Websoft University
February 2019


श्याम राई-गाईघाट,फागुन १६ गते । रातो तारा डट कम,
उदयपुरको उत्तरी क्षेत्रको विभिन्न स्थानमा बुधबार रातीदेखि परेको वर्षासँगै भारी हिमपात परेको छ ।

जिल्लाको चित्रे, माझखर्क, रौता, नामेटार र साउने लगायतका उच्च भु–भागमा हिऊ परेको हो । गाईघाट बजारदेखि झण्डै ३० किमी नजिकको साउनेमा समेत पहिलो पटक हिउ परेको स्थानीयले बताएकाछन् ।

‘हामीले यस अघि कहिल्यै पनि हिऊ परेको देखेका थिएनौ तर हिजो रातीदेखि वर्षा भएसँगै बाक्लो हिउ प¥यो ।’ साउनेका स्थानीय रवि राईले भने । हिऊले साउने आसपासका क्षेत्र, बस्ती पूरै सेताम्मे बनेकाछन् ।

भारी हिमपातका कारण जिल्लाको उच्च क्षेत्रमा पर्ने नामेटार, चित्रेथार र रौताको जनजिवन प्रभावित बनेको छ । वर्षासँगै परेको हिमपातको कारण बढेको अत्याधिक चिसोले स्थानीयहरुलाई घर बाहिर निस्कन समस्या परेको नामेटारका स्थानीय बासिन्दा कृपासुर तामाङ्गले बताए ।





काठमाण्डौं,फागुन १६ गते । रातो तारा डट कम,मौसम विभागका अनुसार अहिले देशैभर मौसम बदली भई अधिकांश भू भागमा वर्षा भइरहेको छ । पश्चिमी वायूको प्रभावका कारण देशको मध्य, पश्चिम र पूर्वी क्षेत्रमा हिमपात र वर्षा भइरहेको मौसमविद् सुजन सुवेदीले सीआईएनलाई बताउनुभयो । उहाँका अनुसार आज दिनभर देशका अधिकांश भू भागमा सामान्यदेखि मध्यम खालको वर्षा हुने छ । आज रातिदेखि पश्चिमी क्षेत्रको तराईको भूभागबाट विस्तारै मौसम सफा हुँदै जाने सुवेदीले जानकारी दिनुभयो  । रातिदेखि नै परेको वर्षाका कारण देशैभर चिसो बढेको छ । यता वर्षाका कारण काठमाडौं उपत्यका आसपासका डाँडामा हिमपातले गर्दा अत्यधिक चिसो महसुस गरिएको छ ।


बिराटनगर,फागुन १६ गते । नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव अहिले केही बेरमा काठमाडौँ पठाइँदैछ ।

बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएपछि वर्षा र हिउँका कारण अन्य शव उठाउने कार्य प्रभावित भएको थियो । त्यसपछि घटनास्थलबाट बोकेरै शव ल्याउने प्रयास गरिए पनि असफल भएपछि आज बिहान सेनाको हेलिकोप्टरद्वारा बाँकी तीन शव ल्याउन लागिएको हो । सुकेटार विमानस्थलमा शव ल्याई पु¥याएलगत्तै शव काठमाडौँ पठाइने प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले राससलाई जानकारी दिनुभयो ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा दुर्घटनामा परेको थियो ।
साभार:रासस


बेलैमा ओैषधि सेवन गरे यो रोग लाग्दै

प्रकाशन फागुन १६ गते
हात्ती पाइले रोग निवारणका यही फागुन १५ गते देखि १५ दिन सम्म महानगर भित्रका स्वास्थ्य चोैकी वडा र टोल टोलमा
रहेका ओैषधी खुवाउने केन्द्रमा, जुकाको ओैषधि र हात्तीपाइलेको ओैषधि खुवाउने काम भइरहेकाले ओैषधि खान आफू पनि नछुटोै  आफ्ना घरपरिवार छरछिमेकिलाइ
बेलैमा ओैषधि सेवन गर्न सुजाव दिओै ।
                               महानगरपालिका बिराटनगर
                                  जनस्वास्थ्य महाशाखा 


काठमाण्डौं,फागुन १६ गते । रातो तारा डट कम,थाईल्याण्डमा जारी आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको अन्तिम खेलमा नेपालले कुवेतलाई पराजित गरेको छ । हिजो भएको खेलमा नेपालले कुवेतलाई ३० रनले हराएको हो ।

बैंकक स्थित एसियन ईन्सिच्युट अफ टेक्नोलोजीको मैदानमा नेपालले दिएको १ सय १७ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो ।

कुवेतलाई सस्तैमा समेट्न कप्तान रुबिना क्षेत्रीले ह्याट्रिक विकेट लिनुभयो । रुबिनाले अन्तिम ओभरको अन्तिम ३ बलमा लगातार विकेट लिनुभएको थियो ।

कुवेतलाई अन्तिम ओभरमा ३५ रन चाहिएको अवस्थामा बलिङ गर्नुभएका रुबिनाले पहिलो ३ बलमा एक वाईड सहित चार रन खर्चनुभयो । त्यसपछिको बलमा भने रुबिनाले लगातार विकेट लिनुभएको थियो ।  



काठमाण्डौं,फागुन १६ गते । रातो तारा डट कम,बाजुरा लगाएत सुदूरपश्चिमको क्षेत्रका विभिन्न जिल्लाहरुमा भारी हिमपात भएसँगै जनजीवन कष्टकर भएको छ । हिमपातका कारण चिसो बढेपछि जनजीवन कष्टकर भएको हो ।

बाजुरा लगाएतका पहाडि क्षेत्रमा बाक्लो हिउँ परेकाले जनजीवन कष्टकर भएको स्थानीय बासिन्दाहरुले बताएका छन् । हिमपातका कारण वस्तुभाउलाई समेत चरिचरन गराउन समस्या भएको स्थानीय बताएका छन् ।

चिसोको समयमा बालबालिकाहरुमा निमोनिया र बृद्धबृद्धाहरुमा श्वासप्रश्वासको समस्या हुने भएकाले  सजग हुन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।





काठमाण्डौं,फागुन १६ गते । रातो तारा डट कम,भारत र पाकिस्तानबीच तनाव बढेपछि नेपालले पनि सुरक्षा सतर्कता बढाएको छ । तनावका बीच हुनसक्ने घुसपैठलाई मध्यनजर गरेर सुरक्षा संयन्त्र चनाखो बनाएको नेपाल प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र मुलुकभरका सीमा जोडिएका क्षेत्रका प्रहरी कार्यालयहरुलाई सर्तक हुन निर्देशन दिइसकिएको बताउनुभयो ।  गलत मान्छेको आवतजावत नहोस् भनेर पनि सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।




विराटनगर,फागुन १५ गते । रातो तारा डट कम,मोरङमा हातीपाइले रोग विरुद्धको औषधी खुवाउन थालिएको 
छ । बुधवारवाट मोरङका सवै स्थानमा औषधी खुवाउन शुरु गरिएको छ । यसै वीच विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले एक कार्यक्रमका वीच औषधी खाएर अभियानको शुभारम्भ गरेका
छन् । मेयर पराजुलीले सबै जनतालाई औषधी खान समेत आग्रह गरे । 

दुई सातासम्म सञ्चालन हुने औषधी सेवन कार्यक्रममा स्वास्थ्यकर्मी र स्वयम्सेविकाले नजिकको स्वास्थ्य सेन्टर र घर–घरमा पुगेर औषधी खुवाउने बताइएको छ । हात्तीपाइले रोगको औषधी २ वर्षभन्दा कम उमेरका बालबालिका, कुपोषण भएका ५ वर्षमुनिका बालबालिका, गर्भवती महिला, सिकिस्त बिरामी, मुटु रोगी, क्यान्सरका बिरामी, मृगौला रोगी, छारेरोग भएका व्यक्तिले सेवन गर्न नहुने स्वास्थयकर्मीले बताएका छन् ।


शिव भट्टराई सुनसरी फागुन १५ गते । रातो तारा डट कम,
इटहरी÷इटहरी–४ मा सञ्चालित सिटी मन्टेश्वरी स्कूलले बुधबार ६ औं बार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम सहित मनाएको छ । कार्यक्रमको अवसरमा इटहरीका शिक्षासेवी एवम् समाजसेवी प्रेमप्रसाद न्यौपानेलाई सम्मान गरिएको छ ।

उनलाई कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरीले शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरे ।

सो कार्यक्रममा मन्टेश्वरीको बार्षिक प्रतिवेदन शिक्षिका निर्मला घिमिरेले प्रस्तुत गरिन् । उनले अभिभावकहरुबाट सुझाव,  सल्लाह र सयोगको अपेक्षा गरेको बताइन् ।

बार्षिक उत्सव कार्यक्रममा शुभकामना मन्तव्य दिदै इटहरीका मेयर द्वारिकलाल चौधरीले बालबालिकामा शिक्षाको आधार तयार गर्न मन्टेश्वरी स्कूलको भूमिका महत्वपूर्ण हुने बताए । साथै उनले इटहरी क्षेत्रका शैक्षिक धरोहरका रुपमा स्थापित व्यक्तित्व प्रेमप्रसाद न्यौपानेलाई सम्मान गर्न पाउदा आफूलाई गौरव महसुस भएको बताए ।

सो अवसरमा इटहरी उपमहानगरपालिका वडा नम्बर–४ का अध्यक्ष चन्द्र भट्टराई, नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखा सभापति विमल पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यार्थीहरुले समूह–समूहमा राष्ट्रिय गित, बालगित गाउनुका साथै नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सभापतित्व मन्टेश्वरीका अध्यक्ष लेखनाथ घिमिरेले गरेका थिए भने  कार्यक्रमको सञ्चालन संजिव घिमिरेले गरेका थिए ।


ताप्लेजुङ, फाल्गुन  १५ गते । रातो तारा डट कम,ताप्लेजुङको फुङलिङ नगरपालिका-१० तारेभीरमा हेलीकोप्टर दुर्घटना हुँदा पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारी सहित ७ जनाको मृत्यु भएको छ । 

आज दिउँसो सवा १ बजे एयर डाईनेष्टिको हेलिकोप्टर ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरी काठमाण्डौ फर्कने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारी सहित हेलीकोप्टरमा सवार मन्त्रालयका निर्देशक ध्रुब श्रेष्ठ, उप निर्देशक बिरेन्द्र प्रसाद श्रेष्ठ, पर्यटन ब्यवसायी आङ छिरिङ शेर्पा, पाईलट प्रभाकर के.सी., उप सचिव युवराज दाहाल र नेपाली सेनाका जमदार अर्जुन घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरीको टोली खटि गई उद्धार कार्य तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।


शिव भट्टराई सुनसरी फागुन १५ गते । रातो तारा डट कम,
सुनसरीको इटहरीमा श्री पाथीभरा तेक्वान्दो डोजांगको आयोजनामा यहि फागुन १७ र १८ गते प्रथम प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगीता हुने भएको छ । खेलकुदको माध्यमबाट प्रदेश एकको इटहरीलाई पहिचान दिलाउने उद्धेश्य सहित तेक्वान्दो प्रतियोतिा सञ्चालन हुन लागेको पत्रकार सम्मेला मार्फत जानकारी दिएको हो ।

हलगडा स्थित बेविलोन स्कुलको प्रांगणमा हुने प्रतियोतिमा ताप्लेजुंग, इलाम, झापा, मोरंग, सुनसरी, उदयपुर, सोलुखुम्बु, खोटांग, धनकुटा र बिभागिय टिम गरि जम्मा ११ वटा टिमको सहभागीता रहने आयोजकले बताएको छ । पुरुष तर्फ २२ केजि देखि ८० केजि सम्म र महिला तर्फ ३३ केजि देखि ५६ केजि सम्मको १७ वटा तौल समुहको सहभागीता रहने छ ।

दुई दिन सम्म चल्ने प्रतियोगितामा खेलाडीहरुलाई खाना, बस्नकाु लागी राम्रो व्यवस्था सहित प्रत्यक तौल समुहमा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्नेलाई मेडल तथा प्रमाण पत्र, सहभागी टिम प्रथम, दोश्रो र तेश्रोलाई सिल्ड तथा प्रमाण पत्र बितरण गरिने आयोजकले जनाएको छ । त्यसैगरि उत्कृष्ट पुरुष १ र महिला १ जनालाई नगद सहित प्रमाण पत्र,साथै नगद पुरस्कार बितरण गरिने छ ।

इटहरीलाई स्पोर्टस सिटिको रुपमा बिकास गर्न यो प्रतियोगिताले पनि सहयोग मिल्ने आयोजकका संयोजक देशबन्धु कार्कीले बताए । प्रतियोगिताको लागी करिब ७ लाख ३५ हजार लागत अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा प्रदेश एक तेक्वान्दो संघका अध्यक्ष शैलेस बिष्ट, महासचिव फडिन्द्र खड्का, सतिश काफ्ले ,तेजबहादुर पुरी लगायतको उपस्थिति रहेको थियो ।


काठमाडौ फागुन १५ गते । रातो तारा डट कम,दुर्घटनामा परेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टरमा आगो लागेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

काठमाण्डुबाट पाथिभराका लागि उडेको अधिकारीसहित ६ जना सवार हेलिकोप्टर ताप्लेजुङको पाथिभरा क्षेत्रमा दुर्घटना भएको हो । गृह मन्त्रालय उच स्रोतका अनुसार हेलिकोप्टरमा आगोको मुस्लो देखिएको थियो ।

यद्यपि घटनास्थलमा उद्धारकर्मी नपुगेकाले थप विवरण आउन बाँकी छ । दुर्घटना भएको हेलिकोप्टरमा यति एयरका सञ्चालक आङछिरिङ शेर्पा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव युवराज दाहाल पनि सवार थिए । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।


धरान, फागनुन १४ गते  । रातो तारा डट कम,
धरानको  धरान सभा गृहमा हाम्रोे सुर सरगमको आयोजनामा चैत्र २३ गते धरान उपमहानगरपालिकाका मेयर बाट बृहत सांगीतिक कार्यक्रम हुने भएको छ ।

साँगीतिक कार्यक्रममा अहिलेका चर्चित गायक राजेश पायल राई ,गायिका मेलिना राई ,गायक कुशल थलङ राई , बरिष्ट संगितकार ओम प्रकाश राई , हास्य कलाकार उमेश राई (फुलन्देको आमा ), गायक तथा संगीतकार महेन्द्र राई गायिका दिपा तामाङ  लाई आमन्त्रित गरिएको समुहका अध्यक्ष चन्द्र सोताङ राईले जानकारी दिए ।

सो कार्यक्रममा चर्चित कलाकारको साथमा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए । सामाजिक संजालमा एकता बद्ध भएर विभिन्न समयमा सो समुहले विभिन्न सामाजिक काम गदै आइरहेको छ ।

प्रकाशन फागुन १५ गते
हात्ती पाइले रोग निवारणका यही फागुन १५ गते देखि १५ दिन सम्म महानगर भित्रका वडा र टोल टोलमा जुकाको ओैषधि र हात्ती पाइलेको ओैषधि खुवाउने भएकाले ओैषधि खान आफू पनि नछुटोै  आफ्ना घरपरिवार छरछिमेकिलाइ
बेलैमा ओैषधि सेवन गर्न सुजाव दिओै ।
                               महानगरपालिका बिराटनगर
                                  जनस्वास्थ्य महाशाखा 



काठमाण्डौं फागुन १५ गते । रातो तारा डट कम,संसदीय सुनुवाई समितिको हिजोको बैठक पनि गणपूरक संख्या नपुगेर स्थगित गरिएकोछ । यसअघि,अस्तिको बैठक पनि कोरम नपुगेकै कारण स्थगित भएको
थियो ।

थारु आयोगको अध्यक्षमा सिफारिस विष्णुप्रसाद चौधरी र मधेसी आयोगका अध्यक्षमा सिफारिस विजयकुमार दत्तको सुनुवाईका लागि बोलाइएको बैठक दुई पटकसम्म स्थगित भएको हो । १५ सदस्यीय सुनुवाई समितिको बैठकमा जम्मा ७ जना सांसद उपस्थित थिए । नेकपाका मात्रै ९ जना सांसद छन् तर ७ जना मात्र उपस्थित रहेकाले बैठकको कोरम नपुगरेको हो ।

काँग्रेसका ४ जना, संघीय समाजवादी फोरम र राजपाका १÷१ जना सांसद सदस्य रहेका छन् । आइतबारको बैठक कोरम नपुगेर स्थगित भएपछि नेकपाले पुन बैठक आवाहन गर्दा समेत कोरम नपुगेर फेरि बैठम स्थगन गर्नु परेको हो ।

काठमाण्डौं फागुन १५ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली सन्धी अनुसार नेपालले पानी पाउनुपर्ने बताउनुभएको छ । पञ्चेश्वर बहुउद्धेश्यीय आयोजना कार्यान्वयनबारे जल तथा उर्जा आयोगको सचिवालयको विफ्रिङमा प्रधानमन्त्री ओलीले नेपाल–भारतस्तरीय छलफलमा देशको हितको पक्षमा खुलेर आफ्ना कुरा राख्न निर्देशन दिनुभएको हो । 

२३ बर्ष अघि भएको महाकाली सन्धीअनुसार नेपालले चाँदनी–दोधारा क्षेत्रमा पाउनुपर्ने १० घनमिटर प्रति सेकेण्ड (३५० क्यूसेक) पानी हालसम्म नपाएको भन्दै उहाँले यस बिषयलाई गम्भिरताका साथ उठाउनुपर्ने बताउनुभयो ।

१९ माघ २०५२ मा भएको महाकाली सन्धीको धारा ४ अनुसार नेपालको चाँदनी–दोधारा क्षेत्रको सिंचाइका लागि भारतले १० घन मिटर प्रति सकेण्ड पानी उपलब्ध गराउनुपर्छ । तर, भारतले अहिलेस्म्म यो सम्झौता कार्यान्वयन गरेको छैन ।

नेपाल र भारतका विज्ञहरुको संयुक्त तेस्रो बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ । त्यसको पुर्वसन्धयामा सो बिषयमा छलफल भएको हो ।






काठमाण्डौं फागुन १५ गते । रातो तारा डट कम,सांसदहरुले सरकारले शान्ति–सुरक्षाको प्रत्याभूति दिन नसकेको गुनासो गरेका छन् । राष्ट्रियसभाको बैठकको शून्य समयमा सांसदले समाजमा मनोवैज्ञानिक त्रास उत्पन्न गराउने गरि एनसेलका टावरहरुमा भएको आक्रमण आपत्ति जनक भएको धारणा राखे ।

नागरिकलाइ शान्ति सुरक्षाको प्रत्याभूति दिन दोषीलाइ प्रक्राउ गरि कारवाही गर्नुपर्ने सांसदहरुको माग रहेको
छ । सांसद दीपा गुरुङले सो घटनाका मृतकको परिवारलाई उचित राहत तथा क्षतिपूर्ति दिन र आश्रित परिवारको शिक्षा, स्वास्थ्य र जीवनयापनको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद बद्री पाण्डेले समाजमा आतंक मच्चाउने र बम पड्काएर जनजीवन त्रस्त बनाउनेलाई कारबाही हुन नसकेको र दोषी पक्राउ पर्न नसकेकामा आपत्ति जनाउनु भयो ।



शिव भट्टराई सुनसरी फागुन १४ गते । रातो तारा डट कम,
एक्टिभ नारी प्रशाशनद्धारा प्रकासीत सूचना र सञ्चार साप्ताहिकको १९औं वार्षिक उत्सवको अवसर पारेर तीन सञ्चारकर्मी सहित सात जनालाई सम्मान गरिएको हो ।


सम्मानित हुनेहरु सञ्चारकर्मीहरु सुप्रिया राई ,विराट अनुपम र सञ्चार उद्योगी चेतन धमला सहित सामाजिक रुपान्तरणमा योगदान गरेको भन्दै ओम कोइराला,व्यवसायी कृष्ण न्यौपाने , अधिवक्ता रमेश पोखरेल र क्रिकेट प्रशिक्षक सिपी पौड्याल लगायतलाई कार्यक्रमका प्रमुख अतिथी प्रदेस नम्वर १का कानुन मन्त्री हिक्मतकुमार कार्कीले सम्मान गरे ।

सूचना र सञ्चार साप्ताहिकको १९औं वार्षिक उत्सवको उद्घाटन फकर शैलीमा गरिएको थियो । मृगौला सम्वन्धी समस्यावाट पिडीत अग्रज पत्रकार याम प्रधानलाई नगद पाँच हजार हस्तान्तरण गर्दै उद्घाटन गरिएको थियो । तेसइ गरी पत्रकार प्रधानलाई समाजसेवी शान्ता कार्की  न्यौपानेले पनि उपचारमा सहयोग पुगोस भन्दै नगद पाँच हजार हस्तान्तरण गरिन ।

महिलाहरुद्धारा निरन्तर रुपमा प्रकाशित हुदै आएको सूचना र सञ्चार साप्ताहिकलाई कार्यक्रमका प्रमुख अतिथी मन्त्री कार्की , माया घर नेपालकी अध्यक्ष राधिका दासी , पत्रकार महासंघ सुनसरी अध्यक्ष अमर खड्का , इटहरी उद्योग वाणिज्य संघका सचिव राजेन्द्र केशरी घिमीरे लगायतले अथ सफलताका लागि शुभकामना दिइएका थिए ।

एक्टिभ नारी प्रशाशनकी अध्यक्ष सविना कोईरालाको अध्यक्षतामा भएको कार्यक्रम सम्पन्न भएको थियो ।


बिराटनगर फागुन १४ गते । रातो तारा डट कम,नोवेल मेडिकल कलेजले मुटु संम्वन्धि सजिलै अध्यायन नसाहरुको बिष्लेसण उपचार मेसिन–“ओप्टिक मोवाइल सिस्टम” (ओ सी टी) नारायण दाहालले दिएको जानकारी अनुसार, करिव रु २ करोड ३५ लाख मुल्यको अमेरिकामा बनेको मेसिन ल्याएको हो ।

ओपन हर्ट सर्जरीको लागि ल्याइएको सो मेसिनको कार्डियो बिभागमा १ नम्वर प्रदेशका मुख्य मंन्त्री शेरधन राईले रिवन काटेर सो मेसिनको बिधिवत उदघाटन गर्नु भएको थियो ।

उदघाटन सत्रका प्रमुख अतिथि तथा १ नम्वर प्रदेशका मुख्य मंन्त्री शेरधन राईले कार्यक्रमलाई सम्वोधन गर्दै,नोवेल मेडिकल कलेजले गभिर रुपमा मुटुका बिरामीलाई हाम्रै ठाउबाट सेवा दिन कार्डियोलोजि सम्वन्धिको मेसिन बिराटनगरमै पाउदा सबैको गौैरवको बिषय हो भन्नु भयो ।

१ नम्वर प्रदेश त्यसै एक नम्वर भएको होइन यहा धेरै सम्भावनाहरु छन । यहाँ उपचार, पर्यटनको लागि यहाँ सगरमाथ, बिश्वको सबै भन्दा होचो ठाउँ केचना, चिया खेती,अलैची खेती एक नम्वर प्रदेशमा पर्ने भएकाले, यो राम्रो काम गर्ने नोवेलका बोर्ड अफ डाइरेक्टर डा सुनिल शर्मा र मुटु बिभागका डा राजेस नेपाल लगाएत सबैलाई धन्यवाद दिनु भयो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय हिकम कुमार कार्कीले “ओप्टिक मोवाइल सिस्टम” (ओ सी टी) यहा १ नम्वर प्रदेशका जनताले पाएका छन भन्नु हुदै छिटो सजिलै सरल तरिकाले यहाका जनताले उपचारमा सेवा पाउने कुरामा आफु आसावादी रहदै नोवेललाई आवश्यक परे सहयोग गर्ने कुरामा जोड दिदै, कार्य सफलताको लागि सबैलाई बधाई दिनु भयो ।

नोवेल कार्डियोलोजि बिभागका प्रमुख डा राजेस नेपाल, शहिद गंगाालाल हृदय रोग केन्द्र काठमाण्डौका निर्देशक लोकेन्द्र शर्मा, लगाएतले कार्डियोलोजि सम्वन्धि जानकारी गराउनु भएको थियो ।
कार्यक्रम नोवेल मेडिकल कलेजका बोर्ड अफ डाइरेक्टर डा शुनिल शर्माको अध्यक्षतामा भएको थियो ।   


काठमाडौ फागुन १४ गते । रातो तारा डट कम,नेपाल पत्रकार महासंघको २०७५ फागुन ९ र १० गते पोखरामा सम्पन्न केन्द्रीय साधारणसभाद्वारा पारित विशेष प्रस्तावहरु ।

१. नेपालको संविधान २०७२ मा उल्लेख भएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्दै नेपाल पक्ष राष्ट्र रहेका अन्तर्राष्ट्रिय घोषणापत्रका मूल्य, मान्यता अनुसार सञ्चार सम्बन्धी कानुन र संरचना निर्माण गर्न तीनै तहका सरकारसँग माग गर्दै प्रेस स्वतन्त्रता संकुचित पार्ने कुनै पनि किसिमका नीति, ऐन, कानून, नियमावली, निर्देशिका र संरचना नबनाउन यो साधारणसभा जोडदार माग गर्दछ ।

२. प्रेस स्वतन्त्रता, सूचनाको हक एवंम् अभिव्यक्ति स्वतन्त्रता सुरक्षित र सुनिश्चित गर्न माग गर्दै २०७५ भदौ १ गतेबाट कार्यान्वयनमा आएको मुलुकी देवानी तथा फौजदारी संहिताका प्रेस स्वतन्त्रता विरोधी प्रावधान सच्चाउन माग गर्दछौं । साथै यो कानून पत्रकारिता पेशामा आकर्षित नहुने सुनिश्चितता गर्दै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेण्टीसहित संचार सम्वन्धी एकीकृत कानून यथासिघ्र निर्माण गर्न यो साधारणसभा माग गर्दछ ।

३. नेपाल सरकारले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक बृद्धि गर्ने निर्णय गरे पनि अधिकतम सञ्चार गृहबाट पत्रकारलाई तोकिए अनुसार पारिश्रमिक, सेवा सुविधा नदिएको हुँदा घोषित पारिश्रमिकसहित सेवा सुविधा अविलम्ब उपलब्ध गराउन तथा श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन गर्न यो साधारण सभा माग गर्दछ । साथै श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि दबावमूलक कार्यक्रमहरु अघि बढाउन यो साधारणसभा केन्द्रीय समितिलाई निर्देश गर्दछ ।

४.२०७५ माघ १८ गते सूचना तथा प्रसारण विभागले सबै संचारमाध्यमहरुका नाममा ‘न्यूनतम परिश्रमिक कार्यान्वयनका सम्बन्धमा’ जारी गरिएको परिपत्रले साना लगानी र स्वरोजगारमूलक मिडियालाई मर्का परेकाले यसलाई पुर्नपरिभाषित गर्दै श्रमजीवी पत्रकार ऐन २०५१ को दफा ११ बमोजिम गठित न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिस समेतको आधारमा सबै ‘संचार प्रतिष्ठानहरुमा’ भन्ने शब्दको सट्टा स्वरोजगारमूलक तथा साना लगानीका सामुदायीक सञ्चारमाध्यमहरुमा यो परिपत्रका प्रावधान लागू नहुने व्यवस्था गर्न माग गर्दछ । साथै उक्त विषय सम्बोधनका लागि दबावमूलक कार्यक्रमहरु अघि सार्न यो साधारणसभा केन्द्रीय समितिलाई निर्देश गर्दछ ।

५. लामो समयदेखि प्रदान गर्दै आएको लोक कल्याणकारी विज्ञापन अहिलेसम्म पनि वृद्धि नगरिएकोमा तत्काल दोब्बर वृद्धि गरी यथाशिघ्र भूक्तानी गर्न यो साधारणसभा माग गर्दछ । साथै संचार माध्यमलाई सेवामूलक उद्योगको मान्यता दिलाउन तथा सञ्चार गृहमा कार्यरत पत्रकारले प्रयोग गर्ने क्यामेरा, रेकर्डरलगायतका सञ्चार उपकरण सञ्चारगृहले नै उपलब्ध गराउन आग्रह गर्दछ ।

६. मुलुकमा संघीयता कार्यान्वयन भइसकेको अवस्थामा संचार माध्यमको दर्ता, प्रेस पास वितरण, लोककल्याणकारी रकम भुक्तानी लगायतको व्यवस्था जिल्ला तहबाटै गर्न, सञ्चार माध्यमको वर्गीकरण प्रदेशस्तरबाटै गर्न, सामुदायीक तथा निजी क्षेत्रबाट सञ्चालित स्थानीय साना लगानीसँगै स्वरोजगारमुलक मिडिया प्रबद्र्धन गर्न, स्थानीय तहका विज्ञापन स्थानीय सञ्चार माध्यमलाई प्रदान गर्न र समानुपातिक विज्ञापन प्रणाली लागू गर्न यो साधारणसभा जोडदार माग गर्दछ ।

७. अनलाइन सञ्चार माध्यममा प्रकाशित समाचारको विषयमा चित्त नबुझ्दा प्रहरीले समाचार लेख्ने र प्रकाशन गर्ने पत्रकारलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७÷४८ अनुसार कठोर कारबाही गर्ने गरेकोमा आपत्ति जनाउँदै हिरासतमा रहेका पत्रकारहरुलाई तत्काल रिहा गर्न जोडदार माग गर्दछ । साथै नियमनकारी निकाय प्रेस काउन्सिलमार्फत नै आवश्यक प्रक्रिया अगाडि बढाउन तथा विद्युतीय कारोवार ऐनको सो दफा पत्रकार र आम सञ्चार माध्यमका हकमा आकर्षित नहुने सुनिश्चितता गर्न माग गर्दछ । रेडियो, अनलाइन संचारमाध्यमलाई छापामाध्यम सरहको मान्यता प्रदान गर्न माग गर्दै पछिल्लो पटक नविकरणको नाममा अनलाइनहरुको दर्ता खारेज गरिएकोमा गम्भिर आपत्ति प्रकट गर्दै तत्काल नविकरण हुने व्यवस्था गर्न माग गर्दछ ।

८. प्रदेश र स्थानीय सरकारमार्फत् प्रदान गरिने स्थानीय तहका विज्ञापनहरु सरोकारवाला संघ संस्थाको सहभागितामा एक संयन्त्र बनाई सो संयन्त्रमार्फत् समानुपातिक ढंगले वितरण गर्न सबै प्रदेश तथा स्थानीय सरकारसँग माग गर्दछ ।

९. पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियानलाई जोड दिँदै सार्वजनिक पद धारण गरेका व्यक्ति, अन्य राजकीय नियुक्ति पाएका तथा पूर्णकालीन राजनीतिज्ञको भूमिकामा रही काम गरिरहेका सदस्य पत्रकार, पेशा परिवर्तन गरेका र सक्रिय पत्रकारितामा संलग्न नभएकाहरुलाई नेपाल पत्रकार महासंघको सदस्यता कायम नरहनका लागि पहिलो चरणमा स्वैच्छिक घोषणाको मौका दिने र ससम्मान बिदा दिने नीति अघि सार्नको लागि आवश्यक प्रक्रिया अघि बढाउन केन्द्रीय समितिलाई निर्देश गर्दछ । साथै पत्रकार महासंघको नयाँ सदस्यता वितरण गर्दा निरन्तर सक्रिय, मिडियामा आबद्ध, पत्रकारितालाई मूल पेशा बनाएकालाई मात्र सदस्यता प्रदान गर्न तथा नवीकरण गर्दा निस्क्रिय रहेका, वैदेशिक रोजगारीमा गएका, राजनीतिक दलका पूर्णकालीन कार्यकर्ता, स्थानीय÷प्रदेश र संघीय निर्वाचनमा उम्मेदवार भई निर्वाचित भएका र सरकारी सेवामा रहेकाको सदस्यता खारेज गरी सदस्यता शुद्धीकरण कार्यान्वयन गर्न निर्देश गर्दछ ।

१०. निरन्तर तीस वर्ष पत्रकारिता गरेका, ६० वर्ष उमेर पुगेका अग्रज पत्रकारहरु तथा अपाङ्ता भएका पत्रकारहरुलाई मासिक रुपमा जीवन निर्वाह भत्ता उपलब्ध गराउन यो साधारणसभा आग्रह गर्दछ । साथै ज्येष्ठ पत्रकारहरुको सदस्यता सम्मानस्वरुप निशुल्क नविकरणको व्यवस्था गर्न यो साधारणसभा निर्देश गर्दछ ।

११. आम सञ्चार माध्यम र पत्रकार सम्बद्ध संघसंस्थालाई महिला, दलित, आदिवासी जनजाति, मधेसी, अपाङ्गता, अल्पसंख्यक, पिछडावर्गलगायतलाई समेटेर पूर्ण समावेसी बनाउन यो साधारणसभा माग गर्दै ती समुदायबाट सञ्चालित आमसञ्चार माध्यम तथा मातृभाषामा प्रकाशित प्रसारित सञ्चार माध्यमहरुलाई प्रोत्साहनका लागि विशेष सहुलियतको व्यवस्था गर्न आग्रह गर्दछ । यसैगरी सरकारी सञ्चार माध्यममा मातृभाषा कार्यक्रमका लागि लिइने परीक्षामा मातृभाषामै प्रश्नपत्र र उत्तर दिने व्यवस्था गर्न आग्रह गर्दछ ।

१२. पत्रकारको क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि आवश्यक तालिम, अध्ययन–अनुसन्धानका लागि प्रदेशस्तरमै आम सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न माग गर्दछ । पत्रकारलाई थप अध्ययनका लागि निष्पक्ष र पारदर्शी रुपमा छात्रबृत्ति कार्यक्रम लागू गर्न माग गर्दछ ।

१३. पत्रकार महासंघमा आबद्ध सम्पूर्ण सदस्यहरुलाई दुर्घटना तथा स्वास्थ्य बीमाको अनिवार्य व्यवस्था गर्न र विमाको व्यवस्था गर्दा सूचना विभागले उपलब्ध गराएको प्रेस पास नभएका व्यक्तिको हकमा पत्रकार महासंघको सिफारिसबाट हुने व्यवस्था गर्न प्रस्ताव गर्दछ ।

१४. आम संचार नीति २०७३ ले निर्देश गरे अनुसार कानून र संरचना बनाउन र मिडियाको वर्गीकरण गर्न माग गर्दछ । नेपालको संविधानले विद्य्तीय र छापामाध्यमलाई समान हैसियत दिए पनि व्यवहारमा रेडियोलाई विभेद गरिएको हुँदा सामुदायिक तथा साना लगानीका रेडियोलाई रोयल्टी र नवीकरण शुल्क मिनाह गर्न र समानुपातिक लोक कल्याणकारी विज्ञापन नीति कार्यान्वयन गर्न प्रस्ताव गर्दछ ।

१५. नेपाल पत्रकार महासंघको सदस्यता परिचयपत्रको आधारमा सिंहदरबार प्रवेशको सहज व्यवस्था, बिमाको व्यवस्थासहित अन्य सुविधा उपलब्ध गराउन यस साधारणसभा माग गर्दछ ।

१६. नेपाली सञ्चारमाध्यमहरुमा दृष्य, अदृष्य तवरले विदेशी लगानी भित्र्याउन नपाइने व्यवस्था गर्न यो साधारणसभा प्रस्ताव गर्दछ । कुनै सञ्चारमाध्यममा त्यसखालको लगानी भित्रिएको छ भने तत्काल अबैध घोषणा गर्न आग्रह गर्दछ ।
१७. प्रमुख पर्यटकीय नगरी पोखरासहित गण्डकी प्रदेशका प्रमुख पर्यटकीय स्थलहरुको पर्यटकीय विकास र समृद्धिका लागि तत्काल पहल गर्न नेपाल सरकारलाई अनुरोध गर्दै गण्डकी प्रदेश सरकारद्वारा घोषणा गरिएको आन्तरिक पर्यटन वर्ष २०१९ सफल पार्न आवश्यक प्रचार प्रसारका लागि सम्पूर्ण सञ्चारकर्मी तथा सञ्चारमाध्यमहरुमा हार्दिक आह्वान गर्दछ ।

१८. यस साधारणसभा विभिन्न समयमा मारिएका पत्रकारहरुप्रति उच्च सम्मान व्यक्त गर्दै पत्रकारका हत्यारालाई कारवाहीको दायरामा ल्याउन, वेपत्ता पत्रकारको अवस्था सार्वजनिक गर्न तथा घाइतेको उपचार गर्न माग गर्दछ ।
अन्त्यमा, साधारणसभा भव्य रुपमा सफल पार्न सहयोगका साथै महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने नेपाल सरकार, गण्डकी प्रदेश सरकार, नेपाल पत्रकार महासंघ कास्की शाखा, गण्डकी प्रदेश समिति, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, पश्चिमाञ्चल होटल संघ, सुरक्षा निकायलगायत सबै संघ संस्था, आम पत्रकार साथीहरु र स्थानीय जनसमुदायप्रति यस साधारणसभा हार्दिक धन्यवादका साथ कृतज्ञता ज्ञापन गर्दछ ।


प्रकाशन फागुन १४ गते
हात्ती पाइले रोग निवारणका यही फागुन १५ गते देखि १५ दिन सम्म महानगर भित्रका वडा र टोल टोलमा जुकाको ओैषधि र हात्ती पाइलेको ओैषधि खुवाउने भएकाले ओैषधि खान आफू पनि नछुटोै आफ्ना घरपरिवार छरछिमेकिलाइ
बेलैमा ओैषधि सेवन गर्न सुजाव दिओै ।
                               महानगरपालिका बिराटनगर
                                   जनस्वास्थ्य महाशाखा 


बिराटनगर फागुन १४ गते । रातो तारा डट कम,भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलको निधनको शोकमनाउन विराटनगर महानगरपालिकाले आज एक दिन शोक बिदा दिने निर्णय गरेको छ।
                   महानगरपालिका बिराटनगर 
आईतवार निधन भएका पोखरेलको सम्मानमा बिराटगर महानगरपालिकाको सोमबारको बोर्ड बैठकले महानगरपालिका भित्र सार्बजनिक बिदा दिएको हो ।

विराटनगर महानगरपालिकाको कार्यपालिकाको बोर्ड बैठक पछि सुचना प्रकाशित गर्दै भाषाशास्त्री पोखरेलले नेपाली भाषा तथा साहित्यको क्षेत्रमा पु¥याउनु भएको अमुल्य योगदान र उहाँ प्रति सम्मानका लागि शोक विदा दिने निर्णय गरेको उल्लेख गरेको हो । 

बिराटनगर महानरपालिका भित्रका १९ वटै वडा कार्यालयहरु, महानगरपालिका भित्रका सामुदायिक बिद्यालय, संस्थागत बिद्यालयहरुले शोक विदा दिने सुचनामा उल्लेख गरिएको छ।

भाषाशास्त्री पोखरेलको निधनले राष्ट्रलाई नै क्षति पुगेको हुनाले उहाँको सम्मानमा सार्वजनिक विदा दिईएको मेयर भीम पराजुलीले बताउनु भयो ।

वरिष्ठ साहित्यकार एवं भाषाशास्त्री प्राध्यापक बालकृष्ण पोखरेलको विराटनगर १ मा रहेको परोपकार घाटमा आइतबार अन्त्यष्टि गरिएको थियो ।


काठमाण्डौं फागुन १४गते । रातो तारा डट कम, नेपाल कम्युनिस्ट पार्टीले संसदीय सुनुवाई समितिको आज बस्ने बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई हिजै आग्रह गरेको छ ।

 हिजो समिति बैठक कोरम नपुगेर स्थगित भएपछि नेकपा संसदीय दलले आफ्ना सांसदहरुलाई बैठकमा आज अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको हो ।  कोरम नपुगेर बैठकै नबस्ने अवस्था आएपछि सबै सांसदलाई अनिवार्य उपस्थित हुन आग्रह गरिएको जनाएकोछ ।

आजको बैठकबाट थारु आयोगको अध्यक्षमा सिफारिस विष्णुप्रसाद चौधरी र मधेसी आयोगका अध्यक्षमा सिफारिस विजयकुमार दत्तको सुनुवाइ र अनुमोदन गर्ने तयारी छ । प्रतिपक्षी नेपाली काँग्रेसले संवैधानिक आयोगमा गरिएको सिफारिसको वैधानिकतामा प्रश्न उठाउँदै बैठक बहिस्कार गर्दै आएको छ ।

नेकपाको बहुमत रहेको १५ सदस्यीय सुनुवाई समितिमा नेकपाका ९ जना सांसद छन् । कांग्रेसका ४ जना, संघीय समाजवादी फोरम र राजपाका १÷१ जना सांसद सदस्य रहेको कुरा बताइएकोछ ।



काठमाण्डौं फागुन १४ गते । रातो तारा डट कम,सरकारी चिकित्सक संघ गोदानका प्रतिनिधी र स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवसँग भएको वार्ता बिना निश्कर्ष टुङ्गिएकोछ ।

स्वास्थ्य राज्यमन्त्री यादव सरकारी डाक्टरहरु समस्यामा परेको विषय समाधान गर्नुपर्ने पक्षमा भए पनि कुन प्रक्रियाबाट गर्ने भन्ने निर्णय दिन नसकेपछि वार्ता विना निश्कर्ष टुङ्गिएको संघका अध्यक्ष डाक्टर दीपेन्द्र पाण्डेले प्रेसलाई जानकारी दिनुभयो ।

सरकारी डाक्टरहरुले फागुन १५ गते देखि आकस्मिक बाहेकका सबै सेवा बहिस्कार गर्ने घोषणा गरेका छन् । सरकारी चिकित्सकको समायोजनको विषयमा आफ्नो माग पूरा नगरेको भन्दै उनीहरुले आकस्मिक बाहेकका सेवा बहिस्कार गर्ने बताएका हुन् ।

सरकारी चिकित्सक संघ (गोदान) ले ७२ घण्टे अल्टिमेटम पनि सरकारलाइ दिइ सकेकोछ ।




{फायल फोटो}
काठमाण्डौं फागुन १४ गते । रातो तारा डट कम,थाईल्याण्डमा जारी आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको पाँचौ खेलमा नेपालले चीनलाई पराजित गरेको छ । हिजोको खेलमा नेपालले चीनलाई ५ रनले हराएको हो ।

थाईल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा नेपालले दिएको ७८ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको चीनले पुरै२० ओभर खेल्दै ६ विकेट गुमाएर ७२ रन बनाउन सफल भए ।

 यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ७७ रन बनाएको थियो । चीनमाथिको जित छनोटमा नेपालको चौथो जित हो ।

जितसंगै नेपालले ५ खेलबाट बाट ८ अंक जोडे छ  । र, नेपालले छनोटको शीर्ष स्थानमा रहेर ग्लोबल छनोटमा पुग्ने सम्भावना कायम राखेको छ । नेपाल तेस्रो स्थानमा समेत उक्लिएको छ ।  अब नेपालले कुवेतसंग बुधबार खेल्नेछ । 


शिव भट्टराई सुनसरी फागुन १३ गते । रातो तारा डट कम,
मोरङको बुढीगंगा गाउपालिका ७ नं वार्डको बर्मनियामा रहेको बिजय सापकोटाको च्याउ खेती गर्ने १० वटा टहरामा आगलागी भएको छ।

स्थानीयवासी, शसस्त्र प्रहरी साथै सुन्दरहरैचा र इटहरीका दमकलको सहयोगले अहिले आगो नियन्त्रणमा आइसकेको
र करिव ३० लाख बराबरको क्षति भएको गछिया प्रहरीले जनाएको  छ ।

विराटनगर, फागुन १३ गते । रातो तारा डट कम,आगामी चैत्र ४ गतेबाट प्याकेजीङ बाहेक खुल्ला रुपमा दुध बेच्न नपाए आन्दोलन गर्ने भन्रा  भन्दै बिराटनगरका डेरी ब्यवसायिहरुले बताएका छन् ।
विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै ब्यवसायिहरुले दुध तथा दुग्ध पदार्थको स्वच्छता एवम गुणस्तर निर्देशिका २०७५ अनुसार खुल्ला दुध बेचविखन बन्द गर्ने कदमको विरोध गर्दै दुध बेच्न पाउनुपर्नै माग गरेका हुन् । उनीहरुले थोरै लगानी गरेर सञ्चालनमा ल्याएको आफ्ना साना डेरी उद्योग ठुला डेरीको आग्रहमा सरकारले बन्द गराउन खोजेको आरोप लगाएका छन् ।
पत्रकार सम्मेलनमा हामी डेरी व्यवसायि संघ विराटनगरका अध्यक्ष मनोज भुजेलले साइकलमा राखेर बेच्न पाइने तर हामीले ताजा स्वच्छ दूध किसानबाट लिएर विक्री गर्न नदिने भन्नु अन्याय पूर्ण भएकोले तत्काल निर्देशिका सुधार गर्नु पर्ने बताए । 
उनले थोरै लगानीमा डेरी सञ्चालन भएकोले प्याकेजीङमा गइहाल्ने अवस्था नभएको भन्दै साना डेरी ब्यवसायिले तुरुन्त लगानी गर्न नसक्ने, बन्द पनि गर्न नसक्ने र समय पनि कम हुँदा अन्याय भएको बताए ।
आम उपभोक्ताको हितलाइ ध्यानमा राखेर सरकारले खुल्ला दूध बिक्रीवितरणमा चैत्र ४ गते बाट रोक लगाउने भएको छ।
उपभोक्ताको भनाइ :-
अहिले बिराटनगर क्षेत्रका बजारमा भारतबाट बिसाक्त केमिकल ल्याएर
दूध जस्तै अति स्वास्थ्यका लागि हानिकारक केमिकल बाट दूध बनाइ
दुधमा मिसावट गरेर वा  मिसाएर बिक्रीवितरण गर्दै आएका छन । यो रोकिनु पर्छ  र खुल्ला दूध बिक्रीवितरण गर्न प्रतिबन्ध लगाउनुपर्छ भन्छन दुध उपभोक्ता हरू मापदण्ड बिपरित खु्ल्ला बिक्रीवितरण बन्दै हुनुपर्छ ।





विराटनगर फागुन १३ गते । रातो तारा डट कम, ब्लड क्यान्सरबाट पीडित श्रीमतीको उपचारका लागि आर्थिक सहयोग जुटाइदिन भोजपुरका दुर्गा विकले सबैसँग हारगुहार अपिल  गरेका छन् ।

भोजपुरको षडानन्द नगरपालिका १ का विकले ५३ वर्षीया श्रीमती असली विक(माया)को उपचारमा रकम अभाव भएकोले सहयोग गर्न आग्रह गरेका हुन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै विकले भक्तपुर अस्पतालमा विगत ४ वर्षदेखि उपचाररत श्रीमतीको क्यान्सरका अप्रेसन गर्न ५ लाख लाग्ने भएपनि आफुसँग रकम अभाव भएकोले सहयोग गर्न आग्रह गरेका हुन् ।

उपचारमा हालसम्म चार लाख रुपैया खर्च हुँदा आफ्नो सवै सकिएको र अब रकम नभएको उनको भनाई छ । २ जना छोरासहित आफू श्रीमतीको उपचार गर्दा सुकुमबासी भएको र अझै बिरामी ठिक नहुँदा पीडामा दिनरात बाँच्नुपरेको उनले बताए


विराटनगर, फागुन १३ गते । रातो तारा डट कम,नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले १४ औं महाधिवेशनलाई समयमा हुन नदिन र समय थप गरेर अरु अढाई वर्ष लम्ब्याउन सभापति शेरबहादुर देउवा लागेको
कुरा आज भएको पत्रकार सम्मेलनमा आरोप लगाएका हुन।

विराटनगरस्थित कोइराला निवासमा सोमबार नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले भने,‘‘हाम्रो कार्यकाल अब एक वर्षमात्र बाँकी छ तर सभापति देउवा भने दुई वर्ष थप्ने दाउमा हुनुहुन्छ ।’’पार्टी संगठनमा भएको जथाभावीको विषय लिएर आफूँ कार्यकर्तामाझ जाने र गईरहने बताउँदै कोइरालाले भने,‘‘काँग्रेस कमजोर भएको छ ।

संगठन शुन्य बराबर छ । हारको जिम्मा कसले लिने भन्दा मलाई अनुशासन र कार्वाहीको कुरा गरे भने मलाई केही भन्नु छैन् ।’’ उनले काँग्रेस पार्टी कोइरालाहरुको मात्र नभएको बरु सबैको योगदान र रगत बगाइबाट पार्टी बनेको बताए ।

देउवाले ‘पार्टी कोइरालाहरुको बपौती नभएको र शेखर कोइराला को हो ?’ भन्दै वीरगञ्जमा गरेको टिप्पणीबारे डा शेखरले, ‘‘म को हुँ भन्ने मलाई हेक्का छ, म मेरो राजनीतिक संस्कार छाड्न सक्तिन् बरु कोइराला परिवारको संस्कारलाई अझ बरकरार राख्छु’’ भन्दै पार्टी सभापति देउवाको राजनीतिक संस्कार रहेछ भन्ने देखिएको टिप्पणी गरे ।

‘‘उहाँले मेरो र परिवारबारे जे बोल्नु भएको छ, त्यो उहाँकै राजनीतिक संस्कार होला,’’ कोइरालाले भने‘‘वीपी कोइरालाले लेखेको विधान टेकेर यहाँसम्म आएको काँग्रेसले गिरिजाप्रसाद कोइरालाले संसद पुर्नस्थापना गराउँदा विश्वले वाहवाही गर्दासमेत पार्टीको विधान संशोधन गरिंदा राजनीतिक प्रस्तावनामा यसलाई नजअन्दाज गरिएको छ ।’’

योगदान विश्वले सम्झिरहेको छ तर यहाँ भने इतिहास मेटाउन खोजिएको बताउँदै  वहुमतले विधान पारित हुनु लोकतान्त्रिक विधि भएपनि आफूँ काठमाडौमा रहेको भए ‘नोट आफ डिसेन्ट’ लेख्ने बताए । तलबाट निर्वाचित भएर आउने प्रावधान नराखेकोमा आफूलाई मान्य नहुने बताउँदै कोइरालाले संरक्षित कोटामा पनि एक पटक मात्र हुनुपर्ने र अर्को पटकदेखि प्रतिस्पर्धाको आधारमा नै आउनु पर्ने व्यवस्थाको पक्षमा आफू रहेको बताए । महासमितिले दिएको ‘म्यान्डेड’ भन्दा अलग प्रस्ताव स्वीकार्य नहुने कोइरालाको जोड छ ।

डा. कोइरालाले सरकार क्रियाकलापहरु जन विरोधी देखिएको टिप्पणी गरे । भ्रष्टचार झन् बढेको, मिडियालाई नियन्त्रण गर्न खोजिएको, वाइडबडी प्रकरणलाई सरकारले नै कमजोर बनाएको र नेपाली सेनालाई बद्नाम गर्न सरकार नै उद्धत रहेको टिप्पणी गरे । भने,‘‘वाइड बडीमा जो जो तानिएपछि कार्वाही हुनुपर्छ । अब अख्तियारले कसरी काम गर्छ भन्ने जनताको पर्खाइ छ ।’’ उनले एनसेल प्रकरणको पनि छानबिन गरी गलत गर्नेलाई कानुनी कठघरामा उभ्याइनु पर्ने बताए ।

पछिल्लो पटक विप्लव माओवादीको गतिविधिले देश पुनः द्वन्द्वकै चरणमा फर्काउने कोसिस सुरु गरिएको बताउँदै भने,‘‘उनीहरुसँग वार्ता पनि गर्नुपर्छ र अपराध गरे कानुनी कठघरामा पनि लैजानु पर्छ । दुबै विधिबाट सरकारले समस्या समाधानको बाटो खोज्नु पर्छ ।’’ कोइरालाले मानिसको ज्यान जाने गरी घटना गराउनु हिंसा भएको बताए ।


धनकुटा, मोरङ फाल्गुन १३ गते । रातो तारा डट कम,प्रदेश नम्बर १ को धनकुटा र मोरङ जिल्लामा आइतवार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । 

धनकुटाको महालक्ष्मी नगरपालिका-८ याङलाबुङ भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा  २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । दिउँसो साढे १२ बजे भित्री सडक खण्डमा ना ४ त ९६५४ नम्बरको ट्याक्टर घुमाउरो वाटोमा ब्याक गरेर  फर्काउने क्रममा अनियन्त्रित भई  सडक देखी अन्दाजी १५० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा ट्याक्टर चालक महालक्ष्मी नगरपालिका-८ बस्ने बर्ष २७ को बाल कुमार पुलामी मगर र ट्याक्टरमा सवार बर्ष ११ को अनिल मगरको घटनास्थलमा नै मृत्यु भएको हो भने बर्ष ३८ को छबिलाल पुलामी मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घाइतेलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी सिधुवा पठाईएको छ । 

त्यसैगरी मोरङको मिक्लाजुङ गाउँपालिका-९ मधुमल्ला बजारमा ट्याक्टरले किचेर १ महिलाको मृत्यु भएको छ । बेलुका ७ बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २ त ६६५० नम्बरको ट्याक्टरले पैदल हिडिरहेकी सोही स्थान बस्ने वर्ष ३२ की माया तामाङलाई ट्याक्टरले टाउकोमा किचेको थियो । 

दुर्घटनामा तामाङको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ । घटनास्थलमा मधुमल्लाबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव परिक्षणको लागि मंगलवारे अस्पताल उर्लावारी पठाईएको उक्त कार्यालयले जनाएको छ ।


शिव भट्टराई सुनसरी फागुन १३ गते । रातो राता डट कम,
(निराजन धमला सुन्दरहरैचा) "Education is the way to success in life" मुल नाराका साथ अन्तरास्ट्र्य शिक्षा दिवसको अबसरमा पहिलो पाईला ईटहरी शाखाले हजिरी जवाफ प्रतियोगिता आयोजना गरेको थियो। 

कार्यक्रमा शभाद्क्ष दिवस शर्मा ज्युले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तर्ता दिई रहने बताउनु भयो।
कार्यक्रमका प्रमुख अतिथी हिसान सुन्सरी अध्यक्ष मुकुन्द धिमिरे ज्युले हिसानले भोलिका दिनमा एस्ता कार्यक्रम हिसानले गर्ने सक्ने सहयोग गर्ने बताउनु भयो।

कार्यक्रममा ७ वटा कलेज सहभागी थिए र सुस्मा गोदावरी कलेजले प्रथम स्थानमा बाजि मार्न सफल भयो र क्रमश कोशी कलेज दितिय र जनता बहुमुखी क्याम्पस तृतीय भए।
कार्यक्रमका अतिथी सुन्दरहरैचाका अध्यक्ष निराजन धमलाले पहिलो पाईला ईटहरीलाई भावी दिनमा पर्ने आबशेक सहयोग गर्ने र कार्यक्रम सभ्य र भब्य बनाउनु भएकोमा बधाई तथा शुभकामना दिनु भएको थियो।

अन्य संघ सस्थालाई सहयोग गर्नु भएकोमा हर्दिक कृतज्ञता बेक्त गर्दै आगमी दिनमा एस्ता सहयोगको र हौसालाको आशामा रहेको पहिलो पाईला नेपाल ईटहरी शाखाका सचिबले बताएका छन ।


शिव भट्टराई सुनसरी  फागुन १३ गते । रातो तारा डट कम,यामाहा मोटरसाईकल तथा स्कुटरको बजार प्रवद्धर्नका लागि इटहरीमा सञ्चालन गरिएको चार दिने मोटरसाईकल तथा स्कुटर महामेला सम्पन्न भएको छ।

यामाहा कम्पनीको इटहरीको आधिकारीक विक्रेता तिरुपति अटो सिटीले सञ्चालन गरेको मोटरसाईकल तथा स्कुटर महा मेलाको छोटो समयमा यति ठुलो संख्यामा मोटरसाईकल तथा स्कुटर विक्री भएको छ ।

बजार प्रवन्र्धनमा सहयोग पुगोस भनेर सञ्चालन गरिएको महा मेलामा ९ लाख २४हजार ९ सय रुपौया मुल्यको आर थ्रि देखि लिएर अन्य मोटरसाईकल तथा स्कुटरहरु विक्री भएको तिरुपति अटो सिटी इटहरीका सञ्चालक संयोज पराजुलीले जानकारी दिए । उनले महा मेलामा सेलोटो १२५ सवै भन्दा वढी विक्री भएको र आफुहरुसंग भएको स्टक समेत सकिएकाले थप सेलोटो मोटरसाईकल १२५ वोटा माग गरिएको समेत वताए ।

महा मेलामा उपभोक्ताहरुलाई लक्षित गरेर मेला स्थलमै विमा तथा फाइनान्सको व्यवस्था आयोजक तिरुपति अटो सिटीले मिलाएको थियो भने जस्तो सुकै अवस्थामा रहेको कुनैपनि कम्पनीका मोटरसाईकल तथा स्कुटरहरुको न्युनतम मुल्य ३० हजार राखेर सट्टा गर्न सक्ने र नगद छुटको अफरहरु समेत राखिएका कारण पनि उपभोक्ताहरु आकर्षित भएका थिए ।

महा मेलामा चार विभिन्न रिकन्डीसन हाउसहरुले पनि पुराना मोटरसाईकलहरु खरिद गरेका थिए । अफर सहितको महा मेलाका कारणले आफुहरुलाई समेत सहज वनाएको मोटर साईकल किन्न आउने उपभोक्ताहरुले समते वताए । महा मेलामा सांझको समयमा सांगितीक कार्यक्रम समेत राखिएको थियो ।



काठमाण्डौं,फागुन १३ गते । रातो तारा डट कम, कर्मचारी समायोजनमा चिकित्सकलाई संघमा राख्नु पर्ने माग राख्दै आन्दोलनरत सरकारी चिकित्सक संघले माग सम्बोधनको लागि सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । 

आफुहरुले राखेको माग, अल्टिमेटममा ७२ घण्टा सम्ममा पनि पूरा नभए देशभरको स्वास्थ्य सेवा ठप्प पार्ने, चेतावनी दिएकाछन र त्यसपछि पनि माग सम्बोधन नगरिए सामूहिक राजीनामा दिने संघले जनाएकोछ । 

सरकारी चिकित्सक संघ र नेपाल चिकित्सक संघबीच १२ गते भएको छलफलमा पनि कुनै सहमति नभएपछि संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेर समचार सार्वजानिक गरेका हुन । 

कर्मचारी समायोजनमा सरकारी चिकित्सकलाई संघ अन्तर्गत राखेर देशभर स्वास्थ्य सेवामा खटाउनु पर्ने सरकारी चिकित्सक संघको माग रहेको छ । चिकित्सकले पुसको अन्तिम सातादेखि आन्दोलन सुरु गरेका 
हुन् । 

पुष २९ गते सरकार, संघबीच वार्ता हुँदा माग पूरा गर्ने भन्दै ७ हुँदे सहमति भएको थियो । तर सहमतिअनुसार माग पूरा नभएको भन्दै माघ २७ गतेदेखि सरकारी चिकित्सक संघले दोस्रो आन्दोलन सुरु गरेको हो ।


काठमाण्डौं,फागुन १३ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधी र यान्त्रिकरणको प्रयोग गरेर कृषिमा निर्भर जनसङ्ख्यालाई घटाउनु पर्ने बताउनुभएकोछ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले १२ गते गरेको वर्तमान अवस्था र भावी सोच बिषयक गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले देशको दुई तिहाइ जनसङ्ख्या कृषिमा भएपनि त्यस अनुसारको प्रतिफल प्राप्त हुन नसकेको बताउनुभयो  । हाम्रो देशको लागि यति ठुलो जनसंख्या कृषिमा निर्भर हुनु राम्रो होइन । कृषिमा प्रविधि र यान्त्रीकरणको प्रयोग गरेर जनसङ्ख्याको ठुलो हिस्सालाई अन्यत्रै उपयोग गर्नुपर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले कृषिमा मात्रात्मक होइन गुणात्मक परिवर्तन हुनुपर्ने बताउनुभयो । नेपालीहरुको खाद्य आदत परिवर्तन हुँदै गएकोले बाली प्रणाली पनि त्यसै अनुसार सुधार गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।






काठमाण्डौं,फागुन १३ गते । रातो तारा डट कम,प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ राष्ट्रियसभाले सर्वसम्मत पारित गरेकोछ । राष्ट्रियसभाको हिजोको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐनलाई सशोधन गर्ने विधेयक, २०७५ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई पनि बैठकले अनुमोदन गरेको छ । राष्ट्रियसभाको अर्को बैठक आउँदो फागुन १४ गते दिउसो एक बजे बस्ने सुचनामा जनाइएको छ । 





बिराटनगर फागुन १२ गते । रातो तारा डट कम,
विराटनगर र तराईमा लामखुट्टेवाट सर्ने रोगवाट हुने अकाल मृत्यु रोकथामका लागि प्रदेश सरकार संवेदनशील रहेको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले वताएका छन् ।

मोरङ क्षेत्र नं ४ का संघीय सांसद अमनलाल मोदीले दक्षिण कोरियाको क्रुपी फाउण्डेशनवाट उपलव्ध गराईका ३० थान लामखुट्टे (मच्छर) नियन्त्रण गर्ने उपकरण मेशीन आज विराटनगरमा स्थानीय जनप्रतिनिधिहरुलाई हस्तान्तरण गर्दै मुख्यमन्त्री राईले सो कुरा वताएका हुन् ।

जनप्रतिनिधिहरुले मानव स्वास्थ्य रक्षाका सदैव कार्य गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री राईले जनताको समृद्धका लागि जनप्रतिनिधिले कार्य गरेमा मुलुकले समृद्ध हासिल गर्ने बताए ।

मुख्यमन्त्री राईले संघीय संरचना अनुसार तीन तहको सरकार विकास र समृद्धका लागि काँधमा काँध मिलाई हिडिरहेको अहिलेको अवस्थामा जनताको विकासको चाहना चाँडै नै पुरा हुने विश्वास व्यक्त गरे ।

तराइ, पहाड र हिमाल विविधिताले भरिएको यस देशमा शान्ति सुशासन कायम भई विकासमात्र एक मात्र एजेण्डा रहेकोले बताउँदै मुख्यमन्त्री राईले विश्वका मित्रदेशीहरु आर्थिक समृद्ध कायममा सहयोग गर्न आतुर रहेको वताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले यस क्षेत्रमा अकल्पनीय रुपमा विकास निर्माणका कार्य भइरहेको वताउँदै जनताले त्यसको अनुभूति र परिणाम केही सयमदेखि देखिने बताए ।

यस क्षेत्रका वसोवास गर्ने आदिवासी, जनजाति पिछडिएका दलित एवम् गरीव जनताले प्राप्त सहयोगवाट जीवन सहज हुने मन्त्री घिमिरेले वताए । विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले लामखुट्टे नियन्त्रण विषादी प्रयोगमा सावधानी अपनाउन आग्रह गर्दै महानगरले यस क्षेत्रमा ३÷४ महिनामा नियन्त्रण अभियान संचालन गर्न गरेको जानकारी दिए ।

संघीय सांसद अमनलाल मोदीले लामखुट्टेककाकारण विभिन्न रोगवाटवाट सर्वसाधारण जीवन जोगाउन मेशीन उपयोगी हुने विश्वासले सहयोग गरेको वताउँदै आगामी दिन जनताको आर्थिक आयआर्जनमा कार्य जोड दिने बताए ।

सहयोगी संस्था क्रुपका दक्षिण कोरियाका टोली नेतृत्वद्वय लि हान हु र चे होङ्गले नेपालीमा मन्तव्य राख्दै नेपाली जनतालाई सानो सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्दै आगामी दिनमा थप सहयोग गर्ने वचनवद्धता व्यक्त गरे ।

मेशीन हस्तान्तरण समारोहमा नेकपाका सह इन्चार्ज सावित्रिकुमार काफेले र गणेश उप्रेतीले ग्रामीण क्षेत्रमा लामखुट्टेवाट नियन्त्रणमा मेशीन उपयोगी हुने बताए ।

मुख्यमन्त्री राईले विराटनगरमहानगरपालिका वडा नं १,२,३,८,१० ,१९ , कटहरी र ग्रामथान गाउँपालिका सवै ७ वडाहरु, वेलवारी नगरपालिकाका वडा नं ५,७,६। वुढीगंगा गाउंपालिकाका ४ वटा वडाहरु, मनमोहन पोलिटेक्नि र कोशी अञ्चल अस्पताललाई गरी ३० थान मेशीन वितरण गरे ।

विराटनगर फागुन १२ गते । रातो तारा डट कम,विराटनगर–१० मा रहेको विराट क्याम्पस स्कुल अफ म्यानेजमेन्ट स्टडीजमा टीम विल्डीङ (समुह निर्माण)को तालिम सम्पन्न भएको छ । 

गुणात्मक शिक्षा दिने उदेश्यले वि. सं. २०४८ सालमा स्थापित क्याम्पसमा फेस नेपाल नामक संस्थाको सहकार्यमा टीम विल्डीङ (समुह निर्माण) तालीम सम्पन्न भएको हो ।

स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षामा प्रतिबद्ध यो क्याम्पस गुठीको रुपमा स   ञ्चालनमा आएको शैक्षिक सत्र २०५९–६० देखि मुनाफा वितरण नगर्ने कम्पनिको रुपमा कम्पनि रजिस्ट्रार कार्यालयमा दर्ता भई सञ्चालित रहेको छ ।

त्रिभुवन विश्व विद्यालयको व्यवस्थापन संकायमा वि.वि.एस अन्तर्गत अध्यापन गराईने व्यवस्थापनको सिद्धान्त विषयलाई प्रयोगात्मक वनाई यसको आधारमा वर्षभरीमा विभिन्न दश ओटा तालीम गराईने फेस नेपालका निर्देशक तथा सहजकर्ता कैलास खाकी श्रेष्ठले वताए ।

तालीमले पाठ्यपुस्तकमा समावेश गरीएका सैधान्तिक विषयवस्तुलाई प्रयोगात्मक वनाउन सहयोगी भुमीका निर्वाह गर्ने र पठनपाठनमा थप उत्साह थपीने कुरा कार्यक्रममा सहभागी छात्र संजय गुप्ताले वताए । तालीममा विविएस प्रथम वर्षमा अध्ययनरत विधार्थीहरु सहभागी रहेका थिए ।

नेपालमा सर्टीफीकेट लिएका लाखौ छात्र छात्राहरु रहेका तर प्रयोगात्मक अथवा अभ्यास मुलक पठन पठन पाठनको अभाव तथा सीप र दक्षताको कमीले वेरोजगारी समस्या दिन प्रतीदिन जटील वन्दै गएको र वर्तमान परीप्रेक्ष्यमा आधुनिक विश्वमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी निर्माणमा गुणस्तरीय शिक्षा प्रदान गर्न यो क्याम्पस अनवरत रुपमा लागी पर्ने क्याम्पस प्रमुख आरसी. कोइरालाले बताए ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.