Websoft University

रोग लुकाएर बस्नु भन्दा पनि समयमै उपचार गर्नु राम्रो हुने


मनकुमार गदाल -झापा दमक माघ १६ गते | रातो तारा डट कम,झापाको दमकमा भएको एक कार्यक्रमका सहभागीहरुले बेलैमा रोगको पहिचान गरी उपचार गर्नु पर्ने बताएका छन् ।

विश्वास परियोजनाको सहयोगमा दमक नगर पालिकाको स्वास्थ्य शाखाले आज दमकमा आयोजना गरेको उष्ण प्रदेशीय रोगहरु सम्वन्धि छलफल कार्यक्रमका सहभागीहरुले रोग लुकाएर बस्नु भन्दा पनि समयमै उपचार गर्नु पर्नेमा जोड्दिएका हुन् ।

दमक नगर पालिकाको नगर उपप्रमुख रेगिना भटराई प्रसाईले रोग लागि हालेमा उच्च आत्मवलका साथ समयमै उपचार गर्नु पर्ने बताउनु भयो । नगरपालिकाको स्वास्थ्य शाखाको अधिकृत नगेन्द्र भटराईको अध्यक्षतामा भएको कार्यक्रमकी प्रमुख अतिथि नगर उपप्रमुख प्रसाईले सर्ने र नसर्ने रोगहरुवाट बच्न वेलैमा सरसफाईमा ध्यान दिनु पर्ने बताउनु भयो । दमक अस्पतालका चरम रोग विशेषज्ञ डा.गुरु पौडेलले कुष्ठ रोगको विरामी चालु वर्षको ६ महिनामा १सय२० भेटिएको तथ्याङ प्रस्तुत गर्दै रोग लाग्न नदिनु राम्रो,लागि हाले चाँडो उपचार गर्नु पर्ने बताउनु भयो । रोग नलुकाउने ,धामी झाँकी भर नपर्न डा.पौडेलले सुझाव दिनु भयो । 

करुण फाउण्डेशनका कार्यक्रम निर्देशक अकित पाठक,साहारा नेपालको परियोजना निर्देशक पवन राईले सरुवा रोग नियन्त्रणमा आफू सचेत भएर समयमा नजिकै स्वास्थ्य संस्थामा गोइ उपचार गर्नु पर्नेमा जोड्दिनु भएको छ । 

कार्यक्रममा हात्ती पाइले र कुष्ठरोग जस्तो सरुवा रोगको उपचार पछि स्वस्थ्य भएका मोरङ्गको उर्लावारी ४को माया शंकर, शिवसताक्षीको शिक्षक विन्दा निरौला,गौरीगञ्जका नारायण राजवंशी र टंक प्रसाद श्रेष्ठले विरामी पर्दाको दुख कष्ठ र सजिलो पक्षको अनुभव सुनाउनु भएको नगर पालिकाको स्वास्थ्य शाखाको कर्मचारी देव कुमारी न्यौपानेले जानकारी दिनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.