Websoft University
March 2025


विराटनगर फागुन ४ गते । विराटनगर–११ मा रहेको सगरमाथा सेकेण्डरी स्कुलले एसइई परीक्षा दिने विद्यार्थीलाई एक दिने अभिमुखिकरण तथा शुभकामना दिएको छ ।

सोमबार स्कुलमा एक कार्यक्रमको आयोजना गरि स्कुलले एसइई परीक्षा दिने विद्यार्थीलाई एक दिने अभिमुखिकरण तथा शुभकामना दिएको हो ।

स्कुलले परीक्षामा सामेल हुने १ सय ९ जना विद्यार्थीलाई परीक्षामा सामेल हुनेदेखि परीक्षाको मर्यादा कायम गर्ने, परीक्षामा दिएको प्रश्नहरुको हल कसरी गर्ने लगायतको विषयहरुको स्कुलले अभिमुखिकरण गर्नुका साथै शुभकामना समेत दिएको छ ।

उनीहरुलाई स्कुलका प्रिन्सिपल त्रिलोचन गौतम, भाइस प्रिन्सिपल रोहिणी रमण दवाडी र शिक्षकहरुले अभिमुखिकरण तथा शुभकामना दिएका थिए ।


बिराटनगर, चैत्र ४ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा संचालनमा रहेको ७ कार्य दिनको “भत्केको संरचनामा गरिने खोज तथा उद्दार अनुशिक्षण तालिम प्रथम समुहको समापन भएको छ । फागुन २५ गतेबाट संचालन भएको उक्त तालिम चैत्र ४  गते कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा कोशी प्रदेश प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख भीम बहादुर दहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समापन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रमुख अतिथि दहालले प्रहरी कर्मचारीहरूलाई खोज तथा उद्दार सम्बन्धि तालिम दिई उद्दार कार्यलाई थप प्रभावकारी बनाउन अनुशिक्षण तालिम दिईएको बताउनु भयो ।

 मानव जीवनमा आईपर्ने कठोरतम् विपत्तिको उद्धार कार्यको प्रमुख जिम्मेवारी पाएको नेपाल प्रहरीले आफुसंग भएका सिमित स्रोत साधनका साथै स्थानिय औजारहरुको समेत प्रयोग गरी प्रभावकारी रुपमा खोज तथा उद्दार कार्यमा खटिई मानविय तथा भौतिक क्षेति न्यूनीकरण गर्न तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई निर्देशन दिनु भयो । साथै वहाँले तालिमबाट सिकेका सिप, ज्ञान र कौसलको उच्चतम प्रयोग गरी कार्य क्षेत्रमा आईपरेको समस्या र चुनौतीलाई सामना गरी उद्दारकार्यमा खटिई नेपाल प्रहरीको गौरवलाई सदैव उच्च स्थानमा राख्न अभिप्रेरित गर्नु भयो । 

 समापन कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले तालिम सम्बन्धी प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममा प्रहरी उपरीक्षक दिपक पोखरेल सहित सिनियर तथा जुनियर प्रहरी अधिकृतका साथै प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त तालिममा कोशी प्रदेश अन्तरगत रहेका बिभिन्न कार्यालयहरुका ३० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।


विराटनगर चैत्र ३ गते | विराटनगरस्थित खोटाङ सामाजिक सेवा मञ्च केन्द्रीय कार्यालयले अग्रज साहित्यकार डा. सुशीला कोइराला भण्डारीलाई सम्मान गरेको छ ।

विराटनगरमा आयोजित कार्यक्रममा विगत साढे पाँच दशकभन्दा लामो समयदेखि नेपाली भाषा, साहित्यका क्षेत्रका कलम चलाउँदै आएकी भण्डारीलाई मञ्चले सम्मान गरेको हो । कार्यक्रममा अग्रज साहित्यकार बलराम पोखरेल, मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’, अग्रज साहित्यकार प्राध्यापक कविराज न्यौपाने, भूषण ढुंगेललगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

 को आयोजनामा आज एक भव्य कार्यक्रमबिच रचना वाचन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । खोटाङ सामाजिक सेवा मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा बरिष्ट साहित्यकार बलराम पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा साहित्यकार भूषण ढुङ्गेल, कविराज न्यौपानेसमेतले शुभकामना व्यक्त गनुभएको थियो  । यस कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानको आयोजनामा गतविगतमा सञ्चालित कविता महोत्सवमा पुरस्कार प्राप्त महानुभावहरुमध्ये इटहरि निवासी टिका आत्रेय तथा इनरुवा निवासी कृपाकरुणा पोखरेल दुई जना कविहरुले कविता वाचन गरेका थिए । 

यसका साथै बाबुराम पोखरेल, यल.पि. पराजुली, केसु विरही, नवराज नवशिला, उमेश लुइटेल, प्रयाग न्यौपाने, शम्भुप्रसाद भट्टराई, लक्ष्मी स्मृति, शान्ता पैडेल, जयन्त प्रधानाङ्ग, भरत वर्वरिक, मञ्जु घिमिरे दाहाल, सुजाता राई, स्वयम्भुनाथ कार्की लगायत चार दर्जन साहित्यकारहरुले आआफ्ना रचना वाचन गरेका थिए ।

खोटाङ सामाजिक सेवा मञ्चले गतविगतदेखि नै अग्रज साहित्यकारहरुलाई सम्मान गर्दै आएको छ । यसै क्रममा आज अग्रज साहित्यकार डा. सुशीला कोइराला भण्डारीलाई घरैमा गएर सम्मान गरेको छ ।

यस कार्यक्रममा लक्ष्मी रायमाझी खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो भने लक्ष्मी पोखरेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।


मोहन कुमार राई, चैत्र २ गते | संखुवासभा, चैनपुर नगरपालिका स्थित दिलकुमारी भवनमा छिमेकी लघुवित्त वित्तीय संस्था लिमिटेड चैनपुर शाखाको ८ औं ग्राहक सदस्य गुनासो सुनवाई तथा भेला कार्यक्रम सम्पन्न भएको छ ।

वित्तीय संस्थाको ९३० सदस्य रहेको चैनपुर शाखाले आफ्नो ८ औं ग्राहक सदस्य गुनासो सुनवाई तथा भेला कार्यक्रम सम्पन्न गरेको शाखा प्रवन्धक श्याम प्रसाद कुश्वाहले जानकारी दिनुभयो । संस्थाका प्रदेश प्रवन्धक अभय शर्माले  ग्राहक तथा एकाई भेलाका कसदस्यहरुलाई कार्यक्रमलाई वित्तीय विषयमा सहजीकरण एवं प्रशिक्षण दिनुहुँदै विलासिताका वस्तु प्रयोगका लागि कर्जा प्रगोग नर्गन एवं कर्जा दुरुपयोगको परिणामको बारेमा समेत जानकारी दिनुभएको थियो । प्राप्त कर्जालाई उत्पादन मुलक एवं उत्पादनशिल क्षेत्रमा लगानी गर्न सके आर्थिक सम्वमृद्धि ल्यान सकिने समेत संस्थाका प्रदेश प्रवन्धक शर्माले वताउनुभयो । ग्राहक सदस्यहरुले आफ्ना गुनासो सुनाएका थिए भने समाधानको उपाय समेत बताइएको थियो ।


नेपाल राष्ट्र बैङ्कबाट ‘घ’ वर्गको इजाजत प्राप्त संस्थाको रुपमा सञ्चालित छिमेकी लघुवित्त संस्था लिमिटेडले देशको ६९ जिल्लामा १९७ शाखाबाट ४ लाख २५ हजार ८५ जना सदस्यहरुलाई ३९ अर्व बढी कर्जा लगानी, ३६ अर्व बचत संकलन गर्दै वित्तीय सेवा प्रदान गर्दै आएको संस्थाले जनाएको छ । संखुवासभामा मादी, चैनपुर, धर्मदेवीको मुढे र खाँदवारीबाट आफ्ना सेवा प्रदान गरिरहेको जनाएको छ ।

लघुवित्त संस्थाले प्रदान गर्ने बचत, कर्जा, व्यवसायीक तालिम, प्राविधिक सहयोग, व्याजमा छुट, विना धितो ७ लाख सम्म कर्जा प्राप्त गनृ सकिने, दलित, एकल महिला, जेष्ठ नागरिकलाई १ प्रतिशत व्याज छुट, बालभविष्य सेवा, उद्यमशिलता तालिम कर्जा,कर्जाको विमा, निःशुल्क इ–पासबुक, एटिएम कार्ड,  पशु विमा, हरके वर्षको उत्कृष्ट इकाइहरुलाई नगद पुरस्कार, प्रमाणपत्र तथा छोराछोरीलाई पढनलाई छात्रवृत्ति, एसइईमा उत्कृष्ट जिपिए ल्उाउने ग्राहक सदस्यका छोराछोरीलाई पुरस्कृत गर्ने, सेवा सुविधाको बारेमा समेत ग्राहक सदस्यहरुलार्इृ जानकारी दिइएको थियो । संस्थाले यो वर्ष ४९ हजार ४ सय ६५ जनालई वित्तीय साक्षरता कार्यक्रम अन्तरगत तालिम प्रदान गरिसकेको समेत संस्थाका प्रदेश प्रवन्धक अभय शर्माले वताउनुभयो ।

कार्यक्रममा छिमेकी लघुवित्त संस्थाका केन्द्रीय काठमाण्डौका विभागीय प्रमुख हरीराज लोहनी, प्रदेश अनुगमन अधिकृत अनन्त कुमार आचार्य, प्रदशे अधिकृत विष्णुवाबु पन्त, एवं संस्थाका कर्मचारीहरु पविना प्रधान, लक्ष्मी माया राई, स्याङमु शेर्पा तथा ग्राहक सदस्यहरुको उपस्थिति रहेको थियो ।


विराटनगर फागुन २९ गते ।
 प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । हिजो चितवनमा पत्रकार सम्मेलन गर्दै आगामी चैत्र २ गतेबाट सुरु हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको परिषद्ले जनाएको हो । 

चितवन उद्योग सङ्घमा हुने अधिवेशनमा देशभरबाट एक हजार प्रतिनिधि सहभागि हुने परिषद्ले जनाएको छ । राष्ट्रिय सुरक्षा स्वावलम्बन, सुशासन, शिक्षा, समाज, जीवन तथा राष्ट्रिय स्तरका विषयमा देशभरका युवा वर्गको सकारात्मक दृष्टिकोणको विकासका साथै युवाको राष्ट्रप्रतिको दायित्वबोधका लागि यो अधिवेशनले भूमिका खेल्ने परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पँगेनीले बताए । 

देशमा बढिरहेको भ्रष्टाचार, दुर्व्यसनी, बेरोजगारी, आर्थिक एवम् पर्यावरण सङ्कट, बढ्दो सुरक्षा चुनौती आदि समस्याको समाधानमा युवा तथा प्राज्ञिक वर्गको भूमिकाको विषयमा अधिवेशन केन्द्रीत रहने उनको भनाइ छ । अधिवेशनमार्फत देशको शिक्षा, आर्थिक, समसामयिक र सङ्कल्प गरी चारवटा अलग-अलग प्रस्तावहरू पारित हुने जनाइएको छ । 

राष्ट्रिय अध्यक्ष डा. गोपीनाथ कँडेलले विद्यार्थी परिषद्ले दलगत राजनीति भन्दा माथि रहेर देशको समग्र शिक्षा क्षेत्रको सुधारका लागि अथक रूपमा निरन्तर राष्ट्र प्रथम भावका साथ काम गरिरहेको बताए । 

साथै परिषद्को ध्येय असल व्यक्ति निर्माण गर्ने रहेकोले राष्ट्र राष्ट्रियताका लागि दलगत स्वार्थलाई त्यागेर व्यक्ति निर्माणको केन्द्र क्याम्पस विश्वविद्यालयमा दलीय भागबन्डाको अन्त्य, राजनीतिक हस्तक्षेपको अन्त्य गरी सुसंस्कृत व्यक्ति र नागरिक निर्माणका लागि काम गरिरहेको उल्लेख गरे । 

अधिवेशन चैत्र २ गते दिउँसो दुई बजे उद्योग सङ्घको सभाहलमा सन्त समाजका अध्यक्ष श्री १००८ ज्ञानानन्द सरस्वतीजी महाराजले उद्‌घाटन गर्ने तय भएको छ । उद्‌घाटन कार्यक्रममा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरि प्रसाद लम्साल र भरतपुर महानगरका मेयर रेणु दाहालको पनि विशेष उपस्थिति रहने महासचिव पँगेनीले बताए । 

तीन दिनसम्म चल्ने अधिवेशनमा विभिन्न समयमा अलग-अलग सत्रहरू सञ्चालन हुने छन् । जसमा समानान्तर सत्र चैत्र ३ गते बिहान ‘वर्तमान शिक्षा-प्रविधिको उपयोगिता एवं प्रभाव’ भन्ने विषयमा रहने छ । 

चैत्र ४ गते बिहान ‘राष्ट्रिय सुरक्षा र सुशासन’ का विषयमा सत्र सञ्चालन हुनेछ । चैत्र ४ गते दिउँसो नयाँ केन्द्रीय कार्यकारिणी समिति घोषणा गर्दै अधिवेशन सम्पन्न हुने महासचिव पँगेनीले जानकारी दिए ।


विराटनगर फागुन २८ गते । दुई पल्टको च्याम्पियन थ्रीस्टार क्बलले ९ं औं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

विराटनगरको सहिद रंगशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई शुन्यको विरुद्ध दुई गोलले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो ।

थ्रीस्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र दिपेश घलेले समान १–१ गोल गरे । थ्रीस्टारले खेल सुरु भएको पाँचौ मिनेटमा अग्रता लियो । नविन लामाले निकालेको क्रस पासलाई खेमराजले चलाखीपूर्ण ढंगले पोस्टको दिशा दिएका थिए । थ्रीस्टारले दोस्रो गोल ६३ औ मिनेटमा   गर्यो । दिपेश घलेले वान भर्सेस वानमा डिबक्स भित्रबाट गरेको प्रहार चर्च ब्वाइजका गोल रक्षक टिकेन्द्र थापालाई लागेर फर्किएको थियो । फर्किएको बललाई पुनः दिपेशले प्रहार गर्दै जाली चुमाए । उनले गरेको गोल टिमलाई उपाधि दिलाउन सफल भए ।

उपाधिसँगै थ्रीस्टारले नगद ११ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपबिजेता चर्च ब्वाइजले नगद ५ लाख रुपैयाँमा चित्त बुझायो ।

थ्रीस्टार पाँचौ संस्करणको विराट गोल्डकपको उपाधि जितेको थियो । त्यसबेला आर्मीलाई ३–० गोलले फाइलनमा हराउँदै थ्रीस्टारले उपाधि हात पारेको थियो ।

चर्च ब्वाइज पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्य राखेर मैदान प्रवेश गरेको थियो । तर, उपाधिको निर्णायक भिडन्तमा चर्च ब्वाइजले बलियो चुनौती पेस गर्न सकेनन् ।

प्रतियोगिताको म्यान अफ द म्याच थ्रीस्टारका कप्तान एकराज बुढाथोकी घोषत भए । उनले नगद ११ हजार पाए । विधागत पुरस्कारमा पनि थ्रीस्टारको बर्चश्व कायम भयो । उत्कृष्ट प्रशिक्षकमा  थ्रीस्टारका गणेश खड्का घोषित भए । त्यसैगरी बेस्ट गोलकिपर  थ्रीस्टारका विवेक मगर, हाइस्कोर थ्रीस्टारका दिपेश घले घोषित भए । प्रतियोगिताभरीमा उनले दुई गोल गरेका थिए । उनीहरुले जनही नगद १५ हजार पाए । बेस्ट प्लेर अफ टुर्नामेन्ट थ्रीस्टारका खेम राज श्रेष्ठ घोषित भए । उनले नगद ५१ हजार पाए ।

थ्रीस्टारले मछिन्द्र र त्रिभूवन आर्मीलाई निराश बनाउँदै विराट गोल्डकपको उपाधि नजिक पुगेको थियो । थ्रीस्टारले क्वाटरफाइलनमा मछिन्द्रलाई २–१ गोलले र सेमिफाइनलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै फाइनलमा पुगेको हो ।

यस्तै विराट गोल्डकपको पहिलो पटक फाइनलमा पुगेको चर्च ब्वाइजले एनआरटी र नेपाल पुलिसलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

चर्च ब्वाईजले क्वाटरफाइलमा एनआरटीलाई २–० ले र सेमिफाइनलमा पुलिसलाई १–० गोलले हराएर फाइनलमा स्थान पक्का गरेको थियो ।

फागुन १९ गतेबाट सुरु भएको गोल्डकपमा दुई विदेशीसहित ‘ए’ डिभिजनका १० टिमको सहभागिता रहेको थियो ।  बिजेता हुने टिमलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, प्रदेश सभा सदस्य भिम पराजुली, विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला,विराट गोल्डकपको संयोजक नविन रिजालगायतले पुरस्कार वितरण गरेका   थिए ।


विराटनगर फागुन २८ गते । आगामी चैत ५ गते हुने स्ववियू निर्वाचनमा अखिल क्रान्तिकारीले महेन्द्र मोरङ क्याम्पसमा एक्लै प्रतिस्पर्धामा उत्रिएको छ । स्ववियू सभापतिमा रोहित यादव, सचिवमा आयुद्ध अछामी र कोषाध्यक्षमा राजिव यादव उम्मेदवार दिएका छन् ।

सदस्यहरूमा गौतम मण्डल, सुजित यादव, रत्ना राजवंशी, आयुष कार्की, युनिष पाण्डे, प्राश्रा श्रेष्ठ, सुरेश पाल र भुमेश्वर साह रहेका छन् ।

सभापतिका उम्मेदवार यादवले आफ्नो संगठन विद्यार्थीहरूको हकहितमा सधैँभरी लागि पर्ने भएकोले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित हुने विश्वास व्यक्त गरे । उनले भने, ‘हामी सधैँ विद्यार्थीहरूको हित र अधिकारका लागि लड्दै आएका छौं, र यही कारणले विद्यार्थीहरूले हामीलाई साथ दिनेछन्  ।

’ निर्वाचन कार्यालयमा भएको आगजनीले क्याम्पसमा तनावपूर्ण वातावरण सिर्जना गरेको छ । यस घटनाले आगामी निर्वाचनमा शान्तिपूर्ण रूपमा सम्पन्न हुने सम्बन्धमा चिन्ता बढाएको छ । क्याम्पस प्रशासनले निर्वाचन प्रक्रियालाई सुरक्षित र निष्पक्ष बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ  ।

विद्यार्थी संगठनहरूबीच बढ्दो तनावलाई मध्यनजर गर्दै क्याम्पस प्रशासनले सबै विद्यार्थी संगठनहरूलाई संयमित हुन र लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्न आग्रह गरेको छ । प्रहरी प्रशासनले पनि क्याम्पस क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउन अखिल क्रान्तिकारीले माग राखेको छ ।  


विराटनगर फागुन २८ गते  । हिसान कोशीको आयोजना तथा हिसान मोरङको सम्योजकमा विराटनगरमा भएको प्रथम कोशी प्रदेश स्तरिय अन्तर क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको अरनिको कलेजले जितेको छ ।

उसले बुधबार सम्पन्न भएको फाइनल खेलमा विराटनगरकै ग्रिनल्याण्ड कलेजलाई ६४ रनले पराजित गरि उपाधि जितेको हो । अरनिकोले माघमा १५ गते विरनगरमा सम्पन्न भएको मोरङ हिसान क्रिकेट प्रतियोगिताको फाइनलमा ग्रिनल्याण्ड कलेजलाई नै पराजित गरि उपाधि जितेको थियो ।

विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ४३ रनको स्कोर बनाएको थियो । अरनिकोका सोनु साहले ४४ रन बनाउँदा नुमिर अहमदले ३६ रन र सौरभ झाले २३ रनको योगदान दिए । ग्रिनल्याण्डका गणेश यादवले ३ विकेट लिँदा सुनिल यादव र गौरी शंकर यादवले २–२ विकेट लिए ।

१ सय ४४ रनको लक्ष्य पछ्याएको ग्रिनल्याण्डले निर्धारित १८ दशमलव ४ बलमा सवै विकेट गुमाई ७९ रनमा सिमित भयो । ग्रिनल्याण्डका हेमन्त मेहताले १८ रन बनाउँदा सुनिल यादवले १३ रनको योगदान दिए । अरनिकोका रामनारायण यादवले ३ विकेट लिँदा अमर यादवले पनि ३ विकेट लिए ।

फाइनल खेलमा प्लेयर अफ फाइनल अरनिकोका नुमिर अहमल घोषित भए भने प्लेयर अफ टुनौमेन्ट ग्रिन ल्याण्डका गणेश यादव भए । त्यस्तै उत्कृष्ट ब्याटर अरनिकोका रुद्रप्रताउ साह घोषित हुँदा उत्कृष्ट बलर अरनिकाकै अमर यादव घोषित भए ।

फागुन २६ गतदेखि शुरु भएको प्रतियोगितामा कोशी प्रदेशका मोरङ, सुनसरी र झापाका गरि ६ टिम सहभागि रहेको थियो । विजयी तथा खेलाडीहरुलाई प्रमुख अतिथि हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखेल, हिसान कोशी अध्यक्ष ज्ञानबहादुर खडका र हिसान मोरङका पूर्व अध्यक्ष बलराम पन्तलगायतले ट्रफि तथा प्रमाण पत्र वितरण गरे ।


विराटनगर फागुन २७ गते  । विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार क्लब उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । सहिद रंगशालामा बुधबार ६ बजे हुने फाइनलमा चर्च ब्वाइज पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने थ्रीस्टार दोस्रो पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा रहेको छ ।

थ्रीस्टारले मछिन्द्र र त्रिभूवन आर्मीलाई निराश बनाउँदै विराट गोल्डकपको उपाधि नजिक पुगेको छ । थ्रीस्टारले क्वाटरफाइलनमा मछिन्द्रलाई २–१ गोलले र सेमिफाइनलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै फाइनलमा पुगेको हो । यस्तै विराट गोल्डकपको पहिलो पटक फाइनलमा पुगेको चर्च ब्वाइजले एनआरटी र नेपाल पुलिसलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । चर्च ब्वाईजले क्वाटरफाइलमा एनआरटीलाई २–० ले र सेमिफाइनलमा पुलिसलाई १–o गोलले हराएर फाइनलमा स्थान पक्का गरेको हो ।

चर्च ब्वाइज र थ्रीस्टार यो सिजनको फुटबल मैदानमा पहिलोपल्ट विराट गोल्डकपको फाइलनमा भेट हुँदैछ । लिग बिजेता चर्च ब्वाइजले मछिन्द्र र पुलिस जस्तो सशक्त टिमलाई पराजित गरेर फाइनल यात्रा तय गरेकाले उनीहरुको मनोबल उच्च देखिएको छ  ।

यता थ्रीस्टार पनि दोस्रो पटक गोल्डकपको उपाधि जितेर इतिहास रच्ने दाउसहित मैदान प्रवेश गर्ने लक्ष्य लिएको छ । थ्रीस्टार पाँचौ संस्करणको विराट गोल्डकपको उपाधि जितेको थियो । त्यसबेला आर्मीलाई ३–० गोलले फाइलनमा हराउँदै थ्रीस्टारले उपाधि हात पारेको थियो ।

चर्च ब्वाइजले यो सिजनमा चार वटा गोल्डकपको उपाधि जित्ने लक्ष्य लिएको छ । यो सिजनमा ९ वटा खेलमा ८ वटा गोल्डकपको फाइलनमा पुग्दा तीन वटा चर्च ब्वाइजले उपाधि जितेको छ । जस मध्ये चर्च ब्वाइजले फिदिम फागुनन्द, झापा कप, र बागमती गोल्कडपको उपाधि जितेको छ ।

सहिद रंगशालमा मंगलबार भएको प्रि–म्याच कन्फ्रेन्समा विराट गोल्डकपको फाइनल अघि दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन् । चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले विराट गोल्डकपमा पहिलो पटक फाइलनमा पुगेको बताउँदै टिमको लक्ष्य उपाधि जित्नु रहेको बताए । ‘यो सिजनमा हामीले मोफसलमा भएको तीन वटा गोल्डकपको उपाधि जितेको छौं । विराट गोल्डकपको फाइनलमा पुगेका छौँ । 

उपाधि उचालेर इतिहास रच्ने हाम्रो लक्ष्य रहेको छ,’ प्रशिक्षक श्रेष्ठले भने,’ विराट गोल्डकपसहित यो सिजनको चार वटा उपाधि हामी जित्ने योजना रहेको छ ।’ चर्च ब्वाइजका कप्तान एकराज बुढाथोकीले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गरे । पहिलो पटक फाइनलमा पुग्नु उपलब्धि भएको भन्दै उनले उपाधि जित्ने विश्वास व्यक्त गरे । ‘थ्रीस्टार पनि राम्रो टिम हो । फाइलनमा हामी टेक्निकल खेल प्रर्दशन गर्नेछौं र उपाधि कब्जा गर्ने हाम्रो एक मात्रै लक्ष्य रहेको छ,’ उनले भने ।

यता थ्रीस्टारका प्रशिक्षक गणेश खड्काले  मोफसलमा हुने प्रतिष्ठित विराट गोल्डकपको उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने     बताए । ‘फाइलनमा हामीले क्याप्टेन योगेश गुरुङलाई धेरै मिस गर्नेछौं ।     डबल यल्लो कार्ड पाएकोले फाइलनमा कप्तान योगेशको खेल हेर्न पाउने छैनौ । तर पनि हामी उत्कृष्ट खेलाडी ल्याउनेछौं,’ उनले भने । 

 फाइलनमा कसको कप्तानमा टिम मैदान उतार्नुहुन्छ ? भनेर सोधिएको प्रश्नमा उनले भने, ‘अहिले हामी टिम वर्कमा छौं । फाइनलमा कसलाई क्याप्टेनको जिम्मा दिने त्यो खेल अगाडी मात्रै थाहा हुनेछ । अहिले हामी छलफलमा छौं ।’ थ्रीस्टारका कप्तान योगेश गुरुङले आफु फाइनलमा मैदान प्रवेश नगरेपनि राम्रो टिमवर्क भएकोले उपाधी जित्ने गरि खेलाडी मैदान उत्रिने बताए । प्रतिस्पर्धी टिम बलियो भए पनि रणनीति अनुरूप खेल्दै आफु नभएपनि उपाधि जित्नेमा ढुक्क रहेको उनले बताए ।

फागुन १९ गतेबाट सुरु भएको गोल्डकपमा दुई विदेशीसहित ‘ए’ डिभिजनका १० टिमको सहभागीता रहेको थियो ।  प्रतियोगिताको बिजेताले  ११ लाख र उपबिजेतालाई ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी उत्कृष्ट प्रशिक्षकलाई १५ हजार, उत्कृष्ट गोलरक्षकलाई १५ हजार, सर्वाधिक गोलकर्तालाई  नगद १५ पुरस्कार  छ ।

 विराट गोल्डकप फुटबलको फाइनलअघि प्रि–म्याच कन्फ्रेन्समा बायादेखि थ्रीस्टारका कप्तान योगेश गुरूङ र चर्च ब्वाइजका कप्तान एकराज बुढाथोकी गोल्डकपमो ट्रफी उचाल्दै ।


विराटनगर फागुन २७ गते | विराटनगरस्थित हिमालय दर्शन कलेजमा हिजो उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ ।

कलेजमा अध्ययनरत विद्यार्थीको वाकक्षमता वृद्धि गराउने उद्देश्यसहित कलेजले आयोजना गरेको तालिम सोमबार सम्पन्न भएको हो । तालिममा सहभागी प्रशिक्षार्थी विद्यार्थीहरुलाई क्याम्पस प्रमुख भरत सापकोटा, मुख्य प्रशिक्षक कवि एवं पत्रकार मीनकुमार नवोदित, एचओडी म्यानेजम्यान्ट विभागका प्रमुख भूपाल मिश्र, आइटी विभागका प्रमुख सुमितकुमार साह र एचओडी होटल म्यानेजमेन्ट विभाग प्रमुख अञ्जु भुलेजले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेको थिए ।

अहिलेको विश्व बोल्नेहरूको भएकाले विद्यार्थीलाई पनि बोल्ने र उद्घोषण कलाबारे जानकारी दिई उनीहरूको क्षमता विकास गर्न कलेजले तालिमको आयोजना गरेको क्याम्पस प्रमुख सापकोटाले बताए । विद्यार्थीको चौतर्फी व्यक्तित्व विकासमा कलेजले पूर्ण रुपमा ध्यान दिएको उनको भनाइ थियो । पाठ्यक्रमको अध्ययनसँगै कलेजले विद्यार्थीको रुचीअनुसारका अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीभित्र लुकेर रहेको प्रतिभा प्रस्फुटन गराउँदै आएको प्रमुख सापकोटाले बताए । प्रमुख सापकोटाले एकहप्ताको तालिमबाट विद्यार्थीमा धेरै नै परिस्कार आएको उल्लेख गरे । कलेजले आयोजना गर्ने हरेक कार्यक्रममा अबदेखि तालिम लिएकाविद्यार्थीलाई मात्रै उद्घोषणकोअवसर दिने उनले प्रस्टपारे ।

तालिमपछि विद्यार्थीको वाकक्षमतामा आमूल परिवर्तन आएको देखेरि अत्यन्तै खुसी लागेको प्रशिक्षक नवोदितले बताए । उनले कलेजले विद्यार्थीका लागि उद्घोषण तथा भाषणकला सिक्ने अवसर प्रदान गरेकोमा धन्यवादसमेत दिए । तालिममा उद्घोषणसँगै भाषणकला, व्यक्तित्व विकास, बोल्दा प्रयोग गरिने शब्द चयन, भाषाशैलीलगायतका विषय विद्यार्थीलाई जानकारी गराएको प्रशिक्षक नवोदितको भनाइ थियो । एउटा सफल उद्घोषकले जस्तोसुकै कार्यक्रममा मन्तव्यसमेत दिन सक्ने नवोदितले दाबी गरे ।

समापन समारोहमा रेलिसा अधिकारी, प्रशिका पराजुली, स्मृति सुवेदी, शिवु शर्मा, प्रशान्त भट्टराई, स्वस्तिका तिम्सिना, आनन्दी यादव, ऋषव श्रेष्ठ, टिना श्रेष्ठ, प्रतिशा ताम्राकार, रुख्सा जेवा, पूजा सिंह, ऐश्वर्य आचार्य, जाकिया खातुनलगायतले आफ्नो अनुभव सुनाएका थिए । कलेजले विद्यार्थीमा सबै क्षेत्रको ज्ञान होस् भनेर बेलाबेला खेलकुदसँगै वक्तृत्वकला, हाजिरीजवाफ, कविता, वादविवाद प्रतियोगितालगायतका अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको क्याम्पस प्रमुख सापकाटोले बताए । केही दिनअघि कलेजले कोशी प्रदेशस्तरीय पब्जी प्रतियोगिता आयोजना गरेको थियो । यस्तै शनिबार मात्रै कोशी प्रदेशस्तरीय सेफ प्रतियोगितासमेत आयोजना गरेको थियो ।


विराटनगर फागुन २६ गते । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ ।

विराटनगर सहिद मैदानमा सोमबार भएको सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्बललाई १–० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो ।

लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । बिदेशी खेलाडी एबायोमीले निकालको लामो पासलाई लाक्पाले ७० औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै चर्च ब्वाइजले उपाधिको लागि बुधबारथ्रीस्टारसँगसामना गर्नेछ । थ्रीस्टारले आइतबार विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै उपाधि नजिक पुगेको हो । चर्च ब्वाइजले क्वारटफाइलनमा एनआरटीलाई २–० गोलले हराउँदै सेमिफाइलनमा पुगेको थियो ।

पटक–पटक अवसर पाए पनि विराट गोल्डकपको चौथो संस्करणको बिजेता पुलिसले गोल फर्काउन नसक्दा टोलीको यात्रा सेमिफाइनलमै टुंगियो । २०७२ सालमा भएको विराट गोल्डकपको फाइलनमा झापा ११ लाई १–० गोलले हराउँदै पुलिसले उपाधि जितेको थियो ।

चर्च ब्वाइजले यो सिजनमा भएको २४ औं आहा रारा पोखरा गोल्डकपमा हारको बदला पनि विराट गोल्डकपमा आएर लिएको छ ।  ३० माघमा ंपोखरामा भएको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुलिसले चर्च ब्वाइजलाई १–० गोलले पराजित गरेको थियो ।

प्यलेर अफ द म्याच चर्च ब्वाइजका गौरव श्रेष्ठ घोषित भए । उनल नगद ११ हजार पाए ।

विराट गोल्डकपको बिजेताले ११ लाख र उपबिजेले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।


विराटनगर फागुन २६ गते  । हिसान कोशीको आयोजना तथा हिसान मोरङको सम्योजकमा विराटनगरमा प्रथम कोशी प्रदेश स्तरिय अन्तर क्रिकेट प्रतियोगिता सोमबारदेखि शुरु भएको छ ।

विराटनगरको वैजनाथ क्रिकेट मैदानमा सोमबार भएको खेलमा विराटनगरको अरनिको कलेज र ग्रिनल्याण्ड कलेज विजयी भई सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो खेलमा अरनिको कलेजले इनरुवाको स्मल हेभेन एकाडेमीलाई ८३ रनको फराकिलो अन्तरले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय २५ रनको स्कोर बनाएको थियो । अरनिकोका जितमा महमद आलमले ३५ रन बनाउँदा अमन यादव २६ रनमा अविजित रहे । स्मल हेभेनका समिम मन्सुरीले ३ विकेट लिए ।

१ सय २६ रनको लक्ष्य पछ्याएको स्मल हेभेनले १३ दशमलव ३ बलमा सवै विकेट गुमाई ४२ रनमा सिमित भयो । स्मल हेभेनकालागि दुवे यादवले सर्वाधिक १२ रनको योगदान दिए । अरनिकोका प्लेयर अफ म्याच अमन यादवले ४ विकेट लिए ।

 दोस्रो खेलमा ग्रिनल्याण्ड कलेजले दमकको आस्था कलेजलाई १ विकेटले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको आस्थाले निर्धारित २० ओभरको खेलमा १९ दहमल २ बलमा सवै विकेट गुमाई ९६ रनको स्कोर बनाएको थियो । आस्थाका भुपाल दैगालले सर्वाधिक २६ रनमा अविजित रहे । ग्रिनल्याण्डका का प्लेयर अफ म्याच गौरीशंकर माझीले ४ विकेट लिए ।

९७ रनको लक्ष्य पछ्याएको ग्रिनल्याण्डले १९ दशमलव ३ बलमा १ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । ग्रिनल्याण्डको जितमा सन्दिप शर्माले सर्वाधिक २५ रनको योगदान दिए । आस्थाका सुयोग भट्टराईले ४ विकेट लिए । 

फागुन २८ गतेसम्म प्रतियोगितामा कोशी प्रदेशका मोरङ, सुनसरी र झापाका गरि ६ टिम सहभागि रहेको हिसान कोशीका अध्यक्ष ज्ञानबहादुर खडकाले बताए । सहभागि ३ जिल्लाबाट हिसान फाइनल खेलेका कलेजले प्रतियोगितामा सहभागि हुन पाउँने छन् । प्रतियोगिताको हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोख।ेल एम्पायर भास्कर अर्याललाई क्रिकेट बल दिएर उद्घाटन गरे ।

 


विराटनगर फागुन २६ गते | विराटनगर वडा नम्बर ९ को बजेटबाट खरिद गरिएको मादक पदार्थ (मापसे) चेकजाँच गर्ने ब्रेथलाइजर मेसिन ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको छ ।

विराटनगर महानगरपालिकामा आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नारायण चिमरियाको उपस्थितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राजन लम्साललाई मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र वडाध्यक्ष विश्वनाथप्रसाद भगतले उक्त मेसिन हस्तान्तरण गरेका थिए ।

 मापसे गरेर सवारी साधन चलाएर हुने दुर्घटनाको जोखिम न्यूनीकरण गर्न ब्रेथलाइजर मेसिनले सहयोगी भूमिका खेल्ने विश्वास लिएको मेयर कोइरालाले बताए । सो मेसिन १ लाख ५० हजारमा खरिद गरी ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको वडाध्यक्ष भगतले जानकारी दिए ।


विराटनगर फागुन २५ गते । थ्रीस्टार क्बल विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ ।

विराटनगरको सहिद रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै थ्रीस्टार फाइनलमा पुगेको हो ।

जितको लागि थ्रीस्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले समान १–१ गोल गरे । थ्रीस्टारले खेल सुरु भएको पहिलो एक मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । दिपेश घलेले निकालेको क्रस पासलाई प्रशान्तले चलाखीपूर्ण ढंगले जाली चुमाए ।

दोस्रो गोल खेलको २८ औं मिनेटमा भयो । आशिष चापागाइले निकालेको पासलाई दिपेशले आकर्षक गोलमा परिणत गरि अग्रता दोब्बर बनाए । तेस्रो गोल ८१ औं मिनेट भयो । नविन लामाले गोल गर्दै टिमको जित सुनिश्चत गरे ।

आर्मीको तर्फबाट कप्तान नवयुग श्रेष्ठ र निरज चौधरीले समान १ –१ गोल फर्काए । नवयुगले खेलको ८३ आँै मिनेटमा गोल गरे । दोस्रो गोल पेलान्टी सुटआउट बाट आर्मीका निरज चौधरीले गरे । आर्मीका निसान्त राईलाई दोस्रो हाफको अतिरिक्त समयमा डिबक्स भित्र थ्रीस्टारका खेलाडीले फल खेलेपछि रेफ्री श्याम दनुवारले पेनाल्टी दिएका थिए ।

जितसँगै उपाधिको लागि थ्रीस्टारले सोमबार हुने अन्तिम सेमिफाइनल खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइजको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो हाफमा २–० गोलले पछि परेपछि आर्मी दबावमा पर्यो । पहिलो हाफमा आर्मीको लागि निकै संघर्षपूर्ण बन्यो । खेल बराबरीमा ल्याउन निकै संघर्ष ग¥यो । तर सफल हुन सकेन । दोस्रोे हाफपछि आक्रमक खेल पस्किएपनि आर्मीले पाएको अवसर खेर फाल्दा सेमिफाइलनबाट घर फर्किन बाध्य भयो । केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन सकेन । खेल अवधिभरीमा आर्मी एक दर्जन प्रहार विफल भएको थियो । आर्मीको कप्तान नवयुग श्रेष्ठको आधा दर्जन प्रहारमा थ्रीस्टारका डिफेन्डर र गोलकिपर बाधक बनेका थिए ।

आर्मीका फत्तेमान घलेले २२ औं मिनेटमा गरेको प्रहार बारमाथिबाट बाहिरियो । २८ मिनेटमा आर्मीका कप्तान नवयुक श्रेष्ठले गरेको कडा प्रहार थ्रीस्टारका गोल रक्षक बिवेक मगर बाधक बने । कप्तान श्रेष्ठले गरेको बारम्बारको कडा प्रहार थ्रीस्टारका गोल किपर मगरले बिफल पारिदिए । ५६ औं मिनेटमा आर्मीका निरज चौधरीले निकालेको क्रस पासलाई नवयुगले  किलियर गर्न नसक्दा गोल हुन सकेन् । निरज चौधरीले ७० औ मिनेटमा डिबक्स भित्रबाट नवयुगलाई निकालिएको बललाई किलियर गर्न सकेनन् ।

त्यसपछि आर्मीले कुनै अवसर सिर्जना गर्न नसक्दा उपाधि होडबाट बाहिरियो । प्रतियोगिताको प्लेयर अफ द म्याच थ्रीस्टारका प्रशान्त लाक्सान लिम्बु घोषित भए । उनले नगद ११ हजार पाए ।

२०७४ सालमा पनि थ्री स्टारले विराट गोल्डकपको फाइलनमा आर्मीलाई ३–०गोलले हराउँदैउपाधि उचालेको थियो ।

 


विराटनगर फागुन २५ गते । नारी दिवसको अवसर पारेर आयोजना गरिएको ‘ गल्स अन ह्विल’ प्रतियोगिताको प्रतीक्षा अधिकारी र सावित्री ढकाल विजेता घोषित भएकी छिन् ।

विराटनगर प्राइम राउन्ट टेबल–१० को आयोजनामा विराटनगरको सिटी प्यालेशमा शनिबार राती सम्पन्न भएको  गल्स अन ह्विलको फस्ट रनअप नम्रता शर्मा र सुजता शर्मा तथा सेकेण्ड रनरअप रिंकी धनावत र स्वेता तोदी घोषित भएकी छिन् । प्रतियोगिताको विजेता हुनेले नगद ६० हजारलगायतका विभिन्न गिफट ह्याम्पर प्राप्त गरेका थिए भने प्रतियोगिताको फस्ट रनअप र सेकेण्ड रनअपले क्रमश ४० हजार र २५ हजार नगदसहित गिफ्ट ह्याम्पर पाएक थिए ।

प्रतियोगितामा एक स्कुटरमा दुई जनाको दरमा ६० वटा स्कुटरको सहभागि रहेको विराटनगर प्राइम राउन्ट टेबलका अध्यक्ष भास्कर सोनीले जानकारी दिए । प्रतियोगितामा सहभागिले १ हजार ५ सय रुपैयाँ दर्ता शुल्क तिरेका थिए ।

प्रतियोगितामा भाग लिने प्रतियोगिहरुको लागि विराटनगरको १० वटा स्थान तोकिएको थियो । उक्त स्थानमा प्रतियोगिहरु पुगेपछि त्यहाँ संकेतका आधारमा आवश्यक टास्क दिएको थियो । हरेक केन्द्रका लागि अलग अलग संकेत र टास्कहरु रहेको थियो । यसरी पूरा गरिएका टास्कका आधारमा सहभागि प्रतियोगिहरुले नम्बर प्राप्त गरेका थिए । सोही नम्बरकै आधारमा प्रतियोगिहरुबाट बिजेता घोषित गरिएको थियो । विजेता हुने प्रतियोगिहरुलाई नोवेल क्यान्सर अस्पतालकी डा. बन्दना पौडेल, संस्थाका अध्यक्ष भास्कर सोनी पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा मनोञ्जनत्मक कार्यक्रहरु रहेको थियो । कार्यक्रममा स्त्री ब्याण्डले सास्कृतीक कार्यक्रम र न्यूक्लिियर डान्स ग्रुपले मनोर१जन प्रदान गरेको थियो । 


विराटनगर फागुन २४ गते । चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिबार अन्तिम क्वाटरफाइनलमा चर्च ब्वाइजले एनआरटीलाई २–० गोलको जित निकाल्दै अन्तिम चारको स्थान सुरक्षित गरेको हो । यो खेलसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ ।

यसअघि नेपाल पुलिस, थ्रीस्टार र विभागीय टिम त्रिभूवन आर्मी सेमिफाइनलमा पुगिसकेका छन् ।

चर्च ब्वाइजको जितसँगै अब फाइनल प्रवेशको लागि सोमबार नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ ।

चर्च ब्वाइजको जितको लागि विदेशी खेलाडी रिचर्ड र  आकाश राईले गोल गरेका थिए । खेलको ३५ औं मिनेटमा चर्च ब्वाइजले अग्रता लिएको थियो । लाक्पा पाख्रिनको पासमा रिचर्डले चलाखीपूर्ण ढंगले पोस्टको दिशा दिएका थिए । चर्च ब्वाइजका लागि दोस्रो गोल ६४ औं मिनेटमा सब्स्टिच्युट आकाशले गरे । दोस्रो हाफपछि चन्दन दासको ठाउँमा आकाश मैदान प्रवेश गरेका थिए ।

प्रतिस्पर्धात्मक खेलमा एनआरटीको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै पहिलोे हाफमा १–० गोलले पछि पर्यो । पहिलो हाफमा एक गोलले पछि परेपछि दोस्रो हाफमा एनआरटी आक्रमक भएर मैदान प्रवेश गर्यो । दोस्रो हाफमा एनआरटीले पाएका केही अवसरलाई चर्च ब्वाइजका रक्षापंक्तिका खेलाडीले विफल तुल्याइदिए । चर्च ब्वाइजको बलियो रक्षापंक्ति तोड्न नसक्दा एनआरटी पहिलो खेलबाटै घर फर्किन बाध्य भयो । एनआरटीले पाएको गोल गर्ने सुन्दर अवसर गोलमा परिणत गर्न नसक्दा बराबारीमा ल्याउने अवर पनि खेर गयो ।

एनआरटीले पहिलो हाफमा बनाएको केही अवसर गुमाएको थियो । खेलको १४ औँ मिनेटमा डिबक्स भित्रबाट एनआरटीका राजिव लोप्चनले गरेको कडा प्रहार चर्च ब्वाइजका गोल रक्षक टेकेन्द्र सिंह थापाले उत्कृष्ट बचाए । २४ औं मिनेटमा एनआरटीका विदेशी खेलाडी अर्मनले गरेको प्रहार चर्च ब्वाइजका गोल रक्षक टेकेन्द्र बाधक बनिदिए । ३३ औ मिनेटमा फोदेले वान भर्सेस वानको सुन्दर गोल गर्ने अवसर खेर फाले । उनको प्रहार बार माथिबाट बाहिरियो  ।  

४० औ मिनेटमा चर्च ब्वाइजका विदेशी खेलाडी आबयोमि डिबक्स भित्रबाट गरेको कडा प्रहार पोसमाथिबाट बाहिरियो ।

एनआरटी फिनिसिङमा चुकेको थियो । यही कारणले टोली पहिलो खेलबाट बाहिरन बाध्य भयो ।

चर्च ब्वाइजले एक महिना अगाडी धरानमा सम्पन्न भएको २५ औं संस्करणको बुढासुब्बा गोल्डकपको फाइनलमा हारेको बदला पनि विराट गोल्डकपमा आएर लिएको छ । २७ माघमा सम्पन्न बुढासुब्बा गोल्डकपको फाइनलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै एनआरटीले उपाधि उचालेको थियो ।

एनआरटी र चर्च ब्वाइज युनाइटेडको यो सिजनको मोफसलमा भएको फुटबल प्रतियोगितामा चौथो पटकको भेट हो । जसमध्ये दुई एनआरटी र दुई चर्च ब्वाइजले जितेको छ । पछिल्लो भेट उनीहरुको २५ औं संस्करणको बुढासुब्बा गोल्डकपको फाइलनमा भएको थियो ।

प्रतियोगिताको प्लेयर अफ द म्याच चर्च ब्वाइजका गोल रक्षक टेकेन्द्रसिंह थापा घोषित भए । उनले नगद ११ हजार पाए ।

आइतबारको पहिलो सेमिफाइनल खेल विभागीय टिम त्रिभूवन आर्मी र थ्रीस्टार बिच हुनेछ ।


मोरङ, फागुन २४ गते । ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस, २०८१ को अवसरमा कोशी प्रदेश अन्तर्गत रहेका बिभिन्न प्रहरी कार्यालयहरुमा कार्यरत ९९ जना महिला प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको छ । नेपाल प्रहरीमा कार्यरत महिला प्रहरी कर्मचारीहरुको मनोवल तथा उत्प्रेरणा अभिबृद्धि गर्ने एवम कार्य सम्पादनलाई पुरस्कार प्रणालीमा आवद्ध गर्ने अभियान अन्तर्गत वहाँहरुलाई पुरस्कृत गरिएको हो । 


कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा कोशी प्रदेश अन्तर्गत रहेका प्रहरी कार्यालयहरुमा कार्यरत रही महिला बालबालिका तथा जेष्ठ नगरिक सेवा केन्द्र, अपराध अनुसन्धान, प्रहरी कार्य, प्रशासन लगायत बिभिन्न शाखामा रहेर बिभागीय नीति निर्देशनको पालना गरी आफ्नो पदिय दायित्वलाई उत्कृष्ट तवरले निर्वाह गर्ने महिला प्रहरी निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक ३ जना, प्रहरी वरिष्ठ हवल्दार २ जना, प्रहरी हवल्दार १५ जना, प्रहरी सहायक हवल्दार २० जना, प्रहरी जवान ५७ जना र प्रहरी कार्यालय सहयोगी १ जना सहित जम्मा ९९ जना महिला प्रहरी कर्मचारीहरु  पुरस्कृत  भएका छन ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पुरस्कृत हुने महिला प्रहरी कर्मचारीहरुलाई कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले न्यून संख्यामा प्रहरी संगठनमा कार्यरत रहेका महिला प्रहरी कर्मचारीको मनोवल सदैव उच्च राख्ने र कर्तव्य प्रति वफादार बनाई राख्न यस्ता किसिमका उत्प्रेरणा अभिबृद्धि योजनाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु हुँदै पुरस्कृत हुनुभएका महिला कर्मचारीहरुलाई थप हौसला र उर्जाका साथ पदिय जिम्मेबारी निर्वाह गर्न  निर्देशन समेत दिनु भयो ।

 नेपाल प्रहरीले सम्पादन गर्ने बिभिन्न कार्यहरुमा महिला प्रहरी कर्मचारीहरुको अनिवार्य उपस्थिति कानुनद्वारा नै निर्दिष्ट गरिएको छ । कोशी प्रदेश प्रहरी प्रमुख अधिकारीको विशेष सकृयतामा यस बर्ष कोशी प्रदेशमा नमूनाको रुपमा महिला प्रहरी कर्मचारीहरु पुरस्कृत भएका हुन । ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस यस बर्ष “सवै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तीकरण” भन्ने नाराका साथ बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ ।



विराटनगर फागुन २४ गते | विराटनगर महानगरपालिका १ नम्बर वडा कार्यालयको नवनिर्मित नयाँ भवनको उद्घाटन गरिएको छ ।

साबिकमा वडा कार्यालय रहेकै स्थानको पश्चिमतर्फ नयाँ भवन निर्माण गरिएको हो । वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, ८ का राम पोखरेल, १९ का श्याम घिमिरे, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलसहित कार्यपालिका र वडा सदस्यहरुको उपस्थितिमा नवनिर्मित भवनको महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । यसअघि भवन निर्माण गरिएको सो ठाउँमा दमकलहरु राख्ने वारुणयन्त्र भवन थियो । जुन निकै जीर्ण भइसकेको थियो । उक्त भवनलाई भत्काएर सोही ठाउँमा वडा कार्यालयका लागि सुविधासम्पन्न आधुनिक वडा कार्यालय भवन निर्माण गरिएको हो ।

विराटनगर महानगरपालिकाको २ करोड २ लाख ३६ हजार ९ सय ४५ रुपैयाँमा नयाँ भवनको निर्माण कार्य गरिएको हो । नवनिर्मित ३ तल्ले भवन २ हजार १ सय १३ स्क्वायर फिटको छ । काठमाडौंको निर्माण व्यवसायी कम्पनी विराट कालीमाई कन्स्ट्रक्सन प्रालिले भवन निर्माणको ठेक्का पाएको थियो । नवनिर्मित भवनको भुइँतल्लामा १२ कोठासहित २ वटा सटरहरु छन् । यस्तै माथिल्लो २ तल्लामध्ये पहिलोमा १२ कोठा र सबभन्दा माथिल्लो तल्लामा मिटिङ हल, स्टोरलगायत राखिएको छ । नवनिर्मित अपाङ्गतामैत्री भवनमा लिफ्टसमेत राखिएको छ ।

महानगरका भवन पनि समयअनुकूल बनाउनु उपयुक्त देखेर अपाङ्गमैत्रीसहित लिफ्ट पनि राखिएको मेयर कोइरालाले बताउनुभयो । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई समेत दोस्रो र तेस्रो तलामा पुगेर सेवा लिन सहज हुने उहाँको भनाइ छ । महानगरले सबै वडा कार्यालयलाई अपाङ्मैत्री भवन बनाउँदै लगेको मेयर कोइरालाले बताउनुभयो । महानगरअन्तर्गतको कार्यालय भवनमा भने यसअघि लिफ्टको सुविधा थिएन । निर्माणाधीन महानगरको प्रशासनिक भवनमा भने लिफ्ट, अन्डरग्राउण्ड पार्किङलगायतका सुविधा छन् ।

यसअघि व्यवस्थित र फराकिलो भवन नभएका कारण सेवा प्रवाहमा समस्या झेल्दै आए पनि नयाँ भवन बनेपछि सेवा दिन सहज हुने विराटनगर–१ का वडाध्यक्ष काजीबहादुर बस्नेतले बताउनुभयो ।

सो भवन निर्माणका निम्ति २०८०भदौ ६गते ठेक्का सम्झौताभएको थियो । ठेक्का सम्झौताअनुसार २०८१चैत ३०भित्र निर्माण सम्पन्नगर्नुपर्ने थियो । यद्यपि निर्माण कम्पनीले निर्माण अवधिको दुई महिना अगावै भवन निर्माण गरी महानगरलाई हस्तान्तरण गरेको महानगरका भौतिक पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर अर्जुन थापाले जानकारी दिनुभयो । सम्पूर्ण निर्माणको काम माघ १ गते नै सम्पन्न गरिएको थियो । 

थापाका अनुसार अन्य ६ वटा वडाका भवन पनि ठेक्का लागिसकेको छ । पुराना भवन साँघुरो र जीर्ण भएकाले महानगरले सुविधा सम्पन्न नयाँ भवन निर्माणलाई प्राथमिकतामा राखेको छ । यसअघि धेरै वडा कार्यालयहरु भाडाका घरबाट समेत सञ्चालन हुँदै आएका थिए । मेयर कोइराला निर्वाचित भएर आएपछि महानगरलाई आर्थिक बोझ कम गराउने उद्देश्यले भाडामा रहेका सबै महाशाखा, शाखालाई प्रशासनिक भवनमै सार्नुभएको थियो ।

१ नम्बर वडा भवन निर्माण गरिएको स्थानमा महानगरको १ कट्ठा ६ धुर जग्गा रहेको वडा सचिव सुमन दाहालले जानकारी दिनुभयो । भवन निर्माण गरिएको पूर्वतर्फ पार्किङको व्यवस्था मिलाइएको छ ।


विराटनगर फागुन २३ गते । थ्रीस्टार क्लब विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

विराटनगरको सहिद रंगशालामा शुक्रबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन मछिन्द्र एफसीलाई २–१ गोलले निराश बनाउँदै थ्रीस्टार क्लब सेमिफाइनल पुगेको हो । जितसँगै थ्रीस्टारले आइतबार पहिलो सेमिफाइनल खेल विभागीय टिम त्रिभूवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ ।

जितका लागि पुर्व बिजेता टिम समेत रहेको थ्रीस्टारका आशिष चापागाइ र दिपेश घलेले समान एक–एक गोल गरे ।

खेल सुरु भएको १५ औ मिनेटमा थ्रीस्टारका आशिष चापागाइले गोल गरेर टिमलाई अग्रता दिलाए । एन्जल महर्जनले निकालेको क्रस पासलाई आशिषले डिबक्स भित्रबाट गरेको प्रहारले जाली चुमाए । अग्रता लिएको १० मिनेट बित्न नपाउँदै २५ आँै मिनेटमा दिपेश घलेले व्यक्तिगत दोस्रो गोल गरेर टिमको जित सुनिश्चित गरे ।

मछिन्द्रका क्याप्टेन देवेन्द्र तामाङ्गले खेलको अन्त्य तिर ८९ औं मिनेटमा सान्तवना गोल फर्काए । उनले डिबक्स भित्र हेडिङ्गमार्फत आकर्षक गोल गरेका थिए । थ्रीस्टारका दिपेश घले म्यान अफ द म्याच घोषित    भए । उनले नगद ११ हजार पाए ।

पहिलो हाफमा दुई गोलले पछि परेपछि मछिन्द्र दबावमा परेको थियो । दोस्रो हाफपछि आक्रमक रुपमा मैदान प्रवेश गरेपनि बराबारीमा ल्याउन निकै संघर्ष ग¥यो । तर सफल हुन सकेन ।

थ्रीस्टारले बुधबार दोस्रो मुख्यमन्त्री कपिलबस्तु तिलौराकोट गोल्कडप फुटबल प्रतियोगिताको फाइनलमा हारेको बदला पनि विराट गोल्डकपमा आएर लिएको छ । कपिलबस्तु गोल्डकपको फाइनलमा थ्रीस्टारलाई मछिन्द्रले १–० गोलले पराजित गरेको थियो ।

दास्रो हाफपछि मछिन्द्रले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन सकेन । खेलको ५५ औ मछिन्द्रका देवेन्द्र तामाङ्गले डिबक्स बाहिरबाट गरेको कडा प्रहार थ्रीस्टारका गोल किपर विवेक मगरले बिफल पारिदिए । त्यसलगतै थ्रीस्टारका विदेशी खेलाडी एन्ड्रिसले कडा प्रहार बाहिरयो । ८० औ सिमनेटमा थ्रीस्टारका युसुफले करिब २५ यार्डदेखि गरेको सशत्त प्रहार पोसमाथिबाट गयो । यसरी थ्रीस्टारका खेलाडीले बारम्बार पाएको गोल गर्ने अवसर खेर फाल्दा प्रतियोगिताको पहिलो खेलबाटै बाहिर बाध्य भयो ।

मछिन्द्र गत वर्षको बिजेता टिम हो । आठौं संस्करणको विराट गोल्डकपको फाइनलमा घरेलु टिम सांग्रीला मोरङ एफएलाई २–० गोलले हराउँदै मच्छिन्द्रले उपाधि उचालेको थियो ।

थ्रीस्टार फुटबल क्लबले पाँचौ संसकरणको विराट गोल्डकपको उपाधि जितेको थियो । फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–०गोलले स्तब्ध बनाउदै थ्रीस्टारले उपाधि चुमेको  थियो ।

शनिबारको अन्तिम क्वाटरफाइनल खेल चर्च व्वाईज युनाईट र एनआरटीबीच हुनेछ ।

 शनिबार महिलालाई निःशुल्क प्रवेश

१५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शनिबार विराट गोल्डकप हेर्न आउने महिलाहरुको लागि आयोजकले निःशुल्क टिकट राखेको छ । नारीलाई सम्मान गर्ने उद्देश्यले आयोजकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर गोल्डकप हेर्न आउने  महिलाहरुको लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाएको विराट गोल्डकपको संयोजक नविन रिजालले जानकारी दिए । शनिबारको अन्तिम क्वाटरफाइनल खेल चर्च व्वाईज युनाईट र एनआरटीबीच हुनेछ ।

 

 


विराटनगर फागुन २३ गते | नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशनबाट अजम्वर राई अध्यक्षमा निर्वाचित भएका छन् ।

मोरङको पदाधिकारीमा नेता राइको टिमका सवै उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा उम्मेदवार राईले ४४६ मत ल्याए भने उनका निकटतम् प्रतिद्धन्द्धी संस्थापन समूह समर्थित राजकुमार ओझाले ४०७ मत ल्याए । राईले ओझालाई ३९ मतान्तरले पराजित गरेका हुन्  । अध्यक्षका दुवै उम्मेदवार सुन्दरहरैचाका हुन् ।

उपाध्यक्षमा सागर थापा निर्वाचित भएका छ्न । उनले ४२२ मत ल्याए भने उनका निकटतम प्रतिद्धन्द्धी शान्ति लिम्वुले ३९१ मत ल्याइन । लिम्वु निवर्तमान संगठन कमिटी उपाध्यक्ष हुन्  ।

सचिवमा सोमराज थापा निर्वाचित भए । उनले ४६२ मत ल्याए। उनका निकटतम प्रतिद्धन्द्धी रविन थापाले ३६८ मत ल्याए । सोउपसचिवमा उषा झा निर्वाचित भाइन। झाले ४१८ मत ल्याइन भने उनकी निकटतम प्रतिद्धन्द्धी शिल्पा निराला कार्कीले ४०५ मत ल्याइन । झा जिसस उपप्रमुख र कार्की विराटनगर महानगर उपप्रमुख हुन्  ।

जिल्ला सदस्यहरुको भने मतगणना जारी छ । १६५ सदस्य कार्यसमितिका लागि भएको निर्वाचनमा यसअघि ७१ जना निर्विरोध निर्वाचित भएका थिए ।

फागुन १७ देखि शुरु देखि अधिवेशनमा ९११ प्रतिनिधि मध्ये ८८८ जनाले मतदान गरेका थिए ।


विराटनगर फागुन २३ गते । विभागीय टिम नेपाल पुलिस क्लब विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ ।

विराटनगरको सहिद रंगशालामा बिहीबार भएको दोस्रो क्वाटरफाइनल खेलमा पुर्व विजेता टिम सशस्त्र प्रहरी बल (एपीएफ) लाई २–० गोलले पराजित गर्दै नेपाल पुलिस सेमिफाइनलमा पुगेको हो ।

जितको लागि पुलिसको तर्फबाट अरुण गाहा र मनिष सेढाइँले समान १–१ गोल गरे । बाँया बार च्यापेर पुलिसका उज्वल राईले ६६ औं मिनेटमा निकालिदिएको क्रस पासलाई अरुणले हेडिङ्गमार्फत आकर्षक गोलमा परिणत गरी टिमलाई अग्रता दिलाए । पहिलो गोल गरेर अग्रता लिएको २१ मिनेट बित्न नपाउँदै पुलिसका मनिष सेढाइँले व्यक्तिगत ८७ औ मिनेटमा गोल गरि टिमको जित सुनिश्ति गरे ।

निक्कै रोमान्चक खेलको पहिलो हाफसम्म दुवै टिमले गोल गर्ने थुप्रै अवसर खेर फाले । दुवै टिम आक्रमक देखिएपछि पहिलो हाफसम्म दुवै टिमको गोल रहित बराबारी खेले ।

दोस्रो हाफपछि पुलिसले आक्रमक खेल पस्कियो । एपीएफको डिफेन्डर र रक्षापंक्तिमा देखिएको कमजोरीको फाइदा उठाउँदै नेपाल पुलिसले सेमिफाइनलको यात्रा सुरक्षित गरेको छ ।

एपीएफका बुद्धीमान राईले खेलको १५ औं  मिनेटमा पाएको सुन्दर गोल गर्ने अवसर खेर फाले । दिपेश धिमालले निकालेको पासलाई बुद्धिमानले प्रहार गरेको वान भर्सेस वानको प्रहार बाहिरयो । खेलको २० औं ं मिनेटमा एपीएफका कप्तान हरी कार्कीको डिबक्स नजिक देखिको प्रहार बाहिरदा पहिलो हाफमा गोल गर्ने अवसर खेर गयो । खेलको ३८ औं मिनेटमा एपीएफका एलिक श्रेष्ठले ३० यार्डदेखि गरेको प्रहार पुलिसका गोलरक्षक अमित तामाङ पंन्ज गरी उत्कृष्ट बचाउ गरिदिए ।

दोस्रो हाफपछि एपीएफले २–० गोलले पछि परेपछि आक्रमक देखियो । तर, एपीएफका खेलाडीले बारम्बार गोल गर्ने अवसर चुकाउँदा विराट गोल्डकपको उपाधि जित्ने सपना चकनाचुर भयो । खेलको अन्त्यतिर बारम्बार पोस्ट आक्रमणको रणनीति बुनेको एपीएफका खेलाडीले गोल गर्नका लागि पाएका केही अवसरको सदुपयोग गर्न सकेन । 

खेलेको ७० औं मिनेटमा एन्जल श्रेष्ठले गरेको प्रहार बाहिरिदा सान्तवना गोल फर्काउनबाट चुक्यो । ७५ औं मिनेटमा विश्वास उदासले वान भर्सेस वानको स्थितिमा गरेको प्रहारमा पोसमाथिबाट बाहिरयो । केही राम्रा अवसरले पोस्टको बाटो तय गर्न नसक्नु एपीएफका लागि दुर्भाग्यपूर्ण बन्यो ।

प्रतियोगताको प्लेर अफ द म्याच पुलिसका मनिष सेढाई घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए ।

एपीएफले दिल्लीको सुदेवा फुटबल क्लबलाई ५–३ गोलले हराउँदै क्वाटरफाइनलमा पुगेको थियो । एपीएफ विराट गोल्डकपको साविक विजेता टिम पनि हो । छैठौं संस्करणको विराट गोल्डकपको उपाधि एपीएफले जितेको थियो । 

त्यसबेला फाइनलमा पाहुना टोली भारतको पंजाव पुलिसलाई १– ० ले हराउँदै एपीएफले उपाधि जितेको थियो । पुलिसल तेस्रो संस्करणका बिजेता टिम हो । त्यसबेला झापा ११ लाई १–० गोलले फाइनलमा पराजित गरेर उपाधि जितेको थियो ।

शुक्रबार तेस्रो क्वाटरफाइनल खेल थ्रि स्टार र मछिन्द्र फुटबल क्लब बिच हुनेछ ।


 विराटनगर फागुन २२ गते । प्रधानमन्त्री कप क्रिकेट २०८१ को छनोट प्रतियोगिता सबै खेलमाविजयी हुँदै सुनसरी शीर्ष स्थानमाउक्लिएको छ । कोशी प्रादेशिक क्रिकेट संघको आयोजनामा भएको बिहीबारको अन्तिम खेलमा पनि जीत निकाल्दै आठ अङ्कका साथ सुनसरी शीर्ष स्थानमा उक्लिएको हो । 

बैजनाथपुरको क्रिकेट मैदानमा भएको अन्तिम खेलमा सुनसरीले उदयपुरलाई पाँच विकेटले पराजित गरेको छ । टस जितेर पहिला व्याटिङ गरेको उदयपुरले निर्धारित ५० ओभरमा २४ दशमलव ४ बलको क्षतिमा सबै विकेट गुमाउँदै ५० रन बनाएको थियो । उदयपुरका लागि शुशान्त तिमल्सिनाले सर्वाधिक १७ रन बनाए । उदयपुरका लागि दिपकराज जोशीले सर्वाधिक तीन विकेट लिए । 

जीतका लागि ५१ रनको लक्ष्य पाएको सुनसरीले ९ दशमलव १ बलमा पाँच विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । सुनसरीका लागि सोनु मण्डलले सर्वाधिक १३ रनको योगदान दिए । सुनसरीका प्लेयर अफ द म्याच प्रकाश कार्कीले सर्वाधिक चार विकेट लिए । 

यसैगरी मेरिवोन ज्वाला क्रिकेट मैदानमा बिहीबार नै भएको दोस्रो खेलमा मोरङले झापालाई ९ विकेटले पराजित गरेको छ । मोरङले चार मध्ये तीन खेलमा जित निकाल्दै ६ अङ्क जोड्दै दोस्रो भयो । झापाले चार मध्ये दुई खेलमा जित निकाल्दै चार अङ्क जोड्दै तेस्रो स्थानओगट्न सफलभयो । 

टस जितेर पहिला ब्याटिङ गरेको झापाले निर्धारित ५० ओभरमा ४३ दशमलव १ बलको क्षतिमा सबै विकेट गुमाउँदै एक सय १४ रन बनाउन सक्यो । झापाका भुपाल दंगालले सर्वाधिक ३९ रनको योगदान दिए । मोरङका श्रवण किस्कुले तीन विकेट लिँदा अमर यादवले पनि तीन विकेट लिए । 

जीतका लागि एक सय १५ रनको चुनौती पाएको मोरङले २९ दशमलव १ बलमा १ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । मोरङका प्लेयर अफ द म्याच सकिब हकले अविजित ५२ रन बनाउँदा मिनस थापाले अविजित ४७ रनको योगदान दिए । झापाका विपिनकुमार महतोले एक विकेट लिए ।

लिगको आधारमा खेलाइएको खेलमा मोरङ, झापा, सुनसरी, इलाम र उदयपुरसहित पाँच टिमको सहभागिता थियो । छनोट खेलमा अङ्कका आधारमा क्रमशः शीर्ष स्थानमा रहने तीन टीमबीच आगामी चैत पहिलो हप्ता इलाइट कप खेलाइने कोशी क्रिकेट संघका अध्यक्ष सर्वजीत राज पाण्डेले जानकारी दिए ।


विराटनगर फागुन २१, गते । विभाग्य टिम त्रिभूवन आर्मी क्लब विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

विराटनगरको सहिद रंगशालामा बुधबार भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीले घरेलु टिम रिजालको मोरङ ११ लाई १–० गोलले हराउँदै आर्मी सेमिफाइनलमा पुगेको हो ।

जितको लागि आर्मीका निरज चौधरी नायक बने । उनले पहिलो हाफको ३७ औ मिनेटमा गरेको गोलनै टिमको जितको लागि निर्णाय बन्यो । पथेमन गलेले मध्य भागबाट निकालेको क्रस पासलाई निरजले आकर्षक गोलमा परिणत गरेका थिए ।

 पहिलो गोल खाएपछि दबाबमा परेको मोरङ ११ ले बराबारीमा ल्याउन निकै संघर्ष ग¥यो । तर सफल हुन सकेन । दोस्रोे हाफपछि आक्रमक खेल पस्किएको मोरङ ११ खेल बराबरीमा ल्यान आक्रामक खेल खेलेपनि सफल हुन सकेन ।

दुवै टिम आक्रामक देखिए पनि डिफेन्सलाइनको कमजोरीमा मोरङ ११ पहिलो हाफमा १–० ले पछि प¥यो । खेलको पहिलो हाफमा आर्मीको लागि निकै संघर्षपूर्ण बन्यो । केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन सकेन ।

 खेलको ३३ औं मिनेटमा निरज चौधरीले गरेको कडा प्रहार मोरङका गोल किपर पूर्ण चेम्जुङ्गले उत्कृष्ट बचाए । ३४ औं मिनेटमा सुजन चौधरीले गरेको कडा प्रहार फ्रेममा पर्न सकेन ।  आर्मीका ५० औ मिनेटमा दिनेश हेमजङले डिबक्स भित्रदेखि गरेको प्रहार मोरङका गोलकिपर पुर्णू चेम्जुङ्ग बाधक बने । त्यसलगतै निरान्जन धामीले गरेको सशत्त प्रहार बाहिरिदा गोल हुन सकेन । खेलको ५१ औं मिनेटमा आर्मीका नरेश खत्रीले गरेको कडा प्रहार मोरङका गोलरक्षक पूर्णले बिफल पारिदिए ।

घरेलु दर्शकको साथ पाएको मोरङले गोल गर्ने थुप्रै सुन्दर अवसर खेर फाल्यो । खेलको ५३ औ मिनेटमा मोरङका भुवन बस्नेतले २५ यार्डबाट गरेको कडा प्रहार आर्मीका गोल रक्षक विकेस कुथुले उत्कृष्ट बचाउ गरिदिए । त्यसलगतै सुशिल राईले गोल गर्ने गतिलो अवसर गुमाए । मोरङका अभिषेक गुरुङले डिबक्स भित्रदेखि गरेको प्रहार बाहिरियो । 

७० औ मिनेटमा  दोर्जे तामाङ्गले डिबक्स नजिकदेखि गरेको प्रहार पनि पोस माथिदेखि बाहिरदा बराबारीमा ल्याउने अवसर खेर गयो । प्रतियोगिताको प्लेर अफ द म्याच आर्मीका गोल रक्षक विकेस कुथु घोषित भए । उनले नगद ११ हजार पाए ।  

बिहीबारको दोस्रो क्वाटरफाइनल खेल सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिस क्लबबीच हुनेछ ।


विराटनगर फागुन २१ गते | विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।

विराटनगरस्थित प्राइम बैंक लिमिटेडले सडक सौन्दर्यकरणका लागि २ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । महानगरको सौन्दर्यकरणका लागि क वर्गका बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत २ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएअनुरुप प्राइम बैंकले रकम हस्तान्तरण गरेको हो ।

महानगरका मेयर नागेश कोइरालालाई बैंकका प्रदेश प्रमुख रविन्द्र अर्याल, क्लस्टर ए कोशी प्रदेश प्रमुख ऋषिराम भट्टराई, ट्राफिक चोक शाखा प्रमुख सिद्धिराज थापा र रिलेसनसिप म्यानेजर (क्लस्टर ए) रुपकराज सुवेदीले २ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभएको थियो । विराटनगरमा ४ शाखासहित कोशी प्रदेशमा प्राइम बैंकका ४७ वटा शाखा रहेका छन् । 

महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजना अगाडि बढाएको छ । सो परियोजना सम्पन्न गर्न ५५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । हालसम्म २९ लाख ५० हजार रुपैयाँ प्राप्त भइसकेको महानगरका तर्फबाट सौन्दर्यकरण परियोजनाका लागि सहजीकरण गरिरहेका पुनमकुमार दाहालले जानकारी दिनुभयो ।

प्राइम बैंकसहित १७ वटा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट ३१ लाख ५० रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ । यसअघि एनआईसी, एनआईएमवी, नेपाल बैंक, ग्लोबल आइएमई, कुमारी बैंक, सानिमा बैंक, कृषि विकास बैंक, एनएमवी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, एसवीआई बैंक, हिमालयन बैंक, नविल बैंक, लक्ष्मी सनराइज, सिटिजन बैंक, सिद्धार्थ बैंक, छिमेकी लघुवित्त र जीवन विकास लघुवित्त वित्तीय संस्थाले रकम जम्मा गरिसकेका थिए ।

महानगरको आग्रहमा सामाजिक उत्तरदायित्वअन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले बरगाछी–रानी सडक सौन्दर्यकरणमा सहयोग पु¥याइरहेका छन् । हाल तारजाली लगाएर फूल रोप्ने कार्य भइरहेको छ । बरगाछीदेखि रोडशेष चोक दक्षिण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्मका सबै मेडिएम (डिभाइडर)मा तारजाली लगाएर फूल र विरुवासमेत रोपिसकिएको दाहालले जानकारी दिनुभयो । बरगाछी–रानी सडकखण्डमा रहेका ४६ वटा डिभाइडरमध्ये ३६ वटामा सौन्दर्यकरणको काम सकिएको छ । मेयर कोइरालाले विराटनगरको विराटनगरको समग्र विकासमा सबैको सहयोग आवश्यक रहेको बताउँदै आउनुभएको छ ।

कार्यक्रममा मेयर कोइरालाले सबैको साथ र सहयोगले मात्रै विराटनगरको समग्र विकास हुने बताउनुभएको थियो । उहाँले सौन्दर्यकरण अभियानलाई सहयोग गरेकोमा बैंक तथा वित्तीय संस्थाहरूलाई समेत धन्यवाद दिनुभयो ।

बैंक तथा वित्तीय संस्थाहरूको उत्साहजनक सहभागिताले सडक सौन्दर्यकरणले मूर्त रुप लिएको मेयर कोइरालाको भनाइ थियो । महानगरले सौन्दर्यकरण जस्तै अन्य परियोजना पनि सञ्चालन गर्ने योजना बनाइरहेको मेयर कोइरालाले बताउनुभयो ।


विराटनगर २१ फागुन । नेकपा एमाले माेरङकाे नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ ।

विहान १० वजेदेखि शुरू मतदानमा अहिलेसम्म ४५०,मत खसेको निर्वाचन कमिटीले जनाएको छ । एम पटकमा मतदानका लागि २५ बाट हुनेगरि  स्थान बनाइएकोछ ।

नेतृत्व चयनका लागि पदाधिकारी सदस्यहरूमा समूहगत प्रतिष्पर्धा  छ । संस्थापन समूहबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र इर्जालाल राजवंशीले उम्मेदवारी दर्ता गराएका छन् । 

संस्थापन इतर समूह (विनोद ढकाल) बाट अध्यक्षमा अजम्वर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा उषा झा र सन्तोष वान्तबाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचनबाट १६५ जना निर्वाचित हुने छन् ।

जिल्ला अधिवेशनबाट ७१ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार अधिवेशनमा ३ सय २५ जनाले मनोनयन दर्ता गराएका थिए । तीमध्ये ७१ जना निर्विरोध निर्वाचित भए भने ६३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । ५ पदाधिकारी सहित ९४ पदका लागि १ सय ९१ चुनावी मैदानमा रहेका छन् ।

अधिवेशनमा ९११ प्रतिनिधि छन् ।


विराटनगर फागुन २० गते ।  विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) ९ औं संस्करणको विराट गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा मंगलबार भएको दोस्रो दिन खेलमा भारतको सुदेभा दिल्ली फुटबल क्बललाई टाइबेकरमा ५–३ गोलले हराउँदै एपीएफ क्वाटरफाइनलमा पुगेको हो ।

निर्धारित समयसम्म गोलरहित खेल बराबारी भएपछि जितको छिनोफानो टाइबेकरबाट भएको हो । टाइबेकरमा एपीएफको तर्फबाट सुमन श्रेष्ठ, दिपेश धिमाल,मणि कुमार लामा,सविन गुरुङ र अनिल श्रेष्ठले गोल गरे ।

दिल्लीको तर्फबाट राहिफ, पिसि र उदितले मात्र गोल गरे भने रमेशको  प्रहार एपीएफका गोल रक्षक एन्जल श्रेष्ठले उत्कृट बचाउ गरेका थिए ।

खेलको पहिलो हाफसम्म दबावमा राखेको एपीएफले दोस्रो हालदेखि आक्रमक खेल पस्कियो । तर, पनि जितको लागि टाइबेर कुर्नुपर्यो । खेलको ३० औ मिनटेमा एपीएफका हरी कार्कीले बललाई मध्यभागबाट बललाई एक्लै अगाडी बढाएर डिबक्स भित्रबाट गरेको प्रहार बाहिरयो ।

त्यसलगत्तै  एपीएफका मनि कुमार लामाले पाएको सुन्दर गोल गर्ने अवसर खेर फाले । सुमनले निकालेको पासलाई मनिकुमारले प्रहार गरेको वान भर्सेस वानको प्रहार बाहिरयो । ३७ मिनेटमा एसपीएफका हरीले डि बक्सभित्रबाट गरेको पावरफुल प्रहार फस्टबारबाट बाहिरियो । दोस्रो हाफदेखि दिल्लीले पाएको सुन्दर अवसर खेर फाल्दा पाहुना टोली प्रतियोगितादेखि बाहिरन  बाध्य भयो । 

खेलको ८५ औं मिनेटमा दिल्लीका उदितले डिबक्स नजिकदेखि गरेको प्रहार एपीएफका गोल रक्षक एन्जल श्रेष्ठले उत्कृष्ट बचाउ गरिदिए । त्यसलगतै दिल्लीका लुन्कल गरेको वानटच बल एपीएफका गोल रक्षक श्रेष्ठले उत्कृकष्ट बचाउँदा गरिदिदा गोल हुनबाट चुक्यो । प्रतियोगिताको प्लेर अफ द म्याच एपीएफको गोल रक्षक एन्जल श्रेष्ठ घोषित भए । उनले नगद ११ हजार पाए ।

बुधबार पहिलो क्वाटरफाइनल खेल त्रिभूवन आर्मी र रिजालको मोरङ ११ बिच प्रतिस्पर्धा हुनेछ ।

 


विराटनगर  फागुन १९ गते । कोशी प्रादेशिक क्रिकेट सँघ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिताको  सोमबार भएको खेलमा सुनसरी र इलाम विजयी भएको छ ।

वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा सुनसरीले झापालाई  ४ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको झापाले निर्धारित ४३ ओभरको खेलमा २४ दशमलव ३ बलमा सवै विकेट गुमाई ६३ रनको सामान्य स्कोरमा सिमित भएको छ । झापाकालागि आशिष राना ममरले सर्वाधिक १३ रनको योगदान दिए । सुनसरीका प्लेयर अफ म्याच  प्रकाश कार्कीले ३ विकेट लिँदा भुपाल लुइटेलले २ विकेट लिए ।

६४ रनको सामान्य लक्ष्य पछ्याएको सुनसरीले २५ दशमलव २ बलमा ६ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो । सुनसरीको जितमा सुमन घतानीले अविजित २८ रनको योगदान दिए । झापाका सिद्धान्त कमितले ३ विकेट लिए ।

मेरिवोन ज्वाला विराटनगर क्रिकेट मैदानमा भएको खेलमा इलामले उदयपुरलाई १२ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको इलामले निर्धारित ४५ ओभरको खेलमा ३६ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय ६५ रनको योगफल बनायो । इलामकोलागि जितमा शिवान्स बजगाईले सर्वाधिक ४० रनको योगदान दिए । उदयपुरका सोनु अन्सारीले ३ विकेट लिए ।

१ सय ६६ रनको विजयी लक्ष्य पाएको उदयपुरले ३९ दशमलव ५ बलमा सवै विकेट गुमाई १ सय ५३ रनमा सिमित भयो । उदयपुरका प्रभात किरणले ३३ रनको योगदान दिँदा सोनु अन्सारीले २८ रनको योगदान दिए । इलामका प्लेयर अफ म्याच इलामका विशाल आचार्यले ३ विकेट लिँदा हेमन राई, सन्दिप ढुंगाना र वि कामतले २–२ विकेट लिए ।

लिगको आधारमा खेलाइएको खेलमा कोशी प्रदेशका मोरङ, झापा, सुनसरी, इलाम र उदयपुरगरि ५ टिम सहभागि रहेका छन् ।


बिराटनगर फागुन १८  गते | पत्रकार सम्मेलन - “विराटनगरको साथ फुटवलको विकास” भन्ने मूल नाराका साथ यही २०८१ फाल्गुण १९ गतेदेखि २८ गतेसम्म विराटनगरमा आयोजना गरिने “रमपम विराट गोल्डकप फुटबल प्रतियोगिता २०८१” को नवौं संस्करणकोे संघारमा पत्रकार सम्मेलनका लागि यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछौं ।


यस वर्ष हुन गई रहेको “रमपम विराट गोल्डकप फुटबल प्रतियोगिता २०८१” आयोजना संचालन गर्नका लागि सम्पूर्ण विराटनगर बासी फुटवल प्रेमीहरु, सरकारी निकायहरु, स्थानीय निकायहरु, सुरक्षा निकायहरु, राजनिती दलहरु, उद्योगीहरु, व्यापारीहरु, पत्रकारहरु र संघसंस्थाहरुको सहयोग, सल्लाह सुझावलाई आत्मसाथ गर्दै पूर्व तयारी भईसकेकोे जानकरी गराउँदछौं ।

प्रतियोगिता संचालनका लागि गरिएका अन्तिम तयारी कार्य प्रगती छोटकरीमा प्रस्तुत गर्न चाहान्छु ।
शहिद रंगशालाको मैदान मर्मत र सरसफाइ भई सकेकोे छ ।
प्रतियोगितामा भाग लिने १० वटा फुटवल टिम छनौट भइसकेको छ । जस्मा भारतवाट २ वटा टिम र नेपालवाट विभागिय टिमहरु सहित ८ टिमहरु निम्नअनुसार रहेको जानकरी गराउदछौं । खेल तालिका समेत प्रकाशित भई सकेको छ  । यस प्रतियोगिताको संरक्षक र प्राविधिक सहयोगमा कोशी प्रदेश सरकार, प्रदेश खेलकुद विकाश वोर्ड, विराटनगर महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद र अखिल नेपाल फुटवल संघ, मोरङ उद्योग व्यापार संघ रहेका छन् ।
विराटनगर आसपासका क्षेत्रहरुमा सिटी रिक्साको माध्यमवाट प्रचार प्रसार तिव्र गतिमा भई रहेकोछ भने १८ स्थानमा एल गेट, ६ वटा होडिङ वोर्ड लगाउने कार्य सम्पन्न भईसकेको छ ।
डिजिटल माध्यमवाट गोल्डकपको पेज वनाई (फेस बुक, टिकटक, यूटुव) प्रचार प्रसारमा गरि रहेकोछ । गोल्डकपको प्रचार प्रसार र प्रवर्धन गर्न विराटनगरका १० वटा स्कुल कलेजहरुमा कार्यक्रमहरु गरिएको छ । रंगशाला बाहिर भित्र व्यानर तथा होडिङ बोर्ड निर्माण र जडान कार्य भई रहेको छ । शान्ती सुरक्षाका लागि सुरक्षा निकायहरुसंग छलफल गरिएको छ ।
 रहेकोछ ।

प्रायोजकहरुको टुंगो लागि सकेको छ । मेन स्पोन्सरमा रमपम रहेको छ भने गोल्ड स्पोन्सरमा ६ वटा, सिल्भर स्पोन्सरमा ११ वटा, पावर वाइ NCELL, बैकिङ पार्टनरमा ३ वटा, इन्स्योरेन्स पार्टनरमा १ वटा, पार्टनर्समा ६ र मेडिकल पार्टनर न्यूरो हस्पिटल रहेका छन् ।
 फ्रल्ड लाईटको चेक जाचँ गर्ने कार्य भई सकेकोे छ ।
प्रतियोगिता आयोजनाका लागि विभिन्न उप समिति गठन भई कार्य विभाजन अनुसार कार्य भईरहेको छ ।
 शहिद रंगशालाको मैदान वनाउने कार्यलाई निरन्तरता दिई रहेकोछ । 

“रमपम विराट गोल्डकप फुटबल प्रतियोगिता २०८१” संचालनका लागि कूल अनुमानित खर्च रु.१ करोड ३५ लाख रहेको जानकारी गराउन चाहान्छौं ।

यस प्रतियोगिताको विजेतालाई नगद रु. ११ लाख, उपविजेतालाई नगद रु. ५ लाख, उत्कृष्ट प्रशिक्षकलाई नगद रु.१५ हजार, उत्कृष्ट गोलरक्षकलाई नगद रु.१५ हजार, सर्वाधिक गोलकर्तालाई नगद रु. १५ हजार, दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद रु. ११ हजार र सर्वोकृष्ट खेलाडीलाई नगद रु.५१ हजार पुरस्कार दिने निर्णय भएको जानकरी गराउन चाहान्छौं ।
 
सबैं क्षेत्रमा आर्थिक मन्दीका कारण सहयोग जुटाउन कठिनाई भई रहेको हामी सबैमा सर्वविधितै छ । हामीले विराट गोल्डकपको पहिचानलाई जोगाई राख्न प्रतियोगिता संचालन गर्नै पर्ने अवस्थामा विभिन्न चुनौतीहरुलाई सामना गर्दै अगाडी वढ्ने कार्य जारी रहेकोछ ।
यस प्रतियोगितालाई सभ्य र भव्य बनाउदै दर्शकहरुको आकर्षण बढाउन थप कार्यक्रमहरु निम्न अनुसार रहेका छन् ।

 दैनिक प्रतियोगिता हुनु भन्दा अगाडीदेखि राष्ट्रिय स्तरका कलाकारवाट सास्कृतीक कार्यक्रम, दर्शकहरु मध्येवाट दैनिक Face of The  Birat Goldcup छनौट गरि ताज पहिरिने र गिप्mटको व्यवस्था
टिकटक बनाई फेसबुकमा अपलोड गर्ने उत्कृष्ठ टिकटकरलाई रु.१०,०००।०० नगद पुरस्कार रु.२००।०० को टिकट किन्दा रु.२,०००।०० भन्दा बढी छुटको मज्जा रहनेछ ।

प्रतियोगिताको उद्घाटन र समापनलाई  भव्य आकर्षित बनाइनेछ ।
यो प्रतियोगितालाई सभ्य र भव्यताका साथ सम्पन्न गर्न पत्रकार मित्रहरुलाई साथ र सहयोगका लागि निवेदन गर्दछु ।

“विराटनगरको साथ फुटवलको विकास” भन्ने मूल नाराका साथ यही २०८१ फाल्गुण १९ गतेदेखि २८ गतेसम्म विराटनगरमा आयोजना गरिने “रमपम विराट गोल्डकप फुटबल प्रतियोगिता २०८१”  लाई  सफलता पुर्वक सम्पन्न गर्न सबैं पक्षवाट सहयोग र सद्भावको अपेक्षा राख्न चाहान्छौं भन्दै सम्पूर्ण उपस्थित पत्रकार मित्रहरुलाई धन्यवाद व्यक्त गर्दछौं ।


विराटनगर फागुन १७ गते । विराटनगर महानगरपालिका ७ मा रहेको मेरिल्याण्ड कलेजले २२औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

कलेज परिसरमा आज विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यतामा विविध कार्यक्रमको आयोजना गरी कलेजले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।


प्रमुख अतिथि कोइरालाले मेरिल्याण्ड कलेज विराटनगरको ऐतिहासिक कलेज बताए । व्यवस्थापन संकायमा कोशी प्रदेशकै उत्कृष्ट रहेको कलेजमा पछिल्लो समय विद्यार्थीहरूको आकर्षक उत्तिकै बढेको कोइरालाको भनाइ छ ।

वार्षिकोत्सवको अवसर कलेजले विभिन्न सालमा कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी र बिबिएस तहमा बोर्ड प्रथम तथा द्वितीय हुने छात्रछात्रालाई पुरस्कृतसमेत गरेको थियो ।

यसैगरी, कलेजको आन्तरिक परीक्षामा अब्बल अंक ल्याउने तथा आन्तरिक खेलकुद कार्यक्रमका विजेता विद्यार्थीहरू सम्मानित भएका थिए । कलेजमा १५ वर्षभन्दा बढी कार्य गर्ने शिक्षक तथा कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।

यसरी सम्मानित हुनेमा दिपेशकुमार भगत, मदन खतिवडा, महेन्द्रनारायण कर्ण, नवजीत प्रधान, शशीभूषण कर्ण, श्यामकुमार झा, विजयकुमार दाहाल, लेखनाथ निरौला, मुक्तिनारायण गच्छदार, विनोद भट्टराई र देवकी मरिक रहेका छन् ।

उनीहरूलाई दोसल्ला ओढाएर प्रमुख अतिथि तथा विराटनगरका मेयर नागेश कोइराला, कलेजका प्रिन्सिपल लक्ष्मण ढकाललगायतले सम्मानपत्रका साथ सम्मान गरेका थिए ।

कलेजका प्रिन्सिपल ढकालले पठनपाठनसँगसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल साबित भएको कलेज देशभरिकै उत्कृष्ट सातमा पर्न सफल भएको स्मरण गराए । २०५९ सालमा स्थापना भएको कलेजले आगामी शैक्षिकसत्रदेखि विज्ञान संकायमा पनि पठनपाठन थाल्ने उनले जानकारी दिए ।

कलेजका अध्यक्ष गुणराज ढुंगेल, उपाध्यक्ष पिके झा, हिसानका केन्द्रीय उपाध्यक्ष तथा कलेजका निर्देशक भेषराज पोखरेललगायतले मन्तव्य राखेका थिए ।

वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरूले नृत्य नाटक गरेर उपस्थित अतिथि, अभिभावकलाई मनोरञ्जन दिएका थिए ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.