Websoft University
December 2018


विराटनगर, पुस १७ गते । रातो तारा डट कम,विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा वनाउन अविलम्व २ सय ५० विघा जमीन अधिग्रहण गर्नुपर्ने प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले वताए । 

नेपाल नागरिक उड्डयन प्राधिकरणको २० औं वार्षिकोत्सवका अवसरमा विराटनगर विमानस्थलले आज विराटनगरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राईले अन्तर्राष्टिय विमानस्थल वनाउन ३ हजार मिटर धावन मार्ग वनाउनका लागि विमानस्थल पश्चित तर्फको जग्गा मुवाआव्जा दिई लिन ढिला नगर्न जोड दिए ।

विराटनगर विमानस्थलको विस्तार एवम् स्तरोन्नतिका लागि विमानस्थलको आवश्यक विववरण संकलन गरेको जानकारी दिदै मुख्यमन्त्री राईले आगामी हप्ता प्रधानमन्त्री र पर्यटनमन्त्रीसंग भेटी यस सम्वन्धमा छलफल गरी निर्णय गरिने वताए ।

विराटनगर विमानस्थलवाट प्रदेशका १३ स्थानलगायत पोखराका लागि चाडै उडान सुचारु गर्ने वताउँदै मुख्यमन्त्री राईले समृद्धको मूल ढोकाको रुपमा रहेका यस विमानस्थलमार्फ स्वदेशी र विदेशी पर्यटकलाई सगरमाथा क्षेत्रमा पु¥याउन प्रदेश सरकार आवश्यक सहयोग गर्ने
बताए ।
आन्तरिक तथा कानून मन्त्री हिक्मत कार्कीले क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल वनाउँनका लागि आवश्यक डिपिआर तयार भएमा संघीय सरकारले आगामी वर्षको निती तथा कार्यक्रममा समावेश गर्न सकिने वताए । उनले विमानस्थल विस्तारको लागि आवश्यक जग्गाको मुआव्जाको रकमको कुनै पनि कमी नभएको वताउँदै यसलाई क्षेत्रीय अन्तरदेशिय विमानस्थलको विस्तार गरी यात्रुहरुलाई आवश्यक सुविधा प्रदान गर्नु पर्ने बताए ।

प्रदेश १ का प्रदेश सदस्य चुमनारायण तवदारले प्रदेशलाई उत्कृष्ट वनाउँन विमानस्थल विस्तारका लागि आवश्यक रणनीति तयार गर्नु पर्नेमा जोड दिदै यस कार्यमा सरकारलाई साथ दिने बताए ।

विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक टेकनाथ सिटौलाको सभापतित्वमा भएको उक्त कार्यक्रमा मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, प्रदेश नं १ का उद्योग वाणिज्य कार्यालयका उपाध्यक्ष राजेन्द्र राउतले भारतको वागडोगरा विमानस्थलवाट नेपाली हवाई यात्रुको छोटो दुरीको अन्तर्राष्ट्रिय उडान न्यूनियनकरणका लागि विराटनगर विमानस्थलवाट चाडै नै छोटो दुरीको अन्तर्राष्ट्रिय उडान शुरु गर्नु पर्ने बताए ।


बिराटनगर पुस १६ गते । रातो तारा डट कम,पूर्वाञ्चल विश्वविद्यालयले विराटनगरमा २५ औं वार्षिकोत्सव एव्म रजत महोत्सव–२०७५ को तयारी थालेको छ।

पुस १९ गते राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि हुने कार्यक्रममा विश्वविद्यालय स्थापन एव्म संचालनमा सहयोग पु¥याउने महानुभावहरुलाई सम्मान, विश्वविद्यालयम दीर्घसेवा गरेका प्राध्यापक तथा कर्मचारीहरुलाई सम्मान, रजत महोत्सव स्मारिकाको विमोचन, रजत महोत्सव स्तम्भ तथा माता सरस्वतीको मन्दिर उद्घाटन लगायतका कार्यक्रम हुने जानकारी दिईएको छ ।

पत्रकार सम्मेलनमा उपकुलपति प्रा।डा।घनश्यामलाल दासले विश्वविद्यालयले अहिलेसम्म गरेका सकारात्मक काम र प्रगतीको बारेमा कार्यक्रममा जानकारी दिईने बताए । नेपाल सरकारले ८०५ विगाहा वन क्षेत्रको जग्गा उपलब्ध गराएको विश्वविद्यालयमा गोठगाँउ परिसरको समग्र शैक्षिक एव्म प्राज्ञिक विकासलाई लक्षित गरी एमबीवीएस शैक्षिक कार्यक्रमको संचालनलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।
आंगिक क्याम्पसहरुको विकास गर्दै लैजाने लक्ष्य राखी नौ वटा आंगिक क्याम्पसको विकास एव्म सम्बद्र्धनमा विश्वविद्यालय अग्रसर रहेको उपकुलपति दासले बताए ।

रजत महोत्सवको अवसरमा विश्वविद्यालयका ६ वटा संकाय अन्तर्गत ८० वटा व्यवसायिक र प्राविधिक विषयका कार्यक्रमहरु संचालन भइरहेको र १२१ वटा सम्बन्धन प्राप्त सम्पूर्ण क्याम्पसहरुको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम संचालन गर्ने योजनाहरु रहेको उपकुलपति दासले जानकारी दिए


काठमाडौ पुस १६ गते । रातो तारा डट कम,सानैदेखि मोडलिङ रुचाउने अनि त्यस्तै पोज दिन चाहने निशा श्रेष्ठ अहिले मोडलिङमा आफ्नो भविष्य खोज्दै छिन् । खालीको समयमा एक बिद्यालयमा अध्यापन गराउने गरेकी उनले अब मोडलिङमा निरन्तरता दिने सोच बनाएको बताउछिन । 

५ फिट ५ इच अग्ली निशा सुन्दर बनावट र सुन्दर मुहारकी धनी हुन । फेशन शो मार्फत मोडलिङमा प्रबेश गरेकी उनले हाल केही म्युजिक भिडियोमा पनि अभिनय गरिसकेकी छिन् ।

तनहुँ सिपाबगैचा स्थाई घर भए पनि काठमाडौं मै जन्म लिएकी निशालाई सुरुमै एक्स्पोज भएको मन पर्दैन । उनी भन्छिन सुरुमा आफ्नो क्षमता प्रस्तुत गर्ने हो । जब मेरो काम रुचाउन थाल्छन , त्यस्पछी बिस्तारै ग्ल्यामर गर्दा पनि दर्शकले पचाउछन् । कमलादी स्थित आर्टिस्ट नेपाल स्टुडियोजमा फोटोसुट गरेकी निशाको प्रस्तुत फोटो फोटोग्राफर कुबेर तामाङ्गले खिचेका हुन भने मेकअप सरिता थापा मगर तथा गौरी रुम्बा श्रेष्ठले गरेका हुन । 


शिव भट्टराई - पर्यटकीय क्षेत्र हसीना सिमसारमा सुन्दरदुलारी तथा कोसिहरैचा समन्वय समितिद्वारा आयोजना गरिएको मोरंङको सुन्दरहरैचा नगरपालिकाको नगर स्तरीय भेला सम्पन्न भएको छ।

कार्यक्रम सहकारी कर्मी नेफ्सकुनका पूर्व संचालक एवम् सहजकर्ता तारा बहादुर काफ्लेको प्रमुख आतिथ्यतामा र सहकारी संस्था समन्वय समिति कोशीहरैचा मोरंगका अध्यक्ष नरेन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो।कार्यक्रममा बोल्दै प्रमुख अतिथिले सहकारीले नाफा लिएर आफ्नु घर खर्च गर्ने परिपाटीलाई अन्तय गरी उद्योगमा लगानी गरेर त्यसको सही सदुपयोग गर्नुपर्ने कुरा बताएका थिए।

कार्यक्रममा सहकारी समन्वय समिति सुन्दरदुलारीका अध्यक्ष अर्जुन राज अधिकारी,समन्वय समितिको तर्फबाट श्री राम प्रसाद गजुरेल, उद्योग बाणिज्य संघ कोशीहरैचाका अध्यक्ष नवराज चापागाई लगायत बिभिन्न सहकारीका अभियन्तहरुले स्वागत साथै सुभकामना मन्तव्य दिई आ-आफ्नु धारणा ब्यक्त गरेका थिए।यस सहकारी भेलामा नव गठित समन्वय समिति यस प्रकार छन्:
अध्यक्ष- नरेन्द्र बस्नेत
उपाध्यक्ष- खगेन्द्र प्र. अधिकारी
सचिव- रबीन्द्र आचार्य
कोषाध्यक्ष- कमला मास्के
सदस्यहरु:-
 तिलक प्र. ढकाल
 नगेन्द्र दाहाल
 इस्वरी चौधरी
 पुष्पा तमांग
 चित्र रेखा घिमिरे
 विन्दा थापा
 पुष्प प्र. रिजाल
 रूद्र थापा
 मगेनु पौडेल
 सुरेश लखर
 शेखर देवान
 रबीन्द्र कृष्ण श्रेष्ठ
 अकली चौधरी आदि...
 यस कार्यक्रम  बिभिन्न प्रकृतिका ९२ सहकारिका प्रतिनिधिहरु को सक्रिय सहभागितामा सम्पन्न भएको थियो।


अर्जुन जम्नेली राई-मोरङ पुस १६ गते । पथरीशनिश्चरे नगरपालिका–१ मोरमा राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुने भएको छ । पथरीमा स्थापित फ्रेण्डसीप चेसको आयोजनामा माघ पहिलो साता शहिद रत्नकुमार बान्तवा प्रथम राष्ट्रिय खुल्ला फिडे रेटि, बुद्धिचाल प्रतियोगिता–२०७५, हुने क्लवले आज (सोमबार) पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।

प्रतियोािगतामा देशभरका एक सय ५० जनाभन्दा बढी राष्ट्रिय खेलाडिहरु सहभागि हुने क्लवका अध्यक्ष अमिर राईले जानकारी दिए । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो, चौथो, पाँचौ लगायतहुने खेलाडिहरुलाई क्रमस ५०, ४०, ३०, २०, १५ हजार नगद, ट्रफी, प्रमाणपत्र प्रदान गरिने सचिव लोकसागर साम्बाले बताए ।

विभिन्न समूहमा वर्गीकरण गरी ३९ जनालाई नगद पुरस्कार प्रदान गरिने आयोजक समितिले जनाएको छ । पुरस्कारमा मात्र नगद तीन लाख ४० हजार तथा अन्य खर्च गरी सात लाख ५० हजार लागतमा प्रतियोगिता समापनहुने पत्रकार सम्मेलनमा जानकारी गराएका छन  । खेल स्वीस लिगको आधारमा आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपाल च्याम्पियन मदन कायस्थ, पूर्व नेपाल च्याम्पियनहरु बद्रीलाल नेपाली, केशव श्रेष्ठ, सुरवीर लामा, मनिष हमाल लगायतका खेलाडिहरु समेत प्रतियोगिता भिड्न आउने क्लवका अध्यक्ष अमिर राईले बताए ।
सिर्जनशील र स्वास्थ्य दिमागको लागि बुद्धिचाल भन्ने मूल नाराको साथ हुने प्रतियोािगतामा पथरीमा स्थापित एभरेष्ट आवासीय माविका सञ्चालक रविन कन्दङवा प्रथम पुरस्कार प्रायोजन गरेका छन ।

स्कुल सञ्चालक कन्दङवाले आफ्नो बुवा चन्द्रमान कन्दङवा(सी.एम.)को सम्झना स्वरुप नगद राशी प्रायोजन गर्नुभएको क्लवका अध्यक्ष अमिर राईले बताउनु भयो ।
प्रतियोगिताको लागि पथरीशनिश्चरे नगरपालिका, छिमेकी नगर तथा गाउँपालिका, नीजि विद्यालयहरु, विभिन्न उद्योगी व्यवसाही, समाजसेवी लगायतबाट रकम संकलन गरेर खर्च जुटाउने योजना रहको जानकारी गराएका छन् ।


मुनामदन सिलवाल-काठमाडौँ, पुस १६ गते ।
रातो तारा डट कम, रक्षामन्त्री ईश्वर पोखरेलले पत्रकारहरुले सदैव बिषय र मुद्दाको आधारमा ठीकलाई ठीक र बेठीकलाई बेठीक, बस्तुनिष्ट, गुण-दोषको आधारमा छुट्टाई जनतामा सत्य कुरा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ काठमाडौ शाखाको संयोजनमा आइतवार राजधानीमा आयोजित पत्रकार आचारसंहिता डिजीटल संवाद कार्यक्रम उक्त कुरामा जोड दिनुभएको हो ।

साथै उहाँले ठूल्ठूला आयोजनामा बस्तुनिष्ठभन्दा कुनै सेन्टरबाट आएको हावादारी कुरालाई प्राथमिकता नदिऔ । तर कमजोरीहरू केलाउनु, समाज बिकासको क्रममा विभिन्न क्षेत्रमा परेको प्रभाव पत्रकारमा पनि परेको हुन सक्छ धारणा राख्दै अहिले प्रणालीमा परिवर्तन, सरकारमात्र होइन शासनसत्ता परिवर्तन भएको अवस्था रहेको प्रष्ट पार्नुभयो ।
प्रेस काउन्सिल नेपालका सदस्य शुभेच्छाबिन्दु तुलाधरले  पत्रकार आचारसंहितासम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत कार्यपत्रमा काउन्सिलको संक्षिप्त परिचय, अनुगमनको अवस्था, कामकारबाहीबारे जानकारी, २४ सै घण्टा मिडियाको अभिलेखिकरण र सोको अनुगमन, डिजिटल काउन्सिल बनाउने अभियानमा छौं रहेको बताउँदै नुवाकोटबाट यसप्रकारको संवाद शुरू गर्ने बताउनुभयो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसालले प्रेस काउन्सिलको गतिबिधि एवं कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभएको थियो ।
प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणी सुवेदीले प्रेस चौतारी र प्रेस सेन्टरबीच समायोजन भै प्रेस संगठन भैसकेको अवस्था हो,जिम्मेवारी बाडफाड मात्र बाँकी रहेको बताउँदै श्रमिकमैत्री पत्रकारिता गर्नुपर्ने, श्रमिकमैत्रीनभएको होकि भन्ने आशङ्का भएको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो–‘नेपालमा जम्माजम्मी १० हजारको संख्यामा पत्रकार कृयाशील छौ होला, काठमाडौ शाखामा १४०० सय सदस्यमध्ये साधारण सभामा डेड सयको हाराहारीमा उपस्तिथि हुनु आश्चर्यलाग्दो कुरा भएको धारणा राख्नुभयो ।
सो कार्यक्रममा ३ नम्बर प्रदेश नीति तथा योजना आयोगका सदस्य तथा पत्रकारिता गर्दै आएका श्याम बस्नेत, वरिष्ठ पत्रकार देबेन्द्र चुडाल , लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय संजालका अध्यक्ष दामोदरप्रसाद दवाडी, प्रेस काउन्सिल सदस्य इश्वरीप्रसाद ओझा , त्रिभुवन विश्वविद्यालयका प्राध्यापक चिरञ्जीवी खनाल प्रेस काउन्सिल नेपालका सदस्य एवं काठमाडौ शाखाकापूर्व अध्यक्ष गोबिन्दप्रसाद चौलागाईंलगायतले पत्रकार आचारसंहिता सम्बन्धी आ–आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रम नेपाल पत्रकार महासङ्घ काठमाडौ शाखाका अध्यक्ष शन्तराम बिडारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन कार्यक्रम नेपाल पत्रकार महासङ्घ काठमाडौ शाखाका सचिव मोहन पन्तले गर्नुभएको थियो ।








बिराटनगर पुस १६ गते । रातो तारा डट कम,५ लाखको भवानी प्रसाद-जीवा देवी रेग्मी स्मृति पत्रकारिता पुरस्कार स्थापना हुने भएको छ।

नेपाल पत्रकार महासंघका पुर्व उपाध्यक्ष समेत रहनु भएका- लामो समय सम्म राससमा सेवा गर्नुु भएका हेमराज रेग्मीको
पहलमा वहाका स्व. माता पिताका नाममा यो कोषको स्थापन हुन लागेको हो ।

आगामी दिनमा नेपाल पत्रकार महासंघ मोरङले जिम्मा लिने गरी आगामी चैत्र १० रेग्मी परिवार समेत भेला भइ पहिलो
कार्यक्रममा रू ४१ हजार  १ सय ११ पुरस्कार को रकम उपलब्ध गराएर काम सुरु गर्ने र प्रक्रिया पुगे पछि संघ लाई कोषको रकम गराउने महासंघका सभापति बन्धु पोखरेल संगको छलफलमा हेमराज रेग्मीले  बताउनुभयो ।

स्व. भवानी र जीवा देवी रेग्मी उदय राज रेग्मी हेमराज प्रदिप राज राजेश राज रेग्मी र एक छोरी रहेको थाहा भएको छ।


श्याम राई -गाईघाट,पौष १६ गते । रातो तारा डट कम,
घर नजिकैको लुहाले खोलाको जंगलमा घार काट्न गएकी त्रियुगा नगरपालिका–१ खैजनपुरकी ७८ वर्षिया सावित्रा राईको  विहान ९ बजे मृत्यु भएको मृतककी छोरी विन्दा राईले बताईन् ।

विगत एक महिना देखि चुरे जंगल आसपासको क्षेत्रमा जंगली हात्तिको विगविगी बढेको छ । विशेषगरि धान काट्ने बेला शुरु हुने सिजनमा जंगली हात्ति देखा पर्ने गर्छ । कोशी टप्पुबाट निस्कने जंगली हात्ति देखा पर्ने गर्छ ।

कोशी टप्पुबाट निस्कने जंगली हात्तिको आक्रमणबाट एक महिना अघि पनि कोशी टप्पुको तपेश्वरीमा एक जनाको मृत्यु भएको थियो । पूर्वको तपेश्वरी, भागलपुर र त्रियुगा नगरपालिकाको दक्षिणी भेगमा समेत जंगली हात्तिले एक दर्जन घर भत्काएको प्रहरीले जनाएको छ ।

मृतक राईको शब पोष्ट मार्टमको लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एस.पी. चन्द्र देव राईले बताए ।

                                                         


काठमाडौँ,पुस १६ गते । रातो तारा डट कम, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुद्धोधन गाउँपालिकामा प्राविधिक शाखाका कार्यरत इञ्जिनीयर कपिल आचार्य र सवइञ्जिनीयर लक्ष्मण ढुङ्गानालाई सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

सेवाग्राहीको पुरानो भवनको नक्सा पास गरिदिने र अभिलेखीकरण गरिदिने भन्दै उहाँहरुले रु ८० हजार घुस लिएको आयोगको दाबी छ ।आयोगले उहाँहरुलाई सोही गाउँपालिका–४ बाट यही पुस १३ गते नियन्त्रणमा लिइएको भए पनि आवश्यक छानबिन पछि सार्वजनिक गरिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।   


काठमाण्डौं,पुस १७ गते । रातो तारा डट कम,नेपाल सरकारले बाहिरी मुलुकबाट आयात हुने चिनीमा कडाइ गर्न नसक्दा स्वदेशका उद्योगमा उत्पादन हुने चिनी नबिकेर थन्किएको छ । सुनसरीको बर्जु गाउँपालिका–५ स्थित प्रदेश नम्बर–१ को एकमात्र इस्टर्न सुगर मिलबाट गएको वर्षमा उत्पादन भएको चिनीमध्ये ३४ हजार मेट्रिकटन चिनी गोदाममा थुप्रिएको छ । मिलमा एक लाख सात हजार मेट्रिकटन चिनी उत्पादन भएको थियो ।

नेपालमा एक वर्षमा सरदर दुई लाख ३५ हजार मेट्रिकटन चिनी आवश्यक पर्नेमा बाहिरी मुलकबाट दुई लाख ५० हजार मेट्रिकटन चिनी आयात भएका कारण मिलमा उत्पादन भएको चिनी बिक्री हुन नसकेको हो ।

अहिले बिग्रने अवस्थामा पुगेको र यसबाट स्वदेशी उद्योग र कृषकलाई समस्या परेको मिलका वित्त प्रबन्धक वीएम गुुप्ताले जानकारी दिनुभयो । स्वदेशमा उत्पादन हुने चिनी र कृषकलाई बढावा दिन सरकारले बाहिरबाट चिनी आयातमा रोक लगाउनुपर्नेमा चिनी उद्योगि र किसानहरुले बताएका छन् ।




(फायलफोटो)

काठमाण्डौं,पुस १६ गते । रातो तारा डट कम, सिन्धुपाल्चोकको मेलम्चीमा राष्ट्रिय जलवायु सम्मेलन शुरु भएको छ । जलवायु परिवर्तनका कारण पर्यावरणको अस्तित्व संकटमा परेकाले त्यसको न्यूनीकरणका लागि ७७ जिल्लाका जिल्ला समन्यवय समितिका संयोजकहरू सम्मेलनका लागि मेलम्ची नगरपालिका, ज्यामिरेको गुफाडाँडामा भेला भएका छन्् ।

आज सोमबार र मंगलबार चल्ने जलवायु सम्मेलनमा सिन्धुपाल्चोकका १२ स्थानीय तहका प्रमुख तथा उपप्रमुख, ७७ जिसस प्रमुख र विषयगत मन्त्रालयका सचिवसमेतको उपस्थिति रहने कार्यक्रम संयोजक कृष्णगोपाल तामाङले जानकारी दिनुभयो । कार्यक्रमको प्रचारप्रसारका लागि आज  काठमाडौंको तिनकुनेदेखि मेलम्ची खानेपानीको मुहान तिम्बुसम्म गाडी र्यालीको आयोजना गरीएको छ । भोलिदेखि गुफाडाँडामा सम्मेलन चल्नेछ ।

कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकको भनाई छ । यसैबिच सिन्धुपाल्चोको उत्तरी भेगमा पर्ने गुफाडाँडा आफैँमा मनोरम ठाउँ हो । नगरकोटदेखि उत्तरका लस्करै हिमाल अवलोकन गर्न सकिने गुफाडाँडाबाट जलवायु परिवर्तनको असरसमेत नियाल्न सकिने आयोजकको दाबी छ । जिल्ला समन्वय समिति महासंघले गर्न लागेको कार्यक्रमको व्यवस्थापकीय जिम्मेवारी सिन्धुपाल्चोक जिल्ला समन्वय समितिले लिएको छ ।

जिल्लाको उच्च ठाउँमध्ये रहेको गुफाडाँडामै सम्मेलन आयोजना गर्दा जलवायु परिवर्तनको असरका बारेमा मूर्त छलफल गर्न पाइने आयोजकको दाबी छ । सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाइरहँदा जिसस प्रमुखहरू सिन्धुपाल्चोक आईपुगेका छन् ।

सम्मेलनस्थलमा ७७ जिल्ला झल्कने राष्ट्रिय झन्डा र ७ फिट अग्लो मूर्तिसमेत राखिएको
छ । दुई दिन चल्ने सम्मेलनले सिन्धुपाल्चोक घोषणापत्र समेत जारी गर्नेछ ।

(आयलफोटो)
काठमाण्डौं,पुस १६ गते । रातो तारा डट कम,उप्रधानमन्त्री र स्वास्थ्य तथा जनसङ््यामन्त्री उपेन्द्र यादवले अहिले कायम रहेको स्वास्थ्य नीति त्रृटिपूर्ण भएकाले सरकारले नयाँ स्वास्थ्यनीति ल्याउन लागेको बताउनुभएको  छ ।

सङ्घीय प्रेस फोरम पर्साले  आज  गरेको कार्यक्रममा उपप्रधानमन्त्री यादवले भने सो नीति आएपछि प्रत्येक नेपाली नागरिकलाई आधारभूत स्वास्थ्यसेवा उपलब्ध हुने बताउनुभयो ।

उहाँले सरकारले प्रत्येक प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने, जनकपुर अञ्चल अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने, प्रादेशिक तालीम केन्द्र स्थापना गर्ने नीति लिएको पनि बताउनु
भयो । 

सङ्घीय गणतन्त्रसँग मेलखाने गरी तथा सङ्घीयतालाई अगाडि बढाउन करीब ५६ वटा कानूनको संशोधन गरी नयाँ कानून बनाउनुपर्नेमा उपप्रधानमन्त्री यादवले जोड दिनुभयो ।




मोरङ, पौष १६ गते । रातो तारा डट कम,फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले एकैदिन १९ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।

सम्मानित जिल्ला अदालत मोरङबाट बिभिन्न मितिमा भएको फैसला आदेशले कैद तथा जरिवाना फैसला भई हाल सम्म फरार रहदै आएका  केही अवहेलना मुद्धाका ६ जना र  कुटपीट मुद्धाका १३ गरी कुल १९ जना फरार प्रतिवादीहरुलाई हिजै एकै दिन पक्राउ गरिएको हो ।

पक्राउ परेका फरार प्रतिवादीहरुलाई तोकिएको कैद सजाय तथा जरिवाना भुक्तानीको लागि सम्मानित जिल्ला अदालत मोरङमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ



बिराटनगर,पुस १५ गते । रातो तारा डट कम, थारु कल्याण कारिणी सभाले थारुहरुको पर्व माघी बिभिन्न प्रदर्शनी स्टलहरु राखी भव्य कार्यक्रमका साथ यही आउदो माघ ५ गते पर्व मनाउने भएकोछ ।

बिभिन्न कार्यक्रमहरुका साथ बिराटनगर ४ कन्चनवारीमा बिहान ११.३० बजे देखि बेलुका ९ बजे सम्म
कार्यक्रमहरु गरि मनाउने आज भएको पत्रकार सम्मेनमा आयोजक कमिटिका अध्यक्ष गौरव तवदारले बताएका छन ।

बिराटनगर,पुस १५ गते । रातो तारा डट कम, प्याब्सन बिराटनगरको सहकार्यमा वलर्ड स्कुल डिबेटिङ्गच्याम्पेन्सिल अन्तराष्ट्रिय स्तरको पहिलो पटक अन्तर बिधालय वादविवाद प्रतियोगिता संन्चालन हुने भएकोछ ।

उक्त प्रतियोगितामा करिव १५ बिधालयहरुका ३९ छात्र छात्राले भाग लिने आज भएको पत्रकार सम्मेलनमा बताइएकोछ ।

पुस १५ र १६ बिधार्थीलाई प्रशिक्षण दिने र १७ गते स्थानिय बीरेन्द्र सभागृहमा सेमिफाइनल र फाईनल प्रतियोगिता खेलाईने बताइएको छ भने पहिलो र दोस्रा लाई सिण्ड प्रमार्ण पत्र राखिएको छ ।

कार्यक्रममा ५ सय अमेरिकी डलर र नेपाली असी हजार खर्च हुने बताइएकोछ ।








मोहन कुमार राई- पौष १५ गते । रातो तारा डट कम, संखुवासभा-चैनपुर नगरपालिका स्थित शारदा मावि पोखरीमा सौर्य उर्जा जडान  भएपछि विद्यालयको दैनि कामकाज पठनपाठनमा समेत सहजता आएको छ ।

वैकल्पिक उर्जा पर्वधन केन्द्र  सौर्य उजा शाखा ललितपुर खुमलटारबाट रु ४ लाख५७ हजार ८ सय २० बराबरको अनुदानमा १ सय ५० वाटको ८ वटा सोलार प्यानल, १५० एम्पिएर पर आवर क्षमताको ८ थान व्यट्री, सोलर हाइव्रीड इनभटर १ थान, सहितको सोलार सेट प्राप्त भएसगै उज्यालो उर्जा प्रा.लि. बालाजु काठमाण्डौको सहयोगमा उर्जा जडान भएको विद्यालयको प्रअ अमृतबहादुर कार्कीले वताउनुभयो।

जो जडान पछि  विद्यालयमा नियमित रुपमा विद्युत सप्लाई हुन थालेको छ । नियमित २ हजार वाट विद्युत आपुर्ति हुने सौर्य उर्जाको ५ वर्ष सम्म वारेन्टी तथा मर्मत संभारको जिम्मा लिएको उज्यालो उर्जा प्रा.लि.का टेक्नेसियन यादवथपलियाले जानकारी दिनुभयो ।

यस अघि विद्यालयमा विद्युत आपुर्ति नियमित नहुँदा विद्यालयको परीक्षा लगायत सम्बेदनसिल कार्यका लागि ६ किमि टाढा चैनपुर बजार सम्म पुग्नु पर्ने दुःखेसो प्रअ कार्कीले पोख्नुहुन्छ ।

नियमित विद्युत सप्लाई भएपछि विद्यालयको दैनिक कामकाज, पठनपाठन, आइसिटी सेवा लगायत विद्युतिय माध्यमबाट गरिने सबै कामहरुमा सहजता आएपछि विद्यालय परिवार हर्सिछ भएको छ ।


ईलाम, पौष १५ गते । रातो तारा डट कम,ईलामको ईलाम नगरपालिका-१२ साङरुम्बामा भएको आगलागीमा २० लाख बराबरको क्षति भएको छ ।

आज बिहान साडे ९ बजेको समयमा स्थानीय जित बहादुर नेम्बाङको ढुङगा माटोले बनेको ३ तले कच्ची र र भान्सा घर समेत जलेर नष्ट हुँदा घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा, गरगहना समेत जलेर नष्ट भई उक्त मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

सो आगलागी प्रहरी चौकी गोलाखर्कबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा ११ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको थियो भने सो आगलागीबाट कुनै पनि मानवीय तथा चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको छ ।



मोरङ, पौष १५ गते । रातो तारा डट कम,मोरङको विराटनगर महानगरपलिका-१४ बाट ९७ हजार रुपयाँ बराबरको अवैध समान बरामद भएको छ ।

आज दिउँसो ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतको जोगवनीबाट अबैध रुपमा भन्सार छलि ल्याएको किराना समान, लत्ता कपडा र स्टीलको समान गरी उक्त मुल्य बराबरको समान बरामद गरेको हो ।

बरामद भएको समान आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालयमा बुझाईएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

 

काठमाडौँ, पुस १५ गते । रातो तारा डट कम,रानी डायना बिजनेस ग्रुपको नया स्वास्थ्यवर्धक प्रोडक्ट "यार्साअमृत" नेपालि बजारमा लिएर आएको छ l विभिन्न फरक फरक प्रकारको ब्यबसायहरु संचालन गर्दै आएको कम्पनीले आफ्नो हर्ब्स एण्ड एग्रो कम्पनि बाट उक्त नया प्रोडक्ट लन्च गरेको हो l   रानी डायना बिजनेस ग्रुपले हर्ब्स एण्ड एग्रो, लोजोस्टिक, रियल स्टेट, इन्भेस्मेण्ट, एच आर सोलुसन लगायतका बिजनेस कम्पनिहरु संचालन गर्दै आएको छ l  

दैनिक रुपमा रोजगारीको सिलसिलामा हजारौ युवा विदेश पालाएन भइरहेको आजको परिवेशमा नेपाली युवाहरुलाई आफ्नै देशमा विभिन्न किसिमको  शिप, मुलक तालिम दिई नेपालमै रोजगारीको सृजना गराउदै आईरहेको रानी डाईना बिजनेस ग्रपले एक भब्य कार्यक्रमको आयोजना गरी कार्यक्रम आफ्नो ब्यबसायको बारेमा जानकारी गराएको थियो ।

 रानी डाईना बिजनेस ग्रुपले हालै मात्रै बजारमा ल्याएको नयाँ उत्पादन हिमाली जडिबुटि बिसेष गरि यार्शागुम्बा बाट उत्पादित  यार्साअमृत नामक उत्पादन रहेको थियो। मानब जिबनको लागि अति उपयोगी  स्वास्थ्य, दिर्घजीवन, सेक्सुअल पावर सम्वन्धि र विभिन्न रोगहरु संग लड्न सक्ने प्रतिरोधात्मक स्वास्थ्यको लागि अति उपयोगी र हिमाली अति बहुमुल्य जडिबुटि बाट उत्पादन गरिएको अति स्वास्थ्यकर भएको कुरा ग्रुपका संस्थापक माहारानी लक्ष्मी राणाले बताइन ।

विभिन्न क्षेत्रका विशिष्ट ब्याक्तित्वहरु माझ सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा वरिष्ट अभिनेता सरोज खनाल रहेका थिए भने विशिष्ट अतिथिमा वरिष्ट कलाकार रेडियो नाटक निर्देशक मदनदास श्रेष्ठ, प्रकाश कुमार श्रेष्ठ, रश्मिला श्रेष्ठ, सशस्त्र प्रहरी बलका पूर्व प्रहरी महानिरीक्षक सैलेन्द्र कुमार श्रेष्ठ रहेका थिए l  त्यसैगरी  बिशेष अतिथिमा थाइल्याण्डकि राजकुमारी इतिङ्ग चुलारत थीइन ।

आर. डि बिजनेस ग्रुपले स्वदेशमानै रोजगारी सिर्जना गर्ने हेतुले बेरोजगार युवाहरुलाई विभिन्न किसिमको प्रशिक्षण प्रदान गर्दै आएको तथा उक्त प्रशिक्षण बाट उत्रीण बिध्यार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो l रानी डाईना बिजनेस ग्रुपका अध्यक्ष सुन्दर रिजालले कम्पनीको बारेमा जानकारी गराएका थिए  ।


काठमाडौ पुस १५ गते । रातो तारा डट कम,झझल्को म्युजिक प्रालीको प्रस्तुतीमा नेपाली लोकदोहोरी गीतमा वियोगान्त ल्याएर सर्वाधिक दर्शक तथा स्रोताको नजरमा रहेका गायक पुष्कल शर्मा र गायिका विष्णु  परियारको आवाजमा सजिएको “ मेरो आखाँ ” बोलको गीत सार्बजनिक भएको छ । 

धेरै रोमान्टिक गीतलाई आम दर्शक माझँमा निकै समय पछि बजारमा ल्याउदा निकै खुशी लागेको गायक पुष्कलले बताए ।  आफ्नो सिर्जना पस्किएर असङख्य श्रोता एवं दर्शकहरुको मन जित्न सफल सर्जक रामु सुवेदीको शब्द तथा बहुमुखी प्रतिभाका धनि दिलिप रेग्मीको गीतमा लय सिर्जना रहेको छ।

यस  गीतको म्युजिक भिडियोमा शुत्र लामा , राज मगर , डेनिसा खड्का र सर्मिला मगरको रोमान्चक अभिनय सहित नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन नरेन श्रेष्ठ , छायांकन मरुभुमी नारायण र सम्पादन रोशन धितालले गरेका छन् ।





श्याम राई-गाईघाट,/ रातो तारा डट कम,पूर्व मंत्री एंव कांग्रेस नेता डा.नारायण खड्ले उदयपुर दुई विद्यालयमा अध्ययनरत २ सय ३७ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेकाछन् ।

आफनो निर्वाचन क्षेत्रमा केही दिनको लागि आएका नेता खड्काले शुक्रबार बेलका नगरपालिका –५ देउराली आधारभूत विद्यालयका १ सय ३७ जना र चौढण्डी नगरपालिका–८ स्थित शारदा आधारभूत विद्यालयका १ सय विद्यार्थीहरुलाई स्वीटर, सर्ट र पेन्ट वितरण गरेका हुन् । उनले आफनो निजी कोषबाट करिब ३ लाख रुपैया खर्चेर गरिब जेहेन्दार विद्यार्थीको लागि न्यानो कपडा वितरण गरेको नेपाली कांग्रेस उदयपुरका सदस्य मदनराज कटुवाललेबताए ।
डा.खड्काले उदयपुरको क्षेत्र–१ बाट निर्वाचित एक मात्र सदस्य हुन् ।

डा. खड्का समाजसेवी नेताको रुपमा परिचित हुन् । उनले जिल्लामा एक दर्जन बढी विद्यालय , पुस्ताकलय निर्माणमा सहयोग गरिसकेका छन् । डा.खड्का समक्ष ति दुई क्षेत्रका स्थानीय बासिन्दाहरुले सडक बाटो र विद्युतको लागि माग गरेकाछन् । आफनो ठाउँमा बाटो तथा विजुली बत्ति नभएको भन्दै डा. खड्का समक्ष गुनासो गरेपछि उनले चाँडै नै गाउँमा विजुली बत्ति ल्याईदिने प्रतिबद्धता जनाएका थिए ।


                                                            श्याम राई उदयपुर


काठमाण्डौं, पुस १५ गते । रातो तारा डट कम,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमाना बन्द गर्ने चेतावनी दिनुभएको छ । उहाँले मेक्सिकोको सीमानामा पर्खाल बनाउन कांग्रेसले रकम उपलब्ध नगराए सीमा नै बन्द गर्ने चेतावनी दिनुभएको हो ।

राष्ट्रपति ट्रम्पले गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासी रोक्न आफूले सीमामा पर्खाल लगाउने तयारी गरेकाले अमेरिकी कंग्रेसले रकम उपलब्ध गराउनुपर्ने भन्दै रकम नदिए मेम्सिकोसँगको सीमा नै बन्द गर्ने चेतावनी दिएका हुन् ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसले पनि सीमा बन्द गर्ने चेतावनी औपचारिक रुपमा पुष्टि गरेको छ । अमेरिकी संघीय बजेटका बारेमा एक हप्तादेखि जारी अवरोधका कारण अमेरिकी संघीय सरकारी निकाय आंशिक रुपमा ठप्प भएका छन् ।



काठमाण्डौं, पुस १५ गते । रातो तारा डट कम कृषि तथा पशुपञ्क्षी विकासमन्त्री चक्रपाणि खनालले स्वदेशमा रोजगारीको अवसर सृजना गरेर मात्र विदेश गएका युवालाई बोलाउनु पर्ने बताउनु भएकोछ ।

नवलपुरको अरुणखोलामा प्रथम मध्यविन्दु महोत्सवको उद्घाटन गर्नुहँुदै मन्त्री खनालले देशमा रोजगारीको पुर्ण ग्यारेन्टी नहँुदा सम्म विदेश गएका युवाहरुलाई स्वदेश आउ भन्नु उपयुक्त नहुने तर्क गर्नुभयो ।

देशमा रोजगारी सृजना गर्नका लागि कृषि पर्यटन नै उपयुक्त हुने बताउदै उहाँले अहिले देशमा ३८ देखि ४२ प्रतिशात खेतियोग्य जमिन बाझो रहेकाले त्यसको पुर्ण उपयोग गर्नुपर्ने बताउनुभयो । कृषिको आधुनिकिकरणका लागि सहज र सरल पद्धति अबलम्बन गर्न मन्त्रालय लागि परेको समेत मन्त्री खनालले दावि गर्नुभयो ।

वर्तमान सरकारले जनहितका धेरै कामहरु गरेको भन्दै उहाँले कृषिको आधुनिकिरणका लागि अत्याधुनिक चिश्यान केन्द्रदेखि मल विउको उपलब्धतालाई व्यवस्थीत बनाइने बताउनु भयो ।





बिराटनगर,पुस १५ गते । रातो तारा डट कम,जयनगर–कुर्थामा चलाउने आफ्नै रेल चलाउने सरकारी निर्णयसँगै रेल विभागले सामग्री किन्ने प्रक्रिया सुरू गरेको छ । भारत सरकारसँग रेलका सामग्री किन्नका लागि प्रस्ताव पठाइ सकिएको विभागले जनाएको हो ।

सरकारको निर्णय अनुसार तत्कालका लागि रेलका सामग्री किन्न प्रस्ताव पठाएको विभागका प्रवक्ता अमन चित्रकारले सीआइएनसँग बताउनुभयो । यसअघि पुस पहिलो साताको बसेको मन्त्रिपरिषद् बैठकले रेल किन्न पचास करोड रूपैयाँ बजेट छुट्टाएको थियो ।

सरकारले ६ महिनाभित्र भारतको जयनगरबाट जनकपुर आउने रेल सञ्चालन हुने जनाएको छ ।






विराटनगर,पुस १४ गते। रातो तारा डट कम,नेपाल अण्डा उत्पादक संघ मोरङको आयोजनामा मोरङ जिल्ला भरका अण्डा उत्पादक किसानहरुको भेला आज शनिबार विराटचोकमा सम्पन्न भएको छ  ।

संघका जिल्ला सभापति विनोद अधिकारीको सभापतित्वमा भएको सो कार्यक्रममा जिल्लाका ३५ लेयर्स फर्मका सञ्चालकहरुको सहभागीता रहेको थियोे ।

विभिन्न महत्त्वपूर्ण विषयहरुमा छलफल गर्दै कार्यसमितिको विस्तार ,अन्डाको किसान मुल्य साइज अनुसार १ जनार ९ सयदेखि २ हजार १ सयसम्म प्रति कार्टुनले विक्री गर्ने  निर्णय गरेको सभापति अधिकारीले बताए । 


बिराटनगर,पुस १४ गते । रातो तारा डट कम,बिराट ट्रेेड एक्स्पो २०७५, पुस ६ देखि सुरु भई ९ दिन अर्थात आज १४ गते समापन भएकोछ । समापन कार्यकमका प्रमुख अतिथि तथा १ नम्वर प्रदेश प्रमुख माननीय गोबिन्दबहादुर तुम्बाहाङ ले कार्यक्रमलाई सम्बोधन गर्दै यो प्रदेशले व्यापार र उत्पादक, उधोगहरुलाई प्रमुख प्राथमिक्तामा राखेर काम गर्दै आएको भन्र्दै, व्यापार मेला सफल भएकोमा शुभ कामना छ,,यसमा सहयोग पु¥याउने सबैलाई बधाईछ शुभकामना छ भन्नु भयो ।

कार्यक्रममा पुर्व उधोग मन्त्री महेश बस्नेतले आफना कुरा राख्दै, व्यापारिक क्षेत्रमा आफु मंन्त्री भएकाबेला सहकार्य गरेको कुरा बताउदै,आफुले सदै सहयोगिको भावना राखेर काम गर्ने छु भने सबे मिलेर करको दायरा फराकिलो बनाउनु पर्छ भन्नु भयो ।

राष्ट्रिय सभाका सासद रमेश जंग राय माइिा लगाएत बिभिन्न वक्ताहरुले पनि मेला समापन कार्यक्रममा आफना कुरा राख्नु भएको थियो ।

कार्यक्रमका अध्यक्ष तथा मोरग व्यापार संघका अध्यक्ष पवन कुमार सारडाले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै,यो मेलाले उभाक्ता–उत्पादक समेतलाई जोडेकोछ अहिले बिराट
ट्रेेड एक्स्पो २०७५ ले उपभोक्ताहरुलाई पनि प्रत्यक्ष फाईदा पुगेको कुरा बताउतु भयो ।

बिराट  ट्रेेड एक्स्पो २०७५मा २४० व्यापारिक स्टलहरु रहेको र त्यसमा १० वटा हिमाली क्षेत्रका उत्पादन प्रर्दशनीका लागि छुट्याईएको जानकारी गराउदै,आज सम्म करिव २२ करोडको आर्थिक तथा व्यापारिक कारोवार भएको बताउनु भयो र १ लाख २५ हजार मानिसले मेला अवलोकन गरेको कुरा समापन कार्यक्रममा जानकारी गराउनु भयो । सारडाले सहयोगि सबैलाई धन्यावाद र बधाई दिनु भयो ।

मेलाका संयोजक अनुपम राठीले पनि आफना भनाईहरु राख्नुहुदै सबैलाई बधाई शुभकामना दिनु भएको
थियो ।
कार्यक्रमका बिच बिचमा सहयोगिहरुलाई प्रमार्ण पत्र र मायाको चिनो समेत बितरण गरिएको थियो ।


भोजपुर, पौष १४ गते । रातो तारा डट कम,भोजपुरको भोजपुर नगरपालिका-३ बलौटे भन्ने स्थानमा शुक्रवार ट्रिपर दुर्घटनामा परि सह-चालकको मृत्यु भएको छ ।

भोजपुर-खोटाङ सडक खण्डमा भोजपुरवाट गुप्तेश्वर जाँदै गरेको को १ ख ५८९७ नम्बरको ट्रिपर अनियन्त्रित भई साँझ साढे ६ बजे सडकबाट ३ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा परि सोही ट्रिपरका सह-चालक  भोजपुर नगरपालिका- ४ वस्ने वर्ष १५ को रविन खत्रीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको
छ । ट्रिपर र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।



झापा, पौष १४ गते । रातो तारा डट कम,पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका-१ धर्मपुर चोकमा शुक्रवार बिरामी बोकेको एम्बुलेन्सलाई बसले ठक्कर दिँदा ४ जना घाइते भएका छन् । अपरान्ह पौने ५ बजे बिरामी बोकेर पश्चिम तर्फ जाँदै गरेको मे १ च ५१८३ नम्बरको एम्बुलेन्सलाई विपरित दिशाबाट आउँदै गरेको ना ५ ख ६५८४ नम्बरको बसले ठक्कर दिएको थियो ।
ठक्करबाट एम्बुलेन्सका चालक विराटनगरमहानगरपालिका-४ बस्ने वर्ष ३५ को लाला उराव,  अर्जुनधारा नगरपालिका-९ बस्ने बिरामी वर्ष ४६ को चन्द्र बहादुर बस्नेत, एम्बुलेन्समा सवार सोही ठाउँकी वर्ष ४० की जानुका कुवँर, वर्ष ३७ की चेतन कुमारी गौतम र वर्ष ३४ को ज्ञान बहादुर बस्नेत घाइते भएका हुन् । घाइते सवै जनालाई उपचारको लागि बिर्तामोड स्थित बिर्तासिटी अस्पताल पठाईएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

ठक्कर दिने बस, चालक र एम्बुलेन्सलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।


ताप्लेजुङ, पौष १४ गते । रातो तारा डट कम,
ताप्लेजुङको मैवाखोला गाउँपालिका-४ ओदाकमा धारीलो हतियार प्रहारबाट १ जना घाईते भएका छन् ।

बिहिवार बेलुका १७:०० बजेको समयमा स्थानीय ओमदी शेर्पा र दावा शेर्पा बिच बादबिबाद हुँदा दावा शेर्पाले ओमदी शेर्पालाई धारिलो हतियार प्रहार गर्दा घुडा मुनी गम्भीर चोट लागि घाईते भएका छन् ।

घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाईएकोमा जिल्ला अस्पतालमा उपचार हुन नसकी थप उपचारको लागि धरान पठाईएको छ भने दावा शेर्पालाई प्रहरी चौकी साँगुबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 


श्याम राई उदपुर-गाईघाट, पौष १४ गते ।
रातो तारा डट कम,बालीका माथी जवरजस्ति गर्न खोजेको अभियोगमा प्रहरीले शुक्रबार एक बृद्धालाई पक्राउ गरेको छ ।

 विहिबार साँझ ६ बजे १३ बर्षिया बालिका लाई बलात्कार गर्ने उदेश्यले जबरजस्ति गर्न खोजेको भन्दै बालिकाको आफन्तले मौखिक उजुरी गरेपछि त्रियुगा नगरपालीका १३ असारीका ६५ बर्षिय बृद्धा राम दनुवार (नाम परिवर्तन) लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घरमा एक्लै भएको बेला बालीका माथि दनुवारले ललाई फकाई नजिकैको त्रियुगा खोलामा लगेर जबरजस्ति गर्न खोजेको मौखिक उजुरीको आधारमा उनलाई अनुसन्धानको लागी नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यलय उदयपुरका एसपी चन्द्रदेव राईले बताए ।

बालिका र बृद्धको स्वास्थ्य परिक्षणको लागी जिल्ला अस्पताल उदयपुरमा पठाईएको प्रहरीले जनाएको छ ।



















                                                                                                                             


काठमाडौ पुस १३ गते । रातो तारा डट कम,काजिश श्रेष्ठ र आरुषी मगरको बवाल डान्समा सजिएको सर्वोकृष्ट मौलिक लोक सौगातलाई मालती डिजिटल प्रालीले गायिका गायिका रनु गुरुङ्ग र सागर गुरुङ्गको आवाजमा रहेको “ फुलबुटे चोली ” गीतको भिडियो बजारमा आएको छ ।

आफनी मायालुलाई सपनामा पनि मन पराएको र आफनी प्रेमीकालाई निकै माया गर्ने कुरालाई गीतमा समेटिएको छ । जिवन सजाउने जिम्मा गायक सागरले प्रेमीकालाई दिएका छन । आफनी प्राण प्यारी मायालुको याद ले सताइरहने कुरालाई गीतमा समेटिएको छ ।

गीतमा रामु गुरुङको शब्द तथा संगीत रहेको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतमा आरुषी मगर , काजिश श्रेष्ठ र विनोद गुरुङको अभिनय रहेको छ ।




विराटनगर,पुस १३ गते । रातो तारा डट कम,प्रदेश एकका मुख्यमन्त्री शेरधन राइले एक नम्बर प्रदेश सरकारले वातावरण स्वस्थ राख्दै यसको संरक्षण गर्न योजना अगाडी बढाएकोे बताए ।

विराटनगरमा राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको वातावरण विकास र मानवअधिकार विषयक कार्यक्रममा मुख्यमन्त्री राइले वातावरण विग्रदै गएकोले यसको संरक्षण गर्दै यसका स्रोतहरु जोगाउन प्रदेश सरकारले आगामी फागुनबाट हरित क्रान्तिको शुरुवात गर्ने बताएका हुन् ।

वायु प्रदुषण, माटो प्रदुषण, पानीको मुहान सुक्नु, विषादीको प्रयोगलगायतमा कुराले वातावरण विग्रदै गएको भन्दै अहिले वातावरणका यस्ता स्रोतहरु सुरक्षित गरेर भावी पुस्ताका लागि राख्ने दायित्व भएकोले प्रदेश सरकारले वातावरण संरक्षणका अभियान सञ्चालन गर्ने मुख्यमन्त्री राइले बताए । उनले वातावरण संरक्षण गर्नु अहिलेको टट्कारो आवश्यकता भएकोले विकाश भनेर बाटो बनाउने विज्ली पुर्याउनु भन्दा वातावरण पहिलो प्राथमिकता हुनु पर्ने समेत बताए ।

वातावरण कसरी जोगाउने भन्ने विषयमा संघिय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारको एउटै खाका हुनु पर्ने र देशभर यो अभियान तिब्रताका साथ सञ्चालन गरिनुपर्नेमा मुख्यमन्त्री राइले दिए ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदिप पाठकले तीनै तहको सरकारले देशैभर वातावरण संरक्षण र विकाशका लागि खाका बनाएर काम गर्नु पर्ने भन्दै यसको लागि आयोगले प्राविधिकलगायत अन्य सहयोग गर्न तयार भएका बताए । आयोगले वातावरण, विकाश र अधिकारलाई संगै लिएर जानुपर्छ भनेर वातावरण सरक्षणको कुरा मानवअधिकारको अङग बनाएको उनले बताए ।

प्रदेश १ का मुख्यसचिव केदार न्यौपानेले प्रदेश नं. १ मा वातावरण प्रदूषण हने जोखिम क्षेत्रको पहिचान गरी सुरक्षा र बचावटको कार्य गर्ने वताए । राष्ट्रिय मानव अधिकार आयोगका उपनिर्देशक लोकनाथ बांस्तोलाले राजधानी बाहिर सुनसरी र मोरङ औद्योगिक केरिडोरमा वातावरणको बिषयमा अनुसन्धान हुनु पर्ने आवश्यकता औल्याए ।

प्रदेश १ का मुख्य न्यायाधीवक्ता चुडामणि आचार्यले मानव अधिकार र विकाश बीच गहिरो सम्बन्ध भएकोले विकास गर्दा विनाश नहुने दृष्टि पु¥याउनु आवश्यक भएको बताए । यसैगरी प्राध्यापक डाक्टर शशिकान्त झाले पहिले हुने चरा वनस्पति अहिले मासिदै जान् र वातावरणमा प्रदुषण बढ्दै गएको सन्दर्भमा वातावरणलाई जोगाउन वातावरणलाई हानी हुने क्रियाकलापमा कडाई गरिनुपर्ने बताए ।

मानव अधिकार अधिकृत गीताकुमारी दाहालले आयोगले विगत तीन वर्षदेखि वातावरणको क्षेत्रमा काम गरिरहेको, मानव अधिकारको सम्मान गर्दा वातावरणलाई पनि स्वच्छ, संरक्षण एवं सम्बद्र्धन गर्नु पर्ने र यसका बिषयमा प्रभावकारी कदम चाल्नु समय आइसकेको प्रष्ट पारीन् ।


(फायलफोटो)

श्याम राई,उदयपुर -गाईघाट  पौष १३ गते ।
रातो तारा डट कम, मलेसीयामा रोजगारी गर्दै आएका उदयपुर कटारी बजारका एक युवा मृत अवस्थामा फेला परेका छन् ।

खाना खाएर सुतेको केहि समयपछि नै दुर्गा मगरको विहिबार मृत्यु भएको हो । नेपाल फर्किने तयारीमा रहेका उनको ड्युटी बाट फर्केका साथिहरुले बोलाउँदा नबोले पछि कोठा भित्र पसेर हेर्दा उनको मृत अवस्थामा भेटिएका साथी रमेश तामाङ्कले बताए ।

उदयपुरको ईनामेबाट बसाई सरेर कटारी नगरपालीका तिम्लेका उनी २ बर्ष अघि वैदेशिक रोजगारी को लागी मलेसीया पुगेका थिए ।


             


काठमाडौँ,पुष १३ गते । रातो तारा डट कम,
वर्षौँदेखि सेन्टिमेन्टल गीत गाउँदै आएका गायक दिनेश गौतमले फरक शैलीको साँगितिक प्रस्तुती लिएर आएका
छन् । शुक्रबार उनले गाएको डान्सिङ नम्बर ‘बाँसै काटेर’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भिमफेदी गाइज, कार्टुन क्रुज र एलिसा राईको नृत्य म्युजिक भिडियोमा रहेको छ । नेपाली नृत्य जगतमा चर्चित यी दुइ नृत्य समूह र एलिसाको संयोग भिडियोको बलियो पक्ष बनेको छ । संगीतकार तथा संगीतकार संघका पूर्व अध्यक्ष लक्ष्मण शेषले गायन देखि नृत्य र भिडियो निर्देशनको उत्कृष्ट नमूनाको रुपमा यस म्युजिक भिडियोलाई लिन सकिने बताए ।

नेपालको पहिलो सेक्सोफोन वादक शुभ बहादुर सुनामले दिनेशको संगीत साधना र गायकीको प्रशंसा गरे ।
करिब दुइ दशकदेखिको संगीत यात्रामा दिनेशले गाएका गीतभन्दा ‘बाँसै काटेर’ बिलकुलै भिन्न छ । समयको माग अनुसार केहि फरक शैलीको गीत प्रस्तुत गर्न डान्सिङ नम्बर गाएको दिनेशले बताए ।

२०५६ सालदेखि संगीतमा निरन्तर लागि परेका दिनेशका एघार वटा सांगितिक एल्बम बजारमा आइसकेका छन् । दुइ दशकको दौरानमा उनले एल्बम र चलचित्रमा गरेर दुइ सय भन्दा बढि गीत गाइसकेका छन् । दिनेशको संगीतमा भारतीय गायक शान र राजा हसनले समेत गीत गाइसकेका छन् । ‘पैसा कसले बनायो’ गीत गाएपछि चर्चामा आएका दिनेशको एक महिना अघि मात्रै ‘फर्केर आएन मायालु’ गीत सार्वजनिक भएको थियो ।

कोशिस क्षेत्रीको शब्द संगीत रहेको ‘बाँसै काटेर’ गीतको एरेन्जमेन्ट उदयराज पौडेलले गरेका छन् । ‘भिमफेदी गाइज’का टिम लिडर निर्मल लामाको निर्देशनमा तयार भएको भिडियोमा रोचक प्रस्तुती ‘फुलन्देकी आमा’ को रहेको छ ।

 म्युजिक भिडियोमा ‘आरी डान्स’, ‘थाली डान्स’देख्नपाइन्छ । भिडियोको सम्पादन पवन सुस्लिङले गरेका हुन् । युट्युबमा सार्वजनिक भएको पहिलो दिनमै गीतले उत्साहपूर्ण दर्शक बटुल्न सफल भएको छ ।



शिव भट्टराई - सुनसरी पुस १३ गते । रातो तारा डट कम,
पुर्व पश्चिम राजमार्गको वैकल्पीक मार्गको रुपमा निर्माण भई रहेको धरान हेटौंडा सडक खण्ड अन्र्तगत सुनसरीको धरान देखि चतरा विचमा पर्ने दुई ठुला पक्की पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

वैकल्पीक सडक खण्ड अन्र्तगत सुनसरी तर्फ पर्ने २सय ५० मिटर लामो सर्दु खोलामा रहेको पुल र २५ मिटर लामो ठकुरी पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । पुल निर्माणको जिम्मा पाएको रसुवा कन्ट्क्सनले मिति भन्दा एक वर्ष अघि नै निर्माण कार्य सम्पन्न गरी पुल हस्तान्तरण गर्ने योजना वनाएको जनाएको छ ।

कन्ट्क्सनका प्रतिनिधि आरएन आर्चायले सुनसरी तर्फ निर्माणको जिम्मा पाएको सर्दु र ठकुरी पुल निर्माणको अन्तिम चरणमा पुगेको र पटनाली पुल पनि तिव्र गतिमा निर्माण गरी तोकीएको समय भन्दा एक वर्ष अघि नै निर्माण कार्य पुरा गर्न वताए ।

उनले धरान हेटौडां सडक खण्ड अन्र्तगत ४३ वटा पुलको निर्माण कार्यको जिम्मेवारी पाएको रसुवा कन्ट्क्सनले सम्झौता मिति भन्दा अगाडि नै काम सक्ने गरी निर्माण कार्य भई रहेको समेत जानकारी दिए । रसुवा कन्ट्रक्सनले निर्माणको जिम्मा पाएको पटनाली ,सर्दु र ठकुरी पुलका लागि कुल लागत ५५ करोड रहेको र आगामी सन्२०१९को डिसेम्वर सम्मको समय सिमा रहेकोमा निर्माण कम्पनीले करिव एक वर्ष अघि नै निर्माण कार्य सम्पन्न गर्ने योजना वनाएको हो ।

 सुनसरी तर्फका तीन वटै पुल आगामी असार सम्ममा निर्माण कार्य पुरा गरी हस्तान्तरण गर्न योजना रहेको समेत निर्माण कम्पनीका प्रतिनिधी आर्चायले रातोतारा डट कमलाई वताएका छन्।

फाएलफोटो-

काठमाण्डौं, पुस १३ गते । रातो तारा डट कम,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । हिजोको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्पष्ट जवाफ नआएको भन्दै नेताहरुले विरोध गरेपछि आज बस्नेगरी बैठक स्थगित भएको हो ।

 प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा उठेका विषयलाई सही तरिकाले सम्बोधन नगरेको भन्दै स्थायी कमिटीका सदस्यले उहाँको राजनीतिक प्रतिवेदन पारित गर्ने प्रस्ताव अस्वीकार गरेका हुन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा हिजो बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पारित गर्न आग्रह गर्नुभएको थियो ।

तर, स्थायी कमिटी सदस्यले बैठकमा उठेका विषयलाई अध्यक्ष ओलीले सही तरिकाले सम्बोधन नगरेको भन्दै विरोध गरेका थिए । दुई घण्टाबढी समय बोल्नुभएका अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पारित गर्न गरेको आग्रहप्रति नेता वामदेव गौतम, भीम रावल, घनश्याम भुसालले विरोध गर्नुभएको हो ।

 २९ मंसिरदेखि जारी स्थायी कमिटी बैठकमा सहभागीहरूले सरकार र पार्टी नेतृत्वको चर्काे आलोचना गर्दै कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका थिए । एसिया प्यासिफिक सम्मेलनमा सहभागिता, नेतालाई दोहोरो जिम्मेवारी, नेतृत्वको कार्यशैलीलगायतका विषयमा स्थायी कमिटी सदस्यले गम्भीर असहमति जनाए पनि त्यसलाई अध्यक्ष ओलीले सम्बोधन नगरेको उनीहरूको आरोप छ ।



फायल फोटो

काठमाण्डौं, पुस १३ गते । रातो तारा डट कम,मेचीनगर–६ स्थित काकरभिट्टाको साठी बिघा क्षेत्रमा गएराति आगलागी भएको छ । आगलागीबाट २२ घर जलेर नष्ट भएको छ । राति करिब ८ बजेदेखि लागेको आगो मेचीनगर, भद्रपुर र बिर्तामोड नगरपालिकाका ३ वटा दमकल तथा स्थानीय र प्रहरीको सहयोगमा करीब एक घण्टा पछि मात्रै नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय काकरभिट्टाका प्रहरी नायब उपरीक्षक महेश थापाले जानकारी दिनुभयो ।

 विद्युत नभएको बेला स्थानीय छबिलाल आङदम्बेको घरमा बालिरहेको मैनबत्ती लड्दा नजिकै रहेको ग्यास सिलिण्डरमा समेत आगोले भेटेपछि ग्यास पड्कीएर आगलागी भएको थापाले बताउनुभयो । आगालागीबाट कुनै मानवीय क्षति नभए पनि धनमाल जलेर ठूलो क्षति भएको प्रहरीको भनाइ छ ।

 तर कति क्षति भयो भनेर अहिले यकिन गर्न नसकिने प्रहरीले जनाएको छ । ठूलो आगलागी भए पनि नगरपालिकाको एउटा मात्र दमकल आगो निभाउन आएकाले आगो नियन्त्रणमा लिन ढिलाइ भएका कारण धेरै घरमा आगो लागेको स्थानीयले बताएका छन् । बाक्लो बसोबास क्षेत्र तथा फुसका घर टहरा भएकाले आगोले धेरै क्षती गरेको प्रहरीले बताएको छ ।




फायल फोटो

काठमाण्डौं, पुस १३ गते । रातो तारा डट कम,सरकारले कर्मचारीको समायोजनको लागि अनलाइन आवेदन फारम खुला भएको घोषणा गरेपनि मन्त्रालयले दिएको वेबसाइटमा भने आवेदन फारम भर्ने ठाउँ नभएको पाइएको छ ।
समायोजन फारम भर्नका लागि समायोजन डट जिओभी डट एनपी नामक वेबसाइट तयार पारिएको छ । तर, त्यसमा अनलाइन फारम भर्ने ठाउँ नै नहुँदा समायोजन फारम भर्न नपाएर कर्मचारी अन्योलमा परेका छन् । अनलाइन प्रणाली सक्रिय हुन अझै तीन–चार दिन लाग्नसक्ने मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले सीआईएनसँग बताउनुभयो । 

बिराटनगर पुस१३ गते । रातो तारा डट कम,विश्वभर इसाईहरुको मूल पर्व क्रिसमस मनाईरहेको बेला चीनले भने इसाईहरुमाथि एक दशक यताकै सबैभन्दा ठूलो आक्रमण गरेको छ ।
आक्रमण गरी धेरै चर्चहरु र तिनका स्कुल सबै बन्द समेत गराएको छ भने शिक्षक धमाधम जेल हाल्दै छ- नवभारत टायम्समा उल्लेख छ।

 बिराट ट्रेेड एक्स्पो २०७५ मा किनमेल गर्नेको घुइँचो
बिज्ञापन प्रकाशित २०७५/९/१३


चीनले क्रिस्चियनहरू दमन गर्दै उनिहरूले चलाएका सबै
स्कुल बन्द शिक्षकहरू जेलतिर

विश्वभर इसाईहरुको मूल पर्व क्रिसमस मनाईरहेको बेला चीनले भने इसाईहरुमाथि एक दशक यताकै सबैभन्दा ठूलो आक्रमण गरेको छ । आक्रमण गरी धेरै चर्चहरु बन्द समेत गराएको छ ।


बिराटनगर ,पौष १३ गते । रातो तारा डट कम,फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले एकैदिन २२ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।

सम्मानित जिल्ला अदालत मोरङबाट बिभिन्न मितिमा भएको फैसला आदेशले कैद तथा जरिवाना फैसला भई हाल सम्म फरार रहदै आएका  केही सार्वजानिक अपराध मुद्धाका २ जना, कुटपीट मुद्धाका १९ जना र वन मुद्धाका फरार प्रतिवादी १ जना गरी कुल २२ जना फरार प्रतिवादीहरुलाई आज एकै दिन पक्राउ गरेको हो ।

पक्राउ परेका फरार प्रतिवादीहरुलाई तोकिएको कैद सजाय तथा जरिवाना भुक्तानीको लागि सम्मानित जिल्ला अदालत मोरङमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ 


मोरङ, पौष १३ गते । रातो तारा डट कम,मोरङको विराटनगर महानगरपलिका-१४ बाट १ लाख २५ हजार रुपयाँ बराबरको अबैध समान बरामद भएको छ ।

हिजो दिउँसो CRV जतुवाको प्रहरी टोलीले भारतको जोगवनीबाट अबैध रुपमा भन्सार छलि ल्याएको किराना समान, लत्ता कपडा र खेलौना गरी उक्त मुल्य बराबरको समान बरामद गरेको हो ।

बरामद भएको समान आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालयमा बुझाईएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।


काठमाडौं/ रातो तारा डट कम, सरकारले काठमाडौं उपत्यकामा चलाउन ३ सय वटा विद्युतीय बस चीन संग
 किन्ने सरकारले  निर्णय गरेको छ । 

मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकले सरकारले आफ्नै लगानीमा ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।


काठमाडौ / रातो तारा डट कम,फेसियल हाउसको ११ औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पुर्वअध्यक्ष चण्डिराज ढकाल र उपाध्यक्ष उमेशलाल श्रेष्ठको विशेष आतिथ्यतामा मङ्गलबार साँझ काठमाण्डौको वल्र्ड ट्रेड सेन्टरमा कार्यक्रम सम्पन्न भएको
हो ।
कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, मोडल दिक्पाल कार्की, गायक युवराज चौलागाँई लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो । वार्षिकोत्सव कार्यक्रममा गायक टिका बम्जन, उत्तम थापा लगायतले गीत प्रस्तुत गरेका थिए भने टिम इन्टरटेन्मेन्टको नृत्यले सबैलाई मनोरञ्जन दिलाएको थियो । चर्चित मेकअप आर्टिस्ट चन्द्र गुरुङको टिमको मारुनी नृत्य र फिटनेस सेन्टर जेनएक्सबाट रुक्साना लगायतको प्रस्तुति आकर्षणको केन्द्रविन्दु बनेको थियो । चर्चित कलाकार निरु खड्का ‘ठ्यासकुमारी’को कमेडी प्रस्तुती दर्शकमाझ प्रिय बन्यो ।

फेसियल हाउसले आफ्नो कर्मचारीको कामको कदर गर्दै हरेक वर्ष ‘स्टाफ इनकरेज्मेन्ट अवार्ड’ पनि प्रदान गर्दै आएको छ । यस वर्ष पनि फेसियल हाउसको ६ वटा ब्रान्चमा रहेका कर्मचारी मध्य १० जनालाई ‘स्टाफ इनकरेज्मेन्ट अवार्ड’ प्रदान गरिएको थियो । फेसियल हाउसको यस बर्षको कुशल व्यवस्थापकको अवार्ड सुमन शाहीलाई प्रदान गरिएको थियो भने उत्कृष्ठ कर्मचारीको अवार्ड सोनु कुमार शर्माले पाए । त्यस्तै अन्य कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठलाई गेस्ट अफ अनरको सम्मान प्रदान गरिएको थियो ।

स्थापनाको छोटो समयमै आफ्नो छुट्टै ब्रान्डको रुपमा चिनिन सफल यस फेसियल हाउसले काठमाण्डौको विभिन्न स्थान लगायत पोखरा र इटहरीमा समेत आफ्नो सेवा प्रदान गर्दै आएको छ । सेवाग्राही मात्र नभएर यहाँबाट ब्युटिसियन कोर्स लिएका थुप्रै विद्यार्थीहरु आज आत्मनिर्भर बन्न सफल भएका छन् । कार्यक्रममा बोल्दै फेसियल हाउसकी सञ्चालक सुष्मा महरा शाहले फेसियल हाउसलाई यहाँसम्म पुर्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिइन् ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.