Websoft University
June 2016

सप्तरी, असार १६ गते। सप्तरीको रामपुर-९ स्थित मल्हनिया खोलामा डुबेर बुधबार साँझ १० बर्षिय बालकको मृत्यु भएको छ। स्थानिय भोला यादवको छोरा किरण कुमार यादवको पौडी खेल्ने क्रममा अचानक डुबेर मृत्यु भएको हो। 
घटनास्थलमा प्रहरी चौकी रामपुरबाट प्रहरीको टोली खटिगई आवश्यक अनुसन्धान भइरहेको छ। त्यसैगरी झापाको कन्काई-९ मा बुधबार एक पुरुष मृत अवस्थामा फेला परेका छन्। 
खेतमा आली लगाउन गएका स्थानीय मोहन मुर्मु साँझ ६ बजे मृत अवस्थामा भेटिएका हुन्। घटनास्थलमा इलाका प्रहरी कार्यालय अनारनमिबाट प्रहरीको टोली खटी गई कानूनी प्रकृया पुरा गरेको छ।

विराटनगर, असार १६ गते । जिल्ला विकास समिति मोरङले मोरङका दुई गाविसमा एकीकृत विकास अभियान सञ्चालन गर्दै आएको छ । २०७० सालदेखि मोरङको पोखरिया र सिंहदेवी गाविसमा यो अभियान सुरु गरेको जिल्ला विकास समिति मोरङले जनाएको छ ।

अभियानअन्तर्गत गाविसका हरेक वडाबाट पाँचजना स्वयंसेवक तयार गरी अभिमुखिकरण तालिमसमेत दिइएको छ ।

अभियानको मूल उद्देश्य स्वयंसेवा, परिश्रम र सहकार्यलाई जोड दिनु रहेको छ । परिवारको सरसफाई, आर्थिक विकाससँगै समग्र समुदायको सरसफाई र भैरहेको पूर्वाधारको संरक्षण गर्दै दिगो उपयोगमा जोड दिनु रहेको छ ।

गाउँ विकास समितिको समग्र विकासका निम्ति जनचेतना अभिवृद्धि गर्दै समस्त विकासको उपभोग सबै नागरिकलाई समानरुपमा गर्न सक्ने व्यवस्थाका लागि जिल्ला विकास समितिको यो अभियान उपलाब्धिपुर्ण  रहेको जिल्ला विकास समिति मोरंगका कार्यक्रम तथा सूचना अधिकृत महेन्द्र खड्काले बताउनु भयो  ।

अभियानअन्तर्गत असार १५ गतेका दिन पोखरिया गाविसमा सडकको सरसफाईका साथै खल्डाखुल्डी व्यवस्थापन अभियान चलाइएको जिविस मोरङले जनाएको छ ।


बिराटनगर असार १६ गते । खानी तथा भूगर्भ विभागको टोलीले मुस्ताङका प्राकृतिक खानीमा युरेनियम, नुन र पेट्रोल रहेको सरकारी टोलीले दाबी गरेको छ ।
टोलीले हालसम्म सरकारी तथा गैरसरकारी तवरबाट भएका अनुसन्धान ठिक भएको पुष्टि गर्दे फेला परेका खनिजजन्य पदार्थलाई उत्खनन र उपयोगका बिषयमा सरकारलाई पूर्ण विवरण सहितको सुझाव पेस गर्ने तयारी थालेको छ ।
हिजो राजधानी फर्कनु अघि दुई दिनसम्म उपल्लो मुस्ताङ पुगेर उद्योग मन्त्री सोमप्रसाद पाण्डेसहित आएको खानी तथा भूगर्भ विभागको टोलीले यहाँ खानीजन्य क्षेत्रको अध्ययन गरि स्थानीय र प्रशासनिक ब्यक्तिसँग राय संकलन गरेको थियो ।
उपल्लो मुस्ताङको लोमान्थाङमा युरेनियम, मुक्तिनाथ मन्दिर नजिकै पेट्रोल र झुसाङ गाविसको तेताङमा नुनका खानी रहेको टोलीले जनाएको छ । ‘युरेनियमको अध्ययन गर्न थप विशेषज्ञ टोली मन्त्रालयले छिट्टै पठाउनेछ,’ खानी क्षेत्रको भ्रमण सकेर हिजो बुधबार राजधानी फर्कनु अघिउद्योगमन्त्री पत्रकारहरू संग कुरा गर्दे भने, ‘युरेनियम महंगो धातु हो, यसको प्रयोग र उत्खननमा विदेशी सहयोग आवश्यक पर्छ ।’ थप अध्ययन र उपयोगका बारेमा मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लगेर उत्खननको काम शुरु गर्ने उनले बताए ।

खानी तथा भूगर्भ विभागका निर्देशक राजन पौडेलले स्थानीयसँगको कुराकानीमा मुस्ताङमा युरेनियम, नुन र पेट्रोल भएको कुनै दुईमत नरहेको बताए । कसरी उपयोग गर्नेबारे छलफल सुरु गरिएको उनले बताए ।
युरेनियमको न्युक्लियर्स प्रविधिबाट ठूलो परिमाणमा विद्युत उत्पादन गर्न सकिनेतर्फ संकेत गर्दे उनले यहाँ रहेका तीन प्रकारका खनिजजन्य पदार्थले मुलुक धनी हुने विश्वास व्यक्त गरे । मन्त्री पाण्डेसहित खानी तथा भूगर्भ विभागको १८ जनाको टोलीले सम्भावित खानी क्षेत्रको अध्ययन गरि मन्त्रालयमा विबरण पेश गर्ने र मन्त्रालयले मन्त्रिपरिषदमा यसको बारेमा जानकारी गराउने भएको छ । 


जानिराखोै । असार १५ गते । मेथी साग तथा मसलाको रूपमा प्रयोग गरिने वनस्पति 
हो । मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ हो । आयुर्वेदमा मेथीलाई बहुगुणी औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ । मेथीको साग महत्वपूर्ण हरियो तरकारीको रुपमा रहेको छ ।
प्राचिन काल देखिनै यस्को औषधीय गुणका कारण तरकारी तथा औषधीको रुपमा यस्को प्रयोग गरिंदै आएको छ । मेथीको बीज एक बहुमुल्य औषधी समान हुन्छ । यस्ले भोक बढाउँने तथा संक्रामक रोगबाट रक्षा गर्दछ।

शरीरको विजातिय तत्वलाई बाहिर निकाल्दछ । यस्ले सास तथा शरीरको दुर्गन्धबाट छुटकारा दिलाउँदछ । यो अल्सरमा पनि लाभकारी हुन्छ । मेथीबाट बनेको लड्डु एक राम्रो टा‘निक हो जो प्रसुति पश्चात ख्वाउने गरिन्छ । यस्ले शरीरको सारा व्याधी निर्मुल गर्ने तथा शरीरमा बच्चाको लागि दुधको मात्रा बढाउँने गर्दछ । डायबिटीजमा मेथीको दानाको पाउडर अत्यन्त लाभप्रद हुन्छ ।
-मेथीको सेवनबाट वायु गैस, कफ बलगम तथार ज्वर बुखार निर्मुल हुन्छ। वात रोग जोर्नीमा दुख्ने, मा मेथीको पाउडरलाई मट्ठा,महिको साथमा पिउँनाले फाइदा हुन्छ।

-विहानै मेथी दानाको धुलो एक चम्मचको मात्रामा पानीको साथमा सेवन गर्नाले घुँडा दुख्ने समस्या रहन्न । खासगरी बुढापामा घुँडा दुख्ने समस्या रहन्न ।
-मेथीको रस निकालेर विहान वेलुका पिउँनाले मधुमेह ठिक हुन्छ ।
-कालो अङ्गुरसँग मेथीको रस समान मात्रामा लिनाले बवासीर ग्रस्त रोगी ठिक हुन्छ ।

-मेथीमा फलाम तत्व रहने भएकाले जण्डिसका विरामीलाई यो फाइदाजनक हुन्छ ।
-मेथीको तरकारीमा अदुवा गरम ससला हालेर सेवन गरेमा निम्न रक्तचाप भएकोमा फाइदा पुग्दछ ।
-मेथी को तरकारी खानाले रगतमा शुद्धता आउँछ। मेथी दानामा मुटु स्वस्थ्य राख्ने पाचन शक्ति बढाउँने र कामवासना बढाउँने क्षमता रहेको हुन्छ । मेथीमा हुने पाचक एंजाइमले भोक बढाउँदछ। मेथीले ग्यास, कफ तथा ज्वरो नास गर्दछ। पेटमा वायु,पेटमा जुका चुर्ना, पेट दुख्ने, कमर दुख्ने तथा अन्य प्रकारका शारीरिक पीडा निर्मुल पार्दछ ।

-मेथीको सेवनबाट स्त्री जातिमा हुने कमजोरी हटाएर शरीरमा शक्ति प्रदान गर्दछ। बच्चा जन्मे पछी गर्भाशयमा कुनै कमी भएमा वा गर्भासय ठिकसँग संकुचन नभएमा स्तनमा पीडा भएमा वा अन्य कुनै प्रकारका दुखाइमा लाभप्रद हुन्छ। यस्को सेवनबाट बन्द भएको मासिक धर्म फेरी सुचारु हुन थाल्दछ । स्तनमा दुधको मात्रा बढ्दछ । सन्धिवात अर्थात जोर्नीको दुखाई भएमा मेथीको साथमा गुड आँटा मिलाएर लड्डूको सेवन गर्ने गरिन्छ ।

-मेथीमा क्यान्सर रोधक तत्व पाइन्छ। यस्को उपयोग डायबिटीज, हाई ब्लड प्रेशर तथा पेट संबंधी समस्या मा फाइदाजनक हुन्छ। मेथी मुटुकालागि विशेष लाभकारी तथा बलवर्धक हुन्छ। मेथीले रगतको कमी भएमा लाभकारी हुन्छ।

-मेथीको काढा तथा चुर्णको सेवनबाट स्नायु रोग, बहु मूत्र ,पथरी,टांसिल्स,रक्त-चाप तथा मानसिक तनाव तथा गर्भ निरोधकको रुपमा लाभप्रद हुन्छ।

-मेथी दाना लाई सागको रुपमा दैनिक सेवन गर्न सकिन्छ। मेथी दानाको चुर्ण तीन ग्राम दहीमा मिलाएर खानाले आंव को बिमारीमा लाभ हुने र यस्को अतिरिक्त यस्ले पिसाब अत्यधिक आउँन रोकिन्छ। उमेर बढेकोमा यसबाट हुने कमजोरी हटाउँने तथा महिलाको सौन्दर्यमा निखार ल्याउँन मदत गर्दछ। आँखाको तल कालोपन मेटाउँनको लागि मेथीलाई पिंधेर पेष्ट बनाएर लगाएमा कालोपन रहन्न।

-मेथी दाना रातभर पानीमा भिजाएर विहान यस्लाई पिंधेर यस्को पेष्ट कपालमा लगाउँनाले कपाल झर्ने समस्या रहन्न तथा कपाल लामो हुने र सुन्दर देखिने गर्दछ।

-मेथी दाना पिंधेर यस्को लेप अनुहारमा लगाउँनाले अनुहारमा भएका दाग धब्बा हट्ने तथा अनुहार कान्तिमय हुन्छ।

ताजा मेथीको पातलाई पिंधेर अनुहारमा लगाउँनाले अनुहारमा रहेका डण्डिफोर अनुहारको रुखापन तथा झुर्रियां चाउरी परेको निर्मुल हुन्छ। उमेर बढेको प्रकृया कम गर्न तथा महिलाको सौन्दर्य निखार्न तथा कपालमा भएको चाया हटाउँन मेथीको पेष्ट बनाएर लगाउँने र आधा घण्टामा सफा गर्नाले फाइदा जनक हुन्छ।

-मेथीको सेवनले एसीडिटी, अपच, अरुचि, गैस, दस्त, पेट दुखाई, बदहजमी, कब्जियत, पाचन,तंत्र को गडबडी, खोकी, सूजन, बादी, बवासीर, पेटको चुर्ना जुका आदि निर्मुल गर्ने तथा पिसाब सुचारु ढंगले लाग्ने गर्दछ। पेटको छाला, आँतको सफाईको लागि दुई चम्मच मेथी एक कप पानीमा उमालेर मेथीको काढा बनाएर पिउँनाले लाभप्रद हुन्छ। मुखको छाल खटिरा ठिक गर्नको लागि मेथीको पातको अर्क तथा मेथीलाई पानीमा उमालेर चिसो भएको पानीले मुखको कुल्ला गरेमा फाइदा हुन्छ।

-कान बगेमा मेथीलाई दुधमा पिंधेर छानी हल्का तातो पारेर कानमा हालेमा कानबाट बग्न बन्द हुन्छ ।पित्त दोषमा उमालेरको हरियो मेथीको पातलाई शुद्ध घिउमा तारेर खानाले फाइदा हुन्छ।

-मेथी पाउडरको सेवन दुधको साथमा गर्नाले मधुमेह ठिक हुन्छ । यस्मा रगत र पिसाबमा ग्लुकोजको मात्रा कम गर्ने विशेष गुण रहने भएकाले डायबिटिजमा विशेष गुणकारी हुन्छ।

-मेथीको काढा कानको दुखाई, सर्दी, मिर्गी, लकवा तथा फालिज इत्यादि रोगमा लाभप्रद हुन्छ। नपुंसकता, कमजोरी, गठिया जोर्नी दुखेको, मधुमेह, बाल रोग, कब्जियत, अनिद्रा, मोटापा, रक्तातिसार तथा जलन आदि रोगमा मेथीको सेवन लाभप्रद र हितकारी हुन्छ।

-कपाल झर्न रोक्छ: मेथीको दानामा कपाललाई मजबुद गर्ने क्षमता हुन्छ। यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ जसले हाम्रो शरीरलाई पनि उर्जा दिन्छ । यसको पेष्ट बनाएर नरिवल वा जैतुनको तेल मिलाएर कपालमा लगाउँदा यसले कपाल झर्न रोक्छ।

चायाँबाट मुक्ति: यदि तपाइँलाई चायाँको समस्या छ भने मेथी तपाइँका लागि अचुक औषधी बन्छ। टाउकाको छाला सुख्खा भएर समस्या भयो भने मेथी त्यसका लागि सरल घरेलु उपाय हो । मेथीमा दही मिसाएर पेष्ट बनाउनुस र यसलाई कपालको जरा सम्म पुग्ने गरी लगाउनुस्। अलि अलि मसाज गर्नुस् । ३० मिनेटपछि धुनुस् तपाइँको कपालमा चायाँको समस्या तत्काल समाधान हुन्छ।

-डन्डीफोर नियन्त्रण : मेथीका दाना डन्डीफोर नियन्त्रणका लागि पनि निक्कै उपयोगी मानिन्छ। यसले छालाको एमिडर्मिस तहमा रहेको टक्सिनलाई निकाल्छ र डन्डीफोरको दाग समेत हटाइदिन्छ। डन्डीफोरले दिक्क पारेको छ भने मेथी तपाइँका लागि अचुक औषधी हो।

मेथीका दाना पिस्नु: र पेष्ट बनाउनुस् यसमा थोरै मह हाल्नुस्। मेथी र महको पेष्ट सुत्नु अघि अनुहारमा लगाउनुस् विहान उठेर चिसो पानीले धुनुस् । डन्डीफोरको समस्या समाधान हुन्छ।

-मोटोपनको नियन्त्रण : मेथीमा उच्च मात्रामा फाइवर हुन्छ । यसले पाचन प्रणालीमा सहयोग गर्छ। यसले शरीरलाई चाहिने भन्दा बढी क्यालोरी पनि कम गर्दिन्छ । विहानमा एक गिलास मेथीको पानी पिउनुस् यसले शरीरलाई अत्यन्तै फाइदा गर्छ ।

-चम्किलो त्वाचा : अनुहार चम्किलो पार्न चाहनु हुन्छ भने मेथी तपाइँलाई चाहिने चिज हो । मेथीको दानाले शरीरमा रहेका विभिन्न फ्रि रेडिकल्सलाई बाहिर निकाल्छ। मेथीको दानाको पेष्ट बनाएर लगाउँदा अनुहारमा रहेका काला घेरा र अन्य समस्या समेत हट्छन्। यसले छालाको कलर टोन बढाउँछ एवं मृत तन्तुहरु हटाउँछ त्यसकारण अनुहार चम्किलो देखिन्छ।

-पाचन प्रणालीमा सुधार: मेथीको सेवनले पाचन प्रणालीलाई राम्रो तुल्याउँछ । यसले पेट पोल्ने र अन्य समस्या समेत हटाउँछ । पाचन सम्बन्धी कुनै पनि समस्या भएको ब्यक्तिका लागि मेथीको सेवन अत्यन्तै फाइदाजनक हुन्छ ।

-सुगरको नियन्त्रण: मेथीको सेवनले रगतमा हुने सुगर लेवल पनि नियन्त्रित हुन्छ । मेथीमा हुने एमीनो एसिडले प्याङ्क्रियाजमा हुने इन्सुलिनको प्रभाव बढाउँछ र यसले रगतमा हुने सुगरको मात्रा नियन्त्रण गर्छ। मधुमेहका रोगीहरुलाई पनि मेथी सेवन राम्रो मानिन्छ ।

मृगौलाका लागि राम्रो : मेथीको सेवनले मृगौलालाई पनि स्वस्थ राख्छ । मेथीमा हुने तत्वले पत्थरीको समस्या हुनेलाई समेत फाइदा गर्छ । यसले भित्रका विकार पिसावको माध्यमबाट बाहिर निकाल्छ।

ज्वरो नियन्त्रण:ज्वरो आएको छ भने एक चम्चा कागतीको रशमा मह र मेथी मिसाएर खाँदा ज्वरो घटछ । यसले आराम अनुभव गराउँछ । यसले घाँटीमा हुने खस खस पनि हटाउँछ।

महिलालाई उपयोगी: मेथीले महिलामा स्तन वृद्धी गर्न सहयोग गर्छ । यसले महिलाले बच्चालाई खुवाउनका लागि दुधको उत्पादन पनि बढाइदिन्छ। महिलामा हुने विशिष्ठ समस्यामा मेथीले औषधीको काम गर्छ।

विशेष सावधानी: मेथी को स्वभाव गर्म हुन्छ। अधिक मात्रामा सेवन गरेमा पित्त बढदछ। पित्तजन्य रोगमा तथा उष्ण प्रकृतिवाला व्यक्तिले यस्को सेवनमा परहेज गर्नु पर्दछ। नाकबाट रगत वहेको अवस्थामा, खूनी बवासीर भएमा, पिसाबमा रगत आएमा, मासिक धर्ममा कैयौ दिनसम्म रगत आएमा यस्ता व्यक्तिहरुले गर्मीको मौसममा मेथीको प्रयोग कम गर्नु पर्दछ। सर्दीको समयमा मेथीको प्रयोग गर्नु अधिक सुरक्षीत हुने गर्दछ। मेथीको दानाको चुर्ण ३ ग्राम देखि ६ ग्राम सम्म प्रतिदिन लिन सकिन्छ।

अनुहार सुख्खा भएमा मेथीको धूलो, बेसार, नीमपातको मिश्रण पानीमा रगडेर बिहानरबेलुका अनुहारमा लगाउने गरेमा डण्डीफोर, चायाँ, दाग, दाद बिस्तारै ठिक हुँदै जान्छ ।  

बिराटनगर, १५ असार । आज असार १५ अर्थात ‘मुठी खाएर मुरी उब्जाउने’ महिनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइन्छ ।  कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । 
‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।
हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनु अघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ ।
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।


बिराटनगर असार १५ गते ।
जेफाले डा“डा: मोरङको सदरमुका विराटनगरबाट सुनसरीको इटहरी,खोर्साने,केराबारी हुदै ५० किलोमिटर उत्तर लागेपछि सिंहदेवी ५ को जेफाले डाडा पुग्न सकिन्छ । करीब १०० रोपनी क्षेत्रफलमा फैलिएको जेफाले डाडा विराटनगरबाट धरान, धनकुटाको भेडेटार, ओख्रे,डाडा वजार र राजारानी हुदै १०० किलोमिटर दुरी तय गरेर पनि पुग्न सकिन्छ ।
बाह्रै महिना चिसो हावा चल्ने प्रार्कतिक सौन्दर्यले भरिपूर्ण जेफाले डाडामा क्षण भरमै मौसम परिवर्तन हुने हुदा पर्यटकका लागि रोमाञ्चीत क्षण हुने गर्दछ । यहाँबाट पूर्वका कन्चनजङ्गा हिमाल लगायत अन्य हिमश्रृखला र पुर्वका सबै जिलाहरु देख्न सकिने भएकोले पनि पर्यटकहरुको यहाँ चहल पहल हुने गरेको छ । १९७० मिटरको उचाइमा रहेको जेफाले डाडाको भ्यू टावरबाट देखिने सूर्योदय र सूर्यस्तको दृश्यले जो कसैलाई पनि लोभ्याउछ । जेफालेको पर्यटन विकास र प्रबद्र्धनको लागि ९७५ खुट्किला भएको सिढी निर्माण, रिङ्ग रोड लगायतका कार्यमा जिल्ला विकास समिति मोरङ, धनकुटा र पर्यटन कार्यालयको समेत आर्थिक तथा प्रविधिक सहयोग जुटाइएको  छ । यसको निर्माण जनश्रमदान सहित करीब ६० लाख भएको छ ।
जेफाले डाडा वाट देखिने तलको दृष्य विहिवारे बस्ती, होमस्टे, अर्गानिक र मौलिक खानाले पर्यटकलाई स्वागत गर्ने गरेको
छ । विधिवत रुपमा नेपाल सरकार पर्यटन कार्यालयमा दर्ता भई संचालन भइरहेको होमस्टेले स्थानीय परिकारका साथै अर्गानिक उत्पादनमा जोड दिइरहेको छ ।  

मोरङको एक मात्र चिया वगान सिंहदेवी जेफालेको अर्को महत्वको आकर्षण केन्द्र हो । चिया वगानकोे डाडमा वसेर वादल भित्र लुकामारी खेल्दै चिसो हावामा झुम्नुको आनन्द वेग्लै हुन्छ । जेफाले भ्युटावर पश्चिम काफले डाडाँको चुचुरो अवस्थित माथिभारा माताको मन्दिरको दर्शन गर्न पाउनु आगन्तुकहरुको लागि अर्को सौभाग्य हो । ताप्लेजुङ्गको माथिभारा माताको मन्दिरबाट घण्टी, त्रिशुल, अक्षता, भेटी  र माटो ल्याई साक्षत देवीको मन्दिर निर्माण गरी दर्शनको लागि सहज बनाइएको छ ।

विराटनगर, असार १४ गते । स्नातकोत्तर क्याम्पस विराटनगरका प्राध्यापकहरूको विशेष पहलमा वनस्पती उद्यान निर्माणको आरम्भ गरिने भएको छ ।
आज विराटनगरमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराइएको हो ।
विराटनगरमा स्नातकोत्तर तहको मात्र अध्यापन गराइने उक्त क्याम्पस परिवार, प्रशासन, प्राध्यापक, कर्मचारी संघ, विद्यार्थी नेतृत्वको विशेष सक्रियतामा सो उद्यान निर्माण हुन लागेको हो । पूर्वि नेपालको अग्रणी सहर विराटनगरमा दर्शनीय स्थलको अभाव हटाउन तथा वैज्ञानिक सूचना केन्द्रको लागि सो उद्यान महत्वपूर्ण हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
२०४४ सालमा त्रिभूवन विश्वविद्यालयको आंगिक क्याम्सको रुपमा रहेको उक्त क्याम्पसको करिव २५ विगाहा क्षेत्रफल रहेको छ । करिब ३ वर्ष अघि विज्ञान तर्फका केही प्राध्यापकहरुको अगुवाईमा क्याम्पसलाई जिवन्तता थप्ने प्रयास स्वरुप वनस्पति उद्याग निर्माणको लागि पहिलोपटक नयाँ सोच बाहिर ल्याउने कार्य भएको थियो ।
दुई चरणमा गरी करिव १ करोड ६८ लाख रुपैयाँको लागतमा निर्माण हुने सो उद्यानका लागि वन विभागबाट १० लाख रुपैयाँ स्वीकृति प्रदान गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

भोजपुर, असार १४ । वर्षातका कारण सडक अवरुद्ध भएको र सडक बनाउने ठेकेदारको चरम लापर्बाही भएको जनाई भोजपुरका बस व्यवसायीले अनिश्चितकालीन यातायात बन्द गरेका छन् । संयुक्त बस व्यवसायी सङ्घले यही असार ११ गते गरेको निर्णय सार्वजनिक गर्दै मंगलबारदेखि सम्पूर्ण यातायात बन्द हुने जनाएको हो । सङ्घले बिरामी बोकेको साधनबाहेक सबै सवारीसाधन बन्द गरेको छ । सङ्घका अध्यक्ष गोपाल तामाङले वर्षातका कारण सडक अवरुद्ध भएको बेलामा लेगुवा–भोजपुर सडक पक्की बनाउने नाममा ठेकेदारले जथाभाबी सडकमा माटो थुपारिदिएका कारण बाध्य भएर यातायात बन्द गर्नुपरेको बताए । प्रजिअ अर्जुनकुमार शर्माले सबै पक्ष सम्मिलित अनुगमन समिति बनाएर सडक अनुगमन गरी सडक पुनःसञ्चालन गर्न तत्काल पहल गरिने बताए । व्यवसायीको अनिश्चितकालीन यातायात बन्दका कारण भोजपुरबाट अन्यत्र जाने यात्रु त मारमा परेका छन् नै, बिरामी तथा बिरामीका आफन्तलाई झन् समस्या परेको छ । भोजपुरमा हवाई उडान पनि नियमित नहुँदा यात्रुहरु मारमा परेका छन् ।

काठमाडौं, असार १४ । एक महिनाअघि शंखमुल मध्यमार्गमा गरिएको पिचमाथि आइतबार धमाधम प्याचिङ गरिदैं थियो । शनिबार पनि बुद्धनगरस्थित रोजबर्ड स्कुलपूर्व शंखमुल जाने सडक पिच भइरहेको थियो ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले असारमा पिच नगर्न स्थानीय निकायलाई निर्देशन दिए पनि काठमाडौं महानगरपालिकाले धमाधम सडक पिच गरिरहेको छ ।
 बर्खा लागेपछि पानी पर्ने र पिचका लागि उपयुक्त नहुने भए पनि बजेट सक्न धमाधम यस्तो काम जारी राखिएको हो । काठमाडौं महानगरपालिका शहरी पूर्वाधार विकास विभागका प्र्रमुख डा. उत्तरकुमार रेग्मीले भारतीय नाकाबन्दीका कारण समयमा काम गर्न नपाउँदा पिचको कार्य असारमा पुगेको बताए । उनले प्राविधिक रुपमा फागुनदेखि पिच गर्न सहज हुने भएकाले आथिृक वर्षको पछिल्ला महिनामा धेरै पिच हुने गरेको पनि बताए । स्थानीय विकास मन्त्रालयको आर्थिक प्रशासन शाखाका प्रमुख सुवासचन्द्र शिवाकोटीले असारमा पिच गर्ने अख्तियारी नदिन मन्त्रालय दृढ रहेको दाबी गरे । –अन्नपूर्ण पोस्ट दैनिकबाट 

सुनसरी, असार १४ गते। सुनसरीको बक्लौरी गाविस ७ बाट सोमबार प्रहरीले लागुऔषध गाँजा सहित दुईजनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीको टोलीले सोमबार साँझ ५ बजे बक्लौरी स्थित पम्फापुर बस्ने सीता चौधरी र लल्की चौधरीको किराना पसलमा बिक्री गर्न १ केजी ६०० ग्राम लागुऔषध गाँजा बरामद गरेको हो। 
गाँजा सहित पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय पकलीमा राखि थप अनुसन्धान भइरहेको छ।

सप्तरी, असार १४ गते। सप्तरीको छुट्टा छुट्टै दुई स्थानमा सोमबार भएको सवारी दुर्घटनामा चारजना घाइते भएका छन्। 
शम्भुनाथ-३ मा स १ प ७५६५ नम्बरको मोटरसाइकलले साईकलयात्री सोही स्थान बस्ने उतिमलाल मण्डल र पछाडी सवार सुभनिलाल मण्डललाई ठक्कर दिदा दुईजना घाइते भएका छन्। घाइते दुवैजनाको स्थानिय क्लिनिकमा उपचार भइरहेको छ भने मोटरसाइकल चालक सोही स्थान बस्ने महेन्द्र मण्डल समेत गम्भिर घाइते भएकाले न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ। 
त्यसैगरी शम्भुनाथ-८ मा स १ त ११११ नम्बरको ट्याक्टरले पैदलयात्री सोही स्थान बस्ने खुशीलाल चौधरीलाई ठक्कर दिदा गम्भिर घाईते भएका छन्। घाइते चौधरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने ट्याक्टर इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखि चालक फरार रहेकाले खोजीकार्य भइरहेको छ।


काठमाडौं, असार १४ गते । सर्वोच्च अदालतले नक्कली प्रमाणपत्रधारीको आरोपमा पक्राउ परेका चिकित्सकहरूले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरिदिएको
छ । कार्यवाहक प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश गोविन्दकुमार उपाध्यायको संयुक्त इजलासले उनीहरूको थुनालाई गैरकानुनी भन्ने आधार नदेखिएको भन्दै रिट खारेज गरेको हो ।
‘जिल्ला अदालतबाट भएको म्याद थपलाई अन्यथा भन्न सकिने अवस्था नदेखिएको,’ आदेशमा भनिएको छ, ‘निवेदकहरूको थुनालाई गैरकानुनी र बदनियत भन्न सकिने अवस्था नदेखिँदा प्रस्तुत निवेदन खारेज हुने ठहर्छ ।’ आफूहरूलाई बदनियत र गैरकानुनी ढंगले पक्राउ गरी थुनामा राखेको भन्दै नक्कली प्रमाणपत्रधारीको आरोपमा पक्राउ परेका डाक्टरहरूले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दिएका थिए ।
यसैबीच नक्कली प्रमाणपत्रधारीको आरोपमा पक्राउ परेका ३६ डाक्टरलाई थप ५ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।

काठमाडौं, असार १३ । प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौंको बूढानिलकन्ठबाट दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बारा डुमराना–७ का २५ वर्षीय साइमन तामाङ र नुवाकोट बुमताङ–४ का ३७ वर्षीय धनबहादुर तामाङ रहेका छन् ।

उनीहरुको साथबाट इँटा आकारका ‘स्ल्याब’ बनाइएको ३० किलो चरेस र बुद्धधर्मसम्बन्धी पुस्तकको गाता बनाइएको ५ किलो चरेस बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पक्राउ परेकाहरुको अन्तर्राष्ट्रिय गिरोहहरुसँग सम्पर्क रहेको पनि प्रहरीले जनाएको छ ।

काठमाडौं, असार १३ । खानी तथा भूगर्भ विभागले इमाडोलमा रहेको मिथेन ग्यासलाई भन्डारण गर्ने तयारी गरेको छ ।

विभागका प्राकृतिक ग्यास तथा कोइला शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठका अनुसार ग्यास भन्डारण गर्नका लागि विभागले समिति गठनको प्रक्रिया अगाडि बढाइसकेको छ ।

भारतीय नाकाबन्दीसँगै सरकारले उपत्यकामा रहेको मिथेन ग्यासलाई प्रयोगमा ल्याउने चर्चा चलेको थियो ।

‘इमाडोलस्थित खरिबोट क्षेत्रमा कुवामा रहेको ग्यासलाई भन्डार गर्न केही दिनमा नै ‘नमुना ग्यास प्लान्ट’ बनाउने तयारी थालिने छ’–श्रेष्ठले भने–‘हप्तादिनभित्रमा प्लान्टको काम सुरु गर्छौं ।’

ग्यास भन्डारण गर्नका लागि विभागले इमाडोलमा नयाँ इनारसमेत खनेको छ । पुरानो भत्किएकाले नयाँ इनार खनिएको हो ।

विभागले ग्यास रहेको इनारलाई तारबारले घेरेर एकजना पालेसमेत राखेको छ ।

ग्यास भन्डारणका लागि आवश्यक सामान विदेशबाट आयत् गर्ने प्रक्रियासमेत विभागले थालेको छ ।

ग्यासको भन्डारण मात्रा र खर्च हेरेर अन्य ठाउँमा रहेको ग्यासलाई पनि भन्डारण गर्ने योजना रहेको श्रेष्ठको भनाइ छ ।

‘अहिले कति ग्यास भन्डारण गर्न सकिन्छ । त्यो हेर्छौं’–उनले भने–‘पर्याप्त मात्रामा पुग्ने भएपछि अन्य ठाउँको ग्यास भन्डारण गर्छौं ।’

उपत्यकाका विभिन्न १४ ठाउँमा मिथेन ग्यास रहेको पाइएको छ ।

यसअघि सरकारले सन् १९८२ मा टेकुमा रहेको मिथेन ग्यासलाई प्लान्ट बनाइ प्रयोगमा ल्याएको थियो । रासस

सप्तरी, असार १३ गते। सप्तरीको शम्भुनाथ-८ मा आज बिहान माइक्रो दुर्घटना हुँदा दुई जना घाइते भएका छन। पूर्वबाट पश्चिम जादै गरेको बा ३ ख ८३१३ नम्बरको माइक्रो बिहान १० बजेतिर शम्भुनाथ-८ राजमार्गमा अनियन्त्रित भई दुर्घटना भएको थियो। 
घाइतेहरुमा झापा दमक-१३ बस्ने ५० वर्षिय कृष्णप्रसाद भण्डारी र दमक ६ का ४० वर्षिय सलबहादुर वि.क. रहेका छन। दुबै घाइतेलाई उपचारको लागि बिराटनगरतर्फ ल्याइएको छ भने माइक्रोसहित चालकलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिएको छ।

   फाइल तस्विर 
झापा, असार १३ गते। झापाको पृथ्वीनगर-२ का एक युवकले दाउराको चिर्पटले हिर्काई आफ्नै आमाको हत्या गरेका छन्। 
पृथ्वीनगर-२ रिमझिम चोक बस्ने २४ वर्षिय देसु भन्ने देसराज तामाङले घरायसी विवाद हुँदा आज बिहान ३;३० बजेतिर आफ्नै ४५ वर्षिय आमा तारा देवी भुजेल (तामाङ) लाई दाउराको चिर्पटले हिर्काई हत्या गरेका हुन। 
दाउराले हिर्काउँदा आमा तारादेवीको घटनास्थलमै मृत्यु भएको थियो। हत्यामा संलग्न तामाङलाई सिमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रणमा लिएको छ।


चीनले बनाएको नयाँ सुपर कम्प्युटर विश्वको सबैभन्दा शक्तिशाली कम्प्युटर बन्न सफल भएको छ । चीन विश्वको शक्तिशाली कम्प्युटर भएको देशको सूचिमा लगातार दोश्रो वर्ष पनि पर्न सफल भए तापनि गत वर्षको कम्प्युटरको तुलनामा पछिल्लो कम्प्युटर निकै धेरै शक्तिशाली रहेको छ ।
९३ पेटाफ्लट सनवे ताइहुलाइट नामको नयाँ सुपर कम्प्युटर वुजीस्थित नेसनल सुपरकम्प्युटिंग केन्द्रमा राखिएको छ ।
यो कम्प्युटरले एक सेकेण्डमा ९३ हजार ट्रिलियन हिसाब गर्न सक्दछ ।
गत वर्ष विश्वका सबैभन्दा शक्तिशाली कम्प्युटरको सूचिमा पहिलो स्थानमा चीनकै तियान्हे २ कम्प्युटर रहेको थियो । तियान्हे २ भन्दा ताइहुलाइट कम्प्युटर दोब्बर फास्ट हुनुका साथै तिन गुणा बढि प्रभावकारी रहेको बताइएको छ ।
टप फाइभ हन्ड्रेड डट ओआरजीले सार्वजनिक गरेको विश्वका सबैभन्दा शक्तिशाली कम्प्युटरको सूचिमा सनवे टाइहुलाइट नम्वर वान बन्न सफल भएको हो ।
यो कम्प्युटरको अति उन्नत निर्माण, मौसम पूर्वानुमान फिचर तथा ठूलो परिमाणमा डाटा विश्लेषण गर्न सक्ने क्षमता रहेको बताइएको छ ।
यो कम्प्युटरमा १ करोड ५ लाख प्रोसेसिंग कोर तथा ४०,९६० नोड्स रहेका छन् । यो कम्प्युटर लिनक्स अपरेटिंग सिस्टममा चल्दछ ।
विश्वका सबैभन्दा शक्तिशाली ५ सय वटा कम्प्युटरको सूचिमा चीनका १ सय ६७ थरी कम्प्युटर परेका छन् भने अमेरिकाका १ सय ६५ थरी । शक्तिशाली कम्प्युटरका संख्याको हिसाबले अमेरिकालाई चीनले पछि पारेको यो पहिलो पटक हो ।
जबकी १० वर्ष अघि विश्वका शक्तिशाली ५ सय कम्प्युटरमा केवल २८ वटा चिनिया कम्प्युटर मात्र अटाएका थिए जुन टप ३० भित्रपनि पर्न सकेका थिएनन् ।
त्यसैले सुपर कम्प्युटिंगको क्षेत्रमा चीनले दुनियाका अन्य सबै देशले भन्दा तिव्र विकाश गरेको संस्थाको भनाइ छ ।
विश्वका शक्तिशाली ५ सय कम्प्युटरमा पहिलो तथा दोश्रो स्थानमै चिनिया कम्प्युटर पर्न सफल भएका छन् । तेश्रो चौथो छैटौँ र सातौँ स्थानमा अमेरिकी कम्प्युरहरु छन् । टपटेन मध्ये पाँचौ स्थानमा जापान, आठौँमा स्विजरल्याण्ड, नवौँमा जर्मनी र दशौँमा साउदी अरेबियाका सुपर कम्प्युटर रहेका छन् ।
यी सुपर कम्प्युटरहरु सामान्य मानिसले चलाउने खालका भने होइनन् । सुपर कम्प्युटरहरु विशिष्टीकृत एप्लिकेसनले युक्त हुन्छन् र त्यसको फाइदा उठाउन निकै विशिष्टीकृत कम्प्युटर ज्ञान तथा आवश्यकताको खाँचो पर्दछ । त्यसैले यस्ता सुपर कम्प्युटरहरु रेसिंग कारसँग तुलना गरिन्छ,जो सर्किटमा दौडाउन त खुबै काम लाग्छन् तर यात्रागर्न भने कामलाग्दैनन् ।

खोटाङ, असार १३ गते। खोटाङको बाक्सिला ९ स्थित सिमपानीमा आइतबार बिद्धुत सर्ट भई आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ भने अन्दाजी १५ लाख बराबरको क्षती भएको छ। 
स्थानिय हिराधन राइको घरमा कोही नभएको अबस्थामा अपरान्ह ४ बजे अचानक बिद्धुत सर्ट भइ आगलागी भएको थियो। आगलागीबाट निजको ढुङगा माटोले बनेको टिनको छानो भएको २ तले घर तथा नगद रू १० हजार र घर भित्र भएका सम्पुर्ण मालसामान समेत जलि अन्दाजी १५ लाख बराबरको क्षती भएको हो। आगलागी प्रहरी र स्थानीय मानिसको सहयोगमा साँझ ६ बजे नियन्त्रण लिएको हो।

झापा, असार १३  गते। झापाको बिर्तामोडमा हिजो सांझ मिनि बससंग ठोक्किंदा मोटरसाइकल ठोक्किंदा एक युवकको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जादै गरेको को ९ प ६८४९ नम्बरको मोटरसाइकलले बिर्तामोड- २ रामचोकमा साइकलयात्रीलाई जोगाउन खोज्दा सांझ १७ः४० बजेतिर विपरित दिशाबाट आउदै गरेको मे. १ ख १९०६ नम्बरको मिनि बससंग ठोक्किएको थियो। 
बससंग ठोक्किएर मोटरसाइकलमा सवार सोही नगरपालिका २ का ३३ वर्षिय पुकार गिरी र धरमपुर-६ का ३१ वर्षिय राजु आचार्य गम्भीर घाइते भएकाले उपचारकालागी बिएनसि अस्पताल बिर्तामोड लगिएकोमा राजु आचार्यको सांझ ६:०५ बजे मृत्यु भएको हो। 
मोटरसाइकलमा सवार अर्का घाइते पुकार गिरीको सोही अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकलले ठक्कर दिएर साइकलयात्री झापा बेलडाँगी ३ का २७ वर्षिय मिलन परियारको हातमा सामान्य चोट लागेकोले उपचारकालागि सोही अस्पतालमा पुर्‍याइएको छ। बसका चालक झापा चकचकी-७ का २५ वर्षिय छविराम सुवेदीलाई इलाका प्रहरी कार्यालय अनारमनिले नियन्त्रणमा लिएको छ।

विराटनगर, असार १३  गते । हरिसिंह–उषादेवी दुगड च्यारिटेवल ट्रष्टले आफ्नो वार्षिकोत्सव मनाएको छ । हिजो शनिबार सम्पन्न भएको सो कार्यक्रमको प्रमुख अतिथि सिने क्षेत्रका वरिष्ठ कलाकार राजेश हमाल रहनुभएको थियो ।
ट्रष्टले वार्षिकोत्सव कार्यक्रममा स्थानीय दुई संचारकर्मीलाई सम्मान गरेको छ भने टंकी सिनवारीका दुई विपन्न बालबालिकालाई छात्रवृत्ति प्रदान गरेको छ ।
यसैगरी, ट्रष्टले साहित्यसेवी भैरुदान सुराना र समाजसेवी वैजनाथ सोनीलाई सम्मान गरेको छ ।
स्थानीय मोती दुगडले आफ्नो स्वर्गिय पिता–माताको नाममा ट्रष्टको स्थापना गर्नुभएको हो ।


बिराटनगर, असार १२ गते । काठमाडौंको  गोकर्णेेस्ववर नगरपालिका बडा न ९ डोखाडोडमा रहेको अपाङ्ग एकता आवाजले ४२ जना अनाथ बालबालिकाहरूलाई पालनपोषण र शिक्षा दिने सेवा मुलक काम गरिरहेकोछ ।
संस्थाका अध्यक्ष् तीलबहादुर काकीं र संचिव इस्वर
राज मगरले संन्चालनमा नि:सुल्क सेवा गरिरहनु
भएकोछ ।




बिराटनगर, असार १२ गते । आज सम्म पनि अबिरल वर्षा भईरहेकाले गर्दा पूर्बितराईका जिल्लाहरू डुबानले प्रभाबित भएकाछन । बिराटनगरका केहिक्षेत्रमा पानी भरिएकोछ । बसपार्क पुरै डुबानमा परेकोछ । बजारका मुख्य सडक पनि जलमग्न अवस्थामा देखिन्छन् । मानिस घरबाट बाहिर निस्कन आँट गरिरहेका छैनन ।
लगातार वर्षाका कारण विराटनगर विमानस्थलसमेत प्रभावित भएको छ ।  
निरन्तर रुपले वर्षा भइरहेका कारण मोरङ जिल्ला भएर बग्ने नदीहरूको जलस्तर वृद्धि भई ठाउ ठाउमा कटान सुरु  हुन थालेकोछ । बाढीबाट अतिप्रभावित मधुमल्ला  र हसन्दहको जनजीवन कष्टकर हुन थालेको कुरा जानकारी आएकोछ ।
ती दुई गाविसमा केही दिनअघि खोलाको पानी पस्दा ५० भन्दा बढी परिवार विस्थापित भइसकेका छन ।



काठमाडौं, असार ११ गते । परमाणु आपूर्तिकर्ता समूह (एनएसजी) को सदस्यताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सी सी जिनपिङसँग सहयोग मागेका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले मिडियालाइ नकारी दिएका छन् ।
चीनले भारतलाई उक्त समूहको सदस्यता दिने विषयमा समर्थन गरेकोछैन । टर्की, न्युजिल्यान्ड र दक्षिण अफ्रिका जस्ता देशले भारतलाई समर्थन नगरेको भनेर चीनले बताउँदै आएको छ । भारतले आफ्ना छिमेकि देशहरूसंग यसबेला सम्बन्ध बिगारेकाे भए पनि भारतले भने चीनको समर्थन आफूलाई मिलेमा ती देशको विरोधको कुनै अर्थ नरहने कुरा बताएको छ ।
एनएसजीको सदस्यता पाउन चीनको निकै महत्वरहेको छ । मोदी संघाई सहयोग संगठन (एससिओ) को वार्षिक सम्मेलनमा भाग लिन बिहीबारै चीनपुगेका हुन् ।
यसअघि पाकिस्तानका राष्ट्रपति ममनुन हुसैनले सीलाई भेटेका थिए । चीनले पाकिस्तानको पक्ष लिएको भन्दै हुसैनले सीलाई धन्यवाद दिएका थिए ।
भारतलाई एनएसजीको सदस्यता दिने विषय सोलमा आयोजना बैठकमा नराखिएको भन्दै चीनले विरोध गरेको थियो । अमेरिका, फ्रान्स जस्ता देशले भारतको पक्षमा वकालत गर्दै आएका छन् । भारतले आफ्ना छिमेकी नेपाल, बगलादेश, पाकिस्तान लगाएतका देश संग संंम्बन्ध सुधार गरेरमात्र उक्त समूहको सदस्यका लागि सर्वसम्मत समर्थन जुटन सकनेछ ।

बिराटनगर, असार १० गते । काठमाडौंमा ग्यास सिलिन्डर बिस्फोटमा परी उपभोक्ताको ज्यान गएपछि सरकारले ग्यास उद्योगले प्रयोगमा ल्याएका सिलिन्डरको अध्ययन गर्न छाननिव समिति गठन गरेको छ। सिलिन्डरले मापदण्ड पूरा गरे/नगरेको अध्ययन गर्दै सुरक्षा व्यवस्थामा अपनाउनु पर्ने सुझाब सहित प्रतिवेदन पेश गर्नको लागि समिति गठन गरेको छ।
आपूर्ति मन्त्रालयका उप—सचिब अर्जुुनराज पन्तको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको हो। उक्त समितिमा नेपाल तथा गुणस्तर विभाग, नेपाल आयल निगम, उपभोक्ता हित संरक्षण मञ्च नेपाल, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका प्रतिनीधि सम्मिलित कार्यदल बनाएको हो ।
उक्त समितिले अन्य मुलुकहरुमा खाना पकाउने एलपी ग्यास पैठारी, सञ्चय, ढुवानी, रिफिलिङ, बोटलिङ प्यान्टले पालना गर्नुपर्ने सुरक्षाका व्यवस्थाको बारेमा कानुनी व्यवस्थाको अध्ययन गरी सुधारको लागि गर्नुपर्ने व्यवस्थाको बारेमा सिफारिस गर्ने आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले बताए।
‘कानुनी व्यवस्थाको समेत अध्ययन गरेर प्रचलित ऐन, कानुको सुधारमा समेत सुझाब दिन समितिको कार्यक्षेत्र तोकेका छौं,’ उनले भने, ‘ग्यास उद्योगले अपनाउँदै आएका सुरक्षाको स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पार्नेछ।’
अज्ञानता र लार्पवाहीबाट हुने दुर्घटनालई शुन्यमा झार्नको लागि आवश्यक नीतिगत व्यवस्थाको बारेमा समेत समितिले सुझाब दिने अपेक्षा गरिएको कुरा जनाएकोछ।
ललितपुर र कालीमाटी ग्यास बिस्फोटमा परी चार जनाको मृत्युभई सकेकाछन ।

काठमाडौं, असार १० गते । सरकारले अफगानिस्तानको काबुल हमलामा ज्यान गुमाएका नेपालीका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले काबुलमा भएको आतंकबादी बिस्फो
टमा १३ नेपाली मारिएकोमा खेद व्यक्त गर्दै मारिएकाका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो । यस्तै, घटनामा परि घाइते भएकाहरुको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । सरकारले द्धन्द्धग्रस्त अफगानिस्तानसहित, लिबिया, इराक र सिरियामा कामदार पठाउन समेत रोक लगाएको छ ।
काबुल घटनाको अनुसन्धान गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको सरकारले अफगानिस्तानमा रहेका नेपाली कामदारको सुरक्षा बारे आवश्यक समन्वय गर्ने र स्वदेश फर्किन चाहनेलाई सहयोग गर्ने जनाएको छ ।
सरकाले अफगानिस्तानमा तालीवानीको नृसिंस घटनापछि द्वन्द्वग्रस्त मुलुकमा नेपाली कामदार पठाउन रोक लगाएको 
हो । मन्त्रिपरिषद् बैठकले अर्को निर्णय नभएसम्मका लागि अफगानिस्तान, इराक, सिरिया र लिबियाका लागि श्रम स्वीकृति स्थगित गर्ने निर्णय गरेको हो ।
सरकारले आर्थिक वर्ष ०६२।०६३ मा अफगानिस्तानमा निश्चित क्षेत्रको रोजगारीमा जान खुला गरिएको थियो । अहिलेसम्म अफगानिस्तानमा वैधानिक ढंगबाट ८ हजार 
६ सय १४ जना नेपाली रहेको तथ्यांक छ । 
तर,अवैधानिक ढंगबाट १० हजारभन्दा बढी नेपाली रोजगारीका लागि अफगानिस्तान गएको अनुमान छ ।
यस्तै, बैठकले काबुल घटनाबारे छानविन गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको छ ।

काठमान्डौ, असार ९ गते  – काठमाडौंको बिजुलीबजारमा प्रहरीले गोली चलाएको छ ।  ‘गुन्डागर्दीमा संलग्न एक युवालाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो । 

कालीमाटी, टेकु, कलंकी क्षेत्रमा गुन्डागर्दीमा संलग्न रहेको भन्दै जसवन्त राई भन्ने कर्ण गुरुङलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो । प्रहरी टोलीमाथि आक्रमण प्रयास गरेपछि गोली चलाएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए।

खुट्टामा गोली लागेका २१ वर्षे गुरूङलाई उपचारको लागि वीर अस्पताल पुर्याईएको छ । गुरुङमाथि दुई वटा ज्यान मार्ने उद्योगमा मुद्दा छ भने केही सार्वजनिक अपराधमा पनि उनी प्रहरीको फरार सूचीमा रहेका थिए।

‘पक्राउ गर्न जाने क्रममा प्रहरीमाथि नै रड हानेपछि उनलाई घुँडाभन्दा मुनिको भागमा गोली हानिएको हो । दुई वटा गोली लागेको गुरुङको वीर अस्पतालमा उपचार भइरहेको खनालले जानकारी दिए । 

घटनास्थलबाट प्रहरीमाथि गुरुङले आक्रमण गर्न प्रयोग गरेको फलामे रड पनि बरामद गरेको छ। 

कालिमाटी एरियामा बस्ने गुरुङ कलंकी, कालीमाटी टेकु क्षेत्रमा गुन्डागर्दी गर्दै आएका एसएपी खनालले बताए।

फाइल तस्विर
सुनसरी, असार ९ गते। पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरी र सिरहामा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। सुनसरीको लौकही-४ मा पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना ३ ख ९६४९ नम्बरको बसले ठक्कर दिएर पश्चिमकुसाहा-९ का १५ बर्षिय अन्वर अन्सारीको मृत्यु भएको छ।
बसको ठक्करबाट गम्भीर अन्सारीको जिल्ला अस्पताल ईनरुवामा उपचारकाक्रममा बिहान ११;३५ बजे मृत्यु भएको हो। ठक्कर दिने बस र चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ। 
त्यसैगरी सिरहको लहान- १ मा पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ना. ६ क ६९९० नम्बरको टिपरले ठक्कर दिएर एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। 
अन्दाजी ५० वर्षिया जस्ती देखिने ती महिलाको नामथर वतन खुल्न नसकेकोले पहिचान गर्ने कार्य भइरहेको छ। ठक्कर दिने टिपर तथा चालकलाई इलाका प्रहरी कार्यालय लहानले नियन्त्रणमा लिएको छ।




बिराटनगर, असार ९ गते । नेपाल सरकारको अनुरोधमा काठमाडौं देखि केरूङ सम्मको सुरुङ मार्ग भने चिनियाँ कम्पनीले निर्माण गरिदिने प्रस्ताव राखेको छ । ‘चिनियाँ कम्पनीले नै सुरुङको सम्पूर्ण प्राविधिक आफैं ल्याएर निर्माणगर्ने योजनासहित काम अघिबढाउन थालेकोछ ।
सचिवस्तरीय निर्णयपछि मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अर्जुनकुमार कार्कीले प्रधानमन्त्री केपी ओलीलाई उक्त बाटो, लम्बाइ र जान–आउन लाग्ने समयबारे जानकारी दिएका थिए । लगत्तै प्रधानमन्त्री ओलीले कामलाई अघि बढाउन निर्देशन दिए । सरकारले उक्त सडक र सुरुङ मार्गको निर्माण तयारी १८ महिना र ३६ महिना अवधिको राखेको छ ।
पूर्वसचिव तुलसीप्रसाद सिटौलाका अनुसार हाल काठमाडौंबाट गल्छी हुँदै त्रिशूली पुग्न ८० किमि लाग्छ भने सामाखुसी,टोखा हुँदै त्रिशूली ५२ किमिमै पुगिन्छ । यस हिसाबले टोखाबाट लैजाँदा बाटो अहिले नै २८ किमि नजिक पर्नेछ । यसमा पनि सुरुङ बनेपछि ५२ किमिबाट घटेर ४२ किमि मात्र हुनेछ । ‘सुरुङले मात्रै १० किमि दूरी घटाउने छ,’ सिटौलाले भने ।
अर्कोतर्फ हाल त्रिशूलीबाट केरुङपुग्न ६८ किमि लाग्छ । यो बेत्रावती–धुन्चे–रसुवागढी हुँदै केरुङ पुग्ने मार्ग हो । सेनाले बेत्रावतीबाट त्रिशूलीको किनारै किनार मैलुङ्ग, हाकुबेसी हुँदै निर्माण गरिरहेको सडक पूरा भएपछि थप १५ किमि सहजै कम हुनेछ । ‘तल खोलाको किनारबाटै बाटो गएपछि अझ किमि घट्छ, बाटो पनि सहज हुन्छ,’ सिटौलाले भने, ‘५३ किमिमै त्रिशूलीबाट केरुङ पुग्न सकिन्छ ।’
केरुङबाट रसुवा हुँदै काठमाडौं, पोखरा र लुम्बिनीसम्म रेल मार्ग पुर्‍याउने अध्ययनको कामलाई अघि बढाएको सरकारले सडक सञ्जालमार्फत साढे दुई घण्टामै काठमाडौंबाट केरुङ पुग्ने योजनाको प्रस्ताव अघि बढाएको हो । यो कुरा सुनेर नेपालीहरू अतिनै खुसि
भएकाछन्  ।

काठमाण्डौ । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले १४ जनाको ज्यान जानेगरी सोमबार बिहान भएको काबुल बिष्फोटको निन्दा गर्दै ज्यान गुमाउने नेपाली प्रति हार्दिक समबेदना प्रकट गरेको छ । 

संघका अध्यक्ष शेष घलेले एक शोक बक्तब्य जारी गर्दै आतंककारी हमलामा बैदेशिक रोजगारीमा रहेका १४ जना नेपालीले ज्यान गुमाउँदा संसारभरी रहेका गैरआवासीय नेपालीहरु स्तब्ध र मर्माहत भएको बताउनुभएको छ । संघले यस दुखद् घटनामा ज्यान गुमाउनेका परिवारप्रति समबेदना प्रकट गर्दै घाइते नेपाली दाजुभाईको सिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । ‘बैदेशिक रोजगारीका क्रममा हाल अफगानिस्तानमा रहनुभएका नेपालीहरुमा सुरक्षा सावधानी अपनाउन तथा संकटको अबस्थामा एक अर्कालाई सहयोग गर्न हामी हार्दिक अनुरोध गर्दछौं ।’ अध्यक्ष घलेले जारी गरेको बिज्ञप्तिमा भनिएको छ । 

अफगानिस्तान जस्ता उच्च सुरक्षा चुनौती रहेका स्थानमा नेपाली कामदार नपठाउन यसअघि संघले पटकपटक ध्यानाकर्षण गराउँदै आएको स्मरण गर्दै अध्यक्ष घलेले सुरक्षा जोखिम भएका मुलुकमा नेपाली कामदार पठाउने प्रकृया तत्काल बन्द गर्न र अफगानिस्तानमा कार्यरत नेपालीलाई सुरक्षित रुपमा घर फर्काउने वातावरण बनाउन नेपाल सरकारसमक्ष माग गर्नुभएको छ ।

काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले सरकारका दुई उपप्रधानमन्त्रीलाई बर्खास्त गर्न माग गरेको छ । आजको संसद बैठकमा विशेष समयमा कांग्रेस सांसदहरुले उपप्रधानमन्त्री उपप्रधानमन्त्री कमल थापा र चित्रबहादुर केसीलाई बर्खास्त गर्न माग गरेका हुन । बैठकमा कांग्रेस सांसद रामहरि खतिवडा र अर्जुनप्रसाद जोशीले संविधान कार्यान्वयन गर्नुपर्ने बेला त्यसका विरुद्ध अभियान चलाउने मन्त्रीलाई तत्काल बर्खास्त गरी कारबाही गर्न प्रधानमन्त्रीसँग माग गरे । उपप्रधानमन्त्री थापाले संबिधान विपरित हिन्दु धर्म, राजसंस्था पुर्नस्थापना र केसीले संघीयता विरुद्ध अभियान चलाएको भन्दै कांग्रेसले कारवाहीको माग गरेको हो । बैठकमा कांग्रेस सांसदले सरकारले संविधान जारी गर्ने पूर्वराष्ट्रपतिलाई अपहेलना गरेको तर, संविधान विरुद्ध अभियान चलाउने मन्त्रीलाई पक्षपोषण गरेको आरोप समेत लगाए ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.