Websoft University
June 2025


बिराटनगर २०८२ असार  ९ गते | उद्योग संगठन मोरङले उद्योगी–व्यवसायी, बैंकिङ क्षेत्रका प्रतिनिधिहरू, चार्टर्ड एकाउन्टेन्ट तथा अर्थतन्त्रसंग सम्बन्धित सरोकारवाला पक्षहरूको सहभागितामा आगामी मौद्रिकका सन्दर्भमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

कार्यक्रममा संगठनका अध्यक्ष नन्दकिशोर राठीले विगतका मौद्रिक नीतिका प्रभाव, उद्योग व्यवसाय क्षेत्रमा देखिएका चुनौतीहरू र सम्भावित सुधारका उपायहरूबारे आफनो धारणा राख्दै आगामी मौद्रिक नीति निजी क्षेत्रमैत्री, उत्पादनमुखी र रोजगारी सिर्जना गर्नसक्ने खालको हुनुपर्नेमा जोड दिए ।

 अध्यक्ष्ँ राठीले बजार आशाअनुरुप चलायमान हुन नसकी उद्योगहरु पूर्ण क्षमतामा चल्न नसकेको यथार्थलाई आत्मसात गरी ऋणिको ऋण तिर्ने क्षमतामा ह्रास आई धेरै ऋण निस्कृय कर्जामा वर्गिकरण हुन गएकाले आगामी मौद्रिक नीतिमा कर्जाको पुर्नतालिकीकरण हुनुपर्ने बताए ।

 अन्तरक्रियामा सहभागि सहभागी उद्योगी व्यवसायीले आगामी मौद्रिक नीति व्यवसायमैत्री, लचिलो र स्थिर भई निजी लगानी आकर्षण गर्ने, साना तथा मझौला उद्योगलाई विशेष प्राथमिकता दिने, निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन हुने उद्योगहरूलाई विशेष प्रोत्साहन गर्ने मौद्रिक नीति आउनु पर्ने धारणा राखे थिए ।

 कार्यक्रममा वैंकर्स सुलभहरि जोशी, बद्री कटवालले आगामी मौद्रिक नीतिले बैंकहरूबाट ऋण प्रवाह सहज बनाउने, विदेशी मुद्रा सञ्चिति सन्तुलनमा राखी बैंकिङ प्रणालीप्रति जनविश्वास अभिवृद्धि गराउने उपाय अवलम्बन गर्नुपर्ने विचार व्यक्त गरे ।

अन्तरक्रियामा सहभागि चार्टर्ड एकाउन्टेन्ट अश्वनी वंसल, मनोज अधिकारी र तिर्थ यादवले मौद्रिक नीतिले निजी क्षेत्रको गतिविधिलाई मार्गदर्शन गर्ने मुख्य भूमिका निर्वाह गर्ने भएकाले नीति निर्माण गर्दा व्यावहारिक पक्ष, तथ्यांक र क्षेत्रगत आवश्यकतालाई विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।

 अन्तरक्रियामा उद्योगी÷व्यवसायी, वैकर्स र चार्टर्ड एकाउन्टेन्सहरुले आगामी मौद्रिक नीतिमा समावेश हुनुपर्ने विषयमा प्रस्तुत गरेका सुझावहरुलाई उद्योग संगठन मोरङले नेपालको राष्ट्र बैंक समक्ष प्रस्तुत गर्ने वताएको छ ।


भेडेटार, धनकुटा असार ८ गते । लीलाराज भट्टराइ,कोशी प्रदेशका सबै जिल्लामा नेकपा एमालेले पार्टीका सम्पूर्ण आर्थिक कारोबार नगद होइन, अनिवार्य रूपमा बैंकमार्फत मात्रै सञ्चालन गर्ने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय लेखा आयोगको आयोजनामा कोशी प्रदेशका १४ वटै जिल्लाका लागि आयोजित आर्थिक तथा लेखा व्यवस्थापन तालिममा यस्तो घोषणा गरिएको हो । भेडेटारमा दुई दिनसम्म चलेको प्रशिक्षणको समापनमा २१ बुँदे सामूहिक प्रतिबद्धता घोषणा गरिएको छ, जसले पार्टीभित्रको आर्थिक पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्य लिएको छ।

घोषणापत्रमा पार्टीका सम्पूर्ण आर्थिक कारोबार अबदेखि नगद माध्यमबाट होइन, बैंकमार्फत मात्रै सञ्चालन गरिने स्पष्ट नीति अवलम्बन गरिने उल्लेख छ। तालिममा सहभागी जिल्ला, महानगर तथा उपमहानगर कमिटीहरूले लेखापरीक्षण अनिवार्य गर्ने, बजेट निर्माण गरी योजना अनुसार खर्च गर्ने, ऋण चुक्ता गर्ने र खर्चमा मितव्ययिता अपनाउने विषयमा प्रतिबद्धता जनाएका छन्।
पार्टीको सम्पूर्ण लेखा प्रणालीलाई पारदर्शी, व्यवस्थित र उत्तरदायी बनाउन अब डिजिटल प्रणाली, नीतिगत अनुशासन र वित्तीय योजनाहरू लागू गरिने जनाइएको छ। आर्थिक कारोबारलाई बैकमार्फत गर्ने निर्णयसँगै पार्टीको नीति, नियम, विधान र निर्देशनहरूको पूर्ण पालना गरिने पनि घोषणा पत्रमा उल्लेख छ।

तालिममा सहभागी जिल्ला,महानगर र उपमहानगर कमिटि अध्यक्षहरुले भविष्यमा लेखा परीक्षणसहितको वार्षिक प्रतिवेदन पेस गर्ने, खर्च र क्रियाकलापको लेखाजोखा राख्ने, आन्तरिक अनुगमनको अभ्यास गर्ने तथा सम्पत्ति वा लगानी भएमा समितिको अनुमति बिना उपयोग नगर्ने नीतिगत प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

घोषणापत्रमा लेखा अनुशासन र मितव्ययिताका अभ्यासहरू पार्टी जीवनमा मात्र सीमित नरही व्यक्तिगत जीवन र अन्य संस्थागत व्यवहारमा पनि लागू गरिने प्रतिबद्धता जनाइएको । प्रशिक्षकहरूले तालिमका क्रममा सिकाइएका सिद्धान्तहरू कार्यान्वयन नगरी केवल कागजमा मात्र सीमित राखे पार्टीको सुधार सम्भव नरहने स्पष्ट पारेका छन् ।

एमाले स्थायी कमिटि सदस्य तथा कोशी प्रदेश इन्र्चाज शेरधन राईले शुभकामना दिनुभएको तालिम कार्यक्रमको अध्यक्षता एमाले कोशी अध्यक्ष घनश्याम खतिवडाले गर्नुभएको थियो ।


झापा, असार ७ गते । झापाको मेचीनगर नगरपालिका(६ काँकरभिट्टा बसपार्क स्थितबाट एक थान पेस्तोल र  दुई थान खुकुरी सहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत वेष्टबंगाल सिलिगुढीका ३५ बर्षीय जय प्रकाश कुमार पाठकरहेका छन । असार ६ गते बेलुका विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट  प्रहरी नायव उपरीक्षक राजन लामाको कमाण्डमा खटिएको प्रहरी टोलीले कारलाई नियन्त्रणमा लिई चेकजाँचको क्रममा कारको सिट मुनी लुकाई  छिपाई राखेको कालो रंगको म्याग्जिन सहितको एयर पेस्तोल १ थान,  एयर वुलेट ५ राउण्ड, खुकुरी २ थान बरामद गरेको हो । अवैध हतियार सहित पक्राउ परेका पाठकको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।


विराटनगर, २०८२ असार ६ गते । प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश बिराटनगर तथा  नेपाल प्रहरी राजमार्ग  सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको आयोजनामा सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणको लागी प्रदेश स्तरिय ट्राफिक सप्ताह २०८२ को भब्यताका साथ शुभारम्भ भएको छ । असार ६ गते विराटनगर स्थित महेन्द्र चोकबाट प्रभात फेरी र्‍याली सुरु भई विराटनगरको सिटी हलमा पुगी एक कार्यक्रमको आयोजना बिच ट्राफिक सप्ताहको शुभारम्भ भएको हो ।

 निमित्त कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारीको अध्यक्षता तथा कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा  शुभारम्भ भएको ट्राफिक सप्ताह कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीले पानसमा दिप प्रज्वलन गरेर बिधिवत रुपमा कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो । उक्त कार्यक्रममा वहाँले सचेतना मुलक श्रव्यदृश्य सामाग्री “सुरक्षित यात्रा” को औपचारिकरुपमा अनावरण गर्नु का साथै सार्वजानिक यात्रु वाहक बसमा यात्रुहरुको गुनासो तथा सुझावको लागी क्युआर कोडको स्टिकर समेत टाँस गर्नु भएको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि कार्कीले सडक दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनमा सबै क्षेत्रको उत्तिकै साथ र सहयोग रहेमा दुर्घटना न्युनिकरणमा थप सहजता हुनेमा विश्वास व्यक्त गर्नुका साथै विद्यालय स्तरमा नै ट्राफिक सचेतना प्रदान गर्न सकिएमा दिर्घकालिनरुपमा सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने वताउनु भयो । साथै वहाँले ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनिकरणमा उल्लेख्य योगदान पुर्‍याउनु हुने महानुभावहरुलाई योगदानको उच्च कदर गर्दै  प्रसंसा पत्र प्रदान गरी सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणका लागी ट्राफिक प्रहरीलाई आवश्यक श्रोत साधन उपलव्ध गराउन कोशी प्रदेश सरकार तत्पर रहेको बताउदै सवारी दुर्घटना न्यूनिकरणमा प्रदेश स्तरिय ट्राफिक सप्ताहले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो ।

यसै गरी मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादवले ट्राफिक सप्ताहको शुभकामना सहितको मन्तव्य राख्नु भएको थियो भने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक संतोष श्रेष्ठले स्वागत मन्तव्य राख्नुका साथै ट्राफिक सप्ताहको औचित्य माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा कार्यक्रमका अध्यक्ष तथा निमित्त कोशी प्रदेश प्रहरी प्रमुख गोबिन्द्र अधिकारीले ट्राफिक सप्ताहको सफलताको शुभकामना सहित धन्यवाद मन्तव्य व्यक्त गर्नुका साथै सवारी दुर्घटना न्युनिकरणको लागि प्राप्त श्रोत र साधनको उच्चतम प्रयोग गरी आम नागरीक र सरोकारवाला निकायहरुसंग समन्वय र सहकार्य गर्दै प्रदेशको ट्राफिक व्यवस्थापन प्रभावकारी  बनाउने बिश्वास ब्यक्त गर्नु भयो ।

कार्यक्रममा कोशी प्रदेशका माननीय सामाजिक विकाश मन्त्री पाँचकर्ण राई, खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्की, आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगर, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव राम प्रसाद आचार्य, पुर्वि पृताना हे।क्वा। सुनसरीका सहायक रथी गौरव कुमार रेग्मी, सशस्त्र प्रहरी वल बराहबाहिनी पकलीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने, राष्ट्रिय अनुन्धान कार्यालय धरानका अनुसन्धान निर्देशक ईन्द्र सिं लामा लगायत  प्रदेश स्तरिय सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रहरी अधिकृत तथा प्रहरी कर्मचारी, पुर्व प्रहरी अधिकृतहरु, स्थानिय जनप्रतिनिधीहरु, ‍यातायात व्यवसायीहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु,संचारकर्मीहरु, नागरीक समाज, संघ संस्थाका प्रतिनिधिहरु, बिभिन्न बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरु समेतको उपस्थिति रहेको थियो ।

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि आजकै  मितिबाट एकैसाथ कोशी प्रदेशका १४ वटै जिल्लाहरुमा ट्राफिक सप्ताह २०८२ को शुभारम्भ भएको छ भने एक साता सम्म जिल्लाहरुमा बिभिन्न  ट्राफिक सचेतनामुलक कार्यक्रमहरु संचालन गरी ट्राफिक सप्ताह सम्पन्न हुने छ ।


विराटनगर  असार ६ गते । विराटनगरस्थित आदर्श माविले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा आदर्श माविकी छात्रा रञ्जना कोइराला प्रथम भएकी छन् ।

विराटनगर महानगरपालिकाको समन्वयमा भएको महानगरस्तरीय अन्तरविद्यालय (कक्षा ९–१०) प्रतियोगितामा रञ्जनाले प्रथम पुरस्कार प्राप्त गर्न सफल भएकी हुन् । ‘सूचना प्रविधिको सदुपयोग’ शीर्षकमा उत्कृष्ट विचार राखेर पोखरिया माविकी छात्रा सिम्रन मैनाली द्वितीय हुँदा सत्यनारायण माविकी उमाकुमारी न्यौपाने तृतीय भइन् । 

त्यस्तै श्री राधाकृष्ण माविकी महिमा सार्कीले सान्त्वना पुरस्कार प्राप्त गरिन् । नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्षसमेत रहेका कवि एवं पत्रकार मीनकुमार नवोदित र मकालु टेलिभिजनका प्रधानसम्पादक अभयकुमार राई सम्मिलित निर्णायक समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको थियो । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीलाई क्रमशः ८, ६, ४ र २ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

 विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा विराटनगर महानगर क्षेत्रका १० वटा सामुदायिक विद्यालयका २० जना विद्यार्थीले सहभागिता जनाएका थिए । पुरस्कृत विद्यार्थीलाई प्रमुख अतिथि ढुङ्गेलसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद गौतम, विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराई, निर्णायकद्वय मीनकुमार नवोदित र अभयकुमार राई नगदसहित शिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए । महानगरको समन्वयमा पोखरिया माविले विगत ३ वर्षदेखि वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै आएको छ ।

त्यस्तै महानगरस्तरीय अन्तर आधारभूत तह (कक्षा १–५) चित्रकला प्रतियोगितामा पोखरिया माविकी स्वेता मेहेता प्रथम भएकी छन् । त्यसतै शहीद आधारभूत विद्यालय विराटनगर–३ की देव्यानी रिजाल द्वितीय, बालमन्दिर आधारभूत विद्यालयका आशिष कटवाल तृतीय हुँदा आदर्श माविकी इशिका साहले सान्त्वना स्थान प्राप्त गरिन् । 

प्रतियोगिताको निर्णायकमा ललितकला संगम विराटनगरका अध्यक्ष जेपी चौधरी रहेका थिए । ‘कृषिप्रधान देश नेपालको झझल्को दिने चित्र’ राखिएको थियो । महानगरको शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ३१ वटा विद्यालयले सहभागिता जनाएका थिए । प्रमुख अतिथि भट्टराईसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद गौतम, विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईलगायतले विजेताहरुलाई नगद क्रमशः ६, ४, ३ र २ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

त्यस्तै पोखरिया माविले शुक्रबार नै विज्ञान प्रदर्शनीसमेत आयोजना गरेको विद्यालयका प्रअ भट्टराईले जानकारी दिए । कक्षा ६–१२ समूहमा आयोजित प्रदर्शनीमा एआई एसिस्टेन्ट तितो प्रस्तुत गरेर सोमस घिमिरेको समूह प्रथम भएको छ भने डिजास्टर मेनेजमेन्टस प्रस्तुत गरेर सायुन्सा पोखरेलको समूह द्वितीय भयो । त्यस्त इनर्जी सस्टेनेबल सिटी प्रस्तुत गरेर मिसन राजवंशीको समूह तृतीय हुँदा कुलर प्रस्तुत गरेर राजेश भट्टराईको समूहले सान्त्वना पुरस्कार पायो ।

 प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टिमलाई क्रमशः १०, ७ हजार ५ सय, ५ हजार २ हजार ५ सय रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रदर्शनीमा निर्णायकको भूमिकामा पूर्वाञ्चल इन्जिनियरिङ कलेज धरानका उपप्रध्यापक मनोजकुमार गुरागाईं र मदन भण्डारी प्रतिष्ठान उर्लाबारीका इन्जिनियर सुमन दाहाल रहेका थिए ।


विराटनगर  असार ५ गते । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङ शाखाले संघको ५२ औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी विविध कार्यक्रम सुरु गरेको छ । संघले असार ४ गतेदेखि १० गतेसम्म सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गर्दै स्थापना दिवस मनाउन थालेको हो ।

 सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन बुधबार विराटनगरस्थित कोशी अस्पतालको बच्चा विभाग र पोषण विभागमा उपचाररत विरामी र तिनका आफन्तहरूलाई फलफूल वितरण गरेर कार्यक्रमको शुभारम्भ गरिएको   हो । कार्यक्रमको संयोजक संघका थोक उपाध्यक्ष जितु रजक रहेका थिए । फलफूल वितरण कार्यक्रममा संघका केन्द्रीय सदस्य प्रदिप कुमार दास, संघका पदाधिकारी, कार्यसमिति सदस्यहरू र कोशी अस्पतालका चिकित्सकहरूको टोलीको सहभागिता रहेको थियो ।

संघ मोरङका अध्यक्ष देशबन्धु ढकालले स्थापना दिवसलाई औपचारिकता मात्र नभई समाजसँगको सम्बन्धलाई बलियो बनाउने अवसरको रूपमा लिएको बताए । ‘औषधी व्यवसाय क्षेत्र सामाजिक उत्तरदायित्वबाट अछुतो रहन सक्दैन । हामीले समाजका संवेदनशील क्षेत्रमा सकारात्मक योगदान पु¥याउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम अघि बढाएका छौँ,’ अध्यक्ष ढकालले भने ।

संघले घोषणा गरेअनुसार सप्ताहभर विभिन्न सामाजिक, स्वास्थ्यसम्बन्धी तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । असार ५ गते विराटनगरस्थित हिमालय दर्शन कलेजमा लागुऔषध तथा मनोदीपक औषधिसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना हुनेछ । यस कार्यक्रमको संयोजक महासचिव अरुण कुमार ठाकुर ब्राह्मण रहेका    छन् ।

 असार ६ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङमा लागुपदार्थ परीक्षण किट हस्तान्तरण गरिनेछ। कार्यक्रम संयोजक वरिष्ठ उपाध्यक्ष हरिराज रेग्मी रहेका छन् । असार ७ गते विराटनगर–८ स्थित विराटेश्वर वृद्धाश्रममा स्वास्थ्य सामग्री हस्तान्तरण गरिनेछ, जसको संयोजक सचिव सरिता श्रेष्ठ चौधरी हुन् ।

असार ८ गते संघको भवनमा वरिष्ठ औषधी व्यवसायी तथा सामाजिक योगदानकर्ताहरूलाई सम्मान गरिनेछ । असार ९ गते हस्पिटल चोक, विराटनगरमा रक्तदान कार्यक्रम सञ्चालन हुनेछ । संयोजनमा कोषाध्यक्ष मनोज कुमार मण्डल र थोक सदस्य राजेश मण्डल रहनेछन् ।

असार १० गते स्थापना दिवसको मुख्य दिन बिहान ७ बजे हस्पिटल चोकबाट प्रभातफेरी निकालिनेछ । ९ बजे संघको भवनमा झण्डोत्तोलन तथा औपचारिक समापन समारोह आयोजना हुनेछ । साँझ दीप प्रज्वलन कार्यक्रमसहित सप्ताहव्यापी कार्यक्रम समापन गरिनेछ, जसको संयोजन खुद्रा उपाध्यक्ष मुकेश श्रीवास्तवले गर्नेछन् ।

अध्यक्ष ढकालका अनुसार संघले स्थापनाको ५२ वर्षमा प्रवेश गर्दै औषधी व्यवसायीहरूको हक, हितका लागि काम गर्दै आएका छन् भने सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै प्राथमिकता दिएको छ । ‘समाजमा हाम्रो भूमिका केवल औषधि आपूर्ति गर्नेमा सीमित छैन, स्वास्थ्य सचेतना फैलाउने र जिम्मेवार व्यवसाय सञ्चालन गर्ने हाम्रो प्रतिबद्धता हो,’ उनले भने ।


बिराटनगर असार ४ गते । कल्प इम्पावर वेमेन नेपालको पहल र उर्लाबारी नगरपालिकाको आयोजना साथै विराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा उर्लबारी नगरपालिका भित्रका ९ वटा वडामा पाठेघरको मुखको क्यान्सर समयमै पहिचान गरी क्षति कम गर्न सहज होस् भन्ने उद्देश्यले मातृत्व जोगाउने अभियान अन्तर्गत क्याम्पियन सी(क्याप अभियान सुरुवात भएको छ ।

 असार १ गते उर्लाबारी ९ महाराजथानस्थित आधारभुत स्वास्थ्य सेवा केन्द्र परिसरमा शुभारम्भ समारोह आयोजना गरिएको थियो भने उक्त समारोहमा मिस नेपाल २००५ सुगारिका केसीको उपस्थिति रहेको थियो । शुभारम्भ समारोहको अध्यक्षता नगर उपप्रमुख मीना खतिवडा पौडेल र प्रमुख अतिथि नगर प्रमुख गंगाप्रसाद खरेल रहनु भएको थियो ।

 शिविर संचालनको पहिलो दिन वडा नम्बर ९ मा एक सय ५६ जना र दोस्रो दिन ८८ जना महिलाको स्वास्थ्य परीक्षण गरिएको कल्प इम्पावर वेमेन नेपालकी अध्यक्ष पुजा कोइरालाले जनकारी गराउनु भयो साथै ९ दिन चल्ने शिविरमा एक हजार भन्दा बढी महिलाहरुको स्वास्थ्य परिक्षण गराउने उदेश्य छ।

 कार्यक्रममा बोल्दै मिस नेपाल २००५ सुगारिका केसीले महिलाको स्वास्थ्य समस्या बारे महिला मात्र होइन परिवार समाज र राज्य स्वयं सजह हुनु पर्ने जिकिर गर्नु भयो त्यस्तै प्रमुख अतिथि नगर प्रमुख गंगाप्रसाद खरेलले पाठेघरको क्यान्सर महिलाहरुको ठूलो स्वास्थ्य समस्याका रुपमा देखिएकाले समस्या लुकाए गम्भीरता बढ्दै जाने बताउँदै नियमित जाँच गराउन आग्रह गर्नुभयो ।

 क्यान्सर हुनुअघि नै क्यान्सरको जोखिम पहिचान गर्न सके उपचारमा सहजता हुने भन्दै नगर प्रमुख खरेलले नगरवासीको सहजताका लागि प्रत्येक वडामा निःशुल्क शिविर सञ्चालन गरिरहेको बताउनुभयो। कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ता, वडाध्यक्षहरु कार्यपालिका सदस्य, वडा सदस्यहरु साथै स्थानीय समुदाय, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उर्लाबारी नगरपालिकाकी नगर उपप्रमुख मीना खतिवडा पौडेल नेपाली महिला जनप्रतिनिधिको सुकर्मलाई संचार गर्ने अभियान शी लिड्स आइकन पहिलो संस्करणकी २७ प्रेरणादायी महिला जनप्रतिनिधि मध्ये एक हुनुहुन्छ ।

 


बिराटनगर २०८२ असार ४ गते | बुधबार मोरङ उद्योग व्यापार संघले उद्योग संगठन मोरङको नवनिर्वाचित अध्यक्ष श्री नन्दकिशोर राठी सहित संगठनका पदाधिकारीहरु र कार्यकारिणी सदस्यहरुलाई संघमा स्वागत गरेको छ ।

संघका अध्यक्ष श्री अनुपम राठीले नवनिर्वाचित अध्यक्ष श्री नन्दकिशोर राठीलाई फुल गुच्छा, माला र अविर लगाइ स्वागत गर्नुभएको हो । त्यसैगरी संगठनका उपाध्यक्षहरु, श्री बिपिन कावरा, श्री सुवोध कोइराला, कोषाध्यक्ष श्री पारस लुनिया, का।का।सदस्यहरु, श्री शौरभ सारडा, श्री जयन्द्र शर्मा, श्री सन्तोष कुमार भगत, श्री सिद्धार्थ कावरा, श्री सृजन प्याकुरेल, श्रीमती किरण ब्यास, श्री पारस गोल्छा, श्री उकेश अग्रवाल र महानिर्देशक श्री चुडामणी भट्टराईलाई संघका वरिष्ठ उपाध्यक्ष श्री अनिल कुमार साह र उपाध्यक्ष श्री बिकास कुमार बेगवानीले स्वागत गर्नुभएको थियो ।

संघका अध्यक्ष श्री अनुपम राठीले संघ र संगठन बीचको वर्षौदेखिको सम्बन्ध रहेको र उद्योगी व्यवसायीहरुको साझा समस्याहरुलाई समाधान गर्न विभिन्न निकायहरुमा संयुक्त रुपमा पहल गर्दै आइरहेको बताउँदै भविष्यमा समेत सो सहकार्यलाई निरन्तरता दिनु पर्ने धारणा प्रकट गर्नु भई नवनिर्वाचित अध्यक्ष लगायत पदाधिकारीहरु र कार्यसमित सदस्यहरुलाई बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।

संघका महासचिव श्री संजय कुमार श्रेष्ठद्वारा संचालित उक्त स्वागत तथा भेटघाट कार्यक्रममा संघ पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, आमन्त्रित सदस्य, युवा उद्यम समिति र महिला उद्यम समितिका संयोजक र सदस्यज्यूहरुको सहभागिता रहेको थियो ।



विराटनगर असार २ गते । विराटनगर वडा नम्बर १ ले वडाभित्रका ज्येष्ठ नागरिकहरुलाई टेबल पंखा वितरण गरेको छ ।

वडाध्यक्ष काजीबहादुर बस्नेत नेतृत्वको वडाको टोलीले ज्येष्ठ नागरिकको घर–घरमै पुगेर पंखा वितरण गरेको हो । ८० वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकहरुलाई वडाले गत वर्षदेखि पंखा वितरण गर्न सुरु गरेको थियो । वडाले विगतको कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिँदै घरमै पुगेर पंखा वितरण गरेको वडाध्यक्ष बस्नेतले जानकारी दिए । गर्मीको समयमा ज्येष्ठ नागरिकहरुलाई समस्या नहोस् भनेर टेबल पंखा वितरण गरिएको उनको भनाइ थियो ।

‘यसले गर्दा स्थानीय सरकार ज्येष्ठ नागरिकहरुप्रति जिम्मेवार छ भन्ने देखाउँछ,’ वडाध्यक्ष बस्नेतले भने, ‘वडाले ज्येष्ठ नागरिकहरुलाई तीर्थयात्रासमेत गराउँदै आएको छ । वडा सदस्य लक्ष्मी राई, वडासचिव सुमन दाहाल, विद्युत शाखा सुमन कामत र दुर्गा पण्डित साथैमा लिएर ज्येष्ठ नागरिकको घर पुगेका बस्नेतले सोमबार ९ जना ज्येष्ठ नागरिकलाई पंखा वितरण गरेका थिए ।

वडाध्यक्ष बस्नेतका अनुसार यस वर्ष ४५ जना ज्येष्ठ नागरिकलाई टेबल पंखा वितरण गर्ने योजना रहेको छ । गत वर्ष १३६ जना ज्येष्ठ नागरिकलाई पंखा वितरण गरिएको थियो । वडाभित्र ८० वर्ष उमेर पूरा भएका करिब १८२ जना ज्येष्ठ नागरिक छन् ।


विराटनगर असार २ गते । ‘कला, साहित्य र संस्कृतिका त्रिवेणी स्रष्टा’ भनिने साहित्यकार गणेश रसिकको स्मृतिमा विराटनगरमा एक विशेष कार्यक्रम आयोजना गरिएको छ ।

नेकपा एमाले कोशी प्रदेश कमिटीअन्तर्गतको साहित्य, कला तथा संस्कृति विभागको आयोजनामा भएको कार्यक्रममा रसिकको सर्जनात्मक योगदानको चर्चा गरिनुका साथै उनीप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो ।

कार्यक्रममा मुख्य वक्ताका रूपमा उपस्थित वरिष्ठ साहित्यकार भूराज राई र कवि विमल वैद्यले रसिकको बहुआयामिक सृजनामाथि विस्तृत चर्चा गरे । उनीहरूले रसिकले राष्ट्र, प्रकृति र जीवनका विविध आयामलाई गीत, कविता र गीति नाटकमार्फत उजागर गरेको उल्लेख गर्दै वर्तमान पुस्ताका लागि उहाँको साहित्य प्रेरणादायी रहेको बताए ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्वमन्त्री जीवन घिमिरेले गणेश रसिकको सृजनामा राष्ट्रप्रेम र सामाजिक चेतनाको गहिरो अभिव्यक्ति रहेको बताए । ‘उहाँ राष्ट्र गाउने, जीवनको सौन्दर्यलाई उज्यालो बनाउने सर्जक हुनुहुन्थ्यो,’ घिमिरेले भने, ‘कोशी प्रदेशमा प्रज्ञा प्रतिष्ठानको स्थापना आवश्यक छ, प्रदेश सरकारले यसमा ध्यान दिनुपर्छ ।’

विभाग प्रमुख खेम नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार प्रेम अधिकारी, महेश रेग्मी, प्राज्ञ गंगा सुवेदीलगायतले पनि रसिकको साहित्यिक योगदानमाथि विचार व्यक्त गरेका थिए ।

कार्यक्रमको सांगीतिक पक्षमा स्वरसंगम संगीतालयका कलाकारहरूले रसिकका चर्चित गीत ‘लहरा, पहरा, छहरा’ र ‘घरबेटी नानी’ प्रस्तुत गरेका थिए । त्यस्तै कवि प्रयाग न्यौपाने, प्रमोद ढकाल, भरत गुरागाईं र छवि बैरागीले रसिकका कविता वाचन गरेका थिए ।


विराटनगर असार १ गते । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले राष्ट्रियस्तरका प्रतियोगिता जित्ने आफ्ना विद्यार्थी खेलाडीहरुलाई सम्मान गरेको छ । आज स्कुलको सभाहलमा एक कार्यक्रमको आयोजना गरि विभिन्न विधामा राष्ट्रियस्तरका स्पर्धामा उत्कृष्ट हुने खेलाडीहरुलाई सम्मान गरेको हो । 

गत जेठको २७ र २८ गते अन्तर्राष्ट्रिय पौडी कम्प्लेक्स सातदोबाटो ललितपुरमा सम्पन्न दोस्रो नेपाल एक्वाटिक च्याम्पियनसीप २०२५ मा सहभागी भइ जिग्सन तामाङले गोल्ड मेडल प्राप्त गर्नुभएको थियो । कक्षा ७ मा अध्ययनरत तामाङले ब्वाइज तर्फ ५० मिटर फ्री स्टाइल ९एल।सी० मा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो गोल्ड मेडल प्राप्त गर्नुभएको थियो ।

 उहाँलाई विद्यालयले नगद १० हजारसहित सम्मान गरेको हो । उहाँले ५० मिटर दुरी ००।३२।७६ मिनेटमा पुरा गर्नुभएको थियो । यस्तै एभरेष्टकै कक्षा ९ की छात्रा साक्षम बस्नेतलाई राष्ट्रिय स्तरको टेबल टेनिस डबल्स प्रतियोगितामा दोश्रो स्थान हासिल गर्न सफल भएकोमा सम्मान गरिएको छ । उहाँलाई नगद  ५ हजार रुपैयाँसहित सम्मान गरिएको एभरेष्ट स्कुलकी अतिरिक्त कृयाकलाप ईन्चार्ज सुधा डंगोलले बताउनुभयो । 

दुबै जनालाई विद्यालयका प्राचार्य टिकाराम पुरीले खादा, टीका र नगद पुरस्कार प्रदान गर्दै सम्मान गर्नुभएको हो ।  सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्राचार्य पुरीले यस्ता उपलब्धि हासिल गर्ने विद्यार्थी एउटा विद्यालयको मात्र नभई देशकै गहनाको रुपमा स्थापित हुने विश्वास गर्नुभयो । 

उहाँले अध्ययनका साथसाथै आफ्ना रुचि अनुसारका कृयाकलापमा पनि मेहनत गर्न सक्ने ब्यक्ति सफल हुने समेत बताउनुभयो । उहाँले विजयी खेलाडीहरुलाई हौसला प्रदान गर्दै भन्नुभयो, ‘यो उपलब्धिले खेलाडी विद्यार्थीको मात्रै हैन एभरेष्टको समेत इज्जत बढेको अनुभूति हामीले गरेका छौं ।’


पाँचथर, असार १ गते । मेची राजमार्ग अन्तरगत पाँचथरको फिदिम नगरपालिका(४ र हिलिहाङ गाउँपालिका(७ स्थित हेवा खोलामा रहेको निर्माणाधिन बेलिबृज भाँचिदा ३ जना कामदारको मृत्यु भएको छ भने ३ जना गम्भिर घाईते भएका छन ।

 मृत्यु हुनेमा बारा सिमरा उप(महानगरपालिका(१२ का २२ बर्षीय रुपलाल चौधरी, २७ बर्षीय राजन चौधरी र २२ बर्षीय राकेश चौधरी रहेका छन । जेठ ३१ गते  बेलुका बेलीबृज जडान गर्ने क्रममा अचानक भाँचिदा घाईते भएका कामदारहरुलाई जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरीक्षक कौशल कुमार बुढाथोकी सहितको प्रहरी टोलीले तत्काल उद्धार गरी पाँचथर अस्पतालमा ल्याई थप उपचारको लागि विराटनगर स्थित नोवेल अस्पताल पठाएकोमा डाक्टरले चेकजाँचको क्रममा तीन जनालाई मृत घोषणा गरेको हो । 

गम्भिर घाईते भएका बारा सिमरा उप(महानगरपालिका(१२ का २५ बर्षीय भुनेश्वर चौधरी, ३५ बर्षीय प्रकाश चौधरी र ३० बर्षीय अभिषेक चौधरीको सोही अस्पतालमा उपचार भईरहेको छ 


विराटनगर | विश्व रक्तदाता दिवसको अवसरमा रक्तदानको क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने विराटनगरका तीन व्यक्तित्व शनिबार सम्मानित भएका    छन् ।

सम्मानित हुनेहरुमा चर्मरोग विशेषज्ञ डा केएन ठाकुर, आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्री र अष्टचिरञ्जीवी मन्दिरका अध्यक्ष विनायक पन्त छन् ।

शनिबार नेपाल स्वयम्सेवी रक्तदाता समाज मोरङको आयोजनामा विराटनगर हाटखोलास्थित आरोहण गुरुकुलमा भएको कार्यक्रममा कोशी प्रदेशमा नै सबैभन्दा बढी  रक्तदान गर्ने व्यक्तिका रुपमा डा ठाकुर सम्मानित भएका हुन् । ७० वर्षीय ठाकुरले ६० वर्षको उमेरसम्ममा १०९ पटक रक्तदान गरेका थिए ।

यस्तै आफै रक्तदाता मात्र नभएर नाटक, टेलिफिल्म तथा चलचित्र लगायतको माध्यमबाट स्वयम्सेवी रक्तदातालाई  बढाउने कार्यमा योगदान दिए वापत भैरव क्षेत्रीलाई सम्मान गरिएको हो ।

दुर्लभ रगत समूह बी नेगेटिभ भएका रक्तदाता तथा सामाजिक अभियन्ता विनायक पन्त रगत आवश्यक परेकाका लागि जुनसुकै बेलामा पनि सहयोगका  लागि पर्ने भएवापत सम्मानित भएका हुन् ।

सम्मानित डा ठाकुर, क्षेत्री र पन्तलाई १०३ पटक रगत दान गर्ने रक्तदाता तथा कार्यक्रमका अध्यक्ष हरिमोहन श्रेष्ठले रुद्राक्षको माला लगाई दिएर सम्मान गरेका हुन् ।


 


बिराटनगर २०८२ जेष्ठ ३१ गते | शनिबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशका माननीय मन्त्री रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यतामा मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशनको १६औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ । एशोसिएशनका अध्यक्ष श्री संजय कुमार श्रेष्ठको सभापतित्वमा आयोजित उक्त साधारण सभामा विशिष्ठ अतिथिका रुपमा नाडाका महासचिव श्री सुरेन्द्र कुमार उप्रेती, ऋल्क्ष् का केन्द्रीय उपाध्यक्ष श्री भीम घिमिरे, आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख श्री भुपालराज शाक्य, ँल्ऋऋक्ष् का केन्द्रीय सदस्य तथा मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष श्री नविन रिजाल, मोरङ उद्योग व्यापार संघका अध्यक्ष श्री अनुपम राठीको उपस्थिति रहेको थियो ।

एशोसिएशनका अध्यक्ष श्रेष्ठले सभामा पाल्नु भएका महानुभावहरुलाई स्वागत गर्दै वि।सं। २०५४ सालमा स्थापना भएको यस मोरङ अटोमोबाइल्स डिलर्स एसोशिएसनले अटोमोवाइल क्षेत्रमा आवद्ध हुनु भएका सम्पूर्ण व्यवसायीहरुको हक हितका साथै उद्योग व्यवसाय क्षेत्रमा आफ्नो सक्रीयता कायम राख्दै, महत्वपूर्ण भुमिका निर्वाह गदै आईरहेको बताउनु भयो । त्यसैगरी व्यवसायीक एकताकै कारण विगतका दिनहरुमा बैंक तथा वित्तिय संस्थाको चर्को व्याजदरका कारण सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई मार पर्न गएको अवस्थामा नेपालमा सर्वप्रथम नाडाको समन्वयमा सातै प्रदेशमा एकैदिन, एकैसाथ, एकै समयमा चर्को व्याज विरुद्ध विरोध प्रर्दशन गरी सडक आन्दोलन गरेको समेत जानकारी गराउनु भयो ।

अध्यक्ष श्रेष्ठले मुलुकको वर्तमान अवस्थामा पनि एशोसिएसनले आफ्नो सदस्य प्रतिष्ठानहरुको संरक्षण तथा प्रवद्र्धनका लागि विभिन्न सरकारी निकायहरुमा प्रयास गदै आइरहेको, सरकारका सम्बन्धित निकाय तथा व्यवसायीहरु बीच पारस्पारिक हित तथा विश्वास बढाउन सदैव क्रियाशिल रहीरहेको, सरकारले ल्याएको नीति नियमहरुको समर्थन र कार्यन्वयनमा सहयोग गर्दै ख्ऋत्क्, वस्तुहरुको क्ष्mउयचत मा क्ष्mउयचतभच को विवरण तथा भ्ह्क्ष्ः ऋइम्भ् साथै आफ्नो सदस्य प्रतिस्ठानहरुको हक हितको लागि आवश्यक पर्दा जोडदार ढंगले आवाज उठाउँदै समस्या समाधानका लागि प्रतिबद्ध रहेको समेत जानकारी गराउनु भयो । त्यसैगरी यस अटोमोबाइल क्षेत्रमा व्यवसाय गर्दा वस्तुको मुल्य रु। एक देखि सुरु हुने हुँदा हाल सरकारले प्रत्येक सामानमा ःच्ए स्टिकर लगाउन अनिवार्य कार्यान्वयन गरेको हुँदा उक्त झन्झटिलो प्रक्रियाले व्यवसायीलाई झन मारमा पर्ने हुँदा सो सम्बन्धी कार्यान्वयनलाई सम्बिन्धत निकायले पुनः विचार गर्नुपर्ने समेत आग्रह गर्नुभएको थियो ।

त्यसैगरी अटोमोबाइल व्यवसायीले भोग्नु परिरहेका विविध समस्यालाई दृष्टिगत गरी विभिन्न व्यवसायी क्षेत्रलाई टेवा पु¥याउने अभिप्रायले विविध किसिमका तालिम गर्दै आइरहेको र यसबाट ठुलो संख्यामा प्रशिक्षार्थीहरु लाभान्वित भई कार्यक्षेत्रमा समेत संलग्न रहेको हुँदा भविष्यमा पनि यस किसिमका कार्यलाई निरन्तरता दिदै जाने प्रतिवद्धता जाहेर गर्नु भयो । साथै, कर, भन्सार तथा ९ख्ऋत्क्० सम्बन्धित विषयमा जानेर वा नजानेर कतिपय व्यवसायीहरुले करमा देखिने समस्या, भन्सार क्षेत्रको विद्यमान व्यवस्था र व्यवसायीहरुले भन्सारमा अपनाउनु पर्ने विषय वस्तुमा सम्बन्धित निकायसँग समन्वय गरी त्यस विषयमा उठेका समस्यालाई समाधान गर्दै भविष्यमा यसलाई निरन्तरता दिने भन्नुभयो ।

नेपालमा अटोमोबाइल क्षेत्र तीव्र गतिमा विकास हुँदै गइरहेको सन्दर्भमा विशेष गरी यातायात, पर्यटन र आर्थिक गतिविधिहरुमा यसले ठूलो योगदान पु¥याइरहेको हुँदा यस क्षेत्रलाई अझ विस्तार गर्नकालागि विद्युतीय गाडीहरुमा कर छुट, चाजिँङ्ग स्टेशनको विस्तार, निजी क्षेत्रलाई उपलब्ध गराउने चाजिङ्ग स्टेशनकालागि प्रर्याप्त विद्युत र सो सम्बन्धी शुल्क, सडकको विस्तार, नेपालमै विभिन्न ब्राण्डका गाडी एसेम्बल गर्नकालागि ल्याइने नीति तथा नियमलाई व्यवसायमैत्री बनाइनु पर्ने भन्नु भयो ।

त्यसैगरी अटोमोबाइल्स क्षेत्रका व्यवसायीहरुलाई आन्तरिक राजस्व कार्यालय विराटनगरबाट पाउने सेवा सुविधामा सुधार भई उत्कृष्ठ सेवा सुविधा प्राप्त भईरहेको हुँदा आन्तरिक राजस्व कार्यालय विराटनगरलाई धन्यवाद समेत व्यक्त गर्नु भयो । त्यसैगरी विराटनगर भन्सार कार्यालयमा विगतका समय भन्दा हाल सेवा सुविधामा केही सहज भएता पनि साना तथा मझौला व्यवसायीहरुलाई सन्दर्भ मूल्य पुस्तिका र साफ्टा अन्तर्गत आयात गरिने वस्तुमा साफ्टा सुविधा प्राप्त गर्न केही बाधा भइरहेको हुँदा यसलाई जति सक्दो सहज र सरल बनाई दिन हुन समेत आग्रह गर्नुभयो ।

वर्तमान अवस्थामा देशको अर्थतन्त्र गतिशील बनाउने एउटा आधारका रूपमा अटोमोबाइल क्षेत्र समेत रहेको हुँदा यसै क्षेत्रलाई नेपाल सरकारको आ।व। २०८२र०८३ को बजेटले समेत सम्बोधन गरी सकारात्मक बजेट ल्याएता पनि बजेटले केही वस्तुगत व्यवसायहरु जस्तै, स्पन्ज आइरन, सुनचाँदी व्यवसायीमा भएको बिलासिता कर, कवाडी व्यवसायीका स्क््रयाप सिसामा निर्यात कर लगायत विभिन्न क्षेत्रबाट आएका नीतिगत त्रुटीहरुलाई सम्बोधन गर्नकालागि सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । यसैगरी नेपाल राष्ट्र बैंकद्वारा आगामी दिनमा जारी हुने मौद्रिक नीतिबाट समेत अटोमोबाइल क्षेत्रलाई सकारात्मक रुपमा हेरी यसै अनुरुप नीति आउने अपेक्षा समेत व्यक्त गर्नुभयो ।

त्यसैगरी उक्त वार्षिक साधारण सभामा एसोशिएसनलाई स्थापनाकालदेखि नै आफ्नो महत्वपूर्ण साथ सुझाव, सहयोग प्रदान गर्दै आइरहनु भएका एसोशिएसनका संस्थापक एसोशिएसनका सदस्य प्रतिष्ठानका ईस्टर्न अटो डिस्ट्रिव्यटरर्स प्रा।लि।का संचालक श्री प्रेम खड्का, पवित्र अटोपार्टस् ट्रेर्डका संचालक श्री महेश भट्टराईलाइ दोसल्लालाई सम्मान गरेको थियो ।

त्यसैगरी मोरङ जिल्ला क्षेत्रमा रहेको ट्राफिक व्यवस्थापनलाई सहज बनाई आम नागरिकलाई सहजता प्रधान गरी सवारी साधान संचालन गर्नमा सहयोग गर्नु हुने इमान्दार, लगनशील तथा कर्मठ ट्राफिक प्रहरीद्वय ट्राफिक प्रहरी हवल्दार श्री राम कुमार साह र ट्राफिक प्रहरी जवान श्री कमला कार्कीलाई नगद पुरस्कार सहित सम्मान पत्रले सम्मान गरेको थियो ।

त्यसैगरी यस एशोसिएसनको भवन निर्माण कार्यको पहिलो तल्ला निर्माण गर्न सहयोग गर्नुभएका विभिन्न संस्था तथा महानुभावहरु मध्ये नाडा अटोमोबाइल एशोसिएशन अफ नेपाल, सिप्रदी ट्रेडिङ्ग, क्त्ऋ न्चयगउ का संचालक श्री सुरेन्द्र कुमार उप्रेती, मोरङ उद्योग व्यापार संघका अध्यक्ष श्री अनुपम राठी, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष श्री भीम घिमिरेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशका माननीय मन्त्री रेवतीरमण भण्डारी र एशोसिएसनका अध्यक्ष श्री संजय कुमार श्रेष्ठले सम्मान गर्नुभएको थियो ।

एशोसिएशनका सचिव श्री मनोज विक्रम शाहले संचालन गर्नु भएको सभामा नाडाका सहकोषाध्यक्ष श्री पंकज अग्रवाल, पूर्व अध्यक्ष तथा नाडाका केन्द्रीय सदस्य श्री तोया खनाल, पूर्व अध्यक्ष श्री राजेश भट्टराई, निवर्तमान अध्यक्ष श्री सुभाष आचार्य, बाग्मती प्रदेशका प्रदेश अध्यक्ष श्री कुल बहादुर क्षेत्री, नाडाका केन्द्रीय सदस्यहरु श्री प्रकाश कपुरी, श्री दिपेन्द्र कुमार मिश्र, श्री नारायण पौडेल, केन्द्रीय सदस्य तथा हेटौडा अटोमोबाइल्स एशोसिएसनका अध्यक्ष श्री ऋषि कुमार ढकाल, हेटौडा अटोमोबाइल्स एशोसिएसनका महासचिव श्री दिपेन्द्र उप्रेती, ट्राफिक प्रहरी कार्यालयका प्रमुख श्री राजन लम्साल, भ्ल्क्क्ग्च्भ् का प्रदेश प्रमुख श्री विकास पन्थी, कार्यक्रम अधिकृत श्री घनश्याम लिम्बु, नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष श्री सन्तोष सिग्देल लगायत विभिन्न संघरसंस्थाबाट पाल्नु भएका पदाधिकारी तथा प्रतिनिधिहरु, यस एसोशिएसनका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, एसोशिएसनका सदस्य प्रतिष्ठानका संचालन तथा प्रतिनिधिहरु तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।



विराटनगर जेठ ३१ गते  | इग्नाइट फाउण्डेशन विराटनगरले निःशुल्क रुपमा चिसो पानी आजबाट वितरण सुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङमा हालै दर्ता भई सञ्चालनमा आएको फाउण्डेसनले पहिलो कार्यक्रमका रुपमा बटुवाहरुलाई लक्षित गरी निःशुल्क चिसो पानी वितरण सुरु गरेको हो । विराटनगरस्थित ट्राफिक चोकमा आयोजित कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पानी वितरण शुभारम्भ गरेका थिए । पहिलो दिन शनिबार फाउण्डेसनले सर्बत पानी र चिसो पानी वितरण गरेको अध्यक्ष आश्रेय कोइरालाले जानकारी दिए । ‘बढ्दो तापक्रमसँग लड्न पानी पिउनुहोस्, हाइड्रेटेड रहनुहोस्’ भन्ने नाराका साथ फाउण्डेसनले गर्मीभरि निःशुल्क शुद्ध जलसेवा प्रदान गर्ने अध्यक्ष कोइरालाको भनाइ थियो ।

कार्यक्रममा प्रजिअ यादवले इग्नाइट फाउण्डेसनले अत्यन्तै राम्रो कार्य गरेको भन्दै प्रशंसा गरे । युवाहरुमा समाजसेवाप्रतिको भाव प्रकट हुनु निकै खुसीको कुरा भएको यादवको भनाइ थियो । उनले इग्नाइट फाउण्डेसनमा आबद्ध युवाबाट समाजका अन्य युवाहरुले पनि प्रेरणा लिन सक्ने बताए । केही दिनदेखि विराटनगरसहित तराईमा अत्यधिक गर्मी बढेको छ । जसका कारण जनजीवन प्रभावित हुँदै आएको छ ।


विराटनगर जेठ २९ गते | विराटनगरस्थित आरोहण गुरुकुलमा बिहीबारदेखि विराट वाङ्मय उत्सव–२०८२ सुरु भएको छ ।

विराटनगर महानगरपालिकाको प्रवद्र्धन तथा आरोहण गुरुकुलको आयोजनामा सुरु भएको उत्सव दुईदिनसम्म सञ्चालन हुनेछ । उत्सवको विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा वरिष्ठ कवि कृष्णभूषण बलको संकलित कविताहरुको संग्रह र युवाकवि रमेशचन्द्र अधिकारीको माझीहाडाम कवितासंग्रह विमोचन गरिएको थियो । 

कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी कार्यबाहक मेयर कार्की, विशिष्ट अतिथि वरिष्ठ कवि जसराज किराँती र आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले संयुक्त रुपमा कृतिको विमोचन गरे । त्यस्तै आरोहरण गुरुकुलले प्रकाशित गरेको ‘काव्यारोहण’ पनि विमोचन गरिएको थियो ।

कवि रमेशचन्द्र अधिकारी, धीरज राई र दीपेश भण्डारीले गरेको काव्यारोहणमा गुरुकुलले आयोजना गरेको कविता वाचन शृंखला ‘काव्यारोहण, आरोहण कवितायात्रा’मा प्रस्तुत भएका १२ जना कविका पाँच–पाँचवटा कविता समावेश गरेर ‘काव्यारोहण’ प्रकाशित गरिएको आयोजकले जनाएको छ । उद्घाटन समारोहमा वरिष्ठ कवि किराँतीले सम्भाषण प्रस्तुत गरेका थिए । कार्यबाहक मेयर कार्की, आयोजक संस्थाका अध्यक्ष भैरव क्षेत्री, कवि एवं पत्रकार मीनकुमार नवोदितलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

उत्सवअन्तर्गत मेरो स्वरः हाम्रो आवाज (कविता वाचन), हाम्रो भाषाः हाम्रो पहिचान, साहित्यको सामाजिकता, संस्मरणमा तथ्य र काल्पनिकी, सिर्जना सँगसँगै (साहित्य र साहित्यिक संस्था), विद्यालयमा सिकाइ र सिर्जना, नवयुगः नवआवाज, अनुवादका अड्चन, गीतका गुञ्जनः संगीतका सूर, बालकृष्णको विरासत (बालकृष्ण पोखरेलः भाषा र अनुसन्धान) गजल वाचनलगायतका कार्यक्रम सञ्चालन हुनेछन् ।

 


बिराटनगर जेठ २२ गते । मोरङको ग्रामथान गाउँपालिका ७ स्थितबाट लागुऔषध गाँजा ओसार पसारमा संलग्न २ जनालाई सवारी साधन सहित प्रहरीले पक्राउ गरेको छ । 

जेठ २० गते राती कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय बेलबारी र हरैचाबाट खटिएको प्रहरी टोलीले ग्रामथान ७ कलाबन्जार चौक स्थितमा संकास्पद अवस्थामा रहेका प्रदेश १-०४-००१ प ९८३५ मोटरसाईकलमा सवार जहदा गाउँपालिका - ५ का ३० बर्षीय राजेश कुमार कामत र भारत अररिया पर्वाहा ग्राम पंचायतका ३२ बर्षीय विकास कुमार साहुलाई नियन्त्रणमा लिई सोधपुछको क्रममा उनिहरुले नजिकै रहेको होम पाईममा गाँजा लुकाई राखेको भनि जानकारी गराएकोमा उक्त स्थानबाट  १२ पोका ९३४७।११(किलोग्राम) गाँजा फेला परी बरामद गरेको हो ।

 गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न दुई जनालाई नम्बर प्लेट नभएको सेतो रङको टाटा सुमो गाडी र मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ ।


विराटनगर जेठ  २१ गते । नेपाल क्रिकेट फाउण्डेसनले कोशी प्रदेश क्रिकेट संघ र मधेश प्रदेश क्रिकेट संघको सहकार्यमा ‘क्रिकेट फर इक्वालिटी’ परियोजना अन्तर्गत प्रदेशस्तरीय “क्रिकेट उपकरण हस्तान्तरण कार्यक्रम आयोजना गरेको छ ।

 परियोजना अन्तर्गत मधेश प्रदेशको सिरहा र कोशी प्रदेशको उदयपुर र सुनसरी जिल्लामा कार्यक्रम सम्पन्न आयोजना गरेको हो । कार्यक्रम अन्तर्गत हस्तान्तरण गरिएका क्रिकेट उपकरणहरूमा “हार्ड बल र सफ्ट बल क्रिकेट”दुबैलाई मध्यनजर गर्दै विविध उपकरणहरू प्रदान गरिएको थियो । क्रिकेट उपकरणमा क्रिकेट ब्याट, हेल्मेट, प्याड, ग्लोभ्स, लेदर बल, टेनिस बल, स्टम्प, कोन्स तथा किट ब्यागहरू समावेश थिए ।

 सिरहाको हस्तान्तरण कार्यक्रममा मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठ, सचिव आयुष श्रेष्ठ तथा सिरहा जिल्ला क्रिकेट संघका सचिव बिकल बिष्टको उपस्थितिमा नेपाल क्रिकेट फाउण्डेसनका संस्थापक अभिषेक श्रेष्ठले क्रिकेट उपकरण हस्तान्तरण गरे । उदयपुरे हस्तान्तरण कार्यक्रममा उदयपुर जिल्ला क्रिकेट संघका अध्यक्षअ लविन बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

 सुनसरीको हस्तान्तरण कार्यक्रममा कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्बजीतराज पाण्डे, सुनसरी जिल्ला क्रिकेट संघका उपाध्यक्ष सञ्जीव ढुंगाना तथा सचिव गोबिन्दप्रसाद पौडेलको सहभागितामा नेपाल क्रिकेट फाउण्डेसनका संस्थापक अभिषेक श्रेष्ठले क्रिकेट उपकरण हस्तान्तरण गरे ।

 यस परियोजनाको उद्देश्य दुबै प्रदेशमा क्रिकेटको पहुँच र समानता सुनिश्चित गर्नु रहेको फाउण्डेसनका संस्थापक श्रेष्ठले बताए ।  परियोजनाको विद्यालय, ग्रामिण क्षेत्र र पिछडिएको समुदायमा खेलको पहुँच विस्तार गर्दै युवा प्रतिभालाई पहिचान गर्न केन्द्रित छ।

 फाउण्डेसनका संस्थापक श्रेष्ठ र कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष पाण्डले, “क्रिकेट खेल मात्र होइन, सामाजिक रूपान्तरणको साधन रहेको बताए । हामी आधारभूत संरचनालाई मजबुत पार्दै, समाजका सबै तहका युवालाई समान अवसर दिने अभियानमा रहेको फाउण्डेसनका संस्थापक श्रेष्ठले बताए ।

  कोशी र मधेश प्रदेशमा खेलको पहुँच बढाउनु हाम्रो साझा जिम्मेवारी रहेको उनले बताए । यो अभियान आगामी दिनमा अन्य प्रदेश र जिल्ला क्रिकेट संघ सङको सहकार्यमा विस्तार गर्ने लक्ष्यसहित अगाडि बढाउँने फाउण्डेसनका संस्थापक श्रेष्ठले बताए । यस्तो अवसरले खेलमा सहभागिता मात्र नभई सामाजिक समावेशिता र नेतृत्व क्षमतामा पनि सकारात्मक परिवर्तन ल्याउनेछ” उनले भने


बिराटनगर २०८२ जेष्ठ २१ गते | बुधबार मोरङ उद्योग व्यापार संघले आ।व। २०८२र०८३ को बजेटमा परिवर्तित कर तथा राजस्वसँग सम्बन्धित विषयकमा छलफल कार्यक्रम सम्पन्न गरेको छ । 

संघका अध्यक्ष अनुपम राठीको अध्यक्षतामा आयोजित कार्यक्रममा आन्तरिक राजस्व कार्यालय, विराटनगरका प्रमुख कर अधिकृत श्री भुपालराज शाक्य, अधिकृत श्री गजधार खतिवडा, अधिकृत विशाल काफ्ले त्यसैगरी यस संघका राजस्व सल्लाहकार चार्टर्ड एकाउन्टेन्ट श्री अश्विनी बंशल, चार्टर्ड एकाउन्टेन्टहरु श्री तिर्थ यादव, श्री काशी कुमार साह, श्री मनोज अधिकारी, श्री युवराज उप्रेती, संघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, युवा र महिला उद्यम समिति संयोजक तथा सदस्यहरु लगायत विभिन्न संघरसंस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरु, विभिन्न उद्योग व्यवसायीका संचालक एवम् प्रतिनिधिहरु, संचारकर्मीहरु उपस्थिति रहेको सो कार्यक्रममा आ।व। २०८२र०८३ को बजेटमा रहेका कर सम्बन्धी जिज्ञासाहरुलाई आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत, अधिकृत एवम् चार्टर्ड एकान्उटेनबाट विभिन्न उद्योगी व्यवसायीहरुबाट उठेका जिज्ञासाहरुलाई सम्बोधन गर्नुभएको थियो ।



विराटनगर जेठ  १८ गते । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा यहि जेठ २२ र २३ हुने १४ वर्ष मुनिको राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका लागि कोशी प्रदेशबाट ६ जना खेलाडी छनौट भएका छन् । 

विराटनगर–५ स्थित एभरेष्ट स्कुलका विद्यार्थीहरु कृपा पोखरेल र सक्षम बस्नेत सहित श्रीश्री रबिशंकर स्कुलकी स्वस्तिका चौधरी छनौट हुनुभएको हो । सुनसरीको इटहरी रंगशालामा भएको छनौट प्रतियोगिताबाट सुनसरीका धरानका गौतम तामाङ र श्रेया सुवेदी तथा इटहरी सुनसरी का कविर आचार्य समेत छनौट हुनुभएको छ । 

अखिल नेपाल टेबलटेनिस संघका केन्द्रीय उपाध्यक्ष अनुज बानियाँका अनुसार राष्ट्रिय प्रतियोगिताको ब्याईज सिंगल्स तर्फ सक्षम, गौतम र कविरले कोशी प्रदेशको प्रतिनिधित्व गर्दै खेल्नुहुनेछ भने गर्ल्स सिंगल्स तर्फ कृपा, स्वस्तिका र श्रेयाले खेल्नुहुने छ । काठमाडौंमा हुने प्रतियोगितामा सहभागि हुने खेलाडी छनौटका लागि परिषदले जिल्लामा जेठ १२ र प्रदेश स्तरीय छनौट जेठ १७ गते गर्न यस अघि नै पत्राचार गरेको थियो ।

 राष्ट्रिय प्रतियोगितामा दुई खेलाडी छनौट भएपछि एभरेष्ट स्कुलले खुसी ब्यक्त गरेको छ । विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले भन्नुभयो,‘विद्यार्थीको सर्वाङ्गिण विकासको लागि लगानीको प्रतिफलका रुपमा हामीले लिएका छौं । हरेक क्षेत्रमा हाम्रा विद्यार्थी अब्बल हुनुपर्छ भनेर नै हामीले सोहि अनुसारको वातावरण तयार गरेका छौं ।’  


कामाण्डेो जेठ  १८ गते | ( केके मानन्धर ) भक्तपुरको मध्यपुर थिमिस्थित पाचो धिमे खलःले तीन महिने धिमे बाजा प्रशिक्षण समापन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कला, संस्कृति तथा परम्परागत बाजा जगेर्ना र संरक्षण गर्ने उद्देश्यले धिमे बाजा प्रशिक्षण दिइएको आयोजकले दाबी गरेको छ ।

कार्यक्रममा संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका सांसद माननीय दुर्लभ थापाले धर्म, संस्कृति र कलालाई संरक्षण गर्ने अभियानमा जुटेका युवाहरुलाई आभार व्यक्त गर्दै आवश्यक ठाउँमा सहयोग गर्ने प्रतिबद्धता जनाए । मौलिकता जगेर्ना गर्दै यसतर्फ युवाहरूको आकर्षण अभिवृद्धि हुनु सुखद रहेको माननीय थापाको भनाई थियो । बागमती प्रदेश सरकार सामाजिक विकास कार्यालय ललितपुर भैंसेपाटीको लागत साझेदारीमा खलःले सम्पन्न गरेको धिमे बाजा प्रशिक्षणमा ५३ जना युुवायुुवतीहरु प्रशिक्षित भएको कार्यक्रम संयोजक सुशन प्रजापतिले जनाउनुभयो ।

त्यस्तै, मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले नगर क्षेत्रको कला, संस्कृति, बाजागाजा संरक्षणको लागि नगरपालिकाले आवश्यक सहकार्य गर्ने बताए । धिमे बाजा, बांसुरी, नौ बाजा, म्वायलि लगायत लोपोन्मुक बाजा संरक्षण गर्नुपर्नेमा जोड दिंदै धिमे बाजा प्रशिक्षण कार्यक्रम आयोजकलाई धन्यवाद दिए ।

त्यस्तै, बागमती प्रदेश सरकारकी सांसद माननीय धनेश्वरी प्रजापतिले बाजागाजाको जगेर्ना गर्ने अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । नेवार संस्कृतिले नेपाललाई विश्वभर चिनाएको सन्दर्भ कोट्याउँदै उहाँले सांस्कृतिक समृद्धिको लागि राष्ट्रभक्तहरु एकीकृत हुनुपर्नेमा जोड दिनुुभयो ।

कार्यक्रममा मध्यपुरका जीवित सांस्कृतिक धरोहर श्री श्रीगोपाल प्रजापति लगायत ६ जना थिमि भैलःका गुरुहरु र पाँच जना बाजा गुरुहरुलाई सम्मान गरिएको थियो । औपचारिक बाजा प्रशिक्षण कार्यक्रममा ४ वर्षे बालकदेखि अधैवैंशे पुरुष र महिलाहरु पनि सहभागी हुनुभएको थियो ।

हुनपनि केही दसक अगाडिसम्म महिलालाई धिमे बाजाबाट औपचारिक रुपमा दिक्षित गर्न नहुने मान्यता थियो । महिनावारी भएकी महिलाको उपस्थितिले नाट्यश्वर आह्वान गरिने पूजाविधिमा बाधाविघ्न पैदा हुने बताइन्थ्यो । तर बदलिंदो परिस्थितिसँगै किसली पूजा गरी परम्परागत शैलीले दिइने प्रशिक्षणमा महिला सहभागिता बढ्दै गएको देखिन्छ ।

धिमे नृत्य तथा बाजा प्रस्तुति समेत गरिएको कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, भैलः नाचका गुरुहरु, संस्कृतिप्रेमी तथा स्थानियबासीहरुको उल्लेख्य सहभागिता थियो ।  

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.