Websoft University
July 2020


फायल फोटो,
विराटनगर  साउन १६  गते । रातो तारा डट कम,महानगरपालिका १७ मटेरूवा पोष्ट अगाडी बोर्डरमा अप्रचौ मटेरूवा बाट खटिएको प्रहरी टोलीले विराटनगर १७ बस्ने बर्ष २० को अमान उल्लाह मियाले BR34N7211 नम्बरको मोटरसाईकलमा लोड गरी भारतबाट नेपालतर्फ ल्याउदै गरेको १०० केजी चिनी र  निज मियालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने पहल भई रहेको । त्यस्तै ऐ १६ गते अन्दाजी १५:३० बजे ईप्रका रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर १६ मिल्स मावि स्थितमा भारतबाट भन्सार छली गरी ल्याउदै गरेको ३५ केजी अन्दाजी मुल्य रू २४ सय ५० बराबरको चिनी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने पहल भई रहेको । 


काठमाण्डौ साउन १६ गते । रातो तारा डट कम,पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय २४ जनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७ सय ८६ नमुना परीक्षण गर्दा २ सय २४ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

यो नेपालमा २४ घण्टामा गरिएको अहिलेसम्मकै सबैभन्दा धेरै परीक्षण हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ४१ जना सङ्क्रमित थपिएका छन् । यस्तै काठमाडौंका ३२, बझाङका २५, कञ्चनपुरका १८, दार्चुलाका १६, कैलाली र मोरङका १५ ÷ १५ जना, झापाका १३ र बैतडीका १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ४ जनाको मृत्यु भएको छ । मृतक सबै वीरगञ्जका हुन् । उनीहरुमध्ये तीन जनाको वीरगञ्जमा र एक जनाको पाटन अस्पतालमा मृत्यु भएको हो । यससँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

नेपालमा सङ्क्रमितको कुल संख्या भने १९ हजार ७७१ पुगेको छ । उनीहरुमध्ये १४ हजार ३९९ निको भइसकेका छन् भने ५ हजार ३१६ जना आइसोलेसनमा छन् ।  

शिव भट्टराई, मोरङ साउन १६ गते । रातो तारा डट कम,नेपालमा सधैं अभाव हुने सर्पदशंको औषधि (एन्टी स्नेक भेनम) को उत्पादनका लागि तयारी थालिएको हो । सुनसरी बराहक्षेत्र वडा नं. ७ मा उद्योग स्थापनाको काम सुरु गरेसँगै तयारी थालिएको हो । उद्योगबाट अब दुई वर्षभित्रमा सर्पले डसेका बिरामीका लागि आवश्यक पर्ने औषधि उत्पादन गर्ने लक्ष्य राखेर काम थालिएको हो ।एन्टी स्नेक भेनम सेरम रिसर्च एन्ड म्यानुफयाक्चरिङ प्रालि स्थापना गरेर काम थालिएको हो । यसका लागि भौतिक पूर्वाधारको काम कोरोना भाइरसको महामारी सुरु हुनुअघि नै थालिएपनि महामारीले गर्दा अहिले रोकिएको छ । सर्पदशंको औषधि उत्पादनका लागि भौतिक पूर्वाधारसँगै घोडा र सर्प पाल्नु पर्ने हुन्छ ।दुई वर्षपछि वार्षिक १५ लाख भायल एन्टि भेनम उत्पादन गर्ने लक्ष्य राखिएको छ । यसको लागि पाँच सय हाराहारी सर्प र घोडा दुवै आवश्यक छ । उद्योगको सुरुवात कामसँगै अहिले यहाँ सर्प संकलन र घोडा पाल्न थालिएको छ । भायल एन्टि भेनम उत्पादन गरेपछि नेपालसँगै एशिया र अफ्रिका देशमा समेत निर्यात गर्ने लक्ष्य राखिएको प्रालिका अध्यक्ष लक्ष्मी फूयँलले बताए ।  

यहाँ सुरुवातमा सर्प पालिने र त्यसपछि औषधि उत्पादन गर्न थालिनेछ । उद्योगका स्थापनासँगै उत्पादन गरेर बजार पुर्‍याउँदासम्म ८८ करोड ६३ लाख रुपैयाँ लाग्नेछ । नेपालले अहिले भारतबाट वार्षिक ३० हजार भायल एन्टी भेनम खरीद गरेर ल्याउने गरेको छ ।

बिषालु सर्पले डसेको एक जना बिरामीलाई औसतमा १५ देखि २० भायल एन्टी भेनम चाहिन्छ । नेपालका सवै क्षेत्रका लागि आवश्यकता अनुसार वार्षिक दस लाखसम्म भायल एन्टी भेनम आवश्यक पर्ने प्रालि अध्यक्ष फूयँलको दावी छ । ‘भारतले पनि अहिले नेपाललाई पर्याप्त भायल एन्टी भेनम दिदैन,’ उनले भने, ‘अब हामीले जब उत्पादन सुरु गछौं अनि गाउँपालिका र नगरपालिकास्तरसम्म सर्पदंशउपचार केन्द्र खोल्न सचेतनामूलक कार्यक्रम लिएर हिड्नेछौ ।’

सर्पले टोकेका बिरामी बचाउन ‘एन्टी स्नेक भेनम’ औषधि बनाउन सर्पको बिष घोडामा सारेपछि बनाउन सकिन्छ । जसका लागि सर्प र घोडा पाल्नसँगै आवश्यक भौतिक पूर्वाधार निर्माण गर्नका लागि आठ विघा जग्गा प्रयोगमा ल्याइनेछ । प्रालिका अध्यक्ष फूयँलले कानुनी र अन्य बाधाले गर्दा ढिलाई हुन गएको बताए ।

शिव भट्टराई, मोरङ साउन १६ गते । रातो तारा डट कम,प्रदेश नं १ मोरङको सुन्दर हरैंचा नगरपालिका वार्ड नं ३ गछिया स्थित गछिया बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। शुक्रबार सुन्दरहरैंचा वार्ड नं ३ मा रहेको जुपिटर इङ्लिस बोर्डिङ स्कुलको प्राङ्गणमा सम्पन्न भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङका अध्यक्ष सोमनाथ निरौलाको प्रमुख आतिथ्यता रहेको थियो भने सोही संस्थाका अध्यक्ष अर्जुराज अधिकारीको सभापतित्व रहेको थियो।

उक्त कार्यक्रममा प्रमुख अतिथि निरौलाले नीतिनियममा आधारित रहेर सहकारी ऐन अनुसार चाँडो भन्दा चाँडो सहकारी एकीकरण गरेर सहकार्य गरेकोमा संस्थालाई धन्यवाद दिँदै उत्तर उत्तर प्रगतिको शुभकामना दिएका थिए भने कार्यक्रममा सोही संस्थाका उपाध्यक्ष नागेश पोखरेलले स्वागत मन्तव्य त्यस्तै सहकारी अभियन्ता कृष्ण प्रसाद दाहाल ,हेमन्त कार्की र हरी प्रसाद घिमिरेले शुभकामना मन्तव्य दिएका थिए।

हाल सम्म २० करोड कुल सम्पत्ति साथै ३२ लाख कुल नाफा गर्न सफल भएको यस संस्थाले जम्मा १८८८ जना सेयर सदस्य बनाउन सफल भएको छ ।साधारण सभामा प्रतिवेदन संस्थाका सचिव साथै कार्यक्रम संचालक कृष्ण प्रसाद भुर्तेल, आर्थिक प्रतिवेदन लक्ष्मी प्रसाद गौतम, लेखा परीक्षण प्रतिवेदन लुबाराज आचार्यले प्रस्तुतगरेका थिए।


विराटनगर, १६ साउन । रातो ताराछडट कम, कोरोना भाईरस संक्रमणको अवस्था विश्लेषण गरि रोकथाम तथा
नियन्त्रणका लागि स्थानीय तहले आवस्यक कदम चाल्न सक्ने भएका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षमा आज सामाजिक विकास मन्त्रालयमा बसेको बैठकले परिस्थितिको विश्लेषण गरि कोरोनाको रोकथाम तथा नियन्त्रण गर्न संवन्धित स्थानीय तहहरुले आवस्यक कदम चाल्न सक्ने निर्णय गरेको छ । 

बैठकले कोरोना भाईरस संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरि उनीहरुको पीसीआर परीक्षण गराउने र सामाजिक विकास मन्त्रालयले पीसीआरको संख्या र दायरा बढाउने निर्णय गरिएको छ । बैठकले नेपाल सरकारले जारी गरेको कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सर्वसाधारण नागरिक, कर्मचारी तथा कामदार कार्यालय, उद्योग धन्दा व्यापार व्यवसायले सार्वजनिक स्थल, सार्वजनिक यातायात तथा कार्यास्थलमा पालना गर्न अनिवार्य पर्ने स्वास्थ्य र सुरक्षा  संवन्धि मापदण्डलाई एकिकृत गरि सामाजिक विकास मन्त्रालयले स्वास्थ्य संवन्धि मापदण्ड जारी गर्ने निर्णय गरेको छ ।

मापदण्डको प्रभावकारी कार्यान्वयन गर्न प्रशासनले सबैलाई सुरक्षा निकाय, राजनीतिक दल, सामाजिक संघ संस्था, सञ्चारकर्मीलाई आग्रह गर्ने र मापदण्ड पालना नगर्ने व्यक्ति तथा निकायलाई कानुुन बमोजिम कारवाही गरिने बैठकको निर्णय छ । कोशी कोभिड अस्पतालको हालको शैया विस्तार गरिने र आईसोलेसन केन्द्रहरुको विस्तार गर्ने निर्णय गरिएको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुुर कार्कीले जानकारी दिनु भयो ।

बैठकमा विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुली, मोरङका प्रहरी प्रशासन आन्तरिक मामिला तथा कानुुुन मनत मन्त्रालयका निमित्त सचिव  मोरङ प्रहरी प्रमुुख एसपी सन्तोष खड्का लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।


गाईघाट १६ साउन। रातो तारा डट कम,सिद्धिचरण राजमार्ग अन्र्तगतको मिर्चैया कटारी सडक खण्डमा बिहिबार राती गएको पहिरोको कारण सडक अबरुद्ध बनेको छ । भारी वर्षा संगै सो सडक खण्डको चुरे सडक खण्डमा ठुलो पहिरो गएपछि राती देखी नै यातयात सेवा ठप्प भएको छ । उक्त सडक खण्डको ठाउ ,ठाउमा अm १५ ,२० मिटर लामो पहिरो गएर सडक मा थुप्रियर सवारी आवगमनमा समस्या आएको कटारी नगरपालीका मेयर काजी श्रेष्ठ ले बताए । उनले सडक डिभिजन लहान बाट आएको एक्साभेटरले अहिले सडक को पहिरो पन्छयाउने काम भैरहेको बताए । पानी परिरहेकोले काम गर्ने समस्या भएकोले भोली सम्म सडक को पहिरो हटाई सक्ने सडक डिभिजन का ईन्जीनीयर नारायण थापा ले बताए । पहिरोको कारण सडक अबरुद्ध हुदा उक्त सडक खण्डको दुई तर्फ सवारी साधनको ठुलो लाम लागेको छ ।


विराटनगर, १६ साउन । रातो तारा डट कम, प्रदेश १ मा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १३, मोरंगमा १२, इलाममा ५ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताउनुभयो ।

झापाको मेचीनगरमा ११ पुरुष २ महिला, विराटनगरमा ६ पुरुष ५ महिला, सुनबर्षीमा १ महिला, इलामको इलाम नगरपालिकामा ५ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता डा. मेहताले बताउनुभयो । प्रदेश १ मा कोरोना सक्रमितको संख्या १ हजार २४ पुगेको छ ।

प्रदेश १ मा आज  ६ सय ५९ जनाको पीसीआर परीक्षण गरिएको छ । आज  परीक्षण गरिएका मध्ये ८ महिला र २३ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।



गाईघाट  १६ साउन। रातो तारा डट कम,उदयपुरमा पहिलो पटक एक सरकारी कार्यालयमा कोरोना संक्रमण देखीएको छ ।जिल्ला मालपोत कार्यालयमा कार्यरत एक पुरुष कर्मचारीमा शुक्रबार कोरोना संक्रमण देखीएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका  प्रमुख मोहन सुबेदी ले बताए । केहि दिन अघि मालपोत कै चार जना कर्मचारीको कोरोना परिक्षण गरीएकोमा ३४ वर्षिय ति कर्मचारीको मात्र पोजेटीभ देखीएको हो । 

उनलाई सेवागा्रही बाट वा अन्य कुनै हिसाब ले कोरोना सरेको भन्ने बारे केहि खुलेको छैन । स्रक्रमीत कर्मचारी को बारेमा सोधपुछ तथा अनुसन्धान साथै कन्ट्रयाक्ट टे«सिङ पछि मात्र थाहा हुने प्रमुख सुवेदी ले बताए । उदयपुरमा यो संगै कोरोना संक्रमीत को संख्या ८५ पुगेको छ ।  ति कर्मचारीमा कोरोना पुष्टी भए लगतै मालपोत कार्यलयमा शुक्रबार सबै काम ठप्प भएको छ । 

कार्यालय आएका सबै सेवाग्राही लाई कार्यालय परीसर बाट बाहिर निकाली कार्यालय बन्द गरीएको छ । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले मालपोत कार्यालय लाई सिल गर्ने तयारी भैरहेको बताए ।“ जिल्ला कोरोना सम्वन्धी  सुरक्षा समिती (कमाण्ड पोष्ट) को बैठक पछि सिल गर्ने निर्णय हुन्छ”। उनले भने। प्रजिअ पाण्डेले जिल्ला स्थीत अन्य सरकारी कार्यलयमा थप सतर्कता अपनाउनु निर्देशन दिएको बताए । स्थानीय प्रशासन ले बिहिबार देखी बजार अनुगमन गरेर मास्क नलगाउने लाई कडा कार्यबाही गर्ने जनाएको थियो ।



विराटनगर साउन १६ गते । रातो तारा डट कम, विराटनगरमा भोलिदेखि बन्दाबन्दी (लकडाउन) गरिने भएको छ। कोरोना भाइरसका संक्रमितको संख्या बढ्दो क्रममा रहेकाले १४ दिनका लागि लकडाउन गर्ने निर्णय भएको हो।

शुक्रबार जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले लकडाउन गर्ने निर्णय गरेको मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुव खड्काले बताए।

विराटनगरमा संक्रमितको संख्या बढ्दै गएपछि लकडाउनको माग जनस्तरबाटै उठ्दै आएको थियो ।


श्याम राई, गाईघाट १६ साउन । रातो तारा डट कम,कार्यलय प्रमुखले आफुखुसी किनेको सामानको स्टोर दाखिला गर्न नमान्दा यमतायात व्यवस्था कार्यलय उदयपुरको स्टोरकिपरको कार्यलय प्रमुखकै दवावमा  सरुवा भएको छ । ति स्टोर किपरको कार्यालय प्रमुख शुभाष कार्किको सरुवा भएको हो । प्रमुख कार्किर सहायक लेखपाल प्रियादर्शनिया थापा को मिलीमतोमा गत फागुनमा ५ लाख मुल्यमा  कार्यलयको लागी जेनेरेटर खरीद गरीएको थियो । 

कार्यालयका स्टोरकिपर लेखराज कटुवाल ले आफुलाई खरीद बारे कुनै जानकारी नभएको भन्दै उक्त सामान स्टोर दालीखा गर्न अस्वीकार गरेका थिए । कटुवालको त्यही अडानको कारण प्रमुख कार्किले उनको सरुवा गरेका हुन । जेनेरेटर खरीद गरिएको पाच महिना पछि मात्र कार्यालय प्रमुख कार्किले एक्कासी सामान दाखिला गर्न भनेको तर आफुले बिना प्रकृया सामान दाखिला गर्न नमाने पछि आफनो सरुवा गरिएको कटुवाल ले भने ।

 (सामानको भुक्तानी  भैसकेपछी मलाई सामान दाखीला गर्न भनियो मैले सवै कागजपत्र नहेरी दाखीला नगर्ने अडान लिए पछि मेरो सरुवा गरीयो । ) उनले भने । “चैत ६ गते नै सामानको भुक्तनी भैसकेपछी असारको अन्तीम आएर मलाई खरीद डकुमेन्ट बनाउन भनीयो । ” उनले भने । तर मैले प्रमुखको दबाब मानीन त्यसैको फलस्वरुप मेरो सरुवा गरीयो  । उनले भने । 



काठमाण्डौ साउन १६ गते । रातो तारा डट कम,शरीरभित्र पिउरिन भन्ने प्रोटिन टुक्रिएर युरिक एसिड उत्पादन हुन्छ । सामान्यतः ३ देखि ७ मिलिग्राम/डेसिलिटरसम्मको युरिक एसिड नर्मल मानिन्छ । जब युरिक एसिडको मात्रा ७ भन्दा बढी हुन्छ, त्यसलाई युरिक एसिड बढेको भनिन्छ । यसरी युरिक एसिड बढेपछि सामान्यतः खुट्टाको बुढीऔँलाको छेउमा अचानक दुख्ने तथा सुन्निने समस्या हुन्छ । राति सुत्ने वेलामा सामान्य अवस्थामा रहेको मानिसको पनि बिहान उठ्दा नाटकीय रूपमा दुख्ने र सुन्निने भई खुट्टा टेक्न गाह्रो हुन्छ । जुनसुकै उमेर समूहका मानिसलाई पनि यस्तो समस्या हुन सक्छ । युरिक एसिडका बिरामीले खानामा विशेष ख्याल पु¥याउनुपर्छ ।



काठमाण्डौ साउन १६ गते । रातो तारा डट कम-जातको आधारमा हुने विभेद माथि बहस गर्ने कार्यक्रम 'जातको प्रश्न' कान्तिपुर टेलिभिजनबाट प्रशारणमा आउने भएकोछ । महानायक राजेश हमालले प्रस्तुत गर्ने 'जातको प्रश्न' १२ एपिसोडको हुने राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 'समता फाउण्डेसन'ले सुरु गर्न लागेको 'टक सो' मा हमालले विभिन्न क्षेत्रका मानिसलाई प्रश्न गर्नेछन् । साउन १७ गतेदेखि कान्तिपुर टेलिभिजनबाट प्रत्येक शनिबार साँझ ६:३० बजे कार्यक्रम आउनेछ । ६ वटा एपिसोडपछि विभेद सहेकासँग भेटेर नै कार्यक्रम सञ्चालन गरिने कार्यक्रमकी निर्देशक शान्ता नेपालीले बताइन् ।

पहिलोपटक यस्तो कार्यक्रममार्फत् प्रश्न गर्ने जिम्मेवारी पाएको भन्दै हमालले आफूलाई जातको आधारमा गरिने भेदभावमा चित्त नबुझ्ने गरेको बताए । 'हाम्रो सँस्कृतिमा, रहनसहन, समाज, परम्परामा विभिन्न किसिमले गासिँदै आएका विभिन्न किसिमका प्रथा, कुप्रथाहरु मध्य सबैभन्दा चित्त नबुझेको चाहिँ जातको आधारमा एउटा मानिसले अर्को मानिसप्रति गर्ने भेदभाव, भेदभावमात्रै नभएर क्रुर अमानवीय व्यवहार हो,' उनले भने, 'यो अमानवीय व्यवहार हामी संसारभर नै देख्छौं । त्यसैले एकदमै जादुको छडी चलाएर छुमन्तर गरेर जरादेखि नै उखेल्न सकिन्छ भन्ने प्रश्नचिन्ह पनि छ, अन्यौलता पनि छ । तर, त्यो हुँदाहुँदा पनि यो मुद्दामा बहस गरिरहने, दर्शकमा भेदभाव, अन्यायका कुरा उजागर गर्ने कार्य हुनैपर्छ । यो कार्यक्रमको मुख्य उद्देश्य हो ।'


'समता फाउण्डेसन'का कार्यकारी अध्यक्ष प्रदीप परियारले जातको आधारमा भर्खरै रुकुममा ६ जना युवाको ज्यान लिनेगरी भएको जातीय विभेदको घटनाले यस विषयमाथि थप बहस आवश्यक लागेपछि आफूहरुले 'जातको प्रश्न'सुरु गरेको बताए । 'नेपालमा जातको आधारमा हुने विभेद छ भनेर हामी सबैलाई थाहा छ । तर, थाहा हुँदाहुँदै पनि यो विषयमा आवाज उठाउनुपर्छ भन्ने कुरा कमै मानिसले सोच्छन् । परिवर्तनका लागि केही गर्नुपर्छ भनेर यो कार्यक्रम सुरु भएको हो,' परियारले पत्रकार सम्मेलनमा भने, 'रुकुमको घटमा जुन बर्बरता भयो, जातको जाँतोले मानिसहरु मरिरहेका छन् भनेर स्पष्ट देखायो । त्यसपछाडि यसमा थप बहस र प्रश्नहरु उठाउनुपर्छ भन्ने हाम्रो टिमलाई लाग्यो ।' त्यसैगरी विभिन्न ठाउमा भएका जातीय हिँसालाइ न्यूनीकरण गर्न पनि यस प्रकारका जनचेतना मुलक कार्यक्रम आबश्यक रहेको उक्त पत्रकार सम्मेलनमा जानकारी गराईयो।  

यो विषयमाथि हरेक परिवारमा बहस अनि छलफल होस् भन्ने उदेश्यले कार्यक्रम सिर्जना गरेको उनी बताउँछन् । 'धेरैलाई के लाग्छ भने यो दलितहरुको समस्या हो । उनीहरुले भोग्दै आएका छन् तर यो हामी सबैको समस्या हो । अझ यो गैरदलितको समस्या हो । किनभने यो उनीहरुले गरिरहेका छन् । त्यसैले यो बहस एक तहमा पुर्याउउनुपर्छ, जातको आधारमा हुने विभेद अन्त्य गर्नका लागि हामीले केही गर्नुपर्छ भनेर कार्यक्रम सुरुवात गर्यौ,' उनले भने । नयाँ र पुराना पुस्तासम्म यो कार्यक्रम पुर्याउने राजेश हमाल उपयुक्त लागेका कारण उनलाई प्रस्तोतामा लिएको उनले बताए ।

कान्तिपुर टेलिभिजनका स्टेसन म्यानेजर दिनेश डिसीले परिवारमा देखेको विभेद अबको पुस्तामा न्युनीकरण होस् भन्न यो पहलमा साथ दिएको बताए । '२०५३ सालम मेरो बुबाले मेरी शेर्पा आमासँग बिहे गर्नु भएको थियो । मेरो आमा शेर्पा भएको कारणले क्षेत्रीको चुलोमा गएर काम गर्न पाउनु भएन । वर्षौं पश्चात जातभात केही हुँदैन रहेछ भनेर हजुरआमाले आमालाई भान्सामा जान दिनु भयो । त्यसैगरी जातीय बिबेदमा अहिले सम्म भएका आन्दोलन कानुनमा मात्र सिमित रहेको हुँदा पनि यस्तो कार्यक्रम आबश्यक रहेको उनले बताए।  समाजमा देखेका र भोगेका कुराहरु अबको पुस्ताले भोग्नु नपरोस्, न्युनीकरण हुँदै जाओस् भन्ने उदेश्यका लागि कान्तिपुर टेलिभिजनले यो पहल गरेको डिसीले बताए।'


काठमाण्डौ साउन १६ गते । रातो तारा डट कम,गैरआवासीय नेपाली संघले आफ्नो स्थापना कालदेखि नै  विदेशमा रहेका नेपालीहरुले आर्जन गरेको ज्ञान सीप प्रविधि एवं पूँजीलाई नेपालको दिगो विकासमा प्रयोग गर्ने सम्बन्धमा समय सापेक्ष नीतिगत पहलका लागि प्रयास गर्दै आएको सर्वविदितै छ । विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन दुई वर्षअघि विश्व ज्ञान सम्मेलन आयोजना गर्न शुरु गरेको थियो । यसलाई निरन्तरता दिदै दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन (NRN Golbal knowledge Convention)  २०२० अक्टोबर ९ देखि ११ सम्म ९असोज २३–२५० आयोजना हुनेछ । 

विश्व  यतिबेला कोरोना भाइरस संक्रमणको कारण आक्रान्त छ । विश्व अर्थतन्त्र धरासायी बनेको छ भने लाखौँ मानिस रोजगारविमुख भएका छन् । शिक्षा, स्वास्थ्य, व्यापार व्यवसाय, पर्यटनलगायत सबै ठप्पप्रायः छन् । कोरोनाका कारण हजारौँ श्रमिक नेपाली स्वदेश फर्किएका छन्, उनीको व्यवस्थापन र उद्यमशीलताको विकास अहिलेको ठूलो चुनौती हो । अतस् यस सम्मेलन कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात् विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका  केन्द्रित हुनेछ ।  साथै  सम्मेलन  संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औँ पञ्चवर्षीय योजनाका विषयमा विज्ञहरुले सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।   

गैरआवासीय नेपाली संघ र नेपाल सरकारको सहकार्यमा हुन लागेको यस सम्मेलनमा ४ प्लेनरी सेसन र १५ सिम्पोसियम सेसनको आयोजना हुने छ । सम्मेलनमा गैरआवासीय नेपाली विज्ञहरु, नेपालमा रहनुभएका विज्ञहरु, र नेपालसँग जोडिएका विदेशी विज्ञहरुका दुई सय भन्दा बढी कार्यपत्र प्रस्तुतहुनेछन् ।  सम्मेलनको निष्कर्षको श्वेतपत्र यसअघि जस्तै सरकारलाई  बुझाउने छौँ ।   

सम्मेलनको  संयोजक डा। हेम राज शर्मा (महासचिव एनआरएनए) र सहसंयोजक डा. हरि प्रसाद  दाहाल  एनआरएनए आइसीसी सदस्य रहेका छन् । सम्मेलन आयोजनाका लागि विभिन्न सल्लाहकार सम्मिलित समिति समेत गठन गरिएको छ । सल्लाहकार समितिमा डा. अम्बिका अधिकारी, (एरिजोना अमेरिका), नीति अनुसन्धान संस्थान नेपालका कार्यकारी प्रमुख डा. विष्णु उप्रेती, प्रोफेसर डेबिड जेलनर (युर्निभसिर्टी अफ अक्फोर्ड, यूके), डा. धर्मकान्त बास्कोटा त्रिभुवन विश्वविद्यालयका उप कुलपति, डा. द्रोण रसाइली (ब्रिटिश कोलम्बिया, प्रोभेन्सियल हेल्थ सर्भिसेज् अर्थोरिटी, क्यानडा ), गणेश शाह, पूर्व वातावरण विज्ञान तथा प्रविधि मन्त्री नेपाल, प्रोफेसर गणेशमान गुरुङ (कुलपति गण्डकी विश्वविद्यालय नेपाल), प्रोफेसर जोना पयाफ् सार्नेक्का (बीलेफेल्ड युर्निभसिर्टी जर्मनी), महाबीर पुन (कार्यकारी प्रमुख राष्ट्रिय अविष्कार केन्द्र) प्रोफेसर माइकल हर्ट्  (लण्डन विश्वविद्यालय यूके), नरेश कोइराला(नेपाल लाब्रेरी फाउण्डेशन, क्यानडा), डा. प्रमोद ढकाल (एनआरएनए एकेडेमी नेपाल), डा. पुरु श्रेष्ठ (कोभिड १९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली संघ अमेरिका ), प्रोफेसर पुष्पराज कँडेल (उपाध्यक्ष, राष्ट्रिय योजना आयोग) डा. राजु अधिकारी (रोयल मेलवर्न इन्टिच्यूट अफ टेक्लोलोजी युर्निभसिर्टी, अष्ट्रेलिया), प्रोफेसर रामकण्ठ  माकाजू (उप कुलपति, काठमाडौं युर्निभर्सिटी नेपाल), डा.सन्दुक रुइत (सह संस्थापक, हिमालयन क्याटर्याक्ट प्रोजेक्ट, नेपाल) डा.सञ्जय शर्मा (सचिव  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय), प्रोफेसर शोभाकर ढकाल (एसिन इस्टिच्यूट अफ टेक्नोलोजी, थाइल्याण्ड) डा. सुनिल बाबु श्रेष्ठ, उपकुलपति, नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी, (डा. स्वर्णिम वाग्ले) कार्यकारी प्रमुख, इन्टिच्यूट फर इन्टिग्रटेट, डेभलप्मेन्ट स्टडिज डा. उषा झा  (सदस्य, राष्ट्रिय योजना आयोग) रहेका छन् ।  

सम्मेलनमा डा।  विश्व पौडेल र रञ्जित महतोको संयोजनमा ‘कोभिड–१९ इम्प्याक्ट अन नेपाल्स इकोनोमिक एण्ड पाथ अफ रिकभरी, डा. द्रोण रसाइली र डा. पुरु श्रेष्ठको संयोजनमा ‘प्रिपेरेशन फर पानडामिक एण्ड नेचुरेल डिजास्टरु   तथा डा। राजु अधिकारीको संयोजनमा ‘रिसर्च, इनोभेसन एण्ड कमर्शलाइजेशन’विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । 

यस्तै, डा। जगदीश तिमल्सिनाको संयोजनमा ‘एग्रिकल्चर एण्ड फुड सेक्युरिटी’, डा. देवी बस्नेतको संयोजनमा ‘वायोमेडिकल टेक्नोलोजिस, रञ्जित महतो र अनलराज भट्टराईको संयोजनमा ‘फिनान्सियल इन्भेष्टमेण्ट’, डा. ज्ञानेन्द्रप्रसाद जोशी र लोकराज शर्माको संयोजनमा ‘लिभिराजिङ फिनटेक फर इकोनोमिक ट्रान्सफरमेशन’, डा. ज्ञानेन्द्रप्रसाद जोशीको संयोजनमा ‘इन्फरमेशन एण्ड कम्युनिकेशन टेक्नोलोजी’, डा. राजु अधिकारी र डा. रामेश्वर अधिकारीको संयोजनमा ‘इनोभेसन एण्ड स्टारटप्स, डा. तारा सिग्देल र डा. नारायण अधिकारीको संयोजनमा ‘इन्टरसेक्सन इन नेचुरल साइन्सेज’ तथा डा. द्रोण रसाइली र डा. अर्चना अमात्यको संयोजनमा ‘लाइफ एण्ड हेल्थ साइन्सेज’ शीर्षकमा सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।  

साथै रतन झाको संयोजनमा ‘फिजिकल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट’, डा. सञ्जिव सापकोटाको संयोजनमा ‘पब्लिक हेल्थ एण्ड पानडेमिक मिटिगेशन’, डा. कृष्ण अधिकारीको संयोजनमा ‘सोसल साइन्सेज, डा. विनायक भण्डारीको संयोजनमा ‘सस्टेनेवल इनर्जी’ डा. गोपी उप्रेती र डा. पुरु श्रेष्ठको संयोजनमा ‘सस्टेनेवल इन्भाइरनमेण्ट, डा. अम्बिका अधिकारी र किशोर थापाको संयोजनमा ‘अर्वान डेभलपमेन्ट’ तथा डा. उत्तम गौली र डा. उमा प्रधानको संयोजनमा ‘भोकेशनल एजुकेशन शीर्षकमा आफ्ना अवधारणापत्र प्रस्तुत गर्नेछन् । 


ईलाम, श्रावण १६ गते । रातो तारा डट कम,ईलाम नगरपालिककाको कार्यालयमा बृद्ध भत्ता लिन गई घर फर्कदै गरेकी देउमाई नगरपालिका-४ की ७२ बर्षीया सन्च रानी लिम्बु देउमाई नगरपालिका-२ मा रहेको सार्की खोलामा मृत फेला परेकी छन् । बिहिवार अपरान्ह साँढे ५ बजे उक्त खोलामा बृद्धा मृत अवस्थामा रहेको भन्ने जानाकरी पाए लगत्तै ईलाका प्रहरी कार्यालय मंगलवारेबाट प्रहरी टोली खटि गई मृतकको कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको  छ । 

फायल फोटो ,
मोरङ, श्रावण १६ गते । रातो तारा डट कम,मोरङको बुढी गंगा गाउँपालिका-२ बिराटनगर ईटहरी सडक खण्डमा बिहिवार राती साँढे ८ बजे भएको बस दुर्घटनामा परी बस चालकको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । बिराटनगरबाट ईटहरी तर्फ जाँदै गरेको को १ ख ६९५२ नम्बरको बस आफै अनियन्त्रीत भई सडकको डिभाईडरमा ठोक्किन गई दुर्घटना हुँदा घाईते भएका ४ जनालाई उपचारको लागी टिचिङ अस्पताल गंगा चोक लगिएकोमा उपचारको क्रममा बसका चालक धनकुटाको साँगुरी गढी गाऊँपालिका-७ का २९ बर्षीय जोशन राईको मृत्यु भएको हो । अन्य ३ जना घाईते सोही अस्पताल उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



सुनसरी इटहरी साउन १६ गते । रातो तारा डट कम,जिल्ला सुनसरी ईटहरी  उपमहानगरपालिका वडा नं. ९ स्थित बिराटनगर लाईनमा रहेको ब्लु स्काई होटलमा होटल संचालिकाले महिला राखि पर(पुरुषहरु संग सम्पर्क गराई यौनजन्य कृयाकलाप (बेश्याबृती) गराउने गरेको भन्ने सुचनाको आधारमा प्रहरी टोलीले उल्लेखित होटलमा छापा मारी खानतलासी गर्दा होटलको कोठामा बर्ष २२ की महिलालाई फेलापारी निजलाई सोधपुछ गर्दा निजले होटल संचालिका जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं.८ बस्ने बर्ष ३४ की सुनिता साउदले होटलमा आउने अपरिचित पुरुषहरुवाट मलाई यौन जन्य कार्य गराई रकम समेत लिने गरेको भनि बताएकी छिन। निज पिडित महिलालाई तत्काल उद्दार गरी होटल संचालिका निज सुनिता साउदलाई पक्राउ गरी मानव वेचबिखन तथा वसारपसार सम्बन्धि कसुरमा जाहेरी लिई निज सुनिता साउदलाई आज मगतेका दिन सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य सुरु गरेको बताएका छन।


सुनसरी साउन १६ गते ।  रातो तारा डट कम,सुनसरी ईटहरी उ.म.न.पा. वडा नं.०६ बस्ने संजय चौधरीको ग्यास सप्लायर्स गोदाममा ऐ.बस्ने प्रेम बहादुर खड्काको छोरा बर्ष २८ को प्रशान्त भन्ने सन्तोष खड्काले उक्त सप्लायर्सको माथिल्लो तलामा जाहेरवाला समेतका मानिसहरु रहेको अबस्थामा तल्लो तलामा रहेको ग्यास सिलिण्डर भण्डार कोठामा आगो लगाई ज्यान मार्ने उद्योग गरी तत्काल फरार रहेका निज सन्तोष खड्कालाई मिति २०७७।०४।१३ गते अं. १७:०० बजेको समयमा जिल्ला सुनसरी ईटहरी उ.म.न.पा.वडा नं. ६ स्थितवाट पक्राउ गरी निजलाई ज्यान मार्ने उद्योग मुद्धामा आज मिति २०७७।०४।१४ गते गतेका दिन सम्मानित सुनसरी जिल्ला अदालतवाट  म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको 



राजु बोहरा–काठमाडौँ । रातो तारा डट कम, वर्ष भरिको लखतरान थकाई मेट्न र नारीहरुको भोगाई बिसाउन तयार पारिने तीज गीतहरुमा बिकृति छाईरहंदा यतिबेला लोकप्रिय गायिका मिश्रादेवी काफ्ले र प्रल्हाद खकुरेलले मौलिकतामा आधारित एक तीज गीतलाई बजारमा ल्याएका छन् । उक्त गीत "दाजु बहिनि" नाममा बजारमा आएको हो । प्रस्तुत गीतमा एक चेलीले माइती परिवार संग यस बर्षको तीज पर्ब मनाउंदा ब्यक्त गरिएको खुसि समाबेस गरिएको छ । गीतमा प्रदिप रोका, मिश्रादेवी काफ्ले, सबिता ढुंगाना र ललिता घिमिरेको स्वर सुन्न सकिन्छ ।

मिश्रादेवी काफ्ले र बिक्रम ढुंगानाको लय तथा शब्द सृजनाले सजिएको गीतलाई अशंख्य श्रोता तथा दर्शकहरुले यस बर्षको तीजमा कोसेली सम्झेर ग्रहण गरि दिनुहुनेछ भन्ने बिश्वास निर्माण युनिटले गरेको छ । यस गीतको म्युजिक भिडियोमा प्रदिप रोका, रिना थापा मगर, प्रल्हाद खकुरेल, शान्ति खकुरेल, अग्नि विलास अधिकारी मिश्रादेवी काफ्ले, सबिता ढुंगाना र ललिता घिमिरेको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ ।

मिलन फिल्म्स प्रालिले बजारमा सार्बजनिक गरेको "दाजु बहिनि" बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन मिलन श्रेष्ठ, कोरिग्राफी अमोन रानाले गरेका हुन् भने छायांकन जनकराज अधिकारी र सम्पादन रोशन धितालले गरेका छन् । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।


काठमाण्डौ साउन १६ गते । रातो तारा डट कम,प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिले नेपालमा नेटवर्किङ व्यवसाय र प्रत्यक्ष वस्तु बिक्रीका विषयमा अध्ययन गर्न एक उपसमिति गठन गरेको छ । 

वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७४ अनुसार अनुमति पाएका कम्पनीले नेपालमा नेटवर्किङ व्यवसाय फेरि सुरु गरेको प्रश्न उठेपछि समितिको बैठकले अध्ययन गर्न उपसमिति गठन गरेकोहो । नेकपा सांसद सोमप्रसाद पाण्डे संयोजक रहेको उपसमितिमा सांसद प्रकाश रसाइली, अमृता अग्रहरि, कृष्णकुमार श्रेष्ठ र सरिताकुमारी गिरी सदस्य रहेका छन् । 

समिति सभापति विमल श्रीवास्तवले उपसमितिले प्रत्यक्ष बिक्रीसम्बन्धी कानून र नेटवर्किङ ठगीको विषयमा सार्वजनिक भएका विषय अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन दिने गरी उपसमिति गठन गरेको बताउनुभयो । बैठकमा सांसदले अहिले प्रत्यक्ष बिक्रीसम्बन्धी कानुनलाई टेकेर अनुमति दिइएका कतिपय व्यवसाय नेटवर्किङ व्यवसायकै नयाँ रुप हो भन्दै यसलाई रोक्न माग गरेका थिए । 

तर बैठकमा सहभागी उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र मन्त्रालयका अधिकारीले भने प्रत्यक्ष बिक्रीसम्बन्धी ऐनअनुसार अनुमति पाएका व्यवसायलाई नेटवर्किङ व्यवसाय भन्न नमिल्ने बताएका थिए । 

उनीहरुले यस्ता कम्पनीबाट विगतमा जस्तो ठगी नहुने र बिक्री हुने बस्तुको गुणस्तरमा पनि कमी नहुने बताएका थिए । उक्त ऐन अनुसार नेपालमा हाल ७ वटा कम्पनीले इजाजत पाएका मन्त्री भट्टले बताउनुभयो ।

शिव भट्टराई,मोरङ । रातो तारा डट कम,वराहक्षेत्र ३ नडाहा स्थित जनताको वडा कार्यालय निर्माणका लागि बिहीबार ३ लाख ६६ हजार १ सय ५५ रुपैयाँ संकलन भएको छ ।

जनस्तरबाट निर्माण भइरहेको वडा कार्यालयका लागि देशविदेशबाट रकम संकलन हुने क्रम जारी रहेको छ । यो अभियानमा नडाहावासीले स्वतःस्फूर्त रुपमा रकम प्रदान गरिरहेको भवन निर्माण समिति अध्यक्ष केशव पुरीले जानकारी दिए ।

स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार तिलक कार्कीले बिहीबार नगद १ लाख ११ हजार रुपैयाँ प्रदान गरेका छन् । दिवंगत मातापिता गोविन्द दाहाल र इन्द्रदेवी दाहालको स्मृतिमा छोराहरु दीपक दाहाल, रोशन दाहाल र रुद्रबहादुर दाहालबाट १ लाख ५१ हजार प्राप्त भएको छ ।

अमृतबहादुर खडकाबाट ५१ हजार, निरकुमार कार्कीबाट ११ हजार ५ सय ५५, तुलमति एभेङ लिम्बूबाट १५ हजार १ सय, कमला थापाबाट ११ हजार, अर्जुन कार्कीबाट ५ हजार ५ सय र स्वर्गीय माता मोतीमाया राईको नाममा छोरा उत्तमकुमार राई कान्छाले १० हजार रुपैयाँ प्रदान गरेको निर्माण समिति अध्यक्ष पुरीले जानकारी दिए ।

वराहक्षेत्र ३ नडाहास्थित मुख्य चोकमा ६ कोठे भवन वडा कार्यालय सञ्चालनका लागि निर्माण भइरहेको छ । हालसम्म २१ लाख ५० हजार रुपैयाँ संकलन भएको छ । यसैगरी स्थानीयबाट इटा, ढुंगा, बालुवा, काठलगायत जिन्सी सहयोग समेत भइरहेको छ ।

चारकोशे झाडीको छेऊमा रहेको नडाहा केही दशक अघिसम्म स्याल कुद्ने क्षेत्रका रुपमा बुझिन्थ्यो । ‘नड्या’बाट अपभ्रंश हुँदै नडाहा बनेको यो चोक अहिले वरिपरिको केन्द्र भएको छ । यहाँबाट धरान हुँदै कोशी राजमार्ग, चतरा हुँदै पूर्वपश्चिम लोकमार्ग, चक्रघट्टी हुँदै सुनसरी सदरमुकाम इनरुवा, कालाबन्जार– हुँदै इटहरी र पूर्वपश्चिम राजमार्ग छोएको छ । ६ लेनको सडक, फराकिलो चोक खुला वातावरण र आसपासका मनोरम दृष्यले नडाहा मनोरम बनिरहेको वडाध्यक्ष रुद्र दाहाल बताउँछन् । संयोगको कुरा नडाहा चोक नौ वटा शाखा बाटोले जोडिएको छ ।

वराहक्षेत्र नगरपालिकाले निर्माण गर्ने वडा कार्यालयमा नीतिगत विवाद भएपछि जनस्तरबाट नडाहामा वडा कार्यालय निर्माण भइरहेको छ । ‘आगामी भदौ पहिलो हप्ताभित्र जनताको वडा कार्यालय समुद्घाटन गर्ने योजना छ’ निर्माण समिति अध्यक्ष पुरीले भने ।


काठमाडौं, साउन १५ । रातो तारा डट कम,गाइजात्रा गीत ‘तिमी केको जान्ने, तिमी केको सुन्ने, म पो जान्ने सुन्ने...’ सार्वजनिक भएको छ । हरिबंश आचार्यको शब्द, सङ्गीत र स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा राजनीतिक व्यङ्ग्य पस्किएकोछ । नेपालको हरेक राजनितिक दलमा ठूलो, सानो भन्ने तछाड मछाड छ त्यही यर्थाथलाई गीतमा व्यक्त गरिएको छ ।

सागरराज शर्माको निर्देशन रहेको गीतको भिडियोमा हरिबंश आचार्य, शशि कुमार खड्का, किरण तुलाधर, विकाश भट्टराई, सुश्मा कार्की, धनराम मुस्कान, अनिल जिसी (बुलेट), सम्राट घिमिरे, दीप शेर्पाली, सुवाश महत, शंकर बिसीलगायतको अभिनय रहेको छ ।
गीतमा भुपालमान सिंहको एरेञ्ज रहेको छ । किरण तुलाधरको मिक्सिङ÷माष्टरिङ रहेको गीत स्टुडियो वानमा रेकर्डिङ गरिएको हो ।
कन्सेप्ट शशिकिरणको र हरि हुमागाईंको छायाँकन रहेको गीतको भिडियोमा सुशिल न्यौपानेको सम्पादन, कलर तथा भिएफएक्स रहेको छ । राइज ग्लोबल प्रोडक्शनको प्रि–पोष्ट प्रोडक्सन तथा लक्षु निरौला पोडक्सन संयोजक रहेको गीतलाई पंकज अधिकारीले अङ्ग्रेजी अनुवाद गरेका छन् । गीतको भिडियोमा विक्रम थापाको श्रृङ्गार रहेको छ ।  


काठमाण्डौ साउन १५ गते । रातो तारा डट कम,नेपालमा पछिल्लो २४ घण्टामा थप दुइ सय ७४ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार पाँच सय ४७ पुगेको नियमित जानकारी गराउने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । 

पछिल्लो २४ घण्टामा दुइ सय २७ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । यससँगै डिस्चार्ज हुनेको संख्या १४ हजार दुइ सय ४८ पुगेको छ । मन्त्रालयका अनुसार आज ६ हजार तीन सय चार जनाको पीसीआर परीक्षण गरिएको छ । हाल देशभर १३ हजार दुइ सय एक जना क्वारेन्टाइनमा रहेका छन् । आजसम्म पाँच हजार दुइ सय २७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैविच पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र थप ४५ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौँका ४१, ललितपुरका दुइ र भक्तपुरका दुई जनामा कोरोना संक्रमण भएको पुष्टि गर्नुभयो । 

प्रवक्ता डा. गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका दुइ तथा काठमाडौँका १९ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परिक्षणमा काठमाडौँका १३ जनामा सङक्रमण पुष्टि भएको हो । यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौँका चार जनामा सङक्रमण पुष्टि भएको छ । 

यसैगरी नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका तीन जना र स्टार अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका दुइ तथा ललितपुरका दुइ जनामा संक्रमण पुष्टि भएको हो ।


गाई्घाट १५ साउन।  रातो तारा डट कम,सर्पको टोकाई बाट बिहिबार राती एक महिला को मृत्यु भएको छ । त्रियुगा नगरपालीका ८ जलजले बस्ने ३० वर्षिया सुमित्रा चौधरीको करेत सर्पले डसेर मृत्यु भएको पतन्जली योग समिती उदयपुरका अधक्ष्य मिष्टर चौधरीले बताए ।मृतक चौधरी पतन्जली योग समिति उदयपुरकी महिला सदस्य हुन । गत सोमबार राती सुत्ने बेलामा उनलाई सर्पले डसेको थियो । सर्पले डसे लगतै उनलाई भुल्के स्थीत सेनाको १८ नम्बर  वाहिनीको सर्प दश उपचार केन्द्रमा उपचारको लागी लगीएकोमा त्याहा उपचार हुन नसकेपछि धरान स्थीत विपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आईसियुमा राखेर उपचार गरीएको थियो । उपचार पछि स्वास्थ्य मा केहि सुधार आएपछी मंगलबार उनलाई घर ल्याईएको थियो ।

गाईघाट १५ साउन । रातो तारा डट कम,उदयपुरको वेलका नगरपालिकामा भएको भ्रष्टाचारको बिरुद्धमा नेपाली कागे्रस लगायत ६ दलले संयुक्त रुपमा बिरोधको कार्यक्रम संचालन गरेकाछन । नगरपालिकाको मुलगेटमा धर्ना बसेका उनिहरुले विभिन्न वडामा पुगेर भण्डाफोर अभियान शुरु गरेको नेपाली कागे्रसका प्रेम अधिकारी ले वताए ।
नगरपालीका भित्र भएको भ्रष्टचारको छानबिन गरि दोषि लाई कार्यवाहीको माग राख्दै ६ दल ले संयुक्त रुपमा बिरोधको कार्यक्रम बिगत ३ दिन गर्दै आएका छन । नेकपा बाट निर्बाचित वेलका नगरपालीकाकी उप प्रमुख राजकुमारी चौधरीले नगरपालीका भित्र भैरहेको भ्रष्टचारको कुरा सार्वजानीक रुपमै उठाए  पछि बेलका नगरपालीका भित्र बिबाद भएको छ । 

बिभिन्न सामान खरीदमा संलग्न एक कर्मचारी लाई कार्यबाहि गर्नुको सट्टा नगरप्रमुख दुर्गा थापा ले बचाउन प्रयास गरेको भन्दै उनले सामाजिक संजाल मार्फत आफुले पद बाट राजिनामा दिने बताएकीथिइन । उप प्रमुख को उक्त अभिव्यक्ति पछि नेपाली काग्रेस लगायत ६ वटा राजनैतिक दल ले नगरपालीका भित्रको भ्रष्टचार छानविन गर्न भण्डाफोर अभियान संचालन गर्दै आएकाछन ।


विराटनगर, १५ साउन । रातो तारा डट कम, प्रदेश १ मा आज १८ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङमा ८, झापामा ४, सुनसरी, उदयपुर र सोलुखुम्वुमा २–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा ५ पुरुष र ३ महिला, झापाको शिवसताक्षीमा ३ पुरुष, दमकमा १ महिला, सुनसरीको धरान र इटहरीमा १–१ पुरुष, उदयपुरको वेलकामा १ महिला, १ पुरुष र सोलुखम्वुको दुधकुण्डमा २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश महेताले बताउनुभयो ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ९३ पुगेको छ ।

प्रदेश १ मा आज ४२ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट ३४ पुरुष, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ पुरुष र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट २ पुरुष डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज सम्म ७ सय ८९ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज ६ सय ५२ जनाको पीसीआर परीक्षण गरिएको छ ।


काठमाण्डौ साउन १५ गते । रातो तारा डट कम,रौतहटको यमुनामाइमा ग्यास सिलिन्डर तथा चुलो बितरणमा दुई पक्षबिच झडप हुँदा दर्जनभन्दा बढी घाइते भएका छन् । यमुनामाई गाउँपालिकाको वडा नम्बर ५ झुन्खुनवामा हिजो ग्यास सिलिन्डरसहित चुलो बितरण गरिएको थियो । बितरणको क्रममा एक पक्षले विभेद गरेको भन्दै विवाद भएको थियो ।

बिवादले उग्र रुप लिएपछि झडप भएको हो । झडपमा दुबै पक्षले ढुङ्गा प्रहार गरेकाले घाइतेहरुको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । यमुनामाई गाउँपालिकाका गरिब तथा विपन्न परिवारलाई ग्यास चुलो बितरण गर्न लागेकोमा हिजो झुनखुनवा टोलमा र आज बिहिबार अर्काे टोलमा बितरणको योजना रहेको तर अर्काे टोलका नागरिकमा सूचना प्रवाह नहँुदा विभेद भएको भन्दै बिवाद भएको गाउँपालिकाका अध्यक्ष श्री प्रसाद मुखियाले बताउनु भयो । 

सो गाउँपािलकामा २ सय २५ परिवारले ग्यास सिलिन्डर पाउने भएका छन् । तर बुधबार झडप भएपछि चुलो बितरण कार्य आज गर्ने मुखियाले जानकारी दिनुभयो । झडपमा घाइते भएकाहरुको उपचार जिल्ला अस्पताल गौरमा भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक रविराज खड्काले जानकारी दिनु
भयो । घाइते भएकाहरुमध्ये २ बालकलाई गम्भीर चोट लागेकोलले विरगञ्ज रिफर गरिएको जनाइएको छ । दुबै पक्षबिच सहमति जुटेपछि घटना सामान्य बनेको छ । 


धरान। रातो तारा डट कम, रेडमुन इन्टरटेन्मेन्टको आयोजनामा गत वर्षको मंसिरमा सम्पन्न प्रदेश  नं १ स्तरीय गायन प्रतियोगिता स्टेट १ सिङगिङ आइडल २०७६ पहिलो संस्करण  का विजेताहरूलाई आज बुधबार धरानस्थित ज्वाई खानाको हलमा आयोजित एक कार्यक्रमका बीच  पुरस्कार वितरण गरिएको छ ।

प्रतियोगिताकी विजेता झापाकी जस्मिन बराललाई कुमार एण्ड सन्स अटो प्रा। लि। धरानको भेष्पा एण्ड अप्रिलिया सोरूम धरानले प्रायोजन गरेको अढाई लाख भन्दा बढी मुल्यको भेष्पा स्कुटीको चाबी  प्रमुख अतिथि वरिष्ठ गायक दिप श्रेष्ठले  दिनुभएको थियो । 

त्यस्तै प्रतियोगिताकी दोस्रो उदयपुरकी शोभा तामाङलाई नगद ७० हजार र तेस्रो पाँचथरका समीर महतेलाई ५० हजार प्रदान गरिएको प्रथियो भने सबसारा रिर्सोट भेडेटारको प्रयोजनमा  उत्कृष्ट सहभागिताको लागि बराहक्षेत्रका गोमा कुलुङलाई रु। १५ हजार  प्रदान गरिएको छ । बिजेताहरुलाई समाजसेवी तथा धरानका गायक किरण श्रेष्ठ, सिल्भर इन्टरटेन्मेन्टका सौरभ श्रेष्ठ, सौगात रिजाल र अध्यक्ष रोशन प्रधानले  उक्त पुरस्कारहरू वितरण गरेका थिए ।

 गत चैत्रमा नै वितरण गर्ने भनिएपनि कोरोना महामारीको कारण अहिले आएर मात्र पुरस्कार वितरण गर्न सकिएको आयोजक रेडमुन इन्टरटेन्मेन्टको  अध्यक्ष रोशन प्रधानले  बताए ।कोरोना महामारी साम्य भएपछि मात्र दोस्रो संस्करणको लागि तयारी गरिने अध्यक्ष प्रधानले  बताए ।



जिल्ला प्रशासन कार्यालय, दार्चुलाले भारतको धार्चुला जिल्ला मजिस्ट्रिटलाई जवाफ पठाएको छ । लिम्पियाधुरा नेपालकै भूभाग भएकाले त्यसक्षेत्रमा नेपालीको आवतजावत स्वाभाविक रहेको व्यवहोरा सहितको पत्र मंगलबार पठाएको जानकारी दार्चुलाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शरदकुमार पोखरेलले दिए । पत्रमा सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले हस्ताक्षर गरेका छन् ।
दुई हप्ता पहिले धार्चुलाका उप–जिल्लाधिकारी अनिलकुमार शुक्लाले कालापानी, गुन्जी, लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपालीको प्रवेश रोक्न आग्रह गरेर दार्चुलाका प्रजिअलाई पत्र लेखेका थिए । भारतले नेपाली भूमिमा कैलाश मानसरोवर जाने सडक बनाएर उद्घाटन गरेपछि नेपालले त्यसको विरोध गर्दै आएको छ । त्यसअघि १६ कार्तिक २०७६ मा भारतले जारी गरेको नक्सामा कालापानी, लिपुलेक लगायतका भूभाग आफ्नोतर्फ पारेको थियो ।


सीमा विवादबारे वार्तामा बस्न नेपालले गरेको प्रस्ताव भारतले अस्वीकार गर्दै आएको छ ।


झापा, श्रावण १५ गते । रातो तारा डट कम,झापाको २ छुट्टाछुटै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका(४ का २८ बर्षीय संजय पोखरेल, २९ बर्षीय जिवन खत्रि दर्जी, ३० बर्षीय पंकज उप्रेती र २५ बर्षीय फियाज मुमेनलाई १२ ग्राम ८० मिलिग्राम ब्राउन सुगर सहित बुधवार दिउँसो २ बजे कन्काई नगरपालिका(४ ईलुवारीबाट पक्राउ गरेको हो । यसैगरी सोही टोलीले बिर्तामोड नगरपालिका(४ घर भई अर्जुनधारा नगरपालिका(६ बस्ने २० बर्षीय निकेश राईलाई १ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर सहित बुधवार बेलुका ७ बजे निजको डेरा छेउबाट पक्राउ गरेको हो । नियन्त्रीत लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका पाँचै जनाको
सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।


मोरङ, श्रावण १५ गते । रातो तारा डट कम,मोरङको रतुवामाई नगरपालिका २ बाट लागुऔषध ट्याब्टेल सहित २ जना पक्राउ परेका छन् । सिमा प्रहरी चौकी डोरीयाबाट खटिएको प्रहरी टोलीले बुधवार दिउँसो साँढे ४ बजे उर्लावारी नगरपालिका(५ का २२ बर्षीय बिबश तामाङ र २१ बर्षीय सुरज बि।क।लाई लागुऔषध ट्याब्टेल सहित पक्राउ गरेको हो । निजहरुको साथबाट नाईट्रोभेट ट्याब्लेट ८ पत्ता र क्ए ट्याब्लेट ३ पत्ता बरामद भएको छ । पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



काठमाण्डौ साउन १५ गते । रातो तारा डट कम,झापामा मास्क नलगाउने ब्यक्तिले अब एक सय रुपैंया जरिवाना तिर्नु पर्ने भएको छ । कोभिड १९ सङ्क्रमण नियन्त्रण जिल्ला स्तरिय समितिले गरेको निर्णय अनुसार झापामा मास्क नलगाइ हिड्ने जो कोही ब्यक्तिलाई प्रहरीले तत्कालै एक सय रुपैया जरिवाना गराउने निर्णय भएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिनु भयो ।

कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण समुदायमा फैलिएको आशंका गरिए पछि झापामा स्वास्थ्य सुरक्षाका बिषयमा थप कडाइ गर्नु पर्ने अवस्था आएको भन्दै मास्क नलगाउनेलाई एक सय रुपैया जरिवाना लिने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राईले बताउनु भयो । 

जरिवाना लिने जिम्मा नेपाल प्रहरीलाई दिइएको र मास्क नलगाउनेबाट प्रहरीले अशुल गरेको जरिवानाको रसिद दिने र उक्त रकम सरकारी राजश्व खातामा जम्मा गर्ने निर्णय भएको राईले बताउनु भयो ।


काठमाण्डौ साउन १५ गते । रातो तारा डट कम,पहिरोका कारण विनायक बजार जोखिममा रहेको छ । सोमबारबाट परेको अविरल बर्षाका कारण पञ्चदेवल विनायक नगरपालिकाको केन्द्रबिन्दु विनायक बजार नै उच्च जोखिममा रहेको हो ।

न्यु रोड स्थित वडा नम्वर ३ विनायकका हृदय राज अधिकारीको घरको पछाडीबाट पहिरो बग्न थालेपछि अन्य पसल तथा घरहरु उच्च जोखिममा रहेका हुन । बजारका अन्य ठाउँमा पनि निरन्तरको बर्षाले जोखिम निम्त्याएको छ । बजारबाट मध्यपहाडी राजमार्गसम्म जोडिएको सडक खण्डमा ठुलो पहिरोका कारण आवत जावतमा समेत सास्ती हुने गरेको स्थानीयले बताएका छन् । 

यस्तै पञ्चदेवल विनायक नगरपालिकाको कार्यालय अगाडीबाटनै ठुलो पहिरो जाँदा नगरपालिकाको कार्यालय,इलाका बन कार्यालय र आसपासका घर तथा पसलहरु उच्च जोखिममा छन् । नगरपालिकाको मुख्य गेटबाटनै पहिरो गएको महिना दिन बितिसक्दा समेत समन्धित निकायको ध्यान पुग्न सकेको छैन । 

विनायक बजारका ठाउँ ठाउँमा गएको पहिरोले स्थानीयबासी तथा बजारबासीहरु त्रसित भएरका छन् । सोमबारबाट निरन्तर परिरहेको अविरल बर्षाले अन्य ग्रामिण सडकहरु समेत अवरुद्ध भएका छन् । असारे बजेको चटारोमा हतार, हतार निर्माण तथा मर्मत भएका अन्य बिकासे योजनाहरु बेकाम्मे भएका छन् ।




काठमाण्डौ साउन १५  गते । रातो तारा डट कम,गीत लेखेरै गिनिज अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाईसकेका गीतकार डा. डिआर उपाध्यायले आफ्नो नयाँ गीत छक्कै परें...को भिडियो बुधबार दर्शकमाझ ल्याएका छन् । यो गीत बिष्णु भट्ट र बिना भट्टराईको स्वरमा रहेको छ । जसमा बिष्णु भट्टकै संगीत छ ।

गीतकार उपाध्यायले यसपटक आफ्ना यो गीतको भिडियोमा निकै मेहनत गराएका छन् । गीत लेखेर नै गिनिज अफ वल्र्ड सहित विश्वका १५ वटा विश्व रेकर्ड बनाएका उपाध्ययको बिगतको गीतको भिडियो भन्दा यो भिडियो केही पृथक बनेको छ ।

गीतको भिडियोमा कार्टुन क्रुका जोडी सरोज अधिकारी र आश्मा विश्वकर्माको आकर्षक नृत्य छ । डान्सिङ जनराको यो गीतमा यी दुई जोडीले विभिन्न नृत्य कलाकारका साथ उर्जायुक्त डान्स प्रस्तुत गरेका छन् । ठेट नेपाली शब्दहरुको प्रयोग गरिएको गीत रोमाञ्चक बनेको छ ।

यो भिडियोलाई माईकल स्टेप अप एन्ड आर्टस् एकेडेमीका सञ्चालक कोरियोग्राफर माईकल चन्दले निर्देशन गरेका छन् । उनले गीतमा सरोज र आस्मालाई नृत्यको फरक फरक स्टेपमा प्रस्तुत गरेका छन् ।

उत्सब दाहालले खिचेको यो भिडियोमा सिलन लम्सालको सम्पादन छ । यो गीतको भिडियोलाई डिआर म्युजिक एन्ड क्रियसनको युट्युव च्यानलबाट रिलिज गरिएको छ । 



विराटनगर साउन १४ गते । रातो तारा डट कम, विराटनगरमै पहिलोपटक ५ सय बढी स्वदेशी तथा विदेशी उत्पादनसहितको ‘ग्रेटडिल्स ९९’ नामक अनलाईन शपिङ बेवपोर्टल सञ्चालनमा आएको छ ।
न्युनतम ९ रुपैयाँदेखि अधिकतम २ हजार रुपैयाँसम्मका उत्पादनहरु मोबाईलका माध्यमबाट घरबसी खरिद मिल्ने गरि उक्त अनलाईन शपिङ बेवपोर्टल सञ्चालनमा आएको हो ।
बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै कोरोना महामारीका कारण घरबाहिर गएर सामान खरिद गर्नु जोखिमपुर्ण भएकाले सोको विकल्पका रुपमा गे्रटडिल्स ९९ डटकम नामक व्यवसायिक वेबपोर्टलको अवधारणा अघि सारिएको कम्पनीका प्रबन्ध निर्देशक प्रशान्त ठाकुरले बताए । उनले गे्रटडिल्स मार्फत १ हजारभन्दा माथिको कुनै पनि उत्पादन खरिद गर्दा डेलिभरी शुल्क नलाग्ने र सो बाट प्राप्त हुने मुनाफाकोे १ रुपैयाँ गरिब बालबालिका तथा वृद्धवृद्धाका लागी सहयोगार्थ प्रदान गरिने जानकारी दिए ।
प्रदेश १ का प्रमुख शहरहरुमा सेवा विस्तार गर्ने विश्वासका साथ आजदेखि सञ्चालनमा आएको गे्रटडिल्स ९९ डटकम मार्फत सस्तो र सुलभ मुल्यमा स्वदेशी तथा विदेशी उत्पादनहरु खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
खरिदबिक्री प्रक्रियालाई सहज बनाउँन चाँडै नै प्लेस्टोरमा गे्रटडिल्स ९९ नामक मोबाईल एप्लिकेशन पनि निमार्ण गरि सञ्चालनमा ल्याउने कम्पनीको योजना रहेको छ ।


विराटनगर, १४ साउन । रातो तारा डट कम, प्रदेश १ मा लकडाउनको अवधिमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरु बढेको अधिकारकर्मीहरुलेबताएकाछन् । 
हत्या, आत्महत्या, बलात्कार, घरेलु हिंसाका धेरै घटनाहरु भएको मानवअधिकारकर्मीहरुको भनाई छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ विराटनगरले आज कोभिड १९ को प्रभाव र मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रममा मानव अधिकारकर्मीहरुले लकडाउनको अवधिमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरुमा बृद्धि भएको बताएका हुन । 
राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ विराटनगरका निर्देशक मोहनदेव जोशीले लकडाउन हुनु अघि भन्दा लकडाउनको ४ महिनामा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाहरु बढेको बताउनुभयो । उहाँले हत्या, आत्महत्या, महिला हिंसाका घटनाहरुमा बृद्धि भएको बताउनुभयो । कोरोनाका कारण देखाउँदै विराटनगरका अस्पतालले उपचार नगर्दा विरामीको मृत्यु भएको, स्वास्थ्य उपचार नपाएको विषयमा सरकारलाई ध्यानाकर्षण पनि गराएको निर्देशक जोशीले बताउनुभयो । 
मानव अधिकार रक्षक सञ्जाल प्रदेश १ संयोजक तथा मनोपरामर्श दाता मञ्जिता उपाध्यायले लकडाउनमा महिला हिंसाका घटनाहरु बढेको बताउनुभयो । उहाँले क्वारेन्टाईनमा रहेकाहरुलाई मनोपरामर्शको काम प्रदेश सरकारले नगरेको गुनासो गर्नुभयो ।
सिविन विराटनगरका प्रमुख बासु अधिकारीले लकडाउनमा बालिका बलात्कारका घटनाहरु बढेको बताउनुभयो । उहाँले बालिकाहरु परिवारबाटै पीडित भएका घटनाहरु बढ्दै गएको बताउनुभयो । एवीसी विराटनगरकी अध्यक्ष विष्णु शर्माले महिला हिंसाका घटनाहरु र आत्महत्याका घटनाहरुमा बृद्धि भएको बताउनुभयो । 
कार्यक्रममा इन्सेक प्रदेश १ संयोजक सोमराज थापा, नेपाल पत्रकार महासंघ प्रदेश १ अध्यक्ष विक्रम लुईटेल, वपरडेक अध्यक्ष सञ्जु साह लगायतले बोल्नु भएको थियो । 
कैद सजाय घटाउने सर्वोच्चको फैसलाप्रति विराटनगरका अधिकारकर्मीहरूको असहमति विराटनगर, १४ साउन । पत्नी हत्या अभियोगमा कारागारमा सजाय भुक्तान गरीरहेका पूर्व डिआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने गरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले गरेको फैसलाप्रति विराटनगरका अधिकारकर्मीहरूले असहमति जनाएका छन् ।
आज विज्ञप्ति जारी गर्दै अधिकारकर्मीहरूले गत साउन ८ गते सर्वोच्च अदालतले गरेको फैसला मानव अधिकार सिद्धान्त विपरीत भएको भन्दै अधिकारकमीहरूले सो फैसला पुनरावलोकन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । मानव अधिकार र न्याय एक अर्काका परिपूरक भएको र मानव अधिकारको अन्तिम संरक्षक न्यायालय हुने भएकाले न्यायप्रति पीडितको आस्था जागृत गराउन अधिकारकर्मीहरूले विज्ञप्तिमार्फत सरकारसँग माग गरेका छन् । 
मानव अधिकार रक्षक परिषद् अध्यक्ष सोमराज थापा, मानव अधिकार रक्षक सञ्जाल प्रदेश १ अध्यक्ष मञ्जिता उपाध्याय,मानव अधिकार तथा वातावरण मञ्च अध्यक्ष यज्ञ शर्मा,इन्सेक कार्यक्रम अधिकृत बाग्मती कट्टेललगायत २१ जना मानव अधिकारकमीहरूले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा मानव अधिकारको सिद्धान्तका आधारमा न्यायालयबाट न्याय सम्पादन गर्न माग गरिएको छ । 


काठमाण्डौ साउन १४ गते । रातो तारा डट कम,भारतमा कोरोना सङ्क्रमित हुनेको संख्या १५ लाख नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा ४८ हजार ५ सय १३ जना नयाँ सङ्क्रमित फेला परेका छन् । 

योसँगै भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या १५ लाख ३५ हजार ३ सय ३५ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणका कारण ६ सय ६८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ३४ हजार १ सय ४९ पुगेको छ ।

यस्तै भारतमा हालसम्म कोरोना भाइरसका कारण सङ्क्रमित भएकामध्ये ९ लाख ८० हजारभन्दा बढी स्वस्थ भइसकेका छन् ।


काठमाण्डौ साउन १४ गते । रातो तारा डट कम,नेपालमा थप २ सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा २ सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउनुभयो । उहाँले योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १९ हजार ४ सय ८३ पुगेको जानकारी दिनुभयो । यस्तै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या भने १४ हजार नाघेको छ । प्रवक्ता डा. गौतमले पछिल्लो २४ घन्टामा १ सय ४६ जना स्वस्थ भएसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या १४ हजार २१ पुगेको बताउनुभयो । उहाँले हाल नेपालमा ५ हजार ३ सय ६० सक्रिय सङ्क्रमितको संख्या रहेको पनि जानकारी दिनुभयो ।


विराटनगर, १४ साउन । प्रदेश १ मा आज ९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरंगको विराटनगरमा ३ पुरुष, १ महिला, मिक्लाजुङमा २ पुरुष, सुनबर्षीमा १ पुरुष, रंगेलीमा १ महिला र सुनसरीको धरानमा १ पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले बताउनुभयो ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ७५ पुगेको छ । प्रदेश १ मा आज ८ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका मध्ये २ महिला र ७ पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता डा.मेहताले बताउनुभयो ।
प्रदेश १ मा आज सम्म ४१ हजार ७ सय १० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


बिराटननगर साउन १४ गते । रातो तारा डट कम, मोरङ विराटनगरमहानगरपालिका वडा नं २ वरगाछी चौक स्थितमा को ३७ प ८३१६ नं को मोटरसाईकलमा सवार जिल्ला मोरङ सुन्दरहरैचान.पा. वडा नं ८ बस्ने बर्ष ४२ को राजन भन्ने राम प्रसाद पोखरेललाई धरान विराटनगर सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आईरहेको अवस्थामा जि.प्र.का. मोरङ र लागू औषध नियन्त्रण ब्युरो विराटनगर शाखाको संयुक्त टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा निजले बोकेको कालो झोला भित्र सेतो प्लास्टिकमा प्याकिङ गरी राखेको ब्राउन सुगर राखेको अवस्थामा बरामत गरीएको छ।
  अवैध लागू औषध methamphetamine (ice) २२२ ग्राम बरामद गरिएको प्रारम्भिक अनुसन्धानको क्रममा निजले आफ्नो घरमा समेत उक्त लागू औषध रहेको जानकारी गराए पश्चात निजको घर जिल्ला मोरङ सुन्दरहरैचा न.पा. वडा नं ८ स्थितमा रहेको घर कोठा खानतलासी गर्दा २ तले घरको माथिल्लो तलामा रहेको निजको कोठा भित्र रहेको आल्नामा प्लास्टिकको झोलामा झुण्डाएको अवस्थामा २ ओटा पोकामा रहेको ३०८ ग्राममेथमफेटामाईन (ICE) बरामद गरी जम्मा ५३० ग्राम लागु औषध सहित निम्न बमोजिमका समान सहित बरामद गरी पक्राउ गरी निजराजन भन्ने राम प्रसाद पोखरेललाई पक्राउ गरी लागू औषध नियन्त्रण एन २०३३ बमोजिम अनुसन्धान भइरहेकोछ  ।
निम्न बरामद सामग्रीः-
(१) को ३७ प ८३१६ नं को मोटरसाईकल थान १
(२) हुवावे कम्पनीको मोवायल थान १ र त्यसमा प्रयोग भएको सिम थान १ ।
(३) बरामदीलागुऔषध (ICE) ५३० ग्राम
बरामद गरिएको लागुऔषधसम्बन्धि जानकारी
Methamphethamine (मेथमफेटामाइन) भनिने यो लागूऔषधलाईcrank,
speed, crystal meth and crystal tea समेत भन्ने गरीन्छ ।
यो पुर्ण रुपमारसायनहरुद्वारा तयार गरीने कृतिम लागूऔषध हो यसलाई synthetic
drugs भनिन्छ ।
यसलाई सुँघेर,सिरिन्जकोमाध्ययमबाट र धुम्रपानकोमाध्ययमबाट प्रयोग गरीन्छ ।
असर
 यो उत्तेजनात्मक (stimulants) लागूऔषध अन्तर्गत पर्दछ ।यसले केन्द्रियस्नाय
प्रणालीलाई प्रभाव गरी गतिविधीहरुलाईHyper Active बनाउछ र प्रयोगकर्तालाई
थप उत्तेजित, आक्रामक र हिसांत्मकबनाउछ ।

 यसको प्रयोगको असर १२ देखी २४ घण्टाको अवधी सम्म देखीन्छ भने केही दिन
सम्म प्रयोग कर्तालाई निन्द्रा नलाग्ने बनाउछ ।
बजार मुल्य
 अन्तराष्ट्रिय बजारमा यसको मुल्यअं$80 प्रति ग्राम (नेपाली रु ९६०० प्रति ग्राम)
पर्न आउछ।
 कानुनी व्यवस्था
 लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम १०० ग्राम देखि माथी जतिसुकै
परीमाणको गाँजा बाहेकका लागूऔषध सेवन र खेती बाहेक अन्य निषेधित कार्य गरेमा
१५ बर्षदेखी जन्म कैद र ५ लाख देखि २५ लाख सम्म जरिवानाको व्यवस्था रहेको छ ।

लागूऔषध सम्मको यात्रा
निज अभियुक्त सन २००४ सालमा वैदेशिक रोजगारको लागी ईराकगई सन २०१० मा नेपाल फर्की सुन्दरहरैचा स्थित आफ्नै घरमा सुन चाँदी पसल खोलेको र सुन चाँदी पसल घाटामा गएपश्चात निजले सुन पसल छाडी झण्डै ३ बर्षअगाडी देखी बुढीगंगा गाँउपालिकावडा नं ६ स्थित कमरपुरडंग्राहामा फाइवरको ढोका र पाता बनाउने कारखाना खोली संञ्चालन गरेको देखिन्छ । कारखाना पनी घाटामा गईरहेको र राम्रोसंग नचल्नुको साथै बैङ्कको ब्याज समेत तिर्न गाह्रो भएको अवस्था सृजना भएकोमा कारखानाको कच्चा पदार्थहरु भारतबाट आयात हुने र सामानहरु आयात गर्ने क्रममा भारतिय नागरिकहरुसंग चिनजान भएको र भारतिय नागरिकसंग नजिक भएपश्चात आफ्नो सबै बिज्ने सब्य पार घाटामा गएको हुँदा कसरी छिटो पैसा कमाउन सकिन्छ भन्दै सरसल्लाह हुँदा, लागू औषध बिक्री गर्दा छिटो पैसा कमाईने सल्लाह गरी, भारतिय नागरिक मार्फत उक्तलागु औषध आज भन्दा झण्डै ९महिना अगाडी मगाएर विक्री बितरण गर्ने मनासायले आफ्नै घरमा लुकाएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ ।

गाईघाट १४ साउन । रातो तारा डट कम,बाढीले बगाएर उदयपुरको वेलकामा मंगलबार साझ एक युवकको मृत्यु भएको छ । वेलका नगरपालीका ३ भोटेपुल नजिकको कल्भर्टमा आएको बाढिले बगाउदा धरान उपमहानगरपालीका ५ का ३५ वर्षिय कर्ण बहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक राई वेलका ३ सिसौली टप्पुमा तरकारी खेती गर्दै आएका थिए । सोमबार उनी खेती हेर्न आएका थिए। भोली पल्ट धरान फर्किने क्रममा उनी चढेको प्रदेश १–०२ –००२ नम्बरको स्कार्पियो गाडी कल्भर्डको बाढी मा तर्न नसके पछि पानीको सतह हेर्न उनी आफै भेलमा पसेका थिए । उर्लदो भेलले उनलाई तत्कालै बगाए पछि उनी बेपत्ता भएका थिए । वेपत्ता राईको शव बगाएको स्थान देखी झण्डै ६ सय मिटर तल वुधबार भेटीएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी डिएसपि गोबिन्द पुरीले बताए । मृतक संगै गएका नातामा साला पर्ने अबिराज राई गाडीमै रहेकाले गर्दा उनी सकुसल रहेका प्रहरीले जनाएको छ ।


सोलुखुम्बु, श्रावण १४ गते । रातो तारा डट कम,सोलुखुम्बुको सोताङ गाउँपालिका-५ गणेश राईको घरमा तास खेलि रहेका ४ जनालाई ठुलो परीणामको नगद सहित पक्राउ गरिएको छ । राईको घरमा तास खेलिरहेको भन्ने बिशेष सूचनाका आधारमा मंगलवार दिउँसो ३ बजे ईलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा सोताङ गाउँपालिका-४ का ३७ बर्षीय दुर्गा प्रसाद राई, सोताङ गाउँपालिका-२ का ३४ बर्षीय दुर्गा प्रसाद राई, थुलुङ दुधकोशी गाउँपालिका-७ का २९ बर्षीय दिपक राई र ३२ बर्षीय फ्रेमराज राईलाई पक्राउ गरेको हो । तासको खालबाट प्रहरीले नगद १४ लाख ६५ हजार र ३४ बर्षीय दुर्गा प्रसाद राईको नाममा रहेको चेकमा दिपक राईको नाम उल्लेख गरी ३ थान चेकमा ८ लाखको दरले र १ थान चेकमा ५ लाख रुपैयाँ लेखी सही गरेको ४ थान चेक (२९ लाख)  समेत बरामद गरेको छ । पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.