Websoft University
March 2024


विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ८ ले वडाका ज्येष्ठ नागरिककोस्वास्थ्यअवस्थाबुझ्न घर–घरमा पुग्ने अभियान सुरु गरेको छ ।

स्वास्थ्यकर्मीसहित वडाका जनप्रतिनिधिहरुले ज्येष्ठ नागरिकको घर–घरमा पुगेर स्वास्थ्य अवस्था बुझ्ने र  स्वास्थ्य अवस्था बुझ्ने कार्यको सुरुवात गरेका हुन् । वडा कार्यालयले स्वास्थ्यकर्मीको परामर्शका आधारमा औषधिलगायतका सामग्रीहरु पनि वितरण गरेको छ । कार्यक्रमको विराटनगर महानगरपालिका उपमेयर शिल्पा निराला कार्कीले शुभारम्भ गरिन् । उनले विराटनगर–८ अमरटोलीका १०४ वर्षीया नन्दकुमारी पौडेलको घरबाट अभियानको शुभारम्भ गरिन् ।

८० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई लक्षित गरी वडा कार्यालयले औषधि, पौष्टिक आहार, स्वास्थ्य परीक्षण, स्वास्थ्य सामग्रीलगायतका सामानहरु घर–घरमा वितरण सुरु गरेको वडाध्यक्ष राम पोखरेलले जानकारी दिए । वडाभित्र रहेका ८० वर्षमाथिका ज्येष्ठ नागरिकको लगत संकलन गरी १३५ जना लक्षित पहिलो चरणको कार्यक्रम सुरु गरिएको उनको भनाइ थियो । आगामी आर्थिक वर्षदेखि उमेर समूहले विस्तारै घटाउँदै लगिने वडाध्यक्ष पोखरेलको बताए । ज्येष्ठ नागरिकलाई ग्याष्ट्रिक, रक्तचाप, मधुमेह, दुखाई कम गर्ने औषधि, रक्तचाप, मधुमेहको परीक्षण, हर्लिक्स, झुल, स्टिल लौरो, चार्जेवल लाइट वितरण गरिएको छ ।

कार्यक्रममा वडाध्यक्ष पोखरेल, वडासदस्यहरु ताराकुमारी राय, पवित्रा विक, भुवन राजवंशी, मोहम्वत अब्बास, वडासचिव मनोज मल्लिक, स्वास्थ्य कर्मचारी, स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो । अभियानअन्तर्गत आइतबार विराटनगर अमरटोलका १४ जना ज्येष्ठ नागरिकको घरमा पुगिएको वडासदस्य  पवित्रा विकले जानकारी दिइन् । विराटनगर–८ ले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई लक्षित गरेर नियमित रुपमा स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरिरहेको उनले बताइन् ।


श्याम राई, उदयपुर  गाईघाट, १८ चैत्र | बराहपोखरीदेखि भिरगाउँस्थीत रुम्दुबाट रसुवाघाट तर्फ खयर बोकेर आउँदै गरेको मे १ त ८५९७ नम्बरको ट्याक्टर साँझ ६ बजे बराहपोखरी –१ स्थित भिरदेखि झण्डै ७ सय मिटर तल खस्दा गाडीका चालक झापा बुद्धशान्ति नगरपालिका–४ का बर्ष २८ का अमृत लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

ट्याक्टरमा रहेका अर्का २४ बर्षिय मुकेश मगर घाईते भएकाछन् । टाउको र शरीरको विभिन्न ठाउँमा चोटपटक लागेका उनको खोटाङं अस्पतालमा उपचार भैरहेको छ ।

मृतक लिम्बुको शब झण्डै ५ सय मिटर तल खोचमा अड्किएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण क्षमता भन्दा बढी काठ बोेकेको कारण अनियन्त्रित भै सडकदेखि तल खसेको प्रहरीले अनुमान गरेको छ ।

 

 


 

 




काठमाण्डेो | गैर आवासीय नेपाली संघ (एनआरएनए)ले भोजपुर नगरपालिका–१२ टक्सारस्थित मालबाँसेका आगलागी पीडितहरूलाई राहत प्रदान गरिएको छ । आगलागी पीडित स्थानीयहरूलाई एनआरएनएको तर्फबाट अस्थायी आवास निर्माणका लागि २५ बन्डल (५ परिवारका लागि) जस्तापाता प्रदान गरिएको हो । नगरप्रमुख कैलाश कुमार आलेमार्फत राहत  उपलब्ध गराइएको हो ।

 परोपकार तथा मानवीय सहायता विभागमार्फत संघले आगलागीजन्य विपद् प्रभावितका लागि सहयोग सुरु गरेको हो । नगर प्रमुख कैलाश कुमार आलेले सहयोगी संस्था एनआरएनएलाई पनि धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय नगर क्षेत्रमा भएको यो ठुलो विपद् हो । यो उदाहरणीय कार्य हो । यसरी नै विपदमा सबै एकजुट भएर आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुपर्दछ ।”

संघका अध्यक्ष डा बद्री केसीले संघले विपद्मा परेका टक्सारबासीलाई परेको पीडामा थोरै भएपनि मलम लगाउन पाएको बताउनुभयो ।

 


बिराटनगर २०८० चैत्र १७ गते |  शनिबार मोरंग व्यापार संघले भारतको पद्मश्रीबाट विभुषित मिलेट मेन अफ इन्डिया डा। खादर वलीज्यूसँग प्रत्यक्ष कुराकानी कार्यक्रम आयोजना गरेको छ । मोरंग व्यापार संघका अध्यक्ष एवम् Fncci का केन्द्रीय सदस्य नवीन रिजालज्यूको सभापतित्व आयोजित कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका स्वास्थ्य मन्त्री माननीय प्रदिप कुमार सुनवारज्यू, कार्यक्रममा मुख्य आकषर्क मिलेट मेन अफ इन्डिया |

पद्मश्री डा। खादर वलीज्यू र उहाँकी धर्मपत्नी श्रीमती उषा सुत्रम नन्जुनदस्न्तरीज्यू, भारतका पूर्व राज्य सभा सदस्य श्री रविन्द्र किशोर सिन्हाज्यूको उपस्थिति रहेको थियो ।

संघका महिला उद्यम समितिकी संयोजक श्रीमती बन्दना जैनज्यूले संचालन गर्नु भएको सो कार्यक्रममा अध्यक्ष श्री रिजालज्यू, निवर्तमान अध्यक्ष श्री प्रकाश मून्दडाज्यू, उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशकी उपसचिव श्रीमति लक्ष्मी आचार्यज्यू, मोरंग व्यापार संघका पूर्व अध्यक्ष तथा सिएनआई कोशी प्रदेशका अध्यक्ष श्री पवन कुमार सारडाज्यू, यसैगरी मोरंग व्यापार संघ, सिएनआई र उद्योग संगठन मोरङ्गका पदाधिकारी एवम् सदस्यज्यूहरु, तिनै संस्थाका युवा उद्यम समितिका सदस्यज्यू, महिला उद्यम समितिका सदस्यज्यूहरु र यस कार्यक्रममा पाल्नु भएका सचेत स्वास्थ्य प्रेमी महानुभावज्यूहरु तथा संचारकर्मीज्यूहरु लगायतको उपस्थिति रहेको थियो ।



विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले नौं परिवारलाई बिउ पूँजी स्वरुप दश जोडका दरले ९० जोड परेवा प्रदान गरेको छ । बिहीबार परम्परागत सीप मार्फत उद्यमशीलता विकासका लागि धनपालथान गाउँपालिका– ३ बेतौनाका नौं अति विपन्न परिवारलाई दश जोडका दरले ९० जोड परेवा प्रदान गरेको हो ।

मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सांसद योगेन्द्र मण्डलले  अति विपन्न परिवारलाई परेवाको बच्चा हस्तान्त्रण गरे । विपन्न परिवारलाई परेवा हस्तान्त्रण गर्दै सांसद मण्डलले परेवा पालनलाई उद्योगको रुपमा विकास गर्न आग्रह गरे । एक सय जोड परेवा पाल्दा मासिक ४५ हजारसम्म आम्दानी हुने बताउँदै उनले भने,‘ यो दश जोड परेवालाई बीउ पूँजी मानेर उद्योगको रुपमा विस्तार गर्नुहोला ।’

विपन्न परिवारको आर्थिक हैसियत उकास्ने मुख्य आधार उद्यमशीलता नै भएको बताउँदै उनले थोरै लगानीमा उद्यमशीलता विकासको आधार तयार हुने भएकाले  विपन्न परिवारका लागि परेवा पालन व्यवसाय फलदायी हुने बताए । 

व्यवसायीक रुपमा परेवा पालनबाट राम्रो आम्दानी हुने भएकाले आफ्ना क्षेत्रका अन्य जनतालाई पनि पालनका लागि प्रोत्साहन गरिरहेको उनले बताए ।‘ थोरै लगानीमा नियमित र राम्रो आम्दानी परेवा पालनबाट हुन्छ,’उनले भने,‘ बिक्रीका लागि बजारको समस्या छैन ।’ सांसद मण्डलले विपन्न परिवारलाई आत्मनिर्भर बनाउनका लागि यसअघि  परेवा वितरण सुरु गरेका थिए । 

लघुवित्तले नमुना गाउँ बनाउने घोषणा गरेको वेतौनाका अति विपन्न परिवारलाई परेवा हस्तान्त्रण गरेको हो । 

लघुवित्तले धनपालथान गाउँपालिका– ३ र ४ मा पर्ने बेतौनालाई इको भिलेज बनाउने अभियान अन्तरगत काम गरिरहेको छ । सोही अभियान अन्तरगत अति विपन्न परिवारलाई परेवा बिउ पूँजी प्रदान गरिएको लघुवित्तका उद्यमशीलता विकास प्रमुख मनोजकुमार शर्माले बताए ।

विपन्न परिवारलाई परेवा हस्तान्त्रण गर्नुअघि लघुवित्तले परेवाको खोर निर्माण गर्न लगाएको थियो । पहिलो चरणमा खोर निर्माण गरेका नौं परिवारलाई परेवा हस्तान्त्रण गरेको उनले बताए । 

परम्परागत सीप मार्फत उद्यमशीलता विकासका लागि पाएको परेवा संरक्षणका लागि परिवारले चासो दिनुपर्ने लघुवित्तका जोखिम व्यवस्थापन विभाग प्रमुख शिवकुमार रामले बताए । स्थानीय आफै सचेत भएमात्रै परेवा व्यवसाय फस्टाउने बताए । 

स्थानीय धामो आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मण्डलले गाउँका अतिपन्न परिवारले परेवा पालन विस्तार गरे आफ्नौ आर्थिक हैसियत उकास्न सक्ने बताए । लघुवित्तका कर्सीया शाखा प्रमुख गायत्री पोखरेलले उद्यमशीलता विकासका लागि प्रदान गरिएको परेवा पालनको अवस्थाका बारेमा लघुवित्तले अनुगमन गर्ने बताए । 


विराटनगर | २००८ साल स्थापित नेपाली लेखक संघ कोशी प्रदेशको पहिलो बैठकले सल्लाहकार समिति गठनसहित विभिन्न निर्णय गरेको    छ । शनिबार संघका प्रदेश अध्यक्ष गोकुल अधिकारीको अध्यक्षतामा विराटनगरमा बसेको पहिलो बैठकले ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो । 

समितिमा अग्रज साहित्यकार डा. गोपाल भण्डारी (सुनसरी), प्राज्ञ विवश पोखरेल (मोरङ), विमल वैद्य (इलाम), केशव आचार्य (झापा) र डा. विमला श्रेष्ठ (मोरङ) सल्लाहकारमा मनोनित गरेको महासचिव मीनकुमार नवोदितले जानकारी दिए ।

त्यस्तै प्रदेश कार्यसमितिमा झापाकी गीता निरौलालाई मनोनित गरिएको छ ।

त्यस्तै सो बैठकले अध्यक्ष गोकुल अधिकारी, उपाध्यक्ष लता खरेल, महासचिव मीनकुमार नवोदित, सचिव वासुदेव पोखरेल र कोषाध्यक्ष लक्ष्मी रायमाझी रहने गरी ५ सदस्यीयसचिवालय समितिसमेत गरेको छ । बैठकले प्रदेशका बाँकी रहेका जिल्लाहरुमा संघका गतिविधि चलायमान बनाउन समिति विस्तार गर्ने, भाषा, कला, साहित्य र संस्कृतिको विकासका लागि तीनै तहको सरकारलाई ध्यान दिन आग्रह गर्नेलगायतका निर्णय पनि गरेको महासचिव नवोदितले जानकारी गराए ।

 

 


धनकुटा, १७ चैत । खानेपानी मन्त्री राजेन्द्र राईले धनकुटामा दुई वटा वडा कार्यालय भवन शिलान्यास र एउटा विद्यालय भवन उद्घाटन गरेका छन् । विभिन्न कार्यक्रममा सहभागि हुन गृहजिल्ला धनकुटा आइपुगेका मन्त्री राईले पाख्रीवास नगरपालिका वडा नं.३ र वडा नं.७ को वडा कार्यालय भवन शिलान्यास र सहिदभूमि गाउँपालिका–४ स्थित कन्यादेवी माध्यमिक विद्यालयको भवन उद्घाटन गरेका हुन् ।

पाख्रीवास वडा नं.३ ले कालीमाटी र वडा नं.७ ले होक्से टोलमा वडा कार्यालय भवन निर्माण गर्न लागेको हो । शुक्रबार होक्से टोलस्थित भवन निर्माण स्थलमा इँटा राखेर मन्त्री राईले ७ नं. वडा कार्यालय भवन शिलान्यास गरे । ७५ लाखको लागतमा बनाउँन लागिएको सो भवन आगामी असार मसान्तभित्रमा निर्माण सम्पन्न गर्नेगरी भोजपुरको मिडहिल इन्फास्टक्चर प्रा.लि.सँग सम्झौता भएको वडाध्यक्ष देवेन्द्र तामाङले जानकारी दिए । सो भवन निर्माण गर्न वडा सदस्य चन्द्रबहादुर तामाङले दुई रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् ।

 ७ नं.को वडा कार्यालय भवन शिलान्यास सकेर वडा नं.३ पुगेका मन्त्री राईले त्यहाँ पनि वडा कार्यालय भवन शिलान्यास गरे । स्थानीय हर्कबहादुर राईले निःशुल्क प्रदान गरेको दुई रोपनी क्षेत्रफलको जग्गामा ४४ लाख खर्च गरेर भवन बनाउँन लागिएको हो । आगामी असार १० गतेभित्र काम सक्ने गरी काठमाडौंको एमकेए ग्रुप प्रा.लि.ले भवन निर्माणको जिम्मा लिएको वडाध्यक्ष सरोज राईले जानकारी दिए ।

 यसअघि मन्त्री राईले बिहीबार सहिदभूमिको कन्यादेवी माध्यमिक विद्यालयको नवनिर्मित छ कोठे पक्की भवन उद्घाटन गरेका थिए । विद्यालयमा आयोजित कार्यक्रममा उनले शिलालेखको पर्दा उघारेर भवन उद्घाटन गरे । ६७ लाखको लागतमा भवन बनाइएको हो । सो विद्यालयमा २६८ जना विद्यार्थी अध्ययनरत छन् ।

 गाउँ–गाउँमा विकासले गति लिदैछः मन्त्री राई

पाख्रीवास–३ को वडा कार्यालय भवन शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री राईले अहिले गाउँ–गाउँमा विकासले गति लिदै गएको बताए । तीब्र गतिमा विकास गर्न सरकार लागिपरेको भन्दै मन्त्री राईले विकासलाई गति दिन सरकारमात्र नभएर जनताहरू पनि लागिपर्नुपर्ने धारणा राखे ।

पाख्रीवासको खानेपानी समस्या हल गर्न भुल्के खानेपानी आयोजना सफल पार्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री राईले त्यसका लागि लागिपर्न जनप्रतिनिधिसहित सबैलाई आग्रह गरे । आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उनको भनाई छ । खानेपानीको समस्या क्रमश हल गर्दै जाने भन्दै उनले धनकुटामा खानेपानीमा मात्र नभएर सडक स्तरोन्नति लगायत अन्य विकास निर्माणका काममा पनि पहल गर्ने बचन दिएका छन् ।


काठमाडौं | 
व्युटिसियनहरुको ब्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिको लागि ६ वर्षदेखि आयोजना हुँदै आएको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को छैटौं सिजनको फारम खुलेको छ । यो प्रतियोगिताको ग्रान्ड फिनाले आगामी २६बैशाखमा नाचघरको मेघा हलमा आयोजना हुँदैछ । यो प्रतियोगितामा सहभागी हुने प्रतियोगिहरुका लागि फारम खुला गरिएको हो ।

बिगत झैं यसपटक पनि यो प्रतियोगिताको आयोजना रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रा.लि.ले सँयुक्त रुपमा गर्न लागेको छ । ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४ को उपाधि बिजेताले यसपटक काठमाडौं बैंकक काठमाडौंको दुईतर्फी हवाई टिकट र विभिन्न उपहार प्राप्त गर्नेछन् । यदि हवाई टिकट नलिएको खण्डमा ५० हजार रुपैयाँ र क्राउन प्राप्त गर्नेछन् । फस्ट रनर अप, सेसेन्ड रनरअप लगायतलाई पनि विभिन्न पुरस्कारहरु रहेको आयोजक एवम् बरिष्ट ब्युटिसियन सोनी कारँजितले बताएकी छिन् । बिजेताहरुले म्युजिक भिडियो, टेलिफिल्म तथा सर्ट फिल्ममा मेकअप गर्ने अबसर, मोडलिङ गर्ने अबसर पनि प्राप्त गर्नेछन् ।

प्रतियोगिताको फारम रोज ब्युटी एकेडेमीको कार्यालय रवीभवन, विलक्षण क्रियसनको कार्यालय पुतलीसडकलगायतको स्थानमा पाईने पनि आयोजक पक्षले जनाएको छ । यो प्रतियोगिताको अर्को हप्ता अडिसन लिईने भएको छ । ब्युटिसियन तथा ब्युटिसियन क्षेत्रमा आउन चाहनेहरुले यो प्रतियोगितामा भाग लिने पाउने छन् । ब्युटिसियन क्षेत्रमा नलागेकाहरुलाई पनि ब्युटिसियनसम्बन्धि प्रशिक्षण दिएर फाईनलमा उतारिने भएको छ । 

यो कार्यक्रमका बारेमा आयोजक बरिष्ट ब्युटिसियन सोनी कारँजितले भनिन्,‘ब्युटिसियनहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिसँगै उनीहरुलाई राष्ट्रिय मञ्चमा उतार्न हामीले बिगत सात वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएका हौं । कोरोनाका कारण एक वर्ष स्थगित भए पनि बाँकी हरेक वर्ष यो प्रतियोगिता नियमितरुपमा आयोजना हुँदै आएको छ ।’

प्राय ब्युटिपार्लर भित्रै सिमित रहने व्युटिसियनहरुका लागि आफ्नो क्षेत्रमा केही फरक प्रस्तुति दिनकोलागि यो प्रतियोगिता उपयुक्त प्लेटफर्म भएको अर्का आयोजक डब्बु क्षत्रीको कथन छ,‘ब्युटिसियनहरुलाई कस्टमर केयरिङदेखि धेरै कुरामा यो प्रतियोगिताबाट फाईदा पुग्ने छ । यसले उनीहरुलाई एउटा सेलिब्रेटीको रुपमा थप परिचयसमेत स्थापित गर्नेछ ।’ क्षत्रीले भने ।

यो प्रतियोगितामा सहभागी हुनेहरुले गाउन र टिसर्ट त पाउँछन नै । उनीहरुले ब्युटिसियन सम्बन्धि दुई साताको विशेष प्रशिक्षण पनि पाउने छन् । सो प्रशिक्षणमा प्रतियोगीहरुलाई सेल्फ मेकअप, ल्यासेस एक्स्टेन्सन, ब्राईडल मेकअप, रशियन जुरो, विभिन्न जुरो, हाईडा फेसियल, हेयर केयर, स्किन केयर, कस्मेटिक केमिकल, वाटर मार्वल नेलआर्ट, पर्मानेन्ट ल्यासेस लिफ्टिङ, बि.बि. ग्लो फेसियल जस्ता विषयमा प्रशिक्षण समेत दिईने भएको छ । 

यस्तै दुई साताको पर्सनालिटी डेभलपमेन्ट, बतृत्वकला, क्याटवाट जस्ता ग्रुमिङ प्रशिक्षणसमेत उनीहरुलाई गराईने भएको छ । यस्तै उनीहरुको विशेष फोटो शेसन र भिडियो सेसन पनि हुने आयोजक पक्षले जनाएको छ । 


श्याम राई, उदयपु  गाईघाट, १६ चैत्र | नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा आगामी बैशाख १२ गतेदेखि १८ गतेसम्म सप्ताब्यापी प्रदेश स्तरीय तेश्रो बृहत औधोगिक प्रदर्शनी तथा रैथाने खाना महोत्सब हुने भएको छ ।

स्थानीय औधोगिक उत्पादन र रैथाने खानालाई मुख्य आकर्षण बनाएर यसको बजारीकरण तथा प्रचारप्रसारमा ध्यान पु¥याउँदै गाईघाट बजारको नँया बसपार्कमा महोत्सबको आयोजना गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । संघका अध्यक्ष मधुकर थापाले जिल्लामा औधोगिक क्षेत्रको समस्याहरुलाई समाधानका लागि प्रदर्शनीको महत्वपूर्ण भूमिका रहेको बताए ।

जिल्लामा कृषि, जडिबुटी, पशुपन्छि, स्थानीय कच्चापदार्थ, खनिजजन्य र पर्यटनको प्र्रचुर सम्भाबना रहेको हुदा यसलाई चलाएमान बनाउनको लागि पनि मेला महोत्सबको भूमिका अहम रहने थापाले बताए । महोत्सबमा कोशी प्रदेशको सबै जिल्लाको औधोगिक उत्पादनको प्रदर्शन र रैथाने खाना तथा उत्पादित बस्तुको प्रदर्शनी गरिने छ । महोत्सबमा झण्डै १ सय स्टल राखिने छ । महोत्सबमा प्रबेश निःसुल्क र निःसुल्क स्टल राख्न दिने थापाले जानकारी गराए ।

 

 


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङको रंगेलीस्थित सन्थाल बस्तीमा भएको आगलागी पीडित परिवारको वासस्थानलाई स्थायी समाधानका लागि पहल गरिरहेको बताएका छन् । पीडित परिवारसँग प्रत्यक्ष भेट गरी वासस्थानका लागि स्थानीयवासी, प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न सामाजिक संघसस्थाको सहकार्यमा वासस्थानको स्थायी समाधान गरिने बताएका हुन् ।

यही चैत्र ३ गते सन्थाल समुदायको बसोबास रहेको सो ठाउँमा आगलागीबाट २३ वटा घर जलेर नष्ट भएको थियो । सन्थाल बस्ती सुकुम्वासी बस्ती हो । उनीहरूले दैनिकरुपमा गुजारा गरेर जीविकोपार्जन गर्दै आएका छन् । प्रत्यक्ष भेटका क्रममा मुख्यमन्त्री कार्कीले अब विपन्नले विपन्नमात्रै नभई सम्पन्न बन्ने अभियानमा लाग्नुपर्ने बताए । ‘उनले भने, यो दुःखदायी अवस्था भए पनि यसलाई असारको हिलो सम्झनुहोस्, जहाँ केही मिहिनेत गरियो भने, मङ्सिरमा अन्न भित्राउन पाइन्छ ।’

मुख्यमन्त्री कार्कीेले स्थानीय निकायले सो समुदायलाई आफ्नै जग्गाको व्यवस्थाका लागि अग्रसरता लिन आग्रह गरेका छन् । ‘प्रदेश सरकारले सुकुम्वासीले घर बनाउनका लागि लिएको जग्गाको ऋणको ब्याज मिनाहा गर्ने, योजना ल्याएको छ । तपाइँ हामीले आँट गर्याैँ भने उहाँहरूलाई सम्पन्न बनाउन सकिन्छ ।’ उनले भने ।

मुख्यमन्त्री कार्कीको नेतृत्वमा विराटनगर १२ मा सुकुम्वासीहरूले ऋण लिएर खरिद गरेको जग्गामा सम्पन्न बस्ती निर्माण अन्तिम चरणमा पुगेको छ । जहाँ ऋषिदेव समुदायका १४५ परिवारले आफैले जग्गा किनेर त्यसको किस्ता आफ्नै श्रमबाट मासिकरुपमा तिरिरहेका छन् । सोही जग्गामा मुख्यमन्त्री कार्कीको नेतृत्वमा विभिन्न सामाजिक संघसस्थाको सहकार्यमा घर निर्माण कार्य भएको हो ।

मुख्यमन्त्री कार्कीले भने, यही मोडलबाट यहाँ पनि घर बनाउन सकिन्छ, अब विपन्न समुदाय विपन्न मात्रै भइरहने होइन, सम्पन्न बन्ने अभियानमा होमिनु पर्दछ । जसका लागि प्रदेश सरकारले मानवीय विकासमार्फत यसको सुरुवात गरिसकेको छ ।’


विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले २४ स्थानमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता   कार्यक्रम सञ्चालन गरेको छ ।

‘ग्लोबल मनी वीक सन् २०२४’ को अवसर पारेर लघुवित्तले चैत ५ देखि चैत ११ गतेसम्म २४ स्थानमा लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । 


लघुवित्तले चैत ५ गते झापाको पथरिया, तेह्रथुमको बसन्तपुर, सिरहाको कर्जन्हा, सप्तरीको बोदेबर्साइनमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गरेको थियो ।

चैत ६  गते झापाको पृथ्वीनगर संखुवासभाको चैनपुर, सिरहाको कल्याणपुर र सप्तरीको छिन्नमस्तामा कार्यक्रम आयोजना गरेको थियो । चैत ७ गते इलामको दानावारी, तेह्रथुमको म्याङलुङ, सिरहाको सुखीपुरमा पर्ने दहीपौडी बजार, सप्तरीको हनुमाननगरमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । 

चैत ८ गते झापाको सुरुङ्गा, धनकुटाको धनकुटा बजार, मोरङको बेलबारी र उर्लाबारीमा कार्यक्रम आयोजना गरेको थियो । चैत ९ गते झापाको शिवगञ्ज, धनकुटाको राजारानी, सुनसरीको अमाहीबेल्हा र लौकहीमा कार्यक्रम आयोजना गरेको हो ।

चैत १० गते  मोरङको केराबारी, धनकुटाको बुधबारे, मोरङको अमरदह र रामचोकमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको लघुवित्तको प्रवक्ता सुदिपकुमार मण्डलले जानकारी दिए । 

कार्यक्रम आयोजना गरेका २४ वटा शाखाले आफ्नो शाखाका उत्कृष्ट ३ जनाका दरले ७२ जना सफल उद्यमी, ७२ जना उत्कृष्ट बचतकर्ता र ७२ जना उत्कृष्ट ऋणीलाई लघुवित्तले पुरस्कृत गरेको थियो ।

२४ शाखाका ७२ जना ह्युमन एटिएम (अधिकृत टेलर सदस्य) र हरेक शाखा अन्तरगतका उत्कृष्ट ५ वटा केन्द्र(समूह)का दरले १२० वटा लघुवित्तको केन्द्रलाई पनि पुरस्कृत गरेको थियो । 

२४ वटा शाखाले पाँच जनाका दरले १२० जना विपन्न समुदायका बालबालिकालाई ‘एडप्ट’ गर्दै एक वर्षका लागि शैक्षिक सामग्री प्रदान गरेको थियो । 

केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमका लागि प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डल, नायव प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी, आइएसडी विभाग प्रमुख विजयकुमार मण्डल र मानव संसाधन विभाग प्रमुख सुदिपकुमार मण्डलको नेतृत्वमा छुट्टा–छुट्टै टोली खटिएको थियो । 

प्रोटेक्ट योर मनी, सेक्योर फ्यूचर’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा लघुवित्तका सदस्यलाई संस्थाको तालिम  विभाग प्रमुख रञ्जना निरौला, लेखा विभाग प्रमुख अंजयकुमार मण्डल, लघुवित्त विभाग प्रमुख मनोजकुमार साह र आइटी विभाग प्रमुख रमेश रायले वित्तीय साक्षरता सम्बन्धी तालिम दिएका थिए ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु सम्बन्धित(कार्यक्रम आयोजना गरिएको) वडाका वडा अध्यक्ष, पालिका प्रमुख,उपप्रमुख, प्रदेश सांसद तथा प्रतिनिधीसभा सांसदको पनि उपस्थीति रहेको थियो । 

लघुवित्त सदस्यलाई वित्तीय ज्ञान अभिवृद्धि गर्ने उदेश्यले ग्लोबल मनी वीक २४ स्थानमा लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम गरिएको लघुवित्तको प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले बताए । कार्यक्रमले लघुवित्तको ऋण सहयोगमा काम गरिरहेका सदस्यहरुलाई उत्साह मिलेको उनले बताए । ‘

कार्यक्रमले लघुवित्त र सदस्यबीचको सम्बन्ध थप मजवुत बनाएको छ,’ उनले भने,‘ उद्यम गरिरहेका सदस्य र संस्थाका कर्मचारीलाई काम गर्ने थप उत्साह मिलेको छ ।’ कार्यक्रममा सहभागि सदस्यलाई लघुवित्तले घरआँगनमा तरकारी खेती अभियान अन्तगत उन्नत जातका विभिन्न तरकारीका बिउ पनि वितरण गरेको थियो ।  लघुवित्तका अन्य शाखाले पनि ग्लोबल मनी ह्वीकमा विभिन्न कार्यक्रम आयोजना गरेका थिए । 

जीवन विकास लघुवित्तले २४ जिल्लामा १६० शाखा कार्यालय मार्फत २४ जिल्लामा तीन लाख २४ हजार ५ सय ७२ सदस्यसँग वित्तीय सेवा पुर्याइरहेको छ । लघुवित्तले सदस्यका लागि २६ अर्ब ६६ करोड, ८१ लाख,२८ हजार ६ सय १५ रुपैयाँ ऋण लगानी गरेको छ ।


विराटनगर  | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले भाषा र संस्कृतिको संरक्षणमा लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल मगर संघ विराटनगर महानगर समितिले आयोजना गरेको ३१ दिने नौमती बाजा प्रशिक्षण एवं मगर बाजा तथा संस्कृति संरक्षण समारोहको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मेयर कोइरालाले भाषा, कला र संस्कृति पाश्चात्य संस्कृतिको अतिक्रमणमा परिरहेको बताउनुभयो । 

उहाँले आफ्ना मौतिक कला र संस्कृतिलाई भुलेर पाश्चात्य संस्कृतिसित जोडिन थालेको भन्दै चिन्तासमेत व्यक्त गर्नुभयो । “आफ्नो कला र संस्कृतिको संरक्षणमा हामी आफैं लाग्नुपर्छ,” उहाँले भन्नुभयो, “हामीले आफ्ना मौलिक संस्कृतिलाई बिर्सिन लागिसकेका छौं । यस्ता प्रशिक्षणले कला संस्कृतिको संरक्षणमा सहयोग पुग्ने मैले विश्वास लिएको छु ।”

कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरी, स्नातकोत्तर क्याम्पसका प्रमुख ढकबहादुर मगर, आयोजक संस्थाका अध्यक्ष कुबेरबहादुर मगर, सचिव ममता मगरलगायतले जन्मेदेखि विभिन्न शुभकार्यमा नौमती बाजा प्रयोग हुने गरेको बताउनुभयो । 

उहाँहरुले प्रशिक्षण लिएर स्वरोजगार बन्नसकिनेमा समेतजोडदिनुभयो । विराटनगर महानगरपालिकाको सहयोगमा सञ्चालित प्रशिक्षणमा ३२ जना सहभागी छन् । प्रशिक्षणपछि उनीहरुलाई दुई समूहमा बाँडेर व्यावसायिक रुपमा आयआर्र्जनमा लाग्ने संघका अध्यक्ष कुबेरबहादुर मगरले बताउनुभयो ।

 

 


धनकुटा । मुख्यमन्त्री केदार कार्कीले अन्तराष्ट्रियस्तरमा पदक जितेका खेलाडीहरूलाई मङ्गलवार धनकुटामा पुरस्कृत गरेका छन् । सम्पर्क कार्यालय स्थापना पछि पहिलो मन्त्रिपरिषद् बैठकका लागि धनकुटामा रहेका मुख्यमन्त्री कार्कीले प्रदेशका खेलाडी तथा प्रशिक्षकलाई नगद सहित सम्मान गरेका हुन् ।

 सम्मानित हुने खेलाडीहरूमा साउदी अरेबियामा सम्पन्न भएको वाफ महिला फुटबल च्याम्पियनसिपमा रजत पदक प्राप्त खेलाडीहरू सविता राना मगर, अमिसा कार्की, हिरा कुमारी भुजेल, रेखा पौडेल, अनिसा बस्नेत, प्रीति राई, अन्जिला तुम्बाप्पो, सहित प्रशिक्षक श्याम मानन्धरलाई जनही २५ हजारका दरले सम्मान गरिएको छ ।

 यसैगरी मलेसियामा सम्पन्न भएको आईटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिप २०२३ मा स्वर्ण पदक विजेता सजिना तामाङलाई नगद ५० हजार सहित सम्मान गरिएको छ ।

 यस्तै, मुख्यमन्त्री कार्कीले चीनमा सम्पन्न भएको १९ औँ एसियाली गेम्समा महिला कबड्डीतर्फका कास्य पदक विजेता मुख्य प्रशिक्षक पार्वती राई सहित खेलाडी मेनुका राजवंशी, अनुजा कुलुङ राई र ईशा राईलाई नगद २÷२ लाख सहित सम्मान गरेका छन् । सोही प्रतियोगितामा रजत पदक विजेताका प्रशिक्षक धनकुटाका कुशल श्रेष्ठलाई समेत नगद २ लाख र कदर पत्रसहित सम्मानित भएका छन् ।

 खेलाडीलाई सम्मान गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशले खेल र खेलाडीको विकासका लागि आवश्यक बजेटको प्रबन्ध गरेको उल्लेख गरेका हुन् । खेल कक्षाकोठा बाहिरको सिकाइका साथै रोजगारीको श्रोत पनि भएकाले सरकारले प्रदेश खेलकुद विकास बोर्डमार्फत अन्तराष्ट्रियस्तरमा भएका खेलका बिजेताई सम्मान गर्ने कार्य योजना बनाएको मुख्यमन्त्री कार्कीले बताएका छन् । 

उनले प्रदेश खेलकुद विकास बोर्डले स्पष्ट कार्य योजना बनाएर अन्तर्राष्ट्रिय खेलमा पदक जित्ने खेलाडी उत्पादनका लागि आएको अवस्थामा प्रदेश सरकारले बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाएका थिए ।


विराटनगर । ऐतिहासिक कथामा आधारित फिल्म ‘नालापानी’ पुनः प्रर्दशनमा आउने भएको छ । गत वर्ष प्रदर्शन भइसकेको चलचित्र ‘नालापानी’ आगामी साउन १८ गते पुनः प्रर्दशन गर्न लागिएको निर्माण पक्षले जनाएको छ ।

यस चलचित्रले इतिहास प्रस्ट बुझाउने, राष्ट्रप्रेम बढाउने र पुर्खाहरूले दिएको बलिदान सबैले हेरेर बुझ्नैपर्ने दर्शकहरूको सुझावअनुसार २०८१ साउन १८ गते चलचित्र ‘नालापानी’ पुनः प्रदर्शनमा ल्याउन लागिएको चलचित्रका लेखक, निर्माता तथा निर्देशक रिमेश अधिकारीले जानकारी दिए । 

चलचित्रमा इतिहासका जानकारले सबैभन्दा लामो र कठिन युद्धको नाम दिएको नालापानी युद्धको कथा समेटिएको छ । यो नेपाली र अंग्रेजबीच भएको लडाइँमा नेपालीले देखाएको वीरताको गाथामा आधारित चलचित्र हो ।

नालापानीको युद्धमा योद्धा बलभद्र कुँवरको नेतृत्वले लडाइँ जितेको थियो । १३ दिन भएको यो युद्धमा ७ दिन घनघोर लडाइँ भएको थियो जसमा बलभद्र कुँवरले पनि वीरगति प्राप्त गरेका थिए ।

चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पूजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, इशान बिजु श्रेष्ठ, हिक्मत थपलियालगायतको अभिनय  छ ।


श्याम राई, उदयपुर गाईघाट, १३ चैत्र | नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कोशी प्रदेशमा अब एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । केन्द्रमा भएको गठबन्धन फेरबदलले अब सातै वटा प्रदेशमा सरकार परिवर्तन हुने र कोशीमा सरकारको नेतृत्व एमालेले लिने उनले बताए ।

नेकपा एमाले उदयपुरको ९ औं जिल्ला अधिबेशन उद्घाटनका लागि आईपुगेको पोखरेलले प्रेस चौतारी उदयपुरले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा आगामी २०८४ को निर्वाचनमा एमाले कसैसँग गठबन्धन नगरी चुनावी मैदानमा एक्लै उत्रने र एकमना सरकार बनाउने बताए । 

उनले एउटा गठबन्धन भत्किएर अर्को बनेको अहिलेको परिस्थितिमा अब अर्को गठबन्धन बन्न नसक्ने बताए । उपाध्यक्ष पोखरेलले अहिलेको परिस्थितिमा बाम गठबन्धन र समाजबादी मोर्चामा सहभागी हुन एमालेले कुनै योजना नबनाएको बताए । हिजो एमाले सिध्याउने तयारीमा कांग्रेस सहितको गठबन्धन लागेकोले त्यसलाई जसरी भएपनि भत्काउने योजना अनुरुप गठबन्धन तोडेको उनले बताए ।

 

 



धनकुटा । कोशी प्रदेश सरकारले धनकुटा अ‍ौद्योगिक ग्राम पूर्णरूपमा सञ्चालनको तयारी थालेको छ ।

 कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आउँदो ६ महिनाभित्र धनकुटा औद्योगिक ग्राम पूर्णरुपमा सञ्चालनमा आउने गरीको खाका १५ दिनभित्र तयार गरेर ल्याउन निर्देशन दिएका छन् । अ‍ौद्योगिक ग्राम क्षेत्रको मंगलबनर अवलोकनपछि मुख्यमन्त्री कार्कीले ग्रामका अध्यक्ष तिलक महतलाई औद्योगिक ग्रामभित्र उद्योग सञ्चालनको खाका १५ दिनभित्र तयार पारेर नल्याए कारबाहीको चेतावनी समेत दिएका हुन् ।

अ‍ौद्योगिक ग्राम परिसरमा निर्मित २७ मध्ये नौ वटा भवनमा लघु उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख ईश्वर थापाले जानकारी दिएका छन् । जसमा सेनेटरी प्याड र खाध्यन्न सामाग्रीहरू उत्पादन भए पनि परिमाण कम रहेको छ ।

 मुख्यमन्त्री कार्कीले ग्रामलाई पूर्णरुपमा सञ्चालन गरेमा पूर्वी पहाडी क्षेत्रको जनजीविकामा सहजता हुने बताउँदै सञ्चालनका लागि आवश्यक निर्देशन दिएका हुन् । मुख्यमन्त्री कार्कीले भने, ‘यस क्षेत्रको स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना भएपछि मात्रै यो क्षेत्रका बासिन्दा लाभान्वित हुनसक्छन् ।’

 ग्राम स्थापनाको ५ वर्ष बितिसक्दासमेत पूर्णरुपमा सञ्चालनमा आउन सकिरहेको छैन । ५२ रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक ग्राम सञ्चालनमा आएपछि पूर्वी पहाडको घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा टेवा पुग्ने प्रदेश सरकारको विश्वास छ ।


श्याम राई, उदयपुर गाईघाट, १३ चैत्र | दुधकोशीमा बेपत्ता ३ वालवालिका मध्य एकको शब मंगलबार दिउँसो फेला परेको छ ।

स्थानीय बासिन्दा, प्रहरी र त्रियुगा नगरपालिकाका मेयर बशन्त बस्नेत सहितको खोजी टोलीले धाप्लाङंघाट भन्दा करिब १ किलोमिटर तल त्रियुगा साउने १४ का ९ बर्षिय रिदम मगरको शब फेला पारेको हो ।

आईतबार दिउँसो होली खेलेर दुधकोशीमा नुहाउन गएका ८ जना वालवालिका मध्य ३ जना बेपत्ता भएका थिए भने ५ जनालाई सकुशल उद्धार गरिएको थियो । बेपत्ताको खोजी सशस्त्रको गोताखोर टोली समेत परिचालन गरिएको थियो । उनीहरुले बेपत्ता वालवालिका नभेटेपछि टोली आजै फिर्ता भएको थियो ।

कोशीमा बेपत्ता हुने १२ वर्षिया रेखा मगर र वर्ष १२ का लोक वहादुर मगर अझै फेला नपरेको प्रहरीले जनाएको छ । साउने गाउँका उनीहरु होली खेलेर कोशी दिउँसो नुहाउन गएका थिए । शबलाई अहिले त्रियुगा नपाको शबबाहनबाट जिल्ला अस्पतालमा पोष्टमार्टमको लागि ल्याईएको छ ।

 

 



विराटनगर–नोना कोइराला स्मृति प्रतिष्ठानको आयोजना र केएचडिसी नेपाल, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहयोगमा मोरङको बूढीगंगा गाउँपालिका ६ को स्वास्थ्य चौकीमा आयोजित स्वास्थ्य शिविरमा ३ सय २५ जना स्थानीयले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् ।

शिविरको उद्घाटन वडाध्यक्ष दिलीप चौधरीको साथमा गाउँपालिका अध्यक्ष जीतनारायण थापामगरले गरे ।  शिविरमा आएका सबै विरामीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण, निःशुल्क ल्याब, निःशुल्क औषधि र परामर्श दिएको थिए । किड्नी, उच्चरक्तचाप, मधुमेह, फोक्सो र हृदयरोगलगायतका अन्य रोगहरुका बिरामीहरुको परिक्षण र उपचार गरिएको थियो । विद्यार्थीहरुलाई स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमसमेत शिविरमा संचालन गरिएको थियो ।

इसीजी, इको कार्डियोग्राफी, रगत परीक्षणलगायतको परीक्षणसमेत निःशुल्क गरिएको थियो । जुन अन्य अस्पतालमा उपचार गर्दा झण्डै आठ हजार रुपैयाँभन्दा माथिको परीक्षण रहेको प्रतिष्ठानका महासचिव अमित श्रीवास्तवले बताए ।

केएचडीसीको सहकार्यमा मोरङका  जिल्लाका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर संचालन भइरहेको छ । यस्तै शिविर अन्य जिल्लाहरुमा समेत आयोजना गरिने छ । केएचडिसीका प्रमुख डा. संजिव शर्माले पहिलोपटक नोना कोइराला स्मृति प्रतिष्ठानसँग सहकार्य भएको र अब अन्य सहकार्यसमेत गर्दै जाने बताए ।

महासचिव श्रीवास्तवले शिविरमा उपचार गराएका मध्ये ५० प्रतिशतमा मधुमेहको समस्या देखिएको बताए । प्रतिष्ठानले केही समयभित्रनै मोरङको अन्य ग्रामीण क्षेत्रमा पुनः यस्तै कार्यक्रमको आयोजना गर्ने जानकारी दिए ।

 


सुनसरी, २०८० चैत १० गते । सुनसरीको धरान  उप -महानगरपालिका( १६ की २१ बर्षीया सुमना श्रेष्ठको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । गत चैत ७ गते धरानको वि।पि। कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कूल बिच रहेको खोल्सामा पहिचान नखुलेको महिला मृत अवस्थामा रहेको जानकारी पाएसगै जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान, नेपाल प्रदेश प्रहरी कार्यालय धरानबाट dog सहितको प्रहरी टोली र वि।पि। कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट forensis - doctor सहितको टोली घटनास्थलमा खटिगई घटना सम्बन्धमा प्रारम्भिक अनुन्धान थालेको थियो ।

अनुसन्धानको क्रममा उक्त शव धरान उप - महानगरपालिका १६ की २१ बर्षीया सुमना श्रेष्ठको रहेको खुल्न आएको थियो । घटनाको प्रकृति हेर्दा मृतक सुमना श्रेष्ठको हत्या भएको देखिए पछि प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान थालेको थियो । प्रहरीले गहिरो अनुसन्धान पश्चात हत्यामा संलग्न धरान उप-महानगरपालिका १७ का १९ बर्षीय सविन भन्ने बाबुराम भुजेललाई पक्राउ गरेको हो । 

मृतक श्रेष्ठ र भुजेल बीच करीब २ बर्ष देखि facbookमार्फत प्रेम सम्बन्ध रहेको र बिस्तारै सम्बन्धमा खटपट हुँदै गए पछि चैत्र ६ गते भुजेल मृतक श्रेष्ठलाई भेट्न धरान आएको र भेटघाट गरी आफ्नै स्कुटरमा श्रेष्ठलाई राखी स्कुटर चलाउन सिकाउदै जाने क्रममा उनिहरूको बिच फेसबुक प्रयोगको बिषयमा विवाद भएपछि भुजेलले श्रेष्ठको खुकुरीले घाटी रेटी हत्या पश्चात खोल्सामा फाली भागेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

 भुजेललाई धनकुटा नगरपालिका ९ मुलघाटबाट लुकिछिपी बसेको अवस्थामा फेला पारी  गत बिहीबार पक्राउ गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


विराटनगर | विराटनगर महानगरपालिकाले ऐलानी जग्गा खोजी सुरु गरेको छ ।

विराटनगरका विभिन्न वडामा रहेका ऐलानी जग्गाको महानगरले खोजी सुरु गरेको हो । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा शनिबार बिहान विराटनगर–११ केशलिया रोड दक्षिण तथा महेन्द्रचोक पश्चिममा रहेको ऐलानी जग्गा नापजाप गरिएको छ । वर्षौदेखि बेवारिसे अवस्थामा रहेको सो जग्गा महानगरको भएको निष्कर्षसहित नापजाप गरी छुट्याइएको वडाध्यक्ष तीर्थेन्द्र नेउपानेले जानकारी दिनुभयो ।

विराटनगरभित्र रहेका ऐलानी जग्गा नापजाप गरी महानगरको स्वामित्वमा ल्याउने कार्य भइरहेको मेयर कोइरालाले बताउनुभयो । महानगरको स्वामित्वको सो जग्गामा उचित संरचना निर्माण गरेर प्रयोगमा ल्याइने कोइरालाको भनाइ थियो । वडाध्यक्ष नेउपानेका अनुसार नापजापपछि सो ठाउँमा चार कठ्ठा जग्गा ऐलानी भएको पाइएको छ । नापजापपछि चार किल्ला गाडिएको वडाध्यक्ष नेउपानेले जानकारी दिनुभयो ।


झोराहाट । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केन्द्रीय गठबन्धन फेरिँदैमा कोशी सरकार तलमाथि नहुने बताएका छन् । शुक्रवार झोराहाटमा आयोजित विद्यार्थी, शिक्षक तथा सञ्चारकर्मी सम्मानित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संविधानअनुसार सरकार चल्ने बताएका हुन् । ‘संविधान अनुसार बनेको सरकार हो । सरकार बन्दा पनि माथिको गठबन्धनसँग टेकिएर बनेको थिएन र माथिको गठबन्धन तलमाथि हुँदैमा यो सरकार फेरिने पनि छैन ।’ उनले भने ।
 

नारदमुनि पवित्रादेवी लुइँटेल स्मृति कोषले आयोजना गरेको कार्यक्रममा झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार सञ्चारकर्मी सुशीला पाठकलाई प्रदान गरिएको थियो । यस्तै छत्रपति लुइँटेल सेवा निवृत्त शिक्षक सम्मान अन्तरगत झोराहाट स्थित सरस्वती माविका पूर्व शिक्षक शिवनारायण चौधरी र हरिनारायण दासलाई गरियो । यसैगरी छात्रवृत्ति पाउने विद्यार्थीहरूमा दिनेश खत्री, दीपिका कुमारी कार्की, मल्लीका विश्वास, आरती सरदार रहेका छन् ।

मुख्यमन्त्री कार्कीले पुरस्कार वितरण गर्दै समाजमा योगदान पुर्याउनेहरुप्रतिको सम्मानले खुसी तुल्याएको बताए । ‘यो ज्ञान कक्षाकोठा बाहिरको ज्ञान हो जसले समाजका लागि सोचेर आज सम्मानित हुनुभएको छ । त्यस कारण प्रमाणपत्रमा अङ्कको मात्र मापनले सिकाई पूर्ण हुन सक्दैन ।’ उनले भने ।


नेपालगन्ज, चैत ९ गते | बाँके जिल्ला फुटबल संघको आयोजनामा भएको एन्फा कम्युनिटी कोचिङ कोर्ष सम्पन्न भएको छ ।

चैत ६ देखि ९ गते सम्म संचालन हुने एन्फा कम्युनिटी कोचिङ कोर्षमा बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाल, डोटी, कालिकोट, काठमाडौं लगायतका जिल्लाबाट ४३ जनाको सहभागिता रहेको थियो ।

कोर्षमा सहभागि भएकाहरुलाई शुक्रबार प्रमाण पत्र प्रदान गरिएको   थियो । एन्फा कम्युनिटी कोचिङ कोर्षमा सहभागि भएकाहरुलाई नेपालगन्ज उप–महानगरपालिकाका मेयर प्रशान्त विष्ट, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फा केन्द्रिय सदस्य भोजराज शाही, एन्फाका पुर्व उपाध्यक्ष गोवर्धन सिंह सम्झन, राप्रपा नेपालका सहायक महामन्त्री तेजबिक्रम शाह, एन्फा कार्यवहाक प्राविधिक निर्देशक एवम् नेपाली राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान हरी खड्का, एन्फा हेड अफ कोच एजुकेशन संजित सिंह, लगायतले प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

चार दिन सम्म चल्ने एन्फा कम्युनिटी कोचिङ कोर्षमा सहभागि भएकाहरुलाई एन्फा कार्यवहाक प्राविधिक निर्देशक एवम् नेपाली राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान हरी खड्का र एन्फा हेड अफ कोच एजुकेशन संजित सिंहले प्रशिक्षण दिनु भएको थियो ।

 एन्फाले ५ वर्ष अघि देखि एन्फा कम्युनिटी कोर्षको सुरुआत गरेको हो । बाँकेमा भैरहेको कोर्षमा ३२औं ब्याचले प्रशिक्षण लिनु भएको छ ।

प्रमाणपत्र वितरण कार्यक्रममा मेयर प्रशान्त विष्टले फुटबलको विकासमा प्रशिक्षण कार्यक्रमले प्रभावकारी भुमिका निर्वाह गर्ने बताउनु भयो । फुटबलको विकासमा नगरपालिका सधै सकारात्मक भएर अगाडी बढिरहेको बताउँदैं मेयर विष्टले आगामी दिनमा पनि संघसँग सहकार्य गरेर अगाडी बढने बताउनु भयो ।

पुर्व कप्तान हरी खड्काले दक्ष प्रशिक्षक बिना फुटबलमा सफलता हासिल गर्न असम्भव भएको भन्दैं प्रशिक्षणलाई व्यवहारमा प्रयोग गर्नुपर्ने बताउनु भयो ।

आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले प्रशिक्षण सम्पन्न गर्न सहयोग गर्ने अखिल नेपाल फुटबल संघ, प्रशिक्षकहरु र सहभागीहरुलाई धन्यवाद दिनु भयो । संघले आगामी दिनमा फुटबलको विकासका लागि अन्य थुप्रै कार्यक्रम गर्ने तयारी गरेको उहाँले जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष निर्मल चन्दले थुप्रै चुनौतिका बिच संघले फुटबल विकासका लागि काम गर्ने प्रयास गरिरहेको बताउनु भयो ।

एन्फाका पुर्व उपाध्यक्ष गोवर्धन सिंह सम्झनाले तालिम लिनु भएका प्रशिक्षकले आफनो लगनशील भएर फुटबल प्रशिक्षण गराउँदैं प्रतिभाशाली खेलाडी उत्पादनमा योगदान दिनु पर्ने बताउनु भयो ।


विराटनगर | साहित्यकार लक्ष्मी पोखरेलद्वारा लिखित ‘कसका लागि’ लघुकथासंग्रह विमोचन गरिएको छ ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा उक्त कृतिको विमोचन गरिएको हो । कार्यक्रममा साहित्यकार प्राध्यापक कविराज न्यौपाने, आयोजक संस्थाका अध्यक्ष विवश पोखरेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीलगायतले संयुक्त रुपमा लघुकथासंग्रहको विमोचन गरिएको थियो ।

विमोचित कृतिका बारेमा प्रा. डा. हरिहर भण्डारी र साहित्यकार भूषण ढुङ्गेलले समीक्षा गर्नुभएको थियो । यसैगरी साहित्यकार बलराम पोखरेल, कृष्ण भण्डारी मार्सेली, प्रेम ओझा, गंगा सुवेदी, देवी पन्थी, रामबाबु दाहाल, आयोजक संस्थाका महासचिव गोकुल अधिकारी, सचिव मीनकुमार नवोदितलगायतले शुभकामना मन्तव्य प्रकट गर्नुभएको थियो सो समारोहमा प्रतिमा निरौला, प्रिन्स प्रमोद ढकाल, लक्ष्मी रायमाझी पुष्पा बराल र उमा सिजापतिले  विमोचित कृतिभित्रका लघुकथा वाचन गर्नुभएको थियो ।

 


काठमाडौं । नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई एडभान्स कार्डिएक लाइफ सपोर्ट, बेसिक लाइफ सपोर्ट तथा एयरवेज म्यानेजमेन्ट सम्बन्धी तालिम दिइएको छ । कलेजको नर्सिङ विभाग, क्रिटिकल केयर तथा इमरजेन्सी म्यानेजमेन्टले दिएको चार दिने तालिममा १०३ जना स्टाफ नर्सहरु सहभागी थिए ।

कलेजमा कार्यरत स्टाफ नर्सहरुको क्षमता विकास गराउने उद्देश्यका साथ कलेजले यो तालिम दिएको हो । तालिममा सहभागी स्टाफ नर्सहरुलाई उपचारका क्रममा बिरामीको शारिरीक स्वास्थ्य अवस्था हेरेर उसलाई कस्तो प्रकारको लाइफ सपोर्ट चाहिएको निश्चित गरी प्रयोग गर्न सिकाइएको थियो । चिकित्सकीय सेवामा लाईफ सपोर्टका स्वास्थ्य सामग्रीहरु बिरामीलाई समयमै प्रयोग गर्दा हुने फाइदाहरुका बारेमा जानकारी दिईएको कलेजकी मेट्रोन नविना सिंहले जानकारी दिइन् ।


तालिममा सहभागी स्टाफ नर्सहरुले इमरजेन्सी तथा क्रिटिकल केयरमा आउने बिरामीहरुलाई सहज बनाउन लाइफ सपोर्ट स्वास्थ्य सामग्रीहरुको उपयोगिता, त्यसले दिने फाइदा बारे जानकारी पाइएको बताए । इमरजेन्सी र क्रिटिकल केयरमा आउने बिरामीहरुलाई समयमै उपचार गराउन सके उनीहरुको जीवन बचाउन लाइफ सपोर्ट सामग्रीहरुको महत्वपूर्ण भूमिका रहने बताइएको छ ।

कलेजले आफ्ना स्वास्थ्यकर्मीहरुलाई समयसापेक्ष दक्ष र सीपयुक्त बनाउन समयसमयमा यस्ता तालिमहरु नियमित रुपमा गर्दै आइरहेको अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो समय कलेज विरगञ्जका सफल मेडिकल व्यवसायी, प्रख्यात सर्जन प्रा.डा. जैनुद्धिन अन्सारीको नेतृत्वमा गएसँगै स्वास्थ्य सेवालाई सुधार्दै चिकित्सक, स्टाफ नर्स तथा कर्मचारीहरुको क्षमता अभिबृद्धिका तालिमहरु पनि सञ्चालन गर्न थालिएको छ । 


विराटनगर, चैत्र ८ गते । कोशी प्रदेश प्रहरी श्रीमती संघको सक्रियता तथा कोशी प्रदेश प्रहरी कल्याणकोषको लगानीमा संचालित शौन्दर्यकला तालिम  “चौथो समुह” को समापन तथा सिलाई(कटाई तालिम ११औ समुहको समुद्‌घाटन भएको छ । 


आज कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा कार्यक्रमकी प्रमुख अतिथी नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले पानसमा दिप प्रज्वलन गरेर तालिमको समुद्धाटन गर्नु भएको हो । प्रहरीका आश्रित परिवारलाई लक्षित “शौन्दर्यकला” तालिमको समापन तथा सिलाई कटाई तालिमको समुद्घाटन कार्यक्रममा बोल्नु हुदै कार्यक्रमकी प्रमुख अतिथी कुँवरले तालिमबाट सिकेका ज्ञानहरुलाई व्यबहारमा उतारी व्यवसायिक जिविका पार्जन गर्नु पर्ने  बताउनु भयो । 


६ महिना अवधीको सिलाई कटाई तालिम ११ औ समुहमा १८ जना प्रशिक्षार्थी सहभागी हुनेछन् । भुमिका सिपमुलक तालिम केन्द्र दमक ८ झापाको प्राविधिक सयोगमा मिति २०८०पुस ०४ गते देखी मिति २०८०फागुन २७ गते सम्म संचालित ६५ दिन अवधीको “शौन्दर्यकला” तालिम चौथो समुहलाई ऋत्भ्ख्त् द्धारा मान्यता प्राप्त हुने ctevt   को सम्पुर्ण Level-1 र 2  का केही कोर्षहरु समेतको प्रशिक्षण प्रदान गरिएको थियो । 

उक्त शौन्दर्यकला तालिममा ३६ जना प्रशिक्षार्थीहरुले सफलता पुर्वक तालिम समापन गरेका छन् ।  यसै गरी सो कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी महासचिव अनुश्री पाख्रिन, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङ, नेपाल प्रहरी कोशी प्रदेश श्रीमती संघकी अध्यक्ष भावना श्रेष्ठ  खापुङ, नेपाल प्रहरी श्रीमती संघकी प्रशासन सचिव अजिता देबकोटा बास्तोला, प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी उपरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिती रहेको थियो ।

 


काठमाडौं । विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल मेडिकल कलेजमा सचेतना कार्यक्रम गरिएको छ । हरेक वर्ष मार्च २० मा विश्व स्वास्थ्य संगठनको आब्हानमा विश्वब्यापी रुपमा विश्व मुख स्वास्थ्य दिवस मनाइन्छ ।


कलेज अफ डेण्टल साइन्स एण्ड हस्पिटलका इन्टर्न तथा डेण्टल विद्यार्थीहरुले इमरजेन्सी भवन अगाडी मुख तथा दाँत कसरी सफा राख्ने ? कस्ता आहारविहार गर्दा मुख र दाँत स्वस्थ र सफा रहन्छ ? लगायतका बारेमा आगन्तुकहरुलाई सचेतना दिएका थिए ।

दाँतको राम्ररी स्याहार गरिएन भने मान्छेको व्यत्तित्वमै प्रभाव पर्ने भएकोले समय–समयमा दन्त चिकित्सकबाट दाँत तथा मुखको स्वास्थ्य परीक्षण गराउनु पर्ने, दाँतमा किरा लाग्न नदिन, खिइन नदिन दैनिक दुई पटक दाँत माझ्नु पर्ने, चुरोट, खैनी, गुट्खा, तम्बाकु जस्ता हानिकारक वस्तुहरु खान नहुने बारे अस्पतालमा आएका बिरामी तथा आगन्तुकलाई जानकारी दिइएको थियो ।

‘विश्व मुख स्वास्थ्य दिवसको अवसरमा हामीले यहाँ आएका भिजिटरहरुलाई मुख तथा दन्त स्वास्थ्यका बारेमा सचेतना दिएका हौं ।’ नेपाल मेडिकल कलेज डेण्टल हस्पिटलका निर्देशक डा. प्रकाश भट्टराईले बताए । कलेजमा आएका आगन्तुक तथा बिरामीहरुले मुख स्वास्थ्य, दन्त स्वास्थ्यका बारेमा विविध जानकारीहरु पाएको बताए ।

कलेजको दन्त रोग विभागमा दैनिक डेढ सयदेखि दुई सयको हाराहारीमा बिरामीहरु आउने गरेका छन् । कलेजले दन्त रोग सम्बन्धी छुट्टै अत्याधुनिक भवन समेत निर्माण गरिरहेको छ ।


विराटनगर | विराटनगर महानगरपालिकाले गृहिणीका समस्या बुझ्न विशेष कार्यक्रम सञ्चालन गरेको छ ।‘उपमेयरसित गृहिणी’ नाम राखेर महानगरले विशेष कार्यक्रम सञ्चालन गरेको हो । महानगरले सबै वडाबाट कुनै संघसंस्था र राजनैतिक दलमा आबद्ध नभएकोका वास्तविक गृहिणीहरूलाई भेला बनाएर उनीहरूको समस्या बुझेको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् । 

अझै पनि धेरै महिलालाई आफ्ना अधिकारका विषयमा जानकारी नभएको भन्दै कार्कीले संविधान प्रदत सबै किसिमका अधिकारबारे सहभागीहरूलाई जानकारी गराएको बताइन् । मेयर नागेश कोइरालाले आफ्ना समस्याबारे खुलस्त राख्न आग्रह गरेका थिए । 

उनले केही समस्या परे सिधै महानगरमा आउन अनुरोध गरे । विराटनगरको सरसफाईमा गृहिणीहरूको अहम् भूमिका हुने चर्चा गर्दै मेयर कोइरालाले घरआँगन मात्रै नभएर आफ्नो घर अगाडिको सडकसमेत सफा राख्न आग्रह गरे । “तपाईंहरूले आफ्नो घर आँगनसँगै अगाडिको सडक पनि सफा राख्नुहोस्,” उनले भने, “सबै घरको अगाडि सफा भए समग्र विराटनगर सफा हुन्छ ।”

मेयर र उपमेयरको उपस्थितिमा विराटनगरका सबै वडाका गृहिणीहरूलाई बोलाएर उनीहरूका समस्या र सुझाव सुनेको कानुन शाखाकी प्रमुख शारदा थपलियाले बताइन् । यसरी कार्यक्रम गर्दा गृहिणीहरूमा बोल्ने क्षमताको विकास र आफ्ना समस्या कहाँ गएर कसरी राख्ने भन्ने विषयमा जानकारी हुने थपलियाको भनाइ थियो । न्यायिक समितिका सदस्य तीर्थेन्द्र नेउपानेको समेत उपस्थितिमा भएको कार्यक्रमका सहभागीहरूले मदिरा नियन्त्रण र रोजगारी दिन प्रमुखता साथ उठाएका थिए । मदिरा सेवनले गर्दा श्रीमान र ससुराले घरमा दुःख दिने गरेको गुनासो पोखेका थिए ।

विराटनगर वडा नम्बर १८ की ६५ वर्षीया पार्वतीदेवी यादवले मदिराका कारण गृहिणी महिलाहरूले समस्या झेल्नुपरेको दुखेसो पोखिन् । उनले मदिराको बिक्रीवितरण रोक्नुपर्नेमा जोड दिइन् । विराटनगर–१४ की मुन्नीदेवी यादवले बेरोजगार भएका कारण घरव्यवहार चलाउन समस्या भएकाले जागिर मागिन् । 

बेरोजगार भएर बस्दा घरपरिवारबाट समेत अपहेलित हुनुपरेको उनको भनाइ थियो । विराटनगर–१८ की शर्मिला साहले सडक बनाइदिन आग्रह गरिन् । उनले सडक नबन्दा छोराछोरीलाई विद्यालय जान निकै समस्या भएको गुनासो पाखिन् । विराटनगर–१२ की सुशीलादेवी राजवंशीले विभिन्न तालिम सञ्चालन गरेर गृहिणीहरूलाई स्वरोजगार बनाउन आग्रह गरिन् ।


विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल कोशी प्रदेशको चौथो अधिवेशन सम्पन्न भएको छ । शनिबार झापाको दमकमा परिषद्को चौथो प्रदेश अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा नयाँ कार्यसमिति गठन गर्नका साथै विभिन्न विषयसँग सम्बन्धित भएर सुझाव संकलन तथा छलफल भएको थियो ।

 परिषद्को चौथो अधिवेशनले कोशी प्रदेश अध्यक्षमा पुनः प्रेम कार्की (सङ्खुवासभा)लाई निर्वाचित गरेको छ । यस्तै सचिवमा जितेन लोहार (धनकुटा), उपाध्यक्षमा इन्द्र रावत (भोजपुर),  फुरी शेर्पा (सोलुखुम्बु), रत्न श्रेष्ठ (धनकुटा) र युवराज गुरागाईँ (इलाम) लाई निर्वाचित गरेको छ ।

 यस्तै सह–सचिवमा मुना विष्ट (सुनसरी), नरेश ताजपुरीया (मोरङ), प्रविना राई (ओखलढुङ्गा) र कृष्ण गिरी (भोजपुर)निर्वाचित भएकाछन् । यसैगरी कोशी प्रदेश छात्रा प्रमुखमा पुजा ढुङ्गाना (तेह्रथुम), सह–छात्रा प्रमुखमा जयन्ती पाख्रिन (सुनसरी) निर्वाचित भएका छन् भने जनजाती कार्य प्रमुखमा नगेश कुलुङ राई (सङ्खुवासभा) निर्वाचित भएका छन् ।

 यस्तै व्यवस्था प्रमुखमा मनिप ओझा (मोरङ), मिडिया प्रमुखमा मोहन ढकाल (भोजपुर) निर्वाचित भएका छन् । यसैगरी कार्यसमिति सदस्यमा अभिषेक पोखरेल (मोरङ), भावना गुरुङ (मोरङ), मौसम राई (मोरङ), मनिता ढकाल (भोजपुर), लिला गौतम (ओखलढुङ्गा), चन्द्र कुमार कार्की (धनकुटा), जनक रसाइली (सोलुखुम्बु), सुरेन्द्र मेहता (सुनसरी), निरोज ठाकुर (सुनसरी) र सन्देश राई (सङ्खुवासभा) निर्वाचित भएका छन् ।

 अधिवेशनको उद्घाटन दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै उनले परिषद्ले हरेक क्षेत्रमा सकारात्मक कार्य गरिहेको भन्दै यसलाई निरन्तरता दिइरहनुपर्ने बताए । अधिवेशनमा दुई सय प्रतिनिधिसहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

 

 


विराटनगर |  विराटनगर महानगरपालिकाले पहिलोपटक आयोजना गरेको ‘महानगर रोजगार मेला’मा सफाई कर्मचारीदेखि सहायक प्रमुख कार्यकारी अधिकृत (असिस्टेन्ट सिइओ) सम्मको माग आएको छ | 

महानगरका मेयर नागेश कोइरालाले एक समारोहका बीच उद्घाटन गरेको मेलामा शुक्रबार एकैदिन २ हजार २ सय जनाले रोजगारीका लागि निवेदन दिएका छन् । त्यसमध्ये धेरैजसो बजार व्यवस्थापक (मार्केटिङ)को बढी माग आएको रोजगार शाखाका संयोजक कपिल थापाले जानकारी दिनुभयो । मागमध्ये ३ सय ९२ जनाका लागि रोजगारीसमेत सिर्जना भएको उहाँले बताउनुभयो ।


महानगरले रोजगारदाता र रोजगारीको खोजीमा रहेको जनशक्तिलाई जोड्ने उद्देश्यले पहिलोपटक रोजगारी मेला आयोजना गरेको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाताबीच महानगरले मेला आयोजना गरेर पुलको काम गरेको बताउनुभयो । मेलाबाट बढीभन्दा बढी लाभ उठाउन मेयर कोइरालाले आग्रह गर्नुभयो ।

हरेक वर्ष नेपालमा ५ लाखभन्दा बढी जनशक्ति श्रम बजारमा आउने गरेको उल्लेख गर्दै मेयर कोइरालाले त्यसमध्ये थोरैले मात्रैले स्वदेशमा रोजगारीको अवसर पाउने गरेको चर्चा गर्नुभयो । “बाँकी धेरैजसो विदेश पलायन हुनुपर्ने बाध्यता छ । महानगरले आयोजना गरेको रोजगार मेलाले बेरोजगारी समस्या सबै समाधान त गर्न सक्दैन । तर एउटा सानो प्रयास चाहिं हो भन्ने मलाई लाग्दछ,” कोइरालाले भन्नुभयो, “मेलाबाट बढीभन्दा बढी लाभ उठाउन महानगरवासीलाई आग्रह गर्दछु ।

” रेमिट्यान्स भित्रिए पनि वैदेशिक रोजगारीले नेपाली समाजलाई दुरगामी असर पारिरहेको उहाँको भनाइ थियो । खेतीयोग्य जमिनसहितका स्रोत साधनको उपयोग नहुनु, पारिवारिक विचलन, पहाडबाट तराई–मधेशमा बढ्दो बसाइँ सराईलगायतका समस्या बढ्दै मेयर कोइरालाले बताउनुभयो । “हामीले स्वदेशमै बढीभन्दा बढी रोजगारीका अवसरहरू सिर्जना गर्न सकेमात्रै यस्ता समस्याबाट मुक्त हुन सक्दछौं,” उहाँको भनाइ थियो, “यस्ता मेलाले नयाँ रोजगारी सिर्जना र रोजगारीको अवसर प्राप्त हुन्छ ।”

उहाँले महानगरपालिकाले प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो । हातमा सीप र प्राविधिक ज्ञान नभए अब रोजगारी प्राप्त गर्ने अवस्था नरहेको मेयर कोइरालाले बताउनुभयो ।

कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले रोजगार मेलाले बजारमा कस्तो जनशक्ति आवश्यक छ र श्रमबजारमा कस्ता जनशक्ति छन् भन्ने विषय पनि प्रस्ट हुने बताउनुभयो । उहाँले मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका जनशक्तिलाई जोड्ने काम गरेको चर्चा गर्नुभयो । “महानगरले आयोजना गरेको रोजगार मेला अत्यन्तै उपलब्धिमूलक हुने मैले विश्वास लिएको छु,” उहाँले भन्नुभयो, “आफ्नो क्षमताअनुसारको रोजगारी नेपालमै पनि प्राप्त गर्न सकिन्छ भन्ने यस मेलाबाट पुष्टि हुनेछ ।”

कार्यक्रममा जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रकुमार साह, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, गैरसरकारी संस्था मोरङकी अध्यक्ष विष्णु शर्मालगायतले महानगरले आयोजना गरेको रोजगारी मेलाबाट अन्य पालिकाका लागि पनि सिकाई हुने बताउनुभयो । दुई दिनसम्म सञ्चालन हुने मेलामा उद्योग, होटल, अस्पताल, बैंक, पर्यटन, बिमा, विद्यालय तथा निजी व्यावसायिक क्षेत्रका ३६ वटा स्टल समावेश छन् ।


विराटनगर  |  २००८ साल स्थापित नेपाली लेखक संघ कोशी प्रदेश समिति गठन भएको छ । शुक्रबार विराटनगरमा सम्पन्न संघको पहिलो अधिवेशनले साहित्यकार गोकुल अधिकारी (मोरङ)को नेतृत्वमा प्रदेश समिति गठन गरेको हो ।

२००८ सालमा साहित्यकार बीपी कोइराला, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोविन्दबहादुर मल्ल  (गोठाले), विजय मल्ललगायत लेखक साहित्यकारहरुको अग्रसरतामा स्थापित संघको प्रदेश उपाध्यक्षमा समदर्शी काइँला (पाँचथर, लता खरेल (झापा) महासचिवमा मीनकुमार नवोदित (मोरङ), सचिवमा वासुदेव उपाध्याय पोखरेल (उदयपुर) र कोषाध्यक्षमा लक्ष्मी रायमाझी (मोरङ) चयन भएका छन् । 

संघका केन्द्रीय अध्यक्ष वरिष्ठ कवि तीर्थ श्रेष्ठको उपस्थितिमा भएको अधिवेशनले कृष्ण अधिकारी (सुनसरी), मिलनकुमार ढुंगाना (झापा), पूजा बहार (सुनसरी) मनु विश्वकर्मा (धनकुटा), डा. भेषराज खनाल (ओखलढुंगा), केजी सुब्बा (धनकुटा) र फणिराज नेपाल (संखुवासभा) लाई सदस्यमा सर्वसम्मत चयन गरिएको निर्वाचन समितिका संयोजक प्राध्यापक कविराज न्यौपानेले जानकारी दिनुभयो ।

प्रदेश समितिले केन्द्रसित समन्वय गरेर जिल्ला समितिलाई चलायमान बनाउनेछ । अधिवेशनको उद्घाटन समारोहमा केन्द्रीय अध्यक्ष वरिष्ठ कवि तीर्थ श्रेष्ठ, सहअध्यक्ष रत्नमणि नेपाल, महासचिव मनोज न्यौपाने, प्रदेश अधिवेशन आयोजक समितिका संयोजक प्राज्ञ विवश पोखरेल, निर्वाचन समितिका सदस्य डा. विमला श्रेष्ठ, प्राध्यापक गंगाधर कट्टेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।


विराटनगर । मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लव र कर्णाली प्रवेश गरेका छन् ।

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशको चुनौतीलाई ५ विकेटले पन्छ्याउँदै  विभागिय टोली त्रिभुवन आर्मी क्लव फाइनलमा पुगेको छ ।  आर्मीले यस सिजनमा पिएम कप र केपी आली कप गरि  २ पटक फाइनल खेलिसकेको छ । आर्मी पिएम कपमा पुलिससँग र  केपी ओली कपमा मधेश प्रदेशसँग फाइनलमा पराजित भएको हो ।

टस हारेर ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ६३ रनको योगफल तयार पारेको थियो । सुदुरका नारायण जोशीले आक्रमक ब्याटिङ गर्दै २२ बलमा ६ छक्का र ४ चौका प्रहार गर्दै ५९ रन बनाए । उनले १७ बलमा हाफ सेन्चुरी बनाएका छन् । त्यस्तै किरण ठगुन्नाले ४३ रन बनाए । आर्मीका वसिर अहमदले ४ ओभरमा २३ रन दिएर ४ विकेट लिँदा नितेश पटेल ३ विकेट लिए ।

जवाफमा १ सय  ६४ रनको लक्ष्य पछ्याएको आर्मीले वसिर अहमदको अर्ध सतकले १९ दशमलव १ बलमा ५ विकेटको सो विजयी लक्ष्य पार गरेको थियो । आर्मीको जितमा प्लेयर अफ द म्याच वसिर अहमदले २८ बलमा २ छक्का र ५ चौका प्रहार गरि अविजित ५० रनमा बनाउँदा तृतराजथ दासले ३८  रन र सन्तोष कार्कीले ३१ रन बनाए । सुदूरका दिपक वोहोराले २ विकेट लिँदा हेमन्त धामी र नरेन साउदले १–१ विकेट लिए ।

दोस्रो खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरको खेलमा १८ दशमलव २ बलमा सवै विकेट गुमाई १ सय ५१ रनको स्कोर बनाएको थियो । लुम्बिनीकालागि आकाश त्रिपाटीले ३९ बलमा १ छक्का र १० चौका प्रहार गरि ६५ रन बनाउँदा मृनल गुरुङले २२ रन, दिलसाद अलीले १४ रन र कप्तान देव खनालले १२ रनको योगदान दिए । कर्णालीका प्लेयर अफ म्याच दिपेन्द्र रावतले ४ ओभरमा ३१ रन दिएर ४ विकेट लिँदा प्रकाश जैसीले ३ विकेट  दिवान पुनले २ विकेट लिए ।

जवाफमा १ सय ५२ रनको लक्ष्य पाएको कर्णालीले १८ दशमलव ५ बलमा ५ विकेट सो विजयी लक्ष्य भेट्टाएको थियो । कर्णालीका अर्जुन घर्तीले २७ बलमा १ छक्का र ५ चौका प्रहार गरि अविजित ४३ रनको पारी खेले भने दिनेश अधिकारीले  २० बलमा ३ छक्का र २ चौका प्रहार गर्दै अविजित ३६ रनको योगदान दिए । 

एक समयमा ११ दशमलव ५ बलमा ७८ रनमा पाँचौ विकेट गएको थियो । घर्ती र अधिकारीले छैटो विकेटकालागि ४२ बलमा अविजित ७४ रनको सानदार साझेदारी गरे ।  त्ययस्तै रविन्द्र शाहीले २४ रन र विपिन राउतले १९ रनको योगदान दिए । लुम्बिनीका विर मगर, निर्मल गुरुङ, देव खनाल नर साकीृ र कृष्ण कार्कीले समान १–१ विकेट लिए ।

फाइनल खेल शनिबार दिउँसो १२ बजे हुने मोरङ क्रिकेट सँघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।

 


बिराटनगर | मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका ३ बस्ने अन्दाजी ३० बर्षिया सुनिता राईको घरमा लागू औषध बिक्री बितरण भई रहेको भन्ने बिशेष सूचनाको आधारमा लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित सुनिता राईलाई पक्राउ गरिएकोछ |


ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले निजको घर खानतलासी गर्ने क्रममा १० ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ, ३.५ केजी अवैध लागू औषध गाँजा र नेपाली नगद रू ५ लाख ३८ हजार २ सय ५०, डिजिटल तराजु २ थान र विभिन्न कम्पनीको मोवाईल २ थान समेत बरामद गरिएको छ  ।

त्यसै गरी मिति २०८०।११।३० गते मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका ३ गछिया स्थितमा सोही स्थान बस्ने २३ बर्षिय प्रज्वल सुवेदी र सोही स्थान बस्ने २० बर्षिय आशिष ठाकुरले आफ्नो पाईन्टको गोजीमा फेनारग १० थान, डाईजेपाम १० थानएभिल १० थान र लुपिजेसिक १० थान सहित पैदल हिडि रहेको अवस्थामापक्राउ गरिएको छ । 



सोही मितिमा सुन्दरहरैचा नगरपालिका-५ बलिया स्थितमा सोही स्थान बस्ने २४ बर्षिय संगम आचार्यलाई प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी टोलीले १० थान डाईजेल्याव, ४ थान लुपिजेसिक र २ थान एभिल सहित पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट लागू औषध कसूरमा दिन ४ (चार) म्याद थप गरी विस्तृत अनुसन्धान भई रहेको । 

 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.