Websoft University
February 2018


शिव भट्टराई - फागुन १६ गते । रातो तारा डट कम,सुन्दरहरैंचा गोठगाउ र ईटहरीको पहिलो पाइला नेपालद्वारा आयोजना गरेको सीरिया आक्रमणको निन्दा। सीरिया आक्रमणको क्रममा मारिएका मृतक आत्माको शान्तिको कमना गर्दै पहिलो पइला नेपालले सुन्दरहरैचा गोठगाउ साथै ईटहरीका युवाहरुद्वारा प्लेकार्ड सहित नारा जुलुस सहित ईटहरीमा पुगि कोण सभा साथै दिप प्रज्ज्वलन र मौन धारण गरिएको छ।

बुधबार दिप प्र प्रज्वलनमा संस्थाका पदाधिकारीहरु लगायत अन्य युवाहरूको पनि उपस्थिति रहेको थियो।सीरियामा भएको आतंकवादी हमलाले पुऱ्याएको भौतिक तथा सारीरिक क्षति प्रति निन्दा व्यक्त गर्दै मृतक आत्माको चिर शान्तिको कामना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पहिलो पाईला नेपालको देश ब्यापी दिप प्रज्वलन कार्यक्रम अन्तर्गत ईटहरीमा सुन्दरहरैचाका युवा तथा ईटहरीका युवाहरुको जमात रहेको थियो।


विराटनगर,फागुन १६ गते । रातो तारा डट कम,राष्ट्रिय बाणिज्य बैंक सुख्खा बन्दरगाहा रानी विराटनगरमा भएको दश करोडको बैंक घोटला प्रकरणमा पक्राउ परेका बैंक २ जना कर्मचारीलाई प्रहरीले मुद्दा चलाएको छ ।

मोरङ प्रहरीले घटना अनुसन्धानका क्रममा पक्राउ परेका राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय प्रमुख विष्णुप्रसाद निरौला र बैंक काउन्टरका इन्चार्ज बरिष्ठ साहयक तोर्णराज राउतलाई विरुद्ध बैंकिङ कसुर र सजाय ऐन २०६४ बोमोजिम मुद्दा चलाएर थप अनुसन्धान अघि बढाइएको हो ।

बैंकका प्रमुखलाई मंगलबार साँझ पक्राउ गरेका हो भने राउतलाई यही फागुन २ गते पक्राउ गरिएको उनीहरुलाई मोरङ प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको थियो । पक्राउ परेका कर्मचारीलाई मुद्दा चलाइ म्याद थप गरेर अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए ।

भन्सारको ९ करोड ६१ लख ५५ हजार रुपैयाँ अपचलनमा भन्सार एजेन्ट सुरेश बोहरा र ललित बोहरासंग मिलेमतोको पुष्टि भएपछि बैंक कर्मचारीलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको प्रहरीले जनाएको छ । राजश्व भन्सारको खातामा दाखिला हुनु पर्नेमा राजश्व दाखिला नगरेको पुष्टि भएपछि एजेन्ट बोहरा दाजुभाई अहिले फरार छन् । उनीहरुको तब्रि खोजी कार्य भइरहेको एसपी बिसीले बताए ।

भारत र तेस्रो मुलुकबाट आयात भएका सामान जाँचपासका क्रममा बाणिज्य बैंकका कर्मचारीले भन्सार क्लियरेन्स रिसिप्ट भन्सार एजेन्टलाई दिएको र एजेन्टले बैंकका कर्मचारीलाई उपलब्ध गराएको चेकमा पर्याप्त रकम रहेको नभएको पाइएको छ । एजेन्टले विभिन्न बैंकको चेक दिए पनि खातामा पर्याप्त रकम छ की छैन्न भन्ने विषयमा नबुझिकन बाणिज्य बैंकका कर्मचारीले एजेन्टलाई क्लियरेन्स रिसिप्ट दिएका कारण घटनामा बैंकका कर्मचारीको संलग्नता पुष्टि भएको एसपी बिसीले बताए ।

एजेन्टले नविल, सिटिजन, एबिआई, सिद्धार्थ, नेपाल बंगलादेश बैंकको गरेर आठवटा एकान्ट पेयी चेक बाणिज्य बैंकमा बुझाएका थिए । तर एजेन्टको खातामा प्रर्याप्त रकम नभएको पाइएको थियो । गुड फर पेइमेन्ट चेक वा मेनेजर चेकका आधारमा मात्रै कारोवार हुने नियम छ ।

४६ उद्योगलाई कारोबारको विवरण बुझाउ पत्रचार
अनुसन्धानमा सहयोग पु¥याउन आग्रह गर्दै मोरङ प्रहरीले ४६ वटा उद्योगलाई कारोवारको विवरण बुझाउ पत्रचार गरेको छ ।

प्रहरीले मोरङ–सुनसरी देखि झापा, पर्सा र काठमाण्डौका उद्योगले बोहराको सुरेश कियलरिङ एण्ड फरवाडिङ सर्भिस मार्फत कारोबार गरेको देखिपछि कारोबारको विवरण बुझाउन प्रहरीले ती उद्योगलाई पत्रचार गरेको हो ।

उक्त समयमा कारोवार गरेका कम्पनी एवं व्यवसायीहरुलाई कारोवारको भुक्तानी सम्बन्धमा जानकारी दिन आग्रह पनि गरेको छ । एसपी बिसीले व्यवसायीलाई हतोत्साही बनाउने नभइकन मुद्धालाई दरिलो बनाउन सहयोग गर्न आग्रह गरेका छन् ।


रोशन पोखरेल, काठमान्डौँ फागुन १६ गते । रातो तारा डट कम,प्रेम संगित म्युजिक प्रालीको प्रस्तुतिमा भुपेन्द्र धर्ति मगर र सुरेन श्रेष्ठको लोक दोहोरी ” जोगी बनेर “गितको भिडियो बजारमा आएको छ  । मायामा परेका प्रेमी प्रेमिकाहरुको भावनालाई शब्द चित्र मार्फत ब्यक्त गरिएको छ ।

आफनी प्रेमिकालाई भेटनको लागी जोगिको भेषमा आउने कुरा गायक दिपक थापा मगरले गरेका छन । मायालुलाई भेटन र मायाको आभाष दिलाउनको लागी आफु गाउँ समाजलाई छल्नको लागी जोगिको भेषमा आउने कुरा राखेका छन । भुपेन्द्र धर्ति मगरको शब्द दिपक थापा मगरको संगितमा रहेको गितलाई आम दर्शक तथा स्रोताले निकै मन पराउने अपेक्षा गायकले लिएको बताएका छन ।

अहिलेका निकै ब्यस्त मोडल करिष्मा ढकाल र सुरेन श्रेष्ठको अभिनय रहेको छ । गितको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन, किरण चेसिरको छायाँकन र रमित ओलीको सम्पादन रहेको छ ।
गितको भिडियो हेर्नुहोस,


श्याम राई-गाईघाट फागुन १६ गते । रातो तारा डट कम,
गाईघाट दिक्तेल सडक अन्तर्गत त्रियुगा नदीदेखि गाईघाटको मूख्य बजार ट्राफिक चौकसम्मको करिब ४ सय ९० मिटर सडक चौडा गर्ने काम तीब्र गतिमा सुरु भएको छ ।

आयोजनाले उक्त सडकलाई चारलेनको बनाउने गरि सडकको मुख्य भाग देखि दुबै तर्फ  साँढे १२÷१२ मीटर लिएर नाला र ढल निर्माण गरेर सडकलाई कालो पत्रे गरिने छ ।

हामीले मुख्य सडकलाई वान वे गर्नको लागि चारलेनमा सडक स्तरउन्नती गरिएको हो गाईघाट दिक्त्तेल सडक आयोजनाका प्रमुख डिई हरि प्रसाद पोखरेलले बताए । अहिले एकतर्फी नाला बनाउने उनले बताए । नयाँ नाप नक्सा अनुसार सडकको दुबै तर्फ पर्ने घर टहर हटाएर काम भैरहेको उनले जानकारी दिए ।

उनले आगामी बर्ष भित्र पुरा गरि सक्ने लक्ष्य रहेको सडक चौडा गर्ने कार्य तीब्र गतिमा भैरहेको बताए । सडक चौडा पछि सडक दुर्घटना न्यून हुनुको साथै मुख्य चौक सम्मको सडक फराकिलो भएर नगरको सौन्दर्य बढ्ने पनि उनले
बताए । गौरी कन्स्ट्रक्सनले करिब १० करोडको लागतमा निर्माण गरिरहेको उक्त सडक बिस्तार कार्यको अबधि तीन बर्षको रहेको छ ।


काठमाडौ फागुन १६ गते । रातो तारा डट कम,
भर्खरै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा घट्यो अर्को खतरनाक घटना ,विमानस्थल तनाबग्रस्त ….अवैध विदेशी मुद्रासहित प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ । 

अवैध ढंगले विदेश लान लागेको विभिन्न मुुलुकका मुद्रासहित विमानस्थल प्रहरीले गंगाबहादुर पौडेललाई पक्राउ गरेको हो ।प्रहरीले पौडेलको साथबाट ४० हजार अमेरिकी डलर, ४० हजार युएई दिराम र ३१ हजार साउदी रियाल बरामद गरेको छ। पौडेल ठूलो रकमसहित मंगलबार राति साढे ९ बजे पक्राउ परेका हुन्।अस्वभाविक व्यवहार देखाएपछि विमानस्थल प्रहरीले खानतलासी गरेको थियो। 

पर्स, मोजा र ब्यागमा लुकाएर राखेको उक्त परिमाणको विदेशी मुद्रासहित प्रहरीले पौडेललाई पक्राउ गरेको हो। विमानस्थल प्रहरीका एसएसपी प्रेम चन्दले अवैध ढंगले लैजान लागेको विदशी मुद्रासहित पौडेलाई पक्राउ गरिएको बताए।
एसएसपी चन्दले अन्नपूर्णसँग भने, ‘थप अनुसन्धान लागि विदेशी मुद्रासहित पौडेललाई राजस्व कार्यालयमा पठाएका छौ,’ पौडेल पहिलो पटक पर्यटक भिसामा दुवई जाँदै थिए।


लेटाङ  फाल्गुन १६ गते । रातो तारा डट कम,ग्यालेक्सी वोर्डिग स्कुलले आफ्नो २१ औ वार्षीक साधारण सभा सम्पन्न गरेको छ  । आज लेटाग ३ स्थित आफ्नै सभाहलमा लेटांग नगर प्रमुख शंकर राईको प्रमुख आतिथ्यततामा भएको समारोहमा प्रमुख अतिथिको मन्तव्य राख्दै नगर प्रमुख राईले  शिक्षाले धनि गरिवलाई भिन्नै जस्तो देखिने परिपाटिलाई एउटै वनाउनलाई प्रयास गरिरहेको वताउनु भयो । विद्यालयममा ड्रपआउटको समस्या आझै देखिएकाले यसको निराकरणका लागि अभिभावक , विद्यालय र स्थानिय तहको सामुहिक प्रयत्न रहनुपर्ने वताउनुभयो ।

उहाँले सरकारी विद्यालय र निजी विद्यालयहरुमा रहेको भिन्नतालाई समान रुप दिनका लागि काम गर्न लागिरहेको वताउनु भयो ।  ग्यालेक्सी एकेडेमीले लेटांगलाई केन्द्रविन्दु वनाएर गरेको योगदानको प्रसंसा गर्नुभयो । कार्यक्रममा नगर उपप्रमुख कृष्णकुमारी निरौला , वडा अध्यक्ष देवराज चाम्लिङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम गरेका थिए ।

यस्तै लेटाङ नगरपालिकाको समन्वयमा ३ दिने शिक्षामा महिला नेतृन्त्व तालिम सम्पन्न भएको छ । आज शान्ति भगवती माविको स्रोत केन्द्रमा भएको तालिमको समापन समारोहमा प्रमुख अतिथीको मन्तव्य राख्दै लेटाङ नगरपालिका प्रमुख शंकर राईले महिलाहरुको क्षमता अभिवृद्धीका लागि आफुले सहयोग गर्ने वताए ।

महिलाले नेतृत्व नलिए सम्म समाज रुपान्तरण नहुने भन्दै महिलाहरुको सामुहिक प्रतिवद्धता सहित योजना वनाएर अघि वढ्न आग्रह गरे । सेतो गुँरासको आयोजनामा भएको कार्यक्रममा प्लान नेपालको सहयोग रहेको थियो ।


गाेपाल काफ्ले, पथरी-फागुन १६ गते । रातो तारा डट कम,
"स्वश्थ ज्ञान, स्वच्छ ज्ञान हाम्राे अभियान" भन्ने मुल नाराका साथ खुल्ला दाैड प्रतियाेगिता हुने भएकाे छ ।

 स्वतन्त्र बिध्याथी युनियन पथरी बहुमुखी क्याम्पसकाे स्थापना दिवसकाे अवसरमा फागुन २२ गते १५ किलाेमीटर दाैड प्रतियाेगिता हुने बुधबार पत्रकार सम्मेलन गरि जानकारी दिएकाे छ । खुल्ला दाैड प्रतियाेगिताका विजयीले नगद १५ हजार, १० हजार, ५ हजार र सान्तवनाले २५ सय पुरस्कार प्रप्त गर्ने छन ।

पथरी बहुमुखी क्याम्पस बाट सुरु भएर बुद्घ चाैक, सिखर चाैक, महेन्द्र राजमार्ग,पश्चिम बस स्टेन, यलमबरचाैक हुँदै पथरीबहुमुखी सम्म ५ फन्का लगाई दाैड पूरा हुने छ । १ लाख १० हजार अनुमानित खर्च बिवरण रहेकाे खुल्ला दाैड प्रतियाेगीतामा क्याम्पस प्रसासन र स्थानिय स्तरबाट सहयाेग जुटेकाे क्याम्पस प्रमुख चेतन पाैडेलले जानकारी दिनु भयाे।

 दाैड प्रतियाेगितामा अार्मी, प्रहरी, सस्त्र प्रहरी, बिध्याथी, स्थानिय र दाैड च्याम्पेन खेलाडिकाे सहभागिता रहने पथरी बहुमुखी क्याम्पस स्वविउ अध्यक्ष गाेपाल सावाले जानकारी दिनुभयाे ।


बिराटनगर, फागुन १६ गते । रातो तारा डट कम,
इडुमार्क विराटनगर, लियो क्लव अफ योङ्ग हार्ट र लियो क्लव अफ सेन्ट्रल तथा मेघा लियो क्लव अफ इनोवेटीभ स्टार को सहकार्य मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त खुल्ला रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका थिए ।

“सेवा गर्न धन हैन मन चाहिन्छ” भन्ने मुल नारा का साथ उक्त खुल्ला रक्तदान कार्यक्रममा जम्मा ४५ प्रिन्ट रगत संकलन भएको थियो । सो कार्यक्रम विराटनगर–१० संसारीमाइस्थान स्थित इडुमार्कको परिसरमै भएको थियो ।। रगत विनाको जिवन कल्पना पनि गर्न सकिदैन । आकास्मीक कारणले अकालमा ज्यान जाने मानिसलाई बचाउने विकल्प नै रक्तदान भएको साथै शरीरमा भएको रगत दान नगरे पनि तिन महिना मा त्यो रगत त्यत्तीकै खेर जान्छ ।

खेर जाने रगत दान गर्दा कसैको ज्यान बच्छ भने किन नगर्ने भनेर इडुमार्क विराटनगर, लियो क्लव अफ योङ्ग हार्ट र लियो क्लव अफ सेन्ट्रल मेघा लियो क्लव अफ इनोवेटीभ स्टारले सो कार्यक्रम गरेका दिएका छन् ।

कार्यक्रममा प्रमुख अतिथी लियो मल्टीपल ३२५ ए वान  को जिल्ला उपाध्यक्ष रन्जनकुमार शाही कार्यक्रम संयोजक इडुमार्कका कार्यलय प्रमुख रवि गुप्ता त्यस्तै अतिथिमा इडुमार्कका कार्यालय संचालक ऐ.के.दाश र कविराज पौडेल लगाएतले रक्तदान गरेका थिए ।


केशु विरही-बेलबारी, मोरङ फागुन १६ गते । रातो तारा डट कम,“युवा जागरण अभियान नेपालको पहिचान, शिक्षा र स्वास्थ्य हाम्रो अभियान”को नारा दिएर संचालन भएको बेलबारी महोत्सवको प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले उदघाटन गर्नु भएको छ ।

बेलबारी शिक्षा तथा स्वास्थ्य महोत्सव नाम दिइएको उक्त महोत्सबको मोरङ क्षेत्र नं (३ “क” का प्रदेशसभा सदस्य राजकुमार ओझा, “ख” का प्रदेश सभा सदस्य सुयरमा राई, बेलबारी नगलपालिकका प्रमुख ज्ञानेन्द्र सुवेदी, उपप्रमुख ढाका पराजुली, आदिको आथिथ्यता थियो ।

महोत्सव उदघाटन गर्दै मुख्य मन्त्री राईले संपूर्ण शिक्षा प्रेमी विद्यार्थीहरुको लागि महोत्सब उपलव्धी मूलक होस भन्दै देशले महत्वपूर्ण अवस्थाबाट गुज्रिरहेको बताउँदअब देशले विकास र संमृद्धिको यात्रा सुरु भैसकेकोले अब कसैले पनि यसलाई रोक्न नसक्ने र त्यस्को नेतृत्व बाम गठवन्धनको सरकारले गर्ने बताउनु भयो ।

महोत्सव १० दिन सम्म संचालन हुने महोत्सव आयोजक युवाजागरण अभियानका अध्यक्ष सुचित बस्नेतले जानकारी दिएका छन् ।

आसपासमा रहेका सम्पुर्ण विद्यालयका विद्यार्थीहरुको वाक्लो उपस्थिती रहेको उद्घाटन समारोहमा विभिन्न झाँकीहरु पनि प्रस्तुत गरिएका थिए ।


बाबुराम मुडियारी-विराटनगर,फागु १६ गते । रातो तारा डट कम,जनआन्दोलन चौकमा लियो क्लव, विराट युथका साथीहरु सिरियामा मानव अधिकार हननका घटना प्रति शान्तिपूर्ण प्रदर्शन र दिप प्रज्वलन गरेका छन् ।

लियो क्लव विराट युनिकका अध्यक्ष अब्बु बकर राइनका अनुसार सिरियामा मानव अधिकार उल्लङ्घनका घटना प्रति शान्तिपूर्ण प्रदर्शन र दिप प्रज्वलन शान्ति स्थापनाका लागि गरेका हौँ । बताउनु भयो ।र विराटनगरका वरगाछी चौक, पुष्पलाल चौक लगायत स्थानिय सघं संस्थाहरुले दिप प्रजनन गरेका थिए । सिरियामा मानविय संकट दिनानुदिन बढ्दो छ।

हालै सिरियाको पूर्वी गौटा क्षेत्रमा भएको आक्रमणमा परि ४०० भन्दा बढी सिरियाली नागरिकको ज्यान गुमाई सकेका छन् । हालै मात्र ५५ लाख भन्दा बढी सिरियाली सरणार्थी मुलुक बाहिर सरण लिन बाध्य छन भने ६० लाख भन्दा पूर्ण रुपमा विस्तापित भैसकेका छन ।

र विस्तावित शरणर्थीहरुको जिवन झनै संकटमा पर्ने देखिन्छ। बालबालिकाहरुलाई लक्षित गरी आक्रमण भई रहेको छ । समस्या समाधानका लागी बार्ताको माध्यम बाट दिगो शाान्ती स्थापनाका लागी समाधानको बाटो खोज्नु पर्ने आवश्यक्ताछ ।




ललितपुर, फागुन १६ गते । रातो तारा डट कम, दूधको उत्पादन बढेसँगै यसको खपत बढेको छ । अहिले एकजना नेपालीले प्रतिवर्ष औसत झण्डै ७० लिटर दूध खाने गरेको पशु उत्पादन निर्देशनालयमा कार्यरत डा सुरेन्द्र झाले बताउनुभयो । पाँच वर्षको अन्तरालमा झण्डै १० लिटरका दरले बढेको उहाँको भनाइ छ ।

पाँच वर्ष पहिले प्रतिवर्ष प्रतिव्यक्ति ६० लिटर दूध खपत हुने गरेको थियो । उहाँ भन्नुहुन्छ, “दूधको उत्पादन र खपत बढिरहेको छ ।”वार्षिक प्रतिव्यक्ति करिब डेढ लिटरका दरले दूधको खपत बढेको डा झा बताउनुहुन्छ । निर्देशनालयले जिल्ला पशुसेवा कार्यालय र पशुसेवा केन्द्रमार्फत स्वस्थ दूधको उत्पादन गर्न र बढाउन किसानलाई सहयोग गरिरहेको छ । दूधको उत्पादन र माग बढिरहेको छ ।

उहाँ भन्नुहुन्छ, “हामीले सम्भावना भएका जिल्लामा दूधको उत्पादन बढाउने कार्यक्रम लागू गरिरहेका छौँ ।” हिमालीबाहेक पहाड र तराईमा दूधको उत्पादन हुने गरेको छ । व्यावसायिक रुपमा पशुपालन गर्ने किसानको संख्या बढेको छ ।

काठमाडौँ, फागुन १६ गते । रातो तारा डट कम,गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचारलाई जरैदेखि उखेलेर नफालेसम्म मुलुकको विकास हुन नसक्ने बताउनुभएको छ । नेपाल मगर संघको ३६औँ स्थापना दिवस तथा २६औँ राष्ट्रिय सम्मेलनको काठमाण्डौंमा उद्घाटन गर्दै उहाँले मुलुकमा शान्ति र सुशासन कायम नगरेसम्म मुलुक समृद्ध हुन नसक्ने बताउनुभयो ।

 “भ्रष्टाचार, घूसखोरी, नातावाद, कृपावाद अब मुलुकमा चल्नेवाला छैन,” उहाँले भन्नुभयो ।
गृहमन्त्री थापाले विदेशिएका युवालाई स्वदेशमा रोजगार प्रदान गर्नका लागि आर्थिक विकास र समृद्धि आवश्यक रहेको भन्दै दिगो शान्ति र आर्थिक विकासका लागि वर्तमान सरकार लाग्ने बताउनुभयो ।

मगर समुदायबाट गृहमन्त्री बन्नुभएका थापाले मुलुक निर्माणका लागि मगर समुदायको महत्वपूर्ण भूमिका रहेको बताउँदै राज्यबाट मगर समुदायले सोचेजस्तो अधिकार पाउन नसकेको उल्लेख गर्नुभयो । “राज्यको नेतृत्व तहमा मगर समुदायले केही अधिकार पाए पनि अरू स्थानमा अधिकार कम छ,” उहाँले भन्नुभयो ।

उहाँले मगर समुदायको अधिकार, विकास र समृद्धिका लागि सशक्त नेतृत्व चयन गर्न सुझाव दिनुभयो । नेपाल मगर संघका सल्लाहकार बमकुमारी बुढामगरले खस आर्यपछिको ठूलो समुदायका रुपमा रहेको आदिवासी जनजातिलाई राज्यले बेवास्ता गरेको बताउनुभयो । “१० वर्षे जनयुद्धको शुरुवात मगर बस्तीबाट भएको हो, त्यसैले मगर समुदायलाई वर्तमान सरकारले बेवास्ता गर्न मिल्दैन,” उहाँले भन्नुभयो ।

नेपाल मगर संघका अध्यक्ष नवीन रोकामगरले झण्डै १९ लाख जनसंख्या भएको मगर समुदायको भाषालाई सरकारी कामकाजको भाषाका रुपमा सरकारले मान्यता दिनुपर्ने माग गर्नुभयो ।
सम्मेलनमा पूर्वका मगर समुदायको हुर्रा नाच, पश्चिम मगर समुदायको कौरा, सोरठी, सालैजो नाच र मध्यपश्चिम तथा सुदूरपश्चिमका मगर समुदायको भूमिया नाच प्रस्तुत गरिएको थियो । यस्तै मगर समुदायबाट विभिन्न ओहोदामा पुगेका व्यक्तिलाई सम्मानसमेत गरिएको थियो ।

धुलिखेल, फागुन १६ गते । रातो तारा डट कम, इँटा भट्टा सञ्चालन गरेका कारण धुवाँ र धुलोले ढाक्न थालेपछि काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको मुख्य बजार भकुण्डेको वातावरण प्रदूषित हुँदै गएको
 छ ।
उब्जनी हुने फाँटमा इँटा भट्टा सञ्चालनमा आएपछि नमोबुद्ध नगरपालिका– २, ३, ४ र ७ मा धुलो र धुवाँले असर गर्न थालेको स्थानीय बासिन्दाले बताएका छन् । स्थानीयवासी शंकर दंगाल इँटा भट्टामा सामान ओसार्न थालेपछि धुलो र धुवाँले निकै असर गर्न थालेको बताउनुहुन्छ । “धुलो उडाएर बसिनसक्नु बनाएको छ,” उहाँले भन्नुभयो– “धुवाँ र धुलोको कारण सास फेर्न गाह्रो हुने गरेको छ ।”

स्थानीयवासी इन्द्र विसंखे इँटा भट्टा सञ्चालनमा आएपछि प्रदूषण बढ्नुका साथै लगाएको बालीनाली, अन्न, फलफूललगायतमा असर पु¥याएको बताउनुहुन्छ । इँटा भट्टाका लागि पानी तान्न थालेपछि पहिलाभन्दा सुख्खा क्षेत्र बढेको उहाँको भनाइ छ ।

नमोबुद्ध नगरपालिकाका प्रमुख टंकप्रसाद तिमल्सिनाले इँटा भट्टा व्यवस्थापनबारे छलफल भइरहेको बताउनुभयो । धुवाँ र धुलोका कारण नगर कुरुप बन्दै गएको उहाँको भनाइ छ । उहाँले खेतियोग्य जमिनका जग्गाधनीसँग कृषि उत्पादनमा जोड दिनेबारे योजना बनाइरहेको बताउनुभयो ।

नगरपाकिलाका वातावरण शाखाका प्रमुख सन्तोष काफ्ले आवश्यक कार्बाहीका लागि छानबिन गर्न वडा नं २ का वडाध्यक्ष सञ्जीव ढकालको संयोजकत्वमा वडा नं ३, ४ र ७ का वडाध्यक्ष, इलाका प्रहरी कार्यालय र अन्य संघ÷संस्थाका प्रतिनिधि रहेको समिति गठन गरिएको बताउनुभयो । अहिले सो क्षेत्रमा करिब डेढ दुई किलोमिटरको दुरीमा आठवटा इँटा भट्टा सञ्चालनमा छन् ।


श्याम राई-उदयपुर, फागुन १६ गते । रातो तारा डट कम,त्रियुगा उद्योग बाणिज्य संघ उदयपुरको आयोजनामा पहिलो प्रदेश महोत्सब त्रियुगा मंगलबार सुरु भएको छ ।
स्थानीय त्रियुगा बसपार्क गाईघाटको मैदानमा सूरु भएको महोत्सब आगामी फागुन २६गतेसम्म संचालन हुनेछ ।

स्थानीय स्तर पहिलो प्रदेश महोत्सब त्रियुगा २०७४ आर्थिक,सामाजिक,शैक्षिक,सांस्कृतिक परिवर्तनसंगै स्वस्थ्य ,कृषि, पर्याटन,औद्योगीक बिकास मूल उदेश्य रहेको महोत्सबमा स्वदेशी तथा बिदेशी गरी १ सय ७० वटा स्टलको सहभागी रहेको आयोजकले जानकारी गराएको छ ।

महोत्सबको बाणिज्य संघ उदयपुरका संस्थापक सदस्य कृष्ण कुमार श्रेष्ठ र क्षेत्र नं.२ क को प्रदेश सभा सदस्य कला घलेले संयुक्त उद्घाटन गरेका थिए । उक्त कार्यक्रमा प्रदेशसभा सदसय कला घलेले महोत्सबको आयोजनाले जिल्लाको ब्यापार ब्यबसायको प्रर्बद्धन हुने बताए ।

म्होत्सब सुरु हुनु अघि बिभिन्न जाति समुदाय र ब्यापारी बुद्धिजीबिको सहभागी रयली ले बजार परिक्रमा गरेको
 थियो ।


बिराटनगर, फागुन १५ गते । रातो तारा डट कम, राष्ट्रिय गायककार सुमित खडकाले गायकको मैथिलीमा, होली गितको एल्बम आज सार्व जानिक भएकोछ । होली पर्वको अवसर पारेर होली गितहरु गाउँदै सुमितले यो पहिलो एल्बम बिराटनगगरबाट आज सार्वजानिक गरेकाछन ।

होली आयो रे, भन्ने सिडी बिमोचन कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य शुभ कामना दिदै, राष्ट्रिय गितकार सुमितलाई सफल्ताको शुभ कामना दिनु
भयो ।

त्यसैगरी कार्यक्रममा शश्त्र प्रहरीका एस्पी भेस बहादुर शाह,रानी उधोगपति महेशदजाजु समाज सेवी दिन बन्धु गोयल,नेपाल पत्रकार महासंघका सभापति बन्धु पोखरे, लगाएतले गाएककार सुमितलाई सफल्ताको शुभ कामना दिनु भएको थियो ।

सुमितले मिठा-मिठा गित गाएर कार्यम्रममा उर्जा थपेका थिए ।

काठमाण्डौं, फागुन १५ गते । रातो तारा डट कम, पूर्वी पाल्पाका पूर्वखोला, निस्दी गाउँपालिका र रामपुर नगरपालिकाको डाँडा बस्तीमा खानेपानीको अभाव भएको
छ । मुहान सुक्न थालेपछि यहाँका स्थानीय बासिन्दा खानेपानीका लागि एक÷दुई घण्टा पैदल हिँडेर पानी बोक्न बाध्य छन् ।

पूर्वखोला गाउँपालिका–१, डिलकुमारी परियारले जमलिया पँधेराबाट सिलुवाको डाँडामा पानी डोकोमा बोक्दा बिहान बित्छ । बूढेसकालमा डोकोमा पानी बोकेर दैनिक ल्याउनुपर्ने बाध्यता टरेको छैन । उकालोमा दैनिक दुई तीन गाग्री पानी बोकेर टार्नुपर्ने अवस्था छ ।

सरकारले घरघरमा खानेपानीको धारा जडान गर्ने नीति ल्याए पनि दलित बस्तीमा खानेपानीको समस्यामा कमी आएको छैन । सार्वजनिक धारा, कुवा संरक्षण गर्न छाडेर सरकारले प्रत्येक घरमा खानेपानीका धारा जडान गर्ने काम प्रभावकारी हुन नसक्दा दलित समुदाय सबैभन्दा बढी समस्या भोग्न बाध्य छन् ।

उकालोमा पानी बोक्दा समस्या हुन्छ, तर पनि हाम्रो दलित बस्तीमा खानेपानीको समस्या रहिआएको दुखेसो डिलकुमारी परियारको छ । खानेपानी समस्याका कारण दैनिक दुई तीन घण्टा पैदल हिँडेर पानी बोक्नुपर्ने समस्या निस्दी गाउँपालिका–५, गल्धाकी नरपति विकको पनि समस्या फरक छैन । तानसेन– रामपुर सडकको स्तरवृद्धि गर्दा खानेपानीको मुहान धसिएपछि खोलामा नै जानुपर्ने समस्या रहेको छ ।

गरिबीका कारण समेत खेतीयोग्य जमिनमा पहुँच नहुँदा डाँडाबस्तीमा बस्न बाध्य दलित समुदायको खानेपानीदेखि सबै क्षेत्रमा अझै पहुँच पुग्न सकेको छैन ।

डाँडाबस्ती खानेपानीको सधैँ अभाव हुने र प्रशस्त जमिन नहुने, जमिन भएपनि डाँडापाखामा अन्नबालीसमेत प्रशस्त नहुँदा दलित समुदायका आधारभूत समस्या समाधान गर्नुपर्ने देखिएको छ । 

बिराटनगर, फागुन १५ गते । रातो तारा डट कम,नायिका तथा मोडल सपना सिंह ठकुरीले मायाले जहर खनायो बोलको गीत बजारमा ल्याएकी छिन । गोरखा डिजिटल म्यजिक प्रा.लि र सपना सिंह ठकुरीको लगानीमा म्युजिक भिडियो. निमार्ण भएको छ । मोडलीङ क्षेत्रमा ख्याति कमाएकी ठकुरीले अहिले आफै म्युजिक भिडियो निर्माण गर्न थालेकी हुन ।

श्रीयसी चेम्जोङको आवाजमा रहेको (मायाले जहर खनायो) बोलको गीतमा शब्द संगित खेम सारु मगरको रहेको निर्देशन कपिल लामाले गर्नु भएकोछ भने इडिटिङमा दिपक बिष्टले गर्नु भएको छ। गीतको अडीयो लाङगाली म्युजिक प्रा.लि र भिडियो गोरखा डिजिटल म्युजिक प्रा.लि ले निमार्ण गरेको हो । नाच गानमा रुचि राख्ने नेपालगञ्जको बाकेमा जन्मिएकी श्याम नन्द  सिंह ठकुरीको छोरी कलाकारिता सगै उनले इन्डिया बाट ब्याचलर पास गरेकी छिन् ।

एक कार्यक्रममा बोल्दै ठकुरीले आफु अभिनय क्षेत्रमा करीब ७ बर्ष अघि देखी लागेको र अहिले सम्म करीब ३ दजर्न  म्युजिक भिडियो र केहि फिल्ममा समेत अभिनय गरिसकेको  बताइन । नेपाल टेलिभिजन बाट प्रसारित छमछमीमा आफ्नो प्रस्तुति देखाउने अवसर प्राप्त भएपछि सबैको हौसला पश्चात मोडलीङ क्षेत्रमा आएको बताइन ।

पारीवारिक पृष्ठभुमी पनि गीत संगित र अभिनय क्षेत्रमानै रहेकोले यस क्षेत्रमा काम गर्न आफुलाई सहज रहेको उल्लेख गर्दै सुरुमा बिन्दाबासिनी म्युजिक प्रा. लि बाट काम गरेको र अहिले गोरखा डिजिटल प्रा.लि बाट काम गरीरहेको बताइन । अहिले उनी निर्मीत तथा अभिनित फिल्म अफिसर चैत २ गते चल्ने तयारी भए सगै फिल्मको प्रमोसनमा लागेकी छिन सपना सिंह ठकुरी ।

भिडियो 



इलाम, फागुन १५ गते । रातो तारा डट कम,ः इलाम बजार स्थापना भएको दुई शताब्दी पुगेको अवसरमा आगामी वर्ष २०० औँ वर्षगाँठ भव्यरूपमा मनाइने भएको छ । विसं २०७५ सालमा हालको सदरमुकाम इलाम बजार स्थापना भएको २०० वर्ष पुग्दैछ ।

भारतसँगको सुगौली सन्धिपछि नगरीगढी (हाल भारत) बाट फर्किएको श्रीनाथ पल्टन इलामको माइस्थानमा आएर बसेपछि इलाम बजार स्थापना भएको थियो । सुगौली सन्धिपछि नेपाल पक्षले जितेको भूभाग छाड्दै आउने क्रममा विसं १८७५ मा इलामको नारायणस्थानमा आएर बसेको थियो । त्यसैलाई आधार मानेर हालको सदरमुकाम स्थापना भएको २०० औँ बार्षिकोत्सव मनाउन लागिएको हो ।

वर्षगाँठको अवसरमा २०७५ साल वैशाख १ गतेदेखि तीन दिनसम्म विशेष कार्यक्रम आयोजना गरेर भव्यताका साथ वर्षगाँठ मनाउने निर्णय भएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताउनुभयो । ‘हाम्रो इलाम, हाम्रो गौरव’ भन्ने मूलनाराका साथ वर्षगाँठ मनाउन लागिएको हो ।

वर्षगाँठ समारोहको उद्घाटन राष्ट्रपतिबाट गराइने तयारी गरिएको समेत नगरप्रमुख बस्नेतले जानकारी दिनुभयो । सो अवसरमा २०० वर्ष पुगेको झल्को दिने प्रतीकसहितको स्तम्भ राख्ने, इलामका बारेमा जानकारी दिन विचार गोष्ठी, साहित्य सम्मेलन, सांस्कृतिक कार्यक्रम, इलामको विकासमा योगदान पु¥याउने विशिष्ठ व्यक्तिलाई सम्मान गर्ने कार्यक्रम तय भएको इलाम नगरपालिकाले जनाएको

 छ । बार्षिकोत्सव मनाउन नवराज शंकरको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन तथा संयोजन समितिसमेत गठन भइसकेको छ ।


काठमाण्डौं, फागुन १५ गते । रातो तारा डट कम, गाई–भैँसीमा कृत्रिम गर्भाधान कार्यक्रम प्रभावकारी भएपछि बारा दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ ।

आव २०७२÷७३ को तुलनामा आव २०७३÷७४ मा जिल्लामा गाई–भैँसीमा कृत्रिम गर्भाधान २४ प्रतिशतले वृद्धि भएपछि दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा देवनन्दन साहले जानकारी दिनुभयो ।

जिल्लामा करिब सत्तरी हजार किसान पशुपालन व्यवसायमा संलग्न छन् । आव २०७३÷७४ मा रु तीन अर्ब २६ करोड ६९ लाख बराबरको ६ करोड ५३ लाख ३८ हजार लिटर दूध उत्पादन भएको साहले बताउनुभयो । दैनिक रु ९० लाख मूल्य बराबरको एक लाख ८० हजार लिटर दूध उत्पादन हँुदै आएको छ ।

उत्पादित मध्ये दैनिक ४० हजार लिटर दूध हेटौँडा, काठमाडौँ, पोखरा, विराटनगर र सप्तरीमा बिक्री हुँदैआएको छ । जिल्लाबाट दैनिक रु पाँच लाख मूल्य बराबरको १० हजार लिटर दूध भारतमा बिक्री हुन्छ । जिल्लामा ६८ प्रतिशत किसान पशुपालन व्यवसायमा संलग्न रहेका छन् भने अघिल्लो आवमा रु तीन अर्ब १५ करोड २६ लाख ५० हजार बराबरको ६ करोड ३० लाख ५३ हजार लिटर दूध उत्पादन भएको थियो ।

कार्यालयले किसानलाई पशुपालन व्यवसायतर्फ आकर्षित गर्न युवा स्वरोजगार कार्यक्रमअन्तर्गत गोठ निर्माण कार्यक्रम,दूध प्रशोधनका लागि सहकारी संस्थालाई चिलिम भ्याट, बायो ग्यास निर्माण, साइनो किट निर्माण, डेरी सुधार र घाँस बाली कार्यक्रमका लागि अनुदान दिन थालेपछि जिल्लामा यस वर्ष ३ दशमलब ६ प्रतिशतले दूध उत्पादनमा वृद्धि भएको वरिष्ठ पशु विकास अधिकृत साहले बताउनु
भयो ।

चालीस वटा डेरी उद्योग रहेको जिल्लाको पूर्वी तथा दक्षिणी भेग गाई–भँैसी पाल्ने पकेट क्षेत्रका रुपमा चिनिन्छ । पशु प्रजनन (प्राकृतिक र कृत्रिम गर्भाधान), घाँस तथा पशु आहारा विकास, पशु स्वाथ्य सेवा र बजार प्रवद्र्धनलगायत सेवा प्रदान गर्दै आएको छ ।

गाई–भैँसी कार्यक्रमलाई अझ प्रभावकारी बनाई दूध उत्पादनमा वृद्धि गर्न जिल्ला पशु सेवा कार्यालयले सुदूर ग्रामीण बस्तीमा घुम्ती पशु स्वास्थ्य शिविर कार्यक्रमअन्तर्गत पशुपालक किसानलाई घरदैलोमा पशु सेवासम्बन्धी प्याकेज कार्यक्रम पु¥याउँदै आएको छ । कार्यालयले आगामी कार्यक्रमअन्तर्गत सदरमुकाम कलैया वरिपरिको १० किलोमिटर क्षेत्रलाई दूधको शहरका रुपमा विकास गर्ने लक्ष्य लिएकोछ।


विराटनगर,फागुन १५ गते । रातो तारा डट कम,विराटनगर–११ मा रहेको सगरमाथा सेकेन्डरी स्कूलले विविद्य मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरेको छ ।

स्कूलको सभाहलमा आयोजना गरेको मनोरञ्जनात्मक कार्यक्रममा स्कूलमा अध्ययनरत नर्सरीदेखि कक्षा यूकेजीका सवै विद्यार्थीहरु सहभागि रहेका स्कूलका प्रिन्सिपल विनोद अधिकारीले जानकारी
 दिए ।
मनोरञ्जनात्मक कार्यक्रममा कविता वाचन, नृत्य, गित , चुट्कीला, फेशन सो, हास्य वार्ता र नाटकलगायतका कार्यक्रम गरी उपस्थीत अतिथी,शिक्षक तथा अभिभावकलाई विद्यार्थीहरुले मनोरञ्जन दिएका थिए ।
विद्यार्थीका अभिभावकले पनी कार्यक्रममा नृत्य गरी कार्यक्रमको सोभा बढाएको प्रिन्सिप अधिकारी बताए । स्कूल ब्यवस्थान समितीका अध्यक्ष बासुदेव न्यौपानेले उद्घाटन गरेका कार्यक्रममा यूकेजीका श्रीयान्सु निरौलले स्वागत मन्तब्य तथा अभिभावकका तर्फबाट निर्मला खनालले बोलेकी थिइन् ।



काठमान्डौँ,फागुन १४, नेपाली हरुको मौलिक भाकाहरुलाई बास्तविक भोगाईका गित संगितमा ल्याएर आफना श्रोता तथा सुभचिन्तक हरु माझँमा पुयाएर नेपाली कला र सस्कृतिको विकाशमा टेवा पुयाउने कमै मात्रामा आउने गर्दछ । समाजमा अझैपनि विभिन्न विभेदका अवशेषहरु रहेका छन । “अछुत” गितमा सुमधुर आवाजकी धनि गायिका विष्णु माझी र गायक सागर विरहीको सर्वोकृष्ट आवाजमा रहेको छ । प्रियसी म्युजिक प्राली मार्फत बजारमा आएको भिडियोलाई म्युजिक नेपालले आफनो युटुव च्यानल मार्फत ल्याएको हो ।

गितमा संगित संयोजन सागर विरहीले गरेका छन । “अछुत” गित लोकभाकामा आधारित जिवनको बास्तविक कथावस्तु र समाजले विभिन्न रुपमा “अछुत” भनेर सम्वोधन गर्ने मानिसको ब्यावहारमा आधारित रहेर तयार परिएको गितका लेखक राजेन्द्र पुरीले बताएका छन । जिवन भोगाइमा कतिपय अवस्थामा यस्ता घटनाहरुपनि मानिसले भोग्नुपर्छ कठिन परिस्थीतिमा रहेका गरिविको चपेटामा परेका निमुखा गरिव आमाका छोरा छोरीलाई समाजकै बुझुवाहरुले घृणाका रुपहरु देखाउदा भोगेका पिडा र आफनी मायालु प्राण प्यारीलाई त्याग्नु पर्दाँको पिडालाई गितमा देखाइएको छ ।

चर्चित मोडल आशा खड्का , विपेश घिमिरे र मधु आचार्यको निकै उत्कृष्ट अभिनय रहेको छ । नलाउ झुठो पिरती भाग एक अनि नलाउ झुठो पिरती भाग २ सिन्दुर पोटे पछि फेरि पनि बबिता श्रेष्ठ को निर्देशनमा बनेको नलाउ झुठो पिरती भाग एक अनि नलाउ झुठो पिरती भाग २ सिन्दुर पोटे पछि फेरि पनि बबिता श्रेष्ठ को निर्देशनमा बनेको गित  छुट्टै कथा बस्तु ल्याउन सफल भएको छ ।सागर गौत्तमको छायाँकन तथा अविनास डिसी ले सम्पादन गरेका छन । भिडियो हेर्न तल क्लिक गर्नुहोला ।


कलैया, फागुन १५  गते । रातो तारा डट कम, बारा मनहर्वा्स्थित रिलायन्स सुगर एण्ड केमिकल उद्योगले चार प्रजातिका उखु खरिद नगर्ने भएको छ । उद्योगका प्रबन्धक मनोज पौदारले सार्वजनिक सूचना जारी गरी उद्योगले आर्थिक वर्ष ०७५÷०७६ देखि सिओएस ९१२६९, सिओ ०२३५, सिओएसआई ९६२६८ र ९२४२३ प्रजातिका उखु खरिद नगर्ने जनाएको छ ।

चिनी उत्पादनमा कमि आउने भएकाले उक्त प्रजातिका उखु खरिद नगर्ने सो उद्योगले जनाएको छ । उक्त प्रजातिका उखुको खेती नगर्न र नगराउनसमेत सम्बन्धीत निकाय र कृषकलाई सूचनामार्फत अनुरोध गरिएको छ । सूचनामा भनिएको छ–“उक्त प्रजातिका उखुको खेती गरेमा उद्योग जिम्मेवार हुने छैन् ।”


काठमाडौं, फागुन १४ गते । रातो तारा डट कम,
 प्रधानमन्त्री केपी शर्मा ओलीले चार मन्त्री थप्दै आज मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

ओलीले एमालेबाट २ र माके २ जनालाई मन्त्रीमा नियुक्त गरेका हुन् । मन्त्रीको नियुक्ति हुनेमा एमालेका ईश्वर पोखरेल र डा। युवराज खतिवडा, माकेका रामबहादुर थापा बादल र मातृकाप्रसाद यादव रहेका छन् ।

पोखरेललाई रक्षामन्त्री , डा। खतिवडालाई अर्थमन्त्री, बादललाई गृहमन्त्री र यादवलाई उद्योग मन्त्रीको जिम्मेवारी पाएका छन् ।

यस अघि प्रधानमन्त्री ओलीले आफ्नो शपथसँगै २ मन्त्री बनाएका थिए । लालबाबु पण्डितले जनसंख्या तथा वातावरण र थममाया थापाले महिला, बालबालिका तथा समाज कल्याण मन्त्री बनाएका थिए ।

चारै नयाँ मन्त्रीहरुलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको कार्यालय शीत्तल निवासमा पद तथा गोपनीयताको सपथ खुवाएकी छन् ।



विराटनगर, फागुन १४ गते । रातो तारा डट कम, १ नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेश र स्थानियतहको संघिय संरचना अनुसार नयाँ ढंगबाट गरिबी निवारण कोषले आफनो कार्यलाई अघि वढाउनुु पर्ने बताएका छन् ।

गरिबी निवारण कोषद्धारा विराटनगरमा आयोजित प्रदेश स्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले १ नम्वर प्रदेशमा विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेकाले गरिबी निवारण कोषपनि त्यही अनुुरुप परिचालन हुनुपर्ने बताए ।

नयाँ संविधानले नेपाली जनतालाई सर्व शक्तिमान वनाएकाले अव संघियतालाई कर्यान्वयन गरेर मुुलुकलाई समवृद्धि वनाउनका लागी योजनाहरु ल्याउनुपर्ने उनले भनाई छ ।

उनको अबको एकमात्र उदेश्य समृद्ध नेपाल भएकाले संघियताको मर्म बुझेर कोषले आफुलाई परिमार्जनगरी विकास निमार्णका काममलाई जनतासंग जोडनुपर्ने बताए ।

मुख्यमन्त्री राइले नेपालमा १४ वर्षदेखि संचालनमा आएको गरिबी निवारण कोषले गरिबीको रेखामुनी रहेका गरिब परिवारको जीवन स्तर उकास्न मद्त पुगेको भन्दै आफुले प्राप्त गरेको प्रतिफल तथा नतिजाको जगमा उभिएर कोषले नयाँ निति नयाँ सोचकासाथ अघि वढनु पर्नेमा जोड दिए ।

१ नम्वर प्रदेशमा लगानी र श्रोत प्रसश्त संभावना रहेकाले त्यसलाई सहि सदुपयोग गरेर १ नम्वर प्रदेशलाई समवृद्धि र सम्पन्न वनाउने बताए  ।

गरिवी निवारण कोष व्यवसाय विकास र समृद्धिका लागी स्थानिय सरोकारवालाहरु सँगको प्रदेश स्तरिय एक दिने कार्यक्रममा १ नम्वर प्रदेशका ८० वटा स्थानियतहको प्रमुख उपप्रमुख तथा प्रतिनिधिहरुको सहभागित रहेको छ ।


अर्जुन जम्नेली राई-मोरङ, फागुन १४ गते । रातो तारा डट कम,पथरीशनिश्चरे नगरपालिकामा स्थापित पथरी जेसीजले मृर्गौला पीडित सेनेहाङ लिम्बूलाई उपचारको लागि आर्थिक सहयोग गर्ने भएको छ ।

मोरङको मिक्लाजोङ गापा २ का २० बर्षीय लिम्बूको दुबै मृगौला काम नलाग्ने भएपछि आर्थिक अभावमा उपचार हुन सकेको छैन । पथरी जेसीजले आगामी फागुन १८ गतेहने होलाी मिलन कार्यक्रमबाट रकम बचाएर सेनेहाङको उपचारका लागि रकम प्रदान गर्ने जेसीज अध्यक्ष टिकाविक्रम चौहानले बताए ।

आज (सोमबार) पत्रकार सम्मेलनको आयोजना गरी जेसीजले सो कुरा बताएको हो । जेसीजले प्रत्येक बर्ष पथरीमा होली मिलन कार्यक्रमको आयोजना गर्दै आएको छ । यो बर्ष होली कार्यक्रमकै अवसरमा आर्थिक संकलन गरेर मृगौला पीडित लिम्बूलाई आर्थिक सहयोग गर्न लागिएको कार्यक्रम संयोजक सुमन राईले बताए ।

होली मिलन सांगीतिक कार्यक्रममा गायक दीपक लिम्बू लगायतको कलाकारहरु पथरी आउने जेसी टेकेन लिभाङले बताए ।


बिराटनगर फागुन  १४ गते । रातो तारा डट कम,
तालिम प्राप्त स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेवकहरूले हात्तिपाइले(फाइलेरिया) रोगको उपचार तथा बच्ने र बचाउने औषधि चक्की खुवाउन मोरङमा २०७४ फागुन १२, १३ र १४ गते टोल तथा घरघरमा आउँदै हुनुहुन्छ ।

उक्त दिन गर्भवती तथा ७ दिनभित्रका सुत्केरी आमाहरू र कडा रोग लागी औषधि सेवन गरिरहेका व्यक्तिहरूबाहेक २ बर्ष माथिका सबै व्यक्तिहरूले हात्तिपाइले(फाइलेरिया) रोग हुनबाट बच्ने र बचाउने औषधि चक्की सेवन गर्नुभई हात्तीपाइले रोग हुनबाट बचौं र बचाऔं तथा आउने सन्ततीलाई हात्तिपाइले(फाइलेरिया) रोग हुन बाट सुरक्षित पारौ । याद राखौं यो औषधि खाली पेटमा खानु हुँदैन ।
                   
                                 जिल्ला जनस्वास्थ्य कार्यालय मोरङ


युवराज ठकुरी /सिंहदेवी,मोरङ, फागुन १४ गते ।
 रातो तारा डट कम, उत्तरी मोरङ केराबारी गाउँपालिका-२;सिंहदेवीमा रहेको कल्याणकारी माविले ५१औँ वार्षिकोत्सब तथा अभिभावक दिवस भव्यता पुर्वक शुभारम्भ गरेको छ।

कक्षा ११/१२सन्चालन गर्ने उद्देश्यका साथ अघिल्लो वर्ष विद्यालयको ५०औँ वर्षको उपलक्ष्यमा स्वर्ण महोत्सव मनाइसकेको कल्याणकारीले यस वर्ष स्वर्ण महोत्सवको स्मारिका विमोचन तथा विद्यालयलाई विभिन्न तवरले सहयोग पुर्‍याउनेहरुलाई सम्मान गर्दै ५१औँ वार्षिकोत्सब सम्पन्न गरेको हो।
प्रमुख अतिथि प्रदेश नं.१का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले कार्यक्रमको उद्घाटन गर्दै स्मारिका विमोचन गरेका थिए। उक्त कार्यक्रममा विशेष अतिथि १.न.प्रदेश "ख"का सभासद उपेन्द्र घिमिरे, अतिथिहरु पुर्व मोरङ जिल्ला सभापति खड्गबहादुर बस्नेत,केराबारी गाउँपालिका उपाध्यक्ष शान्ति भुजेल,वडा न.२ प्रेम लिम्बू ,वडा नं.१०का वडाध्यक्ष जङग खवास, वडा नं.८का मनोज खडका लगायतको उपस्तिथि रहेको थियो।

दुई दिन सम्म मनाइने उक्त कार्यक्रम विद्यालयका शिक्षक डब्लुबिक्रम खान ठकुरीको संचालन र विव्यस अध्यक्ष दिलिपकुमार ठकुरीको सभपतित्वमा भएको थियो।विद्यालयका शिक्षक कृष्ण ठकुरीको स्वागत मन्तव्य तथा प्रअ हेमबहादुर ठकुरीद्वारा विद्यालयको प्रतिवेदन प्रस्तुत गरिएको थियो।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै रामचन्द्र कलावती स्मृति अक्षयकोषका संरक्षक जनक आचार्यले थप २५०००/- हजार थपेर ५०हजार बनाइएको घोषणा गरेका थिए। त्यसै गरि विद्यालयका संस्थापक विष्णुबहादुर स्मृति अक्षयकोषबाट विद्यालयका एसइइ उत्कृष्ट विद्यार्थी कन्चन शाही ,गरिब तथा जेहेन्दार सुदिप लिम्बू,विद्यालय प्रथम निलिमा शाहीलाई नगद रु३०००/-र प्रमाण अक्षयकोषका संरक्षक कृष्ण खाण ठकुरी ,गजेन्द्र खाण ठकुरी र राजेन्द्र खाण ठकुरीले वितरण गरेका थिए।उर्मिला लिला स्मृति अक्षयकोषका संरक्षक गुणमाया लिम्बू र डगलसिहं राईले पनि उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरुले आकर्षक नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए।कार्यक्रम दुई दिन सम्म सन्चालन हुने शिक्षक डब्लु विक्रम खान ठकुरीले बताए।

काठमाडौँ, फागुन १४ गते । रातो तारा डट कम, पशुपतिनाथ मन्दिरमा आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको संख्या बढाउने उद्देश्यले यही फागुन ३० गतेदेखि चैत ६ गतेसम्म पाशुपत क्षेत्रमा ‘श्री पशुपतिनाथ महोत्सव’ हुने भएको छ ।

पशुपतिनाथ महोत्सव मूल समारोह समितिले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उक्तमहोत्सवमा सनातन वैदिक संस्कृति तथा परम्पराको संरक्षणका लागि धार्मिक अनुष्ठान गरिने जानकारी गरायो ।

श्रीमद्भागवत महापुराण, शिवमहापुराण, संगीतमय महाआरती, शिव पार्वतीको ताण्डवसहितको मूर्ति दर्शन, जन्मदेखि मृत्युसम्मको १६ कर्मको प्रस्तुति, धिमे बाजा प्रतियोगिता, भक्ति संगीत प्रतियोगिता, लोकदोहरी, एक लाख एक शालिग्राम पूजन तथा प्रदर्शन, ट्रेड प्रदर्शनी र धार्मिक पुस्तक प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।

नेपाली काँग्रेस (बिपी) का अध्यक्ष हरिबोल भट्टराईले हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थलका रुपमा रहेको पाशुपत क्षेत्रलाई अन्तर्रा्ष्ट्रियरुपमा प्रवद्र्धन गर्न महोत्सवले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

महोत्सवका संयोजक केदारमान भण्डारीले हिन्दू धर्मका आधारमा समाजमा हुने गरेको विभेद र छुवाछूतको अन्त्य गरी नयाँ संस्कृतिको निर्माण गर्न महोत्सव अवसर हुने बताउनुभयो । विश्व हिन्दू महासंघ, विश्व हिन्दू युवा संघ र पशुपतिनाथ ग्वल पूचः समाजले उक्त महोत्सवको व्यवस्थापनमा सहयोग पु¥याउने बताइएको छ ।


काठमाडौँ, फागुन १४ गते । रातो तारा डट कम, महानगरीय प्रहरी परिसर, काठमाडौँले फागु पर्व(होली)मा अरुको इच्छाविपरीत रङ खेल्ने र लोला हान्नेलाई तत्काल कारबाही हुने जनाएको छ ।

परिसरले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा परिसरका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले यही फागुन १७ गतेको फागुलाई लक्षित गर्दै विशेष सुरक्षा योजना तयार गरिएको बताउनुभयो ।

कोही कसैले बलजफ्ती गरे तत्काल प्रहरीलाई खबर गर्न उहाँले आग्रह गर्नुभयो । त्यस्ता व्यक्तिलाई मुद्दा चलाइने उहाँको भनाइ थियो । होलीमा ट्राफिक नियम उल्लंघन गर्ने तथा सामाजिक आचरणविपरीतका क्रियाकलाप तथा झै–झगडा रोक्न प्रहरीको विभिन्न स्थानमा टोली परिचालन गरिने उहाँले बताउनुभयो ।

दुई सय जनाको सूचना दाता समूह
परिसरले राजधानीको सुरक्षा व्यवस्था सुदृढ गर्न सर्वसाधारणको सहभागितामा २०० जनाको सूचनादाता समूह गठन गरेको छ ।

परिसरको प्रमुख भएपछि पहिलो पटक आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ उपरीक्षक पोखरेलले अपराधमुक्त राजधानी बनाउने उद्देश्यले गठन गरिएको सो समूहले प्रहरीको गतिविधिदेखि स्थानीय तहमा हुने आपराधिक गतिविधिबारे गोप्यरुपमा प्रहरीलाई सूचना दिने बताउनुभयो । ती युवाको परिचय गोप्य राखिने र उनीहरुले दिएको सूचनाका आधारमा काम कारबाही अघि बढाइने उहाँको भनाइ छ ।

परिसरका प्रमुख पोखरेलले भन्नुभयो, “राजधानीको विभिन्न स्थानमा बसोबास गर्ने विभिन्न क्षेत्रमा कार्यरत करिब २०० युवाको समूहले स्वयंसेवकका रुपमा अपराध नियन्त्रका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्, उनीहरुसँग सम्झौता प्रक्रिया अगाडि बढेको छ ।” उक्त समूहमा चिकित्सक, इञ्जिनियर र विद्यार्थीदेखि सर्वसाधारणसम्म रहेका छन् । आफूले विभिन्न स्थानमा स्थानीयवासीसँग अन्तक्र्रिया कार्यक्रम गर्ने तथा फरार अपराधीको खोजी तीव्र पार्ने कार्य प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।

अहिलेसम्म राजधानीमा ३७२ जना अभियुक्त फरार सूचीमा रहेको जानकारी दिँदै उनीहरुको खोजी तीव्र पारिने वरिष्ठ उपरीक्षक पोखरेलले बताउनुभयो । आव २०७१÷७२ मा चार हजार ७७३, आव २०७२÷७३ मा चार हजार ९०२, आव २०७३÷७४ चार हजार ५८२ र चालु आव २०७४÷७५ को हालसम्म तीन हजार ३४२ मुद्दा परिसरमा दर्ता भएको छ । 


काठमाडौँ, फागुन १४ गते । रातो तारा डट कम, यातायात व्यवस्था विभागले २० वर्ष नाघेका सार्वजनिक यातायात आगामी चैत १ गतेपछि पनि गुडेमा ‘सीज’ गरी लिलाम गर्ने तयारी गरेको छ ।

फागुन मसान्तसम्म २० वर्ष पुराना सार्वजनिक सवारीको ‘इञ्जिन नम्बर’ र ‘चेसीस नम्बर’ विभागमा बुझाउन सवारी धनीलाई अनुरोध गरिएको महानिर्देशक रुपनारायण भट्टराईले बताउनुभयो । दुवै नम्बर बुझाउनेले कबाडीमा सवारीका पार्टपूर्जा बेच्न सक्नेछन् ।

“चैत १ गतेदेखि २० वर्ष पुराना सवारी सडकमा गुडे ‘सीज’ गरी सरकारले लिलाम गर्छ, यसैले फागुन मसान्तसम्म पुराना सवारी व्यवस्थापनको सबै काम सक्न व्यवसायीलाई अनुरोध गरिएको छ”, उहाँले भन्नुभयो ।

देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटनामा समेत बढ्न थालेपछि चैतदेखि हटाउने निर्णय गरिएको हो । विभागले सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ संशोधन गरी चैतदेखि देशभरबाट २० वर्ष पुराना सवारी साधन हटाउन लागेको छ । विभागले गत वर्ष फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाएको थियो ।

उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाउन गरेको निर्णय पूर्णरुपमा कार्यान्वयन नहुँदा प्रदूषण बढेको यातायात क्षेत्रको विकृतिका विरुद्धमा अभियान सञ्चालन गरिरहनुभएका रामबहादुर थापाले सुनाउनुभयो ।

विभागका महानिर्देशक भट्टराई विसं २०७३ फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी हटाउन गरेको निर्णय पूर्णरुपमा कार्यान्वयन हुन नसकेको स्वीकार्नु हुन्छ ।

नियमावली संशोधन गरेर गत वर्ष कात्तिकमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी २०७४ फागुन मसान्तसम्म देशभर रहेका २० वर्ष पुराना सवारी साधन हटाउने निर्णय गरिएको हो । गत वर्ष उपत्यकाबाट नहटेका २० वर्ष पुराना सवारी पनि फागुन मसान्तसम्म हटाइनुपर्ने विभागले जनाएको छ ।

विभागले २० वर्ष पुराना ट्याक्सी र विद्युतीय सवारी साधन भने गुड्न दिइने जनाएको छ । विद्युतीय टेम्पो हाल उपत्यकामा ६०० र उपत्यका बाहिर २०० छन् । ब्याट्रीबाट चल्ने सवारी साधन भने ३० वर्षसम्म चल्नसक्ने निर्णय मन्त्रिपरिषद्ले गरी गत असोजमै नेपाल राजपत्रमा सूचना प्रकाशित भइसकेको महानिर्देशक भट्टराईले बताउनुभयो । हाल देशभर २० वर्ष पुराना सवारी साधन पाँच हजार ५०० गुडिरहेको विभागले जनाएको छ । 


बिराटनगर, फागुन १३ गते । रातो तारा डट कम,हिन्दी फिल्मकी चर्चित अभिनेत्री श्रीदेवीको शनिबार राति हृदयातका कारण निधन भएको छ। ५४ वर्षीया श्रीदेवी आफ्नो नन्दको छोराको विवाह कार्यक्रममा समावेश हुन दुबई गएकी थिइन्। त्यहीँ उनको निधन भएको हो।

उनको निधनले बलिउड र विश्वभरि रहेका उनका लाखौं फ्यान शोकमा डुबेका छन्। उनको निधनको खबरलाई लिएर सोसल मिडियामा आश्चर्य मान्नेको संख्या ठूलो छ।
बाकि भिडियो


श्याम राई-गाईघाट,फागुन १३ गते । रातो तारा डट कम,हाईभोल्टजको कारण बिद्युत सर्ट हुँदा त्रियुगा नगरपालिका–३ स्थित सेनाको १८ नम्बर बाहिनीमा आईतबार बिहान बिद्युतीय सामाग्री जलेर नष्ट भएको छ । बिहान करिब सवा दश बजे एक्कासी हाईबिद्युत्त आएको कारण ब्यारेकका सबै घरकावाईरिङ,टिभी,फ्रिज,कम्युट र,मोटर , पंखा लगायतका सामाग्री जलेर नष्ट भएको बाहिनी पति भरत पाठकले बताए ।

उनले बिद्युत्त प्राधिकरणका इन्जिनीयर मार्फत क्षतिको बिबरण संकलन भैरहेकोले क्षतिको एकिन बिबरण आइनसकेको बताए । हाईभोल्टेजको कारण बाहिनी आसपासका भुल्के र सनुवा लगायतका केही गाउँमा पनि क्षति पुगेको छ । सर्बसाधरणको टिमी,फ्रीज समेत जलेको प्राधिकरण उदयपुरका प्रशानस प्रमुख देबी थुलुङले बताए ।


सुनसरी, फागुन १३ गते । रातो तारा डट कम,
 इटहरीमा आइतबारदेखि सुरु भएको एक नम्बर प्रदेशस्तरिय अन्तर कलेज क्रिकेट प्रतियोगितामा जनता बहुमुखी क्याम्पस र विश्वआदर्श कलेजले बिजयी सुरुवात गरेका छन ।
 नेपालय इन्टरनेशनल काठमाण्डौको आयोजनामा सुरु भएको एक्सपर्ट अन्तर कलेज स्तरीय लिगकम नकआउट क्रिकेट प्रतियोगिताको आइतबार भएको पहिलो खेलमा जनता बहुमुखी क्याम्पस इटहरीले कोशी सेन्टजेम्स कलेज इटहरीलाई ३ विकेटले पराजित गरेको छ ।

 टस हारेर ब्याटिङ गरेको कोशी सेन्टजेम्सले निर्धारित १८ ओभरको खेलमा १६ दशमलव ५ बलमा ९० रनमा अल आउट भयो । जसमा फौजल अन्सारीले २७ रन बनाउँदा पवन पाण्डेले २० रन बनाए । जनता क्याम्पसका मनिष खतिवडाले ४ विकेट लिए भने मनिष दाहालले ३ विकेट लिए । जवाफमा ९१ रनको बिजयी लक्ष्य लिएर ब्याटिङ गरेको जनता क्याम्पसले १६ दशमलव १ बलमा ७ विकेट गुमाएर लक्ष्य भेटायो । जसमा उज्वल श्रेष्ठले २० रन बनाउँदा बिकेश बञ्जराले १६ तथा मनिष दाहालले ११ रन बनाए । सो खेलको म्यान अफ द म्याच बिजयी टिम जनता क्याम्पसका मनिष खतिवडा घोषित भए ।

 दोस्रो खेलमा विश्वआदर्श कलेजले कस्तुरी कलेजमाथी १ विकेटको संघर्षपूर्ण जित निकालेको छ । टस जितेर ब्याटिङ गरेको कस्तुरी कलेजले निर्धारित १६ ओभरको खेलमा अलआउट हुदै ६४ रन मात्र जोड्न सक्यो । जसमा सन्दिप खनालले १७ रन तथा सज्दिप शाहले १५ रन बनाए । विश्वआदर्शका भुपाल लुइटेल र निशन कहतले ३–३ विकेट लिए । ६५ रनको बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको विश्वआदर्शले १० ओभर ९ विकेट गुमाएर लक्ष्य भेटायो । सो खेलको म्यान अफ द म्याच पराजित कस्तुरी कलेजका निश्चल बुढाथोकी घोषित भए ।

प्रतियोगिता अन्तर्गत सोमबारको पहिलो खेल शुष्मा कलेज र जनता क्याम्पस बिच हुनेछ भने दोसो्र खेल शिक्षादिप कलेज बिराटनगर र बिश्वआदर्श कलेजबिच हुने प्रतियोगिता संयोजक एवम सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सीपी पौडेलले बताए ।

देशका ठूला १२ वटा शहरहरुमा सञ्चालन भइरहेको  प्रतियोगिता प्रदेश १ को इटहरीमा आइतबारदेखि सुरु भएको हो । प्रतियोगितामा सुनसरी र मोरङका ६ वटा कलेजको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेले क्रिकेट ब्याट सहित किट मेडल प्रमाण पत्र र ट्रफि प्राप्त गर्नेछ भने दोस्रो हुनेले पनि क्रिकेट जर्सी सहित अन्य मेडल प्रमाण पत्र एवम ट्रफि प्राप्त गर्नेछ ।

त्यस्तै प्रत्येक खेलको म्यान आफ म्याच सर्वोत्कृष्ठ खेलाडीको ट्रफि पाउने आयोजकले जनाएको छ ।  अढाई लाख रुपियाँको खर्चमा सम्पन्न हुने प्रतियोगिताका विजेता टिमलाई काठमाण्डौमा हुने राष्ट्रिय प्रतियोगितामा समावेश गराइने र काठमाण्डौमा हुने प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गर्ने टिमलाई बङ्गलादेश वा श्रीलङ्कामा अभ्यास खेलको अवसर समेत उपलब्ध गराउने आयोजकले जनाएको छ ।
 खबर पूर्वाञ्चलबाट


विराटनगर, फागुन १३ गते । रातो तारा डट कम, विराटनगरमा रहेको पुर्वाञ्चल विद्या सदनमा पुर्वाञ्चल सिङ्गीङ सेन्सेसन सिजन ४ सम्पन्न भएको छ । स्कुल परिसरमा आज एक कार्यक्रम आयोजना गरी उक्त कार्यक्रम सम्पन्न भएको हो ।

स्कुलमा भएको सिंगीन स्टार २०७४ को उपाधि प्रकाश विकले जितेका छन् । प्रतियोगिताक ज’नियरतर्फ जेनिसा डंगोल प्रथम, करूणा साह द्वितीय र रूबि साह तृतीय भए । सिनियरपर्फ बेदिका श्रेष्ठ प्रथम, जेनिसा आले द्वितीय र आकृती पोखरेल तृतीय भए ।

डान्सिङ सेन्सेसनमा राज खड्का प्रथम, प्रियन्स’ मिश्र द्वितीय र स्वस्तिका अधिकारी तृतीय भए । त्यस्तै नृत्यमा मनिष कटुवाल र अस्मिना आचार्य र गायन तर्फ ज्योति सुब्बा र विश्वदिप चक्रवती निर्नायक थिए । छनौट र सेमिफाइनल पार गरेर आएका नृत्य ज’नियर तर्फ छ जना सिनियर तर्फ ५ जना र गायनतर्फ ६ जना बीच कडा प्रतिस्पर्धा भएको थियोे । विजेता विद्यार्थी हरूलाई प्रिन्सिपल अर्जुन श्रेष्ठ, अध्यक्ष भरत सापकोटा तथा निर्णायकहरूले पुरस्कार वितरण गरे ।

श्याम राई,गाईघाट, फागुन १३ गते । रातो तारा डट कम,त्रियुगा उद्योग बाणिज्य सघ गाईघाटको आयोजनामा फागुन १५ देखि २६ गतेसम्म पहिलो प्रदेश महोत्सबको हुने भएको छ । महोत्सब आयोजनक मूल कमिटिको संयोजक एबं बाणिज्य संघ गाईघाटका अध्यक्ष गजेन्द्र कुमार भगतले आईतबार महोत्सबको

बारे जानकारी दिदै सबै तयारी पुरा भैसकेको बताए । बिहान !!बजेदेखी बेलुकी ७ बजेसम्म संचालन हुने महोत्सबमा १ सय ७० वटा ब्यापारीक स्टलहरु रहने अध्यक्ष भगतले जनाकारी गराए ।

महोत्सबलाई थप आकर्षक बनाउन यो पटक बालउद्यान संचालन र उदयपुरको प्रसिद्ध धार्मिक स्थल रौता पोखरीको हेलिकप्टर मार्फत सर्बसाधरणलाई हवाई अबलोकन गराउने कार्यक्रम रहेको उनले बताए ।

उनले हवाई अबलोकनको दस मिनेट रहने र प्रति ब्यक्ति रु.५ हजार लिएर सर्बसाधरणको लागि टिकेट खुला गरिएको बताए । प्रदेश नम्बर १ को मूख्य मन्त्री शेरधन राईले महोत्सब उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।


बिराटनगर फागुन  १३ गते । रातो तारा डट कम,
तालिम प्राप्त स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेवकहरूले हात्तिपाइले(फाइलेरिया) रोगको उपचार तथा बच्ने र बचाउने औषधि चक्की खुवाउन मोरङमा २०७४ फागुन १२, १३ र १४ गते टोल तथा घरघरमा आउँदै हुनुहुन्छ ।

उक्त दिन गर्भवती तथा ७ दिनभित्रका सुत्केरी आमाहरू र कडा रोग लागी औषधि सेवन गरिरहेका व्यक्तिहरूबाहेक २ बर्ष माथिका सबै व्यक्तिहरूले हात्तिपाइले(फाइलेरिया) रोग हुनबाट बच्ने र बचाउने औषधि चक्की सेवन गर्नुभई हात्तीपाइले रोग हुनबाट बचौं र बचाऔं तथा आउने सन्ततीलाई हात्तिपाइले(फाइलेरिया) रोग हुन बाट सुरक्षित पारौ । याद राखौं यो औषधि खाली पेटमा खानु हुँदैन ।
                     
                                 जिल्ला जनस्वास्थ्य कार्यालय मोरङ


चितवन,फागुन १३ गते । रातो तारा डट कम, पूर्वी चितवनको कयर खोलामा अवैधरुपमा ढुंगा गिट्टी उत्खनन गर्दै गर्दा २४ वटा ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन र इलाका प्रहरी कार्यालय रत्ननगरको टोलीले अवैध उत्खनन गरिरहेको अवस्थामा शुक्रबार ट्र्याक्टरलाई नियन्त्रणमा लिएको हो । सो खोलामा ढुंगा गिट्टी उत्खननको लागि कालिका नगरपालिकाको कञ्चन निर्माणले ठेक्का पारेको थियो । जिल्ला समन्वय समितिमार्फत चितवनका खोलानालाबाट ढुंगा गिट्टी निकासीको टेण्डर हुने गरेको छ ।

यसअघि पनि पटक–पटक अवैधरुपमा निकासी हुने गरेको भन्ने व्यापक जनगुनासो बढेपछि स्थानीय निकायले अनुगमन गर्ने क्रममा ट्र्याक्टर नियन्त्रणमा लिएको प्रमुख वनले बताउनुभयो ।
चितवनका खोलामा पछिल्लो समय अवैधरुपमा ढुंगा गिट्टीको निकासी व्यापक हुने गरेको जनगुनासा आइरहेको छ ।

प्राविधिकले तोकेको स्थानभन्दा बाहिरबाट ढुंगा गिट्टी बालुवा निकासी गर्दा प्राकृतिक स्रोतको दुरुपयोग हुने र अवैध हुने जिल्ला समन्वय समिति चितवनले जनाएको छ ।
सो क्षेत्रबाट लाखौँ टिप अवैधरुपमा निकासी भएको भन्दै प्रमुख वनले आफ्नो क्षेत्रमा यस खाले उत्खनन हुन नदिने बताउनुभयो ।

 सो क्षेत्र रत्ननगर नगरपालिकाको वडा नम्बर १४ मा पर्दछ । इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले २४ वटै ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको जानकारी दिँदै कारबाहीका लागि जिल्ला समन्वय समिति भरतपुरमा पठाएको बताउनुभयो ।

प्राविधिकले तोकेको स्थानबाहेक अन्यत्रबाट ढुंगा, गिट्टी, बालुवा निकासी गरिएको भए उनीहरुलाई कारबाही गरिने जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले जानकारी दिनुभयो । कारबाहीमा जरिवाना, सामान जफतलगायत ठेक्कासमेत रद्द गर्नसकिने उहाँले बताउनुभयो । 


इटहरी, फागुन १३ गते । रातो तारा डट कम, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पछिल्लो राज्य पुनःसंरचना अनुसार हरेक प्रादेशिक राज्य आर्थिकरुपमा समृद्ध हुनुपर्छ भन्ने मान्यता मुताविक समृद्ध र प्रभावकारी प्रदेशकोे गुरुयोजना बनाउने कार्यमा लागिरहेको बताउनुभएको छ ।

मुख्यमन्त्री राईले सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा राष्ट्रिय सहकारी महासंघले इटहरीमा आजदेखि आयोजना गरेको सहकारी क्षेत्रको प्रवद्र्धनमा स्थानीय तहको भूमिका विषयक दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो ।

सहकारी नै प्रदेश समृद्धिको मुख्य खम्बा हो भन्दै मुख्यन्त्री राईले कृषि, पर्यटन, जलस्रोत, जडीबुटी एवं औद्योगिक क्षेत्रको विकास र प्रवद्र्धन गर्दै यस प्रदेशमा भएका सम्पूर्ण प्राकृतिक सम्पदाको समुचित उपयोगका लागि ठोस नीति तथा कार्यक्रम बनाएर अधि बढ्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा पूर्वमन्त्री एवं राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले नयाँ नेपालको संविधानका प्रस्तावनामा नै सहकारीबाट मात्र देशलाई आर्थिक सवलताको बिन्दुमा अघि बढाउन सकिन्छ भन्ने भावना प्रतिबिम्वित गराउने कार्य भएकाले अब प्रत्येक प्रादेशिक सरकारले संविधानको उक्त तीन खम्बे आर्थिक नीति मुताविक नै नयाँ नीति योजना र कार्यक्रम बनाएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो।

कार्यक्रममा १ नम्बर प्रदेशको उपसभामुख सरस्वती पोख्रेल, प्रदेश सांसदहरु सर्वध्वजा साँवा, लिलम बस्नेत, कुसुमकुमारी श्रेष्ठ र राष्ट्रिय सहकारी महासंघ लेखा समिति सदस्य सोमबहादुर श्रेष्ठले सहकारीका विषयमा बोल्नुभएको थियो ।


चितवन, फागुन १३ गते । रातो तारा डट कम, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अबको शिक्षालाई रोजगारमूलक, उत्पादनमूलक र समुदायको हितसँग जोड्ने खालको बनाउनुपर्ने बताउनुभएको छ ।

दाहालले अध्ययन गरेको नारायणी विद्यामन्दिर माध्यमिक विद्यालय, शिवनगरको ५४औँ वार्षिकोत्सव कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्ने शिक्षा भएको बताउनुभयो ।

नेपालको शिक्षा नीतिका कारण बेरोजगारी बढेको बताउँदै उहाँले यसलाई परिवर्तन गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “एमए पढेका, डिग्री हासिल गरेका हजारौँ हजार युवा विदेशिने क्रम जारी छ । विदेशमा गएर अपमानजनक तरिकाले पनि आर्थिक लाभ लिनुपर्ने अवस्था नेपालीमा रहेको छ । हाम्रो शिक्षा नीति कता–कता बेरोजगार उत्पादन गर्ने जस्तो देखिएको छ ।”

शिक्षा नीतिमा सुधार गरी राज्यको लगानी बढाउनु पर्ने बताउँदै उहाँले शिक्षालाई आविष्कार, अनुसन्धान गर्ने एक बृहत् प्रक्रियाका रुपमा अघि नबढाई मुलुकलाई समृद्धितर्फ लान नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, “आविष्कार गर्ने तरिकाले शिक्षालाई अगाडि लैजानु आवश्यक छ, तर शिक्षामा लगानी बढ्दो होइन, घट्दो क्रममा रहेको छ ।”

पछिल्लो समयमा शिक्षा क्षेत्रमा निजीकरणको दबदबा बढ्दै गएको बताउँदै उहाँले सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्कँदो रहेको बताउनुभयो । शिक्षा क्षेत्रमा गुणात्मक सुधार आवश्यक रहेको भन्दै उहाँले अहिलेको जस्तो सामान्य मात्रात्मक सुधारले शिक्षा क्षेत्रलाई नहुने बताउनुभयो । उहाँले उक्त विद्यालयमा प्राविधिक शिक्षाको अध्ययन गराउनका लागि आफूले मन्त्रिपरिषद्बाटै निर्णय गर्न लगाउने पनि बताउनु
भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणराज पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेल, प्रदेशसभा सदस्यहरु कृष्ण भुर्तेल, रामलाल महतो, भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरीलगायतले बोल्नुभएको थियो । 

Image result for sun flower
पाल्पा, फागुन १३ गते । राातो तारा डट कम, पाल्पा बगनासकाली गाउँपालिकाका कृषक यतिखेर सूर्यमुखीफूलको व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् ।

सिँचाइका लागि पानी कम लाग्ने र बाँझिएका जमिनमा सूर्यमुखीफूल लगाएर राम्रो आम्दानी गर्न सकिने भएपछि यहाँका कृषकमा यसको खेतीप्रति आकर्षण बढ्दो छ । सूर्यमुखीफूलको खेतीभित्र पनि अन्य विभिन्न बालीको उत्पादन लिन सकिने हँुदा कृषकले यसको व्यावसायिक रुपमा खेती गर्न थालेका हुन् ।

यसवर्ष यहाँका कृषकले व्यक्तिगत र सामूहिक गरी करिब एक हजार २०० रोपनी क्षेत्रफलमा सूर्यमुखीफूलको व्यावसायिक खेती गरेका छन् ।

गतवर्ष सो गाउँपालिका– १ को ठूलाचौरमा परीक्षणका रुपमा करिब ३० रोपनी क्षेत्रफलमा लगाइएको सूर्यमुखीफूलको खेतीले राम्रो उत्पादन दिएपछि यो वर्ष यसप्रति धेरैको आकर्षण बढेको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष जिसी बताउनुहुन्छ ।

यो वर्ष गाउँपालिकाको चितुङधारा, पोखराथोक, नायरनम्तलेस, दर्लमडाँडा, खानीगाउँ लगायतका क्षेत्रमा यसको विस्तार गरिएको उहाँले बताउनुभयो । सूर्यमुखीफूलको व्यावसायिक खेती गर्न गाउँपालिकाले बीउ खरिदमा रु ८० हजार रकम विनियोजन गरेको पनि प्रमुख जिसीले बताउनुभयो ।

चिर्तुङधारामा रहेको घोरबन्दा कृषक समूहमार्फत ६० रोपनी, जनज्योति महिला कृषक समूह पोखराथोकले ३० रोपनी, पोखरा थोककै प्रगतिशील कृषक समूहले २० रोपनी, मिलिजुली कृषक समूह नायर नम्तलेसले १० रोपनी क्षेत्रफलमा यसको खेती गरेका छन् ।

सूर्यमुखीफूलको बियाँबाट तेल उत्पादन गरी मनग्य आम्दानी लिन सकिन्छ भने डाँठलाई दाउराका रुपमा प्रयोग गर्न सकिन्छ । अन्य खेतीको तुलनामा धेरै परिश्रम र झन्झट गर्न नपर्ने तथा एक पटकमा तेब्बर बाली उत्पादन लिन सकिने हँुदा यसलाई नगदे बालीको रुपमा लिन थालेको कृषक पोषकान्त भण्डारी बताउनुहुन्छ । 


मोरङ फागुन १३ गते । रातो तारा डट कम,
विराटनगर भन्सार कार्यालयमा बुझाउनु पर्ने राजश्व हिनामिना प्रकरणमा मोरङ–सुनसरी औद्योगिक करिडोरका झण्डै ११० जना उद्योग तथा तिनका सञ्चालक समेत अनुसन्धानको घेरामा तानिएका छन् ।

भन्सार एजेन्ट ललित बोहराको सुरेश क्लियरिङ्ग एण्ड फरवार्डिङ्ग सर्भिसले औद्योगिक करिडोर भित्रका अधिकांश उद्योगका भन्सार क्लियरिङ्ग गर्दा बुझाउनु पर्ने राजश्व ठगीमा बैंकसँग मिलेमतो गरेको विषय जटिल बन्दै गएपछि उद्योगीहरु नै अनुसन्धानको दायरामा परेका हुन् ।
राष्ट्रिय वाणिज्य बैंक विराटनगरसँग भएको अख्तियारी प्रयोग गर्दै निमित्त प्रबन्धक राजेश डंगोलको जाहेरीका आधारमा बैंकको रानीस्थित भन्सार शाखाको सुख्खा बन्दरगाहामा कार्यरत वरिष्ठ सहायक अधिकृत तोर्णबहादुर राउतलाई बैंक तथा वित्तिय संस्था ठगी गरेको आरोपमा कारवाहीको माग गर्दै जाहेरी दर्ता भएको थियो ।

त्यो जाहेरीका आधारमा अनुसन्धान गर्दै जाँदा बैंक घोटला प्रकरण दश करोड भनिएपनि त्यो भन्दा बढी दश अर्बको देखिएपछि भन्सार एजेन्ट ललित बोहरा तथा सुरेश बोहराको कम्पनीमार्फत कारोबार गर्ने सबै उद्योगीहरु एकै पटक अनुसन्धानको घेरामा परेका हुन् ।

राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय टोलीसहित प्रहरीको केन्द्रीय तथा जिल्ला, क्षेत्रस्थित प्रहरी निकायले सबैमाथि एकै पटक अनुसन्धान समेत थालेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले यसको मुल नेतृत्व गरेपछि अन्य निकायले समेत घटना बाहिर ल्याउने अन्तिम कसरत थालेका हुन् ।

अनुसन्धानमा सहयोग गर्नका लागि साउनदेखि आयात तथा निर्यात गरेको बस्तुको विवरण, वस्तु आयात निर्यातमा भन्सारमा दाखिला गरेको राजश्व विवरण खुल्ने बैंक स्टेटमेन्ट तथा चेकको प्रमाणितप्रति भए त्यो बुझाउन लिखित पत्राचार भएको एक उद्योगीले जानकारी दिइएका छन् । उनले प्रहरीले आफ्नो क्षेत्राधिकार बाहिरको काम गर्न खोजेको आरोप लगाउँदै भने हामीले दिनुपर्ने प्रहरीलाई कुनै विषय छैन ।

भारतीय नाकाबन्दीदेखि नै उद्योगी तथा व्यवसायीहरुले भन्सारका प्रमुख, प्रहरीका उच्च अधिकारी र जिल्लास्थित प्रशासनका उच्च अधिकारीको मिलेमतोमा भन्सार छलेको आशंका समेत त्यसैसाथ खुलेको छ । त्यसताका भन्सारमा रहेका भन्सार अधिकृत कृष्ण बस्नेतदेखि पूर्व प्रहरी क्षेत्रीय कार्यालयका प्रमुख, जिल्लास्थित प्रमुख जिल्ला अधिकारी समेत एकै पटक घटनामा जोडिने देखिएको छ ।

प्रहरीले वित्तिय अपराधमा संलग्न आरोपमा अनुसन्धान गर्नुपर्ने भन्दै आर्थिक वर्ष २०७४÷०७५ भन्दा अगाडीको समेत स्टेटमेन्ट झिकाउने तयारी थालेको छ । अहिले तत्काल चालु आर्थिक वर्षको बैंक विवरण मगाउन पत्राचार गरिएको भएपनि ठूलो घोटाला देखिएका कारण त्यसभन्दा अगाडीकै बैकिङ्ग कारोबारको विवरण मगाउनु पर्ने आवश्यकता महसुश भएको बताइएको छ ।

भन्सार एजेन्टसँग मिलेर अवैध आयातमा संलग्न रहँदै आएका प्रतिष्ठित उद्योग सञ्चालकदेखि व्यापारिक संस्थाको नेतृत्वकर्ता समेत प्रकरणमा संलग्न भएको यस अगाडी नै प्रहरीले आशंका गरेको थियो । विज्ञसहित अनुसन्धान थालेको प्रहरीले निष्कर्षमा ठूलै घोटाला हुने गरेको पत्ता लगाएको बुझिएको छ ।

क्लियरिङ्ग एजेन्ट ललित बोहरा र सुरेश बोहरा फरार रहेकै बेला व्यापारी तथा उद्योगीलाई अनुसन्धानमा सहयोग गर्न भन्दै पत्राचार भएपछि धेरै उद्योगी तथा व्यवसायीहरु प्रदेश सरकारका मन्त्री तथा केन्द्रीय सरकारका मन्त्री र विभिन्न दलका शिर्षस्थ नेतासम्म धाउन थालेका छन् ।

प्रहरीले पत्राचार गरेकामा मोरङ व्यापार संघका पूर्व अध्यक्ष महेश जाजु र वर्तमान उपाध्यक्ष प्रकाश मुन्दडाको हिमगिरी सोप एण्ड केमिकल्सदेखि जयश्रीप्युटेक र जयश्री कम्पनीका अनुज पोद्धार, पशुपति सिमप्याक र मूलचनको खल्ली निकासीको श्याम प्याकेजिङका सञ्चालक, जगदम्बा, निगाले, मारुती सिमेन्टका आयातकर्ता साथै आरती स्ट्रिप्सका सञ्चालकत्रय संजीव र अश्विनी शर्मा तथा बिशाल गुप्ता समेतको नाममा रहेको छ ।

यसैगरी भन्सारमै बसेर औषधी लगायत विभिन्न मालवस्तुको क्यिरिङ्ग गर्दै आएका एकजना भन्सार एजेन्टलाई समेत प्रहरीले विशेष निगरानी बढाएको छ । दोहोरो नागरिकता लिएर अमेरिका तथा नेपालमा कारोबार गर्दै आएको आशंकामा उनीमाथि समेत निगरानी बढाइएको हो ।

भन्सार एजेन्टको नेतृत्वकर्तासम्म पुगेका उनले दुईथरी नागरिकता लिएको र एउटा नागरिकता प्रयोग गरेर अमेरिकामा फ्लाट किनेर सिफ्टको तयारीमा रहेको बुझिएको छ । एउटा नागरिकताले नेपालका बैंक तथा वित्तिय संस्थामा कारोबार गर्ने तर पारिवारिक पृष्ठभूमि नखुलाउने तर त्यहि व्यक्तिले आफ्नी श्रीमतीको नाममा अमेरिकामा कारोबार गर्ने गरी अपार्टमेन्टमा फ्लाट किनेको देखिएको छ ।

अमेरिकामा सिफ्टका लागि पेश गरिएको कागजातमा भने नेपालमा कारोबार गरेको कागजात भन्दा फरक परेपछि उनीमाथि प्रहरीले विशेष अनुसन्धान थालेको हो । नाकाबन्दीको समयमा तत्कालिन भन्सार प्रमुख कृष्ण बस्नेत हुँदादेखि नै उनले भन्सार छलेको देखिएको छ । 


विराटनगर, फागुन १२ गते । रातो तारा डट कम,.विराटनगर–३ मा रहेको इडेन नेशनल बोर्डिङ स्कुलमा ‘इडेन मेघा मेला – २0७४’ सम्पन्न भएको छ ।स्कुलले शनिबार स्कुल प्राङ्गमा एक कार्यक्रममा विराटनगर महानगर पालिकाका मेयर भीम पराज’लीले उद्घाटन गरेका थिए ।

मेलामा जर्पे, मदानी, कुडो, हल्लुड,हरिसा जुवा, कोदाली, हँसिया, घैटो,ठेकी, पिरा, मानो,पाथी, ढिकी, ओख्ली र भखारीलगातका पुराना तथा  पुरातात्विक वस्तुहरुको प्रदर्शनी राखिएको स्कुलका प्रिन्सिपल चिल्तामणि बस्नेतले बताए ।

विद्यालय–अभिभावकबीचको सम्बन्धलाई नजिक बनाउने उद्देश्यसहित मेलाको आयोजना गरिएको प्रिन्सिपल बस्नेतले बताए । मेलामा अभिभावकहरुको उत्साहजनक सहभागिता रहेको थियो । ४ हजार जनाले मेला अवलोकन गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्यलगायतका विभिन्न प्रस्त’तीबाट अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिएका छन् । मेलामा २२ स्टल रहेको स्कुलका को–अडिनेटर तारा श्रेष्ठले जानकारी दिए । मेलामा स्कुलमा अध्यनरत विद्यार्थीद्वार निर्मित सामाग्रीहरुको पर्दशनी गरिएको थियो । स्कुलका अध्यक्ष तुलसी पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।




शिव भट्टराई - फागुन १२ गते । रातो तारा डट कम,
साना किसान बिकास बैंक सुनसरी द्वारा आयोजना गरेको दुई दिने अर्ध बार्षिक प्रगति समीक्षा तथा रणनीति तर्जुमा गोस्ठी सम्पन्न भएको छ।

सुन्दरपुर साना किसान कृषि सहकारी संस्था मोरङको सभाहलमा १ नं.प्रदेशको ६ वटा जिल्ला बाट जम्मा ४५ वटा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष र साखा प्रबन्धक गरी जम्मा ९२ जनाको गोष्ठीमा सहभागिता रहेको थियो।

सोही अवसरमा साना किसान विकास बैंक ईटहरीका साखा प्रबन्धक सरोज भट्टाराई आन्तरिक राजस्व कार्यलय सुनसरिका प्रमुख भोगिराज राई साथै एस. के. इंटरप्राइजेजका निलकण्ठ शर्माले अर्ध बार्षिक प्रगति समीक्षा तथा रणनीति तर्जुमा गोष्ठीमा सहजिकरण गर्नु भएको थियो।


बिराटनगर फागुन १२ गते । रातो तारा डट कम,
मोरङको लेटांग ७ फडानी घर भएका  दर्शन विभाग, काशी हिन्दू विश्वविद्यालय बनारसका शोधछात्र लक्ष्मीप्रसाद गौतमलाई “अखिल भारतीय ब्राह्मण महासभा” ले उनको प्रतिभाशाली विद्वत्ताको कदर गर्दै सम्मान गरेकोछ ।

मिति २०७४  फागुन ९ गते (सन २१.०२.२०१८) का दिन दुर्गाकुण्ड वाराणसी  स्थित नगर निगमको सभागृहमा उनलाई महासभाका रास्ट्रीय अध्यक्ष श्री राजेंद्रनाथ  त्रिपाठीद्वारा    “काशी युवा विद्वत् सम्मान” दिइएको हो ।

लक्ष्मी संस्कृत शास्त्रका युवाविद्वानका रूपमा काशीमा उनी परिचित  छन । सन २००६ देखि संस्कृत को अध्ययन  गर्दै आएका लक्ष्मी  सन २०१३ मा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका  गोल्ड मेडलिस्ट पनी  हुन ।


 केराबारी-मोरङ, फागुन १२ गते । रातो तारा डट कम,
केराबारी मोरङमा २०२४सालमा स्थापित सबै भन्दा पुरानो सस्थांकारुपमा परिचित एकमात्र राष्ट्रिय  पुस्तकालयले आफ्नो स्थापनाको ५० औं वर्ष पुगेको अवसरमा स्वर्ण महोत्सव मनाउँने भएको छ ।

"पठन संस्कृतिको विकास साहित्य प्रर्बद्धन र
स्रष्टाहरुको सम्मानका लागि स्वर्ण महोत्सव"
भन्ने मुल नाराका साथ मनाउन लागिएको
स्वर्ण महोत्स्वमा अन्तर माध्यमिक विद्यालय
स्तरीय कविता प्रतियोगिता आयोजना
गरिने भएको छ । आगामी फागुन २४ गते
पुस्तकालयको स्थापना दिवसको अवसरमा
अन्तर माध्यमिक स्तरीय कविता प्रतियोगिता,सम्मान तथा खुल्ला प्रतिनिधि रचना वाचन कार्यक्रम गरिने भएको छ।

पुस्तकालय संञ्चालक समितिको विहिवार वसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । पछिलो समय सूचना र प्रविधिको विकास संगै नया पुस्तामा
किताव पढ्ने बातावरण हराउदै गएको र सो
कार्यक्रममा मार्फत साहित्यिक गतिविधि
र पाठकहरुमा पठन संस्कृतिको विकास गर्ने
उदेश्यका साथ स्वर्णमहोत्सव मनाउन
लागिएको पुस्तकालयको अध्यक्ष महाप्रसाद
लुइटेलले वताउनुभयो ।

तत्कालिन समयमा केराबारीमा पहिलो पटक २०२४ सालमा
स्थापना भएको सो पुस्तकालय स्थापना
कालदेखि विभिन्न समयमा महत्वपुर्ण योगदान
पुर्याउँने व्यतित्वहरुको सम्मान र सम्झना गर्दै
स्वर्णमहोत्सव मनाउँन लागिए हो। स्वर्ण
महोत्सव सम्पन्न गर्न विभिन्न उपसमितिहरु
समेत गठन गरिएको छ ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.