Websoft University

कोभिड १९ संक्रमितको संख्या १ हजार २ सय १२ पुग्यो



काठमाण्डौ जेठ १७ गते । रातो तारा डट कम,कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, म्याग्दीका १, बाँकेका १०, नवलपरासी बर्दघाट सुस्ता पूर्वका २, कपिलवस्तुका ५१, रौटहटका ५६ जना रहेका छन् ।

 त्यस्तै सर्लाहीका ५, रुपन्देहीका १ र दाङका २ जना रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । सरकारले पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि उनीहरुको सम्पर्कमा रहेकाहरुको खोजी गर्ने कार्यमा सबैलाई सहयोग गर्न आग्रह समेत गरेको छ ।  संक्रमितमध्ये हालसम्म २ सय ६ जना निको भएर घर फर्किइसकेका छन् । 

पछिल्लो २४ घण्टामा १९ जना निको भएर डिस्चार्ज भएका हुन् । हालसम्म आइसोलेसनमा देशभरी १ हजार जना रहेका छन् । त्यस्तै क्वारेन्टाईनमा रहनेहरुको सङ्ख्या पनि एक लाख नजिक पुगेको छ ।  हालसम्म कारोना संक्रमण भएर मृत्यु हुनेको सङ्ख्या ६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

भारतबाट फर्किँदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवकमा पनि संक्रमण भएको पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६ पुगेको हो । यही जेठ १० गते भारतबाट फर्किने क्रममा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९ का एक युवकको बाटोमै  मृत्यु भएको थियो । जाँचका क्रममा हिजो नै कोरोना भएको पुष्टि भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आज मात्रै औपचारिक रुपमा कोरोनाले मृत्यु भएको घोषणा गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.