्यक्तिहरु संघर्ष समिति गठन गरेर नागरीकलाई उक्साएको आरोप आयोजना कार्यालयले लगाएको छ ।









काठमाण्डौ साउन १६ गते । रातो तारा डट कम,भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले तुइनको डोरी निकालिदिँदा दार्चुलाका स्थानीय जयसिंह धामी वेपत्ता भएको घटनाका बारेमा अनुसन्धान गर्न सरकारले समिति गठन गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा गृह मन्त्रालयका सचिवको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । मन्त्री खाँणको सचिवालयका अनुसार समितिमा गृह मन्त्रालयका प्रवक्ता, नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी र दार्चुलाको सहायक प्रमुख जिल्ला अधिकारी सदस्य छन् । 


 


झापा साउन १६ गते । रातो तारा डट कम, विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


विर्तामोडको टाइमलेस होटलबाट खड्कालाई अपरान्ह ४ बजेतिर खोपसहित नियन्त्रणमा लिइएको थियो । स्थानीयबासीले खोप नियोजितरुपमा होटलमा लुकाउन खोजिएको आरोप लगाएका छन् ।

इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले होटलबाट खोपसहित स्वास्थ्य शाखाका फोकल पर्सन खड्कालाई नियन्त्रणमा लिएर केहीबेर इप्रकामा राखिएको र कानून बमोजिम थप कार्वाहीका लागि स्वास्थ्य कार्यालयमा पठाइएको बताए ।

विर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले उक्त खोप विर्तामोड नगरपालिकाको आग्रह बमोजिम स्वास्थ्य कार्यालय झापाले पठाएको जिकीर गर्दै होटलमा लुकाइएको आरोप अस्वीकार गरे ।

हाल प्रहरी नियन्त्रणमा रहेका स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन खड्काले आफु आइसोलेसनका लागि टाइमलेस होटलमा रहेको बेला जिल्लाबाट पठाइएको खोप होटलमै बुझेको दावी गरेका छन् ।

विर्तामोडको खोप कार्यक्रममा खटिएका केही स्वास्थ्यकर्मी होटल आइसोलेसनमा बस्ने गरेको र सोही क्रममा खोप भेटिएका कारण स्थानीयबासीले खोपमा अनियमितताको आशंका गरेका छन् । तर, स्वास्थ्य कार्यालय झापाले पठाएको खोप नगरपालिका कार्यालय, स्वास्थ्य शाखा, प्रहरी कार्यालयलगायतका निकायमा राखिनुको साटो होटलमा राखिनु गलत भएको विर्तामोड नगरपालिकाले स्वीकार गरेको छ ।

होटलमा खोपसहित नगरका स्वास्थ्य शाखाका फोकल पर्सन भेटिएको घटनापछि विर्तामोडका सामाजिक अभियन्ताले घटनाको निष्पक्ष छानविन र दोषीमाथि कडा कार्वाहीको माग गरेका छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जिल्लाबाट विर्तामोडमा खोप गएको हो वा होइन भन्ने बारेमा आफु अनभिज्ञ भएको बताए । उनले घटना बारे सोधखोज भइरहेको जानकारी दिए ।


काठमाण्डौ साउन १६ गते । रातो तारा डट कम, प्रधानमन्त्री शेरबहादुर देउवाले क्यूआर कोडसहितको कोरोना खोप प्रमाणीकरण कार्ड लागू गर्न निर्देशन दिनुभएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको हिजोको बैठकमा प्रधानमन्त्री देउवाले क्यूआर कोडसहितको खोप प्रमाणीकरण कार्ड प्रयोगमा ल्याउन निर्देशन दिनुभएको हो । 

कतिपय मुलुकमा कागजी प्रमाणीकरणलाई मान्यता नदिएकाले क्यूआर कोडसहितको खोप प्रमाणीकरण कार्ड प्रयोगमा ल्याउन आवश्यक भएको सीसीएमसीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री देउवाले जोड   दिनुभयो । बैठकमा सहभागी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले कोभिडको तेस्रो लहर आउनसक्ने आँकलन गरिएको र यसको सफलतापूर्वक व्यवस्थापन गरेर नागरिकको सुरक्षा गर्ने विषयमा बैठकमा छलफल भएको जानकारी दिनुभयो । 

बैठकमा कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्दै जाँदा स्वास्थ्य तथा मन्त्रालयले पुनः स्मार्ट लकडाउन गर्नुपर्ने प्रस्तावअगाडि सारेको छ ।


 



काठमाण्डौ साउन १६ गते । रातो तारा डट कम, नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । तुलसीलाल स्मृति भवन च्यासलमा आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो । नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आजको बैठकमा तीन वटा एजेन्डामाथि छलफल हुने छ । केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको तयारी, पार्टी सदस्यता नवीकरण र वितरणबारे बैठकमा छलफल हुने सचिव तामाङले जानकारी दिनुभयो । 

 




 


विराटनगर, १५ साउन । रातो तारा डट कम ,  प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १४४ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ९६७ जनाको पीसीआर परीक्षण गर्दा ५८० र १ हजार ६६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १९१, सुनसरीमा १८७, झापामा १५७, इलाम र धनकुटामा १६–१६, उदयपुरमा ४, खोटाङ र संखुवासभामा २–२, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश  १ बाहिरका ३ जनामा संक्रमण देखिएको छ ।

मोरङको बेलबारीमा ६३, विराटनगरमा ५५, पथरीशनिश्चरेमा ३०, सुन्दरहरैचामा १३, उर्लाबारीमा १०, बुढीगंगामा ५, ग्रामथानमा ४, केराबारी, धनपालथान, लेटाङ, कानेपोखरीमा २–२, कटहरी, रतुवामाई र मिक्लाजुङमा १–१,  सुनसरीको धरानमा १२६, इटहरीमा ३९, इनरुवा र बराहक्षेत्रमा ७–७, कोशीगाउँपालिका, रामधुनी, दुहवी र स्थानीय तह नखुलेका २–२, झापाको विर्तामोडमा ३८, दमकमा २३, भद्रपुरमा २०, अर्जुनधारामा १७, कनकाईमा १६, मेचीनगरमा १४, शिवसताक्षीमा १०, कमल गाउँपालिका र बुद्धशान्तिमा ६–६, गौरादह र हल्दिबारीमा २–२, झापा गाउँपालिका, बा¥हदशी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ६, चुलाचुलीमा ४, रोङ र सुर्योदयमा २–२, माई र देउमाईमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ८, साँघुरीगढीमा ४, पाख्रिवास र चौवीसेमा १–१ र स्थानीय तह नखुलेका २, उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका २–२, खोटाङको खोटेहाङ र स्थानीय तह नखुलेका १–१, संखुवासभाको धर्मदेवी र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङ  र ते¥हथुममा १–१ र प्रदेश  १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३९७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २२८ महिला र १६९ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 




विराटनगर, १५ साउन । रातो तारा डट कम ,सम्मानित मोरङ जिल्ला अदालत विराटनगरको मिति २०६६।०३।१५ गतेको फैसलाले जिउ मास्ने वेच्ने मुद्दामा ११ बर्ष २ महिना १० दिन कैद, ५०,०००।(पचास हजार) जरिवाना र अर्को जिउ मास्ने वेच्ने मुद्दामा ११ बर्ष २ महिना १० दिन कैद र १५,०००। (पन्ध्र हजार) जरिवाना फैसला भई फरार रहेका प्रतिवादी जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं . १७ बस्ने बर्ष ५० को सञ्जय यादवलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित मोरङ जिल्ला अदालत विराटनगर मोरङमा बुझाईएको  ।


काठमाडौ साउन १५ गते । रातो तारा डट कम,अपर चौरीखोला हाइड्रोपावर आयोजनामा दुई सरकारी बैंकले वित्तिय व्यवस्थापन गर्ने भएका छन् । कर्णाली जलस्रोत लिमिटेड माउ कम्पनी रहेको हिमालय वाटर रिसर्च एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रा.लि. र बैंकबीच एक कार्यक्रमबीच सो सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ ।


काभ्रे र सिन्धुपाल्चोकको बीचमा रहेको चौरीखोला बन्न लागेको ६ मेगावाट आयोजनामा राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले संयुक्त लगानी गर्न लागेका हुन् । आयोजना १ अबर १२ करोड कुल लागतमा बन्न लागेको छ । जसमा आयोजना कम्पनीले ३५ प्रतिशत र ६५ प्रतिशत लगानी दुई बैंकले गर्ने भएका छन् । ६५ प्रतिशतलाई सय प्रतिशत मानेर राष्ट्रिय वाणिज्य बैंकले ६० प्रतिशत र कृषि विकास बैंकले ४० प्रतिशत लगानी गर्ने भएका छन् ।

वित्तिय व्यवस्थापन सम्बन्धी सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरण कुमार श्रेष्ठ र कृषि विकास बैंकका सिईओ अनिलकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् भने कम्पनीको तर्फबाट जुद्धबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।हस्ताक्षरपछि राष्ट्रिय वाणिज्य बैंकका सिईओ श्रेष्ठले यस कम्पनीमा लगानीले बैंकलाई जलविद्युत क्षेत्रमा थप नयाँ अनुभव प्राप्त हुने विश्वास लिएको बताए । उनले आयोजना सम्बन्धी कम्पनीले गरेका प्रतिवद्धता पूरा गर्न सुझाव दिए । सिईओ श्रेष्ठले जलविद्युत क्षेत्रमा लगानीकर्ताबीच विवाद हुने र आयोजना अलपत्र पर्ने देखिएको भन्दै निर्धारित समय सीमा र लागतमै आयोजना सम्पन्न गर्नुपर्ने बताए ।

“जलविद्युतमा लगानी गर्नेहरुबीच सुरुमा राम्रै सम्बन्ध भएपनि आयोजना बन्न लागेपछि गाडी कसले चढ्ने, शेयरलगायतका विषयलाई लिएर विवाद गर्ने र आयोजना अलपत्र परेका धेरै उदाहरण छन् । यो आयोजनामा त्यसो नहोस् समय र लागत सीमामै रहेर आयोजना सम्पन्न गर्नुहोला, थप सहकार्यको लागि तयार छौं” सिईओ श्रेष्ठले भने । उनले आफूहरुले जे भन्यो त्यही गर्ने भएकोले सम्झौताअनुसार लगानी गर्न कुनै समस्या नआउने समेत बताए ।

त्यसैगरी लगानीकर्ता अर्को बैंक कृषि विकास बैंकका सिईओ अनिलकुमार उपाध्यायले आफूहरुले प्रतिवद्धता पूरा गर्ने भन्दै आर्थिक अनुशासन बस्न आयोजना कम्पनीलाई सुझाव दिए । व्यवसायीक कोणबाट आयोजना एकदमै राम्रो र सम्भवनायुक्त भएकोले आफूहरु लगानी गर्न तयार भएको बताए । सबै अध्ययन र प्रक्रिया पूरा गरेर सम्झौता गरेकाले आफूहरुबाट कुनै समस्या नहुने भन्दै आयोजना कम्पनीलाई सफलताको शुभकामना दिए । उपाध्ययले सरकारी बैंकले लगानी गरेको तर काम भएन भन्ने नहोस् भन्ने आफूहरुले चाहेको बताए ।

कार्यक्रममा हिमालयन वाटर रिसर्च एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीको माउ कम्पनी कर्णाली जलस्रोत लिमिटेडका अध्यक्ष लोकबहादुर रावतले सम्झौताअनुसारकै लागनी र समय सीमाभित्र आयोजना सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गरे । दुवै सरकारी बैंकले लागनी गर्नुलाई सफलता भएको भन्दै रावतले २०७९ को दशैंमा बत्ति बाल्ने गरी काम अगाडि बढेको जानकारी समेत दिए ।

अध्यक्ष रावतले वर्षायाममा पनि नरोक्ने भन्दै अहिले पनि आयोजना निर्माणको काम जारी रहेको जानकारी समेत दिए । “दुबै सरकारी बैंकले लागनी गर्नु हाम्रो लागि खुशीको कुरा हो । सम्झौताअनुसार लगानी र समय सीमाभित्र आयोजना सम्पन्न गर्नेछौं । वर्षाको समयमा पनि काम रोकिने छैन, आउने दशैंमा बत्ति बाल्ने गरी परियोजनालाई अगाडि बढाएका छौंँ” अध्यक्ष रावतले भने ।
कर्णाली जलस्रोत लिमिटेडको ८० प्रतिशत शेयर रहेको र तीन सय शेयर सदस्य रहेको जानकारी दिँदै अध्यक्ष रावतले सबैको विश्वासमा घात हुन नदिने प्रतिवद्धता समेत जाहेर गरे ।

कार्यक्रममा हिमालयन वाटर रिसर्च तथा इनर्जी डेभलपमेन्ट कम्पनीका अध्यक्ष जुद्ध बहादुर गुरुले सहभागी सबैलाई स्वागत गर्दै काबु बाहिरको अवस्था सिर्जना नभएसम्म निर्धारित समयमै आयोजना सम्पन्न गर्ने बताए ।कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंकका डिसिइओ कबिराज अधिकारी, उपकार्यकारी प्रमुख देवेन्द्ररमण खनाल, विभागीय प्रमुख संदिपजंग कार्की, विभागीय उपप्रमुख विनयरमण पौडेललगायत पदाधिकारीको सहभागीत थियो भने कृषि विकास बैंकका उपमहाप्रवन्धक प्रताप सुवेदी, कर्जा तथा ट्रेड फाइनान्स विभाग प्रमुख मिनराज पौडेल, शिव भुसाललगायत उच्च अधिकारीहरुको सहभागीता थियो ।

त्यस्तै, कर्णाली जलस्रोत लिमिटेडका निर्देशक अमरनारायण माली, भारत प्रसाईलगायतका पदाधिकारीको सहभागिता थियो भने हिमालयन वाटर रिसर्च एण्ड इनर्जी कम्पनीका प्रबन्धक अमृतराज अधिकारी, निर्देशक भैरव बोहरा, सिंह बहादुर लामा, दिलिप घिसिङ, शुसिला कार्कीगायतका सहभागीता थियो । 

 


झापा साउन १५ गते । रातो तारा डट कम,झापा मेचिनगर नगरपालिका - ९ स्थित लिलाबस्तीको लिलाचोक स्थितमा लागूऔषध ब्राउन सुगर कारोबार गर्ने दुई जनालाई नगद र ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।  पक्राउ पर्नेमा मेचिनगर नगरपालिका - १ वस्ने २६ बर्षीय सरोज भुजेल र सोही स्थानका ३५ बर्षीय निर्मल भुजेल रहेका छन् । हिजो दिनको साढे ३ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा, लागु औषध नियन्त्रण व्युरो काकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारी झापाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागूऔषध ब्राउन सुगर कारोबार गर्न लागेको अबस्थामा फेला पारी खानतलासी गर्दा झोला भित्र लागूऔषध ब्राउन सुगर ३४ ग्राम र नेपाली रु. २ लाख ५१ हजार फेला पारे पश्चात उनिहरुले प्रयोग गरेको मे.४ प ४०९७ र मे६प ३२१३ नम्बरको दुई वटा मोटरसाइकल सहित पक्राउ गरिएको हो । पक्राउ परेका उनिहरुलाई ईलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको छ ।

 


 बिराटनगर १५ गते । रातो तारा डट कम,मोरङ बेलबारी नगरपालिका ९ तिनकुटिया स्थित सडकखण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु र एक जना घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक बेलबारी ९ का २८ बर्षीय उमेश चौधरी रहेका छन् । हिजो राती १० बजे दक्षिणबाट उत्तर जादै गरेको प्र.१-०२-०४३प ५७६८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकको साईडमा रहेको बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना भएको थियो । सो दर्घटनामा परि गम्भिर घाईते भएका चौधरीको न्युरो अस्पताल विराटनगरमा राती ११ बजे मृत्यु भएको थियो भने मोटरसाईकल पछाडी सवार सोही स्थानका ३० बर्षीय श्रवण कुमार विश्वास समेत घाईते भई सोही अस्पतालमानै उपचार भईरहेको छ । मोटरसाईकल अस्थाई प्रहरी चौकी डाँगाबजारमा रहेको छ ।

  




मिक्लाजुङ, (मोरङ) । रातो तारा डट कम,बजेट अभावको पिरलो एकातिर, अर्कातिर उपभोक्ता समितिभित्रैको विवाद । यही कारणले मोरङको मिक्लाजुङ गाउँपालिका–५ धानखेतीस्थित सोल्टी खोलाको पुल साढे तीन वर्षदेखि अलपत्र परेको छ ।

उपभोक्ता समिति गठन भएर १ करोड ८३ लाख रुपैयाँ लागतमा निर्माणको इस्टिमेट तयार गरेर सुरू गरिएको उक्त पुल अलपत्र परेको हो ।

समयमा निर्माण पूरा नभएपछि अहिले अस्थायी रूपमायी  काठको पुल बनाएपछि आवतजातवमा सहज भएको मिक्लाजुङ ५ धानखेतीकी भिमकुमारी लिम्बुले बताइन् । ‘पुल बन्छ र मधुमल्ला, कत्ले उर्लाबारीलगायतका बजार सीधै जान पाइन्छ भन्ने सपना डेढ वर्षदेखि अलपत्र छ,’ उनले भनिन्, ‘गाडी हिँड्नका लागि यहाँका सडक बन्यो तर पुल बनेन । पुल नबनेकै कारण सडक भए पनि जोखिम मोलेर वर्खायाममा नदी तर्नुपर्ने बाध्यता छ ।’

मोरङको उत्तरी बजार लेटाङ्ग हुदै जाँते र मधुमल्ला बजार जोड्ने सोल्टी खोलाको पुल हो । सोल्टी खोला हुँदै आवतजावत गर्ने सवारीसाधन हिउँद याममा जसोतसो खोलाबाट तर्छन् तर वर्षायाममा वारिबाट पारि जानसक्ने अवस्था हुँदैन । ‘हामीले पुल बनाउन उपभोक्ता समिति  र स्थानीय तहहरूलाई भन्दै आएका छौं,’ उनले भनिन्, ‘पुल नहुँदा धेरै दुःख पाएका छौं तर हाम्रो दुःखबारे कसैले चासो देखाएको छैन ।’

वर्षौसम्म पक्की पुल नबनेपछि बर्खा सुरू भएपछि सोल्टी खोला पुलमा स्थानीयले काठको अस्थायी रूपमा पुल बनाएका हुन् । ‘पक्की पुल नबनेपछि अहिले काठको अस्थाइ पुल बनेको छ,’ उनले भनिन्, ‘काठकै अस्थाइ पुल बनेपछि यहाँका स्थानियलाई आवगमनमा धेरै सहज भएको छ ।’  सोल्टी खोलाको पुल नबन्दा सबैभन्दा बढी सास्ती मिक्लाजुङ ५ का गुप्ती, खोलीटार, गोदामचौक, छत्रपुर र मुगुटार गाउँका स्थानीयलाई रहेको छ । उनीहरू दैनिक उपभोग्य सामाग्रीदेखि स्वास्थ्य, शिक्षाको लागि सोल्टी खोला तर्दै उर्लाबारी धाउनुपर्ने अवस्था छ ।

मोरङको उत्तरी बजार लेटाङ्ग हुदै जाँते र मधुमल्ला बजार जोड्ने सोल्टी खोलाको पुल उपभोक्ता समिति गठन गरेर २०७५ भदौ ५ गतेदेखि निर्माण सुरू भएको हो ।

मिक्लाजुङ ५ का बरडाँडा सामुदायिक वनको १० लाख, सिंहदेवी सामुदायिक वनको १० लाख, धानखेती सामुदायिक वनको ५ लाख गरि तीन वटा सामुदायिक वनले २५ लाख, मिक्लाजुङ गाउँपालिकाले ३० लाख र वडा कार्यालयले ५ लाख रुपैयाँ बजेट बिनायोजन हुने स्रोतको सुनिश्चता भएपछि पुल निर्माणको प्रक्रिया सुरू भएको होे । धानखेती वनले ५ लाख दिने भनिएपनि पैसाँ आएको थिएन् । वरडाँडा र सिंहदेविले बिनियोजन गरेको २० लाख रूपैयाँ बरावरको निर्माण सामाग्री दिएका थिए । प्रारम्भिक चरणमा टेकबहादुर राईको अध्यक्षतामा ९ जनाको उपभोक्ता समिति गठन गरेर पुल निर्माणको प्रक्रिया अगाडि बढेको थियो । तत्कालीन अध्यक्ष राईलाई  स्वास्थ्यको समस्या आएपछि ०७५ पुसमा  बुद्धिमान श्रेष्ठको अध्यक्षतामा  नयाँ समिति बनाएर पुल निर्माण थलानी भयो । 

आर्थिक वर्ष २०७६÷०७७ मा प्रदेश १ सरकारले ५० लाख बजेट विनियोजन  गरिदिएकोमा ३२ लाख खर्च भएको थियो भने १८ लाख रूपैयाँ फिर्ता गएको उपभोक्ता समितिका सचिव शंकर बजगाइँले जानकारी दिए । ‘दुई वटा सामुदायिक वनदेखि २० लाख मुल्य बराबरको निर्माण सामाग्री आएको थियो । गाउँपालिका, वडा र प्रदेश सरकारदेखि आएको बजेट पुल निर्माणमा खर्च भएको छ,’ बजगाइँले भने, ‘हरेक खर्चको हामीले पारदर्शी तरिकाले हिसाव राखेका छौं । सरकारी निकायदेखि आएको बजेट सकिएपछि काम रोकिएको हो ।’ 

अहिलेसम्म पुलको दुबै तर्फ पिल्लर बनाइएको छ । काम गर्दै गर्दा २०७७ जेठ १२ गते मिक्लाजुङ गाउँपालिकाले ५ का वडाअध्यक्ष रूद्रकुमार लिङ्देनको उपस्थितिमा पुरानो समितिलाई खारेज गरी भीम प्रसाद गौतमको अध्यक्षमा नयाँ समिति गठन भएको थियो  । ‘हाम्रो पुरानो समितिले पुल निर्माणमा लागेको खर्चको सम्पूर्ण विवरण गाउँपालिका र प्रदेश सरकारलाई पारदर्शी ढंगले बुझाएर अडिट पनि भइसकेको छ । नयाँ उपभोक्ता समिति आएपछि हरेक हिसावको जानकारी गराएर हामीले सार्वजानिक सुनवाइ पनि गरेका थियौंं,’ बजगाइँले दाबीका साथ बिहीबार पत्रकार सम्मेलनमा भने, ‘केही मिडियामा आएजस्तो हामीले अनियमितता गरेका छैनौं ।’ आफुलाई मुछेर मिडियामा आएको समाचार निराधार र कुनै सत्यथा नभएको उनको भनाइ छ । आउँदै गरेको चुनावलाई लक्षित गरि केही व्यक्तिले उचालेको भरमा गलत समाचार आएको उनले दाबी गरे ।

यता वर्तमान उपभोक्ता समितिका अध्यक्ष भीमप्रसाद गौतमले भने अघिल्लो समितिले हर हिसाव अहिलेसम्म नबुझाएको दाबी गरेका छन् । ‘अहिलेसम्म पुरानो समितिले गरेको खर्चको विवरण हामीले पाएको छैन,’ उनले भने । आर्थिक वर्षमा प्रदेश सरकारदेखि विनियोजन  भएको ३० लाख रूपैयाँ नयाँ गठन भएको उपभोक्ता समितिले शर्षक बदल्दा फिर्ता गएको थियो । पुल निर्माणको लागि आएको ३० लाख अध्यक्ष गौतमसहितको उपभोक्ता समितिले शिर्षक बदलेर सडक बनाउन खोजेपछि प्रदेश सरकारले बिनायोजन गरेको पैसा फिर्ता गएको हो । 

गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले पुल निर्माणको विषयमा अहिले आफुलाई कुनै जानकारी नभएको बताए । अहिले आफुलाई केही जानकारी नभएकोले सूचनाको  हक प्रयोग गरेर जानकारी लिनुपर्ने उनले बताए । 



काठमाण्डौ साउन १५ गते । रातो तारा डट कम, भारतीहरुलाई सीमाबाट हुलका हुल नेपाल प्रबेश गराएरै फेरी कोरोना बढ्यो यो सरकारको कहिलेहि चेत खुलेन । नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ७ लाख ५० हजार नाघिसक्यो । झापामा विगत दुई सातादेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै १० वटा स्थानीय तहमा फेरि पूर्ण निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा जारी गर्न अनुमति दिएपछि स्थानीय तहले धमाधम आफ्ना क्षेत्र सिल गरिरहेका छन् । आजसम्म सिल गर्ने स्थानीय तहको संख्या १० पुगेको हो । मेचीनगर नगरपालिका, हल्दिबारी गाउँपालिका,बुद्धशान्ति गाउँपालिका, कनकाई नगरपालिका, कमल गाउँपालिका, दमक नगरपालिका, गौरादह नगरपालिका,शिवसताक्षी नगरपालिका,अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकामा निषेधाज्ञा जारी गरिएको स्थानीय तहले बताएका छन् । हिजो मात्रै झापामा ३ सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने ५ जनाको मृत्युभएको थियो । 


 


काठमाण्डौ साउन १५ गते । रातो तारा डट कम, उखु किसानहरूले रकम भुक्तानी गरिदिन सरकारलाई २२ दिने अल्टिमेटम दिएका छन् । सरकारले आफूहरूको बक्यौता भुक्तानी चिनी मिलबाट भदौ ५ गतेसम्म नदिलाए पुनः आन्दोलनमा उत्रने उनीहरूले चेतावनी दिएका छन् । उखु किसान संघर्ष समिति सर्लाही, राष्ट्रिय कृषि श्रमिक संघ र उखु किसानहरुले विगतमा भएको सहमति पालना नभएको भन्दै सरकारलाई अल्टिमेटम दिएका हुन् । उखु किसान संघर्ष समिति एवं नेपाल सरकार उद्योग मन्त्रालयबीच २०७७ साल पुस १३ गते पाँच बुँदे सहमति दोस्रो पटक भएको थियो । सहमति अनुसार २१ दिनभित्र उखु किसानहरुको सम्पूर्ण बक्यौता रकम उद्योग मन्त्रालयले भुक्तानी गराउन जिम्मेवारी लिएको थियो । तर रकम भुक्तानी नगराइएको संघर्ष समितिले जनाएको छ । उखु किसानहरूको दावी अनुसार ९० करोडमध्ये २५ करोड रुपैयाँ उद्योग मन्त्रालयले विवादित भनी छिनोफानो गर्न भने पनि रकम नदिलाइएको छैन । उखु किसानहरूसँग सम्बन्धित अन्य समस्याको बारेमा सम्झौता भएको १ सय २० दिनपछि गठित कार्यदलको प्रतिवेदन सार्वजनिक गर्ने भनि पनि नगरिएको समितिले बताएको छ ।










काठमाण्डौ साउन १५ गते । रातो तारा डट कम,जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेशसभाका तीन जना सदस्यलाई निष्कासन गरी प्रदेशसभा सचिवालयलाई जानकारी गराएको छ । सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई निष्कासन गरेको संसदीय दलका नेता सहसराम यादवले जानकारी दिनुभयो । पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टिकरण सोधिएको र त्यसको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरेको यादवले उल्लेख गर्नुभयो । पार्टी निर्णय विपरीत जसपाका चार सांसद प्रदेश सरकारमा सहभागी भएका थिए । तर, तीमध्ये सुमन शर्मा रायमाझीले सरकारबाट राजीनामा दिनुभएको थियो । 


  




 



विराटनगर,। रातो तारा डट कम,उद्यमशिलता विकासका लागि महिला उद्यमीहरुका लागि प्रवाह हुने कर्जा सुविधा, कर्जा प्राप्तीका सहजिकरण, कर्जा प्राप्तीमा सहयोग पु¥याउने उद्देश्यका साथ महिला उद्यमशिलता कर्जा सम्वन्धी अन्र्तरक्रिया कार्यक्रम उद्योग संगठन मोरङ महिला उद्यम समितीको अयोजनामा मिती २०७८ श्रावण १३ गते सम्पन्न भयो ।  

कार्यक्रममा संगठनका अध्यक्ष सुयष प्याकुरेलले महिला उद्यमीहरुद्धारा संचालित उद्योगको विकास एवं विस्तारका लागि वैंक तथा वित्तिय संस्थाहरुले सहुलियपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गनु पर्ने वताए । वैंक तथा वित्तिय संस्थाको प्रकृयागत जटिलताका कारण तुलनात्मक रुपमा महिला उद्यमशिलताको संख्यामा बढोक्तरी नभईरहेको औल्याउदै महिलाहरुको कर्जामा सहज पहुच स्थापना गर्न कर्जा प्रवाहको प्रकृयालाई सरलीकृत वनाउदै लैजानु पर्नेसुझाव दिए ।  कार्यक्रममा महिला उद्यम समितिको संयोजक प्रतिभा रिजाल ओलीले राज्यले महिलाहरुको उत्थानका लागि वित्तिय सेवा सुविधाहरु प्रदान गर्दै आएको वताउदै त्यस्ता सुविधाहरु उपभोग गर्न महिला जागरुकताको आवश्यकता औल्याईन । उनले महिलाहरुको सिर्जनशिलतालाई उद्यमशिलतामा परिवर्तन गरी आत्मनिर्भर तर्फ अग्रसर हुदै आर्थिक विकासमा योगदान पु¥याउनु पर्ने विचार व्यक्त गरिन । 

कार्यक्रममा वैंक तथा वित्तिय क्ष्ँेत्रमा महिला उद्यमीहरुका लागि उद्यमशिलता विकासका लागि व्यवस्था गरिएको सेवा तथा सुविधाका समवन्धमा नविल वैंक लिमिटेड विराटनगरका शाखा प्रवन्धक गुरु रेग्मीले वताएका थिए । 

महिला उद्यम समितिको सहसंयोजक जयश्री जाजुले महिला शसत्तिकरणका लागि महिलाहरुलाई उद्यमशिलता तर्फ अभिप्रेरित गर्दे आत्मनिर्भर वनाउनु पर्नेमा जोड दिईन । अन्तरक्रिया कार्यक्रममा महिला उद्यम समितिको सदस्यहरु, महिला उद्यमीहरुको सहभागिता रहेको थियो । 


 


विराटनगर, १४ साउन । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड १९ को तेश्रो लहरको पुर्व तयारीमा जुट्न निर्देशन दिनु भएको छ । विज्ञहरुले कोरोनाको तेश्रो लहरमा बालबालिका बढी जोखिममा रहने बताएकाले सोही अनुसारको तयारीमा जुट्न उहाँले निर्देशन दिनु भएको हो ।

कोभिड–१९ को सम्भावित तेश्रो लहरको पुर्व तयारी सम्बन्धमा आयोजना गरिएको भर्चुअल बैठकमा सामाजिक विकास मन्त्री राईले सो निर्देशन दिनु भएको हो । मन्त्री राईले भन्नुभयो,‘ हामी तयारी अवस्थामै थिएनौ भन्ने छुट कसैलाई छैन ।’ कोभिड–१९ को सम्भावित तेश्रो लहरको पुर्व तयारीमा रहन निर्देशन दिँदै उहाँले समस्या र चुनौतीको सबैले मिलेर मात्रा समाधान गर्न सकिने बताउनुभयो । कोरोना परास्तका लागि सवै एकजुट भए मात्र संभव हुने उहाँले बताउनुभयो । मन्त्री राईले अस्पतालको क्षमताअनुरुप कोरोना संक्रमित बालबालिकाको उपचारका लागि छुट्टै उपचार केन्द्र सञ्चालनका लागि पनि तयारी भइरहेको बताउनुभयो । मन्त्री राईले  प्रत्येक जिल्लामा गठित डिसीसीएमसीले आफ्नो जिल्ला भित्रका सवै पालिकाहरुको अवस्था, आवस्यकता र तयारी सहित जिल्लाको समस्या, आवस्यकता पहिचान गरि आवस्यक तयारी सहित सम्पूर्ण जानकारी र माग सामाजिक विकास मन्त्रालयमा तत्काल पेश गर्न निर्देशन दिनु भएको छ ।  

सामाजिक विकास मन्त्रालयका सचिव कमलप्रसाद भट्टराईको अध्यक्षतामा भएको भर्चुअल बैठकमा स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाई, १४ वटै जिल्ला समन्वय समितिका प्रमुखहरु, सदरमुकामका पालिकाका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, अस्पताल र स्वास्थ्य कार्यालयका प्रमुखहरुको  सहभागिता रहेको थियो । 


 


 


गाईघाट १४ साउन । रातो तारा डट कम,प्रहरीको सक्रियतामा अदालत बाट बिभिन्न मितीमा सजाय र जरिवाना फैसला भएका फरार प्रतिवादी धमाधम पक्राउ पर्न थालेकाछन । लागु औषध गाजा कारोवारमा २८ दिन कैद र दुई हजार जरीवाना फैसला भएका त्रियुगा नगरपालिका ८ चुहाडेका ६६ वर्षिय पुर्ण बहादुर बिष्ट लाई उदयपुरको बेलका नगरपालिका ८ सेतिखोला स्थीत आफन्तको घर बाट बुधबार पका्रउ गरी जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ । बिष्ट लाई फैसला कार्यान्वयन को लागि बिहिबार कारागार चलान गरिएको डिएसपि बेद प्रसाद गौतमले बताए । बिष्ट दुई बर्ष देखी फरार थिए । त्यसैगरी इलाका प्रहरी कार्यालय रामपुर ले अपराधिक अपभद्र गरेको कुसुर मुद्धामा फरार चार जना लाई प्रक्राउ गरेको छ । बेलका नगरपालिका ९ धौरी टोलका २७ वर्षिय मन कुमार राई ,वडा न ३ जाल्पादेवीका ३५ बर्षिय मिभ बहादुर बस्नेत , २८ वर्षिय शंकर खत्री र २४ वर्षिय बिनोद बस्नेत विहीबार पका्रउ परेकाछन । 


 


विराटनगर, १४ साउन । रातो तारा डट कम, प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १०४ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ७५३ जनाको पीसीआर परीक्षणगर्दा ६५२ र १ हजार ३३१ जनाको एन्टिजेन परीक्षण गर्दा ४५२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३०७, सुनसरीमा १७७, मोरङमा १२३, धनकुटामा १४, इलाममा ९, संखुवासभा, ते¥हथुम, भोजपुर र उदयपुरमा २–२, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको छ ।

झापाको दमकमा १११, विर्तामोडमा ७३, अर्जुनधारा र कनकाईमा २३–२३, मेचीनगरमा २०, भद्रपुरमा १७, बुद्धशान्तिमा १४, शिवसताक्षीमा १२, कमल गाउँपालिकामा ४, बा¥हदशीमा ३, झापा गाउँपालिका र स्थानीय तह नखुलेका २–२, कचनकवल, हल्दिबारी र गौरादहमा १–१, सुनसरीको धरानमा ११८, इटहरीमा ४०, बराहक्षेत्र र इनरुवामा ५–५, रामधुनी र दुहवीमा १–१ र स्थानीय तह नखुलेका ७, मोरङको विराटनगरमा ५५, केराबारीमा १८, उर्लाबारी र सुन्दरहरैचामा १३–१३, बेलबारीमा ८, पथरीशनिश्चरेमा ५, मिक्लाजुङ र ग्रामथानमा ३–३, रंगेली, लेटाङ, सुनबर्षी, रतुवामाई र कटहरीमा १–१, 

धनकुटाको धनकुटा नगरपालिकामा ८, पाख्रिवासमा २, महालक्ष्मी, छथर, साँघुरीगढी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ६, चुलाचुलीमा २ र देउमाईमा १, संखुवासभाको धर्मदेवी र स्थानीय तह नखुलेका १–१, ते¥हथुम, भोजपुर र उदयपुरमा २–२, पाँचथरको फालेलुङ र ताप्लेजुङको मैवाखोलामा १–१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३८२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १७६ महिला र २०६ पुरुष संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ४ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 



काठमाण्डौ साउन १४ गते । रातो तारा डट कम,जापानको राजधानी टोकियोमा जारी ओलम्पिक अन्तर्गत अहिलेसम्म कुल ९५ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा  कुल ३५ राष्ट्रले स्वर्ण पदक जितेका छन् । हालसम्म अमेरिका र चीनलाई पछि पार्दै जापान पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । जापानले १३ स्वर्ण पदकसहित कुल २२ पदक जितेको छ, भने चीन १२ स्वर्णसहित कुल २७ पदक जित्दै दोस्रो स्थानमा उक्लिएको छ । तेस्रो स्थानमा झरेको अमेरिकाले ११ स्वर्णसहित कुल ३१ पदक जितेको छ । रसियन ओलम्पिक टिम ७ स्वर्णसहित कुल २३ पदक जितेर चौथो स्थानमा रहँदा अष्ट्रेलिया ६ स्वर्णसहित कुल १६ पदक जितेर पाँचौं स्थानमा रहेको छ । हिजो नेपाली पौडी खेलाडी गौरिका सिंहले हिजो प्रतिस्पर्धा गर्नुभएको थियो । उहाँले नयाँ राष्ट्रिय किर्तिमान कायम गरेपनि ओलम्पिकमा भने हिट चरणबाटै बाहिरीनुभएको छ ।


काठमाण्डौ साउन १४ गते । रातो तारा डट कम, आज पनि देशभरको मौसममा सामान्य देखि पूर्ण बदली हुनेछ । अहिले गण्डकी र कर्णाली प्रदेशमा सामान्य देखि पूर्ण बदली भएको छ भने बाँकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ। दिउँसो  धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र  सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राति पनि प्रदेश नं १, प्रदेश नं २,  बाग्मती, लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । 





काठमाण्डौ साउन १४ गते । रातो तारा डट कम, आजदेखि काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर तथा ललितपुरमा भेरोसेलको पहिलो मात्रा लगाउन सुरु गरिंदै छ । ५० वर्षभन्दा माथिका र यसअघि छुटेकालाई खोप दिन लागिएको हो । खोपकेन्द्रको व्यवस्था भने स्थानीय तहले गर्ने जनाइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र रहनेछन् । यस्तै, अत्यावश्यक सेवाका व्यक्तिहरुको हकमा पाँचवटा अस्पताललाई खोप केन्द्र तोकिएको छ । जसमा राधास्वामी आइसोलेसन सेन्टर सामाखुशी, वीर अस्पताल काठमाडौं, निजामती अस्पताल नयाँ बानेश्वर, टिचिङ अस्पताल महाराजगञ्ज तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु छन् । यस्तै, फरक क्षमताका व्यक्तिहरुले पहिलो मात्राको भेरोसेल खोप नजिकका खोप केन्द्र वा पायक पर्ने स्थानमा गएर लगाउन पाउने छन् ।





 विराटनगर साउन  १३ गते । रातो तारा डट कम, ४१८२ जनाको स्वाव परीक्षण गर्दा प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२७० जनामा कोरोना संक्रमण देखिएको छ । २४३८ जनाको पीसीआर परीक्षण गर्दा ७११ र १७४४ जनाको एन्टिजेन परीक्षणगर्दा ५५९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २२३, मोरङमा २१७, सुनसरीमा १८६, धनकुटामा ३१, पाँचथरमा २३, उदयपुरमा ८, इलाममा ६, ते¥हथुममा ३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको छ ।

झापाको विर्तामोडमा ५६, दमकमा ३१, मेचीनगरमा ३०, कनकाईमा २७, अर्जुनधारामा २२, भद्रपुरमा १६, शिवसताक्षीमा १५, बुद्धशान्तिमा ८, गौरादहमा ७, बा¥हदशीमा ४, कमल, झापा गाउँपालिका र स्थानीय तह नखुलेका २–२, हल्दिबारीमा १, मोरङको विराटनगरमा ७२, बेलबारीमा ५८, पथरीशनिश्चरेमा ३२, सुन्दरहरैचामा १३, उर्लाबारीमा ११, बुढीगंगामा १०, रंगेलीमा ५, लेटाङमा ३, कटहरी, कानेपोखरीमा २–२, केराबारी, मिक्लाजुङ, सुनबर्षी, रतुवामाई र धनपालथानमा १–१ र स्थानीय तह नखुलेका ४ जनामा संक्रमण देखियो ।

उता सुनसरीको धरानमा ११४, इटहरीमा ५८, इनरुवामा ४, बराहक्षेत्रमा ३, रामधुनीमा २, गढी र दुहवीमा १–१ र स्थानीय तह नखुलेका ३, धनकुटाको धनकुटा नगरपालिकामा १५, पाख्रिवास र शहिदभूमीमा ५–५, छथरमा ३, चौवीसेमा १ र स्थानीय तह नखुलेका २, पाँचथरको फिदिममा १८, फाल्गुनन्द, हिलिहाङ, याङवरक, कुम्मायक र मिक्लाजुङमा १–१, उदयपुरको त्रियुगा, उदयपुरगढी र स्थानीय तह नखुलेका २–२, बेलका र चौदण्डीगढीमा १–१, इलामको इलाम नगरपालिकामा ३, चुलाचुलीमा २, फाकफोकथुममा १, ते¥हथुमको आठराईमा २ र स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २०२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ७८ महिला र १२४ पुरुष रहेकाछन् । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र ५ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

गायंघाट १३ साउन । रातो तारा डट कम,जबरजस्ति करणी मुद्धामा फरार रहेका उक परितवादि बुधबारपकराउ परेकाछन । उदयपुरकाे चाैदण्डिगढि नगरपािलका ८ सिद्धपुर का   बिजय थुलुङ राइले उक महिला लाइ पाच वर्ष  अघि बलातकार गरेका थिए । बलातकार पिछ फरार रहेका निजलाइ सुराकिकाे आ धारमा प्रहरिले उनकाे घर बाट लुकेर बसेकाे अबस्थामा पकराउ गरेकाे हो। प्रहरीले जिल्ला अदालत मा उपस्थिति गराउकाे्मा अदालतले प्रतिबादी थुलुङ राई लाइ ५० हजार धराैटि माग गरेकाेमा उनले धराैटि राखन नसकेपछि कारागार चलान गरे प्रहरीले  जनाएको छ। 



विराटनगर साउन १३ गते । रातो तारा डट कम, बौद्धिक चोरीमा संलग्न भई कार्वाहीमा परेका डा. विमलकुमार कण्ठको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा अराजकता बढेको छ ।

त्रिभुवन विश्वविद्यालयले त्रिवि प्राध्यापक संघ महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस एकाईका सभापति उपप्राध्यापक डा. कण्ठलाई बौद्धिक चोरी गरेको आरोपमा २०७७ चैत ४ मा दुई वर्षसम्म कुनै अनुसन्धान लगायतका कार्य गर्न नगराउने गरी कार्वाही गर्ने निर्णय गरेको थियो । तर, उनले त्रिवि प्राध्यापक संघको क्याम्पस एकाई अध्यक्षको हैसियतले काम कारवाहीको प्रक्रिया अगाडी बढ्दै क्याम्पसमा अराजकता बढाएको प्रध्यापकहरूले गुनासो गरेका छन् ।

कण्ठले अहिले पनि महेन्द्र मोरङ क्याम्पसका समग्र प्राध्यापकहरूको नेतृत्व गर्दै अध्यक्षको हैसियतमा क्याम्पसका महत्वपूर्ण निर्णयदेखि अनुसन्धानात्मक गतिविधिमा सम्लग्न हु“दै आइरहेका छन् । त्रिविले चैतमा कार्वाही गरी निर्णय सार्वजनिक गरेपनि साउन लागिसक्दा पनि उनले पहिलेकै हैसियत देखाएर काम गर्दा क्याम्पसमा अराजकता सुरु भएको प्राध्यापकहरुको गुनासो छ । क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी भई दैनिक प्रशासनिक कार्य, परीक्षा, विद्यार्थी भर्ना लगायतका कार्यमा असहजता सिर्जना भएको छ ।

डा. कण्ठले आफ्नो कारवाहीको रिस फेर्न अहिले क्याम्पस प्रमुखको कार्यकक्षमा नै ताला लगाएर विरोध भएको छ । कोरोना महामारीको बेलामा परीक्षा सञ्चालन भैरहेको क्याम्पसमा खोपको माग गर्नु पर्नेमा कोरोना पीडित प्राध्यापक कर्मचारी, विद्यार्थीको पक्षमा कुरा गर्नको साटो खानेपानी र आर्थिक पारदर्शिताको माग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा असार १८ गते शुक्रबार एक्कासी ताला लगाएका थिए । अहिलेसम्म प्राध्यापक संघले लगाएको ताला खुलाइएको छैन ।

पछि आंशिक प्राध्यापक संघलाई उक्साएर तालाबन्दी र धर्ना गर्न लगाए पनि उनीहरुले डा. कण्ठको नियत बुझेर क्याम्पस प्रशासनस“ग छलफल गरी आफ्ना आन्दोलनका कार्यक्रम गत सोमबारबाट फिर्ता लिई आफ्नो काममा फर्किसकेका छन् ।

उनकै नेतृत्वमा बसेको संघको बैठकको निर्णय अनुसार क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाउने निर्णय गरी असार १८ गते ताला लगाएको थियो ।

प्राध्यापक संघले समग्र प्राध्यापकको हितका लागी लड्नु पर्नेमा समितिमा नै रहेका उपाध्यक्ष श्रीकृष्ण यादव, सहसचिव उमेश यादव र सदस्य शिवनारायण चौधरीलाई सहायक क्याम्पस प्रमुखमा नियुक्त गर्न लविङ गरेको थियो । अरु प्राध्यापकको लागि लड्नु पर्ने ठाउ“मा बसेकाहरु आफैका लागि पदको बार्गेनिङ गर्दासमेत क्याम्पस प्रमुखले वास्ता नगरी चौधरीलाई मात्र नियुक्त गरेको भन्दै त्यसको लगत्तै तालाबन्दी गरेको जनाइएको छ ।

बौद्धिक कार्वाहीमा व्यक्ति क्याम्पसको मुख्य भूमिकामा रहेकाले आफूमाथि अनिष्ठ आए नलागोस् भनेर कोही पनि उनका गलत क्रियाकलापको खुलेर बोल्न सकेका छैनन् ।

क्याम्पसका हरेक कार्यमा प्राध्यापक संघको अनिवार्य प्रतिनिधित्व चाहिन्छ त्यसमा सभापति भएर डा.कण्ठ नै उपस्थित हुने गरेका छन् । उनले नैतिकतामा आधारमा राजीनामा नगरुञ्जेलसम्म यस्तै समस्या हुने एक प्राध्यापकले बताए ।

डा.कण्ठले लेखेको चार वटा अनुसन्धान लेखमा अरुको लेखको धेरैजसो हुबहू परेको त्रिविले बनाएको छानविन टोलीले प्रतिवेदन दिएको थियो । फ्रान्सका प्राध्यापक आरमेली वेलका अनुसन्धानात्मक आलेखका तथ्याङ्क त्रिविका अवकाश प्राध्यापक परशुराम मिश्रको आलेखमा हुबहु प्रकाशित भएपछि उनले त्रिविलाई मेलमार्फत उजुरी गरेका थिए । उक्त उजुरीका आधारमा शिक्षाध्यक्षको कार्यालयले छानबिन समिति गठन गरेको थियो । सोही आधारमा डा. मिश्र तथा उनी ‘गाइड’ भएर प्रकाशित लेखहरु अनुसन्धान गर्ने क्रममा डा. कण्ठले पनि चोरी गरी लेख प्रकाशित गरेको देखिएको जनाइएको छ । सोही आधारमा त्रिविले अवकाशप्राप्त प्राध्यापक डा. परशुराम मिश्र, उपप्राध्यापक डा. कण्ठसहित सात जनालाई त्रिभुवन विश्वविद्यालयले कारबाही गरेको हो ।

डा. मिश्र मोरङ क्याम्पसका पूर्व प्राध्यापकसमेत हुन् । उनलाई नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) बाट युवाहरुमा अनुसन्धानका अवसर सिर्जना गर्न एवम् प्रदुषण नियन्त्रण लगायतका विभिन्न विषयमा अनुसन्धात्मक कार्य गरेको भन्दै २०७५ मा नविल विज्ञान तथा प्रविधि पुरस्कारसमेत प्रदानगरिएको थियो ।

मोरङ क्याम्पसले परीक्षा व्यवस्थापन सम्वन्धमा गत चैत अन्तिममा राखेको छलफल कार्यक्रममा प्राध्यापक संघको तर्फबाट बोल्दै सभापति डा.कण्ठले ‘त्रिविका पूर्व उपकुलपति डा तीर्थराज खनियाले त बौद्धिक चोरीको आरोप लाग्दा आफ्नो पदबाट राजीनामा दिएनन् । यस्ता धेरैजनाले दिएनन् भने मलाई पनि आरोप लाग्दा किन प्राध्यापक संघकाट राजीनामा दिने’ भनेर उल्टै प्रतिपश्न गर्ने गरेका थिए ।

 


झापा, श्रावण-१३ गते । रातो तारा डट कमझापा दमक नगरपालिका ४ स्थित पुर्व-पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक झापा कन्काई ३ का ४३ बर्षीय पुर्ण बहादुर बिष्ट र पछाडी सवार निजकै श्रीमती ३६ बर्षीया भिमा बिष्ट रहेका छन् । हिजो राती सभा १० बजे पश्चिम तर्फ आउदै गरेको ना४ ख ८७३० नम्बरको ट्रकले बिपतरित दिशाबाट आईरहेको प्रदेश २-०३-०१३ प ४७८७ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा गम्भिर घाईते भएका उनिहरुको उपचारको लागी दमक लाईफ लाईन अस्पतालमा पुर्‍याउन साथ दुवै जनाको मृत्यु भएको थियो । दुर्घटना गराई फरार भएको सो ट्रक र ट्रक चालक मोरङ विराटनगर ४ बस्ने ४८ बर्षीय सुजन थापालाई अस्थाई प्रहरी पोष्ट ताराबारीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भईरहेको छ ।

 


सुनसरी, श्रावण-१३ गते । रातो तारा डट कम, सुनसरीको धरान ८ तिनकुने स्थितबाट अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधी सहित एक जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनकुटा सागुरगढी नगरपालिका -९ बस्ने २१ बर्षीय सुजन लिम्बु रहेका छन् । हिजो राती १० बजे कोशी राजमार्गमा ईटहरीबाट धरान तर्फ कालो झोला बोकी पदैल आउदै गरेको उनको साथबाट प्रतिबन्धित औषधी Tramadol - ६६० ट्रयाबलेट र spaspain - ७७० ट्याव्लेट  फेला पारी ईलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भईरहेको छ ।

 


काठमाडौ साउन १३ गते । रातो तारा डट कम, गोबिन्द चापागाई र रुपा वडाको नयाँ तीज गीत ‘रातो सारीले’ सार्बजनिक भएको छ ।

घनश्याम रिजालको युट्यूबमा अपलोड गरिएको गीतको शब्द तथा लय रिजालकै रहेको छ । श्रीमतीलाई यो बर्ष कोरोनाको कारण रानीहार, नयाँ सारी किन्न नसकिएको र पोहोरकै सारीले टारिएको कुरा गीतमा सुन्न र हेर्न सकिन्छ ।

गीतको म्यूजिक भिडियो होम गुरुङले निर्देशन गरेका हुन् भने एरेन्ज तारानाथ आचार्यले गरेका हुन् । डिजिटल स्टारमा रेकर्ड भएको गीतमा गणेश सापकोटाको छायंकन, सुबास अम्गाईको सम्पादन, सबिन गुरुङको कोरियोग्राफी, राजकुमार गुरुङ र बिपना कुवरको श्रृङ्गाररहेको छ । ममता आधिकारी र बिष्णु भुजेलले गीतमा अभिनय गरेका छन् ।


 काठमाडौं, १३ साउन । रातो तारा डट कम,यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाकै पालामा नेपालमा पारित गराउनको लागि प्रस्तुत भएको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौतालाई रोक्न काठमाडौंमा बृहत जुलुस गरिएको छ ।

राजाबादीहरुको संस्था ‘बीर गोर्खाली’ले काठमाडौंको माईतिघर मण्डलामा आज मँगलबार दिउँसो १ बजेबाट ३ बजेसम्म दुई घन्टा एमसिसी बिरुद्ध विरोध तथा धर्ना कार्यक्रम आयोजना ग¥यो ।

बीर गोर्खालीका अध्यक्ष बसन्त बिक्रम पाण्डेको नेतृत्वमा आयोजना गरिएको सो धर्ना कार्यक्रममा सहभागीहरुले एमसिसी बिरुद्धको प्लेकार्ड, व्यानर प्रस्तुत गर्दै जुलुस नारा लगाएका थिए ।

एमसिसी देशका लागि साह्रै नै घातक भएको दाबी गर्दे यसलाई नेपालमा पारित नगराउन उनीहरुले सो कार्यक्रममा दवाव दिएका थिए । ‘देश डुब्न लागिसक्यो, राजा हामीलाई चाहिसक्यो’ सहित एमसिसी बिरुद्ध विभिन्न नाराहरु उनीहरुले सो क्रममा लगाएका थिए ।

विरोध सभामा बीर गोर्खालीका करिब एक हजार सदस्यहरु सहभागी भएका थिए । सो धर्ना कार्यक्रमसँगै बीर गोर्खालीले मँगलबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालमा एमसिसी सम्झौता नगर्न माग सहितको ज्ञापनपत्र बुझाएको छ । बीर गोर्खालीका अध्यक्ष बसन्त विक्रम पाण्डेको सँयोजकत्वमा सो सँगठनका तर्फबाट ज्ञापनपत्र बुझाईएको हो ।

धर्ना सभालाई समापन गर्दै अध्यक्ष पाण्डेले नेपाल जस्तो गरिब मुलुकमा एमसिसी सम्झौता गर्नु देशकै लागि घातक हुने बताए । बिगतमा विभिन्न देशले एमसिसी सम्झौता गर्दा ती देशले भोग्नु परेको समस्या र देशमाथि भएको घातबारे पनि उनले कार्यक्रममा प्रकाश पारे । सोही कारण पनि आफुहरु एमसिसीलाई नेपालमा लागू हुन कुनै पनि हालतमा नदिने पक्षमा रहेको पनि उनले सो कार्यक्रममा प्रकाश पारे । 


 


बाढी, पहिराको जोखिम भएको स्थानबाट सुरक्षित स्थानमा बसोबास गरौँ । 

बाढी, पहिरोको जोखिम बढ्ने भएकोले जथाभावी ढुंगागिट्टि, बालुवा उत्खनन गर्ने तथा बोट विरुवा काट्ने र खोलाको बहाव बढ्ने जस्ता कार्य नगरौँ । 

बाढी, पहिरोको जोखिम घटाउन समुदाय स्तरबाट समयमै रुख रौपौँ, वन जोगाऔँ । 

विपद्को घटना घटेमा उद्धार तथा राहतको लागि नजिकै रहेको सुरक्षा निकायमा सम्पर्क राखौँ । 

खानेपानीका मुहानहरु सदैव सफा राखौँ । 

जथाभावी फोहोर नफालौँ । 

शुद्धर सफा पानी पिउँ, स्वस्य जीवन जिउँ । 

चर्पीमा मात्र दिसापिसाव गरौँ । 

सफासँग हात धोएर खाना खाने गरौँ । 

झाडापखाला जस्ता रोग लागेमा नजिकै रहेको स्वास्थ्य केन्द्रमा सम्पर्क गरौँ । 

घरपालुवा चौपायाहरु छाडा नछाडौ तथा छाडा चौपायको नियन्त्रण गरौँ र दुर्धटनाबाट बचौँ । 

सवारी साधनहरु उचित स्थानमा मात्र पार्किङ गरी ट्राफिक व्यवस्थापनमा सहजीकरण गरौँ । 

विकास निर्माणको कार्यक्रममा जनसहभागिता जुटाऔँ र भएका विकास निर्माण कार्यको संरक्षण गरौ। 

जेष्ठ नागरीकहरुलाई उचित स्याहार सुसार सहित सम्मान गरौँ । 

व्यतिmगत घटना घटेको ३५ दिन भित्र अनिवार्य रुपमा नगरपालिकामा घटना दर्ता गराऔँ । 

समयमानै कर तिरी सभ्य नागरिकको परिचय दियौँ । 

यस नगरपालिकाबाट इजाजत लिएर मात्र घर निर्माण तथा प्लटिङ कार्य गरौँ । 

नगरपालिकाले तोकेको मापदण्ड बमोजिम भूकम्प प्रतिरोधि घर निर्माण गरौँ र सधैँका लागि ढुक्क होऔँ । 

राष्ट्रिय सम्पदा तथा धरोहरहरुको जर्गेना गरौँ । 

कुनै पनि व्यवसाय नगरपालिका र नियमनकारी निकायमा दर्ता गरे पश्चात मात्र सञ्चालन गरौँ । 

घरेलु तथा औद्योगिक फोहोरमैलाको समुचित व्यवस्थापन गरौँ ।

नगरपालिकालाई बुझाउनु पर्ने कर तथा शुल्क समयमै बुझाई नगर विकासमा सहभागी बनौँ । 

वारुणयन्त्र तथा सव यात्रा वाहान चाहिएमा ०२१–५४५६६६ वा ०२१–५४६६६६ मा सम्पर्क गरौँ।

नगरपालिकाको गतिविधि सम्बन्धमा दिनहुँ सुन्दरहरैँचा नगरपालिकाको ध्भदकष्तभ जततउस्ररधधध।कगलमबचजबचबष्अजबmगल।नयख।लउ मा हेर्ने बानि बसालौ ।



विराटनगर, १२ साउन । रातो तारा डट कम, प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २७० जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार ४३८ जनाको पीसीआर परीक्षण गर्दा ७११ र १ हजार ७४४ जनाको एन्टिजेन परीक्षणगर्दा ५५९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २२३, मोरङमा २१७, सुनसरीमा १८६, धनकुटामा ३१, पाँचथरमा २३, उदयपुरमा ८, इलाममा ६, ते¥हथुममा ३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको छ । झापाको विर्तामोडमा ५६, दमकमा ३१, मेचीनगरमा ३०, कनकाईमा २७, अर्जुनधारामा २२, भद्रपुरमा १६, शिवसताक्षीमा १५, बुद्धशान्तिमा ८, गौरादहमा ७, बा¥हदशीमा ४, कमल, झापा गाउँपालिका र स्थानीय तह नखुलेका २–२, हल्दिबारीमा १,  मोरङको विराटनगरमा ७२, बेलबारीमा ५८, पथरीशनिश्चरेमा ३२, सुन्दरहरैचामा १३, उर्लाबारीमा ११, बुढीगंगामा १०, रंगेलीमा ५, लेटाङमा ३, कटहरी, कानेपोखरीमा २–२, केराबारी, मिक्लाजुङ, सुनबर्षी, रतुवामाई र धनपालथानमा १–१ र स्थानीय तह नखुलेका ४, सुनसरीको धरानमा ११४, इटहरीमा ५८,  इनरुवामा ४, बराहक्षेत्रमा ३, रामधुनीमा २,  गढी र दुहवीमा १–१ र स्थानीय तह नखुलेका ३, धनकुटाको धनकुटा नगरपालिकामा १५, पाख्रिवास र शहिदभूमीमा ५–५, छथरमा ३, चौवीसेमा १ र स्थानीय तह नखुलेका २, पाँचथरको फिदिममा १८, फाल्गुनन्द, हिलिहाङ, याङवरक, कुम्मायक र मिक्लाजुङमा १–१,  उदयपुरको त्रियुगा, उदयपुरगढी र स्थानीय तह नखुलेका २–२, बेलका र चौदण्डीगढीमा १–१, इलामको इलाम नगरपालिकामा ३, चुलाचुलीमा २, फाकफोकथुममा १, ते¥हथुमको आठराईमा २ र स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २०२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ७८ महिला र १२४ पुरुष रहेका छन् । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 



 


(फायल फोटो) -- गाईघाट साउन १२ गते । रातो तारा डट कम,गत आर्थिक बर्षमा उदयपुरमा सवारी दुर्घटना बाट ३८ जनाको मृत्यु भएको छ । एक बर्षको अबधिमा भएको २ सय ३४ वटा साना, ठुला सवा्री दुर्घटनामा ३० पुरुष ,५ महिला र ३ बालक गरी ३८ जना को मृत्यु भएको जिल्ला टा«फिक प्रहरी कार्यालय गाईघाटले जनाएको  छ। अघिल्लो आर्थिक बर्ष २०७६÷०७७ मा सो अबधिमा सवारी दुर्घटना बाट ३१ जनाको मृत्यु भएको थियो । त्यसैगरी सवारी दुर्घटना बाट ७९ जना गम्भिर घाईते र ३०६ जना सामान्य घाईते भएका थिए । टा«फिक इन्चार्ज सई लिला कुमार श्रेष्ठले क्षमता भन्दा बढी यात्रु बोक्ने ,तिब्र गतीमा सवारी साधन चलेको र चालकले मादप पदार्थ सेवन गरेर सवारी साधन चलाएको कारण दुर्घटना भएको बताए । उनले बढी सवारी दुर्घटना मदन भण्डारी राजमार्गमा भएको बताए । सडकको मापदण्ड बिपरीत राजमार्गको धेरै ठाउमा सडक घुमारो भएको कारण चालकले थाहा नपाएर दुर्घटना भएको उनले बताए ।“ हरेक बर्ष सवारी दुर्घटना बढेको छ ।”उनलेभने । “सवारी साधनको बढदो चाप र टा«फिक नियम पुर्ण रुपमा पालना नगरेर सवारी चलाउदा दुर्घटना बाट मानबिय क्षती समेत बढेकोछ ।” उनले भने। टा«फिक प्रहरीले बर्षेनि चालक र सह ्चालक को लागी जनचेतनामुलक कार्यक्रम संचालन गरीदै आएपनि उनीहरुले सवारी नियम पुर्ण रुपमा पालना नगर्दा दुर्घटनाको जोखिम बढेको उनको भनाईछ । 



विराटनगर साउन १२ गते । रातो तारा डट कम, देशको आर्थिक एवं औद्योगिक विकासमा टेवा पुु¥याउदै आएको उद्योग संगठन मोरङले आर्थिक तथा औद्योगिक क्ष्ँेत्रको हितलाई ध्यानमा राखी यस क्ष्ँेत्रलाई चलायमान वनाउन संचालनमा ल्याउने  कार्यक्रमहरुमा सहकार्यका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्री, उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री र प्रदेश योजना आयोगका उपाध्यक्ष्ँका साथ मिति २०७८ श्रावण ११ गते छलफल गरेको छ । 


छलफलमा संगठना अध्यक्ष्ँ सुयश प्याकुरेलले संगठनले प्रारम्भ गरेको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम, सीप विकास कार्यक्रम, ईन्टरप्राईजिङ ईस्ट र शिप विकास ईकाईको स्थापना जस्ता कार्यक्रमले प्रदेशकै गरिमा अभिवृद्धि गर्दै यस क्षेत्रलाई लगानीमैत्री क्षेत्रका रुपमा विकास गर्ने भएकाले यस प्रकारका वहुआयामिक कार्यक्रमहरुमा प्रदेश सरकारलाई सहकार्य गर्न अनुरोध गरेका छन । सरकार, नीजि क्षेत्र बिच समन्वय गरि संचालन गरिने यस प्रकारको कार्यक्रमले प्रदेशको आर्थिक एवं औद्योगिक विकासका साथै उद्यमशिलता रुपान्तरण नया आयाम थपि दीगो इकोसिष्टम विकास गर्न सहयोग पु¥याउने अध्यक्ष प्याकुरेलले वताए । त्यसैगरी उद्योग संगठन मोरङ, मोरंङ व्यापार संघले संयूक्त रुपमा संचालन गरेको मेरो देश, मेरै उत्पादनका साथै संगठन, संघ, प्रदेश सरकार र विराटनगर महानगरपालिकाको संयूक्त परियोजनाका रुपमा रहेको अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माणको प्रकृयालाई तिव्रता दिन प्रदेश सरकार समक्ष अध्यक्ष प्याकुरेलले अनुरोध गर्नुभयो । 

कार्यक्रममा प्रदेश नं. १ का सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश कै समग्र आर्थिक विकासलाई दृष्टिकोण गरी संगठनबाट प्रस्तुत भएको अवधारणामा मन्त्रालय सहकार्य गर्न तयार भएको वताउनु भयो । मन्त्री राईले समाजका हरेक तप्काका युवाहरु वैदेशिक रोजगारीको लालायित भएकाले त्यस्ता युवाहरुलाई स्वदेश मै स्वरोजगारीको माध्यमबाट आर्थिक विकासमा संलग्न गराउने वातावरण तयार गर्नु सरकार र नीजि क्षेत्रको दायित्व भएकाले मन्त्रालय संगठनसंग सहकार्य गरेर अघि वढ्न प्रतिवद्ध रहेको वताउनु भयो ।  

उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझाले सरकारले तीन खम्वे अर्थतन्त्रलाई महत्व दिएको वताउदै संगठनबाट प्रस्तुत योजनाले प्रदेश कै पहिचानलाई स्थापित गर्न मद्त पुग्ने विश्वास व्यक्त गर्दै मन्त्रालयको तर्फबाट पूर्ण सहयोग गर्ने वताउदै उहाले संगठनका तर्फबाट प्रस्तुत कार्ययोजनाले नीजि क्षेत्र र प्रदेश सरकारको सहअस्तित्वलाई थप मजवुत वनाउने विश्वास व्यक्त गर्नु भयो । 

प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले समग्र उद्यमशिलताको ईको सिस्टम विकास गर्न संगठनबाट प्रस्तुत रणनीतिक योजनाले महत्वपूर्ण भूमिका निर्वाह विश्वास व्यक्त गर्दै वर्तमान युग स्र्टाटअपको युग भएकाले स्र्टाटअपको क्षेत्रमा युवा जनशक्तिलाई परिलक्षित गर्नुपर्ने धारणा राख्नु भयो । उहाले परम्परागत ढंगको सोच र अवधारणाबाट द्रुत आर्थिक विकासको लक्ष्य प्राप्त हुन नसक्ने भएकाले सोचमा परिवर्तन दिगो आर्थिक विकासको लक्ष्य सहित कामगर्नु पर्ने सुझाव दिनु भयो । 

त्यसैगरी उद्योग संगनठ मोरङले नविनतम व्यवसायीक योजनालाई उद्यमशिलता रुपान्तरणमा सहयोग पु¥याउने उद्देश्यका साथ सामाजिक उत्तर दायित्व वहन गर्दै प्रारम्भ गरेको स्टार्टअप कार्यक्रममा प्रदेश नं. १ का पालिकाको युवाहरुको वढी भन्दा वढी सहभागिता सुनिश्चित गराउन १५ भन्दा वढी पालिकाहरुको उपप्रमुख र प्रशासकीय अधिकृतहरुका साथ भर्चुअल वैठक सम्पन्न गरेको छ । 

कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले सृजनात्मक सोच भएका युवाहरुलाई उद्यमशिलता विकास तथा व्यवसायीक रुपान्तरणका लागि सहजीकरण गर्दै वित्तिय पहुँच स्थापनाका साथै अन्य सेवाहरु उपलब्धताका लागी उद्योग संगठन मोरङले यस कार्यक्रम मार्फत सहजिकरण गर्ने वताउनु भयो । व्यवसायीक सीप र दक्षता भएरपनि मेन्टरशिपको अभावमा वैदेशिक रोजगारीमा जान वाध्य युवाहरुका लागि समेत यो कार्यक्रम अत्यन्त उपयोगी भएको वताउदै अध्यक्ष प्याकुरेलले युवाहरुलाई  उद्यमशिलता तर्फ अभिप्रेरित गर्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भएकाले संगठनले आव्हान गरेको सूचनालाई जनस्तरसम्म पु¥याई कार्यक्रममा सहभागि हुन प्रेरित गर्न अनुरोध गर्नुभयो । 

स्र्टाटअप कार्यक्रममा संयोजक सुरेन्द्र गोल्छा, संगठनका स्थानीय, प्रदेश, संघिय सरकार समन्वय समितिका संयोजक तारानाथ निरौलाले स्थानिय पालिकाका प्रतिनिधिहरुलाई पालिकाहरुमा रहेको रोजगार सूचना केन्द्रमा दर्ता भएका रोजगारका खोजीमा रहेका उद्यमशिलता गर्न चाहने युवाहरुलाई स्र्टाटअप कार्यक्रममा आवद्ध हुनका साथै रोजगारीको खोजीमा रहेका व्यक्तीहरुलाई शिप विकास एकाई मार्फत सेवा लिन सहजीकरण गर्न अनुरोध गर्नु भयो । उहाहरुले आर्थिक आय आर्जनका माध्यमबाट जनताको जिवनस्तर उकास्नु स्थानीय पालिकाहरुको प्राथमिकता भएकाले आर्थिक कृयाकलापमा सघाउ पु¥याउने कार्यक्रमहरुमा स्वतफूर्त सहभागिता जनाउन आग्रह गर्नुभयो । 

कार्यक्रममा सहभागि स्थानीय सरकारका उपप्रमुखहरुले दैनिकजसो संयौको संख्यामा रोजगारीको खोजीमा विदेशिने युवाहरुलाई स्वदेशमा नै नया अवसरको विकास गर्न यस कार्यक्रमले मद्त पु¥याउने वताउदै स्थानीय पालिकाहरुको तर्फबाट यस कार्यक्रममा अधिकतम युवाहरुको सहभागिताको  सूनिश्चित गर्न पूर्णरुपमा सहयोग रहने वताए ।  

कार्यक्रममा संगठनका महानिर्देशक चुडामणि भट्टराईले संगठनले प्रारम्भ गरेको स्र्टाटअप कार्यक्रमको अवधारणा, यसका लक्ष्ँित वर्ग, कार्यक्रमको अवधि लगायतका विषयमा प्रस्तुती गरेका थिए । 



काठमाण्डौ साउन १२ गते । रातो तारा डट कम,भारतको असाम र मिजोरमको सीमा क्षेत्रमा भएको झडपमा ६ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । असमका मुख्यमन्त्री हिमन्त बिस्व सरमाका अनुसार असाम र मिजोरमको सीमा क्षेत्रमा सर्वसाधारण र प्रहरीबीच भएको झडपमा ६ जना प्रहरीको मृत्यु भएको छ । असाम र मिजोरममा लामो समयदेखि सीमा विवाद रहेको र सो विवाद समाधानका लागि दुबै राज्यका मुख्यमन्त्रीबीच वार्ता हुँदै आएपनि समस्या समाधान हुन नसकेको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् ।


काठमाण्डौ साउन १२ गते । रातो तारा डट कम, जापानमा जारी टोकियो ओलम्पिकमा आज नेपालका एक खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । ओलम्पिक अन्तर्गत आज नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाह (एलेक्स) ले प्रतिस्पर्धा गर्ने हुनु भएको छ । एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्नुहुनेछ । उहाँको खेल नेपाली समय अनुसार दिउँसो ३ ः ४५ मा सुरु हुनेछ । टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा एलेक्स हिट १ मा रहनुभएको छ । ७ खेलाडी रहेको यस हिटमा एलेक्स छैटौं लेनमा रहनुहुनेछ । एलेक्स रहेको हिट १ मा प्यालेस्टाइन, भुटान, माल्दिभ्स, कोसोभो, गुएना र सोलोमोन आइसल्याण्डका खेलाडी रहेका छन् । टोकियो ओलम्पिकमा पौडीबाट नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । एलेक्ससँगै गौरिका सिंहले पनि प्रतिस्पर्धा गर्नु हुनेछ । गौरिकाको प्रतिस्पर्धा भने भोलि रहेको छ । गौरिकाले महिला १ सय मिटर फ्रीस्टाइलमै प्रतिस्पर्धा गर्नुहुनेछ । टोकियो ओलम्पिक खेलकुदमा सहभागिता जनाएका नेपालका सुटिङ र जुडो टोली आज नेपाल आईपुग्ने भएका छन् । नेपाल ओलम्पिक कमिटीले सुटिङ र जुडोका ७ सदस्सीय नेपाली टोली आज नेपाल आईपुग्ने जनाएको छ ।







काठमाण्डौ साउन १२ गते । रातो तारा डट कम, नोबेल कोरोना भाइरसको महामारीको तेस्रो लहरको चेतावनी दिँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशलाई कम्तिमा एक हजार अक्सिजन सिलिन्डर तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । मन्त्रालयले सातै प्रदेशको आपूर्ति केन्द्रलाई कम्तिमा पनि एक हजार वटा अक्सिजन सिलिण्डर भरेर राख्न भनेको हो । कोरोना सङ्क्रमण दर पछिल्लो केही दिनदेखि तीब्र रुपमा बढ्न थालेको हुँदा तेस्रो लहर आउन सक्ने जोखिम रहेकाले सम्भावित चुनौतीको सामना गर्नका लागि तयारी अवस्थामा रहन मन्त्रालयले अनुरोध गरेको छ । बितेको २४ घण्टामा मात्रै देशभर थप ३ हजार ४ सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने २५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 



विराटनगर, ११ साउन । रातो तारा डट कम, प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ११६ जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार १२६ जनाको पीसीआर परीक्षणमा ५४२ र १ हजार ८२१ जनाको एन्टिजेन परीक्षणमा ५७४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २४९, मोरङमा १४४, सुनसरीमा १०४, धनकुटामा १९, इलाममा ७, उदयपुरमा ४, पाँचथर, ताप्लेजुङमा ३, संखुवासभा र ते¥हथुममा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ ।

झापाको विर्तामोडमा ५६, दमकमा ५३, भद्रपुरमा ३८, कनकाईमा २५, शिवसताक्षी र अर्जुनधारामा १७–१७, बुद्धशान्ति, कमल गाउँपालिका र स्थानीय तह नखुलेका ७–७, मेचीनगरमा १५, हल्दिबारीमा ३, बा¥हदशीमा २, गौरीगञ्ज र गौरादहमा १–१, मोरङको विराटनगरमा ७३, बेलबारीमा २४, उर्लाबारीमा १०, पथरीशनिश्चरेमा ९, सुन्दरहरैचामा ६, लेटाङमा ५, कानेपोखरीमा ४, जदहामा २, ग्रामथान, कटहरी, केराबारी, रंगेली, धनपालथान, रतुवामाई, मिक्लाजुङ र सुनबर्षीमा १–१ र स्थानीय तह नखुलेका ३, सुनसरीको धरानमा ५५, इटहरीमा ३४, हरिनगर, रामधुनी र इनरुवामा २–२, दुहवी र कोशी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ७, धनकुटाको धनकुटा नगरपालिकामा १५, महालक्ष्मी र साँघुरीगढीमा १–१, स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिकामा ५, सुर्योदय र माईमा १–१, उदयपुरको त्रियुगामा २, बेलका र कटारीमा १–१, पाँचथरको फिदिममा २, ताप्लेजुङको फालेलुङ, याङवरक र स्थानीय तह नखुलेका १–१ , संखुवासभाको धर्मदेवी र खाँदबारीमा १–१, ते¥हथुमको आठराई त्रिवेणी र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिकामा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २९१ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १२१ म्हिला र १७० पुरुष रहेका छन् । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । मृृत्यु हुनेमा ६ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 




 


बिराटनगर साउन ११ गते । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं. ८ अशोक चोक बस्ने बर्ष ३५ को चन्दन कुमार मुखियाले ऐऐ बस्ने बर्ष ३१ को राज कुमार रायलाई पैसा डबल बनाई दिन्छु भनि रू। २,२०,०००। (दुई लाख बिस हजार) लिएको र पैसा लिए पश्चात १ बाल्टिन चोखो पानी ल्याउनु भन्दै २ वटा गोल्डेन कलरको कागज झिकी पोको बनाई २ वटा केमिकल र सिरिन्ज समेत दिएको र २४ घण्टामा यो पोकोमा केमिकल सिरिन्जबाट हान्नु पैसा डवल हुन्छ भनि ठगी नगद रू। २,२०,०००। (दुई लाख बिस हजार) लिई फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज मिति २०७८।०४।११ गते अन्दाजी १३.३० बजे नियन्त्रणमा लिई ठगीकसूरमा थप अनुसन्धान कार्य भई रहेकोछ । 


MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.