Websoft University

कोरोना महामारीको जोखिमले गर्दा १५ जिल्लामा आजबाट निषेधाज्ञा लागु हुने


काठमाण्डौ बैशाख १६ गते । रातो तारा डट कम,आजदेखि देशका १५ जिल्लामा निषेधाज्ञा लागू भएको छ । कोरोना महामारीको जोखिम बढेपछि सङ्क्रमण दर रोक्न सरकारले आजदेखि देशका विभिन्न १५ जिल्लामा निषेधाज्ञा जारी गरेको हो । काठमाडौं उपत्यकाका ३ जिल्लासहित कैलाली, कञ्चनपुर, पर्सा, रूपन्देही, बर्दिया, सुर्खेत, कास्की, लगायतका जिल्लामा निषेधाज्ञा जारी गरिएको हो । 

काठमाडौं उपत्यका र रुपन्देहीमा १५ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । सङ्क्रमणको जोखिमको अवस्थालाई ध्यानमा राखेर निषेधाज्ञाको सयमावधि थप गर्न सक्ने अधिकारी जिल्ला प्रशासन कार्यालयलाई दिइएको छ । काठमाडौं उपत्यकामा आज बिहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको छ । प्रमुख नाका र मुख्य–मुख्य चोकहरुमा ट्राफिक प्रहरीहरु खटिएर जाँच गरिरहेका छन् । 

आजबाट सुरु भएको निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म कायम रहनेछ । निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाका सडकहरु बिहानैदेखि सुनसान देखिएका छन् । अत्यावश्यक सेवाका र सञ्चालन अनुमति पाएका गाडीहरु फाट्टफुट्ट चलेका देखिन्छ । निषेधाज्ञा उल्लंघन गरे कानूनबमोजिम कारबाही हुनेछ । 

सङ्क्रामक रोग ऐन, २०२० अनुसार आदेश पालना नगरेमा एक महीनासम्म कैद वा १ सय रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुनसक्छ । सङ्क्रामक रोग ऐनमा काममा बाधा पु¥याउने व्यक्तिलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँ जरिवाना अथवा दुवै सजायको समेत व्यवस्था छ । 

यसैगरी स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रशासनको आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले ५ सय रुपैयाँसम्म जरिवाना वा एक महीनासम्म कैद वा दुवै सजाय दिन सक्ने अधिकारको व्यवस्था गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.