Websoft University
January 2023

 


मोरङ | फागुन ६ देखि ९ गतेसम्म पूर्वका स्काउटरहरुको ट्रेनिङ क्याम्प सञ्चालन हुने ।  उत्तरी मोरङका स्काउट तदर्थ समितिहरुको संयुक्त आयोजनामा फागुन ६ गतेदेखि स्काउटरहरुको संयुक्त ट्रेनिङ क्याम्प सञ्चालन हुने भएको छ । मोरङको सुन्दरहरैंचा, बेलबारी, पथरीशनिश्चरे, उर्लाबारी, केराबारी र लेटाङका स्काउट तदर्थ समितिको संयुक्त आयोजनामा सो क्याम्प सञ्चालन हुन लागेको हो ।

सोमबार संयुक्त ट्रेनिङ क्याम्प मूल आयोजक समितिले पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा जानकारी गराएको हो । मूल आयोजक समितिका संयोजक बादल देवानका अनुसार ‘आत्मविश्वासी, अनुशासित र साहसिक म’ भन्ने भावनाका साथ हुने कार्यक्रममा ११ देखि १६ वर्ष उमेर समूहका १ हजार २ सय जना स्काउटरहरु सहभागी हुनेछन् । क्याम्पका विभिन्न कियुका १ सय जना रोभर तथा रेञ्जरहरु सेवा दलका रुपमा खटिने र करीब ५० जना स्काउट मास्टर तथा लिडरहरु सहभागी हुने बताइएको छ ।

एक्टिभिटिज, क्रिएटिभिटी र इन्टरटेन्मेन्टअन्तर्गतका ५३ वटा बेसमा हुने कार्यक्रममा १ दिन निःशुल्क भ्रमण पासको व्यवस्था गरी स्काउटमा आबद्ध नभएका २ हजार विद्यार्थीहरुलाई क्याम्प भ्रमण गराइने आयोजकले जनाएको छ ।स्काउटरहरुलाई जीवनोपयोगी सीप प्रदान गर्दै नयाँ सदस्य वृद्धि गरी बालबालिकाको चारित्रिक, शारीरिक एवम् नेतृत्व विकास, स्वाबलम्बी, अनुशासित, चरित्रवान राष्ट्रसेवक तयार पार्नु कार्यक्रमको उद्देश्य रहेको बताइएको छ । 

स्वास्थ्य चेतना, विपद व्यवस्थापन, सामाजिक कुरीति र अन्धविश्वास हटाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न योग्य नागरिक बनाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइएको छ ।१५ लाख ८४ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको सो क्याम्पको उद्घाटन प्रदेश नम्बर १ का मुख्य मन्त्री हिकमतकुमार कार्कीले गर्ने भएका छन् ।


विराटनगरमाघ १७ गते |  विराटनगर महानगरपालिकाले हृदेन्द्र पार्कलाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउने प्रक्रिया अगाडि बढाएको छ ।

विराटनगर–१ स्थित पार्क निर्माणका लागि अध्ययन प्रतिवेदन तयार पारिएको छ । सोही अध्ययन प्रतिवेदनका आधारमा महानगरले पार्क निर्माण गर्नेछ । मंगलबार महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेतको उपस्थितिमा प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । ६ कठ्ठा क्षेत्रफलमा फैलिने पार्कमा अत्याधुनिक प्रवेशद्वारसहित स्वीमिङपुल, जीपलाइन, भुलभुलैया, पार्किङ, कफीसप, फाउन्टेनलगायतका सुविधा हुनेछ ।

सो क्रममा मेयर कोइरालाले जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्ने गरी काम गर्ने बताए । कोइरालाले १० दिनभित्र पार्कको अन्तिम अध्ययन प्रतिवेदन बुझाउन परामर्शदातालाई निर्देशनसमेत दिए । प्रतिवेदनले अन्तिम रुप लिएपछि ठेक्का प्रक्रियामा गएर निर्माण सुरु हुनेछ । योजना महाशाखा प्रमुख भरत न्यौपाने, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, इन्जिनियर अर्जुन थापालगायतले अध्ययन प्रतिवेदनलाई केही परिमार्जन गर्न सुझाव दिए । सो पार्क निर्माणका लागि महानगरले चालु आर्थिक वर्षका लागि १ करोड रुपैयाँ विनियोजन गरेको छ ।

 

 

 


विराटनगर माघ १७ गते । विराटनगरमा बिहीबारदेखि सुरु हुन लागेको सीएनआई कोसी एक्स्पोमा पाँचवटा मुख्य पेभिलियन रहने भएका छन् ।

अटोमोबाइल्सको पेभिलियनबाहेक चार वटालाई प्रमुख अग्ला हिमालहरु सगरमाथा, अन्नपूर्ण, मकालु र कन्चनजङ्घाको नामबाट नामाकरण गरिएका छन् ।

एक्स्पोका माध्यमबाट प्रदेश १ को पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यका साथ सर्वोच्च शिखर सगरमाथासहितका अग्गा हिमालहरुको नाममा पेभिलियन राखिएको जनाइएको छ ।

नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा विराटनगर–२ शंकरपुर मार्गमा एक्स्पो हुन लागेको हो । एक्स्पोलाई ऐतिहाँसिक बनाउने उदेश्यका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगिसकेको आयोजकले जनाएको छ ।

माघ २८ गतेसम्म आयोजना हुने एक्स्पोका लागि तीन सयजना बढि युवा जनशक्तिलाई रोजगारीको अवसर प्रदान गरिएको सीएनआई प्रदेश १ का महानिर्देशक विजयहरि शर्माले बताए । उनीहरुलाई आवेदनका आधारमा नियुक्त गरी एक्स्पोको सचिवालयदेखि स्टलहरुमा परिचालन गरिएको जनाइएको छ ।

एक्स्पोलाई व्यवस्थित बनाउन थप संख्यामा स्वयंसेवक र सुरक्षाकर्मीहरु परिचालन गर्ने तयारी रहेको शर्माले जानकारी दिए । करीव ४०० वटा वस्तु तथा सेवा उत्पादकहरुले आफ्ना उत्पादनको प्रदर्शन र विक्री वितरणका लागि स्टल बुकिङ गरिसकेका छन् ।

एक्स्पोमा हिमालदेखि पहाडसम्मको भौगोलिकतालाई प्रदर्शन गरिने तयारी भइरहेको छ । त्यसका साथै थारु जातीको साँस्कृतिक तथा जातीय परम्परागत घर पनि प्रदर्शनमा राखिने जनाइएको छ । कोसी नदीको झल्को आउने गरी त्यसमाथि सेल्फी पुल निर्माणको काम जारी रहेको छ ।

टिकटको विक्री वितरणलाई सहज बनाउन सकेसम्म अनलाइन गेटवे ‘खल्ती’ वालेट प्रयोग गर्न सीएनआईले आग्रह गरेको छ ।


विराटनगर माघ १७ गते |  ट्राफिक प्रहरीसँगको सहकार्यमा महानगर प्रहरीले ट्राफिक व्यवस्थापनलाई तीव्रता दिएको छ ।

बजार क्षेत्रका विभिन्न सडकलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरेको महानगरले सिटीरिक्सालाई व्यवस्थित गर्ने अभियान पनि सञ्चालन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङसँगको सहकार्यमा महानगर प्रहरीले सिटीरिक्सा चालकलाई सडकमै ट्राफिक नियम र लेन अनुशासनका विषयमा जानकारी गराएको छ । 

महानगरका विभिन्न सडकमा सिटीरिक्सा चालकलाई रोकेर ट्राफिक लेनका बारेमा जानकारी गराएको हो । सो क्रममा महानगर प्रहरीका निरीक्षक राजन पौडेल र ट्राफिक प्रहरीका वरिष्ठ नायव निरीक्षक यज्ञ शर्माले ट्राफिक नियम, पार्किङ, लेन अनुशासनलगायतका विषयमा जानकारी गराए ।

 

 

 


विराटनगर माघ १७ गते | विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले विराटनगर महानगरको आन्तरिक आय अभिवृद्धिका लागि लेखा परीक्षकहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्थाको २६ औं वार्षिकोत्सवका अवसरमा मंगलबार विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले कडाइका साथ लेखा परीक्षण गरिदिन आग्रहसमेत गरे । महानगरको आन्तरिक आम्दानी कमजोर भएकै कारण महानगरवासीको चाहनाअनुसार विकास गर्न नसकेको उनले प्रस्ट्याए । मेयर कोइरालाले लेखा परीक्षण (अडिटिङ) गर्दा महानगरलाई कर चुक्ता गरे–नगरेको हेरिदिन आग्रह गरे । “तपाईंहरुले अडिटिङ गर्दा कम्तीमा महानगरलाई बुझाउनुपर्ने कर चुक्ता गरे÷नगरेको हेरिदिन आग्रह गर्दछु,” उनले थपे, “यसले महानगरको आम्दानी बढ्नेछ र त्यो पैसा यहींको विकासमा खर्च गर्ने हो ।”

मेयर कोइरालाले पछिल्लो समय विराटनगर शैक्षिक र स्वास्थ्यको हब बन्दै गएको चर्चा गरे । विगतमा सीए अध्ययनका लागि भारतको नयाँदिल्लीलगायत पुग्नुपर्ने बाध्यता हटेको उनको भनाइ थियो । पछिल्लो समय सीएको अध्ययन हुनुले विराटनगर शैक्षिक हबका रुपमा विकसित हुँदै गएको मेयर कोइरालाले उल्लेख गरे । उनले अझै पनि लेखा परीक्षक (सीए) को कमी रहेको बताए । 

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले सीएको जिम्मेवारी महत्वपूर्ण र गम्भीर रहेको बताए । उनले सिएले गरेको सहीले जीवनभर पछ्याइरहने उल्लेख गरे । कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका व्यवस्थापन संकायका डीन प्रा.डा. विजुकुमार थपलिया, आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा. डिवी क्षेत्री, अडानका सल्लाहकार डा. मोहन सुवेदी, एक्यानका प्रदेश अध्यक्ष मनोज अधिकारी, आयोजक नेपाल चार्टर्ड एकाउन्टेन्टस विराटनगर शाखाका अध्यक्ष अश्विनी वंशल, अडानका रामचन्द्र गौतमलगायतले मन्तव्य व्यक्त गरे । २०५३ माघ १७ गते स्थापित संस्थाले हालसम्म ७३८ सीए उत्पादन गरेको अध्यक्ष अश्विनी वंशलले जानकारी दिए ।


विराटनगर माघ १७ गते | विराटनगर महानगरपालिकाको आयोजनामा शिक्षक खेलकुद तालिम सम्पन्न भएको छ ।

विराटनगरस्थित आदर्श उच्च माविमा भएको तालिमको महानगरका मेयर नागेश कोइरालाले समापन गर्नुभयो । तालिम समापन समारोहलाई सम्बोधन गर्दैै मेयर कोइरालाले विद्यालयलाई खेलाडी उत्पादन गर्ने थलोका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले पठनपाठन सँगसँगै खेलकुदको विकासमा ध्यान दिनुपर्ने उल्लेख गरे ।

 “विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न सकिने खेलकुदको विकास हुनेछ,” मेयर कोइरालाले भने, “पढ्नु मात्रै सबै कुरा होइन, पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यालयहरुले ध्यान दिनुपर्छ ।” खेलकुदले शारीरिक र मानसिक स्वास्थ्यको विकाससँगै अनुशासन सिकाउने उनको भनाइ थियो । महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले महानगर खेलकुद ऐन निर्माण भइसकेको जानकारी दिए । खतिवडाले ऐन निर्माण भइसकेका कारण अब महानगरभित्रको खेलकुद क्षेत्रको विकास हुने दाबी गरे ।

विद्यालयमा खेलकुदको विकास र राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा विद्यार्थी खेलाडीहरु सीप सिकेर सहभागी हुन भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको खतिवडाले बताए । सो अवसरमा मेयर कोइरालाले तालिमका प्रशिक्षक र सहभागीहरुलाई शैक्षिक प्रशासन महाशाखा प्रमुख खतिवडाले प्रमाणपत्र प्रदान गरेका थिए । तालिममा सहभागी शिक्षकले आफ्ना विद्यार्थीलाई प्रशिक्षण दिनेछन् ।

 तालिममा महानगर क्षेत्रभित्र सञ्चालित २४ विद्यालयका ३० जना शिक्षक र कर्मचारी सहभागी भएका थिए । समापन समारोहमा जिल्ला खेलकुद प्रमुख राजन पोखरेल, प्रशिक्षकका तर्फबाट उपेन्द्र यादव, सहभागीका तर्फबाट फडिन्द्र वस्तीले आ–आफ्ना विचार राख्नु भएको थियो ।


सुनसरी | सुनसरी जिल्ला सुनसरी ईटहरी उ।म।न।पा। वडा नं। २० बस्ने सनम थापा मगरले लागू औषध कारोबार गर्दैछ भन्ने गोप्य सूचनाको आधारमा निज बस्ने घर कोठामा प्रहरी टोली खटि गई रित पुर्वक खानतलासी गर्दा निज सुत्ने कोठामा रहेको लोबेडमा लुकाई छिपाइ राखेको अवस्थामा क्उबकउबष्ल लेखिएको ट्याबलेट २९ पत्तामा २८८ ट्याबलेट,र  २७ पत्तामा २७८ क्यापसुल र गाँजा जस्तो चिज, बस्तु १ ९एक० कि।ग्रा। समेत फेला पारी बरामद गरी उक्त लागू औषध सहित निज सनम थापा मगरलाई तत्काल पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालतबाट लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम म्याद थप गरी अनुसन्धान भइरहेको छ ।


बिराटनगर माघ १७ गते | जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरू समेतमा मोरङ जिल्लाका विभिन्न स्थानमा भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी प्रदेश १(०४(००१ ह। ०१८० नम्बरको सिटिमा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं। १५ बस्ने बर्ष १८ को सहवाज आलम, ऐऐ बस्ने बर्ष २० की महरिया खातुन, ऐऐ बस्ने बर्ष ३० की खातुन मिया र जिल्ला सुनसरी बर्जु गाउँपालिका वडा नं।३ बस्ने बर्ष ३५ को महेश साहले ल्याएको लेडिज, जेन्स र बच्चाको लत्ताकपडा समेत गरी अन्दाजी मुल्य रू। ५,५०,५००।९पाँचलाख पचासहजार पाँचसय बराबरको सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विराटनगरमा बुझाईएको छ ।


विराटनगर माघ १७ गते । विराटनगरमा माघ ९ गतेदेखि शुरु भएको हिसान स्पोर्टस् मिटको ११ औं संस्करण सोमबार राती सम्पन्न भएको छ ।

स्पोर्टस् मिटको अन्तिम दिन सोमबार राती दिवा रात्रीकालिा फुटबलको फाइनल खेल सँगै  हिसान स्पोर्टस् मिटको ११ औं संस्करण सोमबार राती सम्पन्न भएको हो ।

फुटबलको फाइनल खेलमा कोशी क्याम्पसले मोडन एरा कलेजलाई २–० को गोल अन्तरले पराजित गरि उपाधि जितेको छ । कोशीको जितमा दसव्े गोल गौरभ धिमालले गरे । खेलको ४३ औ मिनेटमा धिमालले २५ यार्डबाट गरेको फ्रि किक प्रहार सोझै गोलमा परिणरत भएको थियो भने ४८ औं मिनेटमा धिमालले एकल प्रहारमा डिबक्स नजिकबाट गोल गरेका थिए । फाइनल खेलको म्यान अफ द फाइनल कोशीका प्रदिप तामाङ घोष्ति भए। त्यस्तै हाइ स्कोर मर्डन एराका नविन चौधरी र कोशीका सुरज लिम्बु भए । दवैले ५–५ गोल गरे । त्यैगरि उत्कृष्ट किपर कोशीका धिरेन्द्र परियार, प्रतियोगिताकै उत्कृष्ट खेलाडि कोशीका गौरभ धिमाल तथा अनुशाशित टिम पथरिको रेड स्तार कलेज भयो ।

सोमबार विहान भएको भलीबलको छात्राको फाइनलमा अर्किड कलेजले कोशी कलेलाई २–० को सोझो सेटले पराजित गरि उपाधि जितेको छ । उत्कृष्ट स्पाइकर अर्किडक िरोशिका बराइली घोषित भइन भने उत्कृष्ट लिफ्टर अर्किडकी ललिता मगर तथा उत्कृष्ट फिेण्डर कोशीकी सविना माझी घोषित भइन् ।

त्यस्तै पभलिबल छात्रको फाइनलमा मर्डन एरा कलेजले कान्तिपुर कलेजलाई २–१ को सेटले पराजित गरेको छ । उत्कृष्ट स्पाइकर मोर्डन एराका अर्जुन विक, उत्कृष्ट लिफ्टर मोर्डन एराका सविन तामाङ र उत्कृष्ट डिफेण्डर कान्तिपुरका  सुर्लशन लिम्बु भए ।

सोमबारै सम्पन्न छात्रा १ सय मिठर दौडमा रेड स्टारकी विना लिम्बु प्रथम, अर्किडकी प्रियन्का थारु दोस्रो र शिक्षा दिपकी नेहा साह तेस्रो भइन भने २ सय मिटर दौडमा रेड स्टारकी विना लिम्बु प्रथम, कान्तिपुरकी भुमिका चौधरी दोस्रो र शिक्षा दिपकी सुस्मा बस्नेत तेस्रो भइन ।  त्यस्तै छात्रतर्फ १ सय मिटर दौैडमा कान्तिपुरका नितेश राजवंशी प्रथम, शिक्षादिपका सर्फराज आलम दोस्रो र मेरिल्याण्डका राजकुमार चन्द्रवंशी तेस्रो भए भने २ सय मिटर दौडमा  कान्तिपुरका नितेश राजवंशी प्रथम, मेरिल्याण्डका राजकुमार चन्द्रवंशी दोस्रो र रेड स्टारका सुरज लिम्बु तस्रो भए ।

अस अघि साविक विजेता कोशी क्याम्पसलाई फराकिलो रन अन्तरले पराजित गर्दै कान्तीपुरकलेज हिसानक्रिकेटकोनयाँ च्याम्पियन बनेको छ ।

वैजनाथपुरको क्रिकेट मैदानमा भएको खेलमा कान्तीपुरले साविक विजेता कोशी क्याम्पसलाई ९८ रनको फराकिलो अन्तरले पराजित गदै हिसान क्रिकेटको च्याम्पियन बनेको हो ।

हिसान स्पोर्टस् मिटको ११ औं संस्करणको फाइनलमा टस जितेर ब्याटिङ गरेको कान्तीपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ३७ रनको विशाल योगफल तयार पारेको थियो । कान्तीपुरका जितमा निशान्त यादवले ४० रन, भोला सेठले २७ रन, कृष्ण गुम्ताले २५ रन र नवराज संग्रोलले १५ रनको गोगदान दिएका थिए । कोशीका सुमन पासवान र अमित राँयले १–१ विकेट लिए ।

जवाफमा १ सय ३८ रनको विशाल लक्ष्य पछ्याएको  कोशीले कान्तीपुरको बलरसामु घुँडा टेक्दै १३ ओभरमा सवै विकेट गुमाई ३९ रनमा सिमित भयो । कोशीका  सुमन पासवानले १० रन बाहेक अरु ब्याटरले कान्तप्ुरका बलरसामु टिकेर खेल्लन सकेनन् । कान्तीपुरका म्यान अफ द फाइनल कान्तीपुरमा राज वर्माले ४ ओभरमा ९ रन दिएर ७ विकेट लिँदा अफुदिन रेनले २ विकेट लिए । प्रतियोगिताको उतकृष्ट खेलाडि कान्तपिुरका राज वर्मा घाषित हुँदा कान्तीपुरकै अविशेक मण्डल उत्कृष्ट बलर भए । त्यस्तै कोशीका अमित राँय उत्कृष्ट ब्याटर घोषित भए ।

विजयी तथा सहभागिलाई हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलबार, केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, केन्दीय सदसस्यहरु राजेश कार्की,बलराम पन्त र शैकर भट्टराई, प््देश अध्यक्ष जानबहादुर खडका, प्रदेश सचिव दिेश बास्तोला र जिल्ला अध्यक्ष अमित ढकाललगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे । 

 


शिव भट्टराई, मोरङको सुन्दरहरैचा नगरपालिकाले नगर क्षेत्रमा बसोबास गर्ने विभिन्न वडाका कृषकहरुलाई वालि विकास कार्यक्रम अन्तर्गत धान बालीको लागि प्रयोग गरिने पावर स्प्रे २ इन १ वितरण गरेको छ ।

सुन्दरहरैचा नगरपालिकाका मेयर केदार प्रसाद गुरागाईं र उपमेयर अकली चौधरीको हातबाट नगरले कृषकलाई ५०% अनुदानमा १६० थान पावर स्प्रे वितरण गरेको छ। सुन्दरहरैचा नगरपालिकाका कृषि शाखाका कर्मचारी सुदिप भण्डारीले नगरले जम्मा ३ लाख ४८ हजार रकमको अनुदानमा कृषकहरुलाई सामग्री वितरण गरेको बताएका छन्।उनले नगरका प्रत्येक वडाबाट कृषकको निवेदन प्राप्त गरि सोही निवेदनको आधारमा कृषकलाई सामग्री वितरण गरेको बताए ।


केही कृषकले नगरपालिकाले अनुदानमा कृषि सामाग्री वितरण गरेकोमा खुसी व्यक्त गरेका छन् भने केही कृषकले नगरमा मल, बीउको अभाव भए सँगै कृषकहरुको समस्याको बारेमा बताएका छन् ।नगरपालिकाले कृषकहरुलाई प्रोत्साहन गर्न कृषि औजार सामाग्री, साथै विभिन्न उन्नत जातका बिउहरु उपलब्ध गराउदै आएको छ ।


मनकुमार गदाल -झापा दमक माघ १६ गते | रातो तारा डट कम,झापाको दमकमा भएको एक कार्यक्रमका सहभागीहरुले बेलैमा रोगको पहिचान गरी उपचार गर्नु पर्ने बताएका छन् ।

विश्वास परियोजनाको सहयोगमा दमक नगर पालिकाको स्वास्थ्य शाखाले आज दमकमा आयोजना गरेको उष्ण प्रदेशीय रोगहरु सम्वन्धि छलफल कार्यक्रमका सहभागीहरुले रोग लुकाएर बस्नु भन्दा पनि समयमै उपचार गर्नु पर्नेमा जोड्दिएका हुन् ।

दमक नगर पालिकाको नगर उपप्रमुख रेगिना भटराई प्रसाईले रोग लागि हालेमा उच्च आत्मवलका साथ समयमै उपचार गर्नु पर्ने बताउनु भयो । नगरपालिकाको स्वास्थ्य शाखाको अधिकृत नगेन्द्र भटराईको अध्यक्षतामा भएको कार्यक्रमकी प्रमुख अतिथि नगर उपप्रमुख प्रसाईले सर्ने र नसर्ने रोगहरुवाट बच्न वेलैमा सरसफाईमा ध्यान दिनु पर्ने बताउनु भयो । दमक अस्पतालका चरम रोग विशेषज्ञ डा.गुरु पौडेलले कुष्ठ रोगको विरामी चालु वर्षको ६ महिनामा १सय२० भेटिएको तथ्याङ प्रस्तुत गर्दै रोग लाग्न नदिनु राम्रो,लागि हाले चाँडो उपचार गर्नु पर्ने बताउनु भयो । रोग नलुकाउने ,धामी झाँकी भर नपर्न डा.पौडेलले सुझाव दिनु भयो । 

करुण फाउण्डेशनका कार्यक्रम निर्देशक अकित पाठक,साहारा नेपालको परियोजना निर्देशक पवन राईले सरुवा रोग नियन्त्रणमा आफू सचेत भएर समयमा नजिकै स्वास्थ्य संस्थामा गोइ उपचार गर्नु पर्नेमा जोड्दिनु भएको छ । 

कार्यक्रममा हात्ती पाइले र कुष्ठरोग जस्तो सरुवा रोगको उपचार पछि स्वस्थ्य भएका मोरङ्गको उर्लावारी ४को माया शंकर, शिवसताक्षीको शिक्षक विन्दा निरौला,गौरीगञ्जका नारायण राजवंशी र टंक प्रसाद श्रेष्ठले विरामी पर्दाको दुख कष्ठ र सजिलो पक्षको अनुभव सुनाउनु भएको नगर पालिकाको स्वास्थ्य शाखाको कर्मचारी देव कुमारी न्यौपानेले जानकारी दिनु भयो ।


विराटनगर माघ १६ गते | विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानमा साथ दिन महानगरपालिकाले होटल तथा मदिरा व्यवसायीहरुसँग आग्रह गरेको छ ।

विराटनगरभित्र सञ्चालित धेरै होटल र मदिरा व्यवसाय दर्ता नगरेको पाइएपछि व्यवसायीहरुलाई बोलाएर महानगरले छलफल गरेको छ । महानगरका मेयर नागेश कोइरालाले महानगरले सुरु गरेको अभियानमा साथ दिन व्यवसायीहरुसित आग्रह गरे । उनले सबैको साथ र सहयोगले मात्रै विराटनगरलाई व्यवस्थित बनाउन सकिने भएकाले सहयोग गर्नुपर्नेमा जोड दिए । मेयर कोइरालाले बढीभन्दा बढी कर संकलन नभएसम्म महानगरवासीको विकासको चाहना पूरा गर्न गाह्रो पर्ने सुनाए । “महानगरपालिकाले करको दर बढाएको छैन । हामीले दायरा मात्रै बढाउन अभियानमा छौं,” उनले भने, “धेरै होटल, रेष्टुरेन्ट र मदिरा पसलहरु महानगरमा दर्ता नगरिकनै सञ्चालन गरेको पाइएको छ ।”

उपमेयर शिल्पा निराला कार्कीले कानुनी रुपमा बलियो भएर व्यवसाय सञ्चालन गर्दा कसैसित पनि डराउनु नपर्ने बताइन् । अनुगमनमा पुग्दा सबै कागजपत्र तुरुस्त बनाएर राख्दा व्यवसायीकै प्रतिष्ठा बढ्ने उनको भनाइ थियो । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले महानगर क्षेत्रभित्र सञ्चालित सबै व्यवसायलाई करको दायरामा ल्याउने गरी काम भइरहेको बताए । उनले धेरै होटल तथा रेष्टुरेन्ट र मदिरा व्यवसायीले दर्ता नै नगरी सञ्चालन गरेको पाइएको सुनाए । सबैलाई करको दायरामा ल्याउन महानगर घरदैलो अभियानमै लागेको उनको भनाइ । छलफलमा राजस्व महाशाखा प्रमुख सरोज गौतमले अनुगमनका क्रममा व्यवसायीले साथ दिएको बताए । उनले छलफलको उद्देश्यमाथि प्रकाश पार्दै महानगरलाई आर्थिक रुपमा बलियो बनाउँदै व्यवस्थित बनाउने मेयरसहित जनप्रतिनिधिको उद्देश्य परिपूर्तिका लागि कर संकलन अभियान जारी रहेको जानकारी दिए ।

वडा प्रहरी कार्यालय विराटनगरका प्रमुख डीएसपी दीपेन्द्रकुमार पञ्जियारले मापसे चेकजाँचलाई अन्यथा लिन नहुने बताए । व्यवसायीहरुका सुनासो सम्बोधन गर्दै पञ्जियारले मापसेसँगै मोटरसाइकल चोरी र अपराध नियन्त्रणका लागि ठाउँ–ठाउँमा ट्राफिक प्रहरीले चेकजाँच गरेको प्रस्ट्याए । उनले भने, “कसैलाई दुःख दिने नियत प्रहरीको हुँदैन, जनताकै पक्षमा हामीले काम गर्ने हो ।”

व्यवसायीका गुनासैगुनासो-

छलफलमा उपस्थित व्यवसायीहरुले अनगिन्ति गुनासो पोखेका थिए । होटल र रेष्टुरेन्ट अगाडि नै मापसे चेकजाँच गरिदिँदा पसलको सटर लगाउनुपर्ने अवस्था आएको बताएका थिए । होटल व्यवसायी खिलकुमार सुवेदीले कोरोनाका कारण सुस्ताएको व्यवसाय आर्थिकमन्त्रीले अझै माथि उठ्न नसकेको सुनासो सुनाए । “ग्राहक नआउँदा होटलका टेवल र रुमहरु खाली छन्,” उनले थपे, “यस्तो अवस्थामा हामीले कसरी कर तिर्नु ?” उनले किराना पसलहरुले पनि मदिरा बिक्री गरिरहेको बताए । मदिरा व्यवसायी संघ मोरङका पूर्वअध्यक्ष अंशु बञ्जराले विराटनगरको विकासका लागि जतिसुकै पनि कर तिर्न तयार रहेको सुनाए । उनले घरेलु मदिराको बिक्री नियन्त्रण गर्न नसकेको गुनासो पोखे । बञ्जराले महानगरले मदिराको लाइसेन्ससमेत नदिएको बताए । 

वर्षाैंदेखि सञ्चालित व्यवसायीहरु प्रक्रियामा आउन चाहँदा पनि महानगरको नीतिका कारण आउन नसकेको उनको भनाइ थियो । होटल तथा पेय पदार्थ व्यवसायी संघ मोरङका अध्यक्ष सुरज श्रेष्ठले निश्चित समयसम्म जरिवाना छुट दिएर करको दायरामा ल्याउनुपर्नेमा जोड दिए । श्रेष्ठले विद्यालय र मन्दिर छेउ मदिरा बिक्रीवितरण रोक्न आफूहरुले स्थानीय प्रशासनलाई सहयोग गर्ने बताए । व्यवसायीले पार्किङ निषेध गर्दा ग्राहक आउन छाडेको समेत उल्लेख गरे ।

महानगरभित्र ९० भन्दा बढी मदिरा व्यवसायी रहेका छन् । सबैलाई करको दायरामा ल्याउन महानगरले आगामी फागुन मसान्तसम्म दर्ता र नवीकरणका लागि शतप्रतिशत जरिवाना छुट गरेको राजस्व महाशाखा प्रमुख गौतमले जानकारी गराए ।

 


बिराटनगर माघ १६ गते | रातो तारा डट कम, हामी अहिले विराटनगर महानगरपालिका–२ स्थित शंकरपुरको यो महत्वपूर्ण, भव्य र ऐतिहासिक रुपमा आयोजना हुन लागेको सीएनआई कोसी एक्स्पो २०२३ को स्थलमाउपस्थित छौं ।

 नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ समितिको आयोजनामा यहि माघ महिनाको १९ देखि २८ गतेसम्म भव्ययताका साथ प्रदेश राजधानी विराटनगरमा ऐतिहासिक रुपमा अन्तराष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी 

(Cni koshi Expo 2023) को तयारी अघि बढाएर अहिले हामीले अन्तिम चरणमा पु¥याएका छौं । सीएनआई प्रदेश १ ले आयोजना गरेको यो पहिलो एक्स्पो नै ऐतिहाँसिक रुपमा आयोजना हुन लागिरहेको जानकारी गराउँदछौं ।

 यस अभियानमा हामीलाई नेपाल सरकारका कृषि, उद्योग, पर्यटनसँग सम्बन्धित मन्त्रालयहरु, नेपाल पर्यटन बोर्ड र १ नं. प्रदेश सरकारअन्तरगत उद्योग, कृषि तथा सहकारी, सामाजिक विकास, पर्यटन वन तथा वातावरण मन्त्रालय लगायत विराटनगर महानगरपालिकासहित रंगेली नगरपालिका र सुनसरीको दुहबी नगरपालिका, बुढीगंगा गाउँपालिका मोरङले एक्स्पो उत्साहजनक रुपमा अघि बढाउन प्रवद्र्धनमा सहयोग पु¥याउनु भएको छ । यसका लागि हामी आभारी छौं ।

 (Cni koshi Expo 2023) लाई सफल बनाउन हामीसँगै मुख्य सहयोगी संस्था मोरंग व्यापार संघ, सहयोगी संस्थाहरु नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल अटोमोबाइल्स एशोसिएसन, हिसान, प्याब्सन, नेपाल नर्सिङ संघ, विराटनगर नसिङ कलेज, मेडिकल एशोसिएसन कोशी, इलेक्ट्रिक्स संघ, Cniyef कोमहत्वपुर्ण सहभागिता रहिरहेको छ ।

 परिसंघले एक्स्पोलाई ऐतिहासिक बनाउनकै लागि काठमाडौंबाट समेत तयारी अघि बढाएको थियो । एक्स्पोमा बृहत रुपमा उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, मिल तथा मेशिनरी औजार, अटो, सेवा क्षेत्र, उपभोग्य वस्तुका ४०० जति स्टलहरु रहने छन् । चौतर्फी मन्दी छाएको आर्थिक क्षेत्रलाई एक्स्पोका माध्यमबाट हुने आर्थिक क्रियाकलापले अगाडि बढाउन महत्वपुर्ण योगदान गर्ने विश्वास लिएका छौं । एक्स्पोमा अत्याधुनिक ह्याङ्गर (डोम) हरुमा उत्पादनका क्षेत्रहरु अनुसार अलग–अलग रुपमा वस्तु तथा सेवाको अवलोकन र खरिद गर्न सकिने छ ।

 प्रदेश भरिका औधोगिक क्षेत्रभित्र प्रदेश सरकार र स्थानीय तहले एक्स्पोलाई उत्साहजनक रुपमा अघि बढाउन प्रवद्र्धनमा गर्नु भएका कारण आफ्नो उत्पादनको प्रवद्र्धन गर्न उचित अवसर नपाएका ती स्थानीय तहका उद्यमीहरुलाई एक्स्पोमा स्टल राख्ने अवसर पाएका    छन् । ती स्थानीय तहहरुबाट केही घरेलु, महिला, लघु, साना तथा कृषि क्षेत्रका उद्यमीले निशुल्क स्टल प्राप्त गरेका छन् ।

 अर्कोतिर प्रदेश १ को पर्यटन प्रवद्र्धनका लागि अनेकौं सम्भावनाको खोजी गर्ने र ती क्षेत्रको प्रवद्र्धन गर्ने उदेश्य यो एक्स्पोको अर्को महत्वपूर्ण काम रहेको छ । त्यसका लागि संसारकै अग्लो सगरमाथादेखि नेपालकै होचो क्षेत्र केचना कवलसम्मको हाम्रो भौगोलिकता र कोसी नदीको ऐतिहासिकतालाई आम अवलोकनकर्ताहरुमाझ उजागर गरिएको छ । जसबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट नयाँ लगानीकर्ताहरुलाई प्रोत्साहन मिल्ने र आकर्षण बढ्ने हामीले अपेक्षा लिएका छौं ।

 प्रदेश १ मा अहिलेसम्म आयोजित एक्स्पोहरुमा कहिल्यै सहभागीता नजनाएका वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र नवलपरासी लगायतका औधोगिक क्षेत्रका ठुला उद्योग र उत्पादन ब्राण्डहरु पनि यस एक्स्पोमा उत्साहपूर्ण रुपमा सहभागीता जनाउने सुनिश्चिताले हामी सारै हर्षित छौं ।

 एक्स्पोमा भारत, चीन, बंगलादेश, पाकिस्तान लगायतका मुलुकहरुबाट प्रतिनिधित्व गर्ने उद्योगी व्यवसायीहरुले समेत आफ्ना उत्पादनको प्रवद्र्धन गर्ने मौकाका रुपमा उपयोग गर्दैछन् । पर्यटन प्रवद्र्धन गर्न र छिमेकी मुलुकका प्रविधीहरु भित्र्याउन ब्यापक प्रचार प्रसार गरिएको छ । आशा छ, छिमेकी मुलुक भारतको बिहार, जोगबनी, बथनाह, फारवीसगञ्ज, अररीया, रानीगञ्ज, वीरपुर, भिमनगर, बंगाल सिलगुडीबाट ५० हजार माथि अवलोकनकर्ता आउने लक्ष्य राखिएको छ ।

 स्थानीय तथा अन्तर्राष्ट्रिय स्तरमै ख्याती कमाएका लोकप्रिय राष्ट्रिय कलाकारहरुले एक्स्पो अवधिभर विविध मनोरञ्जनात्मक सांगीतिक कार्यक्रमका माध्यमबाट अवलोकनकर्ताहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्नेछन् । थारु जातीको परम्परागत घर, सेल्फी पुल, फनपार्क समेतले वालवालिका र युवा वर्ग लगायतका सवै उमेर समुहलाई आकर्षण दिने छ र उनीहरुमा सकारात्मक उर्जाको विकास गर्नेमा विश्वास लिएका छौं ।

 एक्स्पोलाई रोचक र ज्ञानबर्दक बनाउने उदेश्यले हामीले सौर्यमण्डलको अवलोकन गर्ने व्यवस्थाका लागि ‘प्लानेटेरियम’ स्थापना गरेका छौं । विशेष किसिमको कक्षभित्र ३६० डिग्रीमा सौर्यमण्डल अवलोकनको व्यवस्था गराइने छ । विभिन्न उमेर अनुसारका दर्शकको समूह बनाएर अन्तरिक्षमा भएका ग्रहहरु र तारामण्डलको बनावट र त्यसको चक्रबारे जानकारी गराइने छ । यसबाट विशेष गरी विद्यार्थीहरुले हाम्रो सौर्यमण्डलबारे ज्ञान हाँसिल गरी विज्ञानप्रति विश्वास बढ्ने र उनीहरुलाई त्यसको अध्ययनमा आकर्षण थप्ने विश्वास लिएका छौं ।

 एक्स्पोमा सविन राई तथा उनको फारोह ब्याण्ड, राजु लामाको मंगोलियन हर्ट, अभया सुब्बा द स्ट्रिम इन्जिन्स ब्याण्ड, एकदेव लिम्बू, नितेशजंग कुँवर, समीर श्रेष्ठ, आशीष गुभाजुको अकेष्ट्रिक सोलो प्रस्तुति र अनुप्रस्थ लगायतका कलाकारहरुका सांगितिक प्रस्तुति तय भइसकेका छन् ।

 अनलाइन भुक्तानी गेटवे ‘खल्ती’ बाट सहज रुपमा टिकट खरिद गर्नसक्ने व्यवस्था मिलाएका छौं । (Cni koshi Expo 2023) को मुख्य प्रायोजक रमपम तयारी चाउचाउ, प्रायोजकहरु के.एल. दुगड र म्याजिक जुत्ताचप्पल, सह–प्रायोजकहरुमा सेन्चुरी स्पाइस एण्ड स्न्याक्स्, चौधरी ग्रुप (सीजी), क्वालिटी बिस्कुट, रुस्लान र क्लिन कन्कृट नेपाल रहेका छन् । त्यस्तै बैंक पार्टनर सिद्धार्थ बैंक, इन्स्योरेन्स पार्टनरमा हिमालय एभरेष्ट इन्स्योरेन्स, हेल्थ पार्टनर विराट मेडिकल कलेज तथा रिसर्च सेन्टर लगायत रहेका छन् ।  

 यस एक्स्पोलाई ऐतिहासिक र भव्य बनाउन यहाँहरु सबैको सकारात्मक सहयोगको हामीले अपेक्षा राखेको छौं, यहाँहरुको सहयोग र सद्भावका लागि आभार व्यक्त गर्दछौं ।


विराटनगर | नेपाल प्रेस युनियन प्रदेश–१ को अध्यक्षमा पत्रकार मीनकुमार नवोदित निर्वाचित भएका छन् ।

विराटनगरमा सम्पन्न प्रथम अधिवेशनले कारोबार दैनिकका प्रदेश–१ संयोजक र मकालु टेलिभिजनका सहसम्पादकसमेत रहेका नवोदितलाई प्रदेशको संस्थापक अध्यक्षका रुपमा सर्वसम्मत निर्वाचित गरेको हो । नेपाल प्रेस युनियन मोरङका पूर्वअध्यक्षसमेत रहेका नवोदित दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र साहित्यमा सक्रिय छन् ।

नवोदितको अध्यक्षतामा सर्वसम्मत निर्वाचित २८ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र निरौला (झापा), महिला उपाध्यक्षतर्फ जयन्तीकला तामाङ (उदयपुर), समावेशी उपाध्यक्षमा शारदा तामाङ (भोजपुर), महासचिवमा संजीव वाग्ले (सुनसरी), सचिवमा सरोज निरौला (उदयपुर), महिला सचिवमा सरला रेग्मी (पाँचथर), समावेशी सचिवमा विनय वाराकोटी (सुनसरी) र कोषाध्यक्षमा कविराज घिमिरे (धनकुटा) निर्वाचित भएका छन् ।

यस्तै सदस्यमा चुमन बस्नेत, दिनेश गिरी, निरोज कोइराला, नरेन्द्र राई, विनु खड्का, प्रकाश पास्तावा, शिखरजंग श्रेष्ठ, दीपक काफ्ले, निशा दाहाल, रविना सुवेदी चयन भएका छन् ।

प्रथम अधिवेशनले संगीता सुहाङ, कल्पना कडरिया, हिमांशु राय, सुजन बज्राचार्य, ईश्वर चर्मकार, भाष्कर चौधरी, आशिष यादव, मिलन राई, खेमराज बराल र जीवन फूँयाललाई सदस्यमा चयन गरेको छ । यस्तै लेखा समिति संयोजकमा लक्ष्मी गौतम सर्वसम्मत निर्वाचित भए ।

 लेखा समितिको सदस्यमा करुणा बस्नेत र पदमसुन्दर लामिछाने निर्वाचित भएका छन् । निर्वाचित अध्यक्ष नवोदितलगायत पदाधिकारीहरूलाई नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष नकुल अर्याल, महासचिव दिलीप पौडेल, उपमहासचिव अभयकुमार राई, सचिव रेजिना गौतम, पूर्वउपाध्यक्ष शेखर रेग्मी, पत्रकार महासंघका प्रदेश अध्यक्षसमेत रहेका निर्वतमान प्रदेश संयोजक लीलाबल्लव घिमिरे, प्रदेश अधिवेशन प्रतिनिधि दामोदर दवाडी, युनियनका नेता नविनबाबु राईलगायतले धाई तथा शुभकामना दिएका थिए । सो अवसरमा निर्वाचन समितिले गरेको माइन्यूटसमेत नवनिर्वाचित अध्यक्ष नवोदितलाई हस्तान्तरण गरेको थियो ।


बिराटनगर माघ १५ गते | मोरङ तथा मातहत कार्यालयहरू समेतमा मोरङ जिल्लाका विभिन्न स्थानमा भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याएको खाध्यान्न, लत्ताकपडा, माछा लगायतका सामान तथा नेपालबाट भारततर्फ लाँदै गरेको चौपाया समेत गरी अन्दाजी मुल्य रू। २,८३,७८०।( ९दुईलाख त्रियासीसहजार सातसय असी० बराबरको सामान बरामद गरी आवश्यक कारवाहिको लागि भन्सार कार्यालय विराटनगरमा बुझाईएको छ |


 दमक  | झापाको दमक ८का भूमिहिन दलित,भूमिहिन सुकुम्वासी र अब्यवस्थित बसोवासीलाई भूमिको मालिक बनाउने उदेश्यले निस्सा वितरण प्रक्रिया शुरु गरेको छ ।

दमक नगर पालिका ८न.वडा कार्यालयले आज एक कार्यक्रमको आयोजना गरी उनीहरुको निवेदनको आधारमा निस्सा वितरण शुरु गरेको हो । दमक ८का दलित ,भूमिहिन , सुकुम्वासी र अव्यवस्थित वसोवासी विपन्नहरुलाई जमिनको मालिक बनाउने प्रक्रियाको शुरुवात निस्सा वितरण गरेको वडा अध्यक्ष दिपेश दाहाल (धर्म)ले बताउनु भयो ।

निवदेकहरुको आवश्यक कागजात सहितको निवदेन दर्तापछि संकलन गरेको निवेदनको आधारमा जग्गाधनी पुर्जा दिने प्रक्रियाको पहिलो चरण शुरु गरी २सय ९८जनालाई निस्सा वितरण गरेको वडाअध्यक्ष दाहालले बताउनु भयो । वडा भित्र भूमिहिन दलित २६ जना , भूमिहिन सुकुम्वासी १सय २४ जना र अब्यवस्थित वसोवासी ४सय ४७ जना गरी कुल ५सय ९७ जनालाई निस्सा वितरण गर्ने वडा सदस्य पदम गिरीले बताउनु भयो । कार्यक्रममा लक्ष्मी देवी दर्जी ,इन्दिरा थापा कार्की ,तुलाराम गिरी ,प्रकाश तिम्सिना ,रुपा राई र इन्द्रमाया भुजेल लगायतले निस्सा दर्ता गराएको वडा सदस्य गिरीले बताउनु भयो ।  

वडा अध्यक्ष दाहालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि दमक नगर पालिकाका नगर प्रमुख राम थापाले निस्सा भूमिहिन दलित,सुकुम्वासी अब्यवस्थित वसोवासीलाई जग्गाधनीको अपनन्तत्व ग्रहण गराउने संकेत भएको बताउनु भयो ।

 नगर उपप्रमुख रेगिना भटराई प्रसाईले नगर वासीहरुलाई निस्सा लगायतका काम सेवाको लागि सहज पहल गरी रहेको बताउनु भयो । कार्यक्रममा स्थानिय अगुवाहरु धिरेन सुब्बा लावती ,ढुण्डीराज भण्डारी लगायतले सुकुम्वासी लगायतलाई निस्सा मात्र होइन धनीपुर्जा छिटो वितरण गर्नु पर्नेमा जोड् दिनु भएको थियो ।


विराटनगर माघ १४ गते ।रातो तारा डट कम, विराटनगरमा माघ १९ देखि हुने सीएनआई एक्स्पोमा घरेलु तथा साना उद्यमीका उत्पादनलाई प्रवद्र्धन गर्न अल्लोको कपडादेखि विभिन्न स्वादका अचारका स्टल रहने भएका छन् । एक्स्पोको साझेदार संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको समन्वयमा लघु, घरेलु, साना र कृषि उद्यमीहरुका लागि मात्रै ७२ वटा स्टल रहने जनाइएको छ ।

ताप्लेजुङको राडी, तेह्रथुमको ढाका, भोजपुरको खुकुरी, विभिन्न जिल्लामा निर्मित हस्तकलाका सामानहरु, घरेलु सामग्रीबाट निर्मित जुत्ताचप्पल, ढाकाका कपडा, विभिन्न जातका फलफुल र अचारका स्टलहरु रहने छन् । त्यसैगरी हिमाली जिल्लाका जडिबुटी औषधी, छुर्पी, मह, चिज, अकबरे खोर्सानी लगायतका अर्गानिक कृषि उत्पादन पनि एक्स्पोमा राखिने नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले बताए ।

विशेष गरी महिलाहरु संलग्न भएर सुरु गरिएका लघु तथा घरेलु उद्योग, कृषिजन्य वस्तुका विशेष उत्पादनलाई एक्स्पोका माध्यमबाट बजारसम्म पु¥याउने र उनीहरुलाई पनि खुल्ला बजारमा पहुँच स्थापित गर्ने उदेश्यका साथ स्टलका लागि समन्वय गरिएको निरौलाले जानकारी दिए ।

‘यो एक्स्पोमा हामी पनि साझेदारका रुपमा रहेका छौं, त्यहि भएर अनेकौं प्रकारका लघु तथा घरेलु, कृषि उद्यमहरुको प्रवद्र्धनका लागि हामीले एक्स्पोमा विशेष स्थान पाएका छौं’ उनले भने, ‘हरेक उद्यमीलाई ठुला उद्योगीहरु सरह आफ्ना उत्पादनको प्रदर्शनी र विक्री वितरण गर्ने अवसर मिलेको छ, यो हाम्रो लागि निकै ठुलो उपलब्धि ठानेका छौं ।’

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले एक्स्पोको सहयोगी संस्थाका रुपमा रहेर आफ्नो क्षेत्रको व्यापार व्यवसायको प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गरेको छ । महासंघकै कारण जुटबाट बनेका र अरु धेरै हस्तकलाका सामग्रीहरुलाई ठुला व्यवसायीले जस्तै प्रदर्शन गरेर उपभोक्तासमक्ष पु¥याउन लागेको महासंघकी महिला उपसमितिकी अध्यक्ष सुनिता छाराहाङले बताइन् । 

आफ्नै लघु उद्योगबाट उत्पादित भएको क्लिनिङ साबुन, फिनेल लगायतका सामग्री एक्स्पोमा राख्न पाएकोउद्यमी रेखा चौधरीलेसुनाइन् । त्यसैगरी अगरबत्ती, मसला लगायतका वस्तुहरुको उत्पादन गर्दै क्रमशः उत्पादन वृद्धि गर्दै लगेपनि बजार निर्माणमा शीप र ज्ञान नभएका कारण पछि परेको अनुभव भइरहेको बेलामा एक्स्पोमा स्टल पाएर आफ्नो उत्पादन प्रदर्शन र विक्री वितरण गर्ने अवसर हुन लागेकोमा महिला उद्यमी सोमी चौलागाँई पनि हर्षित बनिन् ।

सीएनआई कोसी एक्स्पो २०७९ मा चार सय बढि स्टलहरु रहने एक्स्पोकी सह–संयोजक गिरिजा सारडाले बताइन् । उनले महिलाहरुलाई स्टल राख्नका लागि विशेष रुपमा प्रोत्साहन गरिएको पनि जानकारी दिइन् ।

एक्स्पो माघ २८ गतेसम्म चल्ने जनाइएको छ । विराटनगर–२ शंकरपुरमा एक्स्पोको तयारी तिब्र पारिएको छ । एक्स्पोमा स्टल बुक गरेका उद्यमी र उद्योगी व्यवसायीहरुका लागि आइतबारसम्म सुविधा सम्पन्न डोमहरु हस्तान्तरण गरिने जनाइएको छ ।


विराटनगर माघ १३ गते । हिसान स्पोर्टस् मिटको ११ औं संस्करणको क्रिकेटमा अर्किड कलेज र कान्तीपुर कलेज  फुटबलमा रेड स्टार कलेज, मर्डन एरा कलेज र शिक्षादिप कलेज तथा भलीबलमा कान्तीपुर कलेज, अर्किड कलेज र कोशी  कलेज विजय भएका छन् ।

शुक्रबार वैजनाथपुरमा भएको क्रिकेटको पहिलो खेलमा अर्किड कलेजले सगरमाथा कलेजलाईलाई २ विकेटले पराजित गदै सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको सगरमाथाले निर्धारित १३ ओभरको खेलमा १० दशमलव १ बलमा सवै विकेट ४४ रनको योगफल तयार पारेको थियो । जस्मा शिसिर यादवले १० रनको योगदान दिए । अर्किडका म्यान अफ द म्याच रविन बस्नेतले २ ओभरमा ३ रन दिएर ५ विकेट लिँला यूवराज मगरले ३ विकेट लिए ।

जवाफमा ४४ रनको झिनो लक्ष्य पछ्याएको  अर्किडले सर्घषपूर्ष खेल खेल्दै १२ ओभरमा ८ विकेट गुमाई सो विजयी लक्ष पार गरेको थियो । अर्किडले २६ रन अतिरिक्त रन पाउँनु बाहेक कुनै पनि खेलाडिले दोहोरो अंकलाई छुन सकेनन् । सगरमाथाका उत्सव कार्कीले ४ विकेट लिए ।

दोस्रो खेलमा कान्तीपुर कलेजले विकेभिएम कलेजलाई ८ विकेटले पराजित गदै सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको विकेभिएमले निर्धारित २० ओभरको खेलमा १४ दशमलव ४ बलमा सवै विकेट गुमाई ५१ रनको समान्य योगफल खडा गरेको थियो । जस्मा विक्रम मेहता १९ रनमा अविजित भए । कान्तीपुरका म्यान अफ द म्याच अभिशेक मण्डलले ४ ओभरमा १ मेडन राख्दै १६ रन दिएर ५ विकेट लिँदा बब्बु गोठियाले ३ विकेट विकेट लिए ।

जवाफमा ५१ रनको सामान्य योगफल पछ्याएको कान्तीपुरले ९ दशमलव २ बल खेल्दै २ विकेट गुमाउँदै सो विजयी लक्ष्य पार गरेको छ । जस्मा कृष्ण गुप्ताले २० रन बनाउँदा भोला सेठ १३ रनमा अविजित रहे । विकेभिएमका अंकित यादव र राज कामतले १–१ विकेट लिए ।

शुक्रबार विराटनगरको शहिदमैलानमा भएको फुटबलको पहिलो खेलमा पथरीको रेड स्टार कलेजले वेलबारीको शिक्षा सन्देश कलेजलाई पेनाल्टी सुट आउटमा ४–२ को गोल अन्तरले पराजित गदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिमले गोल रहित बराबरी खेले पछि खेलको निर्णर्य  पेनाल्टी सुट आउटबाट भएको हो । खेलको म्यान अफ द म्याच रेड स्टारका गोल किपर समिर विष्ट घोषित भए ।  

दोस्रो खेलमा मेर्डन एरा कलेजले सेन्ट जोसेफ कलेजलाई २–० को गोल अन्तरले पराजित गदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलको दुवै गोल मोर्डन एका नविनकुमार चौधरीले गरे । उनी खेलको म्यान अफ द म्याच घोषित भए ।

तेस्रो खेलमा विराटनगरमा शिक्षादिपले ग्रामथानको जनक मेमोरियल कलेजलाई पेनाल्टी सुट आउटमा ३–० को गोल अन्तरले पराजित गदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिमले गोल रहित बराबरी खेले पछि खेलको निर्णय  पेनाल्टी सुट आउटबाट भएको  हो । खेलको म्यान अफ द म्याच शिक्षादिपका गोल किपर मस्कर शेख घोषित भए ।  

 शुक्रबारै भएको भलीबलको छात्रतर्फको पहिलो खेल कान्तीपुर कलेजले अरनिको कलेजलाई २–१ को सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच कानर््िपुरका विवेक बस्नेतले भए । दोस्रो खेलमा अर्किड कलेजले रेड स्टार कलेजलाई २–० को सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच अर्किडका गहेन्द्र राजवंशी घोषित भए । त्यस्तै छात्रातफको खेलमा कोशि क्याम्पसले कान्तीपुर कलेजलाई २–१ को सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच कोशीका सविनाकुमारी माझी घाषित भइन् ।

शुक्रबार टेवलटेनिसको छात्र तथा छात्राको पहिलो चरणको खेल सम्पन्न भएको खेल सम्योनक खुशिराज श्रेष्ठले बताए । 


काठमाडौं, १३ माघ | रातो तारा डट कम,संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सांस्कृतिक संस्थान सबै नेपालीको साझा संस्कृतिको फुलबारी बन्नुपर्ने बताएका छन् । संस्थानद्धारा आयोजित ‘वशन्त शाश्त्रिय उत्सव २०७९’ तथा कलाकार प्रशिक्षणअन्र्तगत २९औं व्याजका प्रशिक्षार्थीको दिक्षान्त समारोहमा बोल्दै मन्त्री किरातीले भने, ‘राजा महाराजाले एउटा मुल्यमा स्थापना गरेको यो संस्था अहिले गणतान्त्रिक संस्कृतिमा रुपान्तरीत भएको छ । यो संस्था सबै नेपालीको साझा संस्कृतिको थलो बन्नुपर्छ ।’

संस्थानद्धारा सञ्चालित अभिनय, नृत्य, गायन तथा बाद्यबादन विधामा ६ महिना प्रशिक्षण लिएका विद्यार्थीहरुको दीक्षान्त समारोहमा उनीहरुले आआफ्नो विधामा आकर्षक प्रस्तुति दिएका थिए । सबै विधाका गरी लगभग डेढ सय विद्यार्थीलाई समारोहमा प्रमाणपत्रसहित दिक्षित गरिएको थियो । संस्थानका निवर्तमान अध्यक्ष प्रेमनाथ अधिकारी र महाप्रबन्धक अशोकप्यासी राईले प्रमाणपत्र प्रदान गरेका थिए ।

सो अवसरमा अभिनयका प्रशिक्षार्थीहरुले नाटक ‘शंख घोष’ मञ्चन गरे । वरिष्ठ नाट्यकर्मी बीरेन्द्र हमालको परिकल्पना तथा निर्देशन रहेको नाटक हेरेका मन्त्री किराती, राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीलगायतले प्रशंसा गरेका थिए । राज्यमन्त्री ठकुरीले नेपाली संस्कृतिको जगेर्ना र प्रवर्धनमा सांस्कृतिक संस्थानको ठुलो योगदान रहेको बताईन् ।

संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले कार्यक्रममा उपस्थित पाहुनाहरुलाई स्वागत गर्दै पछिल्लो समय संस्थान लक्ष्य र उद्देश्यमा आधारित परिणाममुखी काममा लागेको बताए । ‘बर्तमानमा गरेका नीतिगत निर्णय र कामहरु भविश्यमा संस्थानका लागि तागत बन्नुपर्छ’, महाप्रबन्धक राईले भने ।

कार्यक्रमको दोश्रो चरणमा स्थापीत कलाकारले शास्त्रीय नृत्य तथा वाद्यवादन प्रस्तुत गरी वशन्त शाश्त्रिय उत्सवलाई रंगीन बनाए । सन्तोषभक्त श्रेष्ठको इश्राजवादन, सुलोचना गोपालीको भरतनाट्यम जति आर्कषक थियो पं. विष्णुप्रसाद आचार्यको ध्रुपद गायन त्यतिकै रोमाञ्चक थियो ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पुर्वकुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पुर्वकुलपति केके कर्मचार्यलगायतले दिक्षित भएका विद्यार्थीको प्रस्तुतिको प्रशंसा गरेका थिए । सो अवसरमा प्रा. श्रीराम आचार्य र सहप्रा. सरोजनी तण्डुकारद्धारा लिखित पुस्तक ‘संगीत मन्थनाञ्जली’ पनि विमोचन गरिएको थियो ।

 

 


गाइघाट १२ माघ गते | नेपाल राष्ट्र बैकका गर्भनर महाप्रसाद खतिवडाले विश्व बजारमा भएको उतार चडावले नेपाली अर्थतन्त्रलाइ पुराएको क्षती क्रमिक रुपमा सुधार हुदै गईरहेको बताएका छन।

उनले विगत चार महिना देखी अर्थतन्त्रमा निकै सुधार भएको बताए। निरन्तर घाटामा रहेको अर्थबजार असोज महिना यता वचततर्फ अग्रसर देखीन थालेको सकारात्मक सन्देश रहेको बताए।

उदयपुरको चौदण्डीगढी नगरपालिका– ६ स्थित जनप्रेमी माध्यमिक विद्यालय हातामा निर्मित सरस्वती मन्दिरको विहिबार उद्घाटन गदै गर्भनर अधिकारीले वाह्य समस्याको कारण नेपाली अर्थतन्त्र कमजोर हुन गएको तर त्यस्को बावजुद मौद्रिक नितिमा केही सुधारात्मक अभ्यासहरु भैरहेको वताए।

उनले साना ब्यावसायिहरु लाइ संरक्षण गर्ने निति बनाउन लागेको उल्लेख गदै वित्तिय समावेसीकरणको निती अबलम्बन गरी सबैलाइ बैङकिङ कारोबारमा जोड्ने अभियान सुरु गरीएको बताए।

चौदण्डीगढी नगरपालिका–६ का वडाअध्यक्ष केशब अधिकारीले २५ बर्षिय छोरा युगान्त र१९ बर्षिय छोरी अनुजाको स्मृतिमा १५ लाख खर्च गरेर उतm मन्दिर निमार्ण गरेका हुन।


विराटनगर माघ १२ गते । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा माघ १९ गतेदेखि विराटनगरमा आयोजना हुन लागेको सीएनआई कोसी एक्स्पो २०७९ मा संसारकै अग्लो हिमाल सगरमाथादेखि नेपालकै सवैभन्दा होचो स्थान केचना कवल हेर्न पाइने भएको छ ।

प्रदेश १ को भौगोलिक, जातीय र साँस्कृतिक विविधतालाई एक्स्पोका माध्यमबाट अवलोकनकर्ताहरुलाई जानकारी दिने उदेश्यले यस्तो देखाउन लागिएको जनाइएको छ । त्यसका लागि एक्स्पो स्थलमा ती संरचना निर्माणको काम सुरु भएको हो ।

हिमालदेखि पहाड हुँदै तराईको भू–बनोटलाई एक्स्पोका दर्शकहरुले हेर्ने र त्यसबाट नेपालको भौगोलिकदेखि साँस्कृतिक सम्पन्नताबारे ज्ञान प्राप्त गर्ने अपेक्षा गरिएको सीएनआई प्रदेश १ काअध्यक्षभीम घिमिरेलेबताए ।

विराटनगर महानगरपालिका–२ शंकरपुरमा एक्स्पोको तयारी तिब्र पारिएको छ । एक्स्पो स्थलमा आवश्यक संरचना जडान र निर्माणको काम जारी रहेको छ ।

ऐतिहाँसिक रुपमा आयोजना हुन लागेको एक्स्पोमा अवलोकनकर्ताहरुको मनोरञ्जनका लागि कोसी नदीमाथिको सेल्फी पुल, थारु र झाँगडको परम्परागत घरहरु जस्ता संरचना पनि निर्माण गर्न सुरु गरिएको जनाइएको छ ।

एक्स्पोमा नेपालकै चर्चित ब्याण्डहरुले प्रस्तुति दिने निश्चित भइसकेको एक्स्पो आयोजक समितिका संयोजक राजेन्द्र राठीले बताए । सविन राई तथा उनको फारोह ब्याण्ड र राजु लामाको मंगोलियन हर्ट ब्याण्ड, अभया सुब्बा द स्ट्रिम इन्जिन्स, एकदेव लिम्बु, नितेश जंग कु“वर र उनको ब्याण्ड, समिर श्रेष्ठ, आशिष गुभाजुको अकोष्ट्रिक सोलो प्रस्तुति र अनुप्रस्थ लगायतका गायक उनीहरुको ब्याण्डले दैनिक प्रस्तुति दिने जनाइएको छ ।

 


बिराटनगर, माघ १२ गते । रातो तारा डट कम, १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले आज जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण भ्रमण गर्नु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई समेत आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले नागरिकको जीउ धनको सुरक्षा, अपराध नियन्त्रण, घटित अपराधको सफल अनुसन्धान, पेन्डिङ मुद्दाको फर्छौड,  लागुऔषधको प्रयोग र ओसार पसार नियन्त्रणको लागि कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउन र जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्न तथा सङ्गठनको उद्देश्य र गरिमालाई सदैव उच्च बनाउने कार्य गर्न समेत निर्देशन दिनु भयो । सोही क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयलले प्रदेश प्रहरी प्रमुख ज्ञवालीलाई जिल्लाको बस्तु स्थितिको बारेमा अवगत गराउनु भएको थियो ।  


विराटनगर माघ  ११ गते |  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले संघीय संसद भवनअगाडि इलामका युवा प्रेमप्रसाद आचार्यले गरेको आत्मदाहप्रति दुःख व्यक्त गरेका छन् ।

उनले सो घटनालाई जनतामा राज्यप्रतिको निराशा र आक्रोशको संकेत भएको टिप्पणी गरेका छन् । मेयर कोइरालाले निजी सचिवालयमार्फत  आफ्नो भनाइ सार्वजनिक गर्दै आचार्यको आत्मदाह घटनाले राज्यलाई सोच्न बाध्य बनाएको उल्लेख गरेका छन् ।

 “आचार्यको आत्मदाह निराशा र आक्रोशको संकेत हो । यो संकेतलाई बुझेर तीनै तहको सरकारले बेलैमा सम्बोधन गरेनौं भने यस्ता घटना अझै बढेर जाने देखिन्छ,” मेयर कोइरालाले भनेका छन्, “जनताको भावनालाई बुझेर हामी जनप्रतिनिधि, कर्मचारी, प्रहरी प्रशासन, निजी क्षेत्र सबै आफ्नो दायित्व र जिम्मेवारी बुझेर इमान्दारिताका साथ अगाडि बढौं भन्ने आग्रह गर्दछु ।”

तीनै तहको सरकारले जनतालाई बिना झन्झट र अवरोध सेवा प्रवाह गर्नुपर्नेमा मेयर कोइरालाले जोड दिएका छन् । ऐन कानुन निर्माणदेखि सेवा प्रवाह र जनतालाई कानुनी राज्यको प्रत्याभूति दिलाउने प्रमुख दायित्व संघीय सरकारको भएको उनको भनाइ छ । सीमित स्रोत र साधनको बाबजुद पनि स्थानीय सरकार आफ्नो दायित्व पूरा गर्न सदैव लागिपरिहेको उल्लेख गर्दै उनले विराटनगर महानगरपालिकाले पनि सुशासन, पारदर्शिता र जवाफदेहितालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।

“सीमित स्रोत र साधनको उपयोग गर्दै युवाहलाई स्वरोजगारमूलक तालिम सञ्चालन गरेर आत्मनिर्भर बनाउने सवालमा महानगर गम्भीर रहेको छ,” उनले भनेका छन्, “देश र समाजलाई नै लज्जित बनाउने गरी संसद भवन अगाडि देशभित्रै बसेर केही गरौं भनेर अगाडि बढिरहेको युवाले आगो लगाएर आत्महत्या गर्नु अत्यन्तै दुखदायी घटना हो । यो घटना शब्दमा वर्णन गरेर नसकिने हो भन्ने मलाई लाग्दछ ।” शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरेका आचार्यको उपचारका क्रममा बुधबार बिहान निधन भएको छ ।


विराटनगर माघ ११ गते । माघ १९ गतेदेखि विराटनगरमा हुन लागेको ‘सीएनआई कोसी एक्स्पो २०७९’ मा विराटनगर बाहिरका उद्योग र ठुला ब्राण्डहरु आफ्नो उत्पादनको प्रवद्र्धनका लागि सहभागी हुने भएका छन् । एक्स्पोमा सहभागीताका लागि नयाँ उद्योग र कम्पनिहरुलाई प्रोत्साहित गरिएका कारण उनीहरु आफ्नो उत्पादनसहित सहभागी हुने भएका हुन् ।

सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले विराटनगरका वीरगञ्ज, भैरहवा, नवलपरासी, काठमाडौं लगायतका प्रमुख औधोगिक क्षेत्रका उद्योगहरुले एक्स्पोमा सहभागीताको सुनिश्चितता गरेको जानकारी दिए । विराटनगरमा यसअघि लाग्दै आएका एक्स्पोहरुमा अहिलेसम्म सहभागीता नजनाएको चौधरी ग्रुप, यामाहा, सूर्य पेन्टस्, रुस्लान, न्यूट्री प्लस फुड लगायतका औधोगिक उत्पादनले सहभागीता जनाउने भएका हुन् । उल्लेखित सवै औधोगिक ब्राण्ड र उत्पादनहरु विराटनगर बाहिरका हुन् ।

एक्स्पोमा प्रदेश १ का प्राय सवै उद्योगहरुले सहभागीता जनाएको अध्यक्ष घिमिरेले बताए । लोकप्रिय कृषि उत्पादनभित्र किवीदेखि बरमझियाको पेडासम्मको प्रदर्शनी र विक्री वितरण हुने जनाइएको छ ।

एक्स्पोमा प्रवेशका लागि अनलाइन टिकेटिङको व्यवस्था मिलाइएको पनि जनाइएको छ । गेटमा टिकट काट्नुपर्ने परम्परागत कार्यको अन्त्य गर्न अनलाइन टिकेटिङ प्रभावकारी हुने एक्स्पो सचिवालयले जनाएको     छ ।

विराटनगर–२ शंकरपुरमा एक्स्पो स्थल निर्माणको तयारी तीब्र पारिएको छ । स्टल बुकिङ अधिकांश भइसकेको जनाइएको छ । सीएनआईले एक्स्पोलाई ऐतिहाँसिक बनाउने घोषणा यसअघि नै गरिसकेको छ ।


विराटनगर माघ ११ गते | विराटनगर महानगरपालिकाले सरसफाईलाई तीव्रता दिएको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित बनाउने अभियानअन्तर्गत महानगरले ब्रुमर लगाएर सडकको धुलो उठानुका साथै पानी लगाएर पखाल्ने कामसमेत गरिरहेको छ । 

पहिलो चरणमा महानगरले बजार क्षेत्रका मुख्य सडकको धुलो सफा गर्ने अभियान सञ्चालन गरेको छ । पार्किङ व्यवस्थापनपछि महानगरले सडकलाई सफा बनाउन ब्रुमर लगाएर धुलो उठाउने र पानी लगाएर धुने काम गरिरहेको महानगरका सरसफाई शाखा प्रमुख पुनम दाहालले जानकारी दिए ।

शनिमन्दिरदेखि अस्पताल चोक र महावीर रोडलाई पार्किङ निषेधिक क्षेत्र घोषणा गरिएको छ । ‘नो पार्किङ जोन’ घोषणा गरिएको सडक पखालेर चिटिक्क पारिएको छ । मेयर नागेश कोइरालाको निर्देशनअनुसार सफाईलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । 

महानगरले सरसफाईलाई कडाइ गरिएको उनले सुनाए । घर र पसलअगाडि फोहोर भेटिए सम्बन्धित घर र पसलधनीलाई कारबाही गरिने उनको भनाइ थियो । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा साथ दिन महानगरवासीलाई मेयर कोइरालाले आग्रह गर्दै आएका छन् । मंगलबार महानगरले शनिमन्दिर रोड र महावीर रोड पखालेको छ ।


बिराटनगर माघ ११ गते |  मोरङ बिराटनगर महानगरपालिका वडा नं. १९ मा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं ५ बस्ने बर्ष ३६ को दिपेन्द्र अमात्य, जिल्ला मोरङ बेलबारी नगरपालिका वडा नं ११ बस्ने बर्ष ३७ की सुनिता राई र ऐऐ बस्ने बर्ष ५० की शोभाराईले को १ ह १८६९ नं को अटोमा लोड गरि ल्याउँदै गरेको अन्दाजी ४५५ लिटर घरेलु मदिरा अप्रचौ घिनाघाटबाट खटिएको प्रहरी टोलीले बरामद गरी आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय मोरङ, विराटनगरमा बुझाईएको छ |

 


दमक,माघ १० गते | झापाको दमक ४ स्थित अडियामहलमा रहेको विधोदय आधारभूत विधालयले स्वर्णमहोत्सवको तयारी पुरा भएको जनाएको छ ।

 विधोदयले आफनो ५० औं वर्षगाँठको अवसरमा मनाउने स्वर्णमहोत्सवको तयारी पुरा भएको जनाएको हो । पत्रकार मञ्च दमकमा विधालयले आज पत्रकार सम्मेलन आयोजनाको आयोजना गरि गरेको माघ १२ गते सरस्वती पुजाकै दिन मनाउने स्वर्णमहोत्सवको विषयमा जानकारी दिएको छ ।

बिधालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा स्वर्णमहोत्सव कार्यक्रम संयोजक केन्द्र प्रसाईले विधालयको ५० औ वर्ष गाँठ मनाउन आर्थिक,सञ्चार ,शिलालेख,स्वयसेवक र स्मारिका तयारी समितिले बनाएर काम गरिएको बताउनु भयो । स्वर्णमहोत्सव प्रदेश न. १ का मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा हुने विधालयले जनाएको छ ।  

पत्रकारको जिज्ञासामा बिधालयको शैक्षिक सुधार,आर्थिक संकलन ,अक्षयकोष तयार र स्तरउन्नति लगायतका उपलब्धि हासिल गर्न सकिने कार्यक्रम संयोजक प्रसाईले बताउनु भयो । पत्रकार सम्मेलनमा बोल्दै दमक नगर पालिकाको कार्यपालिका सदस्य शारदा भटराईले शिक्षाको बिकास भए मात्र अन्य क्षेत्रको बिकास पुरा हुने हुदा विधोदयको शैक्षिक गुणस्तर बृद्धिमा आफुले पनि पहल कदमी गरी रहेको बताउनु भयो । 

विधालयले स्वर्णमहोत्सवमा जग्गादाता ,भवन निर्माण सहयोग गर्ने दाता भौतिक सामाग्री उपलब्ध गराउने सामाजिक ब्यक्तित्वहरुलाई अभिनन्दन  गरिने बिधालय ब्यवस्थापन समिति अध्यक्ष भरत बहादुर खड्काले जानकारी दिनु भयो । बिधालयले कक्षा ८ देखि १० सम्म सञ्चालन लागि योजनाहरु अघि बढाइएको अध्यक्ष खड्काले बताउनु भयो । 

विधोदय विधालय २०२९ सालमा स्थापना भएको हो ।कक्षा १देखि ८ सम्म कक्षा सञ्चालनमा रहेको छ । अहिले २सय ५ जना विधार्थी अध्ययनरक्त रहेको बिधालयको प्रधानध्यापक जयन्ती पौडेलले जानकारी दिनु भयो । विधालयमा प्राय ःधिमाल ,दलित ,चिया मजदुरहरु छोरा छोरीपढने गरेको शिक्षक यमुना पोखरेलले बताउनु भयो ।


विराटनगर  माघ १० गते । ७१ औ अन्तराष्ट्रिय भन्सार दिवशको अवसर पारेर भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्वतन्त्र भन्सार प्रतिनिधि संगठनले उपाधि जितेको छ ।

मंगलबार भएको फाइनल खेलमा स्वतन्त्र भन्सार प्रतिनिधि संगठनले ट्रान्स फ्रेट सर्विसेस प्रालीलाई १–० को गोल अन्तरले पारजित गदै उपाधि जितेको हो । खेलको एक मात्र निर्णायक गोल स्वतन्त्र भन्सार प्रतिनिधि संगठनका आशिष लामाले गरे ।

प्रतीयोगितामा विराटनगरका स्वतन्त्र भन्सार प्रतिनिधि संगठन, ट्रान्स फ्रेट सर्विसेस प्राली, विराटनगर भन्सार कार्यलय र विराटनगर भन्सार एजेन्ट संघ गरि ४ टिम रहेको स्वतन्त्र भन्सार प्रतिनिधि संगठनका सश–सचिव अरविन्द ठाकुरले जानकारी दिए । ठाकुरका अनुसार पुरस्कार तथा ट्रफि २६ तारिको दिन वितरण गरिने छ ।


 विराटनगर । ७१ औ अन्तराष्ट्रिय भन्सार दिवशको अवसर पारेर भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा विजय हुँदै स्वतन्त्र भन्सार प्रतिनिधि संगठन फाक्ष्नलमा प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा स्वतन्त्र भन्सार प्रतिनिधि संगठनले ट्रान्स फ्रेट सर्विसेस प्रालीलाई २–१ को गोल अन्तरले पारजित गरेको छ । स्वतन्त्र भन्सार प्रतिनिधि संगठनका सन्दिप खडकाले २ गोल गरे भने ट्रान्स फ्रेटका अनिल राईले १ गोल गरे ।

प्रतीयोगितामा विराटनगरका स्वतन्त्र भन्सार प्रतिनिधि संगठन, ट्रान्स फ्रेट सर्विसेस प्राली, विराटनगर भन्सार कार्यलय र विराटनगर भन्सार एजेन्ट संघ गरि ४ टिम रहेको स्वतन्त्र भन्सार प्रतिनिधि संगठनका सश–सचिव अरविन्द ठाकुरले जानकारी दिए । टाकुरका अनुसार फाइनल खेल मग।बार स्वतन्त्र भन्सार प्रतिनिधि संगठनले विराटनगर भन्सार एजेन्ट संघसँग प्रतीस्पर्धा गर्ने छ ।


विराटनगर  माघ ९ गते | विराटनगरका विभिन्न तीन रोटरी क्लबले विद्यालयको भवन निर्माण गरेर सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् । 

रोटरी क्लब अफ विराटनगर, रोटरी क्लब अफ विराटनगर टाउनडाउन र रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको सक्रियता तथा रोटरी ई क्लब अफ सेन्ट्रल टेक्टासको समन्वयमा निर्माण गरिएको विद्यालय भवन हस्तान्तरण गरिएको हो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तीनवटै नवनिर्मित भवनको चाबी विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको थियो । 

विराटनगर–६ स्थित जनचेतना आधारभूत विद्यालय, विराटनगर–२ स्थित विराट महेन्द्र रात्री स्कुल र विराटनगर–५ स्थित आधारभूत विद्यालयको भवन महानगरका मेयर कोइरालाले उद्घाटनसमेत गरे । रोटरी क्लब अफ विराटनगरका अध्यक्ष कविन श्रेष्ठको नेतृत्वमा विराटनगर–६ स्थित रामपुरको श्री जनचेतना आधारभूत विद्यालयको स्तरोन्नतिका लागि ५२ लाख ५५ हजार, रोटरी क्लब अफ विराटनगर डाउनटाउनका अध्यक्ष रेखा राठीको नेतृत्वमा विराटनगर–२ कोचाखालस्थित विराट महेन्द्र रात्री विद्यालयको स्तरोन्नतिका लागि ३३ लाख १९ हजार र रोटरी क्लब अफ विराटनगर सेन्ट्रलका अध्यक्ष नम्रता रिजालको नेतृत्वमा विराटनगर–२ स्थित श्री आधारभूत विद्यालयको स्तरोन्नतिका लागि ३० लाख ८० हजाररुपैयाँ खर्च गरिएको परियोजना कोर्डिनेटर कमल अग्रवालले जानकारी दिए । 

विराटनगर–६ रामपुरस्थित जनचेतना आधारभूत विद्यालयमा सोमबार आयोजित विद्यालयको चाबी हस्तान्तरण कार्यक्रममा मेयर कोइराला र रोटरी क्लब अफ विराटनगरका अध्यक्ष कविन श्रेष्ठलगायतका रोटरीयनहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृतकुमार साह हलुवाई र प्रधानाध्यापक जयन्ती दासलाई विद्यालयको चाबी हस्तान्तरण गरे । त्यस्तै विराटनगर–२ को स्तरोन्नति गरेको भवनको दाबी मेयर कोइराला र वडाध्यक्ष कुमार पोखरेलले हस्तान्तरण गरे । जनचेतना आधारभूत विद्यालयका उत्कृष्ट विद्यार्थीलाई साइकलसमेत हस्तान्तरण गरिएको थियो । 

चाबी हस्तान्तरण कार्यक्रममा तीनवटै वडाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा रोटरीयन सन्तोष रिजाल, ताराचन्द खेतान, सुरेन्द्र गोल्छा, डा. बिजु थपलिया, मनोजविक्रम शाह, कमल अग्रवाल, रेखा राठी, सुप्रिया सारडा, श्रृती शर्मा, जीना थापा, रचना राठी, अनिता देव, शिवरतन जोशी र नन्दिप अग्रवालको सहभागीता रहेको छ । तीनवटै विद्यालयको भवन निर्माण ३ वर्षअघि सुरु गरिएको थियो । 



विराटनगर माघ ९ गते। हिसान स्पोट्र्स मिटको ११ औं संस्करण औपचारिक उद्घाटन मंगलबारदेखि सुरु हुने भए पनि फुटबल खेलहरु सोमबारदेखि शुरु भएको छ  ।

सोमबार भएको खेलमा विकेभिएम, कोशी क्याम्पस र अर्किड  कलेज  विजयी भएको छ । पहिलो खेलमा विकेभिएमले कोवास कलेजलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । विकेभिएमका म्यान अफ द म्याच सविन चौधरीले ह्याट्रिकसहित ३ गोल, प्रशिल कार्कीले २ गोल र निश्चल थारुले १ गोल गरे ।

दोस्रो खेलमा कोशी क्याम्सवले सगरमाथा कलेजलाई ३–१ को गोल अन्तरले पराजिथ गरेको छ । कोशीका म्यान अफ द म्याच विरबहादुर लिम्बु, प्रदिप तामाङ र गौरभ धिमालले १–१ गोल गरे भने सगरमाथाका आयुस तामाङले गोल फर्काए ।

तेस्रो खेलमा अर्किड कलेजले मेरिल्याण्ड कलेजलाई २–० क गोल अन्तरले पराजित गरेको छ । अर्किडका जुनियर सावाले १ गोल गरे भने अर्को गोल मेरिल्याण्डको निशानत राँयले आत्माघाती गोल गरे । खेलको म्यान अफ द म्याच अर्किडका जुनियर सावा घोषित भए ।

खेलकुदको माध्यमबाट अनुशासन कायम राख्दै, स्वास्थ र सार्वभौमिकताको रक्षा गर्न सक्ने देशभक्त नागरिक उत्पादन, लागुपदार्थको कुलतबाट युवाहरुलाई जोगाउँदै राष्ट्रिय स्तरका खेलाडी तयार गर्न उद्देश्यका साथ स्पोट्र्स मिट गर्न लागेको बताउँदै, हिसान मोरङका अध्यक्ष ढकालले भने, ‘०६५ सालदेखि निरन्तर रुपमा खेलकुदका कार्यक्रम आयोजना गर्दै आए पनि कोरोना महामारीका कारण स्थगित गर्नु प¥यो । यस स्पोट्र्स मिटमा फुटबल (छात्र), क्रिकेट (छात्र), बास्केटबल (छात्र), भलिबल (छात्र÷छात्रा), टेबलटेनिस सिंगल र डब्लस (छात्र÷छात्रा), एथलेक्टिस का खेलहरु हुने छन् । प्रतियोगितामा विभिन्न खेलमा २८ वटा कलेजहरुका १ हजार ७ सय बढी विद्यार्थीहरुले सभागिता जनाउने भएका छन् ।


झापा, माघ ९ गते । झापाको बुद्धशान्ति गाउँपालिका(३ बुधबारे बजार स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ साढे ६ बजे ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा चारआलीबाट बुधबारे तर्फ आउदै गरेको प्रदेश १(०१(००२ ह ३५६ नम्बरको अटोमा लुकाईछिपाई ल्याउदै गरेको ५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर फेला पारी अटो चालक २४ बर्षीय अजय तामाङ, अटोमा सवार १९ बर्षीय संदेश राई र २० बर्षीय सन्तोष राजबंशीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय धुलबारी झापाबाट थप अनुसन्धान भईरहेको छ । 


विराटनगर माघ ९ गते । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन ‘प्याब्सन’ मोरङको आयोजनामा विराटनगरमा सम्पन्न प्याब्सन स्पोर्ट्स मीटमा एभरेष्ट स्कुलले २ स्वर्णसहित ७ वटा रजत पदक जितेको छ ।
 


स्पोर्ट्स मीटका अधिकांश स्पर्धामा भाग लिएको एभरेष्टले टेबल टेनिस तर्फका २ वटा विधामा स्वर्ण पदक जितेको हो भने २ विधामा रजत पदक जितेको छ । 

टेबल टेनिसको टीम इभेन्ट छात्राको स्वर्ण जितेको छ । जसमा एभरेष्टका तर्फबाट एन्जल पन्त र सोनाम खातुनको टीम रहेको थियो । यस्तै छात्रा सिंगल तर्फ पनि एभरेष्टकी एन्जल पन्त प्रथम हुँदै स्वर्ण पदक जित्दा सोनाम खातुन तेस्रो हुँदै रजत पदक प्राप्त गर्नुभएको छ । 

टेबुल टेनिसकै छात्र सिंगल तर्फ प्रतिक कार्की तृतिय हुँदै एभरेष्टलाई अर्को रजत पदक जिताउन सफल हुनुभयो । यस्तै बास्केटबल, छात्र तर्फको लङजम्प, १ सय मिटर दौड, २०० मिटर दौड र छात्रा तर्फको सटपुटमा रजत पदक एभरेष्टले जितेको छ । 

एभरेष्टकी अतिरिक्त क्रियाकलाप इन्चार्ज सिर्जना गौतमका अनुसार लङजम्प र १ सय मिटर छात्र दौडमा अर्पण कार्की तेस्रो हुँदै रजत पदक प्राप्त गर्नुभयो । यस्तै २ सय मिटर दौडमा आयुस्मा जैसवालले रजत पदक प्राप्त गर्दा सटपुटमा आश्ना गिरिले कास्य पदक जित्नुभएको छ ।  


विराटनगर माघ ८ गते । १२ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको उपाधि मोरङको सुन्दरहरैचा नगरपालिका –६ दुलारीमा रहेको पूर्वाञ्चल ऐकेडेमी र विराटनगरमा रहेको कोशी मोडल स्कुलले जितेको छ ।

 विराटनगरमा आइतबार सम्पन्न भएको प्याब्सन स्पोर्टस मिटमा कक्षा १० सम्मको बिजेता पूर्वाञ्चल एकाडेमी र प्लसटुतर्फ कोशी मोडल स्कुलले उपाधि जितेको हो ।

 पूर्वाञ्चल ऐकेडेमीले १० स्वर्ण, ५ कास्य र ५ रजक पदकसहित ७३ अंक ल्याएर कक्षा १० सम्मको बिजेता भएको हो । कोशी मोडलले प्लस टुतर्फ ३०अंकसहित प्याब्सन स्पोर्टस मिटको उपाधि हात पार्न सफलभएको हो ।

 प्याब्सन स्पोर्टस मिटको कक्षा दशसम्मको द्धितीय २ स्वर्ण, ४ रजत, १ कास्य पदकसहित २४ अंक ल्याएर सुन्दरहरैचा नगरपालिकामा रहेको सिद्धार्थ स्कुलले भएको छ । तृतीय ग्रामथान २ मा रहेको जनक मेमोरियलले ५ कास्य, १ रजत पदक सहित १७ अंक ल्याएको छ ।

चौथो भएको हरैचा मोडलले स्वर्ण, तीन रजक पदक सहित १४ अंक ल्याएको छ । पाँचौ लेटाङ ग्रिन भ्याली भएको छ । ग्रिन भ्यालीले २  स्वर्ण पदकसहित १३ अंक ल्याएको छ ।

 यसैगरी प्सटु तर्फको द्धितीय २८ अंक ल्याएर सिद्धार्थ स्कुल र तृतीय २० अंक ल्याएर सगरमाथा स्कुल भएको छ । चौथो विराटनगरको एभरेष्ट र ब्राइट फियुचर स्कुल भएको छ । उनीहरुले समान २०÷२० अंक ल्याएको छ ।  

प्याब्सन स्पोर्टस मिट अन्र्तगत आइतबार विहान सम्पन्न भएको रोड रेस प्रतियोगितामा तीन वटा स्कुल विजयी भएको छ । मोरङको रंगेलीस्थित मिनील्याण्ड, लेटाङको पब्लिक सेन्ट्रल र ग्रिनभ्याली स्कुल प्रथम भएको हो ।

 ३ किलोमिटर रोडरेस प्रतियोगिताको प्रथम मिनील्याण्ड स्कुलका दिपक सरदार भए । उनले ६ मिनेट ४४ सेकेण्डमा तीन किलोमिटरको दुरी पार गरेका थिए ।

 यस्तै द्धितीय सुन्दरहरैचास्थित सिद्धार्थ स्कुलका प्रकृती लिम्बु र तृतीय पथरीको एभरेष्ट स्कुलका समिर राई घोषित भए ।

 यस्तै दुई किलोमिटर छात्रतर्फको प्रथम लेटाङको पब्लिक सेन्ट्रलका मनोज राई, द्धितीय ब्राइट फियुचर स्कुलका निशान्त श्रेष्ठ र तृतीय पूर्वाञ्चल एकाडेमीका सुजन तामाङ घोषित भए ।

 यसैगरी छात्रातर्फको प्रथम ग्रिनभ्याली स्कुलकी यानी लिम्बु, द्धितीय पूर्वाञ्चल एकाडेमीकी विमला विक र तृतीय सिद्धार्थ स्कुलका सोफिया थापा घोषित भइन् ।

यसैगरी चार सय मिटर छात्रतर्फको प्रथम बेलबारीको माउन्ट एभरेष्ट स्कुलका जमसेत अली, द्धितीय पूर्वाञ्चल एकाडेमीका स्वयल चौधरी र तृतीय जीवन विकास पब्लिक स्कुलका रोहन शर्मा भएका छन् ।

सोही विधाको छात्रातर्फको प्रथम पूर्वाञ्चल एकाडेमीका मनिषा कार्कीृ, द्धितीय जनक मेमोरियलका सन्ध्या खाँ र तृतीय बालप्रतिभा स्कुलका सोनी गुरुङ घोषित भइन् ।

 भलिबलको उपाधि चार स्कुललाई

प्याब्सन स्पोर्ट्स मिट अन्र्तगत भलिबल प्रतियोगिताको बिजेता चार स्कुल भएका छन् ।

आइतबार सम्पन्न भएको फाइनलमा विराटनगरको कोशी मोडल, सुन्दरहरैचाको ब्राइट फियूचर, बुढीगंगा गाउँपालिका १ मा रहेको मोरङ पब्लिक र रंगेली नगरपालिका १ बवियाबिर्तामा रहेको सनरे स्कुलले भलिबलको उपाधि जितेको हो ।

कक्षा ११ र १२ तर्फको छात्रतर्फको भलिबलको फाइनलमा कोशी मोडलले सिद्धार्थ स्कुललाई २४–२६, २०–२५ र ९–२५ को सोझो सेटले हराउँदै कोशी मोडलले उपाधि जितेको हो । उपबिजेता सिद्धार्थ स्कुल भयो । तृतीय पथरीको एभरेष्ट र सान्तवना उर्लाबारीको भृकुटी मोडल भएको छ ।

यसैगरी कक्षा ११ र १२ छात्रातर्फको भलिबलको उपाधि सुन्दरहरैचाको ब्राइट फियुचर स्कुलले जितेको छ । ब्राइट फियुचरले कोशी मोडललाई २५–२, २५–९ को सोझो सेटले हराउँदै उपाधि जितेको हो । तृतीय पथरीको एभरेष्ट स्कुल भएको छ ।

कक्षा १० सम्म भएको छात्र भलिबल प्रतियोगितामा सनरे सेकेण्डरी बोर्डिङ स्कुलले विराटनगरको मोर्डन ऐरा स्कुललाई २५–२३ र २५–१७ को सोझो सेटले हराउँदै सनरेले उपाधि जितेको हो ।

यस्तै सोही विधाको छात्रातर्फको बिजेता मोरङ पब्लिक स्कुल भएको    छ । मोरङ पब्लिकले लेटाङको ग्रिनभ्यालीलाई ११–२५, २५–२३, २५–१७, ३–२५ सेटले पराजित गरी मोरङ पब्लिकस्कुलले उपाधिजितेको हो ।

भलिबलमा छात्रातर्फ १८ र छात्रातर्फ ९ वटा स्कुलको सहभागि रहेको थियो ।

 फुटबलको उपाधि सिद्धार्थ स्कुललाई

प्याब्सन स्पोर्टस मिट अन्तर्गत फुटबलको उपाधि सुन्दरहरैचा १० मा रहेको सिद्धार्थ स्कुलले जितेको छ । बेलबारीमा रहेको शिक्षा सन्देश स्कुललाई ट्राइब्रेकरमा ५– ४ गोलले हराउँदै सिद्धार्थ स्कुलले फुटबलको उपाधि जितेको हो ।

निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि ट्राइब्रेकरबाट खेलको छिनोफानो भएको थियो ।

फुटबलमा तृतीय ब्राइट फियुच स्कुल भएको छ । ब्राइट फियुचरले सुनगाभा स्कुललाई ट्राइब्रेकरमा ५–४ गोलले पराजित ग¥यो ।

 तीन स्कुल टेबल टेनिसको बिजेता

प्याब्सन स्पोर्टस मिट अन्तर्गत टेबल टेनिसमा तीन स्कुल विजयी भएको  छ । टिम इभेन्ट छात्रतर्फको प्रथम विराटनगरको एभरेष्ट स्कुल र द्धितीय सगरमाथा भएको छ । यस्तै सोही विधाको छात्रातर्फको प्रथम सगरमाथा र द्धितीय कोशी मोडल स्कुल भयो ।

यसैगरी टेबल टेनिस छात्र सिंगल तर्फको प्रथम एभरेष्ट स्कुलका एन्जल पन्त, द्धितीय सगरमाथा स्कुलका निकिता तामाङ भइन् । तृतीय सगरमाथाका सुरवी प्रधान र एभरेष्ट स्कुलका सोनाम खातुन भइन् ।

सोही विधाको सिंगल छात्रातर्फको प्रथम ग्यालक्सी पब्लिक स्कुलका प्रत्यूष ढकाल, द्धितीय उज्जल तामाङ भए । तृतीय सगरमाथा स्कुलका अनुभव तिम्सिना र एभरेष्ट स्कुलका प्रतिक कार्की घोषित भए ।

 मनिषा कार्की सर्वोत्कृष्ट खेलाडी

प्रतियोगितामा पूर्वाञ्चल ऐकेडेमीको कक्षा ९ मा अध्ययरत मनिसा कार्कीले चार स्वर्ण पदक जित्दै सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । उनले प्रतियोगिताभरीमा चार स्वर्ण पदक जितेकी छिन् । उनी ट्रयाक एण्ड फिल्ड विधामा सर्वोत्कृष्ट भएकी हुन् ।

उनले १६ सय मिटर दौड, ट्रिपल जम, सिंगल ४ सय मिटर दौड, समूह चार सय मिटर दौडमा स्वर्ण  पदक जितेकी छिन् ।

सोही विधामा छात्रतर्फको सर्वोत्कृष्ट खेलाडी पूर्वाञ्चल ऐकेडेमीका सोयल चौधरी घोषित भए । उनले खेलअवधीभरी २ स्वर्ण, २ रजत पदक जितेका छन् ।

 बिजता हुने विद्यार्थीहरूलाई कार्यक्रमको प्रमुख अतिथि प्याब्सनको केन्द्रीय सल्लाहकार टिकाराम पुरी, केन्द्रीय उपाध्यक्ष राजेश कुमार दास, सचिब हेमन्त कुमार कार्की, प्रदेश १ अध्यक्ष टिकाराम ढकाल, सल्लाहकार सुनिल पौडेल, मोरङ  अध्यक्ष सितला सुब्बा, अभिभाव संघ प्रदेश १ का अध्यक्ष देवी पन्थिलगायतले पुरस्कार वितरण गरेका थिए ।

 


MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.