Websoft University

सहकारीले मनायो तीज विशेष कार्यक्रम


शिव भट्टराई,मोरङ। रातो तारा डट कम,मोरङको सुन्दरहरैचा नगरपालिका स्थित वार्ड नं.३ को गछिया मा  रहेको साना किसान कृषि सहकारी संस्थाले नेपाली नारीहरुको महान् चाड हरितालिका तीजको अवसर पारेर तीज विशेष सांस्कृतिक कार्यक्रम साथै दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाकी उपमेयर धना तामाङको प्रमुख आतिथ्यता रहेको थियो भने सोही संस्थाकी
कोषाध्यक्ष विमला श्रेष्ठको सभापतित्व रहेको थियो।शनिवार भएको कार्यक्रममा महिलाहरूले नाटक प्रस्तुत गरेर,नाच गान गर्दै दर खाएर भव्यता पूर्वक तीज विशेष कार्यक्रम सम्पन्न गरेका छन्।कार्यक्रममा संस्थाकी सदस्य अम्बिका दाहालले स्वागत मन्तव्य दिएकी थिईन्। त्यसैगरी सोही संस्थाकी व्यवस्थापक कमला पोख्रेलले कार्यक्रमको संचालन गरेकी थिइन्।

निकै अगाडिदेखि तीज विशेष कार्यक्रम गर्न सुरु गरेको यस संस्थाले योग शिविर, रक्तदान, वृद्धवृद्धाहरुलाई सम्मान लगायत विभिन्न सामाजिक जनचेतना मुलक कार्यक्रमहरू  सञ्चालन गरी यस क्षेत्रमा आफ्ना सेयर सदस्य लगायत सम्पूर्ण महानुभावहरुलाई सेवा प्रदान गरिरहेको संस्थाले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.