Websoft University
June 2022


विराटनगर, १६ असार । रातो तारा डट कम, विराटनगर महानगरपालिकाले महानगर क्षेत्रमा हुने बाढी र डुबान समस्याको दीर्घकालीन समाधान खोज्ने भएको छ । 


मेयर नागेश कोइराला नेतृत्वमा बिहीबार प्राविधिकसहित बाढीग्रस्त क्षेत्रको अवलोकन गरेको छ । अवलोकनका क्रममा कोइरालाले महानगरभित्र देखिएको बाढी र डुबान समस्याको समाधान दीर्घकालीन योजना बनाएर समाधान गर्ने प्रतिबद्धता जनाए । अहिलेको योजनाभन्दा फरक योजना बनाएर समस्या समाधान गर्नुपर्नेमा उनको जोड थियो । इन्जिनियर अर्जुन थापासहितको प्राविधिक टोलीलाई साथै लिएर मेयर कोइराला बाढी र डुबानबाट बढी प्रभावित विराटनगर वडा नम्बर ३, ५, १५, १८ र १९ नम्बर को अवलोकन गर्न पुगेका थिए । सो क्रममा ५ का वडाध्यक्ष सन्तोष न्यौपाने, १५ का वडाध्यक्ष प्रकाश साह, १८ का वडाध्यक्ष जितेन्द्रकुमार साह, १९ नम्बर वडाका अध्यक्ष श्याम घिमिरेले आफ्नो वडामा बाढी र डुबानले पु¥याएको क्षतिका बारेमा जानकारी गराएका थिए । 

डुबान र बाढीकै समयमा अवलोकन गर्दा योजना बनाउन सहज हुने भएकाले प्राविधिकसहित अवलोकन गरिएको मेयर कोइरालाको भनाइ थियो । “हामी जनप्रतिनिधिहरूले कार्यभार सम्हालेको एक महिना नबित्दै विपदको सामना गर्नुप¥यो, बाढी र डुबान समस्याका लागि पूर्वतयारी गर्नै पाइन,” मेयर कोइरालाले भने, “अब कुन–कुन ठाउँमा के कारणले डुबान भयो भन्ने बारेमा हामीले जानकारी पाइसकेका छौं त्यसैअनुसार योजना बनाएर काम गर्छौं । आजको भोलि समस्या समाधान नहोला, त्यसका लागि ठूलै बजेट आवश्यक पर्छ । क्रमशः समस्या समाधान गर्दै जान्छौं ।” 

अवलोकनका क्रममा सम्बन्धित वडामा खटिएका इन्जिनियरहरूलाई वडाभित्र डुबानका कारण र समाधानका उपायसहित एक हप्ताभित्र प्रतिवेदन तयार पारेर ल्याउन निर्देशनसमेत दिए । मेयर कोइरालाले पूर्वाधार विकास आयोजनाका प्रमुख इन्जिनियर सुशील श्रेष्ठलाई घिनाघाट पुल र पुष्पलालचोक–विराटचोक सडक निर्माणलाई तीव्रता दिन आग्रह गरे । “इन्जिनियर साब को ठेकेदार छ, ऊसित कुरा गरेर तत्काल निर्माणलाई गति दिनुप¥यो,” उनले भने, “घिनाघाटको पुल भाँचिने अवस्थामा पुगेको छ ।” आवतजावत गर्न जोखिम छ ।” सो अवसरमा १९ नम्बर वडाका अध्यक्ष श्याम घिमिरेले सिघिंया पुल दक्षिणको तटबन्धका कारण पुल जोखिममा परेको बताए । सो तटबन्धका कारण पूर्वतर्फको जमिन काटेर बस्ती नै खोलाले बगाउने अवस्था सिर्जना भएको उनको भनाइ थियो । ५ नम्बर वडाका अध्यक्ष सन्तोष न्यौपानेले नहर र पुराना नाला सफा नगर्दा डुबान समस्या आएको बताए । १५ का वडाध्यक्ष प्रकाश साहले सिक्स लेन सडकका कारण वडाभित्रका त्रिवेणी, पारिजात, भट्टाटोल, चौधरी, पशुपति, बंगाली, रामजानकी टोल पूरै डुबेको जानकारी दिए । “पानीको निकासका लागि सडकबाट क्रसिङ नहुँदा १५ नम्बर वडा पूरै डुब्यो,” वडाध्यक्ष साहले भने, “त्यसका लागि सिक्स लेन सडक काटेर मुनिबाट भए पनि पानीको निकास खोज्नुपर्छ ।” १८ नम्बर वडाका अध्यक्ष जितेन्द्रकुमार साहले एकीकृत भन्सार जाँच चौकी (आइसीपी)को पर्खालका कारण धेरै बस्ती डुबानमा परेको सुनाए । ३ नम्बर वडाका स्थानीयले उदयमार्गमा पानीको निकास नहुँदा डुबान हुने गरेको गुनासो पोखे । उनीहरूले उदयमार्गको पानीको सहज निकासका लागि घोगा पैनीको नालामा लगेर मिसाउन सकिने सुझाव दिए । 

सबै वडाध्यक्ष र स्थानीयको गुनासो सम्बोधन गर्दै मेयर कोइरालाले समाधान खोज्नकै लागि आफू स्थलगत अवलोकनमा आएको प्रस्ट्याए । सुख्खा मौसममा अवलोकन र अध्ययन गर्दा समस्याको पहिचान नहुने उनको भनाइ थियो । “तपाईंहरूले देखिरहनु भएको छ, मसित इन्जिनियर साब पनि आउनु भएको छ, हिजो–अस्ति वर्षा हुँदा पनि धेरै ठाउँ पुगेर हेरेको छु,” उनले भने, “समस्या समाधान गर्नका लागि उपाय खोज्नकै लागि म आएको हुँ ।” 



विराटनगर । रातो तारा डट कम, प्याब्सन विराटनगर महानगर कार्य समितिले विराटनगर महानगरपालिकामार्फत बाढी र डुबानपीडितलाई राहत वितरण गर्ने गरी नगद रकम उपलब्ध गराएको छ । 

प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी नेतृत्वको टोलीले बिहीबार महानगरका मेयर नागेश कोइरालालाई १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । विपदको बेला सहयोग गर्नु मानवीय धर्म भएकाले महानगरमार्फत हुने विपद व्यवस्थापनका लागि राहत रकम उपलब्ध गराइएको प्याब्सनका अध्यक्ष बुढाथोकीले बताउनुभयो । प्याब्सन महानगर समितिले सदस्य चिरञ्जीवि तिम्सिनाको संयोजकत्वमा बाढीपीडित सहयोग उपसमिति बनाएको थियो । आफ्ना सदस्य विद्यालयहरुबाट संकलन गरिएको रकम महानगरपालिकामार्फत राहत वितरण गर्ने गरी राहत रकम हस्तान्तरण गरिएको संयोजक तिम्सिनाले जानकारी दिनुभयो । 

एकद्वार प्रणालीमार्फत राहत वितरण गर्दा पारदर्शी र वास्तविक पीडितले पाउने भएकाले महानगरलाई राहत रकम उपलब्ध गराइएको उहाँले प्रस्ट पार्नुभयो । राहत रकम बुभ्mदै मेयर कोइरालाले महानगरको आह्वानलाई आत्मसात गरेर रकम उपलब्ध गराएकोमा प्याब्सनलाई धन्यवाद दिनुभयो । 

प्याब्सनले यसअघि पनि विपदको समयमा खाद्यन्न, लत्ताकपडा वितरण गर्दै आएको छ । मेयर कोइरालालाई अध्यक्ष बुढाथोकी, संयोजक तिम्सिना, सचिव अशोक लामा, कोषाध्यक्ष नन्दलाल मण्डल, सदस्य हिरा थापालगायतले चेक हस्तान्तरण गर्नु भएको थियो । 

 


 


श्याम राई, उदयपुर - गाईघाट, १६ असार। रातो तारा डट कम, अविरल वर्षाको कारण त्रियुगा नगरपालिका–७ स्थित मदन भण्डारी राजमार्गको कालिखोला सडक खण्डमा बुधबार राती झरेको पहिरोको कारण अवरुद्ध बनेको उक्त राजमार्गमा विहीबारदेखि एकतर्फी रुपमा यातायात सूचारु गरिएको छ ।

सडकदेखि माथिबाट झरेको पहिरोको कारण उक्त राजमार्ग हुदै पश्चिम तर्फ चल्ने सवारी साधन रोकिएपछि सडक आयोजना कार्यालय र नगरपालिकाको २ वटा स्काभेटर प्रयोग गरेर सडकको पहिरो हटाउन शुरु गरेपछि दिउँसो देखि एक तर्फी सवारी साधन संचालनमा आएको मदन भण्डारी राजमार्ग सडक आयोजनाका प्रमुख गोपाल खकुरेलले बताए ।

माथिबाट थप पहिरो खसी रहेको कारण पूर्ण रुपमा पहिरो हटाउन नसकिएको उनले बताए । ‘ पहिरो हटाउन अझै केहि दिन लाग्न सक्छ ।’ उनले भने । वर्षा अझै भैरहेकोले काम गर्न गाह्रो भएको उनले बताए ।



 




सुनसरी । रातो तारा डट कम, सुसनरी ईटहरी उपमनपा।वडा नं।०६ स्थितमा दिपक कायस्थले संचालन गरेको मेरो कम्युनिकेशन मोबाईल पसलमा एकजना पुरुष मानिस आई आफुलाई ईटहरी स्थितमा रहेको ओम साई मनकामना आरोग्य सेन्टरको डक्टर बताइ मलाइ एउटा नयाँ मोबाईलको आबश्यकता परी किन्न आएको भनि स्यामसुङ कम्पनीको ब्घघ मोबाईल निकाल्न लगाई, मोबाईलको बिल समेत काट्न लगाई, अहिले साथमा पैसा नबोकेकोले मसंगै जाउ भनि ओम साई मनकामना आरोग्य केन्द्रमा लगि त्याहाको एउटा कोठामा यहा बस्दै गर्नु म माथिबाट बिल पास गराएर आउछु भनि  बसाई निजले आफुलाई बिश्वासमा पारी झुक्याई ठगि गरी मोबाईल लिएर फरार भएको हुँदा अनुसन्धान गरी पाउँ भनि मोबाईल पसलका संचालकले यस कार्यालयमा दिएको सूचनाका आधारमा  उल्लेखित ठगि कार्यमा संलग्न मानिसलाई खोजतलास गर्ने क्रममा मिती २०७९र०३र१५ गते दिन अं।१६।०० बजेको समयमा जिल्ला सुनसरी इटहरी २० तरहरा स्थितमा लुकिछिपी हिड्दै गरेको अबस्थामा प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको । 



सुनसरी, असार १६ । रातो तारा डट कम, प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेश सरकारले विपद् हुनपुर्व नै नागरिकलाई सुरक्षित स्थानमा सार्नका लागि जोखिम क्षेत्रको नक्साङकनको काम अन्तिम चरणमा पूर्याएको बताउनुभएको छ । बिहीबार सुनसरी चतरामा आयोजित विपदका समयमा सुरक्षाकर्मीको पूर्व अभ्यास कार्यक्रममा मन्त्री कार्कीले सधैँको वर्षा पछि आउने समस्यालाई समाधान गर्नका लागि सरकारले बजेटको व्यवस्थापन गरेर काम गरेको बताएका हुन् । 

मन्त्री कार्कीले विपद्का वेला हरेक नागरिकको जिम्मेवारी उत्तिकै रहने भएकाले विपद्का बेला श्रोत साधनसहित मानसिक रूपमा तयार जनशक्ति उत्पादन गर्ने उल्लेख गरे । ‘पहिले पहिले पनि बाढी आउँथ्यो, आगलागी हुन्थ्यो तर समाजकै जनशक्ति कसैले त्यो नियन्त्रण हुने हुन्थ्यो । उहाँले भन्नुभयो, अहिले कहीँ विपद् प¥यो भने, मान्छे मोबाइल निकाल्छ फोटो खिच्छ, फेसबुकमा हाल्छ अनि सुरक्षाकर्मी, नेता खोइ ? भन्दै प्रश्न गर्न थाल्छ ।’ 

समाजमा सबै जिम्मेवार भएर काम गर्नुपर्नेमा उहाँको जोड छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विपद व्यवस्थापनको क्षेत्रमा प्रदेश सरकारले महत्त्वपूर्ण सहयोग गर्दै आइरहेको बताए । विपत्लाई रोक्नका लागि विपत हुनुभन्दा अगाडि हुने विकाश निर्माणका काम गर्दा समेत भू बनोट अनुसार काम गर्नुपर्नेमा जोड दिए ।

देख्दा यथार्थ जस्तै लाग्ने अभ्यास मन्त्रालयले सुनसरीको वराहक्षेत्र नगरपालिकास्थित चतरामा आयोजना गरेको हो । अभ्यासमा विपद्का बेला हुने घटनालाई अभ्यासमार्फत चित्रण गर्दै उद्धारको काम गरेका थिए । कार्यक्रममा वराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की सहित तिन वटै सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।



मोहन कुमार राई÷ आषाढ १६, गते । रातो तारा डट कम, चैनपुर, शारदा माध्यमिक विद्यालय पोखरीको आयोजनामा किसानलाई निःशुल्क च्याउ उत्पादन सम्बन्धि तालिम सम्पन्न गरेको छ। 

प्राविधिक तथा व्यवसायीक शिक्षा आजको आवश्यकता , सीप सिकौ, स्वावलम्बी वनौ स्थानीय स्तरमानै स्वरोजगारको सृजना गरौ भन्ने मूल नाराका साथ बुधबार एक कार्यक्रमका वीच तालिमको समापन गरिएको थियो । वैशाख २० गतेदेखि आषाढ १५ सम्म सञ्चालन भएको तालिम ३ सय ९० घण्टा वा ६५ दिन समय अवधिको रहेको तालिम प्रशिक्षक एवं प्राविधि धार वालिविज्ञानका संयोजक अमित चौधरीले जानकारी दिनुभयो । तालिम पछि आफुले सिकेका सिपलाई उद्यमशिलतामा परिणत गर्नुपर्ने प्रशिक्षक चौधरीले वताउनु भयो । तालिममा दलित, जनजाती, आदीवासी, विदेशवाट फर्केर घरमै बसेका,  पिछडीएको वर्ग आदीवाट छनौट भएका २० जना महिलाहरु सहभागी रहेको जनाएको छ । 

सिटिइभिटि  प्रदेश नं. १ को आर्थिक सहयोगमा सञ्चालन भएको ६५ दिने निःशुल्क च्याउ उत्पादन तालिम सहभागी किर्षक सोमादेवी अधिकारीले तालिममा सिकेको सीप च्याउ उत्पादन व्यवसायमा वदल्ने वताउनुभयो । तालिममा सिताक,े गाब्रे र कन्या च्याउ उत्पादन, उत्पादनको लागि आवशयक तयारी लगायतको सीप सिकेको समेत कृषक अधिकारीले वताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि एवं चैनपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष बलबहादुर अधिकारीले तालिम सँगै व्यवसायीक रुपमा च्याउ उत्पादन गर्न सके आर्थिक समृद्धिमा टेवा पुग्ने वताउनुभयो । 

वालविकास (इसिडी) देखि कक्षा १२ सम्म पढाई भइरहेको विद्यालयमा साधारण धार र व्यवसायीक तथा प्रविधिक धार बालिविज्ञान दुवैमा हाल ६ सय ६३ विद्यार्थी हररु अध्ययनरत रहेको छ । बालिविज्ञान तर्फ कक्षा ९ मा ४४, कक्षा १० मा ३४ र कक्षा ११ मा ३४ जना १ सय १२ जना अध्ययनरत रहेको विद्यालयका प्रअ अमृतबहादुर कार्कीले वताउनुभयो । विद्यालयमा सञ्चालन भइरहेको व्यवसायीक तथा प्राविधिक धार बालि विज्ञानले चैनपुर नगरपालिकाको “कृषि पर्यटन र व्यापारः सुरक्षित समृद्ध नगरको आधार भन्ने नारालाई केही हद सम्म पुरा गर्न टेवा पुग्ने प्रअ कार्कीले वताउनुभयो ।  बालिविज्ञान अध्ययनको लागि संखुवासभाबाट धेरै टाढाको जिल्ला भरतपुर चितवन  सम्म धाउनुपर्ने समस्या समाधान गर्न विद्यालयले प्रविधिक धार सञ्चालन गरेपछि सहजता भएको प्रअ कार्कीले स्मरण गराउनुहुँदै तरकारी तथा च्याउखेतीको लागि पिल्ड, वालिविज्ञान प्रयोगशाला, विज्ञान प्रयोगशाला, कम्पयुटर ल्याव, सभाहल लगायत विद्यालयको आवश्यक पूर्वाधार तयार गर्दै लैजाने समेत प्रअ कार्कीले वताउनुभयो । विद्यालय व्यवस्थापन समितिका सदस्य ज्ञान बहादुर कार्की,े बालिविज्ञान प्रशिक्षक अभिशेक पुडाशैनी, अभिभावक पासाङ शेर्पा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।





बिराटनगर  २०७९ असार १६ गते । रातो तारा डट कम, बिहीबार हालै आएको अविरल वर्षाका कारण मोरङ जिल्लाका विभिन्न स्थानमा प्रभावित हुन पुगेका सर्वसाधारण एवं बाढी पीडितहरुका लागि जिल्ला प्रशासन कार्यालय मोरङबाट मार्फत वितरण गर्न मोरंग व्यापार संघ र उद्योग संगठन मोरङको तर्फबाट राहत सामग्रीहरु, चाउचाउ ३५ कार्टुन, विस्कुट ११ कार्टुन, भुजा १०० बोरा, चिउरा २० बोरा र पानी ३५ कार्टुन उपलब्ध गराईएको   छ ।

संघका अध्यक्ष श्री नवीन रिजालज्यू र उद्योग संगठन मोरङका उपाध्यक्ष श्री नन्द किशोर राठीज्यूले संघका निवर्तमान अध्यक्ष श्री प्रकाश मून्दडज्यू र का.का.सदस्य श्री गोपाल अग्रवालज्यू लगायतको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी श्री महेशराज तिम्सिनाज्यूलाई उक्त राहत सामग्रीहरु हस्तान्तरण गर्नुभएको 

थियो ।

२०७९ असार १६ गते, बिहीबार ।



काठमाडौँ । तिज आउन करिब दुई महिना बाँकी छ । तर बजारमा तिज लक्षित गीतसंगीत भने आउन थालिसकेका छन् । यस्तैमा चर्चित गायक खुमन अधिकारी र शान्तीश्री परियारले तिज गीत ‘थरी थरी भोले’ ल्याएका छन् । जसमा गोपाल जिएम, नरेश खाती, रुपी सिंन्जालीर प्रेमा रानाको  सार्वजनिक समुह गायन रहेको छ । 


लोक तथा डान्सिङ शैली तयार गीतका शब्द रविन लामिछानेले लेखेका हुन् । गायक खुमन अधिकारीकै संगीत रहेको गीतमा सुनिल परियारको एरेन्ज रहेको छ ।

गीतको निकै आकर्षक भिडियो बनेको छ । भिडियोमा खुमन अधिकारी, अञ्जली अधिकारी, अभिषेक खड्का लगायतको अभिनय छ । थुप्रै कोरस प्रयोग गरेर बनाइएको भिडियोको निर्देशन गायत्री थापाले गरेकी हुन् । तडक भडन नगरी निकै  जेरी भण्डारीको छायांकन रहेको भिडियोका सम्पादन नविन घर्तिमगरले गरेका हुन् ।

लोक, आधुनिक लगायत थुप्रै गीतमा शब्द तथा स्वर भन्दै आएकी गायिका गायत्री पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा पनि देखिदै आएकी छन् ।

‘थरी थरी भोले’ गीत निर्देशक गायिकाले आफ्नै शिवर्दन फिल्मस्बाट निर्माण तथा सार्वजनिक गरेकी हुन् । गीत तथा भिडियो निकै राम्रो बनेकोले दर्शक श्रोताको मनपराउने निर्देशक गायत्रीले बताइन् । 



झापा, २०७९ असार १६ गते । झापाको कमल गाउँपालिका(४ चुलाचुली मोड स्थितमा ट्रकको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।  बुधवार राती सवा ११ बजे  पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको  ना ७ ख ८७३५ नम्बरको ट्रक र बिपरित दिशाबाट आउदै गरेको प्रदेश १-१-१२ प १४५३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालक दमक नगरपालिका(९ का ३८ बर्षीय दिपक नेपालको उपचारको क्रममा दमक अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


काठमाण्डौ असार १६ गते । रातो तारा डट कम, अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ५ पैसा र बिक्री दर १२६ रुपैयाँ ६५ पैसा आज तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार डलरको यो मूल्य हालसम्मकै उच्च हो । हिजो डलरको खरिद दर १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ३४ पैसा कायम भएको थियो । पछिल्लो दिनहरूमा डलरको भाउले लगातार कीर्तिमान बनाइरहेको छ । 


काठमाण्डौ असार १६ गते । रातो तारा डट कम,कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दिएको जानकारी अनुसर नेपालका बिभिन्न क्षेत्रमा २० प्रतिशतमात्रै धानको रोपाइँ भएको जनाएको छ । अहिलेसम्म सबैभन्दा धेरै रोपाइँ सुदूरपश्चिम र कर्णाली प्रदेशमा भएको छ । सुदूरपश्चिममा झण्डै ४७ प्रतिशत र कर्णालीमा ४० प्रतिशत रोपाइँ भएको छ । मनसुन भित्रिएपछि पूर्वमा रोपाइँ सुरु भएको थियो । त्यहाँ अहिलेसम्म झन्डै १८ प्रतिशत, वाग्मतीमा ३१ प्रतिशत, गण्डकीमा १४ प्रतिशत र लुम्बिनीमा १० प्रतिशत रोपाइँ भएको छ । मधेस प्रदेशमा रोपाइँ सुरु हुन सकेको छैन । सबैभन्दा धेरै मध्य, पूर्व र तराई क्षेत्रमा धान खेती हुने गरेको छ । साउनको पहिलो हप्तासम्म ९० प्रतिशतसम्म धान रोपाइ हुने जनाएको छ ।




काठमाण्डौ असार १६ गते । रातो तारा डट कम, मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबान हुने क्रम जारी छ भने किसानले धानको रोपाइ पनि सुरु गरेका छन । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने तथा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सचेत हुन आग्रह गरेका छन् ।  


पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा १७ औं असारे महोत्सव अर्थात् धान दिवस मनाइएको छ।पोखरा महानगरपालिका – २५ हेमजा माईस्थान स्थित १० रोपनी क्षेत्रफलमा रोपाइँ महोत्सव मनाइएको हो। महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकको उल्लेख्य सहभागिता रहेको थियो।

महोत्सवमा रसी तान्ने, घैंटो फुटाउने, दौड, हिलोमा माछा समात्ने लगायतका प्रतियोगिता संचालन गरिएको थियो। सहभागी पर्यटकहरु अत्यन्त  खुशिका साथ नेपालीहरुसँगै हिलो छ्यापाछ्याप गरिरहेका देखिन्थे ।

खेती योग्य जमिनको संरक्षण, कृषिलाई व्यावसायीकरण गर्दै कृषकलाई आफ्नो पेशाप्रति अभिप्रेरित गर्ने र नेपाल सबै मौसममा भ्रमण गर्न उपयुक्त छ भन्ने सन्देश दिन महोत्सवलाई निरन्तरता दिइएको पोखरा पर्यटन परिषद्का अध्यक्ष एवम् रोपाइँ महोत्सवका संयोजक गोपी भट्राइले बताए।

महोत्सवमा प्रमुख जिल्ला अधिकारी जयनारायण शर्मा, पोखरा महानगरकी उपप्रमुख मन्जुदेवी गुरुङ लगायतको उपस्थित रहेको थियो। हामी रोपाइ महोत्सवमा गएर त्इहाको स्थलगत रीपोर्ट लिएर तपाइहरु माझमा ल्याएका छौ हेर्नुहोस कस्तो रहयो त रोपाइ महोत्सव


विराटनगर । रातो तारा डट कम, बाढी र डुबानका कारण उत्पन्न समस्यासित जुध्न आफूहरु विराटनगर महानगरपालिकासँगै रहेको सरोकारवालाहरुले बताएका छन् । 


अविरल वर्षापछि उत्पन्न समस्या समाधान र भावी दिनमा आइपर्ने विपदमा कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छ भन्ने विषयमा महानगरपालिकाले आयोजना गरेको छलफलमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले यस्तो बताएका हुन् । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतको उपस्थितिमा भएको छलफलमा प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीले बाढी र डुबानबाट विस्थापितहरुको राहतका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने, “प्याब्सनका तर्फबाट खाद्यन्नको व्यवस्थापन गर्छौं, त्यसका लागि आजभोलि नै बोर्डबाट निर्णय गर्छौं ।” महानगरले आवश्यक ठानेर जुनसुकै बेला बोलाए पनि सहयोग गर्न तत्पर रहेको उनको भनाइ थियो । 

त्यस्तै नारी विकास संघकी अध्यक्ष सीता शर्माले हाल संघले ४० परिवारलाई आश्रय दिएको जानकारी दिइन् । उनले सबैको सहकार्य र एकता बिना विपदको साधना गर्न नसकिने बताइन् । ओरेककी गोमा भण्डारीले सुत्केरी र गर्भवतीहरुको सुरक्षा, आवास र परामर्श दिन तयार रहेको प्रतिबद्धता जनाइन् । एन–प्याब्सनका अध्यक्ष पराग ढुंगानाले विस्थापितलाई राख्नका लागि स्थान अभाव भए आफ्ना विद्यालयहरु उपलब्ध गराउन तयार रहेको बताए । 

छलफलमा मेयर नागेश कोइरालाले महानगरको एक्लो प्रयासले मात्रै विपदको सामना गर्न नसक्ने भएकाले निजी क्षेत्र, गैरसरकारी संघसंस्थाको सहयोग आवश्यक रहेको उल्लेख    गरे । छलफलमा विपद व्यवस्थापन महाशाखा प्रमुख राजेन्द्र प्रधान, शैक्षिक महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडा, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, महानगर प्रहरीका प्रमुख राजन पौडेललगायतले बाढी र डुबानबाट पीडितको उद्धार, राहत वितरण, विस्थापितको अवस्थालगायतका विषयमा जानकारी गराएका थिए । महानगर क्षेत्रभित्र हाल ३ सय परिवार तत्कालका लागि पूर्ण रुपमा विस्थापित भएका  छन् । 



विराटनगर असार १५ गते । रातो तारा डट कम, अविरल वर्षाका बीच विराटनगर महानगरपालिकाले धान दिवस मनाएको छ । 

विराटनगर महानगरपालिकाको कृषि तथा सहकारी शाखाको आयोजनामा भएको कार्यक्रममा मेयर नागेश कोइराला, प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतलगायत सहभागी भएका थिए । रोपाहारसँगै मेयर कोइरालाले पनि धान रोपे । सो अवसरमा शुभकामना दिँदै मेयर कोइरालाले डुबान र बाढीले महानगरका विभिन्न क्षेत्र ग्रस्त हुँदाहुँदै पनि आफू कृषकहरूलाई हौसला प्रदान गर्न उपस्थित भको प्रस्ट्याए । “महानगरका विभिन्न स्थान डुबानमा परेको छ, ती क्षेत्रको निरीक्षणमा जानुछ । उद्धार र राहत वितरणलाई चुस्तदुरुस्त बनाउनुछ,” मेयर कोइरालाले भने, “तर यहाँ म तपाईंहरूलाई हौसला प्रदान गर्न उपस्थित भएको हुँ ।” 

उनले कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिए । कोइरालाले जग्गाको खण्डीकरणका कारण कृषि उत्पादन घट्दै गएको बताए । मेयर कोइरालाले कृषि उत्पादन घट्दा मुलुकको अर्थतन्त्र आयातमुखी बन्दै गएको चर्चा गरे । मेयर कोइरालाले भने, “हाम्रा जमिनहरू बाँझै बसेका छन्, फलतः हामी आफ्नै कौसी र करेसाबारीमा उत्पादन गर्न सक्ने धनिया र खोर्सानीमा समेत भरनिर्भर भइसकेका छौं ।” कृषिमा आत्मनिर्भर नभएसम्म मुलुकको अर्थतन्त्र बलियो हुन नसक्ने उनको भनाइ थियो । मेयर कोइरालाले अविरल वर्षाका कारण कृषि क्षेत्रमा ठूलो क्षति भएको बताए । 

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले महानगर क्षेत्रभित्र पनि थुप्रै खोतीयोग्य जमिन रहेको बताए । बस्नेतले खेतीयोग्य जमिन बाँझै छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए । “खेतीयोग्य जमिन बाँझै छाड्ने प्रवृत्तिको अन्त्यका लागि महानगर गम्भीर छ,” बस्नेतले भने, “आवास, औद्योगिक र कृषियोग्य जमिनको वर्गीकरण नभएसम्म यो समस्याको अन्त्य हुँदैन ।” कार्यक्रममा महानगरका कर्मचारी, नगर प्रहरी, कृषकलगायतको सहभागिता रहेको थियो । 


 

विराटनगर, १५ असार । रातो तारा डट कम,प्रदेश नं. १ बाट सरुवा हुनुभएका प्रमुख सचिव डा. रामप्रसाद घिमिरेको आज बिदाइ कार्यक्रम सम्पन्न भएको छ । प्रदेश नंं. १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री राजेन्द्रकुमार राईले सचिव घिमिरेको बिदाइ गर्नुभएको हो ।


उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले सचिव घिमिरेसँग छोटो समयमात्रै सहकार्य गर्न पाएको उल्लेख गर्नुभयो । छोटो समयको सहकार्य भए पनि उहाँले राम्रो छाप छोडेको अनुभव मुख्यमन्त्री राईले सुनाउनुभयो । मुख्यमन्त्री राईले सचिव घिमिरेमा भद्रता, शालीनताजस्ता केही लोभलाग्दा गुण आफूले पाएको उल्लेख गर्नुभयो । ‘सचिव घिमिरे विषय विज्ञका रुपमा पूर्ण हुनुहुन्छ’ मुख्यमन्त्री राईले भन्नुभयो ।

यस्तै, बिदाइ हुनुभएका सचिव घिमिरेले प्रदेश नं. १ मा कार्यरत रहँदा आफूले सबै क्षेत्रबाट सहयोग पाएको बताउनुभयो । उहाँले निजामती प्रशासन सँधै सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने उल्लेख गर्नुभयो ।

सचिव घिमिरे प्रदेश नं. १ बाट सरुवा भई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जानुभएको छ । उहाँको बिदाइ कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवहरू, कर्मचारी, मुख्यमन्त्रीका सल्लाहकारहरूलगायतको उपस्थिति रहेको थियो । 



सुर्खेत, १५ असार। रातो तारा डट कम,कर्णालीका २० जना नव सिनेकर्मीहरु यतीबेला सुर्खेतमा फिल्म सिक्न व्यस्त छन् । कर्णाली प्रदेशमा पहिलो पटक केबी इन्टरटेनमेन्ट एन्ड ग्रुपको आयोजना सुरु भएको ‘कर्णाली चलचित्र कार्यशाला–२०७९’ मा उनीहरु सिनेमा सिक्न व्यस्त भएका हुन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले ‘एक्सन कट’ भन्दै निर्देशन गरेर यो कार्यशालाको उद्घाटन गरे । उनले कार्यक्रममा भने,‘कर्णालीलाई हेर्ने नजर अब परिवर्तन गरौं । किनकी कर्णाली हरेक दृष्टीकोणले धनी छ ।’ यो कार्यशालामा सहभागी भएकाहरुले सिनेमा सिकेर कर्णालीको जन जीवन र यहाँको संस्कृतिलाई सिनेमामा उतार्ने विश्वास मुख्यमन्त्री शाहीले सो कार्यक्रममा व्यक्त गरे ।  
यो कार्यशालामा कर्णालीबासीले उत्साहका साथ चलचित्र सिकिरहेको कार्यशालाको स्थानीय सँयोजन हरि बिष्टले बताएका छन् । उनीहरु फिल्ममा आउने बिष्टको विश्वास छ ।
१४ असारबाट सुरु भएको यो कार्यशाला १९ असारसम्म एक साता चल्ने छ । कार्यशालामा यतीबेला चलचित्र निर्माण अन्तर्गत अभिनय, छायाँकन, सम्पादन, चलचित्र लेखन, निर्माण र चलचित्र निर्देशन सम्बन्धि सम्बन्धि प्रशिक्षण चलिरहेको छ ।  
जस अन्तर्गत कार्यशालामा अभिनेता भोलाराज सापकोटाले अभिनय, बिष्णु कल्पितले छायाँकन, प्रितम पाण्डेले सम्पादन, शिवम अधिकारीले चलचित्र लेखन र डब्बु क्षत्रीले फिल्म प्रोडक्सन तथा निर्देशनको प्रशिक्षण दिईरहेका छन् । यस्तै अग्रज चलचित्र निर्देशक तथा अभिनेता नीर शाहले यो कार्यशालामा आफ्नो अनुभव आदन प्रदान सहितको मास्टर क्लास लिने यस कार्यक्रमका संयोजक राजु केसीले बताएका छन् ।
चलचित्र विकाश बोर्ड, नेपाल टेलिकम, दुरसँचार प्राधिकरण, कर्णाली प्रदेशको सामाजिक विकाश मन्त्रालय, दुल्लु साँस्कृतिक संग्रहालय दैलेख, सुर्खेत नगरपालिकालगायतको सहकार्यमा यो कार्यशाला भईरहेको पनि केसीले जानकारी गराएका छन् ।
कार्यशालामा कर्णाली प्रदेशका विभिन्न जिल्लाका प्रशिक्षार्थीहरु सहभागी भएको आयोजक संस्था केबी इन्टरटेनमेन्ट एन्ड ग्रुपका अध्यक्ष भूपेन्द्र कुमार खड्काले बताए,‘यो कार्यशालामा हामीले अहिले चलचित्र निर्माण सम्बन्धि एक साताको बेसिक कोर्स सिकाईरहेका छौं र कार्यशाला सम्पन्न भएपछि विधार्थीहरु समुहमा विभाजन भएर हरेक समुहबाट एक एक वटा लघू चलचित्र पनि बनाउने छन् ।’ उनले चलचित्र सम्बन्धि यस्ता प्रशिक्षण मुलक कार्यक्रम कर्णाली प्रदेशमा आगामी दिनमा पनि आयोजना गरिने  बताए । अब आफुले निर्माण गर्ने नयाँ चलचित्रमा अहिलेको जनशक्तिलाई अबसर दिने पनि उनले प्रतिबद्धता जनाए ।


मोहन कुमार राई - चैनपुर १५, गते। रातो तारा डट कम, संखुवासभा, चैनपुर नगरलिका स्थित “लैगिक समता कायम गरौ”भन्ने मूल नाराका साथ सिद्धकाली महिला सशक्तिकरण समितिको दशौं साधारण सभा एवं छैटौ अधिवेशसन सम्पन्न भएको छ । 


संस्थाको अध्यक्ष हेमकुमारी चौहानको सभापतित्वमा सम्पन्न सो साधारण सभामा चैनपुर नगरपालिका नगर प्रमुख कृष्ण कुमार तामाङले  महिलाको हक अधिकारको पूर्ण रुपमा सदुपयोग गर्र्दै लक्षित वर्ग सम्म सेवा प्रदान गर्न आग्रह गर्नुभयो । नारी सशक्तिकरणलाई सम्झनुपर्दा निर्वाचनमा भोट हाल्ने अधिकारबाट बन्चित महिला अहिलेको अवस्थामा आइपुगेको स्मरण गर्नुहुँदै अधिकारको सहि सदुपयोग गर्न समेत नगरप्रमुख तामाले आग्रह गर्नुभयो । 

कार्यक्रममा जिल्ला समन्वय समिति संखुवासभाका उप प्रमुख वविता खत्रीले आधा आकाश ढाक्ने नारीले पुरुषले जतिकै काम गर्न सक्छ भन्ने उदाहरण दिनुहुँदै अधिवेशनले अझ सशक्त रुपमा अघि बढ्न सक्ने समिति चयन होस भन्ने शुभकामना दिनुभएको थियो ।

संस्थाको सचिव नमिता काफ्लेले ३ लाख ५८ हजार १ सय ३२ रुपया आम्दानी मध्ये २ लाख ६७ हजार ४ सय ५८ खर्च भई ८० हजार ६ सय ७४ रुपैया मौजदात रहेको आर्थिक गतिविधि विवरण पेश गर्नुभएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रकममा चैनपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष कालीबहादुर लिम्बूले नेपालको सविधान र कानुमा समेत आफ्नो हक अधिकारको विषयमा अध्ययन गरेर अझ अघि बढ्न सुझाव दिनुभयो । त्यसैगरी सञ्चारकर्मी पदम बहादुर अधिकारीले संस्थाले समाज रुपान्तरणमा थप सहयोग पु¥याएकोमा खुःशी व्यक्त गर्नुभयो । नेपाली काँग्रेस जिल्ला सम्पादन सदस्य ज्ञानबहादुर कार्कीले महिला हक अधिकारको सदुपयोग गर्दै समाजमा रहेका विकृती विसँगती हटाउउँदै समाज विकासमा अघि बढ्न आग्रह गर्नुभयो । यसैगरी कार्यक्रममा चैनपर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष बलबहादुर अधिकारी, नेकपा एमाले पार्टी पार्टी प्रतिनिधि एवं चैनपुर नगरपालिका  पूर्व नगरप्रमुख भरत कुमार खत्री  शारदा मावि पोखरीका प्रअ अमृतबहादुर कार्की लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।  

संस्थाको बन्दसत्रले बुधबार अवेर सम्म संस्थाको पदाधिकारीको चयन हुन नसकेको पूर्व सचिव नमिता काफ्लेले जानकारी दिनुभयो । 




श्याम राई, उदयपुर   गाईघाट, १५ असार। रातो तारा डट कम, दुई दिन देखि परेको वर्षाको कारण बरुवा खोलामा आएको बाढीले खोलामा लगाएको बाधको विभिन्न भागमा कटान गर्न थालेपछि त्रियुगा नगरपालिकाले रोकथामको उपाया अवलम्बन गरेको छ ।

गाईघाट बजारलाई सुरक्षित राख्नको लागि चार दशक अघि बरुवा खोलामा तटबन्ध निर्माण गरिएको थियो । खोलामा आउने बाढीले वर्षेनी बाधलाई क्षति पु¥याउँदै आएको छ । बजारदेखि झण्डै ५ सय मिटर उत्तर–पूर्वमा रहेको खोलाको पूर्व–पश्चिम बसपार्क, साकेलाथान र बृक्षारोपण पूर्व तर्फको  केही खण्डमा दुई दिनको अविरल वर्षाले गर्दा आएको बाढीले तिब्र कटान गर्न थालेपछि बजार क्षेत्रमा समेत जोखिम बढेको छ ।

त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत, प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादब सहितको टोलीले बुधबार कटान क्षेत्रको अवलोकन गरेकाछन् । मेयर बस्नेतले तत्काल रोकथामको लागि काम थाल्ने व्यावस्था मिलाएको बताए । ‘ बाढीले केही स्थानमा कटान गरेको रहेछ । बजार क्षेत्रमा बाढी पसेर क्षती नहोस भन्नको लागि तत्काल कटान रोक्न काम शुरु गरेका छौ । ’ उनले भने ।

जुट बोरा, तारजालीको व्यावस्था मिलाएर कटान गरेको ठाउँमा मर्मत संभारको लागि प्राविधिक सहितको टोली परिचालन गरि सकेको उनले बताए ।

भारी वर्षाको लागि मदन–भण्डारी राजमार्गमा बुधबार सवारी आवगमन पूर्ण रुपमा बन्द रह्यो । राजमार्गको केही ठाउँमा पुल निर्माणको काम नसकिएकोले नदीमा आएको बाढीले सवारी साधन संचालनमा अवरोध पु¥याएको हो ।



 




मोरङ, २०७९ असार १५ गते । रातो तारा डट कम,
मोरङको रंगेली नगरपालिका-७ स्थितमा स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । हिजो दिउसो साढे ३ बजे माउन्टेन मकालु बोर्डिङ स्कुलको को. १ क ११३० नम्बरको बसले स्कुलको गेट अगाडि सोहि स्कुलका बिद्यार्थी रंगेली ७ का महादेव मण्डलको ४ बर्षीय छोरा  रितिक मण्डल र  रंगेली ६ का  नरेश मण्डलकी ५  बर्षीया छोरी सुनम कुमारी मण्डललाई ठक्कर दिदा घाईते भएका थिए । बसको ठक्करबाट घाईते भएका दुबै जनाको तत्काल उपचारको लागि टाईम्स अस्पताल रंगेली लगिएकोमा रितिकको अस्पतालमा पुर्याउनासाथ मृत्यु भएको थियो भने सुनमको बिराटनगर स्थित न्युरो अस्पतालमा थप उपचार भईरहेको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको छ ।


काठमाण्डौ असार १५ गते । रातो तारा डट कम, १९ औँ राष्ट्रिय धान दिवस, नेपालमा विभिन्न कार्यक्रमगरि भए पनि सरकारको किसानलाइ हेर्ने दृष्टिकोण गलत भएकाले आत्मा निर्भर भन्दा इडिया मुखि हुनु परेको छ । नाराका साथ मनाउन लागिएको धान दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिँदै नेपाली समाजमा आर्थिक, सामाजिक र सांस्कृतिक महत्वसँग धान खेतीको सम्बन्ध रहेको बताउनुभएको छ । सिँचाइ सुविधा विस्तार, धान बालीको अनुसन्धान र विकास, सहुलियत दरमा गुणस्तरीय बीउ र नेपालमै उत्पादन उधोगको मलखाद व्यवस्था, प्रविधि विस्तार, न्यूनतम मूल्यको कार्यान्वयन, बाली बीमा प्रवद्धनलगायतका विषयमा सरकारले काम गर्दै आएको प्रधानमन्त्री देउवाले बताउनुभयो । असार १५ अर्थात आजका दिनलाई नेपाली समाजमा दहीचिउरा खाने पर्वको रूपमा पनि मनाइन्छ । कामको चटारोले किसान थकित भएका बेलामा दहीचिउरा खाए शक्ति प्राप्त हुने विश्वास छ । २०६१ मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय गरी नेपालमा २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउदै आएको छ । 



बिराटनगर असार १५ गते । रातो तारा डट कम, फलफूल पकाउन प्रयोग हुने कार्वाइड (एसिटिलिन ग्यास) अव देखि प्रयोग गर्न नपाइने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सूचना जारी गर्दै फलफूलको आयात, उत्पादन, भण्डारण तथा बिक्री वितरणमा संलग्न सबै व्यवसायीलाई एसिटिलिन ग्यास प्रयोग गर्न निषेध गरेको जनाएको छ । आँप लगायत फलफूल खरिद गर्दा कार्टुन वा क्रेटमा फलफूलको प्रत्यक्ष सम्पर्कमा रहनेगरि केमिकल राखिएको पाइएमा खरिद नगर्न समेत विभागले उपभोक्तालाई आग्रह गरेको छ ।



बिराटनगर असार १५ गते । रातो तारा डट कम, प्रदेश नम्वर १ का सबै ठाउमा  लगातार परेको वर्षाले खोलामा पानी भरिएर बाढीले खोला किनाराको धेरै ठाउका जमिनहरु कटान सुरु  छ । मोरङको सुन्दर हरैचा नगरपालिका वडा नं. ६ गछिया खोलाले बगाएर सोही ठाँउका ५८ वर्षका रामबहादुर बिकको मृत्यु हिजो मृत्यु भएको छ भने सो क्षेत्रका धेरै ठाउमा डुवान भएको छ । 


लगातारको वर्षाका कारण विराटनगर महानगरपालिका सहित मोरङका ३२ सय परिवार विस्थापित भएका मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो । विराटनगरका पूर्वी क्षेत्र भएर बग्ने सिंघिया खोला र पश्चिमी क्षेत्र भएर बग्ने केशलिया खोलाको पानी पसेर बिराटनगर महानगरपालिका का १, २, ३, ४, ६, ८, ११, १२, १६ र १९ वडाका एक हजार पाँच सयभन्दा बढी परिवार डुवानमा परेका छन् । 

उनिहरूलाई उद्धार गरेर सुरक्षित स्थानमा राखिएको विराटनगर महानगरपालिकाले जानकारी गराएको छ । अहिले काठमाण्डौमा समुदाय भित्रैबाट हेजा फैलिएको प्रमाणित भएको छ भने बिराटनगर क्षेत्र भित्र पनि महानगरपालिकाले बेलैमा चासो नदेखाए हैजा झाडापखाला फैलने सम्भावना रहेको छ ।  बिराटनगगर बिमानस्थल पनि डुवानमा परेकाले यहाबाट हुने हवाइयातायत पनि अवरुद् भएको छ ।



बिराटनगर २०७९ आषाढ १४ गते । रातो तारा डट कम, मंगलबार प्रदेश खेलकुद विकास बोर्ड, प्रदेश नं। १ र महिला उद्यम समिति, मोरंग व्यापार संघको समन्वयमा संघमा ३ दिने महिला सेल्फ डिफेन्स तालिम कार्यक्रमको समुद्घाटन गरिएको छ ।


प्रदेश नं। १का आन्तरिक मामिला तथा कानून मन्त्री माननीय केदार कार्कीज्यूको प्रमुख अतिथ्यता र मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यूको विशिष्ठ अतिथ्यतामा आज संघको समृद्धि हलमा सो तालिम कार्यक्रमको समुद्घाटन गरिएको थियो ।


कार्यक्रममा अध्यक्ष श्री नवीन रिजालज्यूले सो तालिमबाट महिलाहरुले विभिन्न विधामा आत्मरक्षाका ज्ञान र सीपहरु प्राप्त गर्ने हुँदा अत्यन्त उपयोगी रहेको बताउनु भई मुलुकमा महिलाहरुलाई अपहेलना र दुव्र्यवहार गर्ने तत्वहरु विरुद्ध कडा भन्दा कडा सजाय दिने कानूनी व्यवस्था गरिनु पर्ने तथा महिला शक्तिकरणका लागि सरकारका नीतिहरु कमजोर देखिएकाले ठोस नीतिहरु बनाई कार्यान्वयनमा ल्याउनु पर्ने नितान्त आवश्यक रहेको बताउनु भएको थियो ।


समुद्घाटन कार्यक्रममा संघकी महिला उद्यम समिति सदस्य एवं प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष शुश्री जिना कार्कीज्यू, मोरंग व्यापार संघको महिला उद्यम समितिकी संयोजक श्रीमति बन्दना जैनज्यू सहित बोर्डका पदाधिकारीज्यूहरु, समितिका सचिव र सदस्यज्यूहरु लगायतको उपस्थिति रहेको थियो भने तालिमका लागि प्रदेश नं। १का विभिन्न स्थानबाट करिब ६० जना महिलाहरुले सहभागिता जनाएका छन् ।



शिव भट्टराई भोजपुरे-मोरङ। रातो तारा डट कम,भौतिक विकासको लागि भनेर राज्यले खरबौं रूपैँया लगानी गरेको छ र गर्दै आइरहेको छ पनि तर विकासको नाममा निकास खोज्न नसक्दा विकास भन्दा पनि विनास बढी निम्तिने गरेको छ । यो नौलो घटना भने हैन । हामी विकास त गछौँ तर कस्तो विकास ? त्यसको दिर्घकालिन सोच लिएर विकासको खाका कोर्न नसक्दा वर्षेनी पहाडमा पहिरो र तराइमा डुबानको कारणले गर्दा ठूलो धनजनको क्षति हुने गरेको छ र सरकारले गरेको लगानी बालुवामा पानी हाले सरह भइरहेको छ । 


वर्षायाम सुरु भएसँगै वर्षेनी सुन्दरहरैँचा डुबानमा पर्दै आएको छ । डुबान प्राकृतिक बिपत्ति भएपनि यसको कारक तत्व मानव निर्मित अव्यवस्थित संरचना र दिर्घकालिन सोच बिनाको विकास संरचनाहरू नै हुन् । नदी अतिक्रमण, बढ्दो शहरीकरण, खेतीयोग्य जमिन खण्डिकरण, अव्यवस्थित बसोबाससँगै बढ्दो जनसंख्याले पछिल्ला वर्षहरूमा डुबानको समस्या जटिल बन्दै ज्वलन्त उदाहरणहरु हुन् । जनताले डुबान र कटानको समस्या दिर्घकालीन रुपमा समाधान गर्न सरकारसँग माग गरिरहन्छन् तर यसको दिर्घकालिन समाधान खोज्न सरकार नै अलमलमा परेको देखिन्छ ।


पूर्व तयारी बिनाका भौतिक संरचना, पानी निकासका लागि नाला भन्दा पनि बाटो प्राथमिकतामा पर्नु नै यसको कारक तत्व मान्न सकिन्छ । यस्तो विकास संरचनाले भावि पुष्तालाई कस्तो असर पार्छ ? त्यसमा न त सरोकारवाला निकायको ध्यान गएको छ न त सरकारको न त जनतानै जागृत छन्  यस विषयमा । स्थानीय सामाजिक व्यत्तित्व रामकृष्ण खड्काले भन्नुहुन्छ, पानीको  भरपर्दो निकास राम्रो हुन नसक्दा डुबानको समस्या जटिल बन्दै गएको हो । खोला तथा कल्भर्ट अतिक्रमण गरि संरचना निर्माण गर्दा पानीले उचित निकास नपाउँदा वर्षेनी डुबानको समस्या बढेको खड्का बताउनुहुन्छ । भएको नाला र पैनी मासेर मानवीय संरचना निर्माण गरि बस्ति बसाउँदा वर्षेनी डुबानको समस्या बढेको स्थानीय अनिल श्रेष्ठ बताउनुहुन्छ । राजमार्ग छेउछाउका कल्भर्टहरु मासिनु कारण यो अवस्था सृजना भएको सरोकारवालाहरुको धारण रहेको छ । 

दीर्घकालिन विकासको सोच राखि पानीको उचित निकास बेलैमा गरेको गरेको भए यस्तो विपद् सिर्जित नहुने वडा नंं ४ का वडाअध्यक्ष कैलाश बस्नेतले बताउनुभयो । अव्यवस्थित बसोबास,नक्सामा भएका पुराना बिर्ता पैनी मासिनु नै मुख्य कारण रहेको उहाँ बताउनुहुन्छ । पुराना कुलापैनीलाई संरक्षण गर्दै आगामी विकास योजनामा लागे मात्र भावी पुस्तालाई समेत राहत पुग्ने र यसमा नगरपालिकाले दिर्घकालिन सोचका साथ लाग्न जरुरी रहेको उहाँको भनाई छ । त्यस्तै यसको दिर्घकालिन समस्या समाधानको लागि वडाको मात्र बजेट पर्याप्त नहुने हुँदा नगरपालिका, प्रदेश र केन्द्र सरकार समेत लाग्नु पर्नेमा जोड दिनुभयो । आफ्नो डुबान क्षेत्रको निकास गर्ने क्रममा सो सञ्चारकर्मीहरुलाई जानकारी गराउनुभएको थियो । 

त्यसैगरी सोमबार देखी परेको अविरल वर्षापछि आएको गछिया खोलाको बाढीले बगाउँदा सुन्दरहरैँचामा १ जनाको मृत्यु समेत भएको छ । भने कयौँ घरहरू डुबानमा परेका छन् । वर्षाका कारण नगरका दक्षिणी तर्फका भागहरू बढी प्रभावित भएका छन्् । त्यस्तै केही सडकहरुमा समेत क्षति पुगेको छ ।

स्थानीय सरकार भनेको जनताको घरदैलोको सरकार हो त्यसैले यस्ता आइपर्ने विपद्लाई कसरी दिर्घकालिन समाधान गर्न सकिन्छ ? यस तर्फ बेलैमा सरोकारवालाहरुको ध्यान जान जरुरी देखिएको छ ।


विराटनगर असार  १४ गते। विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । 

महानगर प्रमुख नागेश कोइरालाको अध्यक्षतामा मंगलबार साँझ बसेको बैठकले अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम बढ्दै गएकाले असार १५ देखि १७ गतेसम्म सामुदायिक र निजी विद्यालय बन्द गर्ने निर्णय गरेको हो । प्रमुख कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतसहित १९ वटै वडाका वडाध्यक्षहरूको उपस्थितिमा बसेको बैठकले बर्खे विदामा कटौती गर्ने गरी तीन दिन विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले जानकारी दिए । 

त्यस्तै अविरल वर्षाका कारण महानगरका विभिन्न क्षेत्रहरू डुबानमा परेको र डुबानको प्रकोप अझ बढ्ने सम्भावना रहेकाले आमनागरिकको सुरक्षाका लागि सामुदायिक, संस्थागत र परम्परागत विद्यालयहरूसहित सामुदायिक भवनहरूलाई आवासका लागि व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको   छ । महानगरको विपद व्यवस्थापन महाशाखा प्रमुख राजेन्द्र प्रधानका अनुसार बैठकले वडास्तरमा वडाध्यक्षहरूसँग समन्वय गरी डुबान खोल्ने व्यवस्था मिलाउने निर्णयसमेत गरेको छ । 



विराटनगर । रातो तारा डट कम, विराटनगरको खानेपानी समस्या समाधानका लागि एकीकृत खानेपानी ढल व्यवस्थापन परियोजनाले विराटनगर महानगरसित छलफल गरेको छ । 

सन् २०३० सम्म उच्च तथा मध्यमस्तरको खानेपानी ९० प्रतिशत जनताको पहुँचमा पु¥याउने नेपाल सरकारको लक्ष्य रहेको छ । सोही लक्ष्य परिपूर्तिका लागि परियोजनाले नेपालका ६ वटा सहरमा काम गरिरहेको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रोजेक्ट डाइरेक्टर बालमुकुन्द श्रेष्ठले हाल विराटनगरसहित भरतपुर, वीरगञ्ज, हेटौडा, जनकपुर र धरानको खानेपानी समस्या समाधानका लागि डीपीआर तयार गरिरहेको जानकारी दिए । हाल नेपालमा उच्च तथा मध्यमस्तरको खानेपानी २५ प्रतिशत जनताले मात्रै प्राप्त गरेको उनको भनाइ छ । त्यस्तै उनले सन् २०३० सम्म फोहोर पानीलाई प्रशोधन गरी नदीमा व्यवस्थापन गर्ने कार्यलाई ५० प्रतिशत पु¥याउने लक्ष्य राखिएको बताए । उनका अनुसार हाल ३ प्रतिशत मात्रै फोहोर पानीलाई प्रशोधन गरी खोलामा व्यवस्थापन गरिएको छ ।  डीपीआर तयार गरेर परियोजनाले नेपाल सरकारलाई बुझाउनेछ । 

छलफलमा महानगर प्रमुख नागेश कोइरालाले विराटनगरको खानेपानीलाई व्यवस्थित गर्न जाइकासित सम्झौता भइसकेको जानकारी दिए । उनले जाइकाले नसमेटेको क्षेत्रमा काम गर्न परियोजनालाई आग्रह गरे । छलफलमा महानगरकी उपप्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत, सामाजिक महाशाखाका प्रमुख पुनम दाहाल, भारतीय सरकारी कम्पनी वाक कोस लिमिटेडका टिम लिटर राजीवकुमार शर्मा, समाजशास्त्री प्रकाशभक्त श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । 


 



बिराटनगर असार १४ गते । रातो तारा डट कम, जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा विराटनगर महानगरपालिका वडा नं। २ स्थित मारवाडी सेवा सदनमा विराटनगर महानगरपालिका मेयर श्री नागेश कोईरालाज्यूको प्रमुख आतिथ्य, विराटनगर महानगरपालिकाका उमपेयर श्री शिल्पा कार्कीज्यूको विशिष्ठ आतिथ्य, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री काशीराज दाहालज्यूको विशिष्ठ आतिथ्य, आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख श्री सुर्य प्रसाद पोखरेलज्यूको आतिथ्य, घरेलु तथा साना उद्योग कार्यालय विराटनगरका प्रमुख श्री पाक्रम खाँ ज्यूको आतिथ्य, जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख प्रहरी उपरीक्षक श्री शान्तिराज कोईरालाज्यूको आतिथ्य, विराटनगर महानगरपालिकाका वडा अध्यक्षहरू, विराटनगर महानगरपालिकाका कर अधिकृत, क्षेत्रीय होटल संघका अध्यक्ष, विराट होटल संघका अध्यक्ष, होटल तथा पेय पदार्थ संघका अध्यक्ष, साना तथा मझौला होटल संघका अध्यक्ष, होटल व्यवसायी, संचारकर्मी एवं पत्रकार लगायत २०० जनाको उपस्थितिमा  होटल व्यवसायीहरूसँग शान्ति सुरक्षा व्यवस्थापन र नियमन सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रमू १२स्०० बजे सम्पन्न भएको । 


 

शिव भट्टराई भोजपुरे  मोरङ। रातो तारा डट कम,अविरल वर्षासंगै आउने बाढी र डुबानको समस्याबाट आइपर्ने विपद्का घटनालाई मध्यनजर गर्दै सुन्दरहरैँचा नगरपालिका विपद् व्यवस्थापनको पूर्व तयारीमा जुटेको छ । 

मंगलबार नगर कार्यपालिकाको आकस्मिक बैठक बसि विपद्मा जुट्न आवह्न गरेको हो । नगरप्रमुख केदारप्रसाद गुरागाईले बताएअनुसार जनप्रतिनिधि, सुरक्षा संयन्त्रहरुलाई उच्च सतर्कताका साथ राहत र विपद्मा खट्न आह्वान गरिएको छ । वडालाई समेत जिम्मेवार दिएर राहत र उद्धारमा तयारी रहन भनिएको छ । त्यस्तै उच्च जोखिम हुने स्थानका नागरिकहरुलाई सतर्क रहन समेत अनुरोध गरिएको छ भने आवश्यकतापरे पुर्नवासको लागि सुरक्षित स्थानमा स्तान्तरण गरिने समेत नगरप्रमुख गुरागाईले बताउनुभयो । यसैबीच बाढीसँगै आएको गछिया खोलाले बगाएर मृत्यु भएका रामबहादुर बिश्वकर्माको मृत्युप्रति नगरपालिकाले श्रद्धाञ्जली अपर्ण गरेको छ ।

 

विराटनगर । रातो तारा डट कम,अविरल वर्षाका कारण उत्पन्न हुने बाढी र डुबानको जोखिम न्यूनीकरण, राहत र उद्धारका लागि विराटनगर महानगरपालिकाले विपद व्यवस्थापन (बाढी) रेस्पोन्स टिम बनाएको छ । 

महानगर प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतको उपस्थितिमा मंगलबार बसेको आकस्मिक बैठकले महानगरवासीको जिउधनको रक्षाका लागि रेस्पोन्स टिम बनाएको हो । सो टिमले उद्धारसँगै राहत वितरण, विस्थापितको व्यवस्थापनलगायतको कार्य गर्नेछ । विपद व्यवस्थापन महाशाखा प्रमुख राजेन्द्र प्रधानको संयोजकत्वमा सहकार्य समन्वय समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा सामाजिक महाशाखा प्रमुख पुनम दाहाल रहनु भएको छ । 

त्यस्तै खाद्य व्यवस्थापनमा रामहरि कोइराला, बसोबास (सेल्टर) व्यवस्थापनमा दुर्गाप्रसाद खतिवडा, सुरक्षा व्यवस्थापनमा राजन पौडेल, स्वास्थ्य, पोषण, औषधि तथा स्वच्छतामा रमेश कार्की, सरसफाई, विपद व्यवस्थापनमा हीरा यादव, पूर्वाधार व्यवस्थापनमा गोपाल पोखरेल, प्रशासनिक व्यवस्थापनमा अर्जुन थपलिया र सञ्चार व्यवस्थापनमा मीनुकमार नवोदित रहनु भएको छ । 

बैठकमा महानगर प्रमुख नागेश कोइरालाले महानगरवासीको जिउधनको रक्षाका लागि जिम्मेवारीपूर्वक लाग्न निर्देशन दिनुभयो । उहाँले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुक्षित स्थानमा सार्नुपर्नेमा जोड दिनुभयो । उपप्रमुख शिल्पा निराला कार्कीले बाढी र डुबानबाट विस्थापितहरुको व्यवस्थापनमा महानगर लागिपर्ने बताउनु भयो । उहाँले स्थानीय संघसंस्थासित सहकार्य गरेर विपदको सामना गर्नुपर्ने औंल्याउनुभयो । प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जोखिमयुक्त बस्तीको पहिचान भइसकेकाले उनीहरुलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिसकेको बताउनुभयो । बस्नेतले विस्थापितहरुलाई विद्यालय र सामुदायिक भवनमा राखिने उल्लेख गर्नुभयो । 

 



बिराटनगर असार १४ गते । रातो तारा डट कम, हैजाको सङ्क्रमणबाट बच्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । हालसम्म काठमाडाँै उपत्यकाको विभिन्न स्थानमा हैजाको सङ्क्रमण देखिएकाले स्वास्थ्य सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ । 


प्रदूषित पानी र स्ट्रिड फुडका करण हैजा फैलिएको आशङ्का गरिएको छ । सार्वजनिक स्थानमा थुप्रिएको फोहोर र त्यका कारण पानीका स्रोत प्रदुषित हुँदा हैजा फैलिने जोखिम भएकाले पानी र खानपानमा ध्यान दिन मन्त्रालयले सबैलाइ अनुरोध गरेको छ  छ ।


बिराटनगरमा पनि वर्षा भइरहेको र बिराटनगरको खाने पानी खानलाइक नभएकाले त्यहा पनि हैजा, झाडापखाला बढ्न सक्ने खतरा रहेको बिज्ञहरुले बताएका छन ।

 




काठमाण्डौ असार १४ गते । रातो तारा डट कम, फेवाताललगायत अन्य ताल किनारको मापदण्ड कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलाशले पोखरा महानगरपालिकाको कार्यपालिका बैठकले घटाएको मापदण्ड कार्यान्वयन नगर्न आदेश दिएको जनाएको छ । सर्वोच्च अदालतको आदेश विपरीत महानगरले घटाएर तोकेको मापदण्ड खारेजी गर्न माग गर्दै परेको रिटको सुनुवाई गर्दै सर्वोच्चले आन्तरिम आदेश दिएको छ ।


काठमाडौं असार १४ गते । रातो तारा डट कम, देशभर मनसुनी वायुको प्रभाव रहँदा आज बिहान कर्णाली, प्रदेश–१ र मधेस प्रदेशका एकदुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाभइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी तथा एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।


विराटनगर । रातो तारा डट कम, कि जमिनको मुआब्जा दिनुपर्ने कि रोक्का जमिन फुक्का गरिनुपर्ने माग राखेर एक साता देखी सडक आन्दोलन रहेका विराटनगर विमानस्थल पीडितहरुको मागमा प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक देखिएका छन । उनले पहिले जमिनको रोक्का फुकुवा गरिदिने र पछि बजेटको ब्यावस्था गरेपछि विमानस्थल क्षेत्रीय स्तरको बनाउन आफुले सक्दो सहयोग गर्ने बताएका छन । 


आइतबार नेपाली कांग्रेसका केन्द्रिय सदस्य अमृत अर्याल, विराटनगर महानगर पालिकाका पूर्व मेयर तथा नेका केन्द्रिय सदस्य भीम पराजुली सहित ५ जनाको टोलीले प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेटेर २० बर्षदेखी विराटनगर विकासमा पछि पर्दै गएको र विकासका लागि प्रधानमन्त्रीले पहल गरिदिन आग्रह गरेको थियो । 

विराटनगर विमानस्थल क्षेत्रीय स्तरको बनाउन बजेट बिनियोजन नगरिएको र स्थानियको मुआब्जा पनि विरतण नगरिएको कारण स्थानियले सडक आन्दोलन गरिरहेको जानकारी अर्यालले प्रधानमन्त्रीलाई गराएका थिए । पूर्व मेयर पराजुलीले विराटनगर विमानस्थलको ठेक्का लागि सकेको टर्मिनल भवनको ठेक्का रद्द गरेर विराटनरको विकासलाई पछि धकेल्ने काम भएको प्रधानमन्त्रीलाई बताए । 

आधा घण्टा धैर्य पूर्वक विराटनगरका समस्या सुनेका प्रधानमन्त्रीलाई विराटनरको रिङ रोड सिलान्यास भएको ४० बर्ष पुग्दा पनि नबनेको, विराटनगरको ढुवानको समस्या समाधान नभएको, प्रर्दशनी स्थल नबनेको, ६ सय विगा जमिन भएर पनि अमडुवामा स्पेशल इकोनोमिक जोन बन्न नसकेको लगायतका माग पराजुलीले राखेका थिए । 

अमृत अर्यालका अनुसार प्रधानमन्त्रीले विराटनगरको विकासका लागि आफु लाग्ने आवश्वास दिएको बताए । प्रधानमन्त्रीले विराटनगर विमानस्थल पीडितको समस्या नयाँ नागरिक उड्ययन मन्त्री आएपछि आफुले तत्काल जग्गा फुक्का गरिदिन भन्ने र पछि बजेटको व्यवास्था भएपछि विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको बनाउन काम अघि बढाउने बताए । 

प्रधानमन्त्रीसंगको साक्षात्कारमा अर्याल र पराजुलीसंगै विराटनगरबाट भेषराज पोखरेल, ज्ञानबहादुर खड्का,  प्रदिप भगत सहभागि थिए । 


 


विराटनगर, १३ असार । रातो तारा डट कम,प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले मानवीय तथा भौतिक विकासलाई एकैसाथ लैजानुपर्नेमा जोड दिनुभएको छ । सोमबार विराटनगरमा आयोजित संयुक्त राष्ट्रसङ्घीय दिगो विकास कार्यक्रम सहयोग कार्यढांचा(२०२३–०२७)को तर्जुमाका लागि प्रदेशस्तरीय परामर्श कार्यक्रममा कार्यक्रममा बोल्दै मन्त्री कार्कीले मानवीय सन्तुष्टिलाई हेरेर योजना बनाउनुपर्ने बताउनुभयो ।

‘काठमाण्डौंमा बस्ने मानिसको विकासप्रतिको आकांक्षा र विराटनगरमा बस्नेको विकासप्रतिको आकांक्षा फरक छ । उहाँले भन्नुभयो, कसैलाई विहान बेलुका कसरी हातमुख जोड्ने भन्ने छ त कसैलाई सम्पत्तिको सुरक्षा कसरी गर्ने भन्ने छ । त्यस कारण हुँदा खानेलाई हुने खाने बनाउने र हुनेखानेको सम्पत्तिको सुरक्षा कसरी गर्ने भन्ने योजनासाथ जानुपर्छ ।’

छलफल गोष्ठीले मात्रै लक्ष पुरा गर्न नसकिने उल्लेख गर्दै छलफलबाट निस्केको निष्कर्षलाई व्यवहारमा लागु गरेर कार्यान्वयन गर्नुपर्नेमा मन्त्री कार्कीले जोड दिनुभयो । ‘एउटा मात्र कुरालाई फोकस गरेर योजना बनायौँ भने त्यो सम्भव छैन । उहाँले भन्नुभयो, विभिन्न अध्ययन अनुसन्धानका साथ २०२३ देखी सुरु हुने संयुक्त राष्ट्रसङ्घीय दिगो विकास कार्यक्रमलाई फलदायी बनाउनुहोस् ।’ 

नेपालमा संयुक्त राष्ट्रसङ्घीय समन्वयका लागि अल्पकालीन र मध्यकालीन प्राथमिकतामाथि छलफल तथा परामर्श गरी रणनीतिक साझेदारीलाई थप सुदृढीकरण गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ । परामर्श कार्यक्रममा सहभागीले सन २०२३ बाट सुरु हुने कार्यक्रममा भौतिक, आर्थिक, सामाजिक सबै क्षेत्र समेटेर दिगो विकाशको ढाँचा तयार पाइनुपर्नेमा जोड दिएका छन् । 

कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष डा.पूर्णकुमार लोक्सम, सदस्यहरू, मुख्यसचिव लगायत सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।


 


मोरङ । रातो तारा डट कम,कनकलक्ष्मी सहकारीको ३१ लाख रुपैयाँ हिनामिना, घटनामा संलग्न कर्मचारीले २ महिनामा रकम तिर्न सहमत भए।

२ वर्ष अघि ८ वटा सहकारी मर्ज भएर बनेको मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको बचत रकम हिनामिना भएको छ । झण्डै ३१ लाख रुपैयाँ हिनामिना भएको पाइएको संस्थाले जनाएको छ ।

संस्थाको सेवा केन्द्र गोठगाउँमा कार्यरत कर्मचारी विवेक खवासले संस्थालाई थाहा नदिई सदस्यको कीर्ते हस्ताक्षर गरी बचत रकम झिक्ने गरेका थिए । त्यस क्रममा उनले संस्थामा नियमित रुपमा कारोबार गर्न नआउने व्यक्तिको खाताको प्रयोग गर्ने गरेका थिए । चिनजानका व्यक्तिले रेमिट्यान्सबाट पठाएको पैसा निकालेर खातामा राख्न अह्राउँदा उनले सो पैसा आफैँ लग्ने गरेको पाइएको संस्थाले जनाएको छ । संस्थाको सफ्टवेयरबाट रसिद काटिए पनि सो रसिद सफ्टवेयरबाट हटाउने (रिजेक्ट गर्ने) जस्ता कार्य गर्दै आएकोे पाइएको संस्थाका प्रमुख कार्यकारी अधिकृत शेखर भट्टराईले बताए । शुक्रबार पैसा गणना गर्दा पूरा रकम नभएपछि सम्बन्धित कर्मचारीलाई सोधपुछ गर्दा हिनामिना भएको पाइएको संस्थाले जनाएको छ ।

रकम हिनामिना भएको पाइएपछि प्रहरी चौकी गछियामा लगेर १ दिन राखी सोधपुछ गर्दा तथा हिसाब हेर्दा करीब ३१ लाख बराबरको रकम हिनामिना गरेको पाइएको सञ्चालक समिति अध्यक्ष अर्जुनराज अधिकारीले बताए ।

त्यसपछि वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह आले मगर र वडा नम्बर ३ का वडाध्यक्ष विदुर ढुंगानासहित संस्थाका प्रतिनिधि बसेर कर्मचारीले हिनामिना गरेको रकम असुल उपर गर्ने गरी लिखित कागज भएको अध्यक्ष अधिकारीले बताए ।

अधिकारीका अनुसार ती कर्मचारीले ९ लाख ९५ हजार रुपैयाँको चेक संस्थालाई दिएका छन् । बाँकी २१ लाख रुपैयाँ भदौ १० गतेसम्ममा तिर्ने शर्तमा उनलाई छाडिएको छ ।

अधिकारीका अनुसार हिनामिना गर्ने व्यक्ति आर्थिक अवस्था कमजोर भएका व्यक्ति भएका हुनाले उनले सो रकम कतै लगानीमा लगाएको होला भन्ने केही शेयर सदस्यले बताएपछि २ महिनाको समय दिइएको हो । संस्थाका सदस्यलाई मार पर्ने गरी गरिएको यो बदमासीमाथि थप छानबिन गरी कारवाही हुने संस्थाका अध्यक्ष अधिकारी बताउँछन् । अध्यक्ष अधिकारीले संस्थाले नगरपालिका तथा प्रदेश रजिष्टार कार्यालयलाई घटनाको विषयमा जानकारी गराइसकेको बताए ।रकम हिनामिना गर्ने कर्मचारी गोठगाउँमा रहेको सेवा केन्द्रको काउन्टरमा बस्ने गरेका थिए । केन्द्रका प्रमुख बिदामा बस्दा सेवालाई सहज होस् भनेर उनलाई एड्मिन आइडी दिइने गरेको थियो । सोही क्रममा उनले सो आइडीको दुरुपयोग गरी हिसाब हिनामिना गर्ने गरेको पाइएको संस्थाले जनाएको छ ।

सो संस्थाका ६ वटा सेवा केन्द्रहरु रहेका छन् । ती सेवा केन्द्रमार्फत् झण्डै ८ हजार शेयर सदस्य र बचतकर्ताको रकम सङ्कलन हुने गरेको छ ।

संस्थाका शेयर सदस्यले रकम हिनामिना गर्ने कर्मचारीलाई कानुनी कार्वाही गर्नुपर्ने बताउँदै आएका छन् । प्रहरीको नियन्त्रणमा रहेका व्यक्तिलाई किन छाडियो भन्ने विषय गम्भीर रहेको र कतै सञ्चालकको पनि मिलेमतो त छैन भन्ने शंका उब्जिएको शेयर सदस्य रामकृष्ण खड्का बताउँछन् । तर, अध्यक्ष अधिकारीका अनुसार २४ घण्टाभन्दा बढी प्रहरी हिरासतमा राख्न नमिल्ने भएकाले उनलाई छाडिएको बताउँछन् । ती कर्मचारीलाई सेवाबाट निलम्बन गरिएको र यस सम्बन्धमा संस्थाले सार्वजनिक रुपमा जानकारी गराउने अधिकारीले जानकारी दिए ।

सुन्दरहरैंचामा कार्यक्षेत्र भएका ८ वटा सहकारी संस्था २ वर्ष अघि २०७७ साल असार २९ गते गोठगाउँमा एक कार्यक्रम गरी मर्ज भएका थिए । मर्जपछि कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको नाममा कारोबार भएको थियो । सुन्दरपुर बचत तथा ऋण सहकारी संस्था, गछिया बचत तथा ऋण सहकारी संस्था, गुराँस बचत तथा ऋण सहकारी संस्था, शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था, न्यू नमुना बचत तथा ऋण सहकारी संस्था, पिण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था, घरआँगन बचत तथा ऋण सहकारी संस्था र प्रारम्भ बचत तथा ऋण सहकारी संस्था एकापसमा गाभिएर कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था बनेको थियो ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.