Websoft University

एमसिसी बिरुद्ध माईतिघरमा उर्लिए बीर गोर्खाली


 काठमाडौं, १३ साउन । रातो तारा डट कम,यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाकै पालामा नेपालमा पारित गराउनको लागि प्रस्तुत भएको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौतालाई रोक्न काठमाडौंमा बृहत जुलुस गरिएको छ ।

राजाबादीहरुको संस्था ‘बीर गोर्खाली’ले काठमाडौंको माईतिघर मण्डलामा आज मँगलबार दिउँसो १ बजेबाट ३ बजेसम्म दुई घन्टा एमसिसी बिरुद्ध विरोध तथा धर्ना कार्यक्रम आयोजना ग¥यो ।

बीर गोर्खालीका अध्यक्ष बसन्त बिक्रम पाण्डेको नेतृत्वमा आयोजना गरिएको सो धर्ना कार्यक्रममा सहभागीहरुले एमसिसी बिरुद्धको प्लेकार्ड, व्यानर प्रस्तुत गर्दै जुलुस नारा लगाएका थिए ।

एमसिसी देशका लागि साह्रै नै घातक भएको दाबी गर्दे यसलाई नेपालमा पारित नगराउन उनीहरुले सो कार्यक्रममा दवाव दिएका थिए । ‘देश डुब्न लागिसक्यो, राजा हामीलाई चाहिसक्यो’ सहित एमसिसी बिरुद्ध विभिन्न नाराहरु उनीहरुले सो क्रममा लगाएका थिए ।

विरोध सभामा बीर गोर्खालीका करिब एक हजार सदस्यहरु सहभागी भएका थिए । सो धर्ना कार्यक्रमसँगै बीर गोर्खालीले मँगलबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालमा एमसिसी सम्झौता नगर्न माग सहितको ज्ञापनपत्र बुझाएको छ । बीर गोर्खालीका अध्यक्ष बसन्त विक्रम पाण्डेको सँयोजकत्वमा सो सँगठनका तर्फबाट ज्ञापनपत्र बुझाईएको हो ।

धर्ना सभालाई समापन गर्दै अध्यक्ष पाण्डेले नेपाल जस्तो गरिब मुलुकमा एमसिसी सम्झौता गर्नु देशकै लागि घातक हुने बताए । बिगतमा विभिन्न देशले एमसिसी सम्झौता गर्दा ती देशले भोग्नु परेको समस्या र देशमाथि भएको घातबारे पनि उनले कार्यक्रममा प्रकाश पारे । सोही कारण पनि आफुहरु एमसिसीलाई नेपालमा लागू हुन कुनै पनि हालतमा नदिने पक्षमा रहेको पनि उनले सो कार्यक्रममा प्रकाश पारे । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.