Websoft University
April 2020


रोल्पामा बम विस्फोटमा परेर चार बालबालिकाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका-७ गैरीगाउँका चार बालबालिकाको बिहीबार साँझ मृत्यु भएको हो ।

मृत्यु हुने बालबालिकामा १४ वर्षीय नोकिराम डाँगी, १४ वर्षीय गौरव नेपाली, ११ वर्षीया विमला खत्री र ५ वर्षीय विजय खत्री छन्।

गाउँनजिकैको जंगलमा ग्वाला गएका उनीको विस्फोटमा परेर मृत्यु भएको हो। जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार चारैजनाको घटनास्थलमै मृत्यु भएको हो।

विस्फोटको ठूलो आवाज आएपछि गाउँले घटनास्थल पुगेका थिए। युद्धकालमा रहेको बम विस्फोट भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

शव घटनास्थलमै छन्। चारै जनाको मृत्यु भएकाले विस्फोटको घटना कसरी भन्ने बारे खुल्न सकेको छैन्। बम भेटाएर खेलाउदा विस्फोट भएको हो कि भन्ने आशंका गरिएको छ। बम विस्फोट भएको घटनास्थल नजिकै अर्को एक थान बमसमेत फेला पारेको छ।

मृत्यु हुने विमला र विजय एकै परिवारको भएको जनाइएको छ। जुगार, नुवागाउँ र होलेरी इलाका प्रहरी चौकीबाट प्रहरी घटनास्थल पुगेर अहिले घटनास्थल सिल गरिसकेको छ ।  विस्फोट नभएको बम समेत रहेकाले शव उठाउन सकिएको छैन्। रातभर प्रहरीले शवको सुरक्षा दिने भएको छ।

नेपाली सेनाको डिस्पोजल टोली शुक्रबार घटनास्थल जाने छ। नपड्किएको बम डिस्पोज गरेर मात्र शव उठाइने प्रहरीले जनाएको छ। गाउँको नजिकै विस्फोटको घटना भएको हो। तत्कालीन विद्रोही नेकपा माओवादी र शाही नेपाली सेनाबीच युद्धताका दुम्ला जंगलमा भिडन्तसमेत भएको थियो।

युद्धकै समयमा छाडिएको बेवारिसे बम विस्फोट भएको आशंका गरिएको छ। बम उनीहरुले कुल्चिएर पुड्किएको हो वा के कारणले भन्ने बारे अनुसन्धान भइरहेको छ।

एकै गाउँका बालबालिकाको मृत्यु भएपछि उनका अभिभावक र आफन्तमा शोकमा डुबेका छन्। गाउँमा त्रास फैलिएको छ।घटनास्थलमा फेला परेको विष्फोट नभएको टुइन्च मोर्टारको गोली।
 साभार: अन्नपूर्ण पोष्ट/ २०७७-१-१८,


विराटनगर  वैशाख १८ गते । रातो तारा डट कम, प्रदेश १ का जिल्ला अस्पतालहरुका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) हरुले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) अभाव भएको बताएका छन् ।

प्रदेश सरकारबाट प्राप्त पीपीई पर्याप्त नभएको उनीहरुले बताएका छन् । स्थानीय स्तरबाट व्यवस्थापन भएको पीपीई पनि सकीएको उनीहरुको भनाई छ । जिल्लामा कोरोना संक्रमित बढेको खण्डमा पीपीईको अभावमा काम गर्न नसकीने उनीहरुले बताएका छन् । प्रदेश १ का जिल्ला अस्पतालहरुका मेडिकल सुपरीटेन्डेन्टहरुले पीपीईको तत्काल व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरेका छन् । 

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेसँग आज गरिएको भिडियो संवादमा मेडिकल सुपरीटेन्डेन्टहरुले सो कुरा बताएका हुन । मेसुहरुले अस्पतालहरुमा आकस्मिक, फिवर क्लिनिकसँगै नियमित सेवाहरुपनि सञ्चालनमा रहेको बताएका छन् ।  उनीहरुले विकास समितिबाट नियुक्त भएका र करारका स्वास्थ्यकर्मीहरुलाई प्रदेश सरकारबाट प्रोत्साहन भत्ता उपलब्ध गराउन पनि माग गरेका छन् । 

इलाम अस्पतालका मेसु डा.प्रमोद साहले पीपीईको अभाव भएको बताउनुभयो । अभावकावीच सेवा दिईरहेको उहाँले बताउनुभयो । विदेशबाट आएकाहरु र बाहिरी जिल्लाबाट आएकालाई अनिवार्य  क्वारेन्टाईनमा राखिएको उहाँले बताउनुभयो । जिल्लामा कोभिड १९ का लागि छुट्टै एम्वुलेन्सको व्यवस्था गरिएको उहाँले बताउनुभयो । 

पाँचथर जिल्ला अस्पतालका मेसु डा. बुद्धिबहादुर थापाले पीपीई, एन ९५ मास्क अभाव भएको बताउनुभयो । उहाँले आवस्यक जनशक्ति र बजेटको पनि अभाव भएको सुनाउनुभयो । ताप्लेजुङ अस्पतालका मेसु डा. सनि लामाले अस्पतालमा दरवन्दी कम भएको बताउनुभयो । अन्य जिल्ला अस्पताल सरह सेवा दिएपनि दरबन्दी कम भएको गुनासो गर्नुभयो । जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख तथा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष घनेन्द्र मादेनले कोभिड १९ को व्यवस्थापनका लागि दैनिक काम भईरहेको बताउनुभयो । 

भोजपुर जिल्ला अस्पतालकी निमित्त मेसु डा. पवित्रा श्रेष्ठले जिल्लामा आरडिटी किटको अभाव भएको बताउनुभयो । पीपीई आँफै व्यवस्थापन गरेर काम चलाईरहेको उहाँको भनाई छ । जिल्लामा संक्रमित बढेमा पीपीई अभाव हुने उहाँको भनाई छ । सोलुखुम्वु जिल्ला अस्पतालकी निमित्त मेसु सोनु शेर्पाले अस्पतालमा एम्वुलेन्स नहुँदा विरामीलाई उपचारका लागि लैजानुपर्ने अवस्था आए समस्या हुने बताउनुभयो । जिल्ला अस्पतालमा एउटा पनि सवारी नभएको उहाँले गुनासो गर्नुभयो । 

ओखलढुङ्गा जिल्ला अस्पतालका मेसु डा. सन्तोष देवले पीपीई र एन ९५ मास्कको अभाव रहेको बताउनुभयो । धनकुटा जिल्ला अस्पतालका मेसु पुजन विश्वकर्माले स्थायी मात्रै नभएर सवै स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ताको व्यवस्था गर्न माग गर्नुभयो । प्रदेश सरकार र स्थानीय तहबाट उपलब्ध भएको पीपीई वितरण भईसकेको उहाँले बताउनुभयो । शंकास्पद विरामी बढेमा पीपीई अभाव हुने उहाँको भनाई छ । 

सुनसरी जिल्ला अस्पतालका मेसु डा. सन्तोष राईले अस्पतालले नियमित रुपमा स्वाव संकलन, फिवर क्लिनिक र मोवाईल क्लिनिक सञ्चालन गरिरहेको बताउनुभयो । सुनसरीमा पीपीई अभाव रहेको बताउनुभयो । मेची अस्पतालका मेसु पिताम्वर ठाकुरले आईसोलेसनमा रहेका विरामीको लागि खाना खर्चको अभाव भएको बताउनुभयो । 

सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थले कर्मचारी, स्वास्थ्य सामाग्री अभावको विषयमा ध्यानाकर्षण भएको बताउनुभयो । थप जनशक्ति तत्काल व्यवस्थापन गर्न नसकीने उहाँले बताउनुभयो । 

सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश सरकारले पठाएको पीपीईको सही सदुपयोग नभएको बताउनुभयो । स्वास्थ्यकर्मी भन्दा पनि जनप्रतिधिहरुले पीपीई लगाएर हिड्दा समस्या भएको उहाँले बताउनुभयो । पीपीईको अभाव जिल्लामा मात्रै नभएर प्रदेश र केन्द्रमा पनि रहेको बताउनुभयो । उहाँले शक्तिशाली देशहरुमा पनि पीपीई अभाव रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ पीपीई प्रदेश सरकारले न्युनतम रपमा व्यवस्थापन गरेको छ ।’ 

कस्ले कस्तो पीपीई लगाउने भनेर नबुझ्दा पनि समस्या भएको उहाँको भनाई छ । कोरोनाको त्रासका वीचमा पनि अस्पतालहरुले अत्यावसकीय सेवा सँगै नियमित सेवा र फिवर क्लिनिक सञ्चालन गरेकोमा धन्यवाद दिनुभयो । शुरुवातका दिनमा कोरोनाको आतंक स्वास्थ्यकर्मीमा देखिएपनि अहिले त्यो त्रास हटेर गएको आँफुले पाएको उहाँले बताउनुभयो ।  



मन गुरुङ,भीरकोट । बैशाख १८, गते।  रातो तारा डट कम,भीरकोट स्थित सन्त निरंकारी भवनमा आयोजित रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ । रक्त संचार सेवा पोखराको विशेष  सहयोगमा सन्त निरंकारी मण्डल बयरघारी, भीरकोट जेसिज, भीरकोट नगरपालिका र आँधिखोला पिस युथ क्लबले संयुक्त रुपमा उक्त कार्यक्रमको आयोजना गरेको थियो ।


कोरोना कहरको बाबजुत आयोजना गरिएको कार्यक्रमा ७० जना बढिले रक्तदान गरेका थिए । लकडाउनक कारण देशका विभिन्न अस्पतालहरुमा रगतको अभाव हुँदै गइ रहेको छ ।  यो कठिन परिस्थितिमा कुनै पनि बिरामीले रगतको अभाव झेल्न नपरोस भन्ने उदेश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको सन्त निरंकारी मण्डलका अध्यक्ष यम बहादुर खत्रीले बताउनु भयो ।



मानव एकताको लक्ष सहित अघि बढेको सन्त निरंकारी मण्डलले २०६५ साल देखि "रगत नालीमा हैन, मानिसको नाडीमा नगाऔ" भन्ने नारा लिएर प्रत्येक बर्ष निरन्तर रक्तदान कार्यक्रको आयोजना गरिंदै आएको छ।





काठमाण्डौ बैशाख १८ गते । रातो तारा डट कम,गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । गैरआवासीय नेपाली संघ दक्षिण कोरीया, चीन, हङकङ र मकाउले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पुगेर स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । 

गैरआवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले सामग्री स्वस्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई उपलब्ध गराउनुभएको छ । दक्षिण कोरियामा रहेका नेपालीले यसअघि पनि परीक्षण किट, पीपीईलगायत सामग्री उपलब्ध गराएका थिए । आज फेरि तीन सय १० थान ज्वरो नाप्ने थर्मोमिटर, दुई हजार थान फेस सिल्ड, एन ९५ मास्क एक हजार थान, डिस्पोजेबल मास्क २० हजार थान, ह्याण्ड ग्लोब्स एक हजार थान, पीपीई गाउन दुइ  हजार थान उपलब्ध गराएको एनआरएनएले जनाएको छ । 

एनआरएनए चीनले पञ्जा ३० हजार थान, मास्क २० हजार थान, एन ९५ मास्क एक हजार चार सय ५० थान उपलब्ध गराएको छ । एनआरएनए मकाउ र हङकङले उपलब्ध गराएको स्वास्थ्य सामग्री पनि छिट्टै सरकारलाई उपलब्ध गराइने जनाइएको छ ।

एनआरएनएले उपलब्ध गराएको स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले अप्ठेरो अवस्थामा साथ दिने नै भरपर्दो र नजिकको हुने भन्दै सहयोगका लागि धन्यवाद दिनुभयो । 


बिराटनगर,  बैशाख १८ गते । रातो तारा डट कम,प्रदेश प्रहरी तालिम केन्द्र १ नम्बर प्रदेश बिराटनगरमा कार्यरत प्रहरी जवान सुनिता राई चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएकी छन् ।

 विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिकलगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवलका साथ प्रहरी तालीम केन्द्रमा संचाली प्रहरी जवान आधारभुत तथा उन्नत तालीममा बाह्य प्रशिक्षकको रुपमा खटिई प्रभावकारी प्रशिक्षण प्रदान गर्दै प्रशिक्षार्थी मैत्री वातावरणमा प्रशिक्षार्थीहरुलाई प्रशिक्षण गराउने क्रियाकलापमा उत्प्रेरित गरी प्रशिक्षण सामाग्रीहरुको उचित प्रयोग गरी प्रशिक्षार्थीहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्नुका साथै दक्ष, अनुशासित, नागरिकमैत्री तथा व्यवसायिक प्रहरी उत्पादनमा विशेष भूमिका निर्वाह गरेको, विभागीय नीति निर्देशन, प्रशिक्षण केन्द्रको स्थायी आदेशको अक्षरश पालना गर्दै कुशल प्रशिक्षकको भूमिका निर्वाह गरी प्रशंसनिय  कार्य गरेको हुनाले प्रदेश प्रहरी तालीम केन्द्र १ नं. प्रदेश विराटनगरमा कार्यरत प्रहरी जवान  सुनिता मगरलाई निजले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७६ साल चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो । 

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । 

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।


 काठमाडौ बैशाख १८गते । रातो तारा डट कम,विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले नेपालमा सबैभन्दा बढी २८ जनामा संक्रमित देखिएको प्रदेश नं.१ को उदयपुरसहित प्रदेश नं २ मा संक्रमण देखिएको पर्सा र बारा जिल्लाका पत्रकारहरुको अवस्थाको बारेमा नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले स्थलगत अनुगमन गरेको छ । महासंघका महासचिव रमेश विष्टको नेतृत्वमा प्रेस काउन्सिल नेपालका सदस्य इश्वरी ओझा सम्मिलित टोलीले स्थानीय पत्रकारहरुसँग जिल्लाको समग्र अवस्थाको बारेमा अन्तरक्रियासमेत गरेको छ ।

अनुगमनका क्रममा ती जिल्लाका पत्रकारहरुले स्रोत साधन तथा स्वास्थ्य सामग्रीको अभावमा उच्च जोखिम मोलेर पत्रकारिता गरिरहेको पाइयो । नेपालकै सबैभन्दा बढी संक्रमित रहेको उदयपुरको भुल्के क्षेत्रमा पत्रकारहरुले आवश्यक स्वास्थ्य सामग्रीको अभावमा रिपोर्टिङ गरिरहेका छन् । पत्रकारहरुको स्वास्थ्य परीक्षणको समेत व्यवस्था गरेको पाइएन । पारिवारिक दबाव र संक्रमणको खतरा मोल्दै जनतालाई सुसूचित गराउने दायित्वलाई उदयपुरका ञ्ंचारकर्मीहरुले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको अनुगमनका क्रममा पाइएको छ ।

महासंघ र काउन्सिलको टोलीसमक्ष सञ्चारकर्मीहरुले आफूहरु उच्च जोखिममा रहेको, स्वास्थ्य सामग्री लगायतका स्रोत साधनको अभाव रहेको, स्वास्थ्य परीक्षणको व्यवस्था नभएको जस्ता समस्याहरु व्यक्त गरेका थिए । जोखिम मोलेर काम गरिरहेका सञ्चारकर्मीहरुलाई सरकार र सम्बन्धित सञ्चार गृहले कुनै सहुलियत नदिएको गुनासो टोली समक्ष पत्रकारहरुले गरेका छन् । महासंघ उदयपुर जिल्ला अध्यक्ष भरत खड्का, वरिष्ठ पत्रकार कौशल चेम्जोङ, भक्ति विरास पोखरेल, उदयपसर शाखाका पूर्वअध्यक्ष महेश्वर चाम्लिङलगायतका सञ्चारकर्मीहरुले जिल्लाको अवस्था र पत्रकारहरुले भोगिरहेका समस्याका बारेमा अनुगमन टोलीलाई जानकारी गराएका थिए ।

प्रदेश नं.२ को पर्सा र बाराका पत्रकारहरुसँगसमेत अनुगमन टोलीले छलफल गरेको छ । महासंघ प्रदेश नं २ का अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष केसी लामिछाने, महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, बाराका अध्यक्ष कमल उपाध्यायलगायतका सञ्चारकर्मीसँग टोलीले अन्तरक्रिया र छलफल गरेको छ । टोलीले वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीसँग भेटेर पत्रकारिताको समस्या र कोरोना नियन्त्रणका लागि भएका प्रयासका बारेमा छलफल गरेको छ ।

साथै, अनुगमन टोलीले प्रदेश नं.३ को राजधानी मकवानपुरका पत्रकारहरुसँग समेत छलफल गरेको छ । महासंघ मकवानपुरका जिल्ला अध्यक्ष हरि हुमागाईसहितका पत्रकारहरुले जिल्लाको पत्रकारिताको अवस्था र कोरोना नियन्त्रणको प्रयासको बारेमा अनुगमन टोलीलाई जानकारी गराएका थिए ।

संक्रमणको त्रासदीपूर्ण अवस्थामा काम गरिरहेका पत्रकारहरुका लागि सरकारले तत्काल राहत तथा सहुलियतको व्यवस्था गर्नुपर्ने देखिन्छ । स्वास्थ्य परीक्षणको व्यवस्था गर्न र स्वास्थ्य सामाग्रीलगायतको पूर्वसर्तकताका साधन तत्काल व्यवस्था गर्नुपर्ने निष्कर्ष टोलीको छ ।

संक्रमित पुष्टि भएका जिल्लाका पत्रकारहरुका लागि तत्काल सुरक्षितढंगबाट काम गर्ने वातावरण निर्माण गर्न सरकार र सम्बन्धित निकायसमक्ष टोलीको आग्रह छ । सञ्चारगृहहरुले पत्रकारहरुलाई नियमित पारिश्रमिक उपलब्ध गराउनुका साथै विशेष प्रोत्साहनको व्यवस्था गर्नुपर्ने देखिन्छ । स्वास्थ्य विमाको व्यवस्था, स्थानिय सञ्चारमाध्यमको सञ्चालनमा विशेष राहत र सहुलियतको  व्यवस्था गर्नुपर्ने निष्कर्ष टोलीको छ ।
अनुगमनका क्रममा टोलीले स्थानिय सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्रीहरु समेत वितरण गरेको थियो ।


काठमाण्डौ बेशाख १८ गते । रातो तारा डट कम,काभ्रेको तेमाल गाउँपालिकाले नागरिकको घर, घर मै पुगेर स्वास्थ्य परीक्षण सुरु गरेको छ । बैशाख १५ गतेबाट गाउँपालिकाले प्रत्येक नागरिकको घरघर मै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरण गरिरहेको जनाएको छ । तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिं तामाङले उपत्यका लगायत अन्य जिल्लाबाट आएका नागरिकका कारण कोरोना त्रास बढेपछि पालिका भित्रका सबै नागरिकको निःशुल्क परीक्षण सुरु गरिएको जानकारी दिनुभयो । गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङले २६ हजार नागरिकको घरघरमा स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य परीक्षण गर्ने जानकारी दिनुभयो । तेमाल गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख शिवहरी पाठकले २० स्वास्थ्यकर्मी स्वास्थ्य परीक्षणका लागि खटिएको जानकारी दिनुभयो । 


काठमाण्डौ बेशाख १८ गते । रातो तारा डट कम,नेपालकै प्रसिद्ध धार्मिकस्थल तथा शत्तिपीठ राजदेबी पन्चावती मन्दिरमा यो बर्ष कारोना भाईरस सङ्क्रमणको जोखिमका कारण पूजाआजा नहुने भएको छ । लहान नगरपालिका वाडा नं.१५ ढोडनामा रहेको राजदेबी मन्दिरमा हरेक बर्ष चण्डी पूर्णिमा अथवा बुद्ध जयन्तीको अबसरमा  पूजा अर्चना हुने गरेको थियो । नेपाल तथा भारतका बिभिन्न जिललाबाट लाखौको संख्यामा श्रद्धालु भक्तजन आउने भएकाले जोखिम हुने भन्दै स्थानीय प्रशासन तथा राजदेबी पन्चावती मन्दिर संरक्षण बिकास समितिको संयुक्त बैठकबाट यो बर्ष पूजा आरधना तथा मेला नलाग्ने निर्णय गरेको समितिले जानकारी दिएको छ  । 




                                   


काठमाण्डौ बेशाख १८ गते । रातो तारा डट कम,संसदको विकास तथा प्रविधि समितिले राष्ट्रिय गौरवका र अत्यावश्कीय आयोजनाहरु सञ्चालन गराउन सरकारलाई निर्देशन दिएको छ । समितिको हिजोको बैठकले आयोजना सञ्चालन हुने स्थानमा सुरक्षित क्वारेन्टाइनको व्यवस्था गराइ आयोजना सञ्चालन गराउन निर्देशन दिएको हो ।

समितिका सभापति कल्याणी खड्काले लामो लकडाउनका कारण विकास निमार्णका आयोजनाहरु ठप्प भएकाले सुरक्षित व्यवस्था मिलाइ सुचारु गर्न आग्रह गर्नुभयो ।  यस्तै, सभापति खड्काले अतिविपन्न वर्गका मजदुरहरुलाई दिइने राहतको मापदण्ड तोकिनुपर्ने भन्दै कोरोनाको संक्रमणका कारण नेपाल आएका युवालाई रोजगारीको व्यवस्था गराउन समेत सरकारलाई आग्रह गर्नुभयो । 

विभिन्न स्थानमा चोरी–डकैतीका घटना बढेको भन्दै उहाँले उनीहरुलाई रोजगारीमूलक काममा लगाउन नसके भोकमरी समेत सिर्जना हुनसक्ने बताउनुभयो । समितिको बैठकमा सांसदहरुले विकास निर्माण क्षेत्रमा काम गर्ने ज्यालादारी मजदुरको अवस्था निकै पीडादायी रहेका कारण उनीहरुलाई सुरक्षित तवरले काममा लगाउनुपर्ने बताएका थिए ।

ठोस निर्णयविना नै राहत वितरण हुने गरेका कारण स्थानीय, प्रदेश र केन्द्र सरकारको एउटै नीति बनाएर अगाडि बढ्नुपर्ने सुझाव समिति सदस्यहरुले दिएका थिए । 



विराटनगर वैशाख १७ गते । रातो तारा डट कम, प्रदेश १ का जिल्ला समन्वय समितिका प्रमुखहरुले कोरोना परीक्षणको दायरा बढाउन माग गरेका छन् । उनीहरुले ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिलाई बढाउन माग गरेका
हुन । 

सामाजिक विकास मन्त्री जीवन घिमिरेसँगको भिडियो कन्फ्रेन्समा समन्वय समितिका प्रमुखहरुले क्वारेन्टाईनमा बसेकाहरुको अनिवार्य आरडिटी गर्नुपर्ने बताएका छन् । १४ दिने क्वारेन्टाईन अवधि सकिन लागेको भन्दै आरडिटीको दायरा बढाउन उनीहरुको माग छ । क्वारेन्टाईनमा बसेकाको संख्याको आधारमा किट पठाउन समन्वय समिति प्रमुखहरुले माग गरेका छन् । 

इलामका प्रमुख गणेश बरालले जिल्लामा आरडिटी किट अभाव भएको बताउनुभयो । आरडिटी किट अभावका कारण क्वारेन्टाईनमा बसेकाहरुको परीक्षण गर्न नपाएको उहाँले गुनासो गर्नुभयो । इलाममा स्वास्थ्यकर्मी र औषधिको पनि अभाव भएको प्रमुख बरालले बताउनुभयो । 

झापाका प्रमुख सोमनाथ पोर्तेलले आरडिटी किटको अभावमा परीक्षण गर्न नसकीएको बताउनुभयो । झापामा भारत लगायतका विभिन्न देशहरुबाट ९ सय प्रवेश गरेको उहाँले बताउनुभयो । बाहिरीदेशबाट आएकाहरु अधिकांश होमक्वारेन्टाईनमा रहेकाले उनीहरुको आरडिटी अनिवार्य गर्नुपर्ने उहाँले बताउनुभयो । आवस्यक किटको अभावमा परीक्षण हुन नसकेको उहाँले बताउनुभयो । बोर्डरको सुरक्षामा कडाई गरिएको जिसस प्रमुख पोर्तेलले बताउनुभयो । 

ते¥हथुमका प्रमुख शिव ढुंगानाले बाहिरी जिल्लाबाट आउनेहरुलाई अनिवार्य क्वारेन्टाईनमा राख्ने गरिएको बताउनुभयो । क्वारेन्टाईनमा राख्न थालिएपछि बाहिरी जिल्लाबाट आउने घटेको उहाँले बताउनुभयो । ते¥हथुममा ३ सय ७४ को आरडिटी गरिएको उहाँले बताउनुभयो । आरडिटी गरिएका सवैको रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनुभयो ।
 सुनसरीका प्रमुख गोपालराज भण्डारीले जिल्लामा आरडिटी किटको अभाव रहेको बताउनुभयो । 

आवस्यक किट नहुँदा क्वारेन्टाईनमा राखेकाहरुको परीक्षण गर्न नसकीएको उहाँले बताउनुभयो । सीमावर्ती क्षेत्रमा उच्च सर्तकता अपनाईएको जिसस प्रमुख भण्डारीले बताउनुभयो ।संखुवासभाका प्रमुख सुमन शाक्यले काठमाण्डौं लगायतका विभिन्न जिल्लाहरुबाट जिल्ला प्रवेश गरेकाहरुलाई क्वारेन्टाईनमा राखिएको बताउनुभयो । संखुवासभामा स्वास्थ्यकर्मीको अभाव भएको उहाँले बताउनुभयो । 

ओखलढुङ्गाका प्रमुख जयबहादुर श्रेष्ठले काठमाण्डौं र बाहिरी जिल्लाबाट प्रवेश गर्नेहरुको अनिवार्य आरडिटी गर्ने गरिएको उहाँले बताउनुभयो । अहिले सम्म २ सय ३१ जनाको परीक्षण गरिएको उहाँले बताउनुभयो । परीक्षण गरिएका सवैको रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनुभयो । 

सामाजिक विकास मन्त्री घिमिरले हरेक जिल्लालाई दोश्रो चरणमा ३ सय ६० का दरले किट पठाईसकिएको बताउनुभयो । प्रकोप भएका जिल्लामा आवस्यकताका आधारमा थप किट पठाईने उहाँले बताउनुभयो । मन्त्री घिमिरेले १४ वटै जिल्लाका स्वास्थ्यकर्मीलाई शंकास्पद व्यक्तिको स्वाव संकलन गर्ने संवन्धिको तालिम दिईसकीएको बताउनुभयो । 

काठमाण्डौं लगायतका विभिन्न जिल्लाहरुबाट आएकाहरुलाई अनिवार्य  १४ दिन क्वारेन्टाईनमा राख्नुपर्ने उहाँले बताउनुभयो । मन्त्री घिमिरेले घडी हेरेर लकडाउन नखुल्ने भएकाले अंश अंशका रुपमा खोलिने बताउनुभयो । वडा, पालिका, जिल्ला गर्दै लकडाउन खुल्ने उहाँले बताउनुभयो । 


काठमाण्डौ बेशाख १७ गते । रातो तारा डट कम,सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर आन्तरिक विवाद बढ्न थालेपछि नेकपाको सचिवालय बैठक आज बस्न लागेको हो ।

अब केशी बेरपछि प्रधानमन्त्री निवास बालुवाटार बस्ने सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तय गर्ने बताइएको छ । यसअघि हिजो बस्ने भनिएको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छुट्टा छुट्टै छलफल भएपछि बैठक बस्न सकेन । 

पार्टी फुटाउने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि प्रधानमन्त्री ओलीको पार्टीभित्र र बाहिरबाट चर्को आलोचना भइरहेको छ । चौतर्फी विरोध भएपछि अध्यादेश खारेज भइसकेको छ । तर, अध्यादेशको औचित्यबारे छलफल गर्न प्रचण्ड र माधव नेपाल पक्षले सचिवालय बैठक बोलाउन माग गर्दै आएका थिए । 

वरिष्ठ नेता झलनाथ खनालले सचिवालय बैठकमा समसामयिक राजनीति र स्थायी कमिटी बैठकको विषयमा छलफल हुने जानकारी दिनुभएको छ । 


बिराटनगर बैशाख १७ गते । रातो तारा डट कम,मोरंङ व्यापार संघ र उद्योग संगठन मोरङको संयुक्त आयोजनामा दुबै संस्थाका कार्यसमिति सदस्यहरुको सहभागितामा वौद्धिक वर्ग र अर्थशास्त्रीहरुका साथ नेपालको अर्थतन्त्रको वर्तमान अवस्था कोविड–१९ पछिको अर्थतन्त्रको परिदृश्यका विषयमा सामाजिक दुरी कायम गर्देै छलफल कार्यक्रम आज मिति २०७७ बैशाख १७ गते, बुधबारका दिन सम्पन्न गरको
छ । 

छलफलमा उपस्थित अर्थशास्त्रीले कोविड–१९ पछीको विश्वको अर्थतन्त्रलाई दृष्टिगत गर्दै नेपालको आगामी आर्थिक विकासका लागि कृषिलाई प्राथमिकता दिनुपर्ने, स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरुको स्थापना गर्नु पर्ने, वैदेशिक रोजगारीबाट फर्केर आएका श्रमशक्तिलाई तत्काल कृषि क्षेत्रमा लगाउनु पर्ने, एग्रो इण्डष्ट्रियल लिंकेज हुने नीति अवलम्बन गर्नु पर्नेमा जोड दिनु भयो ।

अर्थशास्त्रीहरुले सरकारले अविलम्ब अल्पकालिन दिर्घकालिन नीति ल्याई कार्ययोजना बनाई यस अघिका नीतिहरुलाई परिमार्जन गर्दै अगाडी बढेमा वर्तमान चुनौतिलाई अवसरका रुपमा परिणत गर्न सकिने धारणा राख्नु भयो ।

कार्यक्रमको प्रारम्भमा उद्योग संगठन मोरंगका वरिष्ठ उपाध्यक्ष सुयश प्याकुरेलले कोविड–१९ पछी सरकारले कस्तो कार्ययोजना बनाई अघी बढेमा आर्थिक विकासमा टेवा पुग्ने छ भन्ने विषयमा केन्द्रित रहि अर्थशास्त्री, वौद्धिक वर्गसँग छलफल आयोजना गरिएको बताउनु भयो । 

उहा“ले आगामी दिन सरकार, र नीजि क्षेत्र दुवैका लागि चुनौतिपूर्ण भएकाले चुनौतिलाई कसरी अवसरका रुपमा प्रयोग गर्न सकिन्छ,  त्यसका लागि सरकारले अख्तियार गर्नु पर्ने नीति कस्तो हुनुपर्छ र नीजि क्षेत्रको विकासका लागि सरकार, नीजि क्षेत्रबीच कुन कुन विषयमा हातेमालो गरी अगाडी वढ्ने भन्ने विषयमा नेपाल सरकार, प्रदेश सरकार समक्ष नीजि क्षेत्रका तर्फबाट सुझाव प्रस्तुत गर्न छलफलले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नु भयो ।

मोरंग व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले कोविड–१९ ले विश्व अर्थतन्त्रमा पारेको प्रभावबाट नेपाल पनि अछुतो रहन नसक्ने भएकाले सरकारले आगामी दिनमा उद्योग÷व्यवसाय क्षेत्रको विकासका लागि तय गर्नुपर्ने नीतिका सम्बन्धमा बौद्धिक वर्गबाट प्राप्त सुझावले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले छलफल आयोजना गरिएको बताउनु भयो ।

छलफलमा अर्थशास्त्री डा. भेष प्रसाद धमलाले यस अघिका सम्पूर्ण योजना, नीतिलाई पुनरावलोकन गरी आगामी दिनका योजना तर्जुमा गर्नु पर्ने, संरचनात्मक परिवर्तन गर्नु पर्ने, आर्थिक विकासको केन्द्रविन्दु कृषिलाई बनाउनु पर्नेमा जोडदिनु भयो ।

अर्थशास्त्री डा. अर्जुन बरालले विश्व आर्थिक मन्दीको यस अवस्थाबाट पार पाउन सम्पूर्ण नीति मै परिवर्तन ल्याई विशेष गरी एग्रो प्रोशेशिङ्ग, एग्रो इण्डष्ट्रियल लिंकेजमा जोड दिनु पर्ने धारणा राख्नु भयो । 

अर्थशास्त्री डा. पि.के.झाले वैदेशिक रोजगारीबाट फर्केर आएका जनशक्तिालई तत्काल कृषि क्षेत्रमा खपत हुने वातावरण बनाउन कृषि अर्थतन्त्रको विकासमा जोड दिनु पर्ने, नीजि क्षेत्रका उद्योग÷व्यवसायलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्नु पर्नेमा जोड दिनु भयो ।

अर्थशास्त्री डा. वेदराज आचार्यले अन्य कुराको साथ साथै शासन संचालनमा पनि सुधार गरेर अगाडी बढनु पर्नेमा जोड दिनु भयो । उहा“ले नीति नियम जतिसुकै राम्रो भएपनि कार्यान्वयन प्रभावकारी नभए नीतिको औचित्य नहुने भएकोले शासन प्रणालीमा सुधार ल्याउनु पर्ने सुझाव दिनु भयो ।

प्राध्यापक विजु थपलियाले आर्थिक एवम् उद्योग÷व्यवसाय क्षेत्रलाई वर्तमान अवस्थाबाट पूर्नजिवन दिन एक्शन प्लान बनाउनु पर्ने, रोजगारीको अवसरहरु सिर्जना गर्नुपर्ने, त्यसकालागि नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने नीति कार्यान्वयन गर्नु पर्ने धारणा राख्नु भयो ।

प्रदेश योजना आयोगका सदस्य पूर्ण लोक्सोमले कोरोनाबाट सिर्जित अवस्थाले क्रमभंग भएकाले नविनतम अवसरको रुपमा आगामी दिनमा अगाडी बढनु पर्ने बताउनु भयो । उहाले स्थानीय श्रोत साधनको अधिकतम प्रयोग गर्दै त्यसमा आधारित उद्योग÷व्यवसायलाई प्राथमिकता दिई स्वदेशमा रोजगारीको अवसर सिर्जन ागर्ने नीति बनाउन प्रदेश सरकारले ल्याउन ध्यान पु¥याउने बताउनु भयो ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष पवन कुमार सारडा, वरिष्ठ उपाध्यक्ष नविन रिजाल, संगठनका उपाध्यक्ष्ँ प्रदीप मुरारका, कोषाध्यक्ष्ँ नन्दकिशोर राठी, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा, विपिन कावरा, तारानाथ निरौला, संघका महासचिव अनिल कुमार साह, सचिव अनिल सारडा, संघका का.का.सदस्य मनिष कुमार मारुको सहभागिता रहेको थियो ।

मितिः २०७७ बैशाख १७ गते, बुधबार । 
विराटनगर 


शिव भट्टराई,मोरङ बैशाख १७ गते । रातो तारा डट कम,रगत अभाव भइरहेको गुनासो आइरहदा मोरंगमा लायन्स क्लब अफ बाँसबारीले रक्ददान कार्यक्रम आज सम्पन्न गरेको छ।  

मोरंगको सुन्दरहरैंचा नगरपालिका - ५ को बाँसबारी चौकमा लायन्स क्लब अफ बाँसबारीले रक्तदान कार्यक्रम सपन्न गरेको छ।  कोरोना संक्रमणको जोखिम परिस्थिथिमा रगत अभाव भएको गुनासो आउँदा रक्तदान कार्यक्रम गरेको क्लबका अध्यक्ष संजु  सिवाकोटीले बताउनुभयो।  

भिडभाडलाई कम गरि सामाजिक दुरी कायम गरि रक्दान कार्यक्रम गरियो।  अमर ज्योति युवा  क्लब, अमर ज्योति टोल बिकास संस्था तथा बाँसबारी भजन समुहले सहकार्य गरेका छन्।  यसकिसिमको कार्यक्रम हरेक बर्ष गर्दै आएको भन्दै यस बर्ष पनि रगत अभाव भएको कारण कार्यक्रम गरेको अमर ज्योति युवा क्लबका अध्यक्ष नरेन्द्र सिग्देल जानकारी दिनुभयो ।  

प्रहरी चौकी गछिया, सुन्दरपुर् स्वाथ्य चौकी तथा सो नगरपालिकाको वडा कार्यालयाले उक्त कार्यक्रमलाई सहजीकरण गरेको थियो भने।  समाजिक संघ, संस्थाका व्यक्ति तथा सुरक्षाकर्मीले समेत गरि  ६५ जनाले रक्तदान गरेको थियो।   

अहिलेको विश्व जगत कोभिड -१९ को चपेटामा परेको अवस्थामा मानवीय तथा सामाजिक कार्यलाई  सहयोग गर्दै रक्तदान कार्यक्रममा सहभागी भएका   गौशाला बृद्धाबनका संरक्षक दिन बन्धु शास्त्रीले रक्तदान कार्यक्रमको प्रंशसा गर्दै मानवजाति कल्याण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै खुसि ब्यक्त गर्नुभयो।  

कोरोना संक्रमण  फैलिन नदिन समेत सचेत गरिएको कार्यक्रममा स्वास्थ्य परिक्षण गरि मात्र योग्य व्यक्तिलाई रक्तदान कार्यक्रमा सहभागीता गराएको थियो भने विदेश तथा बाहिरबाट  आउने ब्यक्ति र त्यस किसिमको परिवार लाई रक्तदानमा सहभागी गराएको थिएन।

विराटनगर बैशाख १७ गते । रातो तारा डट कम,विराटनगर–१३ मलाया रोडमा गाडीको टायरमा हावा हाल्ने क्रममा टायर पड्किएर एकजनाको भारतिय नागरिको मृत्यु भएको छ ।

भारत समस्तिपुर घर भएका २५ बर्षीय मो. हैदरको मृत्यु भएको हो । विराटनगर–१३ का जितेन्द्र यादबको सटर भाँडामा लिई गाडीको टायरको पम्चर बनाई बस्दै आएका हैदरको आज दिउँसोे पुरानो टायरमा हावा हाल्ने क्रममा टायरको बीचमा भएको फलाम पड्किएर उनको ज्यान गएको मोरङ प्रहरीले जनाएको छ । 

हैदरलाई फलामको रिङले टाँउको र शरिरमा चोट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापाका जानकारी दिए ।

मृतक हैदरको शवलाई कानुनी प्रकृयाको लागी कोशी अस्पताल बिराटनगर लगिएको छ भनि घटना सम्बन्धमा अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।


बिराटनगर, बैशाख १७ गते । रातो तारा डट कम,१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले मातहत जिल्ला प्रहरी कार्यालय प्रमुखहरुसंग भिडियो कन्फ्रेन्स गर्नु भएको छ ।

भिडियो कन्फ्रेन्स मार्फत मातहत जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्दैशन दिनुहुँदै वाहाँले बन्दाबन्दी (Lockdown) को पूर्ण पालना गराउने कार्यमा खटिने प्रहरी कर्मचारीहरुलाई प्रयाप्त ब्रिफिङ गरी आवश्यक सुरक्षाको उपायहरु अपनाएर उपलब्ध सामाग्री सहित फिल्डमा डिउटी खटाउने,पर्चा,पम्प्लेट बितरण तथा माईकिङ गरी जनचेतना जगाउने कार्यमा दत्तचित्त भई लागी पर्न निर्देशन दिनु भयो ।

त्यसैगरी बन्दाबन्दी (Lockdown) को समय लम्बिदै जाँदा हुनसक्ने घरेलुहिंसा, महिला तथा बालबालिका  माथी हुने हिंसाको सम्बन्धमा सजग र सतर्क रही समाजमा पहुँच बढाउन जोड दिनु भयो ।  

अहिलेको प्रतिकुल अवस्थामा कालो बजारी र कृत्रिम अभाव हुन सक्ने तर्फ बिशेष चनाखो हुन पर्ने बताउनु भएको छ ।  साथै नेपाल सरकारबाट जारी भएको ऐन नियम तथा कानूनको परिधिमा रहेर प्राप्त निर्दैशनलाई उच्च प्राथमिकतामा राखी शुन्य सहनशिलतामा रही काम गर्न निर्देशन दिनु भएको छ ।

बन्दाबन्दी (Lockdown) को अवस्थामा सिमावर्ती क्षेत्रहरुबाट हुन सक्ने चोरी पैठारीलाई रोक्न सिमावर्ती क्षेत्रहरुमा बिशेष ध्यान दिई काम गर्न र क्वारेन्टाईन स्थलहरुमा भरपर्दो सुरक्षा ब्यबस्था मिलाउन हुन समेत निर्देशन दिनु भएको छ ।


काठमाण्डौ बेशाख १७ गते । रातो तारा डट कम,बेलका नगरपालिका वडा नम्वर १ भागलपुरबाट हिजो बेलुका मोसाइकलमा करिव एक सय लिटर घरेलु मदिरा बोकेर सप्तरी तिर जादैगर्दा उक्त मोटरसाइकल त्रियुगा नदी आम्वासी चेकपोष्टले चेक जाच हँदा सो मोटरसाइकलमा घरेलु मदिरा भेटेपछि नियान्त्रण लिएको थियो ।

मोटसाइकल स ४ प, ८७५८ नम्वरको मोटरसाइकल, गोपाल सरेठले चलाएका थिए भने पछाडि एक प्रहरी समेत बसेको पाएकोले सो मोटरसाइकललाई गोपाल श्रेष्ठले चलाएको एम्लुलेन्सले पिछा गरेर बाटो छेकि चेक जाँच गराइएकोथियो ।

मोटरसाइकल चालक गोपाल सरेठको सप्तरीमा होटल भएकाले मियामित लकडाउनको बेला पनि घरेलु मदिरा लानेगरेको बताएका छन । सो ठाउमा मानिसहरुको भिड बढेपछि बेलका नगरपालिकाकी उप मेयर राजकुमारी चौधरी त्यस ठाउमा पुगी इलाका प्रहरी कायालयमा रामपुरमा फोन गर्दा थप कुनै प्रहरी गएको भन्दै जनताले गुनासो गरेका थिए ।

कोभिड १९ अर्थात नोलेल कोरोना भाइरसको माहामारी नफैलियोस भनेर सरकारले आवत जावतनै बन्द गराइरहेका बेला बेलकामा यसरी घरेलु मदिरा बोकेको मोटर साइकलमै प्रहरीराजु यादव नाम बताउने मानिस साथमा भेटिनु राम्रो होइन । 

बेलका नगरपालिकाकी उप मेयर राजकुमारी चौधरीले रातो तारा डट कम लाई बताउनु भएकोछ । लकडाउनको बेला घरेलु मदिरा ओसार पसारमा प्रहरीले कडाइ गर्नु पर्छ भन्नु
भयो । 


बिराटनगर बैशाख १७ गते । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं.१६ दरैया स्थितमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा दक्षिणबाट उत्तर तर्फ आईरहेको को। ३६ प ५५६० नम्बरको कालो निलो रंगको पल्सर मोटरसाईकल रोकी चेकजाँच गर्दा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं।५ बस्ने वर्ष ३४ को दिनवन्धु प्रसाद मोदीले तरकारी बोक्ने नेटको झोला भित्र सेतो प्लाष्टिकमा चिनी लगायतका खाद्यन्न सामानहरु राखी सोही खाद्यन्न सामानहरुको बिच भागमा सेतो प्लाष्टिकमा बाँधी लुकाई छिपाई ल्याई रहेको अवैध लागू औषध १५ पन्ध्र बोतल,र ३० तिस चक्की र २४ चौबिस चक्की लागू ओैषध समेत फेला परेकोले उक्त लागू औषध तथा उक्त को। ३६ प ५५६० नम्बरको कालो निलो रंगको पल्सर मोटरसाईकल समेत कानून वमोजिम बरामद गरी निज दिनवन्धु प्रसाद मोदी समेतलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको जि प्र का मोरङले रातो तारा लाई बताएको छ ।



बिराटनगर बैशाख १७ गते । रातो तारा डट कम, सि आर भि कटहरीबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ कटहरी गाउँपालिका वडा नं. ३ कटहरी चोक स्थित पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च २५३१ नम्बरको मारूती भेनलाई रोकी चेकजाँच गर्दा उक्त गाडीमा अवैध ल्याउदै गरेको घरेलु मदिरा अन्दाजी ५८९ लिटर फेला पारी उक्त मदिरा लिई आउने निम्न स्थान बस्ने निम्न ४ जना मानिसहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाउने पहल भई रहेको ।

निम्न:-
१० जिल्ला मोरङ बेलबारी नगरपालिका वडा नं. ११ बस्ने बर्ष ४० की मिना गुरूङ 
२० ऐऐ बस्ने बर्ष ४४ की अनिता राई 
३० ऐऐ बस्ने बर्ष ४० की रिता गुरूङ 
४० ऐऐ बस्ने बर्ष ३५ की आस्मा तामाङ 
५० ऐऐ बस्ने बर्ष ४६ को दिपक गुरूङ (चालक) 


विराटनगर, वैशाख १७ गते । रातो तारा डट कम, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले शिक्षालाई प्रविधिसँग जोड्नुपर्नेमा जोड दिनु भएको छ । प्रविधि विनाको ज्ञान उपयोग हुन नसक्ने भएकाले यसको प्रयोगमा उहाँले जोड दिनुभएको हो । 

सामाजिक विकास मन्त्रालयद्धारा सञ्चालित भर्चुअल अनलाईन तालिममा बोल्दै मन्त्री घिमिरेले प्रविधिका माध्यमबाट जिविकाको साधन खोजी गरिनुपर्ने बताउनुभयो । जनशक्तिको उत्पादनविना प्रविधिको गीत गाउन नसकीने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ जनशक्ति उत्पादनको केन्द्र शिक्षालय हो ।’ शिक्षकहरु दक्ष भएमात्र जनशक्ति उत्पादन गर्न सकिने भएकाले शिक्षकमा इ—लर्निङको ज्ञान हुनुपर्ने मन्त्री घिमिरेले बताउनुभयो । शिक्षकलाई दक्ष बनाउनुपर्छ भन्ने सोचका आधारमा मन्त्रालयले पहिलो क्रियाकलाप शिक्षक केन्द्रित गरेको उहाँले बताउनुभयो । 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशव्यापी लकडाउन गर्नुअघि देखि नै इ—लर्निङ काम शुरु गरिसकेको मन्त्री घिमिरेले बताउनुभयो । प्रदेश १ लाई १० वर्षभित्रमा झोला र किताव विस्थापीत गर्ने घोषणा अनुसार मन्त्रालयले काम गरिरहेको उहाँले बताउनुभयो । 

प्रदेश १ का १ सय विद्यालयका १ सय फोकल शिक्षकलाई केन्द्रित गरेर इ—लर्निङ काम शुरु गरेपछि यसको माग बढ्दै गएको मन्त्री घिमिरेले बताउनुभयो । उहाँले प्रविधितर्फ अहिले आकर्षण बढेको बताउनुभयो । 

उहाँले भन्नुभयो,‘ भविष्यको गन्तव्य प्रविधिबाट तय हुन्छ भन्ने निश्कर्षमा हामी पुगेका छौं ।’ नयाँ सिकाईको खोजीमा रहेको र थालनी भएको उहाँले बताउनुभयो । 


विराटनगर । रातो तारा डट कम, प्रदेश १ सरकारद्धारा सञ्चालित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई सुविधा सम्पन्न बनाउनका लागि सामाजिक विकास मन्त्रालयले विभिन्न साँझेदार संस्थाहरुसँग हिजो छलफललाई तीव्रता दिएको छ ।

स्वास्थ्य क्षेत्रसँग संवन्धित प्रदेश १ मा कार्यरत अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाहरुका प्रतिनिधिहरुसँग आज मन्त्रालयमा छलफल गर्दै सहयोगका लागि अपिल गरेको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेको उपस्थितिमा वसेको बैठकले कोभिड अस्पतालका लागि आवस्यक स्वास्थ्य उपकरण तथा सामाग्री सहयोग गर्न मन्त्रालयले आग्रह गरेको हो ।

अस्पताललाई सहयोग गर्न इच्छुक संस्थाहरुले आगामी वैशाख १९ गते भित्रमा विववरण उपलब्ध गराउन भनिएको छ । मन्त्रालयले विभिन्न अन्र्तराष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाहरुले यसअघि गरेको सहयोगका लागि धन्यवाद दिएको छ ।

यसअघि कोभिड १९ अस्पतालका लागि विभिन्न गैरसरकारी संस्थाहरुले आईसीयु वेड, स्वास्थ्य सामाग्री, स्वास्थ्य उपकरणहरु सहयोग गरेका थिए ।



काठमाण्डौ बेशाख १७ गते । रातो तारा डट कम,कोरोना भाइरसका कारण सबैभन्दा धेरै प्रभावित अमेरिकामा सङ्क्रमितको सङ्ख्या १० लाख नाघेको छ । अमेरिकामा मात्रै १० लाख १० हजार ५ सय ७ जना मानिसमा कोरोनाको सङ्क्रमण भएको छ । 

५६ हजार ८ सय ३ नागरिकको भाइरसका कारण मृत्यु भएको छ । इटलीमा कोरोेनाका कारण २६ हजार ९ सय ७७ मानिसको मृत्यु भएको छ भने १ लाख ९९ हजार ४ सय सङ्क्रमित भएका छन् । विश्वभर नै गरेर ३० लाख ३१ हजार २ सय १३ मा कोरोनाको सङ्क्रमण देखिएको छ । 

जसमध्ये ९ लाख ३० हजार ६ सय ७ जना निको भएर घर फर्किएका छन् ।  विश्वभर नै २ लाख १२ हजार ३ सय ३६ जनाको भने कोरोनाको कारण मृत्यु भएको छ । 

  
काठमाण्डौ बेशाख १७ गते । रातो तारा डट कम,पैसा तिरेर पनि खाद्यान्न किन नपाएपछि भक्तपुरका उपभोक्ता आक्रोसित भएका छन् । दुई घण्टा लाइनमा बसेर पनि पालो आउने बेला खाद्यान्न सकियो भन्दै फर्काइएपछि उपभोक्ताहरु आक्रोसित भएका हुन ।

सूर्यविनायकस्थित साल्ट टेडिङ्ग कर्पोरेशन लिमिटेड भक्तपुरको सहुलियत दरको खाद्यान्न बिक्रि कक्षस्थलबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आवश्यकता अनुसार खाद्यान्न बिक्रि वितरणको व्यवस्था गर्न नसक्दा खालि हात फर्किनु परेको उपभोक्ताहरुले गुनासो गरेका छन् । 

लक डाउनको समयमा समेत घण्टौ लाइनमा बस्दा पनि पालो आउने बेला चामल सकिने गरेकोे भन्दै उपभोक्ताहरुले चालम बिक्रि बितरणमा पक्षपात गरेको जनाएका छन् । उपभोक्ताको चाप अनुसार एक जनालाइ एक वोरा मात्र वितरणको व्यवस्था गर्नुपर्ने भएपनि एकै जनाले २ वोरा भन्दा बढी लगि रहेकाले समस्यामा परेको उपभोक्ताहरुको गुनासो छन् । बजारमा ८०÷८५ सम्म लिने चीनी यहाँबाट ७३ मा नै पाइने भएकाले पनि उपभोक्ताको चाप बढी रहेको छ । 

सालट ट्रेडिङका कर्मचारी गौरब नेपालले उपभोक्ताको माग अनुसार विक्रि वितरणका समस्या परेको बताउनुभयो । सरकारी सहुलियत दरको सो बिक्रि कक्ष विहान १० बजे देखि १ बजेसम्म मात्र खुल्दै आएको छ ।


श्याम राई,उदयपुर-गाईघाट बैशाख १६ गते । रातो तारा डट कम,भिटिएम(भाईरल ट्रान्सपोर्ट मिडिया ) अभावमा कोरोना संक्रमण फैलिएको उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के क्षेत्रमा थ्रोट (स्वाब) परिक्षण अवरुद्ध भएको छ ।


१ नम्बर प्रदेसबाट कोरोना संक्रमीत क्षेत्र उदयपुरको लागि पठाएको १०० थान भिटिएम मध्ये ५ थान मुख्य मंत्री शेरधन राईले शनीबार भोजपुर लिएर गएपछि बाकी रहेको ९५ थान मध्ये ९१ थान प्रयोग भैसकेको छ । संक्रमीत क्षेत्रको बासिन्दाको स्वाब परिक्षणमा पर्याप्त भिटिएम नहुँदा मंगलबार देखि नमूना संकलन कार्य अवरुद्ध भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए ।‘

परिक्षणको लागि आवश्यक सामाग्रीको अभाब भएकोले मंगलबारदेखि स्वाब संकलन गर्ने कार्य रोकिएको छ ।’ उनले भने,‘ ति सामाग्रीहरु प्रदेस सरकार संग माग गरिएको छ । तर अझै आएको छैन ।’ उनले भने ।

भुल्के मस्जिद आसपासका क्षेत्रका ३ सय ३७ जनाको स्वाब नमूना परिक्षण गरिएकोमा २ महिला सहित २८ जना कोरोना संक्रमीत भेटिएको थियो । सोही स्थानमा छुटेका थप ८ जनाको सोमबार स्वाब संकलन गरिएको प्रमुख सुवेदीले बताए । संक्रमीतसँग प्रत्यक्ष सम्पर्कमा आएका ५ जना, सप्तरीका १ जना, स्वास्थ्यकर्मी एक जना र तरकारी पसलले गरि ८ जनाको स्वाब परिक्षण गरिएको हो । 

भुल्के मस्जिद र आसपासको बस्ती क्षेत्रमा झण्डै १ हजार ५ सय बढी जनसंख्या रहेकोमा त्यस मध्ये ४ सय ३५ जनाको मात्र परिक्षण गरिएको छ । भुल्के र मोतिहाईस्थीत औषधी पसल, दुधडेरी, खाद्यन्न पसल र अन्य केही वडाबाट आईतबार र सोमबार ९१ जना को स्वाब परिक्षणको लागि विराटनगरस्थीत कोशी अस्पताल विराटनगरमा पठाईएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

त्रियुगा नगरपालिका गाईघाटका मेयर बलदेव चौधरीले संक्रमीत क्षेत्रमा परिक्षण सुस्त गतीमा भैरहेकोले आवश्यक सामाग्रीको व्यावस्था गरेर विशेषज्ञ टोली खटाउनु पर्ने बताए ।
‘ अहिले स्वास्थ्य सामाग्रीको अभावले परिक्षणको काम सुस्त गतीमा छ । मैले प्रदेस र केन्द्र सरकारसँग पटक, पटक मागर गरेको छु । तर कुनै सुनुवाई भएको छैन ।’ उनले भने । ‘परिक्षणमा ढिलाई हुँदा थप जोखिम बढ्ने संभावना छ ।’ उनले विदेशबाट आउने को सबै वडासँग समन्वयगरि तथ्याकं संकलन गरिएको बताए ।

फागुन ३० देखि चैत्र १ गतेसम्म विभिन्न मूलुकबाट आएकाको संख्या २ सय ८३ जना रहेको उनले बताए ।‘ ति सबैको स्वास्थ्य जाच गर्ने तयारी सुरु गरेको पनि उनले बताए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका एस.पी. विर वहादुर बुढामगरले मस्जिद र सँगै बस्ती रहेको क्षेत्रमा सिल यथावत रहेको बताए ।‘ बस्तीमा थप नमूना संकलन गर्ने तयारी भैरहेको  छ । उनले भने ।




                                                     


काठमाण्डौ बेशाख १६  गते । रातो तारा डट कम,भक्तपुरमा कोरोना भाइरस सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउन अवधिमा पनि गाउँगाउँमा नयाँ मान्छे आउन थालेपछि विभिन्न जिल्ला भित्रका विभिन्न बाटोहरु बन्द गर्न थालिएको छ ।

एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यक सवारी साधन र प्रेस बाहेक अन्य सवारी साधन चलाउन नपाइने र स्थानीय भन्दा बाहिरका मानिसलाई प्रवेश निषेध गर्नेगरी बाटो बन्द गराएका छन् । सूर्यविनायक नगरपालिकालको  शहरी स्वास्थ्थ केन्द्रबाट दधिकोट जाने मुख्य सडकमा सबारी साधन आवत,जावतमा रोक लगाएको छ । 

सडकमा सूचना टाँस गर्दै नयाँ मान्छेलाई प्रवेश निषेध गर्नुको साथै सवारी साधन संचालनमा रोक लगाएकोछ ।  त्यसैगरी सूर्यविनायक नगरपालिकाको  कटुञ्जे लामडाँडा, भुजुटोल,  सान्थीपथ, शुशिला भैरबका स्थानीयले लकडाउनलाई उलघन गर्नेको संख्या बढेको भन्दै बाटो नै बन्द गराएका हुन् । यसैगरि चाँगुनारायण नगरपालिका ९ सुडालमा पनि बाहिरका मानिसलाई आवतजावतमा रोक लगाइएको छ ।
  
यस्तै मध्यपुरथिमि नगरपालिका  जुडिबुटीमा रहेको विपी आँखा अस्पताल क्षेत्र आसपासमा काठमाण्डौं र भक्तपुर जोड्ने हनुमन्ते खोलाको फलामे पुलमा स्थानीयले तगारो राखेर आवतजावतमा रोक लगाएपछि बिरोध भएको छ । बिरोधका कारण आठदिनपछि प्रहरीको सक्रियतामा स्थानीयले उक्त तगारो आज हटाएर आवत जावतमा सहज बनाएका छन् । तर जिल्ला प्रशासन कार्यालय भक्तपुरले सडक बन्द गराएकोमा वा सडक अवरोधले समस्या पर्यो भनेर उजुुरी नआएको जनाएको छ ।


शिव भट्टराई,मोरङ बैशाख १६ गते । रातो तारा डट कम,लकडाउनलाई थप कडा पार्न गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएपछी सबै जिल्लामा थप कडा गरे सगै सशस्त्र प्रहरी सुरक्षाबल नेपाल हाइवे चेक पोस्ट  मोरङ सलकपुरले पनि कडा गरेको छ।

शसस्त्र प्रहरी सुरक्षा बल नेपाल हाई चेक पोस्ट सलकपुरले मंगलबार बिहानै लकडाउन उलंघन गरेका तथा सवारी साधन र अन्यावश्यक रुपमा हिड्ने ब्यक्तिलाई समाजिक दुरि कायम गरेर सचेतनामुलक कार्यक्रम गरि सचेत गराएको छ।

देशमा केही दिन अगाडि बिच बाटोमा पुगेका र बिचल्लीमा परेका मजदुर र सर्वसाधारणलाई उद्दारका लागि सांझको समयमा केही दिन सवारी सन्चालनमा अनौपचारिक रुपमा खुकुलो गरि उद्दारको लागि सहज बनाएको थियो।

गृह मन्त्रालयले पासबिनाका सवारी साधनमा आवजावतमा रोक लागाउन निर्देशन दिएपछी सुन्दरहरैंचाको सलकपुरमा रहेको  हाइवे चेक पोस्टले चेक जांचमा कडाई गरेको छ।

लकडाउन उलघनक गर्ने क्रम बढेपछी मंगलबार बिहान अति आवश्यक आक्स्मिक सवारी साधन र चेक पास बाहेक सवारी साधनलाई रोकेर, सामाजिक दुरी कायम गराएर सचेत गराएको छ।  कतिपय पास लिएका सवारी साधनको दुरुपयोग हुन थालेपछि सशस्त्र प्रहरी सुरक्षा बल नेपाल हाईवे चेक पोस्टले एम्बुलेन्स र अन्य अति आवश्यक बस्तु ओसारपसारको सवारिमा पनि छड्के चेक गरेको थियो।

हामी लकडाउन उलंघन गरेका ब्यक्तीलाई किन लकडाउन उलंघन गर्नु भयो भन्ने प्रश्न गर्दा कतिले क्यामेरा अगाडि बोल्न चाहेनन्।

कोहि मर्निङ्ग वाकमा, कोहि पान खाने निहुमा त कोहि खैनी सुर्ती किन्ने निहुमा अनेक बहाना परेर निस्केका थिए। कति बिना पासमै आफ्नो काममा निस्केको पाईयो।त्यसैगरी बिना पास तथा सिफारीस नलिएको सवारीमा मेडिकल सामाग्री भनेर चलेकट केक र केही थान सेनिटाजर ल्याएको समेत भेटियो।


सचेतना कार्यक्रम गर्दै सशस्त्र प्रहरी बल सलकपुर हाइवे चेक पोस्ट बिहान ६:०० बजे देखि ८:०० बजे सम्म चेक जाँच गर्दा अहिले कमि भएको प्रहरी निरिक्षक बिदुर भट्टराईले जानकारी दिनु भयो।

सशस्त्र प्रहरी सुरक्षा बल नेपाल हाईवे चेक पोस्टले लकडाउनकै क्रममा भएको चोरी निकासी घटना होस या बिपत ब्यबस्थापनमा होस, जनताको सेवामा अहोरात्र खटिरहेको छ। यस अघि  सुन्दरहरैंचामा लुकेर रहेका  ३ जना भारतिय नागरिकलाई पुर्वान्चल बिश्वबिधालय शिक्षण अस्पतालको क्वारेन्टाइनमा लान होस या अन्य कार्यमा चौविसै घण्टा खटिरहेका छन।

यो विषम परिस्थितिमा हुलमुलका साथ सवारी साधनमा यात्रा गर्दा कोभिड १९ को संक्रमण भएर थप जटिलता निम्त्याउन सक्ने खतरालाई ध्यानमा राखेर लकडाउन पालन गर्नु तपाईं हामी सबैको दायित्व हो।


झापा, बैशाख १६ गते । रातो तारा डट कम,झापाको मेचीनगर नगरपालिका-६ मेची पुलबाट ५० ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । सोमवार राती पौने १० बजेको समयमा निर्माणाधिन अवस्थामा रहेको मेची पुल मुनी खाल्डो खनेर लुकाउँदै गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ का ५८ बर्षीय बच्चु चौधरीलाई उक्त परिणामको लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका चौधरीको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । 


झापा, बैशाख १६ गते । रातो तारा डट कम, झापा गाउँपालिका-३ सिमलवारीका लाल प्रसाद राजवंशीले संचालन गरेको धानमिलमा आगलागी हुँदा अन्दाजी १४ लाख ७८ हजार रुपैयाँ बराबरको क्षति भएको छ । सोमवार दिउँसो ३ बजेको समयमा चट्याङ परी बिद्युतको तार सर्ट भई अचानक निजको धान मिलमा आगलागी हुँदा राजवंशीको मिल घर तथा छिमेकी प्रल्हाद मण्डलको २ वटा कच्ची घर समेत जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको हो । उक्त आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको तथा प्रहरी, स्थानीयवासी र दमकल समेतको सहयोगमा पौने ५ बजे आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 


बिराटनगर वैशाख १६ गते । रातो तारा डट कम, बिराटनगरको धरान रोडमा रहेको भाटभटेनि सुपर मार्केटले बिराटनगरका आम उपभोक्ताहरुलाई सामानहरुमा बढी मुल्य लिएर दिएको रकम फिर्ता पाउनु पर्ने ग्राहकरुको रकम फिर्ता नदिने गरेर ठगि गर्दै आएको छ । 

दैनिक उपभोग्य सामानहरुमा तोकिएको मुल्य भन्दा बढी लिने र हतारको वहाना बनाएर ग्राहकहरुले पाउनु पर्ने फिर्ता नदिएर ठगि गर्दै आएकोले बिराटनगरको भाटभटेनिमा प्रहरी प्रशासन र वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बिराटनगरले अनुगमन गरी आवश्यक कार्यवाहीको दायरामा ल्याउनु पर्ने उपभोक्ता र ग्राहकहरुको माग रहेकोछ । 
टङ्गालस्थित भाटभटेनी सुपरमार्केट,
दैनिक उपभोग्य सामानमा उल्लेख गरिएभन्दा बढी मूल्य लिएको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी सुपरमार्केटलाई रु तीन लाख जरिवाना गरेको छ । विभागको टोलीले हिजो गरेको अनुगमनका क्रममा काठमाडौँको टङ्गालस्थित भाटभटेनी सुपरमार्केटले उपभोग्य वस्तु ‘एमआरपी’ भन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएको थियो । 

उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार भाटभटेनीलाई उक्त रकम जरिवाना गरिएको विभागले जनाएको छ । यसैगरी विभागले मूल्य सूची नराखी पसल सञ्चालन गरेको पाइएपछि कपनस्थित एमविटी खाद्य स्टोर्सलाई पनि रु एक लाख जरिवाना गरेकोछ ।

लकडाउनको समयमा सरकारले जनतालाई उपभोग्य वस्तुको खरिदमा सहजीकरण गर्न भाटभटेनीलगायत ठूला पसल सञ्चालन गर्न अनुमति दिएको छ । विपद्को अवस्थामा उपभोक्ता ठगिने भन्दै विभागले लकडाउनको समयमा पनि बजार अनुगमनलाई तीव्रता दिएको छ ।


काठमाण्डौ बैशाख १६ गते । रातो तारा डट कम,सरकारले चैत ९ गतेपछि लकडाउनका कारण कार्यालय जान नसकेका सबै कर्मचारीहरुलाई सो समय भरी बिदा दिने निर्णय गरेको छ । त्यसरी दिइएको बिदा कर्मचारीहरुको व्यक्तिगत बिदा कटौती नगरी सार्वजनिक बिदा सरह हुनेछ । 

गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार चैत ९ गतेपछि लकडाउनका कारण सरकारी कार्यालय, निकाय र उद्योगमा दिइएको बिदा सार्वजनिक बिदामा परिणत हुनेछ । सरकारी उद्योगका श्रमिकले पनि यही सहुलित पाउने भएका छन् । 

यो बिदाको अवधिलाई सम्बन्धित कार्यालय प्रमुखले हाजिरी अभिलेखमा सार्वजनिक बिदा कायम गर्नुपर्नेछ। यो अवधिमा उनीहरुको तलब लगायत खाइपाई आएको भत्ता समेत यथावत रहने गृहसचिव महेश्वर न्यौपानेले राजपत्रमा जारी गरेको सूचनामा उल्लेख छ । 

अत्यावश्यक बाहेकका सरकारी कार्यालयहरु लकडाउनको अवधिमा बन्द छन् । केही महत्वपूर्ण कार्यालय खुलेका छन् भने उच्चपदस्थ सरकारी कर्मचारीहरुलाई सरकारले नियमित काममा खटाएको छ ।


काठमाण्डौ बैशाख १६ गते । रातो तारा डट कम,कपिलवस्तुमा एक साताको अवधिमा दुई वटा निलगाईको हत्या गरिएको छ । लकडाउनको समयपारी सिकारीहरुले निलगाई मारेका हुन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका ८ लोहोरौलामा एक निलगाइ मृत अवस्थामा प्रहरीले फेला परेको छ । सोमबार दिउँसो १ बजे इलाका प्रहरी कार्यालय वहादुरगन्जको टोलिले जालमा फसेको अवस्थामा फेला परेको थियो । उक्त स्थानबाट दुई वटा मोटरसाइकल समेत बेवारिसे अवस्थामा फेला परेको वहादुगंञ्जका प्रहरी नायव निरीक्षक अभय रावतले बताउनुभयो । लु २५ प ५२२९ र लु २ प २३ नम्बर मोटरसाइकल बरामद गरिएको रावतले बताउनुभयो । प्रहरिले मृतक निलगाइ र मोटरसाइकल डिभिजन बन कार्यालय गौतमबुद्वलाई बुझाएको छ  । त्यस्तै वैशाख १० गते बुधवार महाराजगंज नगरपालिका ९ जितपुरमा गोलि लागेको अवस्थामा फेला परेको थियो  । स्थानीय किसानले गोली लागि मरेको अवस्थामा निलगाई देखेपछि प्रहरीलाइ खबर गरेका थिए । वैशाख १ गते पनि महाराजञ्जमै एक नलिगाई मरेको अवस्थामा फेला परेको थियो । तीन वटै घटना संम्लग्न व्यक्ति फेला नपरेको डिभिजन वन कार्यालय गौतमबुद्धका वन अधिकृत दुर्गा बहादुर कार्कीले बताउनुभयो । घटनावारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।


काठमाण्डौ बैशाख १६ गते । रातो तारा डट कम,अब निजी प्रयोगशालाले पनि कोभिड परीक्षण गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता डा. विकास देवकोटाले कोभिड परीक्षणका लागि प्रयोगशालाको न्यूनतम मापदण्डको निर्देशिका जारी गरेको बताउनुभयो । अब निजी प्रयोगशालाले पनि कोभिड १९ को परीक्षणका लागि बाटो खुलाभएको डा. देबकोटाले जानकारी दिनुभयो । सञ्चालन मापदण्ड पूरा गर्ने प्रयोगशालाले मन्त्रालयबाट छुट्टै अनुमति लिनुपर्ने छ । मन्त्रालयका अनुसार आजसम्म कोरोना संक्रमितको संख्या ५२ रहेको छ । जसमा १६ जना निको भएका छन् । आजसम्म नेपालमा आरडीटी विधिबाट ४३ हजार ६३ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट १० हजार ४ सय ७१ परीक्षणहरु भएका छन् । दुवै विधिबाट ५३ हजार ५ सय ३४ वटा परीक्षणहरु भएका पनि देबकोटाले जानकारी दिनुभयो । त्यसैगरी आजको आइसोलेसनमा देशभरी १०६ जना रहेका छन् । काठमाडौँमा ८ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ९८ जना रहेका छन् । क्वारेन्टाइनमा २० हजार १सय ९५ जना रहेका छन् । 


बिदेशको खवर,काठमाण्डौ बैशाख १६ गते । रातो तारा डट कम,इटलीमा मे महिनाको ४ तारिखदेखि बन्दाबन्दी खुकुलो बनाउने तयारी गरिएको छ । लगातार तेस्रो हप्ता कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्यामा कमी आएपछि इटली सरकारले त्यहाँ जारी गरेको बन्दाबन्दी खुकुलो बनाउने तयारी गरेको हो । इटलीमा पछिल्लो २४ घन्टामा त्यहाँ मात्र २ सय ६० जनाको मृत्यु भएको छ । यसअघि शनिबार ४ सय १५ जनाको मृत्यु भएको थियो । प्रधानमन्त्री गुइसेपे कोन्टेले मार्च महिनाको मध्यदेखि लगाइएको प्रतिबन्धका प्रावधान मे महिनाको चार तारिखदेखि खुकुलो बनाउने तयारी गरिएको बताउनुभयो । उहाँले सानो संख्यामा मानिसहरु उपस्थित हुने तर, मास्क अनिवार्य लगाउनुपर्ने, पार्कहरु खुल्ने, तर विद्यालय भने सेप्टेम्बर महिनामा खोल्ने तयारी गरिएको जानकारी दिनुभयो । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयका अनुसार इटलीमा हालसम्म कोरोनाका कारण २६ हजार ६ सय ४४ जनाको मृत्यु भएको छ भने १ लाख ९७ हजार ६ सय ७५ जना कोरोना संक्रमित भएका छन् । 



विराटनगर वैशाख १५ गते । रातो तारा डट कम, प्रदेश १ मा देखापरेको कोरोना संक्रमणको नियन्त्रणका लागि प्रदेश सरकारले शंकास्पद व्यक्तिको नमूना संकलनलाई तीव्र पारेको छ । संक्रमितको ‘हिष्ट्री’ लिएर शंकास्पद व्यक्तिहरुको नमूना संकलनलाई तीव्र पारिएको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले वताउनुभयो । 

लायन्स क्लव ३ सय २५ ए वानका डिष्ट्रिक गर्भनर इन्द्र खत्री, सेकेन्ड भाईस डिष्ट्रिक गर्भनर रेवतबहादुर कार्की लगायत लायन्स क्लवका प्रतिनिधिहरुसँग आज कोरोना भाईरसको रोकथाम, नियन्त्रण तथा संक्रमितको उपचारबारे गरिएको भिडियो संवादमा मन्त्री घिमिरेले सो जानकारी दिनुभएकोहो ।

मन्त्री घिमिरेले कोरोनाको उपचारमा जस्तो स्थिति आएपनि सामना गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो । उदयपुरको भुल्के, भोजपुरको हतुवागढी, झापाको दमक र बा¥हदशीमा कोरोना संक्रमित देखिएपछि उनीहरुको ‘हिष्ट्री’ लिएर शंकास्पद व्यक्तिहरुको पहिचान भईरहेको मन्त्री घिमिरेले बताउनुभयो । 

शंकास्पदको स्वाव संकलनको काम भईरहेको उहाँले बताउनुभयो । मन्त्री घिमिरेले उदयपुरका ५ सयको नमूना संकलन गरेर परीक्षण भईरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ ट्रयाकिङ सिस्टमलाई व्यस्थित बनाएका छौं ।’ कोरोना संक्रमणको नियन्त्रणका लागि दुईवटा प्राविधिक टिम क्रियाशिल रहेको मन्त्री घिमिरेले बताउनुभयो । 

उहाँले भन्नुभयो,‘ एउटा कोभिड १९ अस्पतालमा  क्रियाशिल छ, अर्को फिल्डमा नमूना संकलन, शंकास्पदको पहिचानमा छ ।’ शंकास्पद व्यक्तिको नमूना परीक्षणको क्षमता बढाईएको मन्त्री घिमिरेले बताउनुभयो । सामाजिक विकास मन्त्री घिमिरेले नेपालमा देखिएको कोरोना संक्रमणको लक्षण विदेशको जस्तो नभएको बताउनुभयो । 

उहाँले भन्नुभयो,‘ नेपाली पनको कोरोना देखियो, अन्य देशसँग लक्षण मिल्दैन ।’ प्रदेश १ मा देखिएका ३१ जना संक्रमितको लक्षण विदेशका संक्रमितको जस्तो देखिएन उहाँले भन्नुभयो,‘नेपालमा कोरोना छैन, विदेशबाट आउनेबाट आयो, लक्षण अन्यदेशसँग मिल्दैन ।’ मन्त्री घिमिरेले कोरोना संक्रमितको उपचारका लागि उपचारकेन्द्रहरु विस्तार गर्ने क्रम प्रदेश सरकारले तीव्र बनाएको उहाँले बताउनुभयो। 

विराटनगर र धरानमा १÷१ सय वेडको अस्पताल सञ्चालन गरेको प्रदेश सरकारले मोरङको सुन्दरहरैचामा रहेको पूर्वाञ्चल विश्वविद्यालयको टिचिङ अस्पतालमा ५० वेडको उपचार केन्द्र निर्माणका लागि निर्देशन दिईएको उहाँले बताउनुभयो । 

टिचिङ अस्पतालको आज मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला मन्त्री हिक्मत कार्की र सामाजिक विकास मन्त्री घिमिरेले निरीक्षण गर्नुभएको थियो । 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.