Websoft University

सुन्दरहरैचामा वृद्धा आश्रम बनाउन नदिने : मेयर ढकाल


शिव भट्टराई,मोरङ।रातो तारा डट कम,मोरङको सुन्दरहरैचा स्थित वार्ड नं.७ ठडीयामा कुशे औंसीको अवसर पारेर वार्ड नं ७ ले बिहीबार जेष्ठ नागरिक (पिता) सम्मान कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो भने 
वार्ड नं.७ का वार्ड अध्यक्ष चैतन्य प्रसाद सिटौलाको सभापतित्व रहेको थियो।

सोही कार्यक्रममा बोल्दै मेयर ढकालले सुन्दरहरैचामा जेष्ठ नागरिक वृद्धा आश्रम बनाउन अनुमति नदिने घोषणा गरेका थिए। जस्को बुवा आमा हुनु हुन्छ उसको परिवारले, उस्को सन्ततिले यदि सन्तति छैनन् भने नजिकका नातेदारले उहाँहरुलाई घर मै संरक्षण गरेर राख्नु पर्ने उनले बताए। यो वर्ष देखि ८४ वर्ष भन्दा माथिका जेष्ठ माता पिताहरुलाई घर मै गएर प्रारम्भिक तहको उपचार गर्ने व्यवस्था गरेको उनले बताएका छन्।

त्यसैगरी सोही कार्यक्रममा विशिष्ट अतिथि सुन्दरहरैचाकी उपमेयर धन माया तामाङ, सुन्दरहरैचाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहाल लगायतले जेष्ठ नागरिक पिताहरूलाई  शुभकामना दिएका थिए।

कार्यक्रममा ७५ वर्ष देखि माथिका जेष्ठ नागरिक पिताहरूलाई दोसल्ला,फलफूल,खिर,यातायात खर्च सहित सम्मान गरिएको थियो।सो कार्यक्रममा १०० जना भन्दा बढी जेष्ठ नागरिक पिताहरुको सहभागिता रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.