Websoft University

रौतामाइ गाउपालिकाले एकरूपता कायम गर्न बाँढी पीडितलाई रातो जस्ता वितरण गर्दै


श्याम राई,गाईघाट भदौ १३ गते । रातो तारा डट कम, उदयपुरको रौतामाइ गाउपालिकाले बाढिपहिरोबाट प्रभावित क्षेत्रको पहिचानमा एकरुपता कायम गर्न रातो रंगको जस्तापाता वितरण गर्ने भएको छ ।
गाउँपालिकाको बुधबार भएको बैठकले बाढीपहिरोले पूर्ण प्रभावित भएका बासिन्दाको पहिचानमा सहजता ल्याउन यस्तो निर्णय गरेको हो । पूर्णरुपले क्षती भई घर पुनःनिर्माण गर्नुपर्ने अवस्थाका परिवारलाई रातो रंगको जस्तापाता वितरणको तयारी गरिएको अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । 
२०७६ असार ३० गते बर्षातसँगै आएको बाढि पहिरोबाट प्रभावित भएका १ सय ८१ घरधुरी मध्ये पूर्णविस्थापित भएका ८० घरपरिवारलाई पालिकाले प्रतिघर ३२ हजार रुपैँया बराबरको जस्ता खरिद गरेरवितरण गरिने उनले बताए । ‘विस्थापित घरधुरी एकिन गरी सिफारिस गर्न वडा कार्यालयलाई पत्राचार गरिएको छ ।

अध्यक्ष खड्काले भने, ‘वडाबाट सिफारिस भई आएकालाई ३९÷४० एमएमको ९ फिटे जस्ता ३ बन्डलका दरले वितरण गर्छौ । वडाबाट एकिन भई आएका ८० घर परिवार पूर्णरुपले क्षती भएका छन्, तिनको पुनःनिर्माण गर्नुपर्ने अवस्था रहेकाले गाउपालिकाले पीडित परिवारलाइ जस्तापाता उपलब्ध गराउन लागिएको  उनले बताए । जस्तापाताको रातो रंगलाई २०७६ सालको बाढीपहिरो प्रभावित घरपरिवारको संकेतकैरुपमा राखिएकाले सबैलाई एकै किसिमको वितरण गरिने अध्यक्ष खड्काले बताए । 
‘कुन वडामा कति प्रभावित थिए र वाहिरबाट आएका पाहुनाले पनि २०७६ का बाढिपहिरो प्रभावित हुन भन्ने कुरा भनिरहनुभन्दा पनि थाहापाउन भन्ने हिसावले सूचक रातो जस्तापाता नै हुनेछ, अध्यक्ष खड्काले भने, ‘आठै वडामा एकै किसिमको जस्तापाता वितरण हुनेछ । जस्तापाता विस्थापितहरुले घर बनाउन सुरु गरेसंगै छाउने बेलामा उपलब्ध गराउने गाउपालिकाका प्रमुख प्रशासकिय अधिकत खम्बराज राईले बताए । 
गाउपालिकाका विस्थापित तथा प्रभावितहरुको नाममा राहतस्वरुप जनप्रतिनिधिहरुले प्रदान गरेको एक महिनाको सुविधा, कर्मचारीहरुले प्रदान गरेको एक दिनको तलब, पालिकाका प्रमुख सल्लाहकार अम्बरबहादुर रायमाझीले उपलब्ध गराएको ५० हजार १ सय १ रुपैया र पालिकाको तर्फबाट छुट्याईएको सातलाख रकमबाट जस्तापाता खरिद गरी वितरण गरिने उनले बताए ।  
अधिकृत राईले गाउपालिकाले प्रभावित लाभग्राहीकारुपमा सूचना प्रकाशन गरी वडा कार्यालयमार्फत प्रक्रियागत ढंगले जस्तापाता वितरण गर्ने बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.