Websoft University
August 2020


विराटनगर, १५ भदौ । रातो तारा डट कम, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण देखिएको छ । 
प्रदेश प्रयोगशाला विराटनगरमा आज साँझ गरिएको परीक्षणमा उहाँलाई संक्रमण पुष्टि भएको हो । भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उहाँलाई झाडापखाला भएको र आज देखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ । 
शनिबार साझदेखि उहाँ निवासमै रहनु भएको छ । मन्त्री घिमिरेको स्वास्थ अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ । 


काठमाण्डौ भाद्र १५ गते । रातो तारा डट कम,भिन्सार छलि नेपालबाट भारत तर्फ लजादै गर्दा महोत्तरी प्रहरीले खाद्यान्न सामग्री बरामद गरेको छ । हिजो दिउँसो तस्करले एकडारा गाउँपालिका ४ मा लुकाएर लैजादै गर्दा १ सय ५० किलो, अन्दाजी मुल्य ७ हजारको केराउ प्रहरी चौकी हलखोरीको टोलीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । बरामद गरीएको समान आबश्यक कारबाहिका लागी भन्सार कार्यालय मलिबारा पठाईएको छ । 


काठमाण्डौ भाद्र १५ गते । रातो तारा डट कम,पछिल्लो २४ घन्टामा नेपालमा थप ८ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना पुष्टि हुनेमा ३ सय ३ जना महिला र ५ सय ९६ जना पुरुष रहेका छन् ।

मन्त्रालयको नियमित जानकारीका क्रममा आज प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका कोरोनाका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको बताउनुभयो । काठमाडौं उपत्यकामा २९८ जना कोरोना सङ्क्रमित भेटिएका छन् । काठमाडौं जिल्लामा १९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ५ सय ८८ जना डिस्चार्ज भएका छन् । 

यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २१ हजार ४ सय १० जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ । यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना सङ्क्रमित १७ हजार ८ सय २२ जना छन् भने ७ हजार ३ सय ३७ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताउनुभयो ।



काठमाडौं । रातो तारा ट कम, देश बिगत पाँच महिनादेखि लकडाउन र निशेधाज्ञाले बन्धक बनि रहेको बेला आम मानिसमा यसले नराम्रो प्रभाव पारेको छ । अझ त्यसमा पनि बालबालिकाहरु सबैभन्दा बढी यसको मारमा छन् । दैनिक ज्यालादारी गरेर खाने मात्र होईन मध्यम वर्गीय नागरिकहरु पनि यतिबेला निम्न वर्गमा झर्न थालिसकेका छन् । यो बेलामा सरकारले मास्क र सेनिटाईजर अनिवार्य भनि रहेको छ तर नागरिकलाई भोको पेट भर्नुछ । मास्क र सेनिटाईजर होईन नागरिकलाई काम र माम चाहिएको छ । आम नागरिकको वर्तमान अवस्था यस्तो छ, यो अवस्थाले बालबालिकाको भविष्यलाई कस्तो पर्वाह पार्ला ? अझ बेवारिसे बालबालिका भए के गर्लान ?
माथी उल्लेख गरिएको प्रसंग हो भर्खरै सन्तोष राईले निर्माण गरेको लघु चलचित्र प्रेमले सिकाएको बाटोको । १८ मिनेट ५४ सेकेण्डको यस साईलेन्स स्टोरीले बर्तमान अवस्था मात्र होईन कोरोना संक्रमण पछि आउँने अवस्थालाई पनि छर्लङ चित्रण गर्न सफल भएको छ । यो लघु चलचित्र अन्मिसम्म हेर्ने जो कोहीको आँखा रसाउँछ ।
ओमेगा नेपालको प्रस्तुति रहेको यस लघु चलचित्र प्रमले सिकाएको बाटोमा लेखक तथा निर्देशक सन्तोष ओमेगा राईको साथमा बालकलाकार पूजा सुब्बाको दमदार अभिनय देख्न सकिन्छ । मोहन खालिङ र हरि बस्नेतको छायाँकन, कुन्दन राईको ब्याकराउण्ड स्कोर तथा रीकेश बज्राचार्यको सम्पादन रहेको भिडियोमा गणेश रिजाल, केशव फुयाल, मानसिंह राई, दिपेन्द्र राई, रक्षक राई, जुना राई, खुसी राई, मिनु खत्री र आयुशा खत्रीको समेत अभिनय रहेको छ ।


विराटनगर, १५ भदौ । रातो तारा डट कम, प्रदेश १ मा आज ५६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २६, मोरंगमा १७, संखुवासभामा ९ र झापामा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ६ महिला १४ पुरुष, कोशी गाउँपालिकामा ३ पुरुष, देवानगञ्ज र इनरुवामा १–१ पुरुष, इटहरीमा १ महिला, मोरङको विराटनगरमा ५ महिला ६ पुरुष, लेटाङमा १ महिला ४ पुरुष र बुढीगंगामा १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संखुवासभाको खाँदबारीका १ महिला ८ पुरुष, झापाको कमलगाउँपालिकामा २ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ३६७ पुगेको छ ।

प्रदेश १ बाट आज ५४ जना डिस्चार्ज भएका छन् । वी.जेनरल आईसोलेसन केन्द्र, हरिनगर सुनसरीबाट ३२, इलाम अस्पताल आईसोलेसन केन्द्र, इलामबाट १८ र होम आईसोलेसनबाट ४ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हाल सम्म १ हजार ५८९ जना कोरोनामुक्त भएका छन् ।

प्रदेश १ मा आज १ हजार ३९२ जनाको कोरोना परीक्षण गरिएएको छ । परीक्षण गरिएका मध्ये १७ महिला र ३९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा हाल सम्म ८८ हजार ९९० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

गाइघाट १५ भदौ । रातो तारा डट कम,चोरीको आरोपमा प्रहरीले सोमबार वेलटार बजार बाट एक युबा लाई पका्रउ गरेको छ । उदयपुरको चौदण्डीगढी नगरपालीका ७ विपी चोक स्थीत एक खाजा घर बाट ९० हजार चोरी गरेको आरोपमा खोटाङग बाहा्रपोखरी ५ का १८ वर्षिय रविन मगर लाई पका्रउ गरेको हो । खाजा घरको नगद राख्ने बक्सा भित्र रहेको लेडिज ब्याग बाट ९० हजार नगद मगरले चोरी गरेका थिए । सिसी टिभीको फुटेज को आधारमा मगर लाई पका्रउ गरीएको प्रहरीले निरिक्षक वुद्धि चौलागाई ले बताए । मगरको साथ बाट भर्खरै किनेको मोबाईल, केहि कपडा र २८ हजार ३ सय १० रुपैया बरामद गरीएको उनले बताए । 

श्याम राई- गाइघाट १५ भदौ । रातो तारा डट कम,सिकीस्त बिरामीलाई अस्पताल ले उपचार गर्न नमान्दा उदयपुरमा एक महिलाको मृत्यु भएको छ । खाना खाने क्रममा खाना अड्किएर विरामी भएकी उदयपुरको चौदण्डीगढी नगरपालीका ६ की ६५ वर्षिया डम्बर कुमारी बस्नेतको आईतबार मृत्यु भएको हो । शनिबार बेलुका को खाना खाने क्रममा बस्नेतको स्वास नलीमा खाना अड्कीएर बेहोस भएपछी तत्काल पा्रथमीक स्वास्थ्य केन्द्र वेलटारमा लगीएको थियो । तर त्याहा उपचार गर्न नसकीने जानकारी हुन साथ एम्बुलेन्स मार्फत बिराटनगर लगीएको थियो । बिराटनगरमा सबै भन्दा पहिले मोरङग सहकारी अस्पताल लगीएकोमा एम्बुलेन्स बाट बिरामी लाई बाहिर निकाल्न नपाई अस्पतालले उपचार गर्न नमाने् पछि म्याक्स,  न्युरा,े ग्रिनक्रस, लाइफ गार्ड, बिराट नर्गिस, बिराट मेडिकल कलेज र कोशी अस्पताल लगीएको थियो। तर कुनै पनि अस्पताल ले बिरामीको उपचार गर्न नमाने पछी बाध्य भएर बिरामी लाई घर ल्याइएको थियो । घर ल्याएको केहि समय पछि नै बिरामीको मृत्यु भएको पारीवारीक सा्रेत ले बताए । बिरामी लिएर गएको एम्वुलेन्स चालक दिपक खत्री ले बिरामी  झार्न नपाई सबै अस्पताल ले गेट बाट नै फर्काई दिएको बताए । “बिरामी को अबस्था बुझदै नबुझी सिरीयस केस भएको याहा पाउनै बित्तिकै सुरक्षा गार्ड ले भित्र ल्याउनै दिएन” । उनले भने । बिराटनगर का सबै अस्पताल पु¥याए तर कसैले उपाचार गर्न मानेन । बिराटनगर पु¥याएको पाच घण्टा पछि गोल्डेन अस्पताल ले उपचार गर्ने बताए पनी बिरामीको  अबस्था गम्भीर रहेकोले आईसियु मा राख्नु पर्ने तर अस्पताल को आईसियु खाली नभएको भन्दै बिरामी लाई उपचार नगरेको चालक खत्री ले बताए । “हामीले बिरामीको अबस्था  र घटना को सबै तथ्य बताएका थियौ । तर उनीहरुले बिरामीको उपचार गर्न मानेनन” । मृतकका ज्वाई पशुपती भण्डारी ले बताए । उनीहरुले कोरोना संक्रमीत को अनुमान गरेका रहेछन । तर पनि मैले घटना को सबै जानकारी दिदा पनि उपचार नपाएर मृत्य्ु भयो । अब उपचार नगर्ने अस्पताल लाई कानुन कार्याबाही हुनुपर्ने छ । उनले  भने ।


मोरङ,भाद्र-१५ गते । रातो तारा डट कम,मोरङ बेलबारी-८ बस्ने २८ बर्षीया फुल कुमारी धिमालको करेन्ट लागेर मृत्यु भएको छ । हिजो साँझ ६ बजे आफ्नै घरमा पंखा जोडने क्रममा अचानक करेन्ट लागी बेहोस भएकी फुल कुमारीको पथरी अस्पतालमा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


काठमाण्डौ भाद्र १५ गते । रातो तारा डट कम,सरकारले लामो दूरीका गाडी, आन्तरिक र अन्तर्राष्ट्रिय उडान र सीमा नाका भदौ मसान्तसम्म बन्द गर्ने भएकोछ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा नआएपछि सरकारले भदौ मसान्तसम्म कुनैपनि यायाता नखोल्ने र स्ीमा बन्द गर्ने निर्णय गरेको हो । हिजो साँझ बसेको मन्त्रीपरिषद बैठकले हवाई र सथल यातायात भदौ १५ बाट खोल्ने सकिने यसअघिको निर्णयलाई पुनःविचार गर्दै भदौ मसान्तसम्म लम्ब्याएको हो । यसअघि भदौ १५ अर्थात आजदेखि हवाई उडान खोल्ने तयारी सरकारले गरेको थियो । कोरोना सङ्क्रमण झन बढ्दै गएपछि मसान्तसम्म उडान स्थगित गर्ने निर्णय भएको सरकारले जनाएको छ । यस्तै विद्यालय र कलेजसहितका शिक्षण संस्थाहरु पनि भदौ मसान्तसम्म नखोल्ने निर्णय भएको छ 


काठमाण्डौ भाद्र १५ गते । रातो तारा डट कम, सुनकोसी गाउँपालिका ६ धुसेनीमा गएको पहिरो पीडितको घर बनाउन पालिकाले ५ लाख रुपैयाँ दिने भएको छ । पहिरोले घर पुरिएकाको घर निर्माण गर्न ५ लाख रुपैयाँ सहयोग गर्ने पालिका अध्यक्ष श्रमणकुमार जिसीले बताउनुभयो । उहाँले घटनास्थलमै पुगेर पीडितसमक्ष प्रतिपरिवार ५ लाख दिने घोषणा गर्नु भएको हो । हिजो बिहान गएको पहिरोमा ४ घर पुरिएको थियो । जनप्रतिनिधि, सेना र प्रहरीको सहयोगमा जोखिममा रहेकार्ला सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । सुरक्षित स्थानान्तरणका लागि ३० बञ्डल जस्ता र ६ वटा टेण्ट समेत गाउँपालिकाले दिइएको छ । पहिरोले खिल बहादुर भण्डारी, सिताराम भण्डारी, इबहादुर भण्डारीको घर पुरिएको थियो । पहिरोको जोखिममा रहेका अन्य ९ घर परिवारलाई पनि सुरक्षित स्थानमा सारिएको छ । 



सुनसरी,भाद्र १४ गते । रातो तारा डट कम,सुनसरी भोक्राहा नर्सिङ गाँउपालिका-४ स्थित राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाईकल चालक भोक्राहा नर्सिङ-६ बस्ने २६ बर्षीय जगदेव मेहताको मृत्यु भएको छ । आज दिउसो पौने २ बजे पश्चिम तर्फ जादै गरेको बा २१ च ५६९४ नम्बरको पिकअप गाडीले बिपरित दिशाबाट आईरहेको को ३८ प ३४६६ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक मेहता गम्भीर घाईते भएकोमा उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा दिउसो साढे २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने गाडी र चालक सिन्धुली बस्ने सन्तबहादुर पुलामी मगर नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।


काठमाण्डौ भाद्र १४ गते । रातो तारा डट कम,मुलुकभर थप १२ सय २१  जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित जानकारीका क्रममा २४ घन्टामा १ हजार २ सय २१ सङ्क्रमित फेला परेको जनाएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उत्यकामा ४ सय २९ जनामा सङ्क्रमण भएको जानकारी दिनुभयो । काठमाडौं जिल्लामा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यससंगै सङ्क्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ । २४ घन्टामा १२ हजार ७ सय १७ पीसीआर परीक्षण गरिएको छ । उहाँका अनुसार आज सम्म भने ६ लाख ८२ हजार ३ सय ४३ परीक्षण भएको छ । २४ घन्टामा २६७ जना निको भएर घर फर्किएका छन् । निको हुनेको कुल संख्या भने २० हजार ८ सय २२ छन्  । २४ घन्टाको अवधिमा १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । 


विराटनगर, १४ भदौ । रातो तारा डट कम, प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४५, सुनसरीमा ३७, झापामा ९, संखुवासभामा २, प्रदेश १ बारिहका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा आज ४२ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार महिला र पुरुष २१–२१ को रिपोर्ट पोजेटिभ आएको हो । मोरङको लेटाङमा १ महिला, पथरीशनिश्चरे र रंगेलीमा १–१ पुरुषमा संक्रमण देखिएको छ । सुनसरीको दुहवीमा १४ पुरुष, ईटहरीमा ४ महिला ४ पुरुष, इनरुवामा १ महिला ५ पुरुष, धरानमा १ महिला ५ पुरुष, बर्जुमा २ र गढीका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको कनकाईमा २ महिला ६ पुरुष, झापा गाउँपालिकामा १ पुरुष, संखुवासभाको खाँदबारीमा १ पुरुष, स्थानीय तह नखुलेकी १ महिला र प्रदेश  १ बाहिरका १ महिला र १ पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज सम्म कोरोना संक्रमित हुनेको संख्या ३ हजार ३११ पुगेको छ । प्रदेश १ मा कोरोना संक्रमणबाट आज सम्म मृत्यु हुनेको संख्या ३२ पुगेको छ । प्रदेश १ स्थायी ठेगाना भएका २३ र ९ जना अन्य प्रदेशका छन् ।

प्रदेश १ मा आज ९ जना डिस्चार्ज भएका छन् । उनीहरु सवै  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज भएका हुन । हाल सम्म १ हजार ५३४ पुगेको छ । प्रदेश १ मा आज १ हजार १७६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३२ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार हा सम्म ८७ हजार ५९८ जनाको पीसीआर परीक्षण भएको छ ।


काठमाडौ भाद्र १४ गते । रातो तारा डट कम, विश्वव्यापी रुपमा फैलिएको कोभिड (१९) को संक्रमणलाई नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञाका क्रममा काठमाडौ उपत्यकासहित देशका विभिन्न ठाँउमा कतिपयले सञ्चारकर्मीको परिचय दिई सवारी साधनमा प्रेस लेखेर दुरुपयोग गरेकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्ण भएको छ ।

जनतालाई सूसुचित गराउने प्रयोजनका लागि दिइएको सुविधालाई कसैले पनि दुरुपयोग गर्नु गम्भीर आपत्तिको विषय हो । यस्ता दुरुपयोगले पत्रकारिता पेशाको प्रतिष्ठा र मर्यादामा आँच पुग्ने महासंघको ठहर छ । महासंघ पत्रकारिता पेशाभन्दा बाहिरका व्यक्तिहरुलाई आफ्नो सवारी साधनमा प्रेस लेखेर हिँडडुल नगर्न आग्रह गर्दछ । साथै, आम सञ्चारकर्मी र सञ्चार प्रतिष्ठनलाई पनि पेशागत कर्मका समयमा मात्रै प्रेस उल्लेख गरिएको सवारीसाधन प्रयोग गर्न, आफन्त वा साथीभाइलाई प्रेस पास नदिन र प्रेस पासको दुरुपयोग हुन नदिन सचेत रहन आग्रह गर्दछ ।

प्रेसपासको दुरुपयोग रोक्न महासंघ नेपाल प्रहरी लगायतका सम्बन्धित निकायहरुलाई हार्दिक आग्रह गर्दछ । प्रेस उल्लेखित सवारी साधनमा सवार सबै यात्रुको प्रेस पास चेकजाँच गर्न, प्रेस पास अधिकारिक भए नभएको निश्चित गर्न र सम्बन्धित व्यक्ति पत्रकारिताको पेशागत जिम्मेवारीमा हिँडेको वा नहिँडेको निश्चित गर्न महासंघ महानगरिय ट्राफिक प्रहरी कार्यालय सहितका सम्बन्धित निकायलाई हार्दिक आग्रह गर्दछ ।  कसैले प्रेसको दुरुपयोग गरेको पाइएमा कानुनी कारवाही गर्न महासंघ सम्बन्धित निकाय समक्षहार्दिकआग्रहगर्दछ ।
रमेश विष्ट
महासचिव

शिव भट्टराई,मोरङ । रातो तारा डट कम,सुन्दरहरैंचा नगरपालिका भित्र पर्ने लोकमार्गको जीर्ण अवस्थामा रहेको सडक सुन्दरहरैंचा नगरपालिकाका मेयरद्वारा पहल गरेर शुक्रबार सडक विभागद्वारा मर्मत गर्ने कार्य गोठगाउँ बाट सुरवात गर्ने क्रममा निर्माण सामाग्री गुणस्तरहिन भएको र निर्माण कार्यमा अनियमितता भएको भन्दै स्थानीयबासीले विरोध गरेका थिए।
मापदण्ड विपरित काम गरेर झारो टार्ने काम गरेको भन्दै स्थानीयबासीले निर्माण सामग्री सहित मजदुरहरुलाई फर्काइदिए पछि शनिबार देखि पुनः रूपमा गुणस्तरीय सामाग्री ल्याएर मजदुरहरुद्वारा निर्माण कार्य सञ्चालन भएको छ। 
यस विषयमा स्थानीयवासी त्यसैगरी स्थानीय निकायको खबरदारी गर्न जरुरी देखिएको सुन्दरहरैंचा नगरपालिका वडा नं ७ का वडाध्यक्ष चैतन्य सिटौलाले बताएका छन्।


काठमाण्डौ भाद्र्र १४ गते । रातो तारा डट कम,काठमाडौं उपत्यका अहिले कोरोना भाइरस सङ्क्रमण को मुख्य केन्द्र बनेको छ । सङ्क्रमणको संख्या ५ हजार पुगेको छ । भदौ ७ मा काठमाडौं उपत्यकामा कोरोना भाइरस सङ्क्रमिता  ३ हजार ९८ जना थिए । 

एक सातामा त्यो संख्या बढेर ५ हजार पुगेको छ । सङ्क्रमित मध्ये उपत्यकाका विभिन्न अस्पतालको आईसीयुमा ६१ जना छन भने  ११ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उपत्यकामा भाइरस सङ्क्रमितमध्ये सबैभन्दा धेरै नक्साल क्षेत्रमा रहेको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ ।
  
काठमाडौं महानगर १ मा पर्ने यस क्षेत्रमा शनिबारसम्म करिब ३ सय जनामा भाइरस पुष्टि भइसकेको छ । यस्तै वडा नं ३ मा पर्ने महाराजगन्ज क्षेत्रमा २ सयभन्दा बढी वडा नं ३२ मा पर्ने कोटेश्वरमा पनि संक्रमितको संख्या २ सय नाघिसकेको छ ।  उपत्यकाभित्र नयाँ बानेश्वर, कालिमाटी, कलंकी र बालाजु पनि सङ्क्रमितको संख्या उल्लेख्य छ । संक्रमण बस्ती बस्तीमै देखिएकाले भदौ ३ देखि निषेधाज्ञा लगाइएको छ ।

निषेधाज्ञाका बिचमा पनि सङ्क्रमण घटेको छैन । हिजो भने अस्तिको तुलनामा आधाभन्दा बढी घटेको छ । अस्ति ४ सय १५ जना थिए हिजो घटेर १ सय ८६ जनामा सङ्क्रमण देखिएको छ । 


बिराटनगर, भाद्र १४ गते । रातो तारा डट कम,मोरङ र सुनसरीका २ स्थानबाट नियन्त्रीत लागुऔषध सहित ३ जना पक्राउ परेका छन् ।ईलाका प्रहरी कार्यालय बुधनगर मोरङबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो २ बजे लागुऔषध सहित २ जनालाई पक्राउ गरेको हो । गस्तिमा खटिएको प्रहरी टोलीले प्रदेश नं १-०२-०४० प ९६६८ नं को मोटरसाईकललाई चेक जाँच गर्ने क्रममा चालक गढी गाउँपालिका-३ सुनसरीका २७ बर्षीय सुभाष कुमार साह र पछाडी सवार रहेका मोरङ जहदा गाउँपालिका-१ का २१ बर्षीय रुपेश यादवलाई लागुऔषध DILEX-DL १४ बोतल सहित पक्राउ गरेको हो । यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको भाण्टावारीबाट स्थानीय २२ बर्षीय सुसिल शर्मालाई नाईट्रोसन १०० ट्याब्लेट, एस.पी. ५५२ ट्याब्लेट र कोरेक्स १०० ML को ३३ बोतल लागुऔषध सहित शनिवार दिउँसो ४ बजे पक्राउ गरेको हो भने लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।


बिराटनगर, भाद्र १४ गते । रातो तारा डट कम,सुनसरी र झापाका २ स्थानमा पानीमा डुबेर १ बालक सहित २ जनाको मृत्यु भएको छ । सुनसरीको ईनरुवा नगरपालिका-८ बस्ने कर्मुल मियाको १२ बर्षीय छोरा बसिम मियाको घर नजिकै जमेको पानीमा शनिवार दिउँसो माछा मार्ने क्रममा डुबेर मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यसैगरी झापाको भद्रपुर नगरपालिका-४ महेशपुर बस्ने १८ बर्षीया कमला चेम्जोङको देउनिया खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । शनिवार अपरान्ह साँढे ४ बजेको समयमा निगुरो टिप्न गएको अवस्थामा उक्त खोलामा पौडी खेल्ने क्रममा अचानक डुबेर घाईते भएकी चेम्जोङलाई संगै गएकी साथीले देखि प्रहरी चौकी महेशपुरमा खबर गरे संगै तत्काल खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागी ओमसाई अस्पताल भद्रपुर पठाएकोमा उपचारको क्रममा अपरान्ह ५ बजे मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।




खोटाङ, भाद्र १४ गते । रातो तारा डट कम,खोटाङको ऐसेलुखर्क गाउँपालिका-४ का ईन्द्र बहादुर तामाङको १२ बर्षीय छोरा शैलेन्द्र तामाङको भरुवा बन्दुकको छर्राले लागेर मृत्यु भएको छ । गत १२ गते राती घर नजिकै बारीमा बाँदर लखेट्न पड्काएको भरुवा बन्दुकको छर्राले लागेर बालकको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएको प्रहरी टोलीले बन्दुक पड्काउने स्थानीय २३ बर्षीय मनकाजी तामाङलाई पक्राउ गरेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।





काठमाण्डौ भाद्र्र १४ गते । रातो तारा डट कम,क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा सन्दीप लामिछानेको टिम जमैका तालवाजले जितेको छ । बिहान सकिएको खेलमा जमैका तालवाजले सेन्ट किट्स एण्ड नाभिस पेट्रियोट्सलाई ३७ रनले पराजित गरेको हो ।  जमैकाले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो ।  १४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स निर्धारित ओभरको २ बल बाँकी छर्दै ११० रनमा समेटिन पुग्यो । जितसँगै जमैका तालिकाको तेस्रो स्थानमा पनि उक्लिएको छ ।


काठमाण्डौ भाद्र्र १४ गते । रातो तारा डट कम,कोरोना सङ्क्रमणका कारण मृत्यु संख्या बढीरहेको छ । हिजो सरकारले १२ जनाको मृत्यु भएको तथ्याङक सार्वजनिक भएपछि थप ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या २ सय १५ पुगेको छ । चितवनमा बिहान एक जनाको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा थप ४३ जनामा कोरोना सङ्क्रमण  पुष्टि भएको छ । पुष्टि हुनेमा चितवनका २९ जना रहेका छन् । कोरोना सङ्क्रमणका कारण नवलपुरका एक पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा भाद्र ४ गतेदेखि ज्वरो तथा निमोनियाको उपचार गराइरहनुभएका विनय त्रिवेणी गाउँपालिका– ६ का ६२ बर्षका पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । 




लन्डन । रातो तारा डट कम,विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा  यो साता थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिवार साँझसम्म विदेशमा मात्र  १६ देशमा  १९५ जना नेपालीहरुको निधन भएको हो ।  समितिका अनुसार यो साता बेलायतमा १ जना र युएईमा २ जनाको ज्यान गएको हो ।  

स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार साउथ अफ्रिका, पोर्चुगल,  स्पेन, कतार साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ  । अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड–१९ को दोस्रो वेभ (दोस्रो लहर) सुरु भएपछि नेपाली समुदायमा संक्रमण सामान्य रुपमा बढेको हो । हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।  

कोरोना भाइरसका कारण नेपालसहित बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिका लगायत १७ देशमा रहेका नेपालीहरुको ज्यान गएको हो ।

हाल सम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार  ७ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । ३२ हजार ५ सय ११ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।  

यस्तै नेपालमा मात्र ३७ हजार ३ सय ४० जना कोरोना भाइरसबाट संक्रमित भएका छन भने ती मध्ये २० हजार ५ सय ५५ जना कोरोना मुक्त भएका छन् ।  यो कुल संक्रमित मध्येको ५५ प्रतिशत हो ।  शनिबार साँझसम्म नेपालमा २ सय १५ जनाको कोरोनाका कारण ज्यान गएको छ । योसँगै नेपालसहित विश्वभर कोरोना संक्रमणका कारण हाल सम्म ४ सय १० जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ ।  

संक्रमणको जोखिम कम नभएकोले सावधानी अपनाउन आग्रह
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले कोरोना भाइरस (कोभिड–१९)  को संक्रमणको जोखिम  कम नभइसकेकोले थप सचेत र सावधान हुन नेपाली समुदायलाई आग्रह गरेको छ । समितिका संयोजक डा सापकोटाले सार्वजनिक स्थल मात्रै नभई बन्द कोठामा गरिने भेला र जमघटले पनि संक्रमण बढाउने भएकाले त्यस्ता खाले कार्यक्रम कम गर्न र गर्नै पर्ने भए सिमित संख्या र सामाजिक दुरी कायम गर्न आग्रह गर्नुभयो ।

डा सापकोटाले कोरोना संक्रमणका क्रममा मनोबल उच्च राख्न समेत आग्रह गर्नुभएको हो । कोरोना संक्रमणको बढ्दो जोखिमले सर्वसाधरणमा एक प्रकारको मनोवैज्ञानिक त्रास उत्पन्न गरेको भन्दै उहाँले उच्च मनोबल कायम गरेर सर्तकता अपनाउनु आग्रह गर्नुभएको हो । आफुलाई पहिलो प्राथमिकतामा राखेर सर्तकता अपनाउनुपर्ने डा सापकोटाको भनाई छ ।

 मानसिक तनावबाट सकेसम्म मुक्त हुन  एक्लो नबस्न, साथीभाइसँग कुराकानी गर्न, गीतसंगित सुन्न र योग तथा ध्यान गर्न समेत डा. सापकोटाले अनुरोध गर्नुभयो ।  'कोभिड–१९' विरुद्ध भ्याक्सिन आगामी वर्षको पहिलो महिना (जनवरी) भित्र सर्वसाधारणको लागि उपलव्ध हुने अपेक्षा गरिएको बताउँदै उहाँले सचेत र सावधान रही अघि बढ्न आग्रह गर्नुभयो ।  कोरोना भाइरस विरुद्धको खोप जापान, अमेरिका, रुस, बेलायत, चीन, स्वीट्जरल्याण्ड ड् लगायतका देशमा तीव्र गतिमा उत्पादन र परिक्षणको प्रक्रिया अघि बढेको  छ ।


५३ हजार ६ सय ९९ जना नेपालीको उद्धार
विदेशमा अलपत्र परेका ५३ हजार ६ सय ९९ जना नेपालीको उद्धार भएको छ  । गैरआवासीय आवासीय नेपाली संघ, नेपाल सरकार, विदेशस्थित कूटनीतिक नियोग एवं दूतावासको सहकार्यमा उनीहरुको उद्धार गरिएको हो ।

चिरन शर्मा,
प्रेस संयोजक, 'कोभिड १९' उच्चस्तरीय समिति, गैरआवासीय नेपाली संघ


विराटनगर, १३ भदौ । रातो तारा डट कम, नेकपा विराटनगर ८ ले कोरोना संक्रमण भई होम आईसोलेसनमा रहेकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ ।

वडाका संक्रमितको घर–घरमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको वडा कमिटी अध्यक्ष राम पोखरेललेबताए । उनले होम आईसोलेसनमा रहेकाहरुसँगै उनीहरुको सम्पर्कमा आएकाहरुको पनि स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताए । उनले भने,‘ संक्रमितहरुको अवस्थाबारे जानकारी लिएपछि समस्या भएकाहरुलाई तत्काल अस्पताल लैजान सहज हुन्छ ।’ नेकपा विराटनगर ८ ले आज तेस्रो चरणको अभियान अन्तरगत होम आईसोलेसनमा रहेकाहरुको स्वास्थ्य अवस्थासँगै १६ वटा घरको निर्मलीकरण गरिएको अध्यक्ष पोखरेलले बताए । उनले बलुवाही, विश्वकर्मा चोक,  जिम्दार टोल,  राजवंशी टोलका घरहरु समेत गरेर २ सय घरहरुमा निर्मलीकरण गरिएको बताए ।

होम आईसोलेसनमा रहेका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको नेकपा वडा कमिटी सह–ईन्चार्ज सरस्वती ओझाले बताईन । वडाकमिटी अध्यक्ष पोखरेल, सचिव ज्ञान बहादुर कार्की, सदस्यहरु भुवन राजवंशी, सिताराम  राजवंशी, अशोक राजवंशी, राकेश राजवंशी, सन्तोष राजवंशी लगायतले होम आईसोलेसनमा रहेकाहरुको स्वास्थ्य अवस्थाबारे नियमित जानकारी लिनुका साथै घर निर्मलीकरण अभियान चलाईरहेका छन् ।



मोहन कुमार राई- श्रावण १३ गते । रातो तारा डट कम,कोभिड–१९ संकट व्यवस्थपन समितिले एक साता निशेधाज्ञा जारी गरेको छ । 
निशेधाज्ञा शुक्रवार रातको १२ः०० बजेदेखि शुरु भएर १८ गते विहिबार रातको १२ बजे सम्म जिल्लाभर लागू हुने गरी निशेधाज्ञा जारी गरिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताउनुभयो ।   विश्वभर तिब्र गतिमा फैलिरहेको कोभिड–१९ को संक्रमण संखुवासभा जिल्लामा पनि संक्रमित वढेपछि संक्रमण रोकथाम तथा नियन्त्रणका लागि संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिमको आदेश तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निशेधाज्ञा जारी गरिएको हो । 
निशेधाज्ञा जारी भए सँगै जिल्लाभर मानिसको आवतजावत तथा सवारी साधनहरु आवतजावत गर्न व्यवसायीक पसल, कार्यालयहरु सबै वन्द रहेको छ ।  अत्यावश्यक सेवाका सवारी साधन, औषधी स्वास्थ्य सेवा, सुरक्षा, सञ्चार, खानेपानी, दैनिक उपभोग्य वस्तु तथा अतिआवश्यक सेवा बाहेक सवै क्षेत्र निशेध गरिएको छ । सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरुले सकेसम्म विद्युतीय माध्यमबाट सेवा प्रभाह गर्न निर्देशन गरेको छ । 
जिल्लाको खाँदावारी, चैनपुर, खराङ्ग, पोखरी, तुम्लीङ्गका बजारहरु सुनसान रहेको थियो  ।


काठमाण्डौ भाद्र १३ गते । रातो तारा डट कम,कोरोना भाइरस कोभिड १९ को सङ्क्रमणबाट १२ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र ६ जनाको मृत्यु भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका २ ÷२ जनाको मृत्यु भएको छ । यस्तै पर्साका २ जना, पाल्पा, सिराहा, गोरखा र कास्कीका एक, एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७ पुगेको छ । 





काठमाण्डौ भाद्र १३ गते । रातो तारा डट कम,त्रिभुवन विश्वविद्यालय त्रिविको वार्षिक परीक्षा दशैँ पछाडि मात्र हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय पनिकाका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । पनिकाले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको छ । यसअघि बन्दाबन्दी खुलेसँगै सवारी साधन सञ्चालन भएपछि पनिकाले भदौ १६ गतेबाट सेमेष्टर र असोजको पहिलो हप्ताबाट वार्षिक परीक्षा गर्ने तयारी गरेको थियो । अब वार्षिक अन्तर्गतका सबै परीक्षा दशैँपछि नै हुने छ । उहाँका अनुसार मङ्सिर १५ वा २० गतेदेखि परीक्षा गर्ने र चैतसम्म सकाउने तयारी छ ।


विराटनगर, १३ भदौ । रातो तारा डटछकम, प्रदेश १ मा आज १ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा १९–१९, संखुवासभामा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा आज २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महिला १० र पुरुष ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको कटहरीमा ६ महिला ९ पुरुष, पथरीशनिश्चरेमा ७ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, बेलबारी र सुनबर्षीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । 

उता सुनसरीको इटहरीमा २ महिला ७ पुरुष, दुहवीमा ३ महिला ६ पुरुष, धरानमा २ महिला ४ पुरुष, झापाको दमकमा ७ महिला ९ पुरुष, झापा गाउँपालिकामा १ महिला २ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा १ महिला १८ पुरुष, संखुवासभाको खाँदबारीमा २ पुरुष र प्रदेश १ बाहिरकी एक महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार २१६ पुगेको छ । 

प्रदेश १ मा आज ९ जना डिस्चार्ज भएका छन् । झापा मेचीनगरको धाईजन आईसोलेस केन्द्रबाट ९ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ५२५ पुगेको छ । 

प्रदेश १ मा आज १ हजार २२० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३४ महिला र ७८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार हाल सम्म ८६ हजार ४२२ जनाको पीसीआर परीक्षण गरिएको छ । 



बिराटनगर भाद्र १३ गते । रातो तारा डट कम,चर्चित गायक प्रमोद खरेलको स्वरमा 'नेपाली म हुन सकु' बोलको रास्ट्रीय गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।  राष्ट्रिय भावानाले ओतप्रोत यस  गीतमा स्वर प्रमोद खरेल रहेको छ भने शब्द यम प्रसाद आचार्यको रहेको छ।  यस गीतलाई  दीपकराज बिश्वकर्माले  संगीतवद्द गरेका हुन्।  म्युजिक भिडियोमा सदाबहार नायक दिलिप रायमाझी फिचर्ड  छन्। भिडियोलाई उत्सब दाहालले छायांकन गरेका हुन् भने विकाश दाहालले सम्पादन गरेका हुन्। नारायण काँईलो प्रति विशेष धन्यवाद व्यक्त गरिएको यस भिडियोलाई प्रकाश धितालको कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो।  यस भिडियोलाई माया गरिदिन निर्माण टिमले सम्पूर्ण नेपालीहरुमा आग्रह गरेका छन्।  


काठमाण्डौ भाद्र १३ गते । रातो तारा डट कम,नेपाल–चीन प्रवेशका लागि छोटो दुरीको रसुवागढी नाका दुई सातापछि सञ्चालनमा आएको छ । चीनको केरुङ नजिकै पहिरो गएर बाटो अवरुद्ध हुँदा नाका बन्द भएको थियो । 

काठमाडांदेखि एकसय ५२ किलोमिटर उत्तर भाटेकोशी नदी किनारामा रहेको रसुवागढी–केरुङ सडक खण्ड अन्तर्गत ठोङ्सा मुनि रहेको घुम्तीमा पहिरो गएपछि गत साउन ३२ गतेदेखि नाकामा आयात रोकिएकोथियो । पहिरो पन्छाउने काम सकिएसँगै हिजोबाट नाका सञ्चालनमा आएको हो । 

रसुवागढी नाका सञ्चालनमा आएको भएपनि विश्वव्यापी फैलिएको नोवेल कोरोना भाइरसका कारण चीनबाट सामग्री आयात र व्यवस्थापनमा समस्या हुँदै आएको छ । कोरोना सङ्क्रमणको त्रासका कारण चिनियाँ पक्षले सामग्री मितेरी पुलमा झार्दै आएका छन् । चिनियाँ पक्षले नेपालको खुला स्थानमा सामग्री ल्याएर झारिदिने बताए पनि हिजो मितेरी पुलको बीचमै झारेका थिए ।

नेपालतर्फको खुला स्थानमा सामग्री झार्नका लागि चिनियाँ टोली सहमत भइसकेको छ । मितेरी पुलमा सामग्री झार्दा नेपाली पक्षलाई सामग्री लोड गरेर ल्याउन समस्या हुँदै आएको छ । 


काठमाण्डौ भाद्र १३ गते । रातो तारा डट कम,कोरोना सङ्क्रमितको सम्पर्कमा पुगेको देखिएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकालप्रधानसेनापति  पूर्णचन्द्र थापा होम आइसोलेसनमा बस्नुभएको छन् । 

छाउनीस्थित नेपाली सेनाको हाताभित्र रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण भेटिएपछि केही दिनअघि सोही स्थानमा बैठकमा सहभागी भएकाहरु होम आइसोलेसनमा बसेको बताईएको छ । यस्तै सचिव महेन्द्र गुरागाई पनि होम आइसोलेसनमा बस्नुभएको छ । 

सीसीएमसीको सचिवालयमा गत आइतबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि साढे दुई घन्टा छलफल भएको थियो । बैठकमा सहभागी एक कर्मचारीमा सङ्क्रमण देखिएको हो । मन्त्रीहरुसहित प्रधानसेनापति, सचिव र अन्य कर्मचारीहरुको पनि पीसीआर परीक्षण गरिएको छ ।

तर नतिजा आउनबाँकीछ । सत्तारुढ दल नेकपाका सचिवालय सदस्य समेत रहेका पोखरेल र थापा आइसोलेसनमा बसेसँगै नेकपाको भोलि बस्ने भनिएको सचिवालय बैठक पनि स्थगित भएको छ । सचिवालय बैठक भदौ १८ गतेसम्मका लागि स्थगित गरिएको छ ।

अव बस्ने बैठकले स्वास्थ्य सामाग्रीमा भ्रष्टचार गर्नेलाई कार्यवाही हुन्छ होला नि ? भनेर आम जनताले सरकार संग प्रश्न गरिरहेका छन ।

संचारकर्मी रोशन पोखरेल र इन्द्र दाहाल को शब्द 
काठमान्डौँ । रातो तारा डट कम,नेपाली मौलिक गीत संगीतको क्षेत्रमा स्थापित गायिका पुर्णकला विसी र गायक सुरज थापाको आवाजमा ”पैसाको अभाव ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ  ।
पैसाको अभावमा धन कमाउने सपना बोकेर विदेश गएका हजारौ नेपाली युवाको जिवन भोगाईलाई गीतमा समेटिएको छ  । साहु सगँ ऋण लिएर परदेशी भुमीमा परदेशी भुमीमा श्रम गर्न विवश हजारौ युवाको बास्तविक कथालाई गीतमा समेटिएको छ  । 
रोशन पोखरेल र इन्द्र दाहाल शिशिरको शब्द सिर्जना तथा सन्तोष पौडेलको लय सिर्जना गीतमा रहेको छ । गीतको शब्द तथा भाव अनुसारको एरेन्ज कृृष्ण केसीले गरेका छन । सुशिल डाँगी र राहुल राईको छायाँकन , अविनास डिसीको सम्पादन तथा रविन शाहको निर्देशन भिडियोमा रहेको छ  । ”पैसाको अभाव ” गीतको भिडियोमा सारिका केसी , जय देवकोटा ,शेखर दाहाल र बाल कलाकारको भुमीकामा प्रिन्सा खड्का र चन्दन शाहीको अभिनय रहेको छ  । 
”पैसाको अभाव ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस । 



काठमाण्डौ भाद्र १३ गते । रातो तारा डट कम,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तीन अस्पताललाई कोभिड अस्पताल बनाएको छ । काठमाडौं उपत्यकाको जनमैत्री र कान्तिपुर अस्पताललाई कोभिड अस्पतालमा सूचीकृत गरिएको हो । जनमैत्री लामो समयदेखि बन्द थियो । यस्तै वीरगञ्जको नेशनल मेडिकल कलेजको शिक्षण अस्पताललाई पनि कोभिड अस्पतालमा सूचीकृत गरिएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । 



काठमाण्डौ भाद्र १३ गते । रातो तारा डट कम,सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आगामी १८ गतेसम्मका लागि स्थगित गरिएको छ । सचिवालय सदस्यसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा आइसोलेसनमा बस्नुपर्ने भएकाले भोलि शनिबारका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । कोभिड–१९ संकट व्यवस्थापन सेन्टर सीसीएमसीमा कार्यालय सहयोगीलाई सङ्क्रमण देखिएकाले दुबै नेता होम आइसोलेसनमा बसेको बताईएको छ ।  अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच छलफल गरेर आजको बैठक १८ गतेसम्मका लागि स्थगित गरिएको हो । बैठकमा पार्टी विवाद समाधानका लागि गठित कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको थियो । पार्टीमा दाहाल–नेपाल पक्षले ओलीको राजीनामा मागेपछि बढेको विवाद समाधान गर्न दुई अध्यक्षले गत साउन ३० गते कार्यदल गठन गरेका थिए ।




काठमाण्डौ भाद्र १३ गते । रातो तारा डट कम,नेपाली राजनीतिको फोहोरी खेल आफ्नालाई मात्र अवसर दिनु हो । पछिल्लो पटक राजनीतिक नियुत्तीको बिषयमा धेरै आलोचना पनि हुने गरेका छन् । धेरै ठाउँमा सरकारले ध्यान नदिदा पनि यस्ता खालका प्रश्नहरु आउने गर्छन् । पछिल्लो पटक रक्षा मन्त्री इश्वर पोखरेलका सम्धी प्रा.डा. उपेन्द्र कोइराला राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त भएपछि नाताबाद र कृपाबादका कुराहरु नेपाली राजनितीमा आएका छन् । मन्त्री इश्वर पोखरेलले यसबारे स्पष्टीकरण नै दिनु परेको थियो की आफ्नो कुनै पनि हात छैन भनेर । यस्ता र यस्तै खाले बिबादहरु नेपाली राजनीतिका लागी नौलो होईन । यस्तै बिषयबस्तु समेटिएको फिल्म ‘सम्धी काण्ड’ आएको छ । टीका प्रसाद अम्गाईको निर्देशन तथा सुबास अम्गाई र बिनोद पहारीको अभिनय रहेको फिल्ममा बर्तमान नेपाली राजनीतिको बिबादीत बिषयलाई उठान गरेको छ । हेर्नुहोस् सम्धी काण्ड । 

बिराटनगर भाद्र १२ गते । रातो तारा डट कम,आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङकर विराटनगरमा शुक्रबार अपरान्ह बिष्फोट भएको छ । नेपाल आयल निगम प्रदेश १ कार्यालयबाट झण्डै ५०० मिटर उत्तरमा रहेको राम अवतार मोटरर्स ग्यारेजमा ट्यांकर विष्फोट भएको हो ।

ठूलो आवाजमा बिष्फोट भएपछि नजिकका बस्टिका घरहरु भूकम्पले हल्लाए झैं हल्लिएको थियो भने विराटनगर ४ प्रगति टोलका दुई वर्षको शिशुसहित तीन जना बेहोससमेत भएको स्थानीय किर्तिराज कार्कीले जानकारी दिनुभएको छ । उहाँका अनुसार ग्यारेजमा काम गर्ने दुई जना मजदुरसमेत बेहोस भएका थिए । बिष्फोट पछि स्थानीय त्रसित भएका छन् ।

ग्यारेजमा पार्किङ गरिराखेको ना ४ ख ७१६६ नम्बरको ट्यांकर विष्फोट हुँदा पछाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ । ग्यारेज नजिकका केही घरको टिनको छानासमेत उप्किएको स्थानीयले जानकारी दिएका छन् । ट्यांकरमा इन्धन नभएको र खाली रहेको हुँदा ठूलो क्षति भने हुनपाएन ।

बस्तीको छेउमा मोटर ग्यारेज सञ्चालन गर्दा स्थानीयसँग सहमति नलिएको र ध्वनी र अन्य वातावरण प्रदुषण भएको भन्दै छ महिना अघि नै स्थानीयले ग्यारेज अन्यत्र स्थानान्तरण गर्न माग गर्दै वडा कार्यालय र विराटनगर महानगरपालिकालाई स्थानीयले आाग्रह गर्दै निवेदन दिएका थिए । तर वडा कार्यालयले चासो नदेखाउँदा ग्यारेज असुरक्षितरुपमा सञ्चालन भइरहेको थियो । शुक्रबारको घटनाले त्यहाँबाट तत्कालै ग्यारेज हटाउनु पर्ने भन्दै स्थानीयले दवाव दिएका छन् । उनीहरुले अब ग्यारेज सञ्चालन गर्न नदिने भन्दै तत्काल बन्द गर्न माग गरेका छन् । हाम्रो मतबाट


काठमाण्डौ भाद्र १२ गते । रातो तारा डट कम,भारतमा कोराना भाइरसबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै ७७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले आज दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ७७ हजार २६६ जना सङ्क्रमित भएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोही अवधिमा एक हजार ५७ जनाको कोरोनाका कारण मृत्यु भएको जनाएको छ । भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ६१ हजार ५२९ पुगेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा अहिलेसम्म ३३ लाख ८७ हजार ५०१ जना सङ्क्रमित भएका हुन् । कुल सङ्क्रमित मध्ये सात लाख ४२ हजार २३ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु २५ लाख ८३ हजार ९४८ जना सङ्क्रमणमुक्त भएका छन् । सवैभन्दा धेरै सङ्क्रमितहरु रहेको महाराष्ट्र प्रदेशमा सङ्क्रमितहरुको संख्या एक लाख ७८ हजार ५६१ पुगेको छ ।


काठमाण्डौ भाद्र १२ गते । रातो तारा डट कम,पछिल्लो २४ घण्टामा ९ सय २९ जनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । १० हजार २२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ५९३ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै कुल सङ्क्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । 

उनीहरुमध्ये १९५ जनाको मृत्यु भएको छ भने २० हजार २२४ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १६९ जना डिस्चार्ज भएका छन् । देशभरमा १६ हजार १९ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ९ हजार ५७३ जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ४४६ जना होम आइसोलेसनमा छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको छ । उनीहरुमध्ये काठमाडौं जिल्लामा मात्र ३५० जना छन् भने भक्तपुरमा ५४ र ललितपुरमा ११ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै रुपन्देहीका ७२ जना, मकवानपुरका ५१, मोरङका ४७, सुनसरीका ४१, बाँकेका ३६, चितवनका २६, रौतहटका २१, धनुषाका २०, काभ्रेका १७, धादिङ र कास्कीका १६र१६ जना, झापाका १५, महोत्तरी र सर्लाहीका १३ ÷ १३ जना, सिराहाका १२ र नवलपुर, दैलेख र कैलालीका ११र११ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

डोटीका ९ जना, सप्तरीका ७, जुम्लाका ६, बारा र तनहुँका ४ ÷ ४ जना, नुवाकोट र सल्यानका ३ ÷ ३ जना, संखुवासभा, पाँचथर, सिन्धुली, सिन्धुपाल्चोक, लमजुङ, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी र बर्दियाका २र२ जना तथा इलाम, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, पर्सा, रसुवा, गोरखा, बाग्लुङ, दाङ, कञ्चनपुरका १ ÷ १ जनामा पनि सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनजाएको  छ ।



सुनसरी भाद्र १२ गते । रातो तारा डट कम,राष्ट्रिय स्तरको टिकटक स्टार प्रतियोगिता हुने भएको छ । ‘सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगिता ०७७’ नाम दिइएको प्रतियोगिताका लागि आवेदन सुरु भएको छ ।
 
प्रतियोगिता सुनसरीको बराहक्षेत्रस्थित रहेको सदाबहारा मिडिया प्रा.लि.ले आयोजना गरेको हो । बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले १३ भदौमा सुरु भएको यस प्रतियोगिता २८ कात्तिकमा सम्पन्न हुने जानकारी दिएको हो । टिकटक मार्फत अभिनय गर्दै आफ्नो भिडियो बनाइ प्रा.लि.को फेसबुकमार्फत पठाउनुपर्ने र विभिन्न चरणमा प्राप्त गर्ने भ्युजको आधारमा विजेता घोषणा गर्ने 



भदौ १३ देखि भदौ २८ गतेसम्म आवेदन लिइने र सहभागिता लागि विभिन्न मोबाइल वालेटबाट दर्ता शुल्क एक सय रुपैयाँ तिर्नुपर्ने प्रतियोगिताका आर्थिक संयोजक भरत खड्काले बताए । लकडाउनको समयमा लोकप्रिय बन्दै गएको टिकटकमार्फत आफ्नो अभिनय, क्षमता प्रस्तुत गरेर सहभागी हुन सक्ने र विजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने सदाबहार मिडिया प्रा.लि.का अध्यक्ष भवानी धिमालले बताए । उनका अनुसार उपविजेताले एक लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

भिडियो नेपाली भाषामा हुनुपर्ने आयोजकले जनाएको छ । सामाजिक विकृति फैलाउने, ब्यक्तिगत आक्षेप लगाएका, राष्ट्रियतामाथि आँच आउने, अश्लिल प्रकृतिका भिडियोलाई समावेस नगराइने प्रतियोगिताका संयोजक देव भट्टराईले जानकारी दिए । टिकटक भिडियोमा स्वयम् आफ्नै हुनुपर्ने र आफैंले अभिनय गरेको हुनुपर्ने, भिडियो १५ सेकेन्ड भन्दा लामो हुनुपर्ने संयोजक भट्टराईको भनाइ छ । पहिलो चरणमा प्रतियोगिमध्ये उत्कृष्ट एक सय जनाको भिडियोमा आएको भ्युजको अधारमा उत्कृष्ट २० छनोट गरिने छ ।


 क्रमशः ५ औ चरणसम्म भोटिङको आधारमा उत्कृष्ट १५, उत्कृष्ट १०, उत्कृष्ट ५ र उत्कृष्ट ३ र फाईनल गरि बिजेता घोषणा गरिने आयोजकले जानकारी दिएको छ । कोभिड–१९लाई मध्यनजर गर्दै भिडभाड रहित दसै, तिहारलाई प्रोत्साहन भर्चुअल माध्यमबाट राष्ट्रिय स्तरको प्रतियोगिताको अवधारणा ल्याएको कार्यक्रम संयोजक भट्टराईले बताए ।



काठमाडौ भाद्र १२ गते । रातो तारा डट कम,विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा दिनप्रतिदिन तीब्ररुपले बढिरहेको छ । पछिल्लो समय संक्रमणको दर वृद्धि भएसंगै यो महामारीबाट नेपाली सञ्चार क्षेत्र पनि नराम्ररी प्रभावित हुन पुगेको छ । 

नेपाल पत्रकार महासंघमा अभिलेख भएअनुसार उच्च जोखिमका बीच अग्रभागमा रहेर पेशागत कर्म निर्वाहका क्रममा अहिलेसम्म ७१ जना पत्रकार तथा सञ्चारकर्मी कोरोनाबाट संक्रमित भएका छन् । जसमा केही पत्रकार महिलामा समेत सक्रमण देखिएको छ । महासंघको अभिलेखअनुसार मलुकका ७ प्रदेशमध्ये ६ प्रदेशका पत्रकार तथा सञ्चारकर्मी संक्रमित हुन पुगेका छन् ।

जसअनुसार प्रदेश नम्बर १ मा १३ जना पत्रकार कोरोना संक्रमित भएका छन् जसमा मोरङ जिल्लाका १२ जना र उदयपुरका १ जना रहेका छन् । त्यस्तै प्रदेश २ मा २७ जना पत्रकार संक्रमित भएका छन् । जसमा पर्सा १३, बारा ४, धनुषा २, सप्तरी ३, सर्लाही ३, महोत्तरी १ र रौतहटमा १ जना रहेका छन् । बागमती प्रदेशमा ११ जना पत्रकार संक्रमित हुन पुगेका छन् । जसमा काठमाडौं ९ र ललितपुरमा २ जना पत्रकार संक्रमित भएक छन् ।
यसैगरी गण्डकी प्रदेशमा ८ जना पत्रकार संक्रमति भएका छन् । जसमा कास्कीका १ जना र नवलपुरका ७ जना रहेका छन् ।
प्रदेश नम्बर ५ मा ११ जना पत्रकार संक्रमति भएका छन् । जसमा बाँके २, बर्दिया १, कपिलवस्तु ६ र रुपन्देहीमा २ संक्रमति हुन पुगेका छन् । त्यस्तै कर्णाली प्रदेशको दैलेख जिल्लामा १ जना पत्रकार संक्रमित भएका छन् ।

संक्रमितमध्ये केही निको भइसकेका छन् केही उपचाररत अवस्थामा रहेका छन् । महासंघ उपचाररत सबै पत्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । यो विषम परिस्थितिमा संक्रमणको उच्च जोखिमका बीच अग्रभागमा रहेर नेपाली सञ्चार क्षेत्रले निर्वाह गरिरहेको भूमिका सराहनीय छ । विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरु संक्रमणको उच्च जोखिममा रहेका छन् । महासंघ संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै पत्रकारहरुको उपचारको उचित व्यवस्था गर्न सरकारसँग माग गर्दछ ।

साथै, महामारीको यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न महासंघ आम पत्रकार तथा सञ्चारकर्मीहरुमा अपिल गर्दछ ।

रमेश विष्ट
महासचिव



विराटनगर, १२ भदौ । रातो तारा डट कम, प्रदेश १ मा आज ७४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४१, मोरङ र झापाको कमल गाउँपालिबाट १४–१४,संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा ६ महिला १४ पुरुष, धरानमा ५ महिला ४ पुरुष, इटहरीमा ५ पुरुष, देवानगञ्जमा २ महिला २ पुरुष, कोशी गाउँपालिकामा ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको विराटनगरमा २ महिला ५ पुरुष, लेटाङमा १ महिला २ पुरुष, सुन्दरहरैचा र रंगेलीमा २–२ पुरुषमा संक्रमण देखिएको छ ।

उत सुनसरीको कमलगाउँपालिकामा २ महिला ७ पुरुष, मेचीनगरमा ३ पुरुष, हल्दीबारीमा १ पुरुष, शिवसताक्षीमा १ महिला, संखुवासभाको पाँचखपनमा १ पुरुष, खाँदबारीमा १ महिला, पाँचथरको फाल्गुनन्दमा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार १०४ पुगेको छ ।
प्रदेश १ मा थप ३ जनाको मृत्यु भएको छ । झापाको दमकका एक पुरुष, मोरङको बेलबारीकी एक महिला र सिरहाको लहानकी एक महिलाको आज मृत्यु भएको हो । प्रदेश १ मा मृत्यु हुनेको संख्या २७ पुगेको छ । प्रदेश १ स्थायी ठेगाना भएका २० र अन्य ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाउको छ ।

प्रदेश १ मा आज २० जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १६, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ र विराटनगर अस्पताल आईसोलेसन केन्द्रबाट २ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा १ हजार ५१६ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज १ हजार ३२७ जनाको पीसीआर परीक्षण गरिएको छ । आज सम्म ८५ हजार २ सय २ जनाको पीसीआर परीक्षण भएको छ ।


श्याम राइ-गाइघाट १३ भदौ । रातो तारा डट कम,बन क्षेत्रको जग्गा अतिक्रमण गरी प्लटीङग  गरेर खरीद बिक्रि गर्ने गिरोहका ७ जना लाखौ रुपैया सहित पका्रउ परे्का छन । उदयपुरको बेलका नगरपालिका ३ सिरीया टप्पु स्थीत सरकारी बन क्षेत्रका जग्गा अतिक्रमण गरी प्लटीङग  गरेर बिक्रि गर्ने कार्यमा संलग्न सोही नगरपालीका ६ सृजना टोल बस्ने २६ वर्षिय प्रकाश चन्द्रवंशी  वडा न ३ का ५४ वर्षिय प्रदिप भन्ने दल बहादुर थापा , भोजपुर टेम्केमैयुङ गाउपालीका ६ का ४५ वर्षिय देबराज राई ,३८ वर्षिय मणिराज राई, भोजप्ुर नगरपालीका ३ बोखीम बस्ने ३६ वर्षिय संतोष कुमार राइृ लाइ पका्रउ गरीएको एसपि भिम बहादुर दाहाल ले बताए । त्यसैगरी खोटाङ साकेला गाउपालीका २ का ४६ वर्षिय धन कुमार राई , सुनसरी इटहरीका ३० वर्षिय मन कुमार राई पका्रउ परेका छन ।   



गाईघाट १३ भदौ । रातो तारा डट कम,भारत तर्फ निकासी गर्न लुकाएर राखेको ठुलो परीमाणमा अवैध गाजा सहित दुई जना   पका्रउ परेका छन । प्रहरीले विशेष सुराकीको आधारमा ८४ केजी गाजा सहित उदयपरको ताप्ली गाउपालीका १ ओख्लेका २९ वर्षिय पुष्प  बहादुर मगर र वडा न ३ इनामेका ४३ वर्षिय राम बहादुर तामाङग लाइ पका्रउ गरेको हो ।

गाईघाट बाट ठुलो संख्यामा गएको शसस्त्र र नेपाल प्रहरीको टोलीले उदयपुर गढी गाउपालीका ६ ठुलो तिल्केनीका सन्त बहादुर तामाङग को घर बाट बुधबार राती गाजा सहित उनीहरु लाई पका्रउ गरेकोमा बिहिबार पत्रकार सम्मेलन मार्फत घटना सार्बजानीक गरीएको हो । अभियुक्त द्दय ले  ताप्ली वडा न १ र ३बाट संकलन गरी ल्याएको उक्त गाजा भारत तर्फ लान लागीएको बताए ।

चार वटा बोरामा रहेको गाजा ताप्ली बाट भरिया लाइ बोकाएर तामाङग  को बाखा्र खोरमा लुकाएर राखीएको अबस्थामा बरामद गरीएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपि भिम बहादुर दाहाल ले बताए ।  “उनीहरु ले गाउमै प्रती केजि ३ हजार देखी ५ हजार रुपैयामा गाजा खरीद गरेको रहेछन” । एसपि दाहाल ले भने । पका्रउ परेका दुबै जना मध्य ्एक गाडीका चालक अर्का खसी व्यापारी रहेका खुल्न आएको छ ।

खसी बाखा्र खरिद गर्ने निहुमा गाउमा गएर गाजा संकलन गर्ने कार्यमा संलग्न रहेका प्रहरीले जनाएको छ । लकडाउनको बेला गाउघरमा सुरक्षा ब्याबस्था कमजोर रहेको मौका पारी उनीहरुले गाजा कारोबार मा लागेकोे प्रहरी अनुसन्धानमा खुलेको छ । “उनीहरुले सिराहाका ब्यापारी लाई गाजा बिक्रि गर्दा रहेछन । एसपि दाहाल ले भने । यस अघि पनी उनीहरु ले सिराहा को लहानमा गाजा बिक्रि गरेको बयानमा  उल्लेख गरेका प्रहरी ले जनाएको छ ।
    


गाइघाट १२ भदौ । रातो तारा डट कम,नातिनी बलात्कार गरेको अभियोगमा  बिहिबार हजुरवुवा पका्रउ परेका छन । उदयपुुुरको त्रियुगा नगरपालिका १३ का ५४ वर्षिय हजुरवुवा लाइ ८ वर्षिया नातिनी बलात्कार गरेको अभियोगमा प्रहरीले पका्रउ गरेका छन । भदौ ९ गते राती आफनो यौन अंग दुब्र्यबाहार गरेको र गत साउन १२ गते राती  घरमा कोहि पनि नभएको मौका पारी उनले बलात्कार गरेको प्रहरी ले जनाएको छ । उनले पटक पटक नातिनी लाई बलात्कार गरेको खुल्न आएको तर घटना को सार्वजानीक भर्खरै मात्र भएको जिल्ला प्रहरी कार्यालय उदयपृुुरका एसपि भिम दाहाल ले बताए । प्रहरी हिरासतमा रहेको उनी बिरुद्ध थप अनुसंधान भैरहेको उनले बताए ।



काठमाण्डौ भाद्र १२ गते । रातो तारा डट कम,रौतहट हनुमान मन्दिरका पुजारी हत्याको विरोधमा राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले घटनाको सत्यतथ्य छनबिन सहित हत्यारालाई कडा कार्बाहिको माग गर्दै प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागी संगठनका केन्द्रिय अध्यक्ष महेश सिंह लगायत १२ विद्यार्थी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लियर दरबारमार्गमा राखेको छ । प्रदर्शनमा घटनाको सत्यतथ्य छानबिन गर, हत्यारालाई कार्बाही गर, हिन्दुत्व माथिको प्रहार बन्द गर, धर्म निरपेक्षता खारेज गर जस्ता नारा लगाईएको थियो । राप्रपा नेता राजाराम बर्तौलाका अनुसार प्रहरिले विद्यार्थी अध्यक्ष महेशबहादुर सिंह, बरिष्ठ उपाध्यक्ष निराजन बम, चेतराज सिंह, विमल ऐडी, महेश ओझा, बिजय शाही, आरके सिंह, किसान जोशी, राजकुमार थापा, राम धामी, नरेश माेर, निराजन  सहित १२ विद्यार्थी नेता कार्यकर्ताहरूलाई पक्राउ गरि दरबारमार्ग प्रहरी चौकिमा राखिएको छ । बर्तौलाले पक्राउ परेकाको तत्काल रिहाको माग गरेका छन् ।  


बेलबारी मोरङ । रातो तारा डट कम,बेलबारी नपा-५ बस्ने बर्ष ५६ कि महिला मिति २०७७-५-९ गते कोशी अस्पताल बिराटनगरमा पिसिआर लिएकोमा ऐ. ५-११ गते रिपोट पोजेटिभ आई थप उपचारको लागि मिति २०७७-५-११ गते २३:०० बजे थप उपचारको लागी धरान घोपा लगिएकोमा उपचारको क्रममा २०७७-५-१२ गते बिहान ०५:०० बजे मृत्यु भएको । त्यस्तै गरी सिरहा घर भई हाल जिल्ला मोरङ विराटनगर मनपा १० बस्ने बर्ष ६५ को पुरूष मानिस कोरोना पोजेटिभ भई Covid-19 उपचार केन्द्र विराटनगरमा उपचार गराईरहेकोमा मिति २०७७।०५।१२ गते ११:३० बजे मृत्यु भएको । 

फायल फोटो,
सुनसरी, भाद्र १२ गते । रातो तारा डट कम,सुनसरीको धरान उप-महानगरपालिका-१३ बाट नियन्त्रीत लागुऔषध खैरो हेरोईन सहित १ जना पक्राउ परेका छन् । धरान-१३ का २० बर्षीय बिजय शेर्पाले आफ्नै कोठामा लागुऔषध लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा बिहिवार दिउँसो ४ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले ३ ग्राम ३०० मिलिग्राम लागुऔषध खैरो हेरोईन सहित पक्राउ गरेको हो । पक्राउ परेका शेर्पाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

विराटनगर। रातो तारा डट कम, लागूऔषध मुद्दामा जिल्ला कारागार मोरङमा कैद भुक्तान गर्दै आएका एक जना कैदीको मृत्यु भएपछि मानव अधिकारकर्मीहरूले निरीक्षणगरेकाछन् ।

इन्सेक प्रदेश १ कार्यालय विराटनगरका प्रमुख सोमराज थापासहितको टोलीले आज घटनाको अवस्थाबारे जानकारी लिन कारागारको निरीक्षण गरेका हुन् ।

लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर ४ का २६ वर्षीय निराजन यादवको हिजो साँझ कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको थियो । मृतकका परीवारकाले यातना दिएको कारणले मत्यु भएको आरोप लगाएका छन् ।

घटनाको भोलीपल्ट आज मानव अधिकारकर्मीहरूले जिल्ला कारागार मोरङका जेलर सुवासकुमार लामिछानेसँग घटनाबारे बुझेका छन् । जिल्ला कारगार मोरङका जेलर लामिछानेका अनुसार मृतकमा छारे रोगको समस्या थियो । कारागारमा कुटपिट भए नभएको पोष्टमार्टम पछि खुल्ने उनले बताए । कुटपिट पछि मृत्य भएको भए छुट्टै निकाय बनाएर छानबिन हुने उनको भनाइ छ । ‘कारागारभित्र यातना दिएको थियो थिएन् यसै भन्न सकिन्न् । सबै पोस्माटम जाँच पछि खुल्छ,’ उनले भने, ‘रिपोर्टले कुटपिट भएको देखाए छानविन गर्न सकिन्छ ।’

बुधबार साँझ सवा ४ बजे कारागारबाट कोशी अस्पताल पु¥याउँदा यादवको मृत्यु भइसकेको चिकित्सकले जनाएका छन् । मृतकको शरीरमा निलडाम रहेकाले आफन्तले कुटपिटपछि हत्या भएको आरोप लगाएका हुन् । आफन्तले कुटपिटपछि हत्या गरेको आरोप दाबी गर्दै विरोध गरेपछि प्रहरीले शव पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाएको छ । कोरोना जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि पोष्टमार्टम गरी आजै शव आफन्तको जिम्मा लगाएको हो ।

यादव लागूऔषध मुद्दामा एक वर्ष ९ महिना १९ दिन कैद फैसला भएका व्यक्ति हुन् । २०७६ फागुन ११ गते यता कारागार चलान भएका थिए ।


MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.