Websoft University

कार्यालय जान नसकेका सबै कर्मचारीहरुलाई सो समय भरी बिदा दिने सरकारको निर्णय


काठमाण्डौ बैशाख १६ गते । रातो तारा डट कम,सरकारले चैत ९ गतेपछि लकडाउनका कारण कार्यालय जान नसकेका सबै कर्मचारीहरुलाई सो समय भरी बिदा दिने निर्णय गरेको छ । त्यसरी दिइएको बिदा कर्मचारीहरुको व्यक्तिगत बिदा कटौती नगरी सार्वजनिक बिदा सरह हुनेछ । 

गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार चैत ९ गतेपछि लकडाउनका कारण सरकारी कार्यालय, निकाय र उद्योगमा दिइएको बिदा सार्वजनिक बिदामा परिणत हुनेछ । सरकारी उद्योगका श्रमिकले पनि यही सहुलित पाउने भएका छन् । 

यो बिदाको अवधिलाई सम्बन्धित कार्यालय प्रमुखले हाजिरी अभिलेखमा सार्वजनिक बिदा कायम गर्नुपर्नेछ। यो अवधिमा उनीहरुको तलब लगायत खाइपाई आएको भत्ता समेत यथावत रहने गृहसचिव महेश्वर न्यौपानेले राजपत्रमा जारी गरेको सूचनामा उल्लेख छ । 

अत्यावश्यक बाहेकका सरकारी कार्यालयहरु लकडाउनको अवधिमा बन्द छन् । केही महत्वपूर्ण कार्यालय खुलेका छन् भने उच्चपदस्थ सरकारी कर्मचारीहरुलाई सरकारले नियमित काममा खटाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.