Websoft University
March 2022


विराटनगर १७ गते । रातो तारा डट कम, मोरङ व्यापार संघले प्रदेश  १ को राजधानी विराटनगरमा आयोजना हुन लागेको ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो–२०२२’ को सम्पुर्ण तयारी पुरा भएको छ ।


विराटनगरमा आयोजना गर्ने ‘ट्रेड एक्स्पो’ को सम्पूर्ण तयारी पूरा भएकोले शुक्रबारदेखि सञ्चालन हुने जनाएको छ ।

चैत १८ देखि २६ गतेसम्म सञ्चालन हुने एक्स्पोको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गर्ने भएका छन् । मोरङ व्यापार संघले आज पत्रकार सम्मेलन गरि एक्स्पोको सम्पूर्ण तयारी पूराभएकोजानकारी गराएकोहो।एक्स्पोमा ८० वटा एसी, ६० वटा कुलर र १०६ वटा सामान्य स्टल रहने एक्स्पो आयोजक समितिका संयोजक एवम् संघका उपाध्यक्ष विकासकुमार बेगवानीले जानकारी दिए । एसीसहितका स्टलका लागि ६० हजार, कुलर स्टलका लागि ४० र सामान्य स्टलका लागि ३० हजार शुल्क तोकिएको छ ।

त्यस्तै अटोमोबाइलका १० स्टल रहनेछन् । अटो स्टलका लागि ७० हजार शुल्क निर्धारण गरिएको छ । फुडकोर्टका लागि १० स्टल छन् । यसका लागि ६० हजार तोकिएको छ । ‘एस्क्पोमा रहने सम्पूर्ण स्टलहरू बुक भएका छन्,’ उनले भने ।

संयोजक बेगवानीका अनुसार एक्स्पोमा स्वदेशी तथा विदेशी विद्यमान उत्पादन र सेवाको प्रदर्शन तथा व्यापार गर्ने लक्ष्य राखिएको छ । त्यस्तै एक्स्पोमा उत्पादक र उपभोक्तालाई एकै ठाउँमा ल्याएर यसलाई व्यापार र लगानीका सम्भावना खोज्ने थलोका रूपमा स्थापित गर्ने लक्ष्य छ ।

एक्स्पोले उत्पादक तथा वितरकलाई आफ्ना उत्पादन र सेवाको प्रदर्शनी एवम् देश र विदेशमा आफ्नो बजार विस्तार र विविधिकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको बेगवानीले बताए ।

एक्स्पोमा दर्शकलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारबाट सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम गरिनेछ । त्यस्तै जिप लाइन, रिभर्स बन्जी र जिप साइक्लिङ लगायतका साहसिक खेलकुदको व्यवस्था पनि रहनेछ । एक्स्पोमा आयोजकले लण्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट वेसिल जस्ता अन्तराष्ट्रिय संरचनाको आकर्षण थपेको छ । फोटो खिच्न मन पराउनेहरुका लागि सेल्फी जोन र साहसिक खेलहरू पनि रहेको छ । ९ दिन चल्ने एक्स्पोमा नेपाल सँगसँगै भारत, बङगलादेश र पाकिस्तानका उत्पादनहरु समेत बिक्री वितरण हुनेछन् ।

एक्स्पोको आयोजनाका लागि ३ करोड खर्च र एक्स्पोमा ४५ करोडको कारोबार हुने अनुमान गरिएको छ । एक्स्पोको प्रवेश शुल्क १ सय रुपैयाँ तोकिएको छ ।

बेगवानीले एक्स्पोको मुख्य प्रायोजक एसियन थाई फुड्सको रमपम तयारी चाउचाउ, डाइमन्ड प्रायोजक सेन्चुरी मसला तथा गोल्ड प्रायोजकमा रिजालको ब्रान्डका पाइप र बाबा प्रशोधित तेल रहेको जानकारी दिए ।


इटहरी । रातो तारा डट कम,  इटहरीमा फोहोरवाट मोहोर वनाउन थालिएको छ । इटहरी वडा नम्वर १०मा आधुनिक फोहोर प्रशोधन केन्द्र संचालनमा ल्याएर फोहोरवाट मोहोर वनाउन थालिएको हो । फोहोर प्रशोधन केन्द्रवाट ग्याँस उत्पादन थालिएको हो । प्रशोधन केन्द्रको प्रदेश नम्वर १ का पूर्व मुख्यमन्त्री भीम आर्चायले उदघाटन गर्नुभयो ।

इटहरी उपमहानगरपालिका,वैकल्पिक उर्जा प्रर्वधन केन्द्र र वेन्स्ट एण्ड इन्भाइरो म्यानेजमेन्टको त्रिपक्षीय साझेदारीमा फोहोर प्रशोधन केन्द्र संचालनमा ल्याइएको हो । केन्द्र संचालनका लागि वैकल्पिक उर्जा प्रर्वधन केन्द्र मार्फत विश्व वैकंको ६० प्रतिशत अनुदान र वेन्ट एण्ड इन्भाइरो म्यानेजमेन्टको ४० प्रतिशत लगानी रहेको छ । इटहरी उपमहानगरपालिकाले जग्गा,त्यहाँ सम्म पुग्ने कालोपत्रे वाटो र पर्खाल लगाउने कार्य गरेको छ । उपमहानगरका वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीका अनुसार इटहरीमा प्रत्येक दिन ५५ टन फोहोर जम्मा हुन्छ ।

केन्द्रको प्रत्येक दिन आठ सय केजी  सम्म ग्याँस उत्पादन गर्ने क्षमता छ । सडने फोहोरवाट मात्र ग्याँस उत्पादन हुन्छ । नसडने फोहोरलाई रिसाइक्लिङ्ग गरेर विक्रि गरिन्छ । प्रशोधन केन्द्रको उदघाटन गर्दै पूर्व मुख्यमन्त्री भीम आर्चायले नगरका लागि अत्यन्तै आवश्यकीय फोहोर प्रशोधन केन्द्र निर्माण भएर सञ्चालनमा आएकोमा खुशी ब्यक्त गर्नुभयो । सम्वृद्धिका लागि वातावरणीय स्वच्छता अनिवार्य रहेको जनाउदै इटहरीको फोहोरमैलाको उचित ब्यवस्थापन हुन थालेको भन्दै प्रशंसा गर्नुभयो । प्रदेश सांसद लिलम वस्नेतले इटहरीमा चुनौतीको रुपमा रहेको फोहोरमैला ब्यवस्थापनको कार्य ब्यवस्थित हुनु नगरवासीकालागि खुशीको कुरा रहेको वताउनुभयो । नगरप्रमुख द्वारिकलाल चौधरीले प्रशोधन केन्द्रका कारण वडा नम्वर १० को विकासमा टेवा पुगेको वताउनुभयो । गुणस्तरीय कालोपत्रे सडक लगायत सम्झौता वमोजिमका अन्य कार्य गरिएको वताउनुभयो । उपप्रमुख लक्ष्मी गौतमले पाँच वर्षे कार्यकालकै एक गौरवगर्न लायक कार्य सम्पन्न भएको जनाउनुभयो । कार्यक्रममा वडाध्यक्ष प्रकाश चौधरी,वडासदस्य राम नारायण चौधरी, वेन्ट इन्भाइरो एण्ड म्यानेजमेन्टका प्रवन्ध निर्देशक मोहन भण्डारी,मानध्वज मोक्तान लगायत वोल्नुभयो । केन्द्र संचालनमा नेपाल वंगलादेश वैकको वित्तीय सहयोग रहेको जनाइएको छ । यसैबिच आजै इटहरी उपमहानगर वडा नम्वर ७ स्थित वहुवर्षे सडकको उदघाटन गरिएको छ । विभिन्न खण्डगरि करिव तीन किलोमिटर कालोपत्रे सडकको पूर्वमुख्यमन्त्री भीम आर्चायले उदघाटन गर्नुभयो । उदघाटन कार्यक्रममा सम्वोधन गर्दै उहाँले इटहरी उपमहानगरका प्रमुख चौधरीको नेतृत्वमा भएको विकास निर्माण कार्यको प्रशंसा गर्नुभयो । प्रदेश सांसद लिलम वस्नेतले वडा नम्वर ७ लाई पनि जोडने गरि प्रदेशसरकार द्वारा प्रदेश गौरवको सडक योजना संचालनभएको स्मरण गराउनुभयोे । नगरप्रमुख द्वारिकलाल चौधरीले टुक्रे योजना वाट दु्रत विकास नहुने देखेर तीन वर्षको वजेट जोहो गरि वहुवर्षे सडकनिर्माण गरिएको वताउनुभयो । उदघाटन कार्यक्रममा वडा नम्वर ७ का वडाध्यक्ष नर वहादुर राई र वडासदस्य देव नारायण चौधरी लगायत वोल्नुभयो ।


 


श्याम राई÷उदयपुर गाईघाट, १७ चैत्र। रातो तारा डट कम, उदयपुरकी एक दलित महिलाले विहीबार जिल्ला अस्पतालमा तिम्ल्याह बच्चा जन्माएकी छिन् ।


त्रियुगा नगरपालिका–१ जोगिदहकी २२ बर्षिया संगिता सदाले सामान्य प्रसुती सेवाबाट दुई छोरा र एक छोरी जन्माएको अस्पतालले जनाएको छ ।

अस्पतालमा जन्मिएको तिनै जना शिसुहरुको तौल भने तुलनात्मक रुपले कम रहेको छ । ति बच्चाहरु मध्ये १ जनाको तौल १ किलो ४ सय ग्राम र दई जनाको १ केजी १ सय ग्राम रहेको अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट मुकेश झाले बताए । आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

तोकिएको समय भन्दा अगाडी नै शिसुहरुको जन्म भएकोले उनीहरुको स्वास्थ्यमा समस्या आउन सक्ने भन्दै अस्पतालले उनीहरुलाई निगरानीमा राखेको छ । ‘ कुनै पनि बेला स्वास्थ्यमा समस्या आउन सक्छ । त्यसैे सुविधा सम्पन्न अस्पतालमा रेफर गर्ने तयारी गरेका छौ ।’ प्रमुख झाले भने । बच्चाहरुलाई एन आईसियु ( साना बच्चको सघन उपचार कक्ष ) मा राखेर उपचार गर्नु पर्ने अवस्था भएपनि यो सेवा अस्पतालमा नरहेको उनले बताए ।

लामो समयदेखि सुत्केरी व्यथा लागेर घरमै बसिरहेकी संगितालाई विहान प्रसुतीको गृह अस्पताल भर्ना गरिएको थियो । उनको श्रीमान् वैदेशिक रोजगारीको लागि भारत गएकाछन् । गरिब दलित परिवारकी संगिता बच्चहरुको बाहिर लगेर उपचार गर्ने हैसियत नभएकोले परिवारमा चिन्ताले सताएको छ । ‘ विहान बेलुकी खानको लागि समस्या छ । अब बच्चाहरुको कसरी उपचार गर्नु ।’ संगिताका काका ससुरा सत्य नारायण सदाले भने ।







झापा, चैत्र १७ गते । रातो तारा डट कम,झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बुद्धशान्ती गाउपालिका-४ का ४३ बर्षीय किशोर सुनुवार र काठमाण्डौ महानगरपालिका-५ का ३१ बर्षीय सन्त महर्जन रहेका छन । हिजो बेलुका साढे ४ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा प्रदेश ३-०१-००६ ख ०६२६ नम्वरको बसमा सवार रहेका सुवुवार र महर्जनको साथबाट प्लास्टिकमा पोको पारी झोलामा लुकाई राखेको २८ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिवन्धित ब्राउनसुगर सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।


काठमाण्डौ चैत १७ गते । रातो तारा डट कम, त्रिदेशिय टी–२० श्रृङखलामा नेपालले आज पपुवा न्यूगिनी (पीएनजी)सँग खेल्दैछ । खेल त्रिवि क्रिकेट मैदान किर्तिपुरमा दिउँसो साढे १२ बजे हुनेछ । आज नेपाल विजयी भए श्रृङ्खलाको फाइनलमा पुग्नेछ । आजको खेल नेपाली समूहका लागि ५० औं टी–२० अन्तराष्ट्रिय हुनेछ । नेपालले अहिलेसम्म खेलेका ४९ खेलमा २७ खेलमा जित निकालेको छ भने २१ खेल हारेको छ । एक खेलमा भने नतिजा आउन सकेको थिएन । 



काठमाण्डौ चैत १७ गते । रातो तारा डट कम, नेपाली सेनाको सैन्य पदमा आवेदन खुल्ला भएको छ । नेपाली सेनाले आज सूचना जारी गर्दै ४ हजार सैन्य माग गरेको हो । कक्षा ८ उत्तिर्ण गरेका व्यक्तिले २७ भर्ना केन्द्र मध्ये आफुलाई पायक पर्ने स्थानमा गई आवेदन दिन सक्नेछन् । नेपाली सेनाले खुल्ला तर्फ २ हजार ९८, कर्तव्य पालनाको सिलसिलामा अशक्त÷मृत्यु भएका नेपाली सैनिकका सन्तती तर्फ १ सय १०, महिला ३ सय ५८, आदिवासी जनजाती ५ सय ७२, मधेशी ५ सय ५, दलित २ सय ७२ र पिछडिएको क्षेत्रमा ८५ जना माग गरेको छ । इच्छुकले आजबाट बैशाख १६ गतेसम्म  र बैशाख १७ देखि २३ गतेसम्म दोब्बर दस्तुर बुझाई आवेदन दिन सक्नेछन् । बैशाख १६ गतेसम्म १८ वर्ष पुरा भई २२ वर्ष ननाघेका व्यक्तिले आवेदन दिन पाउनेछ । 




काठमाण्डौ चैत १७ गते । रातो तारा डट कम, प्रधानमन्त्रीको सरकारी निवासमा आज बिहान १० बजे सत्ता गठबन्धनको बैठक छ । बैठकमा स्थानीय तह निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । स्थानीय तहको चुनावमा आवश्यकता अनुसार तालमेल गर्ने निर्णय गरेको काँग्रेसले आज गठबन्धनको बैठक बोलाएको हो । यसअघि गत मङ्गलबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले गठबन्धनमा आवद्ध दलहरुसँग तालमेल गर्ने निर्णय गरेको थियो । 



अर्जुन आचार्य- विराटनगर, १६ चैत। रातो तारा डट कम,प्रदेश १ प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले राजनीतिक परिवर्तनमा पत्रकारहरुले महत्वपूर्ण भूमिका खेलेको बताए । 

उनले अहिले विभिन्न सामाजिक संजाल र युटुबमा आएको भ्रमपूर्ण प्रचारबाजीले व्यवसायिक पत्रकारहरुमा आक्रमण भइरहेको प्रति सजग हुनुपर्नेमा जोड दिए । ‘अहिले विभिन्न भ्रमपूर्ण समाचारहरु टिकटक, युटुबलगायतमा आउँदा पत्रकारहरुमाथि आक्रमण भइरहेको छ,’ रातोपाटी अनलाइनको विराटनगरस्थित प्रदेश कार्यालय उद्घाटन समारोहमा बोल्दै भण्डारीले भने, ‘स्वतन्त्र पत्रकारिताको क्षेत्रको विकासका योगदान गर्दै स्वतन्त्र, निष्पक्ष ढंगले जनताको अनलाइनको रुपमा रातोपाटी अनलाइनले भूमिका खेलोस् ।’

कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले रातोपाटी अनलाइनले पत्रकारितामा छुट्टै पहिचान बनाएको बताउँदै विराटनगरमा कार्यालय खोलेकोमा शुभकामना व्यक्त गरे । उनले विराटनगरको विकास र समृद्धिको कुरा देशव्यापी लैजान रातोपाटीलाई आग्रह गरे । 

कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जनसरोकारका विषयमा राज्यलाई घच्घच्याउने काम संचारमाध्यामले गर्नुपर्ने बताए । उनले अत्यावश्यक विधेयकहरु नल्याएर स्वार्थअनुकूल अध्यादेश सरकारले ल्याउने गरेको तिर पनि संचारमाध्यामले ध्यान दिनुपर्ने । नागरिकताको विषय, विकास निर्माणको विषयमा अझै पनि पत्रकारिताले राज्यलाई दबाब दिनुपर्ने उनको भनाइ थियो । 

रातोपाटीका संस्थापक अध्यक्ष ओम शर्माले विराटनगर र प्रदेश १ को सवाललाई सम्बोधन गराउनका लागि राज्यलाई घच्घच्याउने काम आफूले गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै रातोपाटीका प्रधानसम्पादक अरुण बरालले रातोपाटीको प्रदेश १ पोर्टलको रुपमा छुट्टै विकास गर्न लागेको जानकारी दिए । उनले प्रदेश १ को हरेक विषयलाई स्थान दिन र विकास निर्माणमा बहस सिर्जना गर्न आफूहरु लाग्ने बताए । 

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य महेश रेग्मी, पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरे, जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् सदस्य उमेश यादव, नेकपा एमाले विराटनगरका अध्यक्ष सागर थापा, नेकपा (माओवादी केन्द्र) विराटनगरकी सचिव नमिता न्यौपानेलगायतले शुभकामना व्यक्त गरेका थिए । 



काठमाडौं चैत १६ गते । रातो तारा डट कम, नेपाल पत्रकार महासंघको ६७औं स्थापना दिवसका अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । 


महासंघको स्थापना दिवसका अवसरमा बिहान काठमाडौंको सिनामंगलबाट सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयसम्म प्रभातफेरी गरेको थियो । प्रभातफेरीमा महासंघका विभिन्न शाखामा आवद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो । 

स्थापना दिवसकै अवसरमा आजै सञ्चारग्रामस्थित महासंघको कार्यालयमा पत्रकारका लागि निशुल्क स्वस्थ्य शिविर सञ्चालन गरिएको थियो । जसमा दन्त तथा मिर्गौला परीक्षण र रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । 

त्यसअघि स्वास्थ्य शिविर कायक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले पत्रकारको निःशुल्क स्वास्थ्य उपचार गर्ने व्यवस्थाको व्यावहारिक पहल गर्ने बताउनुभायो । उहाँले पत्रकारको स्वास्थ्य बीमा, जेष्ठ पत्रकार वृत्ति लगायतलाई व्यवस्थित गर्न र आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न पहल गर्ने बताउनुभयो । 

त्यस्तै, आजै महासंघले, ‘पत्रकार तथा अञ्चार क्षेत्रमा कोभिड–१९ को प्रभाव’ बारेमा तीन छुट्टाछुट्टै समुहमा समुहगत छलफल गरेको छ । अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले महासंघको स्थापना दिवसका अवसरमा शुभकामना दिदै सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति सचेत रहेको  बताउनुभयो । 

पत्रकारको पेशालाई व्यवस्थापन गर्न सरकार लागि परेको बताउदै मन्त्री कार्कीले पत्रकारको सुविधाका लागि अनलाइनमार्फत सेवा उपलब्ध गराउँदै पत्रकारको सम्मानका लागि पत्रकारिता पुरस्कार, पत्रकार उपचार कोष लगायतमा सरकार क्रियाशील रहेको बताउनुभयो । 

समुहगत छलफलमा ‘कोभिड र प्रेस स्वतन्त्रताको अवस्था’ शीर्षकमा महासंघका पूर्वसभापति तारानाथ दाहालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । समुहगत छलफलमा पूर्वअध्यक्ष डा. महेन्द्र विष्ट, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, महासंघकी पूर्वसचिव संगिता खड्का, मिडिया सोसाइटिका महासचिव मदन लम्सालले समुहगत छलफलमा भाग लिनुभएको थियो  । महासंघका सल्लाहकार निर्मला शर्माले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । 

‘कोभिडको प्रभाव, महासंघको भूमिका र अबको रणनीति शीर्षकमा महासंघका  महासचिव रोसन पुरीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । समुहगत छलफलमा महासंघका पूर्व उपाध्यक्ष खिलबहादुर भण्डारी, विज्ञापन बोर्डका सदस्य बलराम थापा, महासंघका पूर्व केन्द्रीय सदस्य खिम घले, लोकान्तर डटकका सम्पादक बिमल गौतमले छलफल गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण महासंघका पूर्वउपाध्यक्ष यशोदा तिम्सिनाले गर्नुभएको थियो । 

त्यस्तै पत्रकारहरुको पेशागत सुरक्षामा कोभिडको प्रभाव शीर्षकमा महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त शीर्षकमा समुहगत छलफलमा महासंघका पूर्वसभापति धर्मेन्द्र झा,  पूर्वउपाध्यक्ष अनिता बिन्दु, पूर्वसचिव रामप्रसाद दाहाल, सूचना तथा प्रशारण विभागका महानिर्देशक गोगन बाहादुर हमालले गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण महासंघका पूर्वअध्यक्ष शिव गाँउलले गर्नुभएको थियो । 



बिराटनगर चैत १६ गते । रातो तारा डट कम, प्रदेश न १ का पुर्ब सामाजिक बिकास मन्त्री नेकपा एमाले केन्द्रीय कमिटी सदस्य मा जीवन घिमिरेको सामसद बिकास कोषबाट बिनोजित रकम सहयोग र न्युरो अस्पतालको प्राबिधिक साहयतामा बरिस्ठ डेन्ट्ल सर्जन डा अमित प्रताब साह विभिन्न मानिसको परिक्षण गरिएको थियोे ।

युवा क्लबले आयोजना गरेको  २ दिने  स्वास्थ परिक्षण कार्यक्रममा स्वास्थ सामग्री बितरण गरिएको  थियोे । कार्यक्रको  पहिलो दिन असोक चोक मा दोस्रो दिन बिस्वाकर्मा चोकमा२००जना  भन्दा बढीको दातका रोगिको उपचार  सम्मपन्न गरियो ।

कार्यक्रममा प्रदेश सभा माननीय क जीवन घिमिरे समाजसेवी राजन भन्डारी मेघराज श्रेष्ठ प्रमोद खतिवडा सैलेस न्यौपाने बिरेन्द्र राजवसी राजेस राय सर्जु प्रसाद राजवसी भुवन राजवसि सन्दीप न्यौपाने सबिन कामत मो ईमरान मो नजिम मो अमर असोक राजवसी  लगायत को उपस्थितिमा सम्मपन्न गरियो।

 


विराटनगर चैत १६ गते । रातो तारा डट कम, चुनाव नजिकिदै गर्दा विराटनगर महानगरपालिका वडाहरुमा जनता समाजवादी पार्टीका तर्फबाट विराटनगरको मेयर पदका लागी उमेदवारका दावेदार दिएका विराटनगर वडा नं. –१४ जतुवाका उमेश यादव यती वेला चुनावी घरदैलो कार्यक्रममा व्यस्थ देखिन्छन् । मेयरका उमेदवार यादवले विराटनगरको समग्र विकासका लागि जनता समाजवादी पार्टीलाई जिताउन आग्रह गर्दै घरदौलो कार्यक्रमगरीरहेका छन् ।


घरदैलो कार्यक्रममा यादव सहित कार्यकर्ताहरु विराटनगरका वडा वडामा गई मतदाताहरुसँग भेटघाट गरी आफ्नो एजेण्डा बताउदै जनता समाजवादी पार्टी चुनाव चिन्ह छातामा नै मतदान गर्न पनि आग्रह गरेका छन् । 

यसअघि यादव २०७४ सालको निर्वाचनमा तेस्रो स्थानमा आएका यादव भन्छन्,“ अघिल्लो चुनावमा राम्रो नतिजा आएको थियो । यस पटक अवश्य चुनाव जित्ने छु ।”

जातिय र बर्गीय मुक्तिको लागि, सुशासन र समृद्घिको लागि, पहिचान सहितको संघियताको लागि, दलित भागबन्डा अन्त्यका लागि, विराटनगरको विकासका लागि छातामा भोट हालौं भन्दै यादव घरदैलो कार्यक्रम गरिरहेका छन् ।


काठमाण्डौ चैत १६ गते । रातो तारा डट कम, जिल्ला प्रशासन कार्यालय नुवाकोटले आफुसँग भएका हतियार बुझाउन अनुरोध गरेको छ । स्थानीय तहको निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै इजाजत प्राप्त हातहतियार चैत मसान्तभित्र नजिकैको प्रहरी चौकीमा बुझाउन भनिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिनुभयो । अवैध हतियार राख्नै नपाउने बताउँदै प्रशासन कार्यालयले इजाजत प्राप्त हतियार निर्वाचन पश्चात फिर्ता हुने उल्लेख छ । 


काठमाण्डौ चैत १६ गते । रातो तारा डट कम, स्थानीय तहको निर्वाचनका लागि आजदेखि मतपत्र छपाईको काम सुरु हुँदैछ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा मतपत्र छपाईको काम सुरु गर्न जनक शिक्षा सामग्री केन्द्रलाई भनेको छ । केन्द्रका सूचना अधिकारी चित्र कुमार आचार्यले भोलि सुरक्षाका लागि सेना र प्रहरी आइसकेपछि मतपत्र छपाईको काम सुरु हुनेउहाँले छ । 





विराटनगर। रातो तारा डट कम, प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेशको खेलकुद क्षेत्रको उल्लेख्य विकास गरिने बताउनु भएको छ । प्रदेशमा खेलकुद क्षेत्रको पूर्वाधार विकासका लागि काम गरिने उहाँले बताउनुभयो । 

सुनसरी धरानको मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय स्तरिय बाँस्केटवल प्रतियोगाको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री राईले सो कुरा बताउनु भएको हो । मन्त्री राई आगामी आर्थिक वर्षको बजेटमा खेलक्षेत्रलाई प्राथमिकतामा राखी काम गरिने बताउनुभयो । उहाँले खेलकुदको माध्यमबाट देश–देशको वीच सम्वन्ध गाडा बनाउन सकिने बताउनु भयो । 

खेलकुद क्षेत्र महत्वूर्ण रहेकाले शिक्षासँगै खेललाई पनि अगाडी बढाउन आवस्यक रहेकोमा मन्त्री राईको जोड छ । उहाँले बास्केटबल खेलका लागि पनि प्रदेश सरकारले महत्वपूर्ण काम गर्ने बताउनुभयो । मन्त्री राईले स्वस्थ राष्ट्र बनाउन र राष्ट्र चिनाउनका लागि खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने भएकाले खेल क्षेत्र सवैको प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो ।  



झापा, १५ चैत । रातो तारा डट कम, झापाको भद्रपुरस्थित रुद्र्र–गौैरी, श्री–अम्बिका ओेली प्रतिष्ठानद्वारा चार विधामा पाँच जना पुरस्कृत हुने भएका छन् ।

प्रतिष्ठानले यस वर्ष पाँच लाख रुपैयाँ पुरस्कार थप गरी चार विधामा पाँच जनालाई पुरस्कृत गर्न लागेको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिए । प्रतिष्ठानले बैशाख ४ गते काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी गरी उनीहरुलाई पुरस्कृत गर्ने उनले बताए । ‘नवौं संस्करणको पुरस्कार वितरण गर्न लागेका छौँ’, उनले भने, ‘यस वर्ष पाँच लाख रुपैयाँको एउटा पुरस्कार समेत थप भएको छ ।
प्रतिष्ठानले विसं. २०६७ सालदेखि कृषि, साहित्य÷ पत्रकारिता, महिला सशक्तीकरण, बालबालिकाका क्षेत्रलाई समेट्दै आएकोमा नवौं वर्षको यात्रा तय गरिरहँदा रू ५ लाख राशीको ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय÷अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ समेत थप गरेको हो ।
पहिलो पटक स्थापित श्रीप्रसाद ओली स्मृति राष्ट्रिय तथा अन्तर्राष्ट्रि प्रज्ञान पुरस्कारबाट हिमालय शम्शेर जबरा पुरस्कृत हुने भएका छन् । नेपालमा पहिलो पटक विनिमय दरको व्यवस्था गरी विदेशी मुद्राको प्रचलनलाई निरुत्साहन गरी नेपाली मुद्रालाई चलनचल्तीमा ल्याउन उल्लेख्य कार्य गर्नुका साथै नेपालमा स्वतन्त्र अर्थतन्त्रको जग बसाउन योगदान पु¥याएवापत उनलाई उक्त पुरस्कार वितरण गर्न लागेको प्रतिष्ठानले जनाएको छ ।
त्यस्तै, रूद्रप्रसाद ओली राष्ट्रिय कृषि पुरस्कार ललितपुरस्थित ‘सुभद्रा–मदन फाउण्डेसन’ र ‘चन्द्रागिरी मेशिनरी उद्योग’लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । पुरस्कार राशी एक लाख एक हजार १११ रुपैयाँ रहेको छ । कृषि क्षेत्रको व्यावसायिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनीहरुलाई पुरस्कृत गर्न लागिएको हो ।
फाउण्डेशन संस्थापक अध्यक्ष कृषि विज्ञ श्री मदन राईको अग्रसरतामा ५० भन्दा बढी जिल्लाका बालबालिकालाई समावेशी ढंगबाट विगत ७ वर्ष देखि खोटाङ जिल्लामा जीवन उपयोगी व्यावहारिक ज्ञानसहित व्यावसायिक कृषिलगायतका विषयमा शिक्षा प्रदान गरी श्रमप्रति सम्मान गर्ने प्रवृत्ति विकासका गर्न अनवरत क्रियाशील छ । यस्तै, संस्थापक अध्यक्ष श्री गो विन्द भक्त श्रेष्ठको नेतृत्वमा सञ्चालित उद्योगले सानादेखि ठूला कृषि औजार उत्पादन गरी देशको कृषि क्षेत्रमा तथा अर्थतन्त्रमा टेवा पु¥याउँदै आएको छ ।
त्यसैगरी, गौरादेवी स्मृति राष्ट्रिय आर्दश आमा पुरस्कार काठमाडौं निवासी श्री युवती खड्का केसीलाई प्रदान गरिने भएको छ । उनलाई अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिकलाई पुनस्र्थापना तथा सेवा, महिलाहरुको आर्थिक सशक्तिकरण योगदान वापत राशी एक लाख एक हजार १११ रुपैयाँ राशीको पुरस्कार प्रदान गर्न लागिएको हो ।
यस्तै, अम्बिका ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार यस वर्ष विगत साढे चार दशकदेखि निरन्तर नेपाली साहित्यको विकासमा क्रियाशील मोरङ विराटनगर निवासी साहित्यकार विवश पोखरेललाई प्रदान गरिने अध्यक्ष ओलीले बताए । पुरस्कार राशीकोरु.एक लाख एक हजार १११ रहेको छ ।
‘रूद्र्र–गौैरी, श्री–अम्बिका ओेली प्रतिष्ठान’ समाजमा भएका अनुकरणीय कार्यहरूको प्रबद्र्धन गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको गैरनाफामूलक सामाजिक संस्था हो ।
वि.स. १९८८ श्रावण १६ गते तेह्रथुम आठराई, छातेढुङ्गा गा.वि.स. वडा नं. ६, होडागाउँमा पिता रूद्रप्रसाद ओली र माता गौरादेवी ओलीको ज्येष्ठ पुत्रको रूपमा जन्मिएका समाजसेवी श्रीप्रसाद ओलीको अग्रसरता तथा प्रेरणा साथै उहाँका परिवारबाट स्थापित प्रतिष्ठानको प्रमुख उद्देश्य समग्र मानव हित तथा सकारात्मक समाजिक विकासमा अनुकरणीय र उल्लेख्य योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई सम्मान गरी समाजमा उल्लेख्य योगदानको लागि अभिप्रेरित गर्नु रहेको छ ।


विराटनगर । रातो तारा डट कम, जनप्रतिनिधि नेतृत्वमा आएपछि विराटनगर महानगरपालिकाले पछिल्ला वर्ष शिक्षा क्षेत्रमा लोभलाग्दो प्रगति हासिंल गरेको छ । भौतिक पूर्वाधार महानगरले दाबी गरेको छ । 


योजनागत कदम अघि बढाएकै कारण शैक्षिक क्षेत्रमा चालिएका धेरै प्रयास सार्थक बन्न पुगेको विराटनगर महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख दुर्गा खतिवडाले बताएका छन् । “धेरै विद्यालयहरुमा तल्लो कक्षाबाटै अंग्रेजी माध्यममा पढाउन शुरु गरिएको छ । यसले निजी क्षेत्रका विद्यार्थीहरुलाई सामुदायिक विद्यालयतर्फ आकर्षित गर्न बल पुगेको छ,” खतिवडाले भने,“आदर्श र पोखरिया माविले अंग्रेजी माध्यमबाट प्राविधिक शिक्षामा जोड दिएका छन । त्यहाँ बर्सेनि निजी विद्यालय छाडेर सामुदायिकमा भर्ना हुन प्रवेश परीक्षा दिने विद्यार्थीको घुइँचो नै लाग्ने गरेको छ ।” विद्यालयको संरचना निर्माण गर्नेमात्र नभएर महानगरले गुरुकुल र मदरसामार्फत हुने पठन पाठनलाई समेतलाई सुधार गर्न काम भएको खतिवडाले सुनाए ।

शैक्षिक लक्ष्य प्राप्ति गर्न अंग्रेजी माध्यमबाट कक्षा संचालन गरिँदा बीचैमा सामुुदायिक विद्यालय छाडेर जाने विद्यार्थीको संख्या घट्दो अवस्थामा पुगेको र विराटनगरको आदर्श विद्यालय यो क्षेत्रकै उदाहरण बन्न पुगेको विद्यालयका पूर्वप्राचार्य विष्णुप्रसाद लामिछानेले सुनाए । भने,“आदर्शमा तल्लो तहमा मन्टेश्वरी विधिबाट पढाई हुन्छ । माथिल्लो कक्षामा कम्प्युटर प्राविधिकतर्फको अध्यापनलाई समेत व्यवस्थित गरिएको छ ।” आदर्शमा मात्र अहिले दुई हजार हाराहारी विद्यार्थी पढ्ने गरेका छन । पोखरियामा पनि उत्तिकै विद्यार्थीको आकर्षण रहेको बताइन्छ ।

विराटनगरको महेन्द्र माविले नयाँ भौतिक संरचनासहित कम्प्युटर शिक्षालाई जोड दिएको छ । अडियो भिजुअल कक्षालाई अगाडि बढाएपछि निजी जत्तिकै गुणस्तरीय र सुविधा सम्पन्न पूर्वाधार उपभोग गरी पठन पाठन गराउन सकिएको प्राचार्य चन्द्रप्रसाद साहले बताएका छन । “कोभिडका कारण दुई वर्ष हामीलाई केही कठिनाई भयो तर विपन्न परिवारका विद्यार्थीलाई प्राविधिक शिक्षामा जोड्न हामीले गरेको काम सार्थक बन्न पुगेको छ,” उनले भने । विद्यार्थी दिनेश मण्डलले सरकारी विद्यालयमै सहज ढंगले आफूहरुले कम्युटर सम्बन्धी शिक्षा लिन पाएको बताएका छन् । भने,“मलाई पहिलेदेखि नै आईटी सम्बन्धी पढ्न मन थियो । निजीमा महंगो शुल्कको कारण समस्या भर्ना हुन सकिन तर सरकारी विद्यालयमै त्यही कक्षा पढ्न पाइने भएपछि यतै आएँ ।”

विराटनगरको जनता मावि परिसरमा वहुप्राविधिक शिक्षालय शुरु भएको विराटनगरका मेयर भीम पराजुलीले बताएका छन । यसबाट प्राविधिक शिक्षामा विपन्नको समेत पहुँच पुगेको दाबी गर्दै उनले भने,“यो पाँच वर्षको अवधिमा हामीले शिक्षा क्षेत्रको भौतिक पूर्वाधारमा सुधार गर्नुको साथै हामीले शिक्षाको गुणस्तर सुधार गर्नको लागि समेत काम गरेका छौं । यसको परिणामसमेत देखिन शुरु भएको छ ।” 

विद्यालयहरुले समावेशी शिक्षालाई जोड दिंदै प्रारम्भिक बाल विकासका लागि मन्टेश्वरी विधिबाट पठन पाठन गरिरहेको पराजुलीले बताए । धेरै विद्यालयमा खेल सामग्रीसहितका बाल कक्षा संचालन गरेर खाजा कार्यक्रम शुरु भएपछि विद्यार्थीको संख्या बढाउन थप सहयोग पुगेको बताए । भने,“मैले मेरै पारिश्रमिक हस्तान्तरण गरेर दुईवटा आधारभुत विद्यालयमा भौतिक पूर्वाधार निर्माण गर्न सहयोग गरेको छु । यसबाट सिमान्तकृत समुदायका विद्यार्थीलाई विद्यालयसम्म ल्याउन बल पुगेको छ ।” उनले नगरक्षेत्रकै थप आधारभुत विद्यालयमा पनि नियमित अनुगमनले गरी शैक्षिक गुणस्तर सुधारमा सहयोग गरेको सुनाए । पोखरिया माविको नयाँ भवन निर्माणको कामले गति लिएको र धेरै विद्यालयमा यातयात साधान व्यवस्थापनमा समेत महानगरले काम गरेको उनको दाबी छ । 

सुशिक्षा निकुंज आधारभुत विद्यालय हाटखोलाका प्रधानाध्यापक चक्रप्रसाद पोखरेलले महानगरले आधारभुत विद्यालयको पूर्वाधार र शैक्षिक गुणस्तर सुधार गर्न गरेको काम निकै सकारात्मक भएको बताए ।  भने,“कतिपय द्यिालयहरुमा भने शिक्षक कर्मचारी दरबन्दी मिलान र मागको आपूर्तिको तादम्यता मिलाउन अझ मिहीन ढंगले काम गर्न जरुरी छ ।” खेल सामग्रीको व्यवस्थापनमा समेत अझ बढी ध्यान दिनुपर्ने पोखरेलले सुनाए । 



काठमाण्डौ चैत १५ गते । रातो तारा डट कम, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को विशेष साधारण सभा आज हुँदैछ । साधारण सभा अघि एन्फाले यसअघि स्थगित भएको विशेष साधारण सभा सानेपास्थित एक होटलमा बोलाएको छ । फागुन ८ गतेको लागि डाकिएको एन्फाको विशेष साधारण सभा प्राविधिक कारण देखाएर स्थगित गरिएको थियो । तर, एन्फाको १८ औं कार्यसमिति बैठकले साधारण सभा चैत १५ गते आज गर्ने निर्णय गरेको थियो । साधारण सभामा निर्वाचनमा केन्द्रीत एजेण्डाहरूमा छलफल हुने बताईएको छ । निर्वाचन समिति गठन, निर्वाचन पुनरावेदन समिति गठन, उम्मेदवारको मनोनयन शुल्क निर्धारण र वार्षिक कार्यक्रम तथा बजेटको लेखा परीक्षण प्रतिवेदन लगायतको विषयमा साधारण सभा छलफल हुनेछ । एन्फाको निर्वाचन आगामी वर्षको जेठ १५ गतेका लागि तय गरिएको छ ।



काठमाण्डौ चैत १५ गते । रातो तारा डट कम, वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाइ मध्यनजर गर्दै,नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूबीच कस्तो गठबन्धन गर्ने भन्ने बारेमा बैठकले आज निर्णय लिन सक्ने अडकल लगाइएको छ । केन्द्रीय कार्यसमिति बैठकमा अधिकांश सदस्यहरूले गठबन्धनको पक्षमा र बिपक्षमा आफना धारणाहरु ल्याइरहेकाले यसै बिषयमा छलफल हुने बताइएको छ । केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले भने आफू गठबन्धन गर्न नहुने पक्षमा रहेको बताउनुभएको छ भने महामन्त्री विश्वप्रकाश शर्माले आवश्यकताका आधारमा गठबन्धन गर्नुपर्ने बताएका छन । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा भने चुनावी गठबन्धनको पक्षमा जोड दिएको बुझिएको छ । 




विराटनगर चैत १४ गते । विराटनगर महानगरपालिकाले प्रकाशित गरेको दुईवटा पुस्तक एक भव्य समारोहका बीच सोमबार विमोचन गरिएको छ । 

वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदीद्वारा लिखित ‘ऐतिहासिक विराटनगर’ र प्राज्ञ विवश पोखरेलद्वारा सम्पादित ‘प्राज्ञ बालकृष्ण पोखरेल स्मृति ग्रन्थ’ कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा. डा. गोपाल भण्डारी, महानगरका मेयर भीम पराजुली, पूर्वमेयर रामकृष्ण भट्टराई, प्राज्ञ गंगा सुवेदी, एलिट क्लबका अध्यक्ष विश्वनाथ रिजाललगायतले संयुक्त रुपमा विमोचन गरेका थिए । विमोचन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा.डा. गोपाल भण्डारीले महानगरपालिकाले प्रकाशित गरेको दुईवटा पुस्तक विराटनगरको मात्रै नभएर नेपालकै वाङ्मय क्षेत्रको सम्पत्ति भएको बताए । “आज जुन दुईवटा पुस्तक विमोचन भएको छ, यी पुस्तक विराटनगरको मात्रै होइन समग्रमा नेपाली वाङ्मय क्षेत्रकै सम्पत्ति हुन्,” भण्डारीले भने, “महानगरपालिकाले ऐतहासिक काम गरेको छ ।” 

त्यस्तै कार्यक्रममा प्राज्ञ गंगा सुवेदीले ऐतिहासिक पुस्तक प्रकाशित गरेर विराटनगर महानगरपालिकाले महत्वपूर्ण कार्य गरेको बताइन् । ऐतिहासिक विराटनगर पुस्तकका लेखक प्राज्ञ दधिराज सुवेदीले पुस्तकभित्र धेरै क्षेत्रको इतिहासलाई उजागर गरेको दाबी गरे । उनले नेपालकै पहिलो अस्पताल कोशी अस्पताल भएको प्रमाणसहित पुस्तकमा प्रस्तुतगरिएकोबताए । आफूले रात–दिन मेहनत गरेर पुस्तक लेखेको उनले बताए । बालकृष्ण स्मृति ग्रन्थका सम्पादक प्राज्ञ विवश पोखरेलले वरिष्ठ स्रष्टालाई जीवन्त राख्न महानगरपालिकाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले सबैको साथ र सहयोगले आफूले कुशलतापूर्वक सम्पादकको भूमिका पूरा गरेको जनाए । 

समारोहमा महानगरपालिकाका मेयर भीम पराजुलीले पुस्तक विराटनगरका लागि इतिहास भएको बताए । उनले समग्रमा पुस्तकले विराटनगरको परिचय दिएको दाबी गरे । “दुईवटै पुस्तक अब विराटनगर महानगरपालिकाको सम्पत्ति हो,” उनले थपे, “महानगरमा आफू आएसँगै भौतिक पूर्वाधारसँगै भाषा, साहित्य, कला, संस्कृतिको विकासलाई उत्तिकै महत्वका साथ अगाडि बढाएँ । जसको उदाहरणका रुपमा यिनै पुस्तकलाई लिन सकिन्छ ।” 

कार्यक्रममा वडाध्यक्ष मीकुमार आचार्य, विराटनगरका पूर्वमेयर रामकृष्ण भट्टराई, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मी, पुस्तकका लेखक महानगरको सामाजिक शाखा प्रमुख पुनम दाहाल, कवि एवं पत्रकार मीनकुमार नवोदितलगायतले मन्तव्य व्यक्त गरेका थिए । ऐतिहासिक विराटनगर पुस्तकभित्र विराटनगरको आर्थिक, सामाजिक, राजनैतिक, साहित्यिक, सांस्कृतिक विषयलाई उठाइएको छ भने प्राज्ञ बालकृष्ण पोखरेल स्मृतिग्रन्थमा भाषाशास्त्री बालकृष्ण पोखरेलका बारेमा लेखिएका लेख रचना समेटिएको छ । 



बिराटनगर चैत १४ गते । जिल्ला झापा गौरीगंज नगरपालिका वडा नं। ३ घर भई हाल जिल्ला सुनसरी इटहरी उ।म।न।पा।वडा नं। ४ बस्ने बर्ष २४ को निलेश कुमार अग्रवालले मिति २०७८।०७।२३ गते तथा बिभिन्न मिति,  समय र स्थानबाट जिल्ला सुनसरी ईटहरी उ।म।न।पा।वडा नं। ४ बस्ने सुरेश राई समेत बिभिन्न ब्यक्तिबाट  नगद तथा मोबाईल बैँकिङबाट सरल सुलभ मुल्यमा कम्पनीबाट सवारी साधन उपलव्ध गराई दिने भनि बिश्वासमा पारी प्रलोभनमा देखाई झुक्याई फरक फरक मितिमा पिडितहरुबाट चेक तथा बैंकिङ सेवाबाट समेत रकम लिई जम्मा रु २५,००,००००।पच्चिस लाख बराबरको रकम ठगी गरी वारदात पश्चात भागी फरार रहेकोमा निजको खोज तलास गर्ने क्रममा निज निलेश कुमार अग्रवाललाई मिति २०७८।१२।१३ गते ईटहरी ४ स्थितमा फेलापारी पक्राउ गरी ठगी कसुरमा सम्मानित सुनसरी जिल्ला अदालतवाट दिन ७ सात को  म्याद थप भई थप अनुनसन्धान कार्य भई रहेको छ ।



झपा, चैत्र १४ गते । रातो तारा डट कम,जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड, झापाको परिसरमा नव-निर्मित भवनको १ नम्वर प्रदेशका माननीय आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा समुदघाटन भएको छ ।

आज बिहान पौने ९ बजे आयोजित एक कार्यक्रम बीच जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको नव-निर्मित कार्यालय भवन, ब्यारेक, भन्साघर तथा शौचालयको मन्त्री कार्कीबाट समुदघाटन सु-सम्पन्न भएको हो ।

समुदघाटनको क्रममा कार्यक्रमलाई सम्वोधन गर्नु हुदै मन्त्री कार्कीले सरकारले सुरक्षा कर्मीको सुरक्षा गरेमा सुरक्षा कर्मीले आम नागरिकहरुको सुरक्षा गर्न आत्मवल बढ्ने हुँदा सुरक्षा कर्मीहरुको गाँस, बास र कपासमा ध्यान दिनु सरकारको दायित्व रहेको बताउनु भयो । कार्यक्रममा मन्त्री कार्कीले जग्गा दाता तथा निर्माण कार्यमा सहयोग पुर्‍याउनु हुने महानुभावहरुलाई प्रसंसा पत्रद्वारा सम्मान प्रदान गर्नु भएको थियो । 


कार्यक्रममा १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले भवनको निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउनु हुने सम्पूर्णमा धन्यवाद दिनुका साथै २४ सै घण्टा ड्युटीमा खटिनु पर्ने प्रहरी कर्मचारीहरुलाई नयाँ भौतिक सुबिधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने बताउँदै सुबिधा सम्पन्न भवन प्राप्त भए संगै प्रहरीद्वारा आम नागरिकलाई चुस्त दुरुस्त तथा थप प्रभावकारी ढंगले प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउँदै कानूनको परिधिमा रही जनहित अनुसारको प्रहरी सेवा प्रदान गर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो ।  

कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख धुब्र कुमार शिवाकोटी, १ नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रलायका सचिव काली प्रसाद पराजुली, झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाल, चारआली स्थित नेपाली सेनाको श्री नँया श्रीनाथ गण चारआलीका प्रमुख सेनानी फणिन्द्र थापा, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक बिश्वमणी पोखरेल, बिभिन्न कार्यालय, संघ संस्थाका प्रतिनिधि, राजनैतिक दलका नेता तथा पार्टी प्रतिनिधि, स्थानिय बुद्धिजिवि, समाजसेवि तथा प्रहरी कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
१ नम्वर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट  एक करोड ८८ लाख ८५ हजार ५७७ रुपैयाँ ९८ पैसाको लागतमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड, झापाको  परिसरमा नव-निर्मित कार्यालय भवन, ब्यारेक, भान्साघर तथा शौचालयको भवन निर्माण सम्पन्न भएको हो ।


विराटनगर । रातो तारा डट कम, विराटनगर–५ मा रहेको एभरेष्ट कलेजले निर्माण गरेका स्वीमिङ पुलको उद्घाटन रेको   छ ।


प्याब्सनका निर्वमान केन्द्रीय अध्यक्ष एवं कलेजका संस्थापन प्रिन्सिपल टिकाराम पुरीले आज एक कार्यक्रमविच रिवन काटेर स्वीमिङ पुलको उद्घाटन गरे । कलेजमा रहेको दुईवटा स्वीमिङ पुल मध्ये एयटा स्वीमिङ पुल अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएको प्रिन्सिपल पुरीले बताए  । अर्को भने बच्चाहरुको अनुकुल अनुसार निर्माण गरिएको उनले बताए । अन्तर्राष्ट्रिय मापदण्डको भने १५ बाइ २५ को रहेको छ भने बच्चाले खेल्लने स्वीमिङ पुल भने १५ बाई १२ को रहेको छ ।

स्वीमिङ पुल र अत्याधुनिक सुविधा सम्पन्न चेन्जिङ रुपलगायत गेष्ट हाउस निर्माण गर्न करिव २ करोड ५० लाख खर्च भएको प्रिन्सिपल पुरीले बताए । स्वीमिङ पुल बनेपछि विराटनगरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूतियोगि गर्न उपयोगि हुने प्रिन्सिपल पुरीले बताए । स्वीमिङ पुलमा एक पटकमा ८ जनाले प्रतिस्पर्धी गर्न सकिने कलेजले जनाएको छ ।

कलेजमा स्वीमिङ पुलबाहेक अत्याधुकि सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको बास्केट बल कोर्ट, इन्दोर कवर्ड हल समेतका मैदान रहेको छ ।


 


 



उदयपुर, चैत्र १४ गते । रातो तारा डट कम,उदयपुरको उदयपुरगढी गाउँपालिका(१ स्थितमा आगोलागिबाट ८ घर जली नष्ट भएको छ भने १ जना महिला आगोमा परी जली मृत्यु भएकि छन् । हिजो बेलुका ४ बजे गौर बहादुर मगरको ढुङ्गा माटोले बनेको फुसको छानो भएको २ तले घरमा बिधुत सर्ट भई आगोलागि हुँदा हिडडुल गर्न नसक्ने गौर बहादुर मगरको ६६ बर्षीया श्रीमती शिवमाया मगरको आगोमा परी जली मृत्यु भएको हो । उक्त आगो फैलिई नजिकै रहेको शेर बहादुर मगर, भैरव मगर, यम्बर बहादुर मगर, मनमाया मगर, पदम बहादुर मगर, दिप बहादुर मगर र धन माया मगर समेतको घर आगलागिबाट जली नष्ट भएको हो ।

आगोमापरी बाख्रापाठा ५१ वटा, सुँगुर ४ वटा समेत जली मृत्यु भएको छ । आगो स्थानिय र प्रहरीको सहयोगमा राती साढे ८ बजे नियन्त्रण गरिएको हो भने आगलागिबाट अन्दाजी १ करोड २१ लाख बरावरको क्षेति भएको र आगोलागिको घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


उदयपुर, चैत्र १४ गते । रातो तारा डट कम,उदयपुरको कटारी नगरपालिका- ११ हर्देनी स्थित सिद्धिचरण राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने  चालक सहित १३ घाईते भएका छन । हिजो दिउँसो २ बजे ओखलढुंगाबाट उदयपुरको कटारी तर्फ आउदै गरेको प्रदेश १-७-१ज ११ नम्वरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट ५ मिटर तल झरी दुर्घटना हुँदा गाडीमा सवार चालक सहित १४ जना घाईते भएकोमा उपचारको लागि बिभिन्न अस्पतालहरुमा पठाइएकोमा ओखलढुंगा सुनकोशी गाउँपालिका-४ का ५४ बर्षीय खेम बहादुर कार्कीको बिर अस्पताल काठमाण्डौमा उपचारको क्रममा मृत्यु भएको हो ।


ओखलढुंगा मोलुङ(२ का २४ बर्षीय एकराज दाहाल र ३० बर्षीया पार्वता पोखरेलको बिराटनगर नोवेल अस्पतालमा उपचार भईरहेको छ भने कटारी अस्पतालमा उपचारार्थ रहेका १० जना घाईतेहरु उपचार पश्चात डिष्चार्ज भईसकेका छन । गाडी चालक ओखलढुङगा सिद्दिचरण नगरपालिका(१ का २४ बर्षीय सञ्जिब घिमिरेलाई सामान्य उपचार पश्चात इलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ  ।


काठमाण्डौ चैत १४ गते । रातो तारा डट कम,क्यानडा ३६ वर्ष पछि विश्वकप फुटबलमा छनोट भएको छ । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल छनोट अन्तर्गत गयराति जमैकालाई ४–० गोल अन्तरले हराउँदै क्यानडा विश्वकपमा छनोट भएको हो । यस अघि क्यानडाले सन् १९८६ मा विश्वकप खेलेको थियो । खेलको १३ औं मिनेटमा केली लारिनले गोल गर्दै क्यानडालाई सुरुआती अग्रता दिलाउनुभएको थियो । त्यसपछि टाजोन बुचानन र जुनियर होइलेटले गोल गरेपछि क्यानडाको अगता तेब्बर बन्यो । खेलको ८८ औं मिनेटमा जमैकाका एड्रियन मारिप्पाले आत्मघाती गोल गरेपछि क्यानडा ४–० ले विजयी भयो । जितसँगै कोन्काफ क्षेत्रको छनोटमा क्यानडा १३ खेलमा २८ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । जमैका भने ८ अङ्क जोडेर सातौं स्थानमा रहेको छ ।



काठमाण्डौ चैत १४ गते । रातो तारा डट कम,कोभ्याक्स सुविधा अन्तर्गत कोरोना भाइरसविरुद्धको थप ८ लाख मात्रा फाइजर खोप आज नेपाल ल्याइँदै छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार आज दोस्रो चरणको थप ८ लाख फाइजर खोप नेपाल ल्याउन लागिएको हो । अमेरिकी सरकारले कोभ्याक्स अन्तर्गत ९२ लाख डोज दिने घोषणा अनुसार पहिलो चरणमा गत शुक्रवार ७ लाख ६१ हजार मात्रा फाइजर खोप नेपाल ल्याइएको थियो । आउने फाइजर खोप १२ वर्षभन्दा माथि उमेरका बालबालिकालाई पहिलो र दोस्रो मात्रा दिइनेछ । 



 शिव भट्टराई, मोरङ । रातो तारा डट कम,केही दिनअघि मोरङको सुन्दरहरैंचा वार्ड नं ९ सलकपुर स्थित ब्राइट फ्युचर माध्यमिक विद्यालयको ७ कक्षामा अध्यनरत बिधार्थीलाई शिक्षिकाले कुटेर निलडाम बनाइदिएकी छन्।

विज्ञान पढाउने शिक्षिका तृषला राईको कुटाइबाट विद्यार्थीको पिडूलामा नीलडाम बसेको छ।१२ वर्षीय विद्यार्थी संविधान ढुंगानालाई किताब नभएको कारण होमवर्क नगरेकोले शिक्षिकाले पिटेको अभिभावक निर्मला ढुङ्गानाले बताएकी छिन्। त्यसैगरी विद्यालयका प्रधानाध्यापक   तुलसी प्रसाद दुलालले शिक्षिकाले आफ्नो गल्ती सुइकारेको बताउँदै उनले शिक्षिकालाई एक पटकलाई चेतावनी दिँदै फेरि यस्ता गतिविधि दोहोरिए विद्यालयबाटै हटाउने निर्णय गरेको बताएका छन्।

भिडियो सहित शिव भट्टराई


मोहन कुमार राई - चैत्र १३ गते । रातो तारा डट कम, संखुवासभा, चैनपुर नगरपालिकाका विभिन्न क्षेत्रमा योगका कार्यक्रमहरु सञ्चालन गरी नगर नै योगमय वन्ने भएको छ । 

प्रत्येक सामाजिक संघ संस्थामा कार्यरत कर्मचारी, घरघरका व्यक्ति सवै योगमा लाग्न जरुरी देखिन्छ । निरोगी र स्वस्थ्य जनशक्ति उत्तपादन हुन सके चाडै राष्ट्र सम्मृद्ध हुने पतन्जली योग समिति केन्द्रीय अध्यक्ष लवदेव मिश्रले एक कार्यक्रमा वताउनुभयो । 

संखुवासभा बहुमुखी क्याम्पसमा भएको एक दिवशीय योग जागरण शिविरमा केन्द्रीय प्रवाहारी लवदेव मिश्र तथा  प्रदेश नं. १ का प्रदेश प्रवाहरी देव नारायण शाहाले योगकर्मीहलाई योग प्रशिक्षण समेत दिनुभएको चैनपुर पतञ्जली नगर योग समितिका अध्यक्ष नरबहादुर अधिकारीले वताउनुभयो । 

मानिसको मन शरीर र दिमागलाई जोडेर सही ढंगले चलायमान वनाउने योगले शरीरको हरेक अंग प्रत्यङ्गमा योगले प्रभावकारी रुपमा ठीक सँग कार्य गर्ने भएकाले  वालवालीका, तन्देरी, वृद्धा सबैको लागी योग उपयोगी रहेको केन्द्रीय प्रभाहरी मिश्रले वताउनुभयो । शारीरिक अवस्थाको पहिचान गरी योगको नियममा रहेर नियमित योग अभ्यास गर्न सकेमा मानिस स्वास्थ्य तथा निरोगी वन्ने समेत केन्द्रीय प्रभाहरी मिश्रले वताउनुभयो । 

चैनपुर नगरपालिकामा सञ्चालित पतन्जली नगरयोग समिति र आयुर्वेद शाखा तथा  आयुर्वेद योग समिति पोखरी द्वारा नगरमा विविध कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । चैनपुर नगरपालिका भित्रका विद्यालयका शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, न्यायलय, सुरक्षा निकाय, लगायत विभिन्न क्षेत्रमा योग अभ्यासका कार्यक्रमहरु राख्दै आएको चैनपुर आयुर्वेद शाखाका प्रमुख कविराज निरीक्षक दिनेश प्रसाद रायले वताउनु भयो । योग सँग आयुर्वेद प्राकृतिक चिकिसा पद्धतीको अपनाउन सबैमा अग्रह गर्नुभयो ।

कार्यक्रममा संखुवासभा  जिल्ला योग समिति अध्यक्ष एवं खाँदवारी नगरपालिका नगर उप प्रमुख डेगेश्वरी  श्रेष्ठ, जिल्ला योग समिति सदस्य हेमकुमारी चौहान,  सुरक्षा नियकाका प्रतिनिधि, लगायत योगकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । 



मोरङ, २०७८ चैत्र १३ गते । रातो तारा डट कम,मोरङको बेलवारी नगरपालिका-४ को बेतना सिमसार क्षेत्रमा गत ८ गते  चाँदीको गर(गहना लुटपाट भएको घटनामा संग्लग्न रहेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दमक नगरपालिका-३ का २५ बर्षीय सबिन बिश्वकर्मा, बर्दिबास नगरपालिका -१ का ३४ बर्षीय मनोज ठाकुर, रौतामाई गाउँपालिका=६ उदयपुरका २४ बर्षीय बिशाल बि।क। र ईटहरी-५ का २४ बर्षीय बादल बि.क. रहेका छन् । पक्राउ परेको यो समुहले चैत्र ८ गते बिहान पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्स दमकका कर्मचारीले दमकबाट बर्दिबास लैजाँदै गरेको १३ केजी चाँदीका गर-गहना लुटपाट गरेको थियो । यसरी दमकबाट बर्दिबास लैजाँदै गरेको चाँदीका गहना लुटपाट भएको सूचना प्राप्त भएसंगै खोजतलासमा खटिएको ईलाका प्रहरी कार्यालय बेलवारीको प्रहरी टोलीले लुटपाटमा संग्लग्न मध्ये ४ जनालाई चाँदीका गहना सहित नियन्त्रणमा लिएको    हो । घटनामा संग्लग्न अर्का एक जना फरार रहेको र उनको समेत खोजतलास भईरहेको तथा पक्राउ परेका ब्यक्तिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।


विराटनगर चैत  १३ गते । रातो तारा डट कम,प्रदेशसभाको चालु हिउँदे अधिवेशन आईतबार मध्यराती देखि अन्त्य हुने भएको छ । 

आइतवार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश १ संसदको चालु हिउँदे तथा ९ औं अधिवेशन अन्त्य गर्ने निर्णय गरेको यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले जानकारी दिए । 

आईतबार राति १२ बजे देखि बैठक अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाउने निर्णय गरेको उनले जानकारी दिए ।

प्रदेश सभाको चालु अधिवेशनमा प्रदेश सञ्चार माध्ययम व्यवस्थापन सम्बन्धी विधेयक पेश भएको थियो भने शुक्रबारको प्रदेशसभा बैठकबाट प्रदेश आर्थिक उत्तरदायित्व सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७८ सर्वसम्मतले पारित भएको थियो ।


काठमाण्डौ चैत १३ गते । रातो तारा डट कम, चिनियाँ विदेशमन्त्री वाङ यीले आज पनि आफ्नो भेटघाटलाई निरन्तरता दिनुहुने भएको छ । तीन दिने नेपाल भ्रमणमा रहनुभएका विदेशमन्त्री वाङले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नुहुनेछ । 

आज बिहान १० बजे चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति भण्डारीलाई शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । चिनियाँ विदेशमन्त्रीले आजै पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि भेट्ने कार्यक्रम रहेको छ । 

भेटघाटपछि वाङ आजै अपराह्न ३ बजे बेइजिङका लागि प्रस्थान गर्नुहुनेछ । शुक्रकार साँझ काठमाडौं आउनुभएका विदेशमन्त्री वाङले हिजो परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग भेटघाट गर्दै ९ बुँदे सम्झौता गर्नुभयो भने प्रधानमन्त्री शेर बहादुर देउवासँग पनि शिष्टाचार भेटवार्ता गरिसक्नु भएको छ ।


काठमाण्डौ चैत १३ गते । रातो तारा डट कम, निर्वाचन आयोगले अन्तिम मतदाता नामावली आज प्रकाशन गर्ने भएको छ । यसअघि आयोगले नामावली सच्याउन एक साताको समय दिएको थियो । अन्तिम नामावली प्रकाशनसँगै मतपत्र छपाइ सुरु गर्ने आयोगले जनाएको छ । यही बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि मत पत्रहरु जनक शिक्षा सामाग्री लि मा छपाइ गर्ने पनि जानकारी गराएको छ ।


 




सुनसरी इटहरी  । रातो तारा डट कम, यूटर्न इन्टरनेशनले हिजो शनिबार इटहरीमा ‘स्वास्थ्य र समृद्धि जागरण अभियान’ कार्यक्रम गरेको छ । 


कार्यक्रममा संघीय सांसद तथा पूर्व वाणिज्य मन्त्रि मीन विश्वकर्माले देशलाई आत्मनिर्भर बनाउन कृषि उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले यूटर्नले मौरीजन्य सामग्री र नेपाली जडिबुटीको प्रयोग गरेर देशमा उत्पादन गरी रोजगारी सिर्जना गरेको भन्दै प्रसंसा गर्नुभयो । 


पूर्व मन्त्रि विश्वकर्माले प्रत्यक्ष विक्रि प्रणालीबाट उपभोक्ताले सबैभन्दा फाइदा लिने बताउनुभयो । उहाँले   प्रत्यक्ष विक्रि प्रणालीबाट नेपाली उत्पादनलाई प्रर्वधन गर्न र विदेश निर्यातसम्म गर्न सकिने भएकाले आफु मन्त्रि हुदाँ सो प्रत्यक्ष विक्रि सम्बन्धि ऐन ल्याएको स्मरण गर्नुभयो । 

कार्यक्रममा यूटर्न इन्टरनेशनलका प्रबन्ध निर्देशक तथा अध्यक्ष बलराम सुवेदीले नेपाललाई आत्मनिर्भरताको बाटोमा अगाडी बढाउन यूटर्नले जीवन शैली परिवर्तनको नारा सहित प्रत्यक्ष विक्रि प्रणालीबाट व्यवसाय गर्दै आएको बताउनुभयो । यसबाट लाखौ युवालाई रोजगार सिर्जना गर्ने र स्वदेशी कच्चा पदार्थबाट सामग्री उत्पादन गरी विदेश निर्यात गर्ने लक्ष्य लिएको उहाँले बताउनु भयो । 

कार्यक्रममा उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम बहादुर पौडेल, जीवन विज्ञान सुनसरीका संयोजक केदारमान कार्की लगायतले यूर्टनका उत्पादनले मानवीय स्वस्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । 

कार्यक्रममा यूटर्नका मार्केटिङ  डाइरेक्टर अर्जुन गरीले कम्पनिको विभिन्न स्कीम विजेताहरुलाई पुरस्कार वितरण तथा सम्मान गर्नुभयो । 

मौरीजन्य पौष्टिक आहार, हिमाली जडिबुटीको जुस तथा सुपर कस्मेटिक पदार्थ उत्पादन गर्दै आएको यूटर्नले स्वास्थ्य र समृद्धिका लागि कार्यक्रम आयोजना गरेको हो । प्रत्यक्ष विक्रि प्रणाली मार्फत आफ्ना उत्पादन कार्यक्रममा झापा मोरङ र सुनसरीका करिब चारसय जनाको उपस्थिति थियो । 


 


शिव भट्टराई,मोरङ। रातो तारा डट कम,मोरङको सुन्दरहरैचा वार्ड नं ५ स्थित बलियामा भएको २ दिने प्रदेश नम्बर १ स्तरिय तेक्वान्दो प्रतियोगितामा आयोजक टिम तिनपैनी तेक्वान्दो डोजाङ विजयी भएको छ। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ तीनपैनी तेक्वान्दो डोजाङको आयोजनामा वडा नं ५ स्थित वलियामा भएको प्रतियोगितामा १० जिल्लाका खेलाडीहरूको सहभागिता रहेको थियो ।


तेक्वान्दो प्रतियोगितामा मुख्य निर्णायकका रुपमा ज्ञानेन्द्र विक र पिताम्बर पौडेल रहेका थिए भने प्रतियोगितामा पुरुष तथा महिला तर्फ विभिन्न तौल समुह विच प्रतिस्पर्धा भएको थियो ।


शनिबार भएको फाइनल खेलमा आयोजक तिनपैनी तेकान्दो डोजांगले ९ स्वर्ण, २ रजत र १ कास्य हात परेका छन् भने सुनसरीले ३ स्वर्ण र मोरंगले २ रजत र ४ कास्य हात पारेको तिनपैनी तेक्वान्दो डोजाङका अध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिएका छन्। त्यसैगरि प्रथम हुने जिल्लाले १५ हजार ५ रुपैयाँ , दोश्रो हुनेले १० हजार ५ रुपैयाँ र तेश्रो हुनेले ५ हजार ५ रुपैयाँ प्राप्त गरेका छन्।

उत्कृष्ट रेफ्रीमा बिमल गुरुङ घोषित भएका छन् भने उत्कृष्ट खेलाडी पुरुष तर्फ मनिस तामाङ र महिला तर्फ पवित्रा श्रेष्ठ घोषित भएका छन्। कार्यक्रममा नगर प्रमुख शिव प्रसाद ढकालले पुरस्कार बितरण गर्दै खेल क्षेत्रमा सुन्दरहरैंचा नगरपालिकाले बजेट बिनियोजन गर्दै खेलाडीको मनोबल गिर्न नदिने र यस्ता खेलकुदका कार्यक्रम स्वास्थ्य जीवन र राष्ट्रिय स्तरलाई चिनाउन ठुलो टेवा पुग्ने बताए।

शुक्रबार सुुरु भएको प्रतियोगिताको  समापन कार्यक्रममा सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ, वडा नं ३ का वडाध्यक्ष जिवन ढुंगाना, नेपाली कांग्रेस सुन्दरहरैंचा वार्ड नं ४ का वडा सभापति साथै सामाजिक व्यक्तित्व कैलाश बस्नेत, नेपाली कांग्रेस वार्ड नं ५ का वडा सभापति घनश्याम न्यौपाने लगायत विभिन्न सामाजिक साथै राजनीतिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.