Websoft University

सिलिन्डर र ग्यास चुलो बितरणमा बिवाद भइ झडप हुदा रौतहटमा दर्जनौ घाईते


काठमाण्डौ साउन १५ गते । रातो तारा डट कम,रौतहटको यमुनामाइमा ग्यास सिलिन्डर तथा चुलो बितरणमा दुई पक्षबिच झडप हुँदा दर्जनभन्दा बढी घाइते भएका छन् । यमुनामाई गाउँपालिकाको वडा नम्बर ५ झुन्खुनवामा हिजो ग्यास सिलिन्डरसहित चुलो बितरण गरिएको थियो । बितरणको क्रममा एक पक्षले विभेद गरेको भन्दै विवाद भएको थियो ।

बिवादले उग्र रुप लिएपछि झडप भएको हो । झडपमा दुबै पक्षले ढुङ्गा प्रहार गरेकाले घाइतेहरुको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । यमुनामाई गाउँपालिकाका गरिब तथा विपन्न परिवारलाई ग्यास चुलो बितरण गर्न लागेकोमा हिजो झुनखुनवा टोलमा र आज बिहिबार अर्काे टोलमा बितरणको योजना रहेको तर अर्काे टोलका नागरिकमा सूचना प्रवाह नहँुदा विभेद भएको भन्दै बिवाद भएको गाउँपालिकाका अध्यक्ष श्री प्रसाद मुखियाले बताउनु भयो । 

सो गाउँपािलकामा २ सय २५ परिवारले ग्यास सिलिन्डर पाउने भएका छन् । तर बुधबार झडप भएपछि चुलो बितरण कार्य आज गर्ने मुखियाले जानकारी दिनुभयो । झडपमा घाइते भएकाहरुको उपचार जिल्ला अस्पताल गौरमा भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक रविराज खड्काले जानकारी दिनु
भयो । घाइते भएकाहरुमध्ये २ बालकलाई गम्भीर चोट लागेकोलले विरगञ्ज रिफर गरिएको जनाइएको छ । दुबै पक्षबिच सहमति जुटेपछि घटना सामान्य बनेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.