Websoft University

आज बुवाको मुख हेर्ने दिन, छोराछोरीले पितालाई सम्मान प्रकट गर्दै



बिराटनगर भाद्र १३ गते । रातो तारा डट कम,आज बुवाको मुख हेर्ने दिन, पितालाई देवता समान मान्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान प्रकट गर्दछन् । भाद्र कृष्ण औँसीका दिन जन्म दिने बाबु वा धर्मपुत्र बनाएका सन्तानले स्वास्थ्य अनुकूलको मिठाई, फलफूल, वस्त्र तथा सक्नेले मणि माणिक्य प्रदान गरेर बाबुको अनुहार हेर्ने गरिन्छ । 

दिवङ्गत पिताप्रति पनि यसै दिन गोकर्णेश्वरमा श्राद्ध तर्पण दान आदि गरेर बाबुको सम्झना गर्ने प्रचलन छ । समाजको दिनचर्या र आधुनिक युगसँगै आमाबुवालाई सम्झिने परम्परा पनि फेरिएको छ । आमाबुवालाई छाडेर विदेश हिँडेका तथा थातथलो छाडेर जागिरका लागि बाहिर रहेका छोराछोरीले सामाजिक सञ्जाल र भिडियोमार्फत आमाबुवाको मुख हेर्ने प्रचलन बढ्दै गएको छ । 

यस दिन घरघरमा कुश राखेर कुशको अर्चना गर्ने गरिन्छ । कुश, तुलसी र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मानिन्छ । भगवान् इन्द्रले स्वर्गबाट कुश, तुलसी र शालिग्राम पठाएको भन्ने कथन छ । वर्षका सबै औँसी पितृको रहे पनि सबै औँसीमा पितृको कार्य गर्न नसक्नेले यो कुशे औँसीका दिन भने टुटाउन नहुने ज्योतिषीय मान्यता रहेको ज्योतिष डा. सुनील सिटौलाले बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.