Websoft University
August 2019


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,मोरङको सुन्दरहरैचा नगरपालिका वार्ड नं-६ मा शर्वदलिय महिला सुन्दरहरैचा वार्ड नं ६ द्वारा आयोजित  हरितालिका तीज तथा जितीया पर्व बिशेष कार्यक्रम सम्पन्न भएको छ। शनिबार सम्पन्न भएको सो कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव ढकालको प्रमुख आतिथ्यता रहेको थियो भने हरितालिका तीज तथा जितीया पर्व सुन्दरहरैचा ६ सर्वदलीय महिला अध्यक्ष निर्मला पोखरेलको सभापतित्व रहेको थियो।

कार्यक्रममा बोल्दै मेयर ढकालले सबै धर्म संस्कृतिलाई सम्मान व्यवहार गर्दै   एकताको भावना लिई अगाडि बढ्न आग्रह गरेका थिए।उनले शिप मुलक तालिमका क्षेत्रमा ,आय आर्जनका क्षेत्रमा , एकल महिला त्यस्तै अन्य महिला दिदीबहिनीको क्षेत्रमा यो वर्ष नगरपालिकाले धेरै बजेट विनियोजन गरिएको बताए।त्यसैगरी सोही अवसरमा विशिष्ट अतिथि धना तामाङ , सुन्दरहरैचा वार्ड नं.६ का वार्ड अध्यक्ष जीवन राई ,अतिथि आदिवासी जनजाति महासंघ सुन्दरहरैचाका अध्यक्ष सुमन याक्खा, सुन्दरहरैचा नगरपालिका माइती नेपालकी अध्यक्ष नारायणी भण्डारी लगायत अन्य अतिथिहरुले शुभकामना दिएका थिए।

कार्यक्रममा विभिन्न जातजातिका महिला दिदीबहिनीहरुले नाचगान गर्दै भव्य रूपमा कार्यक्रमको समापन गरेका थिए।साना किसान कृषि सहकारी संस्था सुन्दरपुरको सभाहलमा सम्पन्न भएको सो कार्यक्रम सुन्दरहरैचा वार्ड नं.६ की वार्ड सदस्य प्रमिला बि.कले सञ्चालन गरेकी थिइन्।


विराटनगर भदौ १४ गते । राजवंशी चलचित्रकर्मी समाद समितिको प्रथम अधिबेशन विराटनगरमा सम्पन्न भएको छ । शनिवार भएको कार्यक्रममा कवि नारायण प्रसाद राजबंशीद्धारा लिखित जातीय अस्तित्वके खोजिमे पुस्तक विमोचन गर्नका साथै विराटनगर महानगरका मेयर भीम पराजुली,बरिष्ठ हास्य कलाकार तथा निर्देशक  दिपाश्री निरौला र बरिष्ठ गायक सुमित खड्कालाई सम्मान गरिएको छ ।

पुस्तकको विमोचन विराटनगर महानगरका मेयर भीम पराजुलीले गरेका थिए । राजबंशीहरुभित्र रहेको प्रतिभा उजागर गर्नका साथै संस्कृति र पहिचान जगेर्नाका लागि काम गर्ने उदेश्यका साथ समाद समितिले काम गरिरहेको बताए । बरिष्ठ हास्य कलाकार तथा निर्देशक दिपाश्री निरौला र सुमित खड्का विराटनगर महानगरका सद्भाव दुत समेत हुन् । विराटनगरका यी दुवैले देशको नाम र गरिमालाई उच्च बनाएका छन् ।

सवारी साधान जथाभावि पाकिंङ नगरौं।
घर पालुवा जनावर तथा चौपायहरु जथाभावि नछोडौं।
घरबाट निस्कने फोहर जथाभावि सडकमा नफालौं।
बाटोको पेटीमा होर्डिङ बोर्ड स्टेन बोर्ड व्यानर र व्यापारीक सामानहरु नराखौ
अनुमति बेगर बिजुलीका पोलमा बिज्ञापन नगरौं,होर्डिङ बोर्ड नराखौं।
निर्मांण सामाग्रीहरु सडक किनारामा नराखौं।
सार्वजनिक सम्पतिको सबैले सरक्षण गरौं।
सार्वजनिक स्थल वा बाटो किनारामा बाटो हिड्नेलाई असर पर्ने गरी ठेलागाडामा सामान राखेर व्यापार गर्न,बाटो किनारामा तरकारी पसल थाप्न,वा बाटो किनारामा कुनै प्रकारको व्यापार व्यवसाय गर्न मनाई गरिएकोछ ।
   
       बिराटनगर महानगरपालिका कार्यालय मोरङ


काठमाण्डौ भाद्र १४ गते । रातो तारा डट कम,प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राईले आगामी तीन वर्ष भित्रमा प्रदेश १ का प्रत्येक नागरिकको घरघरमा विद्युत् पु¥याउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । प्रदेश १ को सम्बृद्धिलाई विद्युत विकास र उत्पादनसँग जोडेर विकासको योजना बनाइने समेत उहाँले बताउनुभयो । धनकुटाको भेडेटारमा आयोजित सोलु करीडोर १ सय ३२ केभि प्रसारण लाईन आयोजना सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्नुहँुदै उहाँले यस्तो बताउनुभयो । आगमाी ५ वर्ष भित्र प्रदेश १ मा १ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य प्रदेश सरकारले लिएको हँुदा यस क्षेत्रमा निर्माणाधिन विद्युत आयोजनाहरुलाई समयमा नै सम्पन्न गर्नका लागि प्रदेश सरकारले जस्तोसुकै सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । सोलु करिडोर अन्तरर्गत १८ मेगावटको अप्पर सोलु, ८२ मेगावाटको तल्लो सोलु, ८६ मेगावाटको  सोलु खोला दुधकोशि जलविद्युत आयोजना र ३५.५मेगावाटको सोलु जलविद्युत आयोजना गरि १२ वटा आयोजना निर्माणधिन अवस्थामा रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।


विराटनगर भदौ १४ गते । रातो तारा डट कम,नेपाली कांग्रेसका संस्थापक नेता विश्वेवश्वरप्रसाद कोइरालाको १०५ औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस महानगर कार्यसमितिले  आज विविध कार्यक्रम सम्पन्न गरेको छ ।

विराटनगर स्थित कोशी अञ्चल अस्पतालको सरसफाई गर्नका साथै बेरामीहरुलाई फलफुल वितरण समेत गरेको थियो । कार्यक्रममा नपाली कांग्रेस मोरडका सभापति डिगवहादुर लिम्वुले विपिको योगदान र उनका भनाइलाई कांग्रेसले आत्मसाथ गर्दै अगाडी बढ्नु पर्ने बताए ।

नेपाली कांग्रेस नगरका सभापति तथा विराटनगर महानगरका मेयर भीम पराजुलीले विपिको विचार आजपनि उत्तिकै सान्दर्भिक रहेको भन्दै यसमा सवै कांग्रेसीजन गोलवद्ध भएर हिड्न आबश्यक रहेको औल्याए । उनले विराटनगरको विकासमा सवैको खवरदारी र सुझाव आबश्यक रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका सचिव मोदराज घिमिरे ,कांग्रेस नगरका कार्यवाहक सभापति अरुण न्यौपाने,सचिव प्रकाश दाहाल ,निरज कोइराला , लगायतका ब्याक्तिहरुले विपि जन्मजयन्ती र यस अबसरमा गरिएका कामका बारेमा आ आफ्ना धारणा ब्यक्त गरेका थिए ।

पटक पटक गरी करिब १२ वर्ष कारागार जीवन बिताएका कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते बनारसमा भएको थियो । कोइरालाले नेपाली जनतालाई अधिकार उपलब्ध गराउन जहानियाँ राणा शासनविरुद्ध सङ्घर्ष गरेका थिए । उनले भारतको स्वतन्त्रताका लागि समेत सङ्घर्ष गरेकाथिए ।

कोइरालाले साथीहरुसँग मिलेर विसं २००३ मा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेका थिए भने पछि विसं २००६ मा सुवर्णशम्शेरले स्थापना गरेको नेपाली प्रजातान्त्रिक कांग्रेससँग एकीकरण गरी कोइराला सभापति बनेका थियो । उनी विसं २००७ मा अन्तिम राणा प्रधानमन्त्री मोहनशम्शेरको मन्त्रिपरिषदमा गृहमन्त्री बनेका थिए ।

विसं २०१५ फागुन ७ मा भएको संसद्को निर्वाचनमा पार्टीलाई बहुमत दिलाई उनी पहिलो जननिर्वाचित प्रधानमन्त्री भई मुलुकको नेतृत्व गरेको समयमा विसं १०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले कोइरालाको सरकारलाई अपदस्थ गरेपछि विसं २०१७ देखि ०२५ सालसम्म सुन्दरीजलस्थित बन्दीगृहमा बसेका थिए ।

सवारी साधान जथाभावि पाकिंङ नगरौं।
घर पालुवा जनावर तथा चौपायहरु जथाभावि नछोडौं।
घरबाट निस्कने फोहर जथाभावि सडकमा नफालौं।
बाटोको पेटीमा होर्डिङ बोर्ड स्टेन बोर्ड व्यानर र व्यापारीक सामानहरु नराखौ
अनुमति बेगर बिजुलीका पोलमा बिज्ञापन नगरौं,होर्डिङ बोर्ड नराखौं।
निर्मांण सामाग्रीहरु सडक किनारामा नराखौं।
सार्वजनिक सम्पतिको सबैले सरक्षण गरौं।
सार्वजनिक स्थल वा बाटो किनारामा बाटो हिड्नेलाई असर पर्ने गरी ठेलागाडामा सामान राखेर व्यापार गर्न,बाटो किनारामा तरकारी पसल थाप्न,वा बाटो किनारामा कुनै प्रकारको व्यापार व्यवसाय गर्न मनाई गरिएकोछ ।
   
       सुन्दरहरैचा नगरपालिका कार्यालय मोरङ


काठमाण्डौ भाद्र १४ गते । रातो तारा डट कम,काभे्र इँटा व्यवसायी संघले नमोबुद्ध नगरपालिकाले भत्काएको इँटा उद्योगको क्षतिपूर्ति माग गरेको छ ।  । गत आइतबार नगरपालिकाले वडा नम्बर २ र ३ भकुण्डेबेसीमा सञ्चालित आठवटा इँटा उद्योग वातावरण मैत्री नभएको, मापदण्ड विपरित भएको भन्दै डोजर लगाएर भत्काएको थियो । हिजो बनेपामा पत्रकार सम्मेलन गरी आठ इँटा उद्योगको १० करोड भन्दा बढी नोक्सानी भएको भन्दै त्यसको क्षतिपूर्ति नगरपालिकाले दिनुपर्ने व्यवसायीले माग गरेका हुन् । काभे्र इँटा व्यवसायी संघका अध्यक्ष जितेन्द्र खायमलीले भैरव कुण्ड, विन्धवासिनी, शिव शक्ति, जय शिव शक्ति, फूलबारी, सत्यनारायण, पञ्चकन्या, र शङकर इँटा उद्योगको चिम्नी, डग, मेशिन, औजार, पाकेको इँटा लगायतमा पूर्ण क्षति पुगेकाले क्षतिपूर्तिको माग गरिएको बताउनुभयो । 


काठमाण्डौ भाद्र १४ गते । रातो तारा डट कम,पर्वतमा विदेशबाट फर्किएका यूवाहरुले गाउँमै तरकारी खेति गरी मनग्य आम्दानी लिन थालेका छन् । विदेशमा सिकेको सीप प्रयोग गर्दै तरकारी खेती गर्ने युवाहरु जिल्लामा बढेका छन् । पर्वतको जलजला–७ धाइरिङका एकनारायण पौडेल व्यवसायिक तरकारी खेती गर्नुहुन्छ । उहाँको बारीमा मौसमी, बेमौसमी दुबै किसिमका तरकारी हुन्छन् । तरकारी खेतीबाट मात्रै वार्षिक १२ लाख आम्दानी हुने गरेको उहाँको भनाइ छ । जलजला ७ मा अहिले ५० परिवारले तरकारी खेती गर्दै आएका छन् । कटुवाचौपारीमा पनि व्यवसायिक तरकारी खेती गर्ने युवाहरु बढेका छन् । सदरमुकाम नजिकै भएकाले उत्पादित तरकारी विक्रीमा समस्या नभएपछि तरकारी खेतिमा युवाहरुको आकर्षण बढेको हो । व्यावसायिक तरकारी खेतिमा सरकारी र गैह्र सरकारी निकायको सहकार्य पनि हुँदै आइरहेको छ । कृषिमा भविश्य देखेर फर्किएको र तरकारी व्यवसाय गरेको  किसान केदार शर्माले बताउनुभयो । कृषि ज्ञानकेन्द्र र स्थानीय सरकारका कृषि शाखाको सहकार्यमा तरकारीको पकेट र ब्लक क्षेत्र घोषणा भइरहेका छन् । गाउँकै माटो र हावापानीमा तरकारी खेती फस्टाएको छ भने यूवाहरु पनि गाउँमै रमाउन थालेका छन् ।  



शिव भट्टराई,मोरङ।रातो तारा डट कम,सुनसरी प्याब्सन को आयोजना तथा भरौल बाल मन्दिर को आथित्यमा भएको बराहक्षेत्र नगरपालिका स्तरिय अन्तर बिधालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।उक्त कार्यक्रममा बराहक्षेत्र न पा भरिका १७ वटा बिधालय हरु सहभागी भएका थिए ।

जस्मा प्रथम स्थान को उपाधी  बराहक्षेत्र-५ कालाबन्जारको मून बिम एकेडेमीले हासिल गर्न सफल भएको छ भने बराहक्षेत्र-१० को जय सप्तकोशीले  द्दितिय , बराहक्षेत्र-१० कै सन साइनले तेस्रो स्थान र बराहक्षेत्र -२ को राइजिङ स्टारले सान्त्वना प्राप्त गरेका छन। 

उक्त कार्यक्रम कृष्ण तामाङ को सभापतित्व र सुनसरी प्याब्सनका सल्लाहकार मोहन भट्टराईको प्रमुख आथित्यता रहेको थियो भने प्याब्सन सुनसरीका सचिव बिजय राई विशेष अतिथी , जय प्रासद आचार्य , अमृत खडका , खेगेन्द्र मगर , सन्तोष  राई , देबेन्द्र बिष्ट लगायत बिशेष अतिथि रहेका थिए।

अतिथिमा विभिन्न स्कुलका प्रीन्सिपल तथा शिक्षक प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।उक्त  कार्यक्रममा बराहक्षेत्र बाट जिल्ला प्याब्सनमा प्रतिनिधित्व गर्दै जाने प्याब्सनिस्ष्ट हरुलाई स्वागत सम्मान गर्दै मायाको चिनो बितरण गरिएको थियो। 

औपचारिक कार्यक्रम दिवस बिष्ट ले र क्विज मास्टर को रुपमा बिजय राई ले सन्चालन गर्नु भएको थियो।



काठमाण्डौ भाद्र १४ गते । रातो तारा डट कम,रौतहटको चन्द्रपुर नगरपालिकाले सडक अतिक्रमण गरी बनाएको घर टहरा लगायतका संरचना भत्काएको छ । पटक, पटक सूचना र जानकारी दिँदा समेत वेवास्ता गरेपछि नगरपालिकाले संरचनालाई भत्काएको हो । चन्द्रपुर नगरपालिकाको तल्लो बजारबाट पुर्बटोल जाने सडकमा अतिक्रमण गरी बनाएको घर टहरा लगायतका संरचना भत्काएको चन्द्रपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत बलराम ढकालले बताउनु भयो । मापदण्ड अनुसार सडकलाई फराकिलो बनाएर कालोपत्रे गर्न लागिएको उहाँले बताउनुभयो । तर सडक नै अतिक्रमण गरी बनाईएको संरचना हटाउन नमानेपछि बुधबार दुई वटा घर भत्काएको उहाँले जानकारी दिनुभयो । कालोपत्रे सडक निर्माणका लागि नगरपालिकाले प्रक्रिया पुरा गरेपनि अतिक्रमण गरि बनाईएको दुई वटा घरले बाधा पुरयाएपछि बाध्य भएर हटाउनु परेको उहाँको भनाई छ । जनप्रतिनिधि, सुरक्षाकर्मी तथा सरोकारवाला निकायहरुको सहयोगमा अतिक्रमण गरी बनाईएको संरचना हटाएको उहाँले बताउनुभयो । उतm संरचना हटाएपछि सडकलाई कालोपत्रे गर्न सहज भएको उहाँको भनाई छ । सडक अतिक्रमण गरी बनाईएको संरचना समयमा नहटाएका कारण सडक निर्माणमा ढिलाई भएको समेत प्रमुख प्रशासकिय अधिकृत ढकालले दावी गर्नुभयो । 


काठमाण्डौ भाद्र १४ गते । रातो तारा डट कम,सरकारले राजस्व छली गर्ने जो सुकै भए पनि कारबाहीको भागिदार हुने स्पष्ट पारेको छ । नेपाल चेम्बर अफ कमर्शले गरेको ‘नेपालको अर्थतन्त्रका विद्यमान अवसर तथा चुनौती’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै राजस्व छली गरे कारवाही हुने– अर्थमन्त्री खतिवडाले जुनसकै वहाना बनाएर राजस्व छली गरेको भए पनि सरकारले कारबाही गरेरै छाड्ने बताउनुभयो ।  सरकारले व्यवसायी माथि दुःख दिने नियत नराखेको प्रष्ट पार्दै मनत्री खतिवडाले इमान्दार भएर व्यापार व्यवसाय गर्नसमेत आग्रह गर्नुभयो  । बदनियतपूर्ण ढङ्गले कर छली गरेको रहेछ भने मात्र दण्ड जरिवाना हुन्छ,’ उहाँले भन्नुभयो  नियतबस, सोझै राजस्व छलेको छ भन्ने पुष्टि भयो भने दण्डित हुनैपर्छ । राजस्व चुहावट ऐनलाई पहिलेको भन्दा व्यवस्थित बनाइएको उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले राजस्व चुहावट नियन्त्रण गर्न यसअघिका तुलनामा व्यवस्थित प्रयासको थालनी गरिएको बताउनुभयो । सरकारले भन्सार ऐनको मस्यौदा तयार गरिरहेको उल्लेख गर्दै उनले निजी क्षेत्रको सुझाव ग्रहण गर्न सरकार तयार रहेको धारणा राख्नुभयो । 



शिव भट्टराई,मोरङ । रातो तारा डट कम,भाद्र कुशे औंसीको अवसर पारेर शुक्रबार मोरगंको जेष्ठ नागरिक समाज सुन्दरहरैचा वडा नम्बर- ४ मा जेष्ठ नागरिकलाई सम्मान कार्यक्रमको आयोजना गरेको छ । 

वडा क्षेत्रमा बसोबास गर्दै आएका जेष्ठ नागरिकहरुका लागि विशेष सम्मान गर्दै आएको सुन्दरहरैचा वडा नं- ४ कार्यलयको सहयोगमा बुबाको मुख हेर्ने दिनको अवसर पारेर सामुहिक रुपमा सम्मान कार्यक्रमको आयोजना गरेको हो । 

जनप्रतिनिधी निर्वाचित भएर आए देखि नै वडा नम्वर- ४ ले कुसे औंसीका दिन वडा क्षेत्रमा बसोवास गर्ने जेष्ठ पिता तथा  माताहरुलाई सम्मान गर्ने कार्यक्रम आयोजना गर्दे आएको छ । यही सन्दर्भमा कुशे औंसीको अवसर पारेर वडा कार्यालयले जेष्ठ नागरिक समाज चौतारि सँग समन्वय गरी वडामा रहेका जेष्ठ नागरिक पिताहरुलाई सामुहिक रुपमा मुख हेर्ने कार्यक्रम गरेको छ ।

कार्यक्रममा सुन्दरहरैचा वडा नं – ४ का अध्यक्ष शैलेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता र जेष्ठ नागरिक समाज सुन्दरहरैचा वार्ड नं.४ का अध्यक्ष दुर्गा पोखरेलको सभापतित्व रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले जेष्ठ माता पितालाई हामीले सधैं माया र सद्भाव गर्नु पर्ने बताएका छन्।उनले जेष्ठ नागरिकलाई वृद्ध आश्रम नपठाई घर मै संरक्षण गरेर राख्नु पर्ने बताएका हुन्।त्यसैगरी विशिष्ठ अतिथि सुन्दरहरैचा जेष्ठ नागरिक समाजका अध्यक्ष राम कार्की , भोलेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भोला भट्टराई लगायत अन्य अतिथिहरुले  सुन्दरहरैचामा वृद्धा आश्रम हैन असहाय अनाथ जेष्ठ नागरिकहरुका लागि सेवा केन्द्र स्थापना गरेर सिंगो सुन्दरहरैचालाई आर्दश समाज निर्माण गर्न सुन्दरहरैचा जेष्ठ नागरिक समाज लागि परेको बताएका छन्।

पिता सम्मान कार्यक्रममा वडाका जेष्ठ नागरिक पिताहरुलाई, ढाका टोपि, फलफुल र यातायत खर्च सहित सम्मान गरिएको हो । कार्यक्रममा ४५ भन्दा बढि पिताहरुलाई सम्मान गरिएको छ भने कार्यक्रम उमेश कुमार चौलागाईले सञ्चालन गरेका थिए।



विराटनगर भाद्र १३ गते । रातो तसरा डट कम, नेपाल प्रथम भएको अर्किड कलेजका निश्चल गुरागाईलाई  कलेजले सम्मान गरेको छ ।

आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरि कलेजले गुरागाईलाई नगद १ लाखसहित ताम्रपत्रले सम्मान गरेको हो । गुरागाईलाई आन्तरिक तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सम्मान गरे । भर्खरै राष्ट्रिय परिक्षा बोर्डले प्रकाशित गरेको कक्षा–१२ को विज्ञान संकायमा ३ दशमलव ९२ जिपिए ल्याई गुरागाई नेपाल प्रथम भएका थिए ।

सम्मान कार्यक्रममा बोल्र्दै मन्त्री कार्कीले संस्थाग विद्यालय बन्द हुने हल्ला मात्र भएको बताउँदै संस्थागत र सरकारी विद्यालयविच प्रतिस्पर्धा गराउँने बताए ।
मन्त्री कार्काीले संस्थागत र सरकारी विद्यालयविच भएको विवेद्ध अन्त्य गरि उनीहरुविच सहजिकरण गर्ने बताए ।

कार्यक्रममा विराटनगर महानगरपालीकाका शिक्षा महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडा, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, हिसान मोरङका पूर्व अध्यक्ष बलराम पन्त, निहारिका कलेजका अध्यक्ष रुपेश खतिवडा, अर्किड कलेजका प्रिन्सिपल दिपेश बास्तोला, अर्किड कलेज व्यवस्थाप समितिका अध्यक्ष अमित ढकाल र सम्मानीत हुने निश्चल गुराईलगायतले बोलेका थिए ।
सोहि अवसरमा कलेजले लिएको आन्तरीक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाईसमेत सम्मान गरिएको थियो ।

कार्यक्रममा सगरमाथा टिन्स क्लव अर्किडका विद्यार्थीलाई मन्त्री कार्कीले व्याच समेत हस्तान्तर गरे । कार्यक्रममा कलेजमा अध्ययनर विद्यार्थीले उपस्थीत प्रमुख अतिथि, अथिति तथा अभिभावकलाई गित तथा नृत्य गरि भरपूर्ण मनोरञ्जन प्रदान गरेका थिए ।


काठमाण्डौ भाद्र १३ गते । रातो तारा डट कम,सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारितालाई नियन्त्रण गर्ने भन्दा पनि आमसञ्चार माध्यमलाई सुरक्षित, मर्यादित र जिम्मेवार बनाउने उद्देश्यले मिडिया काउन्सिल विधेयक ल्याइएको बताउनुभएको छ । 

आज राष्ट्रियसभा बैठकमा विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले स्वार्थ प्रेरित भई पत्रकारिता गर्न नहुने धारणा राख्नुभयो ।  सैद्धान्तिक छलफलमा सांसद बद्रीप्रसाद पाण्डेले राज्यको चौथो अंगमाथि सरकारले नियन्त्रण गर्न खोजेको आरोप लाउनुभएको थियो । सांसद खिमलाल भट्टराईले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रावधान विधेयकमा नभेटिएको, सांसद ठगेन्द्रप्रकाश पुरीले निष्पक्ष पत्रकारिताका लागि विधेयक स्वागतयोग्य रहेको विचार रराख्नुभयो । 

सांसद वृशेषचन्द्र लालले प्रेस काउन्सिललाई समावेशी बनाउनुपर्ने धारणा राख्नुभयो भने  सांसद डा विमला राई पौडेलले मुलुकको आर्थिक, सामाजिक विकासमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका भए पनि पछिल्लो समयमा देखिएको विकृति रोक्नुपर्नेमा जोड दिनुभयो । मन्त्री बाँस्कोटाले यसअघि राष्ट्रियसभामा पेश गरेको ’नेपाल मिडिया काउन्सिल विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभाबाट सर्वसम्मतिले स्वीकृत गरेको छ । 


श्याम राई-गाइघाट,भदौ १३ गते । रातो तारा डट कम,जिल्ला अदातल उदयपुरले बालिका बलात्कार आरोपमा पुर्पक्षका लागि बाल सुधार गृह बिराटगनरमा रहेको उदयपुरका एक बालकलाई ६ बर्ष ८ महिना कैद सजाय सुनाएको छ ।

 जिल्ला न्यायाधिश दिपक खनालको इजलासले १७ बर्षिया एक बालिकलाई १७ बर्षिय बालकले बलात्कार गरेको कसुर ठहर गर्दै बालकलाई कैदसँगै पीडितलाई १० हजार क्षतिपुर्ति भराउने गरी बुधबार फैसला सुनाएको हो ।

फैसलासँगै कसुरदार नाबालक रहुन्जेल बाल सुधार गृहमा नै बस्नेछन् र साबालक ठहरिएपछि कारागार चलान हुने श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए । १० बर्ष कैद फैसला सुनाइएका कसुरदार नाबालक ठहरिएकाले साबालकलाई हुने सजायको दुई तिहाई सजाय गर्नु पर्ने कानुनी व्यवस्था अनुसार ६ बर्ष ८ महिना सजाय निर्धारण गरिएको उनले बताए ।

२०७५ कात्तिक २२ गते बालिकालाई ३ दिन बन्धक बनाएर बलात्कार गरेको भन्दै परिवारले कात्तिक २४ गते जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दिएका थिए ।

जाहेरी लगत्तै पक्राउ परेका कसुरदारलाई अदालतले २०७५ मंसिर २० गते पुर्पक्षका लागि बाल सुधार गृहमा राख्ने आदेश दिएको थियो ।


सुनसरी, भाद्र १३ गते । रातो तारा डट कम,सुनसरीको इनरुवा नगरपालिका-३ महेन्द्रचोक स्थित पूर्व पश्चिम राजमार्गमा म्याजिकको ठक्करबाट पैदलयात्री घाईते भएका छन् ।

बिहिबार साँझ साढे ५ बजेको समयमा पूर्व बाट पश्चिम तर्फ जादै गरेको को १ ज ३०७४ नम्बरको म्याजिकले सोही नगरपालिका-४ बस्ने बर्ष ६० को बासुदेब पंन्डित लाई बाटो काट्ने क्रममा ठक्कर दिइ घाईते बनाएको थियो ।

ठक्करबाट गम्भिर घाईते भएका पंन्डित लाई उपचारको लागी जिल्ला अस्पताल इनरुवा सुनसरी लगिएकोमा थप उपचारको लागी गोल्डेन अस्पताल बिराटनगर ल्याईएको छ । साथै म्याजिक र म्याजिक चालक लाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ ।



बिराटनगर भाद्र १३ गते । रातो तारा डट कम,आज बुवाको मुख हेर्ने दिन, पितालाई देवता समान मान्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान प्रकट गर्दछन् । भाद्र कृष्ण औँसीका दिन जन्म दिने बाबु वा धर्मपुत्र बनाएका सन्तानले स्वास्थ्य अनुकूलको मिठाई, फलफूल, वस्त्र तथा सक्नेले मणि माणिक्य प्रदान गरेर बाबुको अनुहार हेर्ने गरिन्छ । 

दिवङ्गत पिताप्रति पनि यसै दिन गोकर्णेश्वरमा श्राद्ध तर्पण दान आदि गरेर बाबुको सम्झना गर्ने प्रचलन छ । समाजको दिनचर्या र आधुनिक युगसँगै आमाबुवालाई सम्झिने परम्परा पनि फेरिएको छ । आमाबुवालाई छाडेर विदेश हिँडेका तथा थातथलो छाडेर जागिरका लागि बाहिर रहेका छोराछोरीले सामाजिक सञ्जाल र भिडियोमार्फत आमाबुवाको मुख हेर्ने प्रचलन बढ्दै गएको छ । 

यस दिन घरघरमा कुश राखेर कुशको अर्चना गर्ने गरिन्छ । कुश, तुलसी र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मानिन्छ । भगवान् इन्द्रले स्वर्गबाट कुश, तुलसी र शालिग्राम पठाएको भन्ने कथन छ । वर्षका सबै औँसी पितृको रहे पनि सबै औँसीमा पितृको कार्य गर्न नसक्नेले यो कुशे औँसीका दिन भने टुटाउन नहुने ज्योतिषीय मान्यता रहेको ज्योतिष डा. सुनील सिटौलाले बताउनुभयो । 


शिव भट्टराई,मोरङ। रातो तारा डट कम,मोरङको सुन्दरहरैचा नगरपालिका स्थित वार्ड नं.३ को गछिया मा  रहेको साना किसान कृषि सहकारी संस्थाले नेपाली नारीहरुको महान् चाड हरितालिका तीजको अवसर पारेर तीज विशेष सांस्कृतिक कार्यक्रम साथै दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाकी उपमेयर धना तामाङको प्रमुख आतिथ्यता रहेको थियो भने सोही संस्थाकी
कोषाध्यक्ष विमला श्रेष्ठको सभापतित्व रहेको थियो।शनिवार भएको कार्यक्रममा महिलाहरूले नाटक प्रस्तुत गरेर,नाच गान गर्दै दर खाएर भव्यता पूर्वक तीज विशेष कार्यक्रम सम्पन्न गरेका छन्।कार्यक्रममा संस्थाकी सदस्य अम्बिका दाहालले स्वागत मन्तव्य दिएकी थिईन्। त्यसैगरी सोही संस्थाकी व्यवस्थापक कमला पोख्रेलले कार्यक्रमको संचालन गरेकी थिइन्।

निकै अगाडिदेखि तीज विशेष कार्यक्रम गर्न सुरु गरेको यस संस्थाले योग शिविर, रक्तदान, वृद्धवृद्धाहरुलाई सम्मान लगायत विभिन्न सामाजिक जनचेतना मुलक कार्यक्रमहरू  सञ्चालन गरी यस क्षेत्रमा आफ्ना सेयर सदस्य लगायत सम्पूर्ण महानुभावहरुलाई सेवा प्रदान गरिरहेको संस्थाले जनाएको छ।


काठमाण्डौ भाद्र १३ गते । रातो तारा डट कम,नेपाल र भुटानबीच तेस्रो वाणिज्य वार्ता आजबाट काठमाडौंमा सुरु भएको छ । द्विपक्षीय व्यापार सम्बन्धमा सम्बाद टुटेको ८ वर्ष पछि वार्ता भएको हो । दुई देशबीचको वाणिज्य व्यापार सहजीकरणमा छलफल केन्द्रित हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग–वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले गर्नुभएको छ भने भुटानी प्रतिनिधिमण्डलको नेतृत्व भुटानी अर्थमन्त्रालयका व्यापार महाशाखा निर्देशक सोनाम तेन्जिङले गर्नुभएको छ । नेपाली वार्ता टोलिका प्रमुख सहसचिव ढकालका अनुसार वार्तामा नेपालले द्विपक्षीय व्यापार सम्झौता गर्ने गरी तयारी गरेको छ ।  आयात–निर्यातमा एक अर्को देशलाई दिन सकिने सहुलियतबारे वार्तामा छलफल हुने बताइएको छ । नेपाली व्यवसायीहरुले भुटानसँग गर्न सक्ने ब्यापारबारे सुझाएका वस्तु किटेरै नेपालले भुटानसँग सहुलियत र कर छुटबारे प्रस्ताव राख्ने तयारी गरेको जनाइएको छ । अहिले नेपालबाट भुटानमा साबुन, चाउचाउ र चाउमिन मात्र निकासी हुने गरेको छ भने नेपालले भुटानबाट कोइला तथा निर्माण उपकरणहरु आयात गर्ने गरेको छ । मन्त्रालयका अनुसार नेपालमा भुटानबाट एक अर्ब हाराहारीको आयात हुनेगरेको छ । निर्यात १ करोड मात्रै छ । नेपाल भुटान द्विपक्षीय पहिलो व्यापार वार्ता सन् २०१० मा काठमाडौमा भएको थियो 


श्याम राई,गाईघाट भदौ १३ गते । रातो तारा डट कम, उदयपुरको रौतामाइ गाउपालिकाले बाढिपहिरोबाट प्रभावित क्षेत्रको पहिचानमा एकरुपता कायम गर्न रातो रंगको जस्तापाता वितरण गर्ने भएको छ ।
गाउँपालिकाको बुधबार भएको बैठकले बाढीपहिरोले पूर्ण प्रभावित भएका बासिन्दाको पहिचानमा सहजता ल्याउन यस्तो निर्णय गरेको हो । पूर्णरुपले क्षती भई घर पुनःनिर्माण गर्नुपर्ने अवस्थाका परिवारलाई रातो रंगको जस्तापाता वितरणको तयारी गरिएको अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । 
२०७६ असार ३० गते बर्षातसँगै आएको बाढि पहिरोबाट प्रभावित भएका १ सय ८१ घरधुरी मध्ये पूर्णविस्थापित भएका ८० घरपरिवारलाई पालिकाले प्रतिघर ३२ हजार रुपैँया बराबरको जस्ता खरिद गरेरवितरण गरिने उनले बताए । ‘विस्थापित घरधुरी एकिन गरी सिफारिस गर्न वडा कार्यालयलाई पत्राचार गरिएको छ ।

अध्यक्ष खड्काले भने, ‘वडाबाट सिफारिस भई आएकालाई ३९÷४० एमएमको ९ फिटे जस्ता ३ बन्डलका दरले वितरण गर्छौ । वडाबाट एकिन भई आएका ८० घर परिवार पूर्णरुपले क्षती भएका छन्, तिनको पुनःनिर्माण गर्नुपर्ने अवस्था रहेकाले गाउपालिकाले पीडित परिवारलाइ जस्तापाता उपलब्ध गराउन लागिएको  उनले बताए । जस्तापाताको रातो रंगलाई २०७६ सालको बाढीपहिरो प्रभावित घरपरिवारको संकेतकैरुपमा राखिएकाले सबैलाई एकै किसिमको वितरण गरिने अध्यक्ष खड्काले बताए । 
‘कुन वडामा कति प्रभावित थिए र वाहिरबाट आएका पाहुनाले पनि २०७६ का बाढिपहिरो प्रभावित हुन भन्ने कुरा भनिरहनुभन्दा पनि थाहापाउन भन्ने हिसावले सूचक रातो जस्तापाता नै हुनेछ, अध्यक्ष खड्काले भने, ‘आठै वडामा एकै किसिमको जस्तापाता वितरण हुनेछ । जस्तापाता विस्थापितहरुले घर बनाउन सुरु गरेसंगै छाउने बेलामा उपलब्ध गराउने गाउपालिकाका प्रमुख प्रशासकिय अधिकत खम्बराज राईले बताए । 
गाउपालिकाका विस्थापित तथा प्रभावितहरुको नाममा राहतस्वरुप जनप्रतिनिधिहरुले प्रदान गरेको एक महिनाको सुविधा, कर्मचारीहरुले प्रदान गरेको एक दिनको तलब, पालिकाका प्रमुख सल्लाहकार अम्बरबहादुर रायमाझीले उपलब्ध गराएको ५० हजार १ सय १ रुपैया र पालिकाको तर्फबाट छुट्याईएको सातलाख रकमबाट जस्तापाता खरिद गरी वितरण गरिने उनले बताए ।  
अधिकृत राईले गाउपालिकाले प्रभावित लाभग्राहीकारुपमा सूचना प्रकाशन गरी वडा कार्यालयमार्फत प्रक्रियागत ढंगले जस्तापाता वितरण गर्ने बताए । 



शिव भट्टराई,मोरङ।रातो तारा डट कम,मोरङको सुन्दरहरैचा स्थित वार्ड नं.७ ठडीयामा कुशे औंसीको अवसर पारेर वार्ड नं ७ ले बिहीबार जेष्ठ नागरिक (पिता) सम्मान कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो भने 
वार्ड नं.७ का वार्ड अध्यक्ष चैतन्य प्रसाद सिटौलाको सभापतित्व रहेको थियो।

सोही कार्यक्रममा बोल्दै मेयर ढकालले सुन्दरहरैचामा जेष्ठ नागरिक वृद्धा आश्रम बनाउन अनुमति नदिने घोषणा गरेका थिए। जस्को बुवा आमा हुनु हुन्छ उसको परिवारले, उस्को सन्ततिले यदि सन्तति छैनन् भने नजिकका नातेदारले उहाँहरुलाई घर मै संरक्षण गरेर राख्नु पर्ने उनले बताए। यो वर्ष देखि ८४ वर्ष भन्दा माथिका जेष्ठ माता पिताहरुलाई घर मै गएर प्रारम्भिक तहको उपचार गर्ने व्यवस्था गरेको उनले बताएका छन्।

त्यसैगरी सोही कार्यक्रममा विशिष्ट अतिथि सुन्दरहरैचाकी उपमेयर धन माया तामाङ, सुन्दरहरैचाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहाल लगायतले जेष्ठ नागरिक पिताहरूलाई  शुभकामना दिएका थिए।

कार्यक्रममा ७५ वर्ष देखि माथिका जेष्ठ नागरिक पिताहरूलाई दोसल्ला,फलफूल,खिर,यातायात खर्च सहित सम्मान गरिएको थियो।सो कार्यक्रममा १०० जना भन्दा बढी जेष्ठ नागरिक पिताहरुको सहभागिता रहेको थियो।


बिराटनगर भाद्र १२ गते । रातो तारा डट कम,उच्च अदालत बिराटनगरले आज पत्रकारहरु संग भेट घाट र अन्तकृया कार्यक्रम राखेको थियो । खास गरी लोक तन्त्रमा कानुन प्रति आम सर्वसाधारणहरुले हेर्ने दृष्टिको सकारात्म भए मात्र कानुनी राज्यको पालना राम्रो संग गर्न सकिने भएकाले उच्च अदालत, न्यायाधीश, जनता सेवाग्राही,समेतले  यसो गर्दा सबैको मनोवल उच्च रहने, उच्च अदालत बिराटनगरका कायम मुकायम श्रीमान् न्यायाधीश बिनोद शर्माले बताउनु भयो ।

कार्यक्रममा गत आ व को पनि समिक्षा गर्दै, आ व ०७६÷०७७का लागि जिम्मेवारी सरेर आएका १९४२,र नयाँ दर्ता २८४८,गरी जम्म ४७९० रहेका छन ।

त्यसैगरी मुद्घा फस्र्योट गर्नु पर्ने ३३६६ र जिम्मेवारी सरी आएका १९४२ समेत नया ५० प्रतिसत रहने छन भने फस्र्योटको लक्ष्य ६७४ रहेका छन ।

अदालतको काम लाई सक्रिय बनाउन बैतनीक कानुन व्यावसायीले कारागार भ्रमण,परामर्श सेवा,अन्तरकृया कार्यक्रमहरुलाई निरन्तरता दिनेकाम भएका बिषयमा जानकारी गराउनु हुदै शर्माले सडाउनु पर्ने अवधि सकिएका सबै कागज जलाई सकिएको पत्रकारहरुलाई बताउनु भयो।

त्यसैगरी न्यायक्षेत्र समन्तवय मतिको बैठक,बार वेन्च अन्तरकृया,सन्चारकर्मीहरु संग अन्तरकृया,न्यायाधीश सेवाग्राही बिचको अन्तरकृय,समुदायमा आधारित सम्वाद,र अदाल व्यावस्थापन सम्वन्धी बैठक जस्ता बिषयलाई निरन्तरतामा राखेर काम गरेको शर्माले पत्रकारहरुलाई जानकारी गराउनु भयो ।

अन्त्यमा न्यायामा सबैको पौंच भन्ने नाराका साथ, उच्च अदाल वेन्च,कर्मचारी वरिष्ठ अधिवक्ता अधिवक्ता संगको मेलमिलाप छलफललाई निरन्तता दिदै अभिमुखिकरण सन्चालन र सरोकारवालाहरुलाई सेवाको जानकारी गराउने काम पनि भइरहेको बताउनु भयो ।


श्याम राई-उदयपुर,गाईघाट भदौ १२गते । रातो तारा डट कम,
योजनालाई स्थायित्व दिन प्रदेश नम्बर १ का योजना आयोगका दुई सदस्यले उदयपुर जिल्लामा माग भएका योजनाको अनुगमन गरेका छन् । 
हचुवाको भरमा योजना बनाउदा र वितरण गर्दा परिणाम नदेखिएपछि आयोका सदस्यहरुले ग्रामिणस्तरमा नै पुगि योजनाको माग, आबश्यकता, औचित्य, उपलब्धि र स्थायीत्वका सम्बन्धमा छलफल गरी सुझाब लिएका हुन् । 
 
ग्रामिण स्तरमा नै पुगि समस्याको पहिचान र समाधानका उपायको खोजी गर्दा प्रदेस सरकारले लिएको ‘सबै हिसावले पहिलो र राष्ट्रिय महाअभियान समृद्ध नेपाल र सुखि नेपालको लक्ष्यलाई साकार बनाउन सकिने योजना आयोगका सदस्य डा. पूर्ण लोप्सनले बताए । 
उनले आफूहरु कार्यान्वयन गर्ने निकाय नभए पनि सरकारको विकास निर्माणमा टेवा पुर्याउन र सफलता हासिल गर्न आफै ग्रामिण क्षेत्रमा आएका बताए । तल्लो स्तरबाट आएका सुझाब, सल्लाहलाई आयोगमा छलफल गरी योजना तर्जुमाको लागि प्रदेस सरकारलाई पठाईने आयोगका सदस्य मिना भण्डारीले बताईन् । 
उनले ‘जनताका विकास निर्माण सम्बन्धि आबश्यकता र समस्या धेरै रहेको , ति एकैपटक त सम्बोधन गर्न नसकिने भएकोले त्यसलाई गुरुयोजना बनाएर लक्ष्यकासाथ काम गर्ने गरी सरकारलाई सुझाब दिने बताइन् । टोलीले पहिलोपटक बेलका, त्रियुगा नगरपालिका उदयपुरगढी र रौतामाई गाउँपालिकाका जनप्रतिनिधिसँग सम्बाद गर्दै बुधबार स्थलगत अवलोकन गरेको छन् । 
बाँकी स्थानीय तहमा क्रमश अवलोकन गरिने सदस्य लोप्सनले बताए । टोलीले उदयपुरगढी गाउँपालिकाको वडानं ६ स्थित दनुवारबेसी तीनटाट्ने पहिरो र रौतामाई गाउँपालिका वडानं ७ स्थित छौड्याहा खोलाको बाढीले गरेको क्षतीको स्थलगत अनुगमन र त्यहाँको आबश्यकता र औचित्यताको आधार लिएको छ । 
गत असार ३० गते छौड्यिा खोला गुराँसे नजिक थुनिएको केहि समयपछि खुल्दा खोला बजार पस्नुका साथ एक बालकलाई बगाएको थियो भने खेतीयोग्य जमिन, घर, पशुचौपायमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । छौड्या खोलाले गरेको क्षतीको विस्तृत जानकारी गराउँदै विस्तृत विवरण सहितको प्रतिवेदन मुकुर्ची बजार संरक्षण समितिका अध्यक्ष विरेन्द्र मगरले टोलीलाई बुझाएका थिए । खोला नियन्त्रण नगर्ने र भत्किएको बाँध नबनाउने हो भने सामान्य बर्षासँगै आएको बाढिसमेत बजारमा क्षती पुग्न सक्ने  स्थानीयको भनाई छ ।
स्थलगत अवलोकन गरेपछि प्रतिवेदन बुझ्दै प्रदेश आयोजनाको टोलीले खोला नियन्त्रण बाँध र आवश्यक सहयोगको प्रदेश सरकारसँग पहल गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो । त्यसैगरी त्रियुगा र पुँवारे खोलाको दिर्घकालिन समाधानका लागिसमेत आयोगलाई ध्यानाकर्षण गराइएको थियो । 
त्यस्तै उदयपुरगढी गाउँपालिका– ६ तीन टाट्नेमा गत २८ गते अविरल वर्षापछि आएको पहिरोले ४ घर विस्थापित भएको र उक्त पहिरोले बैद्यनाथ खोला थुनिएर डुवान भएको गाउँ बस्तिको आयोगका टोलीले प्रत्यक्ष स्थलगत अनुगमन गरेका छन् । पहिरो झरेर थुनिएको खोला अझै पूर्ण खुलिनसकेकाले नेपालटार बजार खतरामा रहेको स्थानीयबासी गोपाल खत्रीले बताए । 
त्यसैगरी टोलीले पर्यटकिय तथा ऐतिहासिक स्थल पुरानो सदरमुकाम उदयपुरगढी र पञ्चावती मन्दिरको पनि स्थलगत अनुगमन गरेको छ । 
एतिहासिक धरोहरकोरुपमा रहेको गढीमा खानेपानीको समस्या र पर्यटकिय क्षेत्रका सवालमा गाउँपालिकाका अध्यक्ष मानबहादुर मगरले समस्या राखेका थिए । उनले पर्यटकिय क्षेत्रको विकास गरी पर्यटक भित्र्याउन सक्ने वातावरण बनाउन सके गाउँपालिकालाई समृद्ध बनाउन खासै समस्या नरहेको बताए । 
बाढी पहिरोले गरेको क्षती, उदयपुरगढीमा खानेपानीको समस्या, पर्यटकिय स्थलको संरक्षण र प्रवद्र्धनको बारेमा अध्यक्ष मगरले विस्तृत जानकारी गराउँदै मागपत्र टोलीलाई हस्तान्तरण गरेका थिए । 

बाढी पहिरोबाट पालिकामा ७ घर विस्थापित भएकाहरुको उचित ठाउँमा व्यवस्थापन गर्न र नेपाल सरकारले घुम्नै पर्ने सयवटा गन्तब्य मध्ये जिल्लाकोे ऐतिहासिक स्थल उदयपुरगढी परेकाले यसको विकासको लागि प्रदेश सरकारसँग सहयोगमा माग गरेको अध्यक्ष मगरले बताए । त्यसैगरी टोलीले सदरमुकाम गाईघाटस्थित मदन भण्डारी आँखा अस्पतालको निर्माणाधिन भवनकोसमेत अवलोकन गरेको छ । 


काठमाण्डौ भाद्र १२ गते । रातो तारा डट कम,नेपाल पत्रकार महासंघ, महिला समितिको आयोजनामा महिला नेतृत्व र सञ्चार विषयमा अन्तक्र्रिया तथा तीज विशेष शुभकामना   आदानप्रदान कार्यक्रम आयोजना भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि एंव महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले राष्ट्र बिकासमा सूचनाको पनि हात रहने भन्दै राज्यले महिलाका निम्ति प्रदान गरेको हक अधिकारलाई सञ्चारमाध्यममार्फत उजागर गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले राज्यलाई यथार्थ विषयमा झक्झकाउन तथा जनतालाई सहि सूचना दिन पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

राज्य व्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठले संविधानले व्यवस्था गरेको अधिकारलाई कार्यान्वयन आवश्यक रहेको भन्दै त्यसमा जोड दिन पत्रकारलाई आग्रह गर्नुभयो । उहाँले महिला अधिकारलाई स्थापित गर्न महिला पत्रकारको भूमिका महत्वपूर्ण रहने भन्दै त्यसमा आफूले समेत साथ दिने विचार व्यक्त गर्नुभयो ।

पूर्व मन्त्री तथा समाजबादी पार्टी की नेतृ हिसिला यमीले महिला गतिशिलताका आधारमा सबैभन्दा बढि क्रियाशिल महिला पत्रकारहरु नै रहेको भन्दै समाजमा रहेको विकृति विसंगतिलाई उजागर गर्न आग्रह गर्नुभयो । राष्ट्रियसभा सांसद धना खतिवडाले महिला नेतृत्वका लागि समाजका हरेक क्षेत्रमा महिलालाई प्राथमिकता दिनुपर्ने धाराणा राख्नुभयो ।

कार्यक्रममा ३ नं प्रदेश समिति सांसद अञ्जली श्रेष्ठ, नेकपा केन्द्रीय समिति सदस्य रेणु चन्द, राष्ट्रिय प्रजातन्त्र पार्टिकी नेतृ मिना भेटवाल लगायतले धारणा राख्नुभएको थियो ।

महासंघका उपाध्यक्ष दिलिप थापामगरले संविधानले दिएको प्रेस स्वतन्त्रता सम्बन्धी अधिकार विपरित सञ्चार सम्बन्धी विधेयक सरकारले ल्याएको भन्दै प्रेस स्वतन्त्र विरोधी कानून नसच्चिएसम्म महासंघको आन्दोलन नरोकिने धारणा राख्नुभयो ।

नेपाल पत्रकार महासंघ, महिला समिति संयोजक लक्ष्मी पुनले पत्रकारिता क्षेत्रमा हिंसा रहेको भन्दै महिलाले लेख्ने लेख तथा समाचारमा पुरुष पत्रकारहरुले नजरअन्दाज गर्ने गरेको बताउनुभयो । उहाँले महिला नेतृत्व र महिला पत्रकारहरुले साथसाथै काम गर्नसके राज्यबाट धेरै सूचना प्राप्त गर्न सकिने धारणा राख्नुभयो ।

महासंघ केन्द्रीय समिति सदस्य सृजना अर्यालले सम्पूर्ण महिला अधिकारका लागि कार्यक्रमको आयोजना गरिएको बताउदै सम्पूर्ण महिला पत्रकारलाई आउदै गरेको हरितालिका तीजको शुभकामना दिनुभयो । कार्यक्रमको सहजता केन्द्रीय सदस्य जानुका बरालले गर्नुभएको थियो ।


काठमाण्डौ भाद्र १२ गते । रातो तारा डट कम,गृह मन्त्रालयले ३१ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । आज मन्त्रालयले काठमाडौं, ललितपुर, मोरङ, मकवानपुर, सुर्खेत लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य गृह मन्त्रालयमा सरुवा हुनुभएको छ । उहाँको ठाउँमा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल आउनुभएको छ । ललितपुरका प्रजिअ प्रेमराज जोशी मकवानपुर सरुवा हुनु भएको छ भने उहाँको ठाउँमा धादिङका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेयलाई ल्याइएको छ । मकवानपुरका प्रजिअ आशमान तामाङ धादिङ सरुवा हुनुभएको छ । काभ्रेका प्रजिअ उदयबहादुर राना झापा सरुवा हुनुभएको छ । जाजरकोट, सप्तरी, बाँके, महोत्तरी, बारा, चितवन, इलाम, सुनसरीका प्रमुख जिल्ला अधिकारीको पनि सरुवा भएको छ । 


झापा, भाद्र १२ गते । रातो तारा डट कम, झापाको मेचीनगर नगरपालिका-६ बाट अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको करिव २ लाख बराबरको औषधी बरामद भएको छ । ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बुधवार राती सवा ९ बजेको समयमा बिभिन्न किसिमका २ कार्टुन औषधीहरु बरामद गरेको हो । गस्तिमा रहेको प्रहरी टोलीलाई देख्नासाथ औषधी ल्याउँदै गरेको मानिस औषधी छाडेर फरार
भएको तथा सो सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जानएको छ । 


झापा, भाद्र १२ गते । रातो तारा डट कम,झापाका ३ छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागु औषध ब्राउनसुगर सहित ४ जनालाईप्रहरीले नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट बुधवार दिऊँसो पौन १ बजे खटिएको प्रहरी टोलीले मोरङको बेलवारी नगरपालिका-३ का २४ बर्षीय सन्तोष खड्का र १९ बर्षीय सोनाम लिम्बुलाई १ ग्राम १०० मिलिग्राम ब्राउन सुगर सहित मेची नगर नगरपालिका-६ भन्सार गेटबाट नियन्त्रणमा लि एको हो । यसैगरी सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले अपरान्ह ५ बजे मेचीनगर नगरपालिका-७ गैह्रीगाउँबाट बेलवारी नगरपालिका-३ का १९ बर्षीय सुरज खवासलाई ५ ग्राम ब्राउ सुगर सहित पक्राउ गरेको छ भने सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले राती साँढे ८ बजे बिर्तामोड नगरपालिका-५ बाट हल्दिवारी गाउँपालिका-१ घर भई बिर्तामोड-४ बस्ने २६ बर्षीय मनोज गुरुङलाई ९० ग्राम ब्राउ सुगर र निजले प्रयोग गरेको मे ९ प ४८३२ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको हो ।





काठमाण्डौ भाद्र १२ गते । रातो तारा डट कम,सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक आज राष्ट्रिय सभामा पेस गर्दैछ । राष्ट्रिय सभाको आज बस्ने बैठकमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विधेयक पेस गर्नुहुने कार्यसूची तय गरिएको छ । नेपाल पत्रकार महासंघले उक्त विधेयकका प्रावधानहरूले प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने भन्दै चरणबद्ध आन्दोलन गरेको भएपनि सरकारले विधेयक पेश गर्ने तयारी गरेको हो । वैशाख २७ मै राष्ट्रिय सभाको सचिवालयमा दर्ता भएको उक्त विधेयक महासंघकै विरोधका कारण अगाडि बढ्न सकेको थिएन । नेकपाका नेताहरूले विधेयक सच्याइने प्रतिबद्धता व्यक्त गरेपछि महासंघले आन्दोलन स्थगन गरेको थियो । 



काठमाण्डौ भाद्र १२ गते । रातो तारा डट कम,सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संविधान दिवस भव्यताका साथ मनाउनका लागि आ, आफ्नो स्थानबाट योगदान दिन सबैलाई आग्रह गर्नुभएको छ । 

संविधान दिवस मूल समारोह समिति अन्तर्गतको प्रचार प्रसार उपसिमितिले सञ्चार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा मन्त्री बास्कोटाले सरकारले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक विदा दिएको भन्दै सबैको अर्थपूर्ण सहभागिताको अपेक्षा आफुले गरेको बताउनुभयो । 

उहाँले संविधान दिवस अन्र्तगत गरिने कार्यक्रमहरुमा राष्ट्रसेवक कर्मचारी, सरकारी संघ संस्था, निजी क्षेत्रका संघ संस्था लगायत सबै वर्ग र क्षेत्रको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।  त्यो दिन तास खेल्न, पिकनिक खान , वियर खानका निम्ति दिएको होइन । राष्ट्रिय दिवस नै मनाउन दिएको हो, मन्त्री बास्कोटाले भन्नुभयो । 

मन्त्री बास्कोटाले संविधान दिवसलाई कर्मकाण्डी भन्दा भिन्न रुपमा सबै वर्ग विशेषको सहभागिता हुने गरी हर्षाेल्लासपूर्ण रुपमा मनाउनका लागि सिर्जनात्मक कार्यक्रमहरुको नमुना सुझाउन पनि सरोकारवालाहरुलाई आग्रह गर्नुभयो । 

संविधान दिवस मूल समारोह समिति अन्तर्गत सञ्चारमन्त्री बाँस्कोटाको संयोजकत्वमा गठित प्रचार प्रसार उपसिमितिले हिजो सञ्चार क्षेत्रसंग सम्बन्धित सबै सरोकारवालाहरुसंग छलफल गरेको हो ।


काठमाण्डौ भाद्र १२ गते । रातो तारा डट कम,रौतहटको उखु बालीमा किराको प्रकोप देखिन थालेपछि किसान चिन्तित भएका छन् । नदी किनारमा रहेको खेतमा लगाईएको उखु बालीमा किराको प्रकोप देखिन थालेको किसानहरुले बताएका छन् । असार २७ र २८ गते नदिमा आएको बाढिले उखु बालीमा असर गरेको किसानहरुको भनाइ रहेको छ । 

अधिकांश किसानको उखुबालीमा बाढिले क्षति भएको र कम क्षति भएको खेतमा पनि किराको प्रकोप देखिन थालेको उखु किसान सुनिल कुमार यादवले बताउनु भयो । उखुको पता सुक्ने, पात रातो हुने र गुभो र लाक्रा सुक्ने गरेको उहाँले बताउनु भयो । किसानले लगाएको उखु बालीमा विभिन्न किसिमका समस्या आउँदा किसान निराश भएको उहाँको भनाई रहेको छ । बाग्मति र लालबकैया नदिको किनारका खेतमा लगाइएको उखु बालीमा समस्या बढि रहेको पाईएको छ । 

विभिन्न कारणले गर्दा रौतहटमा यस बर्ष उखु उत्पादनमा कमि आउने किसानहरुको अनुमान गर्न थालेका 
छन् । बाढी तथा डुवानका कारण उखु बालीमा किराको प्रकोप देखिन थालेको श्रीराम सुगर मिल गरुडाका उखु विकास अधिकृत गान्धि पटेलले बताउनुभयो । उखु बालीमा किराको प्रकोप देखिन थालेपछि स्थलगत निरिक्षण गर्दै उखु किसानलाई सुझाव दिने गरेको उहाँले बताउनुभयो । 

लाल बकैया नदि आसपासमा रहेको भसेढवा, कटहरिया, हर्षाहा, झौआ, टिकुलिया, मर्यादपुर, ईनरवा लगायत गाँउका खेतमा किराको प्रकोप देखिएको छ । बाग्मति नदि आसपासको गाँउमा समेत समस्या देखिएकाले न्युनिकरणका लागी स्थलगत निरिक्षण गरेको र यस बारेमा किसानलाई सुझाव दिएको उखु विकास अधिकृत पटेलले जानकारी दिनुभयो । 


शिव भट्टराई,सुनसरी । रातो तारा डट कम,आर्थिक विपन्न महिलाहरुलाई निशुल्क सौन्दर्यकला सिप सिकाएर आत्मनिर्भरताको बाटो देखाउने जस्ता सामाजिक काम समेत गर्दै आएको इटहरीमा रहेको मार्टिना मेकअफ स्टुडियोले दोस्रो बार्षिक उत्सव एक कार्यक्रमको आयोजना गरि मनाएको छ ।

सौन्दर्यकला व्यवसायका क्षेत्रमा इटहरीमा प्रख्याति कमाएको मार्टिना मेकअफ स्टुडियोले विभिन्न क्षेत्रका चार जनामा सम्मान सहित आफनो दोस्रो वार्षिक उत्सव मनाएको हो ।

व्यवसायीक गतिविधि गर्दै आएको भएपनि विपन्न महिलाहरुलाई समेत तालिम प्रदान गर्दै आएको मार्टिना मेकअफ स्टुडियो तथा टे«निगं सेन्टरले एघार सय वढीलाई सौन्दर्यकला तालिम प्रदान गरेको सञ्चालिका उर्बी श्रेष्ठले जानकारी दिइन ।

उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौड्यालको प्रमुख आतिथ्यतामा भएको वार्षिक उत्सव कार्यक्रममा सञ्चारकर्मी सुभाष संकल्प,समाजसेवी राजेश श्रेष्ठ लगायतका चार जनालाई सम्मान समेत गरियो ।


शिव भट्टराई,सुनसरी । रातो तारा डट कम,सुनसरीको दुहबी ८ मा रहेको एशियनको गुडलाईफ बिस्कुट उधोगले जाती र धर्मको आधारमा मजदुरलाई काममा लगाएको सो उधोगमा कार्यरत मजदुर साहिद हुसेनले बताए ।

आफु पटकपटक उधोगमा काम माग्न जादा सुरुमा नाम सोधने जात सोधने तेस पछि काम छैन भनेर फिर्काउने गरेको खुलासा गरे हुसेन का नअनुसार आफु मुस्लिम जात भएकै कारन काम न दिएको गुनासो पोखे उता सोहि उधोगमा कार्यरत अर्का मजदुर अस्फाक आलम बताउछन आफु लगाएत दुई जना साथि उधोगमा पटक पटक काम माग्न जादा मुस्लिम जातिको हो भने यहा काम छैन भने फर्काउदा आफु हरु केही महिना पछि रोजगार पाउछु भनेर नाम चेन्ज गरि आफु हरुको नाम सन्जय चौधरी र सन्तोष यादब भनेर उधोगमा काम माग्न जादा काम पाएको बताए।



सो घटना एघार महिना पछि खुलासा भयो घटना खुलासा भए पछि स्थानीय मुस्लिम युवा तथा मुस्लिम अगुवा हरुले उधोग घेराउ गरी नारा बाजि गर्दै हाम्रो देसको मुल कानुनमा कुनै पनि जाति धर्म लाई भेदभाव गर्नु न हुने कानुन हुदा पनि सो उधोगले जाति र धर्म को आधारमा बिभेद गरिएको मा सो उधोग का मेनेजर लाई कार्वाही हुनु पर्छ। स्थानीय ४५ जना युवाहरूलाई रोजगार दिनु पर्छ भने ५ जना युवा लाई दक्षताको आधारमा सोही उधोगमा सुपर भाईजरको पोस्टमा नियुक्ति गर्नु पर्छ ,भने माग आफु हरुको रहेको स्थानिय मुस्लिम युवा ताबिल हुसेनले जानकारी दिएका छन सो घटनाको बिसयमा उधोग ब्यवस्थापक प्रमुख महेश साह सङ्ग बुझदा उधोगमा मजदुरलाई रोजगारी दिने सवालमा कुनै प्रकारको जाति धर्म हरु लाई बिभेद नगरीकन आफुहरुले रोजगार दिएको बताएका छन।


काठमाण्डौ भाद्र ११ गते । रातो तारा डट कम,एसीसी यू १९ एसिया कप क्रिकेटका लागि श्रीलंकामा रहेको नेपाली यू १९ क्रिकेट टिमले भोलि दोस्रो अभ्यास खेल खेल्ने भएको छ ।

पहिलो अभ्यास खेलमा पराजित नेपालले दोस्रो अभ्यास खेलमा श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब बादुरेलियासँग खेल्ने भएको हो । खेल सुरे क्रिकेट मैदा
नमा हुनेछ ।

यस्तै नेपालले तेस्रो तथा अन्तिम अभ्यास खेलमा चिल मारियन्ससँग खेल्नेछ ।  कोलम्बोमा हिजो भएको पहिलो अभ्यास खेलमा नेपाल श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब सिङहलेस क्रिकेट क्लब (एसएससी) को यू २३ टिमसँग ३ विकेटले पराजित भएको थियो । 

एसीसी यू १९ एसिया कप क्रिकेट भदौ १९ देखि २८ गतेबाट हुँदैछ । प्रतियोगितामा नेपालले आयोजक श्रीलंकासँग खेल्दै एसिया कपको सुरुवात गर्नेछ । समूह ’बी’ मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ । 

यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ ।




श्याम राई,उदयपुर भदौ ११ गते । रातो तारा डट कम,त्रियुगा नगरपालिकाले छाडा कुकुरको बन्ध्याकरण अभियान सुरु गरेको छ । घरपालुवा  छाडा कुकुरको कारण रेबिज फैलिने भएकाले नगरपालिकाको पशु सेवा शाखाले नगर भित्रको कुकुरहरुलाइ  बन्ध्याकरण गरि रेबिज विरुद्ध को भ्याक्सीन  लगाउने काम त्रियुगा नगरपलिका को वडा नम्बर १३  बरुवा बसपार्क बाट सुरु गरिएको नगर प्रमुख बलदेव चौधरीले जानकारी दिए ।

कुकुर  बन्ध्याकरण गर्नका निम्ती काठमाण्डौ बाट पशु  चिकित्सकहरुको चार जनाको टोलि  आएको नगरपालिकाको पशु सेवा शाखाका इन्द्र नारायण चौधरीले जानकारी दिए । उनका अनुसार पोथी कुकुरको अप्रेसन गरी बच्चा दानी पाठेघर निकालेर  फाली दिने र भाले कुकुरको अन्डा निकालेर अप्रेसन  गर्ने काम भई रहेको जानकारी  दिए ।

बुन्ध्याकरणका लागि  काठमाण्डौ  बाट पशु चिकित्सक मनोजकुमार  चौधरी, सन्तोष कुमार  गिरी, गणेश रोकावा र प्राविधिक कृष्ण प्रसाद पौडेलको टोली  आएको त्रियुगा नगरपालीकाका पशु सेवा शाखाका प्रमुख इन्द्र नारायण चौधरीले जानकारी दिए  । 

छाडा कुकुरको कारण रेबिज लगायतको रोग लाग्ने भएकाले त्यसलाइ न्युनीकरण गर्न कुकुरको जनसंख्या वृद्धि रोक्न अभियान चलाएको त्रियुगा  नगरपालीकाका प्रमुख प्रसाशकिय  अधिकृत  लक्ष्मण थापाको भनाइ रहेको छ।

मंगलबार बाट सञ्चालनमा ल्याएको बन्ध्याकरण अभियानलाई टोलटोलमा  बस्ती बस्तीमा पुगेर अप्रेसन गर्ने लक्ष्य रहेको  छ । अभियान भरी  कम्तिमा  पनि १५० कुकुरको बन्ध्याकरण गर्ने योजना  रहेको पशु सेवा शाखाका  चौधरीले बताए ।


नेपाली महिलाहरुको महान पर्व तिजलाई लक्षित गरी हरेक वर्ष तिज विशेष कार्यक्रमको आयोजना गर्दै आएको तिरुपति अटो सिटीले यस वर्ष पनि निरन्तरता दिएको छ ।

विशेष गरी आफना ग्राहकहरुलाई लक्षित गरी तिरुपति अटो सिटीले तिज विशेष कार्यक्रम आयोजना गरेको हो । इटहरीमा रहेको यमाहा मोटरसाईकलको विक्रेता तिरुपति अटो सिटीले केही वर्ष यता देखि स्कुटि खरिद गर्ने महिलाहरुलाई बोलाएर तिज विशेष कार्यक्रम गर्दै आएको छ ।

हिन्दु महिलाहरुको महान पर्वका अवसरमा परम्परालाई निरन्तरता दिदै आफना ग्राहकहरुलाई एकीकृत गरी दर खुवाउने कार्यलाई विगत झै निरन्तरता दिएको तिरुपति अटो सिटी इटहरीका सञ्चालक संजोय पराजुली वताउछन । व्यवसायीक प्रतिस्ठानले आयोजना गर्ने तिज विशेष कार्यक्रममा समेत महिलाहरुको उत्साहजनक सहभागिताका साथै नाचगान गरेर रमाइलो गर्ने गरेका छन ।



शिव भट्टराई, मोरङ । रातो तारा डट कम सौन्दर्यको क्षेत्रलाई पछिल्लो समय निकैनै चासोको रुपमा हेरिएको पाईन्छ । बिषेशगरि महिला बर्गको लागि आवश्यक रहने भएकाले पनि यस क्षेत्रमा लागानि र यस क्षेत्रको व्यबसाय दिनदिनै बढिरहेको छ । मार्टिना मेकअप स्टुडियो एण्ड ट्रेनिङ्ग सेन्टर पनि यहि हुलमुल भित्रको अग्रपंतिमा आउने एउटा सौन्दर्य कला व्यवसायको नाम हो ।

 इटहरीलाई कार्यथलो बनाई बिगत २ बर्ष देखि इटहरीमा मेकअप र ब्युटिपार्लर ट्रेनिङ्ग सम्बन्धि काम गदै आएको छ । आज ईटहरिमा एक पत्रकार सम्मेलन गर्दै मार्टिनाको संचालिका उर्बी श्रेष्ठले स्टुडियोको दोश्रो बार्षिकोत्सबको बारेमा जानकारी गराएको छ ।

मार्टिनाले भोलि अर्थात भदौ ११ गते आफ्नो दोश्रो बार्षिकोत्सब बिबिध कार्यक्रम गर्दै त्रियुगा होटल ईटहरिमा बिहान १० बजेदेखि गरिने पत्रकार सम्मेलनमा स्टुडियोका सिनियर मेकअप आर्टिस्ट सुशील स्वेक्षाले जानकारी गराए । बार्षिकोत्सब कार्यक्रमको अवसरमा ४ व्यक्तित्वलाई सम्मान समेत गरिने सम्मेलनमा बताईएको छ । यस्तै तीज पनि नजिकिदो रहेकाले गर्दा दर खाने कार्यक्रम पनि रहेको संचालिका श्रेष्ठले बताईन ।

मार्टिना मेकअप स्टुडियो एण्ड ट्रेनिङ्ग सेन्टरमा तालीम लिएर धेरै महिला तथा युवतीहरु स्वरोजगार तथा आत्मानिभर बनेका छन् । केहिले आफै पालर्र खोलेर अरुलाई रोजगार दिएका छन् भने मार्टिनामा प्रशिक्षण लिनेहरु राम्रो ठाउँमा काम गरेर धेरै आम्दानि गरिरहेका छन् । मार्टिनाले एकल महिला, आर्थिक अबस्था कमजोर भएकाहरुलाई निःशुल्क तालीम दिएर स्वरोजगार तथा आत्मनिर्भर बनाएको छ । यस्तै बार्षिकोत्सब समारोहमा मार्टिनाको फेसबुकमा श्रावण १८ गतेदेखि सुरु भएको फोटो प्रतियोतिगाको बिजेता पनि घोषण गर्ने र पुरस्कार बितरण गरिने जानकारी गराईएको छ ।


काठमाण्डौ भाद्र ११ गते । रातो तारा डट कम,सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले मातृ शिशु स्वास्थ्य र पोषणलाई नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राखेपछि कार्यक्रम कार्यान्वयनको सुरुवात पनि गरेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्घोष गरिए अनुसार बलेफी गाउँपालिकामा सुत्केरी महिलालाई लक्षित गर्दै पोषणयुक्त आहार वितरण सुरु गरिएको हो । सुत्केरी महिलाका घरमै पुगेर जनप्रतिनीधिहरुले पोषणयुक्त आहार प्रदान गरेका छन् । बलेफी गाउँपालिका ८ स्थित भिरकुनामा सुत्केरी महिलाका लागि पोषण सामाग्री प्रदान गरिएको छ । बलेफी ८ का वडाध्यक्ष चरीबहादुर तामाङले ७ दिनका सुत्केरी महिला सन्चमाया तामाङ, र ङेमा तामाङको घरमै पुगेर पोषणयुक्त सामाग्री दिनुभएको हो ।  उनीहरुका लागी एक एक वटा भाले, गेडागुडी, आयोडिनयुक्त नुन र सरसफाईका सामाग्री प्रदान गरिएको थियो । स्वास्थ्य संस्थामा पुगि नियमित गर्भजाँच गर्दै स्वास्थ्यचौकीमा नै सुत्केरी हुने महिलाहरुका लागि पोषण सामाग्री प्रदान गरिएको वडा सदस्य मन्दिरा कायस्थले जानकारी दिनुभयो ।


काठमाण्डौ भाद्र ११ गते । रातो तारा डट कम,नेपाली काँग्रेसले आज केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी महामन्त्री पूर्णबहादुर खड्काले असार २२ गतेको बैठकमा विभिन्न १४ एजेण्डा छलफलका लागि पेश गरेकोमा आजको बैठकमा भातृसंस्थाहरुबारे छलफल हुने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । 

भातृ संस्थाको विधान संशोधन र मान्यता प्रदान गर्ने, विधान अनुसार अवधि समाप्त भएका भातृ सङ्ण्घहरूका सम्बन्धमा बैठकमा छलफल हुने कार्यसूची रहेको शर्माको भनाइ छ । काँग्रेसको नेपाल विद्यार्थी सङ्घ  (नेविसङ्घ) विघटित अवस्थामा छ । 

नेपाल तरुण दल चार जना पदाधिकारीको भरमा सञ्चालन भइरहेको छ भने तीन वर्ष कार्यकाल रहेको तरुण दलको अहिलेको कार्यसमितिको समयावधि चार महिनामा सकिनेछ । 


काठमाण्डौ भाद्र ११  गते । रातो तारा डट कम,काठमाडौं विमानस्थलको आन्तरिक उडानमा नियम परिवर्तन भएको छ । विमानस्थलले यात्रुको सुरक्षा जाँच प्रक्रिया लम्ब्याएको कारण उडान समयभन्दा एक घण्टा अगाडि विमानस्थल पुग्नुपर्ने भएको हो ।

विमानस्थलमा नियम परिवर्तन भएको भन्दै एयरलाइन्सले यात्रुका लागि सूचना जारी गरेका छन् । अन्तर्राष्ट्रिय उडानजस्तै सुरक्षा जाँच गर्ने नियम विमानस्थलले लागू गरेका कारण यात्रुलाई एक घण्टा अघि विमानस्थल पुग्न यति एयरलाइन्सले आग्रह गरेको छ । 

आन्तरिक उडानका लागि सामान्यतया ३० मिनेटअघि यात्रुहरू पुगे पनि हुन्थ्यो । पछिल्लो समय काठमाडौं विमानस्थलमा नियम परिवर्तन भएपछि आन्तरिक टर्मिनलमा यात्रुको लामो लाइन लाग्ने गरेको छ । यसअघि दुइ ठाउँमा सुरक्षा जाँच गरिने भए पनि टिकेट हेरेरमात्र पठाउने गरिएको थियो । 

अबदेखि एक्सरे मेसिन राखेर विस्तृत जाँच गर्ने भएकाले समय धेरै लाग्ने एयरलाइन्सले जानकारी दिएका 
छन् ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.