Websoft University

चिनियाँ विदेशमन्त्री वाङ यीले ९ बुँदे सम्झौतामा हस्ताक्षर गर्नु भयो–आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट सकेर ३ बजे बेइजिङ प्रस्थान गर्नुहुनेछ


काठमाण्डौ चैत १३ गते । रातो तारा डट कम, चिनियाँ विदेशमन्त्री वाङ यीले आज पनि आफ्नो भेटघाटलाई निरन्तरता दिनुहुने भएको छ । तीन दिने नेपाल भ्रमणमा रहनुभएका विदेशमन्त्री वाङले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नुहुनेछ । 

आज बिहान १० बजे चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति भण्डारीलाई शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । चिनियाँ विदेशमन्त्रीले आजै पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि भेट्ने कार्यक्रम रहेको छ । 

भेटघाटपछि वाङ आजै अपराह्न ३ बजे बेइजिङका लागि प्रस्थान गर्नुहुनेछ । शुक्रकार साँझ काठमाडौं आउनुभएका विदेशमन्त्री वाङले हिजो परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग भेटघाट गर्दै ९ बुँदे सम्झौता गर्नुभयो भने प्रधानमन्त्री शेर बहादुर देउवासँग पनि शिष्टाचार भेटवार्ता गरिसक्नु भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.