Websoft University
May 2020


बिराटनगर जेठ १८ गते । रातो तारा डट कम,प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सुर्तीजन्य पदार्थ कोरोनाको वहाक भएको बताउनुभएको छ । 

सुर्तीजन्य पदार्थ सेवनगर्नेहरुले एक अर्कालाई बाँडेर खाने र एउटै सुर्तीजन्य पदार्थ धेरैले प्रयोग गर्ने पाईएको उहाँले बताउनुभयो । थुक र छिटाको माध्यमबाट श्वासप्रश्वास मार्ग हुँदै एकआपसमा सर्ने देखिएकाले सुर्तीजन्य पदार्थ पूर्णरुपमा नियन्त्रण गर्ने काममा प्रदेश सरकार लागेको मन्त्री घिमिरेले बताउनुभयो । विश्व धुम्रपान रहित दिवसको अवसरमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुएको हो । 

प्रदेश सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रणको घोषणा गरेअनुसार काम भईरहेको उहाँले बताउनुभयो । लकडाउनका कारण पुर्वनिर्धारित कार्यक्रम प्रभावित भएपनि अव निरन्तर अभियान सञ्चालन हुने मन्त्री घिमिरेले बताउनुभयो । 

उहाँले कोरोनाको प्रभाव अगाडी प्रदेशको मुख्यमन्त्री कार्यालय सहित सवै मन्त्रालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायतका सार्वजनिक स्थानहरुको एक सय मिटर भित्र सुर्तीजन्य पदार्थको प्रयोग र विक्रि वितरणमा रोक लगाईसकीएको उहाँले बताउनुभयो । सुर्तीजन्य पदार्थलाई मनैदेखि त्याग्न उहाँले आग्रहपनि गर्नुभयो । 

सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा.सुरेश मेहताले सुर्तीजन्य पदार्थले कोरोना भाईरस फैलाउन मद्दत गर्ने भएकाले यसको प्रयोग नगर्न आग्रह गर्नुभयो । उहाँले धुँवाजन्य वस्तुले फोक्सोलाई असर गर्ने भएकाले स्वास्थ्यको कारणले पनि हानिकारक भएको बताउनुभयो । 

प्रदेश नं. १ मा सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन ) ऐन, २०६८ को पूर्णरुपमा पालना गराउने निर्णय गरिएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्कोको गत माघ १३ गते प्रदेश नं. १ लाई सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रणयुक्त प्रदेश बनाउने निर्णय गरिएको थियो । 

सोही निर्णय अनुसार सामाजिक विकास मन्त्रालयले सरोकारवाला पक्षहरुसँगको समन्वय र सहकार्यमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन संवन्धि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरेको थियो । 







 काठमाण्डौ जेठ १८ गते । रातो तारा डट कम,नेपालमा कोरोना संक्रमितको संख्या पुगेको १ हजार ५ सय ६७ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । 

मन्त्रालयले आयोजना गरेको नियमित जानकारीमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या १ हजार ५६७ पुगेको जानकारी दिनुभयो ।  संङ्क्रमित हुनेमा तनहुँका १, स्याङ्जाका २, पर्साका ५ , कालिकोटका १८ , दैलेखका १८ , बाजुराका १ र सल्यानका २५ जना रहेका छन् । यस्तै सुर्खेतका १,बाँकेका ४, नेपालगञ्जका ४, सप्तरीका १२ , कैलालीका ३, बाजुराका २ , झापाका ४ , धनुषाका २१ , कपिलवस्तुका ५ जना पनि सङ्क्रमित भएका छन् । 

यस्तै रौटहतका २९ जना, सर्लाहीका १० जनामा सङ्क्रमण पुष्टि भएको  मन्त्रालयले जनाएको हो । संक्रमितमध्ये हालसम्म २२० जना निको भएर घर फर्किइसकेका छन् ।  क्वारेन्टाइनमा रहनेको संख्या १ लाख १९ हजार १९२ रहेका छन् । आइसोलेसनमा रहनेको संख्या देशभरी हजार ३ सय उन्पचास जना रहेको छ । मन्त्रालयका अनुसार आजसम्म नेपालमा आरडिटी विधिबाट १ लाख ११ हजार १०९ नमुना परीक्षण भएका
छन् । पिसिआर विधिबाट भने हालसम्म ६९ हजार ५ सय ८२ परीक्षणहरु गरिएका छन् । 

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी जनाको मृत्यु भएको छ ।


फाएल फोटो-
मोरङ, जेष्ठ १८ गते । रातो तारा डट कम,मोरङको बिराटनगर महानगरपालिका-१६दरैयाबाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् । 

बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले आज बिहान ५ बजेको समयमा बिराटनगर महानगरपालिका-१४ का ४१ बर्षीय संजय यादवलाई डाईलक्स डि.सी. १०० ML को
३१,बोतल,SpasTirancanR Plus (स्पास्मोप्रोक्सिवन) १४३ क्याप्सुल,नाईट्राभेट-10–१५० चक्की सहित पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका यादवको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।


शिव भट्टराई, सुनसरी जेठ  १८ गते । रातो तारा डट कम,इटहरी/ उधोगीको मनोमानीको कारण हार्डवेयर व्यवसायीहरु मारमा परेको गुनासो गरेका छन । 

सामाजीक दुरी कायम गरी इटहरीमा आयोजीत पत्रकार सममेलनमा असामान्य अवस्था सिर्जना हुन साथ उद्योगीहरुले कारोवारको नीति परिवर्तन गर्ने, अस्वभाविक मूल्यबृद्धि गर्ने, ढुवानी लागत बढ्न गइ समग्र वस्तुको लागत बढ्न जाने हुँदा व्यवसायीले वस्तुको मूल्य बृद्धि गरी बिक्री गर्दा व्यवसायीलाई कालोबजारीको आरोप लागेर कानुनी जटिलता भोगिरहेका चिन्ता व्यक्त गरेका छन ।

 व्यवसायीले नभएर उधोगले नै समस्या सिर्जना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएका छन । हार्डवेयर, प्लाई तथा सेनेटरी व्यवसायी संघ, इटहरी , धरान हार्डवेयर संघ, विराटनगर हार्डवेयर संघ, इनरुवा हार्डवेयर संघले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै अनावश्यक र कृत्रिम अभाव सुजना गरी मूल्य वढाउदा व्यवसाय नियमित रुपमा संचालन गर्न नसक्ने व्यवसायीले बताएका छन । 

सम्बन्धित कम्पनीहरुसँग पटक पटक अनुरोध गर्दा पनि सुनुवाई नभए विकल्प रोज्ने व्यवसायीले बताएका छ । Bank Guarantee, ODC Cheque,PDC Cheque, Written Agreement , Verbal agreement भएकै आधारमा लकडाउन खुल्न साथ कानुनी प्रावधान लाई आधार मान्दै बक्यौता अवधि एवम् बक्यौता खाता समायोजन गर्नुपर्ने भनेर यवसायीलाई मानसिक,व्यक्तिगत, पारिवारिक तथा सामाजिक तनाब हुने गरी भुक्तानीका लागि दबाब सिर्जना नगर्न उद्योगीहरुसँग माग गरेका छन । 

उद्योगीहरूले बिना कारण मूल्यवृद्धि गरेपछि यसको प्रत्यक्ष असर उपभोक्ता र हार्डवेयर व्यवसायीमा परेको बताउँदै मूल्यवृद्धिको चौतर्फी विरोध भइरहँदासमेत सरोकारवाला निकायवाट अनुगमन, छानविन तथा मूल्य नियन्त्रण गर्नेतर्फ कुनै कदम नचालिनु अर्को आश्चर्यको विषय बनेको हार्डवेयर, प्लाई तथा सेनेटरी व्यवसायी संघ इटहरीका अध्यक्ष भोला प्रसाद निरौलाले बताए ।

विज्ञप्तीमा भनिएको छ “जब जब देशमा विषम परिस्थिति सृजना हुन्छ तबतब उत्पादक उद्योगीहरुले पनि धमिलो पानिमा माछा मार्ने दाउमा रहेको जस्तो गतिविधिहरु गर्न खोजेको देख्दा हामी व्यवसायीहरुको मानसपटलमा चाहिँ उद्योगीहरुले मानवीय समवेदना तथा सामाजिक उत्तरदायित्व भुल्दै गएको पो हो कि ? भन्ने प्रश्न घुमिरहेको हुन्छ, जसको जवाफ आजको मिति सम्म हामीले प्राप्तगर्न सकेका छैनौँ । सरकारले पनि हामीलाई व्यवसायगर्न सहज वातावरण प्रदान गरोस ” ।

लकडाउनको अवस्थामा समेत उद्योगीले एकाएक मूल्यवृद्धि गर्नु आम उपभोक्ता माथि शोषण र अन्याय गरेको विराटनगर हार्डवेयर संघ विराटनगरका अध्यक्ष मुकुन्द दाहालबताउछन ।

यस्तो अवस्थामा हार्डवेयर व्यवसायीको लागि सरकारले विशेष प्राथमिकता दिएर योजना तथा नीति ल्याउन जरुरी भएको व्यवसायी तारा कट्वालले बताए । लकडाउनको समयावधि भरिको घरभाड छुट गरिदिनु हुन तथा लकडाउन खुलेर व्यवसाय सञ्चालन भए पश्चात् ६० दिन पछि देखि मात्रघर भाडा भुक्तानी दिने वातावरण निमार्ण गर्न इनरुवा हार्डवेयर संघ, इनरुवा अध्यक्ष पहल बहादुर कट्वालले अपिल गरेका छन । 

पत्रकार सम्मेलनमा वोल्दै धरान हार्डवेयर संघका अध्यक्ष नबिन राजभण्डारीले घरबाहल कर, व्यवसायिक कर, सामाजिक सुरक्षा कर बुझाउने समय अघिल्लो आर्थिक वर्ष २०७७÷७८ को पौष मसान्त सम्म उपलब्ध गराउने तथा उक्त समय सीमा सम्म कुनै पनि हर्जाना तथा व्याज नलगाउन स्थानीय, प्रदेश तथा संघीय सरकार समक्ष माग गरेका छन ।

लकडाउनको समय सीमा भरिको सवारी साधनका सबै प्रकारका कर छुटगर्ने तथा नवीकरण गर्नुपर्ने सवारीको हकमा नवीकरण गर्ने समय सीमा १ वर्ष थप गर्न तथा लाग्ने जरीवान छुटगर्न स्थानीय, प्रदेश तथा संघीय सरकार सग व्यवासायीहरुले माग गरेका छन । 

त्यसैगरी पुर्वका हार्डवेयर व्यवसायीहरुले वित्तीय संस्थाले ब्याज कम्तिमा ५% घटाई कम्तिमा ३ वर्षसम्म स्थिर राख्न, लकडाउनको समयको ब्याजमा विशेष सहुलियत प्रदान गर्न,बक्यौता ब्याजको लागि व्याज पूँजीकरणको व्यवस्थागर्न तथापुनरकर्जाको व्यवस्था गरी व्यवसायलाई चालायमानको अवस्थामा ल्याउनको लागि नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाहरुसँग माग गरेका छन ।

नेपालमा विद्युतीय बैंककिङ कारोवार सम्बन्धी जनमानसमा ज्ञान, सीप तथा सुरक्षाको विश्वसनीयता नभएको अवस्थामा नगदको कारोबारमा कोरोना कर लगाउने भनेर जनतालाई त्रसित बनाउने काम नगर्न वित्तीय सस्थाका सञ्चालक तथा बैंकर संघलाई पत्रकार सममेलन मार्फत जानकारी गराएका छन । 

सम्बन्धित कम्पनीसँग पटक पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि बिनाकारणको मूल्य वृद्धिले प्रत्यक्ष असर उपभोक्ता र हार्डवेयर व्यवसायीमा परेको हँुदा यसले पारेको समस्याप्रति सरोकारवालाहरु गम्भीर हुनु पर्ने व्यवसायी मुक्ती दाहलल बताउछन ।


 काठमाण्डौ जेठ १८ गते । रातो तारा डट कम,प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेसँगै संसोधनको बाटो खुलेको छ । लिम्पियाधुरा सम्मको भूभाग समेटिएको नक्सा अनुसार देशको निसान छापमा परिमार्जन गर्न सरकारले दर्ता गराएको प्रस्ताव पारित हुने पक्का भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आयोजना गरेर संशोधनमा साथ दिन आग्रह गर्दा काँग्रेसेले आफ्नो पार्टीको बैठक सम्मको निम्ति समय माग गरेको थियो । सरकारले निसान छापलाई अध्यावधिक गरिएको नक्सा अनुसार परिमार्जन गर्न दर्ता गरेको संविधान संशोधन विधेयक आजको प्रतिनिधिसभा बैठकमा पेस हुने भएको छ । 

प्रतिनिधिसभाको आजको बैठकका लागि तयार पारिएको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले विधेयक पेस गर्नुहुनेछ । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन प्रस्ताव प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नुहुनेछ ।

यसअघि हिजो बसेको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधन विधेयकलाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको बैठकमा कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरी सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावलाई समर्थन गर्ने निर्णय भएको नेता मीन विश्वकर्माले जानकारी दिनुभयो ।  

बैठकले कोरोना विरुद्धको संघर्षमा तयारीका लागि पर्याप्त समय पाएर पनि ब्यवस्थित तयारी गर्न सरकार अकर्मण्य भएको परिणाममा कोरोनाका संक्रमित हुनेको संख्या र मृत्यु हुनेको संख्या बढ्दै गएको भन्दै पिसिआर विधिबाट गरिने परिक्षणलाई व्यापक बढाउन माग गरेको छ । 


काठमाण्डौ जेठ १८ गते । रातो तारा डट कम,विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या ६१ लाख ४९ हजार नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार कोरोना महामारीका कारण हालसम्म ३ लाख ७० हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमित भएका मध्ये झन्डै २७ लाख २९ हजारभन्दा बढी स्वस्थ भएका छन् ।


काठमाण्डौ जेठ १८ गते । रातो तारा डट कम,सरकारले कोरोना भाइरस (कोभिड(१९) को संक्रमण फैलिन नदिन बन्दाबन्दीलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले बन्दाबन्दी लम्ब्याउने निर्णय गरेको हो । यद्यपि यो अवधिमा बन्दाबन्दीको स्वरुप हेरफेर हुनसक्छ । विज्ञसँग परामर्श गरेर स्वरुप तय गर्ने सरकारका प्रवक्ता समेत रहनुभएका अर्थ एवम सञ्चारमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो । साथै हवाई उडान र अन्तर्राष्ट्रिय सीमा नाकाको आवागमन असार १६ गते सम्म बन्द हुने मन्त्री खतिवडाले बताउनुभयो । मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिरहेकाले सीमा नाकामा सशस्त्र प्रहरी परिचालन गर्ने निर्णय गरेको मन्त्री खतिवडाले बताउनुभयो ।  मन्त्रिपरिषद् बैठक अघि बसेको राष्ट्रिय सुरक्षा परिषद् बैठकको सिफारिस अनुसार मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरी परिचालन गर्ने निर्णय गरेकोहो ।



काठमाडौ जेठ १८ गते । रातो तारा डट कम,पोखरा महानगर पालिकामा वडा न १५ समिनतारामा  अचम्मको घटना घटेको छ । राति २ बजे देखी गाडी आवत जाबत गर्न थालेपछि स्थानिले के भएको हो भनेर हेर्दा ट्कहरु देखे पछि कताबाट ल्याएको तरकारी भनि सोदेपछि विबाद उत्पन्न भएको थियोे ।

उक्त समिनतारा युवा क्लबका अध्यक्ष्यले हामीलाई जानकारी दीए अनुसार विबाद पछि १५ न का वडा अध्यक्ष्यको रोहोवरमा चितवन बाट ल्याइएको बिषालु ४ ट्क तरकारी खाल्डो खनि गाडीएको छ ।

 बिषालु भारतबाट आएका ४ ट्क तरकारी गोलभेडा घिरौला सिमी लौका लगाएतका सामान नगरपालिकाको डोजर बोलाएर खाल्टो खनिएर नस्ट गरीएको छ हामीले उक्त स्थानमा गएर रीपोर्ट तयार पारेका छौ किन नस्ट गरीयो त तरकारी यो भिडीयो पुरा हेर्नुहोस


काठमाण्डौ जेठ १८ गते । रातो तारा डट कम,संघीय सरकारले भोजपुरका ९ स्थानिय तहलाई २ अर्ब ६७ करोड ७२ लाख रुपैयाँ बजेट विनियोजित गरेको छ । विहिबार अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेट सार्वजनिक गर्दै भोजपुरलार्ई वित्तिय समानीकरण, सशर्त अनुदान, विशेष र समपुरक अनुदान गरेर २ अर्ब ६७ करोड ७२ लाख रुपैयाँ बजेट विनियोजन गरेको बताउनु भएको हो । 

सरकारले भोजपुरका २ नगरपालिका मध्ये सबैभन्दा धेरै षडानन्द नगरपालिकालाई ४३ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने ७ गाउँपालिका मध्ये सबै भन्दा धेरै अरुण गाउँपालिकालाई  २९ करोड ६४ लाख रुपैयाँ विनियोजन  गरेको छ ।  त्यस्तै भोजपुर नगरपालिकालाई ३६ करोड ६१ लाख रुपैयाँ बजेटविनियोजन गरेको छ ।

गाउँपालिका तर्फ सबैभन्दा कम पौवादुङ्मा गाउँपालिकालाई २२ करोड ६६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै टेम्केमैयुङ गाउँपालिकालाई २९ करोड ९ लाख, रामप्रसाद राई गाउँपालिकालाई २८ करोड ४९ लाख, आमचोक गाउँपालिकालाई २७ करोड ४ लाख, हतुवागढी गाउँपालिकालाई २५ करोड ६५ लाख र साल्पासिलिछो गाउँपालिकालाई  २५ करोड ११ लाख रुपैंया बजेट विनियोजन गरेको छ । 
ाण्डौ जेठ १७ गते । रातो तारा डट कम


विराटनगर, १७ जेठ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मोरंगको निर्वाचन क्षेत्र ४ (ख) अन्र्तगत निर्माणाधिन योजनाहरुको अनुगमन गर्नु भएको छ । 

निर्वाचन क्षेत्र विकास कोष मार्फत कटहरीमा निर्माण भईरहेका योजनाहरुको मन्त्री घिमिरेले अनुगमन गर्नु भएको हो । कटहरी १ महेशपुरमा निर्माण भईरहेको  लक्ष्मी सामुदायिक भवन र लक्ष्मी मन्दिर, कटहरी २ को किसान मार्ग सडक, कटहरी ३ जिरातटोलको लक्ष्मी मन्दिर, कटहरी सामुदायिक भवन र शैलेश मन्दिरको मन्त्री घिमिरेले अनुगमन गर्नुभएको हो । कटहरी सामुदायिक भवन ५० लाख र अन्य योजनाहरु १०÷१० लाखका रहेका छन् । 

कटहरी सामुदायिक भवन ५ कठ्ठा जमिनमा १ हजार व्यक्ति अट्ने क्षमताको रहेको छ । निर्वाचन क्षेत्र विकास कोष मार्फत विनियोजित वजेटमा योजनाहरु निर्माण भईरहेको मन्त्री घिमिरेले बताउनुभयो । मन्त्री घिमिरेले योजनाहरु निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । उहाँले योजनाहरुको अनुगमनका साथै लकडाउनका कारण प्रभावित भएका स्थानीयहरुहरुको पनि समस्याबारे जानकारी लिनु भएको छ । 

निर्माणाधिन योजनाहरुको मन्त्री घिमिरेसँगै नेकपा प्रदेश कमिटी सदस्य मृत्युन्जय झा लगायतका नेताहरुले पनि अनुगमन गर्नु भएको थियो । 


 काठमाण्डौ जेठ १७ गते । रातो तारा डट कम, आज एकै दिन १ सय ८९ जना मानिसमा कोरोना भाइरस कोभिड १९ पुष्टि भएको छ । यस संगै देशमा सङ्क्रमितको सङ्ख्या १ हजार ४ सय १ पुगेको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससंगै देशभरका ५३ जिल्लामा कोरोना फैलिएको छ । 

कपिलवस्तु १ सय ९, सर्लाहीमा १७, दैलेखमा  १४ जना, सिरहामा ११, सप्तरीमा ९, धनुषामा  ७ र रौतहटमा ६ जनालाइ कोरोना सङ्क्रमण पुष्टि भएको हो । यस्तै दाङमा ५, महोत्तरीमा ४, पर्सामा २, संखुवासमा २, झापामा १, ललितपुरमा १ तथा बारामा १ जनमा सङ्क्रमण पुष्टि भएको छ ।  संक्रमितमध्ये हालसम्म २१९ जना निको भएर घर फर्किइसकेका छन् । पछिल्लो २४ घण्टामा १३ जना डिस्चार्ज भएका हुन् । 

बुढानिलकण्ठ र टोखाका २ जना टेकु अस्पतालबाट, ९ जना बलम्बु अस्पतालबाट, अछामका १ जना, रुकुमका १ जना डिस्चार्ज भएका छन्  । हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक गरी ६ जनाको मृत्यु भएको छ । क्वारेन्टाइनमा रहनेको संख्या १ लाख १० हजार ८८ जना रहेका छन् । 

आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार १ सय ७६ जना रहेको छ । मन्त्रालयका अनुसार आज सम्म नेपालमा आरडीटी विधिबाट १ लाख ७ हजार ५५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ६६ हजार ७ सय २९ परीक्षणहरु गरिएका छन् । सङ्क्रमितको पहिचानका लागि पिसिआर परिक्षणलाइ बढवा  दिएको डा. देबकोटाले जानकारी दिनुभयो । 


विराटनगर, १७ जेठ । रातो तारा डट कम,खोटाङ सामाजिक सेवा मञ्च विराटनगरले लकडाउनबाट प्रभावित विद्यार्थी र मजदुरलाई राहत वितरण गरेको छ ।

साढे २ महिनादेखि जारी लकडाउनका कारण खोटाङ घर भई विराटनगरमा अध्ययनका क्रममा बसोबास गर्ने विद्यार्थी र मजदुरलाई मञ्चले आज राहत वितरण गरेको हो ।

प्रतिव्यक्ति १५ किलो चामल, २ किलो आलु, १ लिटर तेल, १ किलो दाल र एउटा साबुन वितरण गरिएको मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ले जानकारी दिए ।
“लकडाउनका कारण खोटाङ घर जान नपाएका विद्यार्थी र डेरामा बस्ने मजदुरलाई थोरै भए पनि सहयोग पुगोस् भनेर राहत वितरण गरेका हौं,” अध्यक्ष मार्सेलीले भने ।

मञ्चका सल्लाहकार महेश रेग्मी, गोपाल खटवाल, विमला घिमिरे, अध्यक्ष मार्सेली, सचिव घनश्याम पोखरेललगायतले राहत वितरण गरेका थिए । मञ्चमा आबद्ध सदस्य र सल्लाहकारहरुको सहयोगमा ५० जनालाई राहत वितरण गरिएको मञ्चका सचिवसमेत रहेका राहत वितरण समितिका संयोजक पोखरेलले बताउनुभयो ।

खोटाङबाट विराटनगरमा आएर स्थायी रुपमा बसोबास गर्नेहरुले समाजसेवा गर्ने उद्देश्यका साथ मञ्च स्थापना गरेका हुन् ।


गाईघाट जेष्ठ १७ गते । रातो तारा डट कम,स्थानिय एक युवा ले आफनो बैवाहिक वर्षगाठ मनाउने रकम त्रियुगा नगरपालिकालाई उपलब्ध गराएकाछन । त्रियुगा नगरपालिका ५ देउरीका युवा ब्याबसायिले शनिबार त्रियुगा नगरपालिका का मेयर बलदेब चौधरी लाई ५० हजार र वडा न ५ का विपन्न परिवार र श्रमीक हरुको लागी १५ हजार मुल्य वरावर को खाध्यान्न उपलब्ध गराएका हुन । जन्मोत्सब र वैवाहिक वर्षगाठ मा हुने फजुल खर्चले कोरोना भाईरसको महामारी को संकट खेप्दै आएको लागी राहात पुगोस भन्ने उदेश्य ले सहयोग गरेको खड्का ले बताए ।


श्याम राई-जलजले (उदयपुर) जेष्ठ १७ गते । रातो तारा डट कम,मुलुककै सवैभन्दा ठुलो औधोगीक प्रतिष्ठान उदयपुर सिमेन्ट उधोगले ६८ दिन पछि शुक्रबार उत्पादन सुरु गरेको
छ । कोरोना नियन्त्रण को लागी सरकारले लकडाउन जारी गरे संगै बन्द रहेको सिमेन्ट उधोग ले उत्पादन सुचारु गरेको हो ।

(हिजो देखी सामाजिक दुरी कयम गर्दै क्लीङकर उत्पादन सुरु गरेका छौ) । उधोगका प्रशासन प्रमुख राम वहादुर जिसी ले भने। बातावरणमा केही सहज भएपछी सामाजीक दुरी कायम गरेर उधोग सुचारु गरेको उनले बताए । सिमेन्ट विकी्र हुने पिक सिजनमा कोरोना महामारी को कारण उधोग लामो समय देखी बन्द थियो । 

उक्त सिजनमा सिमेन्ट उत्पादन र बिकी्र पुर्णरुपमा बन्द भएको हो । अब सिमेन्ट उत्पादन संगै आपुर्ती ब्यवस्था सहज तुल्याउदै लगीने उनले बताए । दैनिक ८ सय मेट्रिक टन उत्पादन क्षमता रहेको उधोग ले अहिले सम्म क्षमता अनुरुप उत्पादन गर्न सकेको छैन । नीजी क्षेत्र को सिमेन्ट उधोग संग प्रतिस्पर्धा गर्न नसक्दा उदयपुर सिमेन्ट उधोगले वर्षेनी ठुलो घाटा ब्यहोर्दै आएको छ । 

उधोगले लकडाउनकै बेला उत्पादित गैडा छाप सिमेन्ट को मुल्य समेत बढाएको छ । प्रतिबोरा २६ रुपैया मुल्य बढाएको हो । लकडाउनको बेला उधोग बन्द हुनु र सिमेन्ट बढी खपत हुने वेला हचुवाको भरमा मुल्य बढाएको प्रति उधोगका कर्मचारी हरु बाट तिब्र विरोध भएको छ । अरु सिमेन्ट संगै तिब्र प्रतिस्पर्धा भैरहेको अबस्थामा एकाएक मुल्य बढाउनाले गैडा छाप सिमेन्टको वजार प्रभाबित हुन सक्ने उधोगमा कार्यरत एक कर्मचारी ले नाम उल्लेख नगर्ने सर्तमा भने । अब सिमेन्टको बजार पुरै खतम हुने ति कर्मचारी ले भने । सिमेन्ट बिकी्र हुने पिक सिजनमा उत्पादन पुर्ण रुपमा बन्द हुने र सिमेन्ट खपत कम हुने समयमा भने उधोग ले पर्याप्त सिमेन्ट उत्पादन गर्दै आईरहेको छ । 

पिक सिजनमा अहिले सम्म उधोग ले सिमेन्ट विकी्र  सोचे अनुरुप गर्न सकेको छैन । ति कर्मचारी ले भने। उधोगका प्रशासन प्रमुख राम बहादुर जिसी ले अरु सिमेन्ट उधोग ले पनि मुल्य बढाएको ले गर्दा उदयपुर सिमेन्ट ले पनि  मुल्य बढाएको बताए ।

(अहिलेको जटिल परिस्थीतीमा कच्चा पदार्थ को मुल्य वृद्धि संगै ढुवानी भाडा दोब्बर बढेकोले गर्दा उधोग ले सिमेन्ट को मुल्य बढाएको हो।) उनले भने। लकडाउन को झन्डै २ महिना उधोग बन्द हुदा करिब ३० करोड नोक्सानी भएकाृे उनले बताए । उधोग बन्द हुदा कर्मचारी ले बैशाष महिना को तलब भत्ता पाउन सकेको छैनन् । त्यसैगरी चैत र वैशाष  महिना को बिधुत महसुल समेत उधोग ले बिधुत पा्रधिकरण लाई बुझाएको छैन ।     


कोरोना-अपडेट,मोहन कुमार राई- जेष्ठ १७ गते । 
रातो तारा डट कम,पछिल्लो समय कोरोना संक्रमितको संख्या नेपालमा तिव्ररुपमा बढीरहेको बेला संखुवासभा पनि २ पुरुषमा संक्रमित फेलापरेको छ । 

 विश्वभर फैलिरहेको कोभिड १९ बाट संक्रमित भएका पहिलो पटक संखुवासभा स्थित खाँदवारी नगरपालिकाको तुम्लिङटार क्वारेन्टाइनमा राखिएका २ जना युवाको कोरोना पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ । 

जेष्ठ १३ गते भारतबाट आएका दुई युवाहरु पाँचखपन नगरपालिका वडा नं.१ का २२ वर्षे पुरुष र खाँदवारी नगरपालिका वाडा नंं ७ का २३ वर्षे पुरुषमा कोरोना देखिएको हो । उनीहरुको आरडिटी परीक्षणमा पोजेटिभ देखिएपछि पिसिआर परीक्षण्का लागि कोशी अस्पताल विराटनगरमा  स्वाब पठाइएकोमा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रवक्ता रोशन श्रेष्ठले जानकारी दिनुभयो ।

संक्रमित दुवै जनालाई एम्बुलेन्स मार्फत  आइसोलेसनमा राख्न लाने तयारी भइरहेको समेत प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । 

सँगै आएका मध्ये दूई जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । आइसोलेसनमा राख्न कहा लाने भन्ने छलफल भइरहेको प्रवक्ता श्रेष्ठले वताउनुभयो । 


ईलाम,जेष्ठ-१७ गते । रातो तारा डट कम,ईलाम नगरपालिका-१ साकेजुङका ३२ बर्षीय योगेस मगरको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ । 

आज दिउँसो पौने २ बजे ईलाम साखेजुङ भित्री सडकखण्डमा मे १ त ४१०३ नम्बरको ट्याक्टर ढुंगा लिन जाने क्रममा बाटोदेखी अन्दाजी ३० फिट तल खस्दा ट्याक्टर चालक मगर गम्भिर घाईते भएकोमा उनलाई उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । 

सोही ट्याक्टरमा रहेका निमा शेर्पा र आकास राई घाईते भएकोमा उनिहरुको जिल्ला अस्पताल ईलाममा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।


विराटनगर, १७ जेठ । रातो तारा डट कम,प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारका लागि साढे ४ सय वेडको आईसोलेसन उपचार केन्द्र निर्माणको घोषणा गरेको छ । 

४ सय ५० वेड मध्ये १ सय ५० वेडको आईसोलेसनमा आयुर्वेदिक पद्धतिबाट उपचार गर्ने गरि तयारी शुरु भएको छ । सुनसरीको बराहक्षेत्रमा प्रदेश सरकारले निर्माण गर्ने १ सय ५० वेडको आईसोलेसन उपचार केन्द्रमा आयुर्वेदिक पद्धतिबाट उपचार गर्नेगरि सामाजिक विकास मन्त्री जीवन घिमिरेले आज बराहक्षेत्रमा छलफल गर्नुभएको छ । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेल, वराह क्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल, तीनवटै सुरक्षा निकायका प्रमुख र कृष्णदास आश्रम व्यवस्थापन समितिका पदाधिकारी लगायतसँग छलफल गर्दै मन्त्री घिमिरेले बराहक्षेत्रमा आयुर्वेदिक पद्धतिबाट उपचार गरिने निश्कर्ष निकालिएको बताउनुभयो । 

वराहक्षेत्रमा गरिने उपचारका लागि सामाजिक विकास मन्त्रालयबाट विज्ञ सहितको आयुर्वेदको टिम खटिने उहाँले बताउनुभयो । बराहक्षेत्रमा भोलिदेखि आईसोलेसन उपचार केन्द्र निर्माणको काम शुरु हुने मन्त्री घिमिरेले बताउनुभयो । प्रदेश सरकारले पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ, झापाको दमक, सुनसरीको वराहक्षेत्र र नेपाली सेनाको पुर्वी पृतना इटहरीमा गरि ४ सय ५० वेडको आईसोलेसन उपचार केन्द्र निर्माणको घोषणा गरेको छ । 

कोरोनाको लक्षण देखिएकालाई कोभिड अस्पताल र कोरोना रिपोर्ट पोजेटिभ आएका तर सामान्य प्रकृतिकालाई आईसोलेसन केन्द्रमा राखेर उपचार गर्ने प्रदेश सरकारको तयारी छ ।



सुनसरी,जेष्ठ-१७ गते । रातो तारा डट कम,सुनसरी बारहक्षेत्र-३ बाङगे बस्ने ३७ बर्षीय कमल राईको हत्या आरोपमा २ जना पक्राउ परेका छन ।

हिजो बिहान ०६ बजे सुनसरी बराहक्षेत्र-३ ईक्राही जमुनाकित्ता स्थित प्लटिङ जग्गामा कमल राई मृत अवस्थामा फेला परेका थिए । 

शरिर तथा टाँउकोमा चोट सहित संकास्पद अवस्थामा मृत फेला परेका कमलको घटना सम्बन्धमा अनुसन्धान गर्दा उनको हत्या भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । हत्या भएको पुष्ठी भए संगै अनुसन्धान थालेको प्रहरीले राईको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र ईक्राहीका २२ बर्षीय गणेश लिम्बु र सोही स्थानका १९ बर्षीय  प्रदीप राजधामी रहेका छन । 

पक्राउ परेका यी दुबै जनाले पुर्व रिसिबीको कारण योजनाबद्ध रुपमा कमललाइ प्लटिङ जग्गामा लगी लाठ्ठीले टाँउको तथा शरिरका संवेदनशिल अंगमा कुटपिट गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

घटना सम्बन्धमा कानुनी कारबाही तथा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।


बिराटनगर जेठ १७ गते । रातो तारा डट कम,आर्थिक बचत तथा  ऋण सहकारी संस्था बिराटनगर १२ ले आज आठौं साधारण सभा सम्पन्न गरेको छ। उक्त सहकारीको पूजिं १४ लाख रहेको र बचत १ करो ४१ लाख रहेको छ भने कर्जा मा १ करोड ३३ लाख रहेको छ।
सदस्य ८५१ जना रहेका छन भने कार्यक्रम अध्यक्षता सहकारी का अध्यक्ष गोकुल बहादुर केसीको अध्यक्षता गर्नु भएको थयो।


कोरोना भाइरसको कारण विश्वभरीनै व्यापार, व्यवसाय जस्तै मनोरञ्जन क्षेत्र प्रभावित भएको छ । नेपालमा पनि कोरोनको संक्रमणबाट बच्न भन्दै सरकारले लगाएको  लकडाउनका कारण  सिनेमा हल, फिल्मको प्रदर्शन तथा सांगीतिक कार्यकमहरु स्थगित हुँदा कलाकारहरु सामाजिक सञ्जाल मार्फत दर्शकहरुलाई मनोरञ्जन दिइरहेका छन भने कतिपय कलाकारहरुले सचेतना बढाउने गीत र शर्ट मुभी  सार्वजनिक गरेर मनोरन्जन प्रदान गरिरहेका छन।  


यस्तैमा चर्चित गायक दीपक बज्राचार्यले भने कोरोना संक्रमणबाट बच्‍न सचेतनामूलक गीत लिएर आएका छन। युनिसेफ दक्षिण एसियाको सहकार्यमा गायक दीपक बज्राचार्यले सचेतना फैलाउने कोरोना गीतलाइ शुक्रबार युट्युबमार्फत सार्वजनिक गरेका हुन।रिकी शाक्यको शब्द र दीपककै संगीत रहेको गीतमा दीपकलाई स्वरमा छोरी चेरिसा बज्राचार्यले साथ दिएकी छिन ।कोरोना भाइरसको उक्त गीत जनचेतनाको लागि होस भने अंग्रेजीमा समेत ‘सब-टाइटल’ राखिएको छ।

नेपाली समसामयिक पप गायनमा बेग्लै सोच र फरक शैलीवाट गीत गाउँदै विगत दुई दशकदेखि तहल्का मच्चाउंदै र नेपाली बाजाहरुको तालमा विश्वलाई नै नेपाली संगीतको तालमा नचाउने भिजन तथा मिसनमा लागेका गायक बज्राचार्यले यो गीतको म्युजिक भिडियोमा पनि नेवारी धिमे बाजा, नेवारी कल्चरल डान्स लाखे समेत देखाइएको छ। यस्तै लिड गिटारमा रोजन शाक्‍य, झाक्री डान्सरमा लिजेन्द्र महर्जन, लाखे डान्सरमा राजीव बज्राचार्य, धिमेमा नरेश प्रजापति, बासुरीमा सुमन महर्जन, कीबोर्डमा सचेन बज्राचार्य र हाइ पर्सुसनमा मनिक महर्जनले साथ दिएका छन।

 कोरोना भाइरसका कारण  चैत्रको पहिलो हप्ता अस्ट्रेलिया र न्युजिल्यान्डमा सांगीतिक कार्यक्रम बीचमै कार्यक्रम छाडेर नेपाल फर्किएका दीपक र उनको ब्याण्ड रिदमले यता आएर पनि घर १४ दिन क्‍वारेन्टाइनमा बसेर बिताएका थिए । लामो लकडाउनको बसाइमा गायक गायक बज्राचार्य र छोरी चेरिसाले  म्युजिक मेडिसिन अभियान अन्तर्गत फेसबुक लाइभमार्फत दर्शकहरुलाई मनोरञ्जन दिइरहेका छन् ।

  

काठमाण्डौ जेठ १७ गते । रातो तारा डट कम,प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले भारतीय सीमा क्षेत्रको दशगजा क्षेत्र खाली गर्न सरकारलाई निर्देशन दिएको छ । सीमा क्षेत्रमा भारत सरकारले निर्माण गरेका सडक र तटबन्धबारे छलफल गर्न बसेको समितिको बैठकले त्यस क्षेत्रमा रहेका भौतिक संरचना र मानववस्ती हटाउन सरकारलाई निर्देशन दिएको हो । 

समितिले ठूला नदीमा भारत सरकारले सीमा स्तम्भ बनाउने सहमति कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षंण गराएको छ । सशस्त्र प्रहरीलाई सीमा रक्षाको मात्रै जिम्मेवारी दिन सरकारलाई निर्देशन दिएको समितिका सभापति शशी श्रेष्ठले सीआईएनसँग बताउनुभयो ।  सरकारले भने भारतसँग सीमा विवादबारे छलफलका लागि समय निर्धारण नभएपनि जमिन फिर्ता ल्याउन कुटनीतिक पहल भइरहेको बताएको छ ।

 परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा  कालापानी, लिपुलेक र लिम्पियाधुराबारे नेपालले आफ्नो अडान तथ्य र सन्धिका आधारमा राखेको भन्दै भारतसँग यसबारेमा निरन्तर सम्पर्कमा रहेको बताउनुभयो । सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउन दृढताका साथ काम गरिराखेको र त्यसमा शंका नगर्न सांसदलाई मन्त्री ज्ञवालीको आग्रह थियो । 

सांसदले भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउने र सीमाबारे स्पष्ट व्यवस्था गर्ने अहिले उत्तम अवसर आएको भन्दै सरकारलाई तदारुकता देखाउन आग्रह गरेका थिए । राष्ट्रियताको बारेमा सर्वसम्मति जुटाउन पनि सरकार लाग्नुपर्ने सांसदको भनाइ थियो । 



काठमाण्डौ जेठ १७ गते । रातो तारा डट कम,कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, म्याग्दीका १, बाँकेका १०, नवलपरासी बर्दघाट सुस्ता पूर्वका २, कपिलवस्तुका ५१, रौटहटका ५६ जना रहेका छन् ।

 त्यस्तै सर्लाहीका ५, रुपन्देहीका १ र दाङका २ जना रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । सरकारले पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि उनीहरुको सम्पर्कमा रहेकाहरुको खोजी गर्ने कार्यमा सबैलाई सहयोग गर्न आग्रह समेत गरेको छ ।  संक्रमितमध्ये हालसम्म २ सय ६ जना निको भएर घर फर्किइसकेका छन् । 

पछिल्लो २४ घण्टामा १९ जना निको भएर डिस्चार्ज भएका हुन् । हालसम्म आइसोलेसनमा देशभरी १ हजार जना रहेका छन् । त्यस्तै क्वारेन्टाईनमा रहनेहरुको सङ्ख्या पनि एक लाख नजिक पुगेको छ ।  हालसम्म कारोना संक्रमण भएर मृत्यु हुनेको सङ्ख्या ६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

भारतबाट फर्किँदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवकमा पनि संक्रमण भएको पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६ पुगेको हो । यही जेठ १० गते भारतबाट फर्किने क्रममा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९ का एक युवकको बाटोमै  मृत्यु भएको थियो । जाँचका क्रममा हिजो नै कोरोना भएको पुष्टि भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आज मात्रै औपचारिक रुपमा कोरोनाले मृत्यु भएको घोषणा गरेको छ ।


शिव भट्टराई, मोरङ। रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित गोठगाउँमा रहेको पुर्वान्चल विश्व बिद्यालयलाई कोभिड अस्पताल संचालन गर्नका लागि प्रदेश १ का बिज्ञहरुको टोलिले शुक्रबार अनुगमन गरेका छन्। अनुगमनमा प्रदेश १ समाजिक बिकास मन्त्रालय तथा स्थानिय निकायका प्रतिनिधि, चिकित्सक, पुर्वान्चल बिश्वविधालयका मेडिकल डीन, निर्देशक, सिनेट सदस्य तथा नेपाली सेना टोलिको उपस्थिति रहेको थियो।

मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित  गोठगाउँमा रहेको पुर्वान्चल विश्व बिधालयमा  कोभिड अस्पताल संचालन  गर्नका लागि चर्चा चले संगै प्रदेश १ का  बिज्ञहरुको टोलिले  अनुगमन गरेका छन् । 

तत्कालिन गिरिजा प्रसाद कोइरला प्रधानमन्त्री भएको बखत ८०५ बिघा जग्गा क्षेत्रफलमा फैलिएको पुर्वान्चल बिश्वबिधालयलाई हस्तान्तरण गरि केन्द्रिय कार्यलय देखि लिएर मेडिकल कलेज संचालन गर्ने उद्धेश्यले पुर्वाञ्चल विश्वबिधालय स्थापना भएको थियो। निर्माण कार्य २०५५ सालदेखी नै सुरु भइ ४० करोडको लगानीमा निकै ठुला भवन तथा भौतिक संरचना निर्माण भएका छन् ।
पुर्वान्चाल बिश्वबिधालय २०६५ सालदेखी देशमा भएको विभिन्न राजनितीक उथलपुथलका कारण संचालनमा आउन सकेको थिएन । मेडिकल कलेजको उद्धेश्य राखेर  अस्पतालको सुरुवात गरियो। तर आज सम्म त्यो अस्पताल जस्ताको त्यस्तै छ्न भने केही प्राबिधिक कर्मचारी सहित संचालन गरिरहेका छन्। २०७० सालदेखि नर्सिङ कार्यक्रम सुरु भएपनी यसले पाउन सकेको मेडिकल कलेजको पुर्णता भने पाउन सकेको छैन।


अहिले  पुर्वान्चल बिश्वविद्यालयमा प्रदेश १ स्तरिय  क्वारेन्टाइन निर्माण गर्ने उद्धेश्यले प्रदेश सरकारको पहलमा  सेनाले क्वारेन्टाइन  संचालन गरिरहेको छ।  
ठूला ठूला भौतिक संरचना निर्माण भए सगै क्वारेन्टाइन देखि लिएर जस्तो सुकै अवस्थामा बिरामीको चाप थेग्न सक्ने  क्षमता भएपनी कार्यन्वयनमा आउँन  नसकेको र यसलाई कोभिड  अस्पताल साथै मेडिकल कलेज संचालन गर्नका  लागि अस्पताल निर्देशक डा. बिपेश आचार्यले बिज्ञ टोलीलाई सुझाब दिएका छन्। उहाँले कोभिड अस्पताल संचालन गर्दा साधान स्रोतका लागि प्रदेश सरकारलाई ध्यान केन्द्रित गराउनु भयो। 

कोभिड अस्पताल संचालनका  लागि सकारात्मक रुप लिएका  स्कुल अफ हेल्थ साइन्सका क्यामपसकि  प्रमुख कबिता अधिकारीले प्रदेश सरकारले पहल गर्नु पर्ने देखिन्छ भने अस्पताल टिम कत्तिबद्धरुपमा लाग्ने उहाँको भनाई छ।  

कोभिड अस्पताल निर्माण कार्यको लागि  कोशी अस्पताल फिजिसियन तथा अनुगमन  टोलिका बिज्ञ डा.  डेन  प्रसाद आचार्यले  यो क्षेत्र उपयुक्त रहेको  सुझाब समेत दिनु भएको छ भने यस  बिषयमा समाजिक बिकास  मन्त्री जीवन घिमिरे संग  शिघ्र  पहल गर्ने बताउनुभयो।  

नेपाली सेनाको तर्फबाट २ न. बाहिनीपति साहयक रथी यम प्रसाद ढकालले यहाँ क्वारेन्टाइनमा रहेका बिरामीहरुलाई  बिराटनगर र धरान लानु भन्दा  पुर्वान्चल बिश्वबिधालयमा कोभिड अस्पताल सञ्चालन गर्नका लागी सुझाब दिएका छन्।

बिज्ञहरुको अनुगमन टिमले शुक्रबार बैठक बसेर कोभिड अस्पातल निर्माणका लागि उपयुक्त रहेको र प्रदेश सरकार संग छिटै पहल गर्ने र चाडै संचालनमा ल्याउने निष्कर्षमा पुगेको पुर्वान्चल बिश्वबिद्यालयका मेडिकल डिन शैलेश मणि पोख्रेलले जानकारी दिनुभयो।  

बिज्ञहरुको अनुगमन टोलि संगै सुन्दहरैंचामा कलम चलाएका कोभिड -१९ जोखिम  पत्रकारिता टिम सहित, नेपालि सेना स्थानिय तह  तथा सामाजिक बिकास मन्त्रालय प्रदेश १ ले अनुगमन गरेको थियो।  
कोरोनाको उच्च जोखिम बढे संगै  जसरि प्रदेश १ स्तरिय क्वारेन्टाइन संचालन भएको छ त्यसै गरी यहाँका संक्रमित बिरामीलाई बाहिर रेफर नगरी कोभिड अस्पताल संचालन गरि सबै किसिमको स्रोत साधन व्यवस्थापन गरी  छिट्टै नै संचालन गर्न आवश्यक देखिन्छ।


काठमाण्डौ जेठ १७ गते । रातो तारा डट कम,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले सरकारले पर्यटन क्षेत्रको पुनर्उत्थानका लागि राहत र सहुलियतका प्याकेज ल्याएको बताउनुुभएको छ । १३औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले सरकारले बजेटमार्फत देशको अर्थतन्त्रको आकार, बाध्यता र क्षतिको अवस्थाअनुरुप राहत र सहुलियतका प्याकेजहरु ल्याएको बताउनुभयो । उहाँले नेपालको सगरमाथा नेपाली पर्यटनको पुनरुत्थानको प्रेरणाको स्रोत रहेकोले सगरमाथाको सरसफाई र सुन्दरता कायम गराउन सबै पक्षले ध्यान दिनुपर्ने बताउनुभयो । सगरमाथाकै कारण नेपाल आगामी दिनमा विश्वको एक मात्रै आकर्षक गन्तब्यका रुपमा रहने विश्वास समेत उहाँले गरे ।  सन् १९५३ मे २९ मा साहसी आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलोपटक सफल आरोहण गरेको दिन पारेर सन २००८ यता अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने गरिएको छ ।


शिव भट्टराई,मोरङ। रातो तारा डट कम,नेपालमा पहिलो पल्ट नेपाली फिल्म फेक फ्रेण्डको गीतमा टिकटक प्रतियोगिता फिल्म लेखक,निर्माता,निर्देशक भिम लामाले शुरु गरे,नेपालको फिल्मी क्षेत्रमै यो अहिलेसम्मकै नौलो प्रयोग हो ,बैशाख २३ गतेदेखि लामाले आफ्नो छैटौं चलचित्र फेक फ्रेण्डको लभ सङ 'यो मुटु भित्र तिमिलाई सजाई राखौला 'भन्ने गीत लाई टिकटकमा भाइरल बनाइसक्नु भएको छ । 

उहाँले केही दिन अगाडि यहि गीतमा टिकटक प्रतियोगिता राख्नु भएको थियो त्यस प्रतियोगितामा कम्तीमा एकहजार जना प्रतिस्पर्धीहरुको सहभागीता रहेको थियो। त्यस मध्येबाट ५० जना प्रतिस्पर्धीहरू टप ५० मा छनोट भएका छन्।
टप ५० मा छनोट भएका प्रतियोगीहरुलाई प्रोडुसर भिम लामाले नेपाली कथानक चलचित्र फेक फ्रेण्ड कै अर्को गीतमा टिकटक बनाएर प्रतियोगिताको नियम अनुसार पेजलाई अनिवार्य लाइक, कमेन्ट र सेयर गरी टप ५० मा परेका प्रतिस्पर्धीहरुलाई छिटो भन्दा छिटो ३ दिन भित्र यस गीतमा टिकटक बनाई  भिडियोहरु, deeplove kulung को पेजमा र भीम लामाको सिधै मेसेन्जरमा पनि यहाँहरुले पठाउन सक्नु हुनेछ।प्रतियोगीहरुको छनौट उहाँहरुको भिडियोले पाएको धेरै लाइक,कमेन्ट र भ्युवर्सको आधारमा गरिनेछ। 

टप ५० बाट फेरि टप २० जना छान्ने , टप २० बाट फेरि टप १० छान्ने अनि टप १० बाट एकजना उत्कृष्ट टप १ छानिनेछ , टप १ हुने बिजयी प्रतियोगिले नगद रु,११,१११/- र प्रमाणपत्र सहित भिम लामा ले बनाउनु हुने कुनै एक नयाँ चलचित्रमा खेल्न पाउने अवसर पनि दिनुहुनेछ।

प्रोड्युसर भीम लामाले दर्शकको भावनालाई कदर गर्दै यो प्रतियोगिता अहिले सम्मकै सबैभन्दा स्वच्छ र इमान्दारी हुने भोलि बिवाद नहोस भनेर नै हामिले सबै प्रतिस्पर्धीहरुको मुल्यांकन गर्ने,छान्ने जिम्मा लाइक,कमेन्ट र सेयर गर्नुहुने दर्शकहरुलाई दिएको बताएका छन् ।

साच्चै भन्नू पर्दा लेखक, निर्माता साथै निर्देशक भिम लामाको यो आइडियालाई मान्नै पर्छ।एउटा तिर ले दुइटा सिकार गर्दै, यसरी टिकटकमा अभिनय गर्ने लाई नगद रुपैया र कलाकार बन्ने अवसर दिँदै लकडउन खुलेपछि रिलिज गर्ने आफ्नो नयाँ चलचित्र फेक फ्रेण्डको प्रमोसन पनि मज्जाले गर्नु हुनेछ।

 लामाले लकडाउनको भरपुर सदुपयोग गर्नु र गराउनु भएको छ भने कलाकार बन्न चाहने र पुरस्कार जित्न चाहने टिकटक प्रेमिहरुलाई, टिकटक को वालमा भाइरल भैरहेको यो गीतको गीतकार दिप्लभ कुलुङ हुन् भने दिप्सन आङ्बो लिम्बुको संगीतमा चर्चित गायिका दिपा लामा र गायक दिप्सन आङ्बो लिम्बुको स्वर रहेको छ ।यस फेक फ्रेण्ड फिल्मको निर्देशक भिम लामा आफै हुन् र यदि यो टिकटक प्रतियोगिता सम्बन्धि बुझ्न चाहनु हुन्छ भने 9852063534 र 9813631012 मा सिधा सम्पर्क गर्नु होला।


काठमाण्डौ जेठ १६ गते । रातो तारा डट कम,नेपालमा कोरोना भाइरस कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । भारतबाट फर्किएका अर्घाखाँचीका युवकमा पनि संक्रमण भएको पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो । गत जेठ १० गते भारतबाट फर्किने क्रममा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ का को मृत्यु भएको थियो । भैरहवाको प्रयोगशालमा स्वाब परीक्षण गर्दा हिजो मात्रै उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । हिजो नै कोरोना भएको पुष्टि भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आज मात्रै औपचारिक रुपमा कोरोनाले मृत्यु भएको घोषणा गरेको छ । यसअघि सिन्धुपाल्चोकमा एक र बाँकेमा एक, गुल्मीमा एक, ललितपुरमा एक र बारामा एक जनाको मृत्युको कारण कोरोना भएको मन्त्रालयले पुष्टि गरिसकेको छ । 


काठमाण्डौ जेठ १६ गते । रातो तारा डट कम,सरकारले भारत बाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले प्राथमिकता तोकेर विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको बैठकले विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने सम्बन्धी कार्ययोजना पारित गरेको छ । बैठकमा कुन कुन चरणमा कस्तो अवस्थाका नागरिकलाई फर्काउने भन्ने विस्तृत कार्ययोजना प्रस्तुत भएको थियो । विभिन्न देशमा रहेका नागरिकहरु जो स्वदेश फर्किन चाहन्छन् उनीहरुको विवरण परराष्ट्र मन्त्रालयले बढीमा १० दिनभित्र संकलन गरेर सूची तयार पार्ने भनिएको छ । सोही सूची अनुसार क्रमशः उनीहरुलाई स्वदेश फर्काउने कार्ययोजना छ । मन्त्रिपिरिषद बैठकले यस अघिनै भारत लगायत तेस्रो मुलुकमा लकडाउनका कारण अलपत्र परेका नागरिक फिर्ता ल्याउने नीतिगत निर्णय गरिसकेको छ । अब सोही कार्ययोजना अनुसार सम्बन्धित गन्तव्य मुलुक र राजदूतावाससँग समन्वय गरी तत्कालै गम्भीर समस्यामा रहेका २५ हजार नागरिकलाइ पहिलो चरणमा स्वदेश फर्काइने तयारी भएको छ ।



विराटनगर जेठ १६ गते । रातो तारा डट कम विराटनगर–३ मा रहेको पोखरीया माध्यामिक विद्यालयले लकडाउनको अवज्ञा गर्दै विद्यार्थी भर्ना परिक्षा लिएको छ ।

विद्याथीहरुको समूह भेला गरी पोखरीया स्कूलले प्रवेश परीक्षा लिएको हो । सरकारले जारी गरेको लकडाउनका बाबजुत पनि विराटनगरको सामुदायिक विद्यालय पोखरीया स्कूललले प्रवेश परीक्षा लिएको भन्दै प्याबसन मोरङले ध्यानाकर्षण जनाएको छ ।

पोखरिया मावीले विगत केहीदिन यता दैनिकी रुपमा नयाँ भर्नाको लागी प्रवेश परीक्षा लिएको भन्दै प्यावसन मोरङले आज एक प्रेस विज्ञप्ती जारी गरेर ध्यानाकर्षण गराएको हो ।

सरकारले कोरोना भाईरस कोभिड १९ को रोकथाम तथा जोखिमबाट बच्न भन्दै विगत २ महिनादेखि लकडाउन गरेको छ । यस्तो अवस्थामा कुनै पनि विद्यालयहरुलाई भर्ना तथा प्रवेश परीक्षा जस्ता कुनै पनि गतिविधी नर्गन र नगराउन सरकारले आदेश दिएको छ ।

लकडाउनको समयमा अति आवश्यक सामग्रीहरु खाद्यान्न, औषधि पसलहरु मात्र सामाजिक दुरी कायम गरी खोल्न सकिने अवस्था रहेकोमा यस्तो जोखिमपूर्ण गतिविधि प्रति प्रशासनको ध्यानाकर्षण एको प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतले बताए । यस्ता गतिविधिहरु माथि तुरुन्त रोक लगाउन सरकारसँग जोडदार माग गरेको अध्यक्ष बस्नेतले बताए ।

अन्तराष्ट्रिय प्रचलनलाई समेत ख्याल गर्दै बाल मस्तिष्कलाई चलायमान गराइरहन भर्चुअल कक्षामार्फत केही शैक्षिक गतिविधिहरु सञ्चालन गर्ने तथा अनलाईन मार्फत भर्ना गर्ने सम्बन्धमा प्याब्सनले पटक पटक सरकारको ध्यानाकर्षण गराउदै  आएको प्याब्सन मोरङका सचिव प्रेमलाल सिंह सुवालले बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन अनुसार निजी विद्यालयहरुले भर्ना प्रकृयाका सम्बन्धमा कुनै गतिविधि नगरी नगराई राज्यको नीतिलाई पूर्ण पालना गर्दै मानवीय स्वास्थ्यमा गम्भिर संवेदनशीलता देखाइरहेको सचिव सुवालले जानकारी गराए ।

पोखरयिा स्कूलले यस्तो बिषम परिस्थितिमा पनि  मानवीय स्वास्थ्यमा प्रतिकुल हुने गरी निरन्तर रुपमा गतिविधिहरु बढाईरहेको, भर्ना प्रकृयाका लागि समुह भेला गरी प्रवेश परीक्षा लिईरहेको , शुल्क असुल गरिरहेको पाइएको छ ।

यदि यस्ता खाले गतिविधि सार्वजनिकरुपमा नरोके नरोकिएमा प्याब्सन मोरङले पनि संस्थागत निर्णय गरी जेष्ठ १७ गतेदेखि  भर्ना अभियान सञ्चालन गर्ने र अनलाईन कक्षाहरुलाई व्यवस्थितरुपमा निरन्तरता दिने व्यहोरा आज प्रकाशित प्रेस विज्ञप्तिमा जनाएको छ ।

स्कूल प्राचार्य खेम भट्टराईर्चै प्रवेश परीक्षा नलिएको भर्ना फारम मात्र भराएको बताइरन्दा प्याब्सन विराटनगरका अध्यक्ष ४ वटा कक्षा कोठामा वलोकन गर्दा विद्यार्थीहरुले धमाधम प्रवेश परीक्षा दिइरहेका पाएपछि राई आफैले फोटो खिचेको बताए ।



 कामाण्डौ जेठ १६ गते । रातो तारा डट कम लोकप्रिय गायिका अन्जु पन्त र सुमधुर स्वरका धनि गायक राजन कार्कीको आवाजमा नयाँ गित उडुँ उडुँ लाग्यो मलाई को एनिमेसन म्युजिक भिडियो सार्बजनिक भएको छ ।

वरिष्ठ गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्द रहेको उडुँ उडुँ लाग्यो मलाईू मा पुरुश्वोतम सुबेदीको संगीत रहेको छ भने बिष्णु बिरही श्रेष्ठले भिडियो निर्माण गरेका छन् ।

चर्चाको शिखरमा रहेकी मिठो आवाजकी धनि गायिका अन्जु पन्त र राजन कार्कीको स्वरमा सजिएको डान्सिङ  गित फरक खालको म्युजिक भिडियो कारणले अझ रोमाण्टिक बनेको छ ।


काठमाडौ, जेठ १६ गते । रातो तारा डट कम,सञ्चारकर्मसँगै गायनमा ब्यस्त रहेकी गायिका सरिता भारतीको नयाँ गीत देशै रोयो कोरोनाको भिडियो बजारमा आएको छ । यो गीतमा चेतन गोतामे र गायिका सरिता भारतीलेसहकार्य गरेका छन् । गायक गोतामे गतवर्ष सम्पन्न गायन सम्बन्धि रियालिटी सो नेपाल लोकस्टारका रनरअप हुन् भने गायिका सरिता ब्युटी न्युज नेपालकी समाचार सँयोजक हुन् ।

यो गीत निकै कर्णप्रिय बनेको छ । गायिका सरिता, गायक चेतनसँगै यो गीतमा महेश बिक्रम पाण्डे र पुजा गुरुङको पनि स्वर रहेको छ । गीतलाई सागर प्रधानले लेखेका हुन् । यो गीतमा संगीत पनि सागर प्रधानकै छ । संगीत कर्णप्रिय छ ।
युट्युवबाट यो गीतको भिडियो रिलिज गरिएको हो । यो गीतको भिडियोमा गायक चेतन र गायिका सरिताले मुख्य अभिनय गरेका छन् । यी गायक गायिकासँगै अन्य २० जना भन्दाबढी कलाकारलाई यो गीतको भिडियोमा समेटिएको छ ।

लकडाउनकै बेला यो गीत रेकर्ड गरिएको पनि गायिक सरिताले बताएकी छिन् । उनका अनुसार यो गीतको भिडियो पनि दुई दिन तयार गरेर रिलिज गरिएको हो । बिक्रम चौहानले निर्देशन गरेको यो भिडियोलाई राजकुमारले सम्पादन गरेका हुन् ।

गीतबारे गायिका सरिताले भनिन्,‘यतीबेला सारा विश्व कोरोना भाईरस (कोभिड १९) को महमारीमा रहेको बेला गीतकार सागरले समसामयिक शब्द संगीत तयार पारेपछि यो गीत बजारमा ल्याइएको हो । अहिले मुलुकमा कोरोना र त्यसले निम्त्याएका समस्यासँगै नेपालको सिमा भारतले मिचेको पीडालाई यो सन्देशमुलक रुपमा यो गीतमा समेटिएको छ ।’

यसअघि आधुनिक, लोक, पप गीत बजारमा ल्याईसकेकी गायिका सरिता भारतीले राष्ट्रिय भावको गीत भने पहिलो पटक गाएको बताईन् । मुलुकमा लकडाउन हटेपछि अब शम्भुजीत बासकोटाको संगीत रहेका आफ्नो एकल गीत ए राजा झट्टै बजाईदेउ बाजा...’ को भिडियो रिलिज गर्ने सरिताले बताईन् । उनको यो गीत पनि रेकर्ड भईसकेको छ । 



कामाण्डौ जेठ १६ गते । रातो तारा डट कम,खेतीपातीको मुख्य समयको बेला धादिङका किसानहरुलाई रासायनिक मलको अभाव हुन थालेको छ । सरकारले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ मार्फत कृषि सहकारीहरुलाई मात्र रासायनिक मलको विक्री वितरणको अनुमति दिएको भएपनि आवश्यक मात्रमा सहकारीहरुलाई मल आपूर्ति गर्न नसक्दा किसानहरुलाई समस्या भएको हो ।

धादिङ जिल्लाका ५९ वटा सहकारीहरुलाई युरिया, डिएपि र पोटास गरी करिब २७ सय मेट्रिक टन रासायिनक मल वितरण गरिएको कृषि सामग्री कम्पनी शाखा कार्यालय गजुरीकी प्रमुख शर्मिला घिमिरेले बताउनुभयो । धादिङबेसीमा रहेको नीलकण्ठ सहकारीमार्फत धादिङको मध्ये क्षेत्रमा मल वितरण हुँदै आएपनि किसानहरुले सहजै मल पाउन सकेका छैनन् । 

करिब २५ सय बोरा मल आवश्यक परेकोमा कृषि सामग्री कम्पनीले न्यून मात्रामा मल पठाएकाले वितरणमा समस्या भएको सहकारीका अध्यक्ष बलराम श्रेष्ठले बताउनुभयो । कृषि सहकारी मार्फत मात्र वितरण गर्ने सरकारको निर्णय भएता पनि व्यवसायीहरुले मनपरी मूल्यमा रासायनिक मल विक्रि वितरण गरेको किसानहरुको गुनासो छ । 

कम्पनीले सहकारीलाई  युरिया मल प्रति बोरा ८ सय १७, डिएपि मल प्रति बोरा २२ सय ६७ र पोटास प्रति बोरा १६ सय ६६ मा विक्री गरेता पनि नीलकण्ठ सहकारीले युरिया मल प्रतिबोरा १ हजारमा बेचेको पाइएको छ । मल वितरण हुने भएपछि बिहानैदेखि किसानहरुको भीड लाग्ने गरेको तर मल नपाएको भन्दै किसानहरुले गुनासो गरेका छन् । 


कामाण्डौ जेठ १६ गते । रातो तारा डट कम,भक्तपुर अस्पताललाई सरकारले जिल्लाको कोभिड अस्पतालको रुपमा घोषणा गरेपनि पिसिआर ल्याब नहुँदा भक्तपुरमा  संकलन गरेको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउने गरिएको छ । 

भक्तपुरमा कोरोना परीक्षण गराउनेको संख्या बढेपछि भक्तपुर अस्पतालमा पिसिीआर ल्याब सञ्चालनमा ल्याउन जिल्लामा सञ्चालनमा रहेका अन्य अस्पतालहरुले माग गरेका छन् । भक्तपुरका अधिकांश अस्पतालको सेवा सुस्त भएको अहिलेको समयमा नियमित सेवा सञ्चालन गरेको भक्तपुर अस्पतालमा पिसिआर ल्याब सञ्चालनमा ल्याउन माग गरेका हुन् । 

पछिल्लो समयमा टेकुको ल्याबमा कोभिड–१९ को परीक्षण गर्नेको भीड र अन्य जिल्लाबाट आउने स्वाब बढेपछि परीक्षणका लागि पठाएको एक हप्तामा मात्रै रिपोर्ट आउँदा झन् जोखिम बढेको जिल्लाका अस्पतालहरुको भनाइ छ । अस्पतालमा जेठ १० गतेबाट आरडीटी किट सकिएपछि पिसिआर परीक्षणका लागि स्वाब संकलनको काम मात्रै हुँदै आएको छ । 

कोरोनाको बिरामीको मात्रै उपचार गर्नेगरी छुट्टै ब्लकको निर्माण भइसकेको, जनशक्ति तयारी अवस्थामा रहेको बताउदै अस्पताल सुपरिन्टेण्डेन्ट डा. सुमित्रा गौतमले अस्पतालमै पिसिआर सञ्चालनमा ल्याउन सके धेरैलाई सहज हुने र राष्ट्रिय प्रयोगशालामा पनि भीड कम हुने बताउनुभयो ।



कामाण्डौ जेठ १६ गते । रातो तारा डट कम,काभ्रेको खानीखोला गाउँपालिकामा अस्ति आएको हावाहुरीका कारण दुई सय भन्दा बढी घरको छाना उडाएर क्षति पुगाएको छ । पालिकाको वडा नम्बर १, ४, ५, ६ र ७ का स्थानीय सबैभन्दा धेरै प्रभावित भएका छन् । हावाहुरीले घर र गोठका छानाहरु उडाएको गाँउपालिकाका अध्यक्ष कृष्ण बहादुर खुलालले जानकारी दिनुभयो । भुकम्पपछि बनाईएका नयाँ घरहरुको छानो समेत उडाएको छ । हुरीले रुखहरु ढल्दा बाटो र विद्युत सेवा पनि अवरुद्ध भएको उहाँले बताउनुभयो । त्यस्तै हावाहुरीले सयौँ हेक्टर क्षेत्रफल जमिनमा लगाएको मकैबाली ७० प्रतिशत नष्ट भएको भन्दै अध्यक्ष खुलालले हुरीले कफी खेतीमा पनि क्षति पुर्याएको बताउनुभयो । हुरीले घरको छानो उडाएपछि समस्यामा परेका स्थानीयहरु छिमेकको घरमा बसिरहेका छन् । राहत र पुनःस्थापनाका लागि सहजीकरण गर्ने काम भइरहेको पालिका अध्यक्ष खुलालले बताउनुभयो । 




शिव भट्टराई,मोरङ जेठ १५ गते । रातो तारा डट कम,एकता युवा क्लब इटहरीले नि:साहय बालबालिका सेवा आश्रमलाई २० हजार बराबरको राहात सामग्री वितरण गरेको छ। समाजप्रति उत्तरदायित्व वहन गर्दै १३ औं गणतन्त्र दिवसको अवसरमा  वितरण गरेको हो।

क्लबका अध्यक्ष  बिष्णु जंग क्षेत्रीका अनुसार कोरोना भारसका कारण विश्वमा फैलिएको महामारीले नि:साहय बालबालिकालाई सहयोग पुगोस भनेर  सो आश्रमलाई सेवा भावनाले  समाजप्रति उत्तरदायित्व बहन गर्दै बितरण गरेको जनाएको छ।   

सो क्लबका अध्यक्ष विष्णु जंग क्षेत्रीको नेतृत्वमा नि:साहय बालबालिका  सेवा आश्रमका अध्यक्ष गीता  गौतमलाई सो राहत सामाग्री वितरण गरेको हो। क्लबलेखाद्धन्न तथा दैनिक उपभोग्य सामन तथा स्टेशनरी समान वितरण गरेको थियो।


काठमाडौ जेठ १५ गते । रातो तारा डट कम, सरकारले आगामी आर्थिक वर्ष २०७७-७८ का लागि प्रदेश र स्थानीय सरकारलाई संघीय सरकारबाट १ खर्ब ४५ अर्ब २२ करोड रुपैयाँ वित्तीय समानीकरण अनुदान दिने घोषणा गरेको छ ।

यसअनुसार प्रदेशले ५५ अर्ब १९ करोड र स्थानीय तहले ९० अर्ब ५ करोड वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिशका आधारमा यो रकम उपलब्ध गराइएको अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा जानकारी दिए । 

यो रकम तल्लो सरकारले आफ्नो बजेटमा समावेश गरी जुनसुकै कार्यक्रममा खर्च गर्न सक्छन् । सशर्त अनुदानतर्फ भने प्रदेशले ३६ अर्ब ३५ अर्ब र स्थानीय तहले १ खर्ब ६१ अर्ब ८ करोड पाउने छन् । 

यो रकम भने केन्द्रबाट संचालित कार्यक्रम, कर्मचारीको तलव तथा तोकिएको आयोजनारकार्यक्रममा मात्र खर्च गर्न पाइने छ ।


विराटनगर जेठ १५ गते । रातो तारा डट कम,लकडाउनको समयमा विराटनगरका विपन्न १० जना अपाङ्गतालाई राहत वितरण गरिएको छ ।

युवा नेता वोसिम आलमको नेतृत्वमा विराटनगरका युवाहरुले  बिहिबार चामल, राजमा, नुन, तेल लगायतका समाग्री वितरण गरिएको हो । 

युवा नेता वोसिम आलमको अनुसार लकडाउनका कारण अप्ठयारोमा परेको भन्दै संजय थापाले फोन गरेपश्चात उनीहरुलाई केहि दिनका लागि भए पनि सहयोग पुग्छ भन्ने उद्देश्यले राहत वितरण गरीएको हो । 

उनले भने यस्ता खाल्का विषयमा सरोकारवालाको ध्यान जान पर्नेमा आजसम्म सरोकारवालाले वेवास्ता गर्दा दुख लाग्छ ।  यस अधि पनि विराटनगरका युवाहरुले उनीहरुलाई सहयोग गरेको आलमको भनाई छ ।

 राष्ट्रिय अपाङ्गता महासंघले आज सम्म खोज खबर नगरेको संजय थापाले जनकारी दिए । उनको अनुसार उनले धेरै पटक राष्ट्रिय अपाङ्गता महासंघका सरोकारवालाहरुसँग सम्पर्क गर्दा समेत वेवास्ता गरेको उनले बताए । संजय थापा शारीरीकरुपमा अपाङ्गता छन् । 

उनी जोगबनीबाट सामान ल्याउदै व्यापार गर्ने  गर्दछन् । लकडाउन घोषणा भएसँगै उनको काम यो समय ठप्प छ । 
उनले भने अलिअलि भएको पैसा खाँदा, नानीहरुको स्कुलको बिल तिर्दा सकियो, समस्यामा परमा परे पछि सिडियो साहेवकोमा गए उहाँले वोसिम दाईको नम्बर दिनुभयो ।  


श्याम  राई-गाईघाट जेष्ठ १५ गते । रातो तारा डट कम, कोरोना संक्रमित क्षेत्र पुगेर स्थंलगत रिपोर्टिङग गर्ने संचारकर्मिहरु को लागि विजय होमीयो हल जलजले उदयपुर ले रोग प्रतिरोधात्मक क्षमता बढाउने होमियो प्याथिक औषधी उपलब्ध गराएको छ । 

जानकी हब को कार्यालयमा विहिबार होमीयो हबका संचालक बिजय कुमार सिंह ले नेपाल पत्रकार माहासंघका पुर्ब सभापति श्याम राई लाई आरसेनिकल एल्बम ३० नामक औषधि उपलब्ध गराएका हुन । त्रियुगा नगरपालीका वडा न ६ वडा अधक्ष्य निर्मल चौधरी को समन्वयमा उनले सो औषधि संचारकर्मिहरुको लागी उपलब्ध गराएका हुन ।

विभिन्न संघ सस्था ले पत्रकार हरुको लागी मास्क, पिपिई सेट, सेनीटाईजर लगायतका स्वास्थ्य सामागी्र उपलब्ध गराईरहेको अवस्थामा सिंह ले भने पत्रकार लाई झन्डै २० हजार मुल्य बराबर को रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि निसुल्क उपलब्ध गराएका छन । 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.