Websoft University

झापाको काकरभिट्टामा आगलागी, २२ घर जलेर नष्ट


फायल फोटो

काठमाण्डौं, पुस १३ गते । रातो तारा डट कम,मेचीनगर–६ स्थित काकरभिट्टाको साठी बिघा क्षेत्रमा गएराति आगलागी भएको छ । आगलागीबाट २२ घर जलेर नष्ट भएको छ । राति करिब ८ बजेदेखि लागेको आगो मेचीनगर, भद्रपुर र बिर्तामोड नगरपालिकाका ३ वटा दमकल तथा स्थानीय र प्रहरीको सहयोगमा करीब एक घण्टा पछि मात्रै नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय काकरभिट्टाका प्रहरी नायब उपरीक्षक महेश थापाले जानकारी दिनुभयो ।

 विद्युत नभएको बेला स्थानीय छबिलाल आङदम्बेको घरमा बालिरहेको मैनबत्ती लड्दा नजिकै रहेको ग्यास सिलिण्डरमा समेत आगोले भेटेपछि ग्यास पड्कीएर आगलागी भएको थापाले बताउनुभयो । आगालागीबाट कुनै मानवीय क्षति नभए पनि धनमाल जलेर ठूलो क्षति भएको प्रहरीको भनाइ छ ।

 तर कति क्षति भयो भनेर अहिले यकिन गर्न नसकिने प्रहरीले जनाएको छ । ठूलो आगलागी भए पनि नगरपालिकाको एउटा मात्र दमकल आगो निभाउन आएकाले आगो नियन्त्रणमा लिन ढिलाइ भएका कारण धेरै घरमा आगो लागेको स्थानीयले बताएका छन् । बाक्लो बसोबास क्षेत्र तथा फुसका घर टहरा भएकाले आगोले धेरै क्षती गरेको प्रहरीले बताएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.