Websoft University
April 2021

 


श्याम राई÷उदयपुर  गाईघाट, १७ बैशाख । रातो तारा डट कम, वनको छुटपुर्जी बेगर नै जिल्ला बाहिर लादै गरेको अवस्थामा बोलेरो पिकअप भेन सहितको चिरान काठ पक्राऊ परेको छ ।

प्रहरीले विहीबार राती बेलका नगरपालिका–८ कोठु चेकपोष्टबाट मे १ ज १५२८ नम्बरको बोलेरो पिकअप सहित १ सय ७७ थान चिरान काठ पक्राऊ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एस.पी.भिम वहादुर दाहालले बताए ।

चोरी निकासी गर्न लागेको उक्त काठ सोही नगरपालिका–३ बस्ने सोम वहादुर तामाङ्गको भएको प्रहरीले जनाएको छ ।

पक्राऊ परेको काठ प्रहरीले शुक्रबार सब डिभिजन वन कार्यालय रामपुरमा बुझाएको छ ।


गाईघाट, १७ बैशाख


जिल्ला प्रशासन कार्यालय उदयपुरले जिल्ला भरिका सबै सैलुन र ब्युटिपार्लर शनीबार देखि बन्द गर्न अनुरोध गरेको छ । 

कोभिड–१९ को संक्रमणको दर दिन प्रतिदिन बढी रहेको अवस्थामा पार्लर र शैलुनबाट प्रदान गरिने सेवाहरु अत्यन्तै निकट, भौतिक सम्पर्क हुने र त्यसबाट कोरोना संक्रमण झनै फैलने भन्दै स्थानीय प्रशासनले शुक्रबार सूचना जारी गरेर बन्द गर्न आग्रह गरेको हो ।





 


श्याम राई÷उदयपुर  गाईघाट, १७ बैशाख । रातो तारा डट कम, उदयुरमा शुक्रबार ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्रियुगा नगरपालिका वडा न. १० र ११ मा ८ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए ।

नेकपा माओवादीका नेता एंवम संघिय संसद सदस्य सुरेश राई( हिमाल) कोभिड १९ को संक्रमण भएको छ । एन्टीजेन परिक्षणबाट उनमा शुक्रबार कोरोना पुष्टी भएको बेलका नगरपालिकाका मेयर दुर्गा थापाले बताए । उनलाई बेलटारस्थीत कोभिड अस्पताल भर्ना गरिएको छ ।

उदयपुरमा कोरोना संक्रमीतको संख्या २५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी चिरञ्जीवी निरौलाले बताए ।



 


विराटनगर, १७ चैत । रातो तारा डट कम, प्रदेश १ सरकारले आजदेखि कोरोना संक्रमितको उपचारका लागि सुविधा सम्पन्न ९६ वेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । 


प्रदेश सरकार र नागरिक केयर सेन्टरको संयुक्त लगानीमा निर्माण गरिएको कोभिड अस्पताल आज देखि सञ्चालनमा आएको हो । अस्पतालमा आजदेखि विरामी भर्ना शुरु गरिएको छ । विरामी भर्ना गर्नुअघि मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री उषाकला राईले अस्पतालको निरीक्षण गर्नुभएको थियो ।

अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री राईले कोरोना संक्रमितको उपचारका लागि प्रदेश सरकारले अहोरात्र काम गरिरहेको बताउनुभयो । उहाँले संक्रमण दर बढेसँगै उपचारको प्रवन्ध पनि गर्दै गएको बताउनुभयो । उहाँले निजी अस्पतालहरुसँग पनि छलफल भईरहेको बताउनुभयो । मुख्यमन्त्री राईले विराटनगर बाहेक जिल्ला स्तरमा पनि २० वेड सम्मको आईसोलेसन केन्द्र निर्माणका लागि जिल्ला अस्पतालहरुलाई निर्देशन दिईसकिएको बताउनुभयोे । विराटनगरमा संक्रमण बढ्दै गएकाले चेनब्रेक आवस्यक देखिएको बताउनुभयो । मुख्यमन्त्री राईले प्रदेश १ का ५ स्थानमा होल्डिङ सेन्टर बनाउने निर्णय भएको बताउनुभयो । उहाँले विराटनगर रानी, झापाको काकडभिट्टा, गौरीगञ्ज, इलामको पशुपतिनगर, सुनसरीको भाण्टाबारी, सोलु, ओखलढुङ्गा र खोटाङमा होल्डिङ सेन्टर बनाउने निर्णय गरिएको जानकारी दिनुभयो । 

सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पताल अत्याधुनिक रहेको बताउनुभयो । कोभिड अस्पतालको लागि आवस्यक जनशक्तिको व्यवस्थापन भईसकेको उहाँले बताउनुभयो । एउटा सिफ्टमा १९ जना रहने गरि व्यवस्थापन गरिएको मन्त्री राईले बताउनुभयो । अपुग जनशक्तिका लागि पनि व्यवस्थापनको तयारी भईरहेको उहाँले बताउनुभयो । 




बिराटनगर बैशाख १७ गते । रातो तारा डट कम, विराटनगर महानगर सहित नगर संग जोडिएका गाउँ पालिकाहरूमा शनिबार राती १२ वजेदेखि निषेधाज्ञा जारी हुने भएको छ । जिल्ला स्थित कोभिड क्राइसिस मेनेजमेन्टको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले यस्तो निर्णय गरेको निषेधाज्ञाका विषयलाई लिएर विराटनगर महानगरका मेयर भीम पराजुलीले महानगरमा निषेधाज्ञा जारी गर्नु पर्ने धारणा व्यक्त गर्दै आएका थिए । यसै अनुरूप शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको वैठकले विराटनगर महानगर संग जोडिएका धनपालथान गाउँपालिका र कटहरि गाउँपालिकामा निषेधाज्ञा जारी गरेको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए ।

 


सुनसरी  । रातो तारा डट कम,  इटहरी उपमहानगरपालिका ६ स्थित पूर्वभूमिसुधार मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय नेता रामकुमार सुब्बाको घरछेउमा सञ्चालनमा रहेको कवाडी सामान संकलन केन्द्रमा भीषण आगलागी भएको छ ।

आगलागी नियन्त्रणका लागि इटहरी, दुहबीलगायतका स्थानबाट आएका दमकल तथा प्रहरी र स्थानीयवासीले प्रयास जारी राखेका छन् । हालसम्म नियन्त्रणमा आउन नसकेको आगलागीबाट भएको क्षति यकिन हुन सकेको छैन । आगलागीको कारणसमेत अज्ञात रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक (डीएसपी) अर्जुन केसीले जानकारी दिए । उनका अनुसार आगलागीबाट छेउछाउका अन्य पसलहरुमा समेत क्षति पुगेको छ ।

 


विराटनगर, १७ वैशाख । रातो तारा डट कम,प्रदेश १ मा आज २९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १५३, झापामा ५८, सुनसरीमा ५५, ताप्लेजुङमा ४, इलाममा ३, उदयपुरमा २, भोजपुर, ते¥हथुम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयलेजनाएको छ । मोरंगको विराटनगरमा ३२ महिला र ८८ पुरुष सहित १२०, लेटाङमा ९, सुन्दरहरैचामा ६, कटहरी, उर्लाबारी ग्रामथानमा ३–३, रंगेली र बुढीगंगामा २–२,  मिक्लाजुङ, बेलबारी, सुनबर्षी, केराबारी र स्थानीय तह नखुलेको १–१, सुनसरीको धरानमा २०, इटहरीमा १८, इनरुवामा ७, बर्जु र देवानगञ्जमा ३–३, कोशी गाउँपालिका, गढी, भोक्राहानरसिंह र रामधुनीमा १–१,  झापाको विर्तामोडमा १०, दमकमा ९, कनकाईमा ७, अर्जुनधारामा ६, भद्रपुरमा ५, शिवसताक्षी र मेचीनगरमा ४–४ गौरीगञ्ज र हल्दिबारीमा ३–३, कमल गाउँपालिका र झापा गाउँपालिकामा २–२, बुद्धशान्ति, बा¥हदशी र  स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको फुङलिङमा ३ र स्थानीय तह नखुलेको १, इलामको चुलाचुली, माई र सुर्योदयमा १–१, उदयपुरको उदयपुरगढीमा २,  ते¥हथुममा १, भोजपुरमा १, पाँचथरमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३२ हजार ६५१ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार १८ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २ हजार १४१ पुगेको छ ।

प्रदेश १ मा आज ८७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १०६ महिला र १८५ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 



 श्याम राई÷उदयपुर  गाईघाट, १७ बैशाख । रातो तारा डट कम, जिल्ला प्रशासन कार्यालय उदयपुरले आईतबारदेखि नागरीकता, प्रतिलिपि नागरीकता र राष्ट्रिय परिचय पत्र आलोपालो प्रणालीमा सेवा प्रवाह गर्ने भएको छ ।

कोभिड–१९ संक्रमीतको संख्या दिन प्रतिदिन बढी रहेको अवस्थामा यसलाई रोकथाम गर्नको लागि प्रशासन कार्यालयले स्थानीय तहको सेवाग्राहीलाई सेवा प्रवाह आलोपालोबाट गर्न लागेको हो ।

उदयपुरको ८ वटा स्थानीय तह मध्ये ७ वटा स्थानीय तहका सेवाग्राहीलाई नागरीकता, नागरीकताको प्रतिलिपि र राष्ट्रिय परिचय पत्र लिन अब तोकीएको बार जिल्ला प्रशासन कार्यालय आउनु पर्ने छ ।

प्रशासन कार्यालयले जारी गरेको सार्वजनीक सूचना अनुसार, आईतबार र सोमबार बेलका नगरपालिका, मंगलबार र बुधबार चौढण्डीगढी, र विहीबार र शुक्रबार त्रियुगा नगरपालिकाका बासिन्दाले तोकिएको तिन वटै सेवा सुविधा लिन पाउनेछन् । पहाडी भेगका लिमचुङ्गबुङ्ग, उदयपुरगढी, रौतामाई र ताप्ली गाउँपालिकाका बासिन्दाको हकमा भने यस्तो व्यवस्था गरिएको छैन । उनीहरुले शनीबार बाहेक सबै दिन यो सेवा पाउनेछन् । कटारी नगरपालिकामा भने ईलाका प्रशासन कार्यालय रहेकोले त्याहाका सेवाग्राहीहरुलाई आलोपालोसेवा प्रवाह गरिएकोछैन ।

जिल्ला प्रशासनबाट प्रदान गरिने अन्य सेवा प्रवाह विदाको दिन बाहेक यथावत हुने जारी सूचनामा उल्लेख छ ।





 


मोरङ, बैशाख-१७ गते । रातो तारा डट कम,

मोरङ लेटाङ नगरपालिका ८ स्थित जाँते बजारमा बसले किचेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ ५ जोगीटार का ५१ बर्षीय सहबिर मगर रहेका छन् । बिहीबार बेलुका साढे ५ बजे पथरीबाट को १ ख १९२४ नम्बरको बसमा चढी आएका मगरको बसबाट झर्ने क्रममा लड्दा सोही बसको पछाडीको चक्काले किचेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ । बस र चालक पथरीशनिस्चरे ४ का ३३ बर्षीय गंगा प्रसाद लुईटेल प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।


काठमाण्डौ बैशाख १७ गते । रातो तारा डट कम,कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सङ्क्रमण र बन्दाबन्दीमा जनताका गुनासा सम्बोधन गर्न संयन्त्र गठन गरेको छ । नागरिकले टोल फ्री नम्बर ११ सय ४० मा फोन गरे २४ घण्टाभित्र समस्याको समाधान हुने गरी संयन्त्र गठन गरिएको दावी सीसीएमसीको छ । शव व्यवस्थापनका लागि १ सय ५ र एम्बुलेन्सका लागि १ सय २ मा सम्पर्क राख्न पनि सीसीएमसीले अनुरोध गरेको छ । विदेश जाने र विदेशबाट आउनेले सिसीएमसीको वेबसाइट www.ccmc.gov.np  रहेको फारम भर्न सरकारले अनुरोध गरेको छ ।


काठमाण्डौ बैशाख १७ गते । रातो तारा डट कम,काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महामारीसँग सम्बन्धित वा अन्य कुनै समस्या परे आफू, उपप्रमुख वा नजिकको जनप्रतिनिधिलाई सम्पर्क गर्न आग्रह गर्नुभएको छ । 

कोभिड रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि अपिल जारी गर्दै प्रमुख शाक्यले जनप्रतिनिधि र महामारी नियन्त्रणमा खटिने कर्मचारीको व्यक्तिगत सम्पर्क नम्बर सार्वजनिक गरिएको बताउनुभयो । नगरवासीमा कुनै स्वास्थ्यसम्बन्धी समस्या आएमा वा कोभिडबाहेकका बिरामीले उपचारका लागि अस्पताल जानुपर्ने भएमा हटलाइन टेलिफोन नम्बर ११८० मोबाइल नम्बर ९८४९८५६६७२, ९८४९६०५४७ र ९८४९८५६६७१ मा तथा कोभिडका बिरामीले अस्पताल जानुपर्ने भएमा निःशुल्क एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गर्न प्रमुख शाक्यको आग्रह छ । 

अपिलमा पूजाआजा, सामाजिक कार्यक्रम, भोजजस्ता संस्कारजन्य कार्यक्रम पनि भीडभाडका साथ नमनाइदिन अनुरोध गरिएको छ । 





काठमाण्डौ बैशाख १७ गते । रातो तारा डट कम,नोबेल कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भन्दै निषेधाज्ञा जारी भएका विभिन्न जिल्लामा कडाइका साथ निषेधाज्ञा पालना गराउन गृहमन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न भनिएको गृह मन्त्रालयले जनाएको छ । 

हिजो पहिलो दिन भएकाले यातायातका साधनहरू बाटोमै अड्किएका, यात्रु अलमल भएकाले केही सहजीकरण गरिएको भए पनि आजदेखि भने कडाइका साथ आदेशको पालना गराउन निर्देशन दिइएको गृह प्रवक्ता जनकराज दाहालले बताउनुभयो । मुलुकका १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञाको आदेश जारी गरिएको छ ।

यसरी आदेश जारी गर्ने जिल्लामा बाँके, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान , सुर्खेत र सुनसरी छन् ।  कालिकोट, बाग्लुङ र बर्दियामा आंशिक निषेधाज्ञाको आदेश जारी भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा निषेधाज्ञाको आदेश उल्लङ्घन गर्ने दुई हजारी बढीलाई हिजो होल्ड गरेर चेतावनीका साथ अब ननिस्कने शर्तमा छाडिएको जानकारी दिएको छ । ठाउँठाउँमा टोली परिचालन गरी सवारीसाधनको जाँचमा कडाइ गर्ने कार्य आज पनि कायम रहने हुने नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले बताउनुभयो । 







 


शिव भट्टराई मोरङ बैशाख १६ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका ९ स्थित इन्द्रपुर सहकारी संस्था लि को सभाहलमा  विभिन्न कार्यक्रम गर्दै 'स्वाभिमान नेपाल' संस्थाको उद्घाटन गरिएको छ। संस्थाको उद्घाटनको क्रममा जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै आज बिहीबारबाट ७ दिने महिला उद्यमशील तालिम सुरु गरिएको छ।

कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकालले कार्यक्रममा बोल्दै स्वाभिमान नेपालले सामाजिक कार्य गर्दै आएकोमा धन्यवाद  दिनु भएको  थियो । संस्थाले समाजमा भइरहेका विकृति विसंगतिका विरुद्ध सचेतना र पिछडा वर्गका महिलाहरुलाई उद्यमशील तालिम गरेर उद्यमी बनाउने छ भन्ने विश्वास लिँदै नगरको तर्फबाट सकेको सहयोग गर्न तयार रहेको बताएका छन्।

सोही क्रममा उनले आफ्नो कार्यकाल भित्र रहुन्जेल सुन्दरहरैंचामा जेष्ठ नागरिक वृद्धा आश्रम खोल्न नदिने समेत बताएका छन्।
 संस्थाकी अध्यक्ष गोमा खड्का कोंग्रेनको सभापतित्व, साथै समाजसेवी ललित बहादुर श्रेष्ठको विशिष्ठ आतिथ्यता रहेको थियो।

कार्यक्रममा ७ दिने महिला उद्यमशील तालिम अन्तर्गत बेहुली जुत्ता बनाउने तालिममा प्रशिक्षक मालती आचार्यले प्रशिक्षण दिने छिन्। कार्यक्रममा ८० बर्ष भन्दा माथिका जेष्ठ नागरिक तिलक बहादुर बुढाथोकी, तीर्थराज पराजुली, दिल कुमारी तामाङ, यसोदा कुमारी धमला, पवित्रा दाहाल,पुष्पराज घिमिरे लगायत जम्मा ६ जना बुवा आमालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।  

कार्यक्रममा संस्थाकी उपाध्यक्ष सृजना खड्काले स्वागत मन्तव्य राखेकी थिइन्।

त्यसैगरी कार्यक्रममा उपस्थित अतिथि समाजसेवी महिला अभियन्ता अनिता ज्ञवाली, निरु बजगाईं,मनु तामाङ, देवी माया ढकाल,तारा बस्नेत, राम प्र गजुरेल, साजन मिया लगायतले यस संस्थाले आगामी दिनहरूमा अझै सामाजिक कार्यहरु गर्दै अगाडि बढोस् भन्दै शुभकामना व्यक्त गरेका थिए भने सो कार्यक्रम संस्थाका सचिव देवचन्द्र घिमिरेले सञ्चालन गरेका थिए।

 


बेलबारी मोरङ बैशाख  १६ गते । रातो तारा डट कम,बेलबारी नगरपालिकाले बिहीवारदेखि बाली शिविर संचालन गरेको छ।बेलबारी न पा वडा नं  ५ को रामपुरमा ७० भन्दा बढी किसानहरुले ल्याएका खाद्यान्न बाली,तरकारी,फलफूलहरुको परिक्षण गरिएको र कृषकहरुले लगाएको बिरुवा तथा बालीमा किरा लाग्ने,फलफूल पाक्नुअघि नै झर्ने,बाली नसप्रने आदि समस्या पहिचान गरि समस्या निदान गर्न बाली शिविर संचालन गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख बिनोद दाहालले बताए। 

 शिविरमा खाद्यान्न बाली,तरकारी, फलफुल लगायतमा लाग्ने रोग तथा किराहरुको पहिचान, रोकथाम, नियन्त्रण विधि तथा परामर्श प्रदान गरिने र रोग निदानका उपायहरु खोजेर कृषकहरुलाई परम्परागत रुपमा जीविकोपार्जनको लागि अपनाउदै ल्याएको कृषि कार्यलाई आयआर्जन र व्यवशायिकता तर्फ अग्रसर बनाउन उक्त सिविरले सहयोग पुग्ने बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले बताइन्।

`रासायनिक मल तथा विषादिको अनियन्त्रित प्रयोगका कारण नयाँ नयाँ रोग तथा किराको प्रकोपले कृषि उत्पादनमा थप चुनौती छ। यसको समाधान गर्न नगरपालिका जिम्मेवार भइ काम गरिरहेको छ।´-उपप्रमुख पराजुलीले भनिन्।

कृषि अनुसन्धान केन्द्र तरहराका बैज्ञानिक किशोर भन्डारीसहित पालिकाका कृषि प्राविधिकहरुले शिविरमा सहजीकरण गरेको नगरपालिकाले बताएको छ। शिबिरमा विशेष गरि मकै बालीमा फौजी किराको प्रकोप ज्यादा पाइएको छ भने चैते धानमा समेत गबारोको आक्रमण  पाइएको प्राबिधिकको भनाइ छ ।त्यस्तै तरकारी खेतिमा औसा, गबारो, डढुवा, लगायतका रोग र किराको समस्या भेटिएको छ। यसका अतिरिक्त आँप तथा लिचिमा फुल तथा फल झर्ने समस्या पनि बहुसंख्यक किसानको सझा समस्या रहेको कृषि अनुसन्धान केन्द्र तरहराका बैज्ञानिकले बताए।शिविर बेलबारीका विभिन्न वडाहरुमा ५ दिनसम्म संचालन हुनेछ।


सुनसरी इटहरी बैशाख  १६ गते । रातो तारा डट कम,  इटहरी उपमहानगरले वजार अनुगमनलाई तिव्र वनाएको छ । उपप्रमुख तथा उपभोक्ता हीत संरक्षण समिति संयोजक लक्ष्मी गौतमको नेतृत्वमा जिल्ला प्रशासन,खादय प्रविधि तथा गुण नियन्त्रण डिभिजन  कार्यालय,उपभोक्ता मंच र प्रहरीको सहभागितामा आज आँपगाछी र तरहरा वजारमा अनुगमन गरिएको छ ।

आपगाँछीका २ र तरहराका ७ गरि ९ वटा पसल अनुगमन गर्दा चार वटा पसलमा म्याद गुज्रिएका समान फेला परेकाले वरामद गरि नष्ट गरिएको छ । उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवेल किशोर भटटराईका अनुसार कोकाकोला,स्प्रिाइट,रियल जुस,हुलास वेसन लगायतका समान म्याद गुज्रिएको पाइएकाले वरामद गरि नष्ट गरिएको हो । इटहरीमा निरन्तर वजार अनुगमन गरिने उपमेयर गौतमले वताउनुभयो । 


 


विराटनगर, १६ वैशाख । रातो तारा डट कम,प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड अस्पतालबाट विश्वसनिय सेवा दिने गरि काम गर्न आग्रह गर्नुभएको छ । 

निजी अस्पतालमा नभएको सेवा कोशी कोभिड अस्पतालमा रहेकाले विश्वसनिय सेवा दिन गरि काम गर्न चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो,‘ अस्पतालमा भर्ना भएकाहरुबाट गुनासो नआउने गरि काम गर्नुहोस् ।’ सामाजिक विकास मन्त्रालयमा आज  कोशी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीसँग भएको बैठकमा उहाँले प्रदेश १ मा उदाहरणीय कार्य गरेर देखाउन पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘ प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पतालले राम्रो उपचार सेवा दिन्छ भन्ने महसुस संक्रमित र तिनका परिवारमा परोस् ।’ प्रदेश सरकारसँगको सहकार्यमा निजी क्षेत्रले तयार गरि गत पुस ५ गते हस्तान्तरण गरेको नागरिक केयर सेन्टरमा भोली देखि संक्रमितको उपचार शुरु गरिने बताउँदै उहाँले आवस्यक जनशक्तिको व्यवस्थापन गर्न पनि निर्देशन दिनु भएको छ । उहाँले भन्नुभयो,‘ आन्तरिक व्यवस्थापन राम्रोसँग हुनुप¥यो, बजेटको समस्या छैन ।’ उहाँले अस्पतालको व्यवस्थापन र फोहोरको उचित व्यवस्थापन गर्न कोभिड अस्पतालको संयोजक वैद्यनाथ साहलाई निर्देशन दिनुभएको छ । उहाँले विरामीलाई औषधिको पनि कमी नहुने गरि व्यवस्थापन गर्न निर्देशन दिनुभएको   छ । 

कोभिड अस्पतालका संयोजक साहले अस्पतालमा ८३ वटा अक्सिजन वेड र २१ वटा भेन्टिलेटर वेड तयारी अवस्थामा रहेको बताउनुभयो । छलफल कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास, डा. दीपक सिग्देल लगायतको उपस्थिति रहेको थियो । 






सुनसरी इटहरी बैशाख १६ गते । रातो तारा डट कम, इटहरी उपमहानगरमा कोरोना रोकथाम र नियन्त्रणका लागि टोल विकास संस्थाहरुलाई सकृय वनाउन थालिएको छ । उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा वसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण नगरस्तरीय समितिको वैठकले गरेको निर्णय वमोजिम टोल विकास सस्थाहरुलाई सक्रिय वनाउन थालिएको हो । सो निर्णयलाई कार्यावन्यन गर्न वडा नम्वर ९ को आयोजनामा टोल विकास सस्थाका अध्यक्षहरु र सरोकारवालाहरुको वैठक सम्पन्न भएको छ । वडाध्यक्ष भूपेन्द्र वरालका अनुसार आफनो टोलमा विदेश वाट आएका ब्यक्तिहरु,पोजेटिभ विरामीको सम्पर्कमा आएका ब्यक्तिहरु र परीक्षण सिफारिस भई नतिजा नआइसकेका ब्यक्तिहरुले १० दिन सम्म क्वारेण्टिनमा वसे नवसेको टोल विकास सस्थाले निगरानी गर्ने निर्णय गरिएको छ । क्वारेण्टिन वा होम आइसोलेसनमा वसेका ब्यक्तिहरुलाई आवश्यक सर सहयोग जुटाउन समेत टोल विकास सस्थाहरुले भूमिका निर्वाह गर्ने छन । होम आइसोलेसनमा वसेका टोलवासीहरुले अपनाउनु पर्ने सावधानीका वारेमा जानकारी गराउने र सावधानी अपनाएको नअपनाएको वारेमा अनुगमन समेत गर्ने छन । टोलमा हुने जुनसुकै जमघटमा २५ जना भन्दा वढि भेला हुन नदिने र भएमा वडाकार्यालयमा रिर्पोटिङ्ग गर्ने छन । टोलमा रहेका हाटवजारमा स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गराउन आवश्यक सहयोग तथा पहलकदमी लिने वैठकले निर्णय गरेको छ ।  


 


विराटनगर, १६ वैशाख । रातो तारा डट कम, प्रदेश १ मा आज २७० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १३६, झापा ५३ र सुनसरीमा ५२, इलाममा ७, ताप्लेजुङमा ५, धनकुटामा २, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मोरंगको विराटनगरमा ४६ महिला र ६० पुरुष सहित १०६ जना, सुन्दरहरैचामा १०, बेलबारी र कटहरीमा ४–४, उर्लाबारी र धनपालनथानमा ३–३, जहदामा २, केराबारीमा १ र स्थानीय तह नखुलेका २, झापाको विर्तामोडमा १७, मेचीनगरमा १०, दमकमा ८, भद्रपुरमा ५, गौरीगञ्जमा ४, शिवसताक्षी र अर्जुनधारामा २–२, हल्दिबारी, कनकाई र बा¥हदशीमा १–१ र स्थानीय थह नखुलेका २, सुनसरीको धरानमा २३, इटहरीमा १२, इनरुवामा ८, रामधुनी र बराहक्षेत्रमा ३–३, गढी, कोशी, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ३, फाकफोकथुममा २, देउमाई र सुर्योदयमा १–१, ताप्लेजुङको फुङलिङमा ३, मिक्वाखोलामा २, धनकुटामा २, उदयपुरको त्रियुगामा १, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३२ हजार ३६० पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार १५ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ८५५ पुगेको छ । प्रदेश १ मा आज ७ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १२५ महिला र १७० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 



सुनसरी, बैशाख १६ गते । रातो तारा डट कम,

सुनसरीको धरान उप-महानगरपालिका-८ तिनकुनेबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरानबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धरान-९ का ३५ बर्षीय मुन्ना खान भनिने अलि मुजुजा अहमदलाई DIALEX-DC 100 ml को १५ बोतल र SPASMO PROXYVON Plus ७२० क्याप्सुल लागुऔषध सहित पक्राउ गरेको हो । पक्राउ परेका अहमदको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 


गाइघाट १६ बैशाष । रातो तारा डट कम,कोरोना संक्रमण दिनहु बढ्न थालेपछि उदयपुरमा बैकहरुले ८ घण्टा सेवा समय बाट घटाएर ५ घण्टामा झारेकाछन । नेपाल बैक र एशोसियसन  को बुधबार काठमाण्डौ मा बसेको बैठकले जिल्लाका नीजी क्षेत्रका सबै बैकहरुले अब बिहान १० वजे देखी दिउसो २ वजे सम्म खुला रहेनेछन । दोसा्रे लहरको कोरोना संक्रमण को दर बढदै गईरहेको र भिडभाड नियन्त्रण र उच्च सर्तकता अपनाउनको लागी केन्दी्रय निर्देशन अनुरुप बिहीबार जिल्लामा बसेको बैठकले दिनमा ५ घण्टा मात्र कारोवार गर्ने निर्णय गरीएको सिद्धार्थ बैकका प्रबन्धक सुनील पोखरेलले बताए । 


 


गाईघाट १६ बैशाष । रातो तारा डट कम,तपाईको माक्स खै ? ”  जिल्ला प्रहरी कार्यालय उदयपुरले संचालन गरेको कार्याक्रम  अन्र्तगत माक्स नलगाई हिड्ने  तथा स्वास्थ्य मापदण्ड पालन नगर्ने २६ जना कार्यवाहिमा परेका  छन । कोभीड १९ को दोसा्रे लहर रोकथाम तथा नियन्त्रण को लागी प्रहरीले गरेको उक्त अभियान बाट संक्रमण रोग ऐन २०२० बमोजीम उनीहरु बाट जरीवाना बापत ६ सय रुपैया असुल गरीएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपि भिम बहादुर दाहाल ले बताए । 


 


गाईघाट १६ बैशाष । रातो तारा डट कम,उदयपुरको कटारी नगरपालिका १४ लामीडाडामा बिहीबार बिहान आगलागी हुदा एक घर जलेर नष्ट भएको  छ। स्थानीय अमर बहादुर खप्तरी मगरको घरमा बिहान पख भएको आगलागी बाट झण्डै २ लाख मुल्य बराबरको क्षती भएको प्रहरीले जनाएको छ । आगलागी भएको जानकारी पाए लगतै घटनास्थल पुगेका प्रहरी ,स्थानीय वासीन्दा ले २ घण्टा पछि आगो निभाएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको    छ । 


 


विराटनगर,बैशाख-१६ गते । रातो तारा डट कम,

बुधवार बेलुका मोरङ प्रहरीले बिभिन्न स्थानबाट लागूऔषध सहित३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी ७ का २२ बर्षीय दिपक धिमाल, सोही स्थानका २२ बर्षीय प्रकास थापा र केराबारी १० का ३१ बर्षीय प्रेम बहादुर राई रहेका छन् । धिमाल र थापालाई प्रहरी चौकी झुर्किया र ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले रतुवामाई ६ आमबारी चोकबाट NITRAVET-10 ५४ क्याप्सुल, Tramadol - ९८ क्याप्सुल, SPASPAIN- १४ क्याप्सुल र  ब्राउन सुगर २९० मिलीग्राम सहित पक्राउ  गरेको छ भने ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर १६ दरैया स्थितमा राईलाई लागूऔषध एभिल १० एम्पुल र डाईजाल्याब ९ एम्पुल सहित पक्राउ गरेको छ । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेकोछ ।


काठमाण्डौ बैशाख १६ गते । रातो तारा डट कम,आजदेखि देशका १५ जिल्लामा निषेधाज्ञा लागू भएको छ । कोरोना महामारीको जोखिम बढेपछि सङ्क्रमण दर रोक्न सरकारले आजदेखि देशका विभिन्न १५ जिल्लामा निषेधाज्ञा जारी गरेको हो । काठमाडौं उपत्यकाका ३ जिल्लासहित कैलाली, कञ्चनपुर, पर्सा, रूपन्देही, बर्दिया, सुर्खेत, कास्की, लगायतका जिल्लामा निषेधाज्ञा जारी गरिएको हो । 

काठमाडौं उपत्यका र रुपन्देहीमा १५ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । सङ्क्रमणको जोखिमको अवस्थालाई ध्यानमा राखेर निषेधाज्ञाको सयमावधि थप गर्न सक्ने अधिकारी जिल्ला प्रशासन कार्यालयलाई दिइएको छ । काठमाडौं उपत्यकामा आज बिहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको छ । प्रमुख नाका र मुख्य–मुख्य चोकहरुमा ट्राफिक प्रहरीहरु खटिएर जाँच गरिरहेका छन् । 

आजबाट सुरु भएको निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म कायम रहनेछ । निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाका सडकहरु बिहानैदेखि सुनसान देखिएका छन् । अत्यावश्यक सेवाका र सञ्चालन अनुमति पाएका गाडीहरु फाट्टफुट्ट चलेका देखिन्छ । निषेधाज्ञा उल्लंघन गरे कानूनबमोजिम कारबाही हुनेछ । 

सङ्क्रामक रोग ऐन, २०२० अनुसार आदेश पालना नगरेमा एक महीनासम्म कैद वा १ सय रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुनसक्छ । सङ्क्रामक रोग ऐनमा काममा बाधा पु¥याउने व्यक्तिलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँ जरिवाना अथवा दुवै सजायको समेत व्यवस्था छ । 

यसैगरी स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रशासनको आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले ५ सय रुपैयाँसम्म जरिवाना वा एक महीनासम्म कैद वा दुवै सजाय दिन सक्ने अधिकारको व्यवस्था गरिएको छ ।


काठमाण्डौ बैशाख १६ गते । रातो तारा डट कम,सरकारले आजदेखि वैशाख मसान्तसम्म देशभरका विद्यालय तथा शिक्षालय बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ को नयाँ भेरिएन्टहरु देखिने क्रम बढेकाले रोकथाम, नियन्त्रण तथा उपचारका लागि भन्दै सरकारले मुलुकभरका शैक्षिक संस्थाहरु वैशाख ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । 

सरकारले भौतिक उपस्थिति नभई भर्चुअल रुपमा वा वैकल्पिक माध्यमबाट पठनपाठन कायम राख्न निर्देशन दिएको छ । नेपाल भारत स्थलगत सीमा मार्गहरु नजिकै पायक पर्ने स्थानमा नेपाली सेनाले होल्डिङ सेन्टर बनाउने र जिल्ला प्रशासनले जग्गा व्यवस्था गरे अर्थमन्त्रालयले बजेट निकासा दिने सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभयो । 

कोभिड बिरामीको उपचारका लागि पर्याप्त अक्सिजनको सिलिन्डर हुने गरि तत्काल आवश्यक व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । 





काठमाण्डौ बैशाख १६ गते । रातो तारा डट कम,गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङविरुद्ध अविश्वासको प्रस्तावमा मतविभाजन हुने दिन हराएका भनिएका जनमोर्चाका सांसद खिमविक्रम शाहीको चरक मेमोरियल अस्पतालमा उपचार भइरहेको पुष्टि भएको छ ।

अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले सांसद शाहीको कोभिड बार्डमा उपचार भइरहेको पुष्टि गरे । उनले भने, ‘उहाँ (सांसद शाही) आज बिहान ८ बजे कोभिड पोजेटिभ भएको रिपोर्ट लिएर अस्पताल आउनुभएको थियो । त्यसैले हामीहरुले कोभिड वार्डमा भर्ना गरेर राखेका हौं । बिरामी आएपछि हाम्रो धर्म उपचार गर्नु हो ।’ 

पोखरेलका अनुसार शाहीले पोखरा न्यूरोडस्थित लाइफ केयर डायग्नास्टिकमा पिसिआर चेक गरेको र पोजेटिभ केस देखिएको रिपोर्ट लिएर आएका थिए । सांसद शाहीलाई उनका भाइले रेखदेख गरिराखेका छन् । स्वास्थ्य अवस्था सामान्य छ । 

 


शिव भट्टराई, मोरङ । रातो तारा डट कम,मोरङको बेलबारी नगरपालिका वडा नं ३ मा रहेको मोरङ नेत्रहीन संघको सभाहलमा  नेपाल मौरी पालक महासंघ जिल्ला शाखा मोरङको १० औं साधारसभा तथा ७ औं अधिवेशन सम्पन्न भएको छ। 


कार्यक्रममा बोल्दै प्रमुख अतिथि दाहालले मौरीबाट नै मानवले प्रत्यक्ष रुपमा लाभ लिएको औल्याउँदै मौरी बिना मानव जीवन असम्भव रहेकोमा जोड दिइन्। नेपाल मौरी पालक महासंघ मोरङको १०औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। हरेक दृष्टिकोणले मौरी मानव जीवनसँग गाँसिएकाले मौरी पालनतर्फ लाग्न कृषकहरुलाई आग्रह गर्दै मह उत्पादनमा स्थानीय साथै संघिय सरकारले जोड दिनु पर्ने उनले बताएकी छिन्।  


साधारणसभामा नेपाल मौरी पालक महासंघकी केन्द्रिय उपाध्यक्ष देवी दाहालको प्रमुख आतिथ्यता , नेपाल मौरी पालक महासंघ मोरङका अध्यक्ष बोधराज खतिवडाको सभापतित्व र नेपाल मौरी पालक केन्द्रिय सहकारी संघकी उपाध्यक्ष जानुका थापाको विशिष्ठ आतिथ्यता रहेको थियो।    साधारण सभाको अवसरमा सृजनशीलताका साथ मौरी पालन गरेकोमा  यस क्षेत्रमा अझ बढी काम गर्ने हौसला मिलोस् भनी महिला उद्यमीको रूपमा जानुका थापा र लगनशील किसानको रूपमा दल बहादुर मगरलाई सम्मान गर्दै प्रशंसा पत्र प्रदान गरिएको थियो।कार्यक्रममा सम्मानित जानुका थापाले  खुशी व्यक्त गर्दै यो व्यवसायलाई अझ सशक्त रुपमा अघि बढाउनुपर्ने बताउँदै यसलाई व्यवसायीकरण गर्नुपर्ने धारणा राखेकी थिइन्।

त्यसैगरी कार्यक्रममा नेपाल मौरी पालक महासंघका अध्यक्ष खतिवडाले वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने उक्त कार्यक्रम सचिव रोशन पाठकले सञ्चालन गरेका थिए।


सुनसरी इटहरी बैशाख १५गते । रातो तारा डट कम, इटहरी उपमहानगरले वजार अनुगमन गरेको छ । इटहरी उपमहानगरकी उपप्रमुख तथा उपभोक्ता हीत संरक्षण समिति संयोजक लक्ष्मी गौतमको नेतृत्वमा जिल्ला प्रशासन,खादय प्रविधि तथा गुण नियन्त्रण डिभिजन  कार्यालय,उपभोक्ता मंच र प्रहरीको सहभागितामा वजार अनुगमन गरिएको हो ।

आज खादय समाग्री वेचविखन गर्ने ९ वटा पसलको अनुगमन गरिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवेल किशोर भटटराईले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा पसलमा तीन वटा जाम म्याद गुज्रिएको पाइएकोले जफत गरि नष्ट गरिएको छ । ब्यवसाय अनुमति पत्र नलिइ संचालित एक पसललाई तीन दिन भित्र अनुमति लिन निर्देशन दिइएको छ । काजु,किसमिस,वदाम विना लेवल वेचखिन गरेको पाइएको छ । खादय प्रविधि तथा गुण नियन्त्रण कार्यालय वाट इजाजत लिएर लेवल राखेर मात्र वेचविखन गर्न निर्देशन दिइएको छ । इटहरीमा वजार अनुगमनलाई निरन्तरता दिइने उपमेयर गौतमले वताउनुभयो ।



विराटनगर, १५ वैशाख । रातो तारा डट कम, प्रदेश १ मा आज २५६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १२०, झापामा ५०, सुनसरीमा ४७, ताप्लेजुङमा १२, इलाममा २, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको   छ । 

मोरंगको विराटनगरमा ४३ महिला र ६२ पुरुष सहित १०५, कटहरीमा ५, सुन्दरहरैचामा ३, जहदामा २, धनपालथान, पथरीशनिश्चरे, बेलबारी , बुढीगंगा र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोडमा १३, गौरीगञ्जमा ११, दमकमा ५, कमल गाउँपालिकामा ४, शिवसताक्षी, अर्जुनधारा, कनकाई र भद्रपुरमा ३–३, मेचीनगरमा २, बा¥हदशी, बुद्धशान्ति र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा २६, इटहरीमा ११, इनरुवामा ४, बर्जुमा २, भोक्राहानरसिंह, बराहक्षेत्र, गढी र स्थानीय तह नखुलेको १–१, ताप्लेजुङको फुङलिङमा ११ र स्थानीय तह नखुलेको १, इलामको माईजोगमाई र रोङमा १–१, भोजपुरमा १, उदयपुरको बेलकामा १ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३२ हजार ९० पुगेको छ । संक्रमित मध्ये ३० हजार ६ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ३७७ पुगेको छ ।

प्रदेश १ मा आज ८४३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८९ महिला र १६७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 



 


 बिराटनगर । रातो तारा डट कम, मोरङ सुनवर्षी नगरपालिका वडा नं.८ हरिस्चन्द्रगडी देखी ५०० मिटर पुर्व मकै बारीमा भारतबाट अवैध रुपमा नेपालतर्फ ६ कार्टुन अन्दाजी १७०० वटा अन्दाजी रू। १,५०,०००। (एक लाख पचास हजार) बराबरको बोईलर कुखुराको चल्ला प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी बरामद गरी स्थानिय मानिस, पशु क्वारेन्टाईनको प्रतिनिधी र प्रहरीको उपस्थितिमा नष्ट गर्ने कार्य भई रहेको छ। 




गाईघाट १५ बैशाष । रातो तारा डट कम,मदन भण्डारी राजमार्गको उदयपुरगढी गाउपालिका ७ चियावारी नजिक नागवेलीमा बुधबार दिउसो बोलेरो गाडी दुर्घटना हुदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएकाछन । उदयपुरगढी बाट गाईघाट तर्फ आउदै गरेको स १ च ९३९ नम्बरको बोलेरो पिकअप घुम्तीमा दुर्घटना हुदा उदयपुरगढी १ ब्वासेका ३५ वर्षिय शिव खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । कटुवाल क्षेत्रीको कुल पुजा को लागी गाईघाट आउने क्रममा गाडी दुर्घटनामा परेको स्थानीय देव गिरीले बताए । गाडीका चालक भिम बहादुर तामाङग लाई प्रहरी ले नियन्त्रणमा लिएको छ । घाईते सबैको बिराटनगर स्थीत न्युरो  अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।  


 


बिराटनगर । रातो तारा डट कम,मोरङ विराटनगर महानगरपालिका वडा नं।(१६ दरैया स्थित द्यच् घड त् घद्धज्ञण् न।को मोटरसाईकलमा देश भारत अररिया बस्ने बर्ष २२ को रुपेश ठाकुर विराटनगरतर्फ आई रहेको अवस्थामा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा  निजको साथबाट भारु नोट ५०० का दरले ७७ थान जम्मा रु।३८,५००।– र नेपाली रूपैया १००० का दरका २६ थान, ५०० का ४० थान १०० का ६ थान र १० का १ थान जम्मा रु ४६,६१० फेला पारेको हुदा निजलाई नियन्त्रणमा लिई  ईलाका प्रहरी कार्यालय रानीमा ल्याई थप अनुसन्धान भई रहेको छ। 



 


बिराटनगर । रातो तारा डट कम, मोरङ उर्लाबारी नगरपालिका वडा नं . ४ स्थित आईतबारे  बजारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं . ४ आईतबारे बस्ने बर्ष अन्दाजी २१ को सागर तामाङ्ग, ऐ।ऐ। बस्ने बर्ष अन्दाजी १७ को दिपेश राजवंशीको साथ बाट प्रतिबन्धीत औषधी १०  पत्ता ९१००० चक्की र डिकोलिक १० पत्ता ९१०० ० चक्की  सहित दुबै जना लाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय उर्लाबारीमा ल्याई थप अनुसन्धान कार्य भई रहेको छ। 



 


सुनसरी । रातो तारा डट कम,इटहरी उपमहानगरपालिकामा ५० शैयाको आइसोलेसन संचालन गर्ने  भएको छ । इटहरी उपमहानगर कार्यपालिकाको आकस्मिक वैठकले इटहरी रंगशालामा ५० शैयाको आइसोलेसन संचालन गर्ने निर्णय गरेको हो । आइसोलेसन संचालनका लागि तयारी सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख घनश्याम सिग्देलले जानकारी दिनुभयो । शव ब्यवस्थापनका लागि गाढने संस्कार भएकाहरुका लागि इटहरी २ स्थित जंगलमा र जलाउने सस्कारभएकाहरुका लागि इटहरी ११ स्थित वुढिखोला भागलपूर पुल उत्तर पटिट स्थान तोकिएको छ । २५ जना सम्म मात्र सहभागि भएर स्वास्थ्यका सवै मापदण्डहरु पूरा गरि अन्तिम सस्कार गर्नुपर्ने छ । यसैबिच इटहरी उपमहानगर राजश्व प्रशासन शाखामा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएकाले पाँच दिनका लागि सो शाखावाट हुने सवै सेवा वन्द गरिएको छ ।शाखा प्रमुख नविन भटटराईका अनुसार वैशाख १५ गते देखि पाँचदिन सम्म कोठा नम्वर ९ राजश्व प्रशासन शाखावाट हुने कर लगायतका सवै सेवा वन्द गरिएको हो । वडा कार्यालयहरु वाट हुने कर संकलन कार्य भने नियमिति हुने छन ।


काठमाण्डौ बैशाख १५  गते । रातो तारा डट कम,भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । वल्र्ड मिटरको तथ्याङ्क अनुसार गत २४ घन्टामा भारतमा ३ हजार २ सय ८५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । 

योसँगै भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख १ हजार १ सय ६५ पुगेको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै जादा शव जलाउने स्थानको कमी हुन थालेको छ । भारतका विभन्न सञ्चार माध्यमहरुले भारतमा कोरोनाका कारण मृत्यु हुने दर बढेसँगै शव जलाउने ठाउँको अभाव हुँदा मानिसहरु घन्टौ कुर्नुपर्ने अवस्था उत्पन्न भएको लेखेको छ । 

यसैबीच, भारतमा लगातार सातौंदिन ३ लाखभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वल्र्ड मिटरको तथ्याङ्क अनुसार गत २४ घन्टामा भारतमा ३ लाख ६२ हजार ९ सय २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

योसँगै भारतमा कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या १ करोड ७९ लाख ८८ हजार ६ सय ३७ पुगेको छ । हालसम्म भारतमा कोरोनाका कारण सङ्क्रमित भएकामध्ये झन्डै १ करोड ४८ लाख ७ हजार ७ सय ४ जना स्वस्थ भइसकेका छन् ।  

 



काठमाण्डौ बैशाख १५  गते । रातो तारा डट कम,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणाली सुचारु राख्न उच्चस्तरीय ¥यापिड रेस्पोन्स टिम बनाएको छ । 

मन्त्रालयका अधिकारीहरु सम्मिलित टिमले आपूर्ति व्यवस्थाको अवरोध  तत्काल हल गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता एवम् सहसचिव डा. नारायण प्रसाद रेग्मीले बताउनुभयो । मन्त्रालयले स्वास्थ्य सुरक्षा, खाद्य पदार्थ तथा दैनिक उपभोग्य वस्तुहरु लगायतको ढुवानी र आपूर्तिमा सहजीकरण गर्न सम्पर्क व्यक्तिहरु पनि तोकेको छ । 

आपूर्ति व्यवस्थापनको हकमा प्रेम कुमार श्रेष्ठ, स्थानीय प्रशासनको सहयोग तथा आवागमन सहजताको हकमा जनकराज दाहाल, कृषिजन्य तथा पशुजन्य सामग्री आपूर्तिको विषयमा डा. श्रीराम घिमिरे र उत्पादनशील उद्योगको हकमा नारायणप्रसाद दुवाडी र वैदेशिक व्यापारको हकमा डा. नारायण प्रसाद रेग्मीलाई सम्पर्क व्यक्ति तोकिएको हो । 


मन्त्रालयले सम्बन्धीत व्यक्तिहरुको मोबाइल नम्बरसमेत दिएर वस्तु तथा सेवाको उत्पादन, वितरण तथा आपूर्ति प्रणालीमा केही समयमा सम्पर्क गर्न पनि भनेको छ ।



 


शिव भट्टराई, मोरङ बैशाख १५ गते । रातो तारा डट कम, मोरङको सुन्दरहरैंचा नगरपालिकामा बाख्रा पालन गर्दै आएका किसानलाई बोयर बाख्राका पाठी वितरण गरिएको छ।


मंगलबार वडा नं ८ सलकपुरमा रहेको ओम् एग्रो कृषि फार्ममा सुन्दरहरैंचा नगरपालिका पशुपंक्षि प्रवर्धन शाखा विराटचोकको आयोजनामा बाख्रा पकेट विकास कार्यक्रम अन्तर्गत ५०% अनुदानमा बोयर पाठी वितरण गरिएको हो। 


कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकालको प्रमुख आतिथ्यता र सुन्दरहरैंचा बाख्रा पकेट विकास मुल समितिका अध्यक्ष एन कुमार गिरीको सभापतित्व रहेको थियो। कार्यक्रममा बोल्दै ढकालले बाख्राको उत्पादनका हिसाबले , मासु जन्य पदार्थको उत्पादनका लागि आत्मनिर्भर बनाउन यस कार्यक्रमले सहयोग पुर्याउने बताएका छन्।त्यसैगरी देशलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन स्थानिय सरकार तथा संघिय सरकारले बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन भइरहेको उनले बताए।

कार्यक्रममा बोल्दै उपप्रमुख धनमाया तामाङले नगरवासीलाई कृषिमा आत्मनिर्भर बनाउन यो कार्यक्रम सञ्चालन गरिएको बताउँदै कृषि क्षेत्रमा मिहिनेत गरे विदेशिनु नपर्ने उनले बताइन्। सुर्खेत र महेन्द्रनगरबाट ल्याइएका ८० वटा पाठी वितरण गरिएको पशुपंक्षि शाखाले जनाएको छ। जम्मा १ सय जनालाई बाख्रा वितरण गरिने भए पनि पहिलो चरणमा ८० वटा बाख्रा वितरण गरिएको पशुपंक्षि शाखाका प्रमुख जीवन चापागाइँले बताए। 

१५ लाख रुपैयाँ परियोजनाको र १५ लाख रुपैयाँ लागत साझेदारीमा उक्त बाख्रा वितरण गरिएको हो भने कार्यक्रम पशुपंक्षि शाखाका कर्मचारी किशोर कुमार कार्कीले सञ्चालन गरेका थिए।

 


शिव भट्टराई, मोरङ । रातो तारा डट कम, ट्राफिक प्रहरीले मास्क प्रयोगलाई विशेष  प्राथमिकतामा राखी कार्यन्यवनमा  ल्याएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयको तदारुकतामा मंगलबारबाट १ नम्बर प्रदेश भरी एकसाथ अभियान थालिएको हो। प्रदेश ट्राफिक प्रहरी कार्यलयले राजमार्ग  तथा साहयक मार्गमा सवारीका साधन रोकेर मास्क प्रयोग गर्न आग्रह गर्दै सचेतनामुलक कार्यक्रम संचालनमा ल्याएको ट्राफिक प्रहरी पोष्ट गछियाले जनाएको छ ।


सो कार्यक्रम अन्तर्गत ट्राफिक प्रहरीले सवारी चालक साथै सर्वसाधारणहरुलाई मास्कको अनिवार्य प्रयोग गर्न अनुरोध गर्दै मास्क वितरण गरेको छ ।

ट्राफिक प्रहरीले विभिन्न  सवारी साधन रोकेर चालक, यात्रु साथै सर्वसाधारणहरुलाई कोरोना भाइरसको नौलो रुप देखिएको र फैलिदै गएकोले आफ्नो सुरक्षाको लागि मास्क अनिवार्य प्रयोग गर्न आग्रह गरेको ट्राफिक प्रहरी हरी खत्रीले जानकारी दिए।


 शिव भट्टराई,मोरङ बैशाख १४ गते । रातो तारा डट कम, सुन्दरहरैंचा– १२ को शुक्रबारे खेलमैदानमा जारी प्रथम सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिताको उपाधी पथरीशनिश्चरे नगरपालिकाले हात पारेको छ ।उपाधीसँगै पथरीशनिश्चरेले नगद ३ लाख र ट्रफी पाएको छ भने उपविजेता भएको आयोजक सुन्दरहरैंचाले नगद १ लाख ५० हजार र ट्रफी हात पारेको छ ।


आज भएको फाइनल खेलको २९ औं मिनेटमा पथरीशनिश्चरेका जर्सी नम्बर १७ का खेलाडी सन्तोष न्यौपानेले गरेको गोल नै निर्णायक गोल भएको थियो । गोल पोष्ट छेउमा बल समात्ने प्रयास गर्दा सुन्दरहरैंचाका खगोलकिपरको हातबाट गोल फुत्किएपछि जर्सी नम्बर ९ का खेलाडी दीपक राईको पासमा न्यौपानेले गरेको प्रहारले जाली चुमेको थियो । त्यसपछिको खेलमा दुवै टिमले गोल गर्न सकेनन् ।

प्रतियोगितामा दुवै टिमले गोल गर्ने धेरै अवसर गुमाएका थिए । सुन्दरहरैंचाका खेलाडीले खेलको ३०, ३२, ३७, ३८, ३९, ४१, ५२, ५३ र ५७ औं मिनेटमा गोल गर्ने अवसर गुमाएको थियो । खेलको ४५ औं मिनेटमा सुन्दरहरैंचाले पाएको फ्रि किकको सदुपयोग गर्न नसक्दा पनि उसले गोल गर्ने अवसर गुमाएको थियो ।

पथरीले खेलको १७, २७, ४६ औं मिनेटमा गरेका प्रहारले पनि जाली चुम्न सकेनन् । खेलको तेस्रो र ५१ औं मिनेटमा पाएको कर्नर किक पनि गोलमा परिणत हुन सकेको थिएन । त्यस्तै, खेलको ५० औंँ र ५८ औँ मिनेटमा पाएको फ्रि किकमा पनि पथरीले गोल गर्ने अवसर गुमाएको थियो । खेलको ६२ औं मिनेटमा पथरीका जर्सी नम्बर ९ का खेलाडी दीपक राईले पहेँलो कार्ड पाएका थिए ।

फइनल खेलको ‘म्यान अफ द म्याच’ आजको खेलको निर्णायक गोल गर्ने खेलाडी सन्तोष न्यौपाने घोषित भए । उनले नगद २ हजार पुरस्कार पाए ।

त्यस्तै, उत्कृष्ट गोलकिपर पथरीका अर्जन बस्नेत, उत्कृष्ट मिडफिल्डर पथरीका साइमन लिम्बू, उत्कृष्ट प्रशिक्षक पथरीका अर्जुन राई, उत्कृष्ट डिफेन्डर सुन्दरहरैंचाका महेन्द्र कार्की, उत्कृष्टल फरवार्ड सुन्दरहरैंचाका आशिष चौधरी, उत्कृष्ट व्यवस्थापक पथरीका रोशन मान्देङ्वा, उदीयमान खेलाडी सुन्दरहरैंचाका नितेश श्रेष्ठ, सर्वाधिक गोलकर्ता पथरीका विशाल पाण्डे र सुन्दरहरैंचाका वीरेन्द्र लिम्बू, सर्वश्रेष्ठ खेलाडी सुन्दरहरैंचाका टिम क्याप्टेन कोमल खवास घोषित भए । उनीहरुले जनही ५ हजार रुपैयाँ पुरस्कार पाए ।प्रतियोगितामा मोरङका ८ वटा नगरपालिका र एउटा महानगरपालिकाबीच खेल भएको थियो ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.