Websoft University

नेपाल र भुटानबीच तेस्रो वाणिज्य वार्ता काठमाडौंमा सुरु


काठमाण्डौ भाद्र १३ गते । रातो तारा डट कम,नेपाल र भुटानबीच तेस्रो वाणिज्य वार्ता आजबाट काठमाडौंमा सुरु भएको छ । द्विपक्षीय व्यापार सम्बन्धमा सम्बाद टुटेको ८ वर्ष पछि वार्ता भएको हो । दुई देशबीचको वाणिज्य व्यापार सहजीकरणमा छलफल केन्द्रित हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग–वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले गर्नुभएको छ भने भुटानी प्रतिनिधिमण्डलको नेतृत्व भुटानी अर्थमन्त्रालयका व्यापार महाशाखा निर्देशक सोनाम तेन्जिङले गर्नुभएको छ । नेपाली वार्ता टोलिका प्रमुख सहसचिव ढकालका अनुसार वार्तामा नेपालले द्विपक्षीय व्यापार सम्झौता गर्ने गरी तयारी गरेको छ ।  आयात–निर्यातमा एक अर्को देशलाई दिन सकिने सहुलियतबारे वार्तामा छलफल हुने बताइएको छ । नेपाली व्यवसायीहरुले भुटानसँग गर्न सक्ने ब्यापारबारे सुझाएका वस्तु किटेरै नेपालले भुटानसँग सहुलियत र कर छुटबारे प्रस्ताव राख्ने तयारी गरेको जनाइएको छ । अहिले नेपालबाट भुटानमा साबुन, चाउचाउ र चाउमिन मात्र निकासी हुने गरेको छ भने नेपालले भुटानबाट कोइला तथा निर्माण उपकरणहरु आयात गर्ने गरेको छ । मन्त्रालयका अनुसार नेपालमा भुटानबाट एक अर्ब हाराहारीको आयात हुनेगरेको छ । निर्यात १ करोड मात्रै छ । नेपाल भुटान द्विपक्षीय पहिलो व्यापार वार्ता सन् २०१० मा काठमाडौमा भएको थियो 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.