Websoft University

सुन्दरहरैचा नगरपालिकाद्वारा कृषकलाई कृषि सामाग्री वितरण

 


शिव भट्टराई, मोरङको सुन्दरहरैचा नगरपालिकाले नगर क्षेत्रमा बसोबास गर्ने विभिन्न वडाका कृषकहरुलाई वालि विकास कार्यक्रम अन्तर्गत धान बालीको लागि प्रयोग गरिने पावर स्प्रे २ इन १ वितरण गरेको छ ।

सुन्दरहरैचा नगरपालिकाका मेयर केदार प्रसाद गुरागाईं र उपमेयर अकली चौधरीको हातबाट नगरले कृषकलाई ५०% अनुदानमा १६० थान पावर स्प्रे वितरण गरेको छ। सुन्दरहरैचा नगरपालिकाका कृषि शाखाका कर्मचारी सुदिप भण्डारीले नगरले जम्मा ३ लाख ४८ हजार रकमको अनुदानमा कृषकहरुलाई सामग्री वितरण गरेको बताएका छन्।उनले नगरका प्रत्येक वडाबाट कृषकको निवेदन प्राप्त गरि सोही निवेदनको आधारमा कृषकलाई सामग्री वितरण गरेको बताए ।


केही कृषकले नगरपालिकाले अनुदानमा कृषि सामाग्री वितरण गरेकोमा खुसी व्यक्त गरेका छन् भने केही कृषकले नगरमा मल, बीउको अभाव भए सँगै कृषकहरुको समस्याको बारेमा बताएका छन् ।नगरपालिकाले कृषकहरुलाई प्रोत्साहन गर्न कृषि औजार सामाग्री, साथै विभिन्न उन्नत जातका बिउहरु उपलब्ध गराउदै आएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.