Websoft University

पुर्वान्चल विश्व बिद्यालयलाई कोभिड अस्पताल संचालन गर्नका लागि विज्ञहरुको अनुगमन


शिव भट्टराई, मोरङ। रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित गोठगाउँमा रहेको पुर्वान्चल विश्व बिद्यालयलाई कोभिड अस्पताल संचालन गर्नका लागि प्रदेश १ का बिज्ञहरुको टोलिले शुक्रबार अनुगमन गरेका छन्। अनुगमनमा प्रदेश १ समाजिक बिकास मन्त्रालय तथा स्थानिय निकायका प्रतिनिधि, चिकित्सक, पुर्वान्चल बिश्वविधालयका मेडिकल डीन, निर्देशक, सिनेट सदस्य तथा नेपाली सेना टोलिको उपस्थिति रहेको थियो।

मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित  गोठगाउँमा रहेको पुर्वान्चल विश्व बिधालयमा  कोभिड अस्पताल संचालन  गर्नका लागि चर्चा चले संगै प्रदेश १ का  बिज्ञहरुको टोलिले  अनुगमन गरेका छन् । 

तत्कालिन गिरिजा प्रसाद कोइरला प्रधानमन्त्री भएको बखत ८०५ बिघा जग्गा क्षेत्रफलमा फैलिएको पुर्वान्चल बिश्वबिधालयलाई हस्तान्तरण गरि केन्द्रिय कार्यलय देखि लिएर मेडिकल कलेज संचालन गर्ने उद्धेश्यले पुर्वाञ्चल विश्वबिधालय स्थापना भएको थियो। निर्माण कार्य २०५५ सालदेखी नै सुरु भइ ४० करोडको लगानीमा निकै ठुला भवन तथा भौतिक संरचना निर्माण भएका छन् ।
पुर्वान्चाल बिश्वबिधालय २०६५ सालदेखी देशमा भएको विभिन्न राजनितीक उथलपुथलका कारण संचालनमा आउन सकेको थिएन । मेडिकल कलेजको उद्धेश्य राखेर  अस्पतालको सुरुवात गरियो। तर आज सम्म त्यो अस्पताल जस्ताको त्यस्तै छ्न भने केही प्राबिधिक कर्मचारी सहित संचालन गरिरहेका छन्। २०७० सालदेखि नर्सिङ कार्यक्रम सुरु भएपनी यसले पाउन सकेको मेडिकल कलेजको पुर्णता भने पाउन सकेको छैन।


अहिले  पुर्वान्चल बिश्वविद्यालयमा प्रदेश १ स्तरिय  क्वारेन्टाइन निर्माण गर्ने उद्धेश्यले प्रदेश सरकारको पहलमा  सेनाले क्वारेन्टाइन  संचालन गरिरहेको छ।  
ठूला ठूला भौतिक संरचना निर्माण भए सगै क्वारेन्टाइन देखि लिएर जस्तो सुकै अवस्थामा बिरामीको चाप थेग्न सक्ने  क्षमता भएपनी कार्यन्वयनमा आउँन  नसकेको र यसलाई कोभिड  अस्पताल साथै मेडिकल कलेज संचालन गर्नका  लागि अस्पताल निर्देशक डा. बिपेश आचार्यले बिज्ञ टोलीलाई सुझाब दिएका छन्। उहाँले कोभिड अस्पताल संचालन गर्दा साधान स्रोतका लागि प्रदेश सरकारलाई ध्यान केन्द्रित गराउनु भयो। 

कोभिड अस्पताल संचालनका  लागि सकारात्मक रुप लिएका  स्कुल अफ हेल्थ साइन्सका क्यामपसकि  प्रमुख कबिता अधिकारीले प्रदेश सरकारले पहल गर्नु पर्ने देखिन्छ भने अस्पताल टिम कत्तिबद्धरुपमा लाग्ने उहाँको भनाई छ।  

कोभिड अस्पताल निर्माण कार्यको लागि  कोशी अस्पताल फिजिसियन तथा अनुगमन  टोलिका बिज्ञ डा.  डेन  प्रसाद आचार्यले  यो क्षेत्र उपयुक्त रहेको  सुझाब समेत दिनु भएको छ भने यस  बिषयमा समाजिक बिकास  मन्त्री जीवन घिमिरे संग  शिघ्र  पहल गर्ने बताउनुभयो।  

नेपाली सेनाको तर्फबाट २ न. बाहिनीपति साहयक रथी यम प्रसाद ढकालले यहाँ क्वारेन्टाइनमा रहेका बिरामीहरुलाई  बिराटनगर र धरान लानु भन्दा  पुर्वान्चल बिश्वबिधालयमा कोभिड अस्पताल सञ्चालन गर्नका लागी सुझाब दिएका छन्।

बिज्ञहरुको अनुगमन टिमले शुक्रबार बैठक बसेर कोभिड अस्पातल निर्माणका लागि उपयुक्त रहेको र प्रदेश सरकार संग छिटै पहल गर्ने र चाडै संचालनमा ल्याउने निष्कर्षमा पुगेको पुर्वान्चल बिश्वबिद्यालयका मेडिकल डिन शैलेश मणि पोख्रेलले जानकारी दिनुभयो।  

बिज्ञहरुको अनुगमन टोलि संगै सुन्दहरैंचामा कलम चलाएका कोभिड -१९ जोखिम  पत्रकारिता टिम सहित, नेपालि सेना स्थानिय तह  तथा सामाजिक बिकास मन्त्रालय प्रदेश १ ले अनुगमन गरेको थियो।  
कोरोनाको उच्च जोखिम बढे संगै  जसरि प्रदेश १ स्तरिय क्वारेन्टाइन संचालन भएको छ त्यसै गरी यहाँका संक्रमित बिरामीलाई बाहिर रेफर नगरी कोभिड अस्पताल संचालन गरि सबै किसिमको स्रोत साधन व्यवस्थापन गरी  छिट्टै नै संचालन गर्न आवश्यक देखिन्छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.