Websoft University

कल्याणकारी माविले एकाउन्नौँ वार्षिकोत्सब भव्यता पुर्वक मनाउदैं,


युवराज ठकुरी /सिंहदेवी,मोरङ, फागुन १४ गते ।
 रातो तारा डट कम, उत्तरी मोरङ केराबारी गाउँपालिका-२;सिंहदेवीमा रहेको कल्याणकारी माविले ५१औँ वार्षिकोत्सब तथा अभिभावक दिवस भव्यता पुर्वक शुभारम्भ गरेको छ।

कक्षा ११/१२सन्चालन गर्ने उद्देश्यका साथ अघिल्लो वर्ष विद्यालयको ५०औँ वर्षको उपलक्ष्यमा स्वर्ण महोत्सव मनाइसकेको कल्याणकारीले यस वर्ष स्वर्ण महोत्सवको स्मारिका विमोचन तथा विद्यालयलाई विभिन्न तवरले सहयोग पुर्‍याउनेहरुलाई सम्मान गर्दै ५१औँ वार्षिकोत्सब सम्पन्न गरेको हो।
प्रमुख अतिथि प्रदेश नं.१का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले कार्यक्रमको उद्घाटन गर्दै स्मारिका विमोचन गरेका थिए। उक्त कार्यक्रममा विशेष अतिथि १.न.प्रदेश "ख"का सभासद उपेन्द्र घिमिरे, अतिथिहरु पुर्व मोरङ जिल्ला सभापति खड्गबहादुर बस्नेत,केराबारी गाउँपालिका उपाध्यक्ष शान्ति भुजेल,वडा न.२ प्रेम लिम्बू ,वडा नं.१०का वडाध्यक्ष जङग खवास, वडा नं.८का मनोज खडका लगायतको उपस्तिथि रहेको थियो।

दुई दिन सम्म मनाइने उक्त कार्यक्रम विद्यालयका शिक्षक डब्लुबिक्रम खान ठकुरीको संचालन र विव्यस अध्यक्ष दिलिपकुमार ठकुरीको सभपतित्वमा भएको थियो।विद्यालयका शिक्षक कृष्ण ठकुरीको स्वागत मन्तव्य तथा प्रअ हेमबहादुर ठकुरीद्वारा विद्यालयको प्रतिवेदन प्रस्तुत गरिएको थियो।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै रामचन्द्र कलावती स्मृति अक्षयकोषका संरक्षक जनक आचार्यले थप २५०००/- हजार थपेर ५०हजार बनाइएको घोषणा गरेका थिए। त्यसै गरि विद्यालयका संस्थापक विष्णुबहादुर स्मृति अक्षयकोषबाट विद्यालयका एसइइ उत्कृष्ट विद्यार्थी कन्चन शाही ,गरिब तथा जेहेन्दार सुदिप लिम्बू,विद्यालय प्रथम निलिमा शाहीलाई नगद रु३०००/-र प्रमाण अक्षयकोषका संरक्षक कृष्ण खाण ठकुरी ,गजेन्द्र खाण ठकुरी र राजेन्द्र खाण ठकुरीले वितरण गरेका थिए।उर्मिला लिला स्मृति अक्षयकोषका संरक्षक गुणमाया लिम्बू र डगलसिहं राईले पनि उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरुले आकर्षक नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए।कार्यक्रम दुई दिन सम्म सन्चालन हुने शिक्षक डब्लु विक्रम खान ठकुरीले बताए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.